• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

साताका तीन लघुकथा

  • २९ श्रावण २०७९, आईतवार ११:११ मा प्रकाशित
  • ‘साताका तीन लघुकथा’को सत्रौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका जनैपूर्णिमा विशेष लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (जनैको कथा, बाचा बन्धन र जनै) छनोट गरी प्रकाशन गरिएको छ।

    १) लघुकथा : जनैको कथा

    ✍️ लक्ष्मण अर्याल 

    “यसपालि तिब्बती भोटेले जनै पठाउँदै पठाएन । यो त पोहोरको जगेडा हो ।” पूजा सामग्री पसलका बुढा बा भन्दै थिए ।

    “धन्न हाम्रो संस्कृति त्यही भोटेले भने पनि जोगाइदिएको छ बा ।” उसले कुराको पुच्छर जोड्यो ।

    “जनै मन्तर्नु (मन्त्रनु) अनि मन्तरिएको (मन्त्रिएको) जनै लगाएर त्यसको विधिविधान पालना गर्नु, यी सबै दन्त्यकथा भए । सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला, यो संस्कृति खाल्डोमै जाला, पैसा जति भोटेले लाला ।” पसले बुढा पनि कहाँ कम थिए र । उनले ठट्टैठट्टामा गहिरो कुरा गरे ।

    “हो त नि बुबा ।” उसले बुढाका कुरामा सही थाप्यो ।
    “तिमीलाई पुराना कुरा था’छैन बाबु । उहिले एक जना ज्ञान दिलदास भन्ने सन्त कविले भनेका थे, ‘धर्म र कर्म गुरुङले गर्यो छक् पर्योे बाहुन’ यो बाहुनलाई हेप्या हो भन्लाऊ नि फेरी । हैन, सत्ते कुरा बोलेको हो ।” बुढा अझ कुरामा गहिरिए ।

    बुढा आफ्ना कुरा सुनिदिने र सही थाप्ने मान्छे भेट्टाए यसरी कुरामा बगिरहन मनपराउँछन् । घर बसेर काम नहुँदा उनी दिक्क थिए । यसैले छोरालाई कर गरेर एउटा पूजासामग्री पसल राखे । यो पसल राखेपछि उनी झनै तेजिला बन्दै गएका छन् ।

    उसले भन्यो, ” तपाईं पनि यही जनै लाउनुहुन्छ बा ?”
    बुढाले कुरालाई निथारेरै भने, “मेरा लागि जनै म आफैं बनाउँछु बाबु । मन कहाँ मान्छ र यस्तो जनै भिर्न । अड्डी ब्राह्मणका लागि होइन यो जनै, हड्डी बाउनले मात्र यस्ता लाउँछन् ।”

    रत्न नगर, टाँडी, चितवन

    २) लघुकथा : बाचा बन्धन

    ✍️ निरज कोइराला 

    “येनबद्धु बलीराजा दानवेन्द्रो महाबल: …… “
    पण्डितले डोरो बाँध्दै थिए । मैले गुरुलाई डोरो बाँध्नुको कारण बताउन कर लगाएँ ।
    “सचि पुराण, स्कन्द पुराण, पद्म पुराण र श्रीमद्भागवत् पुराणमा समेत दानवीर असुर राजा बलीले देवताहरूलाई जितेपछि स्वर्गमा अधिकार जमाएका थिए । असुरराजको घमण्ड चरम् सीमामा पुगेको थियो । असुरराजको अहङ्कारलाई चकनाचुर बनाउनका लागि भगवान् विष्णुले अदितिको गर्भबाट वामन अवतार लिए र ब्राह्मण भेषमा राजा बलीकहाँ भिक्षा मागे ।

    राजा बली महान् दानवीर थिए । उनले ब्राह्मणलाई जे माग्छौ दिने छु भनेर वाचा गरे । ब्राह्मणरुपी भगवान् विष्णुले बाचा बन्धनमा तीन पाउ जमिन मागे । दुई पाउले आकाश र मर्त्य ढाकी पाताल पठाए ।” गुरुलाई रोकेर सँगै बसेका मित्र गणेशले प्रश्न तेर्स्याउनुभयो, “यो पुराण गुरुहरूले पहिल्यैदेखि असुर नेताहरूलाई पढाएर कपटी विष्णु बनाउनुभएछ । हामी सबै दानवीर बलीराजा । अब मङ्सिर चारको हाम्रो दुई भोट, त्यस्तै दुई पाउ त हुँदैन ?”

    बेलका १ । हालः इटहरी

    ३) लघुकथा : जनै

    ✍️ नारायण कोइराला
    बस आफ्नै गतिमा अगाडि बढ्दै थियो । नजिकै एउटै सिटमा बसेको साथीले फोनमा ठूला गफ गर्यो, “घाँटीमा धागो लगाउँदैमा के नै हुन्छ र ?” म कुरा बुझ्न सकिरहेको थिइनँ । मनमनै सोचेँ, “कुनै भ्रम होला, उसमा ।”

    मौसम खराब हुँदा रोड भाँसियो । सौभाग्य ! ठूलो रुखमा बस अडियो । म आफ्नो जनै समाउँदै भगवानलाई सम्झिएँ । हत्तपत्त ऊ, मेरो जनै समाउन पुग्यो । मैले जोडसँग भगवानलाई पुकारेँ । उसले पनि ।

    हामी दुवै बिस्तारै बसबाट उत्रियौँ । मैले प्रश्न गरेँ, “तिम्रो जनै खोइ ?” उसको शिर झुक्यो । मैले कुरा बुझेँ । उसले धागो भनेर साथीसँग कुरा काटेको त्यो धागो त ! पूजा गरिएको जनै पो रहेछ ।

    तानसेन पाल्पा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा

    उदक यात्री रोशन पराजुलीका उत्कृष्ट उदकहरू

  • २९ श्रावण २०७९, आईतवार ०१:४० मा प्रकाशित
  • १.
    आँसु
    नितान्त बहाना
    बहिदिने आखाँबाट अनायासै !

    २.
    आँसु
    पीडामा बहने
    अरूका बहानामा झर्ने !

    ३.
    आँसु
    खुसीले बहने
    पीडा भुल्ने बाहाना !

    ४.
    आँसु
    चाेट नसहने
    अनायासै बहने तप्प !

    ५.
    आँसु
    पिरतीकाे नासाे
    प्रियाकाे भुल्ने बाटाे !

    • राेशन पराजुली, धरान
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री रोशन पराजुलीका उत्कृष्ट उदकहरू

    उदक यात्री सविता के.सी.का उत्कृष्ट उदकहरू

  • २९ श्रावण २०७९, आईतवार ०१:३७ मा प्रकाशित
  • १
    रहर
    नकारात्मक सोच
    अरूलाई हाल्ने खाडल !

    २
    रहर
    सकारात्मक सोच
    मीठो सम्बन्धको डोरी !

    ३
    कहर
    बाध्यात्मक स्थिति
    प्रकृतिमा लामो सङ्घर्ष !

    ४
    कहर
    लाचारीपनको उदाहरण
    लुटेर पेटमा आहारा !

    ५
    सहर
    बाक्लो वस्ती
    विकासको नाममा सास्ती !

    ६
    सहर
    विकासको फुर्ति
    हराए देशका मूर्ति !

    ७
    लहर
    पछ्याउने बानी
    निष्कर्षमा शून्य मात्र !

    ८
    लहर
    को पहिला
    होडबाजीको चरम सीमा !

    ९
    बगर
    नदीको नजिक
    सुख्खा प्यासी मरभूमि !

    १०
    बगर
    चिताा आगो
    लासको हुन्छ अन्त्यष्टि !

    • सविता केसी, काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सविता के.सी.का उत्कृष्ट उदकहरू

    उदक यात्री दुर्गा भट्टराईका उत्कृष्ट उदकहरू

  • २९ श्रावण २०७९, आईतवार ०१:३५ मा प्रकाशित
  • १.
    संस्कार
    रक्षा बन्धन
    चलेको सामाजिक बिश्वास !

    २
    रक्षाबन्धन
    जोगाउँ संस्कृति
    लोप नहोस् कत्ति !

    ३
    जनैपूर्णिमा
    जनै लगाउँ
    क्वाँटी खाई रमाउँ !

    ४
    नाडीमा
    लगाउँ रक्षाबन्धन
    बचाउँ पुरानो चलन !

    ५
    राखी
    दिदीभाइको सद्भाव
    सम्बन्ध नटुटाेस् कहिल्यै !

    • दुर्गा भट्टराई, मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री दुर्गा भट्टराईका उत्कृष्ट उदकहरू

    चितवनकी अमृता रसाइली विश्वकी प्रथम चारुकार

  • २८ श्रावण २०७९, शनिबार १९:३१ मा प्रकाशित
  • तस्बिर श्रोत : ताराप्रसाद चापागाईं

    भरतपुर, चितवन
    साहित्य संगम चितवनले बहुचर्चित साहित्यकार , गीतकार तथा प्राज्ञ अमृता रसाइली रामदामको चारु संग्रह “खण्डित इन्द्रेणी”को विमोचन तथा परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ।

    नारायणी माविको हलमा सम्पन्न उक्त कार्यक्रमको सभापति संगमका अध्यक्ष साहित्यकार प्रकाश चापागाईं र प्रमुख अतिथि भरतपुर मनपा प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मी हुनुहुन्थ्यो ।

    पुस्तक विमोचन र समीक्षा कार्यक्रममा बर्दघाट नगरपालिकाका कुलपति डा.घनश्याम न्यौपाने परिश्रमी, डा.देवी पन्थी, यज्ञलाल सुवेदी( बुटवल ), घनश्याम पौडेल ( पोखरा ), प्रा. कपिल अज्ञात , हुसेन खाँं,रमेश प्रभात, किसान प्रेमी आदि चितवन हुनुहुन्थ्यो ।

    बहरे गजलको विकल्पमा प्रयोगमा ल्याइएको बेबहर चारु छोटो समयमा नेपाल र हिन्दुस्तानमा निकै लोकप्रिय भएको छ भन्दै डा परिश्रमीले चितवन कि अम्रुता रसाइली विश्व कि प्रथम चारुकार हुन सफल भएकोमा चितवनवासीलाई समेत बधाई दिनु भयो।

    प्रा.कपिल अज्ञातले आफ्नो महानगरबासी अमृता रसाइलीको साहित्यिक प्रगतिमा खुशी व्यक्त गर्नु भयो । प्रमुख अतिथि उपकुलपति इन्द्र रेग्मीले अमृताले सही बाटो लिएको र हिँडेकै बाटोलाई निरन्तर दिन आशीर्वाद दिनुभयो । अध्यक्ष प्रकाश चापागाईंले चारु संग्रहको प्रथम कृति विमोचन तथा चर्चा परिचर्चा गर्न पाएकोमा खुशी व्यक्त गर्दै अमृतालाई बधाई दिनुभयो ।

    साहित्यकार रमेश प्रभातले जुन साहित्य वादविवादबाट खारिदै अगाडि बढ्छ त्यो नै असल साहित्य हुन्छ भन्दै अमृताको प्रगतिमा आफू खुशी भएको आशय व्यक्त गर्नुभयो ।

    सोही कार्यक्रममा प्रथम चारुकार अमृता रसाइली र उहाँका जीवनसाथी प्रेम रामदामलाई चारु साहित्य प्रतिष्ठानको तर्फबाट दोसल्ला , प्रमाणपत्र , माला र नगद राशीले सम्मान गरिएको थियो। कार्यक्रमको संचालन प्राज्ञ उषा तिवारीले गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on चितवनकी अमृता रसाइली विश्वकी प्रथम चारुकार

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६४ औँ भाग सम्पन्न

  • २८ श्रावण २०७९, शनिबार १९:०२ मा प्रकाशित
  • काठमाडौ, २८ साउन । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    शृङ्खलाका लागि राखिएको तस्बिर

    social media

    तस्बिरमा उदक लेखन अभ्यास शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    [१]
    गाईजात्रा
    सांस्कृतिक पर्व
    नेपाली हुनुमा गर्व !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [२]
    गाईजात्रा
    नेपाली परम्परा
    हाम्रो मौलिक पारा !
    ✍️
    पशपती राई
    खोटाङ

    [३]
    गाईजात्रा
    फरक मेला
    पर्वमा सबै भेला !
    ✍️
    शिव ज्ञवाली (जिज्ञासु)
    गुल्मी

    [४]
    गाईजात्रा
    मौलिक पर्व
    हास्य व्यङ्ग्य प्रदर्शन
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [५]
    गाईजात्रा
    नेपालीको गर्व
    ब्यङ्गको महान पर्व !
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा.-३,काभ्रे

    [६]
    गाईजात्रा
    पर्वकाे नाउँ
    तिक्तता पाेख्ने ठाँउ !
    ✍️
    भवानी घिमिरे
    सर्लाही ।

    [७]
    चाडपर्व
    नेपाली संस्कृति
    नआओस् यहाँ विकृति !
    ✍️
    भगवती दवाडी
    झापा

    [८]
    पर्व
    गाईजात्राको नाममा
    पितृ मोक्षको कामना !
    ✍️
    रमा पन्त
    पाल्पा

    [९]
    गाईजात्रा
    नेवारी संस्कृति
    बचाउनु छ परम्परा !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर थिमी५सङ्गमकाेलनी भक्तपुर ।

    [१०]
    गाईजात्रा
    मौलिक संस्कृति
    विकृतिको बिम्ब प्रस्तुति !
    ✍️
    आर्त अकुलीन
    कैलाली

    [११]
    गर्व
    गाईजात्रा पर्व
    नेपालको सांस्कृतिक परम्परा !
    ✍️
    बिके माकजु
    भक्तपुर ।

    [१२]
    गाईजात्रा
    चल्दैछ देशमा
    हरपल अनन्त यात्रा !
    ✍️
    घनश्याम पौडेल
    पोखरा

    [१३]
    गाईजात्रा
    पितृको नाममा
    विशेष नेवार समुदायमा !
    ✍️
    मंगला उपाध्याय

    [१४]
    गाईजात्रा
    ठूला बडाको
    भन्डाफोर सार्वजनिक चोकमा !
    ✍️
    चक्र शाही
    कैलाली

    [१५]
    गाईजात्रा
    हाम्रो परम्परा
    व्यङ्ग्य मार्फत् लेखाजोखा !
    ✍️
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    [१६]
    गाईजात्रा
    संस्कृति हाम्रो
    बनाउनु छ राम्रो !
    ✍️
    सुमित्रा पोखरेल
    काठमाडौं

    [१७]
    गाईजात्रा
    बिचित्रकाे व्यङ्ग
    नेवार समुदायकाे चाड !
    ✍️
    नवराज भट्ट
    महेन्द्रनगर

    [१८]
    गाईजात्रा
    विशेष पर्व
    पोख्ने दु:ख दर्द !
    ✍️
    समुन्द्रा शर्मा

    [१९]
    गाईजात्रा
    प्राचीन पर्व
    मौलिक नेपाली प्रथा !
    ✍️
    तिला लेकाली

    [२०]
    गाईजात्रा
    नेवारी संस्कृति
    कडा व्यङ्ग्यको झटारो !
    ✍️
    सीता पाण्डेय मरासिनी
    रेसुङ्गा नपा.-९,गुल्मी ।

    [२१]
    गाईजात्रा
    दिदै सन्देश
    अकाट्य छ मृत्युु !
    ✍️
    सुधा बाँस्कोटा ढकाल

    [२२]
    गाईजात्रा
    नेपाली परम्परा
    देशको विकृति भन्डाफोर !
    ✍️
    बुद्धिमान दनुवार
    सुरुङ्गा-४, झापा

    [२३]
    गाईजात्रा
    मृतककाे सम्झना
    सामाजिक विकृतिमा व्यङ्ग्य !
    ✍️
    प्रद्युम्न चालिसे
    देवघाट तनहुँ ।

    [२४]
    संस्कृत
    पितृको सम्झना
    एक वर्षमा गाईजात्रा !
    ✍️
    घनश्याम पौडेल
    गौरीगंगा -९, कैलाली

    [२५]
    गाईजात्रा
    व्यङ्गयात्मक पर्व
    विकृति र राजनीति !
    ✍️
    श्रीकृष्ण शर्मा
    पोखरा

    [२६]
    गाईजात्रा
    मौलाउँदो विकृतिको
    चिरफारको सटिक यात्रा !
    ✍️
    कमला देवकोटा
    पाल्पा

    [२७]
    मौलिकता
    गाईजात्रा पर्व
    नेपाली हुनुमा गर्व !
    ✍️
    गोपे दाजु
    पाँचथर ।

    [२८]
    पर्व
    व्यङ्ग्यको चटारो
    लाग्छ भ्रष्टलाई साह्रो !
    ✍️
    तेजप्रसाद खनाल
    लमही दाङ।

    [२९]
    गाईजात्रा
    सांस्कृतिक पर्व
    दिवङ्गत आफन्तकाे सम्झना !
    ✍️
    उर्मिला के.शी.
    धनकुटा

    [३०]
    गाईजात्रा
    व्यङ्ग्यको यात्रा
    बढ्दैछ विकृतिको मात्रा !
    ✍️
    देबकी के.सी.

    [३१]
    गाईजात्रा
    पितृको सम्झना
    नेवारी परम्परा संस्कृति !
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड

    [३२]
    संस्कृति
    मुक्तिको विश्वास
    प्रवृतिगत् यथार्थ व्यङ्ग्य !
    ✍️
    कण्ठराज गिरी
    टीकापुर, कैलाली

    [३३]
    गाईजात्रा
    नाम राखी
    विकृति विरुद्धको झाँकी !
    ✍️
    वेदना रागी (बाल कृष्ण खनाल )
    टीकापुर कैलाली

    [३४]
    गाईजात्रा
    व्यङ्ग्यको प्रतीक
    सौम्य या प्रतिक !
    ✍️
    प्रेम थापा

    [३५]
    गाईजात्रा
    विशेष गरी
    नेवार समुदायको पर्व !
    ✍️
    सरस्वती श्रेष्ठ

    [३६]
    गाईजात्रा
    पितृको सम्मान
    व्यङ्ग्य प्रहार तमाम !
    ✍️
    सरस्वती वली
    बर्दिया नेपाल

    [३७]
    गाईजात्रा
    गाईको प्रतीक
    मृतकहरूमा दिइने श्रद्धा !
    ✍️
    धर्मी शाक्य
    बुटवल ,रुपन्देही ।

    [३८]
    जात्रा
    रमाइलो परम्परा
    हाम्रो देशको संस्कृति !
    ✍️
    नारायण कोइराला
    तानसेन पाल्पा

    [३९]
    स्वतन्त्रता
    कुरीतिको व्यङ्ग्य
    देशमा ठूलाको गाईजात्रा !
    ✍️
    कविता आचार्य
    कैलाली

    [४०]
    गाईजात्रा
    नेवारी संस्कृति
    परिवारका मृतकको सम्झना !
    ✍️
    नारायण प्रसाद उपाध्याय
    कैलाली ।

    [४१]
    गाईजात्रा
    पर्व विशेषता
    दुःख विकृति शिष्टता !
    ✍️
    भवानीश्वर

    [४२]
    गाईजात्रा
    नेपालीको पर्व
    मृत्यु संस्कारसँगको सम्बन्ध !
    ✍️
    सविता के.सी.
    काठमाडौँ ।

    [४३]
    गाईजात्रा
    कर्मकाे संस्कृति
    बन्दै अझ विकृति !
    ✍️
    राेशन पराजुली
    धरान।

    [४४]
    गाईजात्रा
    विचित्र व्यङ्ग्य
    भुलाउने मृत्यु संस्कार !
    ✍️
    मिलन के. सी( थापा)
    पोखरा

    [४५]
    गाईजात्रा
    हँसाउने पर्व
    अविरल राजनैतिक गाईजात्रा !
    ✍️
    गोपालप्रसाद

    [४६]
    गाईजात्रा
    साँस्कृतिक पर्व
    लड्दै साँढे आपसमा !
    ✍️
    त्रिलोक रामदाम
    सि.न.न.पा.-८, भैरहवा ।

    [४७]
    नेपालमा
    हरेक दिन
    नि:शुल्क सरकारी गाईजात्रा !
    ✍️
    देवी पन्थी
    विराटनगर

    [४८]
    गाईजात्रा
    नेपाली पर्व
    विविध किसिमको समाज !
    ✍️
    बुद्धिप्रसाद लामिछाने
    कैलाली

    [४९]
    गाईजात्रा
    संस्कृति अमुल्य
    व्यवहारमा विकृतिको व्यङ्ग्य !
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    [५०]
    गाईजात्रा
    पितृहरुको सम्झना
    हास्य व्यङ्ग्य मनोरञ्जन !
    ✍️
    शिव खनाल जीवम
    स्याङ्जा, हाल रुपन्देही ।

    [५१]
    मान्छे
    दुःखमा नाच्ने
    सुखमा हाँस्ने जात्रा !
    ✍️
    नन्दलाल आचार्य

    [५२]
    गाईजात्रा
    फरक मात्रा
    हरेक दिनको यात्रा !
    ✍️
    दुर्गा भमरकोटे सुसेली

    [५३]
    गाईजात्रा
    पितृहरूकाे सम्झना
    नेवारहरूकाे महान चाड !
    ✍️
    लता पाैडेल
    इलाम ।

    [५४]
    गाईजात्रा
    हाम्रो संस्कृति
    हास्य व्यङ्ग्यको प्रस्तुति !
    ✍️
    सरिता काफ्ले
    कोहलपुर बाँके

    [५५]
    गाईजात्रा
    रमाइलो मात्रा
    पितृ उद्धार यात्रा !
    ✍️
    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [५६]
    गाईजात्रा
    संस्कृति जोगाउन
    गरिने नेवारी पर्व !
    ✍️
    सुशीला पौडेल

    [५७]
    गाईजात्रा
    नेवारी संस्कृति
    मृतकको सम्झनामा समर्पित !
    ✍️
    रमेश प्रभात
    चितवन

    [५८]
    गाईजात्रा
    स्वर्ग प्राप्ति
    खुसीयालीमा गरिने उत्सव !
    ✍️
    टीकाराम जाेशी
    इमाडोल

    [५९]
    गाईजात्रा
    साँस्कृतिक चाड
    प्रत्येक वर्षमा मनाइने !
    ✍️
    सम्झना कुँवर (कुसुम)

    [६०]
    पर्व
    गाईजात्रा मेला
    अनेकौँ मान्छेहरुको भिड !
    ✍️
    रिता खराल
    रुपन्देही

    [६१]
    गाईजात्रा
    नेपालीको संस्कृति
    विस्फोट समाजको विकृति !
    ✍️
    कल्पना पहाडी
    सिन्धुली

    [६२]
    परम्परागत
    मृतकको सम्झना
    डोकोमा आवरण यात्रा !
    ✍️
    जमुना कायस्थ

    [६३]
    गाईजात्रा
    राजनीति ऐना
    लज्जाको फोहोरी खेल !
    ✍️
    चक्र आलेमगर “लाफा”

    [६४]
    गाईजात्रा
    व्यङ्ग्य पाराले
    तितो सत्य पोख्ने !
    ✍️
    धनमाया चौधरी
    कैलाली

    [६५]
    गाईजात्रा
    मौलिक पर्व
    नेवार जातीको गर्व !
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [६६]
    गाईजात्रा
    नेपालीको परिवेश
    चल्दै निरन्तर सधैँ !
    ✍️
    रामराजा के. सी.
    फर्पिङ, काठमाडौं

    [६७]
    गाईजात्रा
    कठै विचित्र
    देख्छु यत्रतत्र सर्वत्र !
    ✍️
    केन्द्रप्रकाश बराल

    [६८]
    गाईजात्रा
    वर्ष दिनै
    तीन सय पैसठ्ठी !
    ✍️
    दीपक समीर
    दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६४ औँ भाग सम्पन्न

    मुग्लिन नजिकै नाग्दी खोलाबाट ट्रक त्रीसुलीमा खस्यो ।

  • २८ श्रावण २०७९, शनिबार १२:५० मा प्रकाशित

  • २८ श्रावण २०७९ ! मुग्लिन देखि काठमाडौ तर्फ जाँदै गरेको आइचर कम्पनीको ट्रक मुग्लिन नजिकै इच्छाकामना गाउँपालिका-४ स्थित नाग्दी खोला भन्ने ठाउँबाट त्रिशूली नदीमा खसेको छ।
    आर.एन.सि कम्पनीको इटा बोकेको उक्त ट्रकको नम्बर भने खुल्न सकेको छैन भने ट्रक चालक तथ सहचालक पनि भेटाउन सकिएको छैन ।
    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी
    अहिले मुग्लिनबाट प्रहरी टोली घटनास्थल पुगेको र उद्दारमा खटिएका छन् । थप विवरण आउन बाँकी रहेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on मुग्लिन नजिकै नाग्दी खोलाबाट ट्रक त्रीसुलीमा खस्यो ।

    नवनियुक्त राजदूत सुवेदीले बुझाए ओहोदाको प्रमाणपत्र

  • २८ श्रावण २०७९, शनिबार १०:१३ मा प्रकाशित
  • साउदी अरबका लागि नवनियुक्त नेपाली राजदूत नवराज सुवेदीले बिहीबार बेलुका साउदी विदेश मन्त्रालयका शिष्टाचार मामिलासम्बन्धी उप-मन्त्री खालिद फैसल अल-सेहलीलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

    साउदी प्रचलन अनुसार विदेश मन्त्री राजकुमार फैसल बिन फरहान अल साउदको तर्फबाट शिष्टाचार मामिलासम्बन्धी उप-मन्त्री खालिद फैसलले राजदूत सुवेदीको ओहोदाको प्रमाणपत्र बुझेको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

    सो अवसरमा राजदूत सुवेदी र उप-मन्त्री खालिद फैसलबीच नेपाल र साउदी अरबबीच रहिआएको सुमधुर सम्बन्धका विविध पक्षहरूका सम्बन्धमा कुराकानी भएको बताइएको छ ।

    नव नियुक्त राजदूत सुवेदी बुधबार बिहान हिमालय एयरलाइन्सको उडानबाट राजधानी रियाद पुगेर अपराह्न नेपाली दूतावास रियादमा कार्यभार सम्हालेका थिए ।

    दूतावासमा आयोजित कार्यक्रममा उनलाई कूटनीतिक तथा स्थानीय कर्मचारीहरूले स्वागत गरेका थिए । सो अवसरमा दूतावासको तर्फबाट नियोग उपप्रमुख दिलिप पौडेलले दूतावासको सेवा प्रवाहबारे जानकारी गराएका थिए ।

    यसअघिका राजदूत महेन्द्र सिंह राजपूत कार्यकाल सकाएर नेपाल फर्किएपछि लामो समयदेखि साउदीमा नेपाली राजदूतविहीन थियो ।

    नयाँ राजदूत साउदी अरब पुगेसँगै त्यहाँ कार्यरत हजारौँ नेपाली श्रमिकहरूले आफ्नो हितमा काम हुने अपेक्षा राखेका छन् ।

    साउदीमा विभिन्न क्षेत्रमा गरी करिब चार लाख नेपाली कार्यरत रहेको पाइन्छ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on नवनियुक्त राजदूत सुवेदीले बुझाए ओहोदाको प्रमाणपत्र

    उदक यात्री जमुना आचार्यका उत्कृष्ट उदकहरू

  • २७ श्रावण २०७९, शुक्रबार १३:४५ मा प्रकाशित
  • १
    जनैपूर्णिमा
    रक्षाबन्धन लगाउँ
    क्वाँटीले सर्दी भगाउँ !

    २
    जनैपूर्णिमा
    ब्राह्मण पुत्र
    कहलिने दीगो सुत्र !

    ३
    जनै
    लगाउँ रक्षाबन्धन
    नगरेर कत्ति गन्थन !

    ४
    तीक्ष्ण
    मस्तिष्क मन्थन
    लगाए जनै रक्षाबन्धन !

    ५
    राखी
    दिदीभाइको पाखी
    गन्थन क्वाँटी चाखी !

    ६
    जनै
    छ डोराहरू
    ब्राह्मण क्षेत्रीका छोरा !

    ७
    संस्कृति
    रमाइला अती
    लोप नहोस् कत्ति !

    • जमुना आचार्य, सिन्धुपाल्चोक
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री जमुना आचार्यका उत्कृष्ट उदकहरू

    चोरीको आरोपमा एक वर्षदेखि नेपाली युवा साउदीको जेलमा

  • २७ श्रावण २०७९, शुक्रबार ११:४८ मा प्रकाशित
  • साउदी अरेबियामा चोरीको आरोपमा एक वर्षदेखि नेपाली युवा जेल जीवन बिताइरहेको पाइएको छ।

    महोत्तरी बर्दिबास-६ निवासी अमलेश साह कार्यरत कम्पनी छोडेर अर्को कम्पनीमा गएपछि बराक नसीर अल दोसरीले उनिमाथि चोरीको आरोप लगाएको हो।

    कम्पनीले सम्झौता बमोजिम तलब सुविधा नदिए पछि उनी बाध्य भएर कम्पनी छोड्दा सोही कम्पनीले पक्राउ गराएर एक वर्षदेखि जेलमा रहेको सामाजिक अभियन्ता सरोज रायले जानकारी दिए ।

    अभियन्ता रायका अनुसार अमलेशका घर परिवारले करिब चार महिनादेखि उनको उद्धारको लागि वैदेशिक रोजगार विभागमा गएर निवेदन दिए पनि कुनै पहल नभएको सुनाए । आफूले पनि वैदेशिक रोजगार बोर्डमा कानुनी सहायता र उद्धारको लागि निवेदन दिएको उनले बताए।


    साउदी अरबमा नेपालबाट म्यानपावर कम्पनीले सम्झौता गरेअनुसारको काम र सुविधा नपाएपछि कम्पनी छाडेर अर्को कम्पनीमा जाने कामदारको संख्या बढेको छ। पुरानो कम्पनीले चोरीको झुट्टो मुद्दा हालेर धेरै नेपाली श्रमिकहरूलाई बिना गल्ती जेल जीवन बिताउन बाध्य पार्ने क्रम बढेको सोरोकारवालाहरुले बताउने गरेका छन् ।

    स्रोत: खबरहब बाट

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on चोरीको आरोपमा एक वर्षदेखि नेपाली युवा साउदीको जेलमा

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P