• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: राजनीति

वड़ा अध्यक्षको खबरदारी सहित ठोरी गाउँपालिकाको छैटौँ गाउँसभा सम्पन्न

  • १८ श्रावण २०७८, सोमबार १३:४३ मा प्रकाशित

  • मेघराज राय जिराभवानी सावन १७

    ठोरी गाउँपालिकाकाे छैटौं गाउँसभा आज सम्पन्न भएको छ । गत असार ३१ गते सुरु भएको सभामा अघिल्लो आर्थिक बर्षमा प्रस्तुत भएको आयव्यय विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै बहुमत गाउँसभाले विरोध जनाएपछि स्थगित भएको सभा आज सम्पन्न भएको हो।
    गाउँकार्यपालिका कार्यालय घ्याङडाँडामा सम्पन्न सभाले आर्थिक बर्ष २०७८/७९ का लागि ४७ करोड ७० लाख ७२ हजार रुपैयाँ बराबरको बजेट पारीत गरेको छ । गापा अध्यक्ष पदमलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक बर्ष २०७८/७९ का लागि विनियोजन बिधेयक प्रस्तुत गर्दै गापा उपाध्यक्ष शान्तिमाया थिङ्ले चालुतर्फ ६ करोड ९४ लाख ५३ हजार र पुँजीगत तर्फ ४० करोड ७६ लाख १९ हजार बजेट पेस गरेकी थिइन्।
    बजेटले ठोरीका सामुदायिक विद्यालयमा कार्यरत सबै बालविकास सहयोगी , कार्यालय सहयोगी , कार्यालय सहायक र स्वयमसेवक शिक्षकको तलबमा कम्तिमा २ हजारदेखि २३३ प्रतिशत सम्म वृद्धि गरेको छ ।
    गापामा कक्षा ५ सम्म सन्चालित आधारभूत तहको विद्यालयमा मासिक ४ हजार ५ सय तलबमा कार्यरत कार्यालय सहयोगीको तलबमा २३३ प्रतिशत वृद्धि गर्दै रु १५ हजार पुगेको छ भने कक्षा ८ सन्चालित आधारभूत र माध्यमिक विद्यालयमा सन्चालित कार्यालय सहयोगीको तलब दोब्बर वृद्धि भएर १५ हजार पुगेको छ। यस्तै गाउँसभाले ठोरीका सबै सामुदायिक विद्यालयमा संघीय र गापाको अनुदानमा कार्यरत बालविकास सहजकर्ताहरुको तलब वृद्धि गर्दै १५ हजार पुर्याएको छ। सभाले गापाको अनुदानमा कार्यरत २१ जना सहजकर्ताहरुको तलबमा मासिक रु ९ हजार र संघीय अनुदानमा कार्यरत सहजकर्ताहरुको तलबमा मासिक ७ हजार वृद्धि गरेर सरकारले लागु गरेको न्युनतम मासिक तलब १५ हजार पुर्याएको हो। यस्तै ठोरीका सबै विद्यालयका कार्यालय सहायकको तलब रु १७ हजार तथा गापाको अनुदानमा कार्यरत १३ जना स्वयमसेवक शिक्षकहरुको तलबमा मासिक रु २ हजार थप गरिएको छ। पालिकाले टोलटोलमा सिकाई सहजीकरणका लागि नियुक्त गरेको घरदैलो स्वयमसेवकको तलबमा पनि मासिक २ हजार वृद्धि गरेको छ ।
    यस्तै उपाध्यक्ष थिङ्ले आगामी आर्थिक बर्षमा सिता गुफामा मुर्ती स्थापना र अन्य व्यवस्थापनका लागि रु १५ लाख , बाघमोर्चा मन्दिर वरपर पार्क निर्माण तथा मुर्ती खरीदका लागि रु १५ लाख ,शव बाहन खरीदका लागि रु १५ लाख , ठोरी गापा ३ मा आईटी कलेज स्थापनाका लागि २ करोड ४९ लाख , इच्छानगर जाने बाटोमा ठुटेखोलामा , सालघारी र ढेडुखोलामा झोलुङ्गे पुल स्थापनाका लागि रु ३६ लाख , पालिकाभित्रका विभिन्न ठाउँमा फ्री वाईफाईका लागि रु १० लाख बजेट प्रस्तुत गरेकी थिइन । सभामा प्रस्तुत विनियोजन बिधेयक सर्वसम्मतिले पारीत भएको अध्यक्ष श्रेष्ठले बताए।
    सभालाई सम्बोधन गर्दै गापा अध्यक्ष श्रेष्ठले सबै क्षेत्रलाई समेटेर विकास गर्न कोसिस गरेको भएपनि बजेट अभावले कहिकतै समस्या भएकोमा स्वीकार गरे। उनले जिल्लामा अन्य पालिकाको तुलनामा आफुले धेरै नै विकास गरेको दाबी गरे।
    सभामा वडाध्यक्षहरु राम प्रकाश कुँवर , किशोर तामाङ , सुर्य बहादुर लामा , बई बहादुर तामाङ र राम बहादुर पाख्रीनले पालिकामा भएका गल्ती कमीकमजोरीलाई सच्याएर अघि बढ्नुपर्नेमा सुझाव दिएका थिए।

    Posted in राजनीति1 Comment on वड़ा अध्यक्षको खबरदारी सहित ठोरी गाउँपालिकाको छैटौँ गाउँसभा सम्पन्न

    नेपाली राजदुताबास रियाद द्वारा नवपदाधिकारीको स्वागत र सम्मान कार्यक्रम ।

  • १७ श्रावण २०७८, आईतवार १५:०१ मा प्रकाशित
  • गैर आबासिय नेपाली संघ,एन सि सि साउदी अरबको आठौं महाधिवेशनबाट निर्बाचित तथा निर्बिरोध निर्बाचित अध्यक्ष र पदाधिकारीको सम्मानमा नेपाली राजदुतावास रियादले सम्मान कार्यक्रम गर्यो।
    गैर आवासिय नेपाली संघको आठौँ महाधिबेशन कोरोना महामारीका कारण भर्चुअल माध्यम बाट सम्पन्न भएकोले उक्त दिन प्रत्यक्ष रूपमा भौतिक उपस्थिति हुन नसकेको कारण निबर्तमान कार्यसमितिलाई बिदाइ र नवनियुक्त समितिका पदाधिकारीलाई बधाई तथा शुभकामना दिनको निम्ति दुताबासको निमन्त्रणामा एन आर एन ए टिम अधिबेशन सम्पन्न गरेको दोस्रो दिन नेपाली दुताबास रियादमा उपस्थित भएको थियो ! उक्त अवसरमा नेपाली राजदुतावासका का. बा. राजदूत श्री दिलिप कुमार पौडेल र जेद्दा महाबाणिज्य दूतावासका का. बा. महाबाणिज्यदुत श्री शत्रुघन पोखरेलज्युले संयुकरूपमा कोभिड -19 महामारीको समयमा नेपाली नियोग मार्फत नेपाली जनसमुदायमा पुर्याएको अनबरत सेवाका लागि संस्थाका संरक्षक श्री राजु सैयद ,मध्य पुर्ब सह संयोजक श्री राजेन्द्र अर्याल र एन सि सि निबर्तमान अध्यक्ष श्री तेज थापालाई सम्मान पत्र प्रदान गर्नुका साथै दूतावासमा उपस्थित नव निर्बाचित अध्यक्ष श्री डमर कुमार यादव , उपाध्यक्षद्वय श्रीमति रबिना अर्याल र राम बहादुर क्षेत्रि र महासचिव उमेश भट्टराईलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयको थियो ।


    परिचय कार्यक्रमबाट शुरु भएको अनौपचारिक कार्यक्रममा दूतावासका श्रम काउन्सिलर श्री जीवन कुमार राई , प्रथम सचीव श्री ऋषि आचार्य , द्वितीय सचीवद्वय श्री टिकाराम उपाध्याय र तारा गौतम ,तृतीय सचीवद्वय श्री आनन्द सुवेदी र बलराम पाण्डे लगायत सम्पुर्ण राजदुतावासका कर्मचारीहरुको उपस्थिति थियो । आ आफ्नो धारणा राख्ने क्रममा का. बा. राजदुतज्यु र का. बा. महाबणिज्यदुतज्युले नेपाल सरकार परराष्ट मन्त्रालयको बिदेशमा सहकार्य गर्ने एक मात्र आधिकारिक निकाय एन आर एन रहेकोले आगामी दिनमा पूर्ववत झै सहकार्यले निरन्तरता लिनेमा बिस्वस्त छौं , भन्नुभयो । त्यसैगरी का. बा. राजदुत पौडेलले एन आर एन ए ले राम्रो कार्य गर्न कसैसङ्ग डराउनु नपर्ने तथा सानो मात्र पनि गल्ती क्षम्य नहुने अभिव्यक्ति राख्नुभयो ।


    कार्यक्रममा पुर्बी क्षेत्रमा कार्यरत नेपाली राजदुतावासका जनसम्पर्क अधिकारी श्री हरि घिमिरेज्यु, आइ सि सि मानार्थ परिषद सदस्य श्री रमेश भण्डारीज्यु, आइ सी सि सदस्य श्रीमती यास्मिन सैयदज्यु , आइ सि सि सदस्य तथा पि एन सि सि का बाह्य सम्पर्क संयोजक श्री नारायण पासवानज्यु , एन आर एन का संरक्षक श्री राजु सैयदज्यु र आइ सि सि का मध्य पुर्ब सह संयोजक श्री जोन अर्यालज्युले संस्थाको आठौं महाधिवेशनको दौरान भएका गतिबिधिबारे स्पष्ट पार्नुभएको थियोे र पुर्बवत रुपमै दूतावास सङ्ग सहकार्य गर्दै दमाममा पासपोर्ट सहजीकरणका लागि हल लिइएको जानकारी गराउदै आगामी दिनमा जेद्दा महाबाणिज्य दूतावाससङ्ग मिलेर समेत आउटरिच कार्यक्रम गर्ने वचनबद्धत्ता दोह्र्याउनु भयो ।


    नव नियुक्त अध्यक्ष डमर यादव र महासचिव उमेश भट्टराई ले एन आर एन ए र दूतावासको सहकार्य आगामी दिनमा अझै प्रगाढ भएर जाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on नेपाली राजदुताबास रियाद द्वारा नवपदाधिकारीको स्वागत र सम्मान कार्यक्रम ।

    भोलि फेरि बस्नेगरी सकियो एमाले स्थायी कमिटी बैठक

  • १६ श्रावण २०७८, शनिबार १६:३७ मा प्रकाशित

  • नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ।बैठकमा सुवास नेम्वाङले माधव नेपाल पक्षसँग भइरहेको वार्ताबारे जानकारी दिएका थिए।
    ‘नेम्वाङले वार्ता सकारात्मक भइरहेको जानकारी दिनुभयो। भोलि फेरि बसौं भनेपछि बैठक स्थगित गरिएको हो’, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले भने।
    बैठक केहीबेर बसेर भोलि फेरि ३ बजे बस्नेगरी स्थगित भएको तामाङले बताए।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on भोलि फेरि बस्नेगरी सकियो एमाले स्थायी कमिटी बैठक

    माधव नेपालका लागि पार्टीमा ठाउँ छैन : ओली 

  • १६ श्रावण २०७८, शनिबार १४:४० मा प्रकाशित
  • १६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब माधव नेपालका लागि ठाउँ नभएको बताएका छन् ।
    शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए ।
    ‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने’ उनले भने ‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिण पन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन ।’
    उनले बाटो बिराएका अरु भने पार्टीमा फर्किन सक्ने बताए । ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो । जो अउँदैन, आउँदैन । समय कुर्दैन’ ओलीले भने ।
    अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरे । पार्टीमा खुट्टा तान्नेहरु कोही नभएको भन्दै अब सजिलै बहुमत ल्याउन सकिने उनको भनाइ छ ।

    Posted in राजनीतिLeave a Comment on माधव नेपालका लागि पार्टीमा ठाउँ छैन : ओली 

    गैर आवासिय नेपाली संघ साउदी अरबको अध्यक्षमा डम्बर यादव निर्वाचित।

  • १६ श्रावण २०७८, शनिबार ०१:४८ मा प्रकाशित
  • गैर आवासिय नेपाली संघ, रास्ट्रीय समन्वय परिषद, साउदी अरबको आगामी कार्यकाल २०१९-२०२१ को अध्यक्ष पदका लागि डम्बर यादव निर्वाचित भएका छन्।

    आज बिहान ७:०० बजे देखि मध्यान्ह ३:०० बजे सम्म भएको अनलाइन मतदान अनुसार यादवले उनका प्रतिद्धन्दी रोशन श्रेष्ठलाई हराउँदै निर्वाचित भएका हुन् । जस अन्तरगत यादब ले २२५ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी राेशन श्रेष्ठले २४ मत प्राप्त गरेका थिए !
    कुल खसेको ३७६ मतमध्य इमेलबाट १४९ र म्यासेजबाट २२७ गरि कुल ३७६ मत खसेकोमा अनाधिकृत मोबाइल र इमेलबाट समयावधि सकेपछि प्राप्त मत ११८ रहेको थियो जसमा डम्बर यादवले ८८ र रोशन श्रेष्ठले ३० मत प्राप्त गरेका थिए। पछि समयावधि सकिएपछि र अनाधिकृत मोबाइल बाट आएकाे मत संख्यालाई बदर गर्दै निर्वाचन समितिद्वारा २४९ मतलाई वैध मानिएको थियो।

    निर्वाचन समिति अंतर्गत -संयोजक ज़ोन अर्याल तथा सदस्यहरु नारायण पाशवान, रमेश भंडारी लगायत दूतावास बाट पर्वेक्षक रूपमा जनसम्पर्क अधिकारी – हरि घिमिरे, एनआर एन ए आइसीसी पर्वेक्षक – राजू सैयद
    निर्वाचन अनुगमन समिति संयोजक यासमिन बेगम सैयद तथा सदस्य बीरेन्द्र कुमार चौधरी को उपस्थितिमा मत गणना कार्य सम्पन्न भएको थियो।

    यादव सदस्य, सचिव, महासचिव, बरिस्ठ उपाध्यक्ष हुदै सन् २०१९-२१ कार्यसमितिमा प्रमुख सल्लाहकार भएका थिए भने श्रेष्ठ सदस्य, हुदै २०१९-२१कार्यसमितिमा उपाध्यक्ष को रुपमा काम गरेका थिए।

    आठौं महाधिवेशनका लागि वरिष्ठ उपाध्यक्षमा ध्रुब रिजाल, उपाध्यक्षमा रबिना अर्याल, रामबहादुर क्षेत्री, अर्जुन थापा र भक्तवीर राई, महासचिवमा उमेश भट्टराई, सचिवमा कृष्ण कुमार श्रेष्ठ, सहकोषाध्यक्षमा सत्य केसी र सदस्यहरुमा क्रमशः शुक्र लामा, मुकेश कुमार शिह, मधु सुदन अर्याल, नरेश कुमार यादव र गणेश अर्यालको निर्बिरोध निर्वाचित भएका छन् ।

    त्यसैगरी साउदीले पाउने एनआरएनएका सदस्य २ जनामा एक मात्र उम्मेद्वारी परेको थियो । यस्तै कोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक र २ सदस्यहरुमा पनि उम्मेद्वारी नपरेको र सो पदहरु हालको लागि रिक्त रहेको जनाइएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on गैर आवासिय नेपाली संघ साउदी अरबको अध्यक्षमा डम्बर यादव निर्वाचित।

    सरकारलाई गल्ती गर्ने कुनै पनि छुट छैनः गगन थापा

  • १५ श्रावण २०७८, शुक्रबार १४:१० मा प्रकाशित
  • सत्तारूढ दल नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताएका छन्।
    नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्यूज’ नपाउने उल्लेख गर्दै कहिँकतै नचुक्न पनि आग्रह गरे।
    विपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले केपी ओलीले यो गरेन् त्यो गरेन् भन्ने दिन गएको स्मरण गराउँदै काँग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ? भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने स्पष्ट पारे।

    कुनै पनि ‘एक्सक्यूज’ यो सरकारले पाउने छैैन । एक ठाउँमा पनि सरकार चुक्न पाउने छैन । केपी ओलीले यो गरेन, त्यो गरेन् भनेर भन्ने दिन अव गए । अव यो अभावमा रहेका नागरिकलाई सरकार भनेको कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने हो। त्यसैगरी ओली नेतृत्वको सरकारले गएको साँढे ३ वर्षमा संविधानको आधारनै भत्काउने काम गरेको छ। संविधान र व्यवस्था माथिनै अनेकन आशंका उब्जाउने जुन काम गरेको छ, त्यसलाई थितिमा ल्याउने काम वर्तमान सरकारले गर्नु पर्दछ,’ उनले भने।
    नेता थापाले सरकारलाई सफल बनाउन सिंगो पार्टीले सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए। फरक प्रसंगमा उनले पार्टीको आसन्न १४ औं महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वलाई दवाव समेत दिए। ‘पार्टीको महाधिवेशनको तिथिमिति धेरै तलमाथि गर्न पाईदैन। हाम्रो संविधानले ५ वर्ष पछि पार्टीको महाधिवेशनको मिति ६ महिना थप गर्न मिल्ने व्यवस्था गरेको छ।’
    नेता थापाले  संविधानको सो व्यवस्था अनुसार अब महाधिवेशनको मिति पछि सार्न नमिल्ने दाबी गरे।‘संविधानले किटान गरेको व्यवस्था काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीले उलंघन गर्न मिल्दैन, अब महाधिवेशनको मिति पछि सर्दैन,’ उनले भने।
    नेता थापाले पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद समाधान गर्ने थलो पार्टीको पदाधिकारी र पूर्व पदाधिकारी बैठक नभएको पनि स्पष्ट पारे। पार्टीको विधानले केन्द्रिय कार्य समितिबाट सो विवाद समाधान गर्नुपर्ने व्यवस्था भए पनि पार्टी नेतृत्व विधान अनुसार चल्न नसकेको आरोप लगाउँदै उनले आपत्ति जनाए।

    Posted in राजनीतिLeave a Comment on सरकारलाई गल्ती गर्ने कुनै पनि छुट छैनः गगन थापा

    प्रधानमन्त्री देउवासँग भेटेपछि प्रचण्डले गरे माधव नेपालसँग छलफल

  • १४ श्रावण २०७८, बिहीबार १५:५९ मा प्रकाशित
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भेटघाटलाई तीव्र पारेका छन्।
    बिहीबार बिहान प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटारमा भेटेका प्रचण्डले त्यसपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वर पुगेर कुराकानी गरेका थिए।
    अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवा र वरिष्ठ नेता नेपालसँग समसामयिक राजनीतिबारे कुराकानी गरेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। ‘उहाँहरूबीच आज बिहान ११ बजेतिर भेटवार्ता भएको हो,’ सचिवालय स्रोतले भन्यो।
    गठबन्धनका दलहरूबीच मन्त्रिमण्डललाई पूर्णता दिने र न्युनतम साझा कार्यक्रम ल्याउने तयारी छ।
    देउवाले शुक्रबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेको स्रोत बताउँछ। बुधबार गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा बसेको बैठकले छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेका थिए।
    देउवा सरकारमा चार मन्त्री र एक राज्यमन्त्री छन्।

    Posted in राजनीतिLeave a Comment on प्रधानमन्त्री देउवासँग भेटेपछि प्रचण्डले गरे माधव नेपालसँग छलफल

    एनआरएनए एनसीसी साउदीको अध्यक्षमा श्रेष्ठ र यादवको भिडन्त!

  • १२ श्रावण २०७८, मंगलवार २०:५५ मा प्रकाशित
  • गैरआवासीय नेपाली संघ (एनआरएनए)को रास्ट्रिय समन्वय समिति साउदी अरबमा अध्यक्ष पदकालागि बर्तमान उपाध्यक्ष रोशन कुमार श्रेष्ठ र प्रमुख सल्लाहकार डम्बर यादवबीच आउदो सुक्रबार चुनावी भिडन्त हुने पक्का भएको छ । चुनावी घोषणाको उत्तरार्धमा दुवै उम्मेदवारबीच सहमतिको आशा गरिएतापनि चुनावी सरगर्मीमा दुबै उम्मेद्वारले तीव्रता दिएसंगै सहमतिको सम्भावना न्यून बनेको थियो ।
    यसैत गत बितेका केही दिनदेखि दुवै आकांक्षीहरुबीच सहमति को प्रयास न गरिएको भने होइन तर आपसमा सहमति हुन नसके पछि निर्बाचन समिति द्वारा चुनाब को घोसना गर्नु परेको थियो !

    दुई-दुई पटक वरिष्ठ उपाध्यक्ष र हाल सल्लाहकारमा रहेर काम गरेका डम्बर यादव चुनावी मैदानबाट नहट्ने निश्चित नै थियो, तर उहाकै प्रतिदंदी रोशन श्रेष्ठ चुनावी मैदानबाट कुनै पनि हालतमा पछि नहट्ने दृढता देखाएपछि अहिले निर्वाचनको माहौल तातिएको छ।

    निर्वाचन समितिको उम्मेदवारी लिस्ट अनुसार अध्यक्ष बाहेक अन्य पदमा निर्विरोध हुने देखिएको छ, भने अध्यक्षका दाबेदार यादव र श्रेष्ठ द्वारा आफूले दिएको उम्मेदवारीको औचित्य पुष्टि गर्न लागिपरेका छन् ।

    साउदी एन आर एन लाई नजिक बाट नियाली रहेका जानकारहरुका अनुसार,यसपटक माहोल डम्बर यादवको पक्षमा धेरै देखिएको र रोशन श्रेष्ठ पनि वर्तमान साउदी एन आर एन ए २०१९-२०२१ कार्यकालमा उपाध्यक्ष पदमा रहेर काम गरेको र साउदी अरबमा उपस्थित युवाहरु बिच बलियो पकड भएकोले पनि उहालाई कम आँक्न नहुने बताउछन ! यधपी आउदो सुक्रबार हुने निर्बाचनको परिणामले कसको पक्षमा साउदी अरब स्थित एन.आर.एन मा आवद्ध मतदाता हरुको झुकाव रहेछ भन्ने छर्लंग हुने छ !

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on एनआरएनए एनसीसी साउदीको अध्यक्षमा श्रेष्ठ र यादवको भिडन्त!

    रामचन्द्र पौडेलले भेटे सीता दाहाललाई

  • ११ श्रावण २०७८, सोमबार १४:११ मा प्रकाशित
  • ११ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी श्रीमती सिता दाहाललाई भेटेका छन् । पौडेल सोमबार बिहान खुमलटार पुगेर दाहाललाई भेटेका हुन् ।
    प्रचण्डकी छोरी गंगा दाहालले भेटको तस्वीर सामाजिक सन्जालमा सार्वजनि गर्दै पौडेलले स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उल्लेख गरेकी छन् ।
    यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै खुमलटार पुगेर सीता दाहाललाई भेटेका थिए ।
    सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् ।
    यसअघि उनको उपचार अमेरिका, स्वीजरल्याण्ड, भारत लगायतका अस्पतालमा उपचार गरिएको थियो । हाल उनको स्वास्थ्य जटिल बन्दै गएको पारिवारिक स्रोतले जनाएको छ ।

    Posted in राजनीतिLeave a Comment on रामचन्द्र पौडेलले भेटे सीता दाहाललाई

    निर्मला हत्याका दोषी चाँडाे पत्ता लगाउन माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र

  • १० श्रावण २०७८, आईतवार १८:४३ मा प्रकाशित

  • साउन, महेन्द्रनगर । तीन वर्ष अघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलाई न्याय माग्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । निर्मलाका बुवा यज्ञराज पन्त र कान्छी आमा लक्ष्मी पन्तले आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे मार्फत प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएका हुन् ।

    उनीहरुले तीन वर्षसम्म छोरीको बलात्कारपछि हत्या गर्ने व्यक्तिको पहिचान हुन नसकेकाले चाँडै दोषी पत्ता लगाएर कानूनको कठघरामा उभ्याउन माग गरेका छन् । ज्ञापनपत्र बुझाउँदै निर्मलाका बुवा यज्ञराजले न्याय पाउने आशा मरिसकेको भए पनि हालै नयाँ सरकार आएकाले झिनो आशा अझै बाँकी रहेको उल्लेख गरे ।

    ज्ञापनपत्र बुझाउनु अघि आइतबार निर्मलाको तेस्रो पुण्यतिथिमा महेन्द्रनगर बजारमा मौन र्‍याली निकालेर श्रद्धाञ्जली दिइएको थियो । ज्ञापनपत्र बुझाउने र श्रद्धाञ्जली र्‍यालीमा निर्मलाकी आमा दुर्गादेवी भने देखिइनन् ।


    १० साउन २०७५ मा भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित १३ वर्षीया निर्मला साथीको घर गृहकार्य गर्छु भन्दै गएका बेला बेपत्ता भएकी थिइन् । उनी भोलिपल्ट बलात्कारपछि हत्या गरेको अवस्थामा स्थानीय उखुबारीमा फेला परेकी थिइन् । तर निर्मलाको बलात्कार र हत्या कसले गरेको हो ? भन्ने अहिलेसम्म खुलेको छैन ।

    पहिलो प्राथमिकतामा राखेर यो प्रकरणको निरन्तर अनुसन्धान भइरहेकाले चाँडै दोषी पत्ता लाग्ने प्रहरीले आश्वासन दिँदै आएको छ ।

    Posted in ताजा अपडेट, राजनीतिLeave a Comment on निर्मला हत्याका दोषी चाँडाे पत्ता लगाउन माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P