
साप्ताहिक झिल्का लेखन अभ्यासको ६२ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ६२ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१,
कवि लेख्छ कविता
बिम्ब, प्रतीक खेलाउॅंदै,
कालजयीमा दाँजिन्छ कर्मिता ।
२,
अथाह छ शब्दसागर
मोती टिप्न नचुकौँ,
खेलाँचीमा नफाली नजर ।
३,
दिमाग बन्यो प्रविधि
हात चल्छ बहानामा,
मानव बुख्याचाको प्रतिनिधि ।
✍️म्यामराज राई
भोजपुर
…
१,
देख्छ, पुग्छ त्यहाँ
उछिट्टियो ऊ मोतीविन्दुसॅंगै,
अन्धो भविष्य जहाँ ।
✍️दिलचन्द क्षत्री
…
१,
झिल्का लेखेर हेरौँ
शुद्ध या अशुद्ध
मिलेन भनेर नकेरौँ !
२,
सिमाना काटिएको ठाउँ
किन साँगुरो हुँदैछ ?
म जन्मेको गाउँ !
✍️रवि पौडेल
दक्षिण भारत पाण्डेचरी
…
१,
प्रतिगामीले उठायो सिर
आज नेताहरूले गर्दा
गणतन्त्रले पच्छ्यायो भिर।
२,
हुन्छ फेरि जेल
लुट, फुट उस्तै
विदेशकै हो खेल।
३,
सङ्घीयताले गरायो फेल
देशमा गणतन्त्रको अवस्था
नेता विदेशका रखेल।
✍️सुरेशकुमार पाण्डे
घोराही – १८, दाङ
…
१,
कतैबाट पापी संसार
दृष्टि न हो,
आहा ! छ यार ।
२,
कोही नदेखी देख्छ
मनको आँखाले होला
कोही हतासिएर लेख्छ ।
३,
जीवन र जोवन
कतै कपास जस्तै
कतै गरुँगो मन ।
✍️अम्बिका प्रसाद कोइराला ‘अकेला’
कानेपोखरी, मोरङ
…
१,
एकदिन पश्चात्तापले पोल्नेछ
ए दलालहरू अब !
तिम्रो पोलहरू खोल्नेछ ।
✍️ दीप गोले तामाङ
रौतहट
…
१,
बनेर तिमी खास
विश्वास जित्यौ तिमीले
हौ मेरो प्रकाश।
२,
मनको डरलाई बिसाऊ
गन्तव्य चुम्ने लक्ष्यमा
कदमहरू अघि बढाऊ।
३,
साँझमा बत्ती बल्छ
कलमभन्दा किबोर्ड प्यारो
मोबाइलमा संसार चल्छ।
✍️सतीश पण्डित
भानु – ६, चुँदी, तनहूँ ( हाल चनपा ६ मनतातीर्थ )
…
१,
नारी सिङ्गो प्रकृति
बुझ्न पर्छ सबैले
बचाउन हाम्रो रीति ।
२,
आधा आधा बाँडेर
बनाउनु छ देशलाई
हुन्न रिसराग साँधेर ।
३,
नारी हुन दीप्ति
घर चलाउने परी
बनाउने सबैलाई तृप्ति ।
✍️कोपिला समीक्षा
खार्पा, खोटाङ
…
१,
कमिलाको प्वाँख आयो
उड्यो, डढ्यो आगोमा
पखेटाले मृत्यु पायो।
२,
जीवनमा घमण्ड नगर्नु
बिस्तारै जाँदा पुगिन्छ
हडबडले दुर्घट्नामा नपर्नु ।
✍️चुडामणि देवकोटा
पुरानो नैकाप काठमाण्डौ
…
१,
जीवनको कथा झल्किन्छ
मनको भाव कवितामा
व्यथा सबै छल्किन्छ ।
२,
आफ्नो काम गर्नु
खेरो समय जान्छ
उत्साह मनमा भर्नु ।
३,
दुनियाँको पछि नलाग्नु
पुर्याउॅंदैनन् तिनले गन्तव्य
काम कर्तव्यसँग नभाग्नु ।
✍️पुष्पा राई
बादेल, खोटाङ
…
१,
युवाहरू सडकमा चम्केका
नेपाल आमा रोइरहेकी
राष्ट्रघातका विरुद्ध लम्केका।
२,
वायु बबण्डर चलेपछि
रोक्न कसको तागत
हृदयमा आगो बलेपछि।
३,
धर्तीमाताले राजभक्त रोजेकी
राष्ट्रघाती ब्वाँसाहरू पिपासु,
उदाङ्गो बनाउन खोजेकी।
✍️घनश्याम पन्त
हरिवन सर्लाही
…
१,
नारी सृष्टिको खानी
नगरौँ सबैलाई हेला
हुँदैन कसको हानी ?
२,
सधैँ भावनामा डुबेर
लेख्छु कविता तिम्रो
हराए देख्छौ भनेर।
✍️एवाइ प्रभात
धनकुटा
…
१,
कस्तो रहेछ भीर ?
चट्टानले ढाकेको सबै
उस्तै छ पीर।
✍️निमा छिरिङ भोटिया
जलढका कालेबुङ
…
१,
फलेको हाँगो नुग्नलाई
आधार तयार गरौँ
सोचेको कुरा पुग्नलाई ।
✍️प्रेम थापा ‘मन’
बागलुङ
…
१,
बरु देखाऊ, कोरेर
कवि बन्न नखोज
अरूको रचना चोरेर।
२,
यहाँ मान्छे बदलिन्छ।
लाटो किन नहोस् ?
आफ्नोलाई प्राथमिकता दिन्छ।
✍️बेल थोकर तामाङ
मकवानपुर
…
१,
स्वतन्त्र हुनुपर्छ कवि
कसैको बहकाउ नपर्ने
कञ्चन भएर छवि ।
✍️संगीता खरेल
काठमाडौं
…
१,
यादमा भिर पाखा
ज्यान परदेशमा छ,
सम्झनाले रसाउॅंछ आँखा ।
२,
आमा पिँढीमा बसेर
बाटो हेर्छिन् सधैँ
परदेशी छोरो सम्झेर ।
३,
मूल्याङ्कन गर्छन् मेरो
धनी, गरिबको तराजु ,
समाज मेरो सेरोफेरो ।
✍️भुपेन्द्र राना मगर
धादिङ
…
१,
कविता लेखौँ मनले
सुन्दर आउन भावहरू
प्रशंसा गरोस् तनले।
२,
लेखौँ आफैँ कोरेर
जुन बन्छ आफ्नो
लेख्नु हुन्न चोरेर।
३,
ज्ञान बढ्छ पढेर
त्यसै किताब आए
पुगिन्छ हिमाल चढेर।
✍️नवराज भट्ट
कञ्चनपुर
…
१,
स्वदेशको उर्वर माटो
त्यागेर आज युवाहरू
लागेछन् विदेशको बाटो।
२,
चाँडै युवा जाग
स्वर्ग भन्दा सुन्दर
स्वदेश बनाउन लाग।
३,
हटाऊ फोहोर जालो
अब देश बनाउने
युवा तिम्रो पालो।
✍️बिके मुखिया ‘वाङदे’
दार्जिलिङ,भारत।
…
१,
खुसीमा मन हाँस्दछ
मन मिल्नेले जगमा
मात्र माया गाँस्दछ ।
२,
जन्मभूमिलाई माया गरौँ
आफ्नै भाषा संस्कृतिसँग
सदैव अगाडि सरौँ ।
३,
कलङ्कारीले धर्मलाई मास्दछ
नक्कले बानीले आफ्नै
संस्कार संस्कृति नास्दछ।
✍️कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
…
१,
सृष्टिको महिमामय मन
बुझ्न चाहनेले रहस्य
गर्नुपर्छ घोर अध्ययन।
२,
बानी बसिसक्यो देख्ने
पलमै परिवर्तित रूप
विषय बन्छ लेख्ने।
३,
हरे, राम ! घनश्याम !
तीन छक्क पार्ने
महान सृष्टिको तामझाम।
✍️ज्योतिका क्षेत्री
सिलगढी भारत
…
१,
कविता सरिता बनोस्
कालजयी बनेमा उत्तम
यथार्थ ओकल्ने होओस्।
२,
गुम्दै गएको विश्वास
फिर्दै आए कसो ?
छिट्टै घटोस् अविश्वास।
✍️कमला देवकोटा
पाल्पा
…
१,
आखिर सुस्त बोलेर
देखाउँछन् मन सारा
सिस्नोझैँ गरी पोलेर !
✍️आर्त अकुलीन
…
१,
कविता कर्मिता अनुप्रास
अब बल्ल पलायो
झिल्का कवितामा आस !
२,
सागरसँग दाँजेर नजर
मिल्दोरहेछ साथी नचुकौँ
प्रविधिको प्रतिनिधि अजर !
✍️विवश पारदर्शी
झापा
…
१,
डुब्दै कविताको छालमा
पस्कॅंदै सृजना नवीनतम
रमाउनुछ छन्दहरूको तालमा।
✍️तोया नाथ चापागाईं
दमक, झापा
…
१,
वसन्तले फुलाएझैँ तिल्का
तिता मिठा भावहरू
पोखेर लेखौँ झिल्का।
२,
अभ्यास गरे बारबार
सिकिॅंदो रहेछ लेख्नु
गुरूको निर्देशन अनुसार।
३,
सतत नमन मेरो
मार्ग निर्देशक गुरुहरूलाई
घुमेर सात फेरो।
✍️पुष्पा सुवेदी
नेपालगन्ज, बाँके
…
१,
पहाड, पखेरा, तराई
झिल्काले समेटौ सबै
कोही नहोस् पराई ।
२,
अतिक्रमणले सीमा नाघेर
खोसेर लान्छु, भन्छ
ब्वाँसोहरू लोभमा लागेर ।
✍️मोती योन्जन सुब्बा
दार्जिलिङ
…
१,
चाहिन्न आकाशको तारा
चोखोनितो माया देऊ
सजाएर दिलमा प्यारा !
२,
झर्दिनँ अवश्य नाथ
निरन्तर यो सासले
जबसम्म दिनेछ साथ !
३,
माया कहिल्यै नघटोस्
जइदिन घट्ला मेरो
जीवनकै अन्तिम होस् !
✍️वसन्त अनुभव
वसन्तविहार घोराही
…
१,
संस्कार संस्कृति जोगाऔॅं
सुन्दर पहिचान हाम्रो
यसका विकृति हटाऔॅं ।
२,
गरौँ मिलेर काम
होस्टेमा हैँसे गरी
राख्नुपर्छ देशको नाम ।
३,
बुझेर मानव मर्म
गरौँ स्वच्छ मनले
परोपकार निष्काम कर्म ।
✍️जयनारायण नेपाल
इलाम ( हाल सूर्य विनायक २, बालकोट भक्तपुर )
…
१,
धेरै चाहिन्न बिज,
काफी हुन्छ झिल्का
उब्जाउन सब चिज ।
२,
पोख्ने हो लेखेरै
सिक्ने हो सबैले
सुनेर देखेर हेरेरै ।
३,
शब्दभित्र छ भाव
भावभित्र हुन्छ शब्द
यसैमा बढ्दैछ लगाव ।
✍️दीपा गुरुङ ‘समभाव’
दुबेकोल, खोटाङ
…
१,
जहाँ पुग्दैन रवि
त्यहाँ पुग्ने गर्दछन्
महान् आदरणीय कवि ।
✍️केसर बोहरा ‘सङ्घर्ष’
सुदूरपश्चिम अछाम ( हाल भारत )
…
१,
बुझ्नुपर्नेले नबुझी गर्दैन
बुझ पचाउॅंछन् विद्धान्ले,
बुज्रुक बन्नु पर्दैन।
✍️लोक बहादुर छेत्री लामिछाने
मोदी गा पा वडा नं २ देउपुर, पर्वत
…
१,
आफूले नै कोर्नु
बदनाम हुनलाई अर्काको
रचना कहिल्यै नचोर्नु।
२,
सधैँ नराम्रो हुनलाई
गर्छौ खराब काम
पछि पछुताएर रुनलाई।
३,
आउ अघि बढौँ
राम्रा अनि मिठा
झिल्का कविताहरू पढौँ।
✍️अनिता भण्डारी
ताप्लेजुङ
…
१,
हाम्रो देश नेपाल
अन्य देशको दाँजोमा
सुन्दर शान्त विशाल ।
२,
अनुपम प्रकृति जोगाऔॅं
जन्मेको हो यसबाट
अनेकन संस्कृतिमा रमाऔॅं ।
३,
देशलाई गरेर फारो
विकास समृद्धिको राख्नुपर्छ
सबै मिलेर ख्यारो ।
✍️राजेन्द्र भुसाल ‘डिल्ली’
अर्घाखाँची
…
१,
बुझ्नु युवाले कुरा
प्रतिगमनको पछि लागे
हुँदैन उद्देश्य पूरा।
२,
जन्मिएको आफ्नै गाउँ
प्यारो लाग्छ सधैँभरि
खेली हिँडेको ठाउँ ।
३,
बनाउँनु स्वच्छ छवि
तबमात्रै हुन्छ वास्तवमा
देशको प्यारो कवि।
✍️राज कुमार राजभण्डारी खोटाङ्गे
ऐसेलुखर्क ३ खोटाङ ( हाल भक्तपुर )
…
१,
नवसर्जक हुनसक्छ विद्धान्
साथमा जगाउने रुचि
झिल्का साँच्चिकै महान् ।
✍️विष्णु पंगेनी पाण्डे
वालिङ्, स्याङ्जा
…
१,
हेरेर सामान किन्नु
असली, नकली जोखेर
कलियुगका मान्छे चिन्नु ।
२,
अक्षर अक्षर तुनेर
बन्दछ सुन्दर कविता
एकेक शब्द चुनेर ।
३,
सुस्त सुस्त बोलेर
भनिदेउ प्यारी झाँईकुरी
मनको कुरा खोलेर ।
✍ राजेन्द्र प्रधान ‘पासा’
दार्जिलिङ
…
१,
गर्नुपर्नेछ असल काम
लानु छैन मरेपछि,
जोगाउन पर्छ नाम।
२,
समाज परिवर्तन गर्न
सुधार्नु पर्छ आफैँलाई,
विकृतिको खाडल भर्न।
✍️शंकर कार्की
थाहा नगरपालिका ३ मकवानपुर
…
१,
मुसुक्क मुस्कुराउनु पर्छ,
जिबनमा पर्ने दु:ख
जति सबै हर्छ।
२,
जानेर नजानेर भए
गल्ती नगर्नु कहिले
सम्बन्ध सुधारेर गए।
✍️दुर्गा आचार्य
मोरङ
…
१,
यन्त्र गर्छ काम
यन्त्रै बनाउनेको इतिहास,
उसकै लेखिन्छ नाम।
२,
मेसिनले दिएको निर्देशन
मानव मान्दै जाँदा,
सोच्नै नपर्दा लोसेपन।
३,
रोग भित्र्याउने यन्त्र ,
निको पार्ने यहीँ
अचम्म जादु, मन्त्र ।
✍️मनोहरी पौडेल
गैडाकोट १
…
१,
झिल्का कविता सोचेर
बोकेर अनेकौँ भावना
नलेख्नु कसैलाई घोचेर ।
२,
मनको भावना फिॅंजाउॅंछु
अनेकौँ कुरा खेलेर
नमिले गुरुलाई लेखाउॅंछु ।
✍️रमा गुरुङ्ग
सालुगडा सिलीगुडी
…
१,
मन्द मुस्कान दिनेले
अहिले घात गरेछ
हाँसेर बीस लिनेले !
✍️धनमाया चौधरी
कैलाली
…
१,
भेदभाव नगरौँ हामी
सबैलाई दिनुपर्छ मौका
असल मान्छे छामी ।
✍️नेत्रबहादुर श्रेष्ठ
ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
…
१,
पानी निरन्तर पिऊँ
स्वच्छ पानी पिएर
निरोगी बनेर जिऊँ ।
२,
विश्वमा शान्ति खोजौं
एकापसमा भाइचारा गरी
सुन्दर संसारलाई रोजौं ।
३,
अरूका रचना नचोर्नु
हृदयभित्रबाट अब आफैँले
मनन गरेर कोर्नु ।
✍️बिपी लामिछाने
दमक, झापा
…
१,
सहिदका आत्मा बोल्नेछ
खेर गयो बलिदान
गणतन्त्रे नेतालाई पोल्नेछ ।
२,
नहोस् विलम्ब सोचौँ
राष्ट्रप्रेमी नागरिक बनी
असल शासक रोजौं ।
३,
बनोस् कलम हतियार
त्यागौँ स्वार्थ मनको
नबनौँ भ्रष्टको मतियार ।
✍️शोभा शाह थापा,
हेटौंडा ४, मकवानपुर
…
१,
मनको मैलो धुनलाई
कवितामा भाव पोखेर
सजिलो हुन्छ रुनलाई ।
२,
दुख बिसाउने चौतारी
कविताले दिन्छ सान्त्वना
हिॅंड्नु पर्दैन भौतारी ।
✍️राधा चाम्लिङ
खोटाङ
…
१,
माइतीमा चेली अटेनन्
काम मात्र चाहिने
दुःख कहिले कटेनन्।
२,
कसैको विश्वास नगर्नु
आफ्नो सम्झेर त
आफ्नैको भर नपर्नु ।
✍️कला ढकाल
झापा
…
१,
झिल्काले सिकायो लेख्न
सबैले ध्यान दिए
सहज संसार देख्न ।
२,
मनको भावना पोखेर
लेख झिल्का कविता
अक्षर अक्षर उनेर ।
✍️बिबा तामाङ
दार्जिलिङ
…
१,
खेती वचनको गरेर
जुटौँ सबै हामी
काँधमा काँध राखेर ।
२,
मनका पीडा भुलिन्छ
एकार्कालाई साटासाट कुरा
पीडा सबै हुत्तिन्छ ।
३,
आदत बदलिएको देखे
मित्रहरूले हिजोआज धेरै
त्यही सम्झनामा लेखे ।
✍️ईश्वर साउद ‘भिक्षु’
रामारोशन गाउँपालिका छ सुदुरपश्चिम अछाम
…
१,
महाङ्काल नगरपालिका धायौँ
जनताको स्वास्थ जाँच्न,
ठुलेदुर्लाङ्ग हेलपोष्ट आयौँ ।
२,
बाटो खराब अति
नागरिक सचेत नहुँदा ,
विकास छैन रति ।
३,
आएका बिरामी हेरेर
डाक्टरले पठाउनु भयो,
समस्याको समाधान गरेर ।
✍️सीमा कार्की समर्पण
मेलचोक पर्सा
…
१,
अहिलेको समय यहाँ
बुझ्नै छैन कोही
कमाउनै खोज्छन् जहाँ ।
२,
नेताले कमाउॅंदा टन्न
जनता चुप लाग्ने
बोल्दैनन् केही धन्न ।
३,
पाँच वर्षे खेती
नेताले हो गर्ने
देखाऔॅ शक्ति चेती ।
✍️राजेशराज गड्तौला
काँडाघारी, काठमाण्डौ
…
१,
चल्यो बतास हुरुरु
सितल छायो मनमा
चरी उड्यो बुरुरु ।
२,
पंक्षीले गुँड लाएछ
कदमको बोटको डालीमा
चारो टिप्न धाएछ ।
✍️बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
कनकाई -४, झापा
…
१,
रमाएर बाँचेको मन
कता कता अन्जानै
सम्झिन्छ त्यो बचपन ।
२,
मिले सहमति दिनु
नमिले केही लाग्दैन
सुझाव फिर्ता लिनु ।
३,
अवस्था बलियो पार्न
साच्चै परेका ठाउँमा
हुँदैन केही बार्न ।
✍️अच्युत घिमिरे
सर्पाङ, भुटान
…
१,
सकारात्मक, सोच राखौँ
परिश्रमको फल मिठो
फल्छन, फलहरू लाखौँ ।
२,
पाट् पाट, जोडेर
असल कार्य गरौँ
घमण्डीपन सबै छोडेर ।
३,
कुण्ड कुण्ड पानी
कलम चल्यो फेरि
लेख्दैछु जानी नजानी ।
✍️जानुका बास्कोटा
काठमाण्डौं
…
१,
कविताका शब्द अभावहरू
कति मिठा हुन्छन् ?
देखाउछ अनेक प्रभावहरू ।
२,
कविता तब हुन्छ
जब भावप्रधान भई
शब्द जो बुन्छ।
३,
कविता चेतनाको दियो
छर्दछ प्रकाश मनमा
बन्दछ जीवनकै मियो ।
✍️देव मगर
तिनाउ~१, कचल, पाल्पा
…
१,
सोचेजस्तो कहिल्यै भएन
थाप्लोबाट गरिब जनताको
ऋणको भारी गएन।
२,
रसिला कुरा गर्छन्
धूर्तहरूको चाल यस्तै
आफ्नै खल्ती भर्छन्।
३,
देशलाई दुख्दा रमाउँछन्
मातृप्रेम नभएका मानिसहरू
लुटेर सम्पति कमाउँछन्।
✍️अरुण कुमार भुजेल
गोरूबथान
…
१,
कविता कविले लेख्ने
अन्तर्हृदयमा रहेको भावना
सबैतिरको छर्लङ्ग देख्ने।
२,
गहिराइमा पुग्छ जब
समेटेर सारा कुरा
लेख्न थाल्छ तब।
३,
दिमाग उसको चारैतिर
अन्तर्मनबाट चलाउँदै गर्दा
नपरोस् कसैलाई पिर।
✍️अर्जुन प्रसाद चौलागाई
हाल:-अमेरिका, बोस्टन
…
१,
देखाए सिद्धान्तको पोको
व्यवहारमा कतैबाट देखिएन
उठाए नोटको डोको ।
२,
देश सबैका साजा
मिलेर हिँड्नु राम्रो
बजिरह्यो अहङ्कारको बाजा ।
३,
चारैतिर आदर्श मरेको
बेथिति हुर्केको देखिन्छ
अराजकता राम्रोसँग सरेको
✍️प्रद्यम्न चालिसे
भक्तपुर कटुञ्जे
…
१,
साधनाले बनिन्छ कवि
अरूको रचना चोरेर
नबिगार्नु आफ्नो छवि l
२,
बोलीले दिन्छ चिनारी
इज्जत खस्किन सक्छ
नगरी बोल्दा तयारी l
३,
ब्रह्म दृष्टिले देखेर
दुनियाँ चाहार्छ कविले
भावको लौरी टेकेर l
✍️बाबुराम गौतम
गुल्मी
…
१,
जीवनमा नगर्नु पाप
मनलाई शुद्ध राखी
भगवान्को नाम जाप।
२,
कर्तव्यबाट मुख नमोड्नु,
दृढताको उदाहरण बन्दै
दिगो छाप छोड्नु ।
✍️देव स्याङ्देन
कालेबुङ
…
१,
जीवन एक उपहार
सँगालेर आनन्दित अनुभूति
सजाउनु आफ्नो मुहार ।
२,
राख्नु आफूलाई कसेर
दुख, सुखको अनुभूति
खोतल्दै आफैँभित्र बसेर ।
३,
निर्माण सकारात्मक चरित्र
जीवन्त बनाउॅंछ जिन्दगी
करुणाले हृदय पवित्र ।
✍️रुना कर्माचार्य दाहाल
चितवन
…
१,
भन्नेले भन्छ नानाभाँती
सुझबुझ आफैँले गर्नुपर्छ
हल्लामा नलाग्नु जाती ।
२,
भएन विधिको शासन
लुच्चो फटाहाको राजले
मुलुक झनझन पतन ।
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
…
१,
सहिदहरूले शान्ति पाऊन्
देशमा झैझगडा नभई ,
सबैमा उमङ्ग छाऊन् ।
२,
शब्दमा भावको भाग
रहेको झिल्का राम्रो
कसैमा नहोस् राग ।
✍️दुर्गा भट्टराई
मोरङ
…
१,
जिन्दगी भए खास
स्वार्थी संसार हजुर
कसैको नगर्नु आस।
✍️सानु जोशी
सुदुरपश्चिम, दार्चुला
…
१,
गर्नुहोस् दैवीहरूको आराधना
नवरात्रि अनुष्ठानको लागि
पूरा हुनेछ कामना ।
✍️संगमानंद पत्रकार
चूरु-राजस्थान, भारत
…
१,
झिल्का लेखेर गाऔॅं
सबै सधैँ मिलेर
अब एकसाथ रमाऔॅं ।
२,
गोठाले जीवन रमाइलो
झ्याउरे गाउॅंदै हिॅंड्दा
मिल्दा माहिलो साहिँलो ।
✍️हरिगोपाल न्हुच्छेँप्रधान
काभ्रे, साँगा बजार बनेपा १४
…
१,
बन्न सकौँ कवि
दियो बालेर चेतनाको
उच्च राखौँ छवि ।
२,
मनमा बगाउँदै सरिता
सकारात्मक सन्देश छर्न
लेखौँ सुन्दर कविता ।
३,
पोखौँ मनका भावना
विश्व कविता दिवसको
सबैमा हार्दिक शुभकामना ।
✍️शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
…
१,
साहित्यको विधा कविता
भाव आफ्नो पोख्ने
चोरेर नदेखाउँ रमिता ।
२,
पुग्छ त्यहाँसम्म कवि
जहाँ रवि पुग्दैन
चोरेर नबिगारौँ छवि ।
३,
कोरौँ भाव कवि
कुना कन्दराका बस्तीको
जहाँ पुग्दैन रवि ।
✍️राज बहादुर बडुवाल
कनकासुन्दरी – ५, जुम्ला
::::::::जय झिल्का साहित्य ! ::::::::