उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरूङ र विष्णु रिमालविरूद्ध पनि परेन उम्मेदवारी
नेकपा एमालेको दसौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन जना उपमहासचिव निर्विरोध चुनिने भएका छन्।।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा पनि प्रदीप ज्ञवाली, पृथ्वीसब्बा गुरूङ, विष्णु रिमालविरूद्ध निर्धारित समय कसैले उम्मेदवारी नदिएपछि उनीहरू निर्विरोध ती पदमा चुनिन लागेका हुन्।
यसअघि आइतबार राति अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि उनीहरूको नाम बन्दसत्रमा पेस गरेका थिए।
यी पाँच जनाबाहेक अरू पदाधिकारीमा भने चुनाव हुने भएको छ।
ओलीले फेरि एमाले अध्यक्ष बन्न भीम रावलको सामना गर्नु पर्ने भएको छ। ओली र रावल दुबै जनाले उम्मेदवारी दर्ता गरिसकेका छन्।
त्यस्तै उपाध्यक्षमा पनि चुनाव हुने भएको छ।
ओलीले विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङलाई सर्वसम्मत उपाध्यक्ष बनाउन प्रस्ताव गरेका थिए। उनीहरूविरूद्ध उपमहासचिव घनश्याम भुसालले सोमबार उम्मेदवारी दिएका छन्।
सचिवमा पनि चुनाव हुने भएको छ। सचिवमा ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई प्रस्ताव गरेका थिए।
ओलीको प्रस्तावमा असहमति जनाउँदै भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन्।
काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को जारी १०औं महाधिवेशनमा अहिले ११ घण्टा ढिलो गरेर बन्दसत्र सुरु हुन लागेको छ। तर, बन्दसत्रअघि अध्यक्ष मण्डलको बैठक जारी छ । उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ केन्द्रीय कमिटीको नाम अघि सारेका छन् ।
ओलीले अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा भने शंकर पोखरेलको नाम अघि सारेको स्रोतको दाबी छ । महासचिवमा यसअघि पोखरेल र विष्णु पौडेलको दाबी रहेको थियो । तर, अध्यक्ष ओलीले पौडेलर्ला विश्वासमा नै लिएर शंकरलाई महासचिवमा अघि सारेको बुझिएको छ ।
ओलीले अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा भने शंकर पोखरेलको नाम अघि सारेको स्रोतको दाबी छ । महासचिवमा यसअघि पोखरेल र विष्णु पौडेलको दाबी रहेको थियो । तर, अध्यक्ष ओलीले पौडेलर्ला विश्वासमा नै लिएर शंकरलाई महासचिवमा अघि सारेको बुझिएको छ ।
ओलीले पेश गरेको नामावलीमा भीम रावललगायतले असहमति जनाए ती पदमा चुनाव हुने पनि एमालेले तयारी गरेको छ । अहिले अध्यक्ष मण्डलको बैठक जारी छ । File Photo
उच्च अदालत पाटनबाट गैरआवासीइ नेपाली संघको आसन्न निर्वाचन र १० औं महाधिवेशन सम्बन्धी सम्बन्धी परराष्ट्र मन्त्रालयका पत्रहरु कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ ।एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार अदालतले आइतवार सो आदेश जारी गरेको हो । आदेश पछि संघको निर्वाचनको लागि बाटो खुलेको छ ।
काठमाण्डाै – नेकपा एमालेको दशौँ महाधिवेशनको बन्दसत्रमा नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको छ ।
सर्वसम्मत रुपमा नाम प्रस्ताव गर्ने जिम्मेवारी पाएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नामावली तयार गर्ने काम गरिरहनुभएको नेताहरुको भनाइ छ । तर पदाधिकारी र केन्द्रीय सदस्यमा आकाङ्क्षी धेरै भएपछि नामावली तयार गर्न सकस भएको छ । बन्दसत्र सुरु हुनुअघि नै ओलीले सर्वसम्मत रुपमा नेतृत्वको प्रस्ताव तयार पार्ने नेताहरूले बताएका छन् ।
हिजो बेलुका बन्द सत्रमा अध्यक्ष ओलीलाई नाम सिफारिसका लागि सबै अधिकार दिने प्रस्ताव भएअनुसार आज बिहानैदेखि सहमतिको प्रयास चलिरहेको छ । तर नामावली तयार गरी घोषणा गर्ने प्रस्तावमा अध्यक्षका दाबेदार भीम रावल र उपाध्यक्षका आकाङ्क्षी घनश्याम भुसालको असहमति छ ।
दुई नेताको असहमति रहे पनि बन्दसत्रले नामावली पास गरेपछि निर्वाचन कमिटीले औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी छ । कुनै पदमा कसैको असहमति रहेमा मनोनयन दर्ता गरेर चुनावमा जाने तयारी छ । एमालेमा अबको ५ वर्षका लागि नेतृत्व छान्न देशभरिबाट २ हजार १ सय ७५ प्रतिनिधि चितवनको सौराहामा जम्मा भएका छन् ।
गएको शुक्रवारदेखि सुरु भएको दशाैँ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सक्ने कार्यतालिका छ ।
वीरगंज, ११ मंसिर / नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनको अन्तर्गत हुने अधिवेशन गराउन पर्सा आएका प्रमुख निर्वाचन अधिकृत नरेन्द्र केसी आफू खुशी मनोमानी ढङ्गले मनोनयन पत्र दर्ता गरी चुनावी प्रक्रियालाई बिथोल्ने षड्यन्त्र गरिरहेको बुझिन आएको छ ।
मुख्य निर्वाचन अधिकृत केसीले व्यक्तिगत मोहमा परेर नेपाली काँग्रेसको चुनावी प्रक्रियाको बैधानिक नीति विपरीत पर्सामा पटक पटक मनोनयन पत्र दर्ता गर्ने समय थपेर कानूनी राज्यको खिल्ली उड़ाई रहेका छन् ।
नेपाली काँग्रेसको प्रदेश र केन्द्रिय महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियाको लागि चुनावी प्रक्रिया अन्तर्गत शनिवार मनोनयन पत्र दर्ता गर्ने समय सीमा साँझ ५ बजे सम्म निर्धारण गरिएकोमा एक घण्टा थपेर साँझ ६ बजे कायम गरिएको थियो तर मुख्य निर्वाचन अधिकृत नरेन्द्र केसी भने केहि व्यक्ति विशेषको प्रलोभन र प्रभावमा परेर निर्वाचन नै बिथोल्ने गरि समय सीमा समाप्त भए पश्चात पनि मनोनयन पत्र दर्ता गर्ने कार्य गरिरहेको समाचार सार्वजनिक भएका छन् ।
मुख्य निर्वाचन अधिकृत केसीको गैर व्यवसायिक व्यवहार र सांठगांठ कै कारण जिल्लामा पालिका तहको अधिवेशन हुन नसकेको आरोप छ ।
प्रजातान्त्रिक पद्धति र कानूनी मूल्य मान्यतालाई मान्ने पर्साका सभ्य काँग्रेसीहरूलाई जिल्याउने गरि प्रमुख निर्वाचन अधिकृत केसी कसको प्रभावमा परेर यस्तो गैर व्यवसायिक गतिविधि गरिरहेका छन् ? भन्ने प्रश्नको जवाफमा केहि जवाफ दिन चाहेनन् ।
भरतपुर, चितवन। नेकपा एमालेको दशौं राष्ट्रिय माहाधिवेशन शुक्रबारदेखि चितवनको भरतपुरमा शुरु भएसँगै संसारभरका प्रजातान्त्रिक दल र छिमेकीका मुख्य दल एवं कम्युनिष्ट पार्टीका नेताहरु चितवन पुगेका छन्।
तर, विदेशी नेताहरुको यो हुलमा नेपालको सीमा जोडिएको उत्तरी छिमेकी मुलुक चीनको कम्युनिष्ट पार्टी वा सरकारका कुनै प्रतिनिधि सहभागी छैनन्। दुनियाभरका नेता सहभागी भएको एमालेको अधिवेशनलाई चीनले किन बहिस्कार गर्याे ? यो प्रश्नले कुटनीतिक क्षेत्रमा एकाएक सनसनी मच्चिएको छ।
नेपालको कुटनीतिक क्षेत्रले नेकपा एमालेको दशौं महाधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीको माथिल्लै तहका नेताको सहभागिता रहला भन्ने अनुमान गरेको थियो। तर, जव उद्घाटन सत्रमा कार्यक्रमका सञ्चालक एमालेका प्रबक्ता एवं पूर्वपरराष्टमन्त्री प्रदीप ज्ञवालीले विदेशी पाहुनाहरुबारे जानकारी दिने क्रममा चीनको कम्युनिष्ट पार्टीबाट पनि शुभकामना सन्देश प्राप्त भएको भन्दै प्रतिनिधि नआएको बारे जानकारी दिए त्यसपछि कुटनीतिज्ञ बृत्तको अनुमान मिलेन।
नेकपा एमालेका अध्यक्ष तिनै नेता हुन् जो प्रधानमन्त्री भएका बेला चीनसँग व्यापार तथा पारवाहन सन्धि गर्न सफल भएका थिए। सन् २०१५ मा भारतले लगाएको अमानवीय नाकबन्दीको डटेर मुकाविला गर्दा ओलीले उत्तरी छिमेकी मुलुक चीनको साथ पनि खोजेका थिए। भलै उनले चाहेजस्तो साथ त पाउन सकेनन् तै पनि नकावन्दीबाट राहत पाउन केही पेट्रोलियम पदार्थको सहयोग चीनले त्यो बेला पनि गरेको थियो।
भारतले हुन्न भन्दा भन्दै पनि ओली नै त्यस्ता नेता थिए जसले प्रधानमन्त्री भएका बेला चीनसँगको सम्बन्धलाई प्राथमिकतामा राखेर अघि बढाउन सफल भएका थिए। ओली आफू पनि चीन भ्रमणमा गए र राष्टपति विद्या भण्डारीलाई पनि चीन भ्रमणको चाजो पाँजोमात्र मिलाएनन्, चीनका शक्तिशाली राष्टपति सी जिङ्ग पिङ पनि उनकै कार्यकालमा नेपाल भ्रमणमा आएका थिए।
भारतले भ्रमण रोक्न यावत प्रयत्न गरेको कुरा सार्वजानिक हुँदा पनि सीले नेपाल भ्रमण गरेरै छाडेका थिए, ओलीले उनको भ्रमणको सम्पूर्ण सुरक्षाको ग्यारेन्टी पनि दिएका थिए र चीनले सो कुरालाई पत्याएको पनि थियो। ओली र नेपालका लागि चीनकी राजदूत यान्सीका बीच निरन्तर भेटवार्ता भइरहेका समाचारहरुमा पनि सार्वजानि भइरहेका हुन्थे त्यसबेला जतिबेला ओली प्रधानमन्त्री थिए।
यी समाचारहरुले छिमेकी मुलक हैरान थियो र भारतीय मिडियाहरुले त यान्सी र ओलीलाई प्रेमी प्रेमिका भनेरसमेत आरोपित गरी पटक पटक समाचार प्रकाशित गरेका थिए, जसलाई नेपाली जनताले जनस्तरबाटै विरोध गरेका थिए।
यति राम्रो सम्बन्ध हुँदा हुँदै ओली नेतृत्वको नेकपा एमालेको महाधिवेशनमा चीनको सहभागित नहुनु एक हिसावले शुभकामना सन्देशमात्र पठाएर आफू खुसी नभएको सन्देश ओलीलाई दिनुको राज के हो ? ओलीको शासनका उत्तरार्ध दिनहरुमा चीन तत्कालीन नेकपा एक भएको हेर्न चाहन्थ्यो, पार्टी विभाजन नहोस् भनेर चीनले पटक पटक प्रयासमात्र गरेको थिएन, मिल्नका लागि चीनले के योगदान दिनुपर्छ दिन तयार रहेको सन्देश पनि ओलीसहितका नेतालाई दिएको थियो।
चीनले पछिल्ला दिनहरुमा ओलीले सत्ता छाडेर नै भएपनि पार्टी एकता जोगाउनु पर्ने धारणा राख्न थालेको थियो। जुन कुरा ओली र उनी समर्थकका लागि पाच्य थिएन। यही कारण चीन ओलीसँग चिढिँदै गएको थियो र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नजिकिँदै गएको थियो। शायद यही घटनाको परिणाम हुन सक्छ चीनले आफ्नो नाराजगी महाधिवेशनमा सन्देशमात्र पठाई वहिस्कार गरेर नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीसमक्ष दर्शाएको छ।
काठमाडौं, मंसिर १० । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु हुँदैछ। आज दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन उद्घाटन तथा ११ र १२ गते सौराहामा बन्दसत्र एवं नेतृत्व चयन गर्ने कार्यक्रम हुन गैरहेको छ। महाधिवेशनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली शर्मासहित शीर्ष नेताकार्यकर्ता चितवन पुगिसकेका छन् । महाधिवेशनमा भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशबाट प्रतिनिधि सहभागी हुनेछन् । चिनियाँ कम्युनिस्ट पार्टीको भिडियो सन्देश आएको जनाईएको छ । पाँच लाख कार्यकर्ता उद्घाटन सत्रको तयारीको लागि भरतपुरका ठाउँ-ठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्। तुल, ब्यानर, झन्डाले चितवन एमालेमय बनेको छ।
महाधिवेशन उद्घाटन अघि गैंडाकोट र भरतपुरका गरी विभिन्न सात स्थानबाट र्याली निकालिनेछ। चितवनमा ठूलो संख्यामा कार्यकर्ता उतार्न एमालेले जिल्ला–जिल्लाबाट बस रिजर्भको व्यवस्था गरेको छ ।
बन्दसत्र स्थल सौराह पनि झकिझकाउ पारिएको छ। उद्घाटन स्थलमा करिब पाँच सय जना अट्ने मञ्च तयार गरिएको छ।
सबैजनाले उद्घाटन स्थलमा पुगेर कार्यक्रम हेर्न नसक्ने भएकाले गैंडाकोट र नारायणगढ बजारका विभिन्न ठाउँमा डिजिटल बोर्ड राखेर उद्घाटन सत्रका कार्यक्रम हेर्न सक्ने व्यवस्था मिलाइएको छ।
उद्घाटन स्थलमा पाँच हजार स्वयंसेवक परिचालन गरिने जनाईएको छ। बन्द सत्र शनिबार बिहान ८ः३० बजे सुरु हुने छ।
प्रहरीले नै चलाएको गोलीबाट प्रहरीसहित सात घाइते, गम्भीर घाइतेलाई बुटवल लगिँदै
दाङ- नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन अन्तर्गत प्यूठानमा मतगणनाकाे क्रममा मंगलबार बेलुकी भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएकाे गाेली लागेर प्रहरीसहित ७ जना घाइते भएका छन्।
गाेली लागेर गम्भीर घाइते भएकाहरुलाई थप उपचारको लागि बुटवल लगिँदै छ।
प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले गाेली नचलेकाे भन्दै प्रहरीकाे बचाउ गरेका थिए।
घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार प्रहरीले ४ राउन्ड गाेली चलाएकाे थियाे । प्रहरीले आफैँ चलाएको गाेली खुट्टामा लाग्दा प्रहरी जवान घाइते भएका छन्।
उनीसहित तरुणदल प्युठानका उपाध्यक्ष राेयल कृष्ण र बिजय रिजाललाई बुटवल रिफर गरिएको छ। अन्य घाइते कुबेर घर्ती, कमल घर्ती, खेमराज पण्डित लगायतकाे प्युठान जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ ।
मतगणनाकाे क्रममा पाैडेल पक्षका उम्मेदवार बिष्णु गिरीले अग्रता लिएपछि देउवा पक्षले ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयाेग गरेकाे र साे क्रममा गाेली समेत चलेकाे थियाे ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रियामाथि परराष्ट्र मन्त्रालयले फेरि हस्तक्षेप गर्दै नयाँ नेतृत्व छनौट थप अनिश्चित बनाइदिएको छ । एनआरएनएका अनुसार परराष्ट्र मन्त्रालयसँग समन्वय गरी निर्वाचन आगामी मंसिर २९ (डिसेम्बर १५) मा गर्ने तालिका सार्वजनिक भएको थियो । गत शुक्रबार उक्त समयतालिका सार्वजनिक भएपछि परराष्ट्रले फेरि पत्राचार गर्दै अर्को निर्देशन जारी गरेको हो । निर्वाचन समयतालिका सार्वजनिक गरेकै दिन गत शुक्रबार नै परराष्ट्रले पत्र काटेर निर्वाचन गराउने जिम्मेवारी एनआरएनएको संरक्षक परिषदलाई तोकिदिएको छ । जसको नेतृत्व एनआरएनएका पूर्व अध्यक्ष शेष घलेले गरिरहेका छन् । ‘एनआरएनएको इतिहासमा सरकारबाट पहिलोपटक निरन्तर हस्तक्षेप खेपिरहनु परेको छ,’ अध्यक्ष कुमार पन्तले भने, ‘परराष्ट्रको यो नांगो हस्तक्षेप हो । संस्था नियन्त्रणमा लिएर आफूले चाहेको व्यक्तिलाई जिताउने खेलमा परराष्ट्र मन्त्रालय लागिपरेको छ ।’
एनआरएनएको निर्वाचन समय तालिका परराष्ट्रले दोस्रो पटक स्थगित गरिदिएको हो । सुरुमा एनआएनएको निर्वाचन समय तालिका कात्तिक ३ गतेका लागि तोकिएको थियो । महाधिवेशन प्रतिनिधिहरुको विवाद रहेको भन्दै परराष्ट्रले उक्त निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो । ‘हामीले विधिसम्मत तरिकाले निर्णय गर्ने, परराष्ट्रसँग समन्वय गरेर नै अर्को निर्वाचनको तालिका सार्वजनिक गरेका थियौँ’ अध्यक्ष पन्तले भने, ‘फेरि पनि हस्तक्षेप गर्दै निर्वाचन प्रक्रिया स्थगित गराएर एनआरएनए अभियान र संस्थालाई कमजोर बनाउने काम भएको छ ।’
परराष्ट्रले हाल पन्त नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय परिषद्को वैद्यतामाथि पनि प्रश्न उठाउँदै तीन बुंदे निर्देशन दिएको छ । ‘वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यकाल पुरा भइसकेको हुँदा त्यस परिषदले संस्थालाई असर गर्ने कुनै कार्य नगर्नु नगराउनू’ परराष्ट्रले एनआरएनएलाई दिएको निर्देशनमा भनिएको छ, ‘विगतको प्रचलित अभ्यास अनुसार वर्तमान राष्ट्रिय समन्वय परिषदले सिफारिस गरी पठाएका महाधिवेशन प्रतिनिधिहरुलाई मान्यता दिनू ।’
अर्को निर्देशनमा निर्वाचन गराउने जिम्मा घलेलाई दिइएको छ । ‘हाल संघमा देखिएका विवादहरुको सामधान गरी २०२१ भित्र दशौं अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने कार्य विधानको धारा १६ बमोजिम गठित संरक्षक परिषदबाट मात्र गर्नु, गराउनु ।’
विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले साझासँग एकीकरण गर्नु गल्ती भएको भन्दै माफी मागेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै गत मंसिरमा विवेकशील र साझा पार्टीको एकीकरण हुँदा नेतृत्वको हिसाबले आफूबाट गल्ती भएको बताए ।
पछिल्लो समय विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्र र पाण्डे समूहबीच वैचारिक मतभेद छ । मिश्र समूहले संयोजक पाण्डेको अधिकार खोसेर भूमिका विहीन बनाएको छ । मिश्र समूह सङ्घीयता र धर्म निरपेक्षता खारेजीको पक्षमा उभिएपछि उनले भने, ‘आज दुःखको कुरा के भयो भने सुसंस्कृत राजनीतिमा अर्को पक्षले लेखेकै र भएकै सहमति मान्नु मेरो गल्ती भयो भन्नुपरेको छ।’
साझासँग एकीकरण हुँदा विवेकशीलबाट छुटिएका १३ जनासँग पाण्डेले माफी समेत मागेका छन् । ‘आज वैकल्पिक राजनीतिमा लप्पनछप्पन नजान्दा यो परिस्थिति आएको हो। तसर्थ, तत्कालीन हिसाबबाट विवेकशील र साझाको एकीकरणको नेतृत्व मैले गरेको हुँदा म तपाईँहरू १३ जनासँग माफी माग्छु।’
साझासँग एकीकरण हुँदा विवेकशीलबाट छुटिएकाहरुले नयाँ दल दर्ता गरेपछि बधाइ दिँदै विवेकशील आन्दोलनलाई न्याय गर्नेमा विश्वास व्यक्त गरे ।
वैकल्पिक राजनीतिको अभियान र साङ्गठनिक रूपमा पनि छिट्टै भेट हुने पाण्डेले बताए । ‘छिट्टै अभियानमा भेट हुने नै छ। साङ्गठनिक रूपमा पनि छिट्टै नै हामी संगै नै हुनेछौँ । फेरि पनि, तपाईँहरूलाई शुभकामना छ। उज्वल दाइले र हामी सबैले देखेको सपना मर्ने छैन। हामी सबै मिलेर हाम्रो त्यो सामूहिक सपना साकार गर्नेछौँ,’ उनले भने ।