
१.
असार
धान दिवस
हार्दिक शुभकामना अर्पण !
२.
कृषि
बढी लगानीलाई
आर्थिक मेरुदण्ड वृद्धि !
३.
गरिबी
गरेर निवारण
सञ्चालन आर्थिक आधार !
४.
कृषक
कृषिको खुसी
लगानीमा सानो व्यावसायिकता !
५.
विकास
श्रम पसिना
निर्यातको रेखा कोर्ने !
- दुर्गा आचार्य, मोरङ

१.
असार
धान दिवस
हार्दिक शुभकामना अर्पण !
२.
कृषि
बढी लगानीलाई
आर्थिक मेरुदण्ड वृद्धि !
३.
गरिबी
गरेर निवारण
सञ्चालन आर्थिक आधार !
४.
कृषक
कृषिको खुसी
लगानीमा सानो व्यावसायिकता !
५.
विकास
श्रम पसिना
निर्यातको रेखा कोर्ने !

काठमाडाैँ असार १५,
राष्ट्रिय धान दिवसकाे अवसर पारेर टुक्का साहित्य समाजकाे आयाेजनामा “विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-३८” सम्पन्न भएकाे छ । २०७९ असार १५ गते टुक्का पाठशालामा सञ्चालन भएकाे उक्त कार्यक्रमकाे संयाेजन तथा प्रशिक्षण टुक्का साहित्य समाजका संस्थापक अध्यक्ष ताराप्रसाद चापागाईंले गरेका थिए । कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट ७८ टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रममा सहभागीहरूले ” धान राेपाइँ तथा असार ” विषयमा केन्द्रित भएर चाेटिला टुक्का कविताहरू सिर्जना गरेका थिए । अभ्यासकाे क्रममा सङ्कलन गरिएका टुक्का कविताहरूकाे भाषिक सम्पादन सक्रिय टुक्काकार बिना राेकाले गर्नु भएकाे थियाे ।
कार्यक्रमकाे समापन गर्दै संस्थापक अध्यक्ष/ संयाेजक चापागाईंले धान रापाइँ तथा असार सम्बन्धी सुन्दर टुक्काहरू सिर्जना गर्ने सम्पूर्ण टुक्काकारहरूमा हार्दिक आभार व्यक्त गर्दै सबै टुक्काकारहरू, टुक्का प्रेमीहरू तथा देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा राष्ट्रिय धान दिवसकाे अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका थिए।
अभ्यासका क्रममा सङ्कलन गरिएका टुक्का कविताहरू
[१]
१.
असारको चटारोमा, बेसी झरियो,
हल गोरु नारेर, रोपाइँ गरियो।
२.
खेतका गरा टम्म हेर, वर्षा भएर,
हिलो खेल्दै खेत रोपियो, गीत गाएर।
✍️ प्रदीप के रिमाल
इटहरी सुनसरी।
[२]
१.
पानी मात्रै जताततै हिलो खेतभरी
पापी पेट पाल्नुपर्ने सधै यसै गरि ।
२.
हिलो खेलौ,खेत रोपौ मिलीजुली साथी
परिश्रमी सधैँ हुन्छ अरुभन्दा माथि।
✍️ दस्ता कौशिक
पाँचथर,सिंहपुर।
[३]
१.
रोपेर मानाे मुरी पो फल्ने सिजन हो अरे,
कसरी जोड्नु हात र मुख काम नै नगरे ।
२.
सकेको काम जानेरै गर्नु पर्दछ सबैले,
अहिले दु:ख गरेमा दिन कट्दछ मजैले ।
✍️ वसन्त अनुभव
घोराही, दाङ
[४]
१.
बेसी टारखेत रोपाइँ भयो घाम हाँस्यो मुसुक्क,
रोपाइँको थ्यो पीडा सकियो अब लौ बस टुसुक्क।
२.
खेत हिलाे पार्दै रोपाइँ गरौं आफ्नै देशमा आएर,
भर्नलाई पेट गर्नुछ खेती त्यो लेक बेसी धाएर।
✍️ बेदु न्यौपाने
काठमाडौ
[५]
१.
असारे झरी पसिना सरी बोकेर कोदाली ,
दही चिउरा खाइ बेठी गाई झरे ओराली ।
२.
मानो खाइ मुरी फलाउने किसानको धोको
मल र जल गर्दागर्दै नि आफ्नै पेट भोको।
✍️ अम्बिका गिरी
विराटनगर
[६]
१.
सबेरै उठी किसान हामी खेतमा झरौँला,
लगाई कुलो सम्म्याई गह्रा रोपाइँ गरौँला ।
२.
रोपेर धान खेतमा आफ्नै यसैले धानौँला,
खाएर मानो उब्जाई मुरी आनन्द मानौँला ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६, दोलखा ।
[७]
१.
असार मास चटारो धेरै गैरी खेत झरियो
रोप्नु छ धान मातृभूमिलाई पार्नु छ हरियो।
२.
रोपेर मानो फलाउला मुरी असार पन्ध्रमा
दिनको सूर्य घमाइलो राती शीतलु चन्द्रमा।
✍️ नवशिला।
बेलबारी -२, लालभित्ती , मोरङ।
[८]
१.
असारे झरी हिलोको होली खेलेर खेतमा
किसान साथी भर्दछ पेट सबैको देशमा।
२.
असार पन्ध्र चिउरा खाजा दहीमा मलेर
बाउसे हली रोपार खान्छ आलीमा बसेर ।
✍️ बिके मुखिया
दार्जीलिङ भारत।
[९]
१.
खेत भएकाले त रोपे खेत न भएका के गरौँ,
रिन लाग्छ भात खाँदा निमेक गर्न विदेश झरौँ।
२.
राती बाट झरी लागेकोछ छायो शीतल,
धान रोप्ने रोपारलाई झन मिल्यो बल ।
✍️ सुरेशकुमार पान्डे
दाङ घोराही १८
[१०]
१.
छुपुमा छुपु धानै राेपौँ खेतमा गएर
चेली र माइती सबै एकजुट भएर।
२.
असार मास धान राेप्नलाई बेसी झरियाे
बाउसे र राेपार मिलेर राेपाइँ गरियो ।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
भक्तपुर ।
[११]
१.
कहाँ सकिन्छ हजुर किसानको काम,
खट्नु पर्छ यहाँ, नभनी पानी र घाम ।
२.
खाजामा खानु चाम्रे र राेटी,अमिलाे अचार
यता नि पानी उता नि पानी लागेछ असार ।
✍️ टङक खुलाल कार्की
छथर गा.पा-०५ तेह्रथुम
[१२]
१.
झरीमा हामी बेंसीमा गई राेपाइँ गराैँला
धानको बिउ डाेकाेमा राखी खेत है भराैँला ।
२.
छुपुमा छुपु धान है राेपी असारे गाओैँला
साथी र सँगी मिलेर त्यहाँ कम्मर भाँचाैला ।
✍️शर्मिला खतिवडा
विर्तामोड ,झापा
[१३]
१.
आयो महिना असारको धान रोप्ने बेला
आउन साथी सम्पन्न गरौँ भएर भेला ।
२.
हतार भयो साथीभाइसँग आज मेला जानलाई
असारै मास धान रोप्नु पर्ने वर्षभरी खानलाई ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १९, मोरङ, हाल- प्रवास
[१४]
१.
भेला भै हली, बाहुसे र रोपारहरू आए कति,
असारे गाउदै मेलो चलाउ ज्यानले सके जति।
२.
बर्खामास झरी पानी बर्सिएको रोपाइँको मेलामा,
पन्ध्र असार दही चिउरा खाजा जोहाे गर्नुस् बेलामा।
✍️ अच्युत घिमिरे
भुटान बाट 🇧🇹
[१५]
१.
असारे भाकामा गुन्जियो सारा गाउँ बस्ती
छ्याप्दै खेल्दै हिलाम्मे भै गर्दैछन् मोज मस्ती ।
२.
यै हो बेला कृषक जन हो धान रोपौँ गरामा
सारा धर्ती जल पतनले सौम्य बन्दै पलामा ।
✍️ सुर्य मणि रेग्मी
चितवन
[१६]
१.
असारको खेती लाउन बर्खालाई कुर्ने,
छ महिनाको पर्खाइमा भित्र्याउन जुर्ने ।
२.
न हिलो, पानी केहीको पनि प्रवाह नमानी,
असारे गीत गाएर रोप्दा रमाइलो सानी ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
[१७]
१.
पानी धेरै पर्यो साथी असारको मास
कृषकले बाली रोपे धेरै फल्ने आस।
२.
असारको पन्ध्र दही चिउरा खाने दस्तुर क्या राम्रो
हरेक महिना पर्व मनाउने परम्परा छ हाम्रो ।
✍️ दीपक ठटाल जलन
खरसाङ
[१८]
१.
असारे मेलाे हलगाेरु बेसी खेतमा पसेर
छाता ओढेर साहुले हेर्छन् नि आलीमा बसेर ।
२.
खाली छ पेट पटुकी कसि बाल बच्चा छाेडेर
गर्दछ गाली सामन्त शाेषक छाडा जाे बाेलेर ।
✍️ सीता ढुङ्गाना काफ्ले
सिद्धार्थ साहित्य परिषद, भैरहवा ।
[१९]
१.
असारे मास, रोपेर धान, जहान पालौँला
बसेर खाने,कुरा नि काट्ने, प्रवृत्ति फालौँला ।
२.
निर्भर बन्न , कर्तव्य ठान्न , छोडेर भ्रमले
वर्ष यो दिन,गर्नु छ काम,पसिना श्रमले ।
✍️ प्रेम थापा ‘मन’
[२०]
१.
आएको असार किसानको साथमा,
लिए बिउ रोपारले हात हातमा ।
२.
मानो रोपी मुरी धान फलाउने बेला
खेतमा लाग्छ जहिल्यै यो असारे मेला।
✍️ लक्ष्मण समिर
बर्दिया
[२१]
१.
हतार सधैँ किसानी काम मेलामा जानलाई
असार मास धान रोप्नु वर्ष दिन खानलाई ।
२.
बिहानै उठी किसान मिली खेतमा झरौँला
लगाई बेठी सम्याई गह्रा रोपाइँ गरौँला ।
✍️ दुर्गा भट्टराई
मोरङ
[२२]
१.
छर्केर मल गोरुको हल खेतमा जोतौँला,
गाउँदै नाच्दै धान नि रोप्दै हिलोमा रमौँला।
२.
ए! मेरी लुरी ,तिहुन पुरी , खेतमै खाउँला,
छुपुमा छुपु, रोपौँला धान, मस्त रमाउँला।
✍️ पारस भट्ट( प्यासी)
मेलौली दुई बैतडी
[२३]
१,
असार पन्ध्र दही र चिउरा मुछेर खाउँला,
मैझारो गरी खेतमा सबै धानरोप्न लाउँला।
२,
पञ्चे है बाजा बजाई लौ न असारे गीत गाई,
छुपुमा छुपु रोपौँला धान सबैलाई बधाई।
✍️ मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार, बिर्तामोड झापा
[२४]
१.
बिहानै उठी हलो र जुवा बोकी बेसीमा झरियो
किसानीहरुलाई नछुट्ने भयो नाम्लो र बरियो।
२.
बाउसे अनि खेताला मिली रोपाइँ गरौँला
धानको बाला झुलाई हामी पाथीले भरौँला ।
✍️ सरस्वती श्रेष्ठ
इटहरी
[२५]
१.
असारे मासकाे दबदबे हिलाे, राेपाैँ न गाएर ।
दही च्युरा खाउँ है आलीमा बसी, गाेडाैँ न धाएर ।
२.
हलीले जाेत्याे नारेर गाेरु ब्याडे छ बिउमा
राेपार आए फालेर हिलाे बाउसे जीउमा ।
✍️ निरज काेइराला
बेलका १ उदयपुर , हालः इटहरी
[२६]
१.
असार लाग्यो
किसान जाग्यो ।
२.
असारे महिना, खेतमा रोपाइँ सुरु
धानका बिउ रोप्ने गर्छौ नि खुरुखुरु ।
✍️रिता खराल
रुपन्देही
[२७]
१.
हलो र जुवा साथैमा दाँदे बोकेर आएको,
असार मास रोपाइँ गर्न खेतमा धाएको।
२.
जन्तरे सोल्टी फ्याउरी बोकी मेलोमा आएछन्,
रोपाइँ सकी सोल्टिनीसँग रसिया गाएछन्।
✍️ अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[२८]
१.
खेत रोप्नलाई अब छोप्न पर्छ असारे झरी
काम गर्नु पर्छ नगर आफ्नो मात्र मन परी ।
२.
मानो रोपी मुरी फल्ने तरिकाले धानको बाला झुलाऊँ
आगामी दसैँ तिहारको लागि आम्दानीको श्रोत खुलाऊँ।
✍️ पवन कुमार बुढाथेाकी
काठमाडौं
[२९]
१.
हिलोसँग लाप्पा खेल्ने किसान दाइको गति,
जग्गा धनी शहर बस्ने लान्छन् फसल जति।
२.
आफ्नो छैन खेतबारी बाध्यताको छ कर्म ,
कसले बुझ्ने किसानको दुःख पीडा मर्म ।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[३०]
१.
पानी पर्यो सिमसिमे सुखद मौसम यसपाली,
स्वर्गको राजा इन्द्रले आज खुसी पारे बालीनाली।
२.
बाउबाजेको पेसा हो भन्दै त्यही खेती त्यही तरिकाले हुन्न अब,
आधुनिक ज्ञान प्रयोग गरी बढीभन्दा बढी उब्जाउनु छ जब।
✍️ म्यामराज राई
हतुवागढी-६, होम्ताङ्,भोजपुर,हाल:-जापान
[३१]
खले गह्रो आउनै लागे बाउसे रोपाहार
खाजा खान दही च्युरा अब लाै थकाइ मार ।
✍️ दिनेश निराैला
ओखलढुंगा, हाल सुनसरी
[३२]
१.
असार मास जोत्नु र खन्नु रोपाइँ गर्नु,
धानका बाला फलाई साँच्चै भकारी भर्नु ।
२.
हलो र जुवा काधमा हाली खेताला साथमा,
झरियो बेसी रोपेर खेत फर्कन्छु रातमा ।
✍️ रामजी लामिछाने
पाेखरा
[३३]
१.
असारमा धान रोप्न बेँसी हुँदै ओराली झरे
बर्षायामको पानी झरी सँगै हेंवा खोला तरे ।
२.
असार पन्ध्र मनाउदै दही चिउरा खाएको
धान रोप्न छिमेकीकाेमा पर्म लाउन आएको ।
✍️ अम्विका अधिकारी
झापा विर्तामोड
[३४]
१.
बर्खा मास बेसी झरी, धान रोपाइँ गरौँला ,
हातमा हलो काँधमा जुवा लिएर झरौँला ।
२.
दबदबे हिलो छेउकुना सम्याई खेत रोपौँला ,
मलजल लगाई साउनमा आई ,रोपाे गोडौँला ।
✍️ बुद्धिमान दनुवार
सुरुङ्गा ४ झापा
[३५]
१.
आउ राेपौं गैरी खेत सबै मिलेर साथी,
जानुपर्छ डाँडैडाँडा केही उकालो माथि ।
२.
झरी नै परिरहोस् केही दिन यसैगरि,
चारैतिर राेपेर सकिन्छ कि खेतभरी।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल
[३६]
१.
उर्लेर आयाे असारे भेल बगायाे झिँगटा
धान राेप्न भनी बेसी जाँदा चलायाे रिँगटा ।
२.
बाबा र जी काे टारी छ खेत ढुकुर लुक्ने बिउ
कसरी तर्नु समुन्द्र नदी मुरली जस्ताे जिउ ।
✍️ प्रेम कला चापागाईं( सिटौला )
मेचीनगर -१२ झापा
[३७]
१.
असारे झरी उघ्रियाे घाम लाग्याे घमाइलाे
छुपुमा छुपु हिलोमा धान रोप्दा रमाइलाे।
२.
मंसिरकाे खुसी कल्पिदै दुखमा बित्छ असार
अन्यत्र केही नसाेची किसानलाई भाे हतार ।
✍️ रश्मि रिमाल
झापा
[३८]
१.
असारको बेला, किसान मेला देख्दछु चटारो,
मानोमा रोपी, फलाउन मुरी हानेको झटारो।
२.
मौसमी खेती, छ मरिमेटी, गरेर मरिन्न,
बेलामा छैन, मल र बिउ, भकारी भरिन्न।
✍️ मनोहरी पौडेल
गैडाकोट १, नवलपुर
[३९]
१
चिउरा दही खाएर मिठो धान है रोपौंला,
झरीमा लागे नरुझ्नलाई घुमले छोपौंला।
२
पहिराे बाढी जाेखिम अति कसरी खेप्ने,
असार मास नराेपे धान पछि के चेप्ने ?
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
[४०]
१
असारेकाे भाका फेरि धान राेप्दै गाउँला,
बिचमा थकाई मार्दै खाजापानी खाउँला ।
२
तिमी आली लगाउनु म राेप्छु बिउ धान,
कर्म गरे फल पाईन्छ कुरा आफैँ जान ।
✍️ शान्ति याक्साे
काठमाडौं ।
[४१]
१.
कुन खेतमा धान रोप्ने, खेत लग्यो साहुले
बाँच्न धेरै गार्हो भो, बजारको बढ्दो भाउले।
२.
जमिन्दारको खेतमा गै, असार भरी धान रोपियो
आफ्नो भाँडो सधैँको रित्तो,गोदाम चै उसको भरियो।
✍️ पदमा शर्मा आँचल
कालचिनी, प. बंगाल
[४२]
१
रिमी र झिमी पनि है पर्याे चार दिशा ढाकेर,
टारी खेत न राेपी हुन्न लेराउ लाठे डाकेर ।
२
भाराेपर्म हाे हाम्राे धर्म सद्भाव गाँसेर ,
मिलीजुली गर्ने हाे काम रमाइ हाँसेर ।
✍️ प्रद्युम्न चालिसे
देवघाट, तनहुँ
[४३]
१.
असार महिना रोपेर धान मंसिरमा काटौँला,
मेला र पर्व धाउदै गर्दा हामी पिरती साटौँला।
२.
खेताला सँगै रमाए हेर मुखिया बा आएर ,
असारे गीत गाइएको देखे मेलामा धाएर।
✍️ दुर्गा आचार्य
मोरङ
[४४]
१.
टारी खेत रोपाइँ गर्न हम्मेहम्मे भयो
बादल फाटी घाम लागि खडेरी पो गयो।
२.
असारमा झरी पर्छ भन्थे बुढापाका
बदलिए जस्तो लाग्यो मौसमको खाका।
✍️ मन्दिरा सेढाई
मलेखु, धादिङ
[४५]
१.
पर्म तिर्न आऊ है सानु राेपाइँ हाे आज ,
हाम्रा बिचकाे सम्बन्धकाे खाेल्नु पर्याे राज ।
२.
माैका अवसर घरिघरि आउँदैन हाेला ,
छदै उमेर कसाैँ कम्मर बुढ्याैलीले छाेला ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा ।
[४६]
१
रतुवा खोला बाढीले सारा शहर बगायो,
बेलैमा बन्नु सचेत भनि मानिस जगायो ।
२
असार पन्ध्र मनाऊँ हामी रोपाइँ गरेर,
खाउँला खाजा चिउरा दही आलीमा बसेर ।
✍️ भगवती दवाडी
दमक, झापा
[४७]
१.
हलो र जुवा काँधमा झाले र माले साथी
गरागरामा धान फल्छ नि पाथीका पाथी ।
२.
डाँडामा पनि फूल फुल्छ माली चाहिन्न
इन्द्रै दिन्छन पानी सरकार पर्खिन्न ।
✍️ योगप्रसाद उपाध्याय चापागाईं
काठमाडौं ।
[४८]
१.
काँधमा हलो र जुवा बोकेर साँइला निस्केको मेलैमा
मेलो है सकि फर्कनुपर्छ चाँडै आऊ साँहिली बेलैमा ।
२.
हस् हुन्छ हजुर म आउँदै गर्छु तपाईं हिँड्दै गर्नुहोस्
बनाइ कुलो लगाइ पानी गह्रामा समतल भर्नुहोस् ।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन – ६ संखुवासभा
हाल मलेसिया
[४९]
१.
लगाउनु छ खेती काटौँ कुलाे नाली
पाक्याे बर्खे धान मिली निकालौँ बाली ।
२.
असारे महिना कामकाे धेरै चटारो ,
मौका छाेपी आउ असारकाे छ हतारो ।
✍️ रिना योल्मो
दार्जीलिङ
[५०]
१.
असाध्यै ठुलो परेर पानी धान रोप्न दिएन
ब्याड पनि बगायो होला बिउ काडेको थिएन।
२.
छुपुमा छुपु रोपौ है धान असारे भाकामा
अहिले रोपौँ काटौँला पछि मङ्सिर ताकामा।
✍️ तिला लेकाली
बेलबारी, माेरङ्ग
[५१]
१,
सिमसिम पानीले भन्दैछ असार आइसक्यो
हलो कुट्टो कोदाली चेपेर आलीमा धाइसक्यो।
२.
मानो रोपेर मुरी भित्र्याउने खेती किसानीको आसले
हलगोरु पछि रोपारेहरूले गाइरहन्छन् सासले।
✍️ इश्वरी अधिकारी
लमजुङ
[५२]
१.
असारे गीत गाउँदै कोदाली खनी
धान रोपौँ सबैले एकजुट बनी ।
२.
मलाई प्यारो लाग्छ कुट्टो अनि कोदाली
आउ साथी मिली रोपौँ धान यसपाली ।
✍️ अम्बिका कोइराला
धादिङ
[५३]
१,
फर्कि आऊ परदेशी,बादलले ढाक्यो,
लहलह बिउ भयो, तिमीलाई डाक्यो।
२.
उत्ताउला रोपारले,छ्यापे पछि हिलो,
किन गर्थे बाउसेले, समाउन ढिलो ?
✍️ चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०, राँझा एयरपोर्ट बाँके
[५४]
१.
तिथि र मिति, पानीको माैका, सकेको छाेप्दछ,
छुपुमा छुप, हिलोमा धान, किसानी राेप्दछ ।
२.
बाेकेर भारी ,गाउँ र बेसी, किसान गर्दछ,
काटेर जुडी, असार मास ,भकारी भर्दछ ।
✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[५५]
१
किसान दाइ गर्छौं इमानको काम,
असार भरी छैनन् चयन आराम ।
२
साझको बेला झ्याउँकिरी बास्यो विरह छरेर,
असारे गाउँला रोपौँला धान बेसीमा झरेर ।
✍️ काजी ग्याबा तामाङ
चैनपुर-४ संखुवासभा
[५६]
१.
असार पन्ध्र दही चिउरा खाई हिलो मथौला,
रोपेर धान असारे भाका लोकगीत कथौला ।
२.
साउने झरी तर्काई प्यारी घुम राडी ओढौँला,
मिलेर सँगै खेतमा गएर मायाले गोडाैँला ।
✍️ बिबस पारदर्शी
भद्रपुर झापा
[५७]
१.
असार महिना किसानकाे ठुलाे राेपाईँ चाडपर्व,
खाएर मानु उब्जाउँछन् मुरी हर्षित भई सगर्व ।
२.
जाे जसले अहिले दशै नङ्ग्रा हिलाेमा खियाउँछन्
तिनले धान पहेँला सुन झैँ मंसिरमा भित्र्याउछन्।
✍️ रामकृष्ण रिजाल
बा न पा १३ बाग्लुङ
[५८]
१.
असार मास गर्नु छ काम खेती र किसानी
हे! माई तिम्री बुहारी परी खेतमा नजानी।
२.
किसान सारा खेतमा जान्छन् गरेर एकता
अन्नले सारा मानव पाल्छन् बनेर देवता।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[५९]
१.
असारे हिलो रोपाइँ गर्ने बनाई उर्भर
नेपाली हामी उहिले देखि कृषिमा निर्भर ।
२.
घाँसको भारी बोकेर डाेकाे बेसीमा झरौँला
पुर्खाको पेसा सम्मान गर्दै रोपाइँ गरौंला ।
✍️ तारा घिमिरे
संखुवासभा
[६०]
१
असार लाग्यो वर्षाले छोप्यो खेतमा जानुछ ,
खेताला सबै भाेकाए होलान् खाजा नि लानुछ।
२
खेलेर हिलो रोपेर धान यो चाड मानाैँला,
असारे भाका टपक्क टिपी वेदना साटाैँला ।
✍️ सरू बस्नेत
निजगढ -७ ,बारा
[६१]
१.
असारे गीत लाएर प्रीत, कोदाली बजाउँला,
खेती को अन्न उब्जाई टन्न, नौ मुरी फलाउँला।
२.
समूहको कामले सबैको नामले, गर्ने हो धान खेती,
उखुम राम्रो खाएर चाम्रो, कमाउला एक मानु रति।
✍️ पहलमान क्षेत्री कृष्ण
बैतडी हाल धनगढी
[६२]
असारे महिना परेको पानी वारपार भाे बगर
घरखेत सबै डुबान भयाे हेलचेक्राइँ नगर ।
✍️ तारा खत्री
धरान
[६३]
१.
असार पन्ध्र हलखेतला गैरी खेत झरे,
बढी आयाे त्यो ठाडाे खाेला खै कसरी पाे तरे?
२.
मेलो मिलाउ बाउसे दाइले रोपारले रोप,
धान राेप्दै हिलो खेल्दै, नाच्दै असारे गीत छोप।
✍️ नानीबाबा अधिकारी
काठमाडौँ
[६४]
१.
बर्खा लायो हजुरको याद आयो
मुटु चर्यो कुटुक्क यो मन खायो ।
२.
असारे महिना सिमसिम पानी
बिरामी हुन्छौ ख्याल गर है!सानी ।
✍️ बिनिता विश्वकर्मा बिनु
बाजुरा
[६५]
१.
सबेरै हामी जाऊँ साथीभाइ खेतकाे मेलैमा
उब्जनी राम्राे गर्नु छ भने श्रम गराैँ बेलैमा ।
२.
उर्लेर आयाे खहरे खाेला बगायाे सम्पत्ति
राेएर बसे बाल र बच्चा राेएरै दम्पती ।
✍️ सुस्मिता नेपाल
इटहरी
[६६]
१.
न दिनमा रह्यो न रातमा नै रह्यो मुसलधारे पानी
रुझेरै पनि रोपाइँ गर्नुपर्ने किसानको जिन्दगानी ।
२.
रोपाहार बाउसे असारे गाउँदै रोपाइँ गर्दछन्
मानोको बिउ रोपेर मुरी फलाई भकारी भर्दछन् ।
✍️ रचना शर्मा प्रतीक्षा
महालक्ष्मी नपा, ललितपुर ।
[६७]
१.
सधै हिलो असार यो तमाम नाम रेतमा,
म भिर्छु यो हलो जुवा र गर्छु काम खेतमा ।
२.
गरा गरा हराभरा दिनेछ सूर्य चन्द्रमा,
सबैजना रमाउला यही असार पन्ध्रमा ।
✍️ ऋषिराम खनाल
मध्यबिन्दु – ६ टाँडी नवलपुर ।
[६८]
१.
असार महिना परेको छ सिमसिमे पानी ,
गर्नुपर्छ आफ्नै देशमा यहाँ ठुलो लगानी ।
२.
हिलोमा धान रोप्दै रमाउला हामी पनि मित्र,
बाहिर जसरी हाँस्नुपर्छ दु:ख पीडा छन् भित्र।
✍️ विक्रम तिरूवा सलिन
जुम्ला
[६९]
१.
मानो रोपेर मुरी फलाउने दिन
आउनुहाेस् धान रोपौँ है एकै छिन।
२.
छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौला
असारे पन्ध्र दही चिउरा, दुख याे माेडाैला।
✍️ साधना पाैडेल
ओखलढुङ्गा
[७०]
१.
आली लगाई, धान रोपी, दही च्युरा खाउँला
हिलो छ्याप्ने निहुँ पारेर माया छेऊ आउँला।
२.
बाँझो छ खेेत बाँझै छ बारी झन
हुन्छ भतभती ती वृद्बका मन ।
✍️ मिसु श्रेष्ठ
काठमाडाैँ
[७१]
१.
पारिपटि गैरी खेतमा रोपाइँ छ है आज
असार पन्ध्र दही चिउरा खाने सकि काज।
२.
दुई हल गोरु दुईटा बाउसे दश जना छन् रोपार
घडेरीको जमनामा खेती भन्ने भइगो अब अपार।
✍️ गोमा गुरागाई पोखरेल
इटहरी
[७२]
१.
असारे झरी दरर दर्क्यो खुसीले धरामा
किसान आज रमाइ पुगे खेतका गरामा ।
२.
छुपु र छुपु हिलोमा धान हाँसेर रोपेका
असार पन्ध्र चिउरा दही खाएर नाचेका।
✍️ बिना रोका
घोराही दाङ।
[७३]
१.
मातृभूमि नेपाल देशको झण्डा सूर्य र चन्द्रकाे,
किसानकाे जय यो धान दिवस असार पन्ध्रकाे ।
२.
गैरी खेत आउनु है बर्खे भेल तरी,
सकाैँ चाँडो मेलापात गाेडमेल गरी ।
✍️ रामप्रसाद पुरी
बादेल, खाेटाङ ।
[७४]
भारापर्म गर्दै दु:ख साटे त सबैले दु:ख पिडा भुल्नेथे
आज धान रोपे मात्रै पछि फाँटमा धानका बाला झुल्नेथे।
✍️ सुमिना तिमल्सिना
भक्तपुर
[७५]
१.
छुपुमा छुपु हिलोमा धान रोपेर छोडौँला
बनाइ कुलो लगाइ पानी आएर गोडौँला ।
२.
असारे महिना धान रोप्ने चटारो आयो
माना खाइ मुरी उब्जाउने मनमा छायो।
✍️ आर्मित्मा थापा मगर
पु.ब.न.पा- ७ स्याङ्जा
[७६]
१.
नभनि घाम नभनि झरी किसान आली कोदालो गर्छ
लागेको छ असार वर्षा ऋतु हो अन्न उब्जाउनु पर्छ ।
२.
बाबाले भन्दैछन् सबेरै उठी सबै हुनु छ भेला
यही हो छोरा मानो रोपेर मुरी फलाउने बेला ।
✍️ प्रकाश बुढाथोकी
असम भारत।
[७७]
१.
असारको खेती सुनैको उब्जनी
किसानको जीवन अरू के छ नि?
२.
आउन साथी धानको खेती मिलेर गरौँला
आत्मनिर्भरताको बिउ यहीँ देशै छरौँला।
✍️ विक्रम वली “नेपाली बाबु”
घोराही -११- दाङ
[७८]
१.
टारी खेतमा राेपाइँ भयाे माैसम मुस्कुरायाे
चटाराे नि सकिएर तनमनले शान्ति पायाे ।
२.
हाल गाेरु, बाउसे, राेपार हाैसला छ धेरै,
स्वदेशमा नै कृषि कर्म गर्ने प्रतिज्ञा मेरै ।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी
>> जय टुक्का! जय साहित्य!! <<

१.
गाेर्खाली
लिएर खुकुरी
छप्काउने शासककाे घाँटी !
२.
आमा
बेचेर मिर्गौला
बनाईन् डाक्टर छाेरा !
३.
ऋण
डुबेर लगानी
भएको बालुवामा पानी !
४.
राजनीति
सत्ताकाे खेल
स्याल बनेका शेर !
५.
दुर्वाच्य
कलहकाे बीउ
मुटु बिझाउने घाउ !
✍️ श्रद्धा आचार्य
पोखरा – १६, कुरेचाैर

काठमाडौ, ११ असार । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३९औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
अभ्यासमा ४४ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३९औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
दिलमा यौटा त साथमा होस् अर्को,
खडेरी नपरोस् मायाको होस् लर्को ।
✍️ वसन्त अनुभव

[१]
सबैतिर माया बाँड्ने कस्ताे महान साेच हाेला ?
नेताकाे झैँ बेहाल हुन्छ अनि कुना बसी राेला ।
✍️
ताराप्रसाद चापागाईं
धुनिबेसी, हाल प्रवास
[२]
नलगाउनु धेरैसँग माया, नत्र उति लाग्छ झर्को,
गुलियोको खोजमा फेरि जिन्दगी बन्छ नुनिलो चर्को।
✍️
बि कुलुङ
दार्जिलिङ
[३]
जसलाई माया गर्यो त्यसैलाई साथ दिन सक्दिनँ,
मेरो जस्तो खुल्ला बिचार उनको मैले कतै देख्दिनँ।
✍️
प्रदीप के रिमाल
इटहरी,सुनसरी ।
[४]
मुखले नेपाल मनैले अमेरिका नेता जस्ताे चाल,
घर न घाटकाे बनाैली बाइफाले बिग्रिएला हाल ।
✍️
निरज काेइराला
बेलका १ उदयपुर हाल इटहरी
[५]
मुनामदनको जस्तो अजम्बरी होस् हाम्रो माया,
माया नै मायाका आकृतिहरू परुन् दायाँबायाँ ।
✍️
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६, दोलखा ।
[६]
जमाना एक्काइसौंं शताब्दीको आडको प्रतिशत झर्यो,
साथ दिनेले छाडे दिलमा अर्को सुरक्षित गर्नै पर्यो।
✍️
अच्युत घिमिरे
भुटान बाट 🇧🇹
[७]
पातकी हुँदा नि पर्लौ कुनैदिन फेलामा,
त्यागकी पर्याय नारीलाई बुझौँ बेलामा।
✍️
म्यामराज राई
भोजपुर
[८]
माया गरे हुन्छ यहाँ सक्छौ भने मायालाई जोगाएर,
मर्न नपरोस् है कसैलाई प्रेम कै नसाले रोगाएर।
✍️
शंकर कार्की
थाहा ३मकवानपुर
[९]
मायाले मात्र सदियौँ टिकेको छ संसार,
तर पनि कसै कसैलाई किन छ भार ।
✍️
सुरेशकुमार पान्डे
दाङ घोराही१८
[१०]
बिचार गर आजभोलिको जमानामा माया लाउन,
झुटो हुन्छन् धेरै जसो गाह्रो हुन्छ शुद्ध चोखो पाउन ।
✍️
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन – ६ संखुवासभा; हाल : मलेसिया
[११]
मुखले चैँ सीता सीता मनमा छे अर्कै मिरा,
आफ्नोलाई पित्तल ठान्छौ अर्काकोलाई हीरा !
✍️
बिबस पारदर्शी
भद्रपुर २ झापा
[१२]
अर्कोलाई हीरा भन्दै भन्छौ रे प्रिय मेरी,
टाउको समाएर भन्न नपरोस् हत्तेरी ।
✍️
प्रेम थापा
[१३]
के फाइदा लगाएर, मायाकाे लर्काे?
लर्काे सम्हाल्न फेरि हाेला कति झर्काे !
✍️
गाेपालकृष्ण डंगाेल
काठमाण्डाैँ (हाल इटहरी) ।
[१४]
साँचो माया दिलैदेखि एउटै लाए पुग्छ,
लर्काे लागेमा अघिपछि झन् टाउकाे दुख्छ ।
✍️
त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
[१५]
झरी परेको मौसम, मायाले पाखो बारोस्,
पगालेर हृदय पैह्रो बनेर नझारोस् ।
✍️
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[१६]
एउटाको काँधमा चढेर नै अर्कोको मनभित्र बस्न,
कसरी सक्छौ एकलाई माया अर्कोलाई अङ्गालो कस्न ।
✍️
मन्दिरा सेढाई
मलेखु,धादिङ
[१७]
कस्तो जमाना आयो माया टिकाउ नहुने,
धोका दिँदा अलिकति नि मनमा नछुने ।
✍️
गंगा खड्का
बूढानीलकण्ठ काठमाडौँ
[१८]
घरकाे मिठाे चाेखाे स्वादिलो भाेजनमा पार्छन् भान,
बाहिर खान पल्किएकाकाे स्वाद बाहिर हुन्छ जान ।
✍️
इन्दिरा ज्ञवाली
तानसेन पाल्पा
[१९]
दिलमा बस्नेले नि गर्न थालिन् झर्काे र फर्काे,
आई अर्किले सुटुक्क ओढाइन् मायाको बर्काे।
✍️
मित्र उराठी गाैतम
अमरपुर,गुल्मी हालःतिलाेत्तमा न पा- २ ,रुपन्देही
[२०]
नारी पुरुष बराबर, मन उस्तै, दुबैलाई त्यो झर्काे,
एउटै मात्रै गाह्रो भएको बेलामा कसरी खेप्नु अर्को।
✍️
रामप्रसाद पुरी,
बादेल, खाेटाङ ।
[२१]
सत्यवान सावित्री कथा भयो अहिले,
माया गर्नेहरूले खल्ती हेर्छन् पहिले।
✍️
बिके मुखिया
दार्जीलिङ, भारत।
[२२]
मनमा एउटा राखी, बाहिर अर्को कसरी ?
फेरिदैन साँचो प्रेम, जाडोको बर्को जसरी।
✍️
सीता रेग्मी
सुन्दरहरैचा मोरङ
[२३]
कामको साथमा मायाको होस् लर्को,
साथ सहयोगमा नमान्नु झर्को ।
✍️
जमुना आचार्य
सिन्धुपाल्चोक
[२४]
जस्ले माया गर्छ उस्लाई धोका कहिले नदिनु ,
कसैले कोही तड्पाउने सोच मनमा नलिनु।
✍️
दुर्गा आचार्य
मोरङ
[२५]
एउटालाई नै पाल्न असाध्यै भएको छ साह्रो,
धेरै लर्को लगाए सम्हाल्नलाई हुन्छ की गाह्रो।
✍️
मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार, बिर्तामोड झापा
[२६]
एक थाप्लोमा दुई नाम्लो राख्नु हुँदैन बरै,
न कान्छी न जेठी परिवारको हुँदैन भरै ।
✍️
बिके माकजु , भक्तपुर ।
[२७]
बाहिर बाहिर मुखले ठिक्क पार्छन् ,भित्र अर्को बस्छन्,
एउटालाई माया देखाई अन्तै लगन गाँठो कस्छन्।
✍️
बुद्धिमान दनुवार
सुरुङ्गा ४ झापा
[२८]
एउटी हुँदाहुँदै किन बोक्नु पर्यो अर्को पनि भारी,
कहाँबाट ल्याउने होला पैसा फेरि किन्न माग्दा सारी ।
✍️
राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ हाल- प्रवास
[२९]
दाेधारेकाे एउटा साथमा अर्को दायाँबायाँ,
अवसर पाए लत्याउँछन् नपरेमा माया ।
✍️
रामकृष्ण दुवाडी
[३०]
घरकि छलेर बाहिरकि बोलाउँछ,
च्याप्टो भाटा खाँदाखेरि बल्ल टोलाउँछ ।
✍️
रबि श्रेष्ठ
अर्घाखाँची, हाल : बुटवल !
[३१]
बरु गरौंंला सुख दुःख, भिर पाखामा,
झार्न दिन्न आँसु कहिल्यै तिम्रो आँखामा ।
✍️
प्रदिप नेपाली
बिहादी ५ पर्बत उराम
[३२]
गर गर जति सक्दछ्यौँ, दोस्ती अनि प्यार,
केही परे लगाउँला, आरोप बलात्कार ।
✍️
वसन्त अनुभव
घोराही, दाङ
[३३]
दिलमा एउटा अनि साथमा अर्काे नखर्माैली डुलाउनेकाे,
खडेरी परिरहाेस् है जहिल्यै मायामा दुनियाँ भुलाउनेकाे।
✍️
शान्ति याक्साे
काठमाडौं ।
[३४]
लामै समय प्रेम सम्बन्ध, लुकाछिपी चल्यो,
राम्रै गोडमेल पाई, माया लटरम्म फल्यो ।
✍️
टङक खुलाल कार्की
छथर गा.पा-०३ तेह्रथुम
[३५]
मुखमा राम त पिठ्युँमा छुरा नगर,
लर्को लाग्नु छ भन्ने के छ नारीको कर ?
✍️
बेदु न्यौपाने
काठमाडौ
[३६]
खेलौना नसम्झ मायालाई बन्द गर यस्तो प्रचार,
गलत सन्देश समाजमा पुग्छ भो नगर प्रसार।
✍️
अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[३७]
आफू नै पालिन धेरै भएको छ साह्रो,
त्यसमाथि अर्को ल्याउँदा हुन्छ नि गाह्रो ।
✍️
सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल
[३८]
दिलमा एउटा राखेर साथमा अर्को राखे माया सफल हुँदैन,
यस्तै माया प्रेम मात्र रहने हो भने त हजुर दिव्यता छुँदैन।
✍️
दीपक ठटाल जलन
[३९]
हिजाे जस्ताे हैन आज पुरुषप्रधान दिन,
नारी अस्मिता खेलवाड गर्न लाग्दैन घिन ?
✍️
प्रद्युम्न चालिसे
देवघाट तनहुँ
[४०]
स्वार्थमा लगाएर माया साथ दिने अर्कै रोज्यौ,
चोखो माया नबुझेर दाइजो दिने अर्को खोज्यौ ।
✍️
तारा घिमिरे
[४१]
प्रेम एउटालाई गर सबैसँग माया गर,
बाहिरकि नहेर भाे चित्त बुझाउ आफ्नै घर ।
✍️
रामकृष्ण रिजाल
बागलुङ
[४२]
मुखले ठिक्क पार्दापार्दै अरूतिर नारिने,
घरमा सोझी बनी बाउलाई गाल पारिने।
✍️
दुर्गा भट्टराई
मोरङ
[४३]
जति भमरा आउँछन् सबैसँग लठारिने,
केही कुरा भन्नै हुँदैन किन हो बटारिने ?
✍️
पवन कुमार बुढाथेाकी
काठमाडौं
[४४]
मायालुहरू धेरै भएर कहिल्यै नहोस् झर्को,
साथमा सधैँ एउटा होस् वरपर रहोस् लर्को।
✍️
गुणनिधि घिमिरे
अमेरिका

… ✍️ आर्त अकुलीन
१
पराग
धुलाको कण
जीवन रचनाको आधार !
२
आमा
स्वच्छ मातृत्व
सन्तानसँग गहिरो सम्बन्ध !
३
परोपकार
गरिबको सेवा
मन भएको मानिस !
४
ग्रीष्म
प्रचण्ड गर्मी
अनेक कष्टकर जीवन !
५
लोचन
भावको गङ्गा
विश्व ब्रह्माण्डको दृष्टि !
६
धमिरा
देवलमा बस्ने
भित्रभित्रै घरमा पस्ने !
७
हावा
आउने जाने
आँधीले सबैलाई सताउने !
८
सम्बन्ध
मनको तार
सुन्दर भावको तरङ्ग !
९
चौतारी
शीतल छहारी
वर पीपल आभारी !
१०
कुरीति
मानवीय विभेद
सङ्कुचित सामाजिक संरचना !

काठमाडौ, ४ असार । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३८औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
अभ्यासमा ३१ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३८औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
एसी घरमा हुँदाहुँदै, के काम त्यो मुढाको,
झुरलाग्दो वाहियात कुरा के सुन्नु बुढाको ।
✍️ वसन्त अनुभव

[१]
तिमी त अमर मान्छे, न मर्दछौ न हुन्छौ बुढो,
सानोमा राप ताप दियो, अब के काम ती मुढो ।
✍️
वसन्त अनुभव
घोराही, दाङ
[२]
कसले पो सुन्छ बुढाको कुरा यस्तो बेलामा,
यो जमानामा बुढा पूर्खा सबै हुन्छन् हेलामा ।
✍️
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६, दोलखा ।
[३]
बुढापाका यस्तै हुन गनगन गर्छन् धेरै
मक्किएकाे ज्यान छ अझै भन्छन् जवानी मेरै ।
✍️
ताराप्रसाद चापागाईं
धुनिबेसी, हाल प्रवास
[४]
बुढाबुढी नसक्ने भयौ, आराम गर्न जाऊ,
अनेकौँ कर्म गरिसक्यो, अब बसेर खाऊ ।
✍️
भगवती दवाडी
झापा
[५]
आगो बाल्न प्रभावकारी हुन्छ त्यही नै मुढा,
गनगने हैन हाम्रा इतिहास हुन् ती बुढा।
✍️
म्यामराज राई
हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान
[६]
हेला गर्नु हुन्न नी बूढा ती मान्छे भनी,
सजाय दिन्छन् ईशले पाप गनी गनी।
✍️
दीपक ठटाल जलन,१८.०६.२२
[७]
बुढोपाको, मन थाक्यो ,ऐया ऐया गीत सुन,
फेर्न बाँकी काँचुली कति सुन्दर छ त्यो जून।
✍️
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[८]
पहिले आगो ताप्नु मुढाको कुरा मान्नु बुढाको,
अहिले आगो ताप्नु झिँजाको कुरा मान्नु भुराको!
✍️
कमला देवकोटा
पाल्पा
[९]
एसीले बिल तान्छ चुसेर, मुढो चिरे दाउरा हुन्छ धेरै,
बुढाको गनगनमा ज्ञान हुन्छ, नसुन्ने बुद्धि भ्रष्ट मेरै।
✍️
अच्युत घिमिरे
भुटान बाट 🇧🇹
[१०]
पालनपोषण गर्नेलाई भन्यौ हेपेर बुढो,
मूर्खलाई के थाहा कति महत्वपूर्ण छ मुढो ।
✍️
प्रेम थापा “मन”
बागलुङ्ग
[११]
बुढोपाको भनी हेर नगरौँ हेला,
आफू पनि एकदिन परिन्छ फेला।
✍️
सरस्वती श्रेष्ठ
इटहरी
[१२]
बुढा खाडा भन्दै हेप्छौ, आदर गर्न छोड्यौ,
उस्तै हुन्छ बोट तिमीले जस्तो रोप्यौ गोड्यौ।
✍️
राजेशराज गड्तौला
रतुवामाई- १९, मोरङ; हाल- प्रवास
[१३]
हिटर एसी हुँदाहुँदै काम छैन मुढाको,
जमाना फेरिइसक्यो को मान्छ बात बुढाको ?
✍️
बिबस पारदर्शी
भद्रपुर – २ झापा
[१४]
जरुरी पर्दा सबै लियौ त्यै मुढाको ताप,
आज त्यही अर्घेलो भो आउन छोड्दा राप ।
✍️
बेदु न्यौपाने
काठमाडौ
[१५]
ताप्न र सेक्न लाग्ला काम साँच्यौ भने मुढा,
बिगत देख्न जाग्ला ध्यान बाँचे भने बुढा ।
✍️
रामकृष्ण दुवाडी
[१६]
बुढोपाकोको तन्नेरीले नगर्दा नै मान,
हराई सके इतिहास र पूर्खाको शान।
✍️
अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[१७]
नगर बाआमालाई कहिले पनि हेला,
हेला गरे पक्कै एकदिन पर्नेछौ फेला।
✍️
सुरेशकुमार पान्डे
दाङ घोराही१८
[१८]
आफूले लिएपछि काम उनको पनि तिर्नुपर्छ पर्म,
बुढेसकालमा मातापितालाई छाड्नु होइन नि धर्म ।
✍️
रामप्रसाद पुरी
बादेल, खाेटाङ ।
[१९]
युवा जति बिदेश पसे घरमा बा आमा छोडेर,
कमाएपछि सहर बसाइँ पाइला ति माेडेर ।
✍️
तारा घिमिरे
सङ्खुवासभा
[२०]
बुढा बाको काँध चढी तिमी ठुलो भयौ,
खुट्टा टेक्ने भएपछि लात हानी गयौ ।
✍️
बुद्धिमान दनुवार
सुरुङ्गा ४ झापा
[२१]
घमण्डका कुरा गर्छन् टुप्पोबाट पलाएकाहरू,
हाँसी हाँसी सहन्छन् अनुभवले वय खाएका बरु ।
✍️
दिनेश निरौला
सुनसरी
[२२]
कहिल्यै नगरौँ हेला बुढाबुढी भनी,
सबैको आउँछ त्यो दिन हेर है गनी।
✍️
दुर्गा भट्टराई
मोरङ
[२३]
बर्खा झरी बादल हुन्छ असाध्य गर्मी मौसम,
गरिब मान्छेको एसी पाल्ने कहाँ हुन्छ र दम ?
✍️
जि कुमार गौतम
भद्र्पुर- १ पृथिविनगर झपा
[२४]
मुढा बिना चिता कहाँ बन्छ हाेला र साथी,
अनुभव र ज्ञानमा त बुढै हुन्छन् माथि।
✍️
त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
[२५]
बुढेसकालमा यस्तै हाे आँखाले देख्दैन,
सुख र शान्ति कस्तो हुन्छ भाग्यमा लेख्दैन ।
✍️
सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल
[२६]
म त भए जान्ने सुन्ने के काम भयो बुढाको?
आफू परे आधुनिक मान्छे व्यर्थमा रडाको।
✍️
मनोहरी पौडेल
गैडाकोट १
[२७]
कसैले पराईलाई आफ्नो भन्छन् कोही पराईका हुन्छन्,
आफ्नो घरकोलाई पराई ठान्दा पछि धुरुधुर रुन्छन्।
✍️
मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार बिर्तामोड झापा
[२८]
प्रकृतिको वरदान हावापानी घाम लाग्दैन शुल्क ,
आज म जे छु तिम्रै याेगदान हाे बाआमा बिन्ती झुल्क ।
✍️
प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
[२९]
अभ्यास अनि अनुभव कहाँ लुक्छ ?
वृद्धले भनेको नमान्दा शीर झुक्छ।
✍️
बि.कुलुङ
दार्जिलिङ
[३०]
हेलामा पनि राम्ररी खान दिए बुढाबुढी बाँच्थे होला,
बुढेसकालमा माग्नको लागि कता बोकेर हिड्नु झोला?
✍️
अम्विका अधिकारी
झापा विर्तामोड
[३१]
उ बेलाको कुरो गर्छन्, यो बेलामा आई,
वृद्ध पनि बच्चै हुन्छन्, कुरो बुझ भाइ।
✍️
प्रदीप के रिमाल
इटहरी, आठ।

१.
पहरा
ढुङ्गाकाे सहरा
अस्तित्व जाेगाउन कठिन !
२.
वर्षा
बादलकाे मेल
जताततै चेपागाँडाकाे खेल !
३.
असार
किसानकाे चटारो
पानीले खाएको गाेडा !
४.
इन्द्रेणी
इन्द्रको सभा
घामसँगै पानीकाे आभा !
५.
बाउसे
फिँजाइएका बीउ
राेपाहारकाे हिलाम्मे जिउ !
६.
राेपाइँ
किसानकाे पर्व
दुनियाँलाई खुवाउने गर्व !
७.
किसान
प्राणीको पालक
अन्नदाता सबैको चालक !
८.
किसान
लगाउँदै बाली
लाठे बनाउँदै आली !
९.
किसान
भिजेको शरीर
थकाइ मार्ने चौतारी !

१
गिद्ध
आँखाले हेराइ
चारैतर्फ सिनुको खोजी !
२
घण्टी
तथास्तु बोल्ने
पूजा आरती रम्ने !
३
मरूभूमी
लाग्न थालेको
स्थिर राज्यका अङ्गहरू !
४
कुभावना
माैलाउदै आएको
चैनकाे निद्रा हराएको !
५
सत्य
नलुक्ने कहिल्यै
आशामा बाँचेकाे म !

काठमाडौ, ११ असार । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५७औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर

[१]
ताल
प्रकृतिको उपहार
बनाऔँ सदा सदावहार !
✍️
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न पा -३,काभ्रे
[२]
नेपाल
हिराकाे हार
प्रकृतिको अनुपम उपहार !
✍️
भवानी घिमिरे
सर्लाही ।
[३]
सुन्दर
निलो ताल
बस्तिको बिचमा अनमोल !
✍️
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन – ६ संखुवासभा हाल मलेसिया
[४]
नेपाल
सुन्दर प्रकृति
लाली छरेर फक्रिएकी !
✍️
दुर्गा तामाङ
सङ्खुवासभा
[५]
नैनीताल
वाह कमाल
वरपर मान्छेकाे चाल !
✍️
नवराज भट्ट
महेन्द्रनगर
[६]
नेपाल
मनमोहक दृश्य
बिचमा निलो ताल !
✍️
सरस्वती श्रेष्ठ
इटहरी
[७]
मनमोहक
तालको वरिपरि
अद्भूत मानव बस्ती !
✍️
मुना दाहाल
ललितपुर भैंसेपाटी ( सर्लाही)
[८]
सुन्दर
चट्ट मिलेको
प्राकृतिक मनोरम छटा !
✍️
घनश्याम पौडेल
पोखरा
[९]
ताल
हृदय झङ्कार
प्रकृतिको मनोहर पाल !
✍️
पुष्पशायरा
विराटनगर ।
[१०]
पोखरी
बस्तीको घेराउ
वाह सुन्दर अनुपम !
✍️
रमेश प्रभात
चितवन।
[११]
आहा
अति सुन्दर
प्रकृतिको अनुपम श्रृङ्गार !
✍️
समुन्द्रा शर्मा
सुनसरी
[१२]
गजब
सुन्दर प्रकृति
डाँडा बिचको आकृति !
✍️
राेशन पराजुली
धरान।
[१३]
ताल
गाउँको बिचमा
प्राकृतिक बस्ती मनोहर !
✍️
कमला देवकोटा
पाल्पा
[१४]
सुन्दर
वरिपरि बस्ती
बिचमा निलो पानी !
✍️
सुमित्रा पोखरेल
काठमाडौं
[१५]
नेपाल
निलो ताल
वरिपरिको बस्ती बबाल !
✍️
धनमाया चौधरी
कैलाली
[१६]
ताल
मनमोहक दृश्य
प्रकृतिको अमुल्य उपहार !
✍️
दुर्गा भट्टराई
मोरङ
[१७]
प्रकृति
सुन्दर आकृति
बस्ती बिचमा पोखरी !
✍️
सविता के.सी.
काठमाडौँ ।
[१८]
निर
मनोरम दृश्य
वरिपरि मानव बस्ती।
✍️
धर्मी शाक्य
बुटवल ,रुपन्देही
[१९]
ताल
दृश्य मनमोहक
प्रकृतिले सजिएको नेपाल !
✍️
सरस्वती वली
बर्दिया नेपाल
[२०]
प्रकृति
सुन्दर संसार
जीवन पञ्चतत्वको सार !
✍️
गोपेन्द्र रिजाल
पाँचथर ।
[२१]
सुन्दर
प्राकृतिक छटा
नैनी तालको दृश्य !
✍️
केशव न्यौपाने
[२२]
मोहक
सुन्दर ताल
प्रकृतिको अनुपम माल !
✍️
प्रेम थापा
[२३]
सुन्दर
प्रकृतिको उपहार
तिम्रो बनोट आकार !
✍️
बि के विरही
टीकापुर
[२४]
प्रकृति
सुन्दर चित्र
अनुपम लाग्ने विचित्र !
✍️
रामप्रसाद पुरी
बादेल, खाेटाङ ।
[२५]
ताल
प्रकृतिको उपहार
दुलही सोह्र श्रृंगार !
✍️
थिर प्रसाद पौडेल
कटहरि वाड नं २ मोरङ
[२६]
पानी
प्रकृतिको उपहार
प्राणीको प्राणको आधार !
✍️
त्रिलोक रामदाम “संसार” सि.न.न.पा.~ ८, भैरहवा (रुपन्देही)
[२७]
तलाउ
पानीको यस्तो
आकार काजुको जस्तो !
✍️
वेदना रागी
टीकापुर
[२८]
मनाेरम
प्रकृतिकाे वरदान
पहाडकाे फेदीमा वासस्थान !
✍️
प्रद्युम्न चालिसे
[२९]
स्वर्ग
खोज्नु पर्दैन्
छ हाम्रै नेपालमा !
✍️
खेमराज पुरी
कैलाली
[३०]
ताल
मनोरम जलाशय
सृष्टिको सुन्दर उपहार !
✍️
सन्तु खत्री
[३१]
प्रकृति
सुन्दर मनमोहक
मानव बस्तीमा ताल !
✍️
दुर्गा रिजाल
[३२]
ताल
सुन्दर प्रकृतिको
मन लोभ्याउने दृश्य !
✍️
प्रदिप नेपाली
बिहादी गा.पा.५ पर्बत,उराम
[३३]
ताल
प्रकृतिको उपहार
जुटौं संरक्षणमा लगातार !
✍️
पशपती राई
खोटाङ
[३४]
सुन्दरता
पहिचान दुरुस्त
बस्ती बिचमा जलकूण्ड !
✍️
जमुना कायस्थ
पोखरा
[३५]
धरती
सोला सिँगार
प्रकृतिसे मिलल उपहार !
✍️
सागर कुस्मी
कैलाली ।
[३६]
प्रकृती
सुन्दर दृश्य
बस्ती बिचमा तलाउ !
✍️
बुद्धिमान दनुवार
सुरुङ्ग ४ झापा
[३७]
सरोवर
ग्राम नयन
सौन्दर्यताको अनुपम भूखण्ड !
✍️
कण्ठराज गिरी
टीकापुर कैलाली हालअष्टलिया
[३८]
प्रकृति
सुन्दर आकृति
सारा ब्रह्माण्डको सम्पत्ति !
✍️
आर्त अकुलीन, कैलाली
[३९]
प्रकृति
मनोरम दृश्य
तलाउ किनाराको बस्ती !
✍️
सरिता काफ्ले
कोहलपुर बाँके
[४०]
मनमोहक
आहा! सुन्दर
प्रकृतिको अनुपम सागर !
✍️
शारदा आचार्य
ललितपुर
[४१]
प्रकृति
सुन्दर तलाउ
राम्रो हराभरा विशाल !
✍️
सहयात्री शाेभा अर्याल
रुपन्देही
[४२]
सुन्दर
प्राकृतिक दृश्य
मनोरम रमणीय बस्ती !
✍️
सपना भट्टराई खनाल
रुपन्देही
[४३]
पृथ्वी
प्रकृतिको उपहार
धर्तीमा स्वर्गको बहार !
✍️
कल्पना पहाडी
सिन्धुली
[४४]
ताल
मनमोहक चाल
दृश्य अनेक खाल !
✍️
जमुना आचार्य
सिन्धुपाल्चोक
[४५]
प्रकृति
मनाेहर माेहनी
मन्त्रमुग्ध मानव परानी !
✍️
टीकाराम जाेशी, इमाडाेल
[४६]
प्रकृति
सौम्य आकृति
वाह ! अनुपम चमत्कृति !
✍️
वसन्त अनुभव
घोराही, दाङ
[४७]
ताल
गाउँको माझ
स्वर्गको मिठो आभास !
✍️
देबकी के.सी.
दक्षिणकाली नगरपालिका ३,काठमाडौं
[४८]
नेपाल
प्रकृतिको उपहार
अनुपम सुन्दर ताल !
✍️
मंगला उपाध्याय
[४९]
सुन्दर
रमणीय ठाउँ
तालको छेउमा बस्ती !
✍️
सोमनाथ लुइटेल “रवि पाल्पाली”
[५०]
हरियाली
नीलाम्बर छाया
अनुपम प्राकृतिक माया !
✍️
रचना शर्मा प्रतीक्षा
ललितपुर ।
[५१]
नैनिताल
प्रकृतिको उपहार
पर्यटन प्रबर्द्धनकाे आधार !
✍️
नारायण प्रसाद उपाध्याय
कैलाली ।
[५२]
ताल
प्राकृतिक दह
पानीको गतिलो सङ्ग्रह !
✍️
केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[५३]
प्रकृति
सुन्दर दृश्य
मनमोहक ताल बस्ती !
✍️
मिलन के. सी.( थापा)
पोखरा
[५४]
तलाउ
सौम्य दृश्य
वरपर गाउँ बस्ती !
✍️
कविता आचार्य
कैलाली
[५५]
दृष्य
अनुपम लाग्ने
मनमा इच्छा जाग्ने !
✍️
तेजप्रसाद खनाल
लमही दाङ।
[५६]
प्रकृति
साैन्दर्यकी खानी
मनै लाेभ्याउने तरुनी !
✍️
मधुसूदन प्रसाद घिमिरे
[५७]
प्राकृतिक
सुन्दरताको आभास
मनमा सुन्दर प्रकाश !
✍️
उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर , काठमाण्डौँ
[५८]
नैनिताल
अनुपम दृष्य
स्वर्गीय आनन्दको आभास !
✍️
गोपालप्रसाद पौड्याल
[५९]
सुन्दर
प्रकृति काख
यही छ लाख !
✍️
शिव खनाल जीवम
रुपन्देही
[६०]
जल
जहाँ जहाँ
जीवन त्यहाँ त्यहाँ !
✍️
मानन्धर रमेश, येँ
[६१]
प्रकृति
असिमित सुन्दरता
सौरम्य सुन्दर संसार !
✍️
गुणनिधि घिमिरे
अमेरिका

काठमाडौ, ४ असार । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५६औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर

[१]
मायाप्रीती
बुढ्यौली ज्यान
ढुङ्गाको भर माटो !
✍️
वसन्त अनुभव
घोराही,दाङ
[२]
प्रेरणा
बुढ्यौली अवस्था
सबैले सिक्न पर्छ !
✍️
खेमराज पुरी
कैलाली
[३]
घरवार
श्रीमान श्रीमती
बुढेसकालकाे गतिलो साथी !
✍️
भवानी घिमिरे
सर्लाही ।
[४]
आधार
जीवन साथी
श्रीमान र श्रीमती !
✍️
राेशन पराजुली
धरान।
[५]
जिन्दगी
एहोर ओहोर
बह्गैल बड्रीमे पवनसंगे ।
✍️
सागर कुस्मी
कैलाली ।
[६]
सम्बन्ध
श्रीमान श्रीमती
उदाहरण प्रेम जोडीको !
✍️
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे
[७]
माया
अजम्बरी सम्बन्ध
अटुट निरन्तर साथ !
✍️
अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया
[८]
सम्बन्ध
दाम्पत्य जिवन
बिहान देखि चिहान !
✍️
घनश्याम पौडेल
गौरीगंगा कैलाली
[९]
सम्बन्ध
श्रीमान श्रीमती
बुढेसकालको बलियो सहारा !
✍️
सुमित्रा पोखरेल
काठमाडौं
[१०]
आत्मियता
बुढेसकालमा सहारा
प्रकृतिले दिएको साथ !
✍️
सविता के.सी.
काठमाडौँ ।
[११]
प्रेम
जवानीमा रहर
बुढेसकालमा अति आवश्यक !
✍️
घनश्याम पौडेल
पोखरा
[१२]
दम्पती
आत्मिक माया
वर पीपलको छाया !
✍️
आर्त अकुलीन
कैलाली
[१३]
प्रेम
श्रीमान श्रीमती
अनन्त सम्वन्ध मीठो !
✍️
किशोर खनाल
तानसेन पाल्पा
[१४]
प्रेम
निरन्तर बहदै
हृदयको अजश्र धारा !
✍️
गोपाल पौड्याल
[१५]
प्रेम
अटुट सम्बन्ध
साथ एक अर्काको
✍️
शिव ज्ञवाली
गुल्मि
[१६]
माया
पति पत्नी
सहयोगी प्रेमभाव आपसमा !
✍️
बिबस पारदर्शी
भद्रपुर – २ झापा
[१७]
दम्पती
अटुट प्रेम
एक अर्कामा सहारा !
✍️
सरस्वती श्रेष्ठ
इटहरी
[१८]
साथी
बुढेसकालको छहारी
अनन्त गहिरो प्रेम !
✍️
सीता पाण्डेय मरासिनी
रेसुङ्गा नगरपालिका – ९, गुल्मी ।
[१९]
माया
एक आपसमा
जीवन साथी हुँदा !
✍️
राज कुमार राजभण्डारी खाेटाङ्गे
भक्तपुर ।
[२०]
दम्पत्ती
जीवनको यात्रा
बुढेसकाल सम्मको सहारा !
✍️
रमेश प्रभात
चितवन
[२१]
सहयोग
जीवनको उत्तरार्धमा
आपसी सम्बन्ध उपयोग !
✍️
दुर्गा अधिकारी भमरकोटे
[२२]
दम्पती
धेरै माया
बुढेसकालकाे यो गती !
✍️
इन्दिरा ज्ञवाली
तानसेन,पाल्पा
[२३]
दम्पती
मिली स्याहारसुसार
एक अर्कामा भर !
✍️
जमुना आचार्य
सिन्धुपाल्चोक
[२४]
सामिप्यता
निथ्रन्न कहिल्यै
झन झन कसिलो !
✍️
गोपे दाजु
पाँचथर ।
[२५]
अब्बल
निश्चल माया
अटुट विश्वास जीवनभर !
✍️
रिता खराल
रुपन्देही
[२६]
प्रेम
अटुट बन्धन
सहारा सहयोग विश्वास !
✍️
शारदा आचार्य
ललितपुर❤️
[२७]
माया
प्रेमिल जोडी
जिन्दगीको अनुपम छाया !
✍️
बिपी खनाल
[२८]
दम्पती
सुखदुःखको सहारा
जीवनको अनन्य सम्पत्ति ।
✍️
शिव खनाल जीवम
रुपन्देही
२९]
बुढेसकाल
एकअर्कालाई सहारा
अनौठाे भावनात्मक मायाप्रेम !
✍️
नवराज भट्ट
महेन्द्रनगर
[३०]
अमर
प्रेम कहानी
सुखद दाम्पत्य जिन्दगानी!
✍️
राम बहादुर चौधरी
गोरखा।
३१)
(आधार
जीन्दगी जिउने
श्रीमान श्रीमती जीवन्त !
✍️
सावित्री अधिकारी
काठमाडौ
[३२]
सम्बन्ध
एक आपसमा
बुढेसकालकाे दर्बिलो साहारा ।
दुर्गा भट्टराई
मोरङ
[३३]
माया
जिन्दगीको साथी
रहन्छ जीवन भरी !
✍️
नारायण कोइराला
तानसेन पाल्पा
[३४]
बुढेसकाल
माया ममता
जीवनको बाँच्ने आधार !
✍️
अम्विका अधिकारी
झापा विर्तामोड
[३५]
दम्पती
जीवनको सहारा
दु:ख सुखको साथी !
✍️
सपना भट्टराई खनाल
रुपन्देही
[३६]
जीवन्त
साथ भरोसा
एक अर्काको छाया !
✍️
सन्जीव राज जोशी
[३७]
सम्बन्ध
खसम अर्धाङ्गिनी
प्रेम पुरानाे नहुनी !
✍️
श्रद्धा आचार्य
पोखरा
[३८]
दम्पती
अटुट प्रेम
सुन्दर वरपीपल जोडी !
✍️
धनमाया चौधरी
कैलाली
[३९]
प्रेम
अनौठो सुवास
सम्बन्धमा अजिब मिठास !
✍️
पुष्पशायरा
विराटनगर ।
[४०]
अर्धाङ्गिनी
दोहोरो माया
सहारा जीवनभर छाया !
✍️
रामप्रसाद पुरी
बादेल, खाेटाङ
[४१]
बुढेसकाल
जीवन साथी
एक अर्काको माया !
✍️
कल्पना पहाडी
सिन्धुली
[४२]
प्रेम
अटुट बन्धन
साथी दु:ख सुखको !
✍️
समुन्द्रा शर्मा
[४३]
दम्पती
बुढेसकालकाे माया
जीवनकाे अृमत छाया !
✍️
सहयात्री शाेभा अर्याल
रुपन्देही
[४४]
सम्बन्ध
युगौँ युगको
सहयात्रीसँग पवित्र नाता !
✍️
दुर्गा आचार्य
मोरङ
[४५]
नाता
दुईको प्रेमगाथा
जीन्दगी भरीको साथ !
✍️
पशपती राई खोटाङ
[४६]
यात्रा
जीवनको अन्तिमसम्म
सहयात्रीको साथ साथमा !
✍️
सुशीला
[४७]
सम्बन्ध
नङ मासुको
जन्म मृत्युको नाता !
✍️
बुद्धिमान दनुवार
सुरुङ्गा ४ झापा
[४८]
निरन्तर
हाम्रो माया
सँगै मर्ने चाहना !
✍️
मानन्धर रमेश , येँ
[४९]
आत्मिक
सुन्दर दम्पती
अनन्तको प्रेमिल जोडी !
✍️
जमुना कायस्थ
पोखरा
[५०]
दम्पती
बुढ्याैलीकाे माया
आश्रित जीवनकाे यात्रा !
✍️
नारायण प्रसाद उपाध्याय
कैलाली ।
[५१]
क्षितिज
डाँडापारीको घाम
धर्तीको अनुपम माया !
✍️
हिमाल अम्मै
घोडाघोडी कैलाली
[५२]
आत्मियता
अटुट सम्बन्ध
एक अर्कोमा भरोसा !
✍️
उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर , कीठमाण्डौँ
[५३]
बन्धन
बाँच्ने मियो
दुई भगालाको सङ्गम !
✍️
कण्ठराज गिरी
टीकापुर कैलाली, हाल अष्ट्रेलिया ।
[५४]
सम्बन्ध
अटुट माया
जीवनमा सितल छाया !
✍️
धर्मी शाक्य
बुटवल ,रुपन्देही
[५५]
सलल
करुवाकाे पानी
फुरुङ्ङ राजाकी रानी !
✍️
टिकाराम जोशी
[५६]
दम्पती
मायाको भण्डार
अगाध अनन्त सम्पत्ति !
✍️
प्रेम थापा
[५७]
प्रगाढ
सद्भाव माया
जीवन्न्त असिम छाया !
✍️
कमला देवकोटा
पाल्पा
[५८]
सम्बन्ध
एक अर्काको
बुझ्ने भाव मर्काको !
✍️
प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
[५९]
सम्बन्ध
सफल हाेस्
कायम रहोस् जोश !
✍️
भावना मञ्जु
माेरङ