घोराही, दाङ- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश सभा क्षेत्र नं. २ (ख) को प्रदेश सभापति पदका लागि अभियान बस्नेतले उम्मेद्धारी घोषणा गरेका छन् । विगत लामो समयदेखि नेपाली काङ्ग्रेसको नेताको भुमिका निर्वाह गरिरहेका बस्नेत तरुण दल दाङ को जिल्ला कोषाध्यक्षमा दोस्रो कार्यकालको जिम्मेवारी निर्वाह गरिरहेका छन ।
बिपि स्टडी युथ सर्कलको केन्द्रिय सदस्य, लायन्स क्लब अफ नारायणपुरको उपाध्यक्ष हुनुका साथै नारायणपुर उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका उनी विभिन्न तहमा रहि विभिन्न काम गरेको अनुभव संगालेका छन।
तुलसीपुर ११ मोतिपुर जन्मघर भएका वस्नेत लामो समयदेखि घोराही १० नारायणपुर क्षेत्रलाई कर्म थलोका साथै आफूलाई सामाजिक अभियन्ताको रुपमा स्थापित गर्न सफल भएका छन्।
अभियान बस्नेत सामाजिक, राजनैतिक , समाजसेवी, भद्र एवम् कुसल राजनितीज्ञ हुनुका साथै सम्पुर्ण प्रदेवासी कार्यकर्ता जनता तथा युवाहरू माझ लोकप्रिय मानिन्छन ।
बस्नेत १४ औं महाधिवेशनमा घोराही उपमहानगरपालिका वडा १० बाट अत्याधिक मतका साथ क्षेत्रीय प्रतिनिधीमा निर्वाचित भएका हुन ।
काठमाडौं, २५ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले नेकपा माओवादी केन्द्रका शालिकराम जमरकट्टेल र नेपाली काँग्रेसका नीमा लामालाई सरकारमा समावेश गरेका हुन् ।
जमरकट्टेल आर्थिक मामला र लामा स्वास्थ्यमन्त्री नियुक्त भएका हुन् । पाण्डे र जमरकट्टेल दुवै धादिङका हुन् । यी दुईले पहिलो संविधानसभामा एक अर्काविरुद्ध प्रतिष्पर्धा गरेका थिए । त्यतिबेला एमालेमा रहेका पाण्डेलाई माओवादीका जमरकट्टेलले पराजित गरेका थिए ।
अघिल्लो चुनावमा एमाले र माओवादीबीच गठबन्धन बन्दा पाण्डे र जमरकट्टेल दुवै प्रदेश सभामा चुनाव लडेका थिए । दुवै मुख्यमन्त्री बन्ने दाउमा थिए । तर, पाण्डेको भाग्योदय भएको छ ।
यसैगरी, मुख्यमन्त्री पाण्डेसहित मन्त्रिपरिषदमा अब ५ जना पुगेका छन् । पाण्डेसँग अझै भूमि, उद्दोग र वन मन्त्रालय छ । ती मन्त्रालयको भागवण्डा मिलेको छैन ।
नेपालमा मनाइने बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक पर्व छठको उपलक्षमा एकल महिला एवं बर्तालुहरुलाई साडी वितरण गरिएको छ ।
पर्सागढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष असलम आलम द्वारा छठपर्वको उपलक्ष्यमा यस वर्ष पनि एकल महिला एवं अन्य बर्तालुलाई साडी वितरण गरेकी हुन् । पर्सागढी नगरपालिका वडा नं ५ को जिगना टोल ,पचरुखी टोल, बहुअर्वा टोल , हर्दिया टोलमा गरी महिलाहरु लाई साडी वितरण गरिएको वडा अध्यक्ष आलम ले बताए।
नेपालमा बसोबास गर्ने मधेशी समुदायको प्रमुख पर्वका रुपमा रहेको छठ मनाउन सहयोग स्वरूप साडी वितरण गरिएको वडा अध्यक्ष आलम ले बताए । उनले साडी वितरण कार्यलाई आगामी वर्षहरुमा पनि जारी राख्ने बताए।
सो कार्यक्रमका महिला सदस्य सतिया देवी, सदस्य धुरुप राय भर, योगेन्द्र साह,शिवमतिया अहिरिन ,युवा नेता अशोक यादव,नुरहसन मियाँ,रामबेलास बिन,सैनुलाह मियाँ,फजिल मियाँ लगायत स्थानीयवासीको उलेख्निय सहभागिता रहेको थियो
१६ कात्तिक, काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको सम्मानजनक बहिर्गमन भनेकै राजीनामा भएको बताएका छन् । राजीनामा बाहेक अन्य विकल्प नभएको उनको भनाइ छ ।
सर्वोच्च अदालत परिसरमा आज तेस्रो दिनको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अधिवक्ता अर्यालले प्रधानन्यायाधीश जबराले राजीनामा नदिए प्रतिवाद गर्ने बताए ।
यसैगरी अधिवक्ता बालकृष्ण ढकालले प्रधानन्यायाधीश जबरा जति समय पदमा बस्यो, न्यायापालिका त्यति नै क्षयीकरण हुने बताए ।
उनले भने– तपाईं जति समय बस्ने हो, न्यायपालिका त्यति क्षयीकरण हुने हो । चाँडोभन्दा चाँडो निकास निकाल्नुस् । सम्मानित तरिकाले बहिर्गमित हुनुस् । राजीनामा नदिए सर्वोच्च अदालत प्रवेशमा रोक लगाउनसक्ने उनले चेतावनी दिए ।
काठमाडौं । प्रधानन्यायाधीशले ‘सम्मानजनक बहिर्गमन’ का लागि सन्देश पठाएको भन्दै हिजो न्यायाधीशहरूले वार्ता टोली गठन गरे । तर, प्रधानन्यायाधीशबाट त्यस्तो कुनै सन्देश नपठाइएको खुलासा भएको छ । प्रधानन्यायाधीशको राजीनामा माग्दै एक सातादेखि न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका थिए । यसैबीच हिजो न्यायाधीशहरूको बैठकमा प्रधानन्यायाधीशबाट सम्मानजनक बहिर्गमनको प्रस्ताव आएको चर्चा चल्यो र त्यही समाचार मिडियामा प्रवाह गराइयो । तर, प्रधानन्यायाधीश राणाले भने यस्ता कुनै सन्देश नपठाएको स्रोतले बताएको छ ।
राणालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘मैले ग्रेसफुल एक्जिटका लागि खबर गरेको छैन । यो मेरो स्वविवेकीय कुरा हो, अरुले दिने अधिकार होइन । म विधि र प्रक्रियाभन्दा बाहिर जान्न ।’
स्रोतका अनुसार न्यायाधीशहरूको वार्ता टोलीले हिजै प्रधानन्यायधीसलाई भेटेको थियो । उक्त भेट वार्ता टोलीले केही दिन इजलासमा नबस्न आग्रह गरेका थिए । त्यसमा भने राणाले सकारात्मक रेस्पोन्स गरेका छन् । उनले आज बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा स्थगित गरे ।
संवादहिनताको अन्त्य गर्नका लागि राणाले लचकता देखाएको भए पनि उनी सर्तसहित वार्ता गर्न भने तयार नरहेको स्रोतले बताएको छ ।
नेपाल बार एसोसिएसनको अगुवाइमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विरोधस्वरूप ज्येष्ठ वकिल कृष्णप्रसाद भण्डारीदेखि पूर्वसभामुख दमननाथ ढुंगानाले पनि कालोपट्टी लगाएका छन् ।
अन्य वकिलहरूले पनि कालोपट्टी लगाएका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार वकिलहरू कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएपछि सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
वकिलहरूले आज ११ बजेसम्म कालोपट्टी बाँधेर प्रधानन्यायाधीश जबराको विरोध गर्नेछन् । विरोधको कार्यक्रम बारले शुक्रबार घोषणा गरेको हो । पर्सि भने सर्वोच्च परिसरमा वकिलहरूले धर्ना नै दिने भएका छन् ।
उनीहरूले प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा उचो पार्ने काम गर्न नसक्ने, न्यायालयमा भएको भ्रष्टाचार, विभिन्न किसिमका विकृति र विसंगति नियन्त्रण गर्न नसक्ने भन्दै राजीनामा माग्दै आएका छन् ।
काठमाडौं । प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृह जिल्ला चितवनमा लगाएको गम्भीर आरोपको जवाफ दिएका छन् ।
शनिबार एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको बृहत कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले आफूमाथि लगाइएको आरोपको जवाफ दिएका हुन् ।
अध्यक्ष प्रचण्डले ओली प्रधानमन्त्री हुँदा आजिवन बालुवाटार छोड्न नपर्ने उद्धेश्यका साथ थाइल्याण्ड र इटलीबाट महंगो सामान खरिद गरेको आरोप लगाएका थिए ।
अध्यक्ष प्रचण्डको आरोप थियो, ‘बालुवाटारमा प्रधानमन्त्री निवास दरबारजस्तो बन्दैछ, प्रधानमन्त्रीको निजी कार्यालय त्यस्तै दरबार बन्दैछ। हामीलाई त अहिले थाहा भयो केपी ओलीले त त्यो दरबार जिन्दगीभरि छोड्नु पर्दैन भनेर थाइल्याण्ड, इटलीबाट महँगो सामान ल्याएर राखेका रहेछन्।’
शुक्रबार अध्यक्ष प्रचण्डले आफूमाथि लगाएको आरोपको प्रतिरोध गर्दै शनिबार अध्यक्ष ओलीले जवाफ दिए, ‘मेरो भान्सामा त आफ्नै भाँडाकुँडा हुन्थे । के को किन्नु सरकारले । प्रधानमन्त्री निवासमा सेना बस्छ । सेनाले खाना खानुपर्यो होला। ग्याँस खर्च भयो होला । मेरो श्रीमतीले बनाएको यति खाना खाएर बस्ने म, अनि किन चाहियो करोडौंको भाँडाकुँडा ?’
अध्यक्ष ओलीका अनुसार सुन र आल्मुनियमको भाँडामा पकाएर खानुमा कुनै फरक छैन । विरोधहरुले आफ्नो विरोध गर्न विभिन्न किस्सा बनाए पनि आफूलाई त्यस्तो किस्सा बनाउन आवश्यक नरहेको पनि उनले बताए ।
१३ कात्तिक, लण्डन । शुक्रबार राति आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवा लण्डन व्यस्त भएका छन् । नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप-२६) अन्तर्गतको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लण्डन आइपुगेका प्रधानमन्त्री देउवाको कार्यतालिका व्यस्त छ ।
लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार यहीँ रहने र विभिन्न भेटवार्ता तथा कार्यक्रममा व्यस्त रहने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यहाँको स्थानीय समयानुसार शनिबार बिहान उनीसँग बेलायतको दुवै सदनका केही सांसदहरु तथा पूर्वरक्षामन्त्री लर्ड लनकास्टरले भेट्नुहुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री देउवासँग दिउँसो बेलायत-नेपाल समाजका प्रतिनिधि र बेलायत-नेपाल गैरसरकारी संस्था मञ्चका विशिष्ट व्यक्ति, गैरआवासीय नेपाली सङ्घका पदाधिकारी, बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिलगायतले भेट्ने कार्यक्रम रहेको छ । आजै साँझ उनले नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी-एन) र बेलायत-नेपाल व्यापार तथा लगानी मञ्चले आयोजना गने स्वागत कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
आइतबार बिहान उनीसँग भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधिले भेट्ने र प्रधानमन्त्री देउवा उनको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको छ । आइतबार साँझ उनी स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो प्रस्थान गर्नेछन् । कोप-२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गोमा आयोजना हुँदैछ ।
प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन सचिव डा पेमनारायण कँडेल, गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदीलगायत अन्य उच्च अधिकारी, निजी सुरक्षा अधिकृत र सञ्चारकर्मीसहित २१ जना रहेका छन् ।
काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत डा युवराज खतिवडा स्वदेश फर्किएका छन् । उनी बुधबार कतार एयरवेजको जहाजबाट नेपाल आइपुगेका हुन् ।
केपी ओली नेतृत्वको सरकारले अक्टोबर २०२० नेपालका लागि अमेरिकी राजदूतको रुपमा पठाउने निर्णय गरेको थियो । तर सरकार परिवर्तन भएसँगै नियुक्त भएको एक वर्ष पनि नबित्दै खतिवडा स्वदेश फर्किएका हुन् ।
माओवादी, कांग्रेस, जनता समाजवादी र एकीकृत समाजवादीका गरी कुल ५९ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी
नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डे वाग्मती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि पाण्डेलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । शाक्यको राजीनामालगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि बिहीबार ३ बजेभित्र दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका थिए ।
पाण्डेले माओवादी, कांग्रेस, जनता समाजवादी र एकीकृत समाजवादीका गरी कुल ५९ सांसदको समर्थनसहित बुधबारै मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
‘नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले आह्वान गरेसँगै हामीले बहुमत सदस्यको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाइसकेका छौं, बिहीबार दिउँसो ५ बजेभित्रमा नयाँ सरकारले शपथग्रहण गर्ने तयारी छ,’ नेता पाण्डेले भने । कांग्रेस सचेतक छिरिङ दोर्जे लामाका अनुसार गठबन्धन दलहरूबीच पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने गरी तयारी छ । गठबन्धनबाट पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भँडेल र नेकपा (एस) का उपनेता कृष्ण खनालले शपथ लिने बुझिएको छ । ‘मुख्यमन्त्रीसहित पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्छौं, तिहारलगत्तै हामी विश्वासको मत लिन्छौं र मन्त्रिपरिषद्लाई पूर्णता दिन्छौं,’ पाण्डेले भने । स्रोतका अनुसार माओवादीले आर्थिक मामिला, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा (एस) ले सामाजिक विकास मन्त्रालय लिनेछन् ।
पाण्डेले सरकारले सदनबाट विश्वासको मत लिएपछि प्रदेशसभामा नयाँ नीति तथा कार्यक्रम र सरकारको योजना पेस गर्ने बताए । ‘समय थोरै भए पनि हामी काम गर्न सक्षम छौं, जनतालाई सरकारको अनुभूति दिलाउन सक्दो मिहिनेत गर्छौं,’ उनले भने । आवश्यकताका आधारमा मन्त्रालयको संख्या थप्ने उनले बताए । ‘हामी गठबन्धनमा छौं, आवश्यकताका आधारमा मन्त्रालय बढ्न सक्छ । हामी त्यसका लागि तयारी गर्नेछौं ।’ दलहरूबीच मन्त्रालय बाँडफाँट भइनसकेको उनले बताए । कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सहमतिअनुसार मन्त्रालयको भागबन्डा टुंगो लाग्ने बताए । ‘हामी छलफलकै क्रममा छौं, सरकारले सदनबाट विश्वासको मत लिएपछि मन्त्रालयको बाँडफाँट टुंग्याउँछौं,’ उनले भने ।
वाग्मती प्रदेशमा सत्तारूढ नेकपा (एमाले) विभाजन भएर १३ सांसदले नवगठित नेकपा (एस) रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् । शाक्य अल्पमतमा परेसँगै वाग्मतीमा विपक्षी गठबन्धनले नयाँ सरकार निर्माणको कसरत सुरु भएको थियो । ५६ सांसदसहित एकल बहुमतबाट मुख्यमन्त्री शाक्य भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् । उनी मुख्यमन्त्री बनेको ७१ औं दिनमै सत्ताबाट बाहिरिएकी हुन् । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेकी थिइन् ।
शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएकी हुन् । उनले प्रदेशको समृद्धिका लागि प्रतिपक्षीको भूमिकामा रहेर पनि रचनात्मक काम गर्ने प्रतिबद्धता जनाइन् । छोटो समयमा उल्लेख्य काम गर्न सक्ने भए पनि आफूले काम गर्न नपाएको भन्दै उनले समाजवाद उन्मुख कार्यक्रमको खाका आफूले ल्याएको बताइन् । उनले बुधबार नै प्रदेशको समाजवाद उन्मुख कार्यक्रमको खाका सार्वजनिक गरेकी छन् । प्रदेशसभा सचिवालयले प्रदेशसभाको बैठकमा विश्वासको मत विभाजन गर्न सबै तयारी पूरा गरिसके पनि सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।
शिक्षकदेखि मुख्यमन्त्रीसम्म
प्रदेश सरकारको स्थापनासँगै वाग्मती प्रदेशको मुख्यमन्त्रीका रूपमा राजेन्द्र पाण्डेको नाम चर्चामा थियो । तर, एमालेभित्रको विवादका कारण उनी पछाडि परे । धादिङ क्षेत्र १ (१) बाट एमालेका तर्फबाट निर्वाचित पाण्डे पार्टी विभाजनपछि नेकपा (एकीकृत समाजवादी) को संसदीय दलका नेता भएका हुन् । २०१३ साल जेठ २९ मा गजुरीमा जन्मिएका उनले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । विद्यार्थी आन्दोलनबाट राजनीतिमा संलग्न भएका उनी सुरुमा शिक्षण पेसामा आबद्ध थिए । ‘शिक्षणभन्दा राजनीतिबाट समाज परिवर्तन गर्नुपर्छ भनेर पूर्णकालीन राजनीतिमा लागेको हुँ,’ उनले भने ।
पाण्डे नेकपा मालेको सहसचिव हुँदै २०४३ मा जिल्ला पञ्चायत सभापति भएका थिए । २०५० सालमा नेकपा एमालेको अञ्चल सचिव र २०५५ मा केन्द्रीय सदस्य भए । धादिङमा नेकपा एमालेका तर्फबाट २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका उनले स्थानीय विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी अहिले नेकपा (एस) को केन्द्रीय उपाध्यक्ष छन् ।
उनी २०३२ सालमा सरस्वती क्याम्पसको नेतृत्व गरेर आन्दोलनमा हिँड्ने क्रममा जेल पर्दा उनको भेट झापाली राजबन्दीसँग भएको थियो । त्यसपछि झापा आन्दोलनलाई समर्थन गर्दै उनी सक्रिय राजनीतिमा लागेका थिए । २०३३ वैशाखमा राष्ट्र विप्लवको मुद्दामा उनलाई १० वर्ष जेल र १० हजार जरिवाना तोकिएको थियो ।
जेल बस्ने क्रममा उनी २०३३ सालमा केन्द्रीय कारागारमा पार्टीको जेल कमिटीको सदस्य भएका थिए । त्यतिबेला उनी ४२ दिन जेल बसेका थिए ।पाण्डेले २०५० वैशाख २० देखि नेपालगन्जमा सम्पन्न छैटौं महाधिवेशनबाट अञ्चल सचिवको जिम्मेवारी सम्हालेका थिए । उनले २०३६, २०३८ र २०४२ सालमा सम्पन्न शिक्षक आन्दोलनको नेतृत्वसमेत गरेका थिए ।