• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

साताका तीन लघुकथा- ४५

  • १७ मंसिर २०८०, आईतवार २१:११ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (४५औँ) शृङ्खलाका लागि लघुकथाकार घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को लघुकथा ‘यो कस्तो सम्बन्ध’, लघुकथाकार म्यामराज राईको लघुकथा ‘रमणको निर्णय’ र लघुकथाकार श्रीकृष्ण पौडेलको लघुकथा ‘आश्रम’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथा: यो कस्तो सम्बन्ध

    ✍️ घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’
    बाजा बजाएरै परम्परागत रूपमा भएको थियो, दीपकको बिहे दीपासँग । बिहेपछिका ६ महिना, उनीहरूको सम्बन्ध सुखद नै रह्यो । मध्यपूर्वि देश बहराइनका लागि दीपकको भिसा लाग्यो । महिनाको १ लाख कमाउन बहराइन उड्यो, दीपक ।

    दुई वर्ष बहराइन बसेपछि दीपक घर फर्कियो । उसले दीपालाई भन्यो- “मेरो यो मन र शरीर तिम्रैलागि चोखो छ । अब त विदेश पनि फर्कन्नँ ।”

    दुई वर्ष अघि उसलाई निकै माया गर्ने दीपा तर अहिले किन हो मरुभूमिझैँ बनेकी थिई, दीपकका लागि । उसका दिनहरू असमञ्जस ढङ्गले र रातहरू चिसै बिते ।

    एक बिहान ४ बजेतिर दीपक झस्किएर ब्युँझियो । एउटै कोठाको अर्को पलङमा सुतेकी दीपा, ओछ्यानमा थिइन । सोच्यो, ‘रेस्टरुम पसी होलिन् ।’ ऊ फेरि निद्रामा पर्यो । फेरि ब्युँझँदा बिहानको ६ बजिसकेको थियो । उसले आफ्नो ओछ्यान छोड्यो र रेस्टरुममा पस्यो । हातमुख धोयो । भान्सामा पस्यो । त्यहाँ टेबलमा मर्निङ टि थिएन । जबकि हरेक बिहान उठ्दा उसले टेबलमा बाफ उडिरहेको चियाको कप देख्थ्यो र देख्थ्यो आफ्नी दीपालाई ।

    उसले घरका सबै कोठा चहार्‍यो, वरपर घुम्यो, बाहिर गयो, करेसाबारी नियाल्यो, बाथरुममा हेर्‍यो तरपनि दीपालाई कतै देखेन । डङ्ग्रङ्ग ओछ्यानमा पल्टियो । जुरुक्क उठेर सिरानी पल्टायो । त्यहाँ एउटा कागजको चिर्कटो थियो ।

    उसले त्यो चिर्कटो खोलेर पढ्यो- “दीपक, तिमीले मलाई छोडेर विदेश हान्निएपछि तिम्रो अभाव उही मेरो स्कुले प्रेमीले पूरा गरेको हो । विदेश नजाऊ, यहीँ दुखसुख बाँचौँला भनेकै थिएँ तर सुनेनौ, टेर्दै टेरेनौ । म तिमीबाट धेरै टाढा गैसकेकी छु । मलाई धोखेबाज नभन्नू ल ! फ्रिजमा तिमीलाई दुई दिनलाई पुग्ने खाना पकाएर राखिदिएकी छु, खानु । यो बिटुलो शरीर तिमीसँग भएर अब के गर्नु ! मेरो कोख उसैले उर्वर बनाइसक्यो !”

    ठेगाना : राप्ती नगरपालिका-८, चितवन
    रचना मिति : २०८० कार्तिक १५ गते ।

    २)
    लघुकथा: रमणको निर्णय

    ✍️ म्यामराज राई
    “साबार्जे बुढालाई हप्तादिन पुग्ने पिण्ड दिएछन् रे नि, बुवा हजुर !” दमनले गाउॅंको भाइसित फोनमा बोलेको प्रसङ्ग निकाल्यो ।
    खुत्रुके हल्लाउॅंदै पुन: बोल्यो- “हजुरको लागि झन् जोडा साता जति पुग्ने जम्मा हुनै लाग्यो ।”

    रमणले केही नबोली छोरोलाई सुनिरह्यो मात्र । आफ्नो लागि खुत्रुकेमा जम्मा हुँदै गरेको थाहा पाएर मनमनै मुस्कुरायो ।

    “मदेखि रिसाइसेको हो र, बुबा हजुर ?”
    “छैन । किन रिसाउनु ?” आफ्नो ओछ्यानतिर नजर डुलाउॅंदै छोटोमा छोरोको जवाफ फर्कायो ।

    दमन काममा निस्कियो । तोकिएको समयावधि काम गरेर साँझपख फर्क्यो । एउटा मोहर हातमा खेलाउॅंदै खुत्रुकेतिर सरासर गयो । तर, राखेको ठाउॅंमा खुत्रुके थिएन । उसले कोठाचोटा खोजे पनि भेटेन ।
    “बुबा हजुरले खुत्रुके देखिसियो ?”
    देखेँ भन्ने सङ्केतमा रमणको टाउको हल्लियो । वातावरणमा मौनता छायो ।

    नयाँ सिरक, डसना सुम्सुम्याउॅंदै छोरोसॅंग रमणले नै मुख खोल्यो- “मरेर पिण्ड खानुभन्दा बाँचुन्जेल न्यानो ओछ्यानमा सुत्न मन लाग्यो ।”

    हतुवागढी -६, होम्ताङ्, भोजपुर (हाल – जापान)

    ३)
    लघुकथा: आश्रम

    ✍️ श्रीकृष्ण पौडेल

    “कति कचकच गर्न सक्छन् यी बुढाबुढी ? आफू नसक्ने भएपछि त चुप्प लागेर बसे हुने नि ! घरी तातोपानी भनेको छ घरी चिसोपानी भनेको छ । म तिनीहरूको नोकर हो र ? म त सक्दिनँ, यी बुढाबुढीको बुहार्तन सहन । खुरुक्क लगेर आश्रममा राखिदेउ है बुढा; नत्र त म माइत गएर बसिदिन्छु ।” आहुती झर्किँदै बोलिन् ।

    “हैन के भनेकी आहुती, तिमीले ? आफूलाई जन्मदिने आमाबाबुलाई म कसरी आश्रममा लगेर राख्न सक्छु ? यस्तो कुरा नगर है मसँग” षडानन्द बोले ।

    “म अरू केही जान्दिनँ, तिम्रा बाउआमाको सम्पत्ति छिट्टै तिम्रो नाममा गरेर तिनीहरूलाई आश्रममा पठाऊ । नत्र…”

    “बाआमा ! हजुरहरूको वृद्धावस्था भैसक्यो । मैले एउटा उद्योग खोल्न लागेको अलिकति पैसा पुगेन, त्यसैले हजुरहरूको नामको जग्गा मेरो नाउँमा गरिदिनु भयो भने त्यसैलाई धितो राखेर कर्जा लगानी गर्न हुन्थ्यो के भन्नुहुन्छ ?” भन्दै चिप्लो पाराले षडानन्दले बाबुआमा लाई फकायो ।

    “तँ बाहेक हाम्रो नै पो को छ र ? जे गर्ने हो गर त नि । हाम्रो नाउँको जग्गा तेरो नाउँमा गरिदिउँला ।”

    बाबुको मुखबाट बोली झर्न नपाउँदै उसले बाबुआमालाई मालपोत कार्यालयमा लगेर जग्गा पास गरेर ल्यायो । अनि एक हप्ता पछि एकदिन बिहानै षडानन्दले आमाबाबुलाई पशुपतिनाथको मन्दिर लैजाने भन्दै गाडीमा राखेर वृद्धाश्रम पुर्‍यायो ।

    “हजुरले बाबुआमालाई कुन तहको आश्रममा राख्न खोज्नुभएको हो कुन्नी ?” संचालकले सोधे ।
    “मैले त तपाईंको कुरा बुझिनँ, नि !” षडानन्दले असरल्ल पर्दै प्रति प्रश्न गर्‍यो
    हजुरले पचास लाख रकम जम्मा गर्नुहुन्छ भने उहाँहरुले पहिलो तहको सेवा सुविधा पाउनुहुन्छ । दश लाख जम्मा गर्नुभयो भने दोस्रो तहको सेवा सुविधा पाउनुहुन्छ । पाँच लाख मात्रै जम्मा गर्ने हो भने उहाँहरूले खाने र बस्ने सुविधा मात्र पाउनुहुन्छ । लत्ता-कपडा, भेटी, दान, दक्षिणा, इच्छा लागेको खान र मठ मन्दिर जाने आउने ब्यवस्था हजुरहरूले नै गरिदिनु पर्छ । कुन तहमा राख्नुहुन्छ हजुरकै विचार ।”
    सञ्चालकका कुराले षडानन्द खङ्ग्रङ्ग भएर डङ्ग्रङ्ग भुइँमा ढल्यो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा- ४५

    अपाङ्गमैत्री समाज विशेष टुक्का कविता लेखन शृङ्खला- १०२ सम्पन्न

  • १७ मंसिर २०८०, आईतवार ०९:३२ मा प्रकाशित
  • काठमाडाैँ,
    अपाङ्गमैत्री समाजकाे आव्हान गर्दै टुक्का साहित्य समाजकाे आयाेजना २०८० मङ्सिर १५ गते टुक्का कविता लेखन श्रृङ्खला १०२ सम्पन्न भएकाे छ ।

    टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न स्थानबाट ६५ जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षण अध्यक्ष चापागाईँले नै गर्नु भएकाे थियाे भने सहभागीहरूले “अपाङ्गमैत्री समाज” भन्ने विषयमा केन्द्रित भई सुन्दर टुक्का कविताहरू सिर्जना गरेकाे थिए ।

    टुक्का साहित्य समाजले विशेष अवसरहरूमा विशेष टुक्का कविता लेखन कार्यक्रमहरू सञ्चालन गर्नुकाे साथै अन्य विभिन्न किसिमका नियमित अभ्यासका कार्यक्रम तथा नियमित प्रशिक्षणहरू समेत सञ्चालन गर्दै आएकाे छ ।

    कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईँले
    अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका सवालहरुलाई विश्वव्यापी रुपमा उजागर गर्न सन् १९९२ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष ३ डिसेम्बरका दिन संसारभर विभिन्न कार्यक्रम, गाेष्ठी तथा र्यालीहरू गरेर मनाइने गरिन्छ। याे वर्ष ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस हाे । हामी सबै समान हाै अपाङ्गताकाे आधारमा भेदभाव हैन उनिहरूलाई माया गरेर अपाङ्गमैत्री समाजकाे स्थापनाकाे लागि हामी सबैले  हाम्राे समाजलाई सुसूचित र जागरुक गराउनु पर्छ भन्दै कार्यक्रममा सहभागी भएर सुन्दर टुक्का कविताहरू सिर्जना गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।

    उक्त कार्यक्रममा सङ्कलन गरिएका केही टुक्का कविताहरू
    [१]
    १.
    अपाङ्गलाई घृणा हैन सीप सिकाई सबल बनाऊँ
    अपाङ्गमैत्री समाज बनाई अपाङ्ग दिवस मनाऊँ ।
    २.
    सेवाभाव जगाउनु पर्छ असल बाटाे चुन्न
    सहयाेग गराैँ, अपाङ्गलाई हेँला गर्नु हुन्न ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [२]
    १.
    अपाङ्गमा घृणा हैन सद्भावी सीप सिकाउँदै अघि बढाउँ
    अपाङ्गमैत्री निर्माण गरौँ सबैले अपाङ्ग दिवस मनाउँ ।
    २.
    अपाङ्गहरूलाई हामी घृणाको पात्र नबनाउँ
    सद्भाव राखेर समजमा सबल मान्छे जनाउँ।
    ✍️ बेदु न्यौपाने
    काठमाडौँ
    [३]
    १.
    असक्षम हुनु दोष उसको होइन, जो छ अपाङ्ग
    घृणाको पात्र त्यो जसले गाली गर्छ भएर सपाङ्ग ।
    २.
    अपाङ्गको पनि मन हुन्छ, बुझाैँ उनीहरूको भावनालाई
    सकेसम्म पूरा गरॅौ है, उनीहरूका मनका चाहनालाई ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौँ
    [४]
    १.
    अपाङ्ग हुन्  झमक पनि साहित्यकी तारा
    उनको कला देखेर छक्क संसार सारा ।
    २.
    अपाङ्ग हुन् अनेक थरी प्रतिभाका खानी
    दृष्टि विहीन मेनका पौडेल गायनकी रानी ।
    ✍️ इन्दिरा देवकोटा
    कपिलवस्तु न पा ३, आनन्दवाग
    [५]
    १.
    समयको खेल हो अपाङ्गता हुने
    अपाङ्ग भएँ भनि अब किन रुने ।
    २.
    अपाङ्गता हुनेले नि अब्बल गर्छन् काम
    अपाङ्गलाई मौका दिन लागौँ अब लाम ।
    ✍️ रचना मोक्तान ” यात्री”
    नमोबुद्ध न. पा.-५, काभ्रे ।
    [६]
    १
    अपाङ्ग भनेर नहेप सपाङ्ग भन्दा सबल हुन्छ धेर
    नपत्याए संगीत तताई रहेकी मेनका पौडेल हेर ।
    २
    दया होइन अवसर देउ उ भित्रको ज्ञान लेउ
    अपाङ्गता दोष होइन यो सृष्टिको भुल बुझिदेउ ।
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ, हाल काठमाडौँ ।
    [७]
    १.
    अपाङ्ग हुन् भनि गर्नहुन्न हेला
    परिएला है फेरी भावीकाे फेला।
    २.
    अपाङ्ग भन्ने हाेइन अपाङ्गता भएका व्यक्ति भन
    हिड्न बाेल्न नसके पनि तिम्रो जस्तै छ उनकाे मन।
    ✍️ भवानी पाेखरेल( बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु
    [८]
    १.
    अपाङ्गलाई घृणा होइन मान सम्मान गर्नुपर्छ
    जति घृणा गरे पनि त सबै एकदिन मर्नुपर्छ ।
    २.
    दया होइन अपाङ्गलाई दिने गरौँ अवसर
    क्षमता हेरी ठाउँ दिए बन्न सक्छन् आत्मनिर्भर ।
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    [९]
    १.
    अपाङ्गलाई घृणा होइन ज्ञान सीप सिकाई सम्मान गरौँ
    अपाङ्गमैत्री निर्माण गरि अपाङ्ग दिवसको सन्देश छरौँ ।
    २.
    सपाङ्ग भन्दा कम छैन अपाङ्गकाे सिर्जना पनि हेर
    अवसर पाए देशको मुहार फेर्न सक्छ एक फेर ।
    ✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [१०]
    अपाङ्गलाई नहेपौँ उनी  प्रेरणाका साथी
    उनी प्रतिभाशाली हुन्छन् अरू भन्दा नि माथि ।
    ✍️ भगवती दवाडी
    झापा
    [११]
    १.
    अपाङ्ग असहायहरूकाे आत्मसम्मान गर्ने गरौँ
    सदा सर्वदा उनीहरुको दिलमा साचो कुरा भरौँ ।
    २.
    आकाश झै अटल सागर सरि सरलता मिल्ने हुन्छन्
    विभिन्न जिल्लाहरुमा प्रगति गर्नेहरुले मन छुन्छन् ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [१२]
    १.
    अपाङ्गता भएका व्यक्तिलाई गर्नु हुन्न हेला
    आफू पनि हुन सकिन्छ अपाङ्ग त कुनै बेला।
    २.
    आपाङ्ग महिला पनि यही देशका हुन् नारी
    त्यसैले त यस्ता व्यक्तिलाई नसम्झनु भारी।
    ✍️ कल्पना भण्डारी
    सिन्धुपाल्चोक हाल काठमाडौंँ
    [१३]
    १.
    घृणा र तिरस्कार भन्दा उनीहरूलाई माया गरौँ
    एकदिन होइन अपाङ्ग दिवस सधैँ लागि परौँ ।
    २.
    गई सबै जना सहभागीता जनाऊँ
    घर विद्यालय अपाङ्ग मैत्री बनाऊँ ।
    ✍️ हिमा आर सी
    मेहेलकुना सुर्खेत
    [१४]
    १.

    स्वावलम्बनको पाठ पढाऊँ सबल अबललाई
    सहयोग र मित्रता गरौँ दिदी बहिनी दाजुभाई ।
    २.
    अपाङ्ग भएको कोही खोज्दैन आफ्नो रहरले
    गाह्रो भएको हुन्छ उनको  जीवन कहरले ।
    ✍️ गुणनिधि घिमिरे
    अमेरिका
    [१५].
    अपाङ्ग पनि आखिर मानिस हुन भन्ने दिमागमा भरी
    सकेको सद्बभावना बाँडौं तिनलाई खिसिट्युरी नगरी।
    २.
    अवसर पाउॅंदा  देखिन्छ हर कुरा गर्न  सक्ने सामना
    विश्व अपाङ्ग दिवशको सबैमा छ हार्दिक शुभकामना।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१, 

    हालः-अमेरिका,बोस्टन।
    [१६]
    १.
    सबैलाई शिक्षाको व्यवस्था गराऊ
    असक्तलाई पनि मिलेर पढाऊ ।
    २.
    सबैलाई समान गरौँ
    मनले मनलाई भरौँ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    [१७]
    अपाङ्ग प्रतिभाशाली हुन् धेरै गुणका खानी
    अवसर दिए यिनै देशका अब्बल रानी ।
    ✍️ कमला  देवकोटा
    पाल्पा
    [१८]
    १.
    शारीरिक अपाङ्ग भएपनि बौद्धिकतामा अब्बल
    खुट्टाले लेखेर ख्याति कमाए सपाङ्ग भन्दा डब्बल ।
    २.
    गर्मीमा छाँया अपाङ्गलाई माया हुनै पर्दछ
    साहारा पाए विश्वमा ज्ञानको ज्योति छर्दछ।
    ✍️ अम्बिका गिरी
    बिराटनगर
    [१९]
    १,
    समान व्यवहार गरौ समाजमा अपाङ्ग मान्छेलाई
    डाक्टर पाइलट बन्न सक्छ,सीप सिकाउँ जान्नेलाई।
    २,
    सद्भाव राखि अघि बढाउँ, विश्वमा हाम्रो समाजलाई
    अपाङ्ग मैत्री निर्माण गरौ, छरछिमेकी अजानलाई।
    ✍️ एवाइ प्रभात
    धनकुटा
    [२०]
    १.
    अपाङ्गलाई हेला होइन कि हौसला प्रदान गरौँ
    अपाङ्गमैत्री  समाज  बनाउन एकजुट भै सरौँ।
    २.
    अवसर  पाए  अपाङ्गले उत्तम  काम गर्छ
    मुलुकको हितका लागि रचनात्मक भै सर्छ।
    ✍️ अजय दनुवार
    धनगढीमाई न.पा.-४, जयपुर, सिराहा
    [२१]
    १.
    अपाङ्गका निरासपनलाई हौसला भरौँ
    प्रेमभाव जगाउन तिनलाई सहयोग गरौँ।
    २.
    आदर गरौँ, मान गरौँ, अपाङ्गको साथमा
    मानवीय आचरण भरौँ तिनको गाथमा ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान, सुनसरी ।
    [२२]
    १.
    अपाङ्ग हुन् बाहिर हेर्दा ती त हुन्छन् सृजनाका खानी
    सपाङ्गका बनेका छन् गुरु  कति  सम्मान गराैँ जानी ।
    २.
    जसलाई कमजोर ठान्छाैं ती कर्मले बनेका छन् नामी
    तिनीहरू पूज्य ईश्वरीय अंश हुन्  सम्मान गराैँ हामी  ।
    ✍️ रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।
    [२३]
    १.
    अपाङ्गता त दोष होइन सम्मान गरौँ
    फरक क्षमता भएकालाई खुसी भरौँ ।
    २.
    सहयोग दया ममता अपाङ्गले जब पाउँछ
    तब अवसरले नै हौसलाको बहार आउँछ ।
    ✍️ प्रेम थापा “मन”
    बागलुङ
    [२४]
    सिर्जनशील हात छन् उनका पनि
    पाएमा अवसर, बन्न सक्छन् धनी ।
    ✍️ नागेन्द्रप्रसाद यादव
    दाङ
    [२५]
    १.
    हामीमाथि अहो मित्र कठोर नबनीदिनु
    क्षमता भिन्नछन् हाम्रा अपाङ्ग नभनीदिनु।
    २.
    अपाङ्ग कसरी हामीमा क्षमता भिन्न हो भन
    सवल छौँ काममा हामी आऊ मित्र तिमी बन ।
    ✍️ रामजी लामिछाने
    पोखरा।
    [२६]
    १.
    विलक्षण हुन्छन् अपाङ्ग पनि अवसर र संरक्षण पाए
    विद्यालयमा अब अपाङ्गता रम्थे हेर सम शिक्षण आए।
    २.
    अपाङ्ग दिवस चियापान गरि कार्यक्रमले हुँदैन
    पारिवारिक माया, संरक्षण दिए मन उस्को रुँदैन।
    ✍️ इन्दु श्रेष्ठ
    चितवन
    [२७]
    १.
    आजै देखि सबै मिलि ऎक्यबद्धता जनाउँ
    पूर्वाधार कार्य  गर्दा अपाङ्गमैत्री  बनाउँ ।
    २.
    अशक्त र अपाङ्ग प्रति माया सद्भाव छरि
    प्रेरणा दिउँ सदा यिनलाई स्नेहले भरि ।
    ✍️ इमानसिंह के.सी.
    काठमाडाैँ
    [२८]
    १.
    अपाङ्गलाई हेला नगरौँ  छु भनेर आफू साङ्ग
    अवसर पाए सबल बन्छन् जस्तोसुकै अपाङ्ग ।
    २.
    अपाङ्गलाई हेला होइन सधैँभरि माया गरौँ
    अपाङ्गमैत्री समाज बनाई आत्मसम्मान भरौँ ।
    ✍️ बाबुराम गौतम
    गुल्मी
    [२९]
    १.
    जरुरी के छ अपाङ्गलाई बुझ्नुपर्छ साँचो
    दया र भिखको हैन अवसरको छ खाँचो ।
    २.
    अपाङ्ग  भनि कहिल्यै नि  विभेद गर्नुहुन्न
    वास्तवमा के चाहन्छ्न् उनी सक्नुपर्छ सुन्न ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    [३०]
    १.
    अपाङ्गलाई माया गरे फुल्छ तिनको छाती
    माया गर्ने मान्छे जति लाग्छ तिनलाई जाति ।
    २.
    हेला होइन अपाङ्गलाई सिकौँ माया गर्न
    मायाले जागृत गर्छ तिनलाई अघि सर्न ।
    ✍️ बिके माकजू
    भक्तपुर ।
    [३१]
    १.
    सम्मान गरौँ सहयोग गरौँ गरौँ मेलमिलाप
    जसले गर्दछ अपमान मिल्दछ है अभिशाप।
    २.
    अष्टावक्रको जिवनी पढौँ मनन गरौँ इतिहास
    सबै मानव समान हुन् हुन्न पराय अनि खास।
    ✍️ समुद्र
    जल्जला ७ गण्डकी
    [३२]
    १.
    अपाङ्गता भित्र पनि हुन्छ वौद्धिकताको साँचो
    सहयोग र माया सँगै छ अवसरको खाँचो।
    २.
    सपाङ्ग र अपाङ्ग बीचमा गर्न हुन्न भेद
    अवसर पाए तिन्ले पनि पढ्न सक्छन् वेद ।
    ✍️ विवश पारदर्शी
    झापा
    [३३]
    १.
    अपाङ्ग पनि हुनसक्छन् प्रतिभाशाली
    नहेपौँ उनीहरूलाई कुदृष्टि फाली ।
    २.
    अपाङ्ग पनि हुन यहीँ देशका नागरिक
    हरेक काममा हुन्छन् नि उनीहरू सरिक।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [३४]
    १.
    सबैसँग मैत्रीभाव गर्नुपर्छ आज
    अपाङ्गलाई हेला गरे हुन्छ है लाज।
    २.
    सग्लो शरीर हुनेले गर्नु सेवा
    सेवा गरे भन्छन् मिल्छ अरे मेवा।
    ✍️ सहयात्री शोभा अर्याल
    बुटवल, रुपन्देही
    [३५]
    १.
    नबनाऔँ अपाङ्गतालाई अन्धताको सिकार
    पाल्नु हुन्न फाल्नु हाँगाबिँगा रूढिवादी विकार ।
    २.
    दुर्बलता देख्दा साथ दिनु त्यही हो महानता
    मानवीय व्यवहार गरि ल्याऔँ है समानता ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [३६]
    १.
    उ पनि मानव नै हुन् हेला नगरौँ अपाङ्ग भनेर
    हातेमालो गर्दै जाऔं थपिएको अङ्क जस्तै बनेर ।
    २.
    मित्रता नै बलियो हो अझै गहिरो होस्  सम्बन्ध हाम्रो
    दुनियाले भन्नेछ आहा! क्या सुनखरी फुल झैँ राम्रो ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [३७]
    गरौँ सम्मान, गरौँ माया अपाङ्गलाई
    खुसी हुन्छन् हाम्रो साथ सहयोग पाई ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [३८]
    असक्तलाई नहेपौँ हुन्छन् गुणका खानी
    आदर गरौँ है प्रतिभाशाली हुन जानी ।
    ✍️ दुर्गा भट्टराई
    मोरङ
    [३९]
    १.
    अपांगहरुलाई माया गरौँ चसक्क न भनौँ
    सके गरौँ सहयोग सबैले निर्दयी नबनौँ ।
    २.
    व्यवहार राम्रो गरेर उनको लागाैँ घाउ भर्न
    बाटो उहीँ हो हामी सबैको पर्छ एकदिन मर्न।
    ✍️ सञ्जना शर्मा
    लमही दाङ ।
    [४०]
    १.
    तिमी  सबल हौ भन्ने  उदाहरण  छन् साथी
    झमक, स्टीफन भन्दा आज को नै छ र माथी ?
    २.
    अपाङ्गको दर्जा दिई अब तल राख्ने हैन
    सर्वव्यापी रुपले हेर्दा कोही फरक छैन ।
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४, बिगारे जुम्ला
    [४१]
    १.
    क्षमतामा कमी हुन्नन् तिनमा पनि
    तिरस्कार नगरौँ अपाङ्ग हो भनि ।
    २.
    कुभावना नदेखाऔँ उनीहरू माथी
    दया माया दिएर बनाऔँ प्रिय साथी।
    ✍️ सरिता सेढाई
    धादिङ
    [४२]
    १.
    शिक्षा आर्जनका क्षेत्र, कर्म-क्षेत्र समागत
    बनुन् अपाङ्ग मैत्री नै, सबै अड्डा अदालत।
    २.
    अपाङ्गमा लुकेका छन्, सिर्जनाका मुनाहरू
    मिल्दा औसर साँच्चै नै, बन्छन् बेजोडका तरु।
    ✍️ रामशरण न्यौपाने
    भक्तपुर
    [४३]
    अपाङ्गमा नि लुकेका हुन्छन् प्रतिभाको खानी
    अवसर पाए ती देशका बन्छन् राजा रानी ।
    ✍️ काेपिला अधिकारी
    सिरानचाेक -७, गाेरखा
    [४४]
    १.
    नगरौँ हेला कसैले पनि अपाङ्गलाई
    सक्छन् गर्न उनले साथ सहयोग पाई।
    २.
    अपाङ्गमा पनि हुन्छ है प्रतिभाको खानी
    अवसर दिउ यति कुरा  हामीले जानी ।
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    [४५]
    १.
    बनोस् राम्रो सेरोफेरो नसोचुन है अपाङ्ग
    कला सिप प्रयोगले मन बन्नेछ सपाङ्ग।
    २.
    सक्छन् उभिन कार्य क्षेत्र अपाङ्ग मैत्री गरौँ
    जानौँ विशिष्ट क्षमतालाई हौसलाले भरौँ।
    ✍️ सुस्मिता अधिकारी
    काठमाडौँ
    [४६]
    १.
    तँ यस्तो भनि बोलाउन छोडौंँ हामीहरू
    सबै मिलि त्यो अपाङ्ग शब्दै हटाऊँ बरु ।
    २.
    घर बनाउने सबैलाई यस्तो नियम आओस्
    एउटा अशक्तले सजिलै भित्र प्रवेश पाओस् ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।
    [४७]
    १.
    अपाङ्ग भए तापनि बुद्धि तीक्ष्ण हुन्छ
    नहेपौँ अपाङ्गलाई  सार्‍है  मन रुन्छ ।
    २.
    समाजका कुसंस्कार र कुरीतिलाई तोडौँ
    अपाङ्गमैत्री हुन हामी हातमा हात जोडौं ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. – ६, दोलखा ।
    [४८]
    १.
    अपाङ्ग नि मानिस  हुन् नगरौँ है तिनलाई हेला
    देशलाई सहयोग गर्न सक्छन् समस्याको बेला।
    २.
    पारिजात, हेलेन केलर , झमक जस्ता व्यक्ति
    अपाङ्ग नै भएर नि बने देशका महान् शक्ति।
    ✍️ पद्मा काश्यप पाण्डे
    मोरङ
    [४९]
    १.
    जन्मजात वा दुर्घटनाबाट अपाङ्ग बन्दामा
    जीवनभरि दिनचर्या पर्छ कष्टकाे फन्दामा ।
    २.
    बस अफिस शाैचालय सहजै जान
    सुलभ हुनुपर्छ ह्विलाचियर लैजान ।
    ✍️ सुशीला  शिखा
    काठमाडौँ, कागेश्वरी
    [५०]
    १.
    हामी शरिरको बनावटलाई होइन सर्वगुणलाई मान्छौँ
    झमकको गाँउको मान्छे हामी अपाङ्गतालाई वरदान ठान्छौँ।
    २.
    अपाङ्ग कोही सपाङ्ग कोही ईश्वरको हो सृष्टि
    त्यो सृष्टि भित्र परेको हुन्छ ईश्वरकै सुदृष्टि ।
    ✍️ चिरञ्जीवी श्रेष्ठ
    धनकुटा ।
    [५१]
    १.
    अपाङ्गलाई हेला  होइन  सम्मान गर्ने गरौँ
    के थाहा खै के हुन्छ ? भोलीकाे समयसँग डरौँ।
    २.
    ऊ आपाङ्ग थियो हामी त सपाङ्ग छौँ होला
    विवेकशील बनौँ आउँछ  सबैको  चोला।
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    [५२]
    १.
    दुई दिनको घामछायाँ जिन्दगानी हाम्रो
    भिन्न क्षमता हुनेलाई चिन्न सक्नु राम्रो ।
    २.
    सहस्राब्दी लक्ष्य भेटाउन इटा थप्ने गराैँ
    अपाङ्गमैत्री समाज निम्ति हामी लागि पराैँ ।
    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
    [५३]
    १.
    अपाङ्ग हुने कसैकाे पनि हुदैन चाहाना
    हाेच्याउने काम नगराै कुनै पनि बाहाना ।
    २.
    शारीरिक अपाङ्गता कुनै कारण जाेसुकै हुन्छन् अशक्त
    बाैद्धिकताले हाम्राे समाजलाई सिंगार्न सकिन्छ सशक्त ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर, कटुञ्जे ।
    [५४]
    १,
    पूर्ण कोही पनि छैनन् चिन्ता नगर है साथी
    कुनै रुपमा साथ दिने भगवानछन् माथि ।
    २,
    सबैको रहोस् अपाङ्ग प्रति प्रेम भावना
    आज अपाङ्ग दिवसको यो शुभकामना।
    ✍️ चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२०, राँझा एयरपोर्ट बाँके
    [५५]
    १.
    घृणा गर्नु हुन्न कसैलाई नि अपाङ्ग भनि
    झमक जस्तै आउन सक्छन् यहाँ महान् बनी ।
    २.
    महान् बने कर्मगरि हेलेन, झमक अनि पारिजात
    अवसर पाए युग बदल्छन् देखाएर ज्ञानकाे हात ।
    ✍️ एस वि प्रगति
    प्यूठान (हाल:पाल्पा)
    [५६]
    १.
    अपाङ्ग भनि नगर्नु हेला छ फरक क्षमता
    हामीमा पनि उस्तै छ हजुर माया र ममता।
    २.
    सपाङ्ग सरह छौँ हामी पनि सिपले भरेको
    कम छैनौँ हामी पक्का छ काम हामीले गरेको।
    ✍️ नवशिला
    बेलबारी -२, लालभित्ती, मोरङ।
    [५७]
    १.
    केही गर्न सक्छन् अपाङ्गहरुले अवसर पाए भने
    जसरी स्टफेन हकिन्स, झमक चर्चित मानव बने ।
    २.
    तिरस्कार, घृणा हाेइन दया माया, दिनु राम्रो
    अपाङ्गलाई सहयाेग गर्नु मानवता  हाम्राे ।
    ✍️ रामकृष्ण रिजाल
    बागलुङ
    [५८]
    १.
    सके गर्ने माया नै किन गर्ने हेला ?
    हेय दृष्टि राख्ने पर्छ दैवको फेला ।
    २.
    मानिस माझ बढोस् सद्भाव
    अपाङ्गप्रति बढोस् लगाव ।
    ✍️ कार्की डिबी माकुम
    सुनवल -४, नवलपरासी
    [५९]
    मेला भेला पनि गर्न पर्छ अपाङ्ग जनलाई लिएर
    आत्म निर्भर बनाउनु छ तकनिकी तालिम दिएर ।
    ✍️ माेती सुब्बा
    दार्जिलिङ, भारत।
    [६०]
    १.
    हरेक पल अपाङ्गकाे सेवामा लागि पराैँ
    आफूबाट जति सकिन्छ त्यति मद्दत गराैँ ।
    २.
    हामीले अपाङ्गलाई सिपमूलक तालिम सिकाओैँ
    आफ्नै देशमा बुनेका कपडा नै विश्व भरि विकाओैँ ।
    ✍️ केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    [६१]
    विकृति, विसङ्गति, घृणा अब समाजबाट हटाउने
    अपाङ्गता भएकाहरूकाे पनि मनाेबल बढाउने ।
    ✍️ सुशीला पाैडेल
    [६२]
    १.
    देख्छु अपाङ्ग भएका ति दलित दुखिहरू
    अपाङ्गमैत्री समाज बनाउँ नसाेचाैँ अरू ।
    २.
    असल ज्ञानी सिपालु बनाउन अब
    अपाङ्गलाई सिपहरू सिकाऊँ सब ।
    ✍️ भाेलामान बर्देवा
    धरान ८ सुनसरी
    [६३]
    क्षमताका हुन्छन् खानी माैका खै कहाँ मिल्छ?
    तुच्छ भाषा व्यवहारले सेवा उहीँ निल्छ ।
    ✍️ जी.वि.चिन्तन
    घाेराही-१४ दाङ ।
    [६४]
    १.
    हाट बधाउँ सेवामा राखाैँ मानव मूल्य
    अपाङ्गकाे सेवा परम कर्म हाे जाजुल्य।
    २,
    दिव्य नर चाेला याे हाम्राे नफालाैँ उसै कहिल्यै
    पर सेवा नै परम कर्म नबिर्साै है जहिल्यै ।
    ✍️ हरिगाेपाल प्रधान
    बनेपा १४ साँगा बजार
    [६५]
    अपाङ्गलाई हेला हैन सिप सिकाई आत्म निर्भर बनाउँ
    अपाङ्गमैत्री समाज बनाई विश्व अपाङ्ग दिवस मनाउँ ।
    ✍️ पुनिता कुमारी चौधरी
    सुरूङ्गा न.पा.:११,महेशपुर ,सप्तरी

    ::::: जय टुक्का! जय साहित्य !! :::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on अपाङ्गमैत्री समाज विशेष टुक्का कविता लेखन शृङ्खला- १०२ सम्पन्न

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १३२ सम्पन्न

  • १६ मंसिर २०८०, शनिबार २३:३१ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १३२ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १३२ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    सुन्तला
    कारिगरीको निशान
    मनमोहक अद्भुत कला !

    • वसन्त अनुभव

    [२]
    फल
    खाने हेर्ने
    कला हेरी अलमल !

    • इन्दिरा देवकोटा

    [३]
    सुन्तला
    स्वास्थ्यलाई राम्रो
    कलाकारिता छ हाम्रो !

    • सम्झना थापा मगर

    [४]
    सिप
    आहा दामी
    विचार कला अद्भुत !

    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे

    [५]
    कला
    गोलो पृथ्वी
    बोकेको जस्तै सुन्तला !

    • सरिता सेढाई, धादिङ

    [६]
    सुन्तला
    छ सम्मान
    कलाकारको अद्भुत कला !

    • प्रेम थापा ‘मन’, बागलुङ

    [७]
    सुन्तला
    अद्भुत कलाकारिता
    सुन्दर सिर्जनात्मक नमुना !

    • उर्मिला पन्त पाण्डेय
      ज्ञानेश्वर, काठमाण्डौँ

    [८]
    कलाकारिता
    सुन्तलामा कला
    पृथ्वी बाेकेकाे मानवाकृति !

    • नारायण प्रसाद उपाध्याय, कैलाली

    [९]
    सुन्तला
    बहु गुणकारी
    पहेँलै देखिने सुन्तलाघारी !

    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी

    [१०]
    सुन्तला
    रसिलो फल
    कलाकृति अद्भुत बल !

    • जमुना कायस्थ, पोखरा

    [११]
    सुन्तला
    हाम्रो देशमा
    छ अद्भुत कला !

    • सरस्वती श्रेष्ठ, इटहरी

    [१२]
    सुन्तला
    रसिलो फल
    कलाकारिता देखियो झलमल !

    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल

    [१३]
    सुन्तला
    विश्व अटाउने
    कला सिर्जना सजाउने !

    • ढकाल कवि दत्त

    [१४]
    कला
    गला भला
    नभए परिन्छ थला !

    • अमृत सुवेदी, रुपा सात, कास्की

    [१५]
    सुन्तला
    पृथ्वीको आकृति
    कलाकारकाे अद्भुत कला !

    • राज कुमार राजभण्डारी ‘खाेटाङ्गे’
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर

    [१६]
    सुन्तला
    बाहिर बोक्रो
    बोक्राले हल्लाउँछ कोक्रो !

    • होम प्रसाद नेउपाने, धरान, सुनसरी

    [१७]
    सुन्तला
    गुलियो फल
    देख्ने बित्तिकै तलतल !

    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती-३, काभ्रे

    [१८]
    हाँसेकाे
    उत्कृष्ट कला
    अन्ततः अविस्मरणीय सन्तुष्टि !

    • त्रियुगा नगरपालिका-११, उदयपुर

    [१९]
    माया
    भेट्न आउँदैछ
    लिएर रसिलो सुन्तला !

    • ध्रुव श्रेष्ठ

    [२०]
    कलाकार
    सन्तुष्टिको संसार
    मनोरञ्जन ज्ञानको आधार !

    • पृथक प्रकृति, झापा

    [२१]
    सुन्तला
    बाहिर बोक्रा
    भित्र जीवन्त रस !

    • आर्त अकुलीन

    [२२]
    सुन्तला
    नछुट्याई बोक्रा
    बोकेको पृथ्वी कलाकारिता !

    • मङ्गला आचार्य (उपाध्याय)
      बारा, कलैया-१

    [२३]
    सुन्तला
    प्रतीक एक
    जीवात्माको प्रतिबिम्ब अनेक !

    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी

    [२४]
    सुन्तला
    प्राकृतिक फल
    रस मिठो झलमल !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा

    [२५]
    सुन्तला
    कलाकारको दृष्टि
    आखिर बेजोड कलाकृती !

    • सुरेशकुमार पाण्डे, दाङ, घोराही-१८

    [२६]
    सुनौलो
    बाहिरी पत्र
    केस्रामा रस भरेको !

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    [२७]
    सुन्तला
    छुच्चाे जात
    सबैकाे मुख रसाउने !

    • बलराज गिरी, कैलाली

    [२८]
    सुन्तला
    कहिले गला
    कहिले सुन्दर कला !

    • घनश्याम पौडेल, पोखरा

    [२९]
    फल
    मानिसले खान्छ
    अनेक कला जान्छ !

    • सविता के.सी.

    [३०]
    बोक्रा
    मानचित्र झल्काउने
    भित्री रसले पल्काउने !

    • चक्र शाही, कैलाली

    [३१]
    फल
    हुँदैन निस्फल
    बोक्राकै यति बल !

    • पशपती राई, खोटाङ

    [३२]
    सुन्तला
    रसिलो फल
    बोक्रामा सृजनात्मक कला !

    • घनश्याम पौडेल
      गौरीगंगा नपा -९, कैलाली

    [३३]
    सुन्तला
    मौसमी फल
    कलाकारितामा मिठो रस !

    • सीता पाण्डेय मरासिनी
      तम्घास, गुल्मी

    [३४]
    सिर्जना
    मानिसको कला
    पाएमा सुन्तलाको बाेक्रा !

    • पागल भिक्षुक, कैलाली

    [३५]
    हस्तकला
    देखिन्छ चर्तिकला
    फल बोक्रामा मानव !

    • कमला देवकोटा, पाल्पा

    [३६]
    तलतल
    मेट्दछ सुन्तला
    स्वादिष्ट रसिलो फल !

    • विवश पारदर्शी, झापा

    [३७]
    सुन्तला
    अत्यन्त मीठो
    गुलिलो रसिलो फल !

    • शारदा आचार्य

    [३८]
    लजर
    हर मनैनके
    बुझाइ फरक फरक !

    • सागर कुस्मी, कैलाली

    [३९]
    कला
    देख्छन् सुन्तला
    विचित्र एक सुकला !

    • म्यामराज राई, भोजपुर

    [४०]
    आकृति
    बेजोड कलाकृति !
    मानव जीवन प्रकृति !

    • प्रभा देवी पौडेल, चितवन

    [४१]
    लीला
    आवरणमा कस्ने
    जुनेलीको मायाले बस्ने !

    • ईश्वरी अधिकारी, लमजुङ

    [४२]
    मानव
    अद्भुत कला
    सुन्तलाकाे सुन्दर आकृति !

    • श्रद्धा आचार्य, पोखरा

    [४३]
    कला
    मानव मस्तिष्क
    विश्वको होस् भला !

    • गोपेन्द्र रिजाल, पाँचथर

    [४४]
    सुन्तला
    सुन्दर कला
    उच्च सम्मान सीपको !

    • समुन्द्रा शर्मा, सुनसरी

    [४५]
    सुन्तला
    आहा सुन्दर
    कलामा सजाउँदै मानिस !

    • नारायण कोइराला
      तानसेन, पाल्पा

    [४६]
    आकृति
    पृथ्वी बिम्बित
    सुन्तला दानाबाट निर्मित !

    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [४७]
    कला
    सर्वव्यापी कला
    दक्षता हेराइमा कला !

    • गोपालप्रसाद पौड्याल

    [४८]
    सुन्तला
    अद्भूत कला
    कलाकारिताको उत्कृष्ट नमुना !

    • राजाराम रत्गैंया, अमौरा, कैलाली।

    [४९]
    सुन्तला
    अनौठो आकृति
    मानिसको अद्भुत कला !

    • मिलन के. सी.(थापा), पोखरा

    [५०]
    सुन्तला
    बन्न सक्ने
    मान्छेको विचित्र कला !

    • विवश पारदर्शी, झापा

    [५१]
    सुन्तला
    प्रकृतिको उपहार
    दुष्टको गरौँ संहार !

    • अम्विका अधिकारी
      झापा, बिर्तामोड

    [५२]
    सन्तला
    रसदार खोला
    मधुर स्वादको ढोला !

    • अच्युत घिमिरे, सर्पाङ, भुटान

    [५३]
    सुन्तला
    पहेँलो बोक्रा
    रसपूर्ण मानवको भला !

    • बेदु न्यौपाने, काठमाडौँ

    [५४]
    सुन्तला
    पहाडी फल
    देखिन्छ विचित्र चित्र !

    • धनमाया चौधरी, कैलाली

    [५५]
    सुन्तला
    रसिलो फल
    कलाकृती बेजोड अनमोल !

    • धर्मी शाक्य, बुटवल, रुपन्देही

    [५६]
    सुन्तला
    पाकेर पहेँला
    मुख भएका रसिला !

    • कविता आचार्य

    [५७]
    सुन्तला
    देख्दा पहेँलो
    खाँदा मुखै रसिलाे !

    • सहयात्री शाेभा अर्याल
      रुपन्देही, बुटवल

    [५८]
    धरणी
    चुस्दै रस
    सम्झेर पाकेको सुन्तला !

    • कण्ठराज गिरी, टीकापुर, कैलाली

    [५९]
    सुन्तला
    मान्छेलाई उपहार
    प्राकृतिक कलाकाे बहार !

    • रामप्रसाद पुरी, बादेल, खाेटाङ

    [६०]
    विचित्र
    हेर्दा सुन्तला
    हिँड्छ हेर खुड्किला !

    • दुर्गा भट्टराई, माेरङ

    [६१]
    अनुपम
    विचित्र चित्र
    सुन्तलाको बनावटको भित्र !

    • रिता खराल, रूपन्देही

    [६२]
    सुन्तला
    राम्रो फल
    जाडोको अमृत जल !

    • शोभा आचार्य गौतम, काठमाडौँ

    [६३]
    प्यारो
    लागेर आफ्नै
    तन मन झनै !

    • नागेन्द्रप्रसाद यादव, दाङ

    [६४]
    सुन्तला
    वनस्पति रुख
    खाउँ आफैलाई सुख !

    • बुद्धिप्रसाद लामिछाने, कैलाली

    [६५]
    सुन्तला
    केस्रा सुनौँला
    रसपूर्ण छन् बनौँला !

    • सरिता काफ्ले
      कोहलपुर ८ पिपरी

    [६६]
    सुन्तला
    देख्दा पहेँलो
    खाँदा मुखै रसिलाे !

    • सहयात्री शाेभा अर्याल
      रुपन्देही, बुटवल
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १३२ सम्पन्न

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ७१

  • १५ मंसिर २०८०, शुक्रबार ०८:०७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकहत्तरऔमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-७१ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०८/११ गते
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    जिउँदै मार्नेको औकात हेर्नु छ।
    खाल्डोमा पार्नेको औकात हेर्नु छ।
    अरूलाई दास बनाई राखेर,
    कुरामा टार्नेको औकात हेर्नु छ।
    बोलीले झार्नेको औकात हेर्नु छ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    फूललाई फुल्न सिकाउनु पर्दैन आफैँ फुलेकाे छ ।
    सिकाउनु पर्दैन बालीलाई आफैँ फली झुलेकाे छ ।
    हिँड्दैछ प्रकृति एक एक विधान त्याे पालना गरी,
    कर्तव्यमा चुकेर आजकाे मान्छेले बाटाे भुलेकाे छ ।
    विचार नगरी यत्रतत्र सर्वत्र टेक्दै डुलेकाे छ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३

    एउटा सुन्दर घर बनाउनु छ।
    खुशीका पलहरू त्याँ मनाउनु छ।
    माया गरेर आफ्नाे मान्छेहरूलाई
    आफ्नाे अधिकार भनि जनाउनु छ।
    सबैतिरबाट राम्रो भनाउनु छ।
    ह्यारिस

    पञ्चाङ्ग:०४
    कमाएको केही अंश दिएर दानी बन।
    मेलमिलाप गराऊ जहिल्यै पानी बन।
    जिन्दगी दुईदिने चोला न हो घरबार,
    चलाउन स्वयम् आफैँ मायाको खानी बन।
    घर दरबार हुनेछ तिमी रानी बन।
    भगवती दवाडी ,झापा

    पञ्चाङ्ग,:०५
    गोजीमा दाम छैन।
    गतिलो खाम छैन।
    कता पठाऊॅ चिठ्ठी,
    कसैको नाम छैन।
    लैदिने ठाम छैन।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०६

    के हुन लाग्यो यस्तो अन्धकार हेर प्रकृतिमा।
    अनेक उतारचढाव हुन्छ धेर प्रकृतिमा।
    उनकै रङ्ग ढङ्गमा चल्नु छ यो मानव चोला,
    उथलपुथल नि हुन्छ कति खेर प्रकृतिमा।
    बाच्नु छ प्रभुकै तालमा केही बेर प्रकृतिमा।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०७
    दिन हुन मन थियो रात बिनाको।
    निशा भएँ सुनौलो प्रभात बिनाको।
    चाहे जस्तो जिन्दगी भएन कहिल्यै,
    शरीर छ यो दुइटै हात बिनाको।
    रुख बनेँ म कसरी पात बिनाको।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०९

    सेतोलाई सेतै भन्न सक्नु पर्छ।
    कालोलाई कालै गन्न सक्नु पर्छ।
    सबै मिलेर काम गर्ने हो भने,
    माटो मै कोदालो खन्न सक्नु पर्छ।
    देश समय मै बन्न सक्नु पर्छ।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग :१०
    हुस्सु कुइरो पो लाग्न थाल्यो छिनमै यहाँ।
    रात परे जस्तो भान हुन्छ दिनमै यहाँ।
    हेमन्त ऋतुले अलि जाडो लिएर आयो ,
    चाडले नै डुबाएर गयो रिनमै यहाँ।
    काम छैन व्यबहार भयो घिनमै यहाँ।
    बेदु न्यौपाने
    काठमाडौँ ✍️🇳🇵

    पञ्चाङ्ग११
    कस्तो हुन गयो सहर कसैको वास्ता बिनाको घर ।
    गगन छुनेगरि नै तल तेल माथि पिनाको घर ।
    मयुर जुरेली गैँडा र हात्तीका बासस्थान हराए,
    वनजङ्गल भन्दा डेराले पुरिएर किनाको घर ।
    तिम्रा मेरा भन्दै जाँदै एक अर्कालाई चिनाको घर ।
    जमुना आचार्य सिन्धुपाल्चोक

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ७१

    ‘लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान’ विशेष टुक्का कविता लेखन शृङ्खला- १०१ सम्पन्न

  • १४ मंसिर २०८०, बिहीबार १५:०७ मा प्रकाशित
  • काठमाडाैँ,
    हामी सबै समान भन्ने आव्हान गर्दै टुक्का साहित्य समाजकाे आयाेजना २०८० मङ्सिर १० गते टुक्का कविता लेखन श्रृङ्खला १०१ सम्पन्न भएकाे छ ।

    टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न स्थानबाट ४९ जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षण अध्यक्ष चापागाईँले नै गर्नु भएकाे थियाे भने सहभागीहरूले “हामी सबै समान” भन्ने विषयमा केन्द्रित भई सुन्दर टुक्का कविताहरू सिर्जना गरेकाे थिए ।

    टुक्का साहित्य समाजले विशेष अवसरहरूमा विशेष टुक्का कविता लेखन कार्यक्रमहरू सञ्चालन गर्नुकाे साथै अन्य विभिन्न किसिमका नियमित अभ्यासका कार्यक्रम तथा नियमित प्रशिक्षणहरू समेत सञ्चालन गर्दै आएकाे छ ।

    कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईँले
    प्राणिहरू सबै ईश्वरका अंश हुन । सबै मानिसकाे हक अधिकार समान हुन्छ । धर्म, वर्ण, लिङ्गकाे आधारमा मानिसलाई भेदभाव गर्नु मानव अधिकार विरुद्धकाे कार्य हाे । अहिले विश्वका धेरै देशहरूमा लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियान चलि रहेकाे छ । हामीले पनि  हाम्राे समाजलाई सुसूचित र जागरुक गराउनु पर्छ भन्दै कार्यक्रममा सहभागी भएर सुन्दर टुक्का कविताहरू सिर्जना गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।

    उक्त कार्यक्रममा सङ्कलन गरिएका केही टुक्का कविताहरू

    [१]
    १.
    तिमी हामी उनी हेर सबै समान हाैँ मानव
    आपसमा भेदभाव गर्दै किन हुनु दानव ?
    २.
    जात धर्म र लिङ्ग हैन मानवता हेराैँ
    लैङ्गिक हिंसा बन्द गर्न अाजै मन फेराैँ ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [२]
    १.
    लिङ्गकै आधारमा भेदभाव किन होला ?
    आखिर तन मन उस्तै हो मानव चोला ।
    २.
    बन्द गरौँ लैङ्गिक हिंसा हत्या बलात्कार
    मानवता नै हो धर्म हाम्रो बाँच्ने आधार ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    [३]
    १.
    काटे रगत सबैको उस्तै, व्यवहार फरक किन
    हामी सबै एकै परिवार हौँ, एक अर्कालाई चिन ।
    २.
    मानव हामी किन तुच्छ, कुरामा जातजातिका
    सबै एकै हौँ बुझौँ, पाइन्छन् यहाँ भाँती भाँतिका ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौँ
    [४]
    १.
    जात धर्म तथा लिङ्ग, हुन्न भेद कतै अब
    सृष्टिका फूल हौँ हामी, रङ्गीचङ्गी खुदै सब।
    २.
    सिङ्गो विश्व बनोस् साझा, सबैको घर सुन्दर
    सबै मानवले पाउन् अधिकार बराबर।
    ✍️ रामशरण न्यौपाने
    भक्तपुर
    [५]
    १
    जात धर्म  र लिङ्गलाई  नबनाउँ आधार
    आजको वैज्ञानिक युगमा यो सबै वेकार।
    २
    क्षेत्रिय र जातिय उस्तै धर्म भाषाको राजनीति
    सबैभन्दा हुनेछ खराब यो देशमा रीतिथिती।
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    [६]
    मान, मन सबै दिई भाव छरौँ  समान
    सेवा, प्रेम बाँडी पाऔँ सम्मान साथ ज्ञान ।
    ✍️ रचना शर्मा प्रतीक्षा
    डटिडोल, महालक्ष्मी नपा, ललितपुर ।
    [७]
    १.
    सबै हामी एक हौँ छैन कुनै फरक
    एकताको जालो बुन्ने र फ्याँक्ने नरक ।
    २.
    अजम्बरी नाता हाम्रो कसी लाउनेमा डोरी
    एक हात तिमी मेरो एक हात छोराछोरी ।
    ✍️ जमुना आचार्य
    सिन्धुपाल्चोक
    [८]
    १.
    भेदभाव गर्नु हुन्न प्रकृति प्रिय प्राणीलाई
    आफ्नो आफ्नो जीवन चक्र चल्न देउ दाजुभाइ ।
    २.
    सन्तति हुन् समाजका प्रेमभाव समान होस्
    बराबर अधिकार हाँसीखुसी बाँच्न परोस् ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान, सुनसरी ।
    [९]
    १.
    छोरा छोरी समान हुन् किन गर्ने हेला
    नगर्नु विभेद अवसर दिने बेला ।
    २.
    बन्द गर्नु नि छोरीको भ्रुण हत्या गर्न
    हल्लाउँछन् विश्व नपरोस् अकालै मर्न।
    ✍️ पुष्पा राई
    खाेटाङ।
    [१०]
    १.
    सानो ठुलो को ? यहाँ रगगत उस्तै रातो हुन्छ
    यो जाती र त्यो जाती भन्ने दमनले मन रुन्छ।
    २.
    हामी सबै समान हो पाइँदैन भेदभाव गर्न
    बिरामी पर्दा रगत चल्छ किन पर्यो पछि सर्न।
    ✍️ सञ्जना शर्मा
    लमही, दाङ
    [११]
    १.
    जातले हुँदै हुन्न मान्छे सानो या ठुलो
    कर्मले छुटिन्छ धुलो या ओखतीमुलो।
    २.
    उद्देश्यतिर निरन्तर लागिराख्दा राम्रो
    आफ्नै हातमा रहन्छ मानसम्मान हाम्रो।
    ✍️ म्यामराज राई
    भोजपुर
    [१२]
    १.
    नारी पुरुष एकै हुन् दुई दम्पती
    प्रकृतिको यिनै छन् अमूल्य सम्पति।
    २.
    आफैँ बुझ प्राणी जगत हिंसा कसैलाई नगर
    विज्ञानले छुट्याउँन्न सानो ठुलो शिक्षा भरपर।
    ✍️ बेदु न्यौपाने
    काठमाडौँ
    [१३]
    १.
    हामी सबै एकै, किन भेदभाव गर्छौ
    दुःखीलाई सेवा गर्न पछि किन सर्छौ।
    २.
    जात यहाँ दुई मात्र पुरुष र महिला
    महिला जननी हुन स्थान देउ पहिला।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [१४]
    १.
    आफ्नो जस्तै अरूको पनि हुन्छ मन
    यो बुझेर हिंसा त्याग्नु नै ठुलो धन।
    २.
    मानिस सबै आफ्नो ठाउँमा सत्य हुन्छन्
    सात्विक स्वभावले  नै मन मुटु छुन्छन् ।
    ✍️ अच्युत घिमिरे
    सर्पाङ, भुटान🇧🇹
    [१५]
    जो जहाँ जस्तो भएपनि हामी सबै समान
    मद्दत नै हाम्रो आधार, सधैँ राखौँ अडान ।
    ✍️ प्रेम थापा “मन”
    बागलुङ
    [१६]
    १.
    जुनसुकै जाती लिङ्ग हामी सबै मानव
    आपसमा सद्भाव राखौँ नबनौँ दानव ।
    २.
    छाला मात्र कालो गोरो एउटै हुन्छ रगत
    हामी सबै समान हौँ नरनारीको जगत ।
    ✍️ अम्बिका गिरी
    बिराटनगर
    [१७]
    १.
    जातपात छुवाछूत हैन, हामी सबै नेपाली
    संस्कार फरक भए पनि, एकता हाम्रो माली।
    २.
    अशान्ति हटाउनु छ, देशबाट अब
    मेची काली किल्ला भित्र बस्छन् बुद्ध तब।
    ✍️ एवाइ प्रभात
    पाचथर
    [१८]
    १.
    समान छौ हामी यति कुरा जान
    नारी र पुरुष अलग नठान ।
    २.
    धर्ती  एउटै  हाम्रो सृष्टि समान
    समान हौँ हामी यति कुरा जान ।
    ✍️ इन्दिरा देवकोटा
    कपिलवस्तु
    [१९]
    १.
    रगत सबैको रातो हुन्छ, पुरुष हुन कि नारी
    गरिब धनी विभेद नगरौँ चक्रव्यूहमा पारी ।
    २.
    पालना गर्न जाने संविधानमा स्त्री पुरुष समान अधिकार
    नेताको छोराले मात्र हैन क्रमबद्ध पाउनुपर्छ रोजगार ।
    ✍️ चुडामणी देबकोटा
    चनपा १३ काठमाडौ
    हाल सिमरा बारा
    [२०]
    १.
    मानव हामी सबै एकै समान व्यवहार गरौँ
    हिंसा विरुद्वको अभियानमा हामी अघि सरौँ।
    २.
    काटे रगत सबैको रातो नै आउँछ
    भेदभाव गरेर आखिर के पाँउछ ?
    ✍️ सरिता सेढाई
    धादिङ्ग
    [२१]
    १.
    काटे रगत एउटै आउँछ सबै हाैँ हामी मानव
    लडाइँ झगडा भेदभाव गरी किन बन्छाै दानव ?
    २.
    याे संसारमा नारी पुरूष मात्रै हाे नि दुई जात हुन्छ
    काटे रागत रातै आउँछ भेदभाव गरे मन रुन्छ ।
    ✍️ सहयात्री शोभा अर्याल
    बुटवल, रुपन्देही
    [२२]
    १.
    मानिसमा अलिकति मानवता हुनुपर्छ
    ईर्ष्या गर्नेलाई एक दिन पक्कै रुनुपर्छ ।
    २.
    नगरौँ भेद लिङ्ग जाति भाषाका आधारमा
    बोलेर हुन्न देखाउनु पर्छ व्यवहारमा ।
    ✍️ बाबुराम पाण्डे
    शीतगंगा १० अर्घाखाँची
    [२३]
    मानवता हराएको देशमा
    निक्लिन्छन्  मान्छे अनेकौँ भेषमा ।
    ✍️ दुर्गा भट्टराई
    माेरङ्ग
    [२४]
    १.
    जात धर्म महिला पुरुष धनी गरिब सबैकाे सम्मान गराैँ
    सबै एक आपसमा मिलेर देशकाे विकास गर्दै अघि सराैँ।
    २.
    दाजुभाइ, महिला पुरुष सबै नै हुन् हाम्रो
    एक आपसमा मिलेर काम गरेको राम्रो ।
    ✍️ कल्पना भण्डारी
    सिन्धुपाल्चोक हाल काठमाडौँ
    [२५]
    पृथ्वीको प्राणी मध्ये सर्वश्रेष्ठ मानव हौ हामी
    सबैलाई सम्मान व्यवहार गरौ, आत्मा छामी ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [२६]
    १
    सबै प्राणी जगतभरका उही ईश्वरकै अंश
    समान व्यवहार गरेर फैलाऔँ मानव वंश ।
    २
    रगत सबकाे राताे हुन्छ विभेद नगराैँ
    असमानताकाे अशुभ गन्ध कतै नछराैँ ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    [२७]
    १.
    हुनुहुन्न भेदभाव  सबलाई बराबरी
    समानता बढाउ सबले सचेतना भरि।
    २.
    लैङ्गिक हिंसा अपराध हो आजै बुझ्नुपर्छ
    उही नै हुन्छ माहान् जसले सचेतना छर्छ।
    ✍️ नवशिला
    बेलबारी-२, लालभित्ती, मोरङ।
    [२८]
    १.
    महिला अनि बालबालिका कतै पुरुष पनि
    हिंसा भित्र रुमल्लिँदै रुन्छन् बचाइदेऊ भनि।
    २.
    विश्वभरि अभियान हुन्छ सोह्र सोह्र दिनको
    सबै समान अभियानले पीडा हट्ला तिनको?
    ✍️ मन्दिरा सेढाई
    मलेखु, धादिङ
    [२९]
    १.
    नारी पुरुष धनी गरिब सबै नै बराबर
    कागजमा मात्र हैन व्यवहारमा लागु गर ।
    २.
    काटे रगत रातै आउँछ हुँदैन त्याे फरक फरक
    थाहा हुँदा हुँदै पनि भेदभाव गर्नु ! त दुःख परक ।
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल, काठमाडौँ
    [३०]
    न रुप रङ्ग न जाती लिङ्ग न गरिब धनी
    मान्छे सबै समान काटे रगत रातै छ नी ।
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ, हाल काठमाडौँ ।
    [३१]
    १.
    प्राणी मध्ये हामी सर्वश्रेष्ठ मानव
    विभेदको अन्त्य गरौँ मिलेर सब ।
    २.
    उच्च नीच जातले होइन हाम्रो मनले हुने गर्छ
    समान व्यवहार गरौँ सबै एकदिन मर्नुपर्छ।
    ✍️ पद्मा काश्यप पाण्डे
    मोरङ
    [३२]
    १.
    रातो रगत हाम्रो मानव सबै समान
    दुई जात स्त्री पुरुष अरू हुँदैन जान।
    २.
    पशु र मान्छे एउटै रातै रगत हुन्छ
    विवेक विनाको मान्छे पशु बनेर रुन्छ।
    ✍️ समुद्र
    [३३]
    १.
    जनावरले पनि चिन्छ आफ्नो र अर्काको भनि
    मानिस आफूलाई ठान्छौँ यस कुरामा छु धनी।
    २.
    एकै रथका दुई पाङ्ग्रा अपमान किन गर्नु
    बाँचुन्जेल सुनाम फैलाऔँ आखिरी पर्छ मर्नु।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [३४]
    १.
    जातपात, लिङ्ग  अनि धर्मलाई मानेर समान
    विभेदको दृष्टिकोणलाई राखौँ सबले कमान ।
    २.
    लैङ्गिक हिंसा बन्द गरौँ नारी  पुरुष हुन् समान
    एक अर्काको सम्मान गर्ने रहोस् सबैको जमान ।
    ✍️ बाबुराम गौतम
    गुल्मी
    [३५]
    समानताको कथा लेखी केवल पाना मात्रै नभरौँ
    थोरै लेखि बरु अब व्यवहारमा धेरै लागु गरौँ ।  
    ✍️ सुशिला शिखा
    काठमाडौं, कागेश्वरी
    [३६]
    १.
    संविधान भित्रकाे समानतकाे जाल
    सत्तामा आसेपासे तथा आफन्त पाल ।
    २.
    महिलालाई दिने समानता देखाउने दाँत
    हर घरघरमा महिलाकाे हेर सुक्दै आँत ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर
    [३७]
    १.
    सबैलाई यहाँ आफ्नो सम्झेर ल्याऊ
    सबैमा माया ममता मिठो बसाऊ ।
    २.
    मनबाट नै सबको मान गरौँ
    सबै यहाँ एउटै हाैँ भन्ने भरौँ ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत (पश्चिम बङ्गाल)
    [३८]
    १.
    जात धर्म उचनीच अब हामी छाेडाैँ
    मानवता फुल्नेगरी मनबारी गाेडाैँ ।
    २.
    दाजुभाइ दिदी बहिनी एक काम गराैँ
    लैङ्गिक हिंसा  विरुद्धमा सचेतना छराैँ ।
    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
    [३९]
    १.
    आफू जस्तै अर्को पनि प्राणी नै हो,भन्ने सोच मनमा भरौँ
    मानव भई मानवलाई मानवताको व्यवहार गरौँ ।
    २.
    लैङ्गिक हिंसा र भेदभाव हटेको सब
    सोच्दै आनन्द लाग्छ,त्यो दिन आउला कब ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।
    [४०]
    १.
    मानिस हामी समान सबै रातो छ रगत
    यो छुवा छुत जात र भात व्यर्थ छ फगत।
    २.
    हुदैन कोही अछुत यहाँ दैवको सृष्टिमा
    यो भेद भाव रचियो खालि मान्छेको दृष्टिमा ।
    ✍️ विवश पारदर्शी
    झापा
    [४१]
    १.
    ठुलाे र सानाे छैन काेही यहाँ मान्छे बराबरी
    जात र लिङ्गमै विभेद किन गर्छन् घरीघरी ?
    २.
    कानुनकाे नजरमा सबै छाैँ हामी समान
    कानुन मिची विभेद गरे अन्याय भाे जान ।
    ✍️ एस वि प्रगति
    प्यूठान (हाल:पाल्पा)
    [४२]
    १.
    बिक्री हुदैन धर्म संस्कार रगत अनि जातियतामा
    समानता छ भूगोलमा छैन त केवल राष्ट्रियतामा।
    २.
    को छ धनी गरिब अनि गाउँले न त सहरीया उँच नीच
    रगत सबैको रातै हो फरक केवल नारी पुरुष बीच ।
    ✍️ इन्दु श्रेष्ठ
    चितवन
    [४३]
    १.
    इमान साँचाै नहाेउँ बेइमान
    झुठाे टिक्दैन सत्यकै हुन्छ सान।
    २.
    नगराैँ छुवाछुत हामी सबै समान
    हाेला काेही निमुखा गराैँ मुठ्ठिदान ।
    ✍️ हरिगाेपाल प्रधान
    बनेपा १४ साँगा बजार
    [४४]
    १.
    तँ गोरो म कालो तँ होचो म ठुलो ठालो केटा छ धेरै भेद
    जन्मदै कोखबाट, हेर्न रगत एउटै, नत्र मलाई खेद ।
    २.
    छैन भेद शरीरको उही पञ्चतत्व कै भर जीवित
    एकै त छ संसार आऊ मिली बसौ हामी सबै मिश्रित।
    ✍️ मुक्ति काफ्ले
    भारत, असम ( कोक्राझार)
    [४५]
    १.
    किन मानिसमा छ असमानता ?
    हराएछ किन आज मानवता ?
    २.
    जनावरमा पनि एकता देखिन्छ
    हेय दृष्टि छ किन पछि त हेरिन्छ ?
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [४६]
    १.
    हावा, पानी, आकाश, आगो, माटो ईश्वरका रहे सृष्टि
    आपसमा उच नीच भावनाले किन राख्छौं? कुदृष्टि।
    २.
    संसारमा ईश्वरका रचनामा सबै छन् समान
    अछुत भनि छिमेकीलाई नगर्नु है अपमान।
    ✍️ माेती सुब्बा
    दार्जिलिङ,भारत।
    [४७]
    १.
    सबैजना मिले पो प्राणीमा मानिस राम्रो
    लैङ्गिक हिंसा अन्त्य होस्, समाज बन्छ हाम्रो।
    २.
    महिला पुरुष बराबरी भेदभाव चैँ नगरौँ
    लैङ्गिक समानता कायम गर्न सबै अघि सरौँ।
    ✍️ अजय दनुवार
    धनगढीमाई न.पा.-४,
    जयपुर, सिराहा
    [४८]
    ठुलो जात लिङ्ग होइन इमान ठुलाे जान
    सुन्दर हुन्छ हाम्राे धर्ती सॊचौँ सबै समान।
    ✍️ सुस्मिता अधिकारी
    काठमाडौँ
    [४९]
    १.
    नारी पुरुष ति हुन सृष्टिका खानी
    सम भावले जाग सुधारेर बानी ।
    २.
    हाे सृष्टिकाे याेगदान स्त्री पुरुष दुबै
    भेदभाव किन गर्ने? समान छन सबै ।
    ✍️ जी.वि.चिन्तन
    घाेराही, दाङ

    ::::: जय टुक्का! जय साहित्य :::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान’ विशेष टुक्का कविता लेखन शृङ्खला- १०१ सम्पन्न

    पञ्चाङ्ग चित्रपट भाग- ५५

  • १० मंसिर २०८०, आईतवार १२:२९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- पचपन्नौं हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०८०/०८/०७गते

    आदरणीय पञ्चाङ्ग अनुरागी  एवम्  स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:५५[ पचपन्नाैं]  चित्रपटमा छौं।

             यहाँहरुलाई हार्दिक स्वागत गर्दै
    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन
    —————–
    सुशीला पाैडेल

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~
    पञ्चाङ्ग:०१
    गाउँ  र बस्तीहरू  चिहाउन  थालेकै छन्
    घरघरमा   पाइला   हालेकाे  हालेकै छन्
    हामीले   यस्तो  गर्यौ  भनी  देखाउन सबै
    संजालका भित्ताहरूमा फोटा टालेकै छन्
    धेरैले  त आफ्नाे  पेट  यसरी  पालेकै छन्।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    आहा कति राम्रो ठाउँ त्यहाँ।
    सुन्दर पक्कै छ गाउँ त्यहाँ।
    सुन्दर दृश्य, काठको घर,
    कुनै दिन घुम्न जाउँ त्यहा।
    डर छैन कुनै हाउँ त्यहाँ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०३

    प्राकृतिक दृश्यको गाउँ रहेछ।
    घुम्नलाई नि जाऊँ जाऊँ रहेछ।
    यहीँ बसेर जिन्दगी बिताऊँ कि,
    आहा! कति सुन्दर ठाउँ रहेछ।
    सुख स्वर्गको अर्को नाउँ रहेछ ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०४

    देख्दा केही छैन जस्तो ,तर कस्तो राम्रो।
    आहा हेर सजिएको ,घर कस्तो राम्रो।
    जाडो याम आगो, ताप्न पाईने रहेछ,
    बस्नलाइ कुर्सीको नी ,भर कस्तो राम्रो।
    सुन्दर दृष्य त्यो वर ,पर कस्तो राम्रो।

    सरिता सेढाई धादिङ्ग

    पञ्चाङ्ग:०५

    सुन्दर एउटा गाउँ रहेछ।
    प्रकृति प्रेमील ठाउँ रहेछ
    लाग्छ यही नै रमाएर बसु,
    स्वर्गको परि पो नाउँ रहेछ।
    पीडा बिसाउन जाऊँ रहेछ।
    ह्यारिस

    पञ्चाङ्ग:०६

    आहा!कति रमणीय प्राकृतिक दृश्यको गाउँ भन्छन्।
    कतैबाट हेर्न आउने पर्यटकीयको ठाँउ भन्छन्।
    कठाङ्ग्र्‍रिएको जाडोमा बलेको त्यो आगो ताप्न जाउँ की,
    वरिपरि हरियाली छ मनोरञ्जन हुन जाऊँ भन्छन्।
    हेर्दा सुन्दर घरभएको दोस्रो स्वर्गीय नाउँ भन्छन्।
           बेदु न्यौपाने
                काठमाडौँ ✍️🇳🇵

    पञ्चाङ्ग:०७
    हिउँ परी झर्ने छानो रहेछ ।
    चिटिक्क यो घर सानो रहेछ।
    प्रकृतिले भरीपूर्ण ठाउँ   यो ,
    अर्गानिक  अन्न दानो रहेछ ।
    उत्पादित पाथी मानो रहेछ ।

    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०८
    मिठो बाणी बोलौ सधैं हामी सबै प्रकृतिकै यौटा रुप हौँ।
    किन बोल्नु प्याच्च रीस उठ्दा बरु एकछिनआफैं चुप हौंँ।
    पञ्चतत्वले    बनेको   यो   प्रकृतिमै   रम्नुछ,  रमाउनुछ,
    प्रकृति बचे मात्रै हामी त बाँच्न सक्छौ होशियारी खुप हौंँ।
    हामी त केही  होइनौं  जलेको  अग्निमा एकथोपा धुप हौंँ ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०९

    हिउँद जाग्दा धरामा  जतातै जाडाे पलाउने दिन आयाे।
    पातलाे लुगा  थन्क्याएर बाक्लाेलाई चलाउने दिन आयाे ।
    हुनेले    लगाए गमक्क  नहुनेकाे साथी हुने भयाे आगाे,
    बलियाे मस्त छ बृद्ध असक्तलाई गलाउने  दिनआयाे ।
    रूख बिरुवा   कक्रक्क पारी ठण्डीले  थलाउने दिन आयाे ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग १०
    प्राकृतिक मनोरम दृश्य छटा भएको धरा छ ।
    बस्नलाई योग्य पवित्र वातावरणीय गरा छ ।
    मनमोहक चाल लता वृक्ष र कन्दरा कुनामा ,
    बोलिरहेका साथमा मन बहलाउने चरा छ ।
    बिरुवाको सहायता मूल उमार्ने भित्र जरा छ ।
    जमुना आचार्य सिन्धुपाल्चोक

    पञ्चाङ्ग ११
    कति  सुन्दर  दृश्य आनन्द छ ।
    स्वच्छ मौसम छ हावा मन्द छ ।
    हेर  सर्वत्र  स्वर्ग झैँ  छ भूमि,
    नत  चक्काजाम  नत बन्द छ ।
    जिन्दगीको सुर आफ्नै छ्न्द छ ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग- ५५

    एनआरएनए आरसिसी अल कासिमद्वारा   नेपालीहरुको महान पर्व दशै, तिहार र छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

  • १० मंसिर २०८०, आईतवार ०२:०३ मा प्रकाशित
  • समर्पण रम्जान

    २५ नोभेम्बर २०२३, साउदी अरब ! नेपालीहरुको महान चाडहरु बडा दशै, शुभदिपावली तथा छठ  पर्व २०८० को पावन अवसरमा बिदेशी भुमिमा रहेर पनि नेपालीहरुलाइ आफ्नो चाडबाडको आभास दिलाउने, एक आपसी आत्मियता बढाउने  र बिदेशी भुमिमा रहेर काम गर्दा नेपालीहरुले आफुलाइ कसरी  स्वास्थ्य समस्या बाट बचाउन सकिन्छ, कसरी स्वस्थ रहन सकिन्छ?  भन्ने  उदेश्यका साथ गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमले गत २४ नोभेम्बर २०२३ शुक्रबारका दिन साउदी अरबको  बुरैदामा  एक भब्य समारोह गरि शुभकामना आदान प्रदान तथा श्रमिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ  ।

    समितीका अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा समितीका सचिव  सिद्धि लाल श्रेष्ठ र सह-सचिव  बिर बहादुर तामाङ द्वारा संचालित उक्त कार्यक्रम, नेपालको राष्ट्रिय गानको गुन्जयमानबाट सुरु गरिएको थियो ।

    कार्यक्रममा एनआरएनए आईसीसीका सदस्य तथा नेपाली राजदूतावास रियादका अवैतनिक प्रतिनिधी  बिशाल  कुमार श्रेष्ठ को प्रमुख आतिथ्य रहेको थियो भने  अतिथिहरुमा क्रमस एनआरएनए एनसिसी साउदीका संरक्षक भक्तबिर राई , एनसिसी साउदीका सचीव  ध्रुब कटुवाल,  एनसिसीका सदस्य काजीमान कन्दङ्वा, आरसीसीका निवर्तमान कोषाध्यक्ष रोहित घिमीरे रहेका थिए  ।

    करिब दिउसो २ बजे सुरु गरिएको कार्यक्रममा संघका उपाध्यक्ष बिनोद खड्काले  स्वागत मन्तव्य दिएका थिए ।
    कार्यक्रमका अतिथि ध्रुब  कटुवालले शुभकामना मन्तव्यको साथमा बिदेशमा रहेर काम गर्दै गर्दा आफू स्वास्थ्य रहन पालना गर्नु पर्ने महत्वपूर्ण जानकारी हरुको बारेमा जानकारी दिएका थिए । 
    साथै उपस्थित अतिथिगणहरु बाट सबैले आ आफ्नो  शुभकामना मन्तव्य राखेका थिए।  शुभकामना मन्तव्यकै क्रममा ईस्लामीक सेन्टर बुरैदाको तर्फबाट  ईस्लामीक गुरु तथा एनआरएनए आरसीसीका प्रवक्ता अली हुसैन मियाँ, समितिका युवा संयोजक समिर के.सी , र नेपाली युवा फुटबल कलबको तर्फबाट टिम कप्तान  रमन अर्यालले शुभकामना दिएका थिए ।


    प्रमुख अतिथि बिशाल कुमार श्रेष्ठले  शुभकामना मन्तव्यका साथै नेपाली श्रमिकले साउदी अरबमा श्रम गर्न आउनु पुर्व जान्नु पर्ने र आए पछि जान्नु पर्ने महत्वपूर्ण कुराहरु र पालना गर्नु पर्ने नियमहरुको बारेमा बृस्तित जानकारी  दिएका थिए ।
    कार्यक्रमलाई थप मनोरञ्जन दिनका लागि  बिभिन्न कम्पनीबाट भेला  हुनुभएका दाजुभाई दीदीबहिनीहरुको बिचमा स्थानीय कलाकार द्वारा नृत्य तथा सांगीतिक प्रस्तुती दिएका थिए ।
    कार्यक्रममा गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिती, अल-कासीमले श्रमिक हित कोषका लागी आयोजन गरेको भाग्यशाली चिठ्ठा खोल्ने  कार्यक्रम पनि गरेको थियो ।


    कार्यक्रमको अन्त्यमा अध्यक्ष  कृष्ण अधिकारीले उपस्थित सबैलाई  दशै तिहार तथा छठ पर्वको शुभकामना  दिदै कार्यक्रम सफल बनाउन महत्वपूर्ण भुमिका खेल्नु हुने व्यक्तित्वहरुलाई तथा  कार्यक्रममा आफ्नो कलाको  प्रस्तुती दिनु हुने स्थानीय कलाकारलाई खादा ओडाएर सम्मान गर्नु भएको थियो साथै कार्यक्रम सफल बनाउन उपस्थित सम्पुर्णलाई  धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए आरसिसी अल कासिमद्वारा   नेपालीहरुको महान पर्व दशै, तिहार र छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १११

  • ९ मंसिर २०८०, शनिबार २३:२३ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १११ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५६ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १११ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    नाँच्नुको विकल्प छैन, हामीले नचाएपछि,
    मच्चिन्छन् भेडा जनता मजाले मचाएपछि ।

    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    १)
    छैनन् अब सोझा जनता, भन्थ्यौ टाठा भइसके,
    देखियो झल्झली नै, आफैँ प्रमाणित गरिसके ।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    २)
    चाहे सत्ता पक्ष होस् चाहे बिपक्ष कुरा नबुझेर उर्लने भेडा,
    कोही पनि राम्रोमा गनिँदैन है कुरा गरेर मात्र यहाँ टेडा !
    ✍️
    पवन कुमार बुढाथेाकी
    काठमाडौँ

    ३)
    काम छैन कसैको पनि नचाएपछि त नाँचिदिन्छन्,
    धेरै हेप्दै गए कुन दिन यिनले खुट्टा भाँचिदिन्छन् ।
    ✍️
    सुशीला शिखा
    काठमाडौं कागेश्वरी

    ४)
    सिधा साधा जनता पनि अब बाठा बनिसके,
    जनविरोधी नेताको लागि चिहान खनिसके।
    ✍️
    राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।

    ५)
    कसरी कसरी यिनीहरू बजाउँछन्,
    जनतालाई थाहै नदिई भचाउँछन् ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ

    ६)
    नेता टेढा जनता भेडा के चाहियो र अरू,
    यही चटक हेर्नलाई रमाइलो छ बरु।
    ✍️
    नवशिला,
    बेलबारी-२,लालभित्ती,मोरङ ।

    ७)
    जति नाँच्ने नाँच नेता के नै गर्छौ हेरौँ,
    जनता अब लौ उठ, सबै मिली घेरौँ ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ

    ८)
    आगो धेरै नबालौँ उम्लिएर पोखिएला,
    हिँड्दा विचार गरौँ झुक्किएर ठोकिएला ।
    ✍️
    गम्भीर दुवाडी
    गजुरी – ५ , धादिङ्ग

    ९)
    जो आए नि सबै कानै चिरिएका हुन्छन्,
    भेडा भेडासँग बाख्रा बाख्रासँग रुन्छन् ।
    ✍️
    अम्विका अधिकारी
    झापा बिर्तामोड

    १०)
    भेडा हुन् नभने हुन्छ, सोझा हुन् जनता सब,
    नचाउने छलीलाई, दिन्छन् दण्ड छिटै अब।
    ✍️
    रामशरण न्यौपाने, भक्तपुर

    ११)
    लठ्ठ हुन्छन् मै हुँ भन्ने नि औँला चटाएपछि,
    जसाे भन्यो उसै गर्छन् हामीले खटाएपछि ।
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    १२)
    उनकै लागि नाँच्ने हो नि, बारुले कम्मर भाँचेर,
    हजुर कै झोला बोक्न पाउँ, भन्नुछ सधैँ हाँसेर।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    १३)
    जति मच्चिन्छ उति थच्चिन्छ घमण्डले हार्छ,
    दानापानी भर्छ भेडालाई मान्छे भोकै मार्छ ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे

    १४)
    गणतन्त्र दमनकारी बन्नैपर्छ अरे,
    नत्र हेर ती शासकले कता भाग्नु भरे ?
    ✍️
    विवश पारदर्शी
    झापा,

    १५)
    सोझा जनता सधैँ दौडिने कस्तो यो तिम्रो चाला ?
    नेताले सुशासन नगर्ने हो ? उठाउने भाला ।
    ✍️
    भगवती दवाडी

    १६)
    रहेको यहाँ खाँचो नै गणतन्त्रको,
    चाहिएको छैन भाँजो लडतन्त्रको ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    १७)
    भेडाहरूलाई घाँस अनि दिई दानापानी,
    स्वार्थको लागि तिनलाई ल्याउँछन् तानीतानी ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. – ६, दोलखा ।

    १८)
    केही वर्ष मात्रै नचाएर हुन्न सक्नुपर्छ जहिल्यै
    बुझ्नेले बुझेपछि सायद फिर्ता नहौँला नि कहिल्यै।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।

    १९)
    एकोहोरो लागिरहन्छ टारेर टर्दैन,
    नवजातको भेडाभन्दा फरक पर्दैन ।
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ

    २०)
    बुद्धिहिन भए विद्वान अनपढले नचायो,
    बनायो रैती सधैँभरि मान्छे उसैले कजायो।
    ✍️
    सुरेशकुमार पाण्डे

    २१)
    उकालीको बाटो राम्रो,
    राम्रो जति सबै हाम्रो !
    ✍️
    आर्त अकुलीन

    २२)
    जनता नचाउने र झुक्याउने बानी नै हो हाम्रो
    आफ्नो दुनो सोझ्याउन हामीले जे गरेपनि राम्रो ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ

    २३)
    तिमीलाई जसले शक्तिमा पुर्‍याए उनैलाई भन्छौ है भेडा,
    यस्तै हेप्दै गयौ भने एक दिन खोस्छन् तिम्रो मुखबाट पेडा ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगञ्ज,बाँके ।

    २४)
    भेडाको बथानमा बाख्रा पनि मिसिएका,
    बैँक ब्याज मिनाहा हुन्छ भन्दै पिसिएका ।
    ✍️
    इन्दिरा देवकोटा

    २५)
    भेडाको बथानमा एउटा बाख्रो परेछ,
    त्यो असल बाख्रोमा सबै नजर रहेछ।
    ✍️
    एवाइ प्रभात

    २६)
    आखिर उही जनता नै पर्दछन् मारमा,
    आफ्नो काम भएपछि त गन्दछन् झारमा ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ

    २७)
    परिवर्तन गर्न भन्दै आन्दोलनमा गए,
    तर्सिएको भेडा बथानमा अलपत्र भए।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    २८)
    जनतालाई उल्लु बनाइकन दुनियाँको नबनाउँ हाँसो,
    त्यही हाँसो एकदिन बन्नेछ डरलाग्दो आफ्नै मृत्युको पासो।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।

    २९)
    नचाउँदैमा नाँच्नेहरू परदेश गए,
    सोझासाझा नचाउनेनै भ्रष्ट नेता भए ।
    ✍️
    समुद्र
    जल्जला७गण्डकी

    ३०)
    बेतालमा नचाएर अझै कति हसाउँछौ ?
    झुक्याएर पालैपालो अब कति फसाउँछौ ?
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा

    ३१)
    भेडी गाेठमा भेडा हेर्ने हुन्छन् कुकुरहरू,
    भेडा बथान के छुट्टेलान् र? राेज सत्य बरु ।
    ✍️
    जी.वि.चिन्तन
    घाेराही-१४ २०८०/०८/०९ बिहान ६:४६

    ३२)
    नेताजी हाम्रै मान्छे रडाको किन ?
    मच्चाउँछन् ती यस्तै हरेक दिन ।
    ✍️
    कमला देवकोटा, पाल्पा

    ३३)
    घरधन्दा केही नगरी जुलुसमा जाने,
    मान्छे जातको भेडाले हो लाठीचार्ज खाने ।
    ✍️
    बिके माकजू , भक्तपुर ।

    ३४)
    कहिले फाल्ने अनि कहिले ल्याउने खेलमा,
    मेटिएला अस्तित्व नै बगिजाउला भेलमा।
    ✍️
    बिके मुखिया
    दार्जिलिङ भारत

    ३५)
    रणभूमिका नाटककारको के भन्नु गणतन्त्र,
    अस्थिरताका पात्रहरूमा जहिले छ मनतन्त्र ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ

    ३६)
    बाेक्राे सुनैकाे भए नि हेर केही हुँदैन,
    हुनुपर्छ सत्य कर्म असत्यले छुँदैन ।
    ✍️
    हरिगाेपाल प्रधान
    बनेपा १४ साँगा बजार

    ३७)
    भोकाको भोजन, निर्धाको आश थियोे सडक,
    जनता होइनन् क्या उल्टै बन्यो भेडो शासक ।
    ✍️
    नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।

    ३८)
    जुध्ने सोझा नै हुन् आन्दोलन चर्काएपछि,
    के विकृति हट्ला र ? पुराना तर्काएपछि।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ

    ३९)
    जसले पनि नचाउने जनता भेडा सुन,
    सत्र हजारले के पाए त बगाएर खुन ?
    ✍️
    सरिता सेढाई धादिङ्ग

    ४०)
    आफू टिक्न अनेक भाँती गर्छौँ हामी जोहो,
    जनता त भेडा नै हुन् हिड्छन् बनाई गोहो l
    ✍️
    बाबुराम गौतम, गुल्मी

    ४१)
    सबकाे बुद्धि भुटेर मानवलाई बनाए भेडा,
    साेझा सक्षम युवा विदेशिए सत्तामा चढे टेडा ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    ४२)
    मदारीले बाँदर नचाउने, नेताले हो जनता,
    जसले जे भने पत्याउने, हिँड्दैछ समाज कता?
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४झापा

    ४३)
    जो आए पनि अब जनतालाई सधैँभरि सास्ती,
    सतिले सरापेको देश भन्थे बुद्धि सबैका नास्ती।
    ✍️
    शंकर कार्की ,थाहा नगरपालिका ३ मकवानपुर।

    ४४)
    जागे जनता अब शक्ति सडकमा हेर,
    अन्तिम युद्ध यो अब रगत जान्न खेर ।
    ✍️
    ध्रुव श्रेष्ठ
    खोटाङ हाल काठमाडौ ।

    ४४)
    नेताले जनता नचाउँछन् भेडा बाख्रासरि,
    जनताले उल्टै ताली पिट्छन् किन सधैँभरि ?
    ✍️
    बाबुराम पाण्डे
    अर्घाखाँची

    ४५)
    भेडा होइन है जनता तिमीले नचाउँदैमा नाँचिदिने,
    बरु शुरू भयो दिनगन्ती तिम्रो जनताले बदला लिने ।
    ✍️
    चिरञ्जीवी श्रेष्ठ
    धनकुटा ।

    ४६)
    मच्चिँदा नि लड्न सक्छ डोरी कमजोर भए,
    आखिरमा जनता मर्छन् आन्दोलनमा गए ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ

    ४७)
    धान काट्ने आलु रोप्ने गहुँ छर्ने सिजन छ बहुलाएर ननाचौँ,
    नारा कस्तो छ देश जनता बिरुद्ध छ भने नेताको करङ भाचौँ ।
    ✍️
    चुडामणी देबकोटा
    चनपा १३ काठमाडौँ । हाल बारा सिमरा

    ४८)
    नेता बने मदारी रम्छन् कार्यकर्ता बाँदरनाँच नाँचेर,
    उठाउँछन् फाइदा आफैँलाई जनताको कम्मर भाँचेर ।
    ✍️
    शुक्रराज कुँवर
    धरान १०

    ४९)
    नचाउँन सकुन्जेल लौ नचाउँ जनताहरू बिस्तारै कुद्नेछन्,
    पालो, समय आएपछि तिम्रो अनि बन्दुकको कुञ्जाले खुद्नेछन्।
    ✍️
    बेदु न्यौपाने
    काठमाडौँ 🇳🇵

    ५०)
    सोझासाझा जनता छन्, जे भने नि मान्ने,
    ठुलाठालु बाठा छन्, गद्दार बन्न जान्ने।
    ✍️
    अजय दनुवार
    धनगढीमाई न.पा.-४
    जयपुर, सिराहा

    ५१)
    आन्दोलन पनि यहाँ कति हुन् कति,
    यो लडाइँ झगडा भयो साह्रै अति।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ -३

    ५२)
    आफ्नो विवेकले निर्णय गर्न जहाँ जनता चुक्तछन्,
    नटुवाले पनि नचाईनचाई आफू चाहिँ भुक्तछन् !
    ✍️
    प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    ५३)
    जनताको आँखामा गरी छारो हाल्ने काम,
    सयौँ काम गराएर कुम्ल्याई बसे दाम ।
    ✍️
    जमुना आचार्य सिन्धुपाल्चोक

    ५४)
    सिद्धान्तको पात्राे काखी च्यापेर जनता भुलाउने ,
    अब पालाे आयाे तिम्राे जनताले नाङ्गै डुलाउने ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे।

    ५५)
    कसका लागि किन जाने थाहा छैन केही नारा ?
    मुख मिठ्याउॅंदै चिच्याउॅंछन् आबा न चाबा सारा ।
    ✍️
    म्यामराज राई, भोजपुर
    टुक्का माथि टुक्का कविता

    ५६)
    राणा, पञ्चायत वा राजतन्त्रै किन नहाेस् सबैको सत्ता टिकाउने मन्त्र,
    आफ्नो समर्थकहरूमा मात्रै सिमित थियो र छ जहिल्यै यो प्रजातन्त्र ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ । हाल बु न पा ११,फूलबारी कुवा टाेल,काठमाडौ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १११

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १३१

  • ९ मंसिर २०८०, शनिबार २०:४९ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १३१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १३१ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    अपाङ्ग
    पौरखी हात
    छन् आत्मनिर्भर क्याबात !

    • वसन्त अनुभव

    [२]
    असक्त
    लाग्ने विरक्त
    उत्साहकाे पलायाे मुना !

    • भवानी घिमिरे, सर्लाही

    [३]
    मस्तिष्क
    उर्जाकाे स्रोत
    गर्दछ अनेक अठोट !

    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [४]
    शरीर
    लाग्ने अशक्त
    मानसिक उत्साह सशक्त !

    • दुर्गा भट्टराई

    [५]
    अपाङ्ग
    उत्कृष्ट मस्तिष्क
    गर्दैछ देशको विकाश !

    • डुकछिरिङ लेप्चा
      मिरिक डुप्टिन, भारत

    [६]
    अपाङ्ग
    देख्दा अशक्त
    मानसिक साेच सशक्त !

    • राज कुमार राजभण्डारी ‘खाेटाङ्गे’
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर

    [७]
    ससक्त
    परिश्रमी हात
    मिठो कर्मको फल !

    • आर्त अकुलीन

    [८]
    स्वाभिमान
    परिश्रमी मन
    पौरखी कमाउँछ धन !

    • सविता के.सी.

    [९]
    अपाङ्ग
    महान साहस
    गर्दै परिश्रमको विकास !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा -६, संखुवासभा

    [१०]
    अपाङ्ग
    दृढ इच्छाशक्ति
    मजबुरी कि साहस ?

    • इन्दिरा देवकोटा, कपिलवस्तु

    [११]
    साहस
    मानिसको हरवक्त
    बनायो अपाङ्ग शक्त !

    • सुरेशकुमार पाण्डे, दाङ, घोराही-१८

    [१२]
    अपाङ्गता
    फरक क्षमता
    छ सम्मान, ममता !

    • प्रेम थापा’मन’, बागलुङ

    [१३]
    प्रबल
    कर्मलाई कबल
    अपाङ्गलाई उमङ्गको सबल !

    • अच्युत घिमिरे, सर्पाङ, भुटान

    [१४]
    अडान
    आफ्नो काममा
    खुट्टा रहेको जडान !

    • चक्र शाही ,लम्की, कैलाली

    [१५]
    अपाङ्ग
    मन सबल
    स्वराेजगारमा बन्याे अब्बल !

    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे

    [१६]
    असक्त
    शारीरिक अपाङ्गता
    विवेकशील वौद्धिक सशक्त !

    • विवश पारदर्शी, झापा

    [१७]
    अपाङ्गता
    देखाउँदा उदारता
    झल्किन्छ मानव सभ्यता !

    • पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
      पनौती न.पा-३, काभ्रे

    [१८]
    पाैरख
    फरक क्षमता
    उत्प्रेरक जीवन सङ्घर्ष !

    • नारायणप्रसाद उपाध्याय, कैलाली

    [१९]
    संसार
    पौरखीको दरबार
    अल्छीको हो कहर !

    • नन्दलाल आचार्य
      बेलका-२, सिद्धार्थटोल, उदयपुर

    [२०]
    पौरख
    अद्भूत शक्ति
    हेर्ने दृष्टि फरक !

    • धनमाया चौधरी, कैलाली

    [२१]
    अशक्त
    मानसपटल सबल
    इच्छाशक्ति देखिँदैन ढलपल !

    • पृथक प्रकृति, झापा

    [२२]
    अपाङ्ग
    प्रवल इच्छा
    बनाउन पौरखी हात !

    • धर्मी शाक्य, बुटवल, रुपन्देही

    [२३]
    अशक्त
    अभाव थक्क
    भित्री शक्ति शसक्त !

    • रामप्रसाद पुरी, बादेल, खाेटाङ

    [२४]
    भावना
    आत्मामा आउने
    समावेशी हुँदै जाने !

    • ढकाल कवि दत्त

    [२५]
    स्वाभिमान
    जाँगर महान्
    परिश्रमको उच्च सम्मान !

    • तोया घिमिरे
      शंखमुल, काठमाडौ

    [२६]
    अपाङ्ग
    सक्रिय दिमाग
    विचार झन सशक्त !

    • पशपती राई खोटाङ्ग

    [२७]
    स्वाभिमान
    चलाएको जीवन
    अशक्त कसरी भनुँ ?

    • भगवती दवाडी

    [२८]
    अपाङ्ग
    भौतिक शरीर
    मेहनत मजदुर अजङ्ग !

    • जमुना कायस्थ, पोखरा

    [२९]
    सशक्त
    शारीरिक अपाङ्ग
    प्रेरणाजनक शक्तिशाली मस्तिष्क !

    • श्रद्धा आचार्य, पोखरा

    [३०]
    अपाङ्ग
    काम सपाङ्ग
    सपार्छन् जीवन साङ्गोपाङ्ग !

    • जमुना आचार्य, सिन्धुपाल्चोक

    [३१]
    पौरख
    विशेष इच्छाशक्ति
    कर्मशील हातमा गौरव !

    • म्यामराज राई, भोजपुर

    [३२]
    लगनशीलता
    मिल्छ सफलता
    मनमा भए धैर्यता !

    • घनश्याम पौडेल, पोखरा

    [३३]
    अपाङ्गता
    दैवको सृष्टि
    पुगेन राज्यको दृष्टि !

    • मन्दिरा सेढाई
      मलेखु, धादिङ

    [३४]
    साहस
    अपाङ्ग आत्मनिर्भर
    कर्मको सुन्दर सन्देश !

    • बेदु न्यौपाने, काठमाडौँ

    [३५]
    अशक्त
    शरीरले काम
    पालनलाई चाहिन्छ दाम !

    • सरिता सेढाई, धादिङ्ग

    [३६]
    पौरख
    आत्मनिर्भरको पाटो
    दिगो जीविकोपार्जनको माध्यम !

    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड

    [३७]
    एउटै
    भएर काफी
    यो जीवन एउटालाई !

    • युगल त्रिन

    [३८]
    जिन्दगी
    परिश्रमको आधार
    जिउने अथक प्रयास !

    • गुणनिधि घिमिरे, अमेरिका

    [३९]
    जीवन
    कुनै सबलाङ्ग
    कुनै जन्मँदै अपाङ्ग !

    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी

    [४०]
    अशक्त
    नदीको गति
    गन्तव्य उही सागर !

    • कविता आचार्य, कैलाली

    [४१]
    अपाङ्गता
    शक्ति महान
    सुन्दर मानव सभ्यता !

    • सहयात्री शोभा अर्याल

    [४२]
    अपाङ्ग
    शरीर लाचार
    स्वाभिमान मन सपाङ्ग !

    • बृन्दा बगाले, काठमाडौँ

    [४३]
    कर्म
    हुँदा अङ्गभङ्ग
    विकल्प छ साहसीसँग !

    • अमृत सुवेदी
      रूपा सात, कास्की
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १३१

    साताका तीन लघुकथा- ४४

  • ८ मंसिर २०८०, शुक्रबार ०९:०० मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (४४औँ) शृङ्खलाका लागि लघुकथाकार तुलसी पण्डितको लघुकथा ‘नर्कको ढोका’, लघुकथाकार सुरेशकुमार पाण्डेको लघुकथा ‘मैलो मन’ र लघुकथाकार तारा श्रेष्ठको लघुकथा ‘कारण’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथा : नर्कको ढोका

    ✍️ तुलसी पण्डित
    आज हिरे अस्पताल जादैछ । ऊ अति खुसी देखिन्छ । यो खुसी लिन उसलाई निकै हम्मे हम्मे परेको थियो । उसकी श्रीमती चमेलीले विरोध गरेकी थिइन्-
    “तपाईँको सोचाइ गलत छ । कम्सेकम दुईवटा त हुन दिनुहोस् । अझ छोरो नै हामीलाई चाहिन्छ । छोरो कुर्नुपर्छ ।”

    “हेर छोरो भन्दाभन्दै छोरी मात्र जन्मिए भने हाम्रो अवस्था भयावह हुन्छ । सबैलाई उच्च शिक्षा दिन गाह्रो हुन्छ । एउटै सन्तान भए राम्रो बनाउन सकिन्छ । फेरि छोरा भन्छ्यौ । ल भन त कसका छोरा बाबुआमाको साथमा छन् अहिले ?”

    अस्पतालमा पुगेको हिरेसँग गाउँका पण्डितको भेट भयो ।
    “हिरे, तँ यहाँ ? किन आइस् अस्पताल ?”
    “काम छ मेरो यहाँ ।”
    “खुलस्त भन् न ! तँ किन आएको ?”
    “नियोजन गर्न ।”
    “केरे, नियोजन गर्न रे ? एउटै छोरीमा नियोजन गर्ने ?”
    “हो हजुर ।”
    “यो हुँदैन । स्वर्गको ढोका खुला राख्न छोरो चाहिन्छ । छोरो नभइन्जेल कुरेर बस् ?”
    ” खै के भनौँ पण्डित बाजे कुरा जटिल र भयावह हुँदैछ ।”

    पण्डित आश्चर्यमा परे । उनले भने- “होइन के भन्छ यो ?”
    “होनि गाउँको भोगतेको छोरो बाबा वर्षदिनसम्म थला पर्दा भेट्न आएन । बाबुले छोराको मुखसम्म हेरेर मर्न पाए हुन्थ्यो भन्थे । कति खबर गरे आएन ।” अझ उसले भन्यो । ‘म विदेशमा छु । आउने फुर्सद छैन ।”
    “अनि के भो ?”
    बाबा मरेपछि तुरुन्त आइज भनेर बोलाए । उसले भन्यो-
    “म नआइकन लास नजलाउनू ।’ महिनौँ अस्पतालको शवगृहमा राखे लास । समयमा लास जलाउन पाइएन । अब भन्नुहोस् त छोरो भएर स्वर्गको ढोका खुल्यो कि नर्कको ।”

    २)
    लघुकथा: मैलो मन

    ✍️ सुरेशकुमार पाण्डे
    तीन वर्षसम्म खाडीको बसाइँपछि बिरे घर फर्कियो। घरमा ताल्चा लागेको थियो। त्यो देखेपछि उसले भुपेलाई सम्झियो। भुपेकी स्वास्नीले उसले पठाएको सबै धन कुम्ल्याएर अर्कैसँग भागेकी थिई।
    ‘उफ! कतै बिना पनि, हैन हैन .. ।’ ऊ डरायो र यताउता हेर्‍यो।

    “ए दाई! यो घरको मान्छि कता गए हँ ?” बिरेले नजिकैको छिमेकीसँग सोध्यो। तर छिमेकीसँग बिनाको आवतजावत नै थिएन।
    “खै हामीलाई थाहा छैन।” छिमेकीले सटिक उत्तर दियो।
    ऊ झनै डरायो । ‘कतै बिरामी भएर अस्पताल पो गई की’ मनमा यावत् कुराहरू खेलिरहे।

    उसले गैह्राबारी सम्झियो- ‘बारीमा त गएकी छैन कतै?’ बिरे बिनालाई खोज्न बारीमा पुग्यो।
    जताततै बारीमा हेर्‍यो तर भेटाएन। निराश भएर घर फर्कियो। घरमा उही ताला झुण्डिएको थियो। ऊ घरमा अडेन। उसले नजिकैको खरकट्टी सम्झियो र त्यहाँ जान हिँड्यो।

    बाटैमा बिनासँग जम्काभेट भयो । बिना खरको ठूलो भारी बोकेर आउँदै ठुलो थिई। बिरेको खुसीको सिमा नै रहेन।
    ‘उफ् ! मेरो मन पनि कति मैलो रहेछ। कति छिट्टै पाप सोचेको।’ उसले मनैमन आफूलाई कोस्यो।
    बिनाले खरको भारी आँगनमा फाली । दुवैजना एक अर्कोको अङ्गालोमा बेरिए।

    दाङ घोराही १८
    १७-११-२०२३,(०१मङ्सिर २०८०)

    ३)
    लघुकथा: कारण

    ✍️ तारा श्रेष्ठ
    “रक्सी पिउने गर्नुहुन्थ्यो वहाँ ? उच्चरक्तचाप थियो कि ?” डाक्टरले विभिन्न अनुमान लगाए। सतिशले सबै नकारे।

    “कुनै राेगकाे दबाई सेवन‌ गर्नुहुन्थ्याे कि ?” बिरामी जाँच्दै फेरि डाक्टरले साेधे।

    “छैन, उनलाई केही भएकै थिएन । यसरी अचानक यस्तो हाेला भनेर कसरी थाहा पाउनु? उनलाई बचाइदिनुहाेस् न डाक्टर साब! जे जति खर्च लाग्छ, म गर्न तयार छु।” बेहाेस पत्नीतर्फ हेर्दै सतिशले अनुनयविनय गरे।

    “वहाँलाई हृदयघात भएकाे हाे। वहाँले कुनै अप्रिय समाचार सुनेकाे हुनुपर्छ। समयमै ल्याउनु भाे नत्र बचाउन गाह्रो थियाे।” डक्टरले सुझाए।

    छाेरा अचानक बोले- “ममी माेबाइल चलाउँदा चलाउँदै बन्द भयो! बन्द भयाे! भनेर चिच्याउँदै लड्नुभयो।”
    डाक्टरले सोधे- “अनि त्यसपछि के भयो?”
    “मैले ममीकाे माेबाइल हेरेँ । लेखिएको थियो- ‘भाेलिबाट सरकारले टिकटक बन्द गर्ने सूचना !’
    विराटनगर -६

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा- ४४

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P