• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: टुक्का_कविता

साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२१

  • २८ माघ २०८०, आईतवार २०:१८ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२१ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२१ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    चलेकै छ कुराले देश, युगौँयुग चल्छ
    छक्क पर्छु केवल तिम्रो, मन किन जल्छ ?

    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू


    [१]
    अबुझ छन् सारा जनता, कुरै बुझ्दैनन्
    हजुरको महान् वाणी सुन्ने कोही भैनन् ।
    ✍️वसन्त अनुभव
    घोराही, दाङ
    [२]
    भाषणले नै सरकार भित्र विकास चल्दैछ
    दङ्ग सबै गठबन्धनमा प्रतिपक्ष जल्दैछ ।
    ✍️ ताराप्राद चापागाईँ
    धुनिबेसी
    [३]
    गठबन्धनमा सबैले मिलेर खाने
    अर्को चुनावमा गठबन्धनमै जाने।
    ✍️प्रदीप के रिमाल।
    [४]
    गर्नुपर्छ हामी सबैले देश लुट्ने ,भुँडी भर्ने काम
    रेमिटेन्सले देशमा भित्रेकाे नै छ कराेडाैँकाे दाम ।
    ✍️केसर बाेहरा “सङ्घर्ष”
    सुदूरपश्चिम ” अछाम ” हाल भारतबाट ।
    [५]
    सत्ताको मोहले बाहिर निस्कन कस्लाई हुन्छ मन
    कमाएका छन् जालझेल गरी पुस्तौंपुस्तालाई धन ।
    ✍️अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [६]
    हाम्रो देशमा चल्ने भनेको नै कुराले हो सारा
    अर्को चुनाव आएर पनि उस्तै हुनेछ पारा ।
    ✍️बेदु न्यौपाने 🇳🇵
    [७]
    एउटाले देश बनाउन खोज्छ अर्काले खुट्टा तान्छ
    कुर्सीको लडाइँमा त पाँच वर्ष त यत्तिँकैमा जान्छ ।
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [८]
    कुरा नै त रहेछ मानव जिवनको भविष्य मित्र
    काम कार्बाहीको त सधैँ अनिकाल हुन्छ देशभित्र।
    ✍️सुरेशकुमार पाण्डे दाङ घोराही १८
    [९]
    त्यही त भन्या छक्क परेको छु म पनि आजभोलि तिमीलाई देखेर
    यसो समय मिले आँखा लगाउनु पठाएको छु एक टुक्का लेखेर।
    ✍️अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [१०]
    भाषण अनि आश्वासनमा देश चल्दैछ
    पाउनेले भुँडी भरे नपाउने जल्दैछ।
    ✍️बिके मुखिया
    दार्जिलिङ भारत
    [११]
    लुटेराहरूको बढ्दैछ चलखेल
    नेपालको अर्थतन्त्र बन्दैछ फेल ।
    ✍️कला ढकाल
    झापा
    [१२]
    नेताहरूको कुकृत्य झन बढ्दैछ
    देशमा भ्रष्टाचार उकालो चढ्दैछ।
    ✍️सरस्वती श्रेष्ठ इटहरी
    [१३]
    पेशा केही छैन यिनको झुटको राजनीतिभन्दा
    तर पनि राम्रै चलेको छ, लुटाहाहरूको धन्दा ।
    ✍️शंकर कार्की
    थाहा नगरपालिका ३ मकवानपुर
    [१४]
    कसैलाई प्रेम दिवस रे कसैलाई खान लुट्नको चटारो
    भ्रष्टाचारी भूमाफिया अदालतलाई निर्दोष भन्न हतारो ।
    ✍️चुडामणी देवकोटा
    [१५]
    जमायाै आसन चलायाै शासन केवल मन जलायाै
    देखायाै लालच कमायाै दाैलत सर्वत्र भ्रष्ट फलायाै ।
    ✍️त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [१६]
    छैनौ मरेका ! छरेकै छ चारो नहान झटारो
    ठुङ्दा यी भालेहरूले किन मान्नु गाह्रो चटारो ?
    ✍️विवश पारदर्शी
    झापा,
    [१७]
    झन अस्थिरता आज, अस्ति हिजोभन्दा
    अचम्मको चलेको छ तिम्रो भ्रष्ट धन्दा ।
    ✍️प्रेम थापा “मन”बागलुङ
    [१८]
    कुराले नै बनाउँछन् नेता नेपाललाई जापान टाेकियो
    साच्चै नेपाल विकसित भए ठगि धन्दा यिनको रोकियो ।
    ✍️सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    [१९]
    देशको लागि गर्छु भने, भ्रष्टाचारको काममा
    बेचिखाए खोला र नाला,विदेशीको नै नाममा।
    ✍️एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    [२०]
    नगर मेरो रिस सके तिमी पनि लुट
    बाँड अलिकति घुस पाइनेछ है छुट।
    ✍️सुस्मिता अधिकारी ,काठमाडौँ
    [२१]
    चलोस् देश कुराले, नचलोस् तिखा धारिला छुरा
    मन जले जलोस्, नजलोस् वसन्त, कपना, भूरा ।
    ✍️मोती सुब्बा
    दार्जिलिङ भारत।
    [२२]
    जल्नेहरू खरानी बन्छन् अस्तित्व पनि फेरिन्छ
    यस्तै हो यहाँको चलन सन्सारलाई हेरिन्छ ।
    ✍️दीपा गुरुङ्ग (समभाव)
    काठमाडौ
    [२३]
    जस्तालाई तस्तै मिले खुसीयालीले प्रफुल्ल हुने
    राजनीति विकृति डुङ्डुङ्ती गन्हाउँदा मन रुँने ।
    ✍️प्रद्युम्न चालिसे
    [२४]
    मेरो तिम्रो भन्नुभन्दा हाम्रो भन्नुपर्दछ
    स्वयम् हाम्रो उन्नति अघि अघि नै सर्दछ ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [२५]
    मेरो देश मेरो धर्ती मलाई प्यारो लाग्छ
    सबै मिले यस देशको बैँरी आफैँ भाग्छ ।
    ✍️नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    [२६]
    हेर्दाहेर्दै सिङ्गो देशलाई मज्जाले नै निल्यो
    नेताहरूलाई अजिङ्गर भने ठ्याक्कै मिल्यो।
    ✍️बि.कुलङ
    दार्जिलिङ रंगबुल्
    [२७]
    इमानी भई काम गर्न कहाँ मन मान्छ उसको ?
    अरूका महल देख्दा मन पुग्छ फन्दामा घुसको ।
    ✍️कमला देवकोटा, पाल्पा
    [२८]
    तिम्रो गफको साम्राज्य अब धेरै टिक्तैन
    तिम्रो झुटो आश्वासन अब बिक्तै बिक्तैन ।
    ✍️नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।
    [२९]
    उसको यादले घरी घरी सधैँ मन पाेल्छ
    नचिनेको मान्छेले पनि त सधैँ राम्रो बोल्छ !
    ✍️श्री कृष्ण धामी – बझाङ
    [३०]
    बोल्दाबोल्दै वृद्ध भयौ भूमिमा झर्छौ अब
    तिम्रो कुरा चल्दै हुन्छ देश रोकिन्छ तब ।
    ✍️धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४
    बिगारे जुम्ला
    [३१]
    खै कताकता बस्यौ र तिमी पुग्यौ सत्तामा
    मूल एजेन्डा बसेको हुन्छ आफ्नै भत्तामा ।
    ✍️दीपा तिम्सना-ईलाम
    [३२]
    जसरी नि दलमा लुटतन्त्र फस्टाएकै हुन्छ
    नेपाली हामी कराउने मात्र हो कसले सुन्छ ।
    ✍️टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २
    सल्यान
    [३३]
    बिक्छ पिठो यहाँ ,जसले गर्छ मिठा कुरा
    स्वार्थ सिद्ध भएपछि रोप्छन् पिठमा छुरा ।
    ✍️शुक्रराज कुँवर
    धरान १०
    [३४]
    भएभर रित्याएर तिमी खाने गर्छाै
    अब ज्यादा खायौ भने भुँडी फुटी मर्छाै ।
    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    [३५]
    देश चलाउने हिँडेका छन् दलालकाे भर
    ठगी धन्दा गरी बनाएका छन् ठुल्ठुला घर।
    ✍️राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [३६]
    अनेक तारतम्य मिलाएर देश चलेकै छ त भन्छौ कुराले
    टिक्न नसकेर युवा विदेशिए, के पत्याउनु बुढा र भुराले !
    ✍️प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर
    [३७]
    कुर्सीमा बस्छौ झार्ने होइन धुलो
    यी नेताहरूको कुरा मात्रै ठुलो ।
    ✍️हिमा आर सी
    मेहेलकुना सुर्खेत
    [३८]
    हुँदैन उन्नयन, हुँदैन विकास
    दलालले खाए, छैन यहाँ निकास ।
    ✍️नागेन्द्रप्रसाद यादव
    [३९]
    देशकाे सिमानाभित्र कसरी भित्रियाे सय किलाे सुन ?
    साह्रै नै लगाएका रहेछाै ती दुई नम्बरीलाई गुन ।
    ✍️अनिता भण्डारी ताप्लेजुङ
    [४०]
    कुराले नै बाठाटाठा जताततै धेरै छन् खाने
    इमानदार निराश भई ओइलाएर जाने ।
    ✍️गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ
    [४१]
    कुरै कुराले बन्ने भए राष्ट्र किन जनता रुन्थे
    युवाहरू खुसीसाथ अहिले आफ्नै देशमा हुन्थे ।
    ✍️शोभा आचार्य गौतम
    काठमाडौँ
    [४२]
    बाहिर एक अनेकभित्र कालो छ मुहार
    कालैले आज चम्किलो हुन खोज्दै छ जुहार !
    ✍️आर्त अकुलीन
    [४३]
    सास चलेर मात्र के गर्नु चाहिँदो ठाउँमा बोल्दैन भने,
    सेवक हुँ म भनेर आएका पदमा पुग्दा मालिक बने ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [४४]
    थाहै भए पनि कार्बाही गर्दैनन् स-प्रमाण हुँदा प्रष्ट,
    नामैका लागि त ठुलाले गरेका हाेलान् नि पथमा भ्रष्ट ।
    ✍️रामप्रसाद पुरी, बादेल, खाेटाङ
    [४५]
    पृथ्वीनारायण शाहले बनाएको देश सम्हाल्न सकेनौ
    देश बनाउँछु भन्दै थोत्रा भाषण तिमी यति त बकेनौ।
    ✍️तेजप्रसाद खनाल दाङ।
    [४६]
    ख्याल गर्नु चलाउँदा अब देश कुरै कुराले?
    चियो गर्न थालेका छन् अचेल सचेत भुराले l
    ✍️बाबुराम गौतम, गुल्मी
    [४७]
    ज्यान कसले दिने हो र देश विकास भनी
    मौका पर्दा भकारी भर्ने हो पैसा गनि गनि ।
    ✍️राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [४८]
    सबै देश बनेर जाँदा हाम्रो मात्र सधैँभरि किन बिग्रन्छ
    भोट हाल्ने भोकभोकै तर राष्ट्रको धन नेता कहाँ थिग्रन्छ !
    ✍️पवन कुमार बुढाथोकी
    काठमाडौँ
    [४९]
    सफलता मिलेकै छ कालो धनलाई सेतो बनाउने,
    भन्नेले जेसुकै भनुन् तिनकै मुख नमिठो गनाउने ।
    ✍️होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [५०]
    लुटेराको हातमा देश सुम्पेपछि त्यस्तै हुन्छ
    जनता सबै भेडा नेता बहिरा कसले सुन्छ ।
    ✍️यामनाथ आचार्य
    पर्वत
    [५१]
    नेता कामले माखो मार्ने होइनन् दुनो सोझ्याउँदै ठिक्क
    पढेका युवाहरू देशमा बस्नै मान्दैनन् म भए दिक्क ।
    ✍️भगवती दवाडी
    दमक, झापा
    [५२]
    बुढाहरूको दिन गए, अब चलाउनुपर्छ देश युवाले
    भ्रष्टाचार नियन्त्रण गर्यो भनेपनि, सुख पाउँछौँ साराले ।
    ✍️कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [५३]
    चल्ने मात्र कुरा गर्छौ,तिमी हौ पराइ भक्ति
    एकमुठी सास बाँकी रह्यो,छैन उठ्ने शक्ति ।
    ✍️मन्दिरा सेढाई
    मलेखु,धादिङ
    [५४]
    हाम्रो देश गुज्रिरहेकाे भ्रष्ट अनि दलालहरूकाे परेर भर
    भ्रष्टाचार गरि जनतालाई रुवाई ठाउँ ठाउँमा बनाए घर।।
    ✍️सहयात्री शोभा अर्याल
    रुपन्देही
    [५५]
    भाषणलेनै जम्छ आसन भने किन गर्नु राम्रो कर्म
    पापलेनै चल्छ जीवन गजब भने किन गर्नु धर्म ।
    ✍️ध्रुव श्रेष्ठ
    हाल काठमाडौँ
    [५६]
    कुराले मात्रै हुँदैन नि विकास याे हाम्राे गाउँ
    नगराैँ सधैँ भ्रमकाे खेती सम्हालाैँ आफ्नै ठाउँ ।
    ✍️हरिगाेपाल प्रधान
    काभ्रे पलाञ्चाेक, बनेपा १४
    साँगा बजार ।
    [५७]
    नेता दलाल, जनता भेडा नेपाल खुला बजार
    दलाली मै मोलमोलाइ छ देशको मूल्य हजार ।
    ✍️पद्मा काश्यप पाण्डे, मोरङ
    [५८]
    मख्ख छन् दुनियाँ ती, चिल्लो बोलेर
    जान्छन् फेरि त्यही, चिल्लोले पोलेर ।
    ✍️चन्द्रकली राना मगर
    नौबहिनी ३, प्युठान
    [५९]
    तछाड मछाड केको सधैँ न सकेको देशको मुहार फेर्न
    गर देशमा रजाइँ जनता बसेका छन् तिम्रो रमित हेर्न।
    ✍️दुर्गा आचार्य
    मोरङ
    [६०]
    चारैतिर टलक्कै सेतै हिमाल हाँसेको
    सलल बग्ने नदीलाई देख्दैछु मासेको ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता3 Comments on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२१

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ११९

  • ८ माघ २०८०, सोमबार १८:२२ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११९ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ७१ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११९औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    घरमा सधैँको किचकिच, हारथाक खाएँ
    समाधान हेतु बाआमा, आश्रम छोडी आएँ ।

    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    फर्केला पालाको पैँचो आउँला तिम्रो नि दिन
    व्याज  र  हर्जाना सहित,  तिर्ला छोराले रिन ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    [२]
    बाबा आमाको सेवा गर आफ्नै देउता मानी
    पालो आउला छोरो होला भन्ने आफैँले जानी ।
    ✍️समुद्र आचार्य
    [३]
    हतारमा कहिल्यै नगर्नु निर्णय त्यसले ज्यान लिन्छ 
    घरको के कुरा गर्छौ सहरमा पसी दलालीले किन्छ ।
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [४]
    बुबाआमालाई वृद्धाश्रम पुर्‍याउनु नै घोर अपराध मानिन्छ
    फर्केर आउँदाखेरि अब त खुशी साटासाट व्यक्त गर्न जानिन्छ ।
    ✍️कबिताहरी 
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [५]
    बुढाबुढी बाआमा झर्को लाग्यो घरमा 
    खुशी छु छोडी आएँ आश्रमको भरमा ।
    ✍️डम्बर थामी 'अनुपम '
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [६]
    बाआमालाई पुज्ने गर भगवान ठान 
    तिनै लाेकमा पाउनेछाैँ तिमीले सम्मान ।
    ✍️केसर बाेहरा ( सङ्घर्ष )
     सुदूरपश्चिम अछाम । हाल भारतबाट ।
    [७]
    बालाई फ्याँके  पनि  डोको राख्नुपर्छ भन्छ छोरो 
    किन भन्दा तिमीलाई फ्याँक्न चाहिन्छ भन्छ मोरो ।
    ✍️गुणनिधि घिमिरे, अमेरिका
    [८]
    बाआमाको  सेवा  गर तिम्रो पनि  आउॅंछ पालो
    आश्रममा छोडी नफर्क आफैँ बन्छौ निलोकालो ।
    ✍️अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [९]️
    रातदिन घरमा बसेर, इज्जत धेरै पाएँ,
    आँखा छलेर श्रीमानज्यूको माइत भागी आएँ ।
    ✍️होम प्रसाद नेउपानेे
    धरान,सुनसरी
    [१०]
    छोरी जन्मिई भनेर बाबा दु:खी हुन्छन्
    अहिले  गलत  रहेछु  भन्दै पो रुन्छन् ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    [११]
    जिन्दगी दिने जिउँदो परमात्मालाई चिन
    तिमीले  तिर्नुपर्छ  जसरी नि  उनको रिन ।
    ✍️रतन पाण्डे, 'पारतन',दार्जीलिङ।
    [१२]
    उसको पनि रापिलो घाम तुवाँलोले छेक्ला
    आफैँले दु:ख  पाएपछि काँडे महल टेक्ला ।
    ✍️ प्रदीप के रिमाल
    इटहरी -८
    [१३]
    ईश्वर समान बाआमा ति हुन्छन् धेरै घाँडाे 
    के स्वार्थ हाे ? सन्तानले नै भुल्छन् कर्तव्य चाँडाे । 
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [१४]
    बाबाआमा  जिउँदा  भगवान  रहेछन्  नामका
    बुढेसकालले  छोएपछि  छैनन्  कुनै  कामका ।
    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    [१५]
    स्वास्नीकाे  कुरा  सुनेर बाबुआमालाई डाँडै कटायाे
    कुम्ल्याई सबै सम्पत्ति जति गई बल्ल धुलाे चटायाे ।
    ✍️भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर  कपिलवस्तु
    [१६]
    पृथ्वी गोलो छ भन्छन् आउँनेछ घुमेर 
    पालो  पक्कै  आउँला  गएपछि  उमेर ।
    ✍️चन्द्रकली राना मगर 
    प्युठान
    [१७]
    हतारको निर्णय सक्छ गलत हुन
    बेलैमा  सचेत  भए  पर्नेछैन रुन ।
    ✍️सरिता सेढाई धादिङ
    [१८]
    पैसा नहुने र बुढाेलाई नगन्ने रहेछन्
    बुढेसकालमा वृद्धहरू आश्रम गएछ्न् । 
    ✍️भाेलामान बर्देवा धरान ८ सुनसरी
    [१९]
    ईश्वर खाेज्छौ गुम्वा, चर्च, मन्दिर, मुर्तीसँग किन ?
    मानव, दानव, देव के हाै ? कर्मवीर भई चिन ।
    ✍️जी.वि.चिन्तन घाेराही-१४ दाङ ।
    २०८०/१०/०६ बिहान ४:४८
    [२०]
    साहस कस्तो हुन्छ भनेर थाहा हुन्छ बल्ल खोला तरेपछि
    अहिले खिस्स हाँस्दै गर, चाल पाउँछौ आफैँलाई परेपछि । 
    ✍️अनुग्रह राना मगर 'पुष्प'
    पाँचखपन नपा - ६ संखुवासभा ।
    [२१]
    बाआमा आश्रम छोडी घरमा कुकुर पाल्छन् 
    देउता नचिन्नेले मन्दिर गई दियो बाल्छन् ।
    ✍️बिके मुखिया
    दार्जिलिङ भारत
    [२२]
    असल साथी त्यो हो जो दु:ख पर्दा 
    साथ
    राख्न सकुँ उसैलाई सधै मेरो माथ ।
    ✍️देव मगर
    तिनाउ-१, कचल,पाल्पा
    [२३]
    वृद्ध आमाबाबुलाई  जसले गर्छ हेला
    अखिरमा उमेर काटेपछि पर्छ फेला ।
    ✍️राज कुमार राजभण्डारी "खाेटाङ्गे"
      मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [२४]
    स्वार्थ खातिर सन्तान आज बाबुआमा नै भुल्छ्न् ,
    भगवान् राखी वृद्धाश्रममा मन्दिर खाेजी डुल्छन् ।
    ✍️त्रिलाेचन भण्डारी 
    मेचीनगर,झापा
    [२५]
    बाआमालाई लगेर आश्रम फाल्न मन कसरी मानेको
    आखिर सन्तान हुर्कँदैछ गर्ला अवश्य देखेको जानेको ।
    ✍️दीपा तिम्सना पौडेल-ईलाम
    [२६] 
    घरमा अचेल चल्ने गर्छ  सधैँ नै जुहारी
    कहिले सासू उफ्रने कहिले चाहिँ बुहारी ।
    ✍️ बाबुराम पाण्डे 
    अर्घाखाँची
    [२७]
    पछिसम्मको सहारा बन्छु भनेर अहिले मोड्यौ
    श्रीमतीको कुरा सुनी बा आमालाई आश्रम छोड्यौ ।
    ✍️हिमा आर सी
    मेहेलकुना सुर्खेत
    [२८]
    सम्झेर बाेझ बाआमा कुटीमा छाेडेर आएँ
    घर  फर्किआउँदा  रित्ताे र सुनसान पाएँ ।
    ✍️खुनराज काेईराला
     सिद्दलेक-३, गैरीगाउँ धादिङ
    [२९]
    छोराछोरीको अमेरिका जाने भिसा आयो
    वृद्ध बाआमा वृद्धआश्रमको जिम्मा लायो ।
    ✍️चुडामणी देबकोटा 
    चनपा १३ काठमाडौँ
    [३०]
    सवारी के थियो पुर्‍याउँने आश्रम जाँदाखेरि
    छोराले खै भनी सोध्न सक्छ, तिम्लाई लाँन फेरि ।
    ✍️निलहरि काफ्ले
    [३१]
    जोइटिङ्ग्रे भएपछि यस्तै त हुन्छ
    कुरा सुन्दा मात्रै नि मन मेरो रुन्छ ।
    ✍️गंगा खड्का 
    बूढानीलकण्ठ, काठमाडौँ
    [३२]
    आफू पो बुढो हुन्छु हुन्न थाहा छैन अहिले 
    वृद्धाश्रम छोडी आउँछु  बाबुआमा पहिले ।
    ✍️ कमला देवकोटा, पाल्पा
    [३३]
    हटाउनु पर्छ भन्छन् सबैले मनकाे विकार
    अनि बल्ल आउने छ जीवनमा राम्राे निखार ।
    ✍️नवराज भट्ट
    कञ्चनपुर
    [३४]
    परदेश आएपछि हुँदैन बाबाआमा भुल्नू
    पैसा कमाउने उमेरमा यताउता नडुल्नू ।
    ✍️ श्री कृष्ण  धामी - बझाङ
    [३५]
    भगवान भन्नू नै हुन्  बाबाआमा
    मन्दिर किन जान्छौ, हेर त मामा ।
    ✍️एवाइ प्रभात
    धनकुटा
    [३६]
    मनलाई सम्झाएर फेरि आएँ
    तर पनि यहाँ खै पो मैले पाएँ ।
    ✍️नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    [३७]
    चारधाम  लैजाउँला  भनेर  बुढाबुढी  फुरफुर पारे,
    धर्मकर्मको बहानामा सुटुक्क लगेर वृद्धाश्रम झारे ।
    ✍️ कृष्णकुमार वैद्य 
    बनेपा ९, काभ्रे
    [३८] 
    वृद्ध  बाआमाको  किचकिच  सुनेर दुवै हात जोडी,
    बुहारीको सल्लाहमा छोरा आयो वृद्धआश्रम छोडी ।
    ✍️विवश पारदर्शी 
    झापा
    [३९]
    जुन दिन आमाबाबालाई वृद्धाश्रममा लग्यौ
    त्यही दिनदेखि तिमी आफूले आफैँलाई ठग्यौ ।
    ✍️प्रेम थापा "मन"बागलुङ
    [४०]
    बाबा आमा ईश्वरको रूप, भुलिसके आज
    पुत्र सुन्छन् कुरा श्रीमतीको, पचाएर लाज ।
    ✍️दीपा गुरुङ्ग (समभाव)
    बुनपा-१२ काठमाडौ
    [४१]
    देखाएर ङिच्च दाँत बुवाआमालाई गर्छन् घातैघात
    खान नै दिँदैनन् राम्रो मुखले लगाएर नमिठो बात ।
    ✍️टिकाराम पुन एटम
    सल्यान, छत्रेश्वरी गाउँपालिका  २
    [४२]
    भएजति तागतलाई  थुतुनोमा सारे
    अतएव वृद्धाश्रममा राख्न बाध्य पारे l
    ✍️बाबुराम गौतम, गुल्मी
    [४३]
    जिउँदा भगवान बुबाआमा नगर्नू कहिल्यै हेला
    कुमालेको चर्खा हो हाम्रो यो जीवन भोलि पर्छौ फेला ।
    ✍️दुर्गा आचार्य 
    मोरङ
    [४४]
    बाआमालाई वृद्धाश्रम पुर्‍यायौ, स्वास्नीको कुरा सुनेर
    राख मोराहरू  घरबार सबै, ताला लगाई थुनेर ।
    ✍️मोती सुब्बा
    दार्जिलिङ भारत।
    [४५]
    बल हुँदा बैँस हुँदा केही थिएन गाह्रो
    उमेर ढल्दै जीर्ण बन्दा बाँच्न भयो साह्रो । 
    ✍️तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    [४६]
    याद गर जस्ताे राेपेकाे छ त्यस्तै लाग्ने हाे फल 
    आमाबाबा नै ईश्वर हुन्  बग्ला आँखाबाट भल ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [४७]
    सबैको दिन आँउछ एक दिन वृद्ध हुने
    एकदिन जानैपर्छ सम्झी सम्झी किन रुने ?
    ✍️ध्रुव श्रेष्ठ 
    हाल काठमाडौँ
    [४८]
    बाआमाको  मन हुन्छ  सधैँ  छोराछोरीलाई
    छोराछोरी बुझ्ने हुन्छन् बल्ल आफ्नो पालो आई ।
    ✍️पुष्पा राई, खाेटाङ
    [४९]
    तान्दै घिसार्दै वृद्धाश्रम लैजाऊ छोरा भाइ
    छोरा चाहियो भन्दै छोरी गर्भैमा  मार्नेलाई ।
    ✍️पुष्पा सुवेदी
    नेपालगंन्ज, बॅाके।
    [५०]
    शान्त म जति छु, उति भन्छन् कचकचे
     बोलेर केही हुँदैन  अङ्ग   थला   बसे ।
    ✍️मनोहरी पौडेल 
    गैडाकोट १
    २०८०/१०/६
    [५१]
    अग्रजलाई उच्च स्थानमा राख्दा कलह  गर्छौ,
     हुर्काएका पसिनाको मूल्य तिमी कसरी भर्छौ ?
    ✍️शोभा आचार्य गौतम 
    काठमाडौँ
    [५२]
    कमाई गर्न नसक्नेलाई किन गर्ने माया ?
    अगति परिन्छ होला परेमा तिनको छाया ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [५३]
    कसरी हुर्किएँ सम्झिन्नँ आफू चाहन्छु डुल्न 
    घरको  स्वर्ग  बिगारेर  देखावटीमा  भुल्न । 
    ✍️सुस्मिता अधिकारी
    काठमाडौँ
    [५४]
    अस्तायो घाम अँध्यारो भयो गाउँ र सहर 
    बुढेसकाल लागेर होला छैन नि रहर ।
    ✍️आर्त अकुलीन
    [५५]
    छोरो भने दुलही ल्याए हुन्छ हेर न पराई
    बुढेसकालमा बाबाआमा बस्छन् रोइकराई ।
    ✍️ईन्दु श्रेष्ठ 
    चितवन
    [५६]
    बुढो भयो सब रङ्ग गयो आँगन परदेश हुने बेलामा
    घरमा देखि नसहेर पुर्‍यायौ आश्रम आज भए हेलामा ।
    ✍️भगवती दवाडी, झापा
    [५७]
    अर्धनग्न कपडा लगाउँदा हुने भयो सस्तो
    जाडोमा पनि स्यान्डो लगाउने भन तिमी कस्तो ।
    ✍️धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
    [५८]
    स्वास्नीको कुरा सुनी बाबुआमा पारे पर 
    तिनका आँसुले पोल्ला महोदय होस् गर ।
    ✍️दुर्गा भट्टराई 
    मोरङ
    [५९]
    आफ्ना ती सबै पराई भए
    हेलाले मस्तिष्क गल्दै गए ।
    ✍️गम्भीर दुवाडी
    गजुरी-५, धादिङ्ग
    [६०]
    बल बैँस हुँदा बाबाआमालाई हेला गर्ने
    घुमीफिरी समय आउँदा आफैँ फेला पर्ने ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [६१]
    सानो छँदा पाल्छु भन्ने ठुलेा भएपछि विदेश नै पो गयो
    नेताले विकासको बत्ती निभाई दिएर अन्धकार भयो ।
    ✍️पवन कुमार बुढाथेाकी
        काठमाडौँ
    [६२]
    जन्माउने हुर्काउनेको व्यर्थको दु:ख पाइयो
    बुढेसकालको सहारामा आश्रम पो आइयो ।
    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक
    [६३]
    'मारे पाप पाले पुण्य' छोरी दिएँ तिम्रै भरमा
    भनी दियौ नि बाबा मलाई पराइको घरमा ।
    ✍️उमा दाहाल 
    शुन्दर हरैँचा -१० मोरङ
    [६४]
    अलकापुरीमा बस्ने हुतीहारा भनी कसलाई ठान्नु ? 
    कामधाम लात मारी अधोगति यात्रा गर्नेलाई मान्नु ।
    ✍️नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    [६५]
    बाआमा बोझ सम्झनेले कहाँ शान्ति पाउँछ ?
    सम्झिराख तिमी भोलि तिम्रो नि पालो आउँछ ।
    ✍️मन्दिरा सेढाई 
         मलेखु,धादिङ
    [६६]
    वृद्धाश्रम बनाएर, धाकधक्कु गरे जब
    बाबुआमा भए घाँडो,  मर्‍यो मानवता तब।
    ✍️रामशरण न्यौपाने, भक्तपुर
    [६७]
    बुढेसकालको सहारा भन्नु बेकार छ छोरा
    हामी बुढाबुढीलाई हेपिस् नि आज तैँले मोरा ।
    ✍️राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [६८]
    कहिले होला स्वदेशमै रोजगारीको व्यवस्था ?
    जति सरकार फेरिए पनि उस्तै छ अवस्था ।
    ✍️पद्मा काश्यप पाण्डे, मोरङ
    [६९]
    आमाबाबुलाई वृद्धाश्रममा राखेको 
    समाजको भनाइ खाएर त थाकेको ।
    ✍️सहयात्री शोभा अर्याल 
    रुपन्देही , बुटवल
    [७०]
    घरमा   बुबाआमालाई  जसले रुवाउॅंछ
    उही मन्दिरमा देवता पूज्न किन धाउॅंछ ?
    ✍️अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [७१]
    छाेडेर आमाबुबा अरू कसको गराैँ सेवा ?
    दुर्बललाई  बेलैमा   दिनुपर्ने  थियोे  टेवा ।
    ✍️हरिगाेपाल प्रधान
    काभ्रेपलाञ्चाेक, बनेपा १४, साँगा बजार ।
    
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता1 Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ११९

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ११७

  • २२ पुष २०८०, आईतवार २३:२२ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११७ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६१ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११७औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    कामै गरेन नेताले भन्छन् बदमास अविकासी
    नगरेको भए लाखौँ युवा कसरी भए निकासी ?

    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    क्विन्टलका क्विन्टल सुन भित्र्याउनु भयो देख्दैनन् त खोइ
    महङ्गी बेरोजगार उपहारको लर्को बस्छन् अझै रोई । 
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ 
    [२]
    युवाहरूका रेमिटेन्सले नेपाल देश चल्दैछ,
    अनि गरिब दुखीहरूका घरमा आगो बल्दैछ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि-३,छेन्ताङ धनकुटा
    [३]
    युवा विदेश पठाउँदा पनि कमिसन पाइन्छ,
    के हेर्नु छ र अब सबै विदेश लाइन लाइन्छ।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    [४]
    मरेर यतिसम्म गर्दा पनि विकास
    युवाले भन्छन् कहिले दिने हुन् निकास।
    ✍️
    प्रदीप के रिमाल।
    [५]
    यस्तो देशमा जन्मिएका हामी भाग्यमानी कति
    कहिले  पलाउने  बुद्धि  र  सुध्रने  होला  मति?
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [६]
    मतदान गर्दा बुद्धि पुराएको खोइ
    नेतालाई दोष दिदै रुन्छ लाटो पोइ ।
    ✍️
    बिके मुखिया
    दार्जिलिङ, भारत।
    [७]
    बेच्दै छाैँ युवा विदेशतिर किन खाेज्छाै एयरपाेर्टकाे लस्कर
    युवाशक्ति निकासी सरकारकाे नीति कहाँ भाे मानव तस्कर ?
    ✍️ 
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [८]
    नगरेको हैन विकास देशमा राजनीति  निकै भयो
    यति हो यहाँ बेरोजगार बनी युवा चैँ विदेश गयो।
    ✍️
    शंकर कार्की थाहा ३ मकवानपुर
    [९]
    मान्छेको रहेछ  दुई दिने चोला,
    मरेपछि त पक्कै जाने हो खाेला !
    ✍️
    कृष्ण धामी - बझाङ
    [१०]
    कति गरून् त नेताले युवालाई गोली दिन्छन्,
    सुन तस्करीको विकास गर्न चैँ झोले किन्छन् ।
    ✍️
    विवश पारदर्शी 
    झापा,
    [११]
    मान र सम्मानको मात्र कुरा गर्छौ,स्वाभिमानको  कुरामा  तर्सन्छौ ?
    राजनैतिकको मात्र भाषण छाट्छौ,नैतिकताको कुरोमा बर्सन्छौ ?
    ✍️
    पेम्बा योल्मो
    [१२]
    नेतालाई भन्दा पनि नीतिलाई मानौँ
    हाम्रालाई भन्दा पनि राम्रालाई छानौँं ।
    ✍️
    डम्बर थामी 'अनुपम'
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [१३]
    दिएकै छन् भाषण चिल्ला सुनेकै छौँ चर्का बोली 
    भोको युवा देश छोडेर खाएकै छन् तिखा गोली  
    ✍️
    उमा दाहाल 
    शुन्दर हरैँचा -१० मोरङ
    [१४]
    देशमा राेजगार छैन् युवा जति विदेशतिर गएदेखि
    काम भने सिन्काे भाँच्दैनन् नेताहरू ठुला ठुला गर्छन् सेखी ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही , बुटवल
    [१५]
    बदमास मान्छेहरू हुन् हाम्रा देशका अविकासी
    देशमा रोजगार भए पो युवा नहुन् त निकासी 
    ✍️
    गुणनिधि घिमिरे अमेरिका
    [१६]
    नेताहरू हिँड्छन् कालो सिसा भएको गाडीमा
    युवाहरूको सारा जवानी रित्तिन्छ खाडीमा ।
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ
    [१७]
    हरेक युवाको जीवनसँग नखेल एकदिन बल्नेछ राको,
    देशमा रोजगारीको ग्यारेन्टी नगरे सबैको निस्कनेछ डाको।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [१८]
    चप्पलका फिता लगाएर नमस्कार भन्दै  भोट माग्न आए
    गद्दी सम्हालेपछि जनताको विश्वास मासुझैँ पोलेर खाए ।
    ✍️
    रतन पाण्डे, 'पारतन', दार्जीलिङ।
    [१९]
    मानव तस्कर सदियौँदेखि गरिरहेका छन्, यहाँ सरकार आफैँले
    उल्टै जनताको हितमा बोल्नु र गर्नुपर्नेमा, झन भन्छन् के बुझिस् तैँले ?
    ✍️
    कबिताहरी 
    सुन्दरहरैँचा नगरपालिका १ मोरङ
    [२०]
    फोस्रा भाषणमात्र गर्छन् नेता घुम्छन् चिल्लाे कारमा 
    देश डुब्न लाछ जनताहरू परेका छन् मारमा ।
    ✍️
    नाम केसर बाेहरा ( सङ्घर्ष )
     सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।।
    [२१]
    लाजविनाको सरकारको सदा काम खोटी
    जनताको निकासी चाहीँ गर्छ हजार चाेटी ।
    ✍️
    त्रिलाेचन भण्डारी 
    मेचीनगर,झापा
    [२२]
    धुन्धुकारीले रित्याइसके भकारीका बीज,
    निकासी गर्न शासकले देख्दैन अरू चिज ! 
    ✍️ 
    कृष्णकुमार वैद्य 
    बनेपा ९, काभ्रे
    [२३]
    रहर कहाँ  हुन्छ विदेश जान छोडी आमाको काख
    खोज्दै वेरोजगार नमार  बरू निकासी गरी राख।
    ✍️
    भगवती दवाडी
    [२४]
    नगरेका त कहाँ हुन् र आफ्नालाई त छँदै छन्  नि च्यापेका
    सोझासाझा र निमुखा  जनताको पो मुखमा हिलो छ्यापेका ।
    ✍️
    गंगा खड्का 
    बूढानीलकण्ठ ,काठमाडौँ
    [२५]
    त्यही युवा थिए देशमा निकासी गर्‍यो
    अरूभन्दा  महङ्गो   सुन   चोरेर मर्‍यो ।
    ✍️
    चुडामणी ध्रुव देवकोटा 
    [२६]
    धारे हात लगाउँछन् नेतालाई खराब छ भनी
    चुनाव आउँदा भोट दिन्छन् तिनैलाई गनी गनी ।
    ✍️
    रचना मोक्तान " यात्री "
    नमोबुद्ध न. पा.-५, काभ्रे 
    [२७]
    गरेनौ भन्दिनँ म धेरै गर्यौ अनि आफ्नै भर्यौ मानो
    एकचोटी  गएर  हेरिदेऊ   घरको   चुहिने   छानो ।
    ✍️
    अनुग्रह राना मगर 'पुष्प'
    पाँचखपन नपा - ६ संखुवासभा ।
    [२८]
    बदमासी गरेर सबैले कुरा गरे
    राम्रो काम गर्यौ र त युवा जति मरे ।
    ✍️
    हिमा आर सी 
    मेहेलकुना सुर्खेत
    [२९]
    जन्तालाई ठुला ठुला आश्वासन दिएर चढ्यौ सत्ता
    मतदान जितेपछि बाचा बिर्सी भयौ आज बेपत्ता ।
    ✍️
    दीपा तिम्सना पौडेल-ईलाम
    [३०]
    युवालाई विदेश पठाउनुलाई के भन्छौ विकास
    कदापि यसरी हुनेछैन कसै गरी पनि निकास ।
    ✍️
    प्रेम थापा "मन"बागलुङ
    [३१]
    कलकारखाना  उद्योगधन्दा सबै बन्द गरे
    युवा बाहिर पठाए टन्टै पो साफ हुन्छ अरे ।
    ✍️
    सरिता सेढाई धादिङ
    [३२]
    देश विकासको नाममा  विदेशीसँग ऋण मागी मागी,
    गरेका छन् नेताले राम्रा राम्रा काम नातागोताकाे लागि ।
    ✍️
    राज कुमार राजभण्डारी "खाेटाङ्गे"
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [३३]
    नदीनाला पहिल्यै बिके  मानव नबेचे कसरी कमाउने
    एक क्विन्टल सुन ल्याउँदा पनि मुर्खहरू ऑखा लगाउने !
    ✍️
    इन्दिरा देवकोटा
    [३४]
    उद्योग नभएर के भयो त, विकल्प छन् प्रसस्त
    राजनीतिको व्यापार गरेर, कमाऊ पैसा मस्त।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी।
    [३५]
    भ्रष्टाचारकै सरकार छ भ्रष्टाचारीलाई मोज
    पितपत्रकारिता नै गर्ने यो सरकारको खोज ।
    ✍️
    समुद्र
    जल्जला ७ गण्डकी
    [३६]
    दाेष दिन्छाै नेतालाई कर्मचारी के हुन ?
    हिलाे छ्यापेर चाेखाे बन्ने प्रवृति हाे जुन ।
    ✍️
    जि.बि.चिन्तन
    २०८०/०९/२१ शनिवार बिहान ६:५४ दाङ
    [३७]
    अधिकार दिएर नेता बनाइयो
    उसैले हाम्रो अधिकार खाइदियो।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    [३८]
    युवाजति विदेश पठाउनू देश रित्तो पारी
    नेताजति स्वादे तिध्रा देशमा सिन्का नै नसारी।
    ✍️
    मोती सुब्बा
    दार्जिलिङ, भारत।
    [३९]
    हिँड्दा हिँड्दै नेता खाडल हेर्न बिर्सेछ हरे
    जनता विदेश  फगत एक्लो  परेछ भरे !
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    [४०]
    विकासको नाममा युवा र शरणार्थीको निकास दुखद  
    रकम खल्ती भर्दै बङ्गला गाडी  नेताको जीवन सुखद !
    ✍️
    कमला  देवकोटा,  पाल्पा
    [४१]
    माउ दुब्लो पारेर नेताले सकल मोटा भए 
    दाउ ठुलो राखेर खेताले नक्कल छोटा रहे
    ✍️
    गम्भीर दुवाडी
    गजुरी ५ धादिङ्ग
    [४२]
    विकासले देश भइसक्याे भरिभराउ केटा
    जनता किनबेच गरी नेतृत्वले बेरे फेटा ।
    ✍️
    खुनराज काईराला
    सिद्दलेक-३ गैरीगाउँ,धादिङ
    [४३]
    कोही बाध्यताले विदेश लागे कोही लागे रहरमा
    कोही योजना बनाएर लागे कोही भने लहरमामा।
    ✍️
    ध्रुव श्रेष्ठ 
    हाल काठमाडौ ।
    [४४]
    अरूलाई खेदौँ आफ्ना सन्तानलाई अझै ठाउँ पुगेको छैन
    स्याल खेदिकन जनताले नै व्वाँसाेलाई सत्ता सुम्पेको हैन ?
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [४५]
    एकले अर्काे माथि नै दाेषाराेपण मात्र गर्ने ,
    देशमा युवा राेके  विदेशी मुद्रा कसरी भर्ने ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [४६]
    निकासी गर्न पनि ज्यान दिनुपर्ने यहाँ कस्तो हो यो खेल
    आफ्नो फोहोरलाई पाकेटमा हाल्दा अवश्य आउँछ रेल ।
    ✍️
    धनुष न्यौपाने
    गुठिचौर गाउँपालिका ०४बिगारे जुम्ला
    [४७]
    दुष्टहरूले  देख्नै  चाहेनन्  हामीले  गरेको  विकास
    विदेशी मुद्रा आर्जन गर्ने खोलेका हौँ नौलो निकास ।
    ✍️
    बाबुराम गौतम, गुल्मी
    [४८]
    काम, दाम कमाउन युवा विदेशीए
    दोष जति  सबै  सरकारलाई दिए ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [४९]
    युवा निकासी गर्ने कारखाना बन्यो देश हाम्रो 
    जनतालाई सधैँ दुःख नेतालाई मात्र राम्रो । 
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    [५०]
    ध्यान किन जाँदैन हो सरकारको, हाम्रा युवा पिँढीतिर
    दुनियाँको नजरमा देश तल पर्ला कि भन्ने लाग्छ पिर।
    ✍️ 
    यमुना प्रधानाङ्ग'मुना'
     वीरगञ्ज, पर्सा
    हाल: इमाडोल, ललितपुर
    [५१]
    उकाली बाटो बिर्सेर आफू विदेश गएका
    किन हो मान्छे जननी भुल्ने निष्ठुर भएका !
    ✍️
    आर्त अकुलीन
    [५२]
    गरिरहेछन्  नेताले  रोजगारीको काम हेर
    फलस्वरूप विदेशीए, युवाहरू  कति धेर।
    ✍️
    शोभा आचार्य गौतम 
    काठमाडौँ
    [५३]
    अचेल  विदेशमा    पासपोर्ट    बिक्छ
    पाठशालामा यहाँ, छात्र खै के सिक्छ ?
    ✍️
    नागेन्द्रप्रसाद यादव , दाङ 
    [५४]
    कुर्सीमा बसी ठुलो  बनी जसरी नी लाखौँ विदेश छु त पठाएको 
    जति गरे नि देख्दैनन् जनता चारैतिर कार्यकर्ता  छु खटाएको । 
    ✍️
    सुशीला  शिखा 
    काठमाडौ  कागेश्वरी
    [५५]
    स्वदेश भुलेर नजाऊ काेही विदेश
    गर्न जाने यही रमाइलो परिवेश । 
    ✍️
    हरिगाेपाल प्रधान 
    काभ्रे पलाञ्चाेक , बनेपा १४  साँगा जार ।
    [५६]
    युवा गरियो निकासी, यो पैठारी किन चाहियो
    बेचेरै नेपाली युवा खल्ती टन्न भर्न पाइयो ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [५७]
    युवा लक्षित स्वरोजगार बहानामा पनि
    नेताको नै झोला भर्ने गर्छन् सबै भ्रष्ट बनी ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    [५८]
    जनतालाई बाख्रा जस्तै बेच्छ सरकार हाम्रो
    झोलेहरू अझै भन्छन् विदेश पठाएको राम्रो ।
    ✍️
    बिके माकजू , भक्तपुर ।
    [५९]
    म नेताले कुन जनताको लखेटेको छु र छोराछोरी 
    तिम्रा सन्तानहरू बुरुक्क भई हिँड्छन् हेर उफ्रि ओरी ।
    ✍️
    कमला पौडेल 
    [६०]
    देशको  उन्नति प्रगति दोस्रो कुरा
    कमाउनै मस्त  सरकार बबुरा ।
    ✍️
    कोपिला अधिकारी 
     सिरानचोक ७ , गोरखा
    [६१]
    युवा विदेश खेदिन्छन्, लाखौँ पर्छन् प्रहारमा
    विकासको झिटी गुन्टा, खाने छन् दरबारमा।
    ✍️
    रामशरण न्यौपाने, भक्तपुर
    
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का_कविताLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ११७

    Posts navigation

    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P