• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: राजनीति

नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण सम्बन्धि विवाद सिन्धुपाल्चोकमा

  • १० श्रावण २०७८, आईतवार १४:२९ मा प्रकाशित
  • सिन्धुपाल्चोक संवाददाता

    नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण विवाद सिन्धुपाल्चोकमा पनि देखिन थालेको छ । नेपाली कांग्रेसमै रहेर लामो समयदेखि संघर्ष गर्दै आएको हरुलाई समेत सदस्यता वितरण गर्दा ओझेलमा पारेको कांग्रेसका जिल्लातहका सक्रिय नेताहरुले बताउन थालेका छन् ।

    कांग्रेसले टिकट दिएर जितेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई पार्टिले क्रियाशिल सदस्यता नदिएको भन्दै गुनासो गर्नुभएको छ । “लामो समयदेखि कांग्रेसमै रहेर काम गरे, कांग्रेसकै प्रचार गरे ,पार्टिले नै टिकट दिएर चुनाव लडे अहिले सम्म कांग्रेसकै नेता बनेर काम गरिरहेको छु , अहिले पार्टिले कांग्रेस नेता नभएको जस्तो ब्यबहार गर्र्यो ” हेलम्बु गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका नेपाली कांग्रेसका नेता शेर्पाको भनाइ छ । २ चोटि महासमिति सदस्य समेत भइसकेको, क्रियाशिल सदस्यता दर्ता समेत भैसकेको र कांग्रेस बाटै २०६४ सालमा संविधान सभा सदस्य उमेद्वार समेत रहेका शेर्पा, मैले के कारणले सदस्यता नपाउने पार्टि नेतृत्वले प्रष्ट पार्नुपर्ने बताउनुहुन्छ । कांग्रेस बाटै चुनाव लडेर गाउँपालिका अध्यक्ष भएको ब्यक्तिको समेत क्रियाशिल सदस्यता नविकरण हुँदैन भने कस्को हुन्छ ? शेर्पाले नेतृत्वलाई प्रश्न गर्नुभयो ।

    शेर्पाले क्रियाशील सदस्यबाटै आफ्नो नाम हटाएको जानकारी दिदै ‘एउटा देशभरीकै नमुना गाउँपालिका बनाउन हिडेको मान्छेलाई नेपाली काँग्रेसले क्रियाशील सदस्यता प्रदान गर्न सक्दैन भने देशभरीका काँग्रेसहरुले पार्टी प्रति कसरी विश्वास गर्ने ?, मलाई क्रियाशील सदस्य नै नदिनु भनेको त काँग्रेस हैन भन्न खोजेको हो पार्टीले । मैले काँग्रेसबाटै चुनाव जितेर नमुना गाउँपालिका बनाउने अभियान चलाए, पार्टीले मलाई अहिले चिन्दैन यो काँग्रेसप्रति आस्थावानहरुको लागि समेत दुखद कुरा हो ।’ शेर्पाले भन्नुभयो । ‘यदि म नेपाली काँग्रेस हैन भने २०७४ सालको स्थानीय चुनावमा मलाई किन पार्टीले टिकट दिएको ? अहिले आएर जनताको पक्षमा काम गर्दा पार्टीलाई टाउँको दुखाई भएर मेरो क्रियाशील सदस्यता नै हटाइदिने ?’ अध्यक्ष शेर्पाको आक्रोश थियो ।

    यता जिल्ला सभापति विकास लामाले भने जिल्लाको क्षेत्र नम्बर १का केहि विवाद भएपनि क्षेत्र नम्बर २मा कुनै विवाद नभएको दावि गर्नुभयो । कुनैबेला पार्टि छोडेको हुनाले स्वत क्रियाशिल सदस्यता खारेज हुने कांग्रेसको विधान भएकाले निमा ग्याल्जेन शेर्पाको हकमा समस्या भएको स्वुकार्नुभयो । अर्को पार्टि छोडेर कांग्रसमा आएको कोहि ब्यक्ति क्रियाशिल सदस्य नभएपनि टिकट दिन सकिने भएकाले पार्टिले योग्य ठहरेर टिकट वितरण गरेको सभापति लामाले बताउनुभयो । पार्टिले कांग्रेसनै हैन जस्तो ब्यबहार गरेको भन्दै अब आफु कुन पार्टिको भन्ने चिन्ता थपिएको शेर्पाको भनाइ छ । असार १ गतेको बाढीले लगभग ८० प्रतिशत क्षति पुर्र्याएको यस्तो परिस्थितिमा पार्टिले आफुलाई सदस्यको लागि योग्य नठानेको भन्दै उहाँले काम गर्ने जाँगर समेत नभएको गुनासो गर्नुभयो । आफु कुन पार्टिको भनेर जनतालाई विश्वास दिलाउने र जनता माझ जाने भन्ने अन्योलता भएको शेर्पाको भनाइ छ । कांग्रेको विवाद अन्य जिल्लामा पनि बढ्दै गएको अवस्थामा सिन्धुपाल्चोकमा पनि यस्ता गुनासोहरु बाहिर आउन थालेका हुन् ।

    कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको १४ औं महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका अनुमोदन गरिसकेको छ । महाधिवेशन आउन लगभग महिना दिन बाँकी रहेका बेला कांग्रेसभित्र प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यताको टुंगो लागिसकेको छैन ।

    Posted in ताजा अपडेट, मुख्य खबर, राजनीतिLeave a Comment on नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण सम्बन्धि विवाद सिन्धुपाल्चोकमा

    नेपाली जनसंपर्क समिती साउदीको पुर्वी क्षेत्रीय अधिबेशन सम्पन्न सभापतिमा बिष्णु प्रसाद अधिकारी,

  • १० श्रावण २०७८, आईतवार १०:४९ मा प्रकाशित
  • २५ जुलाई २०२१ ! साउदी अरब, नेपाली जनसंपर्क समिती साउदीअरबले पुर्व क्षेत्रमा रहेका राष्ट्रियता, लोकतन्त्र र समाजबादमा आस्था र विश्वाश राख्ने कांग्रेसी साथीहरुलाई एकत्रित गर्दै नेपाली जनसंपर्क समिती साउदीअरबको प्रथम क्षेत्रिय (पुर्वी क्षेत्र) अधिवेशन अनलाइन भर्चुअल माध्यमद्वारा मिती २४ जुलाई २०२१, शनिबारका दिन सम्पन्न गरेको छ ।

    नेपाली जनसंपर्क समिती साउदी अरबका का.बा. सभापति, ने.का. १४ औं महाधिवेसनका महासमिती सदस्य द्वारिका राज गिरीको सभापतित्वमा सम्पन्न भएको उक्त अधिवेशनमा नेपाली जनसम्पर्क समिती साउदी अरबका प्रमुख सल्लाहकार, ने.का. १४ औं महाधिवेसनका महासमिती सदस्य दिपक रेग्मी प्रमुख अतिथीमा, नेपाली जनसंपर्क समिती साउदी अरबका केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरु अतिथीमा रहेका थिए ।

    नेपाली जनसंपर्क समिती साउदी अरबका महामन्त्री, ने. का. चौधौँ महाधिवेशनका महाधिवेशन प्रतिनिधि सुरेश राज त्रिपाठीद्वारा संचालित उक्त कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै नेपाली जनसंपर्क समिती साउदी अरबका कोषाधक्ष्य अरुण बेल्बासेले स्वागत मन्तब्य दिइएका थिए ।

    कार्यक्रममा उपस्थित केन्द्रिय समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुले आफ्नो मन्तब्य राख्ने क्रममा नेपाली काँग्रेसको ईतिहास, नेपाली जनसंपर्क समिती साउदी अरबको स्थापना कालदेखी हालसम्म गरेका र आगामी दिनहरुमा गर्नुपर्ने कार्यहरुको बारेमा जानकारी दिँदै नेजसस साउदी अरबको प्रथम क्षेत्रिय (पुर्वी क्षेत्र) अधिवेशनबाट निर्बिरोध सर्बसम्मतिबाट चुनिनुभएका सम्पूर्ण कार्यसमितिका साथीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

    नेपाली जनसंपर्क समिती साउदीअरबको प्रथम क्षेत्रिय (पुर्वी क्षेत्र) अधिवेशनबाट निर्बिरोध सर्बसम्मतिबाट कार्यसमितिमा सभापतिमा बिष्णु प्रसाद अधिकारी, उप-सभापतिमा तिलक मल्ल र भिम कार्की, महामन्त्रीमा सोम प्रसाद भुर्तेल, सह-महामन्त्रीमा तारापती काफ्ले, कोषाधक्ष्य बुद्दी गुरुङ, सह-कोषाधक्ष्यमा प्रेम बहादुर परीयार, सदस्यहरुमा दशरथ हुमाँगाईँ, सुरज रेग्मी, सविन तामाङ, फर्जुल राजा, श्श्रीकान्त भुर्तेल, टंक बहादुर मगर, बिरेन्द्र बुढाथोकी, नारायण प्रसाद काफ्ले, चुनिनुभएको नेपाली जनसंपर्क समिती साउदी अरबका महामन्त्री, ने. का. चौधौँ महाधिवेशनका महाधिवेशन प्रतिनिधि सुरेश राज त्रिपाठीले जानकारी दिइएका छन् ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, राजनीतिLeave a Comment on नेपाली जनसंपर्क समिती साउदीको पुर्वी क्षेत्रीय अधिबेशन सम्पन्न सभापतिमा बिष्णु प्रसाद अधिकारी,

    प्रधानमन्त्री देउवाको प्रस्तावपछि शशांक कोइराला उपप्रधान एवम् स्वास्थ्यमन्त्री बन्न राजी

  • ९ श्रावण २०७८, शनिबार १८:१३ मा प्रकाशित
  • काठमाडौं, ९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद विस्तार गर्ने अन्तिम तयारीमा जुटेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि संसदमा विश्वासको मत लिएको एक साता पुग्न लागेपछि देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् । यसको लागि उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि आज छलफल गरेका छन् । यसअघि मन्त्रिपरिषद विस्तारबारे प्रधानमन्त्री देउवाले दाहालसँगै नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमारन नेपालसँग पनि छलफल गरेका छन् ।

    माओवादीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामको सूचि देउवाकहाँ पुगिकेको छ । तर, नेपाल समूहले भने तत्काल सरकारमा सहभागी नहुने जवाफ दिएको छ । नेपाल समूहकोको ग्रिन–सिग्नल कुरेका प्रधानमन्त्री देउवाले अब भने मन्त्रिपरिषद् विस्तारमा ढिलाई नगर्ने बताउन थालेका छन् । उनले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामसमेत छनौट गरिरहेका छन् ।
    हिजोमात्रै उनले महामन्त्री डा. शशांक कोइरालासँग यसबारेमा छलफल गरेका छन् । प्रधानमन्त्री देउवाले शशांकलाई नै सरकारमा सहभागी हुन आग्रह गरेका छन् । स्रोतकाअनुसार प्रधानमन्त्री देउवाले शशांकलाई उपप्रधान एवम् स्वास्थ्यमन्त्री बन्न प्रस्ताव गरेका छन् । यसमा शशांक सकारात्मक बनेको बुझिएको छ ।
    पौडेल समूहबाट क–कसलाई मन्त्री बनाउने भन्नेबारे आन्तरिक छलफल भैरहेको बेलामा सभापति एवम् प्रधानमन्त्री देउवा स्वयमले शशांकलाई सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी हुन गरेको प्रस्तावलाई महत्वका साथ हेरिएको छ । पौडेल समूहबाट चार जनाले मन्त्री बन्न दाबी गरेका छन् । तर, देउवाले कृष्णप्रसाद सिटौलासहित ४ वटा मन्त्रालय दिने भनेका छन् !

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on प्रधानमन्त्री देउवाको प्रस्तावपछि शशांक कोइराला उपप्रधान एवम् स्वास्थ्यमन्त्री बन्न राजी

    राजीनामा फिर्ता लिन भीम रावललाई सुदूरपश्चिम प्रदेशका मन्त्री र सांसदको दबाब

  • ५ श्रावण २०७८, मंगलवार १६:४८ मा प्रकाशित
  • सांसद पदबाट राजीनामा दिएका एमाले उपाध्यक्ष भीम रावललाई आफ्नो निर्णय फिर्ता लिन उनका समर्थकले दबाब दिएका छन्।

    राजीनामा फिर्ता लिन दबाब दिन सुदूरपश्चिम प्रदेशका सांसद र मन्त्रीहरू काठमाडौं आएका छन्।

    प्रदेशका मन्त्री र सांसदले घरमै आएर दबाब दिइरहेका एमाले सांसद झपट रावलले सेतोपाटीलाई जानकारी दिए।

    एमाले उपाध्यक्षसमेत रहेका रावलले आइतबार सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।

    रावलको राजीनामा अझै स्वीकृत भएको छैन।

    copied:setopati

    Posted in राजनीतिLeave a Comment on राजीनामा फिर्ता लिन भीम रावललाई सुदूरपश्चिम प्रदेशका मन्त्री र सांसदको दबाब

    प्रचण्डको सुरक्षामा सरकारले अहिले किन खटायो डिएसपीको कमाण्डमा प्रहरी?

  • ५ श्रावण २०७८, मंगलवार १३:४६ मा प्रकाशित
  • गृहमन्त्री खाँणको निर्देशनमा मापदण्डविपरीत सचिवस्तरीय निर्णयविशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी मापदण्ड उल्लंघन गर्दै गृह मन्त्रालयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा प्रहरी खटाउन निर्देशन दिएको छ।गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि सचिवस्तरीय निर्णय गरेर प्रचण्डको सुरक्षामा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी)को नेतृत्वमा १० जना सुरक्षाकर्मी थपिएको हो।प्रहरी प्रधान कार्यालयले डिएसपी विनोद घिमिरेको नेतृत्वमा १० जना सुरक्षाकर्मी खटाएको हो।सुरक्षा सेवा निर्देशनालयले चार दिनअघि गृहको परिपत्र कार्यान्वयन गर्दै घिमिरेको नेतृत्वमा सुरक्षाकर्मी खटाएको जनाएको छ।गृह मन्त्रालयले केही महिनाअघि आफैंले कार्यान्वयनमा ल्याएको विशिष्ट व्यक्तिको सुरक्षा मापदण्ड २०७७ जारी गरेको थियो। उक्त मापदण्डमा पूर्वप्रधानमन्त्रीलाई सशस्त्रबाट १६ र नेपाल प्रहरीबाट दुई जनामात्र सुरक्षाकर्मी दिइने उल्लेख छ।पूर्वविशिष्ट व्यक्तिहरूले आफूखुसी सुरक्षाकर्मी लिएर घरायसी काममा समेत प्रयोग गर्न थालेपछि विकृति बढेको भन्दै गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी मापदण्ड बनाएको थियो।यो मापदण्ड कार्यान्वयनमा आएको एक वर्ष पनि पुगेको छैन। मापदण्ड जारी भएपछि नेताहरूको अगुवा-पछुवा भएर हिँड्ने सुरक्षाकर्मी खोसिएका थिए।नेपाल प्रहरीका दुई जनामात्रै सुरक्षाकर्मी साथमा रहेपछि प्रचण्डले भने पूर्वाग्रह राखेर आफ्नो अग्रपङ्तिको सुरक्षा खोसिएको गुनासो गरेका थिए।उनको सुरक्षामा डिएसपीसहित नेपाल प्रहरीका २७ जना प्रहरीले अग्रपङ्तिको सुरक्षा घेरा सम्हालेका थिए। मापदण्ड कार्यान्वयनमा आएसँगै दुई जना राखेर नेपाल प्रहरीले अरू सबै प्रहरी फिर्ता गरिएको थियो। त्यसपछि प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेनाका लडाकु खटेका थिए। केपी ओली नेतृत्वको सरकार बिदा भएपछि बनेको नयाँ सरकारमा गृह मन्त्रालय सम्हालेपछि खाँणले प्रचण्डका लागि सुरक्षाकर्मी थप्न सचिवलाई निर्देशन दिएका थिए।‘अगुवा गाडी थप गर्नु भन्ने मन्त्रीज्यूको निर्देशनपछि हामीले नेपाल प्रहरीलाई परिपत्र गरेका थियौं,’ गृहसचिव महेश्वर न्यौपानेले सेतोपाटीसँग भने।प्रहरी प्रधान कार्यालयले गृहको परिपत्रअनुसार सुरक्षाकर्मी थप गरिसकेको जनाएको छ।विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी मापदण्डमा सुरक्षाकर्मी थप गर्नुपरे चुनौती मूल्यांकन हुनुपर्छ र केन्द्रीय सुरक्षा समितिले निर्णय गरेपछि कार्यान्वयनमा आउँछ।हाल चुनौती मूल्यांकन नै नगरी प्रचण्डको सुरक्षा बढाइएको हो।‘उहाँले सुरक्षाकर्मी पुगेन भनिरहनुभएको थियो, मन्त्रीज्यूले अगाडिको गाडी बढाउन निर्देशन दिनुभएको थियो,’ सचिव न्यौपानेले भने।गृहमा सुरक्षा चुनौती मूल्यांकन समिति हुन्छ। यसले सुरक्षा चुनौतीबारे केन्द्रीय सुरक्षा समितिमा प्रतिवेदन बुझाउँछ। समितिको रायपछि मन्त्रीस्तरीय निर्णय गरी सुरक्षाकर्मी बढाउने घटाउने निर्णय हुन्छ।प्रचण्डलाई हाल थप गरिएको सुरक्षाकर्मीबारे केन्द्रीय सुरक्षा समितिमा छलफल हुने गृहको भनाइ छ।‘तीन-तीन महिनामा सुरक्षा चुनौती मूल्यांकन हुन्छ, अब बस्ने केन्द्रीय सुरक्षा समितिको बैठकबाट हाल खटाइएका सुरक्षाकर्मीलाई निरन्तरता दिने वा नदिनेबारे निर्णय हुन्छ,’ सचिव न्यौपानेले भने।कहिलेकाहीँ पहिले सुरक्षाकर्मी खटाएर पछि केन्द्रीय सुरक्षा समितिबाट अनुमोदन गराउने पनि गरिएको गृहका अधिकारीहरू बताउँछन्। चुनौती मूल्यांकनै नगरी सुरक्षाकर्मी थप्नु भने विकृतिलाई निरन्तरता दिनु रहेको अधिकारीहरू बताउँछन्।पूर्वगृहसचिव डा. गोविन्द कुसुमले विश्वमा पूर्वप्रधानमन्त्रीलाई यतिधेरै सुरक्षाकर्मी दिइएको आफूले कतै नदेखेको बताए। उनले छिमेकी मुलुक भारतमा पनि पूर्वप्रधानमन्त्रीको घरमा दुई जना सुरक्षाकर्मी गेटमा बसेको आफूले देखेको बताए।‘सिसिटिभी राखेर भित्र-बाहिर गर्ने मानिसको निगरानी गर्ने, हिँड्ने बेलामा साधारण सुरक्षा दिनेबाहेक सुरक्षाकर्मीको लावालस्कर लगाएर हिँडेको मैले कतै देखेको छैन,’ कुसुमले भने।कुसुमका अनुसार सुरक्षाकर्मी लिएर हिँड्ने यो ‘मोह’ले हामीले तिरेको करको दुरूपयोग मात्रै भइरहेको छ। ‘भोलि अर्कोलाई दिन्छन्, पर्सी अर्कैलाई, जनताको नजिक हुने हाम्रा नेताहरूलाई सुरक्षाको कुनै चुनौती छैन,’ कुसुम भन्छन्।कार्यविधिमा पूर्वविशिष्टलाई दिइने सुरक्षा सशस्त्रको १६ र जनपद प्रहरीको २ गरी १८ नै किटान गरिएको थियो।यसमा पूर्वगृहमन्त्रीलाई दिइने सुरक्षा पनि तोकिएको छ। पूर्वगृहमन्त्रीलाई १० वर्षसम्म दुई सुरक्षाकर्मी दिने व्यवस्था कार्यविधिमा छ। १० वर्षभन्दा पुराना गृहमन्त्रीको घरबाट सुरक्षाकर्मी फिर्ता बोलाइने कार्यविधिमा छ।सुरक्षा चुनौती हेरेर पूर्वमन्त्रीको सुरक्षामा खटाइने-नखटाइने निर्क्यौल कार्यविधिले गर्छ।पूर्वसुरक्षा अधिकारीहरूले पनि सुरक्षाकर्मी फिर्ता गर्नुपर्ने कार्यविधि छ । पूर्वआइजिपीलाई दुई जना सुरक्षाकर्मी दिइने कार्यविधिमा छ।अवकाशप्राप्त प्रहरी अधिकारीले लिइरहेको सुरक्षाकर्मी तथा सहयोगीको सुविधा नयाँ कार्यविधिले हटाएको छ।पूर्वएआइजी र डिआइजीलाई दिइने सुरक्षा कटौती गर्ने कार्यविधि छ।नियमभन्दा बढी सुरक्षाकर्मी लिने सूचीको पहिलो नम्बरमा पूर्वराजा ज्ञानेन्द्र शाह पर्थे।त्यसपछि दाहाललाई सुरक्षा चुनौती बढी रहेको भन्दै सुरक्षाकर्मी खटाइएको थियो। सुरक्षाकर्मी फिर्ता भएपछि उनले पूर्वलडाकुको सुरक्षा लिन थालेका थिए।साभार : सेतो पाटी बाट .

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on प्रचण्डको सुरक्षामा सरकारले अहिले किन खटायो डिएसपीको कमाण्डमा प्रहरी?

    माधव नेपाल र उपेन्द्र यादवसँग कुराकानी गरेपछि प्रचण्ड बालुवाटारमा

  • ५ श्रावण २०७८, मंगलवार १०:५० मा प्रकाशित
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका छन्।

    कोटेश्वरमा आज बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग संयुक्त कुराकानी गरेलगत्तै प्रचण्ड बालुवाटार गएका छन्।

    ‘प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटार जानुभएको छ,’ स्रोतले सेतोपाटीसँग भन्यो।

    प्रधानमन्त्री देउवाले विश्वासको मत पाएपछि अब मन्त्रिपरिषद बिस्तार गर्ने तयारी छ। यो साताभित्रै मन्त्रिपरिषद विस्तार गर्नका लागि नेताहरूले सक्रियता बढाएका छन्।

    प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदमा कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री यसअघि नै नियुक्त गरेका थिए। मन्त्रिपरिषद २५ सदस्यीय बनाउन मिल्छ। अरू मन्त्रालय प्रधानमन्त्री देउवाले नै राखेका छन्।

    Posted in राजनीतिLeave a Comment on माधव नेपाल र उपेन्द्र यादवसँग कुराकानी गरेपछि प्रचण्ड बालुवाटारमा

    Deuba, Modi talk over phone, Modi assures early supply of vaccinesDeuba, Modi talk over phone, Modi assures early supply of vaccines

  • ४ श्रावण २०७८, सोमबार १७:१२ मा प्रकाशित
  • Prime Minister (PM) Sher Bahadur Deuba and his Indian counterpart Narendra Modi have had telephone conversation.

    The two leaders talked Monday afternoon, according to PM Deuba’s secretariat, and Modi assured to soon supply COVID-19 vaccines to Nepal.

    Indian vaccine manufacturer Serum Institute of India stopped supply of COVID-19 vaccines to Nepal despite taking advance as the southern neighbor imposed export ban after being hit hard by the second wave leaving over 1.3 million Nepalis over 65 years waiting for around four months for the second dose.

    “I had cordial telephone conversation with Prime Minister @narendramodi this afternoon. We shared views on further strengthening bilateral ties. PM Modi assured early supply of Covid Vaccines to Nepal. I thanked him  for his warm words of congratulations,” Deuba tweeted Monday afternoon.

    Modi, who has seen premiership change on five occasions in Nepal since he became Indian PM in May 2014, congratulated Deuba through Twitter after the latter passed the floor test Sunday night.

    Modi had phoned all previous Nepali PMs including Deuba when he became PM before the alst general election on the day they were appointed or the day after at the latest to congratulate them, and invited them for India visit. But he waiter for six days before congratulating Deuba who was appointed PM on Tuesday apparently against Indian wishes to continue Oli at helm this time.

    Many attributed the delay to the new-found chumminess between Modi and Oli.

    India backed Oli right from the time he dissolved the House for the first time on December 25, 2020 and wanted Oli to continue until the next general election. India had advised Deuba to not try to topple the Oli government and later even put pressure on him after Nepali Congress (NC) tried to forge an opposition alliance against Oli.

    Deuba was, therefore, reluctant to take initiative to form a new government and had confided with his lieutenants that India would create problems for him if he were to become PM.

    Deuba agreed to lead the opposition alliance this time only after NC leaders put intense pressure on him pointing that India wants to continue Oli at helm for a long time and warned of the risks of an election not being held in time if the Supreme Court (SC) were to endorse House dissolution, an NC leader close to Deuba confided.

    Posted in राजनीतिLeave a Comment on Deuba, Modi talk over phone, Modi assures early supply of vaccinesDeuba, Modi talk over phone, Modi assures early supply of vaccines

    दिउँसो ४ बजे मन्त्रिपरिषद्‌को बैठक बस्‍दै

  • ४ श्रावण २०७८, सोमबार १५:३० मा प्रकाशित
  • ४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् ।
    प्रधानमन्त्री देउवाले आज दिउँसो ४ बजे मन्त्रिपरिषद्‌को बैठक बोलाएका हुन् ।
    बैठक सिंहदरबारस्थित  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्‍नेछ ।
     

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on दिउँसो ४ बजे मन्त्रिपरिषद्‌को बैठक बस्‍दै

    प्रधानमन्त्री देउवाले भोलि खोप केन्द्रहरुको निरीक्षण गर्ने

  • ३ श्रावण २०७८, आईतवार १६:२१ मा प्रकाशित
  • ३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (सोमबार) खोप केन्द्रहरुको स्थलगत निरीक्षण गर्ने भएका छन् ।
    भोलिबाट सुरु हुने जोन्सन एण्ड जोन्सजको खोप अभियानमा प्रधानमन्त्री देउवाले उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्‍वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वासथ्य विज्ञान प्रतिष्ठान, लगनखेल लगायतका केन्द्रहरुको स्थलगत भ्रमण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    यसअघि आजै प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालय, मन्त्रालयका सचिव तथा स्वास्थ्य विभागलाई खोप खरीदको प्रक्रियालाई चुस्त पार्न सिंहदरवार बोलाएर निर्देशन समेत दिएका थिए ।

    Posted in राजनीतिLeave a Comment on प्रधानमन्त्री देउवाले भोलि खोप केन्द्रहरुको निरीक्षण गर्ने

    अस्पतालबाटै झलनाथको आह्वान : देउवालाई विश्वासको मत दिऔं

  • ३ श्रावण २०७८, आईतवार १४:०५ मा प्रकाशित
  • ३ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमाले सांसदहरुलाई आह्वान गरेका छन् ।
    भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो पनि मत देउवलाई नै रहेको उल्लेख गरेका छन् ।
    म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनैपनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु’ उनले भनेका छन्, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत प्रष्ट पार्न चाहन्छु ।’
    आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन् । नेकपा एमालेको २६ सांसदसमेत १४९ सांसदको समर्थनमा धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गरेका उनलाई सर्वोच्च अदालतको आदेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन् ।

    Posted in राजनीतिLeave a Comment on अस्पतालबाटै झलनाथको आह्वान : देउवालाई विश्वासको मत दिऔं

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P