• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: साप्ताहिक झिल्का कविता

साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ६२ सम्पन्न

  • २६ चैत्र २०८१, बुधबार १५:१४ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ६२ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ६२ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    १,
    कवि लेख्छ कविता
    बिम्ब, प्रतीक खेलाउॅंदै,
    कालजयीमा दाँजिन्छ कर्मिता ।
    २,
    अथाह छ शब्दसागर
    मोती टिप्न नचुकौँ,
    खेलाँचीमा नफाली नजर ।
    ३,
    दिमाग बन्यो प्रविधि
    हात चल्छ बहानामा,
    मानव बुख्याचाको प्रतिनिधि ।
    ✍️म्यामराज राई
    भोजपुर
    …
    १,
    देख्छ, पुग्छ त्यहाँ
    उछिट्टियो ऊ मोतीविन्दुसॅंगै,
    अन्धो भविष्य जहाँ ।
    ✍️दिलचन्द क्षत्री
    …
    १,
    झिल्का लेखेर हेरौँ
    शुद्ध या अशुद्ध
    मिलेन भनेर नकेरौँ !
    २,
    सिमाना काटिएको ठाउँ
    किन साँगुरो हुँदैछ ?
    म जन्मेको गाउँ !
    ✍️रवि पौडेल
    दक्षिण भारत पाण्डेचरी
    …
    १,
    प्रतिगामीले उठायो सिर
    आज नेताहरूले गर्दा
    गणतन्त्रले पच्छ्यायो भिर।
    २,
    हुन्छ फेरि जेल
    लुट, फुट उस्तै
    विदेशकै हो खेल।
    ३,
    सङ्घीयताले गरायो फेल
    देशमा गणतन्त्रको अवस्था
    नेता विदेशका रखेल।
    ✍️सुरेशकुमार पाण्डे
    घोराही – १८, दाङ
    …
    १,
    कतैबाट पापी संसार
    दृष्टि न हो,
    आहा ! छ यार ।
    २,
    कोही नदेखी देख्छ
    मनको आँखाले होला
    कोही हतासिएर लेख्छ ।
    ३,
    जीवन र जोवन
    कतै कपास जस्तै
    कतै गरुँगो मन ।
    ✍️अम्बिका प्रसाद कोइराला ‘अकेला’
    कानेपोखरी, मोरङ
    …
    १,
    एकदिन पश्चात्तापले पोल्नेछ
    ए दलालहरू अब !
    तिम्रो पोलहरू खोल्नेछ ।
    ✍️ दीप गोले तामाङ
    रौतहट
    …
    १,
    बनेर तिमी खास
    विश्वास जित्यौ तिमीले
    हौ मेरो प्रकाश।
    २,
    मनको डरलाई बिसाऊ
    गन्तव्य चुम्ने लक्ष्यमा
    कदमहरू अघि बढाऊ।
    ३,
    साँझमा बत्ती बल्छ
    कलमभन्दा किबोर्ड प्यारो
    मोबाइलमा संसार चल्छ।
    ✍️सतीश पण्डित
    भानु – ६, चुँदी, तनहूँ ( हाल चनपा ६ मनतातीर्थ )
    …
    १,
    नारी सिङ्गो प्रकृति
    बुझ्न पर्छ सबैले
    बचाउन हाम्रो रीति ।
    २,
    आधा आधा बाँडेर
    बनाउनु छ देशलाई
    हुन्न रिसराग साँधेर ।
    ३,
    नारी हुन दीप्ति
    घर चलाउने परी
    बनाउने सबैलाई तृप्ति ।
    ✍️कोपिला समीक्षा
    खार्पा, खोटाङ
    …
    १,
    कमिलाको प्वाँख आयो
    उड्यो, डढ्यो आगोमा
    पखेटाले मृत्यु पायो।
    २,
    जीवनमा घमण्ड नगर्नु
    बिस्तारै जाँदा पुगिन्छ
    हडबडले दुर्घट्नामा नपर्नु ।
    ✍️चुडामणि देवकोटा
    पुरानो नैकाप काठमाण्डौ
    …
    १,
    जीवनको कथा झल्किन्छ
    मनको भाव कवितामा
    व्यथा सबै छल्किन्छ ।
    २,
    आफ्नो काम गर्नु
    खेरो समय जान्छ
    उत्साह मनमा भर्नु ।
    ३,
    दुनियाँको पछि नलाग्नु
    पुर्‍याउॅंदैनन् तिनले गन्तव्य
    काम कर्तव्यसँग नभाग्नु ।
    ✍️पुष्पा राई
    बादेल, खोटाङ
    …
    १,
    युवाहरू सडकमा चम्केका
    नेपाल आमा रोइरहेकी
    राष्ट्रघातका विरुद्ध लम्केका।
    २,
    वायु बबण्डर चलेपछि
    रोक्न कसको तागत
    हृदयमा आगो बलेपछि।
    ३,
    धर्तीमाताले राजभक्त रोजेकी
    राष्ट्रघाती ब्वाँसाहरू पिपासु,
    उदाङ्गो बनाउन खोजेकी।
    ✍️घनश्याम पन्त
    हरिवन सर्लाही
    …
    १,
    नारी सृष्टिको खानी
    नगरौँ सबैलाई हेला
    हुँदैन कसको हानी ?
    २,
    सधैँ भावनामा डुबेर
    लेख्छु कविता तिम्रो
    हराए देख्छौ भनेर।
    ✍️एवाइ प्रभात
    धनकुटा
    …
    १,
    कस्तो रहेछ भीर ?
    चट्टानले ढाकेको सबै
    उस्तै छ पीर।
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    …
    १,
    फलेको हाँगो नुग्नलाई
    आधार तयार गरौँ
    सोचेको कुरा पुग्नलाई ।
    ✍️प्रेम थापा ‘मन’
    बागलुङ
    …
    १,
    बरु देखाऊ, कोरेर
    कवि बन्न नखोज
    अरूको रचना चोरेर।
    २,
    यहाँ मान्छे बदलिन्छ।
    लाटो किन नहोस् ?
    आफ्नोलाई प्राथमिकता दिन्छ।
    ✍️बेल थोकर तामाङ
    मकवानपुर
    …
    १,
    स्वतन्त्र हुनुपर्छ कवि
    कसैको बहकाउ नपर्ने
    कञ्चन भएर छवि ।
    ✍️संगीता खरेल
    काठमाडौं
    …
    १,
    यादमा भिर पाखा
    ज्यान परदेशमा छ,
    सम्झनाले रसाउॅंछ आँखा ।
    २,
    आमा पिँढीमा बसेर
    बाटो हेर्छिन् सधैँ
    परदेशी छोरो सम्झेर ।
    ३,
    मूल्याङ्कन गर्छन् मेरो
    धनी, गरिबको तराजु ,
    समाज मेरो सेरोफेरो ।
    ✍️भुपेन्द्र राना मगर
    धादिङ
    …
    १,
    कविता लेखौँ मनले
    सुन्दर आउन भावहरू
    प्रशंसा गरोस् तनले।
    २,
    लेखौँ आफैँ कोरेर
    जुन बन्छ आफ्नो
    लेख्नु हुन्न चोरेर।
    ३,
    ज्ञान बढ्छ पढेर
    त्यसै किताब आए
    पुगिन्छ हिमाल चढेर।
    ✍️नवराज भट्ट
    कञ्चनपुर
    …
    १,
    स्वदेशको उर्वर माटो
    त्यागेर आज युवाहरू
    लागेछन् विदेशको बाटो।
    २,
    चाँडै युवा जाग
    स्वर्ग भन्दा सुन्दर
    स्वदेश बनाउन लाग।
    ३,
    हटाऊ फोहोर जालो
    अब देश बनाउने
    युवा तिम्रो पालो।
    ✍️बिके मुखिया ‘वाङदे’
    दार्जिलिङ,भारत।
    …
    १,
    खुसीमा मन हाँस्दछ
    मन मिल्नेले जगमा
    मात्र माया गाँस्दछ ।
    २,
    जन्मभूमिलाई माया गरौँ
    आफ्नै भाषा संस्कृतिसँग
    सदैव अगाडि सरौँ ।
    ३,
    कलङ्कारीले धर्मलाई मास्दछ
    नक्कले बानीले आफ्नै
    संस्कार संस्कृति नास्दछ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    …
    १,
    सृष्टिको महिमामय मन
    बुझ्न चाहनेले रहस्य
    गर्नुपर्छ घोर अध्ययन।
    २,
    बानी बसिसक्यो देख्ने
    पलमै परिवर्तित रूप
    विषय बन्छ लेख्ने।
    ३,
    हरे, राम ! घनश्याम !
    तीन छक्क पार्ने
    महान सृष्टिको तामझाम।
    ✍️ज्योतिका क्षेत्री
    सिलगढी भारत
    …
    १,
    कविता सरिता बनोस्
    कालजयी बनेमा उत्तम
    यथार्थ ओकल्ने होओस्।
    २,
    गुम्दै गएको विश्वास
    फिर्दै आए कसो ?
    छिट्टै घटोस् अविश्वास।
    ✍️कमला  देवकोटा
    पाल्पा
    …
    १,
    आखिर सुस्त बोलेर
    देखाउँछन् मन सारा
    सिस्नोझैँ गरी पोलेर !
    ✍️आर्त अकुलीन
    …
    १,
    कविता कर्मिता अनुप्रास
    अब बल्ल पलायो
    झिल्का कवितामा आस !
    २,
    सागरसँग दाँजेर नजर
    मिल्दोरहेछ साथी नचुकौँ
    प्रविधिको प्रतिनिधि अजर !
    ✍️विवश पारदर्शी
    झापा
    …
    १,
    डुब्दै कविताको छालमा
    पस्कॅंदै सृजना नवीनतम
    रमाउनुछ छन्दहरूको तालमा।
    ✍️तोया नाथ चापागाईं
    दमक, झापा
    …
    १,
    वसन्तले फुलाएझैँ तिल्का
    तिता मिठा भावहरू
    पोखेर लेखौँ झिल्का।
    २,
    अभ्यास गरे बारबार
    सिकिॅंदो रहेछ लेख्नु
    गुरूको निर्देशन अनुसार।
    ३,
    सतत नमन मेरो
    मार्ग निर्देशक गुरुहरूलाई
    घुमेर सात फेरो।
    ✍️पुष्पा सुवेदी
    नेपालगन्ज, बाँके
    …
    १,
    पहाड, पखेरा, तराई
    झिल्काले समेटौ सबै
    कोही नहोस् पराई ।
    २,
    अतिक्रमणले सीमा नाघेर
    खोसेर लान्छु, भन्छ
    ब्वाँसोहरू लोभमा लागेर ।
    ✍️मोती योन्जन सुब्बा  
    दार्जिलिङ
    …
    १,
    चाहिन्न आकाशको तारा
    चोखोनितो माया देऊ
    सजाएर दिलमा प्यारा !
    २,
    झर्दिनँ अवश्य नाथ
    निरन्तर यो सासले
    जबसम्म दिनेछ साथ !
    ३,
    माया कहिल्यै नघटोस्
    जइदिन घट्ला मेरो
    जीवनकै अन्तिम होस् !
    ✍️वसन्त अनुभव
    वसन्तविहार घोराही
    …
    १,
    संस्कार संस्कृति जोगाऔॅं
    सुन्दर पहिचान हाम्रो 
    यसका विकृति हटाऔॅं ।
    २,
    गरौँ मिलेर काम
    होस्टेमा हैँसे गरी
    राख्नुपर्छ देशको नाम ।
    ३,
    बुझेर मानव मर्म
    गरौँ स्वच्छ मनले
    परोपकार निष्काम कर्म ।
    ✍️जयनारायण नेपाल
    इलाम ( हाल सूर्य विनायक २, बालकोट भक्तपुर )
    …
    १,
    धेरै चाहिन्न बिज,
    काफी हुन्छ झिल्का
    उब्जाउन सब चिज ।
    २,
    पोख्ने हो लेखेरै
    सिक्ने हो सबैले
    सुनेर देखेर हेरेरै ।
    ३,
    शब्दभित्र छ भाव
    भावभित्र हुन्छ शब्द
    यसैमा बढ्दैछ लगाव ।
    ✍️दीपा गुरुङ ‘समभाव’
    दुबेकोल, खोटाङ
    …
    १,
    जहाँ पुग्दैन रवि
    त्यहाँ पुग्ने गर्दछन्
    महान् आदरणीय कवि ।
    ✍️केसर बोहरा ‘सङ्घर्ष’
    सुदूरपश्चिम अछाम ( हाल भारत )
    …
    १,
    बुझ्नुपर्नेले नबुझी गर्दैन
    बुझ पचाउॅंछन् विद्धान्ले,
    बुज्रुक बन्नु पर्दैन।
    ✍️लोक बहादुर छेत्री लामिछाने
    मोदी गा पा वडा नं २ देउपुर, पर्वत
    …
    १,
    आफूले नै कोर्नु
    बदनाम हुनलाई अर्काको
    रचना कहिल्यै नचोर्नु।
    २,
    सधैँ नराम्रो हुनलाई
    गर्छौ खराब काम
    पछि पछुताएर रुनलाई।
    ३,
    आउ अघि बढौँ
    राम्रा अनि मिठा
    झिल्का कविताहरू पढौँ।
    ✍️अनिता भण्डारी
    ताप्लेजुङ
    …
    १,
    हाम्रो देश नेपाल
    अन्य देशको दाँजोमा
    सुन्दर शान्त विशाल ।
    २,
    अनुपम प्रकृति जोगाऔॅं
    जन्मेको हो यसबाट
    अनेकन संस्कृतिमा रमाऔॅं ।
    ३,
    देशलाई गरेर फारो
    विकास समृद्धिको राख्नुपर्छ
    सबै मिलेर ख्यारो ।
    ✍️राजेन्द्र भुसाल ‘डिल्ली’
    अर्घाखाँची
    …
    १,
    बुझ्नु युवाले कुरा
    प्रतिगमनको पछि लागे
    हुँदैन उद्देश्य पूरा।
    २,
    जन्मिएको आफ्नै गाउँ
    प्यारो लाग्छ सधैँभरि
    खेली हिँडेको ठाउँ ।
    ३,
    बनाउँनु स्वच्छ छवि
    तबमात्रै हुन्छ वास्तवमा
    देशको प्यारो कवि।
    ✍️राज कुमार राजभण्डारी खोटाङ्गे
    ऐसेलुखर्क ३ खोटाङ ( हाल भक्तपुर )
    …
    १,
    नवसर्जक हुनसक्छ विद्धान्
    साथमा जगाउने रुचि
    झिल्का साँच्चिकै महान् ।
    ✍️विष्णु पंगेनी पाण्डे
    वालिङ्, स्याङ्जा
    …
    १,
    हेरेर सामान किन्नु
    असली, नकली जोखेर
    कलियुगका मान्छे चिन्नु ।
    २,
    अक्षर अक्षर तुनेर
    बन्दछ सुन्दर कविता
    एकेक शब्द चुनेर  ।
    ३,
    सुस्त सुस्त बोलेर
    भनिदेउ प्यारी झाँईकुरी
    मनको कुरा खोलेर ।
    ✍ राजेन्द्र प्रधान ‘पासा’
    दार्जिलिङ
    …
    १,
    गर्नुपर्नेछ असल काम
    लानु छैन मरेपछि,
    जोगाउन पर्छ नाम।
    २,
    समाज परिवर्तन गर्न
    सुधार्नु पर्छ आफैँलाई,
    विकृतिको खाडल भर्न।
    ✍️शंकर कार्की
    थाहा नगरपालिका ३ मकवानपुर
    …
    १,
    मुसुक्क मुस्कुराउनु पर्छ,
    जिबनमा पर्ने दु:ख
    जति सबै हर्छ।
    २,
    जानेर नजानेर भए
    गल्ती नगर्नु कहिले
    सम्बन्ध सुधारेर गए।
    ✍️दुर्गा आचार्य
    मोरङ
    …
    १,
    यन्त्र गर्छ काम
    यन्त्रै बनाउनेको इतिहास,
    उसकै लेखिन्छ नाम।
    २,
    मेसिनले दिएको निर्देशन
    मानव मान्दै जाँदा,
    सोच्नै नपर्दा लोसेपन।
    ३,
    रोग भित्र्याउने यन्त्र ,
    निको पार्ने यहीँ
    अचम्म जादु, मन्त्र ।
    ✍️मनोहरी पौडेल
    गैडाकोट १
    …
    १,
    झिल्का कविता सोचेर
    बोकेर अनेकौँ भावना
    नलेख्नु कसैलाई घोचेर ।
    २,
    मनको भावना फिॅंजाउॅंछु
    अनेकौँ कुरा खेलेर
    नमिले गुरुलाई लेखाउॅंछु ।
    ✍️रमा गुरुङ्ग
    सालुगडा सिलीगुडी
    …
    १,
    मन्द मुस्कान दिनेले
    अहिले घात गरेछ
    हाँसेर बीस लिनेले !
    ✍️धनमाया चौधरी
    कैलाली
    …
    १,
    भेदभाव नगरौँ हामी
    सबैलाई दिनुपर्छ मौका
    असल मान्छे छामी ।
    ✍️नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
    …
    १,
    पानी निरन्तर पिऊँ
    स्वच्छ पानी पिएर
    निरोगी बनेर जिऊँ ।
    २,
    विश्वमा शान्ति खोजौं
    एकापसमा भाइचारा गरी
    सुन्दर संसारलाई रोजौं ।
    ३,                  
    अरूका रचना नचोर्नु
    हृदयभित्रबाट अब आफैँले
    मनन गरेर कोर्नु ।
    ✍️बिपी लामिछाने
    दमक, झापा
    …
    १,
    सहिदका आत्मा बोल्नेछ
    खेर गयो बलिदान
    गणतन्त्रे नेतालाई पोल्नेछ ।
    २,
    नहोस् विलम्ब सोचौँ
    राष्ट्रप्रेमी नागरिक बनी
    असल शासक रोजौं ।
    ३,
    बनोस् कलम हतियार
    त्यागौँ स्वार्थ मनको
    नबनौँ भ्रष्टको मतियार ।
    ✍️शोभा शाह थापा,
    हेटौंडा ४, मकवानपुर
    …
    १,
    मनको मैलो धुनलाई
    कवितामा भाव पोखेर
    सजिलो हुन्छ रुनलाई ।
    २,
    दुख बिसाउने चौतारी
    कविताले दिन्छ सान्त्वना
    हिॅंड्नु पर्दैन भौतारी ।
    ✍️राधा चाम्लिङ
    खोटाङ
    …
    १,
    माइतीमा चेली अटेनन्
    काम मात्र चाहिने
    दुःख कहिले कटेनन्।
    २,
    कसैको विश्वास नगर्नु
    आफ्नो सम्झेर त
    आफ्नैको भर नपर्नु ।
    ✍️कला ढकाल
    झापा
    …
    १,
    झिल्काले सिकायो लेख्न
    सबैले ध्यान दिए
    सहज संसार देख्न ।
    २,
    मनको भावना पोखेर
    लेख झिल्का कविता
    अक्षर अक्षर उनेर ।
    ✍️बिबा तामाङ
    दार्जिलिङ
    …
    १,
    खेती वचनको गरेर
    जुटौँ सबै हामी
    काँधमा काँध राखेर ।
    २,
    मनका पीडा भुलिन्छ
    एकार्कालाई साटासाट कुरा
    पीडा सबै हुत्तिन्छ ।
    ३,
    आदत बदलिएको देखे
    मित्रहरूले हिजोआज धेरै
    त्यही सम्झनामा लेखे ।
    ✍️ईश्वर साउद ‘भिक्षु’
    रामारोशन गाउँपालिका छ सुदुरपश्चिम अछाम
    …
    १,
    महाङ्काल नगरपालिका धायौँ
    जनताको स्वास्थ जाँच्न,
    ठुलेदुर्लाङ्ग हेलपोष्ट आयौँ ।
    २,
    बाटो खराब अति
    नागरिक सचेत नहुँदा ,
    विकास छैन रति ।
    ३,
    आएका बिरामी हेरेर
    डाक्टरले पठाउनु भयो,
    समस्याको समाधान गरेर ।
    ✍️सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    …
    १,
    अहिलेको समय यहाँ
    बुझ्नै छैन कोही
    कमाउनै खोज्छन् जहाँ ।
    २,
    नेताले कमाउॅंदा टन्न
    जनता चुप लाग्ने
    बोल्दैनन् केही धन्न ।
    ३,
    पाँच वर्षे खेती
    नेताले हो गर्ने
    देखाऔॅ शक्ति चेती ।
    ✍️राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ
    …
    १,
    चल्यो बतास हुरुरु
    सितल छायो मनमा
    चरी उड्यो बुरुरु ।
    २,
    पंक्षीले गुँड लाएछ
    कदमको बोटको डालीमा
    चारो टिप्न धाएछ ।
    ✍️बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
    कनकाई -४, झापा
    …
    १,
    रमाएर बाँचेको मन
    कता कता अन्जानै
    सम्झिन्छ त्यो बचपन ।
    २,
    मिले सहमति दिनु
    नमिले केही लाग्दैन
    सुझाव फिर्ता लिनु ।
    ३,
    अवस्था बलियो पार्न
    साच्चै परेका ठाउँमा
    हुँदैन केही बार्न ।
    ✍️अच्युत घिमिरे
    सर्पाङ, भुटान
    …
    १,
    सकारात्मक, सोच राखौँ
    परिश्रमको फल मिठो
    फल्छन, फलहरू लाखौँ ।
    २,
    पाट्  पाट, जोडेर
    असल कार्य गरौँ
    घमण्डीपन सबै छोडेर ।
    ३,
    कुण्ड कुण्ड पानी
    कलम चल्यो फेरि
    लेख्दैछु जानी नजानी ।
    ✍️जानुका बास्कोटा
    काठमाण्डौं
    …
    १,
    कविताका शब्द अभावहरू
    कति मिठा हुन्छन् ?
    देखाउछ अनेक प्रभावहरू ।
    २,
    कविता तब हुन्छ
    जब भावप्रधान भई
    शब्द जो बुन्छ।
    ३,
    कविता चेतनाको दियो
    छर्दछ प्रकाश मनमा
    बन्दछ जीवनकै मियो ।
    ✍️देव मगर
    तिनाउ~१, कचल, पाल्पा
    …
    १,
    सोचेजस्तो कहिल्यै भएन
    थाप्लोबाट गरिब जनताको
    ऋणको भारी गएन।
    २,
    रसिला कुरा गर्छन्
    धूर्तहरूको चाल यस्तै
    आफ्नै खल्ती भर्छन्।
    ३,
    देशलाई दुख्दा रमाउँछन्
    मातृप्रेम नभएका मानिसहरू
    लुटेर सम्पति कमाउँछन्।
    ✍️अरुण कुमार भुजेल
    गोरूबथान
    …
    १,
    कविता कविले लेख्ने
    अन्तर्हृदयमा रहेको भावना
    सबैतिरको छर्लङ्ग देख्ने।
    २,
    गहिराइमा पुग्छ जब
    समेटेर सारा कुरा
    लेख्न थाल्छ तब।
    ३,
    दिमाग उसको चारैतिर
    अन्तर्मनबाट चलाउँदै गर्दा
    नपरोस् कसैलाई पिर।
    ✍️अर्जुन प्रसाद चौलागाई
    हाल:-अमेरिका, बोस्टन
    …
    १,
    देखाए सिद्धान्तको पोको
    व्यवहारमा कतैबाट देखिएन
    उठाए नोटको डोको ।
    २,
    देश सबैका साजा
    मिलेर हिँड्नु राम्रो
    बजिरह्यो अहङ्कारको बाजा ।
    ३,
    चारैतिर आदर्श मरेको
    बेथिति हुर्केको देखिन्छ
    अराजकता राम्रोसँग सरेको
    ✍️प्रद्यम्न चालिसे
    भक्तपुर कटुञ्जे
    …
    १,
    साधनाले बनिन्छ कवि
    अरूको रचना चोरेर
    नबिगार्नु आफ्नो छवि l
    २,
    बोलीले दिन्छ चिनारी
    इज्जत खस्किन सक्छ
    नगरी बोल्दा तयारी l
    ३,
    ब्रह्म दृष्टिले देखेर
    दुनियाँ चाहार्छ कविले
    भावको लौरी टेकेर l
    ✍️बाबुराम गौतम
    गुल्मी
    …
    १,
    जीवनमा नगर्नु पाप
    मनलाई शुद्ध राखी
    भगवान्को नाम जाप।
    २,
    कर्तव्यबाट मुख नमोड्नु,
    दृढताको उदाहरण बन्दै
    दिगो छाप छोड्नु ।
    ✍️देव स्याङ्देन
    कालेबुङ
    …
    १,
    जीवन एक उपहार
    सँगालेर आनन्दित अनुभूति
    सजाउनु आफ्नो मुहार ।
    २,
    राख्नु आफूलाई कसेर
    दुख, सुखको अनुभूति
    खोतल्दै आफैँभित्र बसेर ।
    ३,
    निर्माण सकारात्मक चरित्र
    जीवन्त बनाउॅंछ जिन्दगी
    करुणाले हृदय पवित्र ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन
    …
    १,
    भन्नेले भन्छ नानाभाँती
    सुझबुझ आफैँले गर्नुपर्छ
    हल्लामा नलाग्नु जाती ।
    २,
    भएन विधिको शासन
    लुच्चो फटाहाको राजले
    मुलुक झनझन पतन ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    …
    १,
    सहिदहरूले शान्ति पाऊन्
    देशमा झैझगडा नभई ,
    सबैमा उमङ्ग छाऊन् ।
    २,
    शब्दमा भावको भाग
    रहेको झिल्का राम्रो
    कसैमा नहोस् राग ।
    ✍️दुर्गा भट्टराई
    मोरङ
    …
    १,
    जिन्दगी भए खास
    स्वार्थी संसार हजुर
    कसैको नगर्नु आस।
    ✍️सानु जोशी
    सुदुरपश्चिम, दार्चुला
    …
    १,
    गर्नुहोस् दैवीहरूको आराधना
    नवरात्रि अनुष्ठानको लागि
    पूरा हुनेछ कामना ।
    ✍️संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत
    …
    १,
    झिल्का लेखेर गाऔॅं
    सबै सधैँ मिलेर
    अब एकसाथ रमाऔॅं ।
    २,
    गोठाले जीवन रमाइलो
    झ्याउरे गाउॅंदै हिॅंड्दा
    मिल्दा माहिलो साहिँलो ।
    ✍️हरिगोपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगा बजार बनेपा १४
    …
    १,
    बन्न सकौँ कवि
    दियो बालेर चेतनाको
    उच्च राखौँ छवि ।
    २,
    मनमा बगाउँदै सरिता
    सकारात्मक सन्देश छर्न
    लेखौँ सुन्दर कविता ।
    ३,
    पोखौँ मनका भावना
    विश्व कविता दिवसको
    सबैमा हार्दिक शुभकामना ।
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    …
    १,
    साहित्यको विधा कविता
    भाव आफ्नो पोख्ने
    चोरेर नदेखाउँ रमिता ।
    २,
    पुग्छ त्यहाँसम्म कवि
    जहाँ रवि पुग्दैन
    चोरेर नबिगारौँ छवि ।
    ३,
    कोरौँ भाव कवि
    कुना कन्दराका बस्तीको
    जहाँ पुग्दैन रवि ।
    ✍️राज बहादुर बडुवाल
    कनकासुन्दरी – ५, जुम्ला

    ::::::::जय झिल्का साहित्य ! ::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ६१ सम्पन्न

  • १७ चैत्र २०८१, सोमबार ११:५२ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ६१ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ६१ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    १,
    तिम्रो रङ रङहरूमा
    सौहार्द उपस्थितिमा मिसिन्छ,
    देखिन्छ अतुलनीय नुमा ।
    २,
    सञ्जालमा सबै काबिल
    निर्णयार्थ निर्णय दिन्छन्
    समाज बन्न मुस्किल ।
    ३,
    पछ्याए राम्रो चलन
    कदापि हुँदैन घाटा,
    बरु घट्छ जलन ।
    ✍️म्यामराज राई
    भोजपुर
    …
    १,
    रङ्गहरू पोतिनु पर्छ
    मेटाई दु:खको धब्बा
    जीवनमा खुसियाली भर्छ ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    …
    १,
    झरेका ति आँसु
    हेरेर भन प्रिय
    कसरी म हाँसूँ ?
    २,
    रोएको यो मन
    देखेर देशको हालत
    कसरी सम्हालूँ, भन ।
    ३,
    देशको हालत डामाडोल
    भ्याएसम्म सबले खाए
    अहिले खोल्छन् पोल ।
    ✍️ध्रुव श्रेष्ठ
    खोटाङ
    …
    १,
    जिन्दगी थकित भयो
    हारेको जिन्दगी सम्हाल्ने
    पियार कता गयो ।
    ✍️राज कुमार राजभण्डारी खोटाङ्गे
    ऐसेलुखर्क – ३, खोटाङ ( हाल भक्तपुर )
    …
    १,
    उठेर आयो फेरि
    सिनो जनताले ढालेको
    जागौँ नगरौँ देरी।
    २,
    रङको भयो होली
    तराई, पहाड, मधेश
    खेल्यौँ हृदय खोली।
    ३,
    लेखौँ  लागेको आफूलाई
    प्रतिभा हुन्छन् सबैमा
    प्रगतिको बाटो समाई।
    ✍️सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    …
    १,
    आयो दौडेर होली
    माया प्रेम गाँसौ
    खेलौँ दिल खोली।
    ✍️नवराज भट्ट
    कञ्चनपुर
    …
    १,
    नयनमा गहिराई अपार
    छर्छ घाम मुस्कानले
    मनको आँगनभरि प्यार।
    २,
    रङ्गिन्छु तिम्रो छायाले
    छुन नसके पनि
    स्पर्शका ती भावनाले।
    ३,
    नियम बन्दछ बन्धन
    खोज्छ परिवर्तन जसले
    हुन्छ त्यही अल्झन।
    ✍️सतीश पण्डित
    भानु – ६, चुँदी, तनहूँ ( हाल चनपा ६ मातातीर्थ )
    …
    १,
    सकियो होली अब
    चैते दसैँको तयारीमा
    जुटौँ हामी सब।
    २,
    नयाँ वर्ष आउॅंदैछ
    चाडपर्व मनाउॅंदा भित्रभित्रै
    खर्चले ढाड समाउॅंदैछ।
    ✍️पुष्पा सुवेदी
    नेपालगन्ज, बाँके
    …
    १,
    जिन्दगी मैदान सङ्घर्षको
    आउने भएन दिन
    खुसी र हर्षको ।
    ✍️सरिता सेढाई
    धादिङ
    …
    १,
    रङ्गहरू सबैले खेल्नुपर्छ
    जीवनमा खुसीयाली भर्न
    रङ्गले सुखदुःख टर्छ ।
    २,
    वसन्त ऋतुको पर्व
    खेलौँ संस्कृतिको होली
    सबैले मानेर गर्व!
    ✍️वेदु न्यौपाने
    …
    १,
    तिम्रो मायाले गर्दा
    पागल बन्दै गए,
    बुझेनौ दुख पर्दा।
    २,
    स्वार्थमा चलेको कलि
    अर्थ रहेनछ सहयोग,
    जान्छन् गुण छली।
    ✍️शंकर कार्की
    थाहा नगरपालिका ३ मकवानपुर।
    …
    १,
    घमण्ड, द्वेष मासेर
    जीवन हाम्रो एकबारको
    जिउन सिकौँ हाँसेर
    ✍️विष्णु पंगेनी (पाण्डे )
    वालिङ्, स्याङ्जा
    …
    १,
    उमङ्ग छाएझैँ होलीमा
    देशोन्नतिका लागि आवश्यक
    मित्रता नेताको बोलीमा ।
    २,
    पाइन्छ नेपाली भन्न
    देश बनाउन सकिने
    योगदान दिए धन्न ।
    ✍️कोपिला समिक्षा
    खार्पा, खोटाङ
    …
    १,
    सकेसम्म हृदयदेखि हासौँ
    नदेखाउ कसैलाई रोएर
    सबैसॅंग मित्रता गासौँ ।
    २,
    आँखा राता नपारौँ
    तालि बजाउने आफ्नै
    बलिन्द्र आँसु नझारौँ।
    ✍️चुडामणि देवकोटा
    पुरानोनैकाप, काठमाण्डौ
    …
    १,
    वसन्तको बहार छायो
    गुराँसले वन ढकमक्क
    कोइलीले गीत गायो।
    २,
    वसन्तमा पालुवा फेरिँदै
    हरियाली छाउने तरखर
    लतिका सबतिर बेरिँदै।
    ३,
    कोइलीले गीत गायो
    वसन्तको स्वागत हेतु
    मनमा उमङ्ग छायो।
    ✍️सरस्वती श्रेष्ठ
    रुपन्देही, बुटवल
    …
    १,
    रङ्गको पर्व होली
    संस्कार जोगाउनुछ तिमीले
    दुख नहोस् भोलि।
    ✍️एवाइ प्रभात
    धनकुटा
    …
    १,
    एकपछि अर्को पर्व
    संस्कार मात्र फरक
    मानिन्छ गरेर गर्व ।
    २,
    संस्कृति हाम्रो सम्पत्ति
    बेला बेला आउँछ
    प्राकृतिक विपत्ति ।
    ✍️अम्बिका गिरी
    विराटनगर
    …
    १,
    सधैँ नकारात्मक क्रोध
    कार्ययोजना विहिन हिँड्छौ
    कहिले हुन्छ बोध ?
    ✍️प्रेम थापा “मन”
    बागलुङ
    …
    १,
    होलीले बढ्यो उमङ्ग
    आपसी द्वेष घटोस्
    दिगो प्रेम प्रसङ्ग।
    ✍️कमला देवकोटा
    पाल्पा
    …
    १,
    होलीको रङ जस्तै
    जीवनको हर आयाम
    फेरिएर जाओस् प्रशस्तै ।
    २,
    सकारात्मक बनोस् मन
    सृजनामा तल्लीन बनोस्
    उत्साह थपिओस् झन ।
    ✍️पुष्पा राई
    खोटाङ
    …
    १,
    सबैले खेलौँ होली
    उमङ्ग र सद्भावमा
    बेलेर मीठो बोली।
    २,
    हरियाली वसन्त आयो
    शिशिरको पीडा भुलाउन
    मनमा खुसीयाली छायो।
    ✍️संगीता खरेल
    काठमाडौँ
    …
    १,
    बिग्रेर मानिसको मति,
    ओरालो लागेको मृगझैँ
    रोकिन्छ कर्मको गति !
    ✍️आर्त अकुलीन
    …
    १,
    जीवन नफालौँ खेर।
    नर्कमय जिन्दगीलाई तिमी
    पबित्र बनाएर हेर ।
    २,
    जिन्दगी खरानिको रास।
    सबैको प्यारो बन्नु
    भएसम्म एकमुठी सास।
    ✍️बेल थोकर तामाङ
    बकैया – ८, बस्तिपुर, मकवानपुर
    …
    १,
    होलीको बेला आउनु
    सबैसँगै मिलेर हेर
    खुसी हर्षले छाउनु ।
    ✍️साहित्य प्रेमी सुशील
    धनगढी
    …
    १,
    शिशिरले ल्यायो घमाइलो
    गुराँस फुलेछ बनैमा
    कोइलीको भाका रमाइलो ।
    ✍️बिबा तामाङ
    दार्जिलिङ
    …
    १,
    प्रगति देखेर जल्नेसँग
    सावधान रहनुपर्छ हामी
    पलपल रङ बदल्नेसँग !
    २,
    हुन्छन् वरपर मान्छेहरू
    भाँजो हाल्ने सम्बन्धमा
    तिललाई पहाड बनाउनेहरू !
    ३,
    हिँडेर कर्तव्यको पथमा
    अगाडि बढौँ निरन्तर
    चढेर उन्नतिको रथमा !
    ✍️वसन्त अनुभव
    वसन्तविहार, घोराही, दाङ
    …
    १,
    हेर्दा त सानी
    तर साँच्चै उभित्र
    अनन्त छ कहानी ।
    ✍️योजना आचार्य
    …
    १,
    मिठो कुरा आयो
    मिल्ने मिलाउने दिन
    होली पर्व पायो।
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    …
    १,
    प्रभुको नाम बिर्सिएला
    ढिला किन हुनुछ
    प्रभु पथमा भेला ।
    २,
    जीवन फूल खिल्दछ
    शरणागति भएमा हामीलाई
    प्रभु माया मिल्दछ ।
    ३,
    जिन्दगी सङ्घर्षको मेला
    कदापि नहोऔँ सधैँ
    हामी प्रभुबाट हेला ।
    ✍️कार्की डिबी माकुम
    सुनवल -४, नवलपरासी
    …
    १,
    रङहरूमा सद्भावको सन्देश
    पुग्न नसकेपछि मनमा
    थाप्छन् हरतरहले बन्देज ।
    ✍️मोती योन्जन सुब्बा 
    दार्जिलिङ
    …
    १,
    संसार झुक्छ मायामा
    आमाको काख तुल्य
    हिमालको सितल छायाँमा ।
    ✍️विवश पारदर्शी
    झापा
    …
    १,
    छु पर्खेर बसेको
    हृदयमा माया बोकेर
    मुटुमा छु पसेको ।
    २,
    मलाई तिमी मनपर्छ
    किन किन तिमीतिरै
    यो मुटु सर्छ ।
    ३,
    आँखाले नै बोल
    बरु इसारा बुझूँला,
    मनको कुरा खोल ।
    ✍️मनुहाङ किराँती सोलु
    …
    १,
    लात भोको पेटमा
    आऊ काममा भन्ने
    बात पहिलो भेटमा ।
    ✍️नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
    …
    १,
    आयो वसन्त बहार
    चिसोलाई पर सार्दै
    छायो जताततै पहार l
    २,
    गुराँस फुले पाखामा
    अनगिन्ती चरका गीत
    सुनिन्छ नौलो भाकामा l
    ३,
    स्वर्गसरि लाग्छ गाउँघर
    गुन्जयामान छन् वनपाखा
    जताततै हरेक पहर l
    ✍️बाबुराम गौतम
    गुल्मी
    …
    १,
    हिॅंडेको छ रोजेर
    कर्म गर्नुपर्छ है
    पाइॅंदैन कहीँ खोजेर ।
    ✍️दीप गोले तामाङ
    रौतहट
    …
    १,
    अधर्मले हारेको छिन
    बाँड्छौँ सबैसँग खुसी
    सत्यले जितेको दिन ।
    २,
    आफ्नोसँग होली खेलेर
    मनाउॅंछौँ संस्कृति हामीले,
    अरूलाई दुःख नदिएर ।
    ३,
    आफ्नो संस्कृत बचाऔॅं
    तडकभडक नगरी खेलौँ ,
    रङहरू मात्रै लगाऔॅं ।
    ✍️सीमा कार्की समर्पण
    मेलचोक
    …
    १,
    जल्नेहरू जल्दै गरून्
    छिर्के लगाउने त,
    चाँडै नै मरून्।
    २,
    लेखान्त नै मान्नुपर्छ
    हाम्रो भेटलाई त,
    कुरा मिलेको ठान्नुपर्छ।
    ३,
    कतै देखेको हुनुपर्छ
    लाग्छ मलाई तस्तै
    मेरा शब्दले छुनुपर्छ।
    ✍️कला ढकाल
    झापा
    …
    १,
    समयको शक्ति ठुलो 
    गर्नुपर्छ राम्रो सेवा
    नत्र पसिन्छ दुलो ।
    ✍️नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
    …
    १,
    हृदयमा फोटो फ्रेम
    तिम्रो मायाले राखेँ
    गर्छु तिमीलाई प्रेम ।
    २,
    प्रयोग गर्छन् रेती
    आफू मोज गर्न
    गर्छन् भ्रमको खेती ।
    ३,
    उर्लिन्छन् उल्फैको धनले
    कमाएको भन्ने कसरी
    हुन्छ थाहा विलासीपनले ।
    ✍️रामप्रसाद पुरी
    बादेल, खोटाङ
    …
    १,
    मनायौँ रमाइलोसँग होली
    आर्कोसाल के थाहा
    नआउन सक्छ भोलि।
    ✍️सुनगाभा पोखरेल
    कपिलवस्तु
    …
    १,
    मैले कसम खाएँ
    माया तिमी मेरो
    तिमीमा म पाएँ ।
    २,
    फूल जस्तै फक्रनु
    जस्तो दुःखमा पनि
    समयलाई राम्ररी पक्रनु ।
    ३,
    बेरोजगारीको छ प्रहर
    रोजगारीको समस्याले बढ्दैछ
    विदेश जानेको लहर ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल, काठमाडौँ
    …
    १,
    छाउँछ खुसी हर्ष
    अर्को नाम जिन्दगीको
    पक्कै हो सङ्घर्ष ।
    २,
    त्यागेर शङ्का भ्रम
    सफलताका लागि नै
    नियमित गरौँ श्रम ।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३, नवलपरासी पूर्व
    …
    १,
    स्वच्छ पवित्र भावना
    चाडपर्व आउँछ जान्छ
    सबैमा सुखद कामना ।
    २,
    नरहून् कालामैला मनहरू
    ईश्वरीय शक्तिको सौरभ
    मीठासमै रहोस् वचनहरू ।
    ३,
    कुरा कसैको नकाटौँ
    सद्भावना रहनुपर्छ सधैँ
    आपसमा कोही नफाटौँ ।
    ✍️घनश्याम पन्त
    हरिवन, सर्लाही
    …
    १,
    खोक्रो नारामा नेपाल
    समृद्ध भनेर भक्ने
    नेताको छैन कपाल ।
    २,
    पग्लियो हिमालको हिऊँ
    पर्यावरण बदलिएको कारण
    प्रकृतिको ठग्ने निउॅं ।
    ३,
    लोकतान्त्रिक गणतन्त्रको शासन
    जनता महॅंगीको मारमा
    नेतालाई अधिक रासन।
    ✍️बिपी लामिछाने
    दमक, झापा
    …
    १,
    सम्झना ठुलो धन
    बाटौँला मायाको डोरी
    मिलाएर दुवै तनमन ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    …
    १,
    फुल्छ कति राम्रो
    लेकको वनमा लालीगुराँस
    राष्ट्रिय फूल हाम्रो ।
    २,
    वसन्त ऋतुसँगै आउने
    हरियाली नयाँ पवन
    मनमा खुसी छाउने।
    ✍️साबित्री प्याकुरेल
    धादिङ
    …
    १,
    लेखेको भाग्य मेटिॅंदैन
    कोरेको भावीले निधारमा
    खोजेर नयाँ भेटिॅंदैन ।
    २,
    अरूको आशा नगर
    दिन्छन् झुटो आश्वासन
    कहिल्यै नपर्नु भर ।
    ✍️राधा चाम्लिङ
    खोटाङ
    …
    १,
    मौसम परिवर्तन हुँदै
    निलो आकाशमा परिणत
    बादलका धब्बा धुँदै।
    २,
    वसन्त ऋतु आएछ
    पलाउँदैछन् नयाँ पालुवा
    सुकेका पातपतिङ्गर झरेछ ।
    ✍️शोभा आचार्य गौतम
    काठमाडौँ
    …
    १,
    रङ मुछिएका लोला,
    तराईको गर्मी यस्तो  
    विकृति आएर होला।
    २,
    खुसियाली कति मिठो,
    साथ राम्रो सधैँ
    रमाई खाने सुधोपिठो।
    ✍️दुर्गा आचार्य
    मोरङ
    …
    १,
    शुभकामना यो होलीको
    सुन्न पाऊॅं यस्तै,
    तिम्रो मिठो बोलीको।
    २,
    दुई शब्द खर्च
    होलीको शुभकामना सबैमा
    दिनु सबैले पर्छ।
    ✍️कृष्ण शर्मा ‘प्रतीक’
    मोदी – ७, पर्वत ( हाल: दुबई )
    …
    १,
    होलीमा सबै रहॅंदै
    भाङ, धतुरो नखानू,
    कष्टमा बस्नुपर्ला सहॅंदै ।
    ✍️रमा गुरुङ
    सालुगडा सिलीगुडी
    …
    १,
    होली रङहरूले छायो
    रमाउँदै सबै देशमा
    चरीले गित गायो !
    २,
    लाउँदै पर्वहरूले बाटो
    सबै विदेशमा हामी
    बाँजो घरको पाटो !
    ✍️रवि पौडेल
    दक्षिण भारत पाण्डेचरी
    …
    १,
    भोग्नेलाई हुन्छ थाहा
    दुःख सहर, गाउँको
    दुवैको मिश्रणमा आहा !
    २,
    उदाउँछ भोलि गर्व
    नौलो बिहानी लिएर
    रमाउँदै रङको पर्व ।
    ✍️शान्ति भुजेल
    …
    १,
    पर्दा जिन्दगीमा रात
    कसको विश्वास गर्नु ?
    आफ्नाहरूले गरेपछि घात ।
    २,
    आँसुलाई पर्छ थुन्न
    फुर्सद छैन कसैलाई
    मनको पीडा सुन्न ।
    ✍️प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना, सुर्खेत
    …
    १,
    दलेर एकअर्कामा रङ्ग
    होलीको पर्व मनाइयो
    सद्भाव नगरीकन भङ्ग।
    २,
    खोलेर मनको झोली
    संस्कार संस्कृति अनुसारको
    मनाइयो सबैले होली।
    ✍️अरुण कुमार भुजेल
    दार्जिलिङ, भारत
    …
    १,
    कति बोल्दछौ झुटो
    अखण्डित भन्छौ तिमी
    देख्दछु तमाम ठुटो ।
    २,
    नमानेर बस्दा धक
    श्रृङ्गार नगरीकन पनि
    रूप देख्छ चमक ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    …
    १,
    किसानले जोत्ने हलो
    गणतन्त्र आयो देशमा
    गरायो मुखियालाई भलो।
    २,
    किसानको काँधमा कोदालो
    खेतबारीमा उम्रीए बनमारा
    गरीबको घरमा भुइँचालो।
    ✍️होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    …
    १,
    किसानको हातमा कोदाली
    व्यवस्था परिवर्तनले फेरिएन
    गर्ने उकाली ओराली।
    २,
    लाग्यो डाँडामा जुन
    तल्लाघरे शाहिलालाई मैले
    व्यर्थै लगाएछु गुन।
    ३,
    स्वर्गझैँ लाग्छ गाउँघर
    त्यहाँको वातावरण जस्तो
    भेटिॅंदैन कुनै सहर।
    ✍️अर्जुन प्रसाद चौलागाई
    रामेछाप:-सुनापति-१ ( हाल:-अमेरिका,बोस्टन )
    …
    १,
    जीवनको अनिश्चित मोड
    बाँच्नुको छैन ठेकान
    पैसा कमाउने होड ।
    २,
    चित्र छ विचित्र
    मान्छे पनि उदेकको
    कालो सेतो मनभित्र ।
    ३,
    सत्य सत्य बोल्छु
    पारदर्शी मन मेरो
    पोल सबै खोल्छु ।
    ✍ राजेन्द्र प्रधान ‘पासा’
    दार्जिलिङ
    …
    १,
    फुल्यो फूल गमलामा
    सुगन्ध छरेर वरिपरि
    भवरा आए हमलामा ।
    २,
    किन गर्छौ रिसराग
    भोक मेटाउन आज
    अघाएर फेरी भाग।।
    ✍️चन्द्रिका रिमाल न्यौपाने
    …
    १,
    प्रेममा परेपछि मान्छेहरू
    पागल जस्तो हुन्छन्
    त्याग्छन् बाआमा बरु ।
    २,
    स्वार्थी छन् मान्छेहरू
    आफ्नो फाइदा हेर्छन्
    लडाइ दिन्छन् अरू ।
    ✍️बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
    कनकाई – ४, झापा
    …
    १,
    मनमा छैन शान्ति ,
    वसन्त ऋतुको बहारमा,
    देखिन्न मुहारमा कान्ति।
    २,
    उज्यालो भयो वन
    गुँरास फुलेर पहाडमा,
    प्रकृतिको हाँसेको मन ।
    ३,
    प्रकृति जस्तै हामी,
    निरन्तर चल्नसके त
    बनिन्थ्यो तब स्वामी।
    ✍️मनोहरी पौडेल
    गैडाकोट – १
    …
    १,
    चिसो मौसम रोकियो
    चैत मासको हावा
    बार्दलीमा टक्क ठोकियो ।
    २,
    बर्सात हुनै सकेन
    पालुवा ओइलियो खडेरीले
    परिश्रमको केही लागेन ।
    ✍️जानुका बास्कोटा
    काठमाडौँ
    …
    १,
    बुझेर पर्वहरूको अर्थ
    पालन गरौँ संस्कृति
    तामझाम नगरौँ व्यर्थ!
    २,
    खेलौँ मिलीजुली होली
    ईर्ष्या, द्वेष भुलेर
    गुनासोहरूको गाँठो खोली!
    ३,
    बोलिराखौँ मिठो बोली
    घोली मुखमा मिठास
    हुन्छौँ हुँदैनौँ भोलि ।
    ✍️ज्योतिका छेत्री
    सिलगडी, भारत
    …
    १,
    जुलुस र होली
    छक्क छन् नेता
    कसरी देखिन्छौँ भोलि ?
    २,
    मजै आएन होलीको
    सम्झेर‌ राजाको जुलुस
    कस्तो होला भोलिको ?
    ३,
    आफ्नै हो गल्ती
    याद आएन जनताको
    हेरियो आफ्नै खल्ती ?
    ✍️शम्भु गजुरेल
    सिन्धुली
    …
    १,
    नगर अर्कोलाई गाली
    कमजोरी पत्ता लगाइ
    बजाउँलान् शत्रुले ताली।
    २,
    सुकाई व्यर्थमा घोक्रो
    देख्दादेख्दै सुन्दर देश
    बनायौ साह्रै खोक्रो ।
    ३,
    गर्नुपर्छ बेलामा होस
    समयलाई चिन्न नसके
    खेप्नुपर्ला जनताको रोष ।
    ✍️जयनारायण नेपाल
    इलाम  ( हाल सूर्यविनायक २ बालकोट, भक्तपुर )
    …
    १,
    ऋतुराज वसन्त आयो
    चारैतिर हरियाली बनाई
    मनमोहक दृश्य छायो ।
    ✍️कोपिला अधिकारी
    गोरखा
    …
    १,
    हुन्छ सधैँ हार
    गयो कोसिस खेर
    सकिन लगाउन पार
    ✍️नन्दा धामी
    नौगाड, दार्चुला
    …
    १,
    समयले कोल्टे फेर्‍यो
    जलवायु परिवर्तन हुँदै
    प्रदूषणले संसारलाई घेर्‍यो ।
    २,
    देखिने ध्रुवतारा जस्तै
    सबैलाई सुमार्ग डोऱ्याउने
    प्रकाश छर्नु प्रशस्तै।
    ✍️देव स्याङ्देन
    कालेबुङ
    …
    १,
    उसलाई कस‌सैले तपाईॅं
    बनाओस् कि नबनओस्
    बनिदिन्छ आफैँ मपाइँ।
    २,
    बेग्लाबेग्लै मान्छेका ओठ
    छ कति पीडादायी ?
    सहनु परेको चोट।
    ✍️सतीश सिकारु
    तनहूँ
    …
    १,
    गुण लायौ अनेक
    कसरी बिसौँ मैले
    गुमाएर आफ्नो विवेक।
    ✍️हरिगोपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा – १४
    …
    १,
    वैज्ञानिक गर्देछन् प्रयास
    पृथ्वीमा आउनेछ  सुनीता
    सबैलाई छ विश्वास  ।
    ✍️संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत
    …
    १,
    नजरको दृष्टिकोण फेर्नू,
    अरूलाई भन्नुभन्दा पहिला
    आफूलाई ऎनामा हेर्नू ।
    २,
    सम्बन्धमा छुरा खोपिन्छ
    छल्ने, लुकाउने गरेमा
    शङ्खाको बीउ रोपिन्छ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन
    …
    १,
    सुन्दर देश नेपाल
    भिजनबिनाको छ नेतृत्व
    बनाए साहै बेहाल ।
    २,
    जीवन एक सङ्घर्ष
    पौरखी पाखुरा बजारे
    जीवनमा सदैव हर्ष।
    ३,
    कहाँकी हौ परी ?
    मदहोस हुन्छु म
    नहेर बिन्ती त्यसरी ।
    ✍️बिमल पोखरेल
    धरान -१७, पटनाली
    …
    १,
    आर्यघाट जलाइएको लास
    उफ्रिॅंदै चाहियो भन्छन्
    गनतन्त्रमा कस्तो बकवास ?
    २,
    उहिले गएको मलामी
    ब्युँतिने स्वप्न देख्दै
    अहिले खोज्छन् सलामी ।
    ✍️राज बहादुर बडुवाल
    कनकासुम्दरी-५, जुम्ला
    …
    १,
    सोचेको आउँदैन दिन
    त्यसैले अब छोडिसके
    अनेकथरी पिर लिन।
    २,
    आशाको दियो बाल्न
    आफैँ परिश्रम गरेर
    पर्छ कदम चाल्न।
    ३,
    स्वार्थी भावना तोडौँ
    उन्नति, प्रगतिको बाटोतिर
    अब पाइला मोडौँ ।
    ✍️ललिता गिरी
    सिन्धुली
    …
    १,
    जोस जागर उर्जा
    सहने शक्ति मिलिरहोस्,
    क्षमता नै पुर्जा ।
    ✍️श्रीकृष्ण धामी
    बझाङ
    …
    १,
    विभिन्न रङ घोली
    पर्वमा गरौँ रमाइलो
    आपसमा मिलाइ लोली ।
    २,
    अबिर अनि रङ्ग
    रमाएको देख्दा हामी
    पराया होऊन् दङ्ग ।
    ३,
    मनमा उमङ्ग छायो
    नयाँ पालुवा लिएर
    वसन्त ऋतु आयो ।
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    …
    १,
    सधैँ खुसी भएर
    जिउने हामी सबै
    पीडा भुल्दै गएर।
    ✍️सानु जोशी
    सुदुरपश्चिम, दार्चुला
    ::::::::जय झिल्का साहित्य ! ::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५९ सम्पन्न

  • ३ चैत्र २०८१, सोमबार १०:०५ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ५९ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५९ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    १,
    प्यारभन्दा प्यार प्यार
    चलन बढ्यो यहाँ,
    मानौँ, तिनै उपहार ।
    २,
    सम्मानमा चड्कन हान्यो
    तिम्रो मूल्याङ्कन ठिक,
    यात्राको दूरता धान्यो ।
    ३,
    पाखुरी चलाऊ, भरमौदुर
    प्रविधिको सदुपयोग गर्दै,
    गन्तव्य नजिकिन्छ पुरापुर ।
    ✍️म्यामराज राई
    भोजपुर
    …
    १,
    धेरै अल्छी नहुनू
    सफलता प्राप्त गर्न
    उडी आकाश छुनु !
    २,
    फेल भइन्छ बारबार
    उठ्नुपर्छ लडे पनि
    मान्नुहुन्न कदापि हार !
    ३,
    धनको तराजुले नाप्ने
    स्वार्थी दुनियाँले गर्दछ
    बलेको  आगो  ताप्ने !
    ✍️वसन्त अनुभव
    वसन्तविहार, घोराही
    …
    १,
    मायामा नाटक गर्ने
    निःस्वार्थ मन भएका
    हुन् अकालमै मर्ने।
    २,
    पाखुरी बजार्न सिक
    बढ्छ मान मर्यादा
    त्यसैमा हुन्छ ठीक ।
    ३,
    प्रतिष्ठाको कदर गर
    सम्मानित हुन आफैँमा
    पर्दैन कसैको भर ।
    ✍️ललिता गिरी
    सिन्धुली
    …
    १,
    आँटे हुन्छ काम
    काम गर्न नसक्दा
    त्यसै हुन्छ बदनाम ।
    ✍️ ताराप्रसाद चापागाईँ
    …
    १,
    मायाले पुग्दैन खाना
    गर्ने आफ्नै पाखुरी
    जिन्दगीको यस्तै पाना
    २,
    अदृश्य माया कस्तो ?
    नगरी बसौँ चुलबुली
    जिन्दगी हुन्छ सस्तो।
    ✍️बिबा तामाङ
    दार्जिलिङ
    …
    १,
    ताराझैँ मन चम्किन्छ
    गन्तव्य चुम्नका लागि
    लमकलमक गर्दै लम्किन्छ।
    २,
    बसौँला दिन गनेर
    आउँछ्यौ कि तिमी !
    शीतल पाइला बनेर।
    ३,
    जसले इज्जत दिन्छ
    सच्चा ठहरिन्छ त्यही
    जसले समाज बदलिन्छ।
    ✍️सतीश पण्डित
    भानु – ६, चुँदी, तनहूँ ( हाल चनपा – ६, मातातीर्थ )
    …
    १,
    हार कहिल्यै नखाऊ
    अघि बढ्न सिक
    नजान्ने ठाउँ नजाऊ!
    २,
    मायाले संसार चल्दैन
    चिन्ने गर दुनियाँ
    आगो नफुकी बल्दैन।
    ३,
    कर्मको फल पाइन्छ
    अब डोर्‍याएसम्म भाग्यले
    अगाडि बढ्दै हिॅंडिन्छ।
    ✍️ वेदु न्यौपाने
    …
    १,
    संसारको यही रित
    मेहनत गर्छ जसले
    हुन्छ उसकै जित।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३, नवलपरासी पूर्व
    …
    १,
    मैदानमा झर्ने हिम्मत
    हुन्छ मानिसमा भए
    अजय विजय शतप्रतिशत।
    ✍️सुरेशकुमार पाण्डे
    …
    १,
    गरौँ कर्ममा रमाउने
    फलको आस नगरी
    सत्मार्ग सदैव समाउने ।
    २,
    सत्यको जित हुन्छ
    न्याय जीवित भए
    खुट्टा कसले धुन्छ ।
    ✍️राज बहादुर बडुवाल
    कनकासुन्दरी – ५, जुम्ला
    …
    १,
    झिल्का काव्यशाला आयो
    निरन्तर साहित्यको खेतीमा
    मनमा खुसियाली छायो ।
    ✍️श्रीबहादुर केसी शैलुङ्गे
    भक्तपुर
    …
    १,
    म भुइँको धुलो ,
    मै धुलो हुनाले
    तिमी बन्यौ ठुलो ।
    २,
    ठुलो या सानो
    दुवैको हुन्छ काम
    पाथी या मानो ।
    ३,
    जुन स्थायी हुँदैन
    त्यतै तानिन्छ मान्छे
    भनेको कुराले छुँदैन ।
    ✍️दीपा गुरुङ ‘समभाव’
    दुबेकोल, खोटाङ
    …
    १,
    भरसक नपरोस् छुट्नु
    हिॅंड्दै गरेको पाइला
    हुँदैन कहिले टुट्नु।
    २,
    सॅंगसँगै जीवन कटाउॅंला
    दु:ख पीडा अभाव
    मिलेर नै घटाउॅंला ।
    ३,
    उकाली ओराली गर्दै
    हिॅंड्न रमाइलो हुन्छ
    चौतारीमा सुस्केरा छर्दै ।
    ✍️कला ढकाल
    झापा
    …
    १,
    छोडेर नराम्रो बानी
    असल काम गरेर
    बन्नु छ स्वाभिमानी ।
    ✍️प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना, सुर्खेत
    …
    १,
    अरूलाई कहिल्यै नरुवाउनु
    आफूलाई जस्तै सबैलाई
    महॅंगो आँसु नचुहाउनु।
    २,
    चिसोले कठ्याङ्ग्रियो हात
    जाडो हरायो भनेको
    मौसमले गर्‍यो घात।
    ✍️चुडामणि देवकोटा
    पुरानोनैकाप, काठमाडौँ
    …
    १,
    समय बित्यो सोचेर
    तितो पलको यादले
    दुखाउँछ काँडाझैँ घोचेर ।
    २,
    आफ्नो पराई चिनायो
    कठिन परिस्थिति आएपछि
    वारपारको निसाफ छिनायो ।
    ३,
    कमजोर मनस्थितिले हारिन्छ
    आफैसँग गर्न मुकाबिला
    हरेक अवसरलाई सारिन्छ।
    ✍️ पुष्पा राई
    बादेल, खोटाङ
    …
    १,
    युवाहरू छ भागिरहेको
    सुनको कचौरो बोकेर
    नेताहरू आज मागिरहेको ।
    ✍️दीप गोले तामाङ
    रौतहट
    …
    १,
    पूर्वाग्रहको बनायौ दुलो
    काममा योजनाविहीन छ
    कसरी मान्नु ठुलो ?
    ✍️प्रेम थापा “मन”
    बागलुङ
    …
    १,
    देशको अवस्था देखेर
    आधुनिकताको नाममा विकृति
    चेतना ख‌ै पढेर।
    २,
    अनुदानले चलाउॅंछ देश
    देशभित्रको आय भ्रष्टाचारमा
    नेपालमा यस्तो परिवेश।
    ✍️एवाइ प्रभात
    खाल्सा छेन्ताङ सहिदभूमि, धनकुटा
    …
    १,
    मन राम्रो खुलेको
    नराम्रो व्यर्थ चिन्तामा
    नित्य प्रभु भुलेको।
    २,
    बचौँ इर्ष्या फालेर
    नराखौँ कसैले यहाँ
    घमण्डको डङ्गुर पालेर ।
    ३,
    नराम्रो मान्छे फुलेको
    पवित्र मन यहाँ
    गङ्गामा सधैँ धुलेको ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    …
    १,
    काममा बाधा भयो
    सोचेको कति भएन
    अधुरै रहेर गयो ।
    ✍️कमला देवकोटा
    पाल्पा
    …
    १,
    रोजी सही बाटो
    हिॅंड्नुपर्छ सधैँ हामीले
    मिल्नेछ सफलताको पाटो।
    २,
    नगरे कसैलाई छल
    मेहनत गरेमा सधैँ
    मिल्छ मिठो फल।
    ३,
    मरिन्छ भन्ने डर
    यहाँ कोही कसैको
    पर्नु हुन्न भर।
    ✍️अनिता भण्डारी
    ताप्लेजुङ
    …
    १,
    परिश्रमीलाई पारिन्छ तल
    सोचेर बस्छ ठगाहा
    बिनाकाम हरेक पल ।
    २,
    खरानी अथवा धुलो
    जीवन यो जगत्मा
    प्रेम रहेछ ठुलो ।
    ३,
    मान्छेले गरिरहन्छ खती
    प्रकृति थपेर दिन्छिन्
    मासेर गर्छ प्रगति ।
    ✍️रामप्रसाद पुरी
    बादेल, खोटाङ
    …
    १,
    छ अरू कुन
    बा आमा भनेका
    जिउँदा देवता हुन |
    २,
    वृद्धाश्रममा नछोड लगेर
    आशीर्वाद मिल्नेछ सदा
    सेवा जाँदैन खेर |
    ✍️सरिता सेढाई
    धादिङ
    …
    १,
    मनमा अनेक तरङ्ग,
    पृथ्वीको गतिले होला,
    जीवन पार्छ भरङ्ग।
    २,
    कहिले बाढी  पहिरो,
    कहिले भूकम्प आउँछ,
    पार्छ चोट गहिरो ।
    ३,
    भौतिक संरचना महङ्गा,
    नबनाउनु पसिना पोखी,
    हुन्छ हृदय चङ्गा ।
    ✍️मनोहरी पौडेल
    गैडाकोट – १
    …
    १,
    सभ्य प्राणी मानव
    किन तिमी आजभोलि ?
    बन्दै गयौ दानव।
    २,
    सत्य नसुन्ने कस्तो
    मान्छेको दुई कान
    बन्यो च्याउ जस्तो ।
    ✍️बिके मुखिया, वाङदे
    दार्जिलिङ, भारत
    …
    १,
    छोडेर जान्छ समय
    अवसर पर्खेर नबस्ने
    पुगिन्छ बगाउॅंदै भय ।
    ✍️होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    …
    १,
    हृदयमा सजाऔॅं झिल्कालाई
    मिठा भावना भरेर
    सुन्दर दिव्य बनाई।
    २,
    मिलेर कविता लेखौँ
    पवित्र माया जोडी
    अरूलाई आफ्नै देखौँ।
    ✍️कमल प्रसाद बगाले रेग्मी
    वालिङ्ग बजार, स्याङ्जा
    …
    १,
    शिवरात्रिमा मन्दिर जाऊ
    ईश्वरको दर्शन गरेर ,
    शुद्ध खाना खाऊ ।
    २,
    बेलपत्र ईश्वरलाई चढाऔॅं
    राम्रो हुन्छ तिमीलाई ,
    भस्मको टीका लगाऔॅं ।
    ३,
    शिवरात्रिमा मन्दिर धाई
    इश्वरलाई खुसी पारौँ ,
    गाजा धतुरो चढाई ।
    ✍️सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    …
    १,
    कुरा अरूको सुन्नु
    निर्णय गर्नु पर्दा
    आफ्नै मनले गुन्नु ।
    २,
    स्वार्थी लम्पट देखिने
    असुर हुन् अजिङ्गर
    भ्रष्ट्र नाम लेखिने ।
    ✍️विवश पारदर्शी
    झापा
    …
    १,
    प्रदूषणमा नाम लेखायौ
    छेपारालेझैँ रङ्ग फेरेर
    आफ्नो चरित्र देखायौ !
    ✍️आर्त अकुलीन
    …
    १,
    शत्रुलाई मित्र ठान्नुपर्छ
    विष होइन अमृत
    सबैतिर छर्न जान्नुपर्छ।
    २,
    लगिॅंदैन केही मरेर
    सबका सहयोगी बन्नु
    असल कर्म गरेर।
    ३,
    फलेको हाँगो नुहिन्छ
    नचढ घमन्डको धुरी
    विनाशको खाल्डोमा पुगिन्छ।
    ✍️सरस्वती श्रेष्ठ
    रुपन्देही, बुटवल
    …
    १,
    समय छ बलवान्
    समयमै गरौँ फत्ते
    हात आफ्नै महान् ।
    २,
    उमेरमै पाखुरी चलाऊ
    बुढेसकालमा सकिन्न गर्न
    समयमै अघि बढाऊ।
    ३,
    दूर छ फल
    टिप्न थालौँ समयमै
    गरेर हुन्न अलमल।
    ✍️अर्जुन प्रसाद चौलागाई
    हालः-अमेरिका, बोस्टन
    …
    १,
    आएछ कस्तो याम
    रहेन विश्वास कसैमाथि
    पलपलमा हुन्छ बेइमान ।
    ✍️विष्णु पंगेनी पाण्डे
    वालिङ, स्याङ्जा
    …
    १,
    शुभ बिहानीको प्रभात
    उज्ज्वल भविष्यको कामना
    सङ्घर्षको रहोस् बात ।
    २,
    आँशुले माग्दैन नासो
    जति दुःखी होस्,
    बचत गरेर हाँसो ।
    ३,
    कोरेर एउटा पत्र
    प्रेमको नाउँमा तिमिलाई
    देख्छु सपनीमा यत्रतत्र ।
    ✍️किराती हाङ तिम्रो ( बिसु हाङ राई )
    विराटनगर
    …
    १,
    सत्यको बाटो तगारो
    झुट बोल्ने बानीले
    जीवन बन्छ अँध्यारो।
    २,
    सम्बन्ध सुमधुर बनाउनु,
    काँधमा काँध मिलाई
    सहयात्री बनी रमाउनु।
    ✍️देव स्याङ्देन
    कालेबुङ
    …
    १,
    ठण्डी मौसम हराउॅंदैछ
    वातावरण हुँदैछ न्यानो
    आकाश खुलेर रमाउॅंदैछ।
    ✍️सुनगाभा पोखरेल
    कपिलवस्तु
    …
    १,
    सङ्कटमा काँध हालेको
    सजिलोसँग भुल्दा रहेछन्
    चिसो चुल्हो बालेको ।
    २,
    अरूलाई खराब सोच्ने
    तिम्रो बानी रहेछ
    सत्य नबुझी कोच्ने ।
    ३,
    रहेन सम्बन्ध हाम्रो
    मतलब छैन मलाई
    जतिसुकै बने चाम्रो ।
    ✍️पृथक प्रकृति
    झापा
    …
    १,
    मन मिले चमत्कार
    प्राण नै सुम्पिन्छन्
    खटपट भए बलात्कार ।
    ✍️खुनराज कोइराला
    सिद्धलेक-३, धादिङ
    …
    १,
    कस्तो रहेछ गाँठो
    बेसी नबोल है
    भन्ला सबले बाठो।
    ✍️निमा छिरिङ भोटिया
    जलढका, कालेबुङ
    …
    १,
    सङ्गीतले कसलाई छुन्न?
    झ्याउरेभन्दा पनि मिठो
    अरू भाका हुन्न।
    २,
    सिकारुका हुन् सिर्जना
    जानी नजानी कोर्दैछु
    मेट्न मनको तिर्सना ।
    ३,
    जात धर्म भनेर
    लड्दैछन् हेर दाजुभाइ
    गोटी अर्कैको बनेर ।
    ✍️बिमल पोखरेल
    धरान -१७, पटनाली
    …
    १,
    आगो लागे हुरुरु
    आफ्नो अर्का नभनी
    कुदेर जाउँ खुरुरु।
    ✍️ज्योतिका क्षेत्री
    सिलगडी, भारत
    …
    १,
    नहुँदोरहेछ मात्र कुराले,
    व्यवहारमा उतार्नको लागि
    काट्नुपर्छ जाली छुराले।
    ✍️लोक वहादुर छेत्री लामिछाने
    मोदी –  २, देउपुर, पर्वत
    …
    १,
    हेर साथमा गएर
    सबै हराउने मायामा
    जातपातमा त्रास भएर ।
    २,
    जन्म आमाको कोखमा
    आकाश यो धर्ती
    नगर हेला स्वदेशमा ।
    ✍️भोलामान बर्देवा ‘वैरागी माइलो’
    मादी – ५, सङ्खुवासभा ( हाल धरान ८ सुनसरी )
    …
    १,
    पकाऊ सब्जी छिटोछिटो,
    नुनखुर्सानी, बेसार हाल ,
    खाउँ बनाई मिठैमिठो ।
    ✍️बुद्धिप्रसाद सापकोटा
    गैँडाकोट – ७, नवलपुर
    …
    १,
    फरक देखियो चाल
    हिजोआज उसको हिॅंडाइको
    आफन्तीमा गरिने सवाल ।
    २,
    आकाश र धरती
    माया लाग्छ उस्तै
    उही दया चरीप्रति ।
    ✍️ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका – ६, अछाम
    …
    १,
    भ्रष्टहरूले देश लुटे
    जनता ऋणको बोझमा
    दीनदु:खी मज्जाले भुटे ।
    २,
    गरीब देश हैन
    नेताले सुशासन नदिॅंदा
    जनताले पाएनन् चैन ।
    ३,
    पिण्ड खानेहरूको शासन
    खोक्रा नारामा देखिएन
    जनता बचाउने रासन।
    ✍️बिपी लामिछाने
    दमक, झापा
    …
    १,
    सूर्यले किरण छर्‍यो
    अन्धकार भाग्यो पर
    आलस्य भुइँमा झर्‍यो ।
    २,
    नयनको गहिराइमा लुकेको
    सपना बनेर आउँदा
    शिर छैन झुकेको ।
    ३,
    बाधा आयो अगाडि
    फाइदा उठाउन लाग्छन्
    आफन्त नै पछाडि ।
    ✍️अच्युत घिमिरे
    सर्पाङ, भुटान
    …
    १,
    स्वार्थले मात्र देख्यो
    आफ्नो अनि पराई
    खोटो भविष्य लेख्यो ।
    ✍️नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
    …
    १,
    देखेर काम गरौँ
    छ सबै अधुरो
    समाजमा सन्देश भरौँ ।
    २,
    देश बिग्रॅंदै गयो
    भष्ट्राचार र गरिबीले
    राज्य दलाली भयो ।
    ✍️रवि पौडेल
    दक्षिण भारत पाण्डेचरी
    …
    १,
    बसे लेउ लाग्छ
    आराम नगर्नू, धेरै
    श्रमले भाग्य जाग्छ।
    २,
    कसैको भर नपर्नु
    आफैँलाई विश्वास गरी
    सधैँ अगाडि सर्नु।
    ✍️अरुण कुमार भुजेल
    दार्जिलिङ, भारत
    …
    १,
    आफैँ जस्तो सोचेर
    मिथ्या नबोल्नु कतै
    नभन्नु कसैलाई घोचेर ।
    २,
    विकासको नाममा विनाश
    छैन अपराधीलाई कारबाही
    प्रजातन्त्रको नगरौँ आस  ।
    ३,
    अतिक्रमणले सीमा नाघेर
    अस्तित्व बचाउन अब
    खोस्नुपर्छ हुँदैन मागेर  ।
    ✍️मोती योन्जन सुब्बा  
    दार्जिलिङ
    …
    १,
    वासन्ती हावा भुरूरू
    पटझर याम मेटाउॅंदै
    गुराँस फुल्छ खुरूरू।
    २,
    रमाउन्दै गाउॅंछन् वनचरी
    वसन्ती हावा चुमेर
    छम्छमी नाच्छन् मनपरी।
    ✍️हरिगोपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा – १४
    …
    १,
    हिमाल पहाड तराई
    राख्नु भाइचाराको सम्बन्ध
    यसैमा सबैको भलाइ ।
    २,
    सपना छन् हजार
    जिन्दगीको छैन भरोसा
    सफरमा मरुभूमि बगर ।
    ✍️सुरेश विश्वकर्मा
    डोटी
    …
    १,
    रोगले च्याप्यो अति
    हरेस खाएको छैन
    भएपनि कछुवाको गति।
    २,
    कसैको दाँजोमा नलागौँला
    तर रोकिने छैन
    कलम समाउने औँला।
    ३,
    भमरा लोभ्याउने फूल
    बन्न नसके पनि
    डुल्छन् पुतलीका हुल।
    ✍️कोपिला अधिकारी
    गोरखा
    …
    १,
    बनेर पुनीत बेलपत्र
    छरिन चाहन्छु भोला
    तिम्रो पाउको यत्रतत्र l
    २,
    गरेर सोमबारे उपासना
    तिम्रो आलयमा गएर
    निरन्तर गर्छु आराधना l
    ३,
    प्रणाम गर्दछु बारबार
    अप्ठ्यारो परिस्थितिमा गर्नुहोला
    झर्को नमानी उद्धार l
    ✍️बाबुराम गौतम
    गुल्मी
    …
    १,
    रात छिप्पिएपछिक‍ो बात
    एकान्तको फाइदा उठाउन
    दिएर गयो आघात।
    २,
    कतिपय जालसाजहरूले लुटेर
    लग्यो सम्पूर्ण कमाएको
    मृत्युको धम्कीले धुतेर ।
    ३,
    देखाउॅंछन् लालचको कुरा
    मन दौडिन्छ उतैतिर
    चलाउँछ भित्री छुरा ।
    ✍️दिल ठकुरी
    दार्जिलिङ
    …
    १,
    समय कति बलवान्
    महोदय ! पर्खॅंदैन कसैलाई
    समाजमा देखाऊ महान् ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई – ४, झापा
    …
    १,
    यो धर्ती कर्मथलो
    इमानदारसँग गरौँ सेवा
    हुन्छ सबैको भलो।
    २,
    बुझेर त्यो मर्म
    सबै एकजुट भएर
    गरौँ असल कर्म।
    ३,
    बदली हाम्रो फेस
    जुटेर परिश्रम गरौँ
    बन्छ आफ्नै देश ।
    ✍️अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६, सङ्खुवासभा
    …
    १,
    लक्ष्मीले दुःख भेटिए
    वैदेशिक रोजगारले गर्दा
    मनका अशान्ति मेटिए ।
    २,
    मातृस्नेहले घर मन्दिर
    गुरुसँगको साहित्य सिर्जनाले
    जीवन नहुने जन्जिर ।
    ३,
    लोकगीत नेपालीको चिनारी
    आफ्नै संस्कृति पर्वमा
    रमाउँदा हुन्न अँध्यारी ।
    ✍️भगवती दवाडी
    झापा
    …
    १,
    अभावले गाँजेर आउने
    बढ्ने कसरी अगाडि ,
    सम्झॅंदा दु:ख लाउने ।
    २,
    यता हावापानी आएर
    बिगार्न लाग्यो बाली
    मानका दु:ख लाएर ।
    ✍️दुर्गा आचार्य
    मोरङ
    …
    १,
    घमण्ड नगर धनको
    खरानी हुन सक्छ
    बन असल मनको ।
    २,
    झुटो वचन टिक्दैन
    बाँचिरहन्छ सत्य जहाँ
    इमान्दार रुपैयाँमा बिक्दैन ।
    ✍️राधा चाम्लिङ
    खोटाङ
    …
    १,
    अरूको गल्ती देख्नेले
    लुकाए आफ्ना पार्टीको
    सच्चिएका भनी लेख्नेले ।
    ✍️सुस्मिता अधिकारी
    काठमाडौँ
    …
    १,
    हाम्रो अनन्त यादगार
    खुट्टा छुनुहोस् बुजुर्गका
    गरेर सादर नमस्कार  ।
    ✍️संगमानंद पत्रकार
    चूरु, राजस्थान, भारत
    …
    १,
    सुध्रेन बानी कचरो
    मूर्खले शासन चलाए
    देश भयो अभमरो ।
    २,
    तितेकरेलो हुन्छ गुणकारी
    ओखती गुणले भरिपूर्ण
    भ्रष्टाचारी देशलाई भारी।
    ३,
    फर्सी देख्दा राम्रो
    खोक्रो आदर्श जस्तै
    शासन व्यवस्था हाम्रो।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    …
    १,
    नदेउ ओठे जबाफ
    विवेक बन्धक भए
    देखिन्छ केवल रबाफ ।
    २,
    बाँचौँ भई स्वाभिमान
    कमाउन इज्जत प्रतिष्ठा
    त्यागौँ सर्वत्र अभिमान ।
    ३,
    परोपकार पवित्र कर्म
    निष्काम सेवा गर्नु
    हो मानव धर्म ।
    ✍️जयनारायण नेपाल
    इलाम ( हाल सूर्यविनायक २, बालकोट ,भक्तपुर )
    …
    १,
    बचाऔँ हाम्रो धरा
    रोपेर बिरुवा वरपर
    सबैतिर बनाऔँ हराभरा ।
    २,
    सफासुग्घर छैन कतै
    वातावरण प्रदूषित हुन्छ
    फालेपछि फोहोर जताततै ।
    ३,
    अचम्म देख्नु परेको
    सहयोग गर्दा मान्छे
    सम्झिन्छ चाकरी गरेको ।
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    …
    १,
    नरुवाऊ है आमालाई
    मेहनत गरी देखाऊ
    खुसी मिल्छ मामालाई।
    २,
    आमाको वचन नकाट
    बुझेर पाइला चाल्नु
    दिएको चिनो नसाट।
    ३,
    फुटेको भाँडा नचलाउनु
    फेरि टुक्रेला नि
    मन कसैको नगलाउनु।
    ✍️राजेश्वरी  राजोपाध्याय
    ललितपुर
    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५८ सम्पन्न

  • १७ फाल्गुन २०८१, शनिबार १०:५८ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ५८ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५८ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    १,
    निसानामा चेतना खुले
    तिम्रो रहर बन्थ्यो,
    सबैको हृदयभरि डुले ।
    २,
    प्रकृति बाँच्ने आधार
    मानवमा मानवता भएमा,
    राम्रो देखिन्छ व्यवहार ।
    ३,
    सरकारले नचाउॅंछ नाचल्लो
    उसैको कर्कश धुनमा,
    तालीले भ्याउॅंदछ उपल्लो ।
    ✍️म्यामराज राई
    भोजपुर
    …
    १,
    नमानी कुनै डर,
    नबिर्से आफ्नो बाटो
    फर्केर आउनु घर !
    ✍️आर्त अकुलीन
    …
    १,
    मायाले बेरेछ झन्झन
    घरबारबाट उम्कनै गाह्रो
    जालझेल सारा बन्धन ।
    २,
    फसियो माया जालमा
    बाधा सिर्जना कोर्न
    नातिनातिना छन् साथमा ।
    ३,
    तीर्थव्रत आकाशको तारा
    आवास छोड्न पाइन्न
    हातखुट्टा बाँध्यो सारा ।
    ✍️भगवती दवाडी
    …
    १,
    मानिसमा चेतना हुन्छ
    भन्छन् सर्वश्रेष्ठ छौँ
    हामीलाई कसले छुन्छ?
    २,
    चेतनाको दियो बाल
    मनभित्रको कालो मैलो
    तुरुन्त अब फाल।
    ३,
    चेतना सदा खुलाऔॅं
    आफूलाई मानवता देखाउन
    हृदय त्यतै डुलाऔॅं ।
    ✍️अर्जुन प्रसाद चौलागाई
    हाल – अमेरिका, बोस्टन
    …
    १,
    बोल्दा धेरै सोचेर
    आत्मा दुख्छ सबैको
    नबोल्नु प्याच्च घोचेर।
    २,
    रुन्छ सबैको मन
    नहेप देखेर गरिबी
    के काम धन ?
    ✍️चुडामणि देवकोटा
    पुरानो नैकाप काठमाडौँ
    …
    १,
    मेसो हराउँदै गयो
    हामी भ्रममा थियौँ
    आज उदाङ्ग भयो ।
    २,
    गहिरो खाडल पर्‍यो
    यस्तै छ परिस्थिति
    पाउनेले खल्ती भर्‍यो ।
    ३,
    बुझ्नु पर्ने कुरा
    जनताको चाहना अझै
    कहिले हुने पूरा ?
    ✍️पुष्पा राई
    खोटाङ
    …
    १,
    जब बिग्रिन्छ मति
    अहङ्कार बढ्दै जान्छ
    सुरु हुन्छ अधोगति ।
    २,
    मान्छेको लालची मन
    सन्तुष्ट हुन्न कहिल्यै
    सदैव दरिद्र चिन्तन ।
    ३,
    डोराउॅंदैछ हामीलाई जता ?
    डलरमा बिक्ने प्रवृत्ति
    दरिद्र हाम्रो मानसिकता ।
    ✍️ज्ञानबहादुर क्षत्री,
    सन्धिखर्क – २, अर्घाखाँची
    …
    १,
    कुरा काट्दै नाचेर
    के पाए शत्रुले ?
    हिँडेकै छु बाँचेर ।
    ✍️सरिता सेढाई
    धादिङ
    …
    १,
    नेपालको अन्तर्राष्ट्रिय बेइज्जत
    ठुला नेताहरूले गर्दा
    सुध्रेन हाम्रो आदत ।
    २,
    वैदेशिक सहायता खाने
    नेताहरूले किन नबुझेको
    देश कतातिर लाने ?
    ३,                    
    वैदेशिक ऋण मागेर
    झ्वाम नपार आफैँ
    पुरै सीमा नागेर ।
    ✍️बिपी लामिछाने
    दमक, झापा
    …
    १,
    उजाड भयो वन
    छैन बिरुवा रोप्नु
    रित्तियो नेपालीको धन !
    ✍️धनमाया चौधरी
    कैलाली
    …
    १,
    अप्ठ्यारोमा छ देश
    सम्मान गरौँ यहाँले
    नबदलौँ आफ्नो भेष ।
    ✍️दीप गोले तामाङ
    रौतहट
    …
    १,
    कतिसम्म लाचार बनेको
    छैन समाजको दृष्टिकोणमा,
    भ्रष्टाचारीलाई राम्रो भनेको।
    २,
    विकृतिको बाटोमा हिनेर
    आफ्नै इज्जत धरापमा,
    भ्रष्टाचारीलाई विश्वमा चिनेर।
    ✍️शंकर कार्की
    थाहा – ३, मकवानपुर
    …
    १,
    सुन्दैन जनताको कुरा
    देश लुटेराहरूले गर्दैन
    जनताको माग पूरा।
    २,
    पर्दैन माछा जालमा
    हिँड्नु हुन्न कहिल्यै
    सुरिएर अरूको  तालमा।
    ✍️राज कुमार राजभण्डारी खोटाङ्गे
    ऐॅंसेलुखर्क – ३, खोटाङ ( हाल भक्तपुर )
    …
    १,
    वास्ता कसैले गर्दैन
    आफूभित्र भएको देशभक्ति
    त्यसै कहिल्यै मर्दैन।
    २,
    रोकियो विकासको गति
    निराशा छाउन थाल्यो
    पलाओस् सबैमा मति।
    ३,
    घामले उज्यालो फैलिन्छ
    जीवन रमाउँछ रङ्गमा
    प्रकृतिको गोदमा खेलिन्छ।
    ✍️सतीश पण्डित
    भानु – ६, चुँदी, तनहूँ ( हाल चनपा – ६, मातातीर्थ )
    …
    १,
    आफैँ जग चल्दैन
    प्रभुको इच्छाबिना यहाँ
    नडराएमा छायाँले छल्दैन।
    २,
    मनुष्य योनी सफल
    पार्ने प्रयास गरौँ
    बनौँ नागरिक असल।
    ३,
    मात्र दियो बल्दैन
    चाहिने तेल बाती
    मृत्यु शाश्वत टल्दैन ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    …
    १,
    हावाकै भरमा चल्यो
    हल्ला बनेर चौतर्फी
    हल्लाकै दीप जल्यो ।
    २,
    समुन्द्रको नापतौल भएन
    यकिन गर्नसक्ने गरी
    कसैमाथि विश्वास रहेन ।
    ३,
    कुरा घुमेको देखियो
    देश विदेशमा चौतर्फी
    यहि बटुलेर लेखियो ।
    ✍️ईश्वर साउद ‘भिक्षु’
    रामारोशन गाउँपालिका – ६, सुदुरपश्चिम, अछाम
    …
    १,
    सरकारको नीति कस्तो
    गाह्रो भो गरिबलाई
    कडा फलाम जस्तो।
    ✍️निमा छिरिङ भोटिया
    जलढका, कालेबुङ
    …
    १,
    ढाकछोपमै छ रटान
    भ्रष्टकै पछि लाग्दै
    के गर्छौ बखान ?
    ✍️प्रेम थापा “मन”
    बागलुङ
    …
    १,
    हामीले पराईलाई खप्ने
    स्वतन्त्रता हाम्रो सपना
    सधैँ अरूको जप्ने ।
    ✍️नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी , सिन्धुपाल्चोक -१३
    …
    १,
    हटाऔॅं अज्ञानताको जालो
    शिक्षित बनाऔॅं देश
    अब तिम्रो पालो।
    २,
    प्रजातन्त्र आयो देशमा
    लुटेरा घुमेका देखिन्छन्
    आज बहुरूपीको भेषमा।
    ✍️बिके मुखिया
    वाङदे, दार्जिलिङ, भारत
    …
    १,
    उठौँ लागी परौँ
    मिलिजुली हामी सबैले
    प्रकृतिको रक्षा गरौँ ।
    २,
    अरूको अगाडि हाँस्छन्
    हुँदा खाने मानिसहरू
    आँसु पिएर बास्छन् ।
    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा
    …
    १,
    सपना सबै अधुरो
    सोचे झैँ रहिनछ
    जिन्दगी नै अपूरो ।
    २,
    देशलाई खोक्रो बनाउन
    झोले, झ्याम्टे सामन्ती
    अगाडि बढ्छन् सघाउन ।
    ३,
    उखान टुक्का नसुन
    सोझासिधा छन् जनता
    सपना पनि नबुन।
    ✍️कला ढकाल
    झापा
    …
    १,
    समयको निरन्तर यात्रा
    यहाँ बुझ्न नसके
    हुन्छ जीवनको जात्रा।
    २,
    आफूले आफैँलाई चिन्नुपर्छ
    भाव त्यागेर विकृतिको
    असल मार्ग हिँड्नुपर्छ।
    ३,
    जन्मेर एकदिन मरिन्छ
    यथार्थ तितो जीवनको
    बाँचुञ्जेल केही गरिन्छ ।
    ✍️सरस्वती श्रेष्ठ
    रुपन्देही, बुटवल
    …
    १,
    फूल फुल्यो वनैमा
    बास्ना चल्यो हरर
    आनन्द छायो मनैमा।
    २,
    प्रकृतिको देन हाम्रो
    देखिन्छ चारैतिर हरियाली
    हेरिरहूँ लाग्ने राम्रो।
    ✍️अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६, संखुवासभा
    …
    १,
    सरकार ठिक्क टिकाउन
    जनचाहना बुझ्दैनन् कसैले
    उद्धत परनिर्भरता सिकाउन ।
    ✍️राज बहादुर बडुवाल
    कनकासुन्दरी -५,जुम्ला
    …
    १,
    मानव जीवन पाए
    आफूलाई नचिनी यहाँ
    कसरी मनमा सजाए ?
    २,
    मानवमा दानव शक्ति
    छैन कर्तव्य मनभित्र
    उसैको गर्छ भक्ति ।
    ✍️बिबा तामाङ
    दार्जिलिङ
    …
    १,
    जिन्दगी चलिरहेछ चलोस्
    नसोच कसैको बारेमा
    दिनहरू आफैँ ढलोस् ।
    २,
    माया बाँडौँला आधा
    नछुटिने गरेर कहिले
    गाउॅंला प्रेमको गाथा।
    ✍️सुनगाभा पोखरेल
    कपिलवस्तु
    …
    १,
    चञ्चल हावा तातो
    राजनीतिक गोरेटोमा धुँवा
    सत्ताको जानलाग्यो सातो।
    २,
    धन्दा अनेक चलाउने
    जनताको ढाड भाँचेर
    व्यापारमा पैसा कमाउने।
    ✍️होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    …
    १,
    अपराधी ढोँगीहरू सत्तामा
    मोज गरिरहेछन् ढुकुटी
    रित्याएर तलब भत्तामा ।
    २,
    ज्वरो सॅंगसॅंगै रुघाखोकी
    फैलियो देशभरि भाइरस
    राष्ट्रिय रोग बोकी !
    ✍️विवश पारदर्शी
    झापा
    …
    १,
    समयको जग चल्दा।
    सोचेको प्रक्रिया ढल्दोरहेछ ,
    मानव अहम् जल्दा।
    ✍️टिकाराम पुन
    …
    १,
    जरुरत छ मेल
    बलियो एकताको लागि
    नखेलौँ झुटो खेल ।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    …
    १,
    आलु, गुन्द्रुक बनाई
    स्वाद फेर्छौँ मुखको ,
    खान्छौँ जिब्रो पड्काई ।
    २,
    जहिल्यै सागलाई पखालेर
    सुकाउँछौ घाममा हामी ,
    राख्छौँ गुन्द्रुक हालेर ।
    ३,
    आँखामा चस्मा नबेर
    भिटामिन प्राप्त पाए ,
    साग खाऔॅं धेर।
    ✍️सीमा कार्की समर्पण
    मेलचोक, पर्सा
    …
    १,
    जागिरको विज्ञापन खुले
    पैसा कमाउनको लागि ,
    सारा अफिसतिर डुले ।
    ✍️श्रीकृष्ण धामी
    बझाङ
    …
    १,
    चलेको रहेछ लुकामारी
    साखुल्लेताभित्र छन् छद्मभेषामा
    गणतन्त्रको उपलब्धि कुटामारी।
    २,
    अझैसम्म झोलेहरू उफ्रिन्छन्
    बेहोसी अझै मस्तमा
    दिनहरू आइसक्यो कुप्रिन्छन्।
    ३,
    युवाहरू बिजुलीसँग चम्केका
    आउँदैछन् दिनहरू कठोरसँग
    अझैसम्म साँढेहरू लम्केका।
    ✍️घनश्याम पन्त
    हरिवन, सर्लाही
    …
    १,
    अर्काको खेदो खन्नेहरू
    कहिले अगाडि बढ्दैनन्
    जहिले मपाईं बन्नेहरू ।
    ✍️विष्णु पंगेनी पाण्डे
    वालिङ्, स्याङ्जा
    …
    १,
    सलल बगेझैँ गण्डकी
    सपना बगेको देख्दा
    जिन्दगी ठानेँ बन्धकी l
    २,
    सपना सदैव अधुरो
    देखेपछि लाग्यो जिन्दगी
    रहेछ साँच्चिकै बबुरो l
    ३,
    सत्यको पछाडि लाग्दालाग्दै
    आधा उमेर खस्कियो
    सपनाको पछि भाग्दभाग्दै l
    ✍️बाबुराम गौतम
    गुल्मी
    …
    १,
    जिन्दगी तिम्रो फूल
    मेरो बिझाउने काँडा
    कसरी भएछ भुल ।
    २,
    संसारको खुसी बन्नु
    मरेर पनि भोलि
    व्यर्थै बाँचे नभन्नु ।
    ३,
    आकाशको तिमी तारा
    चम्कनु ज्वलन्त बनी
    प्रशंसा गरून् सारा ।
    ✍️बिसु हाङ राई
    विराटनगर
    …
    १,
    डुबुल्की मार्न मन
    आध्यात्मिक रसको खड्कुलो
    किन्न चाँहिदैन धन !
    २,
    अब मध्यान्ह भइसक्यो
    लोभको झोली उसले
    झन् किन कस्यो ?
    ३,
    एकले अर्कोतिर देखाउँदा
    हो भन्दै पत्याउछु
    आफैँले थाहा नपाउँदा ।
    ✍️दीपा गुरुङ समभाव
    दुबेकोल, खोटाङ
    …
    १,
    हत्केलाले सूर्य छेकिॅंदैन
    त्यसै मर्दैन देशभक्ति
    दशा लागेको देखिॅंदैन ।
    २,
    देश रोएको बेला
    रमिते बनेर नाच
    पर्नेछौ परिस्थितिको फेला !
    ३,
    पाखण्डीमा धर्म हुँदैन
    अपराधको ओछ्यानमा सुत्दैछौ
    तिम्रो चिता रुँदैन !
    ✍️ऋजु दिल्पाली
    इटहरी – १, हलगडा, सुनसरी
    …
    १,
    तपाईॅंको महिमा विशाल
    हामी सबै अज्ञानी
    रक्षा गर्नुहोस् महाकाल ।
    ✍️संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत
    …
    १,
    यता निलो आकाश
    माघको हुस्सु जितेर
    मसक्क हेर्ने विश्वास ।
    २,
    मन अमिलो हुँदा
    जीवन बिलिनु लाग्थ्यो
    चिसो रातमा रुँदा ।
    ३
    वसन्त शान्त बस्छ
    पालुवाको छ पर्खाइसहित
    शिशिर कक्र्याएर कस्छ ।
    ✍️कमला पौडेल
    …
    १,
    हुन नपरोस् कहिले
    कुनै कुराको दासी
    स्वतन्त्र हुन्छु जहिले ।
    २,
    छोडेर विगतको कुरा
    जिउनुपर्छ वर्तमानमा साथी
    गरेर सपना पूरा ।
    ३,
    कसैको घिनलाग्दो स्वार्थ
    थाहा पाएपछि मैले
    लुकाउन सकिनँ यथार्थ  ।
    ✍️पृथक प्रकृति
    झापा
    …
    १,
    कस्तो हो समाज
    खालि आफूले मात्रै
    गर्न खोज्छ राज।
    २,
    हुन्छन् समस्याका खात
    गर्दै यावत् कुराहरू
    देखाउॅंछन् व्यर्थ औकात।
    ✍️खडक आर सि मिलन
    छेडागाड नगरपालिका – २, सल्मा, जाजरकोट
    …
    १,
    ज्ञानको ज्योति जलाउँदा
    अन्धकार भाग्छ मनको,
    सपनामा उज्यालो छाउँदा ।
    २,
    जीवनको अर्थ रोज्दा
    सत्यलाई आत्मसात् गर,
    आफैँलाई बुझ्न खोज्दा ।
    ३,
    पर्खालले बाटो सर्दैमा
    आकाशमा घाम रोकिँदैन,
    साहसको भर पर्दैमा।
    ✍️नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर
    …
    १,
    जनताको मन जल्दैछ
    निर्जीव सरकार सत्तामा
    देशमा आगो बल्दैछ ।
    २,
    दिनरात नभनी जुटेर
    भर्दैछ विदेशको ढुकुटी
    तीर्थधाम फटाफट लुटेर ।
    ✍️राधा चाम्लिङ
    खोटाङ
    …
    १,
    स्वतन्त्रता के गर्नु?
    परिन्छ फेरि जालमा,
    प्रजातन्त्रलाई रूप फेर्नु।
    ✍️लोक वहादुर छेत्री लामिछाने
    मोदी – २, देउपुर, पर्वत
    …
    १ ,
    ज्यान खोक्रो बनाई
    धेरैले भरिसके धोक्रो
    दिनदिनै अति सताइ ।
    २ ,
    अब रह्यो ज्ञान
    जिन्दगी सबै रित्याए
    बरु लिनु ज्यान ।
    ✍️हरिगोपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा – १४
    …
    १,
    कालो कौवा करायो
    बिहान आगनको छेउमा
    मन मेरो डरायो ।
    २,
    झ्यालैमा बसेर हेरेको
    झल्झली आउँछ सम्झना
    मायाले पटुकी बेरेको ।
    ✍️बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
    कनकाई ४ झापा
    …
    १,
    दु:खमा भएन साथ
    तमासा हेर्दै बस्यो
    आज ठोक्दैछ माथ !
    २,
    मुटुमा हानेर छुरा
    दूर जाँदा निष्ठुरी
    रहे सपना अधुरा !
    ३,
    भरियो हृदयको रह
    अनवरत बग्दा आँखा
    पोखियो मनको बह !
    ✍️वसन्त अनुभव
    वसन्तविहार, दाङ
    …
    १,
    पर्‍यो पीडा झेल्न
    आँसुमा डुबेको जिन्दगीमा
    छोडेन दैवले खेल्न।
    २,
    मानवले मानवता नबुझ्ने
    अस्तित्व आधार खोज्दा
    भए परेली रुझ्ने ।
    ३,
    देशमा छैन रोजगार
    खान लाउनकै समस्या
    सधैँ गरिबलाई भार ।
    ✍️ललिता गिरी
    सिन्धुली
    …
    १,
    अब फागुन लाग्यो
    घामको ताप बढ्दै
    शिशिरको जाडो भाग्यो।
    २,
    हेमन्तको घाम घमाइलो
    घामछाँया जस्तै जिन्दगी
    हाँसीखेली बनाउनु रमाइलो।
    ✍️देव स्याङ्देन
    कालेबुङ
    …
    १,
    प्रकृति बाँच्ने आधार
    मानवीयता जोगाई राखौँ
    हुन्छ राम्रो व्यवहार।
    २,
    सबैमा चेतना छरौँ
    क्षणिक छ जिन्दगानी
    मानवीय व्यवहार गरौँ ।
    ✍️कोपिला अधिकारी
    सिरानचोक, गोरखा
    …
    १,
    कसैको भरमा पर्दिन
    आफ्नै इच्छाले जिउने
    कसैलाई  मनमानी गर्दिन ।
    ✍️रमा गुरुङ
    सालुगडा सिलीगुडी
    …
    १,
    हिमाल जले जल,
    दाउरा जले खरानी
    जलमग्न जमेर भल।
    २,
    छोरो गर्छ चकचक
    टकटक सासु गर्छिन्
    ससुरो गर्छन् कचकच।
    ३,
    हिमाल टल्क्यो टिलिक्क
    झिलिक्क बिजुली बत्ती
    देखा पर्‍यो मिलिक्क।
    ✍️ज्योतिर्पाल
    सिलगडी – भारत
    …
    १,
    नबिगारौँ आफ्नो मति
    रिसमा रिस बढ्नेछ
    त्यसैले सुधार गति।
    २,
    दु:खमा देऊ, साथ
    आखिर मरिलानु के ?
    गर माया अगाध।
    ✍️दुर्गा भट्टराई
    मोरङ
    …
    १,
    कसैलाई मुठी दिने
    आफन्त भने भरिपूर्ण,
    कसैलाई चुटी लिने।
    २,
    विश्वास कतैबाट छैन
    कस्को भरपर्नु आजभोलि!
    आफ्नो सरकार हैन ।
    ✍️ वेदु न्यौपाने
    …
    १,
    किन मन फाट्यो ?
    गोफ्लेगाला चाउरी परे ,
    उमेरले नेटो काट्यो  ।
    ✍️बुद्धिप्रसाद सापकोटा
    गैँडाकोट ७, नवलपुर
    …
    १,
    काफल पाक्यो वनैमा
    वसन्तको फल हो
    खुसी छायो मनैमा।
    ✍️कमला देवकोटा
    पाला
    …
    १,
    वनमा न्याउली करायो
    खोलामा थुनिन्थ्यो दुवाली
    माछाका हुलहरू हरायो ।
    २,
    बिहानी गौथलीको चिरबिरमा
    फूलेका छन् लालीगुँरास
    माथि अक्कारिलो भिरमा।
    ✍️श्रीबहादुर केसी शैलुङ्गे
    भक्तपुर
    …
    १,
    ठुलाबडा सबै सरकारी
    छोई साध्य छैन
    बजार फलफूल तरकारी ।
    २,
    भान्सामा चुलो बल्दैन
    भोको पेट भएपछि
    कोदालो त्यसै चल्दैन ।
    ✍️जानुका बास्कोटा
    काठमाडौँ
    …
    १,
    आमा पहिलो साथी
    सन्तानलाई सर्वस्व ठान्ने
    भगवान्भन्दा हुन् माथि ।
    २,
    गर्छिन् कामना चिरायु
    आमाको लागि सबै
    सन्तान हुन् प्राणवायु।
    ३,
    राख्ने एकसुत्र बाँधेर
    सधैँ परिवारलाई हाम्रो
    माया, प्रेमले साँधेर ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन
    …
    १,
    हृदयमा प्रकृति सजाऔॅं
    संरक्षण गरौँ वातावरणको,
    वनपैदावार जलस्रोत बचॅाऔॅं ।
    २,
    सही संरक्षण छैन
    रोपौँ अधिक रुख
    मूल कहिल्यै सुक्दैन ।
    ३,
    समयले हामीलाई पर्खिॅंदैन
    सचेत भएमा हामी ,
    बाढी पैह्रो फर्किॅंदैन ।
    ✍️सुस्मिता अधिकारी
    काठमाडौँ
    …
    १,
    तातो आगोको  रापमा
    आमाको प्रेम झल्किन्छ
    पाकेको श्रमको तापमा ।
    २,
    आत्माको अमूल्य उपहार
    पाइॅंदैन वस्तु बजारमा
    खोजेर पनि बारम्बार ।
    ३,
    सम्बन्ध हुँदैन गाँसेर
    भावना मिल्नु पर्दछ
    जीवन बितोस् हाँसेर।
    ✍️पद्मा काश्यप पाण्डे
    मोरङ
    …
    १,
    एक्लै हिॅंड्न रमाउँछु
    मनसॅंग खेल्न पाउँदा
    भावनाहरू बटुलेर समाउँछु।
    २,
    सत्यको बाटो सम्मान
    ज्ञानको थैलो भरिभराउ
    असत्यको बाटो नोक्सान।
    ३,
    झुक्याई हात तान्यौ
    नेपाल आमाको छोरीलाई
    धारिलो हतियारले हान्यौ।
    ✍️राजेश्वरी राजोपाध्याय
    ललितपुर
    …
    १,
    नयाँ पालुवा पलायो
    कुहुकुहु गर्दै कोइलीले
    वसन्त ऋतु बोलायो ।
    २,
    पाखा, पखेरा पहाड
    नाङ्गिन्छिन् बोटबिरुवा वनमा
    देखिन्छ धरा उजाड ।
    ३,
    मुटुमा छुरा रोपियो
    अपवित्र हातबाट जब
    सिन्दुर सिउँदोमा पोखियो ।
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५७ सम्पन्न

  • १४ फाल्गुन २०८१, बुधबार २०:४७ मा प्रकाशित

  • साप्ताहिक झिल्का लेखन अभ्यासको ५७ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५७ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    १,
    माया अभिन्न अङ्ग
    देखाउन चाहेर नदेखिने,
    हृदयले पाउॅंदछ तरङ्ग ।
    २,
    हामीभित्र बन्छ संसार
    तिमी ममा मिलेपछि
    बिनाकपट गरे व्यवहार ।
    ३,
    सागरदेखि सगरसम्म फैलियो
    फूलको मगमग बास्नासरि,
    विश्वासमा खुल्यो मियो ।
    ✍️म्यामराज राई
    भोजपुर
    …
    १,
    संसारलाई नियालेर हेर्दा
    मन तरङ्ग भएछ
    महिले सास फेर्दा ।
    २,
    हामी मिले घर
    थोरै अगाडि पछाडि
    हेर्दाहेर्दै भए पर ।
    ३,
    मन शान्त राखौँ
    प्रणय दिवसमा खाजा
    मगाएर थोरै चाखौँ ।
    ✍️ वेदु न्यौपाने
    …
    १,
    नक्कली फूलले नहान
    मायाको पोको मनमा
    माया सस्तो नठान ।
    २,
    मायाको सुन्दर संसार
    पक्का प्यार गाँसिदेऊ
    मजबुत बन्नेछ घरबार ।
    ✍️रचना शर्मा प्रतीक्षा
    इमाडोल, ललितपुर
    …
    १,
    अनायास रसाउछन नयन
    तिम्रो सम्झनाले होला,
    घाउ निको भयन।
    २,
    तड्पाउनु किन यति
    के बिगारे तिम्रो ?
    बिगार्‍यौ मेरो मति।
    ✍️कृष्ण शर्मा प्रतीक
    मोदि – ७, पर्वत राम्जा (हाल दुबई )
    …
    १,
    कसिलो बनोस् माया
    जिन्दगी बनाउने दरो
    हुन एकार्काको छाया ।
    २,
    दुई दिने चोला
    चिन्ता गर्ने किन ?
    कसलाई के होला ?
    ३,
    रापिएको जिन्दगी प्रेमिल
    कसिलो हुने गरी
    बन्दैछ दिनप्रतिदिन शिथिल ।
    ✍️ईश्वर साउद ‘भिक्षु’
    रामारोशन गाउँपालिका – ६, सुदुरपश्चिम अछाम
    …
    १,
    चर्चा हुन्छ मायाको
    औँठा छाप फरक
    दायाँ र बायाँको ।
    २,
    कोइलीले गीत गाओस् ।
    प्रेम सद्भाव भुवनमा,
    झाँगिदै झाँगिदै जाओस् ।
    ३,
    बुझ्नु पनि कसरी ?
    बासुरीको धुन यहाँ,
    सुनिॅंदैछ थरी थरी ।
    ✍️दीपा गुरुङ ‘समभाव’
    दुबेकोल, खोटाङ
    …
    १,
    मायामै अडेको संसार
    देखाउन कति नमिल्ने
    याद आइरहन्छ बारम्बार।
    २,
    मायाको पखेटा ठुलो
    जति तन्काए तन्किने
    सिगार्ने आफ्नै चुलो।
    ३,
    माया बुझ्नु कसरी?
    एकैनास भयो भने
    याद घरी घरी ।
    ✍️अर्जुन प्रसाद चौलागाई
    सुनापति – १, रामेछाप ( हालः-अमेरिका, बोस्टन )
    …
    १,
    चर्चा सबैको हुन्छ
    मानवले बुझ्दैन यहाँ
    दु:खमा दिल रुन्छ ।
    २,
    मानवले लेख्छ कथा
    कलमलाई थाहा हुन्न
    लेखकभित्रको एउटा व्यथा।
    ३,
    कलमको तागत हेर
    पत्रिकामा तिम्रो चेहरा
    नगर्नु पढ्नलाई बेर।
    ✍️सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
    पाल्पा
    …
    १,
    हिॅंडौँ प्रेमको बाटो
    आफ्नै देशमा फल्छ
    सुन विदेशको साटो।
    २,
    भए युवा देशविहीन
    देश पुग्यो भिरमा
    सोचौँ त एकछिन।
    ३,
    सपना भए पतन
    पसिना बिक्न छाड्यो
    सर्वमान भयो धन।
    ✍️सुरेशकुमार पाण्डे
    दाङ, घोराही १८
    …
    १,
    मर्छु बरु झुक्दिन
    हुँ म नदी
    पारिलो घामले सुक्दिन।
    ✍️देवी पन्थी
    …
    १,
    हुँदैन बस्न नकारी
    अप्ठ्यारो भए बोक्नुपर्छ
    सबैले जिम्मेवारीको भारी  ।
    २,
    असल काम गर्नेको
    कमी छैन यहाँ
    समाजमा नाम छर्नेको ।
    ✍️सरिता सेढाई
    धादिङ
    …
    १,
    प्रेम आफैँलाई गर्नु
    आफ्नै भरोसा परेर
    आफैँमा खुसी भर्नु ।
    २,
    खुसी खोसेर लिन्छन्
    अरूमा नपर्नु भर
    जीवनभरि पीडा दिन्छन् ।
    ✍️पुष्पा राई
    खोटाङ
    …
    १,
    भेटघाट लाखौँ हुन्छ
    मेरो रोजाइ तिमी,
    नछाडे मन रुन्छ।
    २,
    सबैलाई सम्झने भए
    प्रेम दिवस गयो,
    पर्खाइमा जिन्दगी गए।
    ✍️शंकर कार्की
    थाहा – ३, मकवानपुर
    …
    १,
    सहयोगी हात बढाऊ
    मायाममता र दानले
    इज्जत प्रतिष्ठा कमाऊ ।
    २,
    लुच्याइँ, फट्याइँ छोडेर
    रोजौँ सद्गुण सेवा
    जगमा मानवता जगाएर।
    ३,
    धनले मात्र हैन
    बन मनले धनी
    नत्र नाम रहँदैन।
    ✍️सतीश पण्डित
    भानु – ६, चुँदी, तनहूँ ( हाल चनपा ६ मातातीर्थ )
    …
    १,
    अदृश्य हुन्छ माया
    भरोसा छैन कसैको
    माया होस् काया ।
    २,
    सबैलाई प्रेमले हेर
    नबस भएर काँडा
    प्रेमले छुनु एकफेर ।
    ✍️बिबा तामाङ
    दार्जिलिङ
    …
    १,
    छैन केही अमर
    माया पिरतीको कुरा
    छोडेर गर्छन् समर ।
    २,
    दुई दिनको चोला
    मायामा रमाउन नजानी
    दम्भमा जाकिएको होला ।
    ३,
    मान्छेको जीवन खास
    बाँच्न जाने सबैले
    जाँदैन खेर विश्वास ।
    ✍️मोती योन्जन सुब्बा  
    दार्जिलिङ
    …
    १,
    मन मुटु खोलिदेऊ
    कति चुप बस्छौ ?
    अब त बोलिदेऊ ।
    २,
    प्रेम दिवसको नाममा
    देखावटी माया देखाउॅंछन्
    नफस्नुहोस् यस्ता काममा ।
    ३,
    गहभरि छ आँसु
    देखावटी रूपमा मात्र
    कसरी म हासूँ ?
    ✍️हिरामाया श्रेष्ठ
    …
    १,
    कस्तो राम्रो दरबार
    छाडा संस्कृतिले नेपालीको
    बिग्रेको छ घरबार ।
    २,
    छैन यिनमा सास
    लुटेरै देश सिध्यायो
    कसरी गरौँ विश्वास ।
    ✍️ दीप गोले तामाङ
    रौतहट
    …
    १,
    परेली झिम्क्याई मुस्कुराउँथ्यौ
    नजिक आउन खोजेपछि
    तिमी भुतुक्कै लजाउँथ्यौ।
    २,
    बहाना बनाएर पधेँरामा
    गाग्री  मस्काएर  बस्थ्यौ
    मलाई पर्खिएर अँधेरामा।
    ३,
    जवानीका अङ्गहरू चम्केका
    हेराइमा मौनताको सीमा
    मेरा नजरहरू लम्केका।
    ✍️घनश्याम पन्त
    हरिवन, सर्लाही
    …
    १,
    प्रेमको मिठो बहार
    मिलेर दुई जोडी
    सजाऊ हाम्रो संसार ।
    ✍️नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
    …
    १,
    कसैको शरण पर्दिन
    सत्य वचन बोल्नलाई
    म पछाडि सर्दिन ।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३, नवलपरासी पूर्व
    …
    १,
    बुझिनसक्नु नेपालको राजनीति
    देश विकाश नहुने
    अचम्मको देखियो गतिविधि ।
    २,
    निराशमा गरिब, दुःखी
    महॅंगी बढेको देखेर
    विकास छैन जनमुखी ।
    ३,
    भ्यागुतो उफ्रिन्छ पोखरीभित्र
    संसार उसकै भनेर
    देख्छ चारैतिर विचित्र ‌।
    ✍️बिपी लामिछाने
    दमक, झापा
    …
    १,
    तिमिले भन्छ्यौ माया।
    मायाले खान पुग्दैन,
    अॅंध्यारोमा सकियो छाया।
    २,
    स्वार्थी भयो दुनियाँ ।
    सोझो औॅंला सकियो,
    ब्रह्मलुट गर्दै ‘भुनियाँ’ ।
    ३,
    छउन्जेल सबै मेरी
    छैनन् गेडी जहाँ ,
    हिॅंड्छन् बन्द गरी ।
    ✍️टिकाराम पुन टिपु
    सल्यान
    …
    १,
    मानिसको प्रेममा भङ्ग
    प्रभु प्रेमले भर्नेछ
    मानिस जीवनमा रङ्ग ।
    २,
    कुकर्मले  बेकार हँसाउनु
    सन्तोषी परम् सुखी
    अनायासै किन कराउनु ।
    ३,
    दण्ड आफ्नै ढङ्गले
    चरित्र कस्तो हुनेछ
    जस्तो यहाँ सङ्गले ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    …
    १,
    नगर तिमी कर
    नजानेको त्यो गाँउमा
    हुँदैन कुनै भर।
    २,
    धन हो मैला
    नराख समातेर तिमी
    अरूको धनको थैला।
    ३,
    मनको मिठो कुरा
    चिप्लो छैन मेरो
    नचलाऊ तिमी छुरा।
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    …
    १,
    समर्पण र त्याग
    मूल सिद्धान्त मायाको
    समयको हो माग !
    २,
    दुई धड्कन एक
    सफल हुन्छ मायामा
    साना कुरा एकेक !
    ३,
    काँडा होइन फूल
    माया हो संसारमा
    जीवन सृष्टिको मूल !
    ✍️वसन्त अनुभव
    वसन्तविहार, घोराही
    …
    १,
    प्रेम प्रगाढ बनाऔॅं
    सम्बन्ध जीवन्त रहोस्
    आपसमा खुसीयाली मनाऔॅं ।
    २,
    मायाले अडेको सन्सार
    नबनाउनु कसैले पनि
    धन कमाउने भन्सार ।
    ✍️राज कुमार राजभण्डारी खोटाङ्गे
    ऐसेलुखर्क ३ खोटाङ ( हाल भक्तपुर )
    …
    १,
    बाहिर घुम्न जाँदा
    पेट हुन्न गडबढी ,
    घरबाटै खाना लाँदा।
    २,
    कहिलेकाहीँ पिजा खाऔॅं
    ठाउँ अनुसारको आभूषण,
    पहिरिएर घुम्न जाऔॅं ।
    ३,
    ईश्वरको गर्दा ध्यान
    बढ्छ आत्मा शक्ति,
    गुरुबाट लिँदा ज्ञान ।
    ✍️सीमा कार्की समार्पण
    मेलचोक, पर्सा
    …
    १,
    बन्नु सधैँ राम्रो
    असल कर्म गर्नु
    कर्तव्य हो हाम्रो।
    २,
    होइन कसैको संसार
    गरेर काम नराम्रो
    नबन यसरी लाचार।
    ✍️काजल न्यौपाने
    भोजपुर
    …
    १,
    जीवन चञ्चल छाया
    सुन्दरता खोज्दा अड्किन्छ,
    बगिरहने प्रवाहमय माया ।
    २,
    अश्रु खस्यो गालामा
    मायाको न्यानोपन सम्झी,
    आँखा पर्‍यो मालामा ।
    ३,
    तिम्रो मौनताको मन
    आँखाभरि पढ्न खोजेँ,
    झल्झली देखेँ धन ।
    ✍️ नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
    …
    १,
    पाश्चात्य सभ्यताको उपहार
    नेपालीको गलपासो भइदियो
    झाँगिदै छ सदाबहार।
    २,
    मायाको परिभाषा बुझ्नुपर्छ
    सम्बन्ध जुनी जुनीको
    समर्पणको झरीमा भिज्नुपर्छ।
    ३,
    एक अर्काको हात
    सधैँ मिली रहोस्
    दुख सुखमा साथ।
    ✍️सरस्वती श्रेष्ठ
    रुपन्देही, बुटवल
    …
    १,
    फेरि नगर्नु गर्‍यौ
    पानीमाथि ओभानो बनी
    भ्रम पनि छर्‍यौ ।
    ✍️प्रेम थापा “मन”
    बागलुङ
    …
    १,
    साँचो माया लगाउनेले
    गर्दैन कहिल्यै घात
    बाबा आमा पाउनेले ।
    ✍️सावित्री प्याकुरेल
    धादिङ
    …
    १,
    नेताले बेचिन्छ भन्दैछ
    नेपाल, भारत राज्यको
    उनन्तिसौँ प्रान्त बन्दैछ !
    २,
    नेपाली खेदाउने अठोटमा
    षड्यन्त्र भारतीय भित्र्याउने
    बहुमत पुर्‍याउन भोटमा !
    ✍️विवश पारदर्शी
    झापा
    …
    १,
    जीवन फूल भन्छन्
    सोचेर पाइला चालौँ
    आफ्नैहरू दुश्मन बन्छन्।
    २,
    पैसाले दुश्मन बनाउँछ
    बन्द हुन्छ बोलीचाली
    मूर्खले उपस्थिति जनाउँछ।
    ✍️चुडामणी देवकोटा
    पुरानो नैकाप, काठमाडौँ
    …
    १,
    माया पिरती लाउन
    पर्दैन थियो उहिले
    गुलाफ बोकेर धाउन।
    २,
    कस्तो समय आयो ?
    प्रेम दिवस भन्दै
    गुलाफ बोकी धायो।
    ३,
    मायाले जितिन्छ काया
    लगेमा कुप्रथा भित्र्याउँदै
    रित्तिन्छ संसारमा माया।
    ✍️अरुण कुमार भुजेल
    गोरूबथान, भारत
    …
    १,
    भावनामा नजिक रहनु
    साहित्यिक भाषामार्फत अब
    मनको कुरा कहनु।
    ✍️मन्दिरा सेढाई    
    मलेखु, धादिङ
    …
    १,
    फूल दिने दिवस
    नौटङ्की भित्ता रङ्ग्याउने
    एक्लिन पार्क्ने विवश ।
    २,
    प्यारो देशको माटो
    सिॅंचिनु छ पसिना
    खाएर खोले आँटो ।
    ३,
    छैन चुस्नेको कमी
    श्रम पसिना जनको
    रमाउॅंछन् उल्टै जमी ।
    ✍️राज बहादुर बडुवाल
    कनकासुन्दरी – ५, जुम्ला
    …
    १,
    मायाले संसार जितिन्छ
    मनमुटाउ भएमा घरको
    सारा संस्कार मिचिन्छ l
    २,
    अन्त नलगाउनु नजर
    अन्तर्भेद खुल्यो भने
    परिवार बन्छ बगर l
    ३,
    ल्याएर खुसीको बहार
    जीवन सार्थक बनाऔॅं
    सजाएर आफ्नै संसार l
    ✍️बाबुराम गौतम
    गुल्मी
    …
    १,
    बाहिर चिटिक्क टल्कने
    लुकेको हुन्छ कहानी
    भित्र आगो सल्कने ।
    २,
    मुखले ठिक्क पारेर
    चिल्लो बोलीले चिल्याउॅंदै
    पुर्‍याउॅंछ सधैँ टारेर ।
    ✍️राधा चाम्लिङ
    खोटाङ
    …
    १,
    गरिबको माया सस्तो
    भनिदेऊ, ए हजुर !
    धनीको मन कस्तो ।
    २,
    कसुर नयनको थियो
    आखिर सजाय त
    जिन्दगीले जिम्मा लियो ।
    ३,
    धेरै अभाव भोगियो
    मनको बह झिल्कामा
    शब्द शब्दमा पोखियो।
    ✍️कला ढकाल
    झापा
    …
    १,
    प्रकृतिको सुन्दर रचना
    गर्नुहुन्न कसैले खेलाँची
    नहोस् देखावटी थपना ।
    २,
    नपार्नु दुनियाँ भयभीत
    जिउने अवस्था बिथोली
    सभ्य जिन्दगी विपरित ।
    ✍️कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    …
    १,
    प्रेम सधैँ मनाउनु 
    हैन एकदिनको दिवस
    प्रेमिल सदा जनाउनु ।
    २,
    देखावटी माया चाहिन्न
    एकदिन फूल दिॅंदैमा
    मायाको अर्थ पाइन्न।
    ✍️दुर्गा आचार्य
    मोरङ
    …
    १,
    सिरिर्र चल्यो बतास
    साउती मार्‍यो कसैले
    देखियो ऊ हतास ।
    २,
    भुनभुन गर्छ भमरा
    फूल मुस्कुराउन थाले
    झुले डाली लहरा ।
    ३,
    जीवन कर्कलाको पानी
    बुझ्न सकिएन भने
    निरर्थक बालुवामा लगानी ।
    ✍️शुक्रराज कुँवर
    धरान – १०
    …
    १,
    जिन्दगीमा ठुलो माया
    नभए जीवन अधुरो
    निराशा आफ्नो छाया ।
    २,
    हुन्न केही डर
    हुँदा आपनत्व साथमा
    लाग्दैन अरूको भर।
    ३,
    धनै  हातको मैला
    किन धेरै चाहियो ?
    नराख लुकाएर थैला ।
    ✍️दुर्गा भट्टराई
    मोरङ
    …
    १,
    जताततै अत्याचार भयो
    देवभूमि कसरी भनौँ ?
    इज्जत स्वाभिमान गयो ।
    २,
    लोभले भयौ गोठालो
    इसारा भुल्यौ भने
    समाउँछ मालिकले कठालो ।
    ३,
    भए पो जान्छ !
    छैन लाज सरम
    अब के लान्छ ?
    ✍️ऋजु दिल्पाली
    इटहरी – १, हलगडा, सुनसरी
    …
    १,
    मायाले मायाको चिनो,
    दुःखमा साथ दिए,
    पुग्छ बोले मसिनो ।
    २,
    खासमा संसार यस्तै ,
    स्वार्थमा अडेको माया,
    कर्कलाको पानी जस्तै।
    ३,
    मिठा मिठा कुरा,
    क्षणिक हुने किन?
    जीवन बिताउदा अधुरा।
    ✍️मनोहरी पौडेल
    गैडाकोट १
    …
    १,
    गरेर देशमा शासन
    सबै समान नहुने,
    नियम भयो उल्लङ्घन ।
    २,
    लाएर छाप जातको
    गरेर शासन सोझाको
    गरौँ मानवीय बातको ।
    ३,
    आस लाग्दै आयो
    सबै शिक्षित भएर
    सही धुन गायो ।
    ✍️भोलामान बर्देवा ‘वैरागी माइलो’
    मादी – ५, सङ्खुवासभा ( हाल धरान – ८, सुनसरी )
    …
    १,
    लागेर लामो लर्को
    चोर औॅंला ठड्याइ
    नगर गाली चर्को ।
    २,
    सधैँ महॅंगीको मार
    कति बोक्ने जनताले ?
    गरुङ्गो त्यो भार ।
    ३,
    देखियो बुद्धि छोटो
    भनाइ गराइ फरक
    रहेछ विचार खोटो ।
    ✍️जयनारायण नेपाल
    इलाम  ( हाल सूर्यविनायक – २, बालकोट ,भक्तपुर )
    …
    १,
    पिरतीको सुन्दर फूल
    फुलेर आज चारैतिर
    बहन्छ प्रेमिल मूल !
    ✍️आर्त अकुलीन
    …
    १,
    अचम्मको छ कुरो
    डुबे भने मायामा
    हुन्छन् अति सुरो ।
    २,
    छर्नुपर्दैन मायाको बीउ
    सदुपयोग भएन भने
    बरु फाल्छन् जीउ।
    ✍️ कोपिला अधिकारी
    सिरानचोक, गोरखा
    …
    १,
    भन्छौँ प्रेम गरम
    मत दोधारमा परे
    हो कतै भ्रम । 
    २,
    बनाएर जान्छौँ उधारो
    मायामा गोली मारी
    दासी सिकारीले तारो।
    ✍️चन्द्रकली राना मगर 
    प्युठान
    …
    १,
    मन नगरी दायाँबायाँ,
    एकबारको सुनौलो जीवनमा,
    लगाउनु चोखो माया।
    २,
    गरी भलो काम,
    छोडी जाने संसारमा,
    अमर राख्नु नाम।
    ✍️देव स्याङ्देन
    कालेबुङ
    …
    १,
    फूलको हत्या गरेर
    मनाउॅंछन् पर्व प्रेमको
    विकृति विसङ्गति छरेर।
    २,
    मौलिकता मासेर पहिचान
    तेल पेलेर बालुवा
    दगुर्नु नछामी कान।
    ✍️बिमल पोखरेल
    धरान – १७, पटनाली
    …
    १,
    सबथोक खोज्छन् राम्रो
    आफ्नै  मुखको बोली
    हुन्छ तर चाम्रो।
    २,
    शब्दले आँसु झर्छ
    तानतुन पारी फाटेको
    मन आफैँले टाल्नुपर्छ।
    ३,
    देखाउन फोस्रो हाँस्नुपर्ने
    तिलाञ्जली दिएर आफ्नो
    इच्छा बाँचेर गर्ने ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन
    …
    १,
    सम्बन्धमा आउँछ दरार
    दाजुभाइ आफ्नै फुटेमा
    कसरी बन्छ घरबार ।
    ✍️बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
    कनकाई – ४, झापा
    …
    १,
    लड्नुपर्छ कुरीतिमाथिको समर
    सभ्यताको जग बसालेर
    बन्नुपर्छ अनन्तसम्म अमर ।
    ✍️हितमान छन्त्याल ‘सहोदर’
    पोखरा , कास्की
    …
    १,
    लोकगीतहरू धमाल गाउँदै
    होलीमा नाच्न आउनु
    बाँसुरीसँगै डम्फु बजाउँदै ।
    ✍️संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत
    …
    १,
    माया जिउने आधार
    कर्तव्य पूरा गरेमा ,
    लक्ष्य हुन्छ साकार ।
    २,
    बाँडेर सकिॅंदैन माया
    रोकिॅंदैन कहिल्यै समय
    सदैव घाम छाया ।
    ३,
    विश्वास हृदयमा हुन्छ
    निस्वार्थी मायाले सधैँ
    धर्ती आकाश छुन्छ।
    ✍️सुस्मिता अधिकारी
    काठमाडौँ
    …
    १,
    जलेर छाती खरानी
    मुटु जल्न सकेन
    शीतले पखाल्यो बिहानी।
    २,
    सम्झनाहरू जब बल्झियो
    जिन्दगी निरासित बन्छ
    अतितसित आफैँ तर्कियो।
    ३,
    रमाउँछौ हामी फगतमा
    बलिदानको महत्व रहेन
    सिमाना रङ्गियो रगतमा।
    ✍️दिल ठकुरी
    …
    १,
    उनी जब आउॅंछे
    गुराँस आफैँ हाँसे
    कोइली गीत गाउॅंछे ।
    २,
    काफल के कम ?
    फुल्छ तिम्रै साथमा
    वसन्त अति मनोरम।
    ✍️हरिगोपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगा बजार बनेपा १४
    …
    १,
    मन हुन्छ प्रसन्न
    कलकल बगेको पानी
    पिउँछु जब टन्न ।
    २,
    बस्छु बाटो हेरेर
    कतैबाट नहोस् धोका
    राख्छु मायाले बेरेर ।
    ३,
    कस्तो साथ पाएँ
    चिन्न नसकेर आनीबानी
    दु:ख हन्डर खाएँ ।
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    …
    १,
    आमाको रोजाइ पक्का
    जिन्दगी सफल बनाउन
    जानिफकार हुँदा धक्का ।
    २,
    प्रसुती पीडा नबल्झाऊ
    बेहोसमा पनि तिमीले
    जिउँदै मुटु नसल्काऊ ।
    ३,
    धित नमर्ने गीत
    गाउँछन् उहिलेका कलाकार
    अहिले नसुहाउने रित।
    ✍️राजेश्वरी राजोपाध्याय
    ललितपुर

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५६ सम्पन्न

  • १२ फाल्गुन २०८१, सोमबार २०:२६ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ५६ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५६ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    १,
    कर्मठ पाखुरीमा सुतेर
    डाहा गर्छौ तिमी,
    फलदायी फल देखेर ।
    २,
    बोल्नु, गर्नु अलग
    दुई ध्रुव चुम्बकका,
    बनाऔॅं पहिले जग ।
    ३,
    बिनादोष टोक्नु किन ?
    बैगुनीलाई गुन लगाऔॅं,
    हुनसक्छ नसकेको सम्हालिन ।
    ✍️म्यामराज राई
    भोजपुर
    …
    १,
    धनले मन तानेपछि
    मायाको के अर्थ ?
    तिम्रो चलखेल जानेपछि।
    २,
    रहेन भाग्यले जुराएको
    तिमीले बाटो मोडिहाल्यौ,
    व्यर्थै किन कुराएको।
    ✍️कृष्ण शर्मा ‘प्रतीक’
    मोदि – ७,पर्वत, (हाल: दुबई )
    …
    १,
    तिमीले कुरा बुझिनौ
    म मात्र बोलिरहेँ
    कुनै जबाफ दिइनौ।
    २,
    जबाफको छ खाँचो
    मसँग केही छैन
    तिमीसँगै छ साँचो।
    ३,
    सिकौँ हुन कर्मठ
    काम पूरा हुनलाई
    गरेर हुन्न हठ।
    ✍️अर्जुन प्रसाद चौलागाई
    हाल:-अमेरिका, बोस्टन
    …
    १,
    गर्नुछ आफ्नै कर्म
    पिछा नलाग्नु अरूको
    मानवता मान्छेको धर्म ।
    २,
    जीवन खुसी हुन्छ
    आफैमा रमाउन थाल्नु
    प्रार्थना तब सुन्छ ।
    ३,
    हरेक बाटोमा भेटिन्छ
    वास्ता नगर्नु कसैको
    अनावश्यक मन रेटिन्छ ।
    ✍️पुष्पा राई
    खोटाङ
    …
    १,
    भ्रष्टाचार जताततै बढ्दैछ
    सदनमा बस्नेको मन
    कतातिर आज गढ्दैछ ?
    ✍️कला ढकाल
    झापा
    …
    १,
    भयो जिन्दगी धराप
    वर्षदिन बोलिनन् श्रीमती
    लाग्यो उनैको सराप।
    २,
    पैसाले बनायो पराई
    तिमीले दिएको चिनो
    लगाई रहेछु नहराई।
    ✍️चुडामणी देवकोटा
    पुरानोनैकाप, काठमाडौँ
    …
    १,
    सुनिॅंदैन दु:खीको आवाज
    सपथ खाएका हातहरू
    बिक्छ दौलतमा समाज।
    २,
    तिमी बहिरो नबनिदेऊ
    अन्यायीको आवाज सुन
    सत्य तथ्य भनिदेऊ।
    ३,
    सत्यका गाथाहरू देखिदेऊ
    बनेर दुर्बलका आवाज
    इतिहास तिमीले लेखिदेऊ।
    ✍️सतीश पण्डित
    भानु – ६, चुम्हदी, तनहूँ (हाल चनपा ६ मातातीर्थ )
    …
    १,
    आफ्नै पर्नु भर
    सफल हुन्छ पक्कै
    हटाउनुपर्छ लाज डर ।
    २,
    फैलिन्छ भ्रष्टको जालो
    लोभ अनि लालचले
    गराउँछ मन कालो ।
    ३,
    निरन्तर मेहनत गरौँ
    सपना पुरा गर्न
    सधैँ अगाडि सरौँ ।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३, नवलपरासी पूर्व
    …
    १,
    बगेको खोला फर्किन्न
    जीवन छोटो रहेछ
    कसैसित बोल्दा झर्किन्न ।
    २,
    अल्छी नबन्नु कहिले
    गर्नेले साहित्य सिर्जना
    चेतना छर्दछ जहिले।
    ३,
    चिसोले बिरामी बनायो
    नौलो सिर्जना गर्न
    हालमा जाँगर हरायो ।
    ✍️भगवती दवाडी
    …
    १,
    लगाम लगाएर जिन्दगीलाई
    गर्दैछु लामो यात्रा
    पीडाको ढोल बजाई।
    २,
    सुख मिल्ने आसमा
    उडिरहेछ यो मन
    बादल जस्तै आकाशमा।
    ✍️सरिता सेढाई
    धादिङ
    …
    १,
    उनेर काव्य सारा
    चम्किन्छ कवि मन
    बनेर सुन्दर तारा।
    ✍️ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    …
    १,
    खै देशको माटो
    आमा चिनेनौ तिमीले
    भत्कायौ स्वाभिमानको बाटो !
    २,
    झुट्टा आरोप खेपेर
    सकिँदैन सहेर बस्न
    अन्याय अत्याचार चेपेर  !
    ३,
    जिन्दगी सधैँको फिका
    हैकमवादको दलदलमा बस्छु
    पिउॅंदै आँसुका ढिका !
    ✍️ऋजु दिल्पाली
    इटहरी – १, सुनसरी
    …
    १,
    यस्तै छ चलन ,
    आफैँ गर्न नसकेपछि
    अनि हुन्छ जलन ।
    २,
    कर्म पथमा लाग्नुपर्छ ।
    सफलता पाउनु, नपाउनु
    भाग्यले निर्धारण गर्छ ।
    ३,
    अविरल रूपमा बगिरहन्छु ।
    कहिले खोला त ,
    कहिले नदी बन्छु ।
    ✍️दीपा गुरुङ समभाव
    दुबेकोल, खोटाङ
    …
    १,
    लेखौँ सकरात्मक कुरा
    तब मात्र हुन्छ
    साहित्यकारको यात्रा पूरा।
    २,
    बुद्धि कहिल्यै नगिराऔॅं
    यद्यपि गिरेको भए
    आफ‌ैले सोचेर फिराऔॅं।
    ✍️राज कुमार राजभण्डारी खोटाङ्गे
    ऐसेलुखर्क ३, खोटाङ ( हाल भक्तपुर )
    …
    १,
    हार गुहारको कथा
    सुन्दा लेख्छ मन
    मनभित्र दुखी व्यथा ।
    २,
    जितको हार भएको
    देखियो हिजोआज यहाँ
    दु:ख, कष्ट भोगेको ।
    ३,
    स्वाभिमानीको आयो कुरा
    गर्दागर्दै फरक भयो
    शिर पाउ पूरा ।
    ✍️ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका – ६, सुदुरपश्चिम, अछाम
    …
    १,
    सेवा हो कर्म
    गर्नुपर्छ हामी सबैले
    पाइन्छ सधैँ धर्म ।
    २,
    देश हाम्रो आमा
    गरौँ सेवा सधैँ
    सपना बनाऔँ लामा ।
    ✍️नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
    …
    १,
    भनेर मात्र नहुने
    अचम्म रहेछ मन
    अरूको कुराले नछुने ।
    ✍️प्रेम थापा “मन”
    बागलुङ
    …
    १,
    बैगुनीलाई गुनले गालौँ
    पथभ्रष्ट व्यक्तिलाई उकास्न
    आजैदेखि कदम चालौँ ।
    २,
    सियो बनेर पस्छन्
    थोरै सम्हालिन सिकेपछि
    मर्यादामा छुरा धस्छन् l
    ३,
    जमाना छ उल्टो
    ज्ञान दिन खोज्नेलाई
    पारिन्छ छोपेर गुजुल्टो l
    ✍️बाबुराम गौतम
    गुल्मी
    …
    १,
    कति भयो मैला
    नगरी कसरी भनूँ
    भरिएको छैन थैला।
    २,
    कति दिने धन
    भयो भनी तिमी
    हेरौँ होला मन।
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ, भारत
    …
    १,
    कर्म गरौँ सेवा
    आश नगरे पनि
    पाइनेछ अवश्य मेवा ।
    २,
    मौसमको भर हुन्न
    छिनमै बदलिन्छन् फेरि
    पत्थरको मुटुलाई छुन्न ।
    ✍️राज बहादुर बडुवाल
    कनकासुन्दरी -५, जुम्ला
    …
    १,
    दुष्टले थाप्दछ जाल
    त्यसैले सजग रहौँ
    बुझौँ उसको चाल।
    २,
    समय नआउने फर्केर
    आएका समस्या आफै
    कतै जाँदैन तर्केर ।
    ३,
    प्रभुलाई नबिर्सौँ कलीमा
    अहङ्कारीको रहन्छ ताल
    विश्वास किन बलीमा ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    …
    १,
    रमाउन भनेर कमायो
    चालिस काटुन्जेल सम्ममा
    रोगै रोगले समायो !
    २,
    जीवन फक्रेको फूल
    जस्तै परिस्थिति आएपनि
    हाँस्न चाहिँ नभुल !
    ३,
    आँगनीमा बिस्कुन सुकाई
    बनाउँला परिकार भनी
    जिउनुपर्छ दुःख लुकाई !
    ✍️अच्युत घिमिरे
    सर्पाङ, भुटान
    …
    १,
    झुल्के घाम उदायो
    यो उदाउँदो घामसँगै
    मलाई धेरैतिर कुदायो।
    २,
    घाम लाग्यो घमाइलो
    डाँडाकाँडा पनि देखिए
    अति सारै रमाइलो।
    ३,
    नपरोस् लुटेराका आँखा
    यो तपोभूमि नेपालको
    यति सुन्दर भिरपाखा।
    ✍️सतीश सिकारु
    चुँदी, तनहूँ
    …
    १,
    आफैँ ढुकुटी भर
    अरूको भरमा नपरी
    स्वयम् परिश्रम गर ।
    २,
    आफू श्रम नगर्ने
    प्रगति र उन्नति
    अरूको देखेर जलिमर्ने ?
    ✍️विवश पारदर्शी
    झापा
    …
    १,
    कागको फुल चोर्ने
    कोइलीको बुद्धि हेर
    आफ्नै घर फोर्ने।
    २,
    बकुल्लाको सेतो रूप
    व्यवहार छ कालो
    धक्कु लगाउॅंछ खुब।
    ✍️होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    …
    १,
    चलेको चलन राम्रो
    आफ्नो संस्कृति असल
    सरल भाषा हाम्रो।
    २,
    खुसीले गरौँ आराम
    कठिन छैन कुनै
    सजिलो हुन्छ काम।
    ✍🏻अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    …
    १,
    नशालु तिम्रा नयन
    हजारौँ मान्छेको भिडमा
    तिमी मेरो चयन ।
    २,
    मुसुक्क हाँसेको चित्र
    कुँदिएर बसेको अति
    हृदयको कोमल पत्रभित्र ।
    ३,
    धुम्म भयो गगन
    हरायो सपना सबै
    आएन कुनै लगन ।
    ✍️शुक्रराज कुँवर
    धरान – १०, सुनसरी
    …
    १,
    बिताउॅंछु दिन गनेर
    ए प्यारो मान्छे !
    तिमी आउॅंछौ भनेर ।
    २,
    अकाशमा जून तारा
    पृथ्वीमा मात्रै तिमी
    मेरो एउटै सहारा ।
    ३,
    झिल्कामा तिमी आउॅंछौ
    सुस्तरी कानमा आई
    प्रीतिको गीत गाउॅंछौ ।
    ✍️ध्रुव श्रेष्ठ
    खोटाङ
    …
    १,
    घाम लाग्ने सबेरै
    जमिन तात्यो छिटो
    तराईमा गर्मी धेरै।
    २,
    शितल कपडा लाऊ
    गर्मी रोक्नको लागि ,
    धेरै चिसो नखाऊ ।
    ३,
    घामले अनुहार जल्छ
    मध्यान्नमा काम गर्दा,
    शरिर हाम्रो गल्छ ।
    ✍️सीमा कार्की समर्पण
    मेलचोक, पर्सा
    …
    १,
    हिमालमा धान झुलाउँछन्
    गरेछन् अहिले प्रगति
    तराईमा काँस फुलाउँछन् ।
    २,
    युवालाई विदेश डुलाउँछन्
    पारिवारिक समृद्ध ल्याउँदै
    वृद्धवृद्धालाई आश्रममा भुलाउँछन् ।
    ३,
    मान्छे नेपालमा भयो
    देश विकास गर्न
    पैसा विदेशमा गयो ।
    ✍️रामप्रसाद पुरी
    बादेल, खोटाङ
    …
    १,
    सक्छौ भने तिमी
    फूल रोपी दिनु,
    सुन्दर हुन्छ जिमी ।
    २,
    फूलको बन माली ।
    सफलता तिम्रै हातको,
    दुनियाँमा बज्छ ताली ।
    ३,
    सके मण्डपमा सजाउॅंला
    एउटा फूल मेरो,
    नसके चितामा चढाउॅंला।
    ✍️टिकाराम पुन टिपु
    सल्यान
    …
    १,
    कसैसँग छैन डाहा
    हिउँदमा सुकौरो खोला
    कसरी मार्ने पाहा  ।
    २,
    सत्यको विजय हुन्छ
    निस्वार्थ कर्म गर्नाले
    ईश्वरले अवश्य सुन्छ ।
    ३,
    बैगुनीलाई गुणले मार्नु
    देखासिकी नगरौँ भन्छु
    बिस्तारै पाइला सार्नु  ।
    ✍️मोती योन्जन सुब्बा  
    दार्जिलिङ
    …
    १,
    तिम्रा लागि फूल
    साँचेर राखेको छु
    जताततै भमराको हुल ।
    २,
    माया प्रेमका कुरा
    मिठो हुन्छ हजुर
    बुढा हुन भुरा ।
    ३,
    म नेपालकी चेली
    मलाई डाँडाकाँडा प्यारो
    सुन्दिन विदेशको नालीबेली ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल, काठमाडौँ
    …
    १,
    म छैन प्यासी
    मात्र भाइचारा हो
    फेरि नठान्नु दासी ।
    २,
    स्वतन्त्रता र स्वछन्दता
    अलग कुरा भए
    अनुशासनमा हुन्छ सुन्दरता  ।
    ३,
    नियम कानुन ऐन
    नपाए जनताले भन्छन्
    ठुल्ठुलालाई मात्र चैन ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    …
    १,
    उसैले घात गर्छ
    जसलाई विश्वास गर्‍यो
    अनि मन मर्छ।
    २,
    जीवन घाम छाया
    मुखमा हुँदैन महोदय
    मनमा हुन्छ माया ।
    ✍️सावित्री प्याकुरेल
    धादिङ
    …
    १,
    कर्म गरे  धर्म
    नगर्नु मन पोली 
    बुझिदिनु अरूको मर्म ।
    ✍️बिबा तामाङ
    दार्जिलिङ
    …
    १,
    भावनामा नजिक रहनु
    साहित्यिक भाषामार्फत सबै
    मनको कुरा कहनु।
    ✍️मन्दिरा सेढाई   
    मलेखु, धादिङ
    …
    १,
    जातपात सबै सहेर,
    एकदिन पर्खेर हेरौँ
    समान हुने भनेर ।
    २,
    खराब बानी लागेर
    सम्मान हुन गारो
    संविधान फितलो भएर ।
    ३,
    अब अवश्य बुझिसकेर
    साथ नदिएर सहनु
    अवश्य आँखा खोलेर ।
    ✍️भोलामान बर्देवा ‘बैरागी माइलो’
    मादी – ५, सङ्खुवासभा (हाल धरान – ८, सुनसरी )
    …
    १,
    सबैको भलो चिताऊ
    छोटो छ जिन्दगानी
    हाँस्दै खेल्दै बिताऊ।
    २,
    खाडल खन्ने गर्छौ
    अरूलाई धराप थाप्दा
    आफै त्यसमा पर्छौ।
    ✍️अरुण कुमार भुजेल 
    गोरूबथान, भारत
    …
    १,
    राखेमा सबैलाई दिलमा
    पक्कै मिल्छ आशीर्वाद
    पुगिन्छ सफलताको मञ्जिलमा ।
    ✍️सुरेश विश्वकर्मा
    डोटी
    …
    १,
    जनतामा सुशासनको चाहना
    अद्भुत क्षमताका राजनेता
    युवालाई स्वीकार्ने आफ्नोपना ।
    २,
    अधोगति शासकमा देखियो
    आजित जनताहरू सडकमा
    युवाशक्तिको भविष्य लेखियो।
    ३,
    सडेको गिदीले भ्याएन
    शासन एक्काईसौं शताब्दीको
    सदनमा उँघेकोले सुहाएन।
    ✍️घनश्याम पन्त
    हरिवन सर्लाही
    …
    १,
    रहुन्जेल पाखुरीमा बल
    हिम्मत जाँगर जुटाई
    माटोमा गर्नु मलजल।
    २,
    बगेको खोला फर्कन्न
    कर्ममा ढिलाई नहोस्
    समयले कहिल्यै पर्खन्न।
    ३,
    मानव रूपी चोला
    असल कर्म गर्नु
    जीवन सफल होला।
    ✍️सरस्वती श्रेष्ठ
    रुपन्देही बुटवल
    …
    १,
    सृजना धर्तीमा रोपौँला
    भित्री मनको पीडालाई
    साहित्यिक भाषामा पोखौँला ।
    २,
    आँसु झार्नु हुँदैन
    साहसी बन्नु सिक्नुहोस्
    कसैको मानले छुँदैन ।
    ✍️राधा चाम्लिङ
    खोटाङ
    …
    १,
    सितलु वरपिपल छाया,
    झरनाको कञ्चन पानीझैँ
    चोखो हाम्रो माया !
    ✍️आर्त अकुलीन
    …
    १,
    बल हुन्जेल काम
    दु:ख नगरी बसे
    कसरी खान्छ माम ।
    २,
    असल काम गरौँ
    असाहयको सेवा गर्न
    कसैको भर नपरौँ ।
    ३,
    पढेर बनौँ महान्
    कोसिस गर धेरै
    तर नदेखाऊ बलवान् ।
    ✍️रमा गुरुङ
    सालुगडा सिलीगुडी
    …
    १,
    अर्जन गरेको ज्ञान
    अक्षरमा सीमित भए,
    के रहन्छ मान ?
    २,
    कुरो मात्रै हरियो
    व्यवहार अन्धकारमा डुबेछ,
    खोक्रो आश्वासनमा परियो ।
    ३,
    साँघुरो दृष्टिकोणको साटो
    उदार दिल बनाए
    सफा बन्छ बाटो ।
    ✍️नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
    …
    १,
    तिम्रो अत्याचार रोक,
    स्वतन्त्र बाँच्न देऊ,
    जनताको सपना बोक।
    २,
    अन्यायको बाटो नदेख।
    स्वाभिमान उठ्न देऊ,
    अधिकारको बाटो नछेक।
    ३,
    आवाज दबाइ नथिच।
    सत्यमाथि जित्न देऊ,
    निष्पक्षता फेरि नमिच।
    ✍️शैलेन्द्र
    …
    १,
    वारि रह्यो वरपिपल
    पारि बसेका रहेछन्
    आफ्नै छायामा सितल।
    २,
    माया नौलो हुँदैन
    माया लाउन केहीले
    पनि जगत्मा छुँदैन ।
    ३,
    पर्छ पीर कतिको ?
    नौलो माया छउन्जेल
    छुरी धसे जतिको ।
    ✍️वेदु न्यौपाने
    …
    १,
    अमिल्दो हुनुहुन्न जोरीपारी
    आपसमा मिलीजुली बोक्दा
    हलुँगो भइदिन्छ भारीतारी ।
    २,
    साँधमा बगेको पानीढलो
    वरपर सबैलाई आवश्यक
    नगरौं बेकारमा खिचल‍ो ।
    ✍️कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    …
    १,
    तपाईले पढनुपर्छ धेरै 
    आइपुगेको छ इम्तिहान
    उठनुहोस् बिहान सबेरै ।
    ✍️संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत
    …
    १,
    मनमा माया भएर
    मैले बोलाए इसाराले
    लसक्क छेउमा गएर।
    २,
    मलाई सकेनौँ बुझ्नलाई
    ढिलो भयो आखिर
    हिॅंड्ने बिलौना गाई।
    ✍️दुर्गा आचार्य
    मोरङ
    …
    १,
    कर्म नै धन
    चलाउ पाखुरा माटोमा
    सधैँ लगाएर मन ।
    २,
    बुझ देशको माटोलाई
    नहिॅंड बिल्टुवा बनी
    सम्झ बारीको पाटोलाई ।
    ✍️दुर्गा भट्टराई
    मोरङ
    …
    १,
    के लेखौँ भएको
    झिल्का कविता आज
    मन अन्तै गएको ।
    २,
    साँझै पर्‍यो आज
    हेर झिल्का कवितामा
    के होला राज ?
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    …
    १,
    छैन टाढा भएको
    तिमी बदलिनु रहेछ,
    लाग्दैन दुख गएको।
    २,
    कुर्नुपर्ने समय कुरेर
    प्रतीक्षा धेरै गरे,
    आएन समय जुरेर।
    ✍️शङकर कार्की
    थाहा ३ मकवानपुर ।
    …
    १,
    तिमीले बोलेको कुरा
    नबनोस् कसैको पनि
    मन रेट्ने छुरा।
    २,
    पीडा आँसुले धुन्छ
    व्यथा लुकाएर बाबा
    बिनाआँसु पनि रुन्छ।
    ✍️अनमोल राई
    …
    १,
    गुट अनि  फुट
    होइन शक्ति आर्जन
    चाहना केवल ब्रम्हलुट ।
    २,
    बनेर पदका भोका
    नाटक, नौटङ्की देखाई
    नदेउ जनतालाई धोका ।
    ३,
    देखिन्छ निरङ्कुशताको गन्ध
    कारण सत्ता उन्मादको
    नबनोस्  बिष  मन्द !
    ✍️जयनारायण नेपाल
    इलाम,  (हाल सूर्य विनायक २, बालकोट ,भक्तपुर )
    …
    १,
    हामी गोर्खाली वीर,
    आफ्नो स्वाभिमानमा जिउने,
    झुक्दैन कहिले शिर।
    २,
    खानु मिठो खीर,
    बाँचुन्जेल हाँसखेल गरौँ
    नराखी मनमा पीर।
    ✍️देव स्याङ्देन
    कालेबुङ ।
    …
    १,
    आफूले आफैलाई चिनौँ
    अरूलाई बाटो देखाउन
    पहिले सत्मार्ग हिडौँ ।
    ✍️विष्णु पङ्गेनी पाण्डे  
    वालिङ्, स्याङ्जा
    …
    १,
    पुष्पको सुवास पिऊँ
    जिन्दगी भाँचेर हैन
    हाँसेर आनन्द लिऊँ।
    २,
    मन्दिर मन्दिरमा पुगेर
    भेटिन्न ईश्वर ढुङ्गामा
    नियाल्छ साथ रहेर ।
    ३,
    पैसाले मान्छे बिगार्ने
    नपत्याए हेर सत्तामा
    बथान देखिन्छ दार्ने ।
    ✍️चूडा निर्भीक
    गोरखा
    …
    १,
    जोगाएर राखौँ बन
    सुन्दर वरदान प्रकृतिको
    हाम्रो राष्ट्रको धन।
    २,
    यत्रतत्र फोहोर नफालौँ
    वातावरण स्वच्छ राख्ने
    सबैले बानी बसालौँ ।
    ✍️बिके मुखिया
    दार्जिलिङ, भारत
    …
    १,
    तिम्रो आगमन बहार
    थामिदेउ हात मेरा
    जित्नेछ आँट संसार।
    २,
    कस्ले चोर्‍यो दिल
    बसमा छैन आजकल
    बेखबर कता मन्जिल।
    ✍️बिमल पोखरेल
    धरान -१७, पटनाली
    …
    १,
    बाल्यकालको चञ्चले बानी
    राम्रो लाग्छ सबैलाई
    नौलो शब्दका खानी ।
    २,
    लाग्छ उसैसँग जाऊॅं
    निर्दोष आँसु तिम्रा
    काखमा राखी समाऊॅं ।
    ✍️धनमाया चौधरी
    कैलाली
    …
    १,
    अरूको देखासिखी गर्ने
    फुर्तिफार्ती गर्दै यहाँ
    भ्रमको खेती छर्ने ।
    २,
    भौतिक खुसी खोज्ने
    तृष्णा मानिसले मेटाउन
    अनावश्यक वस्तु रोज्ने ।
    ३,
    देखाउन खोज्छन् फुर्ती
    बुझ्दैन्न मानिसको चाहना
    कहाँ हुन्छ पूर्ती ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन
    …
    १,
    गर्छन् किन तानातान ?
    आखिर कुरा नबुझेरै
    भैदिन्छ फेरि हानाहान।
    २,
    माया छ अपार
    गुन आमा हजुरको
    थपिदै जानेछ लगातार।
    ३,
    झुक्दैन सत्य कहिले
    अवश्य थाहा होला
    भेट्छ तथ्य जहिले ।
    ✍️खडक आर सि मिलन
    छेडागाड नगरपालिका – २, साल्मा, जाजरकोट
    …
    १,
    धर्मलाई व्यापार बनाए,
    गहिरो ज्ञानविनाका यहाँ ,
    भाषणमा पैसा खन्याए।
    २,
    सबै राजा महाराजा,
    बन्न  छ प्रतिस्पर्धा  ,
    बजाइ  भजनमा बाजा।
    ३,
    ग्रन्थका महिमा घटे,
    नीति श्लोक फाट्टफुट,
    भजन बनाए रटे।
    ✍️मनोहरी पौडेल
    गैडाकोट १
    …
    १,
    कहालीलाग्दो व्यथा झेल्दै
    बाँचेकी आमाको चिच्चाहट
    मार्नु डोजरले पेल्दै।
    २,
    घरमा एक्लै  हुँदा
    कुनियतले मामा आए
    चिच्याएँ उसले छुँदा
    ३,
    आगोको नजिक नपर्नु
    पग्लेर बिछट्टै होला
    ओरालो तिर नझर्नु ।
    ✍️राजेश्वरी राजोपाध्याय
    ललितपुर
    …
    १,
    घामपछि बित्यो रात
    बुझौँ सबैले यसलाई
    सुखसॅंगै दुखको बात ।
    २,
    कर्मले जीवन सजाउनु
    भाग्य कुर्नु हुन्न
    सत्यमार्गले धन कमाउनु।
    ✍️भुवन विश्वकर्मा
    असम, भारत
    …
    १,
    मिठो पाइरहूँ पोषण
    हुन्थ्यो भने उज्यालो,
    प्रजातन्त्रले गर्दैछ शोषण ।
    ✍️लोकबहादुर छेत्री लामिछाने
    मोदी गा पा – २, देउपुर, पर्वत
    …
    १,
    वसन्तको सुगन्धमा फूल
    दुःख कष्ट हटोस्,
    मनमा छैन भुल ।
    २,
    दुई तीन चार
    सफलतामा छैन मेरो
    कदापि पनि हार ।
    ✍️श्रीकृष्ण धामी
    बझाङ
    …
    १,
    तिम्रो सकियो पालो
    सिलाएर के गर्छौ ?
    थोत्रिएको पुरानो टालो ।
    २,
    कहिलेसम्म चाहिन्छ सत्ता ?
    खाएर बसे हुन्छ
    खान्छन् सबैले भत्ता ।
    ✍️जानुका बास्कोटा
    काठमाडौँ
    …
    १,
    हात समाउन आऊ
    यति माया गर्दा
    किन खोज्छौ भाउ ।
    २,
    खुसीले रमाउनु पर्छ
    नत्र कतिपय रहरहरू
    मनमै गुम्सिएर मर्छ।
    ३,
    वचनको घेरा तोडी
    गर्नुहुँदैन गलत कर्म
    सही गन्तव्य मोडी ।
    ✍️ललिता गिरी
    सिन्धुली, हाल काठमाडौँ
    …
    १,
    तरेलीमा परेली साँधौँ
    पवित्र प्रीति गाँठो
    निस्वार्थि बनेर बाँधौँ ।
    २,
    दुबो माला उनेर
    पहिराई दिनु सरकै
    नबस्नु हेला सहेर ।
    ✍️हरिगोपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४
    …
    १,
    गरेको दुःख देख्दैनन्
    रिस गर्छन् सफलताको ,
    सत्य हत्तपत्त लेख्दैनन् ।
    २,
    नदी बगिरहन्छ निरन्तर
    जोडिॅंदैनन् दुई किनार
    जानेको दूरीको अन्तर ।
    ३,
    बैगुनी सुध्रिन गाह्रो
    फाइदा मात्र लिएर
    दुःख दिन्छन् साह्रो ।
    ✍️सुस्मिता अधिकारी
    काठमाडौँ
    …
    १,
    कुर्सी शक्तिको खेलमा
    बग्दैछ प्यारो देश
    आँसु आँसुको भेलमा ।
    ✍️कालिका त्रिपाठी पन्त
    …
    १,
    तिम्रो बोली वचन
    छुराभन्दा रहेछ तिखो
    दुख्यो मेरो मन ।
    २,
    रहेछौ तिमी बेसारे
    आफ्नो स्वार्थपूर्तिका लागि
    गर्छौ कुरा चेपारे ।
    ३,
    बेइमानी आफूलाई जनाए
    जनताको रगत चुसेर
    शासकले महल बनाए ।
    ✍️ शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    …
    १,
    आँसुको ताल बन्यो
    यता मेरो जिन्दगी
    तिमी हाँस, भन्यो ।
    ✍️चन्द्रकाली मगर
    नौबहिनी – ३, प्युठान

    ::::::::जय झिल्का साहित्य ! :::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५५ सम्पन्न

  • २५ माघ २०८१, शुक्रबार ०८:४५ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ५५ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५५ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    १,
    हिउॅंदको जवानी चढ्यो
    आगो कति ताप्नु !
    ज्याकेटको भाउ बढ्यो ।
    २,
    असल कर्म गर
    टाढाको हुन्न शत्रु,
    मुख बाइरहन्छन् वरपर ।
    ३,
    सरस्वतीको आशीर्वादमा शिक्षा
    लिन्छन् मेहनतमा शिष्यले
    उपहारमा पाउॅंछन् तितीक्षा ।
    ✍️म्यामराज राई
    भोजपुर
    …
    १,
    नघोटेसम्म  यी हाड
    चिसो हुन्छ चुल्हो
    लाग्दैन मुखमा माड !
    २,
    चिन्ता अनि तापले
    नछाड्ने भयो कहिल्यै
    लक्ष्मीको यो श्रापले !
    ३,
    भाग्यले दिएन साथ
    सराप्दै छु जिन्दगी
    ठोक्दै आफ्नो माथ !
    ✍️वसन्त अनुभव
    घोराही- १४, वसन्तविहार
    …
    १,
    ढुक्कसँग श्रम गरेमा
    काम लाग्छ आखिर
    आफैलाई दुख परेमा।
    २,
    यस्तै छ जिन्दगानी
    तर चल्नुपर्छ जसोतसो
    सहेर घाम पानी ।
    ३,
    सबै साथीसङ्गी भुलिन्छ
    सहकार्य गर्न नसके
    अझै महॅंगी चुलिन्छ ।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    …
    १,
    शिशिरले बिदा लिएर
    नौलो पालुवा फेर्दैछ
    वसन्तले दस्कत दिएर  ।
    २,
    छाउँदै उत्साह  उमङ्ग
    हरियाली छ बनजङ्गलमा
    प्रकृतिले भर्दछ रङ्गविरङ्ग ।
    ३,
    श्रीपञ्चमीको मौसम आयो
    अन्न ख्ववारा गर्न
    खेतीमा उत्साह छायो।
    ✍️मोती योन्जन सुब्बा  
    दार्जिलिङ
    …
    १,
    चढ्दैछ हिउॅंदको जवानी
    कति हिटर ताप्नु?
    शरीरलाई गर्छ हानी।
    २,
    कर्ममै हुन्छ फल
    अपराधिक कार्यले गर्दा
    नराम्रो हुन्छ हरपल।
    ३,
    सिकौँ असल हुन
    मरेपछि जाँदैन केही
    बाँचुन्जेल पर्दैन रुन।
    ✍️अर्जुन प्रसाद चौलागाई
    हाल:-अमरिका, बोस्टन।
    …
    १,
    काम पुजा मित्र
    सुख्ख कहाँ खोज्छौ
    फल्छ त्यो पसिनाभित्र।
    २,
    पोरखले चिनायो संसार
    भयो साहित्येको खेती
    किताबका बने दरबार।
    ३,
    सबैका आफ्नै विचार
    तिमी कस्तो देख्छौ
    देख्छु सरकार बिमार।
    ✍️सुरेशकुमार पाण्डे
    घोराही – १८, दाङ
    …
    १,
    खुसीले दिऊँ बधाई
    थपिए सात सङ्ग्रह
    शुभेच्छा टुक्का कवितालाई।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    …
    १,
    चिसोले कठ्याङ्ग्रियो हात
    चिसो हरायो भनेको
    मौसमले गर्‍यो घात।
    २,
    कसका गोरु बलिया
    जुधाउॅंथ्यौँ स्कूलको चौरमा
    हामी आफैँ हलिया।
    ३,
    गोरु घुमाउॅंथ्यौँ खलोमा
    अहिले थ्रेसर ट्र्याक्टर
    जिन्दगी गयो हलोमा।
    ✍️चुडामणी देवकोटा
    पुरानो नैकाप काठमाडौँ
    …
    १,
    दिनभर काडेर पसिना
    खुवाउनु छ बालबच्चालाई
    केही मिठा मसिना।
    २,
    रिसराग वैरभाव त्यागेर
    आत्मा शुद्ध राखी
    भगवानलाइ भजौँ एकफेर।
    ✍️सरिता सेढाई
    धादिङ
    …
    १,
    पुर्खाका धरातल धस्किॅंदैछ
    नयाँ पिॅंढीमा यहाँ
    अर्कै पहिरन पस्किॅंदैछ।
    २,
    नभत्काऊँ बुबाको घर
    पुरानोको महत्व बुझेर
    नयाँको हुँदैन भर।
    ✍🏻अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    …
    १,
    दुखीहरूको सेवा गर्नु
    स्वर्ग जाने तरिका
    मात्र घाटमा सर्नु ।
    २,
    सबैको गुजारा चल्छ
    मेहनत गर्दै जाँदा
    बिउले धेरै फल्छ।
    ३,
    पैसाले हुँदैन सान
    देखिने काम नगरे
    हुँदैन कहिल्यै मान।
    ✍️नवराज भट्ट
    कञ्चनपुर
    …
    १,
    छैन यिनको काम
    नगरी भात पच्दैन
    यी दलालहरू छलछाम ।
    २,
    संसार म घुम्दैछु
    त्यो लक्ष्यमा पुग्न
    शिखर म चुम्दैछु।
    ३,
    देशलाई धोका दिॅंदैछ
    नालायक देशद्रोही भ्रष्टाचारीहरू
    जीवनभर सुविधा लिॅंदैछ ।
    ✍️दीप गोले तामाङ
    रौतहट
    …
    १,
    हिउँदमा पानी परेन
    किसानको मनमा प्रकृतिले
    वास्तवमा खुसी भरेन।
    २,
    न्यानो नभई चिसो
    समयमा नुहाउन नसकेर
    शरीरमा मयालको लिसो।
    ✍️राज कुमार राजभण्डारी खोटाङ्गे
    ऐॅंसेलुखर्क – ३, खोटाङ हाल भक्तपुर
    …
    १
    चिसो मात्र बढ्दैछ
    लाउने लुगा नभएकोले
    खोकी झन् गढ्दैछ।
    २
    पानी पर्नै सकेन
    हिउँदे बाली सुकेर
    बजार भाउ कसेन।
    ३
    एकताको सन्देश बोकेर
    विश्वमा हिॅंड्ने नेपाली
    हत्या हिंसा रोकेर ।
    ✍️कला ढकाल
    झापा
    …
    १,
    अभाव पानीको भयो।
    सुक्खा लाग्यो पानी,
    दुनियाँ बिचल्लीमा गयो।
    २,
    गर्मी मौसम लाग्दै ।
    विषालु किराको डर,
    लामखुट्टे आउँछन् जाग्दै।
    ✍️टिकाराम पुन
    सल्यान
    …
    १,
    साहित्यको एक कला
    जगमगाउँदै अघि बढोस्
    झिल्काको हरेक शृङ्खला ।
    ✍️प्रेम थापा “मन”
    बागलुङ
    …
    १,
    भाग्य पक्कै चम्किन्छ
    दाहिने प्रभुको साथमा
    अहङ्कारी मानिस गम्किन्छ ।
    २,
    परिन्छ माया जालमा
    संसारमा समय आएपछि
    अज्ञानी अज्ञानताको तालमा ।
    ३,
    जगमा सुख फर्किन्छ
    पर्दछ दुःख सहनु
    आस्थावानको बाधा तर्किन्छ ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    …
    १,
    किन गर्‍यौ घात
    भनेर भन्नु सक्छ
    तिम्रो पर्‍यो हात।
    २,
    डुलाउॅंछु मनको कुनाभित्र
    कसरी भनूँ तिमीलाई
    कति राम्रो मित्र ?
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    …
    १,
    सुन्दर मेरो देश
    हराभरा छ वरिपरि
    नेपाली मेरो भेष ।
    २,
    सहिद मेरा पुर्खा
    देशभक्त सन्तान हामी
    बनौँ नयाँ पुर्जा ।
    ✍️नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
    …
    १,
    उमेरले जवानी छेकिन्न
    गोठालोमा मात्रै नभेटौँ
    समयको बाँध छेकिन्न ।
    ✍️खुनराज कोइराला
    सिद्धलेक – ३, धादिङ
    …
    १,
    चिसो मौसम बढ्दैछ ,
    बाटोमा देखिने बटुवाको
    मुटुभित्र के गढ्दैछ ?
    २,
    देश बनाउने रहरले
    लागे युवा रमाएर
    काट बिस्तारै जहरले।
    ✍️दुर्गा आचार्य
    मोरङ
    …
    १,
    चिसो चुलियो अब
    दमको ख्याल राखौँ
    वृद्धा आमाबा सब।
    ✍️बिबा तामाङ
    दार्जिलिङ
    …
    १,
    तराईमा बढ्यो शीतलहर
    हिमालमा जाडो हिउँ
    गुमराहमा जन कहर ।
    ✍️राज बहादुर बडुवाल
    जुम्ला
    …
    १,
    नगर घमण्ड धनको
    लैजान्न मरेर जाँदा
    चर्चा सफा मनको।
    ✍️मन्दिरा सेढाई    
    मलेखु, धादिङ
    …
    १,
    परिवर्तन स्विकार्नै पर्छ
    जसले समयलाई चिन्दैन
    ऊ पछिपछि सर्छ ।
    ✍️डा. देवी पन्थी
    …
    १,
    उठ्यो हातमा ठेला
    शीतलहर पर्‍यो तराईमा,
    तोरी उखल्ने बेला ।
    २,
    किसानले खेती लगाई
    बेच्छन् बजारमा सुर्तीजन्य  ,
    तमाखु चुरोट बनाई ।
    ३,
    आयु घट्छ हेर
    हानी पुग्छ शरीरलाई,
    धूम्रपान मद्यपान गरेर ।
    ✍️सीमा कार्की ‘समर्पण’
    मेलचोक पर्सा
    …
    १,
    उ मरेर गएछ
    सन्तान हैन उस्को
    सम्पति टुहुरो भएछ ।
    ✍️ध्रुव श्रेष्ठ
    खोटाङ
    …
    १,
    रगतको बगाए खोला
    निरङ्कुश विरुद्ध लडेर
    रणभूमिमा त्यागे चोला।
    २,
    सहिदले दिएको बलिदान
    भ्रष्टाचारी घुसखोर नेताले
    कहिल्यै राखेनन् मान ।
    ३,
    जनताको निम्ति मरे
    उदाहरणीय काम गरी
    भवसागर सहजै तरे।
    ✍️अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ, भारत
    …
    १,
    लेख्छु झिल्का कविता
    कोही अल्लि सरल
    कोहि तिता मीठा ।
    २,
    लेख्न रहर लाग्छ
    फुर्दैन फुर्सदको बेला
    समय हुँदा भाग्छ।
    ✍️सावित्री प्याकुरेल
    धादिङ
    …
    १,
    परिश्रम गरेको पल
    आखिर सबैको लागि
    मिठो हुन्छ फल !
    ✍️आर्त अकुलीन
    …
    १,
    अहङ्कारको ज्वाला निस्केको
    सत्ताबाट बिमुख भएपछि
    भावनाट्य हेर जिस्केको ।
    २,
    सत्यलाई पन्छाएर मित्र
    सकिन्न बढ्न अगाडि
    आजको यो समाजभित्र ।
    ३,
    अभिव्यक्ति र चरित्र
    देखिन्छ सधैँ ढुलमुले
    सिद्धान्त आदर्श पवित्र ?
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    …
    १,
    धन कमाउने चाहना
    जिउनेआधार यही
    सबैको एउटै सपना।
    २,
    इमान्दारितालाई देऊ साथ
    धन बनोस् साथी
    इज्जतले रहोस् माथ।
    ✍️सतीश पण्डित
    भानु – ६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ )
    …
    १,
    झिल्का मन पर्छ
    अरु भन्दा बेग्लै
    कलम यसैमा सर्छ ।
    २,
    ऊ कुदेर आयो
    छैनन् उसका कोही
    माटो टिपेर लायो ।
    ३,
    म कुरी बस्छु
    तिमी आउनु है
    भेट्न कम्मर कस्छु ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल, काठमाडौँ
    …
    १,
    पैतालामा माटो लाग्छ
    हिँड्दा हिँड्दै जिन्दगीले
    चौतारीको बास माग्छ।
    २,
    मनको हावा सुसाउँछ
    याद आउँदा प्रियसीको
    कोपिला त्यो टुसाउँछ।
    ✍️होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    …
    १,
    एउटी केटी कालीकाली
    आँखा झिमिकझिमिक पार्दै,
    यतै आउन थाली ।
    ✍️बुद्धिप्रसाद सापकोटा
    गैँडाकोट – ७, नवलपुर
    …
    १,
    चिसोबाट बचौ सबै
    स्वास्थ्यलाई न्यानो बनाई
    नकारात्मक नसोचौ कबै ।
    २,
    जाडोको यौवन आएछ
    जताततै चिसो बढ्नाले
    जनजीवनमा कष्ट छाएछ ।
    ३,
    हिमालमा हिउँ पर्छन्
    जाडो धेरै भएमा
    गरिब रोगी मर्छन् ।
    ✍️राधा चाम्लिङ
    खोटाङ
    …
    १,
    आउँदैन यो बारम्बार
    मिहिनेत गर्नुहोस् पक्कै
    पन्छाउन सकिन्छ हार।
    २,
    उद्देश्य एक लिनुपर्छ
    सत्य साबित गरेर
    अरूलाई दोष दिनुपर्छ।
    ✍️खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    …
    १,
    जाग्दछ प्रेम मनमा
    पराई लाग्दैन कोही
    प्रेमी अति जीवनमा ।
    २,
    फुले ऐॅंसेलु काफल,
    खुले अमृत ढोका,
    प्राकृतिको दान बल ।
    ✍️भुपेन्द्र राना मगर
    धादिङ
    …
    १,
    हाँसिदेउ एकचोटि मुसुक्क
    लजालु ओठ खोली
    बसिदेउन मनमा टुसुक्क ।
    २,
    खुसी लाग्यो देखेर
    भयो मन हल्का
    तिमिलाई मैले भेटेर ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई – ४, झापा
    …
    १,
    अनमोल धन संस्कृति
    जगेर्ना गरौँ सबैले
    जगाएर चौतर्फ जागृति l
    २,
    निद्रा हराएको रात
    पीडा पोख्न खोजेको
    गरेन निष्ठुरीले बात l
    ३,
    पोखेमा सुषुप्त कला
    कालजयी बन्नेछन् पक्कै
    झिल्काका हरेक शृङ्खला l
    ✍️बाबुराम गौतम
    गुल्मी
    …
    १,
    जनता विवश यहाँ,
    राजनीतिको भुमरीमा परी
    विकास गए कहाँ ?
    २,
    नेतालाई भेट्न साह्रो,
    जब चाहिन्छ जनतालाई,
    अनुमति पाउन गाह्रो।
    ✍️देव स्याङ्देन
    कालेबुङ
    …
    १,
    झिल्कालाई बधाई दिनुहोस्
    आत्मा साथ गरी
    एकार्कामा शुभकामना लिनुहोस् ।
    २,
    बधाई दिने सफल
    आफ्नो मन मुटुमा
    देशैभरि फैलिॅंदै पलपल ।
    ✍️भोलामान बर्देवा ‘वैरागी माइलो’
    मादी – ५ सङखुवासभा (हाल धरान – ८, सुनसरी)
    …
    १,
    जाडो धेरै बढ्दैछ
    जतिसुकै लुगा भए
    खोकी भने गढ्दैछ ।
    २,
    हाम्रो सुन्दर देश
    हरियाली वरिपरि हुँदा
    लाग्छ राम्रो भेष ।
    ✍️दुर्गा भट्टराई
    मोरङ
    …
    १,
    मनमा सधैँ डर
    यो देशमा गणतन्त्रको
    भएन कुनै भर ।
    २,
    थुनेर जनताको मुख
    कठोर भई बस्दा
    के होला सुख ।
    ३
    अतिले हुनेछ खति
    तोडेर स्वार्थको घेरा
    सुधार आफ्नै मति ।
    ✍️जयनारायण नेपाल
    इलाम (हाल सूर्य विनायक २, बालकोट ,भक्तपुर )
    …
    १,
    अजम्बरी कोही छैन
    संसारमा कर्मको खेती
    नभोगी मर्ने हैन।
    २,
    घृणालाई मायाले बेर
    अरूलाई भन्नुभन्दा पहिले
    आफूलाई ऐनामा हेर।
    ३,
    धनको पछिपछि नजर
    कुकर्म गर्न मान्छे
    रतीभर मान्दैन डर।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन
    …
    १,
    सबैजनाले पर्छ मनाउनु
    वसन्त पञ्चमी उत्सव
    पर्छ अज्ञानताले हटाउनु  ।
    ✍️संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत
    …
    १,
    छ मान्छे विवश,
    अन्याय सहन यहाँ ,
    जानेरै छ सकस ।
    २,
    बसेर खान पर्ने,
    विलासी भयो मानव,
    प्रणाली  कायम नगर्ने।
    ३,
    हचुवा जिन्दगी यहाँ ,
    चलाउॅंछन् दमनकारी बनी,
    समानता आउँछ कहाँ ?
    ✍️मनोहरी पौडेल
    गैडाकोट १
    …
    १,
    प्रत्यक पाइलाको अर्थ
    हुँदैन व्यर्थ जानु
    नहोऊन् कटै अनर्थ।
    २,
    सेवा गरौँ निस्वार्थ
    नराखौँ स्वार्थ कुनै
    नहोऔॅं स्वार्थी किमार्थ ।
    ✍️हरिगोपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा – १४
    …
    १,
    सरस्वती देवीको भक्ति
    विशेष यो वसन्तपञ्चमीमा,
    आओस् ज्ञानको शक्ति ।
    ✍️सुस्मिता अधिकारी
    काठमाडौँ
    …
    १,
    वसन्त बहार आयो
    नाङ्गिएको वृक्षमा फेरि
    नयाँ पालुवा पलायो ।
    २,
    ऋतुकाल हो वसन्त
    सञ्चार नयाँ चेतनाको
    राख्छ सदा जीवन्त ।
    ✍️कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    …
    १,
    सरस्वतीले ज्ञान छर्ने
    खुसी मनमा बोकेर,
    शिक्षा सबै भर्ने ।
    ✍️श्रीकृष्ण धामी
    बझाङ
    …
    १,
    अभागी यो खप्पर
    जता जाऊँ उतै
    लाग्छ सधैँ ठक्कर ।
    २,
    छैन ऊ इमान्दार
    मन दुख्छ साह्रै
    सम्झिँदा कपटी व्यवहार  ।
    ३,
    छैन सरम लाज
    पारदर्शी लुगा ज्यानमा
    कता जाँदैछ समाज ?
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५४ सम्पन्न

  • २५ माघ २०८१, शुक्रबार ०८:४० मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ५४ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५४ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    १,
    छिटोमिठो सबैको बनोस्
    बदरमा हैन सदरसॅंगै
    वाह ! लोकले भनोस् ।
    २,
    भ्यागुतोको गर्जाइ कुवामा
    संसारको शक्ति अथाह
    निमेषमा बदलिन्छ धुँवामा ।
    ३,
    हरकर्मको बन्छ बही
    बनेर एउटा लेखाजोखा
    रोजाइ परोस् सही ।
    ✍️म्यामराज राई
    भोजपुर
    …
    १,
    गरे असल काम
    इज्जत अनि नामसँगै
    कमाउन सकिन्छ दाम।
    २,
    कथा भयो दन्त्य
    कहिले हुन्छ देशमा
    भ्रष्टाचारको जरैदेखि अन्त्य ।
    ३,
    देशमा सुख छाउँछ
    विकास अनि समृद्धि
    जहिलेदेखि जनताले पाउँछ ।
    ✍️भोज विवश मगर
    गैँडाकोट -३, नवलपरासी पूर्व
    …
    १,
    चन्द्रमा पनि लजाउँछिन्
    हेरेर मुहार तिम्रो
    निशाले सिट्ठी बजाउँछिन् ।
    ✍️मन्दिरा सेढाई    
    मलेखु, धादिङ
    …
    १,
    परिश्रम जीवनको सार
    जीवन बन्छ मिहिनेतले
    नत्र भविष्य अन्धकार।
    २,
    जलाऔॅं श्रमले अन्धकार
    सकिन्छ जित्न पक्कै
    यो भौतिक सन्सार।
    ३,
    फलको आस नगरी
    श्रम गरे निरन्तर
    चम्किन्छ नाम जीवनभरि।
    ✍️सतीश पण्डित
    भानु – ६, चुँदी, तनहूँ (हाल चनपा ६ मातातीर्थ)
    …
    १,
    चिसोमा सम्झना आउँछ
    हरेक रात दिनमा
    न्याउलीले गीत गाउँछ ।
    ✍️धनमाया चौधरी
    कैलाली
    …
    १,
    पर्दैन शृङ्गार गर्न
    तिम्रो ओठमा लाली
    प्राथमिकता पेट भर्न ।
    २,
    गर सदुपयोग समय
    खन्न बरु खेतबारी
    बनाउन जीवन सुखमय ।
    ३,
    घटाउन आयात व्यापार
    नगरी फजुल खर्च
    बढाउन समृद्धिको आधार ।
    ✍️देव मगर
    तिनाउ – १, कचल, पाल्पा
    …
    १,
    देखायौ पीडाको चित्र
    सहन साह्रै मुस्किल
    वचनको घाउ मनभित्र।
    २,
    रहरहरू बोकेको थिएँ
    आफ्नाले खुट्टा तान्दा
    कठोर निर्णय लिएँ।
    ✍️चुडामणि देवकोटा
    पुरानो नैकाप, काठमाडौँ
    …
    १,
    फुट्यो आँसुको मुल
    अर्कैले टिपेर सजायो,
    मन परेको फूल ।
    २,
    सुकेर जाँदैछ खोला
    बढ्नेछ पानीको अभाव
    सबै काकाकुल होला ।
    ✍️भुपेन्द्र राना मगर
    धादिङ
    …
    १,
    वसन्तको आँगनमा फूल
    दुःख कष्ट भागोस् ,
    मनमा छैन भुल ।
    २,
    छैन मनमा हर्ष
    महिना फेरियो पछि,
    आयो नयाँ  बर्ष ।
    ३,
    काँटेपछि रगत रातो
    धेरै घमण्डी नगर्नु ,
    किन एक जातो ?
    ✍️श्रीकृष्ण धामी
    बझाङ
    …
    १,
    सबैभन्दा ठुलो नाम
    गरे संसार चिनाउने,
    पर्दैन कमाउन दाम।
    २,
    नगर घमण्ड कहिले
    सबै जान्छन् एकदिन,
    कीर्ति राख्नु पहिले।
    ✍️शङ्कर कार्की
    थाहा – ३, मकवानपुर
    …
    १,
    धेरै नबसौँ हाँसेर
    खुसी मनमै राखौँ
    पीडालाई सकभर नासेर।
    २,
    परिस्थितिले ज्ञान सिकाउँछ
    बेसरी स्वार्थी नहुनु
    यसले इज्जत बिकाउँछ।
    ✍🏻अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ ‌
    …
    १,
    गर्नु राम्रो काम
    लोभलाई त्याग्न सके
    संसारमा रहन्छ नाम।
    २,
    नदेखाऊ पिरको चित्र
    समाधान गरिदिॅंदैन कसैले
    लुकाऊ आफ्नै मनभित्र ।
    ३
    नबगाऊ आँसुको धारा
    दु:खलाई सुखमा बदल
    तब पाउँछौ सहारा ।
    ✍️राज कुमार राजभण्डारी खोटाङ्गे
      ऐसेलुखर्क – ३, खोटाङ (हाल भक्तपुर )
    …
    १,
    देश बनाउन जुटौँ
    आमा रुन्छिन् धरधरी
    पुग्यो अब उठौँ ।
    २,
    पहरामा फुल्यो फूल
    प्यासी भयो मन
    फुटाऔॅं विकासको मूल ।
    ३,
    हुन्न गफको तालमा
    छोरा जन्मिए कुकृत्य
    बेचिॅंदैछिन् त्यही जालमा।
    ✍️टिकाराम पुन टिपु
    सल्यान
    …
    १,
    मनको मिठो कुरा
    कसरी भनूँ तिमीलाई
    कसले हान्यो छुरा।
    २,
    कस्तो भयो भूल ?
    किन भने त्यसलाई
    कहाँको हौ मूल।
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    …
    १,
    सकारात्मक सन्देशयुक्त पढौँ
    देशको मान राख्नलाई
    सहमतिले अघि बढौँ ।
    ✍️प्रेम थापा “मन”
    बागलुङ
    …
    १,
    छायो सर्वत्र शीतलहर
    माघको चिसो रात
    उद्भिद प्राणीहरूमा कहर  ।
    २,
    माघको महिना मिनपचास
    भुईॅं कुहिरोको राजमा
    ढाकेर तुसारोको रास  ।
    ✍️मोती योन्जन सुब्बा  
    दार्जिलिङ
    …
    १,
    नबस अँध्यारोमा पियारी
    किन विमुख जीवनमा ?
    राख्नुपर्छ यौवनलाई सियारी।
    २,
    आऊ दिलमा बस्नलाई
    फुस्रो मुहारमा अन्धकार
    लालीकिरिम पाउडर घस्नलाई।
    ३,
    जाडोमा लुगलुगी कामेर
    किन विरक्तिएकी मायालु
    अङ्गालोमा कसौँला थामेर ।
    ✍️घनश्याम पन्त
    हरिवन सर्लाही
    …
    १,
    आगो लगाएर कम
    कसरी हुन्छ साथीहरू
    आगोकै अधिक दम !
    ✍️आर्त अकुलीन
    …
    १.
    राखौँ सोच सकारात्मक
    तब हट्छ हाम्रो
    भित्री तहको नकारात्मक।
    २.
    कर्म गर्दाको बही
    जस्ताको तस्तै बन्छ
    खोज्न नजाऔॅं जहीँकहीँ।
    ✍️अर्जुन प्रसाद चौलागाई
    हाल:-अमेरिका, बोस्टन।
    …
    १,
    बर्बर आँसु झारेर
    के पायौ तिमीले
    मलाई एक्लै पारेर |
    ✍️सरिता सेढाई
    धादिङ
    …
    १,
    देख्छु आआफ्नै सन्सार
    कसैले काट्नै नसक्ने
    आफ्नै सोचको भन्सार ।
    २,
    उद्देश्य निश्चित हुनुपर्छ
    निरन्तर लागिपरे साथी
    बाधाअड्चन आफै टर्छ ।
    ३,
    अर्कोको भर पर्दा
    थाक्लान् ती पाइलाहरू
    तलमाथि धेरै गर्दा ।
    ✍️दीपा गुरुङ समभाव
    दुबेकोल, खोटाङ
    …
    १,
    भन्दछु झुटो नबोल
    व्यापार छ यसैको
    राजनीतिमा चल्छ मोलतोल ।
    २,
    आफू नै नअघाएसम्म
    छाडिँदैन कुनै पद
    मान्नुपर्दैन कसैले अचम्म।
    ✍️होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    …
    १,
    लगाएर मात्रै हुँदैन                                  
    मनमै नभएको प्रेमलाई                             
    जबर्जस्तीको मायाले छुँदैन।
    ✍️सुनगाभा पोखरेल
    कपिलवस्तु
    …
    १,
    तराईमा चल्छ शीतलहर
    बाढी पीडित प्रताडित
    बन्ने प्रकृति कहर ।
    २,
    भेटिन छोडे ज्ञानी
    कलियुग न पर्‍यो
    कहाँ खोज्नु ध्यानी ?
    ✍️राज बहादुर बडुवाल
    कनकासुन्दरी -५, जुम्ला
    …
    १,
    आमाको न्यानो काख
    भए पुग्छ मलाई
    चाहिन्न सम्पत्ति लाख।
    २,
    बाबुको बलियो काँध
    सुरक्षा कवच मेरो
    विपत्तिको अभेद्य बाँध।
    ✍️बिके मुखिया
    दार्जिलिङ, भारत
    …
    १,
    देखेर सवार राजैको
    सुरु गाउँदेखि सहरमा
    जाऊॅं लाग्यो आजैको ।
    २,
    फूल पनि काँडा
    लाग्छ हिजोआज मलाई
    हुँदैछ संस्कृति छाडा ।
    ३,
    भिर पाखामा हाम्रो
    प्रकृतिको मुहान भेटिन्छ
    प्रकृतिले भरिभराउ राम्रो ।
    ✍️ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    …
    १,
    छैन खाने चारो,
    जनता आहत भइसके,
    तात्न थाल्यो पारो।
    २,
    लुट्नसम्म जता लुटियो,
    भोटको भयो खेती,
    जनता आफै फुटियो ।
    ३,
    जनता भयौ कस्तो,
    छानेर नेता पाइएन,
    भोटर भयौ सस्तो ।
    ✍️शैलेन्द्र पण्डित
    तनहु – १, तनहुँ
    …
    १,
    शितलहर बलवान् भयो
    सहनु गाह्रो चिसो
    बटुवारे एक गयो।
    २,
    नकारात्मक विचारले अशुद्ध
    जिन्दगी धमिलो नबनाऔॅं
    सकारात्मक सोचले चित्तशुद्ध।
    ✍️बिबा तामाङ
    दार्जिलिङ
    …
    १,
    नानाथरी भन्दै अलापेर
    हुँदैन आफैँ नबढी
    नेतालाई केवल सरापेर !
    २,
    जानेको बुझेको राम्रो
    के हुन्छ जन्मभूमिप्रति
    अहम् कर्तव्य हाम्रो !
    ३,
    कामहरू थाती राखेर
    नबसौँ हात बाँधी
    अर्काको मुख ताकेर !
    ✍️वसन्त अनुभव
    वसन्तविहार, घोराही
    …
    १,
    इतिहास नियमित पढौँ
    पुर्खाहरुको रगत पसिना
    सम्झेर अघि बढौँ ।
    २,
    तिनीहरू समृद्धि भनिरहेका
    आशामा गयो जीवन
    विमानस्थलमा लास गनिरहेका ।
    ✍️रवि पौडेल
    दक्षिण भारत
    …
    १,
    मनमा चोट दिएर
    हिॅंड्ने आँट बनाई
    भाग्य अर्को लिएर।
    २,
    आँसुको भेल रोकिन्छ
    सोचेको थिएन यसरी
    अपत्यारिलो गरी ठोकिन्छ।
    ✍️दुर्गा आचार्य
    मोरङ
    …
    १,
    हे! प्यारो मित
    वैरभाव किन व्यर्थै
    लगाऊ मिठो प्रीत।
    २,
    सोचौँ सबैको हित
    कसैको बिगार नगर्ने
    बनाऔॅं एउटा रीत।
    ✍️अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ, भारत
    …
    १,
    जाऊ अघि कुदेर
    काम गर्नु धेरै ,
    हुन्न बोली बोलेर ।
    ✍️जनक बिसी
    दक्षिण भारत कोचिन
    …
    १,
    पवित्र मन डगमगाउँछ
    अहितकरी भावना आएकोमा
    सुगन्धित फूल मगमगाउँछ।
    २,
    भवसागर शरणागति विधि
    जगमा सदाचारिता भाव
    मनुष्यको अमूल्य निधि ।
    ३,
    दुःखी अज्ञानवश कराउँछ
    आखिर पर्दछ सहनु,
    विवेकहीन मानिस बरबराउँछ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    …
    १,
    समयको गरौँ सदुपयोग
    गरेनौ भने जोकोहीको
    जीवन हुन्छ बिजोग !
    ✍️सुरेश बि सि
    …
    १,
    परिश्रमले अन्न उब्जाउॅंछ
    दिॅंदैन ईश्वरले त्यसै
    मेहनतले जीवन बचाउॅंछ ।
    ✍️जानुका बास्कोटा
    काठमाडौँ
    …
    १,
    दिन भयो राज
    कुहिरो शित हटी
    घाम लाग्यो आज।
    २,
    छोडि सातै काम
    परालको गुन्द्री बिच्छ्याएर
    बस्छु तापी घाम
    ✍️पुष्पा सुवेदी
    नेपालगन्ज, बाँके
    …
    १,
    कर्मले गोरेटो खनौँ
    देखासिखी नगरी कसैको
    आफ्नै भर परौँ ।
    ✍️विष्णु पङ्गेनी पाण्डे
    वालिङ, स्याङ्जा
    …
    १,
    गर्मी चढ्दैछ बिस्तारै
    अनेक रोगले सताउँछ
    बच्न गाह्रो साह्रै।
    २,
    रमाइलो थियो बालापन
    जिम्मेवारी बढ्दै गयो
    तनावमा छ जीवन।
    ✍️सावित्री प्याकुरेल
    धादिङ
    …
    १,
    एकनास हुँदैन उन्नति
    आफै विचार गर्नुहोस्
    सन्ध्यामा सुर्यको गति।
    २,
    यो मान्छेको जात
    थोरै प्रगति गरेपछि
    बिर्सन्छ आफ्नो औकात।
    ३,
    बनाउँदैन आफ्नो घर
    बिगार्छ घर अर्काको
    कस्तो बैगुनी बाँदर।
    ✍️खडक आर सि मिलन
    छेडागाड नगरपालिका – २, साल्मा, जाजरकोट
    …
    १,
    सहनु पनि कति ?
    दुराचारी नेताको कुकृत्य
    भइसक्यो अब अति l
    २,
    खोलेर चेतको घडा
    भ्रष्टाचारी नेताको विरुद्ध
    हुनुपर्यो जनता खडा l
    ३,
    देश बनाउन जागौँ
    प्रतिगामी भ्रष्टको विरुद्ध
    एकजुट भएर लागौँ ।
    ✍️बाबुराम गौतम
    गुल्मी
    …
    १,
    लगाउनु आफ्नो बल,
    परिश्रम र सत्कर्ममा,
    पाउनु मिठो फल।
    २,
    नगर्नु कसैलाई छल,
    सद्बुद्धि र विवेकले,
    समस्याको निकाल्नु हल।
    ३,
    छेपारोको जस्तै चाल,
    धन कमाउन अगुवाले,
    बुन्छ चारैतिर जाल।
    ✍️देव स्याङ्देन
    कालेबुङ
    …
    १,
    तल बेँसी आऊ
    माया मलाई भेट्न
    अन्त्त कतै नजाऊ ।
    २,
    डाँडापारिको त्यो घाम
    मलाई आज बोलायो
    गरौँ उतै काम ।
    ३,
    नेपाल देश राम्रो
    सगरमाथा शिर भएको
    संसारैले भन्छन् राम्रो ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल, काठमाडौँ
    …
    १,
    हुँदैन एकता जुटेर
    विचार मिल्नु पर्छ
    मर्दैन गोहो कुटेर ।
    २,
    जनताको मन नजलाऊ
    सक्छौ सुकर्म गर
    सक्दैनौ केही नचलाऊ ।
    ३,
    इज्जत किन्न पाइॅंदैन
    स्वाभिमानी नेपाली हौ
    भ्रष्टचार गरेर खाइॅंदैन ।
    ✍️ऋजु दिल्पाली
    इटहरी – १, सुनसरी
    …
    १,
    जीवन सुखदुःखको खेल
    आऊ हातेमालो गर्दै
    तरौँ जोखिमको भेल।
    २,
    भो, नदुखाऊ घाउ
    बरु दर्द घटाउने
    मलम बनेर आऊ ।
    ✍️कोपिला अधिकारी
    सिरानचोक – ७, गोरखा
    …
    १,
    चल्दैछ यहाँ बतास
    मान्छेको जात पर्‍यो
    गर्छ सधैँ हतास ।
    २,
    सुधार गरौँ बानी
    केही गर्नु छ ?
    जीवन कर्कलाको पानी ।
    ३,
    जीवन छ धराप
    लुट्ने कहिलेसम्म अब
    कति खानु सराप।
    ✍️दीप गोले तामाङ
    रौतहट
    …
    १,
    मान्छे मोबाइलमा अल्झिन्छन्
    भेटघाट नजिक बनाउन
    केवल स्क्रिनमा देखिन्छन्।
    २,
    सम्बन्ध सानो बनायो
    प्रत्यक्ष भेटघाट छैन
    यसैमा मान्छे रमायो।
    ३,
    हरायो जिन्दगीको कथा
    स्मृति स्क्रिनमै बन्द
    हाँसो न व्यथा ।
    ✍️सतीश सिकारु
    चुँदी, तनहूँ
    …
    १,
    बरु यथार्थ लुकाऊ
    मुखले ठिक पारेर
    मेरो मन नदुखाऊ ।
    २,
    तिम्रो साथ हुँदा
    दु:ख सबै भुल्थेँ‌
    मायालु हातले छुँदा ।
    ३,
    सपनीमा तिमीसँगै हुन्छु
    ब्युँझिॅंदा साथमा हुन्नौ
    आँशुले मुख धुन्छु ।
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी , मोरङ
    …
    १,
    कसरी जाडो काट्ने ?
    काम गरेर निरन्तर
    बरियोको डोरी बाट्ने ।
    २,
    बिहानआगो तापेर 
    हरेक बेलुका चिसोबाट
    बँच्न सिरक खापेर ।
    ३,
    स्वस्थानी परमेश्वर माताको
    बेलुका कथा सुनेर
    भक्तिभाव मिठो आमाको ।
    ✍️भगवती दवाडी
    झापा
    …
    १,
    सुन्दर स्वच्छ पानी
    देश नेपाल राम्रो
    हाम्रो आँखाको नानी!
    २,
    झलमल आकाशमा तारा
    धर्तीमा हावाहुरीले धुलो
    उडाइ ल्यायो सारा।
    ✍️ वेदु न्यौपाने
    …
    १,
    भन्दै धन पापी
    मर्न खोज्छ मान्छे
    धनकै धोक्रो थापी ।
    २,
    भुँडी पाल्ने देखी
    त्यो फुँडी गाल्नेसम्म
    चल्छन् धनै टेकी !
    ✍️विवश पारदर्शी
    झापा
    …
    १,
    नेपालीको बढ्यो सान
    साहित्यकार गीता उपाध्यायले
    पाउँदा पद्मश्री सम्मान l
    ✍️संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत
    …
    १,
    झिल्का लेखौँ साथी
    निरन्तर अभ्यासले लेख्दा
    पुगिन्छ धेरै माथि ।
    ✍️दुर्गा भट्टराई
    …
    १,
    निमुखालाई धसेर भाला
    देखिन्छ यहाँ सजिएको
    अपराधीको गालामा माला ।
    २,
    जनताको आवाज थिचियो
    राजनीति भागबन्डाको खेलमा
    विकासनिर्माण जहिले मिचियो।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन
    …
    १,
    हाम्रो देशका नेताहरू
    सधैँ रोइलो गर्छन्
    छक्क पर्छन् अरू ।
    ✍️बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
    कनकाई – ४, झापा
    …
    १,
    वर्तमान अति प्यारो
    फर्केर आउॅंदैन अतीत
    नखोज्ने जानीजानी अप्ठ्यारो ।
    २,
    मित्रता सम्बन्ध गाँसेर
    निभाउनु सक्नुपर्छ सदा
    विकार छाडी बाँचेर ।
    ३,
    साथ छुट्यो हाम्रो
    तिम्रो भलो चाहन्छु
    जीवन होस् राम्रो ।
    ✍️पृथक प्रकृति
    झापा
    …
    १,
    समाधान होइन  बल
    पाथीभरा विवादको समाधान
    हुन्न गरेर छल ।
    २,
    सबथोक होइन  दाम
    समाजमा भाँजो हाली
    नगर बलको  काम ।
    ३,
    गर निष्ठाको खेती
    स्वार्थका लागि निहित
    नचलाऊ जनतामा रेती ।
    ✍️जयनारायण नेपाल
    इलाम (हाल सूर्य विनायक २, बालकोट, भक्तपुर )
    …
    १,
    मनमा चल्छ बतास
    सोचे जस्तै नभए
    नहुनु आफैँ हतास ।
    २,
    सके काम चुन्न
    लक्ष्यमा पुगिन्छ पक्कै
    यात्रा अधुरो हुन्न ।
    ३,
    खुसीले जोडेको नाता
    बस्नु मर्यादा राखेर
    ननाघ्नु कहिल्यै हाता ।
    ✍️रामप्रसाद पुरी
    बादेल, खोटाङ
    …
    १,
    आफ्नो मिसाऊ पसिना
    बनाऔॅं देश बलियो
    केही छाडौँ चिना।
    २,
    मातृत्व भूमिको माया
    मनमा सजाएर राखौँ
    बद्लिन्छ देशको काया।
    ✍️सुरेशकुमार पाण्डे
    घोराही – १८, दाङ
    …
    १,
    शीत राति झर्छ
    नलाउँदा न्यानो कपडा ,
    चिसोले मान्छे मर्छ ।
    २,
    बारीमा लगाएको बाली
    जनावरले खान पाउँदैन,
    काँडे तारको जाली ।
    ३,
    सुर्ती हिउँदे बाली
    सबैले लगाउँछन् तराईमा,
    बस्दैनन् कोही खाली ।
    ✍️सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    …
    १,
    वसन्तमा फूल फुल्छ
    सुवास अति मोहक
    चुलबुल मन भुल्छ ।
    २,
    सुभाव जगाऔॅं मनमा
    सेवा गरौँ दु:खीको
    सुकृति छाऔॅं भवमा ।
    ✍️हरिगोपाल न्हुच्छेँप्रधान
    बनेपा – १४, साँगाबजार, काभ्रे

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५३ सम्पन्न

  • २५ माघ २०८१, शुक्रबार ०८:३६ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ५३ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५३ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    १,
    फैलिए सुगन्ध जगतैभरि
    रहरमा स्पर्श भएर
    फूल, काँडा सरोबरी ।
    २,
    चोरीऔॅंलाले मलाई करारमा
    बाँकी औॅंला हेर !
    को परिरहेछ दरारमा ?
    ३,
    सञ्जाल बन्यो धोक्रो
    मोहर पनि हुनसक्छ
    जगन्नाथ आफैँ खोक्रो ।
    ✍️म्यामराज राई
    भोजपुर
    …
    १,
    बिर्सिए सवैले भेष
    कहाँ रहन्छ मित्र
    तिम्रो मौलिक देश ?
    २,
    यो खुल्ला आकाशमुनि
    चिसो छ साथी
    ताप बालेर धुनी ।
    ३,
    मैले तिमीलाई भेटाएँ
    दिलमा सम्हाली राख्दा
    हजुर आफैलाई हराएँ ।
    ✍️ध्रुव श्रेष्ठ
    खोटाङ
    …
    १,
    फेरि भ्यालेन्टाइन आयो
    नव प्रेम जोडीहरूमा
    हर्ष, उमङ्ग छायो ।
    २,
    भ्यालेन्टाइन डेको नाममा
    कोही कतै नलागून्
    नराम्रो गलत काममा ।
    ३,
    कत्तिको जोडी छुटिन्छ
    यहि मौका छोपी
    अझ इज्जत लुटिन्छ ।
    ✍️हिरामाया श्रेष्ठ
    गजुरी – १, धादिङ
    …
    १,
    फैलियोस् सुगन्ध सधैँभरि
    जीवन रहुँन्जेल वास्ना
    नमेटियोस् कसै गरी।
    २,
    फेरि झिल्का लेखेँ
    वरिपरि भएका सारा
    जब मैले देखेँ ।
    ३,
    बस्छु म रमाएर
    सदा आफू यहाँ
    खुसी निकाल्छु धेर।
    ✍️अर्जुन प्रसाद चौलागाई
    रामेछाप:-सुनापति-१ (हालः-अमेरिका,बोस्टन)
    …
    १,
    फैलियोस् सुगन्ध जगत्भरि
    चलिरहोस् अटुट जीवनमा
    मेटाउन प्यास पानीसरि ।
    २,
    चलोस् सुगन्धकै वासना
    पलपल साटिरहन पाइरहूँ
    कर्म तप साधना ।
    ३,
    पाउ राख्न भकारी
    सुगन्धित जीवनको अन्तसम्म
    फैलिनुमै छ हितकारी ।
    ✍️देव मगर
    तिनाउ-१,कचल,पाल्पा
    …
    १,
    सुगन्धको बास्ना चलाउनु
    देशैभरि सबैको पहुँचमा
    नेपाली विश्वमा कहलाउनु।
    २,
    कर्म गर्दागर्दै धर्म
    सबैलाई बराबर मान
    कसैमाथि नपरोस् मर्म!
    ३,
    भ्रष्टाचारीहरूले गरे जालझेल
    देशमा हुँदारहेछन् पटमूर्ख!
    सत्ताधारीले गरेका मेल।
    ✍️ वेदु न्यौपाने
    …
    १,
    उत्याउलो हाम्रो समाज
    जातीय विभेद सधैँ
    दुष्टले जमायो राज।
    २,
    सबैमा कुराको पोको
    कुरैकुरामा ज्यान पाल्ने
    सबैमा भयो धोको।
    ३,
    कसरी गराउँछौ उपचार
    नागरिक अचेल देशमा
    व्यवस्था आफै बिमार।
    ✍️सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    …
    १,
    मनमा डरको छाया
    बाँच्ने आधार रहेछ
    हित्तचित मिलेको माया।
    २,
    विचारले खोज्छ किनार
    जहाँ भेटिन्छ सान्त्वना
    त्यहीँ नयाँ सन्सार।
    ३,
    मनभरि छ विचार
    सुख र दु:खका
    छल्किन्छन् शब्दका धार।
    ✍️सतीश पण्डित
    भानु -६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ)
    …
    १,
    बेच्न सक्तैनन् दुख
    पैसाको पछाडि लागिरहन्छन
    किन्न सक्तैनन सुख ।
    ✍️केपि गौतम
    …
    १,
    मनमा चोट लाग्दा
    भविष्य अन्धकार हुन्छ
    परिवारदेखि टाढा भाग्दा।
    २,
    परदेशिन पर्‍यो कमाउन
    एक्लै हुँदा बाहिर
    कहिले सकिन रमाउन।
    ३,
    मनको घाउ चर्किॅंदा
    लाग्छ सधैँ आफ्नो
    प्यारो गाउॅं फर्किँदा।
    ✍🏻अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    …
    १,
    बुझ्दैन केही कुरा
    सम्झाउन खोज्छु तर
    पछाडिबाट हान्छ छुरा ।
    २,
    यो कलियुग हो
    फुर्सद छैन सोच्न
    मान्छे छ को ?
    ३,
    चीनमा छ खासा
    कस्तो भो समाज
    दुनियाँको हेर तमासा !
    ✍️दीप गोले तामाङ
    रौतहट
    …
    १,
    कोपिला नटिपौँ फूलको
    ढकमक फुल्न दिउँ
    समिक्षा गरौँ भुलको।
    २,
    लेकमा फुल्यो धॅंगेरो
    मौरी भॅंवरा रसमा
    भुरभुर गर्दैछ भॅंगेरो ।
    ✍️चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    …
    १,
    बिर्सन सकिन्न माया
    तिमी पहिलो प्रेम,
    जतिसुकै लाग दायाँबायाँ ।
    २,
    सकिन मैले भुल्न
    तिमी परिवर्तन भयौ,
    थालेपछि अर्कोतिर डुल्न।
    ✍️शंकर कार्की
    मकवानपुर
    …
    १,
    हातैमा छ डाडु
    जसरी बाढे पनि
    अघि आउँछन् साढु ।
    ✍️प्रेम थापा “मन”
    बागलुङ
    …
    १,
    आफ्नै हुन्छन् कथा
    कथाकै थुप्रो बोकेर
    बित्ने गर्छन् बेथा।
    २,
    समाज कता जाँदैछ
    विकृति र विसङ्गति
    कसले खनी खाँदैछ।
    ३,
    विकासको बाटो खन्ने
    मुखिया छन् देशमा
    समृद्धि आयो भन्ने।
    ✍️होमप्रसाद नेउपाने
    धरान,सुनसरी
    …
    १,
    जतिसुकै घृणा गर
    म हिम्मत बढाउँछु
    कहिल्यै हट्दिन पर।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्वे
    …
    १,
    बाँधिएका छन हात
    समाजमा चलेको रीति
    वर्ग विभाजित जात!
    २,
    संस्कृति, संस्कार, धर्म
    मानिसले टाउको समाती
    भन्छन् जीवनको कर्म !
    ३,
    मठ ,मन्दिर पाठ
    जति धर्म अपनाऔॅं
    जानुपर्ने  छ मसानघाट !
    ✍️रबि पौडेल
    दक्षिण भारत पाण्डेचरी
    …
    १,
    कस्तो लाग्यो डर
    मनले मनलाई डरायो
    चाहियो तिम्रो भर।
    २,
    तिम्रो कस्तो चाल
    सबैलाई आफ्नो बनायो
    यस्तै छ माल।
    ३,
    तिम्रो हाम्रो कुरा
    भन्नु कसैलाई मिलेन
    सुने हान्छ छुरा ‌।
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ, भारत
    …
    १,
    सधैँ वैरभाव किन ?
    क्षणभङ्गुर छ जिन्दगी
    सामुछ मर्ने दिन !
    २,
    नगर्नु झुटो तर्क
    सजिलो हुँदैन मृत्यु
    पुर्‍याउँछ दम्भले नर्क !
    ३,
    सर्वत्र छायो अत्याचार
    न्याय बिक्रीमा छ
    रुँदै बस्छ सदाचार ।
    ✍️ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
    इटहरी १ सुनसरी
    …
    १,
    जुँगा छोपेर गर्‍यो
    तिमीले बहस हामीसँग
    त्यसैले जालमा पर्‍यो ।
    २,
    बिर्सेर आफ्नो औकात
    उडान भर्न खोज्दा
    बाँधिदियौँ तिम्रा हात l
    ३,
    सुन्दैनौँ तिम्रो बिन्तीभाउ
    जबसम्म लगाउन छोड्दैनौ
    कड्किॅंदै जुँगामा ताउ l
    ✍️बाबुराम गौतम
    गुल्मी
    …
    १,
    नाकमा कालो नपोत्नु
    अरूमा हिलो नछेप्नु
    जीवन बन्छ सुन्दर।
    ✍️कमला देवकोटा
    पाल्पा
    …
    १,
    बिमारीको खाना जाउलो
    शरीरको शक्ति कमले,
    उपचारमा गयो ताउलो ।
    २,
    अनिलले ल्यायो तापमा,
    महॅंगीले पार्‍यो पीरमा,
    ठग्नेहरू पर्लान् महापापमा ।
    ✍️जी.वि.
    प्यूठान (हाल – घोराही -१४ दाङ )
    …
    १,
    चिसो बढ्दैछ ज्यानमा
    राहत नपाउने पीडित
    कोही छैन ध्यानमा ।
    ✍️राज बहादुर बडुवाल
    कनकसुन्दरी-५,जुम्ला
    …
    १,
    आफनै गाउँ राम्रो
    जतासुकै गए पनि
    स्वर्ग नेपाल हाम्रो।
    २,
    विदेश जान्छन् खुरुरु
    चाडपर्व जब आउॅंदाखेरि
    मोबाइलमा रुन्छन् धुरुरु।
    ✍️सविता भट्टराई
    जनकपुरधाम
    …
    १,
    आस्थावान्लाई सहज लाग्दछ
    मैलो बेकार मनको
    कुबुद्धि सबै भाग्दछ ।
    २,
    असम्भवमा कृपा माताको
    पक्का गहिरो सम्बन्ध
    गाँसिन्छ यहाँ नाताको ।
    ३,
    सुकर्मसँग भाग्य जाग्दछ
    दिव्य ज्ञानीले जगमा
    तनको माया त्याग्दछ ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    …
    १,
    देख्थे बाक्लो बोक्रो
    अझै छोडेको रहेनछ
    पल्लाघरे साइलोले कोक्रो ।
    २,
    बोकेर हिॅंड्दा धोक्रो
    गाह्रो भयो एकदमै
    त्यसैले फुल्यो घोक्रो।
    ३,
    नबुझी गर्दा काम
    अगाडि बढ्न मुस्किल
    हुन्छ उल्टै दुर्नाम ।
    ✍️दीपा गुरुङ ‘समभाव’
    दुबेकोल खोटाङ
    …
    १,
    जनता ढाँटने काम
    गर्छ जो जसले
    आखिर हुन्छ बदनाम ।
    २,
    माया अनौठोको हुने
    एकदिन बोल्न नपाउँदा
    मन धेरै रुने।
    ३,
    बुढेसकालमा डर लाग्ने
    छैन कोही साथमा
    सहारा कोसँग माग्ने ?
    ✍️राज कुमार राजभण्डारी खोटाङ्गे
    ऐसेलुखर्क ३ खोटाङ हाल भक्तपुर
    …
    १,
    जाडोमा उराठ लाग्यो,
    वनभोज खेल्ने सल्लाहले,
    मनमा जाँगर जाग्यो।
    २,
    मुटुमा माया अल्झियो,
    तिम्रो तस्बीर देखेर,
    सम्झनाको घाउ बल्झियो।
    ३,
    एकान्त जुनेली रात,
    आयो तिम्रो याद,
    दिलमा पऱ्यो घात।
    ✍️देव स्याङ्देन
    कालेबुङ
    …
    १,
    काँडालाई फूल भनेर
    अँगाल्छ दुनियाँ कठैबरी 
    पागलपनको प्रेमी बनेर ।
    २,
    मायामा नहोस् खोट
    बिछोडको पीडा बोकी
    खप्न नपरोस् चोट ।
    ✍️विवश पारदर्शी
    झापा
    …
    १,
    उसले यस्तै सिकायो
    काम केही गरेन
    आफ्नो कुरा बिकायो ।
    २,
    कुरा बुनेर माल
    सुन्छौ कुरा गफी
    यस्तै छन् चाल ।
    ३,
    फुलाङ्गो रोपेर खाली
    आफैँ बिगार्ने काम
    हाम्रो बेकामे ताली ।
    ✍️रामप्रसाद पुरी
    बादेल, खोटाङ
    …
    १,
    कुरेर बस्छन् वर्षभरि
    मान्छन् माघीको पर्व
    मनाउॅंदै रमाइलो गरी ।
    २,
    पाए मिठो खान्छन्
    मिलेर एकजुट भई
    नपाए अन्तै जान्छन् ।
    ✍️सुनगाभा पोखरेल
    कपिलवस्तु
    …
    १,
    पत्थरमा खोजेँ पालुवा
    आफैँलाई निराश बनायो
    माटो थिएन बालुवा ।
    २,
    जीवन आफ्नो थियो
    दोष अरूलाई थोपर्दा
    भाग्यले धोका दियो ।
    ३,
    बेलैमा बुझ्नुपर्ने कुरा
    काम आफूले नगरे
    हुँदैन सपना पुरा ।
    ✍️पुष्पा राई
    खोटाङ
    …
    १,
    माघीमा खाइयो ढिक्री
    मेला र महोत्सवमा
    धेरै भयो बिक्री ।
    २,
    हुन्छ माइतीको आस
    माघ महिना चेलीबेटीलाई
    जबसम्म हुन्छ सास ।
    ✍️धनमाया चौधरी
    कैलाली
    …
    १,
    सम्बन्धमा भयो वारपार
    समस्या बुझ्न नसकेर
    भयौँ दुई किनार।
    २,
    शङ्का हुन्छ मायामा
    अन्यथा सोच्नु पर्दैन
    रुखको शीतल छायामा।
    ✍️खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    …
    १,
    घृणामा पनि आउँछ
    मन च्यातेर हेर्दा
    तिम्रो तस्बिर पाउँछ।
    २,
    बाँच्ने कोसिस गर्दैछु
    भित्ताको तस्बिर हेरेर
    लामो स्वास फेर्दैछु।
    ३,
    जत्ति नै कुरा
    गरे पनि भए
    सपना सबै अधुरा।
    ✍️कला ढकाल
    झापा
    …
    १,
    बादल फाटेर घाम
    गाउँ सहरमा सबैले
    गर्न सजिलो काम !
    ✍️आर्त अकुलीन
    …
    १,
    फाट्दैमा एउटा पानो
    सकिन्न जिन्दगीको किताब
    न भइदिन्छ सानो !
    २,
    सपना ठुलो पालौँ
    लागिरहौ निरन्तर कर्ममा
    समय खेर नफालौँ !
    ३,
    जो हाँस्नसक्छ हारमा
    तिलाञ्जली दिॅंदै आँसु
    मानिन्छ महान् संसारमा !
    ✍️वसन्त अनुभव
    दाङ
    …
    १,
    धनीको घरमा मगमगाएको
    झोपडीको हालत खराब
    जाडोले रातभरि जगमगाएको।
    २,
    ठुलाबडा बाफिलो भोजनमा
    शितलहरमा कठ्याङ्ग्रिएको झोपडी
    अभावभित्र नमिठो रोदनमा।
    ३,
    पुग्दैनन् कन्दरामा आँखाहरू
    मौसमका पीडाहरू खपिरहेका
    जर्जरमा पर्छन् पाखाहरु।
    ✍️घनश्याम पन्त
    हरिवन सर्लाही
    …
    १,
    हे ! प्यारो मित
    वैरभाव किन व्यर्थै
    लगाऊ मिठो प्रीत।
    २,
    सकिन्छ राम्रो गर
    अरूले गरेको काममा
    भाजो हाल्न नसर।
    ३,
    सोचौँ सबैको हित
    एकाअर्कामा हातेमालो गर्दै
    गाऔॅं एकताको गीत।
    ✍️अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ, भारत।
    …
    १,
    मानिएको सही श्रम
    उपासना शब्दहरू पनि
    राखनुहोस् सृजना क्रम ।
    २,
    सम्भावना छ अपार
    यी झिल्का कविताहरू
    लेख्नुहोस् दुई, चार ।
    ✍️संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत
    …
    १,
    हिउँदको मौसममा वनमा
    एकान्त प्रेमी मान्छे
    आनन्द छाउँछ मनमा ।
    २.
    मनको पीडा बुझ्ने
    कोही छैन संसारमा
    आँसुले परेली रुझ्ने ।
    ३.
    बिर्सन खोज्दा विगत
    भइदिन्छ झन् ताजा
    प्रयास गर्नु फगत
    ✍️साबित्री प्याकुरेल
    धादिङ
    …
    १,
    उसैको सङ्कट हर्छ
    ईश्वरको विश्वास गरी,
    जसले पूजा गर्छ ।
    २,
    निरोगी हुन्छ ज्यान
    फलार खाएर मात्रै
    स्वस्थानीको लिऔॅं ज्ञान ।
    ३,
    निभाउन सकिन्छ अभिभारा
    ईश्वरमा ध्यान लगाऔॅं ,
    कष्ट मेटिन्छ सारा।
    ✍️सीमा कार्की समर्पण
    मेल चोक पर्सा।
    …
    १,
    आफ्नो जिम्मेवारी
    अब निभाइदेऊ मलाई
    नगर धेरै मनपरि ।
    २,
    पन्चेबाजा घरमा बजाएर
    यसपालिको हिउॅंद बोलाउॅंछु
    सिउॅंदोमा सिन्दूर लगाएर ।
    ३,
    जन्मघर लाइ छोडेर
    जाँदैछु म यसपालि
    पराईसॅंग नाता जोडेर ।
    ✍️जानुका बास्कोटा
    काठमाण्डौं
    …
    १,
    आउँछ अविश्वासको भेल
    बुझ्नुपर्छ है सबैले
    परिवारमा हुँदा बेमेल |
    २,
    आफू अनुशासनमा रहनुपर्छ
    सम्बन्ध दिगो बनाउनलाई
    दुईचार कुरा सहनुपर्छ |
    ✍️सरिता सेढाई
    धादिङ
    …
    १,
    गर्दै गर्दा राज
    अपर्झट बिग्रेको देखियो
    काम र काम ।
    २,
    नेताका कुरा मिठा
    सुन्दा दुनियाँलाई बनाउने
    चाहिने पैसाका बिटा ।
    ३,
    पराईभन्दा पनि जवानी
    बढी डर आफ्नैको
    गल्ति जब जानीजानी ।
    ✍️ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    …
    १,
    आँखाले परेली बाट्यो
    तिम्रो बाटो हेर्दाहेर्दै
    उमेरले नेटो काट्यो !
    ✍️मन्दिरा सेढाई    
    मलेखु, धादिङ
    …
    १,
    बनको काँडा तिखार्नु
    पर्दैन भन्दछ सबैले
    शब्दहरू धेरै निखार्नु ।
    २,
    पर्दछ मन डुलाउनु
    आकाश पाताल घुमेर
    झिल्कामा मन भुलाउनु  ?
    ✍️मोती सुब्बा
    …
    १,
    झुलुक्क झुल्कियो झिल्का
    साहित्यिक आनन्द दिलाउँदै
    बेथिति जतिसक्दो मिल्का ।
    ✍️लक्ष्मी रिजाल
    कञ्चनरूप- १२, प्रगतिटोल, रूपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल
    …
    १,
    पुजन गरौँ ईशको
    तर्न भव सागर
    हटाई विष रिसको।
    ✍️तोया नाथ चापागाईं
    दमक, झापा, नेपाल
    …
    १,
    फैलियो बासना एकताको
    जुट्नुपर्छ नारी जगत्मा
    फाल्नुपर्छ दुष्कर्म व्यथाको।
    २,
    प्रकृतिकी साधना नारी
    उठौँ जागौँ एकतामा
    फाल्नु कुकृत्यका झारी ।
    ३,
    नारी सचेतना फैलाउन
    हातेमालो गर्दै बढ्नु
    जीवन बुटी पैलाउन।
    ✍️टिकाराम पुन टिपु
    सल्यान
    …
    १,
    आउॅंछन् जान्छन् जीवनमा
    दुखका दिनहरू महोदय !
    नलागोस् खोट तनमा ।
    २,
    आत्तिनु हुन्न कहिले
    दुखको बेला मानिस
    होसियार हुनु पहिले ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    …
    १,
    नामको लागि हैन
    जनताको कुभलो चिताए
    स्वतन्त्र निष्ठावान् बनिॅंदैन ।
    २,
    जनतासॅंग काम गर्नु
    खान लाउन पुगोस्
    सबैको आँखामा पर्नु ।
    ३,
    जातपात कतै नभनी
    नभनी सानो ठुलो
    बेइज्जती, बेइमानी नगनी ।
    ✍️भोलामान बर्देवा ‘बैरागि माइलो’
    धरान – ८, सुनसरी
    …
    १,
    मानवता असल कर्म
    दुखीको सेवा गर्नु
    हो ठुलो धर्म ।
    २,
    गरेर अरूलाई गाली
    नकारात्मक सोच राखी
    नपारौँ दिमाग खाली।
    ३,
    अतिले हुन्छ खती
    बेलामा होस पुराई
    सुधारौँ आफ्नो मति ।
    ✍️जयनारायण नेपाल
    इलाम ,हाल सूर्य विनायक न पा २ बालकोट ,भक्तपुर
    …
    १,
    सोच्छ देख्न पाइन्न
    जताततै धुवाँ, धुलो
    फोहोर चीज चाहिन्न
    २,
    वातावरण सफा गरौँ
    खाली पाखा डाँडामा
    रुख बिरुवा भरौँ ।
    ३,
    लालीगुराँस छन् पाखाभरि
    डाँफे, मुनाल नाच्दै
    अब नेपाल स्वर्गसरि ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    …
    १,
    किन अचम्म लाग्छ ?
    सदा सदाको समय
    कोसिस सॅंगसॅंगै भाग्छ।
    २,
    गर्नु सम्मान आदर
    सानाठुला सबैलाई हामीले ,
    नगर्नु कसैलाई अनादर ।
    ✍️दुर्गा आचार्य
    मोरङ
    …
    १,
    पहरा त्यो रसायो ,
    फूल फुल्यो बगैचामा ,
    चमेली फूल बसायो ।
    २,
    तारे भीरको खर ,
    गाईभैँसी भोकै छन् ,
    काट्न लाग्छ डर ।
    ✍️बुद्धिप्रसाद सापकोटा
    गैँडाकोट ७,नवलपुर
    …
    १,
    बदलियो संसार धेर
    सामन्जस्य नहोला त्यसै
    आफूलाई बदलेर हेर।
    ✍️कोपिला अधिकारी
    …
    १,
    चञ्चल बेलगाम मन
    जान्छ उडेर दूर
    छोडेर एक्लो तन।
    २,
    नेता करोडौँको गाडीमा
    युवा भाग्य खोज्दै
    पुगेका छन् खाडीमा।
    ३,
    सभ्य बन्ने रहरमा
    मानवता हराएको देख्छु
    आजभोलि हाम्रो सहरमा।
    ✍️ बिके मुखिया
    दार्जिलिङ,भारत।
    …
    १,
    जहाँ इन्कार सत्यको ,
    घर समाज राष्टमा,
    सजिलै देखिन्छ फत्यको।
    २,
    भन्छन् कलियुगको अन्त्य,
    हुन्छ झुटको खेतीले ,
    कथा रहेन दन्त्य।
    ३,
    भोग्दै जानु पर्दा,
    ज्ञानको भकारी भरिने,
    सङ्घर्षले निखारिने गर्दा।
    ✍️मनोहरी पौडेल
    गैडाकोट १
    …
    १,
    चुसाइ दुःखको कारण
    चुसाहाको मुख नटाल्दा
    हुन्न दु:खको निवारण ।
    २,
    नहोला दिन एकनास
    अजर हुँदैन जस्तोसुकै
    अनित्य जीवन खास ।
    ✍️कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    …
    १,
    मार्‍यो यो मायाले
    अॅंध्यारोमा तर्साउॅंछ भन्छन्
    सधैँ आफ्नो छायाले।
    २,
    मिठो बोल सधैँभरि
    एकमुठ्ठी सासको चोला
    पाइन्न घरी घरी ।
    ३,
    देउ सम्पत्ति हुँदा
    मर्दासँगै जादैन केही
    यो कालले छुँदा ।
    ✍️दुर्गा भट्टराई
    मोरङ
    …
    १,
    छैन हावा बलमा
    जुन जनताले खेलेको
    फसेका छन् दलदलमा ।
    २,
    असत्य साँचो हुँदैन
    जनताको शिर नुहेको
    गलत कामले छुँदैन ।
    ३,
    दलभित्र सन्तुष्टि रहेन
    सत्तामा पुग्दा कुर्लनु
    विनासत्ता स्वाद भएन ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    …
    १,
    काँडा जस्तो फूल
    हुँदैन जीवनमा कहिल्यै
    त्यसैले नगर्नु भूल ।
    २,
    हुँदैन छल्न ढाट्न
    लामो छ जीवन
    गाह्रो हुन्छ काट्न ।
    ३,
    सधैँ आफन्तको हेला
    जीवनको काम छैन्
    कालको परोस् फेला ।
    ✍️ललिता गिरी
    सिन्धुली
    …
    १,
    सुगन्धको बास्ना हरायो
    कसरी भनौँ सगरमाथामा
    नेपालको झण्डा फर्फरायो।
    २,
    चोर्न पल्केको बिरालो
    दुधको कराई खाली
    त्यही लाग्छ पिरालो ।
    ३,
    काम छैन सज्जनको
    कसैले पनि बुझ्दैनन्
    पीडा भरिएको मनको।
    ✍️लक्ष्मण देउवा
    डोटी
    …
    १,
    स्वस्थानीको भाव साह्रो
    बुझौँ बुझाऔॅं अर्थ
    स्थानको महिमा साह्रो ।
    २,
    सारा स्वजन सान
    लडौँ देश खातिर
    गाऔॅं मुक्ति गान।
    ✍️हरिगोपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४
    …
    १,
    तराई पहाड हाम्रो
    प्रकृतिले सुन्दरता खन्याउनाले
    नेपाल स्वर्गभन्दा राम्रो ।
    २,
    ढिँडो सिस्नो खाऊँ
    कर्म जता गरेपनि
    नेपाली भन्न पाऊँ ।
    ३,
    गुन्यु चोली लाउँदा
    गर्वले फुल्छ छाती
    नेपाली भन्न पाउँदा ।
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    …
    १,
    लौरो बनाउन रोपेको
    उम्रेछ विषाक्त वृक्ष
    हतियार बन्दै खोपेको।
    २,
    अपमान नसहेकै राम्रो
    हावाले पात हल्लाउँछ
    कपटीको बोली चाम्रो।
    ३,
    खै ! कता हराए
    चाँदी जस्तो हिमाल ?
    भन्दै आमा कराए !
    ✍️राजेश्वरी राजोपाध्याय
    ललितपुर

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५२ सम्पन्न

  • २५ माघ २०८१, शुक्रबार ०८:३२ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ५२ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५२ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    १,
    साधनामा बनेर मार्गदर्शक
    कालजयी सिर्जना जन्माए,
    इतिहास बन्दछ आकर्षक ।
    २,
    प्रतिस्पर्धी आफ्नो स्वयम्
    रणको जुनसुकै मैदानमा,
    बेकार प्रदर्शनको अहम् ।
    ३,
    हाँसउठ्दो जुँगाको लडाइले
    फाइदा तेस्रोलाई पुग्छ,
    नोक्सान गर्छ बलमिचाइले ।
    ✍️म्यामराज राई
    भोजपुर
    …
    १,
    भन्दैन आफ्नो पराई
    भूकम्पको उत्पत्ति हुँदा,
    बस्छन् सबै डराई ।
    २,
    सानु कुनाकाप्चा नजाऔॅं
    भूकम्पको धक्काबाट बाच्न,
    खुल्ला ठाउँमा धाऔॅं ।
    ३,
    धनजनको नास गरायो
    दिएर कष्ट हामीलाई,
    भूकम्पले के पायो ?
    ✍️सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    …
    १,
    हरपल गरौँ साधना
    मनबाट मौलाउने गर्छन्
    भित्री मनका भावना ।
    २,
    ठुलो रुख ढल्छ
    अहम्ता गर्छ जसले
    स्वयम् चितामा जल्छ ।
    ✍️केसर बोहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम (हाल भारत )
    …
    १,
    जलिसक्यो जल्नु अति
    अब जल्नु छैन
    अब हेर्दैनन् रति।
    २,
    सधैँ हात जोड्नुपर्ने
    सरकार भयो नालायक!
    जनताले अब गर्ने ।
    ३,
    जनताको नासो हेर
    जनताले नै लिन्छन्
    नतिजाले देखायो धेर।
    ✍️ वेदु न्यौपाने
    …
    १,
    क्षमता बेगर मच्चियो
    बेतालको मान्छे आज
    अन्यौल भई थच्चियो ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    …
    १,
    समयले धेरै सिकायो
    मान्छेको झुटो वचनले
    सबै विश्वास बिकायो ।
    २,
    मनै भयो खाली
    लाग्न थाल्यो सबै
    किन हुन्छन् जाली ?
    ३,
    बिरालो बनी आउने
    दुःख दिन अरूलाई
    व्यर्थै किन धाउने ?
    ✍️पुष्पा राई
    खोटाङ
    …
    १,
    फाटेको कपडा तुनिन्छ
    मुटुको घाउ भन
    अब कसरी पुरिन्छ ?
    २,
    नठोक मुटुमा किला
    सहुँ म कसरी ?
    देखायौँ विचित्रको लीला ।
    ३,
    सुनैसरि यो जीवन
    पित्तल भो अब
    टुटायौँ सम्बन्धको रिबन ।
    ✍️देव मगर
    तिनाउ-१, कचल,पाल्पा
    …
    १,
    पङ्खा फिॅंजाएर चरा
    आकाशमा उडिरहेको बेला
    बाजले टिप्यो कठैबरा !
    २,
    अब हातहरू नकमाऊ
    बाँच्छ देश भने
    बरु हतियार समाऊ ।
    ३,
    फूलहरू फुल्न देऊ
    निमोठेर कलिलो कोपिला
    नफक्रॅंदै ज्यान नलेऊ ।
    ✍️ध्रुव श्रेष्ठ
    खोटाङ ।
    …
    १,
    जातले नटुटोस् दिल
    हामी एक बनौँ
    गाड्दैनन् शत्रुले खिल।
    २,
    नेपाली हामी वीर
    झुक्दैनौँ कसैका सामु
    सगरमाथा हाम्रो शिर।
    ३,
    वीरहरूको गाथा अमर
    तिनैका सन्तान हौँ
    छ गर्वको स्वर।
    ✍️सतीश पण्डित
    भानु – ६ चुँदी, तनहूँ (हाल चनपा ६ मातातीर्थ)
    …
    १,
    गरौँ सबैले साधना
    त्यसैको लागि सधैँ
    गर्नुपर्छ दिनहुँ वन्दना।
    २,
    आफन्तको भएमा लडाइ
    फाइदा अरुलाई पुग्छ
    आफ्नाको हुन्न बढाइ।
    ३,
    सिकौँ समयसॅंगै चल्न
    यसलाई काट्न खोज्दा
    सक्तैन कहिल्यै फल्न।
    ✍️अर्जुन प्रसाद चौलागाई
    हालः-अमेरिका,बोस्टन।
    …
    १,
    नबसून् खाली हात
    उद्यमी बनून् सबै
    नलागोस् कहिल्यै मात।
    ✍️सतीश सिकारु
    चुँदी तनहूँ
    …
    १,
    चेतना फैलाऔॅं समाजमा।
    वन्यजन्तु, जङ्गल जोगाउनु
    डढेलो नलगाउनु वनमा ।
    २,
    रुन्छिन् आमा हेरेर
    धिक्कार्छिन् फेरि आफैलाई 
    शासन सत्ता देखेर
    ✍️भुपेन्द्र राना मगर
    धादिङ
    …
    १,
    मनोरन्जनको लागि खेला
    सस्तो सामान पाउन
    लगाइन्छन् अनेकौँ मेला।
    २,
    भन्छन् घुस नखाने
    भित्रभित्रै पैसा चल्छ
    टेबलमुनीबाट पोको लाने।
    ३,
    खोटा सिक्का चल्छन्
    गतिलोको भाउ छैन
    विद्वानले खुट्टा मल्छन्।
    ✍️नवराज भट्ट
    कञ्चनपुर
    …
    १,
    खेती गरेर खान
    छँदैछ जमिन हाम्रो
    पर्दैन परदेश जान |
    ✍️सरिता सेढाई
    धादिङ
    …
    १,
    जिन्दगी सङ्घर्षमा जिउनुपर्छ
    रुघाखोकीबाट जहिले बच्न
    पानी उमालेर पिउनुपर्छ !
    २,
    लगाउदा देखिन्छ चिटिक्कै
    भुवाको न्यानो कपडा
    लाग्दैन चिसो फिटिक्कै !
    ✍️हिरामाया श्रेष्ठ
    …
    १,
    कुर्सी मोहमा परे
    घर झगडा देखाउँदै
    दाजुभाइ नै लडे ।
    २,
    युवा अब उठ्नुपर्छ
    पूव पश्चिम सबैतिर
    विकास गर्न जुट्नुपर्छ ।
    ३,
    गाउँघर शून्य हुँदैछ
    छोराछोरी सहर छिरेपछि
    बाआमाो मन रुँदैछ।
    ✍️कला ढकाल
    झापा
    …
    १,
    जिन्दगीमा भयो दुख
    धैर्यता गरेँ मैले
    आउँदो रहेछ सुख।
    २,
    उ घमण्डी थियो
    सहनुमात्र गाह्रो रहेछ
    उपरवालाले सजायँ दियो।
    ३,
    यात्रामा दुख पाएँ
    पैसाले काम गरेन
    फुटपाथे खाना खाएँ।
    ✍️चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    …
    १,
    मनमा लागे खिल
    भन्नु यहाँ साह्रो
    खिन्न रहन्छ दिल।
    २,
    सबैलाई आफ्नो चाहिन्छ
    यस्तै हुन्छ सबैको
    कसैले मात्र पाइन्छ।
    ३,
    जलेर खरानी भयो
    मनको हरेक चाहहरू
    जवानी उसै गयो।
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ, भारत
    …
    १,
    तराई, पहाड, हिमाल
    मेचीदेखि काली हुँदै
    फैलिएको हाम्रो नेपाल ।
    २,
    अनेकतामा छ एकता
    विश्वमाझ परिचित हुनु
    हामी नेपालीको विशेषता ।
    ३,
    एकतामा हुन्छ बल
    विकासमा जुटौँ सबै
    नगरौँ कुनै अलमल ।
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    …
    १,
    बिर्सिदिनु बितेका कुरा
    साहस बढाउनु अगाडि
    सुल्झाउँदै काम अधुरा।
    २,
    मेटिँदैन भाग्यमा लेखेको
    कर्मले बनाउने भाग्यलाई
    उज्यालो भविष्य देखेको।
    ✍️होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    …
    १,
    नफुटोस्  मनको बाँध
    देशको विकास गर्नलाई
    थापौँ समृद्धिको काँध ।
    ✍️प्रेम थापा “मन”
    बागलुङ
    …
    १,
    लुछाचुँडी ज्यान फाली
    शक्ति बाँडफाँड गर्दागर्दै
    सकेनन् राख्न सम्हाली।
    २,
    उधमशील हातहरूमा ताला
    राष्ट्रघाती सबैलाई घेरेर
    तर्नुपर्छ तिनका छाला।
    ३,
    एकतामा निरङ्कुशता जडेर
    शासक भनाउँदा नालायक
    जाँदैछन् गल्लीहरूमा सडेर।
    ✍️घनश्याम पन्त
    हरिवन सर्लाही
    …
    १,
    झार्छन् आँसुको धारा
    बनावटी रुवाइ देखेर
    हाँस्छन् आफन्त सारा।
    २,
    इमानदारीलाई हाल्छन् जेल
    भ्रष्टाचारीको संरक्षण गर्नु
    देखाउँछन् नेताले खेल।
    ३,
    नाराबाजीले देश बन्दैन
    नेताको झोले बन्नेलाई
    कसैले राम्रो भन्दैन।
    ✍️राज कुमार राजभण्डारी खोटाङ्गे
      ऐसेलुखर्क ३ खोटाङ (हाल भक्तपुर )
    …
    १,
    मन परेर खास
    बगैँचाको सौम्य फूल
    लाग्छ धेरै आस !
    ✍️आर्त अकुलीन
    …
    १,
    लिउँ प्रभुको नाम
    क्रमशमा सधैँ जगमा
    बन्दै जानेछ काम ।
    २,
    दुष्टको नहुने नामोनिशान
    सफल बन्नकालागि नित्य
    गरौँ प्रभु गुणगान ।
    ३,
    दिव्य दान अङ्गदान
    त्यसैले नित्य गरौँ
    प्रभुको भक्ति रसपान ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    …
    १,
    मालीको स्याहार फूलबारी
    शीत ताप बचाई
    प्रकोपको झट्का लघारी।
    ✍️कमला देवकोटा
    पाल्पा
    …
    १,
    सास हुन्जेल आस,
    कसलाई नहोला हेर
    स्वर्गमा बस्न बास !
    २,
    धेरै हौसिॅंदा पनि
    कहाँ लाग्छ दाना ?
    ढल्नुपर्छ कुप्रो बनी ।
    ३,
    कस्को नहोला कमजोरी,
    फसाउन तत्पर हुन्छन्
    काली अनि गोरी ।
    ✍️दीपा गुरुङ समभाव
    दुबेकोल खोटाङ
    …
    १,
    स्वार्थ झाङ्गिएर आयो
    हलचल भयो धरती
    सारा जगत् डरायो !
    २,
    जतासुकै हुन्छ धोका
    हरेक क्षत्रमा आत्मघाती
    भोका भेटिन्छ बोका ।
    ✍️विवश पारदर्शी
    झापा
    …
    १,
    पुस जानै लाग्यो
    बढाएर चिसो धेरै
    दिनप्रतिदिन तातो जाग्यो ।
    २,
    पोल्नु पोल्यो पट्टाले
    कठाङ्ग्रिॅंदो चिसोले मेरा
    न्याय धपाउने सट्टाले ।
    ३,
    भन्नैपर्छ अब खबर
    अब पुस भन्दाभन्दै
    राख्न सकिॅंदैन शबर ।
    ✍️ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    …
    १,
    दुःख नै खेपेर
    कति बस्छौँ नेपाली
    हामी सधैँ हेपिएर ।
    २,
    अब त जुट्नुपर्छ
    राष्ट्रियता खतरामा छ
    नेपाली हो उठ्नुपर्छ ।
    ३,
    सम्बन्ध हाम्रो नटुटोस्
    गद्दार नेताले गर्दा
    अस्तित्व हाम्रो नलुटोस्।
    ✍️दीप गोले
    रौतहट
    …
    १,
    हात्तीले सिंह मुल्किन्छ
    अर्बौमा लाख तिरेर
    हात हल्लाउदै झुल्किन्छ ।
    २,
    ठगिएका जनता पिरमा
    न्यायालय पनि पक्षपाती
    जनताको लगानी भिरमा ।
    ✍️राज बहादुर बडुवाल
    कनकासुन्दरी -५, जुम्ला
    …
    १,
    एकता दिवस मनाऔॅं
    वीरको गाथा गाउॅंदै
    पृथ्वी जयन्ती जनाऔॅं ।
    २,
    नेपाल एकीकरण गरेका
    एकतामा सबैलाई बाँध्दै
    गोर्खाबाट पृथ्वीनारायण झरेका ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    …
    १,
    नौ शब्दको माला
    झिल्का नलेखी नपढी
    व्यर्थैमा जीवन जाला।
    २,
    जीवनमा हुन्छ घामपानी
    आलस्य गरेर बस्नेको
    बन्दैन सफल जिन्दगानी ।
    ✍️बिके मुखिया
    दार्जिलिङ भारत।
    …
    १,
    समय एकदिन आउॅंला
    जिन्दगी  व्यर्थ  जाँदैन
    अवश्य मौका पाउॅंला ।
    २,
    नलेख्नु जहिले  घोचेर
    हेपाइको सीमा हुन्छ
    लाटो लठुवा सोचेर ।
    ३,
    लेख्दछु झिल्का कविता
    सबै आत्मीय सम्झेर
    चोखो अभिव्यक्ति भविता ।
    ✍️मोती योन्जन सुब्बा  
    दार्जिलिङ 
    …
    १,
    दुख्छ मुटु मेरो
    गरिबलाई मात्रै आउँछ ,
    जताततै समस्याको घेरो ।
    २,
    पहिरिन जितको ताज
    सबैभन्दा पहिला त
    बनाउनुपर्छ असल समाज ।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    …
    १,
    ओभानो आँखाको तालको
    सबैलाई सम्झना सहित
    शुभकामना नयाँ सालको ।
    ✍🏻अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    …
    १,
    चिसो भयो मौसम
    सिरकमा गुटमुटिए पनि
    त्यत्तिकै बढ्छ दम।
    २,
    देखा परेन घाम
    ठण्डी धेरै बढ्यो
    गर्न सकिएन काम।
    ✍️अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ, भारत
    …
    १,
    उचालेर स्याललाई उइ
    राजगद्दीमा राखेर सिॅंगारियो
    घोच्नुपर्यो सत्ताको सुई ।
    ✍️खुनराज कोइराला
    सिद्धलेक -३, धादिङ
    …
    १,
    भाइचाराको डोरी तन्काउँदै
    लागौँ हामी राष्ट्रनिर्माणमा
    एकताको नारा घन्काउँदै ।
    ✍️मन्दिरा सेढाई    
    मलेखु, धादिङ
    …
    १,
    हाम्रो राष्ट्रिय परिधान
    दौरासुरुवाल, कोट टोपीले
    राख्छ नेपालीको सान l
    २,
    गुन्युचोली अनि बर्को
    जस्तो सुन्दर संसारमा
    देखिन्न कतै अर्को l
    ३,
    ध्वजावाहक अग्लो हिमाल
    चन्द्र धरातलबाट पनि
    देखिन्छ अरे बबाल !
    ✍️बाबुराम गौतम
    गुल्मी
    …
    १,
    जनताको अपार माया
    दिमागमा राख्नु सधैँ
    नगर्नु कहिले दायाँबायाँ ।
    २,
    लागेको दाग मेट्नु
    दीनहरूको सेवा गरी
    सद्भाव राखेर भेट्नु ।
    ३,
    समय  बलवान् हुन्छ
    कर्तव्यमा जुट्नु सधैँ
    निम्छरोको मन छुन्छ ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    …
    १,
    लुगा फाटे सिलाउॅंला
    बिचमा दोमन नगर्नू,
    भड्केको मन मिलाउॅंला ।
    ✍️बिबा तामाङ
    दार्जिलिङ
    …
    १,
    भनेर सधैँ ढाँटिन्छ
    दीर्घायु हुन्छ सोझोको
    ढाल्दा सोझो ढालिन्छ !
    २,
    छैन बोलीको भर
    बोल्छन् मुखमा आएको
    नमानी कसैको डर !
    ३,
    ठान्छन् ज्ञानको खानी
    संसारमा केवल आफूमात्र
    समझदार अनि ज्ञानी !
    ✍️वसन्त अनुभव
    घोराही, वसन्तविहार ।
    …
    १,
    रहनु सदा इमानदार
    दुई दिने जिन्दगीभर
    खानुपर्दैन कहिल्यै हार ।
    २,
    रहोस् नयाँ भावना
    एकता दिवसको उपलक्ष्यमा
    सबैमा हार्दिक शुभकामना ।
    ✍️दुर्गा भट्टराई
    मोरङ
    …
    १,
    मान्छेका रहर थरीथरी
    चाहँदैमा सबथोक पाइन्न
    दुराग्रह नराख मनपरि ।
    २,
    परनिर्भर भयौँ हामी
    अपार सम्पदा हुँदाहुँदै
    कहिल्यै भएन दामी ।
    ✍️कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    …
    १,
    उत्साहा राखेर मनमा
    हिडौँ लक्ष्यमा सधैँ
    हरियाली होस् जीवनमा ।
    २,
    सियो बनेर छिरौँ
    इज्जत समालेर जहिले
    दुनियासामु आफू नगिरौँ ।
    ✍️जानुका बास्कोटा
    काठमाण्डौं
    …
    १,
    खास नबुझीकन सत्य,
    बजाइदिन्छन् ताली परर,
    उम्कन्छन् गराई फत्य ।
    ✍️लोक वहादुर छेत्री लामिछाने
    मोदी गा पा वडा नं २ देउपुर, पर्वत
    …
    १,
    नेपाली बनेर हेरौँ
    एकताको तागत बुझेर
    देशको बेथितिलाई फेरौँ ।
    ✍️सुस्मिता अधिकारी
    काठमाण्डौ
    …
    १,
    देखेर साँगुरो बाटो,
    ठेलमठेल हिड्ने गर्दा,
    बल्ड्याङ्ग खाने लाटो ।
    २,
    भिडभित्र बज्छ ताली
    इमान जमान नभएर,
    किनिइन्छ पैसा फाली।
    ३,
    शासन शक्ति भिडभित्र,
    तछाडमछाड खोक्रा कर्म,
    चोख्याइन्छ उनका मित्र।
    ✍️मनोहरी पौडेल
    गैडाकोट १
    …
    १,
    रहर गर्छ ‌मनले
    विश्वास दह्रो पार्न
    किन्न खोज्दै धनले !
    २,
    सुगन्ध थपिरहनु पर्दैन
    अचम्मको  हुन्छ  माया
    अरूले लत्याउँदा मर्दैन !
    ३,
    जीवनमा हाँसो चाहिन्छ?
    हुन्न मात्रै धनले
    ससाना कुरामा पाइन्छ !
    ✍️अच्युत घिमिरे
    सर्पाङ, भुटान
    …
    १,
    एकता नेपालीको शान
    पृथ्वीनारायण हुन् दूरदर्शी
    मान   अथवा   नमान ।
    २,
    परिवर्तनको नाम  लायो
    थियो विविधतामा एकता
    विखण्डन अचेल आयो ।
    ३,
    पुङमाङ  सरकार  आज
    जनतालाई महॅंगीको भार
    ल्याएर भिरेको ताज ।
    ✍️रामप्रसाद पुरी
    बादेल, खोटाङ
    …
    १,
    मान्छेले छाड्यो चिन्न
    मानवता अनि विवेक
    थाल्यो मनमोजी हिन्न ।
    ✍️विष्णु पंगेनी(पाण्डे )
    वालिङ् -स्याङ्जा
    …
    १,
    तिमी परिकल्पना मेरो
    चिन्दिन नभन्नु होला
    नाम बिर्से तेरो ।
    २,
    सँगै जोडिएको नाम
    कसरी बिर्सनु म
    सुनौलो अक्षरको खाम ।
    ✍️धनमाया चौधरी
    कैलाली
    …
    १,
    जिन्दगीको छैन निकास
    अनिवार्य गर्ने गरौँ
    मान्छेले सोचको विकास ।
    ✍️शंकर कार्की
    मकवानपुर।
    …
    १,
    आज हुरीबतास चल्यो,
    सम्झिएर माया तिमीलाई,
    मेरो मुटु जल्यो।
    २,
    सुकेको पात झर्‍यो
    नेताको फोस्रो आश्वासनले,
    बिकासहरू सबै मर्‍यो ।
    ३,
    निरन्तर कलम चलाइ,
    ज्ञानको ज्योति छर्दै,
    समाजको होस् भलाइ।
    ✍️देव स्याङ्देन
    कालेबुङ।
    …
    १,
    आमा म आउँछु
    आफ्नै राष्ट्रको गीत
    गाएर खुसी पाउँछु ।
    २,
    पीडा हुन्छ हजुर
    आफ्नो देश छोड्दा
    यादमा पशुपतिको गजुर ।
    ३,
    लालीगुराँस डाँडामा फुलेको
    बेँसी टार हुँदै
    पहाडको सुन्दरता खुलेको ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    …
    १,
    साहित्यले व्यस्त बनायो
    मनको बिकार पखालेर
    विभिन्न समस्या हटायो।
    २,
    सक्रिय जीवन बनायो
    भावलाई सबै पोखेर
    मनमा शुद्धीकरण जगायो ।
    ३,
    पिरती गहिरो लायो
    अनिवार्य आवश्यक जस्तै
    नशाझैँ मलाई छायो।
    ✍️भगवती दवाडी
    झापा
    …
    १,
    साथी बिचमै छोडेर
    एक्लै लम्केर हिॅंड्छ्यौ
    मर्ला ठेस खाएर।
    २,
    मति बिग्रेका मित्र !
    कति स्वार्थी बन्छ्यौ ?
    देखाउॅंदै कुरूप चरित्र।
    ✍️हरिगोपाल न्हुच्छेँप्रधान
    काभ्रे, साागा बनेपा १४
    …
    १,
    सनातन धर्म जगाउन
    यसपटक प्रयागराजमा महाकुंभ
    भक्तहरूमा अखण्डता ल्याउन ।
    २,
    अलौकिक महाकुंभ पर्व
    शाही स्नानबाट सुरु
    सबै गर्छौ गर्व ।
    ✍️संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत
    …
    १,
    चिसो झनै बढ्दैछ
    तिम्रो याद मुटुमा
    अझै भित्र गढ्दैछ।
    २,
    म दोधारमा परे
    सबै निर्दोष भएपछि
    गल्ती कसले गरे ?
    ३,
    मित्रताको दूरी घटाऔँ
    हामी सबै मिलेर
    देशलाई अगाडि बढाऔँ ।
    ✍️खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    …
    १,
    सुखमा नहौसिनु व्यर्थ
    दु:ख अनि सङ्घर्ष
    हो जीवनको अर्थ ।
    २,
    आत्मबल हो शक्ति
    दुढ विश्वास नहुनेहरू
    गर्छन् केवल भक्ति।
    ३,
    पसिनाको कमाइ मीठो
    देखासिकी गर्नु  ब्यर्थ
    खाऔॅं आफ्नै सिधोपिठो ।
    ✍️जयनारायण नेपाल
    इलाम (हाल सूर्यविनायक – २, बालकोट, भक्तपुर )

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    Posts navigation

    Older posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P