तरुण दलको ६८ औं स्थापना दिवसको अवसरमा दिप प्रज्वलन
वीरगंज । वी.पी. कोइरालाको मुल प्रेरणाबाट स्थापित तरुण दलकाे स्थापना दिवसकाे अवसरमा बुधबार सांझ वीरगंजकाे घन्टाघरमा नेपाली कांग्रेस निकट नेपाल तरुण दलको ६८ औं स्थापना दिवसमा वीरगंजमा दिप प्रज्वलन गरेर मनाइएकाे छ ।
वी.पी. कोइरालाको मुल प्रेरणाबाट स्थापित तरुण दलकाे स्थापना दिवसकाे अवसरमा बुधबार सांझ वीरगंजकाे घन्टाघरमा दिप प्रज्वलन गरिएकाे नेपाली कांग्रेसका युवा नेता राकेश यादवले वताए ।
साे अवसरमा वाेल्दै नेपाली कांग्रेसका युवा नेता दिलिप राज कार्कीले तरुणकाे आहुतीले गर्दा अहिले आफ्नै सासन, आफ्नाे सरकार भएकाे वताए । तसर्थ तरुणकाे एकता अब एकता मात्र हाेइन, रक्त बगाउने मात्र हाेइन, नेपालकाे नेतृत्व तरुणले लिन सक्ने वताए ।
तरुण दल पर्साकाे आयाेजनामा भएकाे दिप प्रज्वलन कार्यक्रममा ठारब इकाई अध्यक्ष मनोज साह, तरुण बिभागका दिपक गुप्ता, विद्यार्थी नेताहरू बबुन्न्द पटेल, शैलेश यादव लगायतकाे सहभागिता रहेकाे थियाे ।
१० कात्तिक, हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । उनले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् ।
शाक्यले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको पनि बताइन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा द्वन्द्व कम गर्न आफू मतविभाजनमा जान नचाहेको बताइन् ।
‘हामी संस्कारयुक्त बनौं, द्वनन्द्व कम गरौं । प्रदेश बनाउन मिलेरै काम गरौैं’ उनले भनिन्, ‘आफ्नो पदीय दायित्व होला । तर आखिरमा प्रदेश बनाउन हामी नमिली सुखै छैन ।’ मुख्यमन्त्री शाक्यले आगामी दिनमा मिलेर अघि बढ्न अहिले राजीनामा दिने बाटो नै आफूलाई ठीक लागेको बताइन् ।
सबै पक्ष मिलेमा प्रदेशलाई नमुना बनाउन सकिने भन्दै मुख्यमन्त्री शाक्यले सत्तापक्ष र प्रतिपक्षको परम्परागत भावना त्याग्नुपर्ने बताइन् ।
‘हिजाको परम्परागत सोचले हुँदैन । प्रतिपक्ष भएपछि विरोध गर्नैपर्ने, सत्तापक्षले जस्तो भए पनि पास गरेर जानुपर्ने, यो सोच त्याग्नुपर्छ । राम्रोलाई राम्रो भन्ने नराम्रोलाई आलोचना गर्ने । यो संस्कार हामीले विकास गर्न किन सक्दैनौं ?’ उनले प्रश्न गरिन् ।
संस्कारयुक्त बागमती प्रदेश बनाउन आलोचना र आत्मालोचनाको बानीको विकास गर्नुपर्ने पनि शाक्यले बताइन् । शाक्य बागमती प्रदेशमा एकल बहुमतमा रहेको दलको नेताको रुपमा भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।
तर उनको दल नेकपा एमाले विभाजित भई नेकपा (एकीकृत समाजवादी) बनेपछि उनले संविधानअनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने थियो । शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव असोज २४ गते प्रदेशसभा सचिवालयमा पेश गरेकी थिइन् ।
त्यसपछि उक्त प्रस्तावमा कात्तिक ४ गते प्रदेशसभामा छलफल भएको थियो । त्यसपछि मतविभाजनका लागि बुधबारसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो । बागमती प्रदेशसभामा १०९ सदस्यमध्ये मुख्यमन्त्री शाक्यलाई नेकपा एमालेका ४३ सांसदको समर्थन छ । नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यमध्ये १३ जनाले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।
१० कात्तिक, बुटवल । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशका केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ । एमाले नेता शंकर पोखरेलको गृह जिल्ला दाङका १० वटा र पाल्पाका १० वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । अन्य जिल्लामा कतै सर्वसम्मत र कतै निर्वाचन हुने भएको छ ।
जसअनुसार घोराही उपमहानगरपालिका अध्यक्षमा भुवन चौधरी, तुलसीपुर उपमहानगरपालिका अध्यक्षमा माधव वली, लमही नगरपालिका अध्यक्षमा डण्डीराम चौधरी,गढवा गाउपालिका अध्यक्षमा बाबुराम अधिकारी, बबई गाउँपालिका अध्यक्षमा जितबहादुर वली,राजपुर गाउंपालिका अध्यक्षमा हेमकुमार जिसी निर्वाचित भएका छन् ।
यस्तै राप्ती गाउपालिका अध्यक्षमा मदन अधिकारी, शान्तिनगर गाउँपालिका अध्यक्षमा धन बहादुर केसी, दंगिशरण गाउँपालिका अध्यक्षमा रेशम वली र बंगलाचुली गाउँपालिका अध्यक्षमा पुष्पराज भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् ।
यस्तै पाल्पाका दश वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
तानसेनमा आत्रेय
पाल्पाको तानसेन नगर अधिवेशनबाट गुराँस आत्रेय निर्विरोध निर्वाचित भएका छन् ।
रामपुरमा रेग्मी
पाल्पाको रामपुर नगरपालिकाको नगर अधिवेशनबाट विष्णु रेग्मी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।
बगनासकालीमा पाठक
पाल्पाकै बगनासकाली गाउँपालिका अधिवेशनबाट अध्यक्षमा हरि पाठक चयन भएका छन् ।
तिनाउ गाउँ पालिका
पाल्पाकै तिनाउ गाउं कमिटी अध्यक्षमा प्रेम श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
रम्भा गाउँपालिका
पाल्पाकै रम्भा गाउपालिका अध्यक्षमा योगेन्द्रप्रसाद गैरे सर्वसम्मत चयन भएका छन् ।
रैनादेवी छहरा गाउँपालिका
पाल्पाकै रैनादेवी छहरा गाउँ कमिटी अध्यक्षमा राम प्रसाद ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् ।
रिब्दीकोट गाउँपालिका
पाल्पाकै रिब्दिकोट गाउपालिका अध्यक्षमा आशिष विश्वकर्मा निर्वाचित भएका छन् ।
माथागढी गाउँपालिका
पाल्पाकै माथागढी गाउंपालिका अध्यक्षमा तेज घर्तीमगर निर्वाचित भएका छन् ।
पूर्वखोला गाउँपालिका
पालपाकै पूर्वखोला गाउँ कमिटी अध्यक्षमा जीवन आचार्य निर्विरोध चयन भएको छन् ।
निस्दी गाउँपालिका
पाल्पाको निस्दी गाउँपालिकाको अध्यक्षमा नरेश सुनारी मगर निर्वचित भएका नेकपा एमाले पाल्पाका अध्यक्ष नारायणप्रसाद अचार्यले जानकारी दिए ।
बुटवलमा ज्ञवाली
रुपन्देहीको बुटवल उपमहानगरपालिकाको अध्यक्षमा किशन ज्ञवाली सर्वसम्मत चयन भएका छन् ।
सैनामैनामा न्यौपाने
रुपन्देहीकै सैनामैना नगर अधिवेशनबाट चेतनारायण न्यौपाने अध्यक्षमा निर्वाचित भएका छन् । उनी एमाले र माओवादी केन्द्र एकीकरण हुनुपुर्व माओवादी केन्द्रमा थिए । उनी माओवादीबाट नगर प्रमुखको उम्मेदवार भएर पराजित भएका थिए ।
लुम्बिनीमा खान
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको अधिवेशनबाट निसार अहमद खान अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
गैडहवामा राना
रुपन्देहीको गैडहवा गाउँपालिकाको अधिवेशनबाट भुवन राना अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।
रोहिणीमा कौशल
रुपन्देहीकै रोहिणी गाउँपालिकाको अधिवेशनबाट अध्यक्षमा सुनिल कुमार कौशल सर्वसम्मत निर्वाचित भएका छन् ।
कञ्चनमा आचार्य
रुपन्देहीको कञ्चन गाउँ अधिवेशनले दिनानाथ आचार्य सर्वसम्मत निर्वाचित भएका छन् ।
रुपन्देहीको तिलोत्तमा,सिद्धार्थनगर र देवदह नगरपालिकामा अध्यक्षलगायत पदाधिकारीमा आकांक्षी धेरै भएपछि नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।
काठमाडौं प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनेका गजेन्द्र हमालले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालय लिन सत्तारुढ दलमा हानथाप चलेको छ ।
स्रोतका अनुसार प्रधानन्यायधीशका लागि छुट्याइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफ्नो दलले पाउनु पर्ने भन्दै सत्तारुढ कांग्रेस, माअोवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको मुख्य दाबी रहेको स्रोतले बतायो।
हमालको राजीनामा पछि उक्त मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवासँग छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभाका सांसद संंख्याको अनुपातका आधारमा मन्त्रालयको भागबण्डा गरिएकाले स्वत: उक्त मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने तर्क अघि सारेका छन्।
प्रधान्यायधीशलाई मन्त्रिपरिषद्मा कोटा छुट्याइएको विषयमा सञ्चारमाध्यम, न्यायक्षेत्र र सामाजिक सञ्जालमा तीव्र आलोचना हुँदा दाहालले हमालको नियुक्ति कांग्रेसको कोटाबाट भएको भन्दै बचाउ गरेका थिए।
प्रधानन्यायाधीशका जेठान नाता समेत रहेका हमाललाई प्रधानमन्त्री देउवाले असोज २२ को मन्त्रिपरिषद् विस्तारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्ति गरेका थिए।
दाहालले असोज २३ गते चितवन पुगेर कांग्रेसको कोटाबाट मन्त्री भएकाले अनावश्यक चर्चा गर्न आवश्यक नभएको प्रतिक्रिया दिएका थिए। बुधबार बसेको सत्तारुढ दलको बैठकमा दाहालसँगै एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले रिक्त मन्त्रालय आफ्ना पार्टीका लागि दिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए।
‘दुवै पार्टीले रिक्त मन्त्रालय लिन हानाथाप गर्नुभएको छ। माओवादी वा एकीकृत समाजवादीलाई उक्त मन्त्रालय दिँदा प्रधानन्यायधीशलाई मन्त्रीको कोटा छुट्याइएको विषय सार्वजनिक रुपमै पुष्टि हुने भएकाले प्रधानमन्त्रीले कसैलाई नदिई आफैसँगै राख्ने भन्नु भएको छ। अरु केही भन्नु भएको छैन,’प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले सम्भवत: कांग्रेसकै कोही नेतालाई मन्त्री बनाउन सक्नु हुन्छ।’
सत्तारुढ चार दलमध्ये कांग्रेसपछिको ठूलो दल माओवादी केन्द्र छ। २१ वटा मन्त्रालयमध्ये ६१ सिट रहेको कांग्रेसले सात मन्त्रालय पाएको छ भने ४९ सिट रहेको माओवादी केन्द्रले ५ वटा मन्त्रालय पाएको छ। एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४/४ मन्त्रालय पाएका छन्। सांसद संख्याको ‘स्ट्रेन्थ’ का आधारमा मन्त्रालयको भागबण्डा गरिएकाले स्वत: आफ्नो दलले पाउनु पर्ने तर्क दाहालको छ।
माओवादी संसदीय दलका नेता देव गुरुङले मन्त्रालयको भागबण्डा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद संख्याको ‘स्ट्रेन्थ’ आधारमा भएकाले आफ्नो पार्टीले दाबी गर्नु स्वभाविक हुने बताए।‘हामीले मन्त्रालयको भागबण्डा गर्दा नै ‘स्ट्रेन्थ’का आधारमा गरेका हौं, यसको आधारमा कुरा भएको हुन सक्छ। ‘स्ट्रेन्थ’ हेर्ने हो भने माओवादीले पाउनुपर्ने हुन्छ,’ उनले कान्तिपुरसँग भने, ‘माओवादीले पाउनुपर्छ भनेर कुरा उठ्न सक्छ। तर के गर्ने भन्ने विषयमा नेताहरुकै आपसी सहमतिमा निर्धारण हुने हो।’
कुल २१ वटा मन्त्रालयमध्ये २० वटा मन्त्रालयमा भागबण्डा गरेर सत्ता गठबन्धनका सहमतिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानन्यायधीश जवराको जेठान गैरसांसद हमालका लागि छुट्टाईएको थियो। हमाललाई प्रधानन्यायाधीशको कोटाबाट नभएर कांग्रेसको कोटाबाट मन्त्री बनाइएको भन्दै सरकारी स्तरबाटै प्रतिवाद गरिएकाले अहिले उक्त मन्त्रालय अरु दललाई दिन नहुने तर्क प्रधानमन्त्रीले गरिरहेका छन्।
सत्ता गठबन्धनभित्रै रस्साकस्सी चलिरहेका बेला प्रधानमन्त्री देउवाले भने आफू निकटका सांसदलाई मन्त्री बनाउने तयारी समेत गरिरहेका छन्। पार्टीभित्रै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समेत दाबी गरिरहेको छ।
‘प्रधानन्यायधीशले सांसद मध्येबाटै कसैलाई सिफारिस गरे उसैलाई मन्त्री बनाउन सम्भावना पनि छ। कतिपय कांग्रेसकै सांसदहरु प्रधानन्यायधीशले सिफारिस गरेमा फरक पर्दैन भनेर समेत लागिरहेका छन्,’ स्रोतले भन्यो, ‘तर प्रधानमन्त्रीको दाउ बोनसका रुपमा प्राप्त उक्त मन्त्रालयमा आफ्नो समूहभित्रको असन्तुष्टि व्यवस्थापन गर्ने र आसन्न पार्टीको महाधिवेशनमा लाभ लिनेतिर देखिएको छ।’
६ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिगामीको संज्ञा दिएका छन् । शनिबार पार्टीको वडा अधिवेशनको भर्चुअल विधिबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले तीन महिनाको अवधिमा पाँच दलीय गठबन्धनको असली रुप देखिएको बताए ।
‘प्रतिगामी शक्तिहरु अहिले गठबन्धनको नाममा आइरहेका छन्, यसमा कुनै भ्रम रहनु हुँदैन, दुविधामा रहनु हुँदैन, यो तीन महिनामा देखिइसकेको छ, देशलाई अस्थिरतामा धकेल्ने, देशलाई अग्रममनमा जान नदिने’ ओलीले भने, ‘स्वेच्छाचारी, मनपरीतन्त्र देशमा लागू गर्ने अनुशासनहीनता अराजकता राज्यस्तरबाटै गर्ने यसप्रकारका क्रियाकलाप हामीले देखिरहेका छौं, यो विपरीत बाटो हो प्रतिगमनतर्फको बाटो हो ।’
अहिले प्रतिगामी गतिविधिको नेतृत्व पाँच दलीय गठबन्धनले गरेको ओलीले आरोप लगाए । ‘कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने, कम्युनिस्ट सरकार ढाल्ने, प्रतिक्रियावादीको पाउमा सेवा अर्पण गर्ने, दक्षिणपन्थी जनविरोधी, दिशाहीन सरकार स्थापना गर्ने काम भएको छ’ उनले भने ।
अध्यक्ष ओलीले गत असोज १५ र १६ गते भएको विधान महाधिवेशन सर्वसम्मत रुपमा भएकामा विरोधीहरु अचम्ममा परेको बताए । छ हजार प्रतिनिधिबीच सौहाद्र्धपूर्ण छलफल देखेर विरोधीहरुले व्यक्तिको पार्टीजस्तो भएको भनेर लान्छना लगाएको पनि ओलीले टिप्पणी गरे ।
अध्यक्ष ओलीले आफ्नो पार्टीले आगामी निर्वाचनमा हरेक तहमा शान्दार ढंगले बहुमत ल्याउने गरी तयारी गरिरहेको दोहोर्याउँदै सोही अनुसार पार्टीको काममा जुटन पनि नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले एमाले समाप्त हुन्छ भन्ने भ्रम चिरिएको उल्लेख गर्दै विरोधीहरुको भ्रममा नपरी देश निर्माणको अभियानमा जुटन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे ।
‘एउटा हल्ला चल्यो अस्ति भर्खर । त्यो हल्ला अब कमजोर हुँदै गएको छ । तीनका स्याल हुँइयाहरु कमजोर हुँदै गएका छन् । तीनका आवाजहरु सुक्दै गएका छन । हिजो नेकपा एमालेलाई सरकारबाट हटाएपछि एउटा हल्ला चल्यो । अब एमाले समाप्त भयो । एमाले युगको अन्त्य भो । अनेक प्रकारका भ्रमपूर्ण हल्लाहरु चलाइए । तर म कमरेडहरुलाई भन्न चाहन्छु–ती बेकारका बलेसीका पानी रहेछन भन्ने कुरा स्पष्ट भइसक्यो’ उनले भने ।
काठमाडौँ — नेकपा (एमाले)को वडा अधिवेशन शनिबार हुँदैछ । वडा अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १२ बजे केन्द्रीय कार्यालय थापाथलीबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट सकेसम्म धेरै वडाहरूलाई जोडेर सम्बोधन गरिने तयारी भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । अध्यक्ष ओलीको सम्बोधनमा जोडिनका लागि सबै वडा कमिटीहरूलाई डिस्प्ले तयार पार्न र इन्टरनेट सेवा नभएका वडामा मोबाइल फोनमार्फत साउन्ड बक्समा जोडेर सम्बोधन सुन्ने व्यवस्था गर्न भनिएको उनले बताए ।
केन्द्रीय कार्यालय सचिव तामाङले वडा अधिवेशनमा बढीभन्दा बढी जनसहभागिता गराउन पनि निर्देशन दिइएको बताए । देशभर वडा अधिवेशनको तयारी पूरा भएको उनले जानकारी दिए ।
केही दिन पहिलेको वर्षाका कारण बाढी, डुबान र पहिरोबाट प्रभावित क्षेत्रमा कार्तिक १५ गतेभित्र वडा अधिवेशन गर्न भनिएको तामाङले जानकारी दिए । एमालेले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा गरिने तय भएको छ ।
४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो प्रभावित क्षेत्र बझाङको चैनपुर पुगेका छन् । उनले चैनपुरमा बाढी र पहिरोबाट भएको क्षतिको जानकारी लिएका उनको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री देउवा बिहीबार बाढी पहिरो प्रभावित सुदूरपश्चिम क्षेत्रको भ्रमणमा छन् । सुदूरपश्चिममा बाढी र पहिरोले बझाङ र डोटी जिल्लामा बढी क्षति पुगेको छ । बाढीका कारण डोटीमा १४ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । त्यस्तै बझाङमा २१ जना हराइरहेका छन् ।
प्रधानमन्त्रीसहितको टोली बिहीबार बिहान काठमाडौँबाट सुर्खेत हुँदै दिपायल आएको हो । टोलीले यहाँका बाढीले क्षति गरेका स्थानको हवाई निरीक्षण गरेको थियो । प्रधानमन्त्री देउवा बिहीबार बझाङको थलारा, चैनपुर र बैतडीको ढुंगाड जाने कार्यक्रम छ ।
ढुंगाडबाट डडेलधुराको सदरमुकाम खलंगा र जोगबुढा, कञ्चनपुरको महेन्द्रनगर, दोधारा, चाँदनी र कैलालीको धनगढी जानेछन् । धनगढीबाट उनी शुक्रबार काठमाडौं फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
३ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलोपटक भोट हाल्ने युवापंक्तिले सूर्यमै भोट हाल्नुपर्ने बताएका छन् ।
बागमती प्रदेश आयोजक कमिटीको बैठकमा ओलीले पहिलोपटक भोट हाल्ने युवाले सूर्य बाहेक अन्यत्र हाले हात बिटुलिने बताए ।
‘तिनीहरुलाई पहिलोपटक भोट सूर्यमा हाल्न लगाउनुपर्छ । अन्त हाल्यो भने हात बिटुलियो नि’ ओलीले भने, ‘देशका विरुद्ध उनीहरुले भोट नहालोस् । त्यो कुरा उनीहरुलाई सम्झाउनुपर्छ ।’
सूर्य बाहेक अन्य चिन्हमा भोट हाले हात जुठो हुने ओलीले बताए । ‘देश बनाऔं भन्ने पवित्र भावनाको मान्छे छ, तर भोट हाल्छ गलत ठाउँमा । हात जुठिएन, हात बिटुलिएन’, उनले भने । सूर्य बाहेक अन्यमा भोट हालेर विटुलिएको हात चोख्याउन धेरै सावुन पानी चाहिने ओलीले बताए ।
‘बिटुलियो भने त्यसलाई जोख्याउन धेरै पानी, धेरै साबुन खर्च गर्नुपर्छ’, उनले भने ।
३ कात्तिक, बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको दाङको भालुबाङ क्षेत्रमा जग्गा व्यवस्थापन गर्न सरकारलाई सकस परेको छ ।
यसअघि राप्ती गाउंपालिकाको वडा नम्बर २ र ३ को १४० हेक्टरमा स्थायी राजधानीका लागि पुर्वाधार बनाउने सरकारको तयारी थियो ।
राष्ट्रिय वन अतिक्रमण गरी वस्ती बसेको भन्दै डिभिजन वन कार्यालय लमही दाङले सूचना निकालेर त्यहाँका घर, टहरा, गोठ लगायत संरचना हटाई जग्गा खाली गर्न भदौ २१ गते १५ दिने अल्टिमेटम दियो । तर स्थानीयले वन कार्यालयको अल्टिमेटमलाई चुनौति दिंदै ५० वर्षदेखि जोतभोग गरेर बसेको जग्गाबाट आफूहरु नहट्ने अडान लिए ।
त्यहाँ दुई हजार बढी घरधुरीमा १० हजार जनसंख्या बसोबास गर्छन् । उनीहरुले राजधानी प्रभावित संघर्ष समिति बनाएर आफूहरुलाई जोतभोगका आधारमा लालपूर्जा दिनुपर्ने, वस्ती हटाउन नपाइने, वस्ती विस्थापित गर्ने राजधानी आफूहरुलाई नचाहिने र आफूहरुको सहभागिता विना बनाइएको राजधानीको गुरुयोजना स्वीकार्य नभएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ग्रामीण तथा शहरी विकास मन्त्रालय र राप्ती गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाए । विरोध प्रदर्शन गरिंदै
आफ्ना मागको सुनुवाई नभएको भन्दै राजधानी प्रभावित संघर्ष समितिले आज लमहीमा विरोध प्रदर्शन गर्दैछ । संघर्ष समितिका संयोजक प्रकाश शाहीले वर्षौंदेखि बसोबास गरेका नागरिकलाई वैकल्पिक व्यवस्था नगरी सरकारले विस्थापित गर्न खोजेको भन्दै प्रभावित १० हजार बासिन्दालाई सडकमा उतारेर विरोध सभा गर्न लागेको जानकारी दिए ।
राप्ती गाउँपालिकाको वडा नम्बर २ र ३ को वस्ती हटाउने प्रयास सफल नभएपछि सरकारले सशस्त्र प्रहरी बल भालुवाङको नाममा दर्ता कायम भएको वन क्षेत्र र वन क्षेत्रको खाली जग्गामा स्थायी संरचना बनाउने विकल्प अघि सारेको छ । त्यसका लागि उक्त जग्गा लुम्बिनी प्रदेश सरकारको नाममा हक हस्तान्तरणको लागि चार किल्ला क्षेत्रफल छुट्याइ राप्ती गाउँपालिकाले सिफारिस गर्ने निर्णय भएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवम् अन्तरिम मामिला तथा सूचना सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी दिए ।
‘सशस्त्र प्रहरी बलको नाममा दर्ता भएको जग्गा लुम्बिनी प्रदेश सरकारलाई हक हस्तान्तरण गर्न सिफारिस गर्ने र सो क्षेत्रफल बमोजिमकै जग्गा सशस्त्र प्रहरीलाई सोधभर्ना गर्ने व्यवस्था राप्ती गाउँपालिकाले सिफारिस गर्ने निर्णय भएको छ’ प्रवक्ता शर्माले भने ।
राप्ती गाउँपालिकाको वडा नम्बर २ र ३ मा बसोबास गर्दै आएका बासिन्दाको उचित व्यवस्थापन गर्न गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको संयोजकमा कार्यदल गठन गरिएको प्रवक्ता शर्माले बताए ।
लुम्बिनी प्रदेश सभाले एक वर्ष अघि दाङको भालुबाङ क्षेत्रलाई स्थायी राजधानी तोक्ने निर्णय बहुमतले गरेको थियो । हालसम्म बुटवल मुकामबाट पर्यटन, ग्रामीण विकास तथा शहरी विकास मन्त्रालय स्थायी राजधानीमा गएको छ ।
सरकारले अन्य मन्त्रालय पनि सार्न खोजेको छ तर बस्ने डेरा, विद्यालय, कलेज, अस्पताल लगायत अन्य पूर्वाधार र सुविधा नभएको भन्दै कर्मचारीहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।
लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी तोकिएपछिको एक वर्षको बीचमा प्रदेश राजधानी व्यवस्थापन कार्यालय स्थापना, राजधानी तोकिएको क्षेत्रमा जग्गा खरिदबिक्री रोक बाहेकका अन्य काममा खासै प्रगति हुन सकेको छैन । राप्ती प्राविधिक शिक्षालयको जग्गा सरकारको स्वामित्वमा हस्तान्तरण गरेर राजधानी व्यवस्थापनको प्रक्रिया भने सुरु भएको छ ।
प्रदेश सभा भवन निर्माणको काममा पनि ढिलासुस्ती भएको छ । काम अलपत्र छाडेर ठेकदार सम्पर्कमा नआएपछि आगामी हिउँदे अधिवेशन स्थायी राजधानी देउखुरीमै सुरु गर्ने सरकारको योजना पूरा हुने सम्भावना कम छ ।
मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना
प्रदेश राजधानी व्यवस्थापनको काममा ढिलासुस्ती भइरहेको बेला मंगलबार मुख्यमन्त्री कुलबहादुर केसी (सोनाम)सहित मन्त्रीहरुको टोलीले देउखुरी क्षेत्रको भ्रमण गरेको छ । प्रदेश सभा भवन निर्माण कार्यको स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री केसीले ठेकदारलाई काम सक्न डेढ महिनाको अन्तिम मौका दिन र नसके कानुनी कारबाही गर्न प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई निर्देशन दिएका थिए ।
यसैबीच लुम्बिनी प्रदेश सरकारले देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको सम्पर्क कार्यालय स्थापना गरेको छ । पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालय स्थतापना भएको क्षेत्रमै मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरिएको हो । सम्पर्क कार्यालयमा मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार र जनसम्पर्क सल्लाहकार नियमित रुपमा रहने छन् । साथै हरेक शुक्रबार मुख्यमन्त्री केसी सो सम्पर्क कार्यालयमा आएर काम गर्ने छन् ।
मंगलबार देउखुरीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री केसीले सो जानकारी दिएका हुन् । महिनामा एउटा मन्त्रिपरिषद बैठक देउखुरीमै राख्ने जानकारी दिंदै उनले तिहारलगत्तै अरु मन्त्रालयहरु पनि सर्ने योजना बनाइएको बताए ।
वीरगञ्ज महानगरपालिका वडा नं १७ अलौं बजार टोलमा रहेको श्री माँ द्वार देवी मन्दिर संचालन तथा संरक्षण समितिको आयोजनामा माँ द्वार देवीमन्दिर तथा श्री द्वार देवी युवा क्लब मा रही समाज परिवर्तन मा सहयोग पुर्याउने सदस्य ज्यु लाई आज एक कार्यक्रमका बिच सम्मानित गरिएको छ।
सम्मानित कार्यक्रममा श्री द्वार देवी मन्दिर का पुर्व पदअधिकारी अध्यक्ष कृष्ण देव प्रसाद यादव , उपाध्यक्ष हरिनारायण प्रसाद यादव, कोषाध्यक्ष स्व: किशोर बहादुर क्षतकुली , सचिव दिपक राज शर्मा , सदस्य चन्द्र शेखर राउत कुर्मी, अमर प्रसाद यादव ,अम्मिका साह, राजवंशी प्रसाद, छोटेलाल साह तेली, रामचन्द्र साह कलवार,स्व :राम बहादुर श्रेष्ठ ,स्व : केशर बहादुर ढुंगाना त्यस्तै युवा क्लब का पदअधिकारी अर्जुन यादव , छटु प्रसाद साह, दिलिप कुमार गुप्ता, हरेन्द्र प्रसाद यादव,हरिशंकर प्रसाद गुप्ता,श्यामबाबु प्रसाद गुप्ता,शेख कैस ,मनु पटेल,हरेन्द्र प्रसाद यादव,संजय प्रसाद गुप्ता,चन्दन प्रसाद यादव लगायतका का व्यक्ति लाई गम्छा र सम्मान पत्र प्रदान सम्मानित गरिएको थियो।
सो कार्यक्रमका अध्यक्षता श्री द्वार देवी मन्दिर संचालन तथा संरक्षण समितिका अध्यक्ष शिव नारायण प्रसाद कानु को अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो। सम्मान कार्यक्रम को प्रमुख अतिथि प्रदेश नं २का खानेपानी तथा उर्जा मन्त्री ओम प्रकाश शर्मा अतिथि समाजवादी पार्टी नेपाल का जिल्ला सदस्य विरेन्द्र प्रसाद यादव , नेपाली कांग्रेसका क्षेत्र नं ४ क्षेत्रीय सभापति रमेश पाण्डे, महासमिति सदस्य बृहस्पति श्रेष्ठ, महासमिति सदस्य रामरुप कुर्मी, नेकपा समाजवादीका नेता कृष्ण देव प्रसाद यादव, नेपाली कांग्रेस वडा नं १७ का उपसभापति संजु क्षतकुली नेपाली कांग्रेसका क्षेत्र सभापति शैलेन्दर उपाध्याय , पत्रकार शेखर क्षतकुली श्री द्वार देवी मन्दिर संचालन तथा संरक्षण समितिका सचिव श्रवण प्रसाद साह लगायतको सहभागिता रहेको थियो। सम्मान कार्यक्रममा बोल्दै मन्त्री शर्माले द्वार देवी मन्दिर को लागि म सधैं सहयोग गर्ने र आफ्नो पहलमा सक्दो सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रम संचालन हरिनारायण प्रसाद साह ले गर्नु भएको थियो।