• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: झिल्का लेखन अभियान

विशेष झिल्का लेखन अभियानको २० औँ शृङ्खला ( मनसुन विषयक) सम्पन्न

  • १२ असार २०८१, मंगलवार २२:१६ मा प्रकाशित
  • झिल्का लेखन अभियानको २० औँ शृङ्खला (मनसुन विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर समध्वनीक हुनुहुँदैन ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————


    [१]
    १//
    उधुम गर्मीको आहत
    एकाएक प्रवेश मनसुनको
    भयो तनमनमा राहत ।
    २//
    गर्मी कतै झरी
    प्रकृतिको एकछ्त्र राज
    गर्दै हिँड्छ मनपरी ।
    ३//
    भगवान् तिम्रै भर
    नहोस् मानवीय क्षति
    बाढी पहिरोको डर ।
    ✍️
    वसन्त अनुभव, घोराही, दाङ
    ————-==———–
    [२]
    १//
    जतासुकै चल्छ भनसुन
    त्यसैले आउन यसपालि
    गाह्रो मान्दैछ मनसुन ।
    ✍️
    दीपा समभाव, खोटाङ्ग
    ————-==———–
    [३]
    १//
    जताततै वर्षा भेल
    म कसरी बुझौँ
    दैवको यो खेल ।
    २//
    किसानलाई बन्यौ सहारा
    अनेकौँ रूप तिम्रो
    कसैको तिमी हत्यारा ।
    ३//
    कोही छन् रमाएका
    सर्वस्व गुमाउनेहरू चाहिँ
    बलिन्द्र आँसु बगाएका ।
    ✍️
    विमल खतिवडा माइला, सिलगढी, भारत
    ————-==———–
    [४]
    १//
    गर्जन्छ मेघ खहरे
    मल हाले लहरिन्छ
    खेतमा तरकारी लहरे ।
    २//
    परेको परेकै झरी
    भन्दैछन् काफल पाक्यो
    हाँगामा बसेर चरी ।
    ✍️
    बिके मुखिया, दार्जीलिङ, भारत।
    ————-==———–
    [५]
    १//
    प्रकृतिप्रदत्त यो मनसुन
    भित्र्याउनलाई चाहेको बेला
    लाग्दैन कसैको भनसुन ।
    २//
    बनाएर रेखा बक्र
    आउँछ मनसुन घुम्दै
    बनाउँदै न्यूनचापिय चक्र ।
    ३//
    आउँछ कहिले झाडीबाट
    प्राकृतिक लीला अचम्मको
    आउँछ बङ्गालको खाडीबाट ।
    ✍️
    डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा ।
    ————-==———–
    [६]
    १//
    कति पर्खनु मनसुन
    धैर्यको बाँधै चर्कियो
    चल्छ कि भनसुन ?
    २//
    विक्षिप्त बन्यो पश्चिम
    प्रकृति हुँदा पक्षपाती
    नहुँदा वर्षा सिमसिम !
    ✍️
    चिरञ्जीवी ढकाल, नेपालगन्ज -२० राँझा एयरपोर्ट बाँके
    ————-==———–
    [७]
    टारी खेतमा पानी
    मनसुन सुरू भयो
    कृषिमा गरौँ लगानी ।
    ✍️
    मन्दिरा सेढाई, मलेखु,धादिङ
    ————-==———–
    [८]
    १//
    धेरै भयो गर्मी
    वायुमण्डल नै खल्बलाएर
    किन बन्छन् अकर्मी ?
    २//
    विदेशमा मनसुनको भर
    फरक हुन्छ दिनमै
    तर नमान्नु डर ।
    ३//
    एकनास नहुँदा मनसुन
    बाढी पहिरोको डरले
    नपरोस् कसैले रुन ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन!
    ————-==———–
    [९]
    १//
    मनसुन सुरु भयो
    अन्त्य कैले हुने ?
    धेरै बाढी गयो ।
    २//
    जटिल मौसम परिवर्तनले
    चट्याङ झरेको धेरै
    मान्छे मर्‍यो बिजोगले ।
    ३//
    विकासले विनाश ल्यायो
    देश गरिब बनाएर
    जनता लाटो बनायो ।
    ✍️
    एवाइ प्रभात, सहिदभुमि धनकुटा
    ————-==———–
    [१०]
    आकाशमा उडे कर्याङ्गकुरूङ
    मनसुन आएन तैपनि
    खडेरीले मकै खर्याङ्गखुरूङ ।
    ✍️
    सुरेश कार्की, हाल सिड्नी अष्ट्रेलिया
    ————-==———–
    [११]
    १//
    आउँदै मनसुन जल
    छन् किसान खेतबारीमा
    पाइँदैन बिउ मल ।
    २//
    गर्जँदै आयो मनसुन
    छैन मल बिउ
    चल्छ निकै भनसुन ।
    ✍️
    मन थापा, पोखरा २१ कृस्ती
    ————-==———–
    [१२]
    १//
    तिमी वर्षादको पानी
    म मनसुनी हावा
    गर्मी भयो सान्नानी ।
    २//
    आँखामा गाजल लगाऊ
    चमक्क चम्काउँदै बिजुली
    तिमी मनसुनमा रमाऊ ।
    ✍️
    होमप्रसाद नेउपाने, धरान,सुनसरी ।
    ————-==———–
    [१३]
    मनको मिठो झरी
    सम्झना गराउँछ तिम्रो
    सायद बर्खामा परी ।
    ✍️
    नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
    ————-==———–
    [१४]
    १//
    माैसममा आधारित खेत
    राहत भएन किसानलाई
    सरकारको खुलोस् चेत !
    २//
    जलवायु परिवर्तनकाे असर
    कसर छाेडेनन् किसानले
    तर उत्पादन पसर ।
    ३//
    जलवायु परिवर्तनकाे न्युनीकरण
    उत्थानीकरण गर्नुपर्छ मिली
    हुन्छ वातावरणकाे सबलीकरण ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    ————-==———–
    [१५]
    १//
    खेतबारी हुँदैछ रसिलो
    प्रकृति खुल्दैछ हराभरा
    मनसुन भइदियो ढिलो ।
    २//
    तात्तिनु पर्छ किसान
    छ अन्न उब्जाउनु
    गरेर भूमिमा श्रमदान ।
    ✍️
    भुपेन्द्र राना मगर, धादिङ
    ————-==———–
    [१६]
    १//
    परेको परेकै पानी
    मनसुन आगमन हुँदैछ
    खुसी छिन् सानी ।
    २//
    मनसुनको महिना असार
    धान रोपाइँको चापाचाप
    नपर्नु बसेर लम्पसार ।
    ३//
    माना रोपेर पाथी
    धानको रोपनी गरौँ
    परमा चलाउनु साथी ।
    ✍️
    मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा ।
    ————-==———–
    [१७]
    १//
    पूर्वमा वर्षाको भेल
    बस्ती डुबानमा परेको
    कस्तो दैवको खेल ।
    २//
    आकाशे पानीको भर
    गर्नुपरेको छ किसानलाई
    नपरेमा हुनेछ डर ।
    ३//
    मनसुन सक्रिय बन्दैछ
    सजक रहन सरकारले
    सबैलाई सूचना भन्दैछ ।
    ✍️
    कला ढकाल, झापा
    ————-==———–
    [१८]
    १//
    चर्काे लाग्यो घाम
    मनसुनको भर नहुँदा
    भएन खेतमा काम ।
    २//
    बल्ल मनसुन आयो
    वर्षा सुरु हुँदा
    मनमा खुसी छायो ।
    ३//
    कतै वर्षा झरी
    मौसमकाे भर छैन
    बस्ने पो कसाेगरि।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ————-==———–
    [१९]
    १//
    सुखदुःख भयो मनसुन
    एकैनासको छैन केही
    चट्याङ बाढी अवगुण ।
    २//
    मान्नुपर्छ प्रकृतिको चलन
    मान्छेको हुँदैन हातमा
    भएपनि कुनै दलन ।
    ३//
    किसानलाई झन् खुसी
    मनसुन बन्यो राहत
    हराभरा एकदम भूमि ।
    ✍️
    पृथक प्रकृति ,झापा
    ————-==———–
    [२०]
    भित्रिएछ यहाँ मनसुन
    हुनेछ धान रोपाई
    प्रभुले गरेका भनसुन ।
    ✍️
    कार्की डिबी माकुम
    ————-==———–
    [२१]
    १//
    मन भयो छिन्नभिन्न
    आगोझैं तातो रापले
    हिँडे पङ्खा किन्न ।
    २//
    मनसुन सुरु भयो
    पानीको बहावमा
    राप सेलाएर गयो।
    ३//
    झमझम पानी पर्यो
    गर्मी लजाउँदै हजुर
    अलिअलि पछि सर्यो ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ————-==———–
    [२२]
    १//
    पानी नपरेरै सतायाे
    पसिना बगेकाे छ
    मन निकै अतायाे !
    २//
    बादल पानी पठाइदेउ
    निकै कठिनाई भयाे
    समस्या तिमी हटाइदेउ !
    ३//
    असारकाे खेती लगाऔँ
    खेती राम्रो बनाएर
    कृषकले समस्या भगाऔँ !
    ✍️
    रबि पाैडेल, दक्षिण भारत पाण्डेचरि।
    ————-==———–
    [२३]
    १//
    भएन राम्रो मनसुन
    काम गर्न नेपालमा
    चाहिन्छ राम्रो भनसुन।
    २//
    प्राणीको तागत भर्दछ
    मनसुन समयमा भए
    समस्या सबै टर्दछ ।
    ३//
    मनसुनले बन्छ जीवन
    सर्वत्र ल्याउँछ यसले
    जीवन जगतमा परिवर्तन।
    ✍️
    सतीस पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा६ मातातीर्थ
    ————-==———–
    [२४]
    १//
    आयो असार मास
    मनसुन सुरुवात हुने
    हुन्छ सबैको आस ।
    २//
    वन बनाए घडेरी
    मनसुन सुरु नहुँदा
    लागे सर्वत्र खडेरी ।
    ✍️
    कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
    ————-==———–
    [२५]
    आहा ! बादल वर्षियो
    पर्‍यो चट्याङ झिलिक्क
    मेरो मनै तर्सियो ।
    ✍
    नवशिला, नवदेव मार्ग, लालभित्ती,मोरङ।
    ————-==———–
    [२६]
    सक्रिय बन्दैछ मनसुन
    प्रकृति मात्रै यस्तो
    चल्दैन कसैको भनसुन ।
    ✍️
    शंकर कार्की, मकवानपुर।
    ————-==———–
    [२७]
    १//
    बाहिर पानी परेको
    किसान खुसी भएर
    हर्षका आँसु झरेको ।
    २//
    सक्रिय भयो मनसुन
    गर्नुपर्दैन अब कसैलाई
    बाली लगाउनलाई भनसुन ।
    ३//
    आकासे पानीको भर
    पहाडका किसानको जिन्दगी
    सोचेभन्दा हुन्छ पर ।
    ✍️ देवकृष्ण
    ————-==———–
    [२८]
    १//
    चल्छ नेपालमा मनसुन
    वित्यासै पार्छ कहिलेकाहीँ ,ल
    बाँच्नै गर्नुपर्छ भनसुन ।
    २//
    तराई डुबाउने भलले
    पहाड पहिरोले क्षति
    माटो भिज्दैन मलले ।
    ३//
    संसारको अनुपम देश
    उचाइमा विविधता हुँदा
    सिके बसाइँ वेश ।
    ✍️
    मनोहरी पौडेल, गैडाकोट १
    ————-==———–
    [२९]
    १//
    कुद्छ बुट्टा कर्मीले
    अस्वस्थ बनाइदियो हेर
    यहाँ सबैलाई गर्मीले ।
    २//
    सुरु भयो असार
    पर्नसकेको छैन पानी
    सुक्दैछ खोला बगर ।
    ३//
    तातो चर्को घाममा
    पसिना बगाउँदै किसान
    व्यस्त छन् काममा ।
    ✍️
    दिप गोले, चन्द्रपुर-१पौराई रौतहट
    ————-==———–
    [३०]
    १//
    आउदैछ तुफानी मनसुन
    कताकता सुन्दैछु मैले
    मिल्नेभए गर्नहुन्थो भनसुन ।
    २//
    सास फेर्नै गाह्रो
    खै कसरी बाँच्ने
    पानी नपरी साह्रो ।
    ३//
    कतै सुनिन्छ पहिरो
    हामीलाई भयो जातिबिती
    मनसुन आओस् गहिरो ।
    ✍️
    सुनगाभा पोखरेल
    ————-==———–
    [३१]
    १//
    प्राकृतिक प्रकोप मनसुनमा
    जीवन आफैँ समालौँ
    चेतनाको मीठो धुनमा ।
    २//
    समय बितेर रुनुमा
    पीडा मात्रै सकिन्छ
    विपत्तिले अनायसै छुनुमा ।
    ३//
    भयानक रूपमा देखिन्छ
    खेलाँची नसम्झौँ यसलाई
    सतर्कताले दुर्घटना छेकिन्छ।
    ४//
    झुट होइन लेखेको
    मैले यस्ता घटनाहरू
    आफ्नै आँखाले देखेको।
    ५//
    मनसुनको गीत गाएको
    हल्कामा नलिनु कहिल्यै
    जनचेतनाको निम्ति सजाएको।
    ✍️
    अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ।
    ————-==———–
    [३२]
    १//
    तिमी झरी आउछाै
    र मेरो पेटमा
    शक्तिको दिप जलाउछाैै ।
    २//
    तिम्रो तागत मनसुन
    कति छ कति
    तिर्न नसकिने गुन ।
    ✍️
    ईश्वर साउद (भिक्षु), रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ————-==———–
    [३३]
    १//
    सबैले मौका छोप्नु
    मनसुन सुरु भयो
    मिलेर धान रोप्नु ।
    २//
    असार मासको बेला
    खेतमा काम गर्छन्
    भएर सबै भेला ।
    ३//
    पर्‍यो मुसलधारे पानी
    बाढी पहिरो गएर
    पुर्‍याउँछ होला हानी ।
    ✍️
    अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत।
    ————-==———–
    [३४]
    १//
    प्रकृतिको खेल मनसुन
    आउँछ आफ्नै खुसीमा
    कसैको चल्दैन भनसुन ।
    २//
    गर्मीले पसिना बगेको
    मनसुन धर्तीमा आउन
    एक्कासी वर्षा खसेको ।
    ३//
    गर्मीले तितरबितर आहत
    प्राणी प्रकृतिको भरमा
    वर्षाले दियो राहत ।
    ✍️
    बेदु न्यौपाने
    ————-==———–
    [३५]
    १//
    कस्तो अचम्म आज
    मनसुन बद्लिएर आयो
    जताततै गर्दै राज ।
    २//
    न्याय दिने काम
    कर्तव्य हो सबैको
    गरौँ मिली रोकथाम ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा ।
    ————-==———–
    [३६]
    १//
    मौसम ऋतु अनुसार
    कहिले प्रचण्ड गर्मी
    कहिले आउँछ तुषार ।
    २//
    वनस्पति हाम्रो आधार
    आएर मनसुन समयमा
    कृषिमा आओस् बहार ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    ————-==———–
    [३७]
    १//
    बल्लतल्ल भित्रियो मनसुन
    हर्षको साथ किसानहरू
    गुनगुनाउछ्न् आफ्नै धुन ।
    २//
    आउनेछ बाढी पहिरो
    जोगाउन गाह्रो ज्यान
    नेपालीको पीडा गहिरो ।
    ✍️
    वेल थोकर तामाङ, मकवानपुर //बस्तिपुर
    ————-==———–
    [३८]
    १//
    सुन्दैन कसैको भनसुन
    सबै सतर्क रहौँ
    बदलिँदै आयो मनसुन।
    २//
    खोलातिर नजानुस् जानीजानी
    पहिरोको जोखिम छ
    पर्दैछ सबैतिर पानी ।
    ✍️
    चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
    ————-==———–
    [३९]
    १//
    जोखिममा छ घर
    मनसुन भित्रियो देशमा
    पहिरो जाने डर ।
    २//
    पानि पर्‍यो अति
    जताततै पहिरो गएर
    जनधनको भयो क्षति।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    ————-==———–
    [४०]
    १//
    गर्मी यसपालि जस्तो
    बढेर नजावस् फेरि
    मौसम बिग्रियो कस्तो ।
    २//
    मनसुनी वर्षा लागेर
    दर्केर पर्यो पानी
    आयो उत्साह जागेर ।
    ३//
    रमाउँदै लगाउने बाली
    रोपेर धान खेतमा
    उब्जाउने टन्न यसपालि ।
    ✍️
    पुष्पा राई, ऐसेलुखर्क, खोटाङ ।
    ————-==———–
    [४१]
    १//
    कता अल्मलियो मनसुन
    बढेर ताप सूर्यको
    छट्पटिए तारा जून ।
    २//
    आउँछ छिट्टै पानी
    लामो खडेरी पर्दा
    आत्तिने हाम्रो बानी ।
    ✍️
    पुष्पा सुवेदी, नेपालगन्ज,बॅाके।
    ————-==———–
    [४२]
    १//
    सुरु भयो मनसुन
    किसानको मुहारमा हाँसो
    मनमा मीठो धुन ।
    २//
    लाग्दैन अब जून
    वर्षा सुरु भयो
    निरन्तर मनसुनको धून ।
    ३//
    बाधीले पहिरो जान्छ
    सचेत बनौँ सबै
    घरखेत नै लान्छ ।
    ✍️
    साबित्री प्याकुरेल, धादिङ्ग।
    ————-==———–
    [४३]
    १//
    बादल गर्जँदै आयो
    गर्‍यो जलले स्पर्श
    धर्तीमा खुसीयाली छायो ।
    २//
    मनसुन सुरु भयो
    प्रचण्ड राप हेर
    शीतल भएर गयो ।
    ३//
    मुसलधारे पर्दा पानी
    सबैलाई लाग्यो डर
    बाढी, पहिरोको हानी ।
    ✍️
    रुना कर्माचार्य दाहाल ,चितवन
    ————-==———–
    [४४]
    १//
    याे वर्षकाे मनसुन
    कृषक पट्यारीमा दिक्दारीमा
    कसैकाे लागेन भनसुन ।
    २//
    टन्टलापुर घाममा चराहरू
    आवाज सुनिँदैन ढुकुरकाे
    सुकेर चर्किए गराहरू ।
    ३//
    माैसम बिग्रिएर राेगहरू
    रित्तिँदैछन् भकारी किसानका
    बढ्दैछ चिन्ता शोकहरू ।
    ✍️
    हिरालाल न्याैपाने ,बानपा ८, काेटमाैला सल्यान
    ————-==———–
    [४५]
    १//
    मनसुन यता सरेन
    असार लाग्दा पनि
    अझै पानी परेन l
    २//
    मनसुन पूर्वतिरै लुक्यो
    सहन नसकी घाम
    खेतीपाती सबै सुक्यो ।
    ३//
    कतै वर्षे भेल
    जथाभाबी धर्ती भत्काउदा
    बिग्रियो प्रकृतिको तालमेल l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ————-==———–
    [४६]
    १//
    मनसुन सुरु भयो
    कसरी कटाउनु बर्खा
    जताततै बाढीपहिरो गयो |
    २//
    चाहिने भन्दा अति
    पानी पर्‍यो भने
    हुन्छ धेरै खति |
    ✍️
    सरिता सेढाई धादिङ
    ————-==———–
    [४७]
    १//
    उपयुक्त माैका छाेपाैँ
    मनसुन भित्रिएको बेला
    जुटेर धान राेपाैँ ।
    २//
    भएर हामी भेला
    चलाउनुपर्छ अब साथी
    धान राेपाइँकाे मेला ।
    ३//
    देखिन्छ प्रकृति रसाएकाे
    मनसुन आएर हाेला
    खुसीले पानी खसाएकाे ।
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
    ————-==———–
    [४८]
    १//
    मनसुन बल्लतल्ल आयो
    त्यसैले गर्दा हजुर
    गाउँमा खुसी छायो ।
    २//
    धनबिरेले काम पायो
    मनसुनले गर्दा नै
    जानुकीसँग मायापिरती लायो ।
    ३//
    चौतारीको पसले मर्यो
    समय जति सबै
    खेतबारीले जफत गर्यो ।
    ✍️
    नन्दलाल आचार्य, बेलका-२, सिद्धार्थटोल, उदयपुर । हाल- एनेलकुटी, सिरहा ।
    ————-==———–
    [४९]
    १//
    कृषिप्रधान मेरो देश
    पानी आउने आशमा
    किसानको फुलिसक्यो केस ।
    २//
    उतैबाट आउनुपर्छ मनसुन
    देश कसले चलाउने
    त्यतैबाट आउँछ भनसुन ।
    ३//
    सधैँ छ्याप्छौ हिलो
    एक गरो रोपेर
    देखाउँछौ किन फिलो ?
    ✍️
    पशपती राई, खोटाङ ।
    ————-==———–
    [५०]
    १//
    चर्को लागे घाम
    घाम लागेको बेला
    गर्नुहुँदैन है काम ।
    २//
    अलिकति लागेछ झरी
    राेपाइँको बेला हजुर
    खेतमा सबैको मनपरी ।
    ३//
    किसानलाई पानीको भर
    मनसुन सफा नहुदाँ
    बाढी, पहिरोको डर ।
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    ————-==———–
    [५१]
    १//
    पूर्वमा मनसुन सरेको
    आयो असार नलाग्दै
    बेसरी पानी परेको ।
    २//
    आकाश गर्जिन्छ स
    आकाश कालोनिलो गरी
    मनमा लाग्यो डर
    चट्याङ पर्दा बेसरी ।
    ✍️
    दुर्गा आचार्य, मोरङ
    ————-==———–
    [५२]
    १//
    खेतीमा हुन्छ डर
    मनसुनी वर्षाको पनि
    छैन कुनै भर ।
    २//
    सुख्खा यो वर्ष
    मनसुन गडबड भयो
    छैन मनमा हर्ष ।
    ३//
    सुख्खा बादल झरी
    मनसुनको ठेगाना छैन ।
    दुख हुने सधैँभरि ।
    ✍️
    जयनारायण नेपाल, इलाम हाल सूर्यविनायक २, बालकोट ,भक्तपुर
    ————-==———–
    [५३]
    १//
    मनसुन आयो भन्छन्
    गर्मीले पराकाष्ठा नाघ्यो
    महिना औॅलामा गन्छन् ।
    २//
    गर्मी कि झरी
    मार्न लाग्यो आजकल
    बॅाच्ने के गरी ।
    ३//
    किसान आत्तिएका छन्
    मनसुन आयो होला
    बीऊ मासियो झन् ।
    ✍️
    राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ
    ————-==———–
    [५४]
    १//
    आयो मनसुनी पानी
    खडेरीले सताएको बेलामा
    गरौँ खेतमा लगानी ।
    २//
    गर्जेर आयो पानी
    मान्छे कृषिप्रधान देशका
    उकासौँ है जिन्दगानी ।
    ३//
    मनसुन सुरु जब
    गर्मीको चाप पनि
    बिस्तारै सेलाउँदैछ अब ।
    ✍️
    दुर्गा भट्टराई, मोरङ
    ————-==———–
    [५५]
    कतिको ज्यान लियो
    यो गर्मीले गर्दा
    खाली नोक्सानी दियो ।
    ✍️
    सनत रोकाय बिवश, कुशे गा.पा ८, जाजरकोट
    ————-==———–
    [५६]
    मनसुन समय जस्तो
    हुँदैन अरू समय
    फलेछन् धान कस्तो ।
    ✍️
    गंगाराम यादव, औरावनी २ सुनसरी
    ————-==———–
    [५७]
    १//
    वर्षातको धैर्यता टुट्यो
    मनसुन कहाँ गयो
    गर्मीले मुटु फुट्यो ।
    २//
    कतै बाढी भेल
    असारे खेत भरी
    कतै धुलोको खेल ।
    ३//
    डाँडा ढाकेको कुहिरो
    कर्मयोगी किसानको मर्म
    पहाडमा आएको पहिरो ।
    ✍️
    धनमाया चौधरी, कैलाली
    ————-==———–
    [५८]
    आयो बङ्गालको खाडीबाट
    मनसुन झुक्काएर वहने
    कसरी जोगिने बाढीबाट !
    ✍️
    लोक बहादुर छेत्री
    ————-==———–
    [५९]
    १//
    हृदयलाई विदारक बनाउँछ
    कतिको घरवार उठाउने
    मनसुनमा मानिस हराउँछ ।
    २//
    मनसुन आवश्यक भएको
    हाँसो रोदनको वर्षा
    बाढीको चपेटामा परेको ।
    ३//
    तागत साहस मनसुनको
    नेताकै रूप लिएका
    चलन नसुन्ने भनसुनको ।
    ४//
    कसैको जिन्दगी अचेतमा
    बाढी पहिराले पीडित
    कमिशन चल्छ बजेटमा ।
    ✍️
    घनश्याम पन्त, हरिवन सर्लाही
    ————-==———–
    [६०]
    वर्षियाे असारे झरी
    धरा रजाेवती भइन्
    उब्जाउनु बीउ छरी ।
    ✍️
    प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
    ————-==———–
    [६१]
    १//
    जतिसुकै बाढी पहिरो
    सुन्छु आजकल हेर
    सरकार किन बहिरो ?
    २//
    मनसुनले हसायो किसान
    पानीले भरियो खेतबारी
    रोप्छन् किसानले धान ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
    ————-==———–
    [६२]
    १//
    वर्षाले गरेकाे कमालमा
    हेरिबसे वर्षातमा म
    आउनेछु हेर सहकालमा ।
    २//
    गीत गाउँदै मेला
    धान रोप्ने चटारो
    बल्ल पर्‍यौ फेला ।
    ✍️
    भाेलामान बर्देवा, धरान ८ सुनसरि
    ————-==———–
    [६३]
    १//
    बाली लगाउन राम्रो
    परे अति पानी
    नोक्सान हुन्छ हाम्रो ।
    २//
    सिमसिम पानी पर्दा
    बाली राम्रो हुन्छ
    किटनासक औषधी छर्दा ।
    ३//
    पानीले जीवन दिने
    साउनको भेलले नै
    हाम्रो ज्यान लिने ।
    ✍️
    सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
    ————-==———–
    [६४]
    १//
    मनसुन छौ कहाँ
    आकाश खाली देख्छु
    आँसु मात्रै यहाँ ।
    २//
    धानको बीउ डढिसक्यो
    वर्षा आउने आशामा
    किसानको जाँगर मरिसक्यो ।
    ३//
    आधा असार भइसक्यो
    पानी पर्ने आशामा
    रोप्ने बेला गइसक्यो ।
    ✍️
    सविता भट्टराई, जनकपुर
    ————-==———–
    [६५]
    १//
    काम बन्ने भनसुनले
    आफ्नै परिवेश वातावरण
    नेपालकाे वर्षा मनसुनले ।
    २//
    जय ! किसान नारामा
    बस्नुपर्ने छ किसानले
    सधैँ पानीविनाको धारामा ।
    ३//
    बेवास्ता मथेर नेती
    गर्छन् किसान दुःख
    मनसुन पर्खेर खेती ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ————-==———–
    [६६]
    १//
    अवश्य पानी पर्छ
    राम्रो गर्छ मनसुनले
    चारैतिर वर्षा छर्छ ।
    २//
    चारैतिर मनसुन छायाे
    किसान ती साराका
    खुसीकाे दिन आयाे ।
    ✍️
    उर्मिला के.शी., धनकुटा
    ————-==———–
    [६७]
    १//
    मनसुन एकनासकाे रहेन
    बाढी र पहिराेले
    किसानलाई शान्ति भएन ।
    २//
    कहिले चर्काे घाम
    कहिले पानी दर्कने
    कसरी हाेला काम ?
    ✍️
    सुन्दरी घिमिरे
    ————-==———–
    [६८]
    १//
    भएपछि बर्साद् मनसुन
    अन्नबाली राम्ररी फस्टाउने
    गर्नुपर्दैन कसैलाई भनसुन ।
    २//
    गर्छन् सबैले चर्चा
    लामो खडेरी पऱ्यो
    कहिले हुन्छ वर्षा ।
    ३//
    दर्कने पानी परेर
    बढेर जान्छन् खोलानाला
    आउनू होस गरेर ।
    ✍️
    गुणनिधि घिमिरे, अमेरिका
    ————-==———–
    [६९]
    १//
    बल्ल आयो मनसुन
    खुसी छन् किसानहरू
    गाउँदै असारे धुन ।
    २//
    घुम्टो लाग्यो हिमालमा
    चौतर्फी खुसी बाँडेर
    मनसुन भित्रीयो नेपालमा ।
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”, पनौती न.पा.-३,काभ्रे ।
    ————-==———–
    [७०]
    अन्तरसम्बन्ध बनायो मनसुनले
    तर हाम्रो देशमा
    अस्थिरता जन्मायो भनसुनले ।
    ✍️
    प्रेम थापा “मन”, बागलुङ
    ————-==———–
    [७१]
    १//
    मनसुन बदलिँदै गरेको
    वर्षात् लागेर होला
    पानी धेरै परेको ।
    २//
    कृषकलाई खुसी पार्न
    मनसुन सुरू भयो
    पर्छ बिरुवा सार्न ।
    ३//
    मनसुन बदलिएर होला
    बढ्दै बढ्दै गयो
    घरको छेउको खोला ।
    ✍️
    लक्ष्मण देउवा, डोटी । हाल भारत चेन्नई
    ————-==———–
    [७२]
    १//
    वर्षात सुरु भयो
    महसुस हुँदैछ आज
    अब गर्मी गयो ।
    २//
    मनसुन नभएर गाउँमा
    बिरुवा मरेर गए
    सारेको रोपेको ठाउँमा ।
    ३//
    बुझिँदैन मनसुनको चाला
    बदलिँदो मनसुनको कारण
    बढ्दै गए खोलानाला ।
    ✍️
    ललिता गिरी, सिन्धुली । हाल काठमाडौँ
    ————-==———–
    [७३]
    १//
    ल्यायो मनसुनले पानी
    नाङ्गा ती पाखापखेरामा
    पुर्‍याउन सक्छ हानी ।
    २//
    ऋतु परिवर्तन हुँदा
    हुन्छ चिन्ता किसानलाई
    सुक्खा खडेरीले छुँदा ।
    ✍️
    नन्दा धामी, नौगड, दार्चुला
    ————-==———–
    [७४]
    १//
    रिमझिम मनसुन आयाे
    सारा धरती हरियाली
    किसानकाे आशा लहरायाे ।
    २//
    असारे भाका हाल्दै
    खेतमा राेपाहार रमाउँछ्न्
    मनमा विश्वास बाल्दै ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार।
    ————-==———–
    [७५]
    १//
    व्योम गर्जेर यसरी
    झर्दा पानीको बहाव
    तर्सिन्छ मन कसरी ।
    २//
    किसानलाई पानी चाहिन्छ
    पानी परे बर्खामा
    वर्षदिन खान पाइन्छ ।
    ३//
    मौसमी हावा चलेर
    क्षति कसैलाई नगरोस्
    बोटबिरुवा सबै ढलेर ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    ————-==———–
    [७६]
    १//
    अब भित्रियाे मनसुन
    हर्षित भई किसानहरू
    घन्काउँछन् असारे धुन ।
    २//
    हिलाेमा पिरती लगाई
    पन्ध्र असार मनाऔँला
    दही चिउरा खाई ।
    ✍️
    काेपिला अधिकारी, सिरानचाेक-७ गाेरखा
    ————-==———–
    [७७]
    मनसुनी वर्षाको प्रभाव
    खनजोत गर्नलाई समस्या
    खेतमा पानीको बहाव ।
    ✍️
    भगवती दवाडी

    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव1 Comment on विशेष झिल्का लेखन अभियानको २० औँ शृङ्खला ( मनसुन विषयक) सम्पन्न

    विशेष झिल्का लेखन अभियानको १९औँ शृङ्खला ( तुलसी विषयक) सम्पन्न

  • ८ असार २०८१, शुक्रबार ०७:२१ मा प्रकाशित
  • झिल्का लेखन अभियानको १९ औँ शृङ्खला (तुलसी विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर समध्वनीक हुनुहुँदैन ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    १//
    जताततै सुगन्ध छर्ने
    उत्तम जडिबुटी तुलसी
    ज्वरो, खोकी हर्ने !
    २//
    खोजेर भेटिँदैन खोट
    भरिपूर्ण छ गुणैगुणले
    मानिन्छ पवित्र बोट !
    ३//
    दोष पारिदिन्छ चुट्टै
    यतिमात्र होइन यसको
    धार्मिक महत्व छुट्टै !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ————-==———–
    १//
    यसको मञ्जरी अनि
    आफ्नै विशेषता औषधी
    भएको तुलसी पनि ।
    २//
    रुघाखोकी औषधी नाम
    यसलाई प्रयोग गरे
    देखाउँछ राम्रो काम ।
    ✍️
    बेदु न्यौपाने
    ————-==———–
    //
    छ अनेक गुणयुक्त
    तुलसी सेवन गरेमा
    भइन्छ रोगबाट मुक्त ।
    २//
    अन्तर्य बुझ्नु राम्रो
    तुलसी उपयोग गर्दा
    भलाइ हुन्छ हाम्रो ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ————-==———–
    १//
    तुलसीको महत्व धेरै
    आवश्यक विरुवा भनी
    रोपौँ घरमा सबेरै ।
    २//
    जताततै सुगन्ध छर्छ
    अत्यन्त उपयोगी जडिबुटी
    ज्वरो, खोकी हर्छ ।
    ३//
    रातोदिन दिन्छ अक्सिजन
    अत्यावश्यक हो तुलसी
    स्वच्छ राख्छ मन ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ————-==———–
    १//
    वरपिपल छन् वरपर
    सुन्दर देश हरियाली
    तुलसी लगाउँ घर ।
    २//
    तुलसी अनेक गुणकारी
    नियमित सेवन गर्दा
    लाग्दैन कुनै बिमारी ।
    ३//
    शोभा घरको आँगनीमा
    सुन्दर लाग्छ तुलसी
    राखौँ चाहे कौँसीमा ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ————-==———–
    १//
    विष्णुको रूपमा रहेको
    हरेक रोगका लागि
    औषधीय गुण भएको ।
    २//
    आयुर्वेदमा अति काइदा
    पुर्‍याउँदो रहेछ यसले
    विभिन्न रोगमा फाइदा ।
    ३//
    घरको सुन्दरता बढाऔँ
    महत्व धेरै रहेछ
    घरमा तुलसी लगाऔँ ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ । हाल चनपा६ मातातीर्थ
    ————-==———–
    निर्जला व्रत लिएर
    तुलसीको बीउ राखौँ
    शरीरलाई विश्राम दिएर ।
    ✍️
    दीपा समभाव
    खोटाङ्ग
    ————-==———–
    १//
    तुलसी भगवानकाे रूप
    राेपिन्छ घर मैराेमा
    अक्सिजन दिन्छ खुब ।
    २//
    वृन्दाकाे त्याे अभिशाप
    तुलसी झार हुनुपर्‍यो
    विष्णुले गर्दा पाप ।
    ३//
    तुलसीमा हुन्छ शक्ति
    निर्जला भई सबै
    गराैँ यसकाे भक्ति ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    ————-==———–
    १//
    नाम जतिकै पवित्र
    आँगनीको डिलमा रोप्दा
    आनन्द हुन्छ मनभित्र ।
    २//
    देवको रूपमा काम
    औषधी पनि रोगको
    बिहान दिउँसो साम ।
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    ————-==———–
    १//
    तुलसी खान्थ्यौँ चबाई
    आफ्नो आँगनमा रोपेर
    सम्झी आयुर्वेदिक दबाई ।
    २//
    तुलसीमा आयुर्वेदिक तत्त्व
    रोपिन्छ सबैका आँगनमा
    बुझिकन धार्मिक महत्त्व ।
    ३//
    हात काट्दा गाउँमा
    माडेर तुलसीको पात
    रगत रोकिन्छ घाउमा ।
    ✍️
    चुडामडी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    ————-==———–
    १//
    तुलसीकाे महत्त्व धेरै
    ओैषधीय गुणयुक्त वृक्ष
    रोप्नु बिहान सबेरै ।
    २//
    शरीर स्नान गरी
    गुणकारी तुलसी रोपौँ
    घर र आँगनभरि ।
    ३//
    रुघाले बिरामी परेमा
    चाँडै बिसेक हुने
    तुलसी सेवन गरेमा ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ————-==———–
    १//
    एकातिर तुलसीको महत्त्व
    अर्कोतिर श्राप वृन्दाको
    मानव जीवनको तत्त्व ।
    २//
    जडिबुटीमा धेरै सर्वोत्तम
    स्वस्थकर प्रयोग गर्नु
    फाइदा हुँदैन कम ।
    ३//
    दैनिक रुपमा सेवन
    हजारौंँ छन् गुणहरू
    रोगमुक्त हुन्छ जीवन ।
    ४//
    चिनेमा श्रीखण्ड जस्तो
    वरिपरि छरिएका जडिबुटी
    नचिन्ने मानवहरू कस्तो ।
    ✍️
    घनश्याम पन्त, हरिवन सर्लाही
    ————-==———–
    तुलसीलाई आँगनमा सजाऔँ
    सही सदुपयोग गरी
    स्वास्थ्यलाई पनि बचाऔँ ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    ————-==———–
    १//
    घाँटी दुखेमा खाइन्छ
    तुलसीको पात मज्जाले
    आराम भएको पाइन्छ ।
    २//
    तुलसीको दल छर्ने
    निर्जला एकादशीको दिनमा
    नखाई व्रत गर्ने ।
    ३//
    छुट्टै पहिचान भएको
    निर्जला एकादशीको महिमा
    विष्णुको रूपमा रहेको ।
    ✍️
    कला ढकाल झापा
    ————-==———–
    आस्थाको रूपमा हेरिन्छ
    आँगनमा रोपिएका तुलसीले
    प्रचुर अक्सिजन दिन्छ ।
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    ————-==———–
    १//
    हाम्रो आँगनीमा पाइने
    जन्मेदेखि नै नमरेसम्म
    हामीलाई तुलसी चाहिने ।
    २//
    हिँड्ने साइत राम्रो
    पर्खिरहने सधैँ हामीलाई
    तुलसी आमा हाम्रो ।
    ✍️
    सविता भट्टराई, जनकपुर
    ————-==———–
    १//
    नराखी मनमा हठ
    शोभा हो घरको
    बनाऔँ तुलसी मठ ।
    २//
    तुलसीको महत्त्व जान्नुपर्छ
    समाजिक संस्कार संस्कृति
    हामी सबैले मान्नुप्रर्छ ।
    ३//
    पवित्र महाैषधी जानी
    सबैले तुलसी रोप्नुपर्छ
    अक्सिजनको श्रोत ठानी ।
    ✍️
    जयनारायण नेपाल
    इलाम । हाल सूर्यविनायक २, बालकोट भक्तपुर ।
    ————-==———–
    तुलसीको फूल पात
    प्रदान गर्छ प्राणवायु
    श्वास्थ्य राख्ने जात ।
    ✍️
    लोक् वहादुर छेत्री लामिछाने
    मोदी गा पा२ पर्वत्
    ————-==———–
    १//
    महत्व छ सारै
    निर्जला व्रत बसी
    तुलसीदल छरौँ सखारै l
    २//
    रेखदेख गरौँ नित्य
    शुद्ध चोखो मनले
    झुल्किनु पूर्व आदित्य l
    ३//
    नित्य खाएमा तुलसीपत्र
    रुघाखोकी अनि दग्धी
    निस्केर भाग्छ अन्यत्र l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ————-==———–
    औषधीय पौधा भनिन्छ
    तुलसी छेउछाउ रोपिए
    रोगमा प्रयोग गरिन्छ ।
    ✍️
    राजनारायण राई
    राजदल बस्ती सोनादह
    ————-==———–
    १//
    मीठो सुवास छर्छ
    खाएमा तुलसी हामीले
    औषधीको काम गर्छ ।
    २//
    रोप्नुपर्छ लगाएर मन
    धेरै छन् फाइदा
    तुलसीको दिन्छ अक्सिजन ।
    ३//
    सामान्य हेर्दा झट्टै
    सधैँ प्रयोग गरेमा
    रोग हुन्छ चट्टै ।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    ————-==———–
    १//
    सबैलाई यो चाहिँने
    कहिलेसम्म पर्खिरहने यसरी
    आँगनमा रोपे पाइने ।
    २//
    औषधी नै लाग्छ
    सबै हेर्नुहोस् यता
    धेरै रोग भाग्छ ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ————-==———–
    १//
    तुलसी गुणकारी धेरै
    मठ बनाइ लगाऔँ
    पूजा गर्नुपर्छ सबेरै ।
    २//
    औषधीमा तुलसी उत्तम
    बुझेर सृष्टिको कथा
    भगवानको चरण परम ।
    ३//
    सुवासना मीठो तुलसीको
    उस्तै औषधीय गुणहरू
    प्रकृतिको उपहार यहीको ।
    ✍️
    दिल ठकुरी दार्जिलिङ
    ————-==———–
    १//
    माने भगवान् तुलसी
    नमान्दा भने झारपात
    उम्रेको मठमा पसी ।
    २//
    बढाउँछ शोभा आँगनको
    खोकीको हो रामवाण
    चरणमा चढाउँछौँ ईशको ।
    ✍️
    धनमाया चौधरी, कैलाली
    ————-==———–
    १//
    अक्सिजन तुलसीले भर्ने
    बहुउपयोगी यस वनस्पति
    सबैले संरक्षण गर्ने ।
    २//
    रुघाखोकी लाग्दा खाइन्छ
    घर अनि करेसाबारीमा
    हेर जताततै पाइन्छ ।
    ३//
    विष्णु भनेर पुजिने
    जल अर्पण गर्दा
    धर्मशास्त्र पनि बुझिने ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    ————-==———–
    केही छैन खोट
    महत्त्व छ निकै
    रोपौँ तुलसीको बोट ।
    ✍️
    प्रविना प्रयासी, ओखलढुंगा
    ————-==———–
    १//
    तुलसी आँगनकी माता
    सबैको घरघरमा हुन्छिन्
    रोगकी एक उपचारदाता ।
    २//
    तुलसी सारै फाइदाको
    दिनहुँ खाएमा हुन्छ
    ओखती गुण काइदाको ।
    ✍️
    सुनगाभा पोखरेल
    ————-==———–
    १//
    औँषधी हो तुलसी
    मैले रोपेँ मठमा
    स्याहार गर्नु बसी।
    २//
    अचुक औषधी पाइयो
    रुघाखोकी रोग लागेकोमा
    मज्जाले उमालेर खाइयो।
    ३//
    तुलसीको राख्ने दल
    घरको पुर्व दिशा
    स्याहार पुग्छ मल ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ————-==———–
    १//
    तुलसी आँगनमा राम्रो
    रोप्दैमा आनन्द लाग्ने
    मनै खुसी हाम्रो ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ————-==———–
    १//
    महाैषधी तुलसी महिमा
    राेप्दा शान्ति घरमा
    बढ्दछ परिवारको गरिमा ।
    २//
    तुलसीले दुर्गन्ध हटाउँछ
    राेगव्याध दरिद्रता सबैकाे
    रुघाखाेकी सबै घटाउँछ ।
    ३//
    तुलसीकाे राेपेर बीउ
    बनाउँ बास विष्णुको
    आरधनाले पुण्य लिउ ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८, काेटमाैला सल्यान
    ————-==———–
    १//
    आज निर्जला एकादशी
    तुलसीको दल छर्नु
    सकेमा उपवास बसी।
    २//
    सकारात्मक ऊर्जा छर्छ
    बहुउपयोगी यो तुलसीले
    औषधीको काम गर्छ ।
    ३//
    अक्सिजन दिने गर्छ
    हैन छर्ने मात्रै
    तुलसी हुर्काउनु पर्छ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ————-==———–
    १//
    विष्णु भगवानको अङ्ग
    पूजा गरिन्छ तुलसीको
    ओखती भएर दङ्ग ।
    २//
    किटाणु भाग्छ जतातता
    स्वास्थ्यलाई फाइदाजनक पनि
    तुलसी रोपिन्छ सत्यता ।
    ३//
    सुगन्ध आहा मन्दमन्द
    तुलसीको महिमा अपार
    गुणको कारण बुलन्द ।
    ✍️
    पृथक प्रकृति, झापा
    ————-==———–
    १//
    राम्रो सुगन्ध दिन्छ
    राेपाैँ आँगनमा तुलसी
    दुषित ग्यास लिन्छ ।
    २//
    गर्दछन् तुलसीकाे पूजा
    भित्रियाे विदेशी संस्कृति
    संस्कार भयाे धुजा ।
    ३//
    तुलसी औषधीकाे रूपमा
    गराैँ प्रयोग सबैले
    पुर्‍याउँ सबैलाई ग्रुपमा ।
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि ।
    ————-==———–
    १//
    लेखेको पुग्छ कर्ममा
    तुलसीको पूजा धेरै
    गर्छन् हिन्दू धर्ममा ।
    २//
    रोपौँ तुलसी सम्मानले
    आफ्नो महत्त्व राख्छन्
    अध्यात्म र विज्ञानले ।
    ३//
    विष्णुको रूपमा चरणमा
    पुजा गर्छन् हिन्दुले
    शुद्धता ल्याउँछ वातावरणमा।
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    ————-==———–
    १//
    तुलसी मठ आँगन
    बालेर धूप बत्ती
    गरौँ भक्ति भजन ।
    २//
    तुलसी थोपा धूलो
    अचुक औषधी मानौँ
    निमोनिया खोकीमा ओखतीमूलो ।
    ३//
    तुलसीको बास आँगन
    भगवानको टेढो नीति
    भेटिन्छ फरक पन ।
    ✍️
    मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा।
    ————-==———–
    १//
    तुलसीको बिज रोपौँ
    नकारात्मकता भरिएको दिमागमा
    सकारात्मक सोच खोपौँ ।
    २//
    धेरै रोगको निदान
    तुलसी रोप्ने दिनमा
    गरौँ सत्य पहिचान ।
    ✍️
    साबित्री प्याकुरेल, धादिङ्ग
    ————-==———–
    १//
    तुलसीले आँट दिन्छ
    छैन जसको घरमा
    उसको औकात सकिन्छ ।
    २//
    मठमा तुलसी रोपौँ
    घरमा शान्ति मिल्छ
    सङ्घर्षको बाटो छोपौँ ।
    ३//
    समस्या सारा टल्नेछ
    तुलसीको बोटलाई बचाउँ
    भोलि भाग्य फल्नेछ ।
    ✍️
    सुष्मा मगर, रोल्पा
    हाल भारत
    ————-==————
    १//
    कति सुन्दर प्रकृति
    सिद्ध गरि देखाउँछ
    पुर्वीय हाम्रो प्रवृति ।
    २//
    तुलसीको महत्व बुझौँ
    आगनमै रोपेर सबैले
    रोगसित सधैँ जुझौँ ।
    ३//
    आज तुलसी छरिन्छ
    हुर्काइ बढाइ यसलाई
    विवाह पनि गरिन्छ ।
    ✍️
    पशपती राई, खोटाङ
    ————-==———–
    १//
    गाईलाई बाँध्ने गोठ
    बिहान पूजापाठ गर्ने
    सधैँ तुलसीको मोठ ।
    ✍️
    भगवती दवाडी
    ————-==———–
    १//
    अनेक गुण पाइने
    तुलसी जडिबुटी हो
    खोकी, ज्वरोमा खाइने ।
    २//
    अक्सिजन धेरै दिने
    वरपर शुद्ध पारी
    प्रदुषण सबै लिने ।
    ३//
    खर्च खासै छैन
    किन्नै परे पनि
    महङ्गो धेरै हैन ।
    ✍️
    नन्दलाल आचार्य, उदयपुर
    ————-==———–
    १//
    एकादशीमा तुलसी राेपौँ
    माटाेमा बीउ छरेर
    उमार्न घासले छाेपौँ ।
    २//
    तुलसीमा औषधी पाइन्छ
    रुघाखोकीमा काम लाग्ने
    गुणगान वैद्यबाट सुनाइन्छ ।
    ३//
    तुलसीकाे उदक खानुपर्छ
    साक्षात् अवतार विष्णुका
    लागेकाे पाप झर्छ ।
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर
    ————-==———–
    १//
    आँगन अनि सबैतिर
    पुजारीले रित्तै ठाउँ
    बदलिएको छैन तक्दिर ।
    २//
    मन्दिरको सबैका देउता
    भाकिसके आज यहाँ
    मनपर्ने भेटिएन एउटा ।
    ३//
    सागरभन्दा नि गहिरो
    विश्वास छ मनभरि
    समयले निम्त्यायो पहिराे ।
    ✍️
    ईश्वर साउद (भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ————-==———–
    १//
    आयुर्वेदिक गुण भएको
    आँगनमा रोपिने तुलसी
    बहुचर्चित हुँदै गएको ।
    २//
    रोग, व्याधलाई टार्छ
    तुलसी पानी पिउनाले
    समस्या निको पार्छ ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    ————-==———–
    एकादशीमा बीउ जमाएर
    पुज्छौँ विष्णुको रुपमा
    रोप्छौँ मोठ बनाएर ।
    ✍️
    सुस्मिता अधिकारी, काठमाडौँ
    ————-==———–
    तुलसी देवताको समान
    पुजौँ हिन्दु धर्मालम्वीले
    कहिल्यै नगरी अपमान ।
    ✍️
    गंगाराम यादव
    औरावनी २ सुनसरी
    ————-==———–
    १//
    तुलसीको महिमा धेरै
    रोपेर यसलाई गमलामा
    सुन्दर पारौँ जतिखेरै ।
    २//
    मनको रोग जान्छ
    ध्यान प्रभुको गरे
    तुलसीले रोग लान्छ ।
    ३//
    तुलसीले रोग लान्छ
    यसलाई उमाली खाए
    रुघाखोकी बिस्तारै जान्छ ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    ————-==———–
    पारेर शुद्ध पवन
    शरीर स्वस्थ हुने
    राेप्दा तुलसी आँगन
    ✍️
    भाेलामान बर्देवा
    धरान ८ सुनिसरि
    ————-==———–
    नकारात्मक उर्जा भगाउँछ
    तुलसी रोपे आँगनमा
    सकारात्मक उर्जा आउँछ ।
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा, नेपाल
    ————-==———–
    तुलसी हाम्रो भगवान
    जतन गरेर यसलाई
    गरौँ हरदम सम्मान ।
    ✍️
    विरेन्द्र चौधरी
    ————-==———–
    जो कोहीलाई चाहिने
    तुलसीको पातदेखि जरासम्म
    औषधीय गुण पाइने ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    ————-==———–
    तुलसी औषधी पवित्र
    हिन्दुका आँगनको शोभा
    पुजनले शुद्ध चरित्र ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल -४, नवलपरासी
    ————-==———–
    १//
    औषधी तुलसी जति
    घर, आँगनीमा रोपिने
    यसको महत्त्व अति ।
    २//
    यो घरघरमा पाइने
    ठुलो महत्त्व बोकेको
    मर्दापर्दा गर्छ चाहिने ।
    ३//
    पुजिन्छ विष्णु भनेर
    निलहार व्रत बस्ने
    एकादशीका दिन गनेर ।
    ✍️
    दुर्गा भट्टराई
    ————-==———–
    १//
    विष्णुको प्रतीक तुलसी
    आँगनमा रोपे सबैले
    बन्दछ परिवार सुखी ।
    २//
    अक्सिजन धेरै चाहिन्छ
    तुलसी रोपौँ घरघरमा
    औषधीय गुण पाइन्छ ।
    ३//
    शरीरलाई फाइदा उपवास
    एकादशी व्रत बस्नाले
    हामीलाई हुन्छ स्वास्थ्यलाभ ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    ————-==———–
    १//
    तुलसीकाे महिमा बुझेर
    राेपाैँ सबैकाे घरमा
    ईश्वर सम्झी पुजेर ।
    २//
    महिमा उसको अपार
    अमृतै सम्झेर पुजाैँ
    पार्दछ जीवन साकार ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्धान
    काभ्रे, बनेपा १४ साँगा बजार।
    ————-==———–
    चाहिन्छ हेर जतिखेरै
    पवित्र बोट तुलसी
    काम दिन्छ धेरै ।
    ✍️
    वेल थोकर तामाङ
    ————-==———–
    १//
    तुलसी धेरै गुणयुक्त
    सेवन गरेमा यसको
    भइन्छ रोगबाट मुक्त ।
    २//
    घरको शोभा बढाइदिन्छ
    आँगनमा रोपेको तुलसी
    बिहान सधैँ पुजिन्छ ।
    ३//
    मानिन्छ पवित्र बोट
    धार्मिक महत्व बोकेको
    रोपौँ तुलसी बोट ।
    ✍️
    नन्दा धामी
    नौगड, दार्चुला
    ————-==———–
    धर्ममा तुलसीको महत्त्व
    विष्णु अवतार पुज्नू
    यसमा ओखती तत्त्व ।
    ✍️
    प्रद्युम्न चालिसे
    ————-==———–
    १//
    तुलसी आँगनमा रोप्ने
    बालबच्चा फोहोर गर्छन्
    सफा मनले छाेप्ने ।
    २//
    तुलसीले सुगन्ध छर्ने
    सबैले पुजापाठ गर्दा
    मनमा आनन्द भर्ने ।
    ३//
    तुलसीको पवित्र बोट
    नित्य पूजा गरौँ
    नगरी कुनै खोट ।
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on विशेष झिल्का लेखन अभियानको १९औँ शृङ्खला ( तुलसी विषयक) सम्पन्न

    विशेष झिल्का लेखन अभियानको १८औँ शृङ्खला ( राजनीति विषयक) सम्पन्न

  • ६ असार २०८१, बुधबार ०६:०१ मा प्रकाशित
  • झिल्का लेखन अभियानको १८ औँ शृङ्खला (राजनीति विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    १//
    राजनीति फोहोरी खेल
    झुठो होला भनेको
    यथार्थ लाग्दैछ अचेल ।
    २//
    गरेर अनेकन् छल
    पुर्‍याउँछन् जेल सोझालाई
    अन्यायलाई गर्दै मलजल ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ————-==———–
    १//
    राजनीति कमाउने थलाे
    विकास हुन सकेन
    भएन जनताको भलाे ।
    २//
    छलकपट र बेइमानी
    राजनीति गर्नेकाे काम
    संसदमा छैनन् इमानी ।
    ३//
    राजनीति शब्द राम्रो
    व्यक्ति सही नहुँदा
    शब्द भयाे चाम्राे ।
    ✍️
    रबि पाैडल
    दक्षिण भारत पाण्डेचरि
    ————-==———–
    १//
    सत्तामा भयो खेल
    सोझासाझा यी जनतालाई
    विनादोष पुर्‍याउँछन् जेल ।
    २//
    पानी माथिको ओभानो
    दु:खी गरिब सुन्दैन
    सरकार आफैँ कानो !
    ३//
    बुढो गोरू सरकार
    टन्न छँदैछ उसलाई
    किन जनताको दरकार ?
    ✍️
    बेदु न्यौपाने
    ————-==———–
    १//
    राजनीति खेल फोहोरी
    कुर्सी समाउन मात्रै
    सिंहदरबारको भित्र दोहोरी ।
    २//
    सिंहदरबार कमाउने थलो
    बुझेर अगाडि बढौ
    यसमै हुन्छ भलो ।
    ३//
    देशलाई बिगार गरेर
    जति भ्रष्ट्राचार गरून्
    भोलि जान्छन् मरेर ।
    ✍️
    ललिता गिरी सिन्धुली
    हाल काठमाडौँ
    ————-==———–
    १//
    फोहोरी गराए राजनीति
    झुटो नबोली नहुने
    गर्नु नपरोस् सितिमिति ।
    २//
    सत्तालाई जालझेल गरेर
    टिकाउन खोज्छन् जहिल्यै
    कहिले यताउता सरेर ।
    ३//
    सबैमा ठूलाबडाको हात
    नहुनेलाई हुने गराउॅंदा
    पापको लाग्ला खातैखात ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ————-==———–
    १//
    नेताले देश खाए
    लुकाए अन्याय गर्नेलाई
    जनताले दुःख पाए ।
    २//
    कति सक्छन् लुट्न
    सकेन केही गरेपनि
    यिनका भुँडी फुट्न ।
    ३//
    देशलाई खोक्रो पारेर
    सबै खाइसके भित्रभित्र
    सोझा जनतालाई मारेर ।
    ✍️
    लक्ष्मण देउवा डोटी
    हाल भारत चेन्नई
    ————-==———–
    १//
    राजनीति उत्तम नीति
    अहिले अनर्थ भयो
    उल्टो बस्यो थिति ।
    २//
    जनताको काम गरेर
    बस्न म खोज्थेँ
    बेथितिले छक्क परेर ।
    ३//
    आशाको किरण देखियो
    वाक स्वतन्त्रता भएर
    जमिनमा जताततै लेखियो ।
    ✍️
    नन्दलाल आचार्य
    एनेलकुटी, सिरहा, मधेस प्रदेश ।
    ————-==———–
    १//
    राजनीति बेइमानीको घर
    झुटोलाई साँचो बनाउने
    ठगेर जीविकोपार्जन नगर ।
    २//
    विकासमा राजनीति लगाऊ
    जनतालाई गराऊ शान्त
    गरिबी अशान्ति भगाऊ ।
    ३//
    फोहोरी राजनीति नगर
    समृद्धिको सुवास फैलाऊ
    चलोस् वासना वरपर ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी।
    ————-==———–
    १//
    राजनीतिकाे यहाँ नाउँमा
    हदैसम्म बढ्दै गयाे
    भ्रष्टाचार पाे ! गाउँमा ।
    २ //
    जनताकाे बेचेर नाम
    नेताहरूले कमाईरहन्छन् यहाँ
    भित्रभित्रै कालो दाम ।
    ३//
    भएपछि फाेहाेरी खेल
    सदैव देखिरहन्छ यहाँ
    हरेक कुरामा झेल ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    ————-==———–
    १//
    हुन्छ भन्छन् जालझेल
    सत्ता, भत्ताको लागि
    खेलीने एउटा खेल ।
    २//
    सप्रदैछ केवल भ्रष्टाचार
    गर्दैनन् चिन्ता देशको
    जनतालाई बनाए शिकार ।
    ३//
    मिथ्याको लिएर सहारा
    आफ्नो खल्ती भर्छन्
    लगाएर मात्र नारा ।
    ✍️
    पृथक प्रकृति ,झापा
    ————-==———–
    १//
    सजिलै कमाउने साधन
    नेतागिरी गरेर जिविका
    राजनीतिको मलिलो आँगन ।
    २//
    आकाशको तारा झार्ने
    गर्छ मिठो भाषण
    राजनीतिले जनता मार्ने ।
    ३//
    राजनीतिको मैलो खेल
    बेइमानी उही हरे !
    जनता साउनको भेल ।
    ✍️
    दिल ठकुरी
    टिस्टा भेल्ली दार्जिलिङ ।
    ————-==———–
    १//
    अनौठो यस्तो खेल
    हारजित हुने खुसुखुसु
    जनता माथिको जालझेल
    २//
    निर्णय गरिन्छ लुकेर
    खैलाबैला चाहिँ ढाँटी
    स्वार्थको कुटुरो बोकेर ।
    ३//
    सराप अरे सतीको
    राजनिती असल भइदिए
    आशिक लाग्नेथ्यो धरतीको !
    ✍️
    कमला
    ————-==———–
    १//
    भ्रष्टाचार मात्रै गर्छन्
    बिकास गर्नलाई चाहिँ
    अर्काको भर पर्छन् ।
    २//
    राजनीतिमा गरेर झेल
    यहाँ सबै नेताले
    षड्यन्त्रको खेल्छन् खेल ।
    ✍️
    अनिता भण्डारी ताप्लेजुङ
    ————-==———–
    १//
    जहिले चल्छ राजनीति
    देशमा छैन हजुर
    उसको निश्चित मिति ।
    २//
    राजनीतिमा ठूलाबडाकाे हात
    छैन गरिब जेहेन्दारलाई
    दु:खमा कुनै बात ।
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    ————-==———–
    १//
    सबैभन्दा आज बेथिति
    कमाउमा लागेको रहेछ
    निस्वार्थ भनेको राजनीति ।
    २//
    पाइलैपिच्छे भयो झुट
    फोस्रा नारामा सिमित
    राजनीति भयो लुट ।
    ३//
    सोचेजस्तो भएन देश
    लुट्ने तरिका उहीँ
    केवल फेरियो परिवेश ।
    ✍️
    शंकर कार्की, मकवानपुर
    ————-==———–
    १//
    राजनीति शब्दको अर्थ
    गलत परिभाषित भयो
    अर्थको लाग्यो अनर्थ ।
    २//
    भ्रष्टाचारको धमिरो फालौँ
    राजनीतिलाई पृष्टभूमि बनाएर
    राष्ट्रियताको जग बसालौँ ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके
    ————-==———–
    १//
    राजनीतिमा हुन्छ खेल
    भ्रष्ट नेताको जमातले
    गर्छन् अनेकौँ झेल ।
    २//
    राजनीति लाग्थ्याे राम्रो
    झुट खेती गर्ने
    नेता भयो हाम्रो ।
    ३//
    गर्नु इमानदारी राजनीति
    सधैँ सम्मानित हुनेछौ
    जनताको मन जिती ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ————-==———–
    १//
    अर्काको पोल खोल्छ
    अस्थिर गणतन्त्र नेपालको
    राजनितीमा काण्डहरू बिथोल्छ ।
    २//
    राजनितिलाई तरङ्गित बनाए
    सत्ता, शक्तिको घमण्डले
    सडकदेखि सदनसम्म हँसाए ।
    ३//
    सरकारलाई छैन थाहा
    दुर्गम जिल्लाको घटनामा
    न गम्भीररूपमा चाहा ।
    ✍️
    कला ढकाल, झापा
    ————-==———–
    १//
    सिंहदरबारको त्यो राजनीति
    जति बाघचाल खेल्छौ
    उति प्रखर कुटनीति ।
    २//
    राजनीति लङ्गुरबुर्जा बाघचाल
    जसले घुमाउन जान्यो
    सत्ता समिकरणमा हाल ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    ————-==———–
    १//
    पेशा भयाे राजनीति
    सेवा भनी बकबास
    नगर चुनाव जिति ।
    २//
    अर्काकाे खुट्टा तान्ने
    भर्‍याङ भयाे राजनीति
    नबन आफूमात्र जान्ने ।
    ३//
    स्वच्छ व्यक्ति छानौँ
    जनताले सक्छौँ सपार्न
    मजाले गाेल हानाैँ ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८ काेटमाैला,सल्यान
    ————-==———–
    १//
    गर्छन् मिली मनोमानी
    आपसमा भागबण्डा नमिल्दा
    राजनीतिमा चल्छ खिँचातानी ।
    २//
    भाषणमा आदर्शका कुरा
    तड्पाउछन् जनतालाई घरीघरी
    बोकेर बगलीमा छुरा ।
    ✍️
    बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु
    ————-==———–
    १//
    राजनीति फोहोरी खेल
    खुट्टा तान्न सिपालु
    लडाउन गर्छन् जालझेल ।
    २//
    आटेर पुग्ने सिंहदरबार
    मुसाको चोर दुलो
    लुट्छन् चलाउँछन् घरबार ।
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    ————-==———–
    १//
    राज्य सञ्चालन विधि
    राजनीति तथा शासन
    जाेगाउनु राष्ट्रकाे निधि ।
    २//
    सर्वत्र सत्ताकाे माेहो
    गर्न गाह्रो जनतालाई
    बिहान, बेलुकाको जाेहो ।
    ३//
    राजनीति गर्ने नेता
    लाग्याे सधैँ दाग
    भएनन् कहिल्यै सेता ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    ————-==———–
    १//
    देश डुबाउने राजनीति
    झुटो नबोली नहुने
    यस्तै रहेछ तिथिमिति ।
    २//
    पुरानो नीतिलाई बढाउनुपर्छ
    गर्दैछ आन्दोलन जनता
    निमुखालाई देश चलाउनुपर्छ ।
    ३//
    हराउँदैछ देश नेपाल
    अब एमसीसीको नाममा
    फाडौँ विदेशीको जाल ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ————-==———–
    स्वार्थको पोको बोक्छौ
    वितृष्णा नेपालको राजनीति
    जनतालाई सास्ती तोक्छौ ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    ————-==———–
    १//
    राजनीति बनाए पेवा
    मनपरी हैकमवाद लादेर
    आफूलाई फलाए मेवा ।
    २//
    उग्र उदण्डताको नमूना
    लम्पसारवाद भयो राजनीति
    सर्वत्र विदेशीको टुना ।
    ३//
    युवा आशाको दियो
    थपियो झनै वेदना
    विगतमा शान्ति थियो !
    ✍️
    ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।
    ————-==———–
    १//
    सेवाको कार्य महान
    विश्वमा हो राजनीति
    नागरिक मानेमा जहान ।
    २//
    अवसर पुण्य कमाउने
    स्वयम्को खुबी रजाइँ
    राष्ट्रको प्रेममा रमाउने ।
    ३//
    फसाए अज्ञानी लोभीले
    परावलम्वले उठ्नै गाह्रो
    राज्य बुझेन रोगीले ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    ————-==———–
    गर्छन् कति बेइमानी
    राजनीतिमा छ आलोपालो
    बुझ्नै नसकिने कहानी ।
    ✍️
    नागेन्द्रप्रसाद यादव
    ————-==———–
    १//
    चारैतिर छ बेथिती
    कानुन छ जङ्गलकाे
    के काम राजनीति ?
    २//
    गरेर आस मेवाकाे
    पैसा कमाउने माध्यम
    हरायो भाव सेवाकाे ।
    ३//
    युवालाई दिँदैनन काम
    बुढै छन् शासनमा
    राजनीति भयाे बदनाम ।
    ✍️
    दिनेशकुमार शर्मा
    हेटौंडा , मकवानपुर ।
    ————-==———–
    १//
    कस्तो हुन्छ काम
    खाली जनता चुस्ने
    राजनीति राख नाम ।
    २//
    हिजोआज नेता कति
    म त कवि
    गाउँघरको मान्छे जति ।
    ३//
    सजिलो काम राजनीति
    निष्पक्ष कर्म गर
    नगर बेसी कुटनीति ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    ————-==———–
    बुझिएन राजनीतिको परिभाषा
    जबरजस्ती कानुन मिचेर
    वनाउने सर्वत्र निराशा ।
    ✍️
    लोकबहादुर क्षेत्री
    ————-==———–
    १//
    सम्पूर्ण नीतिको राजा
    लथालिङ्ग देशमा राजनीति
    बज्छ बेमौसमी बाजा ।
    २//
    होइन फोहरी खेल
    हैन बेइमान राजनीति
    शासकको हो जालझेल ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ————-==———–
    राजनीतिमा गर्छौ खिँचातानी
    जनतालाई विश्वास देखाएर
    जहिल्यै गर्छौ बेइमानी।
    ✍️
    बिरेन्द्र कुमार चौधरी
    इटहरी १६ सुनसरी
    ————-==———–
    १//
    धेरै भयो जालझेल
    रहेन इज्जत कुनै
    छोडिदेऊ राजनीति खेल ।
    २//
    विश्वास तिमीले तोड्यौ
    हराएर गयो आशा
    बीच बाटोमै छोड्यौ ।
    ३//
    धोका दियौ मलाई
    संसारमा हाँसो देखाएर
    गयौ जिउँदै जलाई ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ————-==———–
    १//
    अनेकौँ खेल राजनीतिमा
    सेवाको छैन भाव
    हिजोदेखि आजको मितिमा !
    २//
    शोकमा डुब्यो देश
    मरिरहेछन् आज जनता
    नेताको छ छद्मवेश ।
    ३//
    यो कस्तो सङ्घीयता
    सात टुक्रा पारेर
    बलियो हुन्छ राष्ट्रियता ?
    ✍️
    दीप गोले तामाङ
    चन्द्रपुर -१, रौतहट
    ————-==———–
    गन्हाउने गराए राजनिती
    सबै बेकामे गधाले
    ल्याए जताततै बेथिति ।
    ✍️
    सुनगाभा पोखरेल
    ————-==———–
    १//
    अनेक अनेक खेल
    सधैँ हुन्छ राजनीतिमा
    भष्ट्राचार, ठगी, जालझेल ।
    २//
    गर्छन् भाषणमात्र ठुलो
    जनतालाई समस्या पर्दा
    खोज्छन् लुक्ने दुलो ।
    ✍️
    साबित्री प्याकुरेल, धादिङ्ग।
    ————-==———–
    १//
    अचम्मै ! छ नि
    परिवर्तित राजनीतिले बनायो
    नेतालाई मात्रै धनी l
    २//
    सङ्घीयता भयो घाँडो
    न्याय भन्नु जनताकोलागि
    रहेछ बनेलु काँडो l
    ३//
    राजनीति साह्रै फोहोरियो
    लक्षित वर्गको बजेट
    नेताको घरमा सोहोरियो l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ————-==———–
    १//
    भ्रष्टाचार अनि बेथिति
    मेरो देशमा अचेल
    घिनलाग्दो हुँदैछ राजनिती |
    २//
    अलापी मीठा सुर
    जनता मख्ख पार्छन्
    नेता धेरै चतुर |
    ✍️
    सरिता सेढाई धादिङ
    ————-==———–
    १//
    अति नराम्रो खेल
    राजनीतिको घानमा हाली
    निकाल्छन् जनताको तेल ।
    २//
    भ्रष्टले घर भर्ने
    बिचित्रको भयो राजनीति
    जनताहरू भोकै मर्ने ।
    ३)
    हुँदैन केही खास
    स्वार्थीपन हावी भयो
    राजनीतिमा रहेन विश्वास ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ————-==———–
    १//
    फोहोरी देशको राजनितीले
    देश कङ्गाल बनायो
    भ्रष्ट नेताहरूको बेथितिले ।
    २//
    देशको विकास मन्द
    खाली गफमा टारेर
    फैलाए राजनितिको दुर्गन्ध ।
    ✍️
    वेल थोकर तामाङ
    मकवानपुर, बकैया _८
    ————-==———–‘
    १//
    राजनीति फोहोरी खेल
    स्वार्थ पूरा गर्न
    जनतामाथि सधैँ जालझेल ।
    २//
    भाँडो कमाइ खाने
    नबिके अन्त कतै
    राजनीति गर्न जाने ।
    ३//
    बाटो स्वार्थतिर मोडे
    असल मान्छे अब
    राजनीतिमा आउन छोडे ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    ————-==———–
    १//
    लुछाचुँडी गर्छन् सत्ताको
    बनाई गरिबलाई शिकार
    खल्ती भर्छन् तलबभत्ताको ।
    २//
    असल देशको थिति
    शान्तिको सास फेर्न
    चौतारी बनोस् राजनीति
    ✍️
    नन्दा धामी
    नौगड, दार्चुला
    ————-==———–
    कही नभएको राजनीति
    यही देशमा रहेछ
    कसले बुझ्ने सितिमिति !
    ✍️
    सुरेश कार्की
    कुमारीगाल-७ काठमाण्डौ ।
    हाल सिड्नी अष्ट्रेलिया
    ————-==———–
    भाषण दिने काम
    थाङ्नामा सुताउने जनतालाई
    राजनिती यसको नाम ।
    ✍️
    गंगाराम यादव
    औरावनी २ सुनसरी
    ————-==———–
    १//
    पैसा भए पुग्छ
    राजनीति गर्नका लागि
    हिमाल पनि नुग्छ ।
    २//
    गर्छन् बेतुकका कुरा
    भित्रभित्रै चलाउँदा रहेछन्
    चुपी अनि छुरा ।
    ३//
    काम गर्न पाइने
    राजनीति बाहेक भन्नुहोस्
    योग्यता भने नचाहिँने ।
    ४//
    गर्छन् जनताका बात
    गरेजस्तो देखाएर ती
    हान्ने गर्छन् लात ।
    ५//
    देशको राजनीति कस्तो ?
    सोझा, सिधा जनताको
    घाँटी नै रेट्लाजस्तो ।
    ✍️
    सतीश पण्डित
    भानु६चुँदी तनहूँ । हाल चनपा६ मातातीर्थ
    ————-==———–
    १//
    हरायो देश कुटनीतिले
    मेरो समाजले देखेन
    बर्बाद भयो राजनीतिले ।
    २//
    हुँदैन विकास सिद्धान्तले
    खटिनु पर्छ मरिमेटी
    राष्ट्रप्रेमी सब राजनीतिज्ञले ।
    ✍️
    सम्पूर्ण जोशी कमरेड
    अछाम तोषी
    ————-==———–
    १//
    राजनीतिमा निर्लज्ज दानव
    दुर्जन भ्रष्ट राष्ट्रघाती
    बनेनन् कहिल्यै मानव ।
    २//
    प्रमाणपत्र खोस्टा राजनीतिमा
    विदेशको यात्रामा युवाहरू
    एकता तोडेपछि कुरीतिमा ।
    ३//
    धरती रुन्छिन् हारले
    चुलियो कुकर्मका चुचुराहरू
    थामिन्छ राजनीति संस्कारले ।
    ✍️
    घनश्याम पन्त
    हरिवन सर्लाही
    ————-==———–
    हाम्रो देशको राजनीति
    प्रभु ! मति दिनुहोस्
    केवल यहाँ बेथीति ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल -४, नवलपरासी
    ————-==———–
    १//
    कुर्सीको होड चल्यो
    नेपालको राजनीति हेर
    सदैव जनता छल्यो ।
    २//
    आशाको बिहानी देख्न
    सोच परिवर्तन गरौँ
    सुनौलो कृति लेख्न ।
    ३//
    पदलाई सलाम ठोक्छन्
    मानेर अयोग्यलाई बाध्यताले
    आँखाको आँसु रोक्छन् ।
    ✍️
    सुस्मिता अधिकारी, काठमाडौँ
    ————-==———–
    १//
    भोट माग्दा नमन
    स्वार्थ सकियो अनि
    सुरू गर्छन् दमन ।
    २//
    कस्तो राजनीति चल्ने
    शिक्षा स्वास्थमा पनि
    सोझा जनता छल्ने ।
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    ————-==———–
    १//
    राजनीतिले देश बन्छ
    तर यहाँ स्वार्थमा
    नेताले नोट गन्छ ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ————-==———–
    राजनीति गरौँ अब
    आउनुस् गाँजाको पक्षमा
    देशभक्ति झल्कन्छ तब ।
    ✍️
    लक्ष्मी रिजाल, रुपनगर, सप्तरी
    ————-==———–
    १//
    योग्यता पद प्रतिष्ठा
    हुन्छ देशको प्रगति
    भए नेतामा निष्ठा ।
    २//
    देशको सेवा गर्ने
    राजनीति खेलाँ भन्दै
    आफ्नै ढुकुटी भर्ने ।
    ३//
    राजनीतिको अनौठो खेल
    व्यवस्थालाई वेवास्ता गर्दा
    पर्दछन् नेताहरू जेल ।
    ✍️
    मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा।
    ————-==———–
    १//
    गर्नेलाई महान् काम
    जनहितमा लेखिए राजनीति
    दुष्टहरूले गरे बदनाम ।
    २//
    भाषणले अगुल्टो बाल्छन्
    राजनीति गरेरै कतिपयले
    समाजमा पेट पाल्छन् ।
    ३//
    राजनीतिमा के दिए ?
    जनताको अधिकार खोसेर
    सुविधाहरू नेताले लिए ।
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ, रंगबुल
    ————-==———–
    १//
    किन गर्दछौ खास
    कागको हुलमा बकुलो
    बन्ने व्यर्थ प्रयास !
    २//
    उसैको नुन खाएर
    गर्दछौ अनर्थ के
    उसैको भजन गाएर ।
    ३//
    सामन्तको गर्छौ सलामी
    भोलि परेको बखत
    जन्ती न मलामी !
    ✍️
    विवश पारदर्शी
    झापा,
    ————-==———–
    १//
    उर्लियाे खहरे भेल
    खेल्छन् जनतामाथि नेताले
    फाेहाेरी राजनीति खेल ।
    २//
    राजनीति गर्नेलाई मनाेमानि
    देखिन्छ जताततै छलकपट
    आखिर जनतालाई हानी।
    ✍️
    काेपिला अधिकारी
    सिरानचाेक – ७, गाेरखा
    ————-==———–
    १//
    सम्झदा लाग्छ दिक्दार
    भएका छौँ जनताहरू
    राजनैतिक अस्थिरताको सिकार ।
    २//
    निमुखा गरिबहरू सडकमा
    नेताबाट मर्दैछन् आशाहरू
    हिँड्दछन् ती तडकभडकमा ।
    ✍️
    पुरुषोत्तम फुयाल
    साकेला गाउँ पालिका-२ रतन्छा खोटाङ
    ————-==———–
    लगाउँछन् अनौठो शासन
    षड्यन्त्र मजाले गरी
    जोगाउँछन् आफ्नो आसन ।
    ✍️
    सनत राेकाय बिवश
    कुशे गा पा ८ , जाजरकोट
    ————-==———–
    १//
    राजनीति नहुँदा राम्रो
    दिनानुदिन तल तल
    खस्कियाे देश हाम्रो ।
    २//
    राजनीति फाेहाेरी खेल
    सिद्धान्त र व्यवहारकाे
    दुर्लभ देखिन्छ मेल ।
    ✍️
    केशवप्रसाद ढकाल, गाेरखा।
    ————-==———–
    १//
    राजनीति गन्हाउने खेल
    बगिरहन्छन् हेर सधैँभरि
    जनताका आँखामा भेल ।
    २//
    देश खुकुलो बनाए
    देशका सबै नेताहरू
    हेर साह्रै गनाए ।
    ✍️
    केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारत ।
    ————-==———–
    १//
    राजनीति रहेछ खेल
    शकुनिको पाशा जस्तो
    सधैँ हुने झेल ।
    २//
    राजनीति हो भाडभैलो
    यसलाई बुझ्न कठिन
    शासकको मन मैलो ।
    ३//
    राजनीतिमा भ्रष्टाचारीको भेल
    रित्याउन देशको ढुकुटी
    हुँदैछ ठूलो खेल ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ————-==———–
    राजनीति नेताको खेल
    सधैँ गर्छन् नेताहरू
    आपसमा कुर्सीको तालमेल ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    ————-==———–
    १//
    बाँझिए सबै खेतबारी
    किसानका छोरा परदेशिए
    थाप्लोभरि ऋणको भारी ।
    २//
    भाषण मात्रै गुलियो
    जताततै नातावाद कृपावाद
    भ्रष्टाचारै भ्रष्टाचार चुलियो।
    ३//
    मोज भयो अति
    नेतालाई रहेछ लोकतन्त्र
    सहिदको रगतको क्षति ।
    ✍️
    पशपती राई खोटाङ ।
    ————-==———–
    १//
    फोहोरी खेल बनेको
    हे राजनीतिकर्मीहरू सुन
    छिट्टै सुध्रिनु भनेको ।
    २//
    जनताले रोजेर पठाउने
    तिमी आफैँ रमाएर
    किन जनता हटाउने ?
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    ————-==———–
    १//
    मीठो कुरा भाषणमा
    राजनीतिले कोल्टे फेर्दा
    कठोर हुन्छ शासनमा ।
    २//
    छिचिमिरो जस्तै लाग्ने
    राजनीतिको क्षणिक अनुहार
    भोट सिद्धिएपछि भाग्ने ।
    ३//
    सत्ता तुर्ने डरले
    गाउँघर नेता पसेर
    नमस्कार गर्छन् करले ।
    ✍️
    राजनारायण राई
    राजदल बस्ती सोनादह
    ————-==———–
    राजनीतिले चलाउँछ देश
    निरन्तर खेल सत्ताको
    यस्तै छ परिवेश ।
    ✍️
    दीपा समभाव
    खोटाङ्ग
    ————-==———–
    राजनीतिमा अनेक खेल
    गर्दछन् नेता भनाउँदाहरू
    कुटनीति र जालझेल ।
    ✍️
    भाेलामान बर्देवा
    धरान ८ सुनसरि
    ————-==———–
    १//
    राजनीतिले गर्छ बेइमानी
    झुटा आश्वासन दिई
    देश लुटेर खानी ।
    २//
    दिएर विकासको नाउँ
    नेता आफ्नै सुरमा
    भ्रष्टाचार सर्वत्र गाउँ ।
    ३//
    जन्ताका लागि काम
    सरकार ! अब देऊ
    हेर रोजगारको नाम ।
    ✍️
    मन्जु बोहरा
    सुदुरपश्चिम बझाङ
    ————-==———–
    मनोकामना गर्न सफल
    कसम खान्छ झुटो
    राजनीति गर्छ पलपल ।
    ✍️
    नबराज ओझा “दियालो”
    धनगढी,कैलाली
    ————-==———–
    १//
    राजनीति सही हुनुपर्छ
    हुन्छ देशको उन्नती
    जनताको हित गर्छ ।
    २//
    जनता सचेत बन्दैछन्
    लाग राष्ट्रको हितमा
    नेपाली सारा भन्दैछन् ।
    ✍️
    पुष्पा राई
    ऐसेलुखर्क, खोटाङ।
    ————-==———–
    १//
    कस्तो फोहोर राजनीति
    जालझेल छलकपट मात्र
    जताततै छ बेथिति ।
    २//
    राजनीति भयो व्यापार
    हेरेर नाफा, घाटा
    गरिन्छ यहाँ व्यवहार।
    ३//
    यो कस्तो राजनीति ?
    नैतिकता र इमानदारिता
    देख्नै पाइन्न सितिमिति ।
    ४//
    राजनीति भयो बेहाल
    मालामाल छ नेताहरूलाई
    देश हुँदैछ कङ्गाल ।
    ५//
    कुर्सीका लागि खिँचातानी
    रमाउँछौँ झोले बनेर
    हामी धेरै भाग्यमानी ।
    ✍️
    ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची।
    ————-==———–
    १//
    राजनीतिमा हुने जालझेल
    भनाइ अनि गराइको
    कहिले नहुने मेल ।
    २//
    लगाउने ठूलो नारा
    सबै नेता मन्त्रीको
    देखियो उस्तै पारा ।
    ✍️
    रुना कर्माचार्य दाहाल ,चितवन
    ————-==———–
    राजनीतिमा छैन गतिविधि
    भ्रष्टाचार बढेको जताततै
    सत्तामा छैनन् गुणनीधि ।
    ✍️
    भगवती दवाडी
    ————-==———–
    १//
    राजनितिमा हुन्छ झेल
    सबैले सोच्छन् सधैँ
    यसलाई फोहोरी खेल ।
    २//
    पाइन्छ घृणा धेर
    पाइन्छ अपहेलना मात्रै
    गर्दैनन् सम्मान हेर ।
    ३//
    जनताले दुःख पाउँछ
    सही मार्ग भाषणमा
    यथार्थमा अन्धकार बनाउँछ ।
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा, नेपाल
    ————-==———–
    १//
    राजनीतिले खेलाउॅंछ खेल
    छिर्के लाग्दै, लगाउॅंदै
    खोजिन्छ बेमेलभित्र मेल ।
    २//
    झुण्डको झन्डा बोकेपछि
    आँखा टालिन्छ गुनको
    देशको झन्डा बिर्सेपछि ।
    ✍️
    म्यामराज राई, भोजपुर
    ————-==———–
    राजनीति बाउसे बुरुक्क
    सदाबहार पन्ध्र असारको
    चुनाव आयो झुलुक्क ।
    ✍️
    ममता पौडेल
    बुढीगङ्गा -२ , मोरङ
    ————-==———–
    १//
    राजनीतिमा निष्ठा हरायो
    नेताका कर्तुत देखेर
    आदर्श उसै डरायो ।
    २//
    भ्रष्टाचारीहरूको बढ्यो शान
    सज्जन कोही भए
    हुन्छ उसको अपमान ।
    ३//
    भाषण गर्छन् चर्कोचर्को
    जनता सारा भोकानाङ्गा
    पिछ्लग्गुहरूको छ लर्को ।
    ✍️
    जयनारायण नेपाल
    इलाम हाल सूर्यविनायक २
    बालकोट भक्तपुर ।
    ————-==———–
    १//
    सच्चा देशभक्त वीर
    विकास हुन्छ देशको
    नेता भए धीर ।
    २//
    राज्यको सञ्चालनको विधि
    राजनीतिमा हुन्छ तर
    भयो कमाउने निधि ।
    ३//
    दलाल जन्माउने यन्त्र
    बेच्छन् युवा खाडीमा
    नेतालाई आयो गणतन्त्र ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    ————-==———–
    १//
    पगरी नेता पदकाे
    कामकुराे सबैकाे व्यापार
    तैपनि ठूलाे कदकाे ।
    २//
    कुचालमा राजा फालिएको
    सिद्धान्तहीन भयो राजनीति
    कसैकाे अनुग्रहमा पालिएकाे ।
    ३//
    देशकाे स्थिति खस्केको
    माैलायाे विकार, विकृति
    झुटो आश्वासन पस्केकाे ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ————-==———–
    १//
    फितलो बुँदा बोकेर
    समातेर हिँड्छन् झन्डा
    ज्यान तराजुमा जोखेर ।
    २//
    राजनीति गरेर नथाक्ने
    हामी बन्यौँ मूर्ख
    अब कहिले जाक्ने ।
    ✍️
    बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    ————-==———–
    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on विशेष झिल्का लेखन अभियानको १८औँ शृङ्खला ( राजनीति विषयक) सम्पन्न

    विशेष झिल्का लेखन अभियानको १७औँ शृङ्खला ( रक्तदान विषयक) सम्पन्न

  • १ असार २०८१, शुक्रबार १९:४५ मा प्रकाशित
  • झिल्का लेखन अभियानको १७ औँ शृङ्खला (रक्तदान विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    [१]
    १//
    पुण्यको कर्म महान
    जिन्दगी बचाउन कसैको
    गरौँ नित्य रक्तदान ।
    २//
    मान्नुहुँदैन कुनै डर
    भइन्नँ कमजोर, रोगी
    बन्छ रक्त निरन्तर ।
    ३//
    आँखाबाट आँसु नझरून्
    पाऊन् पीडितले रक्त
    अभावले कोही नमरून् !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ————-==———–
    [२]
    १//
    रक्तदान महादान गरौँ
    बिरामीलाई बचाई अब
    स्वर्गको बाटो तरौँ ।
    २//
    डर किन लिने ?
    मर्न लागेको बिरामी
    बचाउन रगत दिने ।
    ३//
    रक्तदान पुण्यको काम
    गर्नु कर्तव्य हाम्रो
    रहनेछ असल नाम ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ————-==———–
    [३]
    रत्तदान सबैले गरौँ
    सबैभन्दा ठूलो धर्म
    गर्न पछि नपरौँ ।
    ✍️
    कला ढकाल झापा
    ————-==———–
    [४]
    १//
    मैले बिन्ती गर्दछु
    पुण्य मिल्छ जानेर
    रक्तदान गराैँ भन्दछु ।
    २//
    नराखी कुनै अभिमान
    साेचेर हित अरूको
    मासिक गराैँ रक्तदान ।
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    ————-==———–
    [५]
    १//
    रक्तदानले जीवन बचाउँछ
    पुण्य मिल्दछ सत्कर्मले
    रगतले जीवन पाउँछ ।
    २//
    रक्तदान कार्य महान
    आनन्द मिल्दछ मनमा
    रोगीले पाउँछ जीवनदान ।
    ✍️
    भाेलामान बर्देवा
    धरान ८ सुनसरि
    ————-==———–
    [६]
    १//
    काम गरौँ महान
    सबैजना एकजुट भई
    गरेर अमूल्य रक्तदान ।
    २//
    दिउँ आलो रगत
    बाँच्न सकोस् आरामले
    हेर्दै संसार जगत ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ————-==———–
    [७]
    १//
    मान्छे हुन्छ महान
    सघाउन अप्ठ्यारोमा परेकालाई
    सबैले गरौँ रक्तदान ।
    ✍️
    शंकर कार्की, मकवानपुर ।
    ————-==———–
    [८]
    १//
    रक्तदान जीवनकै दान
    पुण्य मिल्छ ठूलो
    कमजोरीको हुँदैन भान ।
    २//
    रगत हुन्छ रातो
    दान गर्दा उत्तम
    यसैमा छ सातो ।
    ✍️
    दीपा गुरुङ्ग (समभाव)
    खोटाङ्ग
    ————-==———–
    [९]
    १//
    रक्तदानले जीवन बाँच्छ
    मनमा शान्ति लिई
    निरोगी भएर नाँच्छ ।
    २//
    थोपा रगत भए
    बिरामी उपचार छैन
    गरिबी धेरै सहे ।
    ✍️
    अम्विका अधिकारी
    झापा बिर्तामोड
    ————-==———–
    [१०]
    खुसी बाँडेर जिऔँ
    हामीले रक्तदान गरेर
    कसैको घाउ सिऔँ ।
    ✍️
    पृथक प्रकृति
    ————-==———–
    [११]
    १//
    सेवा ठूलो धर्म
    गरौँ रक्तदान खुसीले
    बुझौँ सबैको मर्म ।
    २//
    नहोस् अभाव रगतको
    रक्त संकलन केन्द्रमा
    भलो होस् जगतको ।
    ३//
    सक्छौ बन्न जीवनदाता
    गरेर रगतको दान
    खोलौँ पुण्यको खाता ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    ————-==———–
    [१२]
    १//
    रक्तदान नै जीवनदान
    गराैँ सहयोग सबैले
    कसैलाई नहाेस् भान ।
    २//
    राताे रगत हुन्छ
    सहयोग गरियाे भने
    मानिसको मन छुन्छ ।
    ३//
    रक्तदानकाे बानी बसालाैँ
    सबैलाई काम लाग्ने
    ठाउँमा रगत खसालाैँ !
    ✍️
    रबि पाैडेल, दक्षिण भारत पाण्डेचरि
    ————-==———–
    [१३]
    १//
    भविष्य हुन्छ साकार
    रक्तदान काम राम्राे
    जीवनले लिन्छ आकार ।
    २//
    गर्नुपर्छ यस्ताे धर्म
    हुन्छ पुनर्जन्म जनको
    बुझ्नुपर्छ मानवीय मर्म ।
    ३//
    रक्तदान ठूलाे कर्म
    अभावमा दिनु सबै
    हुँदैन मान्नु सर्म ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    ————-==———–
    [१४]
    सके गरौँ रक्तदान
    मानवधर्म हो ठूलो
    यहीँ हुनेछ सान ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ————-==———–
    [१५]
    १//
    गराैँ सबैले रक्तदान
    सबैले बुझेर राखाैँ
    मान्छे हुन्छ महान ।
    २//
    यहीँ सबैकाे सान
    मानव सेवा गरेँ
    हुँदैन दुःखकाे भान ।
    ✍️
    केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारतबाट ।
    ————-==———–
    [१६]
    सकेसम्म गर्नुस् रक्तदान
    हजुरको सानो सहयोगले
    बाँच्नेछ कसैको ज्यान !
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    ————-==———–
    [१७]
    १//
    गराेैँ सहर्ष रक्तदान
    बुझेर सबैकाे मर्मलाई
    काम हुन्छ महान ।
    २//
    जीवनकाे गति बुझेर
    बचाउनु पर्छ बिरामी
    अमूल्य रक्तदान गरेर ।
    ✍️
    श्रीबहादुर केसी शैलुङ्गे
    भक्तपुर
    ————-==———–
    [१८]
    १//
    रक्तदान महान धर्म
    अरूको ज्यान बचाउँदै
    सुधारौँ आफ्नो कर्म ।
    २//
    थोपा थोपा रगतको
    महत्व हुन्छ रोगीलाई
    कल्याण हुन्छ जगतको !
    ३//
    आवश्यकतामा रक्तदान गरेर
    हुन्छ उपचार रोगीको
    जाँदैन कोही मरेर ।
    ✍️
    मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा।
    ————-==———–
    [१९]
    १//
    हामीले गरौँ रक्तदान
    भनिन्छ जीवनदान हो
    दानीलाई गरौँ सम्मान ।
    २//
    रहौँ सजग पनि
    बेच्न नपाओस् रक्त
    बन्नलाई कोही धनी ।
    ३//
    दिउँ आवश्यक मानिसलाई
    नि:शुल्क सहयोग हामीले
    गर्नुपर्छ मानवता जगाई ।
    ✍️
    सुरेशकुमार पाण्डे, दाङ घोराही १८
    ————-==———–
    [२०]
    १//
    काम पवित्र महान
    देशले सम्झिने गरी
    मान्छेले गरून् रक्तदान ।
    २//
    सबैले बुझौँ मर्म
    जिन्दगीको हरेक क्षणमा
    सेवा ठूलो धर्म ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ————-==———–
    [२१]
    १//
    मानवीय पुण्यकर्म ठान
    मानिसको जीवन बचाउने
    उत्तम महादान रक्तदान !
    २//
    अपार दानको महिमा
    रक्तदानमा स्थापित भए
    बढ्छ मानवीय गरिमा ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ————-==———–
    [२२]
    गरौँ मिली रक्तदान
    भगवानको रुप बनी
    हुन्छौँ अनि महान ।
    ✍️
    गंगाराम यादव
    औरावनी २ सुनसरी
    ————-==———–
    [२३]
    १//
    जीवदान हो रगत
    निरन्तर गरौँ सेवा
    विश्वासमा चल्छ जगत ।
    २//
    छैन अरू कुनै
    रगतको दानभन्दा उत्तम
    गर दान जुनै ।
    ३//
    अर्काे छैन जीवनदान
    हुन्छ धर्म ठूलाे
    रक्तदान कार्य महान ।
    ✍️
    ईश्वर साउद
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ————-==———–
    [२४]
    १//
    पुण्यको कर्म रक्तदान
    मानवताको भावना रहोस्
    सामाजिक सेवा महान ।
    २//
    रक्तदानभन्दा ठूलो दान
    अरू छैन केही
    पुण्य अनि महान ।
    ३//
    दिनुपर्छ समयमा अवदान
    रक्तदान अमूल्य मानवमा
    समय रहेछ बलवान ।
    ✍️
    दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ
    ————-==———–
    [२५]
    १//
    रक्तदान महान काम
    सबैले रक्तदान गरौँ
    रक्तसंचार नडराई जाम ।
    २//
    रक्तदान रेडक्रसमा गई
    महिला पुरुष सबैले
    रक्तदानमा सहभागी भई ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    ————-==———–
    [२६]
    जसले गर्छ रक्तदान
    सहयोग नै मानवताको
    त्यो हो महान ।
    ✍️
    प्रेम थापा “मन”, बागलुङ
    ————-==———–
    [२७]
    १//
    धर्मकर्म हो महान
    बाँचौ अनि बचाऊ
    दिएर थोपा रक्तदान ।
    २//
    थोपा थोपा रगतको
    महादान सँधै विश्वलाई
    खाँचो हुन्छ मद्दतको ।
    ३//
    गाउँ, सहर जागौँ
    मान्छेमा चेतना जगाउँदै
    पुण्य कर्मतिर लागौँ ।
    ✍️
    राजनारायण राई
    राजदल बस्ती सोनादह
    ————-==———–
    [२८]
    सबैले गरौँ रक्तदान
    स्वस्थ राखौँ शरीरलाई
    पाइन्छ सबैको सम्मान ।
    ✍️
    धड्कन जैशी, अछाम
    ————-==———–
    [२९]
    १//
    सुन्दर कार्य रक्तदान
    ठूलो काम संसारकै
    कर्म पुण्य महान ।
    २//
    गरौँ सबैले रक्तदान
    सधैँलाई जीवित बन्ने
    नाम उच्च सम्मान ।
    ✍️
    कमल प्रसाद बगाले रेग्मी
    वालिङ्ग बजार स्याङ्जा गण्डकी प्रदेश
    ————-==———–
    [३०]
    १//
    मिलेर सहयोग गरौँ
    काम गर तिमी
    यसको परिभाषा भरौँ ।
    २//
    रङ्ग लागेको सपना
    कति ठूलो मन
    कहिले होला थपना
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ————-==———–
    [३१]
    १//
    रक्तदान दिने कर्म
    दुविधामा नपरी गरौँ
    यही मानव धर्म ।
    २//
    रक्तदानमा अघि सरौँ
    थोरै भए पनि
    हजुर मानवसेवा गरौँ ।
    ३//
    रक्तदान हो महादान
    ज्यान बचाए कसैकाे
    पाइन्छ ठूलो सम्मान ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ————-==———–
    [३२]
    १//
    हामीले गरेमा रक्तदान
    पलाउॅंछ रगत अझै
    यसबाट हु्न्न नोक्सान ।
    २//
    रक्तदान हो जीवनदान
    पुण्यकर्म यही भन्दै
    चलाऊॅं सबैले अभियान ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ————-==———–
    [३३]
    १//
    हामी मानव महान
    बुझेर मर्म सबैको
    गरौँ सबैले रक्तदान ।
    २//
    पुनर्जीवन पाउनेछ
    एक थोपा रगतले
    ओठमा खुसी छाउनेछ ।
    ३//
    गरेर ठूलो धर्म
    रक्तदान गरौँ साथी
    बुझेर सबको मर्म ।
    ✍️
    वेल थोकर तामाङ
    मकवानपुर ,बकैया_८//बस्तिपुर
    ————-==———–
    [३४]
    मानव हामी समान
    मर्नु नपरोस् अकालमा
    गरौँ सबैले रक्तदान ।
    ✍️
    सरिता सेढाई धादिङ
    ————-==———–
    [३५]
    दिएमा हामीले रगत
    ज्यान बच्छ बिरामीको
    निरोगी हुन्छ जगत ।
    ✍️
    बाबुराम पाण्डे
    ————-==———–
    [३६]
    १//
    कसैको बाँच्छ ज्यान
    आउनुहोस् गरौँ सबैले
    मिलेर यहाँ रक्तदान ।
    २//
    बुझौँ सबैको मर्म
    रक्तदान गर्नु पनि
    हो हाम्रो धर्म ।
    ३//
    हाँस्दै गाउँदै रमाऔँ
    सबैलाई सहयोग गरेर
    हामी पुण्य कामाऔँ ।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    ————-==———–
    [३७]
    १//
    सबै गरौँ रक्तदान
    हुन्छ काम पुण्यको
    मिल्छ है मानसम्मान ।
    २//
    कोही छैन पराइ
    रगत सबको एक
    हातमा हात समाई ।
    ✍️
    धनमाया चौधरी, कैलाली
    ————-==———–
    [३८]
    १//
    त्यही हुनेछ महान
    जीवन दिन्छ अरूलाई
    गरेर रगतको दान ।
    २//
    एक पोका रगतले
    जीवित रहे कोही
    जयकार गर्छ जगतले ।
    ३//
    पाउँदा कतै अवसर
    रक्तदान गरौँ सबैले
    आशिर्वाद पाउँछौँ जीवनभर ।
    ✍️
    नन्दा धामी
    नौगड, दार्चुला
    ————-==———–
    [३९]
    १//
    राम्रो उत्कृष्ट कर्म
    रक्तदान मानवजातिको निम्ति
    पुण्य अनि धर्म ।
    २//
    दिएर घट्दैन कहिले
    रगत हाम्रो शरीरको
    गरौँ पुण्य पहिले ।
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    ————-==———–
    [४०]
    १//
    कर्मले बनौँ महान
    अमूल्य जीवन हाम्रो
    गरौँ स्वस्फूर्त रक्तदान ।
    २//
    बुझेर बिरामीको मर्म
    रक्तदान गरेमा सधैँ
    हुनेछ पुण्य, धर्म ।
    ३//
    मृत्युको मुखबाट बचाओैँ
    रक्तदान धर्म ठानी
    बिरामीको परिवार हसाँओैँ ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ————-==———–
    [४१]
    १//
    रक्तदान जीवनदान
    ज्यान बचाऔ अरूको
    गरी कर्म महान ।
    २//
    सकुन्जेल गरौँ रक्तदान
    धर्म एक बुझी
    रहोस् सुकर्मको भान ।
    ✍️
    तोया नाथ चापागाईं
    दमक,झापा
    ————-==———–
    [४२]
    गरौँ सबैले रक्तदान
    जीवन बन्दछ अजम्मरी
    सत्कर्म सधैँ जान ।
    ✍️
    तेजप्रसाद खनाल, लमही,दाङ।
    ————-==———–
    [४३]
    बाँच्छ कसैले ज्यान
    मनमा सङ्कोच नलिई
    सबैले गरौँ रक्तदान ।
    ✍️
    प्रविना प्रयासी
    ओखलढुङ्गा
    ————-==———–
    [४४]
    १//
    एउटै रगतको मानव
    रक्तदानको भागीदार बनौँ
    हटाई मनको दानव ।
    २//
    सत्कर्मको काम गरौँ
    मानवताको ह्रदय बोकी
    सुबिचारले आफूलाई भरौँ ।
    ✍️
    बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    ————-==———–
    [४५]
    मानव मन टल्कियोस्
    रक्तदान गरेर सधैँ
    सेवा गर्न पल्कियोस् ।
    ✍️
    पशपती राई, खोटाङ ।
    ————-==———–
    [४६]
    १//
    नगरौँ कहिल्यै धुम्रपान
    राखेर जीवन निरोगी
    गरौँ सबैले रक्तदान !
    २//
    एकदिन सबैले मर्नुछ
    कर्म सम्झेर मानवताको
    खुसीले रक्तदान गर्नुछ ।
    ३//
    बचाऔँ आफू बाँचेर
    क्षणभङ्गुर छ जीन्दगी
    केही जादैन साँचेर ।
    ✍️
    ऋजु दिल्पाली, ईटहरी १ सुनसरी
    ————-==———–
    [४७]
    १//
    रक्तदान कार्य महान
    जोगाए ज्यान कसैको
    पाइन्छ जीवनभर सम्मान ।
    २//
    गरौँ सबैलाई मद्दत
    सकिँदैन दिएर कहिले
    हाम्रो शरीरको रगत ।
    ३//
    रक्तदान सबैले गरौँ
    असल कर्म ठानी
    हामी अघि सरौँ ।
    ✍️
    रुना कर्माचार्य दाहाल, चितवन
    ————-==———–
    [४८]
    १//
    गरौँ सबैले रक्तदान
    जिताउन मुखबाट मृत्युको
    पाउनेछ उसले जीवनदान ।
    २//
    स्वच्छ पानी पिएर
    महान कार्य गरौँ
    रगतलाई दान दिएर ।
    ३//
    मर्नेछौँ सबै एकदिन
    छैनन् अजम्बरी कोही
    सेवा गरौँ हरदिन ।
    ✍️
    दीप गोले तामाङ
    चन्द्रपुर-१, रौतहट
    ————-==———–
    [४९]
    १//
    गरेको राम्रो रक्तदान
    दु:खमा सहयोग गर्ने
    व्यक्ति सबै महान ।
    २//
    एकथाेपा रगत भए
    मानवको बन्छ महान
    सेवा गर्दै गए ।
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    ————-==———–
    [५०]
    १//
    रक्तदान सबैले गरौँ
    एकअर्काको सेवा गर्न
    सधैँ अगाडि सरौँ ।
    २//
    रक्तदान ठूलो धर्म
    बचाउन ज्यान अर्काको
    गरौँ राम्रो कर्म ।
    ३//
    रगत नपाएर जहाँ
    कतिका ज्यान जान्छ
    रक्तदान गरौँ यहाँ ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ————-==———–
    [५१]
    १//
    बाँच्न चाहिने रगत
    रक्तदान धर्म ठूलो
    बचाउँछाै हामी जगत ।
    २//
    धन भुटेकाे खाजा
    रक्तदान गर्न नडराओैँ
    जीवनदान ठूलाे राजा ।
    ३//
    रक्तदान पुण्यकाे बाटाे
    पाउछ बिरामी बेलैमा
    बेतुक धनसम्पत्तिकाे साटाे ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८, काेटमाैला सल्यान
    ————-==———–
    [५२]
    बाँच्छ बिरामीको ज्यान
    मनमा सङ्कोच नलिई
    सबैले गरौँ रक्तदान ।
    ✍️
    प्रविना प्रयासी
    ओखलढुङ्गा
    ————-==———–
    [५३]
    १//
    सबै सहयोगी बनौँ
    रक्तदान जीवनदान हो
    सबैलाई यही भनौँ ।
    २//
    रक्तदान सबैले गरौँ
    पीडामा पीडा साटेर
    एकअर्कामा खुसी भरौँ ।
    ३//
    आफ्नो नहुँदा धन
    सहयोगी भावना भएको
    होओस् हाम्रो मन ।
    ✍️
    ललिता गिरी सिन्धुली
    हाल काठमाडौं 🇳🇵
    ————-==———–
    [५४]
    १//
    रक्तदान जीवनमा महादान
    गरिबको सेवामा लागौँ
    रक्तदान सबैको सम्मान ।
    २//
    रक्तदान नै जीवनदान
    मानवको ठूलो धर्म
    रक्तदान हो महान ।
    ✍️
    बेदु न्यौपाने
    ————-==———–
    [५५]
    १//
    सबैको गरौँ सम्मान
    जीवन बचाउन कसैको
    ठूलो सेवा रक्तदान ।
    २//
    जिन्दगीको सागर तर्नलाई
    दुनियाँको हुन्छ ईच्छा
    आऊ केही गर्नलाई ।
    ३//
    शुद्ध खाऊ खानपान
    कसैको सेवा सम्झी
    खुसीले गरौँ रक्तदान ।
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    ————-==———–
    [५६]
    १//
    रक्तदान हो महादान
    सङ्कलन केन्द्रमा जाऔँ
    चलाएर बृहत् अभियान l
    २//
    बाँच्छ कसैको ज्यान
    मानवता जताउँदै गरौँ
    निसङ्कोच भएर रक्तदान l
    ३//
    रक्तदानले असर गर्दैन
    परमर्म बुझ्ने मान्छे
    मरेर पनि मर्दैन l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ————-==———–
    [५७]
    १//
    रक्तदान गर्ने महान
    दिन्छन् जीवन जसले
    उसको हुन्छ मान ।
    २//
    नयाँ जीवन पाएर
    खुसी हुँदै उसले
    रक्तदान गाथा गाएर ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    ————-==———–
    [५८]
    दम्भले सत्कर्म छुँदैन
    अकस्मात् परिन्छ बिरामी
    रक्तदानमा हट्नु हुँदैन ।
    ✍️
    लोक वहादुर छेत्री लामिछाने
    मोदी गा पा २देउपुर पर्वत्
    ————-==———–
    [५९]
    १//
    रक्तदान भन्छन् जीवनदान
    गर्छ रक्तदान जसले
    पाउँछ उसले सम्मान ।
    २//
    रक्तदान महान दान
    हुँदा कमी रगतको
    दुखी हुन्छ ज्यान ।
    ३//
    रगत जीवनको धन
    चल्दछ रगतको भरमा
    हाम्रो मुटुको धड्कन ।
    ४//
    चल्दैन जीवनको गति
    कमी हुँदा रगतको
    पुर्‍याउँछ जीवनकै क्षति ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मतातीर्थ
    ————-==———–
    [६०]
    १//
    ठूलो दान रक्तदान
    कर्म गरौँ पुण्यको
    भइन्छ हेर महान ।
    २//
    जीवन बाँच्छ कर्मले
    उद्धार मनले दिउँ
    बुझाउँछ मानव धर्मले ।
    ✍️
    हन्नाह छेत्री
    ————-==———–
    [६१]
    १//
    धर्म हाे रक्तदान
    गर्नुपर्छ अरूलाई नि
    भलाइ हुने जीवनदान ।
    २//
    पाएर पनि फगतमा
    मरिलानु के छ
    रक्तदान गर जगतमा ।
    ३//
    शिर, पाउ, काया
    सबैतिर सर्छ रगत
    नभए हुन्न माया ।
    ✍️
    मनुहाङ किराँती साेलु
    ————-==———–
    [६२]
    १//
    गराैँ सबैले रक्तदान
    गरेर नित्य मानवसेवा
    पाओैँ धेरै सम्मान ।
    २//
    हटाओैँ दु:ख मानवकाे
    असल काम गरेर
    छाैडाैँ व्यवहार दानवकाे ।
    ३//
    थाेपा रगतले कसैलाई
    ज्यान बचाउन सक्छ
    आह्वान गराैँ सबैलाई ।
    ✍️
    रामप्रसाद पुरी, बादेल,खाेटाङ ।
    ————-==———–
    [६३]
    १//
    मानवधर्म यो निभाऔँ
    ज्यान बच्छ कसैको
    रक्तदान गर्न जाऔँ ।
    २//
    विचार राखौँ महान
    जिन्दगी बचाउन लागौँ
    गरौँ सबैले रक्तदान ।
    ✍️
    अनिता कार्की
    पाँचथर
    ————-==———–
    [६४]
    १//
    बनाैँ हामी दानी
    चार महिना पुगेपछि
    गरौँ रक्तदान जानी ।
    २//
    रक्तदान सबैले गराैँ
    अरूकाे ज्यान बचाएर
    मनमा खुसी भराैँ ।
    ३//
    तेइसाैँ पटक दिएँ
    रगत दिँदा मज्जा
    मैले भरपुर लिएँ ।
    ✍️
    भवानी पाेखरेल (बाबू विराज)
    कपिलवस्तु जीतपुर
    ————-==———–
    [६५]
    १//
    मठमन्दिर धाउनु पर्दैन
    गरेमा रक्तदान जीवनमा
    हाम्रो योगदान मर्दैन ।
    २//
    देखाउन लेखाउन नखोज
    पुण्य कमाउनुपर्छ हामीले
    मानवता बाहेक नरोज ।
    ३//
    जीवनमा धर्मकर्म गर्नैपर्छ
    संसार केवल नाट्यशाला
    भवसागर हामीले तर्नैपर्छ ।
    ✍️
    घनश्याम पन्त
    हरिवन सर्लाही
    ————-==———–
    [६६]
    १//
    सकिँदैन रगत दिएर
    केवल बन्छ आहारविहारले
    जाँदैन शरीर खिएर ।
    २//
    रक्तदानले हुन्छ जीवनदान
    बाँच्छ अर्को भने
    दिन सङ्कोच नमान ।
    ३//
    सृष्टिका अनमोल रत्न
    अकस्मात् पर्छन् पीडामा
    उठाउन गरौँ प्रयत्न ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    ————-==———–
    [६७]
    १//
    बचाउँ मानवले मानव
    मित्र सम्झी सबै
    बसाउँ सुन्दर भव ।
    २//
    गराैँ रक्तदान सबले
    आपसमा हामी मिलेर
    सेवा गर्नु तनमनले।
    ✍️
    हरिगाेपाल न्हुन्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार ।
    ————-==———–
    [६८]
    १//
    ठूलो कर्म जीवनदान
    मर्न आँटेकालाई बचाउने
    त्यत्तिकै ठूलो रक्तदान ।
    २//
    दानलाई स्थिरता चाहिन्छ
    निस्वार्थ कर्म गरे
    सुफल अवश्य पाइन्छ ।
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    ————-==———–
    [६९]
    १//
    जीवनको सुरक्षा गर्छ
    राखेर सहयोगी भावना
    हामीले रक्तदान गर्नुपर्छ ।
    २//
    खुसीमा मन रुँदैन
    रक्तदान धर्म हो
    यसमा भेद हुँदैन ।
    ३//
    कसैको जीवन बचाउन
    तुच्छ वचन पनि
    हामीले सक्नुपर्छ पचाउन ।
    ✍️
    लक्ष्मण देउवा डोटी
    हाल भारत
    ————-==———–
    [७०]
    १//
    मनुष्य चोला उपहार
    नसोचौँ कुभलो कसैको
    सहयोग ठूलो उपकार ।
    २//
    बाँच्दछ प्राणी रगतले
    अरूको जीवन बचाउँदा
    पुज्दछ सारा जगतले ।
    ३//
    रगतको मूल्य अमूल्य
    रक्तदान गरे अरूलाई
    जीवन बन्छ मातृतुल्य ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    ————-==———–
    [७१]
    रक्तदान नै जीवनदान
    चालाैँ अभियान सबैले
    धर्म मिल्छ महान ।
    ✍️
    काेपिला अधिकारी
    सिरानचाेक -७ गाेरखा
    ————-==———–
    [७२]
    १//
    पुण्यका लागि दान
    सबैले महत्त्व बुझाैँ
    उत्तम हो रक्तदान ।
    २//
    गरेर असल कर्म
    रक्तदान जीवनदान जानी
    कमाउँ मिलेर धर्म ।
    ३//
    मिल्नेछ मीठो मेवा
    नियमित रक्तदान गरी
    गर्नुछ मान्छेको सेवा ।
    ✍️
    जयनारायण नेपाल
    ————-==———–
    [७३]
    निरन्तर रक्तदान गरौँ
    स्वस्थ व्यक्ति सबैले
    पीडितमा खुसी छरौँ ।
    ✍️
    पुष्पा राई
    ऐसेलुखर्क, खोटाङ ।
    ————-==———–
    [७४]
    १//
    अकालमा जाँदैन ज्यान
    प्रष्ट पाएमा हामीले
    चाहिने जति रक्तदान ।
    २//
    दुखीको दुःख हरौँ
    पुण्य कार्य मानिन्छ
    रक्तदान गर्ने गरौँ ।
    ३//
    सेवा नै धर्म
    पुण्य मिल्छ सधैँ
    गरे राम्रो कर्म ।
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा, नेपाल

    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on विशेष झिल्का लेखन अभियानको १७औँ शृङ्खला ( रक्तदान विषयक) सम्पन्न

    विशेष झिल्का लेखन अभियानको १६औँ शृङ्खला ( बाबुआमा विषयक) सम्पन्न

  • २५ जेष्ठ २०८१, शुक्रबार २२:२९ मा प्रकाशित
  • झिल्का लेखन अभियानको १६ औँ शृङ्खला (बाबुआमा विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    [१]
    १//
    रहन्छ हरकुराको सामा
    सन्तानका खातिर सदैव
    भगवान् हुन् बाबुआमा !
    २//
    काटेर आफ्नो गाँस
    पेट भर्छन् सन्तानको
    मारेर सधैँ भोकप्यास !
    ३//
    हरठाउँ ईश्वरको सामा
    स्वर्गमा देवराज इन्द्र
    धर्तीमा छन् बाबुआमा !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ————-==———–
    [२]
    यिनै हाम्रा संसार
    जन्माएर हुर्काउने बढाउने
    जीवनमा नमानिकन हार !
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ————-==———–
    [३]
    १//
    हुर्काउनुहुन्छ दु:ख गरी
    भाेकाे नराखी गर्नुहुन्छ
    काम मरी मरी !
    २//
    कठिन दु:ख गरेर
    बाबा पढाउनुहुन्छ हामीलाई
    स्कुलको फी भरेर !
    ३//
    आमाबाबु भगवान्का रूप
    नबनाउँ कसैले पनि
    जलाई नैवेद्य धूप !
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि ।
    ————-==———–
    [४]
    १//
    पूजनीय पिता माता
    धर्तीमा पाइला टेकाउने
    हामी सबका विधाता !
    २//
    जतिसुकै गरोस् हङ्गामा
    बदला लिँदैनन् कहिल्यै
    सन्तति माथि बाबुआमा !
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ————-==———–
    [५]
    नभुलाैँ कहिल्यै सुसंस्कार
    बाआमाकाे महानता भुल्दै
    गर्नु हुन्न तिरस्कार ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी, धादिङ
    ————-==———–
    [६]
    १//
    भगवान् जस्तै बाबुआमा
    सन्तानको पीर बोकी
    कहिल्यै नथाक्ने पीडामा !
    २//
    आफू नखाई खुवाउने
    सन्तानप्रतिको अगाध माया
    सधैँ श्रमले नुहाउने !
    ३//
    प्रेमको निशानी सन्तान
    हुर्किन्छ झन बढ्दै
    समयको गति बलवान !
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ————-==———–
    [७]
    १//
    लगाउन दिई जामा
    जन्माई हुर्काइ बढाउने
    भगवान् हुन् बाबुआमा !
    २//
    दिनुपर्छ हामीले साथ
    अशक्त भएको बेला
    राखेर पाउमा माथ !
    ३//
    सबै मिल्नेछ खोजेमा
    शक्तिमा हुँदा आफू
    तर मिल्दैन बुवाआमा !
    ✍️
    दुर्गा भट्टराई
    मोरङ
    ————-==———–
    [८]
    आमा, बाबा हाम्रा
    तारा दुई आँखाको
    धेरै प्यारा राम्रा !
    ✍️
    कमल प्रसाद बगाले रेग्मी
    वालिङ्ग बजार स्याङ्जा
    ————-==———–
    [९]
    आमाबाबा भन्दा ठूलो
    कुनै भगवान् हुन्नन्
    सन्तान पाउको धुलो !
    ✍️
    विवश पारदर्शी
    झापा
    ————-==———–
    [१०]
    १//
    देश नबनी हुँदैन
    बाआमा पाल्ने कुरा
    करकापमा परी हैन ।
    २//
    हटाउन यो सामन्तवादलाई
    शोषणबाट मुक्त गराऔँ
    सम्पूर्ण हाम्रा बाआमालाई !
    ३//
    लागे सहिदहरू अतितबाट
    व्यर्थ भए प्रयासहरू
    रेमिट्यान्सै चाहियो विदेशबाट !
    ✍️
    लोक वहादुर छेत्री लामिछाने
    मोदी गा पा २ देउपुर, कल्याणठाना, पर्वत
    ————-==———–
    [११]
    १//
    आफ्नो संस्कार भुलेर
    हिँड्नु हुँदैन कहिल्यै
    नराम्रो काममा डुलेर !
    २//
    बाआमालाई माया गर
    सन्तानलाई सहारा भनी
    परेका हुन्छन् भर !
    ३//
    आफ्नो सन्तानको लागि
    आफू भोकै बसेर
    बरु खुवाउँछन् मागी !
    ✍️
    ललिता गिरी
    सिन्धुली, हाल काठमाडौँ 🇳🇵
    ————-==———–
    [१२]
    जन्माउने हुर्काउने राम्रा
    जन्मदाता महान् छन्
    जिउँदा भगवान् हाम्रा !
    ✍️
    आर्त अकुलीन
    ————-==———–
    [१३]
    १//
    भविष्य सन्तानको उज्यालो
    आफूलाई रित्याउने विधाता
    वृद्धवृद्धाको पन्यालो तुवालो !
    २//
    वृद्धाश्रमले मन चुँडिन्छ
    सन्तानको खुसीको डोकोले
    अन्धकारमय भविष्य किन्छ ।
    ३//
    जीवनमा सबैको पालो
    आमाबुवा सन्तान सुख
    जीवनचक्र घाउ आलो !
    ✍️
    ममता पौडेल
    बुढीगङ्गा -२ , मोरङ
    ————-==———–
    [१४]
    १//
    बाबाआमा ईश्वरको रुप
    छोराछोरीले स्याहार बुढेसकालमा
    छोराछोरी हुर्काउँछन् खुब !
    २//
    मेहनत कर्म बाबाको
    भोको नाङ्गो हेरेर
    हरेक स्याहार आमाको !
    ३//
    बाबाआमा ईश्वरको बरदान
    कसैले वृद्धाश्रम नपुर्‍याउँ
    घरमै गर्नुपर्छ सम्मान !
    ✍️
    बेदु न्यौपाने
    ————-==———–
    [१५]
    म जान्दिनँ धेरै
    यत्ति जान्दछु आमाबाबु
    भगवान् हुन् मेरै !
    ✍️
    लक्ष्मी रिजाल
    रूपनगर, सप्तरी
    ————-==———–
    [१६]
    १//
    नजाऔँ ईश्वर खोज्न
    हुनुहुन्छ भने बुबाआमा
    अरू पर्दैन रोज्न !
    २//
    सुखको हुन्न फारो
    बुबाआमा नहुनेको घर
    सदा हुन्छ अँध्यारो !
    ३//
    बुबाआमा हुन् ईश्वर
    यिनैको भरमा पर्दा
    बिग्रन्न कहिल्यै घर !
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ————-==———–
    [१७]
    १//
    सम्मानका हुन् हकदार
    जन्माएर हुर्काउने ती
    बाबाआमाप्रति छ प्यार !
    २//
    आशिर्वाद दिएर हात
    ठूलो मान्छे बनाइदियौ
    लागेर हाम्रो साथसाथ !
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ————-==———–
    [१८]
    १//
    जन्माएर हामीलाई धरामा
    सबभन्दा ठूला भगवान्
    सादर प्रणाम बाबुआमा !
    २//
    पाईँदैन कतै खोजेर
    बाबुआमा साथमा भएपछि
    खान लाउन रोजेर !
    ३//
    सबै तारतम्य मिलाउने
    बाबुआमाले खोजमेल गरेर
    चाहिने कुरा दिलाउने !
    ✍️
    गुणनिधि घिमिरे, अमेरिका
    ————-==———–
    [१९]
    १//
    दुःख कहिल्यै गएन
    गरिबको आवाज सुन्ने
    आज कोही भएन ।
    २//
    सधैँ दोषारोपण गरेका
    कुर्सीमोहमा छन् यिनीहरू
    एकअर्कामा हुन्छन् लडेका ।
    ३//
    छलफल सधैँ चर्को
    एकता नहुने रहेछ
    लाग्न थाल्यो झर्को ।
    ✍️
    कला ढकाल, झापा
    ————-==———–
    [२०]
    आमाबुबा छन् महान
    सदा पुण्य कमाऔँ
    गरेर गरिबलाई दान !
    ✍️
    श्रीबहादुर केसी शैलुङ्गे
    ————-==———–
    [२१]
    १//
    अनेकन् कष्ट गरी
    जन्माए, हुर्काए, पढाए
    हुन् भगवान् सरी !
    २//
    हाम्रालागि धाए चारधाम
    साथमै राख बाआमा
    नगर लखेट्ने काम !
    ३//
    सधैँ पटुकी कसेर
    सन्तानको पेट भर्ने
    आफू भोकै बसेर !
    ✍️
    साबित्री प्याकुरेल, धादिङ्ग
    ————-==———–
    [२२]
    १//
    केही पाइन्न मन्दिरमा
    बाआमा खुसी रहुन्
    केही चाहिन्न शिरमा ।
    २ //
    नखानु अन्न कुहाएर
    यसैबाट बन्छ मदिरा
    नराख्नु बाआमा रुवाएर ।
    ३//
    मौका हेर्छन् पर्खिन्छन्
    वृद्ध बाआमासँग बेकारमा
    मदिरा खाएर झर्किन्छन् ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    ————-==———–
    [२३]
    १//
    सबैभन्दा छन् राम्रा
    जिउँदा भगवान् हुन्
    बाबुआमा दुवै हाम्रा ।
    २//
    मिलोस् शितल छाया
    बाबुआमा दुवैको सवैलाई
    नटुटोस् कहिल्यै माया !
    ३//
    हेलाँ नगर्नु कहिल्यै
    वृद्ध भएका बाबुआमालाई
    सेवा पुर्याउनु जहिल्यै ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ, भारत।
    ————-==———–
    [२४]
    १//
    जून अनि घाम
    बुबाआमा हुन् मेरा
    जिउँदो देवता चारधाम ।
    २//
    मायाममताको शुद्ध खानी
    बुबाआमा नै हुन्
    मेरा सारा जिन्दगानी ।
    ३//
    सोच्दैनन् कहिले नराम्रो
    प्राणप्यारो हुन्छन् सधैँ
    बुबाआमा नै हाम्रो ।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    ————-==———–
    [२५]
    १//
    आमाबुबा हुन् भगवान
    सबै दैवले दिएकाे
    गाैरवशाली हाम्रो सान !
    २//
    दैवकाे प्रसाद बाआमा
    हुन् अमुल्य सम्पत्ति
    जिवनकाे गतिलो खामा ।
    ३//
    पुजेर हिँड्छु सधैँ
    मेरा जिउँदा भगवान्
    ठानेर बाआमा अझै ।
    ✍️
    ईश्वर साउद
    रामारोशन गाउँपालिका ६ सुदेरपश्चिम अछाम
    ————-==———–
    [२६]
    १//
    आमाबाबु हाम्रो भगवान
    खपेर कष्ट लाखौँ
    बनाए हामीलाई जवान !
    २//
    छाओस् सुखशान्ति दिनमा
    आमाबाबुलाई लागुन् निद
    नपारौँ कसैले ऋणमा ।
    ३//
    नहोस् बरु धन
    रहोस् परिवार हाँसीखुसी
    नदुखाई आमाबाबुको मन ।
    ✍️
    मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा।
    ————-==———–
    [२७]
    १//
    बाबुआमा ईश्वरका रुप
    ठोस खान सक्दैनन्
    बनाएर देऊ सुप ।
    २//
    बाबुआमालाई साथ देऊ
    बुढेसकालमा सेवा गर
    उनको आशिर्वाद लेऊ ।
    ३//
    बाँचुन्जेल गर सेवा
    मृत्युपछि केही पर्दैन
    दान दिनलाई मेवा !
    ✍️
    देव कृष्ण काफ्ले
    पोखरा १कास्की
    ————-==———–
    [२८]
    १//
    पाइन्छ अटुट माया
    महत्त्वपूर्ण अङ्ग पनि
    जिउँदै बनेर पाया ।
    २//
    बुबाआमा आशिर्वादको खानी
    सन्तानको लागि बरदान
    केवल स्वर्ग जिन्दगानी ।
    ३//
    छोराछोरीको लागि हारेर
    प्रफुल्ल हुनुहुने बुबाआमा
    आफ्नो इच्छा मारेर ।
    ✍️
    पृथक प्रकृति, झापा
    ————-==———–
    [२९]
    १//
    झेलेर अनेकन् धामा
    सन्तानको भलो चाहने
    साक्षात् ईश्वर बाबुआमा l
    २//
    सारा इच्छा मारेर
    सन्तानलाई जिताउने होडमा
    बस्छन् आफूले हारेर l
    ३//
    शीलवती भएमा रामा
    घर बन्दछ अमरावती
    खुसी रहन्छन् बाबुआमा l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ————-==———–
    [३०]
    १//
    बाआमाको सम्मान गर्न
    सबैले जान्नुको कुरा
    छोडिन्न पाउ पर्न ।
    २//
    जिउँदा देवी भनेर
    सधैँ चिनिन्छन् बाआमा
    बस्छु भक्त बनेर !
    ३//
    नदिनु दुःखमा पर्न
    ख्याल गरौ बाचुन्जेल
    अकालमा नपार्नु मर्न ।
    ✍️
    लक्ष्मण देउवा डोटी
    हाल भारत 🇳🇵
    ————-==———–
    [३१]
    १//
    आमाकाे न्यानाे काख
    बाबाकाे साथ गुनिलाे
    बिर्साउछ घमाइलाे बैशाख !
    २//
    बाबाआमाकाे चोखो मायामा
    भविष्य सदा फक्रन्छ
    उहाँहरूकै शितल छायामा !
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगाबजा।
    ————-==———–
    [३२]
    १//
    सृष्टिकर्ता हुन् आमा
    प्रकृति चाहिँ बाउ
    नाता प्याराे मामा !
    २//
    माया भयाे मुखले
    बुढाे हुँदा हेला
    बाँच्ने कति दुखले !
    ✍️
    जि.बि.चिन्तन
    ————-==———–
    [३३]
    १//
    जिन्दगीको संसार देखाउने
    आमा बाबु हुन्
    प्रेमिल नाम लेखाउने ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    ————-==———–
    [३४]
    १//
    सधैँ दु:खकष्ट गरी
    पालनपोषण गर्ने आमाबाबु
    भगवान् हुन् सधैँभरि !
    २//
    आमाबाबु पहिलो गुरू
    ज्ञान, बुद्धि सिकाउन
    गरे उनैले सुरू !
    ३//
    कहाँ पाइन्छ खाेजेर
    आमाबाबुलाई घृणा नगर्नु
    कहिल्यै पाइन्न राेजेर !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ————-==———–
    [३५]
    दुःख पोल्टामा राखेर
    राख्दछ्न् बाबुआमाले सुखमा
    छोराछोरीलाई देवीदेवता भाकेर !
    ✍️
    प्रमिला प्याकुरेल, विराटनगर -५
    ————-==———–
    [३६]
    १//
    आमाबाबु मेरा भगवान्
    साथ सहयोग दिने
    मेरा लागि महान् !
    २//
    मिलिरहोस् आमाबुबाको साथ
    सधैँभरि सुन्न पाउँ
    उनका मिठामिठा बात !
    ३//
    सबैलाई मिलाेस् छाया
    जिन्दगीमा मिलिरहाेस आमाबुबाको
    सधैँ न्यानो माया !
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    ————-==———–
    [३७]
    १//
    जन्माए, हुर्काए, बढाए
    सन्तानलाई बाबु आमाले
    सत्मार्गकाे ज्ञान सिकाए !
    २//
    जान्दै बुझ्दै गएपछि
    बिर्सिन्छन् आफ्नै सन्तानले
    स्वार्थ पूरा भएपछि
    ३//
    बाबुआमा मिल्दैनन् खाेजेर
    सामान जस्तै किन्नलाई
    बजारमा पाईँदैन राेजेर !
    ✍️
    सुन्दरी घिमिरे खतिवडा
    सङ्खुवासभा
    ————-==———–
    [३८]
    बाबुआमा भगवान् समान
    सुन्दर संसार देखाउने
    उनै हुन् जान !
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    ————-==———–
    [३९]
    १//
    आमाबा हुन् देवता
    कहिले रुन नपरोस्
    कहदै आफ्नो व्यथा !
    २//
    अरूको लाख चाहिँदैन
    आमाको काख भए
    कुनै विलाप गाइँदैन ।
    ३//
    दुःखै सही मुस्कुराउने
    सन्तानको खुसीको लागि
    सत्मार्गमा हिड्न सिकाउने ।
    ✍️
    धनमाया चौधरी, कैलाली
    ————-==———–
    [४०]
    १//
    आमाबाबा हाम्रा भगवान्
    तिरस्कार नगर्नु कसैले
    गर्नु भगवान्झैँ सम्मान् ।
    २//
    यस धर्तीमा टेकाउने
    आमाबाबुले नै हुन्
    सारा संसार देखाउने !
    ३//
    गर्व गर्छु मातापिता
    धन्य भए आज
    साथमा पुज्छु गीता ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    ————-==———–
    [४१]
    आमाबाबु पाइँदैन खोजेर
    आशीर्वाद हुन्छ ईश्वरको
    नखोज तिमी रोजेर ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ————-==———–
    [४२]
    १//
    यहाँ बाबाआमा जस्तो
    छैन अर्को भगवान्
    खोजी हिँड्छौ कस्तो ?
    २//
    बाबा र आमा
    भेट्न सक्दिनँ कहिल्यै
    फाट्दा धेरै जामा !
    ✍️
    दीपा समभाव
    खोटाङ्ग
    ————-==———–
    [४३]
    १//
    हाम्रो बाबुआमा भनेको
    हृदयको पाटो हुन्
    ईश्वर बनी बसेको ।
    २//
    जिवन हुन्छ शुरू
    घरै भयो पाठशाला
    बाबुआमा हुन् गुरु !
    ✍️
    राजनारायण राई
    राजदल बस्ती सोनादह
    ————-==———–
    [४४]
    १//
    बाबुआमाले हुर्काए बढाए
    दश नङ्ग्रा खियाएर
    हामीलाई लेखाए पढाए !
    ✍️
    बि.कुलुङ
    ————-==———–
    [४५]
    १//
    आमाबाबा नै राज्य
    गर्छु सदैव श्रद्धा
    उनीहरू हाम्रो साम्राज्य ।
    २//
    जीवन मेरो अधुरो
    आमाबाबा बितेर गएपछि
    सम्झेको छु अपुरो ।
    ३//
    महानता देखे मातापितामा
    सम्झे अविभावकमा ईश्वरीय
    दुख्दैछ जलेको चितामा ।
    ✍️
    दिल ठकुरी, दार्जिलिङ
    ————-==———–
    [४६]
    १//
    सम्झन्छु बुट्टे जामा
    मायाले ल्याइदिन्थे
    मेरो प्यारो बुबाआमा !
    २//
    सन्तानको खुसी खोजेर
    सम्झौता गर्थे कठै
    दुःखको बाटो रोजेर ।
    ३//
    बच्चाकै सपना देख्थे
    रातोदिन एक गरी
    उनकै भविष्य लेख्थे ।
    ✍️
    पुष्पा राई, बादेल, खोटाङ।
    ————-==———–
    [४७]
    १//
    असिनाले पार्यो राँजो
    पीडा कसलाई सुनाउँ ?
    निष्प्राण छ रैपाँजो l
    २//
    विकट गाउँमा बस्छु
    खेतीपाती मुख्य पेसा
    माटोमै नङ्ग्रा धस्छु l
    ३//
    पाइदैनन् कतै निमेकी
    अर्मपर्म गरौँ भने
    बसाइँ सरे छिमेकी !
    ✍️
    बाबुराम गौतम
    गुल्मी

    ————-==———–
    [४८]
    १//
    ज्यानदिन्छन् सन्ततिका लागि
    आफू भोकभोकै बसेर
    खुवाउछन् बरु मागी ।
    २//
    जान पर्दैन मन्दिर
    बाआमा खुसी हुँदा
    ह्ट्दछ सारा पीर !
    ३//
    नेपालीपन यो नभुलौँ
    समय खेर फाल्दै
    अरूको लहैलहैमा नडुलौँ !
    ४//
    सबैभन्दा छन् राम्रा
    जिउँदा भगवान् हुन्
    आमाबाबा नै हाम्रा !
    ५//
    पुज्ने गरौँ अब
    मन्दिर नगई घरमा
    बाआमा छन् जब ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ
    ————-==———–
    [४९]
    १//
    जन्माउन हुर्काउन धामा
    सँधै खुसी चाहने
    भगवान् हुन् बाबुआमा ।
    २//
    सहेर अनेकाैँ कष्ट
    हेर्न चाहन्छन् बाबुआमा
    सन्तान नहाेस् पथभ्रष्ट।
    ✍️
    काेपिला अधिकारी
    सिरानचाेक – ७, गाेरखा
    ————-==———–
    [५०]
    १//
    बाबुआमा भगवान तुल्य
    आफ्नो कर्तव्य सम्झी
    तिर्नपर्छ सबले मूल्य !
    २//
    बाबुआमा घरको बलो
    बुढेसकालमा हेला गरे
    हुन्न त्यसको भलो !
    ३//
    गर्नुपर्छ बाबुआमाको सेवा
    गरेमा असल काम
    बल्ल मिल्दछ मेवा ।
    ✍️
    जयनारायण नेपाल
    इलाम ,हाल सूर्यविनायक २ बालकोट ,भक्तपुर
    ————-==———–
    [५१]
    १//
    आमाबाको छ छत्रछाया
    सुरक्षीत त्यो कवच
    कतै नपाएको माया !
    २//
    कालो टीकाले जोगाए
    कुदृष्टि पर्नै दिएनन्
    सन्तानको जिन्दगी सजाए ।
    ३//
    गाली नै ज्ञान
    आमाबाको प्रसाद सम्झनू
    त्यसैले गर्नु सम्मान !
    ✍️
    राजेश्वरी राजोपाध्याय
    ललितपुर
    ————-==———–
    [५२]
    बाबाआमा हुन् भगवान्
    आदर सत्कार गरौँ
    बन्न सदैव महान् ।
    ✍️ बाल कृष्ण श्रेष्ठ,
    सोलुखुम्बु
    ————-==———–
    [५३]
    १//
    लागेन निद्रा रातमा
    रेखदेख गर्दा उनैको
    छैनन् सन्तान साथमा !
    २//
    ढुङ्गाका देउता नखोजौँ
    बाबुआमाको मन दुखाई
    नर्कको बाटो नरोजौँ ।
    ३//
    कोखाकाे घाउ छोराछोरी
    अपार माया दिएर
    हुर्काउँछन् कसर नछोडी !
    ✍️
    पद्मा काश्यप पाण्डे
    मोरङ
    ————-==———–
    [५४]
    १//
    बस्छु बाबुआमाको साथमा
    सोध्ने गर्छु बारम्बार
    कस्तो छ गाथमा ?
    २//
    बाबुआमा साक्षात् भगवान
    दिनुहुन्छ सल्लाह अप्ठेरो
    कहिल्यै गर्नुहुन्न अपमान ।
    ३//
    नबनून सन्तान कपुत
    चाहनुहुन्छ मेरा बाबुआमा
    बनून् राष्ट्रकै सपुत !
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ हाल चनपा६ मातातीर्थ।
    ————-==———–
    [५५]
    बाबाआमा हाम्रा भगवान
    ख्याल राख उनको
    नगरौँ कसैले अपमान !
    ✍️
    सरिता सेढाई, धादिङ
    ————-==———–
    [५६]
    १//
    दुःख कहिले नदेखाउने
    सन्तानको हुन् भगवान्
    हाँसेर खुसी बनाउने !
    २//
    आमाबाबु हाम्रा छहारी
    प्रेरणा दिन्छन् सधैँ
    जीवन जिउँछौँ नहारी !
    ✍️
    सविता भट्टराई, जनकपुर
    ————-==———–
    [५७]
    १//
    अरूभन्दा नि राम्रा
    जिउँदा भगवान हुन्
    बाबाआमा त हाम्रा ।
    २//
    सेवा सधैँ गर
    बुढेसकालको सहारा भनी
    परेका छन् भर ।
    ✍️
    कला ढकाल, झापा
    ————-==———–
    [५८]
    आमाबाबा सन्सार उनै
    उनीहरू विनाको जीवन
    देख्दिनँ खास कुनै !
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ————-==———–
    [५९]
    १//
    आमाबाबु आउँदैनन् फेरि
    जतिसक्दो गरौँ सेवा
    अहिले यहीँ हुँदाखेरि ।
    २//
    वरिपरि दुखले घेर्दा
    मुसुक्क हाँस्थिन् आमा
    सन्तानको मुख हेर्दा ।
    ३//
    मातापिता भगवानको रुप
    सक्छौ घिउभात खुवाऊ
    कोइलालाई किन धुप ?
    ✍️
    पशपती राई, खोटाङ
    ————-==———–
    [६०]
    १//
    आमाबुबा साथी मानेको
    देवतासमान हुन् छोराछोरीका
    संसारमै महान ठानेको ।
    २//
    पीरमा केही नदिने
    छोराछोरीलाई नख्वाई आफूले
    खाना नभए नलिने ।
    ✍️
    भगवती दवाडी
    ————-==———–
    [६१]
    बाबुआमाको न्यानो काख
    भए पुग्छ मलाई
    चाहिँदैन सम्पत्ति लाख ।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ,भारत।
    ————-==———–
    [६२]
    १//
    स्नेह प्रेममा आमाबाबाका
    डुब्न नजानेर मान्छे
    हिसाब ब्याज साँवाका ।
    २//
    जिउँदा देवता छोडी
    मन्दिर जान्छन् किन ?
    यथार्थसँग मुख मोडी ।
    ३//
    ममता, सुरक्षा काख
    पागल ! बिर्सेर चटक्कै
    पितृलाई बत्ती लाख ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    ————-==———–
    [६३]
    १//
    आमाबुबाको छहारी पाई
    हामी रमेका हुन्छौँ
    नाना चाचा लगाई ।
    २//
    आफ्नो पेट कटाई
    हामीलाई दिन्छन् सुख
    पसिनाको धारो बगाई !
    ३//
    हामी नयनको नानी
    अगाडि बढाउँछन् बाबाआमाले
    पुर्‍याउन खोज्दैनन् हानी !
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक, पर्सा, नेपाल

    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on विशेष झिल्का लेखन अभियानको १६औँ शृङ्खला ( बाबुआमा विषयक) सम्पन्न

    विशेष झिल्का लेखन अभियानको १५ औँ शृङ्खला ( धूम्रपान विषयक) सम्पन्न

  • १९ जेष्ठ २०८१, शनिबार १३:५२ मा प्रकाशित
  • २०८१ जेठ १८ / झिल्का लेखन अभियानको १५ औँ शृङ्खला (धूम्रपान विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    [१]
    १//
    तानिरहे चुरोटको सर्को
    हुन्छ स्वास्थ्यमा हानी
    भुक्तान पर्नसक्छ चर्को !
    २//
    सबैभन्दा अमूल्य ज्यान
    ख्याल नगरी बिगार्दैछौँ
    नियमित गरेर धूम्रपान !
    ३//
    देखाउँदा बेकारमा सान
    जिन्दगी पर्छ धरापमा
    असमयमै जान्छ ज्यान !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ————-==———–
    [२]
    १//
    बस्छौ चुरोट तानेर
    स्वास्थ्यलाई गर्छ हानी
    नगर्नु गल्ती जानेर !
    २//
    स्वस्थ रहे जीवन
    चुरोट तान्न नपाए
    मेरो मान्दैन मन !
    ३//
    अमृत जस्तै ठानेर
    चोकमा शान देखाउँछन्
    चट्ट चुरोट तानेर !
    ✍️
    लक्ष्मण देउवा डोटी
    हाल भारत🇳🇵
    ————-==———–
    [३]
    हुनैपर्छ सबैमा ज्ञान
    नपिउँ कहिल्यै कसैले
    ज्यान लिने धूम्रपान !
    ✍️
    प्रेम थापा “मन”
    बागलुङ
    ————-==———–
    [४]
    भएन गतिलो मति
    सानले गर्दछौ धूम्रपान
    रोकिएला मुटुको गति !
    ✍️
    ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी
    ————-==———–
    [५]
    १//
    धूम्रपानलाई गरौँ हेला
    स्वास्थ्य बिगार्छ यसले
    जीवन राेगकाे फेला !
    २//
    नतान्नुस् कसैले सर्काे
    उडाउँदा धुवाँले पनि
    असर पर्छ अर्को !
    ३//
    गराैँ जीवनकाे ख्याल
    धूम्रपान सेवन गरी
    नपाराैँ फाेक्साेमा प्वाल !
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि
    ————-==———–
    [६]
    १//
    सबैले लिनुपर्छ ज्ञान
    असल साथीभाइ बनाउन
    नगर्नू कहिल्यै धूम्रपान !
    २//
    देश खोक्रो बनायो
    धूम्रपान पिए जस्तै
    सारा सपना जलायो !
    ३//
    जिन्दगीलाई नगर्नु हेला
    धुवाँले उडाउँछ हरर
    रोगको परिन्छ फेला !
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ————-==———–
    [७]
    १//
    जिन्दगी धुवाँमा नउडाऊ
    स्वस्थ जीवन बाँच्नलाई
    निरोगी गाडीमा गुडाऊ !
    २//
    लत बसेपछि छुट्दैन
    लम्पसार परेपछि जिन्दगी
    उठाउन खोज्दा उठ्दैन ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ————-==———–
    [८]
    १//
    ठूलो समस्या भएको
    धूम्रपान गर्दा हेर
    अकालमा ज्यान गएको !
    २//
    जनचेतना चाडै फैलाऊ
    अकालमा जाला ज्यान
    सबैमा सचेतना जगाऊ ।
    ✍️
    कला ढकाल
    झापा
    ————-==———–
    [९]
    १//
    चुरोट खैनी खानी
    स्वास्थ्यमा हानी गर्ने
    राम्रो होइन बानी !
    २//
    धूम्रपान मद्यपान छोड
    जिउन जीवन निरोगी
    कुलतबाट पाइला मोड !
    ✍️
    विवश पारदर्शी
    झापा
    ————-==———–
    [१०]
    १//
    छिट्टै पुगिन्छ श्मशान
    जीवन मिल्दैन घरिघरि
    नगर विषाक्त धूम्रपान !
    २//
    फोक्सो कलेजो सकिएला
    लाचार बेकामे भएर
    उमेरमै थला परिएला !
    ✍️
    निर्मल शर्मा
    पेदोङ भारत
    ————-==———–
    [११]
    १//
    मेटिन्न अङ्गमा दाग
    रहिरहन्छ पहिलेकै असर
    धुम्रपानले पार्छ खाग !
    २//
    स्वास्थ्य खाने बाघ
    चर्छ यो तनभरिमा
    बनौँ धूम्रपानबाट अलग !
    ३//
    नसा देखेर डराउँ
    धूम्रपान हो मृत्यु
    शरीर निरोगी गराउँ !
    ✍️
    लोक वहादुर छेत्री लामिछाने
    मोदी गा.पा.वडा नं २ देउपुर पर्वत्
    ————-==———–
    [१२]
    १//
    ओठको शान छुसी
    पहिलो रोजाई सबैको
    बस्छ पकेटमा घुसी !
    २//
    स्वर्णीम पलको खुसी
    सर्कोमा आफ्नै जीवन
    परिवारमा पलाउँछ ढुसी !
    ३//
    प्राणपखेरु लान्छ लुसी
    फोक्सोलाई तीर हानी
    कुलत भरियो झुसी !
    ✍️
    ममता पौडेल
    बुढीगङ्गा -२, मोरङ
    ————-==———–
    [१३]
    १//
    स्वास्थ्य बिग्रँदै जान्छ
    चारदिन रमाइलो होला
    अकालमा ज्यान जान्छ !
    २//
    छोड धूम्रपान मद्यपान
    सबैमा सन्देश पुगोस्
    आखिरमा लिन्छ ज्यान !
    ✍️
    कमल प्रसाद बगाले रेग्मी
    वालिङ्ग बजार स्याङ्जा
    ————-==———–
    [१४]
    १//
    तान्नुभन्दा ठेल्नु जाति
    कुलत नत्यागेमा चाहिँ
    असमयमै पुगिन्छ माथि !
    ३//
    भकाभक मान्छे मरेका
    सतअसतको बाटो बिर्सी
    पचाएर ध्रुमपान गरेका !
    ३//
    धूम्रपान सबैले त्यागौँ
    अमूल्य जीवन सम्झेर
    कुलतबाट टाढै भागौँ ।
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    ————-==———–
    [१६]
    १//
    खाएमा सुर्तीजन्य पदार्थ
    निम्तिन्छ काल छिटो
    निरोगी भइन्न किमार्थ !
    २//
    चुरोटको धुवाँको सर्को
    तानेमा निरन्तर हेर
    लाग्दछ रोगको लर्को !
    ✍️
    बेदु न्यौपाने
    ————-==———–
    [१७]
    १//
    धूम्रपान मन्द जहर
    स्वास्थ्य पर्नसक्छ जोखिममा
    स्वास्थ्यविद्को यही ठहर !
    २//
    धूम्रपान सेवन गर्दा
    श्वासप्रश्वासमा पर्छ असर
    सोहीमा इच्छाशक्ति भर्दा !
    ३//
    सकेसम्म बहिष्कार गरौँ
    धुवाँले सकस पार्छ
    यही सन्देश छरौँ ।
    ✍️
    पृथक प्रकृति
    झापा
    ————-==———–
    [१८]
    १//
    दिँदै हिँड्ने सान
    देखिन्छ गल्ती गरेको
    गरेर धेरैले धूम्रपान !
    २//
    नगर्नु कसैले धूम्रपान
    जोगिने धन आफ्नो
    सुरक्षित हुन्छ ज्यान !
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    ————-==———–
    [१९]
    सबैलाई सम्झेर आएँ
    धूम्रपान त्याग गरौँ
    सचेतना नारा लगाएँ ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ————-==———–
    [२०]
    १//
    कुलतमा कहिल्यै नपरौँ
    आत्मादेखि नै सोचेर
    धूम्रपान कसैले नगरौँ ।
    ✍️
    इमान सिंह के.सि.
    ब्यास ९ धनुबेसी,कलेस्ति,तनहुँ
    ————-==———–
    [२१]
    १//
    लागेपछि धूम्रपानको लत
    जीवनले साथ छोड्ला
    छोड्न सकिन्छ हतपत !
    २//
    बिग्रेपछि मान्छेको मति
    जानेरै रोज्छन् धूम्रपान
    स्वास्थ्यलाई गर्नेगर्छ खति !
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ
    ————-==———–
    [२२]
    १//
    धूम्रपान सेवन नगराैँ
    अकालमा ज्यान फालेर
    कहिले पनि नमराैँ।
    २//
    चुराेट जसले खान्छ
    त्यही मान्छेलाई नै
    कालले छिट्टै लान्छ ।
    ३//
    रक्सी चुराेट खान्न
    बाचा गर आजै
    भन भट्टीमा जान्न ।
    ✍️
    भवानी पाेखरेल( बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु
    ————-==———–
    [२३]
    १//
    खान्छौँ खैनी सुर्ती
    हामी यस्तै पाराको
    देखाइदिन्छौँ लौ फुर्ती !
    २//
    नगर्नु भन्छन् धूम्रपान
    यत्रो तागत यसको
    छुट्टै बनाउँछ सान !
    ३//
    धूम्रपान सेवन गरेर
    फोक्सोमा असर देखायो
    अब गइन्छ मरेर !
    ✍️
    ललिता गिरी सिन्धुली
    हाल काठमाडौं🇳🇵
    ————-==———–
    [२४]
    १//
    धूम्रपान कसैले नगरौँ
    यसबाट हुने नोक्सानी
    औँल्याउँदै चेतना छरौँ l
    २//
    नफसौँ कुलतमा जानाजान
    बेलैमाथि होस नराखे
    अकालमै पुर्‍याउछ श्मशान !
    ३//
    मेटाउन भनेर तलतल
    धूम्रपान त्याग्न नसके
    आयु छोटिन्छ पलपल !
    ✍️
    बाबुराम गौतम
    गुल्मी
    ————-==———–
    [२५]
    १//
    स्वास्थ्य अमूल्य धन
    व्यर्थमा खेर नफालौँ
    गरी सुर्तीको सेवन !
    २//
    नगरौँ कसैले धुम्रपान
    सुर्तीको सेवन गरी
    नफालौंँ अकालमा ज्यान !
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ————-==———–
    [२६]
    १//
    अम्मल खराब बानी
    त्यागी सधैँ धूम्रपान
    बन्नुपर्छ असल ज्ञानी !
    २//
    जीवन हुन्छ कहर
    जब पिउँछ मान्छे
    कालकुटरूपी विषालु जहर !
    ३//
    धूम्रपान सबले त्यागाैँ
    ज्ञानगुनले भरिपूर्ण भई
    प्रगति मार्गमा लागाैँ ।
    ✍️
    जयनारायण नेपाल
    इलाम ,हाल सूर्यविनायक २
    वालकोट ,भक्तपुर ।)
    ————-==———–
    [२७]
    लागौँ धुम्रपानको विरुद्ध
    शरीर स्वस्थ राखौँ
    खानपान होओस् शुद्ध !
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ————-==———–
    [२८]
    १//
    नगरौँ कसैले धूम्रपान
    धूम्रपान मद्यपान गरेपछि
    अकालमा जान्छ ज्यान !
    २//
    धूम्रपान नराम्रो बानी
    बिडी, खैनी, चुराेट
    खाएपछि स्वास्थ्यमा हानी !
    ३//
    राम्रो बाटो जाेड्नु
    फालौँ नराम्रो बानी
    सधैँ हामीले छाेड्नु !
    ✍️
    श्रीकृष्ण धामी
    बझाङ
    ————-==———–
    [२९]
    १//
    धूम्रपानले बेफाइदा सबैलाई
    हुन्छ चिज नोक्सानको
    प्रयोग नगरौँ भाइ !
    २//
    सुर्तीजन्य पदार्थ चिज
    शरीरको दुश्मन हो
    क्यान्सरको हुन्छ बिज !
    ३//
    पुग्छ फोक्सोमा धुवाँ
    शरीरलाई दाउँमा लगाई
    नखनौँ गहिरो कुवाँ !
    ✍️
    सुरेशकुमार पाण्डे
    घोराही १८
    ————-==———–
    [३०]
    धूम्रपानले गर्छ हानी
    अन्धकार बनाउँछ है
    शरीर हुनेछ खरानी !
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ————-==———–
    [३१]
    १//
    सधैँ बेहोस बनेर
    चामल छैन घरमा
    भट्टीमा दियौ गनेर !
    २//
    फाट्यो हेर चोली
    टार्छौ छैन भनेर
    भन्छौ ल्याउँछु भोलि !
    ✍️
    सञ्जना शर्मा
    ————-==———–
    [३२]
    छुदै नछुनु धूम्रपान
    हुनेछ स्वास्थ्यको लागि
    हानीकारक भनेर जान !
    ✍️
    बिके मुखिया
    दार्जीलिङ,भारत।
    ————-==———–
    [३३]
    लगाएर धूम्रपान लागत
    ज्यान जानसक्छ है
    कमजोर हुन्छ तागत !
    ✍️
    गंगाराम यादव
    औरावनी २ सुनसरी
    ————-==———–
    [३४]
    १//
    उपरखुट्टे लाएर सान
    दिनेहरूको छैन कमी
    जोखिममा पारेर ज्यान !
    २//
    मुटु, कलेजो खान्छ
    खोक्रो आडम्बर देखाउँदा
    अकालमा ज्यान जान्छ ।
    ३//
    धूम्रपान बहिष्कार गरौँ
    फैलाऔँ सही सन्देश
    देशकै निम्ति मरौँ !
    ✍️
    धनमाया चौधरी
    कैलाली
    ————-==———–
    [३५]
    १//
    सानो गल्ती ठान्छन्
    ग्याङ्ग बनाउँछन् चोकतिर
    अनि चुरोट तान्छन् ।
    २//
    चुरोटको बसेपछि लत
    खराब गर्छ फोक्सोमा
    जाँदैन यसको खत !
    ३//
    आफू स्वस्थ हुन
    सधैँ धूम्रपानबाट बचौँ
    जीवनभर पर्दैन रुन !
    ✍️
    ललिता गिरी
    सिन्धुली, हाल काठमाडौं🇳🇵
    ————-==———–
    [३६]
    १//
    धूम्रपानको सेवन गर्दा
    घरमा अशान्ति हुन्छ
    झैँझगडामा अघि सर्दा !
    २//
    सम्पत्तिको नास गर्छ
    विकृति फैलाउँछ धूम्रपानले
    जनचेतना फैलाउन पर्छ।
    ३//
    राम्रो हैन धूम्रपान
    अटेर गरी खाएमा
    अकालैमा जान्छ ज्यान !
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ, भारत।
    ————-==———–
    [३७]
    १//
    चुरोट सेवन नगरौँ
    स्वस्थ बनाई शरीर
    जीवनमा उर्जा भरौँ ।
    २//
    धूम्रपान मनैबाट त्यागौँ
    खुसी हुन्छन् परिवार
    कुलतबाट टाढै भागौँ ।
    ३//
    फुर्तिलो हुन्छ तन
    रोगले छिटो नछुँदा
    बचत हुन्छ धन !
    ✍️
    सुस्मिता अधिकारी
    काठमाडौँ
    ————-==———–
    [३८]
    १//
    हुँदैन कुलतमा फस्नु
    सुखी जीवन जिएर
    स्वस्थ भएर बस्नु ।
    २//
    बाँडौ सबैलाई ज्ञान
    धूम्रपान गर्नुहुन्न कदापि
    जानसक्छ है ज्यान !
    ३//
    धूम्रपानको बानी बसेपछि
    गाह्रो हुन्छ छोड्नलाई
    कुलतमा हामी फसेपछि !
    ✍️
    अनिता भण्डारी
    ताप्लेजुङ
    ————-==———–
    [३९]
    १//
    पुर्‍याउँ सबैले ध्यान
    धूम्रपान धेरै गरेमा
    लिन्छ यसले ज्यान !
    २//
    पिएर चुरोट सुर्ती
    हानिकारक छ स्वास्थ्यमा
    नलगाउँ धेरै फुर्ती !
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    ————-==———–
    [४०]
    १//
    लागेपछि धूम्रपानको लत
    नियन्त्रण गर्न नसक्दा
    दिलाउँछ जीउमा खत !
    २//
    जानीजानी हानी नगरौँ
    बल्लबल्ल पाएकाे जुनी
    अकालमा कोही नमरौँ ।
    ३//
    खाएर चुराेट बिँडी
    विवेक पुर्‍याऔँ बेलैमा
    नलगाऔँ काललाई सिढीँ !
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    ————-==———–
    [४१]
    १//
    लागेपछि चुरोटको लत
    बरु घरबार छोड्ला
    छोड्न सकिन्न हतपत !
    २//
    हतपत नगर्नु धूम्रपान
    भनेको मान बाबुहरू
    नत्र लिन्छ ज्यान !
    ✍️
    दुर्गा भट्टराई
    मोरङ
    ————-==———–
    [४२]
    १//
    धूम्रपानले क्यान्सर हुन्छ
    प्राणघातक चिज नखाउँ
    खाएमा रोगले छुन्छ ।
    २//
    धूम्रपानले पेट भरिन्न
    प्राणघातक क्यान्सर नलागोस्
    नखाएर भुतुक्क मरिन्न ।
    ३//
    गुट्खा, पराग, सुर्ती
    धूम्रपान मुखमा च्यापेर
    नदेखाउनु कसैले फुर्ती !
    ✍️
    चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    ————-==———–
    [४३]
    १//
    गर्दछ धूम्रपानले हानी
    थाहा पाइकन् हामीले
    किन लिनु जानाजानी !
    २//
    कुलत हो धूम्रपान
    यसको लतमा पर्दा
    अकालमा जान्छ ज्यान !
    ३//
    छोड्ने प्रण गरौँ
    कुलत हो भनेर
    समाजमा सचेतना छरौँ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालःअमेरिका,बोस्टन।
    ————-==———–
    [४४]
    १//
    लाग्दछ रोग प्राणघातक
    धूम्रपानबाट टाढा रहनु
    सचेत हुनुपर्छ जातक !
    २//
    धूम्रपान निषेध गरेर
    जागरुक बनौँ समाजमा
    अकालमा कोही नमरेर !
    ३//
    धूम्रपान नराम्रो बानी
    मृत्युको मुखैमा नपरौँ
    सेवन गरी जानाजानी !
    ✍️
    मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा।
    ————-==———–
    [४५]
    १//
    धूम्रपान राेगकाे खानी
    सकिन्छ पाउन छुट्कारा
    हटाउँ खराब बानी !
    २//
    धूम्रपानकाे नसा चर्काे
    बेलैमा ध्यान जाओस्
    विकल्प छैन अर्काे ।
    ✍️
    काेपिला अधिकारी
    सिरानचाेक-७, गाेरखा
    ————-==———–
    [४६]
    १//
    चुरोट रक्सी नखाऊँ
    पैसा बचाउन सकिन्छ
    रोगबाट आफूलाई बचाऊँ ।
    २//
    राज्यले कर बढाउँछ
    सुर्ती र मद्यपानको
    यहीँ मन पराउँछ ।
    ३//
    फोक्सो, मुखको क्यान्सर
    फैलिने हुन्छ सम्भावना
    जिन्दगी बन्दछ जर्जर !
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    ————-==———–
    [४७]
    १//
    धूम्रपानको धुवाँदार नशा
    युवकत्व प्रदशर्नको लत
    जिन्दगीको बर्बादि दशा !
    २//
    पचाउन सक्दैन शरीरले
    खाइन्छ वास्ता नगरेरै
    भन्छन् तानेको पिरले।
    ३//
    बट्टामै तस्बिर देखाएर
    हानीकारक भनिएकै हो
    जान्छन् हस्पिटल लेखाएर !
    ४//
    आँखाहरू दुवै अन्धा
    बुझ पचाएर ओइरो
    बनाउँछन् त्यही धन्दा !
    ✍️
    घनश्याम पन्त
    हरिवन सर्लाही
    ————-==———–
    [४८]
    नगरौँ साथी धूम्रपान
    रहरसँगै लौ लहैलहैमा
    लिन्छ यसले ज्यान !
    ✍️
    बाल कृष्ण श्रेष्ठ
    सोलुखुम्बु
    ————-==———–
    [४९]
    १//
    आनन्द एक सर्काेले
    रमाउन नखाेज साथी
    छाेपिएला मुख बर्काेले !
    २//
    फाेक्साे क्यान्सरले फुट्छ
    राेग सन्चाे बनाउनलाई
    पैसा कहाँबाट जुट्छ ।
    ३//
    सानैदेखि नगर धूम्रपान
    स्वास्थ्य धन हाम्राे
    सामजमा बिक्दैन सान !
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८,काेटमाैला, सल्यान
    ————-==———–
    [५०]
    १//
    धूम्रपान अब त्यागेर
    स्वस्थ जीवन बनौँ ।
    मर्नु अघि जागेर ।
    २//
    ज्यान खाने धूम्रपान
    सचेत बसी गरौँ
    आफ्नै जिवनको अध्यान !
    ✍️
    राजनारायण राई
    राजदल बस्ती सोनादह
    ————-==———–
    [५१]
    १//
    नसोचौँ तनाव घटाउँछ
    गरेमा यो धूम्रपान
    फेरि सान बढाउँछ ।
    २//
    अमूल्य छ जीवन
    कहिल्यै नउडाऔँ धुवाँमा
    बर्बादै पार्दछ धन !
    ३//
    नगर्नु कसैले धूम्रपान
    मन्द विष हो
    लिन्छ यसले ज्यान !
    ✍️
    सतीश पण्डित
    भानु ६ चुँदी तनहूँ हाल चनपा६ मातातीर्थ।
    ————-==———–
    [५२]
    १//
    धूम्रपानले गर्छ हानी
    खराब बनाउँछ फोक्सो
    सचेत रहनु सानी !
    २//
    छोड मद्यपान धूम्रपान
    प्राण रहन्छ हाम्रो
    सक्दैन यमराजले लान !
    ३//
    मुटु, कलेजो बिगार्छ
    बयली बनेर रोगले
    हामीलाई थलामा पार्छ!
    ✍️
    सीमा कार्की समर्पण
    पर्सा नेपाल, काठमाडौ
    ————-==———–
    [५३]
    १//
    धूम्रपानले लिन्छ ज्यान
    सबैलाई सचेत गराऔँ
    दिलाऔँ सबैलाई ज्ञान !
    २//
    हुँदैन चुरोट पिउन
    रोग लागे हामीलाई
    गाह्रो हुन्छ जिउन !
    ३//
    धूम्रपान गर्ने बानी
    साह्रै खराब हुन्छ
    अकालै ज्यान जानी !
    ✍️
    देव कृष्ण काफ्ले
    पोखरा १कास्की
    ————-==———–
    [५५]
    १//
    खैनी चुरोट सेवन
    आदत गर्नु नराम्रो
    जलाउँछ यसले तन !
    २//
    धूम्रपानले रोग निम्त्याउँछ
    अकालमा मृत्यु नरोजौ
    सन्तानले दु:ख पाउँछ ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    ————-==———–
    [५६]
    धूम्रपान गर्ने किन ?
    त्यही पैसा बचाऔँ
    लाग्दैन व्यर्थै रिन !
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ————-==———–
    [५७]
    देखासिकीमा तान्दा चुरोट
    सान देखाउने भ्रममा
    प्वालैप्वाल बन्दैछ कोट !
    ✍️
    विजयराज न्यौपाने
    ————-==———–
    [५८]
    १//
    सबैलाई सचेत गराउने
    धूम्रपान हानीकारक भनेर
    जनचेतना घरबाटै फैलाउने !
    २//
    मायाको थियो परिणाम
    दिल जलायो भनी
    व्यर्थै चुरोट बदनाम !
    ३//
    मन कल्पनामा हराउँछ
    चिरेर बादल चुरोटको
    मेरी जून उदाउँछ ।
    ✍️
    दिवाकर चाम्लिङ्ग राई
    खर्साङ्ग, दार्जीलिङ।
    ————-==———–
    [५९]
    १//
    धुवाँसँगै उडेको जीवन
    धूम्रपानले सल्काउँदै लग्यो
    खरानी बनाउँदै तन !
    २//
    गरिरहेको छ हानी
    थाहा पाएर मान्छे
    सुधार्दैन किन बानी ?
    ३//
    खानेलाई अनेक बाहाना
    पीर परेको भन्दै
    पुर्‍याउने मनको चाहाना !
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    ————-==———–
    [६०]
    हानिकारक हुन्छ धूम्रपान
    स्वास्थ्य खराब पार्दै
    कमजोर बनाउँछ ज्यान !
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ————-==———–
    [६१]
    १//
    नगराैँ धुम्रपान कहिल्यै
    पाइँदैन नरको चाेला
    त्यागाैँ धुम्रपान अहिल्यै !
    २//
    धुवाँमा नउडाऔँ जीवन
    लगाऔँ देह उपकारमा
    उत्तम बन्छ तनमन !
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगाबजार।
    ————-==———–
    [६२]
    मान्छे मूर्ख किन ?
    बिगार्छ पाउँदैन थाहा
    गर्छ धूम्रपान हरदिन !
    ✍️
    शंकर कार्की
    मकवानपुर ।
    ————-==———–
    [६३]
    १//
    धूम्रपानको एक सर्काे
    फाेक्साे सडाएर फेरि
    सकियाे सम्पत्ति घर्काे !
    २//
    लहैमा यो सिक्दाखेरि
    उन्मत्त जवानी थियाे
    उमेर ढल्क्याे हत्तेरी!
    ✍️
    जी.वि.
    घाेराही,दाङ ।
    ————-==———–
    [६४]
    धूम्रपान नगरेको राम्रो
    यसले पेट भर्दैन
    ज्यान लिन्छ हाम्रो !
    ✍️
    देवी पन्थी
    ————-==———–
    [६५]
    १//
    गरौँ सुन्दर कर्म
    धूम्रपान घातक बानी
    हिँडौँ बुझेर मर्म !
    २//
    जाँड रक्सी छोडौँ
    स्वास्थ्य हाम्रो जीवन
    राम्रो साइनो जोडौँ !
    ✍️
    आर्त अकुलीन
    ————-==———–
    [६६]
    १//
    शरीर हाम्रो नासो
    बेवास्ता गरे खानपानमा
    जीन्दगी बन्छ पासो !
    २/”
    धुवाँको सर्को तानेर
    नहिँडौँ अल्लारे पाराले
    नर्कलाई स्वर्ग मानेर !
    ३//
    सबैले कोसिस गरेर
    सकिन्छ छुटाउन कुबानी
    जनमा चेतना भरेर !
    ✍️
    पद्मा काश्यप पाण्डे
    मोरङ
    ————-==———–
    [६७]
    १//
    धूम्रपानले बनाउँछ रोगी
    पिछा छुट्दैन यसको
    अन्त्यमा हुन्छौँ भोगी !
    २//
    नशाले लिन्छ ज्यान
    गर्नुहुन्न धूम्रपान कदापि
    यसबाट सिकौँ ज्ञान !
    ✍️
    विनोद खाती
    मिरिक।
    ————-==———–
    [६८]
    १//
    धूम्रपानले लिन्छ ज्यान
    थाहा पाएर पनि
    युवा देखाउँछन् सान !
    २//
    जीवनको ख्याल गरौँ
    निरोगी स्वस्थ हुन
    सबैजना लागी परौँ !
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    ————-==———–
    [६९]
    १//
    नगरौँ कसैले धुम्रपान
    सावधानी रहे मात्रै
    बाँच्न सक्छ ज्यान !
    २//
    कुलतमा कोही नफसौंँ
    समाजमा असर पुर्‍याई
    धुम्रपान गरेर नबसौँ !
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा.-३,काभ्रे
    ————-==———–
    [७०]
    परिस्थिति छ भन्ने
    धूम्रपान सेवन गरेर
    आफैँ राजा बन्ने !
    ✍️
    धनुष न्यौपाने “यात्री”
    ————-==———–
    [७१]
    १//
    धूम्रपानको मजा लिँदा
    स्वास्थ्यमा असर पर्छ
    राम्रो ध्यान नदिँदा !
    २//
    कर बढ्छ जति
    धूम्रपान र मद्यपानको
    बिक्री हुन्छ अति !
    ३//
    नगर्नु कहिल्यै धूम्रपान
    ध्यान राख्दै स्वास्थ्यको
    असल होइन ठान !
    ✍️
    राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ
    ————-==———–
    [७२]
    १//
    धूम्रपान सेवन गरेर
    स्वास्थ्य खराब नबनाऔँ
    परिवारमा दुःख भरेर !
    २//
    आजैदेखि नै छोड्छु
    म चुरोट, खैनी
    नराम्रो कुरा गोड्छु ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ

    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on विशेष झिल्का लेखन अभियानको १५ औँ शृङ्खला ( धूम्रपान विषयक) सम्पन्न

    विशेष झिल्का लेखन अभियानको १४औँ शृङ्खला ( गणतन्त्र विषयक) सम्पन्न

  • १८ जेष्ठ २०८१, शुक्रबार ०५:५० मा प्रकाशित
  • झिल्का लेखन अभियानको १४औँ शृङ्खला (गणतन्त्र विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    [१]
    १//
    मनका कुराहरू खोल्न
    हुँदैन त्रास गणतन्त्रमा
    निर्धक्क सकिन्छ बोल्न !
    २//
    नदबाइयोस् कसैका भावना
    व्यवहारमै मिलोस् अधिकार
    गणतन्त्र दिवसको शुभकामना !
    ३//
    गरौँ सधैँ सोचविचार
    आफ्नो अधिकार लिदा
    नमरोस् अरूको अधिकार !
    ✍️ वसन्त अनुभव, घोराही, दाङ
    ————-==———–
    [२]
    गणतन्त्र कसरी आयो
    हत्या अनि हिंसा
    भ्रष्टाचारले देश खायो ।
    ✍️ अम्बिका अधिकारी, झापा बिर्तामोड
    ————-==———–
    [३]
    १//
    बोकेर स्वतन्त्रताको मन्त्र
    हेर सबैको घरआँगनमा
    सुन्दर दिवस गणतन्त्र !
    २//
    गर्न चाहना पूरा
    बसेका छन् सबै
    बोकी रहर अधूरा !
    ३//
    गणतन्त्र दिवसको शुभकामना
    छरिरहोस् सुगन्ध बनेर
    मनभरिका खुसी चाहना !
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
    ————-==———–
    [४]
    १//
    सबैमा रहोस् भावना
    प्रभातले उज्यालो छायो
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    सुख, समृद्धि आओस्
    गर्दछु सबैमा कामना
    गणतन्त्रमा अन्धकार नछाओस् !
    ३//
    बिहानीको घाम घमाइलो
    जनताको उज्यालो मुहारमा
    बनोस् गणतन्त्र रमाइलो !
    ✍️ बेदु न्यौपाने
    ————-==———–
    [५]
    १//
    भनिन्छ बोल्न पाइन्छ
    तर गणतान्त्रिक नेपालमा
    अधिकार किन दबाइन्छ ?
    २//
    नगर्दा हामीले सोचविचार
    हक मर्ला अरूको
    अनि होला हार !
    ३//
    यही छ चाहना
    सबैको अधिकार बचोस्
    गणतन्त्र दिवसको शुभकामना !
    ४//
    अरूको अधिकार बचोस्
    आफ्नो उपयोग गर्दा
    अरूको घट्दै नघटोस्
    ✍️ अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन।
    ————-==———–
    [६]
    १//
    पुरा हाेस् चाहना
    मनैदेखि सबैलाई छ
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    सत्य कुरा खोल्न
    देशमा गणतन्त्र आएपछि
    मिल्छ निर्धक्कसँग बोल्न !
    ३//
    देशमा नहोस् षड्यन्त्र
    सुख, शान्ति मिलिरहाेस्
    सधैँभरि सत्य गणतन्त्र !
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    ————-==———–
    [७]
    १//
    गणतन्त्रको ईतिहास हेर
    बदल्न मुहार देशको
    रगत बग्यो धेर !
    २//
    स्वास्थ्य, शिक्षा रोजगारी
    देशको स्वाधीनताका लागि
    गराैँ सबले रखवारी !
    ✍️ जयनारायण नेपाल, इलाम ,हाल सूर्यबहादुर विनायक २ बालकोट भक्तपुर ।
    ————-==———–
    [८]
    जताततै गणतन्त्र करायो
    कसरी हाँसु म
    अस्तित्व सर्वनास गरायो ।
    ✍️ ऋजु दिल्पाली, ईटहरी १ सुनसरी ।
    ————-==———–
    [९]
    १//
    केही उपलब्धि भएन
    उस्किन सकेनन् जनता
    गणतन्त्र उचाइमा गएन ।
    २//
    नेतालाई फलिफाप गणतन्त्र
    जनतालाई तुषारापात लाग्यो
    हुनुपर्थ्यो सबैको जनतन्त्र !
    ३//
    एउटा राजा फालीयो
    गणतन्त्रमा थुप्रै राजा
    सात प्रदेशमा पालियो ।
    ✍️ चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
    ————-==———–
    [१०]
    १//
    नेपाली जनताको चाहना
    भ्रष्टाचारको अन्त्य हाेस्
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    गणतन्त्रको देश हाम्रो
    सधैँ फलाेस् फुलाेस्
    विश्वले भनाेस् राम्रो !
    ३//
    जनताले ल्याएको गणतन्त्र
    प्रतिगामीकाे रजाइँले यहाँ
    नबनाेस् कसैकाे धनतन्त्र !
    ४//
    काेही छैनौँ पराइ
    गणतान्त्रिक देश नेपाल
    हिमाल पहाड तराई !
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ————-==———–
    [११]
    नेतामा सत्बुद्धि आओस्
    गणतन्त्र दिवसको कामना
    सुख, शान्ति छाओस् !
    ✍️ कला ढकाल झापा
    ————-==———–
    [१२]
    १//
    चलोस् सुगन्धित वासना
    क्लेश, मैलो पखालौँ
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    सत्कर्ममा मन लागोस्
    नेता तथा जनतामा
    देशभक्तिको भाव जागोस् !
    ३//
    छैनौँ कोही पराइ
    फैलिएको छ नेपाल
    हिमाल पहाड तराई !
    ४//
    शान्ति सुरक्षा हाँसो
    कायम गर्दै हामीले
    जोगाउनुपर्छ पू्र्खाहरूको नासो !
    ५//
    नेपाली बनेर हिन्नलाई
    बुद्ध अनि सगरमाथा
    शिरमा राखौँ चिन्नलाई !
    ✍️ दीपा समभाव, खोटाङ्ग
    ————-==———–
    [१३]
    देशमा गणतन्त्र आयो
    हत्या हिंसा मच्चाउँदै
    धेरै भ्रष्टाचार पलायो ।
    ✍️ एवाइ प्रभात, सहिदभुमि धनकुटा
    ————-==———–
    [१४]
    १//
    राणाशासन र पञ्चायत
    सहिदको बलिदान त्यागले
    मुक्त भयो जगत !
    २//
    आन्दोलन जनताको मूलमन्त्र
    ढल्यो शासन राजाको
    अङ्कुरित भयो गणतन्त्र !
    ✍️ ममता पौडेल, बुढीगङ्गा -२ मोरङ
    ————-==———–
    [१५]
    १//
    गणतन्त्र गनायो आज
    देखेर नेता बहुलाएको
    लाग्नथाल्यो नि लाज !
    २//
    हरायो सुगन्ध माटोको
    धरापमा पर्दैछ गणतन्त्र
    नपाएर भेउ बाटोको !
    ३//
    नपरोस् गर्न सामना
    अशान्ति भोक रोगको
    गणतन्त्रमा मेरो शुभकामना !
    ✍️ विवश पारदर्शी, झापा
    ————-==———–
    [१६]
    १)//
    गणतन्त्रमा शान्ति भएन
    उस्तै छ अवस्था
    कसैको दु:ख गएन !
    २//
    गणतन्त्र राम्रो व्यवस्था
    विकास भएन किन ?
    खस्किँदै जनताको अवस्था !
    ३//
    सहिदको रगतले रङ्गिएकाे
    हाे गणतान्त्रिक लाेकतन्त्र
    नेताहरू भ्रष्टाचारमा जङ्गिएकाे !
    ४)
    गणतन्त्र बचाउने चाहना
    फलाेस् फुलाेस् धर्तीमा
    यही हाम्रो शुभकामना !
    ✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरि ।
    ————-==———–
    [१७]
    १//
    देशमा गणतन्त्र आयो
    जनता रमाए खुसीले
    हुँदाखानेले दुख पायो ।
    २//
    गणतन्त्र ल्याउने संविधानमा
    देशमा चाहना जनताको
    सरकारले ल्याउदैन व्यवहारमा !
    ३//
    जन्मसिद्ध जनताको अधिकार
    गणतान्त्रिक सरकार नेपालको
    जनताबाटै बनोस् हरबार !
    ✍️ दिल ठकुरी, दार्जिलिङ
    ————-==———–
    [१८]
    जनताकाे यही मूलमन्त्र
    नागरिकको भलाे होस्
    स्थापित होस् गणतन्त्र !
    ✍️ शालिकराम
    ————-==———–
    [१९]
    १//
    जनताको राम्रो चाहाना
    सरकार बदनाम दुनियाँमा
    नेताहरू नगर बाहाना !
    २//
    नामाकरण मात्र प्रजातन्त्र
    दुःखमा साथ नदिने
    भइरह्यो यहाँ नेतातन्त्र !
    ✍️ नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
    ————-==———–
    [२०]
    १//
    गणतन्त्रको राम्रो परिभाषा
    किन खरानी हुँदैछ ?
    आज सबै आशा !
    २//
    आधारभूत कमी आज
    नेपालमा युवा शून्यता
    चौतर्फी लुटतन्त्रको राज !
    ३//
    हराउँदैछन् हाम्रा अभिलाषा
    फेरि दोहोरियो किन ?
    रणनीति शकुनीको पाशा !
    ✍️ कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
    ————-==———–
    [२१]
    १//
    माथि बस्ने मान्छेहरू
    तान्छ्न् आफ्ना मान्छे
    बबुरो के गरूँ ?
    २//
    सधैँ यिनको राज
    मिलाई आपसमा पालो
    टुलुटुलु हेर्छ समाज !
    ✍️ शम्भु गजुरेल
    ————-==———–
    [२२]
    १//
    सुख, समृद्धिको चाहना
    राजतन्त्रको जरो उखेली
    आएको गणतन्त्रलाई शुभकामना !
    २//
    गणतन्त्रको गीत गाउनू
    सुख, शान्ति छाओस्
    देशको झन्डा फहराउनू ।
    ३//
    फाली निरङ्कुश राजतन्त्र
    स्वतन्त्र भयौँ बोल्नलाई
    क्रान्तिले ल्यायो गणतन्त्र !
    ✍️ मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा।
    ————-==———–
    [२३]
    १//
    नाममा सिमित गणतन्त्र
    फाइदा शासकले उठाए
    दिएर झुटो मन्त्र !
    २//
    कुर्सीको लागि हानाहान
    गणतन्त्र यही हो
    भ्रष्टको मात्र छानाछान !
    ३//
    सबैको खुसीको चाहना
    मनवचन शुद्ध होस्
    गणतन्त्रको हार्दिक शुभकामना !
    ✍️ शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौँ
    ————-==———–
    [२४]
    १//
    नाम मात्रको गणतन्त्र
    नारीले बाँच्न पाएनन्
    कहिल्यै भएर स्वतन्त्र !
    २//
    गणतन्त्र आएको आभाष
    गर्न पाऊन् जनताले
    खुसीको फेरुन् सास !
    ✍️ साबित्री प्याकुरेल, धादिङ्ग।
    ————-==———–
    [२५]
    १//
    हर्षोल्लास सर्वत्र छायाे
    गणतन्त्र दिवसको दिन
    मनमा शान्ति पलायाे ।
    २//
    युगाैँ रहाेस् गणतन्त्र
    आफ्नो सान मानसँगै
    जोगाई आधारभूत मन्त्र !
    ✍️ श्रीबहादुर केसी शैलुङ्गे, दाेलखा।
    ————-==———–
    [२६]
    १//
    फाल्यौ पुरानो राजा
    राष्ट्रको सम्पत्ति सक्यौ
    बनायौ नेताको खाजा !
    २//
    एउटा राजा फालेर
    देश कङ्गाल बनायौ
    हजारौँ राजा हालेर !
    ३//
    हैन देशको काममा
    लुट्यौ राष्ट्रको ढुकुटी
    केवल गणतन्त्रको नाममा !
    ✍️ देव कृष्ण काफ्ले, पोखरा १,कास्की
    ————-==———–
    [२७]
    समानताको रहोस् भावना
    गणतन्त्र दिवसको छ
    सबै सबैलाई शुभकामना !
    ✍️अनिता कार्की
    ————-==———–
    [२८]
    १//
    डटेर गर्दै सामना
    शान्ति, समृद्धि छाओस्
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    सबैमा सद्बुद्धि आओस्
    पाइयोस् देख्न मेलमिलाप
    जनतामा खुसी छाओस् !
    ✍️ पुष्पा राई, बादेल,खाेटाङ ।
    ————-==———–
    [२९]
    १//
    खुसी भएर रमाऔँ
    सबैले गणतन्त्र दिवस
    सव्य भव्यताकासाथ मनाऔँ ।
    २//
    सबैमा खुसियाली छाएको
    जेष्ठ पन्ध्र हजुर
    हो गणतन्त्र आएको !
    ३//
    नबिर्सौँ हामीले मूलमन्त्र
    खुसी साट्दै मनाऔँ
    आज हामी गणतन्त्र !
    ✍️ अनिता भण्डारी, ताप्लेजुङ
    ————-==———–
    [३०]
    १//
    अनेकतामा एकता जगाउँदै
    मनाउँ गणतन्त्र दिवस
    चौतर्फी सचेतना जगाउँदै !
    २//
    नगरी मित्रतामा घात
    सुभावना पालेर मिलौँ
    जगाउँ सहअस्तित्वकाे थात !
    ✍️ हरिगाेपाल न्हुच्छेँप्धान, काभ्रे, बनेपा १४ साँगाबजार ।
    ————-==———–
    [३१]
    १//
    प्रणाली होइन दोषी
    नेतृत्व भएर काँचो
    देशमा मिलेन रोटी !
    २//
    नेताको फिरोस् बुद्धि
    स्वार्थको धनले पोल्छ
    सप्रियोस् सबको सुद्धि !
    ३//
    सुशासन बनोस् स्थायी
    न्यायको नहोस् किनबेच
    रमाऔँ सन्तुष्टि पाई !
    ✍️ मनोहरी पौडेल, गैडाकोट १
    ————-==———–
    [३२]
    १//
    कागजमा नहोस् सिमित
    वास्तविक अर्थ गणतन्त्रको
    गुञ्जियोस समानताको गीत !
    २//
    कानुन सबैले मानुन्
    संविधानमा उल्लेख गरिएको
    नियम पनि जानुन् !
    ३//
    बिरामीको नाटक चल्ने
    परेर कानुनको फन्दामा
    बहाना सजिलो छल्ने !
    ✍️ संगीता खरेल, चन्द्रागिरी ८ काठमाडौँ
    ————-==———–
    [३३]
    १//
    पाइएन स्वदेशमा रोटी
    बिटुलियो पुँजीवादी गणतन्त्र
    मुठीभरको भइरहेछ गोटी !
    २//
    सबको हुनुपर्छ मूलमन्त्र
    बहुमत जनताको भलाइमा
    पूर्ण समाजवादी गणतन्त्र !
    ✍️ कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
    ————-==———–
    [३४]
    १//
    पसिनाले कर्म लेख्छु
    गणतन्त्र भन्छन् सबैले
    श्रीपेच लाएको देख्छु !
    २//
    किसानको फुलिसक्यो केश
    नेताको छोरा नेतै
    कस्तो गणतान्त्रिक देश ?
    ३//
    फोहोरी भएपछि आचरण
    नहुने रहेछ व्यवस्थाले
    जति फेरियोस् आवरण !
    ✍️ पशपती राई, खोटाङ ।
    ————-==———–
    [३५]
    १//
    गणतन्त्र जनताको नासो
    सत्ताधारी मालामाल भए
    गरिबलाई गलाको पासो !
    २//
    समेटियोस् सबैको भावना
    खुसी ल्याओस् गणतन्त्रले
    सबैमा अपार शुभकामना !
    ३//
    स्वतन्त्रता सबैलाई चाहिन्छ
    उपलब्धी ठूलो गणतन्त्रको
    बोल्न खुलेर पाइन्छ।
    ✍️ शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
    ————-==———–
    [३६]
    राज्य चलाउने यन्त्र
    नहोस् कदापि निकम्मा
    शब्दको मात्र गणतन्त्र !
    ✍️ प्रेम थापा “मन”, बागलुङ
    ————-==———–
    [३७]
    गणतन्त्र के हो ?
    प्रजाले जानेनन् कि
    खुसीलाई के भो ?
    ✍️ सन्तु खत्री
    ————-==———–
    [३८]
    १//
    रुनु पर्यो अहिले
    बुर्जुवा शिक्षा भन्दै
    बहिष्कार गरौँ पहिले !
    २//
    बिद्रोहीको कुरा मानी
    लालसेना बन्न जादाँ
    सपना बन्यो खरानी !
    ३//
    जीवन रहेछ सङ्घर्ष
    जुनै तन्त्र आओस्
    भएन कहिल्यै हर्ष !
    ✍️ सीमा कार्की समर्पण, मलचोक पर्सा, नेपाल
    ————-==———–
    [३९]
    १//
    सन्तुष्ट खुसीले खाएर
    रमाए परेवा जोडी
    पिरतीको गीत गाएर !
    २//
    कलकल बगेको पानी
    बगेको सागर चुम्न
    आखिर पानीझैँ जिन्दगानी !
    ३//
    अनौठो गाउँ सहर
    कुकर्म पर्दा पछाडि
    सहरभित्र मृत रहर !
    ४//
    अनेकन् ललीपप देखाएर
    गएका हुन् उनीहरू
    कोरा आदर्श लेखाएर !
    ५//
    सत्य केही नापिएन
    आज जनताको नाममा
    कुनै कर्म खापिएन !
    ६//
    बुनेर माकुरी जाल
    हरेक बस्तीको माझमा
    अदृश्य आएको काल !
    ✍️ आर्त अकुलीन
    ————-==———–
    [४०]
    पूरा होउन् मनोभावना
    सबैलाई गणतन्त्रको छ
    हार्दिक मंगलमय शुभकामना !
    ✍️ दुर्गा भट्टराई
    ————-==———–
    [४१]
    १//
    गणतन्त्रको झिल्काले सताउँदैछ
    नेपाली जनताको समृद्धि
    महङ्गीको दबाबले घटाउँदैछ ।
    २//
    गणतन्त्र, गणतन्त्र, गणतन्त्र
    जपेर बसेकालाई फाइदैफाइदा
    जनतालाई बनाएर बारुणयन्त्र !
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ————-==———–
    [४२]
    १//
    ठानेर यही मूलमर्म
    शासनको बागडोर सम्हाल्नेहरूले
    सधैँ गरून् कर्म !
    २//
    गरेर मात्र भाषण
    गणतन्त्रमय हुँदैन दुनियाँ
    चाहिन्छ भाेकवर्द्धक रासन !
    ३//
    यत्ति हेक्का राख्नुपर्छ
    देशका सबै नागरिकले
    गणतन्त्रको फल चाख्नुपर्छ ।
    ✍️ त्रिलाेचन भण्डारी, मेचीनगर,झापा
    ————-==———–
    [४३]
    १//
    गणतन्त्र सुन्दर बहाना
    जानेका कति गाउन
    समृद्धिको कर्णप्रिय गाना ।
    २//
    विगतबाट सकेनन् सिक्न
    नियत उही पुरानै
    केवल ढुकुटी झिक्न !
    ३//
    गणतन्त्र हेर आखिर
    लुट्न जान्नेका लागि
    बन्यो सुनौलो जागिर !
    ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
    ————-==———–
    [४४]
    १//
    मनपरी जस्तै देखिने
    मूल्यवान व्यवस्था गणतन्त्र
    जनताको ढाड सेकिने ।
    २//
    सबै नेपाली गणतन्त्री
    गाैरवान्वित हामी हर्षित
    पाल्नुछ जम्बो मन्त्री !
    ३//
    खेदाैँ जनताको नीरसलाई
    सार्थकताकाे कामनाले सम्मान
    गराैँ गणतन्त्र दिवसलाई !
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ————-==———–
    [४५]
    १//
    गणतन्त्र दिवसको शुभकामना
    हृदयदेखि नै सम्पूर्णलाई
    पूरा होओस् चाहना !
    २//
    गणतन्त्र सोचेजस्तो भएन
    उस्तै लाग्छ मलाई
    लाग्दछ निरङ्कुशता गएन ।
    ३//
    प्रचण्ड गर्मीले मारेछ
    अत्तोपत्तो छैन मेघको
    किसानलाई पिर पारेछ ।
    ✍️ धनमाया चौधरी, कैलाली
    ————-==———–
    [४६]
    देशको अस्तित्व मेटाएर
    खुसियाली मनाउँदै छौ
    धनको पोको भेटाएर !
    ✍️ मन्दिरा सेढाई, मलेखु,धादिङ
    ————-==———–
    [४७]
    १//
    गणतन्त्र खास आयो
    केही नमिले पनि
    देशमा रङ छायो ।
    २//
    पाउन् सबैले रोजगार
    देशभित्र विकास भए
    हुन्थ्यो राम्रो व्यवहार !
    ३//
    हुनैपर्छ जनको दरबार
    अखण्ड देश हाम्रो
    आउथ्यो खुब निखार !
    ✍️ सुरेशकुमार पाण्डे, दाङ घोराही १८
    ————-==———–
    [४८]
    १//
    प्रगतिशील रहोस् भावना
    सम्पूर्ण नेपाली समुदायलाई
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    सधैँ जपौँ मन्त्र
    सबैले भलो सोचे
    उन्नतशील बन्छ गणतन्त्र !
    ३)
    सर्वत्र खुसी छाओस्
    गणतन्त्रको गुणगान सबैले
    मुक्त कण्ठले गाओस् !
    ✍️ अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ, भारत।
    ————-==———–
    [४९]
    १//
    गणतन्त्र आएदेखि बलात्कार
    गरिबहरू उस्तै छन्
    कुर्सी समाउनेलाई मारामार !
    २//
    फाइदा छैन् गणतन्त्रको
    देश बनाउने उपाय
    खोजौँ यही मूलमन्त्रको !
    ३//
    केही हुँदैन नाराले
    भोकै कम्मर कसेर
    दुःख गर्छन् साराले !
    ✍️ लक्ष्मण देउवा डोटी
    ————-==———–
    [५०]
    १//
    चिन्तन गरेर साेचाैँ
    देश कता जाँदैछ
    देश बनाउनेलाई घोचौँ !
    २//
    नेपालकाे माटाे प्याराे
    जन्म भएर हाेला
    पार गराैँ सारोगारो !
    ३//
    हकअधिकार खाेज्न हिडाैँ
    काँधमा काँध मिलाई
    राम्रो नराम्रो चिनाेैँ ।
    ✍️ ईश्वर साउद, रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ————-==———–
    [५१]
    १//
    मलाई छैन चासो
    जुनै दिवस आओस्
    ओठमा छैन हाँसो !
    २//
    गणतन्त्रको नाममा हेर
    ठूला भुँडी हुनेले
    खाए देश बेचेर !
    ३//
    बाँच्नु पर्ने डरमा
    निस्किएपछि फेरि फर्किन
    गाह्रो हुन्छ घरमा !
    ✍️ ललिता गिरी, सिन्धुली
    ————-==———–
    [५२]
    गणतन्त्रले दिएको अधिकार
    सदुपयोग गरौँ सबैले
    खोज्दै सुखको आधार !
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४झापा
    ————-==———–
    [५३]
    १//
    कस्तो गणतन्त्र आयो
    हत्या, हिंसा, अत्याचारले
    जनतामा निराशा छायो ।
    २//
    नेतालाई भयो लुटतन्त्र
    देशको ढुकुटी रित्ताए
    चलाई आफ्नो मन्त्र !
    ३//
    गणतन्त्र दिवसको शुभकामना
    नेताहरूमा सत्बुद्धि आओस्
    पलाओस् शुद्ध भावना !
    ✍️ रुना कर्माचार्य दाहाल, चितवन
    ————-==———–
    [५४]
    १//
    लाखौँ जनताको स्वाभिमानले
    ल्याएको गणतन्त्र देशमा
    बिग्रियो नेताको अहङ्कारले !
    २//
    जनताको साथ पाएर
    देशमा गणतन्त्र भित्रियो
    बिगारे भारत धाएर !
    ३//
    भो चाहिएन गणतन्त्र
    हजारौँ शासक जन्मिए
    बिग्रियो देशको अर्थतन्त्र !
    ✍️ मंगला उपाध्याय
    ————-==———–
    [५५]
    १//
    गणतन्त्र आएन किसानलाई
    आहात मात्रै थपिँदा
    फरक भएन पिसानलाई !
    २//
    शुभकामना व्यक्त गर्न
    गणतन्त्र जनताको पक्षमा
    सक्नुपर्छ मनमा छर्न !
    ३//
    रक्सीको दोकान थापेर
    गणतन्त्रको फल टिप्नलाई
    लुट्नुहुन्न अरूको खापेर !
    ✍️ नन्दलाल आचार्य, उदयपुर
    ————-==———–
    [५६]
    १//
    गणतन्त्र आयो देशमा
    भष्ट्रचारीको लुछाइबाट आफूलाई
    बचाउँनुपर्छ आफ्नो भेषमा !
    २//
    बास हराएको रात
    जनताले भोग्नुपरेको कठिनाई
    मनमा आउँछ याद।
    ✍️ बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ।
    ————-==———–
    [५७]
    १//
    आश्वासनले छ छाएको
    झुपडीमा शान्ति छैन
    गणतन्त्र छ आएको !
    २//
    समृद्धि छाओस् सर्वत्र
    शुभकामना गणतन्त्र दिवसको
    खुसीयाली होस् एकछत्र !
    ३//
    सुख, शान्ति छर्नुपर्छ
    समृद्ध देश बनाउनलाई
    श्रमकै भर पर्नुपर्छ ।
    ✍️ सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा
    ————-==———–
    [५८]
    १//
    जितेर ल्याएको गणतन्त्र
    अलमल्ल पर्‍यो क्यारे
    लगाइदेऊ न तन्त्रमन्त्र !
    २//
    आशाको भरोसाको बिन्दु
    गणतन्त्र हामी सबैको
    सपना पारलगाउने सिन्धु !
    ✍️ प्रमिला प्याकुरेल, विराटनगर -५
    ————-==———–
    [५९]
    १//
    कानुन बन्याे मन्त्र
    भयाे नेताकाे हालिमुहाली
    बहाना देशकाे गणतन्त्र !
    २//
    कुण्ठित नहाेस् भावना
    जनतामा छाओस् समृद्धि
    सबैमा गणतन्त्रकाे शुभकामना !
    ✍️ काेपिला अधिकारी
    गाेरखा , सिरानचाेक – ७
    ————-==———–
    [६०]
    १//
    देशमा गणतन्त्र आयो
    नेता भ्रष्टाचारी हुँदा
    जनताले दु:ख पायो ।
    २//
    नेतालाई सम्झाउन घोचौँ
    देशको अवस्था कस्तो
    एकपटक सबैले सोचौँ ।
    ✍️ दुर्गा भट्टराई, मोरङ
    ————-==———–
    [६१]
    १//
    देशमा गणतन्त्र आयो
    जनताको गरेको उत्सर्गले
    नेतालाई मात्रै पोसायो l
    २//
    गणतन्त्र आए पनि
    निमुखा जनको झुपडीमा
    अन्धकारमय छ नि !
    ३//
    गणतन्त्र भयो चटके
    घुस खान छोड्दैनन्
    भए तापनि पटके !
    ✍️ बाबुराम गौतम, गुल्मी
    ————-==———–
    [६२]
    सबैमा रहोस् सत्भावना
    समृद्धि ल्याओस गणतन्त्रले
    यही मेरो शुभकामना !
    ✍️ दुर्गा भट्टराई, मोरङ
    ————-==———–
    [६३]
    १//
    गराैँ साहित्यमा साधना
    लेखनी निखाराैँ राम्रो
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    मनका वेदना खाेलाैँ
    राेकावट हुन्न गणतन्त्रमा
    निर्धक्क खुलेर बाेलाैँ !
    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’, सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    ————-==———–
    [६४]
    सबैतिर शान्ति आउँदा
    सास फेर्छन् जनताले
    सुख, समृद्धि छाउँदा !
    ✍️ उर्मिला के.शी, धनकुटा
    ————-==———–
    [६५]
    १//
    गणतन्त्र देशको शिर
    हत्या हिँसा हुँदा
    प्रजालाई बढ्छ पिर !
    २//
    गणतान्त्रिक यस मुलुकभित्र
    हत्यारा बलात्कारी भष्ट्रचारीले
    गरिएको घटना विचित्र !
    ✍️ राजनारायण राई, राजदल बस्ती सोनादह

    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on विशेष झिल्का लेखन अभियानको १४औँ शृङ्खला ( गणतन्त्र विषयक) सम्पन्न

    विशेष झिल्का लेखन अभियानको १३औँ शृङ्खला ( शान्ति विषयक) सम्पन्न

  • ९ जेष्ठ २०८१, बुधबार २०:१३ मा प्रकाशित
  • झिल्का लेखन अभियानको १३औँ शृङ्खला (शान्ति विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    [१]
    १//
    फुकेर अहिंसाको क्रान्ति
    सबै मिलेर ल्याऔँ
    देशमा अमनचयन शान्ति !
    २//
    स्वयम्भूका दुई आँखा
    छुट्याइरहेछन् न्याय अन्याय
    नगरेर काखा पाखा !
    ३//
    सफा निलो आकाश
    उड्दै कपोत जोडी
    मन्द मन्द बतास !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    —————<•>—————
    [२]
    १//
    जब हुन्छ शान्ति
    सबैको सुमार्गी समयमा
    छाउँछ मनमा कान्ति !
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    —————<•>—————
    [३]
    १//
    मन भयो शान्त
    सुन गीत चरीको
    नगर हल्ला उपरान्त !
    ✍️
    नीमा छिरिङ
    —————<•>—————
    [४]
    १//
    संसारमा शान्ति छाओस्
    विश्वका जनताको चाहना
    देशमा समृद्धि आओस् !
    २//
    बमबारुदले विश्व प्रदुषण
    जनता चाहन्छन् शान्ति
    शान्ति विश्वको विभुषण !
    ३//
    रगतको होली नखेलौँ
    विश्वमा रहोस् शान्ति
    अब विनाश नझेलौँ !
    ✍️
    चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    —————<•>—————
    [५]
    १//
    जनतामा गराए भ्रान्ति
    सबैमा कलह उदायो
    देशमा भएन शान्ति !
    २//
    मानवता कतै भएन
    गर्दैनन् देशको विकास
    स्वधर्ममा कोही रहेन !
    ✍️
    बेदु न्यौपाने
    —————<•>—————
    [६]
    १//
    मरिहत्ते गर्छन् धनमा
    लोभलालच राख्दै जीवित
    अशान्ति फैलाउछन् मनमा !
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ
    —————<•>—————
    [७]
    १//
    मनमा शान्ति जगाऊ
    थोरै समय निकालेर
    भक्तिमा ध्यान लगाऊ !
    ✍️
    कला ढकाल झापा
    —————<•>—————
    [८]
    १//
    झिल्का उडोस् क्रान्तिको
    युद्ध लड्दै रणभूमिमा
    श्वास चलिरहोस् शान्तिको !
    २//
    शान्ति रोजेर बुद्ध
    तपस्याले ज्ञान पाएपछि
    विश्व भयो शुद्ध !
    ३//
    बाटोहरू भेटिन्छन् अनगिन्ती
    बुद्धिमत्ता नपुगेका ठाउँहरूमा
    अराजकता नफैलाउ बिन्ती !
    ✍️
    राजनारायण राई
    राजदल बस्ती सोनादह
    —————<•>—————
    [९]
    १//
    शान्ति भङ्ग गरेर
    पाइदैन केही पनि
    भित्र कालो भरेर !
    २//
    खुसी बाँडौँ हाँसेर
    हुँदैन कतै तेरोमेरो
    मिठो माया गाँसेर !
    ✍️
    सञ्जना शर्मा
    —————<•>—————
    [१०]
    १//
    आत्मीयताको फूल छरे
    सुन्दर घर बन्दछ
    शान्तिको कामना गरे !
    २//
    मनमा मिठास भरौँला
    शान्तिको कामना लिएर
    भवसागर यो तरौँला !
    ✍️
    बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    —————<•>—————
    [११]
    १//
    बुद्धले बुद्धत्व पाए
    बोधिवृक्षकाे फेदमा बसेर
    संसारमा शान्ति फैलाए !
    २//
    देश नेपाल शान्तिको
    भयाे भ्रष्ट कसरी ?
    बिगुल फुकौँ क्रान्तिकाे !
    ✍️
    विनोद खाती
    मिरिक, भारत।
    —————<•>—————
    [१२]
    १//
    आओस् सबैमा शान्ति
    हिंसाको बाटो नरोज्दा
    आउॅंदैन कसैमा भ्रान्ति !
    २//
    बुद्धले शान्ति खोजे
    ज्ञान प्राप्त भएपछि
    अहिंसाको बाटो रोजे !
    ३//
    यही कुरा बारम्बार
    भनिरहन नपरोस् कहिल्यै
    शान्त रहोस् परिवार!
    ४//
    शान्तिको बाटो खोजुन्
    परिवारमा कसैले पनि
    हिंसाको बाटो नरोजुन् !
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन
    —————<•>—————
    [१३]
    १//
    शान्ति तिमी आऊ
    अशान्तिले जरो गाड्यो
    तिम्रो शक्ति फैलाऊ !
    २//
    शान्तिले बाँच्न पाउँ
    जन्मभूमि प्यारो मलाई
    छोडेर कता जाउँ !
    ३//
    हानथापमै समय गयो
    छैन शान्ति यहाँ
    विकासमा अबेर भयो ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    —————<•>—————
    [१४]
    १//
    बोकेर शान्ति मनमा
    एकसाथ बस्नु मिलेर
    छाउनेछ आनन्द जनमा !
    २//
    बोक्नु झन्डा शान्तिको
    सबैजना एकजुट भएर
    फुक्दै विगुल क्रान्तिको !
    ३//
    छरौँ सन्देश जनभित्र
    शान्तिको झन्डा लहराई
    बसौँ जनताको मनभित्र !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    —————<•>—————
    [१५]
    १//
    डरायौ तिमी हामीसङ्ग
    विधिसम्मत शासन गर्ने
    पुगेन हाम्रो ढङ्ग !
    २//
    फर्फराउँछन् हाम्रा अङ्ग
    लागेर होला दशा
    भएको शान्ति भङ्ग !
    ३//
    हरेकका मनभित्र आऊ
    बोधिसत्वको खाँचो भयो
    बुद्धहरूको अस्तित्व बचाऊ !
    ४//
    प्रतीक्षामा बाँचीरहेका हुनेछन्
    शान्ति तिमीलाई पर्खँदै
    आइनौ भने रुनेछन् ।
    ५//
    बिछोडिएको धेरै भयो
    विनाढङ्गको यो खेलले
    शान्ति भड्किएर गयो ।
    ✍️
    गुणनिधि घिमिरे अमेरिका
    —————<•>—————
    [१६]
    १//
    शान्तिको दियो बालेर
    उज्यालोमा पाइला राख्नु
    मनको विकार फालेर !
    २//
    गर्दछु जहिल्यै कामना
    सुन्दरता उड्छ, हराउँछ
    फालेमा शान्तिको गहना !
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    —————<•>—————
    [१७]
    १//
    नभए मनमा शान्ति
    आउँदैन हेर कहिल्यै
    अनुहारमा अनुपम कान्ति !
    २//
    आनन्दले सास फेर्न
    हुनुपर्छ शान्ति देशमा
    विकासको गति हेर्न !
    ३//
    मनमा शान्ति जगाऔँ
    नेपाली हामी जुटेर
    भएको अशान्ति भगाऔँ !
    ✍️
    सतीश पण्डित
    चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ।
    —————<•>—————
    [१८]
    १//
    थोरै समय निकाल
    हुनबाट मन भ्रान्ति
    जोगिँदै आफूलाई सम्हाल!
    ✍️
    सरस्वती श्रेष्ठ इटहरी
    —————<•>—————
    [१९]
    १//
    समस्याको हल भेट्दा
    मनमा शान्ति हुन्छ
    यातनाको रेखा मेट्दा !
    २//
    बुद्ध जन्मेको देश
    मलजल नपाओस् हत्याहिंसाले
    शान्ति होस् विशेष ।
    ३//
    घिड्घिडाे मात्र थियो
    मकैले पाएपछि पानी
    ढुक्क बचेर मियो !
    ✍️
    पृथक प्रकृति ,झापा
    —————<•>—————
    [२०]
    १//
    उडाए परेवा शान्तिकोे
    राष्ट्रिय हितको निम्ति
    तोडेर भ्रम भ्रान्तिको !
    २//
    आतंकवादको विरूद्ध लडी
    देशमा शान्ति ल्याइछाडे
    गोर्खाली सिमानाहरू चढी !
    ३//
    मानवीय भावना हुनुपर्छ
    पाइन्न खोजेर शान्ति
    सेवाले मनभित्र छुनुपर्छ ।
    ✍️
    दिल ठकुरी
    टिस्टा भेल्ली
    —————<•>—————
    [२१]
    १//
    शान्तिकाे गीत गाएर
    सन्देश छर्नुछ बुद्धको
    गाउँ, सहर धाएर !
    २//
    मनबाट रिस फालेर
    सुन्दर घर बनाउँ
    शान्तिकाे दियो बालेर !
    ३//
    शान्ति तिमी आऊ
    नेपाल आमा भन्छिन्
    देश सुन्दर बनाऊ !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे भक्तपुर ।
    —————<•>—————
    [२२]
    १//
    त्यागेर हिंसाको बाटो
    शान्तिमय बनाऊँ हामी
    बुद्ध जन्मेको माटो !
    २//
    हुँदैन जगमा भलाइ
    शक्तिमान बन्ने होडमा
    अशान्तिको आगो जलाई !
    ✍️
    बिके मुखिया
    दार्जीलिङ,भारत।
    —————<•>—————
    [२३]
    १//
    जन्मेर बुद्ध शान्तिको
    धर्म होइन विचार
    सबैलाई मानौँ क्रान्तिको !
    २//
    देशले शान्ति पाओस्
    जनताको कुविचार सबै
    माटोमा बिलाई जाओस् !
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    —————<•>—————
    [२४]
    १//
    पाइन्न अचेल शान्ति
    ल्याउन सुनौलो बिहानी
    गर्नुपर्ने भयो क्रान्ति !
    ✍️
    नागेन्द्रप्रसाद यादव , दाङ
    —————<•>—————
    [२५]
    १//
    अहिंसा परम धर्म
    बुद्धका ती अमरवाणी
    अङ्गाली गरौँ सुकर्म !
    २//
    मनमा भए शान्ति
    रमाइलो लाग्छ चारैतिर
    मुहारमा छाउँछ कान्ति !
    ३//
    अष्टशील पालना गरौँ
    लोभलालच सबै त्यागेर
    शान्तिको गाग्रो भरौँ !
    ✍️
    मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा।
    —————<•>—————
    [२६]
    १//
    बोझले भरिएको मन
    हतास निरास सधैँ
    शान्तिले दिँदैन धन !
    २//
    हिंसा सबैको शत्रु
    अशान्त बनाउँछ यसले
    मान्छेलाई बेकम्मा पत्रु !
    ✍️
    निर्मल शर्मा
    पेदोङ भारत
    —————<•>—————
    [२७]
    १//
    खोजेर पाइन्न शान्ति
    पूरा गर कर्तव्य
    भरिनेछ मुहारमा कान्ति !
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ
    —————<•>—————
    [२८]
    १//
    हिँडे शान्ति खोज्न
    आफ्नै सुन्दर फूलबारीमा
    एकताको माला रोज्न !
    २//
    उपदेश बुद्धका मानौँ
    त्यागेर रिसालु स्वभाव
    पाइन्छ खुसी जानौँ !
    ३//
    शान्त वातावरण देखेर
    मन हुन्छ खुसी
    बुद्धका उपदेश मानेर !
    ✍️
    सुस्मिता अधिकारी, काठमाडौँ
    —————<•>—————
    [२९]
    १//
    खोइ कहाँ शान्ति
    दक्षिणाको क्रान्ति मन्दिरमा
    चुनावमा भोटको भ्रान्ति !
    २//
    जहाँ धेरै उत्पादन
    व्यवधान छैन खानाको
    तर अशान्त मन !
    ३//
    छ मीठो वोली
    व्यवहार भने कोक्याउने
    नजरमा बारुद गोली !
    ✍️
    लोक वहादुर छेत्री लामिछाने
    मोदी गा पा २ देउपुर कल्याण ठाना जि पर्वत्
    —————<•>—————
    [३०]
    १//
    बुद्धको शान्तिभुमि देश
    हुँदैछ प्रचार झिल्काको
    खुल्दैछ मीठो परिवेश !
    २//
    निकाले शान्ति ल्याउन
    राँके जुलुस देशमा
    आए विदेशी चिहाउन !
    ३/
    देश हिंसाले बिग्रियो
    परदेशी बाटो लागेर
    गरिब ऋणले थिचियो !
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————
    [३१]
    १//
    फालौँ सबै भ्रान्ति
    बुद्धको देश हो
    गरौँ स्थापना शान्ति !
    २//
    न्याय मार्नु हुँदैन
    सराप्छ स्वयम्भुका आँखाले
    भ्रममा पार्नु हुदैन !
    ३//
    तनमा कान्ति छैन
    भययुक्त त्रसित आत्मा
    भौतिकवादमा शान्ति छैन।
    ✍️
    ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।
    —————<•>—————
    [३२]
    १//
    हुँदैन मनमा शान्ति
    हेरेर सधैँ दुर्व्यवहार
    मनले खोज्छ क्रान्ति !
    ✍️
    गंगाराम यादव
    औरावनी २ सुनसरी
    —————<•>—————
    [३३]
    १//
    छाओस् मनमा कान्ति
    बुद्धको नाम जप्दै
    संसारमा होस् शान्ति !
    २//
    मन वचन कर्म
    शुद्ध राखौँ सबैले
    बल्ल हुन्छ धर्म !
    ३//
    गरौँ सबैले ध्यान
    अलौकिक छ संसारमा
    गौतम बुद्धको ज्ञान !
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    —————<•>—————
    [३४]
    १//
    गलत समाचार नपरोस्
    सुन्न आगामी दिनमा
    शान्तिले बास गरोस् !
    २//
    शान्ति लिएर आऊ
    बुद्ध अन्याय,अत्याचार
    छिट्टै पार लगाऊ !
    ३//
    देश, समाज, परिवारजनमा
    शान्ति भए मात्र
    शान्ति हुन्छ मनमा !
    ✍️
    साबित्री प्याकुरेल, धादिङ्ग।
    —————<•>—————
    [३५]
    १//
    कुरा काट्दै जिउनुमा
    कहिले स्वाद आउँदैन
    शान्तिको रस नपिउनुमा !
    ✍🏻
    अन्मोल मुस्कान
    तकदाह छाउनी,
    दार्जिलिङ।
    —————<•>—————
    [३६]
    १//
    गर्नुपर्छ अहिंसात्मक क्रान्ति
    बुद्धत्व प्राप्त गर्न
    हतियारले ल्याउँदैन शान्ति !
    २//
    हिंसाको बाटो छोडेर
    अहिंसा परम धर्ममा
    लाग्नु आफैँलाई मोडेर !
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    —————<•>—————
    [३७]
    १//
    शान्तिमै विकासकाे गति
    भाइचारा ममता बढाऔँ
    सप्रन्छ स्वदेशकाे मति !
    २//
    बुद्धकै चिन्तनमा शान्ति
    हामी ल्याउन सक्छाैँ
    सबैको मुहारमा कान्ति !
    ३//
    हिंस्रक जन्तुले तर्साउँछ
    शान्ति खलबल्याउने पटमुर्खले
    बम बारुद वर्षाउँछ ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८, काेटमाैला, सल्यान।
    —————<•>—————
    [३८]
    १//
    नराखी अहमता मनमा
    बढौँ हामी अगाडि
    शान्ति मिल्छ जीवनमा !
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    —————<•>—————
    [३९]
    १//
    मनमा हुन्छ शान्ति
    शान्त मान्छेलाई हुँदैन
    कहिले पनि भ्रान्ति !
    २//
    नेपाल शान्तिकाे देश
    जातीय हिंसा भड्कदै
    बदलिएको छ परिवेश !
    ३//
    धर्म संस्कृतिकाे नाममा
    नभाडाैँ कसैले समाज
    लागाैँ आ-आफ्नाे काममा !
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि ।
    —————<•>—————
    [४०]
    १//
    कलमले ल्याउँछ शान्ति
    हतियारले केवल हिंसा
    हराउँछ मुहारको कान्ति !
    २//
    यत्रतत्र शान्ति छैन
    हत्या, हिंसाले हाम्रो
    हरायो मनको चैन !
    ३//
    लोभ गर्दा धनको
    मान्छेले गर्छ कुकर्म
    हराउने शान्ति मनको !
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    —————<•>—————
    [४१]
    १//
    हरायो आफ्नै मन
    कहाँ भेटिन्छ शान्ति
    शान्ति बिथोल्दा झन !
    २//
    शान्तिको लागी भन्दै
    हतियार उठाउँछ मान्छे
    हिंस्रक पशु बन्दै !
    ३//
    जहाँ शान्ति खल्बलिन्छ
    सत्य हराउँछ त्यहाँ
    विकासको मार्ग अल्मलिन्छ ।
    ✍️
    पशपती राई, खोटाङ ।
    —————<•>—————
    [४२]
    १//
    मनमा शान्ति आयो
    खुसी नै खुसीले
    हर्ष उमङ्ग छायो ।
    २//
    देशभक्त मन लगाऊ
    नियमित ज्ञानले मनमा
    सधैँ शान्ति जगाऊ !
    ३//
    हामी सबैमा एकता
    शान्ति छरौँ सर्वत्र
    त्यागौँ घमन्ड अहमता !
    ✍️
    श्रीकृष्ण धामी, बझाङ
    —————<•>—————
    [४३]
    १//
    बुद्ध जन्मेको देश
    कायम गर्न शान्ति
    गर्नुपर्छ कलहको शेष !
    २//
    दु:खका हुन्छन् कारण
    गर्नुपर्छ सबै मिली
    मनमा सधैँ धैर्यधारण !
    ३//
    कलहको अन्त्य गराैंँ
    शान्तिको कामना गर्दैं
    देश ऐश्वर्यले भरौँ !
    ✍️
    जयनारायण नेपाल
    इलाम ,हाल सूर्य विनायक २ बालकोट, भक्तपुर
    —————<•>—————
    [४४]
    १//
    शान्ति मेरो अस्त्र
    भ्रान्ति मेरो निशाना
    खोजेको छु वस्त्र !
    २//
    शासकहरूले गरे भाषण
    निस्केन कोही अग्लो
    पुड्काहरूले गरे शासन !
    ३//
    शान्ति खोज्दा नहास
    छरेर प्रतिष्ठा जताततै
    यसरी इज्जत नमास !
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    —————<•>—————
    [४५]
    १//
    बुद्धको शान्ति सन्देश
    फैलिएको यस युगमा
    नलागोस् मनमा ठेस !
    ✍️
    कार्की डिबी माकुम
    सुनवल -४, नवलपरासी
    —————<•>—————
    [४६]
    १//
    चाहना आओस् शान्ति
    समृद्ध राष्ट्र बनाउन
    गर्न नपराेस् क्रान्ति !
    २//
    शान्त देश नेपाल
    विश्व सामु चिनाउने
    उँचाे राखाैँ हिमाल !
    ३//
    शान्तिसँग बस्न देऊ
    रुँदै भन्छिन् आमा
    क्रान्तिको बाटाे नलेऊ !
    ✍️
    सुन्दरी घिमिरे खतिवडा
    सङ्खुवासभा
    —————<•>—————
    [४७]
    शान्तिको बाटोमा हिड्नू
    हत्या, हिंसामा नलागी
    अधर्मी पापीसँग भिड्नू !
    २//
    मनमा उमङ्ग छाओस्
    बाटो रोज्नु शान्तिको
    सुखमय जिन्दगी आओस् !
    ✍️
    बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    —————<•>—————
    [४८]
    १//
    कहिल्यै नगर कर
    आखिर हुने भयो
    ढुङ्गालाई माटोको भर !
    २//
    माटोमा चढाएर जल
    विश्वास ठूलो कर्ममा
    फूलबाट हुन्छ फल !
    ✍️
    आर्त अकुलीन
    —————<•>—————
    [४९]
    १//
    सधैँ मनमा शान्ति
    भए पनि आखिर
    जीवनमा चल्छ क्रान्ति !
    २//
    आत्मा शान्त बनाऊ
    फरक पर्दैन दु:खमा
    सत्मार्गमा मन लगाऊ !
    ३//
    शान्तिका दुत बुद्ध
    उनले सिकाएको बाटो
    मानवका निम्ति शुद्ध !
    ✍️
    ईश्वर साउद
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    —————<•>—————
    [५०]
    १//
    शान्ति छाओस् मनमा
    गाउँ सहर सबैतिर
    नजाओस् आँखा धनमा ।
    ✍️
    दुर्गा भट्टराई
    —————<•>—————
    [५१]
    १//
    थरीथरीका छन् भेष
    देशमा छैन शान्ति
    फुलिसक्यो मेरो केश !
    २//
    विश्वासमा मिलेपछि धुलो
    त्यसपछि मात्र लाग्छ
    शान्ति रहेछ ठूलो !
    ३//
    केही चाहिँदैन मलाई
    बाँच्न पाइयोस् सधैँ
    शान्तिको दियो जलाई !
    ४//
    मानव जीवनमा कान्ति
    उन्नति, प्रगति, सफलता
    दिँदोरहेछ यो शान्ति !
    ५//
    खुसी जोख्ने तुलो
    अरू होइन रहेछ
    शान्ति रहेछ ठूलो !
    ✍️
    दीपा समभाव
    खोटाङ्ग
    —————<•>—————
    [५२]
    १//
    छ चाहाना शान्तिको
    छैन कुनै द्विविधा
    प्रात: छाउँछ कान्तिको !
    २//
    शान्ति आऊ बस्तीमा
    नजाऊ तारे होटल
    झुम्छन् झिङ्गा मस्तीमा !
    ३//
    शान्ति फैलियोस् जगतमा
    गाडेर चिहानमा अशान्ति
    चैन बगोस् रगतमा !
    ✍️
    राज कुमार कार्की
    कटारी-१,उदयपुर
    —————<•>—————
    [५३]
    १//
    मनमा नभए शान्ति
    कतै लाग्दैन रमाइलो
    मुहारमा हुँदैन कान्ति !
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    —————<•>—————
    [५४]
    १//
    बुद्धको शरण परेर
    चिनिनुछ विश्व सामु
    शान्तिको सन्देश छरेर !
    २//
    जप गरेर मन्त्र
    ओम मणि पद्मे
    मन बनाई स्वतन्त्र !
    ✍️
    बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु
    —————<•>—————
    [५५]
    १//
    देऊ मनलाई शान्ति
    तिम्रो बागडोर समाल्छु
    नराख मनमा भ्रान्ति !
    ✍️
    मंगला उपाध्याय
    —————<•>—————
    [५६]
    १//
    सन्तोष हुन्छ जहाँ
    शान्ति छाउँछ साथी
    खोजेर पाइन्छ कहाँ ?
    २//
    शान्तिमार्ग ती बुद्धको
    सत्य आधारमा थिए
    विरुद्ध सधैँ युद्धको !
    ३//
    नसक्दा आफैँलाई चिन्न
    महत्वाकाङ्क्षाले अहङ्कार बढायो
    शान्ति पाइदैन किन्न !
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    —————<•>—————
    [५७]
    १//
    मृगले जस्तै खोजिरहेँ
    बाहिरी दुनियाँमा शान्ति
    भागदौडको जीवन रोजिरहेँ !
    २//
    सत्यताको बाटो पाएँ
    आफूभित्र रहेछ लुकेको
    महसुस गरेर रमाएँ !
    ३//
    किन्न नसक्ने धनले
    सन्तुष्टि र शान्ति
    सेवामा पाउँछ मनले !
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    —————<•>—————
    [५८]
    १//
    मेलमिलाप भने आएन
    जरो गाड्यो अहङ्कारले
    कतै शान्ति छाएन !
    ✍️
    अनिता कार्की
    पाँचथर
    —————<•>—————
    [५९]
    १//
    करुणा नि देखाइदेऊ
    विश्वमा शान्तिको दियो
    पुर्‍याऔँ मानव छेउ !
    २//
    पहिलो अहङ्कार हटाऊ
    दोस्रो जीवन शान्तिको
    सद्भाव ज्योति पठाऊ !
    ३//
    बुद्धका आँखामा अटाऊ
    मिल्नेछ शान्ति अविरल
    ईर्ष्या घृणालाई हटाऊ !
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    —————<•>—————
    [६०]
    १//
    केन्द्रमै गर्छन् मारामार
    बुद्ध जन्मेको देशमा
    शान्तिको सधैँ हाहाकार !
    २//
    चम्किन्छ मुहारमा कान्ति
    मिल्यो भने तनमनमा
    सुख अनि शान्ति !
    ३//
    दिन सकेनन् शान्ति
    नेताको मुहारमा सधैँ
    छाएको देखिन्छ क्लान्ति !
    ✍️
    बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    [६१]
    १//
    दिलाउँ मनमा शान्ति
    राेकेर असिमित आकाङ्क्षा
    भित्रिन्छ सबैमा कान्ति !
    ✍️
    काेपिला अधिकारी
    गाेरखा , सिरानचाेक
    —————<•>—————
    [६२]
    १//
    शान्तिकाे जग हालेर
    समृद्ध देश बनाऔँ
    नवीन कदम चालेर !
    २//
    हिंसाको बाटो छाेडेर
    सम्बन्ध राम्रो टिकाऔँ
    नि:स्वार्थ नाता जाेडेर !
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    —————<•>—————
    [६३]
    १//
    शान्ति शान्ति भनेर
    आउने छैन कहिल्यै
    क्रान्ति शान्ति बनेर !
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।
    —————<•>—————
    [६४]
    १//
    गल्ती लेख्नु हुँदैन
    यस्तो सम्प्रेषण गर्दा
    विद्वानको मन छुँदैन ।
    ✍️
    देवी पन्थी
    —————<•>—————
    [६५]
    १//
    समय खेर नफालौँ
    अध्यारो हटाउनु पर्छ
    शान्तिक‍ो दियो बालौँ !
    २//
    सेता परेवा जोडी
    मानिन्छ शान्तिको प्रतिक
    उडुन् जन्जिर तोडी !
    ३//
    सधैँ चाहिन्छ शान्ति
    लाग्छ कहिले नहोस्
    हाम्रो समाजमा क्रान्ति ।
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी
    —————<•>—————
    [६६]
    १//
    मनले कल्पाैँ सुभाव
    शान्तिको बीज रोपौँ
    पक्राैँ शान्तिकै लगाव !
    २//
    नगराैँ क्षेपण अश्त्र
    रक्षा गराैँ प्राणीको
    बनाऔँ विश्व निशस्त्र !
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगाबजार ।
    —————<•>—————
    [६७]
    १//
    ओठमा मुस्कान आउँन
    हुनुपर्छ परिवारमा एकता
    सधैँभरि शान्ति पाउँन !
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    —————<•>—————
    [६८]
    १//
    शान्तिप्रतिको तिव्र चाहना
    अधुरो नहोस् कहिल्यै
    पूरा होऊन् कामना !
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    —————<•>—————
    [६९]
    १//
    शान्ति सुरक्षा चाहिन्छ
    सुशासन हामीले चाहेको
    त्यसपछि मात्र पाइन्छ ।
    २//
    नेपाली दाजुभाइ सबैले
    जुटेर देशको विकास
    गरेमा हेप्दैन कसैले !
    ३//
    शान्तिका दूत बुद्धको
    दुखाउनु भनेको मन
    सङ्केत सुरुआत युद्धको !
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    —————<•>—————
    [७०]
    १//
    त्यागेर भावना क्रान्तिको
    अहिंसाको बिगुल फुकेमा
    आउँछ बहार शान्तिको !
    २//
    सोचाई राखेमा शुद्ध
    निरन्तर कर्म गरे
    बन्दछ मान्छे प्रबुद्ध !
    ✍️
    इमान सिंह के.सि.
    ब्यास ९ धनुबेसी,कलेस्ति,तनहुँ
    —————<•>—————
    [७१]
    १//
    गरेर देशमा क्रान्ति
    समुन्नत नेपालमा आज
    छाउनु पर्यो शान्ति !
    २//
    सर्वोच्च सगरमाथा हिमाल
    गरेर विकास पर्यटनको
    विश्वमा चिनाऔं नेपाल !
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा-३,काभ्रे
    —————<•>—————
    [७२]
    १//
    मानसिक सन्ताप बोकेर
    कसरी आउँछ शान्ति
    हातले निधार ठोकेर !
    २//
    भर्भराउँदो हुन्छ जवानी
    जन्मेदेखि नै मर्दासम्मको
    चिन्तैचिताले भिज्छ सिरानी !
    ३//
    मनमा आलिङ्गन क्रान्तिको
    तड्पाउँछ प्रेतात्मा भएर
    बज्दैन बिगुल शान्तिको !
    ४//
    भावनाको दैलो खोल्दैन
    जति चिच्याउन् जसले
    हृदयदेखि कोही बोल्दैन !
    ✍️
    घनश्याम पन्त
    हरिवन,सर्लाही
    —————<•>—————

    [७३]
    १//
    तिम्राे शब्दकाे शान्ति
    हाम्रालागि अभिशाप भयाे
    तिम्रा कुरामा भ्रान्ति !
    २//
    बुद्धमा ध्यानकाे सिप
    सुपुत्र नेपाल आमाकाे
    विश्वमा जगाए शान्तिदीप !
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    —————<•>—————

    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on विशेष झिल्का लेखन अभियानको १३औँ शृङ्खला ( शान्ति विषयक) सम्पन्न

    विशेष झिल्का लेखन अभियानको १२औँ शृङ्खला ( परिवारविषयक) सम्पन्न

  • ७ जेष्ठ २०८१, सोमबार २१:४२ मा प्रकाशित
  • झिल्का लेखन अभियानको १२औँ शृङ्खला (परिवार विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    [१]
    १//
    हुँदैन कदापि हार
    एकजुट हुन्छन् जहाँ
    समस्या पर्दा परिवार !
    २//
    सुन्दर सामाजिक चित्र
    स्वर्गकै आनन्द अनुभूति
    मिल्छ सफल परिवारभित्र !
    ३//
    खुसी समृद्धिको राज
    असल परिवार मिली
    बन्छ आदर्श समाज !
    ✍️
    वसन्त अनुभव
    —————<•>—————
    [२]
    १//
    हाम्रो पनि बाटो
    कहिलेकाहीँ हो मिल्ने
    परिवार छैन लाटो !
    २//
    दुःखमा साथ दिने
    एकदिन त आयो
    नबन है लिने !
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    —————<•>—————
    [३]
    १//
    जसले सिकाउछ संस्कार
    मजबुत हुन्छ साच्चै
    उसैको सुन्दर परिवार !
    २//
    स्वर्गजस्तो सुन्दर चित्र
    खोज्नुपर्दैन अन्त कतै
    बनाए परिवारलाई मित्र !
    ३.
    पर्दैन धनले भर्न
    असल बाटो बनाऊँ
    सन्तानको विकास गर्न !
    ✍️
    शंकर कार्की,मकवानपुर।
    —————<•>—————
    [४]
    १//
    सधैँ नै जुट्नुपर्छ
    घर परिवार सिँगार्नलाई
    फुटले हानी गर्छ ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    —————<•>—————
    [५]
    १//
    थामिरहेछु पीडा भारको
    दुःखले कहिल्यै छोडेन
    खोज्दा खुसी परिवारको !
    २//
    घुम्दैछु म सेरोफेरो
    थकित हुन्छ शरीर
    हर्षित परिवार मेरो !
    ३//
    बाध्यता परदेश जान
    पसिना रोपेर बालुवामा
    पाल्नुछ सारा जहान !
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    —————<•>—————
    [६]
    १//
    असल पारिवारिक घर
    बन्छ सुन्दर फूलबारी
    हुँदैन कसैलाई डर !
    २//
    एकतामा हुन्छ तागत
    मजबुत हुन्छ मान्छे
    यस्तो परिवारलाई स्वागत !
    ३//
    सबैको मुहार चमकदार
    आपसी हर्ष सद्भावको
    सबै हुनुपर्छ लचकदार !
    ४//
    स्वर्ग भनेको सम्बन्ध
    जहाँ हुन्छ मिलेमतो
    बन्छ जीवनको प्रबन्ध !
    ✍️
    घनश्याम पन्त
    हरिवन सर्लाही
    —————<•>—————
    [७]
    १//
    परिवार हाँसे घमाइलो
    हाँसुन् परिवार सबै
    जिन्दगीभर हुन्छ रमाइलो !
    २//
    परिवारमा तिमीले जानीजानी
    स्वार्थ लुट्न खोज्यौ
    परिवारको पेटमा हानी !
    ३//
    परिवारलाई आँसुको तालमा
    खाना खाँदै तिमीले
    थुक्दियौ त्यहीँ थालमा !
    ✍️
    चुडामणी देबकोटा
    चनपा१३काठमाण्डौ
    —————<•>—————
    [८]
    १//
    खुसी आनन्दको खानी
    परिवार हुनाले साथमा
    नितान्त सौम्य जिन्दगानी !
    २//
    जीवनको मेरुदण्ड परिवार
    उतारचढाव हुँदा पनि
    हुँदैन कहिल्यै निस्सार !
    ३//
    जिजीविषा हुन्छ सगरमाथा
    सुखशान्तिको मिठो आभास
    कालजयी परिवारको गाथा !
    ✍️
    पृथक प्रकृति ,झापा
    —————<•>—————
    [९]
    १//
    थलो मानव सृष्टिको
    समाजको पहिलो रूप
    परिवार सद्भाव वृष्टिको !
    २//
    परिवार पहिलो पाठशाला
    सत्मार्ग देखाउने थलो
    प्रेमको अटुट माला !
    ३//
    भलो कुभलो भेद
    यहीँ जानेर गए
    पर्दैन दुर्जनको छेद !
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    —————<•>—————
    [१०]
    १//
    सनातनी सभ्यता संस्कार
    वैरभाव हामी जान्दैनौँ
    विश्व हाम्रो परिवार !
    २//
    परिवार पवित्र बन्धन
    अभिभावक शिरको टोपी
    ललाटमाथि सेतो चन्दन !
    ✍️
    बिके मुखिया
    दार्जीलिङ,भारत।
    —————<•>—————
    [११]
    १//
    जिन्दगी काट्न परिवार
    एकजुट बन्नुपर्छ सधैँभरि
    बढ्दै जानेछ अधिकार !
    २//
    एकताले काम गरेर
    सम्पत्ति जोड्न सकिने
    अन्नको भकारी भरेर !
    ३//
    परिवारमा बल हुन्छ
    खेतबारीमा मिलेर गर्दा
    उन्नतिले शिखर छुन्छ !
    ✍️
    भगवती दवाडी , दमक,झापा
    —————<•>—————
    [१२]
    १//
    सानो परिवार वेश
    सुखशान्ति भरिभराउ आहा !
    जिन्दगीमा लाग्दैन ठेस !
    २//
    घरका मूल खाँबा
    हुरी बतास थाम्ने
    ईश्वर हुन् बाबा !
    ✍️
    राजनारायण राई
    राजदल बस्ती सोनादह
    —————<•>—————
    [१३]
    १//
    हुँदैन हार मानेर
    हुन्छन् आपतमा सहभागी
    परिवार आफैँ जानेर !
    २//
    परिवारको खुसीका लागि
    पुकार गरेको हुँ
    ढुङ्गा ढोगेर मागी !
    ३//
    परिवारको खुसी लिन
    तयार हुनुहोस् सधैँ
    परे ज्यान दिन !
    ✍️
    ललिता गिरी, सिन्धुली
    —————<•>—————
    [१४]
    १//
    ममताको अनेक हतियार
    मेलमिलापको एक उत्प्रेरणाले
    बलियो बनाउँछ परिवार !
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    —————<•>—————
    [१५]
    १//
    हाम्रो साहित्यिक सफर
    हरेक परिवार पनि
    हुन्छ आत्मियताको रहर !
    २//
    देशलाई मातृत्व सम्झिएँ
    नागरिक परिवार एउटै
    सधैँ पसिना पिएँ !
    ३//
    जता बसुन् सन्तान
    देशलाई जोगाउँ मिली
    दिेएर सबैले योगदान !
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    —————<•>—————
    [१६]
    १//
    सधैँ परदेशी भएर
    कहिले साथ रहुँला
    परिवारसँग भेट भएर !
    २//
    जीवनमा परेमा भार
    सधैँ खुसी राख्नेछु
    अब मेरो परिवार !
    ३//
    कहिले होला पाइने
    हामी परदेशीलाई आस
    परिवारको माया चाहिने !
    ✍️
    लक्ष्मण देउवा
    डोटी
    —————<•>—————
    [१७]
    १//
    एकआपसमा मेलमिलाप हाम्रो
    सद्भाव प्रेममा रहेर
    परिवार मिलेको राम्रो !
    २//
    दुःखसुख एकअर्कोमा बाँडेर
    जानुपर्छ मिलेर अगाडि
    परिवार भावना साटेर !
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    —————<•>—————
    [१८]
    १//
    सम्पुर्णमा धेरै माया
    साथ सहयोग दिएर
    हुनु सधैँ दायाँबायाँ !
    २//
    लालीगुराँस छ फुलेको
    पहाडको भिरालो पाखामा
    मेरो मन भुलेको !
    ३//
    रहर हैन बाध्यता
    प्रमाणपत्र बिक्ने ठाउँ
    भन्नुस् छ कता ?
    ✍️
    अनिता कार्की
    कुम्मायक गाउँपालिका ५ पाँचथर
    —————<•>—————
    [१९]
    १//
    समाजमा रित बस्यो
    परिवारकै निम्ति आखिर
    युवा परदेश पस्यो !
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ
    —————<•>—————
    [२०]
    १//
    परिवारको त्यो छत्रछाया
    शितल छहारी बनाेस्
    माैलाओस् एकाअर्काको माया !
    २//
    बनाेस् सपरिवार असल
    बाेध हाेस् जिम्मेवारी
    सप्रियाेस् माैसमी फसल !
    ३//
    कर्तव्यकाे हेक्का राखाैंँ
    तिताेपिराे कतै नपारी
    पारिवारिक स्वाद चाखाैँ !
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    —————<•>—————
    [२१]
    १//
    घर पहिलो पाठशाला
    परिवारको लागि स्वर्ग
    नहोस् है बधशाला !
    २//
    आपसी हाम्रो जुटमा
    समस्या सहजै टर्छ
    नपरे कहिल्यै फुटमा !
    ✍️
    सरस्वती श्रेष्ठ
    इटहरी
    —————<•>—————
    [२२]
    १//
    हुँदैछ परिवार खण्डित
    विदेश पलायन भई
    हुँदैन कोही दण्डित !
    ✍️
    नागेन्द्रप्रसाद यादव
    —————<•>—————
    [२३]
    १//
    मिलेर बसे परिवार
    आउँदैन समस्या कहिल्यै
    मिलेको हुन्छ घरबार !
    २//
    पर्दा साथ दिनु
    परिवार सबैकाे कर्तव्य
    पक्ष राम्रो लिनु !
    ३//
    शान्ति छाउँछ त्यहाँ
    झगडारहित परिवार हेर
    बसेकाे हुन्छ जहाँ !
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि
    —————<•>—————
    [२४]
    १//
    स्वर्गझैँ हुन्छ घर
    हुन्छ जुन परिवारमा
    एकअर्काको पूर्ण भर !
    ✍️
    अरुण कुमार भुजेल
    गोरू बथान,कालिम्पोङ,भारत।
    —————<•>—————
    [२५]
    १//
    दु:खसुखको यही सार
    गर्नु काम बाँडीचुँडी
    अगाडि बढ्छ परिवार !
    २//
    परिवार सजिलै चल्छ
    सीप अनुसारको कामले
    भाग्यमा अमृत फल्छ !
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    —————<•>—————
    [२६]
    १//
    जुटेर भिडियो मेलको
    भित्रिन्छ शान्ति भएर
    सहयोग हुँदैछ खेलको !
    २//
    परिवार देवको भवन
    मन्दिर बन्छ आपसमा
    सुखको चौतारो सज्जन
    ३//
    आपसी मेलको खेलाडी
    परिवार जन भएर
    नगर कहिल्यै खेलाँची !
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————
    [२७]
    १//
    घर अनि परिवार
    राख्नसक्नुपर्छ हेर मिलाई
    बनी हामी इमानदार !
    ✍️
    बाबुराम पाण्डे
    अर्घाखाँची
    —————<•>—————
    [२८]
    १//
    हुँदा सुखी परिवार
    झुपडीमा रहे तापनि
    सदा मिल्छ बहार !
    २//
    सुख, शान्ति, समृद्धि
    परिवार मिलेर बस्दा
    हुन्छ झन् अभिवृद्धि !
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>—————
    [२९]
    १//
    आत्मीय सुरक्षा धार
    सुन्दर बन्छ जीवन
    भएमा खुसी परिवार !
    २//
    भेटिन्छ समस्याको हल
    एकअर्काको दुःखमा मिले
    मिल्छ परिवारबाट बल !
    ३//
    असल परिवारको खाँचो
    सुन्दर समाज बन्न
    संस्कार जगत साँचो !
    ✍️
    सुस्मिता अधिकारी
    काठमाडौँ
    —————<•>—————
    [३०]
    १//
    सफल जीवनको सार
    शान्ति प्राप्तिको लागि
    मिलेको घर परिवार !
    २//
    एक सुन्दर हार
    जस्तै त हो
    एक विवेकशील परिवार !
    ३//
    परिवार हो पहिचान
    देशले दिन्छ व्यक्तिलाई
    इज्जत मान सम्मान !
    ✍️
    दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    —————<•>—————
    [३१]
    १//
    जीवन सुखी बनाउन
    आफ्नै घर परिवारलाई
    सक्नुपर्छ सहजै मनाउन !
    २//
    परिवार नै सर्वशक्ति
    जीवनोत्सर्गमा पुर्‍याउन हेर
    अरूको नगर्नू भक्ति !
    ३//
    चाहिँदैन अरूको सार
    परिवार मिलेर बसे
    हुँदैन कहिल्यै हार !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    —————<•>—————
    [३२]
    १//
    एकाघरमा भएका परिवार
    सबै मिलेर बस्दा
    सुन्दर बन्छ घरबार !
    २//
    हुन्छ त्यहाँ हार
    एकार्कामा झैँझगडा गरी
    मिलेर नबसे परिवार !
    ३//
    गर्नुपर्छ एकार्कामा सल्लाह
    छरछिमेकले भनुन् त्यसलाई
    कस्तो चलेको वाह !
    ४//
    घरका कुरा नगरौँ
    अगुल्टो नठोसी बल्दैन
    भन्ने दिमागमा भरौँ !
    ५//
    परिवार बनाऔँ सुन्दर
    सिकुन् अरूले पनि
    राम्रो बनोस् घर !
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    —————<•>—————
    [३३]
    १//
    परिवारसँगै भई साथमा
    बसौँ सबै मिलेर
    सुख फुल्छ हातमा !
    २//
    धेरै कुरा बुझौँला
    एकै घरमा बसेर
    बाबा, आमा पुजौँला !
    ३//
    कसैको पिर हुँदैन
    भात एकै भाँडाको
    खाए कोही रुँदैन !
    ✍️
    सञ्जना शर्मा
    —————<•>—————
    [३४]
    १//
    मानौँ सबैलाई परिवार
    जोडेर प्रीतिको नाता
    हुनेछ सुनौलो संसार !
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    —————<•>—————
    [३५]
    १//
    बेरोजगारीको झोला बोकेर
    परदेश हिडेको थिएँ
    आँखाको आँसु रोकेर !
    २//
    बालापन फर्किँदैन रोएर
    सम्झेर मात्र नहुने
    आँसुले सिरानी धोएर !
    ३//
    स्वार्थले भरिएको संसारमा
    असाध्यै सोझोपन हुनाले
    भएछु आज अन्धकारमा !
    ४//
    अर्काको मायाको आशा
    अत्यधिक गर्नुको परिणाम
    हुँदैछ आजकल निराशा !
    ✍️
    पुरुषोत्तम फुयाल
    साकेला गाउँ पालिका-२ रतन्छा खोटाङ
    —————<•>—————
    [३६]
    १//
    सुन्दर परिवारको भित्र
    शिखर चुम्छ सफलताले
    कोरिन्छ एकताको चित्र !
    २//
    हातमा हात समाई
    परिवारमा रहौँ सधैँ
    एकअर्का खुसीमा रमाई !
    ३//
    एकताको पुञ्ज तारा
    मिलेर बसेको देखी
    नमूना लिनु सारा !
    ✍️
    मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा
    —————<•>—————
    [३७]
    १//
    देशकाे माया गराैँ
    शाश्वत रूपले अब
    मानापाथी नै भराैँ !
    २//
    मनकाे दियाे बालेर
    उच्च हिमाली शिरमा
    सफल पाइला चालेर !
    ३//
    राखेर शिरमा बुकी
    हाँसेर दन्त लहरले
    सधैँ बनाैँ सुखी !
    ✍️
    श्रीबहादुर केसी शैलुङ्गे
    भक्तपुर
    —————<•>—————
    [३८]
    १//
    सुखदुःखको मूल सार
    सबै एकजुट हुनुपर्छ
    सधैँ आफ्नो घरपरिवार !
    २//
    मिलेर काम गर्नुछ
    परिवार जुटौँ एकतामा
    एकदिन अवश्य मर्नुछ !
    ३//
    ईश्वर जप्नु मनमा
    बोलीमा नहोस् असत्य
    लोभ नगर धनमा !
    ✍️
    बेदु न्यौपाने
    —————<•>—————
    [३९]
    १//
    मन मिलेको घरमा
    आनन्दले बस्छन् जहान
    एकअर्काको स्निग्ध भरमा !
    २//
    बल्दैन खुसीको दियो
    अन्योलमा पर्छ परिवार
    धरमरिए घरको मियो !
    ३//
    सम्हालौँ थुतुने हतियार
    चिरस्थायी राख्ने भए
    शान्त सौम्य परिवार !
    ✍️
    बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    [४०]
    १//
    एउटै संस्कृति संस्कार
    बसाइँ एउटै घरमा
    त्यसलाई भन्छन् परिवार !
    २//
    झिल्का लेखौँ बारम्बार
    समूहका हामी सबै
    एउटै घरका परिवार !
    ३//
    छरछिमेकमा गर्नुपर्छ हारगुहार
    बाआमा छोराछोरी नातिनातीनी
    हुन्छन् घरमा परिवार !
    ४//
    हवल्दार सिपाही चौकिदार
    ढुक्कले मिलेर बसौँला
    रमाइलो हुन्छ परिवार !
    ५//
    चासो गर्दैन सरकार
    विकसित पारौँ गाउँलाई
    मिलेर सबै परिवार !
    ६//
    ज्ञानको सन्देश छरौँला
    झिल्का समूह परिवार
    मिलेर प्रगति गरौँला !
    ७//
    लगिदेऊ सन्देश समाचार
    सम्पूर्ण नागरिक विश्वका
    एउटा ठूलो परिवार !
    ८//
    सुखदुःखको बेलामा जो
    सहयोग गर्छ आपत्तिमा
    बुझ्नु संस्कार परिवारको !
    ९//
    अधिकृत मुखिया खरिदार
    शासक शासित जनता
    देशका एउटै परिवार !
    ✍️
    गुणनिधि घिमिरे अमेरिका
    झिल्का कविता परिवार
    —————<•>—————
    [४१]
    १//
    संयुक्त छ परिवार
    छैन विश्वास आपसमा
    झगडा परिरहन्छ तारन्तार !
    २//
    बुझ्दैनन् कसैले कुरा
    सबै हुन्छन् जान्ने
    चलाउछन् हरदम छुरा !
    ३//
    खुसी परिवारको आधार
    सबै जुटुन् कर्ममा
    नहोउन् कोही बेरोजगार !
    ✍️
    सतीश पण्डित
    चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    —————<•>—————
    [४२]
    १//
    मन मिले घरमा
    खुसी हाँसो बढ्छ
    परस्परको साथ भरमा
    २//
    मिलेर बसे परिवार
    छाउँछ माहोल खुसीको
    बन्दछ मिलेको घरवार !
    ✍️
    बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    —————<•>—————
    [४३]
    १//
    एक्लोलाई छैन आधार
    आफन्त पराइ भएपछि
    लाग्दैछ महत्वपूर्ण परिवार !
    २//
    उजाडिएपछि आफ्नो संसार
    खिन्नतासँगै मनको बगरमा
    खुशीको खोज्दैछुु परिवार !
    ३//
    समालेको सुखी परिवार
    बाँचुन्जेल रहेछ दुनियाँमा
    जिवनभरको जिउने आधार !
    ✍️
    दिल ठकुरी
    टिस्टाभेल्ली दार्जिलिङ
    —————<•>—————
    [४४]
    १//
    सुखी परिवार बनाउन
    दुई छोराछोरी जन्माएँ
    दुबै उडे कमाउन !
    ✍️
    नन्दलाल आचार्य, उदयपुर ।
    —————<•>—————
    [४५]
    १//
    सुन्दर हुन्छ परिवार
    मिलेको छ जहाँ
    एकतामा राम्रो व्यवहार !
    २//
    त्यसै आफैँ टर्दैन
    परिवारले भनेको मान्नु
    कहिल्यै झुक्नु पर्दैन ।
    ३/
    जीवनमा मिल्छ सार
    असल काम गरे
    परिवारमा हुँदैन भार !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    —————<•>—————
    [४६]
    १//
    मानव सृष्टिको थलो
    परिवार बचाउनुछ यहाँ
    सबैको हुन्छ भलो !
    २//
    आमाको माया देखेर
    परिवार कति मिलाएको
    उसको कहानी लेखेर !
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    —————<•>—————
    [४७]
    १//
    परिवार धान्न गाह्रो
    बेरोजगारीले सहर ढाक्यो
    भयो जीवन साह्रो !
    २//
    छहारी दिने रुख
    बाँच्न सकिन्छ बाँच्न शान्तिले
    परिवारमा भए सुख !
    ३//
    दश औँला जोडेर
    परिवारसँगै बसौँ मिली
    नजाऊ विदेश छोडेर !
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौ
    —————<•>—————
    [४८]
    १//
    हिमाल पाैडिन्छ तालमा
    यस्ताे सुन्दर दृश्य
    देख्न पाइन्छ नेपालमा !
    २//
    प्राकृतिक सुन्दरता कमाल
    यसलाई संरक्षण गर्दै
    आफ्नाे व्यवसाय सम्हाल !
    ✍️
    देव कृष्ण काफ्ले
    पाेखरा १.कास्की
    —————<•>—————
    [४९]
    १//
    जीवनकाे मुल आधार
    सृजना गराैँ सबैले
    बसाउँदै सम्मुन्नत परिवार !
    २//
    सभ्य समाजकाे आधार
    आरम्भ गर्नुपर्छ परिवारबाटै
    फिजाई भवमा सुसंस्कार !
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार ।
    —————<•>—————
    [५०]
    १//
    जसले सबैको सुन्छ
    आत्तिनुपर्दैन ऊ दुखमा
    परिवार साथमा हुन्छ ।
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    —————<•>—————
    [५१]
    १//
    निरन्तर एकअर्काको सारमा
    सहकार्य गर्दै गए
    शान्ति हुन्छ परिवारमा !
    २//
    नअल्झिऔँ कुरामा मसिना
    सधैँ अप्ठ्यारो जिन्दगी
    हुन्छ परिवारको साथबिना !
    ✍️
    साबित्री प्याकुरेल,धादिङ्ग।
    —————<•>—————
    [५२]
    १//
    सधैँ खुसियाली छाउँछ
    मिलन भए परिवारमा
    सुखशान्ति समृद्धि आउँछ !
    ✍️
    अनिता भण्डारी ताप्लेजुङ
    —————<•>—————
    [५३]
    १//
    हुन्छ पारिवारिक सुख
    सुसंस्कारले दीक्षित भए
    हट्छ सबै दुख !
    २//
    चाहिन्न सम्पत्ति अति
    पारिवार मजबुत पार्न
    मियो बन्नुपर्छ दम्पती !
    ३//
    देखासिकी हुन्छ कारण
    हुन्न हाैँसिनु हतासिनु
    गर्नुपर्छ सधैँ धैर्यधारण !
    ✍️
    (इलाम हाल सूर्यविनायक २ बालकोट ,
    भक्तपुर ।
    —————<•>—————
    [५४]
    १//
    हाम्रो शक्ति परिवार
    सबै मिलीजुली बस्दा
    कहिल्यै हुँदैन हार !
    २//
    एकतामा हुन्छ बल
    साह्रो, गाह्रो पर्दा
    समस्याको भेटिन्छ हल !
    ३//
    परिवारमा हुनुपर्छ एकजुट
    सहज हर परिस्थिति
    बन्छ नपरेसम्म फुट !
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    —————<•>—————
    [५५]
    १//
    परिवार जिवनको सार
    बन्छ हामी मिलेमा
    सधैँ सुखी परिवार !
    २//
    परिवारमा सबै जुटने
    राम्रो कामकाे लागि
    गर्नुपर्छ चाडै उठने !
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    —————<•>—————
    [५६]
    १//
    एक भए परिवार
    हेप्न सक्दैन कसैले
    दर्बिलाे हुन्छ घरबार !
    ✍️
    उर्मिला के.शी
    धनकुटा
    —————<•>—————
    [५७]
    १//
    व्यक्ति पूर्ण बन्न
    परिवार पहिलो खम्बा
    लायक मान्छे भन्न !
    २//
    घर एकतामा फुल्छ
    शान्ति समृद्धि छाएर
    टोल समाजै खुल्छ ।
    ३//
    मायाममता नै छाएको
    स्वर्गझैँ अदभूत लाग्ने
    आहा ! वरदान पाएको ।
    ✍️
    पुष्पा राई, बादेल, खाेटाङ ।
    —————<•>—————
    [५८]
    १//
    आउँछन् अनेकौँ अड्चन
    परिवार एकजुट भएमा
    तोड्न सक्दैन बन्धन !
    २//
    दुःखमा परिवार सहारा
    सजिलै समस्या टर्छ
    निभाउन सकिन्छ अभिभारा !
    ३//
    परिवारको कुरा मानी
    हामीले कदम चाले
    भन्छन् हुँदैन हानी !
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    काठमाडौँ
    —————<•>—————
    [५९]
    १//
    स्वर्गझैँ आहा राम्रो
    सुखी र खुसी
    हुन्छ परिवार हाम्रो !
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    —————<•>—————
    [६०]
    १//
    एकतामा बाँधिएको घर
    मन्दिर जस्तै बनाउने
    सबैको मनमा रहर !
    २//
    सद्भावको हुनुपर्छ मेल
    परिवार एक हुनलाई
    विश्वासमा नगरेर झेल !
    ३//
    दाजुभाइ यदि फुटेर
    फाइदा उठाउँछन् बाहिरीहरू
    जरो खन्न जुटेर !
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    —————<•>—————
    [६१]
    १//
    एक भएपछि परिवार
    स्वर्ग खोज्नुपर्दैन कतै
    झुपडी सुखको सार !
    २//
    मिल्दा आपसमा विचार
    हुँदैन झगडा कहिले
    पूर्ण बन्छ परिवार !
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    —————<•>—————
    [६२]
    १//
    परिवार हाम्रो पाठशाला
    संस्कार पहिलो पढाइ
    सिकौँ असल चाला !
    २//
    मातापिता हुनुपर्छ असल
    छोराछोरीले शिखर चुम्छन्
    जताततै सफलताको फसल !
    ३//
    सबैलाई माया चाहिन्छ
    बाँडेर सकिँदैन माया
    जतिको तति पाइन्छ ।
    ✍️
    पशपती राई खोटाङ।
    —————<•>—————
    [६३]
    १//
    परिवार भए सानो
    साह्रै सुन्दर हुन्छ
    पुर्‍याउन सकिन्छ मानो !
    २//
    शान्त सुखी परिवार
    सफल उज्ज्वल भविष्यको
    सुन्दर सुन्दर भावोद्गार !
    ३//
    परिवार बस्नुपर्छ मिलेर
    बनाइदिन्छ बर्बाद नमिले
    बारुलो अरिङ्गालले चिलेर !
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    —————<•>—————
    [६४]
    १//
    माया प्रेमको घर
    सुरक्षाको हो पुण्यस्थल
    जीवनको गतिलो भर !
    २//
    स्नेहको शितल थलो
    साथ सहयोगको स्वर्ग
    सबैको हुन्छ भलो !
    ✍️
    तोया नाथ चापागाईं
    दमक,झापा
    —————<•>—————
    [६५]
    १//
    सुखदुःख अनि माया
    साटासाट गर्ने थलो
    जीवन तापको छाया !
    २//
    खनजोत सम्बन्ध नाता
    साउनु दाउनु हाम्रो
    आमाबुबा ईश्वर जन्मदाता !
    ✍️ ममता पौडेल
    बुढीगंगा – २ मोरङ
    —————<•>—————
    [६६]
    १//
    परिवार खुसी राख
    आपसमा सद्भाव रहेको
    जिन्दगीको मजा चाख !
    २//
    स्नेह अनि मायाममताले
    ढिका पारेर परिवार
    राखौँ आफ्नै क्षमताले !
    ✍️
    सरिता सेढाई धादिङ
    —————<•>—————
    [६७]
    १//
    निभाउनु पर्छ कर्तव्य
    चिनेर आफ्नो ठाँउ
    सजिलै पुगिन्छ गन्तव्य !
    २//
    पर्खन गाह्रो रहेछ
    अँध्यारो यो रातपछि
    बिहानी हुने रहेछ ।
    ३//
    गजबको हुन्छ शक्ति
    तरबारभन्दा त कलमको
    नगरौँ कसैको भक्ति !
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी
    —————<•>—————
    [६८]
    १//
    जीवनको आधार परिवार
    अमृत साधारण भएपनि
    भाेजनमा विभिन्न परिकार !
    २//
    आउँछन् गरिकन परिसार
    हुन्छन् परिवार आफ्नो
    पाउँछन् सेवामा परिचार !
    ३//
    मिलेर बन्छन् परिष्कार
    परिवार स्वर्ग बनेका
    भूलमा माग्छन् परिहार !
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।
    —————<•>—————
    [६९]
    १//
    परिवार नै साहारा
    बालक बुढाे तङ्ग्रन्छ
    पाई मीठाे आहारा !
    २//
    संयुक्त परिवार टुक्रिदा
    लाग्छ अधाेगति अर्थ
    व्यक्तिकाे मन विग्रिदा !
    ३//
    परिवारमा कलह बढ्दा
    हेप्छन सबै छिमेकी
    परिवारकाे आशङ्का चढ्दा !
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८,काेटमाैला,सल्यान
    —————<•>—————
    [७०]
    १//
    जान्छन् युवा परदेशमा
    परिवार आफ्नो पाल्नलाई
    छैन रोजगार स्वदेशमा !
    २//
    सुखशान्ति पक्कै छाउँछ
    परिवार मिलेर बसे
    हर्षका दिन आउँछ ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    —————<•>—————
    [७१]
    १//
    बनाउनु पर्छ घरबार
    सबै जुट्यौँ भने
    सफल हुन्छ परिवार !
    ✍️
    गंगाराम यादव
    औरावनी,२ सुनसरी
    —————<•>—————
    [७२]
    १//
    समाज हाम्रो मिलेर
    बढ्नुपर्छ अघि सदा
    समस्या सबै चिनेर !
    २//
    मित्रताभन्दा त ठुलाे
    केही हुँदैन अरू
    घनिष्ठ प्रेमको कुलो !
    ३//
    विकास हुन्छ तब
    मिलिजुली बढे हामी
    जुटेर हिडौँ अब !
    ✍️
    ईश्वर साउद
    रामाराेसन गाउपालिका ६ सुदुरपश्चिम अछाम
    —————<•>—————
    [७३]
    १//
    मान्छेमा मानवता हरायो
    सबैका खुसी लुटेर
    ठुल्ठुलाे स्वरमा करायाे ।
    २//
    सद्भावमा हाँसो खुल्दछ
    सन्सार मायाकाे फूलबारी
    समाजमा शान्ति झुल्दछ ।
    ३//
    अशान्ति अज्ञानकाे मूल
    संस्कार संस्कृति प्याराे
    ज्ञान शान्तिकाे पुल !
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे।
    —————<•>—————
    [७४]
    १//
    परिवार बन्दछ सुखी
    आपसमा सुमधुर सम्बन्धले
    टाढिएमा पार्दिन्छ दुखी !
    २//
    एकबाट दुई हुँदै
    बन्छ बृहत् परिवार
    सहृदयलाई स्नेहले छुँदै !
    ३//
    नमुना बन्छ परिवार
    विनम्रता र मर्यादाले
    बन्दछ ममताको दरबार !
    ✍️
    पारसमणि खतिवडा
    इलाम सूर्योदय ३ हाल सूर्यविनायक भक्तपुर ।
    —————<•>—————
    [७५]
    १//
    रित्तो गाग्री अशुभ
    भन्दै हिँड्छन् खुरुखुरु
    कहिले भेटाउने कौस्तुभ !
    २//
    शान्तिप्रति बाधाको शमन
    भनेर हुन्छ कहिले
    मनले गरिरहन्छ दमन !
    ३//
    मुहारमा मुस्कान देखेर
    यो मोहनीय जीवनमा
    आउँदैछु जोबन लेखेर !
    ✍️
    अच्युत घिमिरे
    सर्पाङ, भुटान 🇧🇹
    —————<•>—————
    [७६]
    १//
    नमानी कहिल्यै हार
    कसेर सम्बन्धको गाँठो
    बनाऔँ सुखी परिवार !
    ✍️
    बाल कृष्ण श्रेष्ठ,सोलुखुम्बु
    —————<•>—————
    [७७]
    १//
    छाडौँ शङ्काकाे दृष्टि
    रचौँ सुन्दर परिवार
    हुन्छ सर्वत्र पुष्षवृष्टि !
    ✍️
    काेपिला अधिकारी
    सिरानचाेक- ७ ,गाेरखा
    —————<•>—————
    [७८]
    १//
    नगराैँ निर्णय हतारमा
    मानव हामी सबैलाई
    मिल्छ खुसी परिवारमा !
    २//
    गर्नेछन् अरूले प्रहार
    यथार्थ बुझाैँ साथी
    नबस्दा मिलेर परिवार !
    ३//
    हामीले राखाैँ ज्ञान
    साँच्चै यी मानवजातिको
    गहना हुन्छ परिवार !
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    —————<•>—————
    [७९]
    स्वर्ग हाे घर
    याे जुनीमा प्रिया
    गाँसेर आत्मियतामा भर !
    ✍️
    प्रद्युम्न चालिसे
    —————<•>—————
    [८०]
    १//
    नाममात्रको परिवार भए
    आजभोलिका रगतको सम्बन्ध
    सबैजना टाढिँदै गए ।
    २//
    हराउँदै गए जोडी
    जाँदा, आउँदा मान्छे
    हिँड्छन् नजर मोडी !
    ३//
    तमासा हेर्ने परिवार
    गुण बिर्सने खोज्ने
    छुट्याउन खोज्दै अंसियार ।
    ✍️
    राजेश्वरी राजोपाध्याय
    ललितपुर
    —————<•>—————
    [८१]
    १//
    समयको यो तालमा
    सोचेर नगरे काम
    भइन्छ सधैँ बेहालमा !
    ✍️ दुर्गा भट्टराई

    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव1 Comment on विशेष झिल्का लेखन अभियानको १२औँ शृङ्खला ( परिवारविषयक) सम्पन्न

    विशेष झिल्का लेखन अभियानको एघारौँ शृङ्खला (आमा विषयक) सम्पन्न

  • २८ बैशाख २०८१, शुक्रबार ०६:५४ मा प्रकाशित
  • झिल्का लेखन अभियानको एघारौँ शृङ्खला (आमा विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालले मातातीर्थ औँसी(आमाको मुक्ग हेर्ने दिन) को अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    [१]
    १//
    आफ्नो पेट काटेर
    मेट्छिन् भोक सन्तानको
    आमाले पटुकी बाँधेर !
    २//
    पुज्दछु शिरमा राखी
    आमा देवी हुन्
    खानी हुन् ममताकी !
    ३//
    क्रयविक्रय र व्यापारमा
    खोजेमा मिल्छ हरचिज
    पाइन्नन् आमा संसारमा !
    ४//
    बगेका आँसु साराको
    सकिँदैन तिर्न आमा
    ऋण ती दसधाराको !
    ५//
    स्वर्ग लाग्छ काख
    सृष्टिकर्ता पालनकर्ता आमा
    तिम्रो माया लाख !
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ
    —————<•>—————
    [२]
    आमा भगवान् सुन
    किन पत्थर पुज्छौँ
    तिरेर सकिन्न गुन !
    ✍️ शंकर कार्की
    थाहा ३ मकवानपुर।
    —————<•>—————
    [३]
    १//
    आमा घरको मियो
    सन्तानको लागि अहोरात्र
    फाटेको सिलाउने सियो !
    २//
    आमा शब्द भारी
    भोक लाग्यो नभन्ने
    आमा भगवान् नारी !
    ३//
    आफू नखाई छोराछोरी
    खेलाउने भुलाउने जहिल्यै
    बाँधेर ममताको डोरी !
    ✍️ चुडामणी देबकोटा
    चनपा १३ काठमाण्डौ
    —————<•>—————
    [४]
    १//
    सृष्टिकर्ता मायाकी खानी
    देवी मानेर पुज्छु
    मुटुको बनाएर रानी !
    २//
    तिमीले सिलाएको जामा
    च्यातेर नयाँ धोती
    कसरी बिर्सनु आमा !
    ३//
    खाजा पोल्टामा हाल्दै
    मेला गएको बेला
    हुर्कायौ स्नेहमा पाल्दै !
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    —————<•>—————
    [५]
    १//
    आमाकाे माया लाख
    भेटिँदैन अन्त कतै
    स्फटिक सुन्दर काख !
    २//
    देख्दा आमाकाे मुहार
    वात्सल्यकाे ज्योति बल्ने
    टल्कन्छन् कायामा जुहार !
    ३//
    आमा माफी माग्छु
    अबाेध सम्झिदिनु है
    ‌दैनिक कुलदेवता भाग्छु ।
    ✍️ हिरालाल न्याैपाने, काेटमाैला, सल्यान
    —————<•>—————
    [६]
    आमाको महिमा अपार
    सुख चाहन्छिन् सन्तानको
    गर्दै सङ्घर्ष लगातार !
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    —————<•>—————
    [७]
    १//
    आमा ममताकी खानी
    कमी नहुने मायामा
    घरकी आमा रानी !
    २//
    शुन्य हुन्छ घर
    आमा नहुँदाका पलहरू
    घर आमाको भर !
    ३//
    आमा प्राण दानी
    यिनैका महिमा अपार
    सरल स्वभाव बानी !
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    —————<•>—————
    [८]
    १//
    ब्रम्हाण्डमा आमाको महानता
    तुलना गर्दा कसैसँग
    पाइँदैन कहिल्यै समानता !
    २//
    जननीलाई नगर हेला
    सृष्टिमा आमाभन्दा अगणित
    कुनै पर्दैन फेला !
    ३//
    सामाजिक सञ्जाल रङ्गाएर
    वर्षेनी मातृऔँसी मनाउने
    झुपडीमा सहाराहीन बनाएर !
    ✍️ पारसमणि खतिवडा
    सूर्योदय ३ इलाम हाल सूर्यविनायक भक्तपुर
    —————<•>—————
    [९]
    १//
    आमाको मायामा हुर्कने
    पढाइलेखाइ सबै सकेर
    घमन्डी पाखुरा सुर्कने !
    २//.
    मुखमा गाँस नपारी
    बाँचिन बच्चाको खातिर
    काममा बोकेर नझारी !
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————
    [१०]
    १//
    आमाको माया मुटुभरी
    औँसीमा मात्र होइन
    अविरल सर्वदा यसैगरी !
    २//
    आमा विनाको घर
    उज्यालो हुँदैन कहिल्यै
    अँध्यारो हुन्छ निशाचर !
    ३//
    आमा हाम्री बिहानी
    संस्कार सिकाउने बच्चामा
    घर परिवारकी जिन्दगानी !
    ✍️ भगवती दवाडी
    —————<•>—————
    [११]
    १//
    तिमी फलिरहेको बोट
    अनेक चोट झेल्छ्यौ
    छैन तिमीमा खोट !
    २//
    चुसाई आफ्नो रगत
    सजक बनेर सन्तानको
    लियौ जस फगत !
    ३//
    भविष्य उजाडी बचायौ
    हसायौ रोएर मकाई
    ममताको इतिहास रचायौ !
    ✍️ रोसन अधिकारि
    —————<•>—————
    [१२]
    १//
    मियो ढलेको दिन
    म पर्खिरहेछु आमा
    नभई रत्ती उदासिन !
    २//
    म सम्झन्छु पल
    आमा याद आउँदा
    हेर्छु तिम्रो सल !
    ३//
    दिन, महिना, वर्ष
    भुल्नै सक्दिनँ कहिल्यै
    न उमङ्ग हर्ष !
    ✍️ म्छुगेम रोदु
    मकालु-६, वालेङ, संखुवासभा
    —————<•>—————
    [१३]
    १//
    आमा हुन् विशाल
    ममताकी खानी औ
    करुणाकी उच्च मिसाल !
    २//
    सारा सपना मुज्याएर
    बस्छिन् सन्तान हुर्काइ
    इच्छाहरू पनि कुज्याएर !
    ३//
    हुँदैम आमालाई खरो
    सन्तानलाई टाउको दुख्दा
    आउँछ उनलाई ज्वरो l
    ✍️ बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    [१४]
    १//
    अपार ममताकी देवी
    अतुलनीय सेवामा समर्पित
    परिवारको महान् सेवी !
    २//
    आमा शब्दमै मिठास
    प्रेरणाकी साक्षात् मूर्ति
    बनाउदिनन् कहिले हतास !
    ३//
    आमाको ममता नपाउँदा
    लाग्छ जीवन उदास
    प्रेम अभावले सताउँदा !
    ✍️ दिल ठकुरी टिस्टा भेल्ली दार्जिलिङ
    —————<•>—————
    [१५]
    १//
    आमाको अपार मायाले
    बनेको जिन्दगी सुनौलो
    छुँदैन कसैको छायाले !
    २//
    रमाइलो तिम्रै घरमा
    गल्ती जति गर
    बस्नुपर्दैन है डरमा !
    ३//
    परान मेरो भनेर
    तिमीले राख्छेउ काखमा
    धर्ती जस्तो बनेर !
    ✍️ सञ्जना शर्मा दाङ लमही
    —————<•>—————
    [१६]
    १//
    आमा हुन् धरती
    आमालाई हेला गर्नेहरू
    पर्छन् पक्कै अगति !
    २//
    स्वर्ग तिम्रै काख
    सृष्टिकर्ता हौँ आमा
    माया दिन्छौँ लाख !
    ३//
    आमाको माया अपार
    यस्ती ममता खानीको
    हेरविचार गरौँ बारबार !
    ✍️ अर्जुन प्रसाद चौलागाई
    —————<•>—————
    [१७]
    १//
    मायाको तिमी रानी
    आकाशकी तिमी जून
    दयाको आमा खानी !
    २//
    हजुर नै जून
    भरोसा छ जिन्दगीको
    तिमी नुनिलो नुन !
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    —————<•>—————
    [१८]
    १//
    आमा मायाको खानी
    हर दुःखकष्ट सहने
    घरकी हुन् रानी !
    २//
    उज्यालो हुन्छ घर
    पूर्णीमाकाे यो रातसरि
    हाँसेकाे आमाकै भर ।
    ३//
    आमा भगवान जून
    सृष्टिकर्तालाई पूजा गरी
    तिर्नु आमाको गुन !
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर
    —————<•>—————
    [१९]
    १//
    जरा जननी हाम्रो
    हाँगा पात उन्नति
    खुसी फलेको राम्रो !
    २//
    खन्याएर जीवनमा ममता
    स्वर्गकी काख कल्याणी
    जीवन रूप सार्थकता !
    ✍️ ममता पौडेल
    बुढीगङगा-२ मोरङ
    —————<•>—————
    [२०]
    १//
    आमाको जस्तो काख
    हुँदैन अरू कसैको
    सबैले याद राख !
    २//
    आमाको लागि छोरी
    अमूल्य सम्पत्ति हुन्
    प्रेमको अटुट डोरी !
    ३//
    घरको लक्ष्मी मानेर
    कहिल्यै मन नदुखाउनु
    नमिठो वचनले हानेर !
    ४//
    दुःखमा दाजुभाइले हेप्दा
    जाने ठाउँ हुँदैन
    त्यसैमा परिवारले चेप्दा !
    ५//
    आमाछोरीको यो सम्बन्ध
    प्रगाढ हुन्छ सधैँ
    कहिल्यै बन्दैन मन्द !
    ✍️ ललिता गिरी, सिन्धुली
    —————<•>—————
    [२१]
    १//
    बगेका आँसू साराको
    आमाको सकिँदैन तिर्न
    दुधको ऋण दशधाराको !
    २//
    झेलेर अनकौँ चोट
    हुर्काउँछ्यौ तिमी सन्तानलाई
    आइपरेको सहेर खोट !
    ३//
    खानी हुन् ममताकी
    सन्तानको खातिर आमा
    कष्ट सहने क्षमताकी !
    ✍️ बेदु न्यौपाने
    —————<•>—————
    [२२]
    १//
    घरकी लक्ष्मी आमा
    मात्र उनी एक
    हाँस्न सक्ने पीडामा !
    २//
    गल्तीलाई सच्चाएर डोर्‍याउँछिन्
    भरपुर समय खर्चेर
    सन्ततीलाई योग्य बनाउँछिन्।
    ३//
    जननी शुद्ध सुन
    आमा भन्दै गर्दा
    पीडा हराउँछ जुन !
    ✍️ केन्टरमेश क्षेत्रीय
    रोल्पा
    —————<•>—————
    [२३]
    १//
    आमाको माया सधैँभरी
    सन्तानमा हुन्छ भरिपुर्ण
    कसैलाई नछुट्याई बराबरी !
    २//
    पर्न दिन्निन् छायामा
    निरन्तर हेरचाह गरी
    खटिरहन्छिन् है मायामा !
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    —————<•>—————
    [२४]
    १//
    आमा तिमी महान
    टेकेर आज धर्तीमा
    देखायौ सारा जहान !
    ✍️ गंगाराम यादव
    औरावनी २ सुनसरी
    —————<•>—————
    [२५]
    १//
    घाम अनि जून
    मेरो लागि आमा
    हिरा, मोती सुन !
    २//
    माया ममताकी खानी
    आमा नै हुन्
    मेरो सारा जिन्दगानी !
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    —————<•>—————
    [२६]
    १//
    आमा विनाको घर
    लाग्छ उजाड न्यास्रो
    मेरो बस्ती सहर !
    ✍️ देव मगर
    कचल,पाल्पा
    —————<•>—————
    [२७]
    आमाको चोखो मायामा
    नगर्नु कहिल्यै दुर्व्यवहार
    पवित्र निश्चल छायामा !
    ✍️ सरस्वती श्रेष्ठ
    —————<•>—————
    [२८]
    १//
    आमाझैँ यहाँ अरू
    काेही छैनन् मेरो
    घनिष्ठ आफ्ना आफन्तहरू !
    २//
    मेरी आमा मेरै
    जिन्दगीको मुहान हुन्
    मनपर्छ मलाई धेरै !
    ✍️ ईश्वर साउद, रामाराेसन गाउपालिका ६ सुदुरपश्चिम अछाम
    —————<•>—————
    [२९]
    १//
    आफ्नो बाटो खनेर
    हिँड्दा देखिन्छ साहसी
    युद्धको मैदानमा लडेर !
    ✍️ डा देवी पन्थी
    —————<•>—————
    [३०]
    आमा दयाकी खानी
    आमा नहुँदा हाम्रो
    अन्धकार हुन्छ जिन्दगानी !
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    —————<•>—————
    [३१]
    १//
    कञ्चन ममाताकी धनी
    बाँच्न चाहन्छिन् सन्तान
    मुटुको टुक्रा भनी !
    २//
    छोराछोरीलाई दिन्छिन् सुख
    हुन्छिन् खुसी मुद्रामा
    ढालेर जिन्दगीको दुख !
    ३//
    हुँदैन कहिले विरक्ति
    कुनै प्रकोपले छोप्दा
    पाइन्छ अलौकिक शक्ति !
    ✍️ पृथक प्रकृति, झापा
    —————<•>—————
    [३२]
    १//
    आमा सभ्यताकी खानी
    खाइनखाई गरेर सधैँ
    सुनाउने गर्नुहुन्थ्यो कहानी !
    २//
    सङ्घर्षमा जिउन सिकायो
    जिन्दगीमा सधैँ हाँसेर
    समाजमा उज्यालो देखायो !
    ३//
    सुखको दिन आमाको
    आएन तिम्रो कहिले
    भाग्छ लुकेर छायाको !
    ✍️ एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    —————<•>—————
    [३३]
    १//
    अपरम्पार छन् जन्मदाता
    आफ्नो सन्ततिको लागि
    धरणी हुन् माता !
    २//
    हुँदैन कुनै सिमा
    आकाशभन्दा नि विशाल
    तिनै आमाको महिमा !
    ३//
    ज्ञान चेतना छरौँ
    हेलाहोचो गर्ने होइन
    आमाको सम्मान गरौँ !
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    —————<•>—————
    [३४]
    १//
    संसारकै पहिलो गुरु
    हाम्रो जीवनको शिक्षण
    आमाबाट हुन्छ सुरु !
    ✍️ बिके मुखिया
    दार्जीलिङ,भारत।
    —————<•>—————
    [३५]
    १//
    दूधको भारा तिर्नुछ
    आमाको दुःख सम्झी
    घर चाडै फिर्नुछ ।
    २//
    आमा हुन् हाम्रो
    घरको मूल देवता
    सन्तानले गर्नुपर्छ राम्रो !
    ३//
    माया मायालु हाम्री
    उनी एकमात्र हुन्
    यो संसारकी राम्री !
    ✍️ कला ढकाल, झापा
    —————<•>—————
    [३६]
    १//
    आमा वृद्ध हुँदा
    सन्तान साथैमा छौँ ?
    भोक, प्यासले रुँदा !
    २//
    किन गर्ने पूजा ?
    तातो न्यानो छैन
    मुटु धुजा धुजा !
    ✍️ कमला न्यौपाने
    —————<•>—————
    [३७]
    १//
    नगरौँ कुरा लामा
    कसरी हुन्छौँ हामी ?
    भइनन् भने आमा !
    २//
    आमा ममताको खानी
    अबोध शिशु हुर्काउने
    मनको भाषा जानी !
    ३//
    चिच्याएर आमालाई नबुझाउनु
    बुझ्न सक्छिन् आमा
    तिमीले नसक्दा बोलाउनु !
    ४//
    निस्वार्थ मायाको नमुना
    जतिसुकै खोजे पाइँदैन
    पार गरेपनि यमुना !
    ✍️ दीपा समभाव
    खोटाङ्ग
    —————<•>—————
    [३८]
    १//
    आमा ममताकी खानी
    साक्षात् दर्शन मिल्ने
    जिवित देवी सर्वज्ञानी !
    २//
    पीडा लुकाई छातीमा
    खुसी बाँड्न सक्ने
    देवी हुन् आमा !
    ✍️ निर्मल शर्मा
    पेदोङ भारत
    —————<•>—————
    [३९]
    १//
    आमाको सम्झना आयो
    सम्झ्यौ कतै आमाले
    मलाई बाडुली लायो !
    २//
    आमाको मुख हेर्न
    अब कहाँ पाइएला
    अङ्गालोमा आमालाई बेर्न !
    ३//
    भर छैन सासको
    कामना गर्छु आमाको
    सधैँ बैकुण्ठ बासको !
    ✍️ देव कृष्ण काफ्ले
    पोखरा १ कास्की
    —————<•>—————
    [४०]
    १//
    दुखी न सुखी
    अधमराे जीव भएर
    बन्दैछाैँ परनिर्भर मुखी !
    २//
    कर्तव्यमा सधैँं चुक्ने
    जालझेल मात्र सधैँ
    त्यसैले जनले थुक्ने ।
    ✍️ प्रद्युम्न चालिसे
    —————<•>—————
    [४१]
    १//
    जबसम्म काखमा थिएँ
    स्वर्ग जस्तै लाग्थ्यो
    अहिले पाे एक्लिएँ !
    २//
    आमा देवता जस्तै
    हिजो वा आज
    सदैव हुनेछ्याै त्यस्तै !
    ३//
    जीवनदातृ हुन् आमा
    सधैँ सधैँ पुजनीय
    देवी हुन् धरामा !
    ✍️ शम्भु गजुरेल सिन्धुली ,
    —————<•>—————
    [४२]
    १//
    हजुर मेरी भगवान
    गर्दछु हरेक स्थानमा
    आमाको सधैँ सम्मान !
    ✍️ बिरेन्द्र चौधरी
    इटहरी१६ सुनसरी
    कोशी प्रदेश
    —————<•>—————
    [४३]
    १//
    सिक्यौँ सुरुमा बोल्न
    सक्यौँ आमाकै सहयोगमा
    मातृभाषाको ढोका खोल्न !
    २//
    देखायौ संसार सारा
    आमा बनी तिमीले
    पिलायौ दूधको धारा !
    ३//
    आमा ममताको खानी
    पाइन्न खोजेर कतै
    कष्टमा नपारौँ जानी !
    ४//
    आमा भन्थिन् रुँदै
    पढेर ज्ञानी बन्नु
    म ‘जिउँदो’ हुँदै !
    ५//
    आँखाको आँसु पुछेर
    हाँस्न खोज्थिन् आमा
    सन्तानको भविष्य बुझेर !
    ✍️ मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा, भारत।
    —————<•>—————
    [४४]
    १//
    महिनौँसम्म गर्भमा भार
    सहेर अनेकौँ दुखहरू
    आमा देखायौ संसार !
    २//
    सायद रहेछु अभागी
    आयो अँध्यारो रात
    आमा नहुनेको लागि !
    ३//
    सम्झनामा तस्बिर हेर्छु
    गहका आँसु पुछेर
    सपनामा पाइलाहरू फेर्छु !
    ✍️ भुपेन्द्र राना मगर
    धादिङ
    —————<•>—————
    [४५]
    १//
    आमा सन्तुष्टि हुन्छिन्
    ख्वाई अमृत सन्तानलाई
    अल्प निदाई सुन्छिन् ।
    २//
    आमा सन्तानलई साँच्छिन्
    आफू नखाएर पनि
    अरुको निम्ति बाँच्छिन् ।
    ३//
    आमाको त्याग ठूलो
    ती आमाको तपस्या
    गुन सन्तानले भुल्यो ।
    ✍️ रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।
    —————<•>—————
    [४६]
    १//
    आमा नभएको बेला
    अँध्यारो हुन्छ संसार
    गर्छन् सबैले हेला !
    २//
    एउटा गजबकाे बानी
    आफूले नखाएर खुवाउने
    आमा ममताकी खानी !
    ३//
    टुहुराे हुन्छ मन
    संसार आमा विनाको
    किन चाहियो धन ?
    ✍️ रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि ।
    —————<•>—————
    [४७]
    १//
    आमा हुन् भगवान
    सहेर दुखकष्ट ती
    हुर्काउँछिन् आफ्नो सन्तान !
    २//
    आमालाई खुसी राखे
    भगवान् खुसी हुन्छन्
    आमाको माया चाखे ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    —————<•>—————
    [४८]
    १//
    पीर पर्दा मलाई
    आँट दिने तिमी
    नयाँ जुक्ति फलाई !
    २//
    तिमी धर्ती आकाश
    आमा विना अँध्यारो
    लाग्छ संसार भास !
    ३//
    आउँछु अर्को साल
    पैसा पठाइँछु आमा
    नयाँ चोलो हाल !
    ✍️ शाशिश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    —————<•>—————
    [४९]
    १//
    हुँदैनन् आमा समान
    दुनियाँमा कोही पनि
    नगर्नु कसैले अपमान !
    २//
    जगतमा सृष्टिको पालन
    ममताको खानी आमा
    गर्छिन् सत्मार्ग परिचालन !
    ३//
    नित्य पवित्र साख
    वात्सल्य छ सदासर्वदा
    आमाको न्यानो काख !
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>—————
    [५०]
    १//
    ममताकी तिमी खानी
    गर्दछौँ सम्मान हमेसा
    बात्सल्यकाे मूल ठानी !
    २//
    आफ्नाे भाेक बिर्सेर
    सन्तानकाे पेट भर्ने
    हरदम तयार रहेर !
    ३//
    आमाकाे जस्ताे माया
    खै कसले गर्छ
    मेटाउने सङ्कट छाया !
    ✍️ हरागाेपाल प्रधान
    काभ्रे, बनेपा १४ साँगा बजारल
    —————<•>—————
    [५१]
    १//
    आमा हुन् देउता
    चट्टान फाेरेर उम्रने
    प्रकृति प्रदत्त एउटा !
    २//
    मेरी आमा वनमा
    मातातिर्थ हाे आज
    सम्झना छ मनमा !
    ३//
    मुटुभित्र लुकाउन पाउँ
    आमाकाे दर्शनमा सधैँ
    शिर झुकाउँदै आउँ !
    ✍️ फूलमाया कुलुङ
    साेलु-महाकुलुङ-१
    —————<•>—————
    [५२]
    १//
    आमा सबैको जीवन
    कोखमा कहिले काखमा
    सन्देश पुराऔँ जनजन !
    २//
    शब्दै अमूल्य आमा
    जीवनदाता हुन् उनै
    हर जीव जीवात्मामा !
    ३//
    अमृत पिलाई पालिन्
    सिकाए गुरू बनेर
    सचेत नागरिकमै ढालिन् !
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    —————<•>—————
    [५३]
    १//
    असल सोच्ने गर
    हुन्छ हेर स्वर्गझैँ
    आमा भएको घर !
    २//
    आमा करुणाकी खानी
    सकिन्छ पूजा गर्न
    देवी भनेर जानी !
    ३//
    आमा हुन सृष्टि
    नगर्नु हेला कहिल्यै
    सधैँ पुर्याउनु दृष्टि !
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान,कालिम्पोङ,भारत।
    —————<•>—————
    [५४]
    १//
    आमा मायाकी खानी
    अनवरत खटिरहन्छिन् सधैँ
    उनी घरकी रानी !
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    —————<•>—————
    [५५]
    १//
    आमा ममताकी खानी
    आकाशभन्दा नि फराकिलो
    हृदयकी तिमी रानी !
    २//
    आफैँलाई भुली हेर्छ्यौ
    सन्तानको भविष्य खोज्दै
    सधैँभरी मायाले बेर्छ्यौ ।
    ३//
    सक्छु कठिन तोड्नलाई
    आशीर्वाद शिरमा तिम्रो
    सही बाटो मोड्नलाई !
    ✍️ पुष्पा राई, बादेल, खोटाङ ।
    —————<•>—————
    [५६]
    १//
    पहिलो हुन् ज्ञानदाता
    मलाई संसार देखाउने
    ममताकी मूर्ति माता !
    २//
    अतुलनीय हजुरको ममता
    कसैमा छैन त्यस्तो
    माया दिने क्षमता !
    ३//
    निस्वार्थ आमाको माया
    भुल्छु हरेक दु:खकष्ट
    हुँदा हजुरको दायाँबायाँ !
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    —————<•>—————
    [५७]
    १//
    आमा हुन् ममता
    कुनै कसर नराख्ने
    मायामा देखिन्छ समता !
    ✍️ प्रेम थापा “मन”बागलुङ
    —————<•>—————
    [५८]
    १//
    मेरो बदमासी सहेर
    मलाई सन्तुष्ट पारिरह्यौ
    आफू निस्तै रहेर !
    २//
    पौरख गर्यौ पहिले
    मलाई गर्न लगाइनौ
    नालायक भएँ अहिले !
    ३//
    सधैँ फूलझैँ फुलेकी
    आमा, तिमी किन
    मेरै खुसीमा भुलेकी !
    ✍️ नन्दलाल आचार्य
    बेलका २, सिद्धार्थटोल, उदयपुर ।
    —————<•>—————
    [५९]
    १//
    नौ महिना बोकी
    धर्ती टेकायौ आमा
    आफ्नो धड्कन रोकी !
    २//
    दयाकी खानी आमा
    आफूले टालेको लगाई
    सन्तानलाई नयाँ जामा !
    ३//
    आमा दयाकी खानी
    नरुवाऊ तिनलाई कहिल्यै
    तिमीले जानी नजानी !
    ✍️ मंगला उपाध्याय
    —————<•>—————
    [६०]
    १//
    आमा शब्दै काफी
    झन् आमाको काख
    स्वर्ग भन्दा माथि !
    २//
    इन्द्रको आसन धाइदैन
    आमाको काख पाइरहुँ
    अरुको लाख चाँहिदैन !
    ३//
    आमाको कस्तो बानी
    झिकेर मुटु खटाउँछिन्
    रहेछ ममताको खानी !
    ✍️ पशपती राई
    खोटाङ
    —————<•>—————
    [६१]
    १//
    मेरी आमाले मलाई
    हुर्काइन् बढाइन् पढाइन्
    मन मुटु जलाई !
    २//
    नौ महिना पेटमा
    च्याँच्याँ रोएको दिन
    रमाइन् पहिलो भेटमा !
    ३//
    प्रसवका पीडाहरू कठिन
    मैले आँखा उघार्दा
    खुसीले सहेर बसिन ।
    ४//
    पहिलोपल्ट म रोएको
    खुसीमा आमाले बिर्सिदिइन्
    प्रसव पीडाले छोएको !
    ५//
    स्याहारसुसार गरिन् लाखौँलाख
    बिर्सन्न कहिल्यै पनि
    आमाको न्यानो काख !
    ६//
    आमा ममताकी खानी
    जीवनभरी खुवाइरहन पाऊँ
    औषधी खाना पानी !
    ७//
    पहिलो शिक्षिका आमा
    हामीलाई संसार देखाउने
    देखिरहूँ सपना विपनामा !
    ८//
    रहिरहोस् जन्मजन्मान्तर मातृभक्ति
    देवी धरती माता
    हाम्री आदरणीय शक्ति !
    ९//
    आमाका खुसीका सन्तान
    भूलचुकमा चित्त दुखेमा
    क्षमाप्रार्थी छु अन्जान !
    १०//
    नछुटोस् आमाप्रतिको सद्भावना
    विश्वभरीका सम्पूर्ण आमाहरूलाई
    मातातिर्थ औँसीको शुभकामना !
    ११//
    सहनुभयो पिडा यातना
    विश्वभरी जहाँजहाँ हुनुहुन्छ
    सबै आमाहरूलाई शुभकामना !
    ✍️ गुणनिधि घिमिरे अमेरिका
    —————<•>—————
    [६२]
    १//
    मैनबत्ती हुन् आमा
    निस्वार्थ उज्यालो दिने
    जीवनकालको बुझाउॅंछिन् राजीनामा !
    २//
    गल्तीमा दिन्छिन् माफी
    उनी हारेर जिताउॅंछिन्
    आमा शब्द काफी !
    ३//
    आमाको गगनझैँ छाती
    लाग्दैन भविष्यमा ग्रहण
    मिल्छ जहिले भलिभाँती !
    ✍️ म्यामराज राई, भोजपुर
    —————<•>—————
    [६३]
    १//
    साँचेर मनमा माया
    खिपेर सबै रिसराग
    सत्मार्गमा शीतल छाया !
    २//
    जति दिन्छिन् गाली
    उति मायाको सागर
    भरिन्छ विकार फाली !
    ३//
    नबुझी उनका भाव
    सन्तान किन टेढिन्छन्
    अगाध प्रेम अनुराग !
    ✍️ मनोहरी पौडेल
    गैडाकोट १
    —————<•>—————
    [६४]
    मायाकी खानी थियौ
    छाडेर गयाै धर्तीबाट
    सधैँलाई विदा लियाै ।
    ✍️ श्रीबहादुर केसी शैलुङ्गे
    भक्तपुर
    —————<•>—————
    [६५]
    १//
    मातृवात्सल्यताकी असिम खानी
    भरोसाकी केन्द्र आमा
    हरेक घरकी महारानी !
    २//
    ममताकी सुन्दर फूल
    अंश सङ्कट मोचनकी
    करुणाकी अविरल मूल !
    ✍️ तोया नाथ चापागाईं
    दमक,झापा
    —————<•>—————
    [६६]
    १//
    आमा ममताकी खानी
    सन्तान सुखी बनाउँछिन्
    हुन् परिवारकी रानी !
    २//
    दु:खपिर सब लुकाउँछिन्
    नखाइकन खाएँ भनी
    पेट आफ्नो सुकाउँछिन् ।
    ३//
    आमा हाम्रो सान
    खुसी बनाई राख्नुपर्छ
    गरी उनको मान !
    ✍️ जयनारायण नेपाल
    इलाम हाल सूर्यविनायक २ बालबोट भक्तपुर ।
    —————<•>—————
    [६७]
    नाताकी मुख्य रानी
    आमा नै हुन्
    माया ममताकी खानी !
    ✍️ पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    —————<•>—————
    [६८]
    १//
    आमा जगत माता
    बुझाैँ अपार महत्त्व
    आफ्नो आफ्नै विधाता !
    २//
    दया करूणाकी खानी
    आमा हुन् धरामा
    दिने सबैलाई जिन्दगानी !
    ३//
    पिलाएपछि दूधको धारा
    बिर्सनुहुन्न है कहिल्यै
    आमाप्रतिकाे त्याे अभिभारा !
    ✍️ त्रिलाेचन भण्डारी
    मृचीनगर,झापा
    —————<•>—————
    [६९]
    १//
    सन्सार चलाउने आमा
    दुनियाँको मोहमा बगेकी
    झरना झरेकी पहरामा !
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    —————<•>—————
    [७०]
    १//
    दु:ख, दर्दको माझ
    सन्तानको खुशी हेरेर
    रमाउँछिन् हरेक साँझ !
    ✍️ मन्दिरा सेढाई, मलेखु,धादिङ
    —————<•>—————
    [७१]
    १//
    ममताको त्यो आँचलभित्र
    सङ्गालेर न्यानो माया
    कोर्छिन् भविष्यको चित्र !
    २//
    मायाको शिखर चुलिन्छ
    आमाको साथ पाउँदा
    मनको दुःख भुलिन्छ !
    ३//
    रमाउँछु तिम्रो मायामा
    दुःखेसो केही छैन
    आमाको स्नेह छायामा !
    ✍️ समुन्द्रा शर्मा
    सुनसरी
    —————<•>—————
    [७२]
    नखोजी मान भाउ
    मेरी प्राण माताको
    सेवा गरिरहन पाउँ !
    ✍️ सरिता सेढाई धादिङ
    —————<•>—————
    [७३]
    १//
    नौ महिना कोखमा
    बोकेर जन्मायौ तिमीले
    नपाई खान भोकमा !
    २.
    दशधारा दूधको भारा
    नरुनु आमा कहिल्यै
    बन्नेछु जीवनको सहारा !
    ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
    —————<•>—————
    [७४]
    १//
    आमा पहिलो गुरु
    श्वास रहुन्जेल उनको
    सेवा गरौँ खुरुखुरु !
    २//
    पीपलुकाे शीतल छाया
    जुनीजुनी नै पाइराखाैँ
    प्यारी आमाको माया !
    ✍️ कोपिला अधिकारी
    —————<•>—————
    [७५]
    १//
    आमा ममताकी खानी
    आफैँ उठाउँछिन् दायित्व
    ठान्छिन् मलाई सानी !
    २//
    ममताको आँचलमा बाँधेर
    राख्छिन् सन्तानलाई आमाले
    नयनको नानी मानेर !
    ३//
    आमा हाम्रो सहारा
    अन्धकारमा उज्यालो दिन
    उनी बन्छिन् जुनतारा !
    ✍️ सीमा कार्की समर्पण
    मेलचोक पर्सा, नेपाल
    —————<•>—————
    [७६]
    १//
    आमाको माया पाएर
    सुखसयलमा म हुर्केको
    आटो ढिँडो खाएर !
    २//
    आमा संसार देखाउने
    सृष्टिकर्ता हुन् मेरो
    पढाउने र लेखाउने !
    ३//
    आमाको हातले दिएको
    याद आउँछ झलक्क
    मनमा छु लिएको !
    ✍️ लक्ष्मण देउवा डोटी
    हाल भारत
    —————<•>—————
    [७७]
    १//
    आमाको माया लाख
    हुँदैन अरू कसैकाे
    यिनकाे जस्तो काख !
    २//
    देवी आमाको नाम
    पूजा गराैँ यिनैकाे
    धाउनुपर्दैन कुनै धाम !
    ३//
    अरूबेला परपर सर्छन्
    मातातीर्थमा मात्र ती
    मायाकाे नाटक गर्छन् ।
    ✍️ उर्मिला के.शी.
    धनकुटा
    —————<•>—————
    [७८]
    १//
    देखाइन् आमाले संसार
    आफ्नै मुटु टुक्र्याई
    भरिदिए ज्ञानको भण्डार !
    २//
    आमाको गुण अपार
    बाँचुन्जेल सद्भाव राखौँला
    स्नेह अनि प्यार !
    ✍️ राजेश्वरी राजेपाध्याय
    —————<•>—————
    [७९]
    १//
    मेटाउन तृष्णका भावना
    तमाम आमाहरू सबैलाई
    मातृदिवसकाे हार्दिक शुभकामना !
    २//
    दौडेर आऊ हुरुरु
    आमा तिमीलाई सम्झेर
    मन रुन्छ धुरुरु !
    ३//
    लाग्छ धेरै माया
    पवित्र हुन्छ मन
    सँगसँगै आमाकाे छाया !
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही
    —————<•>—————
    [८०]
    १//
    बगेको आँसुको ऋण
    तिर्न सकिनँ आमा
    नगर कहिले अघृण !
    २//
    बनायो संसार विचित्र
    स्वार्थ भरेर आफैँमा
    देखाउँछ आफ्नो चरित्र !
    ✍️ बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।

    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on विशेष झिल्का लेखन अभियानको एघारौँ शृङ्खला (आमा विषयक) सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P