चाेलेन्द्रविरुद्ध बार आन्दाेलित, कालाेपट्टी लगाएर विराेध

  • १४ कार्तिक २०७८, आईतवार १२:२९ मा प्रकाशित
  •  नेपाल बार एसोसिएसनको अगुवाइमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विरोधस्वरूप ज्येष्ठ वकिल कृष्णप्रसाद भण्डारीदेखि पूर्वसभामुख दमननाथ ढुंगानाले पनि कालोपट्टी लगाएका छन् ।
     
    अन्य वकिलहरूले पनि कालोपट्टी लगाएका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार वकिलहरू कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएपछि सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
     
    वकिलहरूले आज ११ बजेसम्म कालोपट्टी बाँधेर प्रधानन्यायाधीश जबराको विरोध गर्नेछन् । विरोधको कार्यक्रम बारले शुक्रबार घोषणा गरेको हो । पर्सि भने सर्वोच्च परिसरमा वकिलहरूले धर्ना नै दिने भएका छन् ।
     
    उनीहरूले प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा उचो पार्ने काम गर्न नसक्ने, न्यायालयमा भएको भ्रष्टाचार, विभिन्न किसिमका विकृति र विसंगति नियन्त्रण गर्न नसक्ने भन्दै राजीनामा माग्दै आएका छन् ।

    Leave a Reply