‘तमु ल्होसार’को अवसरमा भोलि सार्वजनिक बिदा

  • १४ पुष २०७८, बुधबार २०:१७ मा प्रकाशित
  • काठमाडौ : सरकारले ‘तमु ल्होसार’को अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

    भोलि देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकाय बन्द रहनेछन्।

    गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी भोलिदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँछन्। ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।

    Leave a Reply