• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १२४

  • ७ पुष २०८१, आईतवार २२:४७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय चौविसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२४—————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०८/१७
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    पाउनु मात्र माया होइन गुमाउनु पनि माया हो।
    जिन्दगी केवल दुईचार दिनको नैं घाम छाया हो।
    घटिया व्यवहार देखाउने काम दुश्मनले हो गर्ने,
    मन मिल्ने मान्छे टाढा रहे पनि हुने दायाँ बायाँ हो।
    जो देखाउन मात्रै खोज्छ त्यो जाडोमा आउने चाया हो।
    -सुशीला पौडेल

    ॐ
    पञ्चाङ्ग:०२
    आज खै किन हाे सृजना आइनन् मित्र
    भावनाले मधुुर गीत गाइनन् मित्र
    खल्लो खल्लाे अनुभव गर्दैछु हजुर
    धेरै भयाे गीता नि यता छाइनन् मित्र
    रात धेरै बित्यो रजनी धाइनन् मित्र ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे

    पञ्चाङ्ग:०३
    सारा कष्ट बिर्साउने नानी तिमी
    डल्लु मान्छे सबै बुझ्ने ज्ञानी तिमी
    मन मुटु भित्र बसेको मान्छे हौ,
    सावाँ भन्दा ब्याज प्यार‍ो सानी तिमी
    मुहारमा मुस्कानको खानी तिमी ।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०४
    आफ्नो चिन्तनहरूलाई फाटेको खल्तीमा राखेको राम्रो
    घरभित्रको कचिङ्गल छाँटेको खल्तीमा राखेको राम्रो
    सत्य कुरा उही हो ‘यो संसारमा कोही पनि पूर्ण छैन’
    त्यसैले नचाहिने भ्रम ढाँटेको खल्तीमा राखेको राम्रो
    सहमत हुने मन्तव्य आँटेको खल्तीमा राखेको राम्रो ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०५
    हिजोआज घरको कुरा पनि संजालमै हालेका छन्
    घरमा बस्तु पाल्न छाडे मनमा गोमन पालेका छन्
    सामाजिक सद्भाव र सहिष्णुता त कता हरायो खै
    भेटेर बोल्न छाडे संजालमै फणा मार्न थालेका छन्
    एकले अर्कोलाई डस्नको लागि कदम चालेका छन् ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०६
    पाउनु माया लाउनु माया धाउनु माया हो
    टाढा भए नी झल्झली झल्को आउनु माया हो
    घामछायाँ हो यो जिन्दगानी पानीको फोका झैँ
    यो मन भित्र त्यो मन बस्न पाउनु माया हो
    निस्वार्थ प्रेम सम्झेर प्रीति लाउनु माया हो
    -गुणनिधि घिमिरे अमेरिका।

    पञ्चाङ्ग:०७
    हल्लियाे पात भाइ
    मान्छेकाे जात भाइ
    दाेषकाे थुप्रो छ है
    अनन्त खात भाइ
    खाेज्दैछौ रात भाइ ।
    भवानी घिमिरे

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    झिल्का कविताको प्रथम वार्षिकोत्सव कार्यक्रम सम्पन्न

  • २९ मंसिर २०८१, शनिबार १०:१५ मा प्रकाशित
  • झिल्का कविता लेखन सुरुआत गरेको एक वर्ष पूरा भई दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा झिल्का साहित्य समाजले बिहीबार झिल्का कविताको प्रथम वार्षिकोत्सव मनाएको छ । भर्चुअल माध्यमबाट आयोजना गरिएको उक्त कार्यक्रम अपरान्ह ६ बजेबाट सुरु भई अढाई घन्टासम्म चलेको थियोे ।
    झिल्का प्रवर्तक एवम् झिल्का साहित्य समाज नेपालका अध्यक्ष वसन्त अनुभवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पहिलो सत्रको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् चारु प्रवर्तक, चारु साहित्य प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थीले तीन थान झिल्का कविता वाचन गरेर गर्नुभएको थियोे ।
    कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई राप्ती साहित्य परिषद दाङ शाखाका उपाध्यक्ष एवम् सक्रिय झिल्काकार सुरेशकुमार पाण्डेले स्वागत गर्नुभएको थियोे ।
    छोटो समयमै झिल्काले साहित्य जगतमा राम्रै छाप छोड्न सफल भएको भनेर सराहना गर्दै प्रमुख अतिथि डा. पन्थीले आफ्ना स्पष्ट नियम र सिद्धान्तसँगै परिपक्व हुँदै जाओस्, प्रगति गर्दै जाओस् भनेर शुभकामना दिनुभयो । साथै उहाँले सबै नयाँ प्रविधाहरूले कम्तीमा वर्षको एउटा पुस्तक निकाल्ने, भौतिक रूपमा कार्यक्रम गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
    कार्यक्रममा टुक्का साहित्य समाज, नेपालका अध्यक्ष, टुक्का प्रवर्तक तारा प्रसाद चापागाईं, पञ्चाङ्ग प्रवर्तक सोमनाथ लुइँटेल, राप्ती साहित्य परिषद, दाङ शाखा अध्यक्ष यम रेग्मी, झिल्का कविता प्रशिक्षक/संयोजक, एवम् ‘झिल्का मेरो साथी’ झिल्का प्रतियोगिताका निर्णायक समिति संयोजक म्यामराज राई, प्रतियोगिताका प्रायोजक एवम् सक्रिय झिल्काकार अनुग्रह राना मगर लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

    कार्यक्रममा डा. देवी पन्थी, तारा प्रसाद चापागाईं, सोमनाथ लुइँटेल, यम रेग्मी, अनुग्रह राना मगर, म्यामराज राई, पुष्पा राई, सुरेशकुमार पाण्डे, जयनारायण नेपाल, बाबुराम पाण्डे, बालकृष्ण श्रेष्ठ, होमप्रसाद नेउपाने, भगवती दवाडी, अर्जुन प्रसाद चौलागाईं, ज्ञान बहादुर क्षत्री, हिरालाल न्यौपाने, राजेशराज गड्तौला, वसन्त अनुभव, सन्दीप विश्वकर्मा, राजकुमार राजभण्डारी, जीबी चिन्तन, रामप्रसाद पुरी, हरिगोपाल न्हुच्छे प्रधान, बिके मुखिया, छत्रपति दाहाल, सङ्गिता खरेल, चुडामणि देवकोटा, सुमित्रा अधिकारी, नीमा भोटिया, मोती सुब्बा, कला ढकाल, अमृत कोइराला, देव गाहा लगायत लगभग ४ दर्जन झिल्काकार, पाठक, शुभेच्छुकज्यूहरूको उपस्थिति रहेकोे थियोे ।

    ‘झिल्का मेरो साथी’ झिल्का कविता प्रतियोगिताको नतिजा घोषणा

    उक्त अवसरमा ‘झिल्का मेरो साथी’ झिल्का प्रतियोगिताको नतिजा पनि प्रस्तुत गरिएको थियोे । निर्णायक समिति संयोजक म्यामराज राईले मूल्याङ्कनमा अपनाइएका आधार, प्रक्रियाहरू, प्राप्ताङ्क बारे जानकारी गराउनु हुँदै प्रतियोगिताका विजेताहरूको नाम घोषणा गर्नुभएको थियोे । उहाँले दिनुभएको जानकारी अनुसार-
    •भानु ६ चुँदी तनहूँ हाल चनपा ६ माथातीर्थका सक्रिय झिल्काकार सतीश पण्डित, प्रथम
    •मलेखु, धादिङकी सक्रिय झिल्काकार मन्दिरा सेढाई, द्वितीय र
    गोरूबथान, कालेबुङ, भारतका सक्रिय झिल्काकार अरुण कुमार भुजेल, तृतीय हुनुभई पुरस्कृत हुन सफल हुनुभएको थियो ।
    त्यस्तै उत्कृष्ट १० भित्र पर्नुहुने झिल्काकारहरूमा कला ढकाल, झापा, कृष्ण बजगाई, भक्तपुर, रुना कर्माचार्य दाहाल, चितवन, सीमा कार्की समर्पण, मेलचोक पर्सा, रोशन आपगाईं, म्याङ्लुङ तेह्रथुम, सुरेशकुमार पाण्डे, घोराही-१८ दाङ र राज कुमार राजभण्डारी खाेटाङे, मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे भक्तपुर रहनुभएको छ ।

    रचना(झिल्का कविता) वाचन कार्यक्रम

    प्रथम वार्षिकोत्सव, प्रतियोगिताको नतिजा घोषणा एवम् रचना वाचनको पहिलो सत्र (उद्घाटन सत्र)को समापनसँगै दोस्रो सत्रको कार्यक्रम (झिल्का कविता वाचन) सञ्चालन गरिएको थियोे । उक्त कार्यक्रममा नेपाल लगायत विश्वका विभिन्न स्थानहरू- भारत, अमेरिका, जापान, मलेसिया आदि स्थानहरूमा रहनुभएका नेपाली भाषी साहित्यकार/झिल्काकारहरू जोडिएर आ-आफ्ना चोटिला/पोटिला, उत्कृष्ट झिल्काहरू वाचन गर्नुभएको थियोे ।
    यसरी उपस्थित भएर झिल्का वाचन गर्नुहुनेहरूमा डा. देवी पन्थी, तारा प्रसाद चापागाईं, सोमनाथ लुइँटेल, अनुग्रह राना मगर, म्यामराज राई, पुष्पा राई, सुरेशकुमार पाण्डे, जयनारायण नेपाल, बाबुराम पाण्डे, बालकृष्ण श्रेष्ठ, होमप्रसाद नेउपाने, भगवती दवाडी, अर्जुन प्रसाद चौलागाईं, ज्ञान बहादुर क्षत्री, हिरालाल न्यौपाने, राजेशराज गड्तौला, वसन्त अनुभव लगायतका सक्रिय झिल्काकारहरू रहनुभएको छ ।

    झिल्का कविताको प्रथम वार्षिकोत्सव कार्यक्रमको पहिलो सत्रको सञ्चालन कुशल कार्यक्रम सञ्चालिका एवम् सक्रिय झिल्काकार पुष्पा राईले गर्नुभएको थियोे भने दोस्रो सत्रको सञ्चालन झिल्काकार वसन्त अनुभवले गर्नुभएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, वसन्त अनुभव, समाचार

    जिप पल्टिँदा दम्पत्तीसहित ३ जनाको मृत्यु

  • २९ मंसिर २०८१, शनिबार १०:०० मा प्रकाशित
  • बुटवलको तिनाउ पुलमा बलेरो जिप अनियन्त्रित भइ पल्टिँदा दम्पत्तीसहित ३ जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहेका छन् । 

    गौरी खनाललाई दमको उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जिप अनियन्त्रित भइ पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । 

    पुल क्रस गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको उनले बताए । उक्त जिप अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ । शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

    Posted in मुख्य खबर

    झिल्का कवितामा गुन्जिए, साहित्यकार वसन्त अनुभव

  • २८ मंसिर २०८१, शुक्रबार २३:४५ मा प्रकाशित
  • दाङ राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित रचना वाचन कार्यक्रम अन्तर्गत ७९औ श्रृङ्खलामा साहित्यकार वसन्त अनुभवको एकल कविता वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
    राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षतमा र वरिष्ठ साहित्यकार गणेश विषमको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न परिषद्को सभाहलमा भएको थियो ।
    साहित्यकार वसन्त अनुभवले  विभिन्न विषयवस्तुका १५४ वटा नयाँ विधाका झिल्का कविता वाचन गर्नुभएको थियो । ती वाचित रचनाहरूको समीक्षा वरिष्ठ साहित्यकार नारायण नेपालले गर्नुभएको थियो । समीक्षकको रूपमा बोल्दै वरिष्ठ साहित्यकार नेपालले भन्नुभयो,

    “अनुभवका झिल्का कविता सुन्दर छन्। छोटा कवितामा जति सक्यो अभिधा अर्थभन्दा लक्षिणा र व्यञ्जना अर्थ हुनुपर्छ। अनि मात्र पाठकको मन तान्न सक्छ। त्यतातिर पनि उहाँले ध्यान दिनुपर्ने हुन्छ। झिल्का कविताको प्रवर्तक भएकोले पनि उहाँ सम्मानको पात्र हुनुहुन्छ । सबै झिल्का कवितामा उज्यालो पक्ष समेटिएका छन् । समसामयिक विषयवस्तुका छन् । अन्यायको विरुद्धमा छन्। राष्ट्रप्रेमका भावना उठाएका छन् । जेष्ठ नागरिकले भोग्नुपर्ने यथार्थ पीडा छन् । समानताको पक्षमा आवाज उठाएका छन् ।” उहाँको भनाइ थियो ।


    त्यसैगरी प्रमुख अतिथि रूपमा रहनुभएका वरिष्ठ साहित्यकार गणेश विषमले भन्नुभयो,” झिल्का कविता विधा अत्यन्त सरल विधा र यसमा सबै भाव अटाउन सक्ने भएकोले यो विधाको धेरै महत्व रहेको कुरा मैले महसुस गरे । लेखनलाई निरन्तरता दिन लेखकलाई अनुरोध गर्दछु।” उहाँको भनाइ थियो।
    “कुनै पनि विधाको प्रवर्तक गर्नु सानो कुरा होइन। त्यसको लागि धेरै ज्ञान, साहस र धैर्य चाहिन्छ । त्यो उहाँमा छ। उहाँ धन्यवादको पात्र हुनुहुन्छ। ” राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा विशिष्ट अतिथि पुरुषोत्तम खनालको बताउनुभयो।

    राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा.टीकाराम उदासी,लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, सिस्नोपानी नेपाल दाङका अध्यक्ष तथा दाङ शाखाका सल्लाहकार डा.लोकराज पराजुली,राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर” नेपाली लेखक सङ्घ दाङका अध्यक्ष डा. हिमलाल पन्थी, प्रगतिशील लेखक सङ्घ लुम्बिनी प्रदेश सल्लाहकार केशव थापा, राप्ती साहित्य परिषद् केन्द्रका सचिव आदिम केसी,कोषाध्यक्ष डा. खेमराज मल्ल ,लेखक सङ्घ दाङका उपाध्यक्ष गोविन्द पौडेल, नयाँ युगबोध राष्ट्रिय दैनिकका पत्रकार गोविन्द खड्का, रङ्गभूमि टेलिभिजनका सञ्चालक हुमबहादुर रेग्मी लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।

    त्यसैगरी सो कार्यक्रममा वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी,साहित्यकारहरू नगेन्द्र गुरु हरिप्रसाद पौडेल “स्वर्णशिशिखा “सुवाष न्यौपाने, धनसिंह गिरी, एक नारायण चापागाईं, वीणा रोका, गौतम, प्रदीप राज श्रेष्ठ, सुशीला आचार्य, शारदा शर्मा, देवेन्द्र रिजाल, दामोदर पौडेल, गुरुप्रसाद महरा, कमला कुमारी रावत, एकराज शर्मा अधिकारी, खेमराज गाउँले, रिमा गौतम लगायतको गरिमामय उपस्थिति रहेको थियो।

    कार्यक्रममा संस्थाको तर्फबाट स्रष्टा अनुभवलाई प्रशंसापत्रले सम्मान गरिएको थियो। परिषद् उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रको सञ्चालक सचिव घनश्याम केसीले गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, वसन्त अनुभव, समाचार

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४५ सम्पन्न

  • १९ मंसिर २०८१, बुधबार ०८:०६ मा प्रकाशित


  • साप्ताहिक झिल्का लेखन अभ्यासको ४५ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४५ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    तिमीले बनाउने दूरीमा
    गन्ध आउॅंछ स्वार्थको
    सुहाएन धानसारको मुरीमा ।
    २,
    बलियो तिम्रो पाखुरी
    खटाए पाखाभरि रातोदिन
    भाग्दछ अभावको हुरी ।
    ३,
    प्रयोगशालामा गरिरहन्छु अभ्यास
    ध्याउन्नमा भविष्यको सुरुङ
    शेष नि:शेष खास ।
    ✍️म्यामराज राई
    …
    १,
    ढुङ्गा पुज्छन् समाजमा
    मानवता हरायो भन्दै
    रूढिवादी भित्र्याउँछन् आपसमा।
    २,
    विज्ञानको युग पाएर
    कुसंस्कारभित्र हामी रहन्छौँ
    भलाद्मीको गीत गाएर।
    ३,
    जीवन बगेको खोली
    खेर नफालौँ व्यर्थैमा
    आउँदैन फेरि भोलि।
    ✍️ विकास क्षेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ
    …
    १,
    तिमी बनाऊ दूरी,
    मलाई मतलब भएन
    म बस्छु कुरी ।
    २,
    म असाध्यै लुरी
    तापनि खोज्दैछु चढ्न,
    साहित्यको चुचो धुरी ।
    ३,
    दुई दिनको चुरिफुरी
    देखाएर नबढाऊन् कसैले
    एक आपसमा दूरी ।
    ✍️दीपा समभाव
    दुबेकोल खोटाङ
    …
    १,
    बनेर कुशल पात्र
    देश बिगार्न लागे
    खुट्टा तान्नेले अहोरात्र ।
    २,
    सधैँ चिन्ता, दु:ख
    कहिले होला खोइ ?
    यो मनमा हाइसुख।
    ३,
    म केही गरूँ
    यो देशको निम्ति
    नाम राखेर मरूँ ।
    ✍️खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    …
    १,
    थरीथरीका माया देखियो
    घामजूनको जस्तो खेल
    अनौठो कहानी लेखियो ।
    ✍️ ताराप्रसाद चापागाईँ
    …
    १,
    बनाउॅंदा अरूसॅंग दूरी
    फाइदा हुन्न त्यसमा
    गरेर हुन्छ चुरीफुरी?
    २,
    बनाऔॅं बलियो पाखुरी
    भगाउन नि सक्छ
    आएमा पनि हुरी।
    ३,
    साहित्यको चढौँ धुरी
    तागत निकाल्दा मात्र
    आउॅंछ भित्रैबाट फुरी।
    ✍️अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ (हालः-अमेरिका,बोस्टन)
    …
    १,
    भ्रममा मान्छे परेर
    भरोसा सबैमा गरिन्छ
    विश्वास जान्छ मरेर ।
    २,
    आइपर्ने सबै कुरा
    भोग्ने आफैले रहेछ
    विश्व बह्माण्ड पूरा ।
    ३,
    हुँदा सबै साथी
    आफैले ख्याल राख्नु
    स्वास्थ्य सबैभन्दा माथि ।
    ✍️पुष्पा राई
    बादेल, खोटाङ
    …
    १,
    देखियो स्वार्थको खानी
    क्रमशः बग्दैछ आँखाबाट
    पीडाको नुनिलो पानी ।
    २,
    छलकपटले धेरै जिएर
    पापी भए दुनियाँ
    अरूकै पसिना पिएर।
    ✍🏻अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    …
    १,
    मानिसमा अभिमान चुल्यो
    काम सफल भएपछि
    सफलताको श्रोत भुल्यो।
    २,
    बखान राम्रो नराम्रो
    सबैको हुन्छ यहाँ
    समयमा तिम्रो हाम्रो।
    ३,
    पुग्छ साहित्यकारको विचार
    एउटा कुनाबाट अर्को
    डुल्छ दृष्टिकोण संसार।
    ✍️सुरेशकुमार पाण्डे
    घोराही – १८, दाङ
    …
    १,
    अचम्मका मायालु भेटिए
    निरन्तरता भएन भन्दै
    अनौठा कहानी लेखिए ।
    २,
    मुसोको नदेखाऊ चुरिफुरी
    हेर्दाहेर्दै भयो बेहोस
    फेरि बोलाउनुपर्ला सुरी ।
    ३,
    विचार गरेर बोल
    कसैसँग नबुझी नबोल्नु
    तिर्नुपर्ला भारी मोल ।
    ✍️बेदु न्यौपाने
    …
    १,
    आकाशमा छ जून
    चाहेर पनि कसैले
    सकिन्न कहिल्यै छुन ।
    २,
    सङ्गीत भरेर गाएपछि
    राम्रो सुनिन्छ गीत
    सबैबाट प्रशंसा आएपछि ।
    ३,
    धानको बाला झुलेर
    रमाएको छ मन
    खुसीले सारा भुलेर ।
    ✍️अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।
    …
    १,
    खै कसरी कमाए ?
    हेर ! मुसा बिराला
    उत्सव गरी रमाए !
    ✍️आर्त अकुलीन
    …
    १,
    गरौँ कसको भर
    सबै उस्तै छन्
    लाग्छ शङ्काको डर।
    २,
    भयो हालत खराब
    दुई गिलास पिएँ
    नखाने चिज सराब।
    ✍️चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाडौँ
    …
    १,
    देखाउँदै अरूको गल्ती
    भ्रष्टहरू अहिले देशमा
    भर्दैछन् आफ्नै खल्ती |
    ✍️सरिता सेढाई
    धादिङ
    …
    १,
    कस्ती छिन बुहारी ?
    छोरो लाटो बाठो
    सधैँ खेल्छिन् जुहारी ।
    २,
    काम, दाम उही
    समय कुरी कार्यालयमा
    हेर्दै घडीको सुई ।
    ३,
    मान्छेमा मायालु छाएँ
    नौलो कविता लेख्छु
    साधनामा काम पाएँ ।
    ✍️निर्मल कुमार लामिछाने
    …
    १,
    कसम खाइखाइ फसायो
    पापी राक्षस दुष्टले
    यसरी कतिलाई रुवायो?
    २,
    खोज्छ खुनीले खुन
    नसकेपछि तिर्न उसले
    कसैले लगाएको गुन।
    ३,
    छुचो मान्छेको मतिले
    गर्दैन कसैको भलाइ
    उसको यस्तै गतिले।
    ✍️सतीश पण्डित
    भानु६ चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ)
    …
    १,
    अराजक भीडको झुण्ड
    मार्गचित्रबिना नै त्यो
    बनाए विषको कुण्ड ।
    ✍️प्रेम थापा “मन”बागलुङ
    …
    १,
    कमान त कमाएँ
    जम्मा गर्न सकिन
    साना कुरामा रमाएँ !
    २,
    मुसो भयो हात्ती
    कसरी भयो बुझिनॅं ?
    निर्धोक‍ो छातीमा लात्ती !
    ✍️धनमाया चौधरी
    कैलाली
    …
    १,
    सायद मन बुझेन,
    टाढियो उनी यसै,
    मेरो साथमा बसेन ।
    २,
    पार्नेछु तिमीलाई सखाप,
    भाग चाहियो सत्ताको
    म बस्नेछु चुपचाप ।
    ✍️भुपेन्द्र राना मगर
    धादिङ
    …
    १,
    माया पनि देखियो
    दुःख, सुखको बाटोमा
    यसैले कथा लेखियो।
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    …
    १,
    ढुकुटी बाँडेर खाए
    त्यागी इमानदार नेता
    देश कङ्गाल बनाए ।
    २,
    खिचलो उही भागबन्डाको
    व्यस्त छन् नेताज्यूहरू
    व्यापारमा कमाउ धन्दाको !
    ३,
    बनाई झुन्ड लावालस्कर
    नेताज्यू विदेश भ्रमणमा
    बोकेर भ्रष्टाचारी तस्कर !
    ✍️वसन्त अनुभव
    घोराही, दाङ
    …
    १,
    चिसो मौसम आयो
    पुराना थोत्रा कपडाको
    पालो अब आयो ।
    २,
    अब जुट्ने पालो
    भ्रष्टाचारी लखेट्न हामीले
    फाल्नुपर्छ अब जालो ।
    ३,
    अचम्मका मान्छे भेटिन्छन्
    सामाजिक सञ्जालभित्र नै,
    हुने नहुने देखिन्छन् ।
    ✍️कला ढकाल
    झापा
    …
    १,
    झिल्कामा बामे सर्दैछु,
    पुग्नु छ सागरमा
    भर्खर खोला तर्दैछु।
    ✍️रमेश दियाली
    शेल्पू सिटोंग दार्जिलिङ
    …
    १,
    किन हान्दैछन् जनले
    आफ्नै खुट्टामा बन्चरो,
    पैसामा बिक्ने मनले ।
    ✍️सुस्मिता अधिकारी
    काठमाडौँ
    …
    १,
    जनताहरू सडकमा उत्रिन्छन्
    किन प्रजातन्त्रले सुन्दैन?
    संविधान टेकेरै खटिन्छन् ।
    ✍️लोक वहादुर छेत्री लामिछाने
    मोदी गा पा २ देउपु, पर्वत जिल्ला
    …
    १,
    प्रमाणहरू बिस्तारै जुट्दैछन्
    लुटेराहरूको समूह डगमगाउँदै
    दलालहरू नसाबाट फुट्दैछन् ।
    २,
    अबलाई बेर्नु फर्कन्छ
    छुटकारा दिलाउन सक्दैनन्
    बाटो भएर तर्कन्छ।
    ३,
    अल्सरले पेटमा सताएपछि
    क्यान्सर देखियो खतरनाक
    राष्ट्रधन खोलासरी बगाएपछि।
    ✍️घनश्याम पन्त
    हरिवन सर्लाही
    …
    १,
    शङ्काले लङ्का जलाउँछ
    नभए मायामा विश्वास
    आफ्नै देह गलाउँछ।
    ✍️मन्दिरा सेढाई    
    मलेखु, धादिङ
    …
    १,
    नजानेर भुल भयो
    कसैलाई बनेछ शूल
    सधैँलाई बिर्सिएर गयो ।
    २,
    भएपनि नकारात्मक सोच्छ
    जिद्दीपन घरिघरि ल्याएर
    एकार्कामा च्वास्स घोच्छ ।
    ३,
    निरासा बोध भएपछि
    एकान्तहरू मन पर्छ
    लामो सम्बन्ध तुहेपछि।
    ✍️दिल ठकुरी
    दार्जिलिङ
    …
    १,
    सुनेथेँ मायाले हसाउँछ
    थाहै भएन मलाई
    यसैले नयन रसाउँछ।
    २,
    पहिले कसम खुवायो
    स्वार्थसिद्ध हुनासाथ दुष्टले
    अश्रु दहमा डुबायो।
    ✍️अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    …
    १,
    के गर्छौ कुरा ?
    अघिपछि नहेरी तिमी
    भित्रभित्रै रोप्छौ छुरा ।
    २,
    छ सजिलो भन्न
    व्यवहारमा हुन्छ अप्ठ्यारो
    राम्रा कामहरू गन्न ।
    ३,
    लेख्दै अघि बढौँ
    इतिहास साक्षी छ
    पाना फर्काएर पढौँ ।
    ✍️रबि पौडेल
    दक्षिण भारत पाण्डेचरी
    …
    १,
    जनता सडकमा आउँदैछन्,
    नारा जुलुस लगाउँदै
    राज्यको कन्सिरी तताउॅंदैछन्।
    २,
    साँढेले मकै खायो
    किसानको हातमा डन्डा
    बालीनालीले दु:ख पायो ।
    ✍️होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    …
    १,
    अनौठो कहानी बोकेर
    कति बन्छौँ नजान्ने
    दिनहुँ सोमरस धोकेर !
    २,
    इमान्दारीता देखाउन खोज्छन्
    सङ्गतको दोष गर्दै
    नराम्रो बाटो रोज्छन् !
    ३,
    को हो सही ?
    हुन्डी फोरी श्रीकृष्ण
    चोरी गर्थे दही !
    ✍️अच्युत घिमिरे
    सर्पाङ, भुटान
    …
    १,
    सभ्य कर्म गरौँ
    अरुको देखासिकी नगरी
    आफ्नै भरमा परौँ ।
    २,
    सकिन्छ भनेर चेप्न
    महान् आफै ठानी
    निमुखालाई हुन्न हेप्न।
    ३,
    कहिल्यै नगरौँ अलमल
    अल्छी बानी त्यागे
    भइन्छ पक्कै सफल।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    …
    १,
    अनौठो देखे चालमा
    बित्थामा विश्वास गरेर
    फसेको पाइन जालमा ।
    २,
    टुङ्गोमा पुग्न पाइन
    आधा बाटोमा होला
    भिरमा समाउन आइन ।
    ३,
    आधार केही हुँदैन
    गरिब भनेर हेला
    जातीय भेदभावले छुदैन ।
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड
    …
    १,
    भ्रष्ट नक्कली भेषमा
    हाम्रा देशका नेताहरू
    सम्पत्ति थुपार्छन् विदेशमा ।
    २,
    अर्कैको हातामा साँचो
    तर हामीलाई पर्‍यो
    राष्ट्र राष्ट्रियताको खाँचो ।
    ३,
    कहिले भरिन्छ गागर
    जाली भ्रष्टहरूको विरुद्धमा
    अब उर्लिन्छ जनसागर ।
    ✍️डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा
    …
    १,
    भरिएपछि चाहेको खल्ती
    आफू राम्रो बनेर
    देखाउॅंछन् अरूको गल्ती ।
    २,
    नगर बोली चर्को
    हिजो एउटा कुरा
    आज गर्छौ अर्को ।
    ३,
    माफी माग्दै आउँछौ
    हुन्छ गल्तीको महसुस
    अनि आफै पछुताउँछौ ।
    ✍️अनिता भण्डारी
    ताप्लेजुङ
    …
    १,
    फूलझैँ मुहार सजियो
    मन्दिरको शिखर भएर
    मनमा मन कजियो ।
    २,
    खुसीको भाका आयो
    मायाको नजर देखेर
    बाँच्न पिरती लायो ।
    ३,
    थाकेको बाटो फर्कियो
    सागरको छाल भई
    सपना फेरि सर्कियो ।
    ✍️ लक्ष्मी रिजाल, रूपनगर, सप्तरी
    …
    १,
    थालेछु झिल्कासँग रमाउन
    आदतै बनाइदियो मलाई
    आजभोलि कलम समाउन
    ✍️विष्णु पंगेनी(पाण्डे )
    वालिङ् -स्याङ्जा
    …
    १,
    काण्डैकाण्ड बनाए देशमा
    जनताका विश्वासिला पात्रले
    लगानी काम्बोडिया केसमा ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    …
    १,
    जाडोमा मायालु घाम
    गर्मीमा भन्ने गरिन्छ
    पोल्छ पुकार्दैमा नाम ।
    २,
    तातोपानी पानीको जरुरी
    नत्र चिसोले खान्छ
    चल्छ रुघाखोकीको हुरी ।
    ३,
    एउटा सपना देखेर
    बलबहादुर सहर पस्यो
    पेवा बख्रा बेचेर ।
    ✍️पृथक प्रकृति
    झापा
    …
    १,
    नथाप्नु पाप शिरमा
    क्षणिक लाभ भएपनि
    भलो हुँदैन चिरमा ।
    २,
    उघ्रन्छ झुटको पर्दा
    अनिष्ट होला भविष्य
    पापको भाँडो भर्दा।
    ✍️कृष्णकुमार वैद्य
           बनेपा ९, काभ्रे
    …
    १,
    व्याप्त जताततै भ्रष्टाचार
    छानबिन निकाय स्वयं
    समाउछ गोप्य उपहार ।
    २,
    रोजगार न भाइचारा
    खाडीमा ज्यावल हान्दैछन
    पौरखी नेपाली तारा ।
    ३,
    आँखामा गाजलु लगाई
    नहिड मायालु त्यसरी
    मनमा आगो सल्काई ।
    ✍️बिमल पोखरेल
    धरान -१७,पटनाली
    …
    १,
    महॅंगो भए चाखिदिऊॅं
    सुन जस्तो सुन्तला
    तिम्रो मन राखिदिऊॅं ।
    २,
    प्रकृतिले दिएको वरदान
    मङ्सिरको घाममा बसेर
    गरौँला सुन्तलाको रसपान ।
    ३,
    केस्रा केस्राहरू बाँडिएको
    सुन्तलाको  प्रकृति अद्वितीय
    छैन एकार्कामा टाढिएको ।
    ✍️मोती योन्जन सुब्बा 
    दार्जिलिङ
    …
    १,
    नराम्रो सुन्नु नपरोस्
    आफूले राम्रो गरौँ
    अर्काले सपना नहरोस् ।
    २,
    जिन्दगीमा के पाउनु ?
    गुमाउनु धेरै छ
    गुण के लाउनु ?
    ३,
    समाज फरक भयो
    बुझ्नै गाह्रो हुने
    पुरानो चलन गयो ।
    ✍️राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ
    …
    १,
    खान जान्यौ अन्न
    धन्न ढाकछोप गरी
    नमिल्ने घुस भन्न !
    २,
    तिमी पनि साले
    खायौँ सबै मिली
    गर्छौ आले जाले ?
    ३,
    बोली होला गोली
    सोच्ने घडी आयो
    आज होकि भोलि !
    ✍️विवश पारदर्शी
    झापा,
    …
    १,
    अराजकता मौलायो देशमा
    भाषण गर्छन् ठुलो
    छदम भेषी भेषमा ।
    २,
    नहुनु कोही टाढा
    मायाको अनुभूति दिलाउँदै
    सम्बन्ध बनोस् गाढा ।
    ३,
    कामले काम सिकाउँछ
    परिश्रमी दक्ष व्यक्तिलाई
    सेवाको लागि झिकाउँछ।
    ✍️राज कुमार राजभण्डारी खोटाङे
    मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
    …
    १,
    दिलभित्र सजायो उनलाई
    मन बुझाऊ कसरी
    हेरेर त्यो जुनलाई ।
    २,
    के अर्थ खालीको ?
    रहर विवश बाध्यताले
    जलायो सपना नेपालीको ।
    ३,
    उठौँ कम्मर कसेर
    ए ! नेपाली हो
    हुन्न अब बसेर ।
    ✍️दीप गोले  तामाङ
    रौतहट
    …
    १,
    देशले भ्रष्ट देखेन
    गल्ती कस्को भनौँ
    कानुनले नाम लेखेन।
    २,
    जनता आन्दोलन गर्ने
    देशको सम्पति बेचेर
    नेताले गोजी भर्ने।
    ✍️दुर्गा आचार्य
    मोरङ
    …
    १,
    भिएनाको भ्रमण गरी
    निहाले पुष्पनाथले दृश्य ,
    मनमा उमङ्ग छरी !
    २,
    मचाउँछन् हर्षका नजर
    झुम्छन् प्रत्येक मानव ,
    हेरेर प्रेमिल टावर ।
    ३,
    आफ्नै शैली दिएर
    कोरेर चार शब्द ,
    भमण डायरी पढेर ।
    ✍️सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    …
    १,
    यहीँ नेपालमा रहेछ
    धनीको जताततै पहुँच
    कष्ट गरिबलाई भएछ।
    ✍️सुशीला शिखा
    कागेश्वरी काठमाडौं
    …
    १,
    आउँदैछ कठ्याङ्ग्रिॅंदो जाडो
    कथा होला छेपाराको
    जाडोले टुप्पी ठाडो ।
    ✍️बिबा तामाङ
    दार्जिलिङ
    …
    १,
    भोट माग्न घरमा
    जितेपछि नचिन्ने जनता
    कसको पर्नु भरमा ?
    ✍️राज बहादुर बडुवाल
    कनकासुन्दरी -५,जुम्ला
    …
    १,
    उज्यालो धर्ती सारा
    जननी ममताकी खानी
    सन्तानलाई देख्ने जुनतारा।
    २,
    ओढाउने मायाको बर्को
    सन्तानको खुसी बाहेक
    नचाहने केही अर्को ।
    ३,
    गर्नुहुन्छ माया धेरै
    संसारमा सबैभन्दा राम्री
    लाग्छ आमा मेरै ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन
    …
    १,
    बेथिति देखेपछि लेखिन्छ
    सेता बिरालाका कर्तुत
    बादल फाटेपछि देखिन्छ ।
    २,
    ख्यालैमा साम्राज्य लियो
    कुखुरा चोर्‍यो गाउँलेको
    स्यालले दु:ख दियो ।
    ३,
    ढाँट्न जान्यो काइदा
    नाउँ राख्यो राजनीति
    लुट्यो जनताबाट फाइदा ।
    ✍️रामप्रसाद पुरी
    बादेल, खोटाङ
    …
    १,
    चिसोमा बच्नु पर्दछ
    जतिसुकै बेलामा हामीले
    तातोले सर्दी हर्दछ ।
    २,
    तराई पनि सेलायो
    पहाडी चिसो झरेछ
    साँच्चै लुकामारी खेलायो ।
    ३,
    भ्रमण राम्रो भयो
    नानीहरू खुसी रहेका
    समय छिट्टै गयो ।
    ✍️भगवती दवाडी
    …
    १,
    अति गर तर
    नचिताऊ कुनै खति
    आऊ होऔॅं सरोबर।
    २,
    नहटौँ पछि कहिल्यै
    आँट गरौँ जब्बर
    पुगौँ गन्तव्य पहिल्यै।
    ✍️हरिगोपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४
    …
    १,
    दिनुपर्छ यसपालि चोट
    चुनाव आएकै बेला
    छानीछानी दिऔँ भोट ।
    ✍️कमल थापा
    …
    १,
    गर्छन् सबैले जयकार
    धन हुनेको लागि
    गरिब पो अन्धकार ।
    ✍️नन्दा धामी
    नौगड, दार्चुला
    …
    १,
    अडेको विश्वासमा संसार
    सधैँ खेलाची नगरौँ
    घट्दैन प्रेमको आकार ।
    २,
    बोलेको देखाऊ गरेर,
    नसके बोल्दै नबोल,
    नबस नालीमा परेर।
    ३,
    तिम्रा खेतालाहरू सर्दैमा,
    सत्यको बिज मासिन्न,
    तिमीले गद्दारी गर्दैमा ।
    ✍️मनोहरी पौडेल
    गैडाकोट १
    …
    १,
    सुधार आफ्नो बानी
    काटेर दुनियाँको कुरा
    के पाउँछ्यौ नानी ?
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४६ सम्पन्न

  • १९ मंसिर २०८१, बुधबार ०७:५५ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ४६ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४६ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    झिॅंगा या माहुरी !
    तिम्रो छनौटमा पर्ने,
    भाग्यभन्दा चलाऊ पाखुरी ।
    २,
    नदुख्नू, साथीको धोकामा
    छोड्दछन् साथ सबैले
    अॅंध्यारो बनेर छायाँमा ।
    ३,
    ऊ मरुभूमि धाउॅंछ
    भाग्य खोज्न सपरिवारको
    अन्तत: बाकसमा आउॅंछ ।
    ✍️म्यामराज राई
    …
    १,
    माटो छुने गरौँ
    साँच्चै सफल भइन्छ
    श्रममा भर परौँ ।
    २,
    जसको पाखुरा चल्छ
    उसको भागमा छिट्टै
    सफलताको फल फल्छ।
    ३,
    नेतृत्वको सुध्रिए चाल
    सुन्दर अनि समृद्धि
    पक्कै बन्छ नेपाल ।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    …
    १,
    दिमागमा सोच भरौँ
    नेपालीले श्रम गरेर
    नेपालको विकास गरौँ ।
    २,
    हाम्रो देश राम्रो
    जमाना अनुसार यहाँ
    कोही नबनौँ चाम्रो ।
    ३,
    घाम लाग्छ दिनमा
    अस्ताउने रात हो !
    गरौँ काम छिनमा ।
    ✍️ बेदु न्यौपाने
    …
    १,
    बदल्यौँ हामीले व्यवस्था
    कति सरकार फेरिए
    फेरिएन जनताको अवस्था।
    २,
    छोड्न सक्छु गाँस
    छोड्दिन साथ साथीको
    गर्छु उसलाई विश्वास।
    ३,
    नधाउनु मरुभूमि किन
    छैन आम्दानीको बाटो
    हेप्नेहरूले हेप्छन् दैनन्दिन।
    ✍️सतीश पण्डित
    भानु -६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ)
    …
    १,
    भावनामा बहकिएर आज
    दह्रो टेक्न सकिन्न
    पीडाले गर्छ राज ।
    ✍️पुष्पा राई
    बादेल, खोटाङ
    …
    १,
    मानिस मायाको जालमा
    प्रभु स्मरण गरौँ
    नभुलौँ अनास्थाको तालमा ।
    २,
    पुजन गर्नु राम्रो
    शनिदेवको आज मनले
    बन्नेछन् काज हाम्रो ।
    ३,
    अनास्थाको दुष्टता चालमा
    नभुलौँ हामी अवश्य
    ग्रास हुने कालमा ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    …
    १,
    भाग्य खोज्ने नाउॅंमा
    सन्तान परदेश जान्छन्
    बाकसमा फर्कन्छन् गाउॅंमा।
    २,
    चलाउँदा आफ्नो पाखुरी
    सफलताको बिन्दुमा पुग्दै
    बनिन्छ सदा बहादुरी।
    ३,
    खाऔँ कर्म गरेर
    चोला सफल भई
    आउँछ भाग्य बढेर।
    ✍️अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ (हालः-अमेरिका,बोस्टन)
    …
    १,
    चोरेर नै लग्यौ मन
    यो जिन्दगीको चौतारीमा
    आफै जलाएर तन !
    ✍️आर्त अकुलीन
    …
    १,
    बन्न मनलाग्छ देशभक्ति
    गाह्रो भएपछि यहाँ
    लाउनै पर्‍यो जुक्ति ।
    ✍️दिलबहादुर कुश्मी
    …
    १,
    आँशुको वर्षा भइरहन्छ
    तिमीलाई पाउने आशामा
    यो मन झरिरहन्छ।
    २,
    काला बजारीले सताएको
    गाउँ, शहर सबैतिर ,
    बाँच्न नसकिने बताएको ।
    ३,
    भ्रष्टाचारी देशभर सलबलाएका
    कामभन्दा बढी बोलेर
    दिमाग सबै खलबलाएका।
    ✍️कला ढकाल
    झापा
    …
    १,
    सारा बल गयो
    जवानी सकियो अब
    शरीर वृद्ध भयो।
    २,
    पिउॅंदा अड्किन्छ पानी
    साह्रो चिज पच्दैन
    विरक्तिन्छ मन जानाजानी ।
    ✍️चुडामणी देवकोटा
    पुरानोनैकाप, काठमाडौँ
    …
    १,
    काँप्छन् हात लेख्दा
    वृद्ध जन्मदाता छोडी
    परदेशिनेको लस्कर देख्दा ।
    २,
    नौलो आयो विधान
    नौलो भएन केही
    मात्र आयो उखान ।
    ३,
    मिलिजुली पालैपालो खाए
    विकासको नाम गरेर
    सेतो टावर ठड्याए।
    ✍️बिमल पोखरेल
    धरान -१७, पटनाली
    …
    १,
    सुरम्य पाखा टाकुरा
    फुलेर धेरै रमाइलो
    पैयूँ भन्छौ साकुरा ।
    २,
    मौरीको मह गुलियो
    झिॅंगाको पछि लागेर
    पौरखी हातहरू भुलियो ।
    ३,
    हेरेर बसौंला आकाशमा
    दीर्घायुको कामना गर्दछु
    यात्रा नबनोस् बाकसमा ।
    ✍️मोती योन्जन सुब्बा
    दार्जिलिङ
    …
    १,
    वर्षा आँशुको भयो
    सम्झिएर आज बारबार
    उहिले दिन गयो ।
    २,
    हुँदैन कहिले शान्ति
    मनमा हतारको निर्णयले
    हुन्छ सदा क्रान्ति ।
    ३,
    एक्लै हुन्छु जब
    मनमा आउॅंछन् नराम्रो
    विचार अलमल तब ।
    ✍️ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    …
    १,
    छैन कसैको वशमा
    चञ्चल हुन्छ समय
    रोक्ने हिम्मत कसमा ?
    २,
    समय नै पहलवान
    थाहा हुन्न कतिबेला
    कसमाथि हुन्छ मेहरबान !
    ३,
    मेट्न निकम्माको धर्को
    चल्नु पर्छ समयसँगै
    ओढेर यसैको बर्को !
    ✍️वसन्त अनुभव
    घोराही उमनपा १४, दाङ
    …
    १,
    खासैमा उस्तै थियौ
    उमेरको सिॅंढी चढेर
    मनको मदिरा पियौ ।
    २,
    पाप्रा उप्केपछि घाउको
    खाटा मसारी रहन्छौ
    दुखाउॅंछौ नदुखेको टाउको ।
    ३,
    सताउन नआउँदा रिसायौ
    सपनाको डोली बोकेर
    मुटुभित्र सम्झनाले बिझायौ ।
    ✍️दिल ठकुरी
    दार्जिलिङ, भारत
    …
    १,
    बदर सदर भयो
    जमाना आयो कस्तो
    सदरको कदर गयो।
    २,
    फाटेको या काटेको
    फैशनको नाम गरी
    आफुलाई नै ढाँटेको।
    ✍️बिके मुखिया
    दार्जिलिङ, भारत
    …
    १,
    प्रशंसा गर्छन् अगाडि
    मुखले ठिक्क पार्छन्
    काट्दछन् कुरा पछाडि।
    २,
    मानिसका व्यवहार थरीथरी
    छेपारोले रङ्ग फेरेझैँ
    देखाउँछन् घरी घरी ।
    ✍️सरस्वती श्रेष्ठ
    रुपन्देही, बुटवल
    …
    १,
    आफ्नो इच्छा मारी
    जिम्मेवारी पूरा गरे ,
    बनेर तिम्रो छहारी ।
    २,
    पसिनाको सिंचाई गरी
    हुर्काए तिमीलाई मैले ,
    सपनाको बीज छरी ।
    ३,
    जीवन रहेछ सघर्ष
    सधैँभरि किन होला ?
    नआउने खुसीका वर्ष।
    ✍️सीमा कार्की समर्पण
    मेलचोक पर्सा।
    …
    १,
    समयमा सबै पाउँछ
    किन दुःखी हुने
    सुखको दिन आउँछ।
    २,
    धन होइन मन
    भन्दैन कसैले यहाँ
    सबै माग्छन् धन।
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    …
    १,
    चिसो मौसम आयो
    रातमा बसेर जमिनमा
    तुसारोले माया लायो ।
    २,
    धान फलेको पहिले
    पुर्खाले भनेको सुनेको
    जाडो बढेको अहिले ।
    ✍️रामप्रसाद पुरी
    बादेल, खोटाङ
    …
    १,
    मलाई माया नगर्नु
    भन्ने मान्छे छन्
    खाली मुटु नभर्नु ।
    २,
    देशको विकास छैन
    भोट मागेर जित्यौ
    अब आउने हैन ।
    ३,
    यहाँ विश्वास गर्नु
    तर कसैको भर
    पटक्कै पर्दै नपर्नु ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    …
    १,
    आफ्नै पाखुरी चलाऔॅं
    अरूको प्रगति देखेर
    कसैले नेत्र नजलाऔॅं l
    २,
    कसैको भर नपरौँ
    स्वावलम्बी बन्ने भए
    कर्ममा विश्वास गरौँ l
    ३,
    युवाहरू विदेश नजाऊ
    कृषिक्रान्ति गरेर देशमा
    आर्थिक समृद्धिमा रमाऊ l
    ✍️बाबुराम गौतम
    गुल्मी
    …
    १,
    खेल जितेर आयौ
    प्रशंसासहित यहाँ साथमा
    मेडल पनि पायौ ।
    २,
    राम्रो थियो खेल
    अनुशासन पनि उस्तै
    साथिहरूको राम्रो मेल ।
    ✍️रबि पौडेल
    दक्षिण भारत पाण्डेचरी ।
    …
    १,
    भिरमा पुग्दछ आशा,
    उकाली ओराली झर्दै
    बढ्दछन् किन निराशा।
    २,
    बोकेर भारी काँधमा
    टुक्रिन्छ किन जिम्मेवारी
    धारिलो खुकुरीको साँधमा।
    ✍️होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    …
    १,
    खुसीको मिल्छ पल
    कोसिस गर्नु पर्छ,
    समस्या समाधानको हल ।
    ✍️श्रीकृष्ण धामी
    बझाङ
    …
    १,
    आधार खोजेर गरौँ
    विनाअर्थको छैन खास
    अरूको भर नपरौँ ।
    २,
    परिश्रमले आनन्द ल्याउँछ
    संसार शून्य छ
    तर असम्भव खेदाउँछ ।
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड
    …
    १,
    खाली खुकुलो भाषण
    गर्छन् अचेल राजनेता
    कतै नहेरी दनादन ।
    २,
    परदेश जाने रहर
    कस्लाई हुन्छ यहाँ
    व्यवस्था नभए गदर।
    ३,
    राजनीतिमा भयो व्यापार
    सबैलाई शिखर छुने
    छैन कसैलाई इन्तिजार ।
    ✍️सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    …
    १,
    झलमल तारा आकशमा
    परदेशमा गएका सन्तानले
    रुवायो फर्केर बाकसमा।
    २,
    समस्या सामाधान भएन
    गाउँमै बसेर कहिल्यै
    स्वदेशमा भ्रष्टाचारी गएन।
    ✍🏻अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    …
    १,
    सामुन्नेमा ठिक्क पर्छ
    जब हुन्छ दायाँबायाँ
    स्वार्थीले विरोध गर्छ।
    २,
    खुसीको दिन आउँछ।
    हुनु पर्दैन दु:खी
    साथ दिन धाउँछ ।
    ३,
    विदेश किन जाने
    स्वदेशमै कर्म गरेर
    मिठो मसिनो खाने ।
    ✍️राज कुमार राजभण्डारी खोटाङे
    मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
    …
    १,
    मान्छे बन्नु पहिले
    पशुझैँ नदेखाऊ व्यवहार
    दानव बन्छौ जहिले ।
    २,
    के हुन्छ छोएर ?
    मन छुन सक्नुपर्छ
    सफा हुन्छ धोएर ।
    ✍️सन्दीप विश्वकर्मा
    कपिलवस्तु
    …
    १,
    नहिॅंड हुकुम चलाई
    खोसेर जनताको अधिकार
    दुनियाँ सारा जलाई ।
    २,
    कंस बनेर आज
    नबिगार आफैले आफ्नो
    सभ्य मानव समाज !
    ३,
    जनताले भनेको मान
    सधैँभरि आफ्नै खल्तीका
    भेडा बाख्रा नठान !
    ✍️विवश पारदर्शी
    झापा
    …
    १,
    महॅंगी बढेर गयो
    किसान सधैँ मर्कामा
    फाइदा अर्कोलाई भयो ।
    ✍️समुन्द्रा शर्मा
    …
    १,
    कति मनमा तिर्सन ?
    विगतका ती पलहरू
    सकेन मैले बिर्सन ।
    २,
    नमेटिने यी घाउहरू
    यहाँ हुँदो रहेछ
    मान्छेका अनेक दाउहरू ।
    ✍️दीप गोले तामाङ
    रौतहट
    …
    १,
    निस्वार्थ माया चहार्छु
    छोडौ अस्मिता लुटेपछि
    भन्थ्यो तारा झार्छु ।
    २,
    गोरु बेचेको साइन‍ोलाई
    विश्वास गरियो बढी
    भित्रभित्रै मुटु खानेलाई !
    ✍️धनमाया चौधरी
    कैलाली
    …
    १,
    विश्वासमै जीवन अडियो
    जानेर किन्तु नजानेरै
    जसोतसो अघि बढियो ।
    ✍️विष्णु पंगेनी(पाण्डे)
    वालिङ -८, स्याङ्जा
    …
    १,
    झिल्काका नियम थुप्रा
    खेलून् युवा मात्रै
    फर्क बुढा कुप्रा ।
    ✍️शम्भु गजुरेल
    …
    १,
    ऋण लागोस् दिन,
    नलागोस् भन्छ जनबोली,
    कृपा मिल्दैन किन?
    २,
    परिस्थिति बन्दै गए,
    झेल्दै जाने कठपुतली ,
    सारा मानव भए।
    ३,
    प्रदुषण फैलाए सर्वत्र,
    प्राकृतिक वस्तु नपाइने,
    जीवन पर्दैछ अलपत्र ।
    ✍️मनोहरी पौडेल
    गैडाकोट १
    …
    १,
    मरुभूमि बाध्यता हाम्रो
    बुझी नबुझी जानैपर्ने
    फर्किॅदा नबाँधियोस् काम्रो ।
    २,
    धरातल सबैले भुले
    आफ्नो वास्तविकता बिर्सेर
    काल्पनिक संसारमा झुले ।
    ३,
    यथार्थ सबैले भुल्छन्
    आफ्नो सत्यता लुकाएर
    कल्पनाको संसारमा झुल्छन् ।
    ✍️राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    …
    १,
    अनमोल जीवन हाम्रो
    सङ्घर्ष गरे फाइदा
    बन्छ भविष्य राम्रो ।
    ✍️दुर्गा आचार्य
    मोरङ
    …
    १,
    विश्वास गर्नु गल्ती
    गयो सपना देखाएर
    भरेर आफ्नो खल्ती ।
    २,
    हातमा जमाएर दही
    म बस्ने छैन
    अन्याय अत्याचार सही ।
    ३,
    रोज्यो स्वार्थ खुसीले
    भन्छ पछुतो भयो
    जिस्काउॅंछ मात्रै मरुभूमिले ।
    ✍️पृथक प्रकृति
    झापा
    …
    १,
    आयो चिसो याम
    अब प्यारो लाग्छ
    सबैलाई न्यानो घाम।
    २,
    सुक्छ सबै वनको
    लाग्यो भने आगो
    क्षति हुन्छ जनधनको।
    ३,
    के हुँदैछ आज ?
    भित्रियो विकृति विसङ्गति
    किन बोल्दैन समाज ?
    ✍️अनिता भण्डारी
    ताप्लेजुङ
    …
    १,
    असल कार्य गर्नु
    एकदिन जानै पर्छ
    बाटोमा अभर नपर्नु ।
    २,
    देखासिकी कहिले नगर्नु
    आफूसँग भएको योग्यतामा
    सधैँभरि भर पर्नु ।
    ✍️अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ, भारत
    …
    १,
    मनको भावना पोखेर
    रमाउन सिकौँ दुनियाँमा
    नबसौँ आफैलाई जोखेर।
    ✍️मन्दिरा सेढाई
    मलेखु, धादिङ
    …
    १,
    धिक्कार्छन् परदेश जानेले
    गर्छन् ठूलो भाषण
    राष्ट्रको ढुकुटी खानेले ।
    २,
    रमाउॅंछु मोबाइल बेचेर
    लाखौं कमाउॅंछु म
    कीर्तिपुर डाँडा घुमेर ।
    ✍️भुपेन्द्र राना मगर
    धादिङ
    …
    १,
    ठुलो गाँस खोज्दा
    आयो भेल दु:खद
    समुद्रको देश रोज्दा ।
    २,
    आशाको दीपक हराए
    आमाको छाती चिरेर
    बौलाहा भई कराए।
    ✍️ राजेश्वरी राजोपाध्याय
    ललितपुर
    …
    १,
    चिसो याम आयो
    घाम अति मधुरो
    मुटु सबैको लुगलुगायो ।
    २,
    लुगा न्यानो लगाऔॅं
    तातो पानी पिऔॅं
    जाडो जसै भगाऔॅं ।
    ३,
    नभिर्नु छातीमा बिल्ला
    घाँटी बहुतै जोगाऔॅं
    बसाउँ न्यानो किल्ला।
    ✍️हरिगोपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४
    …
    १,
    जाडोको चिसो याम
    सबैको लागि प्यारो
    न्यानो झुल्किॅंदो घाम ।
    २,
    बुढाखाडा चाहिॅं माघलाई
    अनुभवसिद्ध कथन राम्रो
    बलिया बाङ्गा बाघलाई ।
    ३,
    आगो ताप्नु मुढाको
    पाका मान्छे भन्नेगर्छन्
    कुरा सुन्नु बुढाको !
    ✍️जयनारायण नेपाल
    इलाम ,हाल सूर्यविनायक २, बालकोट ,भक्तपुर
    …
    १,
    नाता सजिलै जोड्छ
    चिप्लाको सङ्गत नगरौँ
    कटारी धसेर छोड्छ ।
    २,
    छहारी दिन्छु भनेर
    उल्टै अलपत्र बनायो
    सिउँदोमा सिन्दुर भरेर।
    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा
    …
    १,
    चोट लाग्दालाग्दै पनि
    जीवनसँग लड्नु छ
    दौडानमा बहादुर बनी !
    २,
    गन्तव्य कहाँ हो
    खोज्नु परेको छ
    नहराइ पनि त्यो !
    ३,
    यो जुनी काट्न
    जरुरी छ दिलको
    सँगै भई साट्न !
    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान
    …
    १,
    एक अर्काको गरेर
    विरोध देश बन्ला
    नेताको भर परेर ।
    २,
    नेताको फुस्रो भाषण
    फेद न टुप्पाको
    बचाउ गर्छन् शासन ।
    ✍️कृष्ण बजगाई
    भक्तपुर
    …
    १,
    हुनेलाई खाँचो लुगाको
    बटुवारेको न घरजग्गा
    जाडो तातो खानाको ।
    ✍️बिबा तामाङ
    लापपञ्चर सिटोङ खरसाङ
    …
    १,
    कस्तो दैवको खेल,
    मैमाथि अचेल सधैँ
    गर्छ किन जालझेल !
    २,
    तक्दिरले लाँदैछ कहाँ,
    हिड्नै नसक्ने अफ्ठ्यारोमा
    हिॅंडाउन खोज्दैछ यहाँ ?
    ३,
    बुझ्नै सकेको छैन
    पग्लिॅंदैछु किन बिस्तारै
    बनेर आगोको मैन ।
    ✍️दीपा समभाव
    दुबेकोल खोटाङ
    …
    १,
    आयो महॅंगी बढेर
    सरकारी कर्मचारी हिँड्छन्
    चिल्लो गाडी चढेर ।
    २,
    सबैले जानेको सिकाऊ
    परम्परा र रीतिरिवाज
    संस्कार संस्कृति टिकाऊ ।
    ✍️ललिता गिरी
    सिन्धुली
    …
    १,
    बलेन आशाको दियो
    अब गणतन्त्र रहेन
    अत्याचारले उग्ररूप लियो ।
    २,
    दाँञी मियोबिनाको हुँदैछ
    बेथितिले सीमा नाग्यो
    अन्यायले मुलुक रुँदैछ ।
    ३,
    राजनीतिको कोटा भर्तिले
    निरङ्कुशताको पराकाष्ठा भो
    बीउ पचायो धर्तीले ।
    ✍️ऋजु दिल्पाली (राजेन्द्र घिमिरे )
    इटहरी -१, हलगडा सुनसरी
    …
    १,
    देखेको थिएँ बोलिनॅं
    उनको रबाफ देखेपछि
    मनका कुरा खोलिनॅं ।
    २,
    मान्छे हेर्दा राम्री
    बाहिरी रूपले हुँदैन
    मनको धेरै चाम्री।
    ३,
    मान्छेलाई चिन्न गाह्रो
    बुझेपछि थाहा भयो
    रहेछ मुटु साह्रो।
    ✍️घनश्याम पन्त
    हरिवन सर्लाही
    …
    १,
    दिलमा तिमी पसेको
    तिम्रै लागि मैले
    सोह्र शृङ्गार घसेको।
    २,
    तिम्रो रङ्गमा ढलेको
    पराइसँग तिमी बोल्दा
    मेरो छाती जलेको।
    ३,
    तिमीसँग सातैजुनी बाँच्न
    सक्छु समाजको सबै
    पर्खालहरु मैले भाँच्न ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन
    …
    १,
    फूलको आफ्नै कथा
    लाउॅंछन् आँखा सबैले
    जिन्दगीतो उसको व्यथा ।
    २,
    जिन्दगीको के भर ?
    आज कि भोलि
    दुश्मनी कसैमा नगर ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    …
    १,
    निधारमा टीका टल्कियो
    मन ढल्कियो मायामा
    दिलमा आगो सल्कियो ।
    २,
    छड्के नजरको तीरले
    घाइते बनायौ मलाई
    शिथिल भएँ पीरले ।
    ३,
    वाचा कसम खाएर
    आखिरी छाडेर गयौ
    कुत्सित गीत गाएर ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    …
    १,
    जनताको निर्णय कस्तो?
    समग्र देशलाई बुझ्नेहरूले
    बन्दैनन् अब सस्तो ।
    ✍️लोक वहादुर छेत्री लामिछा‌ने
    मोदी गा पा २ देउपुर, पर्वत
    …
    १,
    महॅंगीले ढाड सेक्छ
    किसान भोकले मर्छ
    दैलोमा कस्ले टेक्छ ।
    २,
    गरिबको छानो खर
    वर्षात्ले चुहिन्छ सदा
    कस्को पर्नु भर ।
    ✍️राज बहादुर बडुवाल
    कनकासुन्दरी -५,जुम्ला
    …
    १,
    हिँडौँ सत्यको बाटो
    लाग्छ मातृभूमिको श्राप
    बिर्सिए देशको माटो ।
    २,
    सेतो हिमाल टल्किन्छ
    पाइला राख्दा परदेशमा
    आँखामा आँशु छचल्किन्छ ।
    ३,
    जङ्गलमा डाँफे डुल्छ
    नेपाली भन्न पाउँदा
    गर्वले छाती फुल्छ ।
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    …
    १,
    मनमा अनेकौँ चोट
    तर हिम्मत नहार्नु
    भाग्य हुँदैन खोट।
    ✍️सानु जोशी
    सदुर पश्चिम दार्चुला

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १०६

  • १७ मंसिर २०८१, सोमबार २३:०७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयछऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०८/१३गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०६[एकसयछऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    रङ्गिन फूल हेर्न मन लाग्यो।
    केही अक्षर केर्न मन लाग्यो।
    सजिएर बस्नुको मज्जा बेग्लै,
    हेरेर सास फेर्न मन लाग्यो।
    यस्तै फूलले घेर्न मन लाग्यो।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२

    गमलामा सजाएको फूल सम्झिएर ।
    उडि हिँड्ने पुतलीकाे हूल सम्झिएर ।
    सँगै बस्दा बेवास्ता छ मायालुकाे माया ,
    टाढा हुँदा गरिएको भूल सम्झिएर ।
    के गर्नु मच्छर बिना झुल सम्झिएर ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग-:०३
    जुनीभरि पर्खि बसे मेरो माया कहिलेआउला भनी
    व्यग्र थियो मन उनको कोमल हात समाउँला भनी
    उनलाई स्वागत गर्न उत्सुक थिए मेरा हातहरु
    उनेको थिएँ फूलको माला उनैलाई थमाउँला भनी
    यसरी नै गाँसिएर हामी पनि सधैं रमाउँला भनी।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग :०४

    तिमी फूल बनेकी भए
    स्विकार्दै ल भनेकी भए
    आज सँगै हुने थियौँ
    मान्छेजस्तो गनेकी भए
    मलाई नखनेकी भए ॥

    गुणनिधि घिमिरे अमेरिका

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १०५

  • १७ मंसिर २०८१, सोमबार २३:०५ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयपाँचऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०८/०६गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०५ [एकसयपाँचऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    बिहानी किरण छरेर आयो प्रकाश।
    अन्धकार सब हरेर आयो प्रकाश।
    प्राकृतिक शक्ति पनि विचित्र देखिन्छ,
    बादलको घुम्टो तरेर आयो प्रकाश।
    सयौ बाधा पार गरेर आयो प्रकाश।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    रातभरि जाग्राम बसेर बिहानीको पर्खाइमा हुन्छ धर्ती
    निष्पट्ट अँध्यारो छिचोल्दै सूर्यको लाली किरणले छुन्छ धर्ती
    लाग्छ बिहानीको सुनौलो किरण धर्तीमा पर्दा स्वर्गै यही हो
    सृष्टिकर्ताको कल्पनामा प्रकृतिले नै पञ्च तत्व चुन्छ धर्ती
    पाँचैतत्व मिश्रण गरि प्रकृतिले आफ्नै हातले बुन्छ धर्ती।
    -पशपती राई खोटाङ ।

    👉पञ्चाङ्ग:०३
    उदाएको सूर्यले मुस्कुराउँदै आकाश चिरेर देखाउँदा
    प्रकाश बनेर संसारको कुना कुनामा छिरेर देखाउँदा
    केही न केही त आफैँ अगाडि बडेर निश्चय नै गर्नु जस्तै
    आज अस्ताए पनि हाजिर भै भोलि पुनः फिरेर देखाउँदा
    प्रकृतिको जिम्मेवार चमत्कारी रुपमा भिरेर देखाउँदा ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०४
    यो सुनौलो बिहानीसँगै नाच्न मन लाग्यो ।
    प्रतिबिम्ब हेर्दा कम्मर भाच्न मन लाग्यो ।
    प्राकृतिक सुन्दरता हेर्दा मनै ल‍‍ोभिन्छ,
    सुनौलो किरण आफुमा साच्न मन लाग्यो ।
    घाम छायाको प्रेमलिला जाच्न मन लाग्यो ।
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०५

    मनका पीडा आँसु बनेर झर्छन् आजभोलि,
    किन दैवले नै सारा खुसि हर्छन् आजभोलि ।
    झुपडिलाई लत्याई महल चहारे पनि
    किन होला खैरो खन्न लागि पर्छन् आजभोलि ,
    आज सफल देख्दा नजिक सर्छन् आजभोलि ।

    दुर्गा आचार्य
    मोरङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    शताब्दी महिलाद्वारा ‘जेईको सम्झना’ लघुकथा सङ्ग्रह विमोचित

  • १५ मंसिर २०८१, शनिबार २२:०२ मा प्रकाशित
  • दाङ, मङ्सिर १५
    साहित्यकार सुरेश कुमार पाण्डेद्वारा लिखित “जेईको सम्झना”लघुकथा सङ्ग्रहको एक कार्यक्रमका बीच घोराहीको माला इन होटलमा भव्य रूपमा लोकार्पण गरिएको छ । यद्यपि उक्त पुस्तकको विमोचन चितवनमा १ महिना पहिले गरिएको थियोे; तापनि सर्जकले आफ्नी वयोवृद्ध सासुआमाको हातबाट गराउने उद्देश्यले गृह विमोचन पनि गराउनुभएको जानकारी प्राप्त भएको छ ।

    राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल तथा शताब्दी महिला क्वारीदेवी भण्डारीको विशिष्ट अतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

    कृति विमोचन गर्दै प्रमुख अतिथि शर्माले पुराना कुरालाई रचनात्मक शैलीमा जीवन्तता दिने काममा सर्जकले न्याय गरेको बताए । उनले नेपाली समाजको अवस्थाबारे कृतिका माध्यमबाट उजागर गर्ने काम गरेर पठनीय सामग्री तयार पारेको भन्दै खुसी प्रकट गरे ।

    उक्त कृतिको समीक्षा साहित्यकारद्वय चन्द्रबहादुर थापा र नारायणप्रसाद श्रेष्ठले गरेका थिए । कार्यक्रममा कृतिका सर्जक सुरेशकुमार पाण्डेले कृति रचनाका बारेमा अनुभव सुनाउँदै कृति बिक्रीबाट संकलित रकम सामाजिक काममा लगाउने बताए ।
    १०८ पृष्ठ रहेको ‘जेईको सम्झना’ लघुकथा सङ्ग्रहमा ५४ वटा लघुकथा समावेश गरिएको छ । पारिवारिक, सामाजिक, राजनीतिक, मनोविज्ञान, सांस्कृतिक, रोजगारका पक्षलाई लघुकथाले उजागर गरेको समीक्षकको भनाइ रहेको छ । कथा, कथा विधा, यसका आयामलगायत विषयमा समीक्षकले चर्चा गरेका थिए ।

    राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टीकाराम उदासी, सल्लाहकार उत्तमकृष्ण मजगैया, प्राज्ञ नन्दु उप्रेती, लेखक सङ्घका अध्यक्ष खगराज न्यौपाने, सिस्नोपानी नेपालका दाङ शाखाका अध्यक्ष डा. लोकराज पराजुली ,राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार कमलमणि देवकोटा, निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर”, झिल्का साहित्य समाजका अध्यक्ष वसन्त अनुभव, नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक गोविन्द खड्का, समानान्तर अनलाइनका सम्पादक छवि पुरी लगायतको गरिमामय उपस्थिति रहेको थियो।

    सो कार्यक्रममा वरिष्ठ साहित्यकारहरू सच्युतराज उप्रेती, गणेश विषम, नारायण नेपाल, यज्ञबहादुर डाँगी र साहित्यकारहरूमा हरिप्रसाद पौडेल “स्वर्णशिखा”, दामोदर पौडेल, हरिप्रसाद पाण्डे, सुन्दर गौतम, शरद गौतम, एकराज शर्मा, गोपाल भुसाल, नरेशजंग राणा, महेश कुमार न्यौपाने, खेमराज गाउँले ,धनसिंह गिरी, दिलीप डाँगी,शारदा शर्मा, कुलबहादुर ओली, रिमा गौतम, देवेन्द्र रिजाल, कृति डिसी, नारद भण्डारी, नवराज देवकोटाको उपस्थिति रहेकोे थियोे ।

    त्यसैगरी साहित्य अनुरागीहरूमा मनिराम खनाल, वसन्त भट्टराई, गणेश आचार्य, मेघराज भट्टराई, यादव भण्डारी, अरुण कुमार नेपाली, दीपनारायण पाण्डे, खगराज पाण्डे, सुदेव पाण्डे, देवी पाण्डे, शिवराज पाण्डे, सुनिता पाण्डे, मनिषा पाण्डे, दीपा रिजाल, यादव प्रसाद भण्डारी, मधुसुदन पाण्डे, लुमाकान्त कुँवर, योजना रेग्मी, शिवान्सी पाण्डे, सारांश पाण्डे, प्रान्सी रिजाल, यशोदा केसी, सरोजजंग केसी, खोपिलाल पाण्डे लगायतको गरिमामय उपस्थिति रहेको थियो ।

    राप्ती साहित्य परिषद् दाङ शाखाकी सहसचिव वीणा रोकाको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रममा सचिव घनश्याम केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। संस्थाको तर्फबाट पुस्तकका लेखक साहित्यकार सुरेशकुमार पाण्डेलाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव, सुरेशकुमार पाण्डे

    झिल्का लेखन अभियानको ४१ औँ शृङ्खला (सपना विषयक) सम्पन्न

  • १४ मंसिर २०८१, शुक्रबार २१:५१ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ४१ औँ शृङ्खला (सपना विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान  लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका चिन्ता विशेष उत्कृष्ट झिल्का कविताहरू-

    १)
    —————<•>—————
    १.
    सपना मनको चाह
    कल्पनाको एक पराकाष्ठा
    जीवन जिउने राह !
    २.
    सपना   तारा  चुम्ने
    यथार्थता जिन्दगीको अलग
    गरीबी चक्रमा घुम्ने !
    -वसन्त अनुभव
    घोराही उमनपा- १४, दाङ
    २)
    —————<•>—————
    १.
    सपना सारा चुम्ने
    काेसिस गरेपछि सपना
    हाम्रो वरिपरि घुम्ने !
    २.
    इतिहासमा नाम  लेख्ने
    रातदिन परिश्रम गरेपछि
    असल सपना देख्ने !
    -श्रीकृष्ण धामी – बझाङ
    ३)
    —————<•>—————
    १.
    सपना धेरै हुन्छ
    पुरा गर्न नसक्दा
    मनमा पीडाले छुन्छ ।
    २.
    सुनौलो भविष्यको रहर
    गर्दछन् सबै युवाहरू
    बनाउने सपनाको सहर !
    -विकास क्षेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ
    ४)
    —————<•>—————
    सपना निद्रामा आउँदछ
    आहा आन्नद कति
    विपनामा सबै हराउँदछ ।
    -कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ५)
    —————<•>—————
    १.
    सपना देखेर बाँचिन्छ
    पुरा भयो भने
    मज्जा सङ्गले नाँचिन्छ ।
    २.
    पालैपालो गरि आउँछौ
    सपनामा अनि कल्पनामा
    रहर बनी छाउँछौ ।
    -दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    ६)
    —————<•>—————
    १.
    हजारौँ सपना देख्ने
    रहरहरू पुरा गर्दै
    इतिहासमा नाम लेख्ने !
    २.
    असल सपना देखौँ
    राम्रो काम गर्दै
    विश्वमा नाम लेखौँ !
    -बेदु न्यौपाने
    ७)
    —————<•>—————
    सपना सबैले देख्नुपर्छ
    बिर्सन सकिन्छ बिउँझदा
    त्यसैले तुरुन्त लेख्नुपर्छ ।
    -देवी पन्थी
    ८)
    —————<•>—————
    १.
    सपमा देखेँ मैले
    थाले रहरहरू पलाउन
    तिमीसँग भेटुँ कहिले ?
    २.
    मनका यी रहरहरू
    खुसीका ती पल
    मुर्झाए कसाे गरूँ ?
    -सुशिलाा शिखा
    कगेश्वोरी काठमाडौँ
    ९)
    —————<•>—————
    १.
    लास कुर्छ कुरीले
    सपना ती साँच्दासाँच्दै
    उडायो आज हुरीले !
    २.
    मायाले ज्यानै लियो
    यो जीवनभरि तिमीसँगै
    बाँच्ने सपना थियोे ।
    -दीप गोले तामाङ रौतहट
    १०)
    —————<•>—————
    १.
    सपना देखिने अति
    ती पूरा हुँदैनन्
    बाँकी रहन्छन् कति !
    २.
    सपना देखिन्छ निदाएर
    सबै मनको कल्पना
    शून्य केही नपाएर !
    -अर्जुन प्रसाद चौलागाई
    अमेरिका,बोस्टन।
    ११)
    —————<•>—————
    १.
    सुकुम्बासी सपनाको घर
    खोलामा पर्यो  कठैबरी
    अन्तरकुन्तर लाग्छ डर !
    २.
    नेताहरू पुगे माथि
    जनता छन् खोलातिर
    सपना लाग्दैन साथी !
    -विवश पारदर्शी
    झापा
    १२)
    —————<•>—————
    १.
    सपना धेरै थियो
    झोला बोकेर हिँडे
    समयले धोका दियो ।
    २.
    सपना अनगिन्ती थियो
    घर  छोडेर भागेँ
    जवानीले सातो लियो ।
    -चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ
    १३)
    —————<•>—————
    १.
    नहोस् सपना अधुरो
    कसैको देख्न नपरोस्
    भविष्य अब मधुरो !
    २.
    धेरैले सपना साँचेका
    साकार बनुन् जहिले
    आशा लिएर बाँचेका !
    -अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    १४)
    —————<•>—————
    १.
    बोकेर मनभरी डर
    कसरी बाँच्नु यहाँ
    छैन कसैको भर !
    २.
    देशको हौँ शान
    यसैले त यहाँ
    राखौँ सबले मान !
    -निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    १५)
    —————<•>—————
    १.
    जिन्दगीमा सपना देखेर
    यत्तिँकै मरिने भाे
    साहित्य सृजना लेखेर !
    २.
    हुँदैनन् सपनाहरू पूरा
    चाहनाहरू छन् धेरै
    रहरहरू रहे अधुरा !
    -नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।
    १६)
    —————<•>—————
    भविष्यको हुँदैन आकार
    गरेर परिश्रम कडा
    पार्नुपर्छ सपना साकार !
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा
    १७)
    —————<•>—————
    १.
    मरेपछि नाम पाउन
    सत्कर्म आज गरौँ
    तारा बनेर उदाउन !
    २.
    जीवन लाग्छ अधुरा
    जहिल्यै पाइने हन्डर
    सपना नहुने पूरा !
    ३.
    सोचेको पुरा नहुँदा
    समालिन गाह्रो पर्छ
    मन भकानिएर रुँदा !
    -सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    १८)
    —————<•>—————
    १.
    जीवन बगर नहोस्
    सपना हराभरा बनाउने
    शान्ति सौम्य बनोस् ।
    २.
    बहिष्कारको सूचीमा दबाब
    हिंसाको सिकार नहुने
    निर्मुल होस् भेदभाव !
    -पृथक प्रकृति ,झापा
    १९)
    —————<•>—————
    सपना ननिदाई देख
    लक्ष्य राख उचालिने
    मीठाे लाग्ने लेख !
    -दीपक दाहाल
    २०)
    —————<•>—————
    सपना अधुरो भयो
    पूरा गर्न नपाएर
    जिन्दगी त्यसै गयो ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    २१)
    —————<•>—————
    १.
    सपनाको महल राम्रो
    ब्युझेर सम्झदा त्यहाँ
    हुन्छ कस्तो चाम्राे !
    २.
    जीवनसँगै सपना साँचेर
    पर्खिरहन्छन् सधैँ मानिसहरू
    सुनेको आधारमा बाँचेर !
    -रबि पाैडेल दक्षिण भारत पाण्डेचरी
    २२)
    —————<•>—————
    भविष्यको सपना देख्नू
    सबैले सम्झने छन्
    ऎतिहासिक नाम  लेख्नू ।
    -प्रेम थापा “मन”, बागलुङ
    २३)
    —————<•>—————
    सपनाकाेे अनेकाैँ आकार
    अन्तिम प्रहरमा देखेका
    हुन्छ भनिन्छ साकार !
    -काेपिला अधिकारी
    गाेरखा
    २४)
    —————<•>—————
    १.
    सपना थियो घेरो
    उडी चन्द्र छुने
    हावाले उडायो मेरो !
    २.
    विकासका योजना बग्यो
    भ्रष्टाचार छलकपटले नेपालीका
    सपनाहरू सबै लग्यो ।
    -शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    २५)
    —————<•>—————
    १.
    सपना पूरा गर्नू
    सोचेर सम्झेर हेर
    अरूको भर नपर्नू !
    २.
    डराएर पूरा हुँदैन
    मनमा भए भरोसा
    असफलताले नै छुँदैन ।
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    २६)
    —————<•>—————
    १.
    सपना पूरा गर्न
    हुँदैन गरेर अल्छी
    सक्नुपर्छ अघि सर्न !
    २.
    सपनाको अनेक आकार
    सङ्घर्ष गर्दछ जसले
    उसकै उदेश्य साकार !
    -भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    २७)
    —————<•>—————
    १.
    जीवन एउटा सपना
    सपना देख्ने जिन्दगी
    अधुरै रहन्छन् कल्पना !
    २.
    मानिस सपना बुनेर
    दौडिन्छ उफ्रिन्छ सधैँ
    आशाको बाजा सुनेर !
    -होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    २८)
    —————<•>—————
    १.
    नेताका सपना पूरा
    जनताले सहने मात्र
    पोख्दै दुःखका कुरा !
    २.
    एकजुट हामी भएर
    नेपाललाई शिखरमा पुर्याऔँ
    न्यायको बाटोमा गएर !
    -सुस्मिता अधिकारी ,काठमाण्डौं
    २९)
    —————<•>—————
    १.
    भ्रष्टाचार निर्मुल देश
    हेर्ने रहर मेरो
    चारैतिर विकासे परिवेश !
    २.
    काँधमा काँध मिलाई
    पुरा गर्नुछ  चाहना
    पौरखी नङ्ग्रा खियाई ।
    -बिमल पोखरेल
    धरान -१७,पटनाली
    ३०)
    —————<•>—————
    १.
    सपना सुन्दर सजाउनू
    त्यसलाई साकार पार्न
    आफूलाई नित्य कजाउनू ।
    २.
    फोस्रो सपनाले हुन्न
    कर्म गरिएन भने
    सफलताले कहिले छुन्न ।
    -अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ३१)
    —————<•>—————
    १.
    पुग्दैन सपना देखेको
    जिन्दगीमा त्यही हुन्छ
    निधारमा भावीले लेखेको !
    २.
    गरौँ सबैले कामना
    अवश्य पुग्नेछ एकदिन
    हामीले देखेका सपना !
    -अनिता भण्डारी, ताप्लेजुङ
    ३२)
    —————<•>—————
    भुलायो सपना देखाई
    जनताको  दुःख बुझेन
    झुक्यायो कसम खाई !
    -समुन्द्रा शर्मा
    ३३)
    —————<•>—————
    १.
    खुराफाती नेताको अब
    चकनाचुर भयो सपना
    जनता जागिसके सब !
    २.
    ढोङ्गीहरूले खोक्रो बनाएर
    हाम्रो सपनाहरू सबै
    उडाए डाँडा कटाएर !
    -सुनगाभा पोखरेल
    कपिलवस्तु १ बैरिया
    ३४)
    —————<•>—————
    मीठो सपना देखाई
    केही गरेनन् पूरा
    जनताको सामु आई !
    -भाेलामान बर्देवा
    धरान ८ सुनसरी
    ३५)
    —————<•>—————
    १.
    आशाको बेलो चुनेर
    दौडिन्छ मानिस सधैँ
    सुन्दर सपना बुनेर !
    २.
    सपना साकार पार्न
    सक्नु पर्दछ सबैले
    लाछी तनलाई बटार्न !
    -बाबुराम गौतम, गुल्मी
    ३६)
    —————<•>—————
    बुझ्नेलाई हुन्छ शिक्षा
    सपनाले केही दिन्छ
    अनाहक हुन्न दीक्षा !
    -जी.वि. कश्यप
    घाेराही, दाङ
    ३७)
    —————<•>—————
    १.
    सपनाहरू आफैँले रेटियो
    भित्रभित्रै गुम्सिएको चाहना
    आफ्नै हातले मेटियो ।
    २.
    काधमा बोकेर जिम्मेवारी
    अल्झियो जीवनको यात्रामा
    सपना भयो भारी ।
    -रुना कर्माचार्य दाहाल
    चितवन
    ३८)
    —————<•>—————
    १.
    कल्पनाभित्रकाे मीठो रहर
    प्रतिविम्बित हुन्छ सपनामा
    गर्नुपर्नेछ जपनाकाे कदर !
    २.
    सपना कल्पनाको सागर
    बिउँझेपछि हुन्छ फुस्सा
    अल्छीकाे हुन्न जाँगर !
    -प्रद्युम्न चालिसे
    ३९)
    —————<•>—————
    १.
    सपना रह्यो अधुरो
    आश अझै मेटिएन
    घाम पनि मधुरो !
    २.
    आश मर्ने भए
    के बुन्नु  सपना
    पात झर्दै  गए ।
    -राजेश्वरी राजोपाध्याय
    ललितपुर
    ४०)
    —————<•>—————
    सपना जीवनको कोर्नू
    सोचेर भविष्य बनाउने
    पसिनाले हिरा फोर्नू !
    -राज बहादुर बडुवाल
    कनकासुन्दरी-५,जुम्ला
    ४१)
    —————<•>—————
    १.
    सपना बेच्ने सहरमा
    आएको हजुर कमाउन
    सुनौलो भविष्यको रहरमा !
    २.
    कस्तो नमिठो देखेछु
    दिउँसै मृत्युको सपना
    यसर्थ झिल्का लेखेछु ।
    शब्दको खेलाडी ( विशु हाङ राई)
    विराटनगर मोरङ नेपाल
    ४२)
    —————<•>—————
    १.
    लाग्दैन बेर छुट्न
    सम्बन्ध कच्चा भए
    अनायास सपना टुट्न !
    २.
    सानो खुसीमा फुल्छ
    जीवन अस्थिर रहे
    रनवन मन डुल्छ ।
    -पुष्पा राई, बादेल, खाेटाङ
    ४३)
    —————<•>—————
    सपनाको संसारमा रमाएर
    हुँदैन कहिले पूरा
    अरूको हात समाएर !
    -ललिता गिरी, सिन्धुली
    ४४)
    —————<•>—————
    १.
    सपना सजाएर राखेको
    खल्ती मोटो देखेर
    अरूकै मोह चाखेको !
    २.
    सपना उच्च लिए
    विपनाले आकाश छुन्छ
    यति सुझाव दिएँ।
    -विनोद खाती, मिरिक
    ४५)
    —————<•>—————
    नपरौँ सपनाको भर
    बजाऔँ पाखुरी आफैँले
    परौँ कर्ममा भर !
    -बिबा तामाङ
    लापपञ्चर सिटोङ खरसाङ
    ४६)
    —————<•>—————
    भगवानको याद गर्नुहोस्
    सपनाहरू साकार पार्न
    पाखुरीमा हिम्मत भर्नुहोस् ।
    ✍️ संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत
    ४७)
    —————<•>—————
    १.
    ब्युँझिए सपना देखेर
    राम्रो भएन कहिल्यै
    भावीले नराम्रो लेखेर !
    २.
    सपना ठूलो देख्नू
    यथार्थ नलुकोस् कहिल्यै
    त्यसैको कथा लेख्नू !
    -राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ
    ४८)
    —————<•>—————
    १.
    मनमा सोचेका कुरा
    देखेका सपना हुन्छन्
    एकदिन हुनेछ पूरा !
    २.
    नेताको देखाउँछन् आस
    विकास सपना सबै
    पूरा हुँदैनन् पास !
    -कृष्ण बजगाई, भक्तपुर
    ४९)
    —————<•>—————
    रातको सपना विकार
    सत्यता हुन्छ दिनको
    भविष्य सुधार्ने आधार !
    -दिल ठकुरी, दार्जिलिङ
    ५०)
    —————<•>—————
    १.
    गरेर मनमा जपना
    पूरा नहोलान् तथापि
    देख्नू ठूलै सपना !
    २.
    सुनेनन् मेरा कुरा
    वैरी भैदिँदा आफ्नै
    सपना रहे अधुरा !
    -शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    —————<•>—————

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P