प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अर्को साता भारत जाने भएका छन्।
प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो।
प्रधानमन्त्री देउवा पुस २६ गते भारत भ्रमणमा जाने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागि भारत जान लागेको स्रोतको भनाइ छ।
प्रधानमन्त्री देउवालाई ‘गुजरात भाइब्रेन्ट’ कार्यक्रममा सहभागी हुन निम्तो आएको थियो। प्रधानमन्त्री देउवाले भारतमा रहँदा समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी पनि छ।
द्विपक्षीय हितबारे प्रधानमन्त्री देउवा र मोदीबीच कुराकानी हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा को-को रहनेलगायत भ्रमणका तयारी परराष्ट्रले थालिसकेको छ।
गुजरातमा जनवरी १० देखि १२ सम्म भाइब्रेन्ट गुजरात ग्लोबल समिट हुँदैछ। गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रान्त हो। २०१४ मा भारतीय प्रधानमन्त्री हुनुअघि उनी गुजरातका मुख्यमन्त्री थिए।
सन् २००३ देखि सुरू भएको भाइब्रेन्ट गुजरात ग्लोबल समिट दुई/दुई वर्षमा हुने गरेको छ।
भाइब्रेन्ट गुजरातमा विभिन्न देशका राष्ट्र र सरकार प्रमुख, मन्त्रीहरू, विभिन्न कम्पनीका सिइओहरू सहभागी हुन्छन्। समिटको उद्घाटन भारतीय प्रधानमन्त्री मोदीले गर्ने कार्यक्रम छ।
गत असारमा पाँचौं पटक प्रधानमन्त्री भएका देउवाले भारतको औपचारिक भ्रमण गरेका छैनन्।
यसपालि प्रधानमन्त्री भएपछि देउवा पहिलो विदेश भ्रमणका रूपमा कोप-२६ मा सहभागी हुन बेलायत गएका थिए।
काठमाडौं, २० पौष । रोशनी शाहीले नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरालाई फेरि विवादमा तान्न थालेकी छिन् । उनले महराले जेलबाट छुटाउन गरेको बाचा कसमको रेकर्ड आफूसँग सुरक्षित रहेको बताएकी छिन् ।
आज सामाजिक सञ्जालमा रोशनीले दुनियाँले आफूलाई महरासँग करोड खाएको भनिरहँदा त्यसबारे महराले पुष्टि गर्नुपर्ने लेखेकी छिन् । उनले पछिल्लो समय महराविरुद्ध पोष्ट गर्न थालेकी छिन् ।
महराविरुद्ध यौन दुव्र्यवहारको अभियोग दर्ता गरेकी रोशनीले पछि आफै छुटाउन सक्रिय भएकी थिइन् । रोशनीको बयानका आधारमा महरा छुट्ने अवस्था बनेको थियो ।
सामाजिक सञ्जालमा रोशनीले लेखेकी छिन्: महराले जेल बाट छुटाउन गरेको बाचा कसम राहुल ले गरेका म संग छुटाईदिनुपर्यो भनेर गरेका कुराहरुको रेकर्ड मेसेज सुरक्षित छ दुनियाले मलाई महरा संग करोड खाको कुरा महराले दुनिया संग भन्नुपर्छ मैले कति खाए भनेर पुष्टि गर्नुपर्यो (बास्टर )
कांग्रेस सिराहाका सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादवलाई एसपी हिराबहादुर पाण्डेले मध्यरात घरमै पुगेर गोली हान्ने धम्की दिएका छन् । सभापति यादवले नै जिल्ला प्रहरी कार्यालयको प्रमुखबाट आफूलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गराएको भन्दै गोली हान्ने धम्की दिएका हुन् ।
सरुवाको खबर पाएपछि आक्रोशित भएका एसपी पाण्डे सोमबार मध्यरात करिब साढे १ बजेतिर जिल्ला प्रहरीकै भ्यान लिएर धनगढीमाई नगरपालिका– ९ जिरोमाइलस्थित सभापति यादवको घर पुगेका थिए । सभापति यादवका अनुसार त्यसअघि पाण्डेले साढे १० बजेतिर फोनबाटै धम्क्याएका थिए ।
‘खाना खाएर सुत्ने तर्खर गर्दैगर्दा साढे १० बजेतिर पाण्डेले फोन गरेर मेरो सरुवा गराइदिनुभएछ, म आउँदै छु, अब देखाइदिन्छु भन्दै धम्याएका थिए,’ यादवले नयाँ पत्रिकासँग भने, ‘सरुवा भएको आक्रोश होला भन्ठानेर म सुत्न गएँ । करिब साढे एक बजेतिर ठुल्ठूलो स्वरमा कराइरहेको सुनेर म ब्युँझिएँ । घरको आँगनमा आएर एसपी पाण्डेले गालीगलौज गरिरहेका थिए । वेलावेलामा पेस्तोल निकालेर बाहिर निस्किन धम्क्याउँदै थिए । मैले तत्कालै गृहमन्त्री र सिराहाका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर त्यो सुनाएँ ।’
गृहमन्त्री र सिडिओलाई खबर गरेपछि करिब दुई बजेतिर जिल्ला प्रहरी कार्यालयबाट आएको टोलीले एसपी पाण्डेलाई लिएर गएको उनले जानकारी दिए । पाण्डेको सरुवामा आफ्नो कुनै भूमिका नरहेको पनि उनले बताए ।
गत ११ कात्तिकमा किसन धामीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई छुटाउन यादवले दबाब दिएको र आफूले नमानेपछि गृहमन्त्रीसँग साँठगाँठ गरी सरुवा गराएको एसपी पाण्डेले आफूनिकटहरूलाई बताएका थिए । धामीको हत्या आरोपमा प्रहरीले सुशील यादव र प्रमोद यादवलाई पक्राउ गरेको थियो । यादवले भने पक्राउ परेकाहरूलाई छुटाउन कुनै दबाब नदिएको दाबी गरेका छन् । मध्यरातको घटनाबारे बुझ्न खोज्दा एसपी पाण्डे सम्पर्कमा आउन सकेनन् । उनी सोमबार नै रवाना लिएर हिँडिसकेकाले घटनाबारे आफूले केही बताउन नसक्ने डिएसपी सुवास बुढाथोकीले बताए । पाण्डे गत ८ असारमा सिराहाको प्रहरी प्रमुखमा सरुवा भएका थिए ।
सिराहाका प्रजिअ लालबाबु कवारीले घटनाबारे गृह मन्त्रालयबाट छानबिन थालिएको जानकारी दिए । ‘घटनाको विषयमा बुझ्न सोमबार प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारसहितको टोली आएको थियो । टोलीले जिल्ला सभापति यादवसँग भेटघाट गरेर फर्किएको छ,’ प्रजिअ कवारीले भने, ‘छानबिन चलिरहेको छ ।’ यो खबर नयाँ पत्रिकाको आजको अनलाइन संस्करणमा छापिएको छ ।
Resham Chaudhary, who is serving live sentence at the Dilli Bazar Jail over the Tikapur incident, has registered a new party.
Chaudhary has got Nagarik Unmukti Party chaired by his wife Shrestha Ranjita registered at the Election Commission on Monday. Chaudhary tried to register the new party under him and has registered it under his wife after that was not possible.
Chaudhary had applied with the Department of Prison Management and the Election Commission on Sunday to go to the Election Commission for registration but was not allowed to go.
There was no resolution from big political parties and Madhes-based parties we were affiliated with. Madhes-based parties also were not seen to be taking any initiative. It won’t be done by others now. The issue of undivided Far West became a politicl agenda but that of Tharus did not,” Shrestha stated. “We are, therefore, forming a new party to create new identity of Tharus with conclusion that we won’t be cadres of other parties.”
Chaudhary was with Mahantha Thakur-led Loktantrik Samajwadi Party Nepal (LSP) after the split in Janata Samajwadi Party (JSP).
Resham Chaudhary is one of the main accused of the Tikpaur incident in which eight police personnel including an SSP of Nepal Police and a toddler were lynched on August 24, 2015.
The Kailali District Court had slapped life sentence on Chaudhary over the Tikapur incident and the Dipayal High Court endorsed the life sentence. The case is currently sub judice at the Supreme Court (SC).
Chaudhary has been at Dilli Bazar Jail after surrendering before the Kailali District Court on February 26, 2018.
He was sworn in as House of Representatives (HoR) member on January 3, 2019 even as the case was sub judice in the district court. He remained in judicial custody and was not allowed to attend the House meeting even after being sworn in. He lost the post of lawmaker after the district court gave life sentence.
Chaudhary, who was absconding after the Kailali killings, had surrendered before the Kailali District Court on February 26, 2018. Chaudhary had lodged the candidacy for federal parliament from Kailali-1 on Rastriya Janata Party ticket through an agent. He had won the election by a margin of around 19,000 votes securing 34,341 votes.
The government had filed a case against Chaudhary in the Kaliali District Court considering him to be one of the main accused of the Tikpaur incident. The Supreme Court (SC) in December, 2017 had refused to register a writ petition he tried to file through an agent on his behalf demanding he be released on date.
The single bench of Justice Tanka Moktan had ordered Chaudhary to seek legal remedy through the court if he were innocent when he again moved the SC against the administration’s decision to not register his petition. “The applicant must get acquittal through a legal process of the court if he were not guilty and the charges against him were false,” the bench had said. “Knowingly allowing an accused a means of receiving the facilities and rights provided by the state by evading or defying the court process will promote impunity in the country,” the bench had said.
The Kailali District Court then had slapped life sentence on him and the Dipayal High Court had endorsed the district court verdict.
काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतिय नागरिकलाई पक्राउ गरेर नेपाल ल्याएको छ । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १३ बर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले भारतिय नागरिक निकार अलीलाई पक्राउ गरेको छ ।
१५ दिनअघि उनलाई पक्राउ गरेपनि डिएनए रिपोर्ट आउन बाँकी रहेकाले प्रहरीले गोप्य राखेको छ । शंकास्पद अलीलाई नेपाल ल्याएपछि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका एआईजी प्रद्युम्न कार्की गत साता कञ्चनपुर गएका थिए । विधि विज्ञान प्रयोगशालामा डिएनए परिक्षणका लागी स्याम्पल पठाइएको तर, रिपोर्ट आउन बाँकी रहेको प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
निकार अलि कञ्चनपुर स्थित निर्मला पन्तको हत्या भएको ठाउँ नजिकै तरकारी खेती गर्थे । जग्गा भाडामा लिएर तरकारी खेती गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । डिएनए नमिलेसम्म उनलाई सार्वजनिक नगरिने बताइएको छ । कञ्चनपुरका एसपी उमा प्रसाद चतुर्वेदीले अनुसन्धान जारी रहेको र आधिकारीक प्रमाण आइनसकेको बताए । उनले भने–‘सोधपुछका लागी ल्याउने लैजाने कुरा भइरहन्छ, हामी गहिरो अनुसन्धान गरिरहेका छौं ।’ यसअघि पक्राउ गरिएका दिलीपसिंह विष्टको डिएनए नमिलेपछि उनलाई रिहा गरिएको थियो ।
पछिल्लो केही समयदेखि प्रदेश-२ का विभिन्न जिल्लामा सिके राउत नेतृत्वको जनमत पार्टीका गतिविधिका कारण तनाव बढेको छ।
आइतबार धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। राउतका कार्यकर्ता हातमा लाठी बोकेर बन्द गराउन हिँडेका थिए। पूर्व-पश्चिम राजमार्ग बन्द गराइरहेका सिके राउतका कार्यकर्तालाई हटाउन खोज्दा भएको झडपमा प्रहरीले अश्रुग्यास र रबरका गोली हानेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार झडपमा परी ८ जना प्रहरी र ५ जना आन्दोलनकारी घाइते भएका छन्। घाइते भएकामध्ये दुई जनालाई रबरको गोली लागेको छ। सिके राउतका कार्यकर्तालाई सडकबाट हटाउन प्रहरीले ११ राउन्ड रबरका गोली र १६ राउन्ड आश्रुग्यास हानेको थियो। सिके राउत पक्षबाट घाइते भएका पाँचै जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
यसअघि पुस १५ र १६ गते सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ सिके राउतका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग बन्द गरेका थिए। बन्द गराउँदै हिँड्ने २१ जनालाई प्रहरीले नियन्त्रण लिएर पछि छोडेको थियो।
पुस १४ गते सिके राउतका कार्यकर्ताले रौतहटको गौर नगपालिका -३ मा २ वटा सवारी साधनमा तोडफोड गरेका थिए। पुस १३ गते पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै जनमत पार्टीले सिरहामा आमहड्ताल गरेको थियो। त्यो दिन उनीहरूले प्रहरीका दुई वटा सवारी साधन तोडफोड गरेका थिए। पुस ११ र १२ गते पनि उनीहरूले सिरहाको मिर्चैयामा पूर्व-पश्चिम राजमार्ग बन्द गरेर झन्डै २० वटा सवारी साधनमा तोडफोड गरेका थिए।
जनमत पार्टीले आफ्ना यी गतिविधिहरूलाई किसान आन्दोलनको नाम दिएको छ। किसानका माग सरकारले पूरा नगरेको भन्दै उसले विभिन्न जिल्लामा राजमार्ग बन्दको घोषणा गरेको छ।
यो आन्दोलनको सुरूवात हुन्छ पुस ६ गते सिरहाको औरही गाउँपालिका-५ मा भएको एउटा घटनाबाट।
उक्त गाउँपालिकाले ६५० बोरा गहुँको बिउ स्थानीय किसानलाई बाँड्ने भनेर किनेको थियो। ४० किलोग्रामका ती बोरामध्ये ३२५ बाँडिसकिएको थियो बाँकी आधा बाँड्न बाँकी थियो। गाउँपालिकाको वडानम्बर ३ का किसानलाई बाँड्न भनेर बिउ वडा नम्बर ५ को प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको थियो।
बिहान ११ बजे बाँड्ने भनिएको बिउ बाँड्न गाउँपालिकाका कर्मचारी नआएपछि हो-हल्ला भयो। उपस्थित किसानले ‘लुटेर’ बिउ लगेर गए।
बिउ लुट्नेमा संग्लनहरूलाई प्रहरीले पक्राउ गर्यो। तीमध्ये एक जना जनमत पार्टीका सदस्य मिथलेश यादव पनि थिए।
आफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा जनमत पार्टीले त्यसपछि विभिन्न कार्यक्रम गर्यो र अहिले यो बढ्दै-बढ्दै राजमार्ग बन्दसम्म पुगेको छ।
आइतबार घाइते भएका आफ्ना कार्यकर्तालाई अस्पतालमा भेट्न पुगेका राउतले सञ्चारकर्मीसँग कुरा गर्दै प्रहरीले बर्बर दमन गरेको बताए।
‘प्रहरीले बन्द गर्न नदिएर दमन गर्न थालेपछि स्थानीय जनता ओर्लिए। त्यसपछि प्रहरीले अन्धाधुन्ध लाठी चार्ज गरेको छ। रबरको गोली मात्र नभएर अर्को गोली पनि चलाएको हामीले पाएका छौँ,’ उनले भने, ‘यो नश्लीय प्रहरीले बन्दुकको दम्भ देखाएको उदाहरण हो।
दमन बन्द नभए किसान आन्दोलन नयाँ तरिकाले अझै सशक्त रूपमा अघि बढ्ने र बन्द गर्न आफूहरू बाध्य हुने उनको भनाइ थियो।
जनमत पार्टीका महासचिव चन्दनकुमार सिंहले आफूहरूले किसानका जायज माग राखेर आन्दोलन गरिरहेको बताए।
सिंहले किसान कार्डको व्यवस्था, किसानको लागि पेन्सन, बालीनालीको स्वत: बीमा, कृषि मिटरको बिजुली नि:शुल्क, मलखाद र बिउबिजनको व्यवस्था, बाली क्षतिपूर्तिबापत् राहत, फसलको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानीलगायत माग राखेर आफूहरूले आन्दोलन गरिरहेको बताए।
अहिले किसानले गहुँको बिउ र मलखाद पाएनन् भने तपाईंहरू चैत-वैशाखमा के खानुहुन्छ? हामीले किसानका मुद्दा उठाएर आन्दोलन गरेका हौं,’ उनले भने,‘सरकार हाम्रा मागको बेवास्ता गर्दै दमनमा उत्रिएको छ।’
उनले आन्दोलन घोषणा गर्नुअघि सरकारका विभिन्न निकायलाई आफ्ना मागबारे ज्ञापन पत्र बुझाएको बताए। कहिले-कहिले क-कसलाई ज्ञापन पत्र बुझाइएको हो भन्नेचाहिँ उनले खुलाउन सकेनन्।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जनमत पार्टीले केन्द्र सरकारलाई आफ्ना मागहरू राखेको र आफूहरूसमक्ष केही कुरा नराखेको बताए।
जनमत पार्टीका महासचिव सिंहले पनि प्रदेश सरकारले आफ्ना मागहरू पूरा गर्न नसक्ने भएकाले केन्द्र सरकार यी विषय सम्बोधन गर्नु पर्ने बताए।
‘प्रदेश सरकारले हाम्रा मागमा केही गर्न सक्दैन। केन्द्र सरकारले उच्च स्तरीय समिति बनाउनुपर्छ,’ सिंहले भने,‘हाम्रा माग सुनुवाइ नभएसम्म आन्दोलन जारी रहन्छ।’
धनुषाका प्रजिअ बास्तोलाले आज मुख्यमन्त्री लालबाबु राउतसँग समेत कुरा भएको बताए।
‘मुख्यमन्त्रीज्युले राजनीतिक रूपमा गर्नुपर्ने कुरा हामी गर्छौं, राजमार्ग अवरूद्ध हुन नदिनु भन्नुभयो,’ उनले भने।
केन्द्र सरकारले भने सिके राउतको पार्टीले गरिरहेका हिंसात्मक गतिविधि नियन्त्रण गर्न सिडिओ कार्यालयलाई नै जिम्मा दिएको छ।
गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले स्थानीय प्रशासन ऐन २०२८ अनुसार शान्ति सुरक्षा कायम गर्न सिडिओ कार्यालयहरूलाई निर्देशन दिइएको बताए।
‘उहाँहरूका के माग छन् त्यो सम्बन्धित मन्त्रालयले हेरिरहेको होला। हाम्रो काम शान्ति सुरक्षा कायम गराउने हो,’ कोइरालाले भने,‘कसैले राजमार्गमा बन्द, हड्ताल गर्न र सार्वजनिक/निजी सवारीमा क्षति पुर्याउन पाउँदैन। त्यस्तो गर्नेलाई कानुनअनुसार कारबाही गर्न हामीले सिडिओ कार्यालयलाई निर्देशन दिएका छौं।’ copied:setopati
काठमाडौ : सरकारले ‘तमु ल्होसार’को अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
भोलि देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकाय बन्द रहनेछन्।
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी भोलिदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँछन्। ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।
काठमाडौँ । आज मंगलबार सिरहामा आमहड्ताल आह्वान गरेको जनमत पार्टीका प्रमुख सीके राउतले सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई धम्की दिएका छन् । राउतको सचिवालयको आधिकारिक फेसबुक पेजमार्फत एसपी पाण्डेलाई जनकारबाही गर्ने धम्की दिइएको हो ।
मंगलबार बिहान एक पोस्ट गर्दै राउतको सचिवालयले गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै व्यवहार सुधार्न चेतावनी दिएको छ ।
यदि प्रहरीले व्यवहार सुधार नगरे एसपी पाण्डेलाई सिरहा बजारको बीच चोकमा जनकारबाही गर्ने धम्की दिएको हो । फेसबुक पेजमा भनिएको छ, ‘गिरफ्तार गरिएका आन्दोलनकारीसँग दुर्व्यवहार भइराखेको, जाडोमा कपडासमेत उपलब्ध नगराएको, लगाएको ज्याकेट पनि खोल्न लगाएको, परिवार र वकीलसँग सम्पर्क गर्न नदिएको र प्राथमिक उपचार समेत गर्न नदिएको समाचार आएको छ । यदि २४ घण्टाभित्र हिरासतमा रहेका आन्दोलनकारीसँग व्यवहार र सुविधामा सुधार भएन भन्ने कारबाही गर्न जनतालाई पनि आउँछ । सिरहा बजारको बीच चोकमा जनकारबाही हुन्छ ।’
उक्त पाेस्टमा थप भनिएकाे छ, ‘२०७३ सालमा स्वराजीको डरले गहुँ खेतमा सुसु गर्नु परेको सम्झना होला नै । फ्रान्सेली क्रान्तिमा जनताले शासकलाई कसरी चौबाटोमा सजाय दिएका थिए, थाहा नै होला ।’
जनमत पार्टीले आम हड्ताल घोषणा गरेपछि स्थानीय प्रशासनले आज र भोलि २ दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । यसले गर्दा झडपको सम्भावना समेत बढेको छ ।
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन्।
आइतबार ३ बजे हुने उद्घाटन कार्यक्रमका लागि शुभकामना दिन बोलाइएका एमाले अध्यक्ष ओली काठमाडौं बाहिर भएकाले उपस्थित नहुने भएका छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार ओली काठमाडौं बाहिर भएकाले उद्घाटन सत्रमा सहभागी नहुने र कोही प्रतिनिधि पठाउने भएका छन्।
स्थायी कमिटीबाट राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको माओवादीले अन्य दललाईसमेत निम्तो गरेको छ।
मल्लकाअनुसार महाधिवेशनमा रूपान्तरण गरेसँगै उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको छ। महाधिवेशनमा रूपान्तरणसागै थप आवश्यक तयारी गर्नुपर्ने भएकाले उद्घाटन सत्र दुई घण्टा पछाडि सार्दै आज ३ बजेदेखि सुरू हुने माओवादीले जनाएको छ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका महत्वपूर्ण महाशखाका प्रमुख नेकपा माओवादी उपत्यका विशेष केन्द्रको प्रदेश कमिटीको सदस्य भएको खुलेको छ ।
त्रिवि समन्वय महाशाखाको निमित्त प्रमुखको जिम्मेवारीमा रहेका दीपक तिवारी पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका छन् ।
त्रिविका शिक्षक र कर्मचारीको अध्ययन वा कुनै बिदा बस्दा स्वीकृत गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका निमित्त प्रमुख तिवारीलाई प्रदेश कमिटीको सदस्य भएपछि फेसबुकमै बधाई दिइएको छ ।
दलका कार्यकर्ता भएका शिक्षक र कर्मचारीलाई कारबाही गर्ने चेतावनी सहितको सूचना जारी गरेपछि राजनीतिमा लागेका शिक्षक र कर्मचारीले दुईमध्ये एक क्षेत्रबाट राजीनामा दिनुपर्ने हुन्छ । महाशाखा प्रमुख तिवारीले आफूले पार्टीबाट असोज मै राजीनामा दिएको बताएका थिए ।
तर, उनलाई मंसिरमा बधाई दिएका थिए । तिवारीले भने – ‘मैले त प्रदेश कमिटीको निर्वाचन हुनुअघि नै राजीनामा दिइसकेको छु । म त्रिविको कर्मचारी हुँ पार्टीमा आबद्ध छैन ।
उनले पार्टीलाई दिएको राजीनामाबारे जानकारी गराउने बताएका थिए । स्रोतका अनुसार पार्टीको जिम्मेवारीबाट उनले राजीनामा दिएका छैन ।
यसअघि सरस्वती बहुमसखी क्याम्पसका उपप्रध्यापक प्रमोदहरी गुरागाईंले पदबाट राजीनामा दिएका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।