• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: राजनीति

किन रोजे एसएसपी यादवले आत्महत्या

  • १० पुष २०७८, शनिबार १०:३३ मा प्रकाशित
  • शुक्रबार मध्यान्हतिर एकाएक एउटा खबर फैलियो । जुन अप्रिय खबर नेपाल प्रहरीका एक वरिष्ठ अधिकारीको मृत्युसम्बन्धी थियो । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादवले आत्महत्या गरेको सम्बन्धी खबरले धेरैलाई स्तब्ध बनायो । संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत उनी आफू बस्दै आएको सरकारी क्वार्टरमै डुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

    अवकाशको दिन नजिकिँदै गरेका उनले किन आत्महत्याको बाटो रोजे ? प्रहरीले अहिलेसम्म मुख खोलिसकेको छैन । उनको मृत्युपछि प्रहरीले परिवारलाई बोलाई घटनास्थलबाट शव निकालेर पोस्टमार्टमका लागि पठाएको छ । अहिले प्रहरीले घटनाको अनुसन्धान सुरु भएको मात्रै बताएको छ । सामाजिक सञ्जालमा उनको मृत्युबारे तत्काल सत्यतथ्य बाहिर ल्याउनुपर्ने आवाज उठेको छ । वरिष्ठ प्रहरी अधिकारीले मृत्युको बाटो खोज्नुपर्ने कसरी आयो भन्नेबारे चासो र चिन्ता पनि उत्तिकै सुनिन्छ । कतिपयले उनको मृत्युलाई डिप्रेशनसँग पनि जोडेर हेरेका छन् ।

    यसैबीच अपहरण तथा शरीर बन्धक मुद्दाका अभियुक्तलाई उन्मुक्ति दिएको भन्दै एसएसपी यादवलाई कारबाहीको तयारी भइरहेको थियो । २०६४ माघ २९ गते बुटवलका ६२ वर्षीय टिकाराम अर्यालको अपहरणमा संलग्न अमर टण्डनलाई उन्मुक्ति दिएको भन्दै यादवमाथि कारबाहीको माग गरिएको थियो ।

    यसैगरी गृहमन्त्री बालकृष्ण खाणले मृत अवस्थामा फेला परेका यादवका परिवारसँग भेट गरेका छन् । शुक्रबार साँझ घटनास्थलमा पुगेर गृहमन्त्री खाणले एसएसपी यादवका परिवारसँग भेट गरेर घटनाबारे जानकारी लिएका हुन् । गृहमन्त्री खाणले उनको मृत्युको कारण खोज्न प्रहरीलाई निर्देशनसमेत दिएका छन् । प्रहरी प्रवक्ता वसन्त कुँवरले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।

    यादव बिहान ११ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । अन्य, सहकर्मीहरु खान खान गएको बेला उनले आत्महत्या गरेको बताइएको छ । यादव २०४९ सालमा सेवा प्रवेश गरेका अधिकृत हुन् । उमेर हदका कारण आगामी माघ १५ गते उनले अवकाश पाउँदै थिए ।

    सभार: लोकान्तर डट कम बाट

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on किन रोजे एसएसपी यादवले आत्महत्या

    भाडामा बस्नेलाई पनि विद्युत मिटर उपलब्ध हुन्छ : ऊर्जा मन्त्री भुसाल

  • ९ पुष २०७८, शुक्रबार १८:२१ मा प्रकाशित
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात न्यूनीकरण र विद्युत खपतका नीति बनाएर प्रभावकारी कार्यान्वयन गरिने बताएकी छन्।

    मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अबका दिनमा संगठित क्षेत्रमा प्रयोग हुँदै आएको ग्यास चुल्होलाई विद्युतीय चुल्होले विस्थापित गर्ने नीति अख्तियार गरिएको बताइन्।

    उनले भनिन्, ‘विद्युत खपत गर्ने ठूला उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने र विद्युतीय सवारी साधनको प्रवर्द्धनदेखि हरेक क्षेत्रमा विद्युतीय उपकरण उपयोग गर्ने नीति लिएको छु। त्यसका लागि सरकारी एवं निजी क्षेत्रका संघसंस्थासँग निरन्तर छलफल गरिरहेको छु।’

    विद्युत वितरण विनियमावली २०६९ लाई परिवर्तन गरेर ग्राहकमैत्री विद्युत वितरण विनियमावली बनाइएको उनले जानकारी दिइन्।

    मन्त्री भुसालका अनुसार अब ग्राहकले मागेको समयमा सहजै विद्युत पाउने छन्।

    एक सय केभिएसम्म विद्युत सबैलाई तथा सामुदायिक डेरी, चिस्यान केन्द्र, खानेपानी, सिँचाइ क्षेत्रलाई २०० केभिएसम्म विद्युत प्राधिकरणकै ट्रान्सफरमरबाट उपलब्ध हुनेछ। 

    ‘अब घर भाडामा बस्नेले पनि प्राधिकरणको छुट्टै मिटर लिइ ग्राहक बन्न सक्ने र अपार्टमेन्ट तथा कोलनीमा बस्नेले छुट्टै मिटर लिएर ग्राहक बन्न सक्नेछन्। यसबाट सहरी क्षेत्रमा डेरा गरी बस्ने लाखौं जनता लाभान्वित हुनेछन्’, मन्त्री भुसालले भनिन्।

    नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सहकार्य गरी आगामी दुई वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण गर्न कार्ययोजना बनाएर काम अगाडि बढाएको उनले जानकारी दिइन्।

    Copied:setopati

    Posted in राजनीतिLeave a Comment on भाडामा बस्नेलाई पनि विद्युत मिटर उपलब्ध हुन्छ : ऊर्जा मन्त्री भुसाल

    नेकपा एमाले पर्साद्वारा दशौं राष्ट्रिय महाधिवेशनको सन्देश सभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

  • ८ पुष २०७८, बिहीबार २२:०७ मा प्रकाशित
  • बीरगंज  ८ पुस। पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा देखिएको राजनैतिक बेथितिको व्यवस्थापनका लागि निर्वाचन अति आवश्यक रहेको कुरामा जोड दिनु भएको छ । 

    नेकपा एमाले पर्साद्वारा आज जगरनाथपुरमा आयोजित दशौं राष्ट्रिय महाधिवेशनको सन्देश सभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको समग्र भूगोल समेटेर नक्सा जारी गर्ने र नक्सामा भएको जमिन हाम्रो हो भनेर माग्ने सक्ने एमाले मात्र भएको र अरूसँग त्यो तागत नरहेको बताउनुभयो । 

    उहाँले हुलाकी सडकले तराई मधेशको समृद्धि र विकासको ढोका खोलेको बताउँदै आज ज्येष्ठ नागरिक लगायत विभिन्न व्यक्तिहरूले पाउने सामाजिक सुरक्षा भत्ताले अपाङ्ग, असक्त, एकल महिलाको जीवन स्तरमा आमूल परिवर्तन आएको दाबी गर्नुभयो । 

    उहाँले वर्तमान सरकार जनताको आदेशबाट नभई अध्यादेशबाट आएको हुँदा जनता प्रति उत्तरदायित्व नरहेको आरोप लगाउनुभयो । 

    उहाँले हिजो आफूहरूले साथ दिएकै कारण माओवादी केन्द्र यो स्थान सम्म आइपुगेको बताउँदै प्रचण्डले कुरा नबुझ्दा पतनको बाटो तर्फ माओवादी केन्द्र पुगेको दाबी गर्नुभयो । 

    कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल,  नेकपा एमालेका प्रदेश २ का इन्चार्ज रघुवीर महासेठ, सहइन्चार्ज ज्वाला साह, पूर्व मन्त्री पोलिटब्युरो सदस्य लीला श्रेष्ठ,  पोलिटब्युरो सदस्य सुमन प्याकुरेल, पुरुषोत्तम पौडेल, जुली महतो, केन्द्रीय सदस्य निर्मला देवकोटा राजकुमार गुप्ता, सहितका नेताहरू सहभागिता रहेको थियो । 

    यसैबिच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा एक सय ५१ किलोको माला लगाइएको छ । 

    पार्टी प्रवेश कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालीम मियाको अगुवाइमा उहाँलाई १ सय ५१ किलोको माला लगाइएको हो । 

    कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार जालिम मिया, पर्सा क्षेत्र नम्बर २ का नेकपा माओवादीका उम्मेदवार मुसालिन मियाँ, लोसपाका युवा नेता चन्दन मिश्र, मनोहर मिश्र लगायत ६ हजार १ सय ८० जना नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजराले बताउनुभयो । 

    Posted in राजनीतिLeave a Comment on नेकपा एमाले पर्साद्वारा दशौं राष्ट्रिय महाधिवेशनको सन्देश सभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

    नेता राजेन्द्र महतो लाई बहुदर माइ मा भब्य स्वागत

  • ८ पुष २०७८, बिहीबार ०५:५९ मा प्रकाशित


    वीरगञ्ज ०७ पुस
    लोकतान्त्रिक समाजबादी पार्टी का बरिस्ठ नेता पुर्ब उपप्रधानमन्त्री माननिय राजेन्द्र महतो लाई आज बहुदर माइ नगरपालिका मा भब्य स्वागत गरि एको छ।
    बहुदर माइ नगरपालिका-१ पिपरा अव्स्थित लोसपा का नेता शिव पटेल को निवास मा आयोजित कार्यक्रम लाई सम्बोधन गर्न नेता महतो आउनु भएको हो।

    नेता महतो ले पिपरा का बयोबृध् समाजसेवि १०२ बर्शिय जगरनाथ कुर्मी लाई दोश्ल्ला ओढाइ सम्मान गर्नु भएको थियो । बहुदर माइ को मन्दिर अवलोकन पश्चात् आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै नेता ले लोसपाका नेता कार्यकर्ताहरु बिचलित नभइ देश मधेस तथा समाज को बिकास का लागि सकृय रहन आग्रह गर्नुभयो।
    कार्यक्रममा लोसपा का नेता शिव पटेल,लोसपा पर्सा का बरिस्ठ नेता सन्तोश तिवारी,उपाध्यक्ष श्रीरामजि गिरि,सचिव राजेश साह,अनरुद कलवार, नेजामुदिन शमानि,पपु पटेल, युवा नेता ओमप्रकाश सर्राफ, बहुदर माइ नगरपालिका का नेता कृष्ण यादव , रामअग्या मण्डल,सोनालाल साह,सन्जय कुशवाहा,बिनोद पटेल,लगायत का नेताहरुको ब्यापक उपस्थिति रहेको थियोे ।

    Posted in राजनीतिLeave a Comment on नेता राजेन्द्र महतो लाई बहुदर माइ मा भब्य स्वागत

    कांग्रेस सभापतिको लागि फेरि मतदान हुने : अब देउवा र शेखरबीच प्रतिस्पर्धा

  • २८ मंसिर २०७८, मंगलवार ०९:४१ मा प्रकाशित
  • काठमाण्डाै – कांग्रेस सभापतिको चयनका लागि फेरि मतदान हुने भएको छ । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेको हो ।

    सभापतिका लागि शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । पहिलो चरणमै जित निकाल्नका लागि बहुमत अर्थात २३ सय ४० मत आवश्यक थियो ।

    तर, सभापतिका प्रत्यासी कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् । पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गर्नुभएको छ । उहाँले ८२ मतले ५० प्रतिशत कटाउन सक्नुभएन । कोइरालाले १७२९, सिंहले ३७१ निधिले २४९ र गुरुङले २० मत प्राप्त गर्नुभयो ।

    अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।

    निर्वाचन समितिले मतपत्रको तयारी गरेर तुरुन्तै मतदान प्रक्रिया अघि बढाउने जनाएको छ ।

    Posted in ताजा अपडेट, राजनीतिLeave a Comment on कांग्रेस सभापतिको लागि फेरि मतदान हुने : अब देउवा र शेखरबीच प्रतिस्पर्धा

    सभापतिको मतगणना अन्तिम चरणमा : देउवाको दुई हजार मत कट्यो

  • २८ मंसिर २०७८, मंगलवार ०९:०० मा प्रकाशित
  • काठमाण्डाै – कांग्रेस महाधिवेशनमा सभापतिको मत गणना अन्तिम चरणमा पुगेको छ ।

    अहिलेसम्म ४२ सय ७६ मत गणना भएको छ । अब ४ सय ३ मत गन्न बाँकी छ । सभापति शेरबहादुर देउवाले दुई हजार मत कटाउनुभएको छ । उहाँले २ हजार ४६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै अर्का उम्मेदवार डा.शेखर कोइरालाले १६ सय १५ र प्रकाशमान सिंहले ३ सय ३५ मत प्राप्त गर्नुभएको छ ।

    अहिलेसम्मको मत परिणाम अनुसार विमलेन्द्र निधिले २ सय ३८ र कल्याण गुरुङले २० मत मात्र पाउनुभएको छ । नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा छ । कुल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको छ ।

    अब ४ सय ३ मत गन्न बाँकी छ । काठमाण्डौको राष्ट्रिय सभागृहमा आज बिहानैदेखि मतगणना चलिरहेको छ ।

    Posted in राजनीतिLeave a Comment on सभापतिको मतगणना अन्तिम चरणमा : देउवाको दुई हजार मत कट्यो

    नेपाली कांग्रेस महाधिवेशन : सभापतिको मतपेटिका मतगणनास्थल पुर्‍याइयो, सुरक्षा व्यवस्था कडा

  • २८ मंसिर २०७८, मंगलवार ००:३७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रियसभा गृहको मतदानस्थलको सभापतिको मतपेटिका मतगणना स्थलमा पुर्‍याइएको छ । मतदान सकिएपछि मतपेटिका मतगणास्थल पुर्याएको हो । अबको केही समय पश्चात सभापतिको मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । मतगणनास्थलमा सुरक्षाव्यस्था कडा पारिएको छ । केही समय अगाडि गृहमन्त्री बालकृष्ण खाँड मतदानस्थलको नीरिक्षण गरेर फर्किएका थिए ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on नेपाली कांग्रेस महाधिवेशन : सभापतिको मतपेटिका मतगणनास्थल पुर्‍याइयो, सुरक्षा व्यवस्था कडा

    पदाधिकारीका आकांक्षीकाे बैठक, उम्मेदवारकाे टुंगाे लाग्ला ?

  • २२ मंसिर २०७८, बुधबार ०९:१६ मा प्रकाशित
  • काठमाडौं, २२ मंसिर

    प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार आज आफ्नो टिममा रहेका र पदाधिकारीमा आकांक्षा राखिरहेका नेतासँग छलफल गर्ने भएका छन् ।

    महाधिवेशनमा उम्मेदवारबारे अनौपचारिक रुपमा छलफल भइरहेको भएपनि टुंगो नलाग्दा समस्या भएको नेताहरुले बताएपछि देउवाले छलफल गर्न लागेका हुन् ।

    ‘साथीहरुसँगको छलफलका लागि सभापतिज्यूले बुढानिलकण्ठमा बिहान ९ बजे बैठक बोलाउनु भएको छ,’ सहमहामन्त्री प्रकाशशरण महतले भने ।

    देउवाले बैठकमा आकांक्षीहरुको कुरा सुन्ने र जितिने गरि टिम बनाउन खोज्ने देउवा निकटका एक नेताले बताए ।  देउवा पक्षमा उपसभापति, महामन्त्री, सहमहामन्त्रीका आकांक्षी धेरै देखिएका कारण आफ्नो पक्षमा त्यसको व्यवस्थापन त्यति सहज देखिएको छैन ।

    पहिला पदाधिकारीको टुंगो लगाएर मात्र केन्द्रीय सदस्यको चयन गर्ने तयारी देउवाको छ ।

    कांग्रेसकाे १४औँ महाधिवेशन २४ मंसिरमा उद्घाटन भएर २७ गते नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन कार्यतालिका छ ।  देउवालाई बलियो साथ दिएका उपसभापति विमलेन्द्र निधिले आफू सभापतिमा उठ्ने घोषणा गर्दै कार्यालय सञ्चालन गरिरहेका छन् ।

    संस्थापनइतरले पनि सभापतिमा साझा उम्मेदवार चयन आजसम्ममा टुंग्याउने तयारी गरेको छ ।

    मंगलबार दिनभर चाक्सीबारीस्थित नेता प्रकाशमान सिंह निवासमा बसेको बैठकले साझा उम्मेदवार चयन गर्न नसके पनि सहमतिको नजिक पुगेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । उनकाअनुसार आजसम्ममा सभापतिको साझा उम्मेदवार चयन गर्ने उनको दाबी छ । सभापतिमा निर्णयमा पुगेपछि संस्थापन इतरले पदाधिकारी र केन्द्रीय सदस्यहरु विषयमा छलफल गर्ने तयारी गरेको छ ।

    कांग्रेस केन्द्रीय कार्यसमितिका लागि एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट छानिने व्यवस्था रहेको छ ।

    यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेस विधानमा व्यवस्था गरिएको छ । त्यस्तै निर्वाचित बाहेक ३३ जनालाई सभापतिले मनोनित गर्ने विधानमा व्यवस्था गरिएको छ ।

    Posted in राजनीतिLeave a Comment on पदाधिकारीका आकांक्षीकाे बैठक, उम्मेदवारकाे टुंगाे लाग्ला ?

    परिवर्तनको लागि दाहालको उम्मेद्बारी ।

  • १७ मंसिर २०७८, शुक्रबार २१:१५ मा प्रकाशित
  • बिगत ११ बर्ष देखि बैदेशिक रोजगारिको शिलशिलामा युएइमा रहेका निश्चल दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौमा भइरहेको एकता महादिवेशनमा केन्द्रिय सदस्य पदमा उम्मेद्बारी दिएका छन । 
    १८ बर्ष देखि राजनितिमा सक्रिय रहेका दाहाल सामाजिक कार्यमा पनि अग्रसर रही एनआरएनए युएइमा एक कार्यकाल युवा संयोजक र हाल महासचिव पदमा कार्यरत छन् । 
    नेपाली राजनीति प्रति युवाहरुको बढ्दो बितृष्णा देखेर “अबको आवश्यकता युवा पुस्ताको राजनितिमा सक्रियता”को नारा लिएर उनी चुनावी मैदानमा होम्मिएको बताउछन् । 
    देशले अब परिवर्तन खोजेको छ, उदारवादी चरित्रका राजनितीज्ञ चाहेको छ । लोभ लालचमा नपरी समाजलाई दिने मात्र संकल्प बोकेको त्यागी युवा मागेको छ, दाहालले भने । युवाहरुको साथ लिएर जनताको नेता हैन, सेवक हुन म राजनितिमा होम्मिएको हो, उनले भने । 
    आज आफुले राजनीतिको कखरा पनि नसिक्दै देखि नेतृत्वमा रहनु भएका नेतागणहरुले अझ नेतृत्वमा दावी गरिरहेको देख्दा अब पनि पुस्ता हस्तान्तरण नभए कहिले हुने हो ? दाहाल प्रश्न गर्छन् । 
    झापा जिल्ला कचनकवल गाउँ पालिका वार्ड नं ६ मा बसोबास गर्ने दाहालले सोही निर्वाचन क्षेत्रका राप्रपाका एक मात्र सांसद राप्रपा नेपालका अध्यक्ष पदका प्रत्यासी राजेन्द्र प्रसाद लिङ्देनको प्यानलबाट आफु केन्द्रिय सदस्य पदमा दावेदारी दिएका हुन् । 
    “मलाइ राजेन्द्र दाइको शालिनता, भ्रष्टाचार विरुद्धको कठोरता र परिवर्तन प्रतिको बफादारिता मन पर्छ, म राजेन्द्र दाइको साथ हिडेर मेरो आफ्नो क्षेत्रमात्र हैन, सम्पुर्ण देशको परिवर्तन गर्न अग्रसर हुन्छु। ” दाहालले भने । 
    पहिचानको मुद्दा जुरमुराएको समयमा आदिम सभ्यता बोकेको हिन्दु धर्मावलम्बीहरुको पहिचान विश्व जगतमा नेपालले मात्र बोक्न सक्ने र यो नै बिश्वमा नेपालको चिनारी बन्नेमा बिस्वस्त दाहाल आफुलाई मतदान गरेर कसैले पनि पछुताउन नपर्ने बताउछन् । 
    “म मेरा भोटर्सहरुको भावनासॅग खेल्दिन, त्यस्को प्रतिनिधित्व गरेर वहाँहरुको आवश्यकतालाई मेरो कर्तब्य बनाएर अघि बढ्ने प्रतिबद्धता जाहेर गर्दछु”, दाहलले थपे। 
    राजेन्द्र लिङ्देनको अध्यक्षतामा बन्ने केन्द्रिय समितिमा रही राप्रपा नेपाललाइ देशको अत्यावश्यक शक्ति बनाउन सम्पुर्ण प्रतिनिधिहरुमा दाहालले आव्हान गरेका छन।  राप्रपाको निर्वाचन शनिबार हॅुदैछ ।

    Posted in राजनीतिLeave a Comment on परिवर्तनको लागि दाहालको उम्मेद्बारी ।

    चितवन कांग्रेसका सभापति श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

  • १३ मंसिर २०७८, सोमबार १९:१२ मा प्रकाशित
  • नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

    उनले आज चितवनमा कार्यक्रम गरेर केन्द्रीय सदस्य उठ्ने घोषणा गरेको नेविसंघ नेता श्रीकृष्ण लामिछानेले सेतोपाटीलाई बताए।

    महाधिवेशन प्रतिनिधिहरूलाई सँगै राखेर श्रेष्ठले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए।

    उनले चितवनबाट अहिलेसम्म कांग्रेस केन्द्रीय सदस्य नरहेकोले आफूले यसपालि उम्मेदवारी दिन लागेको बताएका थिए।

    कांग्रेसले यही मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्दैछ। साभार सेतोपाटीबाट

    Posted in राजनीतिLeave a Comment on चितवन कांग्रेसका सभापति श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P