
साप्ताहिक झिल्का लेखन अभ्यासको १४ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १४ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

…
१,
असफलता सफलता हो
जरा खोज्दै जाँदा
मेहनत गर्छ जो ।
२,
मूर्तिसम्म बन्न मूर्तिले
घनसित ठोकिॅंदै अनगिन्ती
सम्पन्नता आउॅंछ फुर्तीले ।
३,
अनन्त नाम रहिरहन
एकजुट चाहिन्छ एकापसमा
सफल गोहोमा हिॅंडिरहन ।
- म्यामराज राई, भोजपुर
…
१,
साह्रै दु:खको खानी
ज्वालामुखी भयो जीवन
मन जलेर खरानी !
२,
गर्छन् हर्ष बढाइँ
हार सुनिश्चित छ
व्यर्थै बेतुकको लडाइँ !
३,
फेक्छौ षड्यन्त्रको जालो
उज्यालो देखिन्छ अनुहार
मन निस्पट्ट कालो ! - वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ
…
१,
सफलता मेहनतले पाइन्छ
गरेर नुनको सोझो
गुनले गुन लाइन्छ ।
२,
खोलाको पानी धमिलो
मनको मैलो पखाल
नबनाऊ मन अमिलो ।
३,
कर्म गरेर देखाऊ
झिल्का कविता लेखेर
इतिहासमा नाम लेखाऊ । - बेदु न्यौपाने
…
१,
मनको शान्ति खोज्दैछु
हुनसक्छ कसैले हराएको
त्यही हुनुपर्छ रोज्दैछु।
२,
छेउकुना नहेरी नहिॅंडनु
अपरिचितको नगर्नु विश्वास
दुश्मनसित सोझै नभिडनु ।
३,
रोजेको केटी बल्लतल्ल
भित्राउन सकिनॅं समयमा
परिरहेछु अब अलमल्ल । - दिल ठकुरी, दार्जिलिङ
…
१,
करायो करायो गयो
षड्यन्त्र ठाउँको ठाउँ
विकास नहुने भयो !
२,
तारा सम्झेर हिॅंड
जूनसम्म त पुगिएला
आफ्नै आलस्यसँग भिड ।
३,
भयो अब नगरौँ
अरूको भर लागेन
दिवास्वप्नमा कहिल्यै नपरौँ ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
…
१,
मलाई गरिबीले भगायो
बाध्यता थियो जानु
ऋणले परदेश पठायो।
२,
फर्की आए रमाउँला
भत्कियो घर आज
नयाँ घर बनाउँला। - सनत रोकाय बिवश, कुशे गापा -८, जाजरकोट
…
१,
असफलताले सिकाउॅंछ पाठ
कहिलेकाहीँ त्यस्तो हुँदैमा
मान्नु हुन्न उराठ।
२,
गरौँ असल कर्म
केही दुःख पर्दैमा
नबिर्सौँ आफ्नो धर्म।
३,
देखाऔँ कर्म गरेर
बिर्सनु हुन्न आफ्नो
के लगिन्छ मरेर। - अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका, बोस्टन
…
१,
धोकाको सहरमा डुलेछु
थाहा नपाई तिम्रो
मुटु माझ फुलेछु।
२,
भावीले लेखेको कर्म
आफन्त सबै पराई
कसले बुझिदिन्छ मर्म ?
३,
नबनाऊ मन खिन्न
आजसम्म मैले कसैको
सकिनँ मन चिन्न । - लक्ष्मण देउवा, डोटी
…
१,
हाँस्ने र हसाउँने
सबैको मन दुख्छ
नगर्नु काम फसाउने।
२,
खोलिदिन्छ मनको ढोका
जीवनभर आएर बस
कहिल्यै नदिनु धोका ।
३,
तिमी मनको राजा
दुलही बनाएर लैजाऊ
मलाई बजाएर बाजा । - ललिता गिरी सिन्धुली, हाल काठमाडौं
…
१,
राम्रो काम टिक्दैन
खाली देखाउने हो
पालिस नलाए बिक्दैन ।
२,
परिश्रम गर्ने हार्दैन
निरन्तर कोसिस गरे
शत्रुले असर पार्दैन ।
३,
सुन्दर पहाड मगमगायो
लालीगुराँस ढकमक्क फुलेर
त्यसैसँग वसन्त छायो । - शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं
…
१,
आनन्दको उत्सव मनाउन
आत्मविश्वास हुनपर्छ आफैँमा
आफूलाई उद्यमशील बनाउन ।
२,
बितेर जाने जिन्दगानी
सुखदुःख जीवनका पाटा
दिनप्रतिदिन बितिरहने जवानी ।
३,
विगत सम्झेर पछुतो
गरिरहन्छन् सबै यहाँ
कोही हुँदैनन् अछुतो । - गुणनिधि घिमिरे अमेरिका
…
१,
बाध्यताले परदेश गयौँ
झन् दुःखको रास
सधैँलाई मुग्लानी भयौँ।
२,
मर्दाका छैनन् मलामी
बिहेका जन्ती समेत
भन्छन् गणतन्त्रविद् हामी।
३,
व्यवस्था हेर्दा दिक्दार
महॅंगी उस्तै अपराधी
फैलियो देशमा भ्रष्टाचार। - सुरेशकुमार पाण्डे, दाङ घोराही १८
…
१,
झिल्का कविता लेखन
मन भावनाको तालमेल
कार्य व्यवस्थाको प्रवर्धन । - रामशरण गैरे
…
१,
बन्द गर भाषण
हैन फोस्रा नारा
असल बनाऊ शासन ।
२,
सधैँभरि गफ सुनियो
प्रगति आफ्नै गरे,
जनतामा भ्रम बुनियो।
३,
भएन जनताको काम
जसको हातमा पर्यो
उसैले पारे झ्वाम। - शंकर कार्की, मकवानपुर
…
१,
उडेको थियो आकाशमा
रङ्गीन सपनाहरू बोकेर
फर्कियो रातो बाकसमा ।
२,
सपना नदेख साथी
यहाँ केवल हुन्छन्
भ्रष्ट नेता माथि ।
३,
सकिन्न केही गर्न
हामी सबै हार्यौ
सिवाय बाँकी मर्न । - ध्रुव श्रेष्ठ, खोटाङ, हाल नरेफाँट काठमाडौ
…
१,
भुल्छन् आफ्नो गल्ती
एकदम खुसी हुन्छन्
अरूको बनाएर चल्ती।
२,
दाइजो प्रथालाई हटाई
शिक्षाको ज्योति दिऔँ
छोरीलाई महत्त्व पढाइ ।
३,
विकासको नाममा भ्रष्टाचार
हुनुपर्छ सुशासन देशमा
अब नगरून् अत्याचार । - पृथक प्रकृति ,झापा
…
१,
फूल फुल्छ रङ्गीचङ्गी
फलको बोट नभाँचिदेऊ
मेरो प्यारो सङ्गी ।
२,
फूलको जीवन उस्तै
हामी पनि देखिन्छौँ
हेर ! साथी दुरुस्तै ।
३,
हामी आफैँलाई सच्याऔॅं
हामी सबैजना मिलेर
फूलको बोटलाई बचाऔॅं । - सुष्मा मगर रोल्पा, हाल भारतको हिमाचल प्रदेश
…
१,
खानलाई जुँगाले छेक्दैन
गर्नलाई इच्छाशक्ति भए
वैरीले पाइला टेक्दैन ।
२,
जुट्नुपर्छ कम्मर कसेर
फुट्छ मूल विकासको
हुँदैन आलस्य बसेर ।
३,
मनको धोको फेरेर
देश बनाउन जुटौँ
बन्दैन बाटो हेरेर । - पारसमणि खतिवडा, सूर्योदय ३ इलाम, हाल सूर्यविनायक भक्तपुर
…
१,
सपना किन्ने रहरमा
जवानी अनि पौरख
बेचिन्छ बिरानो सहरमा।
२,
यहाँ चल्छ हुरीबतास
उडाउन गरीबको सपना
गाँस बास कपास।
३,
प्रकृतिले खसायो असिना
सेताम्मे बनायो खेतबारी
विध्वंस किसानको पसिना। - बिके मुखिया, दार्जिलिङ, भारत
…
१,
मनको आनन्द खोज्दै
दुनियाँ चकित परे
बस आँसु रोज्दै ।
२,
हावाको चिसो लहर
तिम्रो मिठो माया
कस्तो सुन्दर सहर । - नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
…
१,
कोही हुन्छ फसाउने
आफ्नो स्वार्थको निम्ति
साथीलाई दलदलमा भसाउने।
२,
गाउँघर मात्र चार्ने
छैन पुगेन भन्दै
मागेर छाक टार्ने ।
३,
आफ्नो पेट भर्ने
सिन्का नसारी बसेर
कुरा मात्रै गर्ने । - मोती सुब्बा दार्जिलिङ निमकी डाँडा
…
१,
विकासका पूर्वाधार बनाऊ
जनताको क्षमता हेरेर
गर्ने वातावरण जनाऊ।
२,
ठुलो कुरा गरेका
सदनमा बसेर नेताले
झुठो आश्वासन छरेका।
३,
जनतालाई चाहियो काम
मात्र हातमुख जोर्ने
अब चाहियो दाम। - कला ढकाल झापा
…
१,
खोज्छौ तिमी कहाँ
समृद्धि टाढा छैन
प्रेम हुन्छ जहाँ ।
२,
लौ अब आइदेऊ
बलियो एकता गाँस्न
देशको माया लाइदेऊ । - प्रेम थापा “मन”, बागलुङ
…
१,
खुसीको यात्रा टाढा
कसैको खुसीमा रमाऔॅं
प्रेमलीला रहोस् गाढा ।
२,
ऋण नलागे जमानी
अरूलाई खोजेर पठायो
आखिरमा बनायो कहानी ।
३,
लिएपछि अरूको तिर्नुहोस्
स्याललाई मासु पैँचो
इमानदारी भएर फिर्नुहोस् । - चुडामणी देबकोटा, चनपा१३काठमाण्डौ
…
१,
ह्रदयको एक कुनामा
सम्झना गर्दै कल्पिरहेछु
भएझैँ गरी थुनामा ।
२,
मायामा धूलक थियो
कतिले काँडा कतिले
उपहारमा फूल दियो।
३,
मान्छे यसरी चिन्छन्
थाहै नपाई समय
सुटुक्क धोका दिन्छन्। - बि.कुलुङ, दार्जिलिङ, रंगबुल
…
१,
भाषा प्यारो नेपाली
देश अनुसार भेष
लेखौँ शब्द समाली ।
२,
अचार गुन्द्रुक मिठो
हाम्रो आफ्नै पौरख
पकाऔॅं ढिॅंडो पिठो ।
३,
नेपाली बन्धु हाम्रो
सबैलाई प्यारो लाग्ने
आफ्नै चलन राम्रो । - रामप्रसाद पुरी, बादेल, खोटाङ
…
१,
हलुका बतास चल्यो
भएन शीतल मन
गर्मीले सत्ता ढल्यो । - नागेन्द्रप्रसाद यादव , दाङ
…
१,
सधैँ मानिस तर्किन्छ
किन अनास्था होला ?
प्रवचन सुन्दा झर्किन्छ ।
२,
आस्था राख्दा मन
कृपा पाइने आशा
मृत्युमा जादैन धन ।
३,
सुविचारमा किन भड्किन्छ ?
स्वादिष्ट भोजन खाँदा
कहिलेकाहीँ पक्कै सड्किन्छ । - कार्की डिबी माकुम, सुनवल -४, नवलपरासी
…
१,
मिलेन जिन्दगीको हिसाब
भेटिनँ संसार खोज्दा
सफल हुने किताब ! - मन्दिरा सेढाई, मलेखु, धादिङ
…
१,
अधिक नगर्नु बात
हुँदैन अन्त तृष्णाको
जिन्दगी बन्छ घात ।
२,
शब्दको झिल्का जोडेर
अभ्यासको निरन्तरता दिनु
कृति बन्दछ कोरेर । - कमला भण्डारी ढकाल
…
१,
लक्ष्य बोकेर हिॅंड्नुपर्छ
मिल्दछ अवश्य सफलता
दुखसित त भिड्नुपर्छ ।
२,
बोकेर खुसी तनले
अवश्य फुल्छ जीवनमा
हेर भएर नयाँपनले ।
३,
हुने छैन दायाँबायाँ
साचेर राख्नु बरु
मैले दिएको माया। - अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
…
१,
आफ्नै श्रममा रमाऊ
निरन्तरता देऊ कामलाई
श्रमको मूल्य समाऊ ।
२,
अर्काको ईर्ष्या नगर्नु
आफैँ कमाउनु सके
धेरै तल नझर्नु ।
३,
व्यावहारिक हुन सिक
विश्वास गर श्रममा
पैसामा कहिल्यै नबिक । - देव कृष्ण काफ्ले, पोखरा – १, कास्की
…
१,
ठोक्छन् मूर्तिलाई किन ?
बिगार्छन् स्वरूप कलाको
सुन्दैनन् अर्ती एकछिन ।
२,
सफलता कहाँ हरायौँ
लहर थियो सूचनाको
कुन भूगोलमा पलायौँ ।
३,
एकताको बिऊ रोपौँ
विकास हुन्छ देशको
द्वन्दलाई सद्धभावले छोपौँ । - सुस्मिता अधिकारी ,काठमाडौँ
…
१,
लालचा धेर पलाउनु
यही ठुलाे कारण
मन दुखी बनाउनु । - ताराप्रसाद चापागाईँ, धुनिबेसी
…
१,
सुस्केरामा भेट्छु उनलाई
सुसेल्छ मन एकान्तले
औॅंसीमा देख्छु जूनलाई ।
२,
उभेर बस्दा सङ्घारमा
उठ्न थाल्छ तरङ्गहरू
दिलभित्रको त्यो जङ्घारमा ।
३,
कोरिसकेँ तिम्रो चित्र
हेर्दा कर्के नजरले
तीर लाग्यो मुटुभित्र । - फूलमनया कुलुङ, सोलुखुम्बु
…
१,
सकिॅंदैन सहन अत्याचार
तर छैन हुती
भ्रष्टाचारले बनाउॅंछ सरकार। - लोक् वहादुर छेत्री लामिछाने, मोदी गा पा २ देउपुर, जि:- पर्वत
…
१,
रुपियाँको हुन्न जात
उसले कुरा बुझ्यो
अनि भयो हृदयघात।
२,
भित्ताहरू त्यतिबेला हाँस्छन्
जतिबेला रङ्गीचङ्गी पोस्टहरू
उसैको छातीभरि टाँस्छन्।
३,
जूनको उज्यालो रातमा
शत्रु, मित्र दुवैको
विश्वास हुन्न बातमा। - राजनारायण राई, सोनादह दार्जिलिङ
…
१,
भुल्छ हिजोको दुःख
वसन्तको प्रेममय स्पर्शले
शिशिरमा सुकेको रुख।
२,
पिर भुलेर हाँस्छ
रोपेको उम्रिने विश्वासमा
सबैसँग प्रीति गाँस्छ।
३,
बगेको खोला फर्कॅंदैन
बुझ्नु पर्दछ कुरा
समयले कहिल्यै पर्खँदैन। - अरुण कुमार भुजेल, गोरू बथान, कालिम्पोङ,भारत।
…
१,
कसले देख्दैन भन?
सहरमा अलेख भएको
भ्रष्टहरूको कालो धन l
२,
देश नितारे लुछेर
निमुखाले छाक टार्छन्
नुनिलो आँसुले मुछेर l
३,
परिश्रम गर्नेले हार्दैन
बस्ला बरु भोकभोकै
जिउने आशा मार्दैन l - बाबुराम गौतम, गुल्मी
…
१,
छैन कसैको भर
हुनुपर्छ आफू सही
लाग्दैन कसैको डर ।
२,
बिजोक देशको हाल
हाम्रो नेताको भने
बेग्लै छ चाल । - अनिता भण्डारी ताप्लेजुङ
…
१,
गर्दिन कसैले भन्दैनन्
पर पन्छिन्छन् सबै
परेको बेला गन्दैनन् ।
२,
हजुरको गजुर लाउँदै
गरिबको जिन्दगी बित्छ
दुष्टकै पछि धाउँदै ।
३,
सधैँ दुःख गर्छन्
छ बत्तीको पुतलीजस्तै
खुसी खोज्दै मर्छन् ! - विवश पारदर्शी, झापा,
…
१,
आदर्श सिद्धान्त मुल्य
सत्तामा च्याँखे दाउ
छ विकास मृतकतुल्य।
२,
भन्ने मन थियो
भ्रष्टको कालो धन
अकुत बजारमा देखियो ।
३,
मान र अपमान
नेताको जुङ्गा लडाइँ
गर्दै ह्विपले कमान । - प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
…
१,
समयले साथ पाएको
बहाना खोज्नु पर्दैन
मनले माया लाएको।
२,
सभ्यताको बाटो खनोस्
पुरुषोत्तम समाजको युवामा
अब रामजस्तै बनोस् ।
३,
खहरेको जस्तै लाग्छ
जीवनको भेल पनि
ओर्लिने डर जाग्छ। - बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ
…
१,
मिल्छ धारण गर्न
जब पवित्र मनले
त्यसको नाम धर्म
२,
शान्त जसको मन
दुःख पीडा दर्दमा
त्यही उसको धन।
३,
सन्तोषी उही भयो
सक्यो चित्त बुझाउन
असन्तुष्टि जिउँदै गयो। - घनश्याम पन्त
…
१,
छोटो र मिठो
देखा पर्यो भर्खँरै
झिल्का रुपी ठिटो ।
२,
बस्यो कस्तो घिडघिडो
लेख्न मन हुन्छ
झिल्का अझै छिटछिटो ।
३
हेर्दैर्छु म पलपल ,
देखाउॅंदो रहेछ झिल्काले
समाजको तस्विर झलमल । - दीपा समभाव, खोटाङ्ग
…
१,
कसैले नभनी तपाईॅं
सोच विचार गरी
नबनौँ आफैँ मपाईॅं
२,
बुझेर अरुको मर्म
सेवा गर्न सके
हुनेछ मानव धर्म ।
३,
भएर असल पात्र
फेरौँ मुहार देशको
होइन आफ्नो मात्र । - जयनारायण नेपाल, इलाम हाल भक्तपुर ।
…
१,
माटो छ राम्रो
बाली हुन्छ त्यहाँ
नभए हुन्थ्यो चाम्रो ।
२,
के भनौँ कसलाई
सबै राम्रै छ
जस दिउँ उसलाई ।
३,
माटोमा फुलेको फूल
कोपिला चुँडेर कसैले
नगरौँ यस्तो भुल । - रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि
…
१,
अचुक औषधीमा गनेका
करेला दैनिक खाऔॅं
डाक्टरले छन् भनेका ।
२,
तितो मुख पार्छ
उच्च प्रेसर भएको
बिस्तारै तल सार्छ ।
३,
धेरै हटाउँछ रोग
फाल्छ बिमार जरैदेखि
हटेर जान्छ शोक । - सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
…
१,
धेरै काम हाम्रो
हामी मिलेर गर्नुपर्ने
देशको सेवा राम्रो ।
२,
लाली लगाएको ओठ
गाउँघरमा सधैं किसानले ,
भैँसी पालेको गोठ।
३,
सेवा हामीले गर्नु
राम्रो काम गरेर ,
देशमा भोलि मर्नु । - कृष्ण धामी – बझाङ
…
१,
बुझेर गर्नु मतदान
सित्तैमा पायो भनी
नजानु भोज खान ।
२,
विचार व्यवहार हेर
हाम्रो होइन राम्रो
छानेमा जाँदैन खेर । - कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
…
१ ,
आउॅंछ बोक्रो ओढेर
चिन्नै नसक्ने गरी
लान्छ धोक्रो भरेर।
२ ,
आफ्नै लासको मलामी
जाउँ कसरी भनिदेऊ ?
नगरौँ दुष्टको सलामी। - हरिगोपाल प्रधान, काभ्रे, बनेपा -१४ साँगा बजार
…
१,
उखुजस्तै होस् साथी
कुभलो नचिताऊ कसैलाई
छन् भगवान् माथि ।
२,
चप्पलको सम्बन्ध जसरी
छिटाले हान्दै गर्दा
रहन्छ सम्झना सधैँभरि।
३,
तलुवा बन्नु भएन
पीडाले छोड्दा पनि
दु:खले कहिल्यै छोडेन । - केन्टरमेश क्षेत्रीय, रोल्पा
…
१,
चुनावमा हात जोड्छौ
सिध्याएर देशको ढुकुटी
मातृभूमि पक्कै छोड्छौ ।
२,
अस्ति साख्खै थियौ
जेब गरम भएपछि
साख्खैको ज्यान लियौ ।
३,
एक बोतल सुरापान
अघिल्लो रात मतदानको
देश डुब्यो जान। - हिरालाल न्यौपाने, सल्यान कोटमौला
…
१,
ईश्वर श्रृष्टि मानव
त्यागौँ हत्या हिंसा
नबनौँ कवै दानव।
२,
जिन्दगी उकाली ओराली
उतारचढाव जरुर आउँछ
गन्तव्य विश्राम चौतारी।
३,
हातका मैला धनमा
नगरौँ लोभ कहिल्यै
सन्तोष राखौँ मनमा। - सरस्वती श्रेष्ठ रुपन्देही बुटवल।
…
१,
कुम्भ मेला हेरियो ,
धर्म तिर लागेर
दिमाग पनि फेरियो ।
२,
मरेर जाने चोला
बाँच्नु पर्छ हाँसेर
जिन्दगी यस्तै होला । - बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ – ४, झापा
…
१,
झुल्किनन् आज सविता
कामले फुर्सदै छैन
लेख्दिन झिल्का कविता ।
२,
लोभी छु चाहनाको
शब्द मात्र थुपार्दछु
गरिब छु भावनाको ।
३,
लाग्दैछ मूर्खको मेला
मलाई नबोलाऊ तिमी
होस् उडेको बेला । - ऋजु दिल्पाली इटहरी १ सुनसरी
…
१,
अनुहारमा भुतुक्कै नहुनु
व्यावहारिक, संस्कारित हुनुपर्छ
विषाक्त चिजलाई नछुनु ।
२,
सुखमा कति मातेको ?
भोलिको विचार नगरी
लगायौ कपडा फाटेको ।
३,
भएछौ तिमी हरामी
स्वार्थ पुगेछ क्यारे
दु:ख भोग्ने हामी । - राजेश्वरी राजोपाध्याय, ललितपुर
…
१,
रमाइलो मान्नु परेन
संसार देखेर दुःखीको
गरिबीले खोलो तरेन ।
२,
सम्पत्ति बढेर भागेछ
मुलुक सुन्दर पहाडी
जङ्गल डडेलो लागेछ ।
३,
सुन्दर रङ्गीन सन्सार
आँधीबेरी चल्यो यसरी
खाली पारेछन भन्सार । - अम्बिका अधिकारी, झापा बिर्तामोड
…
१,
बनाएर सानो घर
ढुङ्गाको अनि माटोकोझैँ
त्यही घरको भर !
२,
चौतारीमा पिपल छाया
चलेको सिरसिरे बतास
अमर मुटुभित्र माया !
३,
मरुभूमिको तातो बगर
मनमा अतृप्त तृष्णा
बगरले हेरेको सगर ! - आर्त अकुलीन
::::::::जय झिल्का साहित्य ! ::::::::::















