• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

पञ्चाङ्ग लेखन शृङ्खला भाग- ३ सम्पन्न

  • २७ श्रावण २०७९, शुक्रबार ०७:०३ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य  समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको :- भाग ३ (तीन)
    ——————————————–
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
                       विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
               मिति:- २०७९/०४/२४
    ………………………………………….
    प्रशिक्षक:-
    ———–
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तोयानाथ सुवेदी
                  
    भाषा शुद्धीकरण
    ————
    सोमनाथ लुइटेल रवि पाल्पाली
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    सुशीला पौडेल

                  संयोजक
       दुर्गा आचार्य ,भवानी घिमिरे
                        तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल ।

    ======================

    पञ्चाङ्गको संरचना :- १६ अक्षरमा  गर्नु पर्नेछ ।

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
    कसरी लेख्न सकिन्छ ?
    —————-
    पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    जस्तै :-
    उठान:-
    गाउँ भरिकाले सदैव  कालू भन्छन् मलाई (१)
    टाठो चलाख भएर नै चालू भन्छन् मलाई (२)

    तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ
    ———————————-
    कहिले राम्रो भन्दछन्  कहिले विचरा भएँ (३)

    माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने
    ———————————
    १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ

    गमक्क परेर   बसेको ठालु भन्छन् मलाई (४)
    सबै मिलेर अब यहाँ   ढालु भन्छन् मलाई (५)

    अनुप्रास :- कालू, चालू, ठालु, ढालु, दालु, पालु, हालु, फालु।आदि

    स्थायी :- भन्छन् मलाई
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

                 यस  शृङ्खलामा दिइएको अभ्यास अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो फोटो, नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    —————————
    पञ्चाङ्ग    ०१

    गाउँ भरिकाले सदैव  कालू भन्छन् मलाई
    टाठो चलाख भएर नै चालु भन्छन् मलाई
    कहिले राम्रो भन्दछन्  कहिले विचरा भएँ
    गमक्क परेर   बसेको ठालु भन्छन् मलाई
    सबै मिलेर अब यहाँ   ढालु भन्छन् मलाई ।

    💢सोमनाथ लुइटेल ” रवि पाल्पाली “

    पञ्चाङ्ग    ०२

    सोझै भएर होला किन दालु भन्छन् मलाई
    पढाईमा जिरो   भएरै आलु भन्छन् मलाई
    सबैले   प्रगति   गरे   मेरो     अवगति सधैँ
    गल्ती नहुँदा खाडलमा हालु भन्छन् मलाई
    कसै  गरेर  यसलाई   फालु भन्छन् मलाई ।

    💢संगिता शर्मा, सिन्धुली ।

    पञ्चाङ्ग   ०३

    गाउँमा सबैले   सदैव  कालू भन्छन् मलाई
    बाठो भएरै होला  सधैं चालु भन्छन् मलाई
    कहिले त राम्रै  भन्दछन्  तर कहिले विचरा
    चुप लागेर   बस्ता पनि  ठालु भन्छन् मलाई
    फेरि यसलाई कसरी     ढालु भन्छन् मलाई ।

    💢दुर्गा भट्टराई,मोरङ ।

    पञ्चाङ्ग     ०४

    माया गरेर नै सदैव कालू       भन्छन् मलाई
    कुरा गर्नेलाई सिपालु     चालु भन्छन् मलाई
    कहिले ठिकै   राम्रो भन्छन् कहिले त विचार
    नबाेली बस्दा कति ठुली ठालु भन्छन् मलाई
    कहाँबाट      यसलाई नै ढालु भन्छन् मलाई ।

    💢सहयात्री शाेभा अर्याल, रुपन्देही १४ बुटवल।

    पञ्चाङ्ग     ०५

    सबै स्थिति ठिक्क पारेर ठालु भन्छन् मलाई
    पोख्तताले  समस्या टार्दा चालु भन्छन् मलाई
    जे   गरेपनि   धर   पाइदैन  यो  जीवनमा
    कमजोरी  न  भेटाउदै  ढालू  भन्छन् मलाई
    सन्जोग मिलाइ खाल्डोमा हालू भन्छन् मलाई।

    💢अच्युत घिमिरे-भुटान बाट 🇧🇹

    पञ्चाङ्ग   ०६

    एक्ली छोरी हु मायाले कालू भन्छन् मलाई
    गाउँ पालिकामा तल्लिन  ठालु भन्छन् मलाई
    सबैसँग मिली काम गर्ने इच्छा भएर होला
    बस्दिन गाउँघर डुल्छु चालु भन्छन् मलाई
    दिमाग  ढिलो चलेर आलु भन्छन् मलाई ।

    💢अम्विका अधिकारी, झापा विर्तामोड ।

    पञ्चाङ्ग    ०७

    मायाले  हाेला, सवैले कालू भन्छन् मलाई
    व्यस्त हुँदा नि नबोले  ठालु भन्छन् मलाई
    अनुकुल समय मात्रै पाइन्छ र नै कहाँ 
    परिश्रमी छु सवैले चालु भन्छन् मलाई
    खुट्टा तान्नेले नि यहाँ फालु भन्छन् मलाई ।

    💢उर्मिला के.सी. धनकुटा ।

    पञ्चाङ्ग    ०८

    मानिहरू माया गरी कालू भन्छन् मलाई
    खै किन होला अन्जानमा ठालु भन्छन् मलाई
    विकृतिहरूको विरुद्ध खुलेर बोल्ने गर्छु
    सोझो भएर हो सायद चालु भन्छन् मलाई
    तानाबाना बुनेर आजै ढालु भन्छन् मलाई ।

    💢आर्त अकुलीन, कैलाली ।

    पञ्चाङ्ग    ०९

    भगवान् रङ्ममा छु म त कालु भन्छन् मलाई
    न्यायकाे निमित्त बाेल्दा त ठालु भन्छन् मलाई
    कमजोरकाे पक्षमा छु पहिले साथ मागे
    श्रीकृष्ण झैँ हक्की हुँदा नै चालु भन्छन् मलाई
    नराखी कंस जति यहाँ  फालु भन्छन् मलाई ।

    💢भवानी घिमिरे, सर्लाही ।

    पञ्चाङ्ग    १०

    हिजोआज  सपनामा ठालु   भन्छन् मलाई
    सम्झेर या कृष्ण लीला कालु भन्छन् मलाई
    बगाएर  प्रेम  धारा  त्यागी  भै    जिन्दगीमा
    उदाएका  जून  घाम   चालु  भन्छन्  मलाई
    खडेरीमा  पानीले  झैँ  गालु  भन्छन्  मलाई ।

    💢सीता कडेंल सापकोटा, भरतपुर चितवन।

    पञ्चाङ्ग   ११

    किन मायाले बोलाउदा कालू भन्छन् मलाई
    बाठो नाम पो राखेकारे चालू भन्छन् मलाई
    कस्ले के भन्ने कस्ले माया गरेको होकि रिस
    जानेको कुरा गर्दा पनि ठालु भन्छन् मलाई
    गरि खादा कसरी खुट्टा ढालु भन्छन् मलाई ।

    💢दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग    १२

    बुझेको कुरा सुनाउँदा ठालु भन्छन् मलाई
    बढी भयो यो त कसरी  ढालु भन्छन् मलाई
    कस्तो रिस गरी खाएको पनि देख्नु नहुने
    आफ्नु गरेर खादा पनि चालूु भन्छन् मलाई
    सके देखि यस्लाई छिट्टै फालु भन्छन् मलाई ।

    💢अनुप आचार्य, मोरङ ।

    पञ्चाङ्ग    १३

    सिन्को भाच्न नजान्दा कस्तो आलु भन्छन् मलाई
    कुराले भने ठिक्क पार्ने चालू भन्छन् मलाई
    बुढो हुँदा सम्म खाने भन्दा अरु क्यै नजान्दा
    कस्तो यो कपाल खुइले तालु भन्छन् मलाई
    गाला चैं रातो  भएकोले लालु भन्छन् मलाई !

    पशिपती राइ, खोटाङ ।

    पञ्चाङ्ग     १४

    केही बुझ्दैन् भन्ने ठानेर आलु भन्छन् मलाई
    बिना कारण खाडलमा हालु भन्छन् मलाई
    छानेर सोझा रूखहरू काटिन्छ भने जस्तै
    मिलेर धूर्त जति सधैँ ढालु भन्छन् मलाई
    यातनाको भुब्रोमा हाली गालु भन्छन् मलाई।

          💢अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    पञ्चाङ्ग   १५

    समपञ्चाङ्ग १
    ✍️✍️
    सबै मायाले बोलाउदै कालू भन्छन् मलाई
    हर बेला मौका  नगए ठालू भन्छन्  मलाई
    आफ्नो समय अनुकुल मिलाउने छ जिम्मा
    मौसमी ऋतु जस्तै  हुनु चालु भन्छन् मलाई
    लह मुना गृष्मको जस्तै पालु भन्छन् मलाई ।।

    सब चटनी जस्तै  मिल्ने खालु भन्छन् मलाई
    मन परे प्यारी त  नपरे  दालु  भन्छन्  मलाई
    सबैका प्रिय बन्न किन सकिन्थ्यो आजभोली
    आवश्यकमा चिप्लो नत्र फालु भन्छन् मलाई
    भित्रभित्रै  सेटिङ  गरि  ढालु भन्छन् मलाई ।।

    💢जमुना आचार्य, सिन्धुपाल्चोक ।

    पञ्चाङ्ग      १६

    मायालु देखिएर कोही कालू भन्छन् मलाई
    जता पनि मिसिन सक्ने आलु भन्छन् मलाई
    सबै मान्छे उस्तै नहुने रहेछन्  दुनियाॅमा
    कसै कसैले खोई किन ठालु भन्छन् मलाई
    जङ्गलबाट ल्याइएको भालु भन्छन् मलाई।

    💢घनश्याम पौडेल, पोखरा । ।

    पञ्चाङ्ग     १७

    दुनियाँले जे सुकै भनोस् न कालू भन तिमी
    राखेर त्यो  दिलमा सदा  मायालु भन तिमी
    सक्दिनँ  तिमी बिना  बाँच्न म  अलग भएर,
    साह्रै  डरपोक्  न परेँ  छेरभालु  भन  तिमी
    कुरा राख्न नसक्नेलाई नै  आलु भन तिमी ।

    💢वसन्त अनुभव, दाङ ।

    पञ्चाङ्ग      १८

    सबैसँग मिल्ने खालको आलु भन्छन् मलाई
    मिठो बोलीले बोलाउँदा कालू भन्छन् मलाई
    सकेसम्म सधैं सबैसँग राम्रो गर्न खोज्छु
    मेरा दुष्ट जति सबैले  ढालु भन्छन् मलाई
    कसैले सकिदैन ठूली ठालु भन्छन् मलाई।

    💢सुशीला पौडेल, काठमाडौं ।

    पञ्चाङ्ग     १९

    सबैले नै  माया गरेर कालू भन्छन् मलाई
    काम गर्ने भएर होला चालु भन्छन् मलाई
    टुहुरो भएकोले समाजमा  मलाई यहाँ 
    राम्राले त माया लागेर पालु भन्छन् मलाई
    हेला गरेर  खाडलमा फालु भन्छन् मलाई ।

    💢सम्झना थापा मगर, स्याङ्जा ।

    पञ्चाङ्ग      २०
                                                                                                                                         माया गरेको झैं गर्छन्  कालू भन्छन् मलाई                                                                           
    भित्र भित्रै कतिले ठालु छ भन्छन् मलाई                                                                       
    मुखमा राम राम बगलीमा छुरा धेरै                                                                                      उखालेर जरै देखि फालु भन्छन् मलाई                                                                         
    देशको खम्बा हूँ तर ढालु भन्छन मलाई !     
                                                                                                                                                                                                                                
    💢मिथिला अधिकारी मकवानपुर हेटौडा ।

    पञ्चाङ्ग    २१

    गाउँघरतिर सबैले  कालू भन्छन् मलाई।
    सबैसँग मिल्ने खालको आलु भन्छन् मलाई।
    जस्तालाई उस्तै व्यवहार गर्ने स्वभाव छ,
    नराम्रो काम नमान्दा म ठालु भन्छन् मलाई।
    ठूलैको संगत छ क्यारे चालूु भन्छन् मलाई।

    💢ह्यारिस ह्यरिसन, काठमाडौं ।

    पञचाङ्ग     २२
    १
    कसैसँग झुक्दैन शिर ठालु भन्छन् मलाई
    थर्काउँछु वैरीलाई इखालु भन्छन् मलाई
    गर्दिनँ म अन्याय न त सहन्छु थिचोमिचो
    माया बाँड्छु सबैलाई दयालु भन्छन् मलाई
    डग्न दिन्न स्वाभिमान मकालु भन्छन् मलाई
    २
    अलिअलि लजाउँछु लजालु भन्छन् मलाई
    नजरको तीर हान्दा नशालु भन्छन् मलाई
    ग‍ोरीगोरी सुकुमारी गाउँकी कि प्यारी छोरी
    मीठो बोल्छु सबैसँग दयालु भन्छन् मलाई
    पछि लाग्छन् ठिटाहरू मायालु भन्छन् मलाई

    💢पुष्पा नेपाल(सुवेदी )
             इलाम

    पञ्चाङ्ग    २३

    चैत मास   खडेरीले   नालु खुइलियो साथी
    अँगेनाको भुङ्ग्रो भित्र आलु खुइलियो साथी
    यस्तै रैछ जिन्दगानी कर्कलाको पानी जस्तो
    पारि पाखा डढेलोले   भालु खुइलियो साथी
    दुःख गर्दागर्दै   आफ्नो तालु खुइलियो साथी ॥

    💢गुणनिधि घिमिरे, दमक .।

    पञ्चाङ्ग    २४

    मायाले बोलाउदा कालू भन्छन मलाई
    कहिले केही  नमाने ठालु भन्छन मलाई
    यस्तै हुन समाजका मानिस कुरा फेर्छन
    केही राम्रो काम गरे ढालु भन्छन मलाई
    कुरा नबुझ्नेहरू जति चालु भन्छन मलाई ।

    💢सुमित्रा पोखरेल काठमाडौं  ।

    पञ्चाङ्ग     २५
    सम पञ्चाङ्ग

    बोलाउँदा भाउ खोजेर ठालु भन्छन् मलाई।
    उसिन्दै तरकारी खानेआलु भन्छन् मलाई।।
    के गर्नु जमाना अनुसार  चल्नै पर्छ साथी।
    गाउँ टोलमा डुलेकोले  चालू भन्छन् मलाई।।

    रिसाउँदा आँखा तरेर भालु भन्छन् मलाई।।
    साथी भाइले बोलाउँदा कालू भन्छन् मलाई।
    दलाहको रानी हो भन्दै फालू  भन्छन् मलाई।।
    म आफ्नू ठाउँमा सही छु याद राख्नुहोस् हजुर
    कमलो मन सम्झिएर पालु भन्छन् मलाई।।
    इन्द्रजाल षड्यन्त्र बुन्ने जालु भन्छन् मलाई।।

    💢कमल पाण्डे पराजुली
    झापा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन शृङ्खला भाग- ३ सम्पन्न

    उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

  • २५ श्रावण २०७९, बुधबार २०:३३ मा प्रकाशित
  • १.
    मिलन
    सुन्दर सपना
    पूरा भएको आभास !

    २.
    उपहार
    अमूल्य वस्तु
    मनमा मीठो सम्झना !

    ३.
    माया
    समयको खेल
    टाढा हुने कसरी ?

    ४.
    प्यास
    मनको भाव
    मेट्ने निश्चल जल !

    ५.
    बिहानी
    मन्द चिसो
    सुनौलो किरणको आभास !

    ६.
    घाम
    उर्जाको स्रोत
    बिहानीको सुनौलो आभास !

    ७.
    प्रेम
    दया करुणा
    मायाका कथा अनेक !

    ८.
    वर्षा
    मेघ गर्जन
    हावा असिना पानी !

    ९.
    सहायता
    जिउँदा भगवान्
    निर्दोष असहाय मनहरू !

    १०.
    मन
    जताततै तरङ्ग
    वेदनाको पोको सामेल !

    • दुर्गा आचार्य, मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

    उदक यात्री परमेश्वरराज कार्कीका उत्कृष्ट उदकहरू

  • २५ श्रावण २०७९, बुधबार २०:२७ मा प्रकाशित
  • १
    जातिवाद
    जहरिलो समाज
    घात प्रतिघात प्रतिशोध !

    २
    छुवाछुत
    अमानविय व्यवहार
    विभेदपूर्ण आश्चार्यको संसार !

    ३
    लैङ्गिकता
    पुरुषवादी समाज
    पिल्सिएका नारिहरूको आँसु !

    • परमेश्वरराज कार्की
      लम्की, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री परमेश्वरराज कार्कीका उत्कृष्ट उदकहरू

    नेपाली राजदुतावास साउदी अरबका नवनियुक्त राजदूत नबराज सुवेदी द्वारा पद वहाली ।

  • २५ श्रावण २०७९, बुधबार १७:२५ मा प्रकाशित
  • साउदी अरबका लागि नेपालका नव नियुक्त राजदूत नवराज सुवेदीले आज मिति २०७९।०४।२५ देखि आफ्नो पदभार सम्हालेका छन् ।
    नेपाली राजदूतावास, रियाद द्वारा आफ्नो आधिकारिक फेसबुक पेज मार्फत उपलव्ध गराईएको जानकारीअनुसार नव नियुक्त राजदूत सुवेदी आज बिहान हिमालय एयरलाईन्सको उडानबाट राजधानी रियाद आइपुगेका थिए भने उनलाई विमानस्थलमा साउदी अरबका विदेश मन्त्रालयका शिष्टाचार विभागका अधिकारी र राजदूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on नेपाली राजदुतावास साउदी अरबका नवनियुक्त राजदूत नबराज सुवेदी द्वारा पद वहाली ।

    उदक यात्री आर्त अकुलीन उत्कृष्ट १० उदकहरू

  • २४ श्रावण २०७९, मंगलवार ०८:१३ मा प्रकाशित
  • 🌺 केही उदक 🌺
    —————– … ✍️ आर्त अकुलीन
    १
    क्षितिज
    रक्तिम लाली
    खोजमा सुनौलो बिहानी !
    २
    सडक
    राता गोरु
    चौतर्फी रातै नियत !
    ३
    गोमन
    बिखको दम्भ
    जीवन आखिर मृत्यु !
    ४
    त्रिफला
    जीवन बुटी
    तन मन स्वस्थ !
    ५
    वर्षात्
    खोलामा पानी
    संरक्षण खोजमा सेतु !
    ६
    लसुन
    एक वस्तु
    अनेक किसिमको ओखती !
    ७
    काग
    सन्देश वाहक
    विभिन्न अर्थको द्योतन !
    ८
    घुन
    किराको जात
    चौतर्फी अन्नको नास !
    ९
    उपियाँ
    स्पष्ट नदेखिने
    अकस्मात् भित्रभित्रै डस्ने !
    १०
    लालिमा
    मनको आभा
    भावमा दिव्य ज्योति !

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री आर्त अकुलीन उत्कृष्ट १० उदकहरू

    उदक यात्री देवकी केसीका उत्कृष्ट उदकहरू

  • २३ श्रावण २०७९, सोमबार १९:५० मा प्रकाशित
  • १.
    तितेपाती
    लुतोमा राम्रो
    छालाको रोग जाती !

    २.
    बेसार
    लेप लगाए
    छाला हुने सुन्दर !

    ३.
    जडीबुटी
    कालो जिरा
    मार्ने पेटको कीरा !

    ४.
    तेजपात
    कफ पत्थरी
    रोक्ने हुनबाट गर्भपात !

    ५.
    भुइँकटहर
    रक्तचाप कमलपित्त
    रोगको अचुक उपचार !

    ६.
    मह
    खाँदा नियमित
    बलियो हुन्छ देह !

    ७.
    तीतेकरेला
    खाएमा तरकारी
    रोक्न सकिन्छ पखाला !

    • देवकी केसी, काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री देवकी केसीका उत्कृष्ट उदकहरू

    सिक्री लुटेर भाग्दाभाग्दै युवक पक्राउ

  • २३ श्रावण २०७९, सोमबार १६:५७ मा प्रकाशित
  • २३ साउन, काठमाडौं । सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरीले काठमाडौंको टोखा नगरपालिकाबाट एक युवकलाई पक्राउ गरेको छ ।

    सुनसरीको धरान उपमहानगरपालिका-८ घर भई माछापोखरी बस्ने २८ वर्षीय ज्ञानेन्द्र सेन्चुरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    टोखा नगरपालिका-८ जाल्पाचोक भुवनेश्वर मार्गमा ज्ञानेन्द्रले काठमाडौं माछापोखरी बस्ने नुवाकोटकी ५९ वर्षीया महिलाको घाँटीमा लगाएको पहेंलो धातुको सिक्री तानी भागेको प्रहरी प्रभाग गोंगबुले जनाएको छ । खबर पाएपछि पुगेको गोंगबु प्रभागको टोलीले ज्ञानेन्द्रलाई ३ थान सिक्री सहित पक्राउ गरेको हो ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on सिक्री लुटेर भाग्दाभाग्दै युवक पक्राउ

    ६ महिने छोरी मार्ने आमासहित एक पुरुष पक्राउ

  • २२ श्रावण २०७९, आईतवार २१:४३ मा प्रकाशित
  • छ महिने छोरीलाई शौचालयको खाल्डोमा फालेर मार्ने आमासहित एक पुरुष पक्राउ परेका छन्।

    छोरीलाई खाल्डोमा फालेर मार्ने कार्यमा संलग्न स्याङ्जाको गल्याङ नगरपालिका–२ इलुंगा बस्ने २२ वर्षीया लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका–१० कुमालगाउँ बस्ने २२ वर्षीय केदार कुमाल शुक्रबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए।

    रामपुर–१० का २२ वर्षीय कुमालसँग साउन १० गते रानाले घरमा कसैलाई नसोधी छ महिनाको छोरीसहित भागी विवाह गरेको निवेदन परिवारले प्रहरीमा दिएसँगै खोजी गर्ने क्रममा साउन २० गते शुक्रबार गल्याङ बजारबाट नियन्त्रणमा लिइएको प्रवक्ता खनालले बताए।

    पक्राउ गरी अनुसन्धानका क्रममा लक्ष्मीले ६ महिनाकी छोरीलाई १० गते राति १२ बजेको समयमा घरकै अस्थायी शौचालयको खाल्डोमा फालेको खुलेको थियो। खोजी गर्दा सडेगलेको अवस्थामा बच्चाको शव फेला परेको प्रहरीले जनाएको छ।

    प्रहरीले लक्ष्मी र केदार दुवैलाई नियन्त्रणमा लिई ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरू गरेको बताएको छ।

    Posted in मुख्य खबर, समाजLeave a Comment on ६ महिने छोरी मार्ने आमासहित एक पुरुष पक्राउ

    पञ्चाङ्ग चित्रपट भाग-०५ सम्पन्न

  • २२ श्रावण २०७९, आईतवार ०१:४७ मा प्रकाशित
  • ?

    (जडीबुटी सप्ताह चलिरहेको हुँदा जडीबुटी विशेष चित्रपट पञ्चाङ्ग लेख्न अनुरोध छ )
    ========

    दर्ता पछिको पञ्चाङ्ग चित्रपट भाग:-०५
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७९/०४/१९

    प्रशिक्षक :
    ————
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तोयानाथ सुवेदी

    चित्र संकलन
    —————-
    सुशीला पौडेल

    शुद्धीकरण
    ————–
    सोमनाथ लुइटेल
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    समायोजन
    ————-
    दुर्गा आचार्य & भवानी घिमिरे

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार 🙏 ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको पाँचौं अभ्यासमा छौं। यहाँहरुलाई हार्दिक स्वागत गर्दै🙏

    यस शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    चित्रपट पञ्चाङ्ग    ०१

    लौ जडिबुटी कसले   पायो जडिबुटी
    जो बिरामी उसैले नै  खायो जडिबुटी
    निको हुन्छ सबै रोग खायो भने पक्कै
    खुट्टो भाँचे पछि आफै लायो जडिबुटि
    गाउँघर    सबैतिर    छायो   जडिबुटी ।

    ✍️दस्ता कौशिक,पाँचथर।

    चित्रपट पञ्चाङ्ग    ०२

    रोग लागे पछि हाम्रो मन पनि रुन्छ साथी
    एलोपेथिक् औषधिले अलि अलि छुन्छ साथी
    हाम्रा वरपर धेरै औषधिका भण्डार छन्
    प्रकृतिका झारपात निकै राम्रो हुन्छ साथी
    जडिबुटी प्रयोगले सबै रोग धुन्छ साथी ।

    ✍️गुणनिधि घिमिरे दमक ।

    चित्रपट पञ्चाङ्ग   ०३

    धेरैजसो बिरुवा पातलाई  मानिन्छ जडिबुटी
    कुन के काममा प्रयोग गर्ने छानिन्छ जडिबुटी
    सामान्य देखि बहुल्य वनस्पति चिन्न नसक्नाले
    पेट दुखेको बेलामा ढाडमा  हानिन्छ जडिबुटी
    रुघा मर्की लाग्दा गुर्जो लहरा तानिन्छ जडिबुटी ।

    ✍️होम प्रसाद नेउपाने, धरान,सुनसरी ।

    चित्रपट पञ्चाङ्ग    ०४

    चिन्नेलाई जडिबुटी अमुल्य हुन्छ हजुर
    कतिको नजरमा जडिबुटी तुच्छ हजुर 
    हरियो  वन नेपालको  धन हो  महोदय
    कतिपय  जडिबुटी  वनमै  सुक्छ  हजुर 
    देशले आफ्नै सम्पत्ति नचिन्दा दुख्छ हजुर ।

    ✍️बुद्धिमान दनुवार, सुरुङ्गा ४ झापा

    चित्रपट पञ्चाङ्ग    ०५

    बुद्धिमानले खान्छ जडिबुटीकाे औषधी 
    सधैं किनेर लान्छ जडीबुटीकाे  औषधी 
    अंग्रेजी औषधीले खराब पनि गर्छ नि 
    अचुक भनेर ठान्छ जडीबुटी औषधी 
    पैसाले पनि त धान्छ जडीबुटी औषधी  ।
                        
    ✍️नवराज भट्ट, महेन्द्रनगर, कञ्चनपुर ।

    चित्रपट पञ्चाङ्ग    ०६

    आफ्नै छन् घरमा जम्मा जडिबुटी 
    निको भो शरमा  जम्मा  जडिबुटी 
    जाने प्रयाेग अर्थ लस्कर खात
    डलर भरमा जम्मा जडिबुटी 
    नेपथ्य करमा जम्मा जडीबुटी ।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।

    चित्रपट पञ्चाङ्ग   ०७

    जडिबुटी विशेष औषधी नै मान्नु पर्छ 
    कुन हाे केको लागि प्रयोग गर्न जान्नु पर्छ 
    बिमार व्यथाबाट निरोगी   रहनलाई 
    बगैंचादेखि  डाँडासम्म  गइ  तान्नु पर्छ 
    हेरविचारले  खास   चिनेर   छान्नु पर्छ  ।

    ✍️ अच्युत घिमिरे, भुटान बाट ।

    चित्रपट पञ्चाङ्ग   ०८

    जडिबुटीले नै भरेको मानिएको देश
    बिश्वमा नै हेर्दाखेरी छानिएको देश
    जान्नुपर्छ खोज्न प्रयोग गरौं मिलेर
    स्रोत साधनले भरिपूर्ण ठानिएको देश
    तर नेताकै कारणले नै  गानिएको देश ।

    ✍️सोमनाथ लुइटेल रवि पाल्पाली ।

    चित्रपट पञ्चाङ्ग    ०९

    अन्न धेरै फलाउने  लक्ष्य हाम्रो भाछ आज 
    छिटो धनी बनौं भनि मन त्यतै गाछ आज 
    भएभरकाे  विष राखी बिगार्छौ ताजा खाना 
    जडिबुटी यहाँ  हेर पाखा लागि राछ आज 
    बिरामी दैनिकी झैँ औषधालय धाछ आज  ।

    ✍️भवानी घिमिरे, सर्लाही ।

    चित्रपट पञ्चाङ्ग    १०

    तिमीले भन्यौ मन ठुलो हो
    आखिरी भयो धन ठुलो हो
    स्याउ सुन्तला मिठो त्रिफला
    जडिबुटीको वन ठुलो हो
    बुझेमा स्वस्थपन ठुलो हो ।

    ✍️आर्त अकुलीन, कैलाली ।

    चित्रपट पञ्चाङ्ग   ११

    प्राचीन कालबाट आएको ओखती जडिबुटी
    मानव सभ्यतामा छाएको ओखती जडिबुटी
    ऋषिमुनिबाट   आजसम्म उपचार गर्दैछौँ
    हाम्रो जीवनले नै पाएको ओखती जडिबुटी
    मनपराएर नै खाएको ओखती जडिबुटी ।

    ✍️संगिता शर्मा, सिन्धुली ।

    चित्रपट पञ्चाङ्ग   १२

    हाम्रै वनपाखा भरी जडीबुटी छान्नु पर्छ
    संरक्षण गरी वन जडीबुटी मान्नु पर्छ
    अमला र काफल पाक्दा खुशी छ चरा पनी
    जोगाएर वनपाखा जडीबुटी खानु पर्छ
    महत्व छ संसारमा जडीबुटी जान्नु पर्छ ।

    ✍️सीता कडेंल सापकोटा, भरतपुर चितवन।

    चित्रपट पञ्चाङ्ग    १३

    सानाे ठुलो जानेकाले दिएको अर्ती मान्नु पर्छ
    आफ्नै घर वरिपरि छन् जडिबुटी जान्नु पर्छ
    डाक्टरकाे दवाइले मात्रै हुँदैन क्यारे यहाँ
    बुढापाकाले भनेको कुरा त राम्रो ठान्नु पर्छ
    घरमै बनेको ओखती राम्रोसँग छान्नु पर्छ  ।

    ✍️सहयात्री शाेभा अर्याल , रुपन्देही  १४ बुटवल।

    चित्रपट पञ्चाङ्ग    १४

    हरेक छन् नेपालमा जडिबुटी हामीले चिनेको राम्रो
    गुण युक्त पाईन्छ औषधी सबैले खोज्न हिनेको राम्रो
    जडिबुटी खाेज्ने व्यक्तिलाई त राज्यबाट सम्मान गराैँ
    चोरी चकारी हुँदै देखे जसले पनि त्यो छिनेको राम्रो
    प्रशोधन केन्द्र बनाई राख्नु त्यहीँ बाट किनेको राम्रो ।

    ✍️दुर्गा आचार्य
    मोरङ।

    चित्रपट पञ्चाङ्ग    १५

    जडिबुटी के हो भनि ऋषि मुनिलाई सोध्नु पर्छ
    वन पाखा गएर सबैले जडिबुटी  खोज्नु पर्छ 
    अब हुँदैन रासायनिक दवाइ सेवन गर्नु
    आयुर्वेदिक औषधीलाई नै  सबैले रोज्नु पर्छ
    नत्र भने हाम्रो शरीरले ठुलो दुःख भोग्नु पर्छ।

    ✍️मल्ल लक्ष्मी श्रेष्ट
       मेची किनार
    बिर्तामोड झापा।

    चित्रपट पञ्चाङ्ग    १६

    जडिबुटीले नेपालको शान दिएको छ
    चिनाएर बिश्वमा हाम्रो मान दिएको छ
    जोगाउनु पर्छ सबैले मिली जडिबुटी
    अन्य देशमा नेपालले दान दिएको छ
    जटिबुटी राम्रो नामले  गान दिएको छ ।

    ✍️अनुप आचार्य, मोरङ।

    चित्रपट पञ्चाङ्ग    १७

    गाउँ  घर  जताततै, भन्नुपर्छ  अब
    बाँझापाखा बारीहरु,खन्नुपर्छ अब
    जडिबुटी खेती गरी,आम्दानी बढाई
    धितमारेर   रुपियाँ,  गन्नुपर्छ  अब
    आफूपनि  हट्टाकट्टा, बन्नुपर्छ  अब।
                      
    ✍️चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके ।

    चित्रपट पञ्चाङ्ग    १८

    जडिबुटीको खानी  भएको हाम्रो देश
    जलश्रोतमा पानी भएको हाम्रो देश
    जल, जमिन र जडिबुटी प्रयोग गर्दा
    विश्वकै माथि जानी भएको हाम्रो देश
    आँखामा राख्ने नानी भएको हाम्रो देश।

    ✍️ह्यारिश ह्यारिशन, काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग   १९

    मेरो देशमा आयुर्वेद जडिबुटी  पाईन्छ यहाँ
    चारवर्ण छत्तिस जात आफ्नै गित गाईन्छ यहाँ
    डाँडा काँडा हरियाली वन डाँफे मुनाल नाँचेको
    मकै फापर  आयुर्देव ओखती त खाईन्छ यहाँ
    हाम्रो देशको जडिबुटी बेच्न अन्त्यै  जाईन्छ यहाँ।

    ✍️कमला पाण्डे पराजुली, झापा चारआलि मेची नगरपालिका १३

    चित्रपट पञ्चाङ्ग     २०

    जडिबुटी हाम्रो शान हो
    विश्व चिनाउने मान हो
    घृणा गर्नु हुन्न कसैले
    विदेशी औषधी भान हो
    प्रकृतिको एक दान हो।

    ✍️सुशीला पौडेल, काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग    २१

    यी मसला ओखतीभएका छन् 
    ल्वाङ् सुकुमेलहरु रहेका छन्
    आयुर्वेदिक ओखती यही हाे
    राेगीले व्यथा त सहेका नै छन्
    जान्नेले यही कुरा कहेका छन् ।

    ✍️मधुसुदन प्रसाद घिमिरे, काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग   २२

    हाम्रो देशमा कति अमुल्य पाइन्छ जडिबुटी
    प्रयाेगमा ल्याउन जाँगर चाहिन्छ जडिबुटी
    यार्सागुम्बा घाेर्ताप्रे तितेपाति भएको नेपाल
    सिस्नाे,घ्युकमारी जिम्मु  आदि खाइन्छ जडिबुटी
    दशमै बिदेशीलाई खान ल्याइन्छ जडिबुटी ।

    ✍️दुर्गा निरौला, काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग    २३

    जडिबुटि सधैं प्रयोग गरौ मित्र
    सबैको तन र मनमा भरौ मित्र
    समयमै हामीले चिन्नुपर्छ हेर
    रोगलाई निको पार्न नै सरौ मित्र
    अब हामी यसैमा भर परौ मित्र ।

    ✍️आर्मित्मा थापा मगर, स्याङ्जा ।

    चित्रपट पञ्चाङ्ग    २४

    जता   हेर्यो  उतै   पाइन्छ  जडिबुटी
    समस्या   परेमा  चाहिन्छ  जडिबुटी
    अंग्रेजी औषधि भन्दा राम्रो मानिन्छ
    घरमै   खोजी   बनाइन्छ   जडिबुटी
    स्वास्थ्य समस्यामा खाइन्छ जडिबुटी ।
    ✍️वसन्त अनुभव
    घोराही, दाङ

    चित्रपट  पञ्चाङ्ग   २५

    नमासौ बोट बिरुवा जडिबुटी बनाउन मिल्छ
    यहि हो है ओखती को पहिचान जनाउन मिल्छ
    चलेको  चलन संसारमा आयुर्वेद भनिकन
    जीवन असल उपचार  भनी मनाउन मिल्छ
    शरिर बनोट निखार आउँछ  छनाउन मिल्छ .

    ✍️अम्विका अधिकारी
    झापा विर्तामोड

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग-०५ सम्पन्न

    नेपाल आदिवासी जनजाति महासंघ द्वारा आउँदो १२अगष्टमा साउदी अरबको दम्माममा २८औ विश्व आदिवासी दिवस मनाउने।

  • २१ श्रावण २०७९, शनिबार २३:४७ मा प्रकाशित
  • नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)राष्ट्रिय समन्वय परिषद , साउदी अरबले यहि आउँदो १२अगष्ट ‌ अर्थात श्रवण २७ गते शुक्रबारका दिन २८ औ विश्व आदिवासी दिवस शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम-२०२२ आयोजना गरि मनाउने भएको छ।

    महासङ्घका महासचिव रोशन श्रेष्ठले दिएको जानकारीअनुसार कार्यक्रम साउदी अरबको पूर्वी क्षेत्र दम्माम सिको नजिकै रहेको होटल प्यारागन आयोजना गरिने भएको छ भने कार्यक्रम नेपाली राजदुतावासका कार्यवाहक राजदूत दिलिप पौडेलको प्रमुख आतिथ्यमा बिभिन्न जातीय सास्कृतिक झाकीको पनि प्रस्तुति गरिने भएको छ ।

    महासंघको प्रवास समिति साउदीमा तमु धि नेपाल ,नेपाल मगर संघ ,किरात राई यायोक्खा ,नेपाल तामांग घेदुग , नेवा : समाज ,किरात याक्थुङ चुम्लुङ लगायत साउदी अरबमा अवस्थित बिभिन्न जातीय संघसंगठन आबद्ध रहेका छन् ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on नेपाल आदिवासी जनजाति महासंघ द्वारा आउँदो १२अगष्टमा साउदी अरबको दम्माममा २८औ विश्व आदिवासी दिवस मनाउने।

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P