• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८५ औँ भाग शनिबार सम्पन्न

  • २४ पुष २०७९, आईतवार २१:३० मा प्रकाशित
  • काठमाण्डौँ, पौष । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    photo: social media

    अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू

    [१]
    बुढेसकाल
    बोक्नैपर्ने माल
    पापी पेटको सवाल !
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    भरिया
    दु:खको भारी
    परिवार पाल्न सङ्घर्ष ।
    🌑समझना कुसुम
    पोखरा

    [३]
    भाग्य
    काम गर्नुपर्ने
    पर्छ एकदिन मर्नुपर्ने !
    🌑श्याम बोहरा

    [४]
    बुढेसकाल
    जिवन बेसहारा
    भारी भो सहारा
    🌑देवकी

    [५]
    वृद्ध
    बाेकेर भारी
    सन्तान पाल्ने बाध्यता !
    🌑उर्मिला के.शी
    धनकुटा

    [६]
    हाय
    के गरून्
    नियतिले यही चाहेपछि !
    🌑नरेन्द्रबहादुर क्षेत्री
    बुटवल, रुपन्देही ।

    [७]
    नाम्लो
    वृद्धको जाउलो
    भारी बोकेर उकालो !
    🌑भगवती दवाडी

    [८]
    गरिबी
    दुखिया कर्म
    कस्ले बुझ्ने मर्म ?
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [९]
    भारी
    परिवारको जिम्मेवारी
    धान्ने जसरी तसरी !
    🌑सरिता

    [१०]
    परिश्रम
    अनिवार्य आवश्यकता
    अपरिहार्य मार्मिक चित्रण !
    🌑तोया घिमिरे
      शंखमुल, काठमाडौ ।

    [११]
    जिन्दगी
    सङ्घर्षले छानु
    मिहिनेत गरेर खानू !
    🌑Singer, bishal

    [१२]
    दुखित
    कर्म फल
    जुटाउ अन्न जल !
    🌑जमुना कायस्थ
    पोखरा

    [१३]
    वृद्ध
    गरुङ्गो भारी
    भयो देश समृद्ध ?
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [१४]
    वृद्ध
    गरिबीको कारण
    ढाकर मूल्यमा शरण !
    🌑म्यामराज राई
    भोजपुर

    [१५]
    जिम्मेवारी
    बुढो काँध
    ढल्दै गरेको उमेर !
    🌑रिता लामा

    [१६]
    वृद्ध
    पिठ्युँमा भारी
    जीवन भयो भारी !
    🌑गोपाल

    [१७]
    बुढेसकाल
    भनेर नहुने
    साह्रै मन छुने !
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा

    [१८]
    कर्म
    जिवनकाे उत्तरार्धमा
    बर्मा गए कपालसँगै !
    🌑राेशन पराजुली
    धरान।

    [१९]
    वृद्धावस्था
    पिरहरूको भारी
    केवल लठ्ठीको साहारा !
    🌑आर्त अकुलीन
    कैलाली

    [२०]
    टाउको
    भारीको बोझमा
    मन आफ्नाको खोजमा !
    🌑समुन्द्रा शर्मा
    सुनसरी

    [२१]
    गरिबी
    जुटाउन आहारा
    छैनन् बुढेसकालमा साहारा !
    🌑सीता पाण्डेय मरासिनी
    रेसुङ्गा नपा -९,गुल्मी ।

    [२२]
    तस्बिर
    झलक दरिद्र्याइँ
    धिक्कार अचाहिँदो बदख्वाइँ !
    🌑अगस्टीन राई
    पूर्व सिक्किम, भारत

    [२३]
    भारी
    यो जिन्दगीको।
    छैन कतै बिसाउँंनी !
    🌑युगल

    [२४]
    भारी
    बुढेसकालको शरीर
    पुग्नुपर्ने त्यो डाँडापारि !
    🌑हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [२५]
    जीवन
    गरिबको नियति
    बाँच्नु पर्ने बाध्यता !
    🌑कण्ठराज गिरी

    [२६]
    जिन्दगी
    एकमुट्ठी सास
    कति बोझिलो भारी !
    🌑पशपती राई
    खोटाङ

    [२७]
    वृद्धावस्था
    जिउने बाध्यता
    पिठ्युँमा गह्रुङ्गाे भारी !
    🌑नारायण प्रसाद उपाध्याय
    कैलाली ।

    [२८]
    सन्तान
    अत्तोपत्तो भएन
    वृद्धावस्थामा अनेकौँ दु:ख !
    🌑साहित्य प्रेमी सलिन

    [२९]
    जीवन
    छ गुजार्नु
    दु:खलाई नित्य गुहार्नु !
    🌑पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [३०]
    सङ्घर्ष
    जिन्दगीको यात्रा
    नियालेँ विवशता मात्र !
    🌑सविता के.सी.
    काठमाडौँ ।

    [३१]
    भरिया
    पुदैन खान
    पाल्न सकिदैन ज्यान !
    🌑टिकाराम पुन टिपु
    छत्रेश्वरी सल्यान

    [३२]
    स्वाभिमान
    पिठ्युँमा भारी
    हिँड्छ जीवन लतारी !
    🌑गोपे दाजु
    पाँचथर ।

    [३३]
    गह्रौँ
    कर्तव्यको भार
    सन्तानको मायामा हार !
    🌑इश्वरी अधिकारी
    लमजुङ

    [३४]
    भारी
    बोक्छौ जीवनभरी
    कहिल्यै पुगेनौ पारी !
    🌑दुर्गा भमरकोटे

    [३५]
    जिन्दगी
    स्वच्छ मानवता
    एक सङ्घर्षशील यात्रा !
    🌑सरस्वती श्रेष्ठ
    इटहरी

    [३६]
    सङ्घर्ष
    जीवनको यात्रा
    लिला भावीको लेखा !
    🌑चक्र आलेमगर “लाफा”
    कैलाली

    [३७]
    भारी
    बुढेसकाल नभनिकन
    मेहनत गर्ने  साहसिक !
    🌑बिमला पोख्रेल
    अर्घाखाँची

    [३८]
    गरिब
    पुग्दैन खाना
    पाल्न सकिँदैन जहान !
    🌑हिरा तामाङ
    काभ्रे महाभारत 7

    [३९]
    लिला
    दैवको अनौठो
    खेल्नुपर्ने यहाँ सबैले !
    🌑डुकछिरिङ लेप्चा
    मिरिक,डुपटिन

    [४०]
    बाध्यता
    पिठ्युँमा भारी
    गाउँ सहर चौतारी !
    🌑शारदा आचार्य
    ललितपुर !

    [४१]
    बुढेसकाल
    नाम्लोको भारी
    बिसाउने छैन चौतारी !
    🌑साबित्रा देबकोटा
    कैलाली

    [४२]
    हटारु
    भारी बोकी
    परिवार पाल्ने अवस्था !
    🌑चक्र शाही
    कैलाली

    [४३]
    भारी
    आँफूभन्दा ठूलो
    उमेर सत्तरी पारी !
    🌑घनश्याम पौडेल
    पोखरा

    [४४]
    बाध्यता
    परिस्थितिको जालझेल
    कर्म गतिको खेल !
    🌑ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।

    [४५]
    नियति
    हेर कस्तो
    बुढेसकाल पनि नभन्ने !
    🌑धर्मी शाक्य
    बुटवल ,रुपन्देही ।

    [४६]
    नियति
    घट्दो उमेर
    बढ्दो भारी पिँठमा !
    🌑इन्दिरा देवकोटा
    कपिलवस्तु न पा ३

    [४७]
    बुढेसकाल
    कसैको नहोस्
    मेरो जस्तो हाल !
    🌑Tila Lekali

    [४८]
    भारी                    
    सामन्तीलाई गएको              
    जीवन बरबाद भएको !     
    🌑सोमनाथ लुइटेल “रवि पाल्पाली”
    हाल बर्दिया ।

    [४९]
    सङ्घर्ष
    गर्नुपर्छ यहाँ
    बुढेसकालमा बाँच्न मैले !
    🌑Shusila Paudel

    [५०]
    जिन्दगी
    कटाउनै पर्छ
    कठिन परिश्रम वावजुद !
    🌑गुणनिधि घिमिरे
    अमेरिका

    [५१]
    परिश्रम
    अत्यन्त कठिन
    बाँच्न विवश जीवन !
    🌑रामप्रसाद पुरी
    बादेल खाेटाङ।

    [५२]
    भरिया
    भारी बोकेर
    हिँड्दै उकालो बाटो !
    🌑Narayan Koirala
    तानसेन,पाल्पा

    [५३]
    दुःख
    बुढेसकालमा परिश्रम
    परिवार पाल्न कठिनाइ !
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [५४]
    भारी
    जीवनको सङ्घर्ष
    बुढेसकालमा झन जिम्मेवारी !
    🌑सरस्वती वली
    बर्दिया नेपाल

    [५५]
    कठिन
    गरिबको जिन्दगी
    बढ्दो भारी जिम्मेवारी !
    🌑Narayan

    [५६]
    बुढेसकाल
    पेटको सवाल
    बोझले जीन्दगी बेहाल !
    🌑सरस्वती श्रेष्ठ
    रूपन्देही बुट्वल ।

    [५७]
    किसान
    कटाउन जिन्दगी
    गर्नपर्छ अर्कैको मजदुरी !
    🌑प्रदिप नेपाली
    बिहादी ५ उराम,पर्बत।।

    [५८]
    बुढेसकाल
    पर्यो अनिकाल
    केवल लठ्ठी नाम्लो !
    🌑धनमाया चौधरी
    कैलाली

    [५९]
    जीवन
    पीडा मिश्रित
    उकाली ओराली यात्रा !
    🌑कविता आचार्य
    कैलाली

    [६०]
    शरीर
    हुँदा बुढो
    सकिएन भारी चुरो !
    🌑सुमित्रा पोखरेल
    काठमाडौं

    [६१]
    मानव
    कर्मको चोला
    दुःखले भर्दछ झोला !
    🌑होम प्रसाद
    धरान,सुनसरी ।

    [६२]
    जिन्दगी
    अप्ठ्याराे भारी
    सहजताकाे निमित्त राेजगारी ।
    🌑केशवप्रसाद ढकाल

    [६३]
    वृद्धावस्था
    जीवनकाे भारी
    टुङ्गोमा पुर्याउँदै घिसारी !
    🌑भवानी घिमिरे
    सर्लाही ।

    [६४]
    बुढेसकाल
    अनेक दु:ख
    साहाराको खाँचो अनिकाल !
    🌑मिलन के.सी.(थापा)
    पोखरा

    [६५]
    बुढेसकाल
    कडा सङ्घर्ष
    जहान पाल्ने बाध्यता !
    🌑प्रेम थापा “मन”

    [६६]
    बुढेसकाल
    जिउने सवाल
    कठै भारी बबाल !
    🌑प्रद्युम्न चालिसे

    [६७]
    लौरो
    यात्रा साहारा
    जिवनको अन्तिम सङ्घर्ष।
    🌑घनश्याम पौडेल
    गौरीगंगा नगरपालिका ९ कैलाली

    [६८]
    जीविका
    भरियाकाे चाहना
    माघीमा परिवारकाे  खुसीयाली !
    🌑टीकाराम जाेशी
    टीकापुर।

    [६९]
    उकाली
    गरिबीको भारी
    बुढेसकालमा पनि नछारी !
    🌑मनाेज थापा
    कैलाली

    [७०]
    गरिब
    बाध्यताको वीर
    हुन पाउँदैन अस्थिर !
    🌑रेनुका मरासिनी
    अर्घाखाँची

    [७१]
    भरिया
    निधारमा नाम्लो
    जिन्दगीको बरियो लरिया !
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८५ औँ भाग शनिबार सम्पन्न

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८४औँ भाग सम्पन्न

  • २४ पुष २०७९, आईतवार २०:२७ मा प्रकाशित
  • काठमाण्डौँ, पौष । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    photo: social media

    अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू

    [१]
    एकता
    सफलताको सिँढी
    असम्भव पनि सम्भव !
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    एकता
    उदाहरणीय कार्य
    जीवनमा छ अपरिहार्य !
    🌑
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [३]
    भावना
    एकताको हेरौँ
    पाठ सिकौँ कमिलाको !
    🌑सोमनाथ लुइटेल “रवि पाल्पाली”

    [४]
    विजय
    एकता पाठ
    एक एक एघार !
    🌑आर्त अकुलीन
    कैलाली

    [५]
    एकता
    ठूलो माेल
    कमिलाले उठायाे ग्लाेब !
    🌑भवानी घिमिरे
    सर्लाही ।

    [६]
    असम्भव
    हुँदैन केही
    एकताकाे बल ठुलाे !
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [७]
    कमिलो
    सामुहिक जातको
    देखाउँदै नमुना एकताको !
    🌑अच्युत घिमिरे
    भुटानबाट🇧🇹

    [८]
    एकता
    एकताको बन्धन
    उठाउँदै पृथ्वी पनि !
    🌑हिरा तामाङ
    महाभारत 7 आहाले बाँस्पुर(काभ्रे)

    [९]
    मेहनत
    बुद्धिको खेल
    देखाउँदै एकताको मेल !
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा

    [१०]
    शिखर
    यात्राको गन्तव्य
    हाम्रो जीवनको उद्देश्य !
    🌑हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [११]
    एकता
    सहयोगी भावना
    बल बुद्धिको क्षमता !
    🌑सरस्वती वली

    [१२]
    सङ्गठन
    मिलेर काम
    सफलताको पहिलो सिँढी !
    🌑बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [१३]
    एकता
    बुद्वि बलको
    सम्भावना हरेक चुनौतीको !
    🌑घनश्याम पौडेल
    गौरीगंगा – ९ कैलाली

    [१४]
    एकता
    सङ्गठनको चमत्कार
    उठाउन सकिन्छ संसार !
    🌑रमा पन्त
    पाल्पा।

    [१५]
    कमिलो
    एकताको प्रतीक
    सङ्गठनको उत्कृष्ट उदाहरण !
    🌑सरस्वती श्रेष्ठ
    इटहरी

    [१६]
    समुहिक
    एकताकाे बल
    कमिला भए सफल !
    🌑प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [१७]
    मिलीजुली
    एकतामा शक्ति
    देशले फेर्छ काँचुली !
    🌑म्यामराज राई
    भोजपुर।

    [१८]
    कमिला
    बलियो आधारशीला
    एकतामा अब्बल गतिला !
    🌑प्रेम थापा “मन”

    [१९]
    मिलन
    एकताको चमत्कार
    विश्वास एकताको संसार !
    🌑टिकाराम पुन टिपु
    छत्रेश्वरि गाँउपालिका २ सल्यान

    [२०]
    शक्ति
    एकएक हजार
    मुठ्ठी भित्र बजार !
    🌑चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२० राँझा एयरपोर्ट बाँके

    [२१]
    मेलमिलाप
    सानो शक्ति
    ठुलो काममा  सफलता !
    🌑बिमला  पोख्रेल
    अर्घाखाँची

    [२२]
    कमिला
    शीत उबाएर
    घैला भर्ने प्रयास!
    🌑कमला  देवकोटा
    पाल्पा

    [२३]
    औँला
    हुन्छ एक्लै
    पाँच मिल्दा मुठ्ठी !
    🌑दुर्गा भमरकोटे

    [२४]
    उर्जा
    एकताको कर्मकाण्ड
    वशमा हुन्छ ब्रह्माण्ड !
    🌑ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी

    [२५]
    विविधता
    अनेकतामा एकता
    मिल्ला पक्कै सफलता !
    🌑इमासिंह राई
    आमचोक, भोजपुर ।

    [२६]
    एकतामा
    शक्ति परीक्षा
    गर्नुपर्दैन मिल्छ सफलता !
    🌑नारायण कोइराला
    तानसेन,पाल्पा

    [२७]
    हल
    नगरि छल
    एकतामा हुन्छ बल !
    🌑पशपती राई खोटाङ ।

    [२८]
    एकता
    कठिन काम
    मिलेर गर्दा सजिलो !
    🌑Singer, bishal
    Kohalpur, banke

    [२९]
    कमिला
    अपमानित हुन्छन्
    कल्पना गरेभन्दा शक्तिशाली !
    🌑साहित्य प्रेमी सलिन
    जुम्ला

    [३०]
    कार्य
    मिलेर गर्नु
    सफलता हात लाग्नु !
    🌑रिता खराल
    रुपन्देही

    [३१]
    एकता
    भरिपूर्ण सत्यता
    बुद्धि उजिल्याउने भव्यता !
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [३२]
    सहकार्य
    एकतामा बल
    मिल्छ सफलता प्रतिफल !
    🌑सरस्वती श्रेष्ठ

    [३३]
    काम
    एकतामा हुन्छ
    सफलताले शिखर चुम्छ
    🌑उर्मिला के.शी.
    धनकुटा

    [३४]
    भार
    उठाउँदै सजिलोसँग
    एकताले सहकार्य गरेर !
    🌑धर्मी शाक्य
    बुटवल ,रुपन्देही

    [३५]
    एकता
    अद्भुत बल
    समस्याको सहज हल !
    🌑श्रीकृष्ण शर्मा
    पोखरा

    [३६]
    सङ्गठन
    एकतामा परिवर्तन
    अलौकिक शक्तिको प्रदर्शन !
    🌑ज्ञानबहादुर क्षत्री
    सन्थिखर्क, अर्घाखाँची ।

    [३७]
    मेहनती
    शरीर सानो
    मिलेर उचाल्छन् छानो !
    🌑घनश्याम पौडेल
    पोखरा

    [३८]
    एकता
    असम्भव हुँदैन
    जुनसुकै परिस्थितिमा समस्या !
    🌑रेनुका मरासिनी
    अर्घाखाँची

    [३९]
    परिश्रम
    एकताको शक्ति
    अजेय सत्य सफलता !
    🌑गुणनिधि घिमिरे
    अमेरिका

    [४०]
    एकता
    संगठित भावना
    निर्मूल बिघ्न बाधा !
    🌑त्रिलोक रामदाम
    सिद्धार्थनगर~८ ,भैरहवा

    [४१]
    मान्छे
    बल मिलाऊ
    कमिलाबाट चेतना जगाऊ !
    🌑भगवती दवाडी
    झापा

    [४२]
    एकता
    पृथ्वी उचाल्ने
    कमिला ताँती मित्रता !
    🌑हिरा खनाल
    आरुघाट-८, गोरखा, हाल काठमाडौं।

    [४३]
    सिकौँ
    एकताको कुरा
    हामी पनि कमिलोबाट !
    🌑सुमित्रा पोखरेल
    काठमाडौं

    [४४]
    भातृत्व
    एक बन्धन
    सुरक्षित बर्षको जतन !
    🌑जमुना कायस्थ
    पोखरा

    [४५]
    एकता
    ठूलो शक्ति
    हुन्छ अवस्य भक्ती !
    🌑शाेभा आचार्य गाैतम
    काठमाडौँ

    [४६]
    प्रयास
    एकता भाव
    एक सार्थक जीवन !
    🌑कविता आचार्य
    कैलाली

    [४७]
    एकता
    मिलेर गरे
    सबै कार्यमा सफलता !
    🌑प्रदिप नेपाली
    बिहादी ५ उराम,पर्बत।।

    [४८]
    एकता
    होस्टेमा हैँसे
    सङ्गठनमै छ बल !
    🌑गोपालप्रसाद पौड्याल

    [४९]
    एकता
    सङ्घर्षशील कमिला
    उचाल्छन् ब्रह्माण्ड सारा !
    🌑श्रद्धा आचार्य
    पोखरा

    [५०]
    एकता
    समस्याको पार
    अटुट होस् मित्रता !
    🌑इन्दिरा देवकोटा
    कपिलवस्तु

    [५१]
    सङ्घर्ष
    अनवरत प्रयत्न
    सुख प्राप्तिको माध्यम !
    🌑राम न्यौपाने

    [५२]
    एकता
    मिलेर गर्दा
    ठूलो सुन्दर मैदान !
    🌑अम्बिका अधिकारी
    झापा, विर्तामोड

    [५३]
    व्रह्माण्ड
    मिलनसार समुदाय
    सफलतामा हुँदैन भय !
    🌑मनोज थापा
    कैलाली

    [५४]
    मित्रता
    साथीहरूको साथ
    घर बनाउने  चाहना !
    🌑सम्झना कुँवर ‘कुसुम’
    पोखरा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८४औँ भाग सम्पन्न

    पञ्चाङ्ग लेखन पहिलो शृङ्खला भाग – ९

  • २४ पुष २०७९, आईतवार ०९:०४ मा प्रकाशित
  • Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन पहिलो शृङ्खला भाग – ९

    साताका तीन लघुकथा

  • २३ पुष २०७९, शनिबार २१:५३ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि अनलाइन पत्रिकामार्फत सञ्चालित एक नियमित स्तम्भ हो । नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित गरिएका लघुकथाहरू मध्येबाट उत्कृष्ट तीन लघुकथा छ्नोट गरी प्राप्त हुन आएका लघुकथाहरू यहाँ प्रकाशन गर्ने गरिन्छ । यस साता प्रकाशित हुने लघुकथाहरूमा लघुकथाकार टङ्कबहादुर आलेमगरको ‘मुसो’, लघुकथाकार म्यामराज राईको ‘एक घुट्को’ र लघुकथाकार ज्यो.नानी बिवुको ‘जिम्मेवारी बोध’ रहेका छन् ।

    १.
    लघुकथा : एक घुट्को

    ✍️ म्यामराज राई
    प्रशान्त महासागर चुपचाप बसिरहेथ्यो । त्यसको बिच भागमा शान्तिवाटिका बनेको थियो । मानौँ, गौतम बुद्धको भूमि हो । चारैदिशा प्रशस्त मनोरम दृश्य हेर्न मिल्थ्यो । सुन्दर दृश्यावलोकन स्थल बन्यो । हरेक दिन हजारौँको सङ्ख्यामा बाह्य तथा आन्तरिक पर्यटकहरू झुमिन्थे । शहरको कोलाहलबाट बच्न तथा जागिर जीवनको तनाव कम गर्दै पारिवारिक माहौलमा खुसी साट्न पुग्थे । कोण – कोणबाट फोटो खिँच्नेहरू थिए । आ-आफू खिँच्थे । एक अर्काको खिँच्थे । त्यहाँ सामाजिक सञ्जालमा सबै प्रयोग भइरहेथे । मनु र धनु पनि छिल्लिॅंदै एक अर्कामा पालैपालो तथा सामूहिक रूपमा टिकटकमा व्यस्त थिए । आँखाले प्राकृतिक दृश्यहरू कैद गर्नुभन्दा पनि उनीहरू मोबाइलकै सहारा लिइरहे । पर्याप्त टिकटक बनाइसकेपछि फोटो लिनतिर लागे ।

    “खिँच्दे त ।” धनुले आफ्नो मोबाइल मनुतिर तेर्साइन् ।
    “पहिले मेरो ।” मनुले अघि नै मोबाइल तेर्साइसकेकी थिइन् ।
    शान्तिवाटिकाले मुसुमुसु मुस्कुराउॅंदै बोल्यो, “पालैपालो खिँच्दा पनि त भयो ।”

    “चुपलाग, अघि त्यत्रो टिकटक अगाडि खिँचिदिएँ ।” धनुले उग्र स्वर ओकलिन् ।
    “ए, बाबा ! एउटा खिँच्दे न मेरो । त्यसपछि तॅंलाई अघाञ्जेल खिँचिदिउॅंला ।” मनु पनि हार्न मानिनन् ।

    अब दुवैले बुद्धको भूमिमा पाण्डव र कौरवहरूको महाभारत सिर्जना गरिछाडे । अचानक दुवैको हातबाट दुवैको आइफोन चिप्लियो । महासागरले पनि पानी सरह दुई ओटै आइफोनहरू एकै घुट्कोमा निलिदियो ।

    • २०७९/०९/२१
    • हतुवागढी -६, होम्ताङ्, भोजपुर ( हाल – जापान )

    २.
    लघुकथा : मुसो

    ✍️ टङ्कबहादुर आलेमगर

    “एकदिन तँलाई खान्छु ।” बिरालाेले ङुरङुरायाे ।
    दुलाेबाटै मुसो “खानु त उई । बरु मैहुँ भन्ने जुँघा उखेलेर देखाउँछु ।”
    “मेराे जुँघा उख्लिस् भने, गाउँमै बस्दिनँ ।”
    “बाजी ?”
    “बाजी ।” बिरालाे मुर्मुरियाे ।

    रातभरि गाउँ डुलेर आएकाे । पहारिलाे घाम, भाेकाे पेट, अनिँदाे परिस्थिति । मुसोसँग दुवा दश गर्दागर्दै मुसाेकै प्वालमा थुतुनो राखेर, आहाराकाे मीठो सुवास लिदै निदायाे बिरालो ।
    मुसोले सुतेकाे बिराेलाेकाे लामाे जुँघा उखेलेर प्वालभित्र पस्यो । बिरालो तर्सेर उफ्रदा डील मुनि खस्याे । मुसोलाई बिरालाेकाे हालतले हाँसाे छुटायाे ।

    रिसाएकाे बिरालाेलाई मुसोले बाजीकाे कुराे राख्याे ।
    “आहार र आहार खानेसँग कुनै बाजी हुँदैन । एकदिन तँ मीठो खाना बन्नेछस् ।”
    मुसोलाई रिस उठ्याे । “यी खालास् !” भन्दै चाक देखाउँदा बिरालाेले पुच्छर भेटिहाल्याे । भाेक र जीवन रक्षार्थ बीच घमासान पर्दै थियाे ।

    “दूध चाेर्ने बिरालाे ।” मान्छेकाे आवाज सुन्नेबित्तिकै बिरालोले टाप कस्याे ।
    दुखेकाे रनाहाले दुलाेकाे कुनाेमा बसेर पुच्छर मुसार्दै मुसो फुस्फुसायाे, – “धन्न बाँचेँ ।”

    त्रियुगा नगरपालिका -११, संगम टाेल
    उदयपुर, १ नम्बर प्रदेश

    ३.
    लघुकथा : जिम्मेवारी बोध

    न

    ✍️ ज्यो. नानी बिवु

    डिसेम्बर तीन तारिख अपाङ्गता दिवस । नगरपालिकामा आज भव्य कार्यक्रम थियो तर आफूलाई साङ्ग ठान्ने मानसिक अपाङ्गहरुको उपस्थिति कमै हुनेछ । साङ्गलाई निमन्त्रणा नगरेको होइन । धेरै घरमा उपस्थितिको लागि अनुरोध गर्दै निमन्त्रणा कार्ड दिॅंदै गर्दा मान्छेहरुको कुरा गराइ र अनुहारले मैले अनुमान‌ लगाइसकेको थिएँ । मेरै घरबाट पनि उक्त कार्यक्रममा उपस्थित हुन अरूलाई फुर्सद भएन र म एक्लै जाँदै थिएँ ।

    “कहाँ जान लागेकी नानी ?” बाटोमा एक जना आमाले सोधिहाल्नु भयो । उहाँको छोरी पनि अपाङ्ग हुनुहुन्थ्यो । म हतारमा थिएँ ढिलो नगरी आफ्नो गन्तव्य भन्दै “हजुरहरु जाने होइन?” सोधिहालेँ । मेरो घरका सदस्यलाई जस्तै उहाँहरूलाई पनि फुर्सद रहेनछ । बरु आफ्नी छोरी मेरै जिम्मा लगाएर पठाउनुभयो । उहाँ दिदीलाई भने उक्त कार्यक्रममा जाने मन रहेछ । खुसी हुँदै मेरो साथ आइहाल्नु भयो । हामी गन्तव्यतर्फ अगाडि बढ्यौँ । मेरो न्यूनदृष्टिको समस्या अनि उहाँमा वाणीको समस्या । उहाँले मेरो कुरा कतिको बुझ्नुहुन्थ्यो थाहा थिएन तर मलाई उहाँको कुरा बुझ्न गाह्रो भइरहेको थियो । उहाँ मेरो हात समाउँदै आफ्नो भाषामा मसँग कुरा गर्दै हिँडिरहनुभएको थियो । मैले पनि बुझेसम्मको उत्तर फर्काउने प्रयास गरिरहेको थिएँ ।

    उहाँलाई साथ लिएर गन्तव्यतर्फ अगाडि बढ्दै गर्दा जति पाइला अघि बढ्छन् उति मनमा कता कता डर पलाइरहेको थियो । जिम्मेवारी थपिएको महसुस भइरहेको थियो ।
    अलिकति अगाडि पुग्दा एउटा अटोले हामीलाई उछिनेर गयो । अटो कटेपछि उहाँले मलाई अलि छेउ छेउबाट हिॅंड्न सङ्केत गर्दै मलाई छेउपट्टि हिँड्न लगाएर आफू सडकपट्टि सर्नुभयो । उहाँको यो व्यवहारले मलाई एकदमै छोयो अनि अघिसम्मको डर पनि एकाएक हट्यो र मन खुशी भयो किनकि मलाई जस्तै जिम्मेवारी बोध र डर त आखिर उहाँलाई पनि त रहेछ ।

    • दुराडाँडा, लमजुङ् (हाल – गैंडाकोट नवलपुर)
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा

    पञ्चाङ्ग चित्रपट भाग – २५ सम्पन्न

  • २२ पुष २०७९, शुक्रबार १६:५३ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग :- २५
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०७९/०९/२१गते

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको २५[पच्चिसौँ]  चित्रपटमा छौं।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    तोयानाथ सुवेदी
    घनश्याम पौडेल

    चित्र संकलन  पोखराबाट
    —————–
    श्रीकृष्ण शर्मा

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [०१]

    बाटोदेखि बाटो पारी नजिकैको ठाम हेर ।
    खोलादेखि नालासम्म देखिने    गाम हेर ।
    पहाडको बिचोबिच  कलकल गर्ने खोला ,
    वरिपरि   हरियाली  टुरिष्टको   डाम  हरे ।
    नेपालकै  पोखरा  हेमजा  फेंदी नाम हेर ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल बर्दिया ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०२]

    सेती नदी किनारमा स्वर्ग जस्तो गाउँ राम्रो।
    जता हेरूँ सुन्दरै छ जहाँ  जहाँ जाऊँ राम्रो।
    सुन जस्तै झुलेका छन् लहलह धान बाला ,
    धर्तीभरि खोजी मैले अन्त कहाँ पाऊँ राम्रो।
    बाटोघाटो हरियाली हेम्जा फेदी ठाउँ राम्रो।

    ✍️श्रीकृष्ण शर्मा, पोखरा ।
    ………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०३]

    देख्दा नदी पुगेर हिँड्दा बाटो पो रहेछ।
    छेउछाउ रूख उम्रने माटो पो रहेछ।
    म टाढा छु टाढै बाट सलामी छ मेरो ,
    घोडा दौडने गोरेटोको साटो पो रहेछ।
    हाम्रै आँगन मकैबारी पाटो पो रहेछ।

    ✍️होम प्रसाद नेउपाने, धरान सुनसरी ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०४]

    लोभलाग्दो चिरिच्याट्ट कति राम्रो गाम हेर।
    पर्यटक नै  मख्ख   पार्ने   सुन्दर  ठाम हेर।
    लाग्छ यति सुन्दर स्थल अर्को छैन धर्तीमा,
    अझै  मनोहर  देखिन्छ रे  लाग्दा घाम हेर।
    स्वर्गकै  अमोल टुक्रा हेम्जा फेदी नाम हेर ।

    ✍️वसन्त अनुभव, घोराही, दाङ ।
    ………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०५]

    आहा! कति राम्रो सुन्दर ठाउँ पोखरा।
    हेर्दै लोभ लाग्दो घुम्न जाऊँ पोखरा।
    वरीपरी तालतलैया छ बाटोघाटो,
    सुनौ सुनौ लाग्ने सुन्दर नाउँ पोखरा।
    वर्षको एक चोटि  कसै धाँउ पोखरा।

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०६]
    [०१]
    मनमोहक दृश्य यि रमणिय गाउँ छ ।
    सौन्दर्यले आनन्द हेमजा फेंदी नाउँ छ ।
    पहेंलै पाकेका छन् धानका बाली खेतमा,
    रङ्गी चङ्गी घर हेर कति राम्रो ठाउँ छ ।
    अमृत झैँ बग्ने खोला अन्त कहाँ पाउँ छ।
    [०२]
    कति धेरै सुन्दर हेम्जाफेदी गाउँ रैछ ।
    जान मन लाग्यो नी घुम्नै पर्ने ठाउँ रैछ ।
    एकातिर बाटोछ त अर्कोतिर खोला छ,
    रङ्गी चङ्गी घर हरु हेर्नैपर्छ जाऊंँ रैछ ।
    चिसो पानी लाग्ने धान मिठो छ खाऊंँ रैछ।

    ✍️सरिता सेढाई , चरौँदी धादिङ ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [०७]

    देशको लागि फेरिने सास राम्रो ।
    ढिँडो अनि गुन्द्रुकको गाँस राम्रो ।
    लेक बेसी पहराको सौम्य दृश्य,
    आफ्नै यो गाउँघरको बास राम्रो ।
    प्राकृतिक सुन्दरता खास राम्रो ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [०८]

    चटक्कै परेको हिमालमा बसेको  छ हाम्रो पोखरा।
    लहरै बस्तीमा जाडो गर्मी पसेको छ हाम्रो पोखरा  ।  पर्यटकहरु भिडभाड सधै भइरहन्छ यहाँ, 
    शहर र बजारले भाउ कसेको छ हाम्रो पोखरा। 
    असल खराब मानचित्र घसेको छ हाम्रो पोखरा ।

    ✍️अम्विका अधिकारी, झापा विर्तामोड ।
    ………………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०९]

    राम्रो पोखराको  हेमजा  फेंदी ठाउँ लाग्यो।
    मन लोभायो त्यहांँ आफै जाउंँ जाउंँ लाग्यो।
    हाम्रो देशको  यो हो स्वर्गतुल्य  मध्य स्थान,
    जीवन  बित्यो  न गई  दर्शन  पाउंँ   लाग्यो।
    बाटो र खोलाको  बिच  शुन्दर गाउँ लाग्यो।

    ✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग    [१०]

    सडक बाटो पुगेको घेरेको नदीनालाले ठाउँ राम्रो
    छोडेर नजाऊँ कतै लोभलाग्दो भरिपूर्ण गाउँ राम्रो
    उपल्लो दर्जाको  परिदृश्य  नभेटिएला  सायद कतै
    आऊ साथीसङ्गी जम्मा भई घुमफिर गर्न जाउँ राम्रो
    भरपूर मनोरञ्जन  लिई  मनमा   राख्न पाउँ राम्रो ।

    ✍️जमुना आचार्य , सिन्धुपाल्चोक ।
    …………………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [११]

    विश्व मानचित्रमा  कसेको छ हेमजा फेंदीमा।
    सौन्दर्यता  रमाइ बसेको छ   हेमजा फेंदीमा।
    प्रकृतिलाई   हेर्नलाई    विदेशी   पाहुनाहरू ,
    पर्यटकले  हेर्न   पसेको छ    हेमजा फेंदीमा।
    इन्द्रेणीको रङ्गले  घसेको छ  हेमजा फेंदीमा।

    ✍️कला ढकाल, झापा ।
    ………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१२]

    खाेली छेउ जगमग छ नि एक गाउँ ।
    हेमजा फेदी पाेखरा हाे नि त्यस्काे नाउँ ।
    मनाेरञ्जन  साथमा  ज्ञान बढाउन ,
    साथी सँगी मिली हामी घुम्नलाई जाऊँ।
    साँच्चै अर्को छैन त्यस्तो मनाेहर ठाउँ ।

    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१३]

    सलसल    नदि  बग्ने  छेउमा गाउँ जस्तो ।
    सडक पनि मजाको मस्तिको ठाउँ जस्तो।
    अव  सब   सुविधाले   पोखरा  फेदी हेर ,
    सकल  घर  मजाका  हेर्न पो जाऊँ जस्तो ।
    नभनि  फल  टिपेरै  आफु  नै खाऊँ जस्तो ।

    ✍️गुणनिधि घिमिरे, अमेरिका ।
    ……………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१४]

    हेम्जाको बाटो हेर्दैमा राम्रो ऑऔॅ कि घुमेर।
    पोखरा हुॅदै  बाग्लुङसम्म जाऔॅ कि घुमेर।
    जति नै हेर्यो त्यति नै राम्रो चर्चित बाटो यो,
    याम्दीमा बसी ट्राउट माछा खाऔॅ कि घुमेर।
    कुस्मामा पुगी पिरती मिठो लाऔॅ कि घुमेर।

    ✍️घनश्याम पौडेल, पोखरा ।
    ……………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१५]

    पाेखरामा सुन्दर कति राम्रो ठाउँ छ।
    हेर्दा अानन्द लाग्ने अनगिन्ती गाउँ छ।
    पर्यटन लाेभ्याउने हाम्रो नेपालमा,   
    सुन्दर नगरी हेमजा फेदी नाउँ छ।
    व्यवसायीलाई तिनै ठाउँकाे भाउ छ।

    ✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१६]

    पोखराको नजिकमै छ सुन्दर ठाउँ हेमजा।
    अप्सरा नि डुल्न आउने सुन्दर गाउँ हेमजा।
    मिहिनेती किसान बस्छन् यहाँ सजाउँछन् बारी,
    नेपालकै आलु फल्ने प्रसिद्ध छ नाउँ  हेमजा।
    जसरी  नि एकचोटी  घुम्दै फिर्दै जाऊँ हेमजा!

    ✍️पशपती राई , खोटाङ्ग ।
    ………………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१७]

    सबैभन्दा मनपर्ने सुन्दर ठाउँ पोखरा।
    हिमालको काखमा बसेको छ गाउँ पोखरा।
    कतै ओडार देवी देवताको मन्दिरहरू,
    ठूला ठूला छन् तालहरू को छ नाउँ पोखरा।
    आऊ न साथी घुम्नलाई हामी जाउँ पोखरा।

    ✍️कमला पाण्डे पराजुली, झापा चारआलि ।
    …………………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१८]

    पहाडको फेदमा सुन्दर गाउँ रहेछ ।
    सुन्दरताले छाँटिएको यो ठाउँ रहेछ।
    सपना हो कि विपना हो भन्नै नसकिने,
    यो गल्छी भइ बग्ने नदीको नाउँ रहेछ।
    सडकको पेटी आँखाको झैँ भाउँ रहेछ।

    ✍️धनमाया चौधरी,  कैलाली ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१९]

    सुन्दर देस मेराे यहीँ हाे ।
    उत्तम फेस मेराे यहीँ हाे।
    विदेशी लोभिए याे टुक्राेमा,
    छ खानी गेस मेरो यहीँ हाे ।
    पुर्खाकाे शेष मेरो यहीँ हाे ।

    ✍️भवानी घिमिरे, सर्लाही ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२०]

    कति राम्रो पोखरा सुन्दर गाउँ भएको।
    हेर्दा रमणीय ताल नदी  ठाउँ  भएको।
    हेर्दा स्वर्ग जस्तो भान भएको उज्यालो छ ,
    व्यापार  गर्नेलाई  कसिलो भाउ  भएको ।
    त्यो  सुन्दर  नगरी  हेमजा  नाऊँ भएको।

    ✍️बेदु न्यौपाने, काठमाडौ ❤️ ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२१]

    नदी र सडकको बिचमा सुन्दर गाउँ लाग्याे ।                                                मननै लाेभ्याउँने घुमफिर गर्ने ठाउँ लाग्याे।
    हाम्राे  देशमा  धेरै  छन्  पर्यटक स्थलहरु,
    जता हेरेपनि हेराैँ लाग्ने मनमा जाऊँ लाग्याे।
    स्वर्गकाे एक टुक्रा हाे याे अन्त कहाँ पाऊँ लाग्याे।

    ✍️उर्मिला के.शी. , धनकुटा।
    …………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२२]

    धेरै नै प्रभावशाली प्रकृतिको काख भेटियो।
    हेमजामा लुकेको सुन्दरताको लाख भेटियो।
    हेरेर नअघाउने पोखराको हेमजा फेंदी,
    विशेष दृष्टिकोणमा विश्वस्तको चाख भेटियो।
    प्रमाणित सम्बन्ध यो जीवनको साख भेटियो।

    ✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹
    ………………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२३]

    मनै मोहित बनाउने हेर न हेम्जा।
    यस्ता सुन्दर ठाउँ घुम फेर न हेम्जा।
    कलकल बगेको पानी र  जङ्गल
    हरियो वन जङ्गलले घेर न हेम्जा।
    लेखक आफ्ना शब्दमा केर न हेम्जा।

    ✍️सुमित्रा पोखरेल, काठमाडौं ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [२४]

    नेपालकै सुन्दर सहर लाग्छ पोखरा ।
    घुम्न सधैं भरि नै रहर लाग्छ पोखरा ।
    प्रकृतिले  अनुपम  उपहार  दिएको ,
    बिर्सन नै नहुने  ठहर लाग्छ पोखरा ।
    पर्यटकोहरूको लहर लाग्छ पोखरा ।

    ✍️तारा घिमिरे “स्वेच्छा” , ,सङ्खुवासभा ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२५]
    [०१]
    सुन्दर   हराभरा   ठाउँ   राम्रो।
    सुन्दा खेरि आन्दकाे नाउँ राम्रो।
    हाम्रो   मन  मुटुमा  छ  पाेखरा,
    हरियाली   सुन्दर    गाउँ   राम्रो।
    आन्दकाे लाग्ने त्यहाँ घाम राम्रो।
    [०२]
    हाम्रो याे देशकाे सास हाे पाेखरा।
    विभिन्न खानाकाे गाँस हाे पाेखरा।
    राम्रो   हराभरा   हरियाली  बस्ती,
    पर्यटककाे  नै  बास  हाे  पाेखरा।
    सुन्दरताले हाम्रो खास हाे पाेखरा।

    ✍️सहयात्री शाेभा अर्याल, बुटवल १४ रुपन्देही।
    …………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२६]

    पोखरा प्राकृतिक सुन्दर ठाउँ हो ।
    घुम्न लायक दुबै शहर गाउँ  हो ।
    नेपालको पर्यटक नगरी हाम्रो ,
    सबैमिली एकचोटि हामी जाऊँ हो ।
    पोखराको हेमजा फेदी यो नाउँ हो।

    ✍️सीता शर्मा, बिरगंज ।
    ………………………………………………

    पञ्चाङ्ग   [२७]

    साह्रै भएछ चिसो आजको रातभरी।
    सीतको थोपा थोपा खसेछ पातभरी।
    रक्सी खाकाले चिसोको पत्तो नपाएर
    सुुतेेर चिसो भित्रै पसेछ आँतभरी,
    मान्छे मरि सक्यो बाँकी रह्यो बातभरी।

    ✍️नवराज भट्ट , कञ्चनपुर ।
    ………………………………………………

    पञ्चाङ्ग   [२८]

    बल्ल जीवनमा जुनेली रात भेटियो ।
    खुशीले भन्दैछ न्यानो हात भेटियो ।
    कति हिँडीयो राग  विरागमा  डुबेर ,
    अन्त्यमा मन बुझ्दिने जात भेटियो ।
    निश्चिन्त पेटभरि खान भात भेटियो ।

    ✍️प्रभा पोखरेल,  अमेरिकाबाट ।
    …………………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग – २५ सम्पन्न

    कवि तथा साहित्यकार चूडा निर्भीकको खै एकताको बल ?

  • २१ पुष २०७९, बिहीबार ०६:५६ मा प्रकाशित
  • कविता – खै एकताको बल ?

    नेपाली धरणी सुयोग्य गतिलो पाएर खै के भयो ।
    खोजी शान्ति विकासका पलहरु पर्खी सँधै रुन्छ यो ।।
    अर्को चन्द्र जितेर सोच्छ कहिले पुग्ने भनी मङ्गल ।
    खुट्टा तान्न पछार्न मात्र कसियौं खै एकताको बल ।।

    चल्दै सृष्टि हिमाल शैल चुचुरा भेट्यौ सफा झल्मल ।
    छन् भण्डार जडीबुटी खनिजका पग्लेर बग्छन् जल ।।
    लाग्दा घाम सँधै विहान पखमै हुन्छन् चुली झल्झल ।
    होस् आकर्षण विश्व पर्यटकमा खै एकताको बल ।।

    डाँडा खोँच गरा र खेत हरिया भेटने पहाडी जग ।
    धेरै ताल नदी सलल्ल झरना छन् श्रोतले जग्मग ।।
    बोक्छन् धेर पहाडले विविधता लाग्नेछ देवस्थल ।
    यस्तो राष्ट्र उठोस् उठाउन भनी खै एकताको बल ।।

    चौडा फाँट मधेशका सब गरा खाद्यान्नले टन्न छन् ।
    हात्ती बाघ बँदेल बाँदर तथा गैँडा यहीँ चर्दछन् ।।
    नाच्छन् नाच मयूरले छमछमी बाक्ला घना जङ्गल ।
    खोजे के रहँदैन यो मुलुकमा खै एकताको बल ।।

    क्षेत्री व्राह्मण वैश्य शुद्र गनियौं बाँड्दैगयौं जातमा।
    बाँडिन्छौं अझ राजनीति दलकै बोकेर स्वार्थीपना ।।
    स्वार्थी बेस्कन बन्दछौ यदि भने झर्छौं अझै झन् तल ।
    नेपालीपन बर्सिएर झरियो खै एकताको बल ।।

    धर्ती शान्त सजाउने मन भए जागेर उठ्नोस् सब ।
    तन्नेरी वय फाल्नुछैन गतिलो गर्ने गरौं सम्भव ।
    लागौं हात समाउँदै प्रगतिमा मिल्नेछ मीठो फल ।।
    पाई सुन्दर स्वर्ग नर्क हुन गो खै एकताको बल ।।

    ✍️ चूडा निर्भीक

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on कवि तथा साहित्यकार चूडा निर्भीकको खै एकताको बल ?

    उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

  • २१ पुष २०७९, बिहीबार ०६:२० मा प्रकाशित
  • 🌺 केही उदक 🌺
    ———————- … ✍️ आर्त अकुलीन
    १
    गोधूलि
    फूलको साथ
    ढकमक रङ्गीन याद !

    २
    विजय
    एकता पाठ
    एक एक एघार !

    ३
    सफलता
    पसिनाको फल
    कर्मवीरलाई मिठो स्वाद !

    ४
    वन
    पवित्र मन
    सर्वत्र प्रकृति धन !

    ५
    मन्दिर
    चढेको फूल
    मनमा फुलेको आस्था !

    ६
    मालती
    आँगनको शोभा
    सबैको मनमा सुवास !

    ७
    जिन्दगानी
    कर्कलाको पानी
    आखिर आँखाको नानी !

    ८
    चोरखोला
    चोरहरूको बस्ती
    चोरको कालो पाठशाला !

    ९
    हिउँ
    जमेको पानी
    प्रकम्पित मन मस्तिष्क !

    १०
    लालुपाते
    ढकमक यौवन
    जीवन मुस्कुराउने कला !


    • आर्त अकुलीन
      देवाश्रम, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

    उदक यात्री पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”का उत्कृष्ट उदकहरू

  • २१ पुष २०७९, बिहीबार ०६:११ मा प्रकाशित
  • उदक यात्री पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”का उत्कृष्ट उदकहरू-
    १
    अनमिका
    सुन्दर चित्र
    प्रतिभाको अनेक चरित्र !
    २
    उदक
    साहित्यको पाटो
    सत्मार्गको मुख्य बाटो !
    ३
    मनुष्य
    नियत खराब
    देखियो विशाल प्रभाव !
    ४
    गुराँस
    छरेर रङ्ग
    पर्दछु म दङ्ग !
    ५
    जिन्दगी
    एक बारको
    किन देखाउँछन् हारको !
    ६
    राजनीति
    शत्रुता नहुने
    कस्तो गजबको रिति !
    ७
    धर्ती
    समान व्यवहार
    सारा दुनियाँ प्रति !
    ८
    आकास
    निलो रङ्ग
    सम्बन्ध बढोस् झन् !
    ९
    भगवान
    मानिसको आस्था
    स्वच्छ सुन्दर नाता !
    १०
    मानिस
    बुद्धिमान प्राणी
    अनेकौँ सोचको बानी !

    –पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा.-३काभ्रे

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”का उत्कृष्ट उदकहरू

    ‘टुक्का माथि टुक्का’को भाग- ६६

  • २० पुष २०७९, बुधबार २२:०६ मा प्रकाशित
  • काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६६ औँ शृङ्खला यही पौष १६ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ७० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६६औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    दायाँबायाँ यताउता, पोल्टाभरि टनक्कै थियोे,
    लोभले भुइँको टिप्दै थिएँ पोल्टाको खसिदियो ।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    भन्छन् लोभले लाभ हुन्छ लाभले विलाप,
    न भुइँमा न पोल्टामा फाटेपछि मिलाप ।
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    दिन र दशा लागेपछि जिन्दगी नै हुन्छ सखाप,
    सुध्रन्न भाग्य बिन्ती भाउले जति गरे नि विलाप ।
    🌑बिना घिसिङ

    [३]
    लाेभले लाभ लाभले विलाप,
    कहिले हर्ष कहिले मिलाप ।
    🌑बालाराम शर्मा

    [४]
    लोभको भाँडो अल्झियो तीखो काँडामा,
    पोखियो सबै न भुइँमा न भाँडामा ।
    🌑भुपेन्द्र राना मगर
    धादिङ

    [५]
    सँगै बसौँ भन्दाभन्दै डाँडै काटेछ,
    कतै छिटै निष्ठुरीको मन फाटेछ ।
    🌑राजेन्द्र बस्नेत रप्तार

    [६]
    बुढेसकालमा धेरै खान जोगी बनेको थिएँ ,
    जोगी बनेको भोलिपल्ट हात धोएर नै दिएँ ।
    🌑बेदु न्यौपाने
    काठमाडौ

    [७]
    यता उता साेरसार गर्दा पाेल्टाेभरि भयाे,
    लाेभ धेरै गर्न खाेज्दा भाग्य सबै टुटी गयाे ।
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [८]
    लोभी मान्छेहरू सधैँ लोभकै चक्करमा नै अघि सर्छन्,
    अरू कसैलाई दिन चाहँदैनन्, सिर्फ आफ्नै दुनो भर्छन् ।
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [९]
    माया थियो छाया थियो लिसोपासो टाँसी,
    अरू जे भन्दै गरून् गयो लगन गाँसी ।
    🌑होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [१०]
    लोभको भाँडो हुन्छ उल्टो,
    दानीको भाँडो हेर सुल्टो ।
    🌑ओमकार विश्व

    [११]
    लोभी थियो मन तिम्रो पोल्टाभरि धन,
    जिद्दी गरेर नछोड्दा गुम्यो मित्र जन ।
    🌑भगवती दवाडी
    झापा

    [१२]
    कति साह्रो माया लाग्या होला भुइॅको झर्दाखेरि
    लोभ लालच हराउला मुखकै खोसिॅदा फेरि ।
    🌑राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरंग
    हाल- प्रवास

    [१३]
    लोभले लाभ लाभले विलाप भनेझैँ भयो,
    अरूको भाग खान खोज्दा भएको पनि गयो
    🌑सरिता सेढाई
    धादिङ

    [१४]
    दम्भले गर्दा आफन्तभित्र सम्बन्ध टुटायौ,
    लोभले होला भएको‌ पनि सर्वस्व लुटायौ ।
    🌑आर्त अकुलीन, कैलाली

    [१५]
    लागेपछि मात जनाइहाल्छन् जात,
    नीति एत्रैसिती बजाइहाल्छन् भात ।
    🌑सच्यूत राज उप्रेती ” भुम्लुले”
    भम्लुटार ८ काभ्रे पलाञ्चोक ।

    [१६]
    लाेभीकाे भाँडाे उभिण्डाे फुस्राे कुभिन्डो,
    दुध दुही ल्याउँदा चुँडियाे उझिन्डो ।
    🌑शम्भु गजुरेल

    [१७]
    धेरै नै मीठो लाग्यो ‘मह’मा टाँसिएर मर्‍यो,
    जाँदाजांँदै उसैले धेरैको बदनाम गर्‍यो ।
    🌑सुरेशकुमार पान्डे।
    दाङ घोराही १८

    [१८]
    जति टिपे पनि पोल्टा त हुने हो रित्तो,
    पोल्टा भनेकै हो केही नअडिने भित्तो।
    🌑दीपक ठटाल जलन,३१.१२.२२

    [१९]
    कवै हराउन्नन् वैरी र मित्रजनहरू,
    सङ्गत गरी बाँच्नु छ यी धेरै मनहरू ।
    🌑मदनमणि थुलुङ राई
    सोलु दु.न.पा.११तिङला सोलुखुम्बु

    [२०]
    हिजो उता आज यता तिम्रो स्याप्प ट्याप्प,
    ताक परे तिवारी छ नत्र अन्तै ल्याप्प ।
    🌑लक्ष्मण गौली

    [२१]
    यो धन पनि कस्तो हो, जति भएपनि नपुग्ने जात,
    बुझेर आनन्दले बस्नु, नत्र त पाइन्छ अरू घात ।
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा

    [२२]
    लोभले लाभ अनि लाभले चाहिँ विलाप हुन्छ,
    पापको घडा भरिएपछि पछुताएर रुन्छ ।
    🌑गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ

    [२३]
    झुटकाे खेती नक्कली फल,
    सत्यकाे भए आउँथ्याे बल ।
    🌑बलराम पाैडेल
    पाेखरा-१७ शितलपथ ।

    [२४]
    कमाउन नसकेको हैन ज्यादतीले पोल्टाभरि भयो,
    बल्ल आज होस खुल्यो पैसा छ तर इज्जत सबै गयो।
    🌑शंकर कार्की,
    थाहा नगरपालिका ३मकवानपुर।

    [२५]
    अहङ्कारले आफैँलाई ठान्दै थियो ठूलो
    यथार्थमा भइदियो ऊ कति धेरै लुलो ।
    🌑लक्ष्मण आचार्य

    [२६]
    शेर रहेछ घमण्डी गर्जदै पो हिँड्यो,
    हुँडारले घुमीघुमी शिकार पो गिँड्यो ।
    🌑अमृत सुवेदी
    रूपा ७ कास्की

    [२७]
    भनेकै हो अटाउँदैन बोकाको मुखमा कुभिन्डो,
    अब बुझ्यौ होलानि तिमिले लोभीको भाँडो उभिन्डो ।
    🌑पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके

    [२८]
    धनी न धनी गरीब मन सुन्दर मुहार कुरूप बिचार रहेछ,
    फरफ्यूम घसेर हिँड्छ कति कति अहंकारले गुगन्धनै भएछ।
    🌑राममणी जोशी

    [२९]
    जता काफल पाक्यो, चरी उतै नाँचि गयो,
    लोभको भाँडो चुुहिन्थ्यो, त्यही नि घोप्टो भयो ।
    🌑विजयराज न्यौपाने

    [३०]
    जति मुठ्ठी कस्छ उति भुइँमा खस्छ,
    मुठ्ठीमा अटाउने दानामात्र बस्छ ।
    🌑बिके मुखिया
    दार्जीलिङ भारत।

    [३१]
    जति जति गर्छौं कपटी मन,
    हुँदैन साथ एक रत्ति धन ।
    🌑टिकाराम पुन टिपु
    छत्रेश्वरि गाँउपालिका २ सल्यान

    [३२]
    जति भएपनि मेरो मन सधैँ रुन्छ,
    भरिएको पोल्टो किन सधैँ खाली हुन्छ !
    🌑कमला देवकोटा
    पाल्पा

    [३३]
    पद, पैसा अनि पावर सबै थोक ठान्यौ,
    हाँडी घोप्टे प्रवृत्तिले अहिले के भो जान्यौ ?
    🌑अस्मिता सापकोटा
    भरतपुर ४,चितवन

    [३४]
    लोभी मान्छे भएर नै, सहर ध्वस्त गर्‍यो,
    भ्रष्टचारको सिकार भई जनता मर्‍यो ।
    🌑एवाइ प्रभात
    धनकुटा हाल मोरङ

    [३५]
    क्या लोभी रहेछौ अति खायौ बाँडीचुँडी,
    एक दिन फुट्नेछ छालाको घ्याम्पे भुँडी ।
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [३६]
    खोज्दै गर्दा चोक्टाहरू झोलमा डुबेँछु,
    टुप्पाेतिर ताक्दाताक्दै फेदमा पुगेँछु।
    🌑त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    [३७]
    लोभ लालच गरेपछि चाहिँदोभन्दा धेरै,
    पाएको पनि पोखिएर जान्छ लौ ! त्यतिखेरै ।
    🌑बिके माकजु
    भक्तपुर ।

    [३८]
    सबैको आस गरेपछि त्यहीँ सानो पनि पाइन,
    एक्लै खान नपाएपछि सानोतिनो मैले खाइन।
    🌑विक्रम तिरूवा सलिन
    जुम्ला,जुम्ला

    [३९]
    स्वार्थकाे थैला भरेका थियाै, मित्रता गाँसीगाँसी, मित्रताको विलै नपुगी ताेडिदिएँ हाँसीहाँसी ।
    🌑बासुदेव पौडेल

    [४०]
    अन्नको बाली झैँ टन्न थियो यसै हौसिएको,
    थाहै पाइनन् बिचरीले पटुका खुस्किएको ।
    🌑देवी पराजुली

    [४१]
    राजनीतिकाे खेलमा विश्वासघात र जालझेल,
    कहिले एकातिर कहिले अर्कोतिर तालमेल ।
    🌑मित्र `उराठी´

    [४२]
    मेरा गोरुको बाह्रै टक्का, लोभले विलाप पार्‍यो,
    पुगेथ्यो शिखरचुलीमा, लोभैले भुइँमा झार्‍यो ।
    🌑सरस्वती भट्ट
    लमजुङ

    [४३]
    दुई हातमा लड्डु थियोे, खोज्यौ मुखले टिप्न
    अंश वंश सबै गुमाएर , सकेनौं कोही छिप्न ।
    🌑रेनुका मरासिनी
    अर्घाखाँची

    [४४]
    कालो गए गोरो आउँछ, गोरो गए कालो,
    कति एक्लै खानु मैले, अब उसको पालो ।
    🌑प्रदीप के रिमाल
    इटहरी, सुनसरी।

    [४५]
    लोभले लाभ लाभले त विलाप भइदियो,
    मेरै भाग भनेको त अर्कैतिर गइदियो ।
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [४६]
    उता खुसी बनाउन खोजे यता भयो विलाप,
    यस्तै यस्तै हुँदो रहेछ कि पुन: मेलमिलाप ।
    🌑रबि श्रेष्ठ
    सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही, नेपाल

    [४७]
    खाँदाखाँदै पस्किएको भाग हरायो,
    कठै ! छट्टु स्याल देखी बाघ डरायो ।
    🌑बाबुराम गौतम
    गुल्मी

    [४८]
    अझै केही हुन्छ कि भनेर म भित्री खेल खेल्दैछु,
    बुद्धिको भाडोमा बिर्को लाग्दा आज यो दिन झेल्दैछु।
    🌑मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [४९]
    जति थैला टाले पनि नचुहिने हैन,
    लोभको भाँडो केही गर्दा नि भरिदैन ।
    🌑बिबस पारदर्शी
    भक्तपुर -७/

    [५०]
    आँखाहरू गई लोभ लालचमा बस्यो,
    भुइँको टिप्न जाँदा पोल्टाको पनि खस्यो ।
    🌑हिमा रोका
    मेहेलकुना सुर्खेत

    [५१]
    न त पाइयो नैतिकता, न त इमानदारी,
    कार्यकर्ता अन्धा नै भए, छैन खबरदारी ।
    🌑रामप्रसाद बेल्बासे ‘एक्लो यात्री’
    शीतगङ्गा -५, अर्घाखाँची
    हाल : बुद्धभूमि -३, कपिलवस्तु।

    [५२]
    जति धन भए नि नपुगेकाे मानिसलाई कहिल्यै,
    उमेर पुगिसक्दा पनि पैसाको पछि लाग्छन् जहिल्यै ।
    🌑शाेभा आचार्य गाैतम
    काठमाडौँ

    [५३]
    पैसा भन्दा बेच्न लागे प्रतिष्ठा नै पनि,
    नेता होडबाजि गर्छन् को बन्ने हो धनी ।
    🌑घनश्याम बराल

    [५४]
    भोको पेटलाई तातो खिर,
    समाल्न नसकी पर्‍यो पिर ।
    🌑Prashant shahi
    Kalikot.

    [५५]
    आउ मैयाँ माघमा बसौ घरजम गरी,
    घरकाले न माने जाऔँला बसाई सरी ।
    🌑सुरेन्द्र बुढा
    जुम्ला

    [५६]
    लोभले हुन्न लाभ हजुर पापी हाम्रो मन,
    मर्दा जाने खाली हात हो किन चाहियो धन ?
    🌑नवशिला,
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [५७]
    आफैँ बनेर बाेका नदिनु पर्ने धोका दियौ नि मर्ने गरी,
    यही मुख तितो र मीठो, बाेल्छ अनेक भैयो गड्यौला सरि ।
    🌑रामप्रसाद पुरी
    बादेल खाेटाङ।

    [५८]
    अग्लो रुखको टुप्पोमा पुग्न ,चढ्न मैले सुरु गरेँ
    टुप्पो पुग्नै आटेको थिएँ, हाॅगा भाँचेर झन्डै मरेँ ।
    🌑दिलिप राई

    [५९]
    काग दाइ मिठो बोल, भन्दथ्यो स्याल सो घरी,
    मुख खोल्दा खस्यो मासु, खायो टप्प टिपीवरी ।
    🌑रामशरण न्यौपाने
    भक्तपुर

    [६०]
    लोभ लालचले कुहिएर फालेको खान थाले,
    सम्पत्ति लुकाए थैलो भर्न भतुवा धेरै पाले ।
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [६१]
    अब पछुतो गर्नु र भन्नुको अर्थ छैन सरी,
    चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी ।
    🌑करन बहादुर शाह
    डडेल्धुरा

    [६२]
    पूर्णिमाको जुन पनि छेक्छु भन्छ्न् उनले,
    मायाको कापी बनाई लेख्छु भन्छ्न् खुनले।
    🌑ममिता भुशाल
    स्याङ्जा

    [६३]
    लोभको तिर्सना बेसरी खुर्कने,
    बाँझिदा रित्तिदै पाखुरा सुर्कने ।
    🌑अच्युत घिमिरे
    भुटानबाट🇧🇹

    [६४]
    आसेपासेको भर परी सबतिर लोभ गर्नेको यस्तै हालत हुन्छ,
    मुखमा आएको गाँस खान सकिएन नि भन्दै अब धुरुधुरु रुन्छ।
    🌑अर्जुन प्रसाद चौलागाई
    रामेछाप:-सुनापति-१
    हाल:-अमेरिका,बोस्टन।

    [६५]
    खुड्किलाहरू पार गर्दै गर्दै विजयी हुँदै गएँ,
    आफ्नै बुद्धि नपुगेर न यताको न उताको भएँ ।
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [६६]
    लोभले लाभ लाभले विलाप, नेपालीको टुक्कै महान,
    पाकेको खीर छताछुल्लै भो, भोकै रहे घरका जहान ।
    🌑यामनाथ आचार्य
    पर्वत

    [६७]
    खान्न खान्न लाेकाचार भित्रभित्र पाेका पार,
    एकाएक भागेर गयाे हिजाेकाे मित्र यार ।
    🌑प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [६८]
    धेरै भाग आफूले मात्रै खान खाेज्दा,
    माछाे माछाे भ्यागुताे भयाे सवै राेज्दा ।
    🌑उर्मिला के.शी.
    धनकुटा

    [६९]
    अर्काकाे लाेभ गरी मानवलाई कति पुग्छ हाेला,
    लाेभ गरेर के नै पाे लानु छ र मरिजाने चाेला।
    🌑सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    [७०]
    बसेको थिएँ विजयोन्मादको अहमता साँचेर
    भाग खोसेर लग्यो अर्कैले मेरो ढाडै पो भाँचेर ।
    🌑रचना मोक्तान “यात्री”
    नमोबुद्ध न. पा. -५, काभ्रे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्का माथि टुक्का’को भाग- ६६

    उदक यात्री देबकी के.सी.का उत्कृष्ट बीस उदकहरू

  • २० पुष २०७९, बुधबार ०८:३३ मा प्रकाशित
  • उदक यात्री देबकी के.सी.का उत्कृष्ट बीस उदकहरू-

    १)
    महाभारत
    हिन्दु धर्मग्रन्थ
    विश्वकै ठुलो महाकाब्य !

    २)
    पोखरा
    सुन्दर हराभरा
    साच्चै  राम्रो फेवा !

    ३)
    अङ्गुर
    लहरामा फल
    मिठो मान्छ लङ्गुर !

    ४)
    प्रशान्त
    ठुलो महासागर
    त्रिभुज यसको आकार !

    ५)
    बगर
    बालुवाको घर
    नदीलाई भेट्न  रहर !

    ६)
    दन्त
    मुखको शोभा
    शुभ बत्तीस दन्त !

    ७)
    खकार
    श्वासनलीमा बाधा
    घाँटीमा ल्याउँछ विकार !

    ८)
    अंशबन्डा
    सम्पत्तिको भागबन्डा
    नमिल्दा हुन्छ बितन्डा !

    ९)
    दोहोरी
    हाम्रो संस्कृति
    गीतै गीतको जुहारी !

    १०)
    हिमाञ्चल
    हिउँ  निश्चल
    देखेर मनै चञ्चल !

    ११)
    जनावर
    चिम्पान्जी बाठो
    जिराफ धेरै लाटो !

    १२)
    जिल्ला
    हिमालपारीको दुई
    मनाङ्ग र मुस्ताङ !

    १३)
    वन
    रुखहरूको घर
    प्राणवायुको मुख्य आधार !

    १४)
    लालीगुराँस
    राष्ट्रिय फूल
    सेतो गुराँस चिमाल !

    १५)
    ईलाम
    मिल्के डाडा
    भनिन्छ लालिगुरासको घर !

    १६)
    सभ्यता
    व्यक्तिको  गुण
    बोलीमा हुन्छ शिष्टता !

    १७)
    झिँगा
    फोहोरमा निर्भर
    अनेकौ रोगको घर !

    १८)
    अत्तर
    फूलको रस
    मगमग सुगन्धित वास्नादार !

    १९)
    नदी
    तिन नदी
    मिल्ने स्थान त्रिवेणी !

    २०)
    महासागर
    विशाल जलभाग
    विश्वमा जम्मा पाँच !

    ✍️
    देबकी के.सी.

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री देबकी के.सी.का उत्कृष्ट बीस उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P