बर्दिया अस्पताल लुम्बिनी प्रदेशकै उत्कृष्ट घोषित भएको छ । आर्थिक वर्ष २०७७/७८ मा न्यूनतम मापदण्ड र कार्यसम्पादनको आधारमा उक्त अस्पताललाई प्रदेश स्वास्थ्य निर्देशनालयले प्रथम घोषणा गरेको हो ।
आव २०७६/७७ मा पनि बर्दिया अस्पताल प्रदेशकै उत्कृष्ट भएको थियो । निर्देशनालयले अस्पतालका मेसु डा. सुभाष पाण्डेयलाई सम्मान गरेको छ ।
५० शय्याको अस्पतालमा विशेषज्ञ जनशक्ति र उपकरणको अभाव भए पनि सेवा प्रवाहमा कमी नगरिएको डा. पाण्डेयले बताए । न्यूनतम जनशक्तिले पनि अत्याधुनिक प्रयोगशाला, सुत्केरी सेवा, २४ औं घण्टा इमर्जेन्सी र फार्मेसी सेवा दिएको उनको भनाइ छ । अस्पतालमा बहिरंग सेवाका दैनिक २ सय बढी बिरामी आउने गरेका छन् ।
इमर्जेन्सी सेवामा दैनिक २० देखि २५ जना आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा स्थायी, अस्थायी र करारका गरी १० जना डाक्टरले सेवा दिइराखेका छन् ।
काठमाडौँ । मौसम सुख्खा हुन थालेसँगै वायु प्रदूषण बढ्दै गएको छ । भारतको राजधानी नयाँ दिल्ली शहर विश्वमै वायु प्रदूषणका हिसाबले १ नम्बरमा रहेको छ ।
बिहीबार रातिदेखि नै दिल्लीमा तुँवालो लागेको र धुवाँधुलोका कारण प्रदूषण उच्च भएको बताइएको छ । त्यहाँ वायुको गुणस्तर खराब हुँदै एयर क्वालिटी इन्डेक्स एक्यूआई शुक्रबार बिहान ४७३ सम्म पुगेको थियो । अहिले घाम लागेसँगै अलि घटेर यो स्तार ४२८ मा झरेको छ ।
दिपावलीमा भारतभर नै प्रदूषण बढी हुने गरेको छ । पटाका पड्काउने, आतिसबाजी गर्ने लगायत कार्यले त्यहाँको वायु प्रदूषण दीपावलीका बेला उच्च भएको हो । दिल्लीका अतिरिक्त भारतका धेरै ठाउँमा अहिले प्रदूषण बढेको छ ।
यो समाचार तयार गर्दा विश्वको दोस्रो वायु प्रदूषित शहर पाकिस्तानको लाहोर रहेको छ । त्यसको एक्यूआई ३१६ रहेको छ । त्यसपछि बेइजिङ तेस्रो नम्बरमा रहेको छ । नेपालको राजधानी काठमाडौँ भने अहिले वायु प्रदूषणका हिसाबले १२७ एक्यूआईसहित १५ औँ स्थानमा रहेको छ ।
काठमाण्डाै – पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्ड चार लेनमा विस्तारको लागि रूख काट्न सुरु गरिएको छ । बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट आसपासका रूख काट्न थालिएको छ ।
सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० वटा रूख काट्नुपर्ने र पहिलो चरणमा याम्पादेखि आँबुखैरेनीसम्मका रूख काटिने डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । यस्तै, आयोजनाले कास्की खण्डमा एक हजार दुई सय पचास रूख काट्न विभागबाट स्वीकृति लिने प्रक्रिया अघि बढाइएको छ । सडक विस्तारका लागि निर्माण कम्पनीले चीनबाट उपकरण ल्याएको छ ।
वि.स. २०२६ सालमा बनेको मुग्लिन–पोखरा सडकमा गाडीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क एडीबीको ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१ दशमलव ४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।
जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको काम सुरु भएको छ । जामुने–पोखरा पश्चिम खण्डमा भने काम सुरु हुने चरणमा छ । सडक विस्तारको लागत १३ अर्ब ६१ करोड ७८ लाख रुपैयाँ रहेको छ । ३१ नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्नेमा दमौलीको मादी नदी र पोखराको सेती नदीमा पुल निर्माणको ठेक्का लगाउन बाँकी रहेको आयोजनाले जनाएको छ ।
फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मार्क जुकरबर्गले बिहीबार अब कम्पनीको नाम ‘मेटा’ रहने घोषणा गरेका हुन् ।
सीईओ जुकरबर्गले नयाँ नामले कम्पनीको भविष्यप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बताएका छन्। कम्पनीको नाम परिवर्तन भए पनि सामाजिक सञ्जालका नाम भने पुरानै रहने पनि उनले बताएका छन्। फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि चलाउँदै आएको छ।
फेसबुकले अब सामाजिक सञ्जालभन्दा बाहिरका क्षेत्रमा पनि आफ्नो काम विस्तार गर्ने जनाएको छ। जसका लागि नयाँ नाम चाहिएको पनि उसले जनाएको छ। फेसबुकले केही समय अगाडि मात्रै भर्चुअल रियालिटीका क्षेत्रमा काम गर्ने गरी विकास गर्न लागेको ‘मेटाभर्स’ प्रोजेक्टका लागि युरोपमा १० हजार कर्मचारी नियुक्तिको तयारी गरेको घोषणा गरेको थियो।
The metaverse is the next evolution of social connection. It’s a collective project that will be created by people all over the world, and open to everyone. You’ll be able to socialize, learn, collaborate and play in ways that go beyond what’s possible today. pic.twitter.com/655yFRm8yZ — Meta (@Meta) October 28, 2021
का अनुसार सबै प्रकारको डिजिटल प्रविधिलाई मेटाभर्सले जोड्ने काम गर्छ। त्यसका लागि अहिले कम्प्युटरको प्रयोग भए पनि मेटाभर्समा भने टाउकोमा लगाउने एउटा उपकरण(हेडसेट) प्रयोग गरिनेछ।
अहिले भर्चुअल रियालिटी प्राय: गरेर गेम खेल्नका लागि प्रयोग हुने भए पनि मेटाभर्समा भने खेल, कार्यक्रम आयोजना, चलचित्र हेर्न वा गफगाफका लागि समेत सहज हुने बताइएको छ। मेटाभर्स अहिले एउटा सोच भएकाले ठ्याक्कै यही हो भनेर परिभाषित गर्न कठिन हुने पनि प्रविधि विश्लेषकहरूको भनाइ छ।
काठमाडौं पांग्रा नखुलेको कारण देखाई एक साताअघि विराटनगरबाट काठमाडौं नै डाइभर्ट गरिएको बुद्ध एयरको एटीआर–७२ जहाज प्रकरणमा कम्पनीले चालकदलको कमजोरी देखाएको छ । बुद्धले सोमबार आफ्नो आन्तरिक छानबिन प्रतिवेदन नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणलाई बुझाउँदै उक्त विमानमा कुनै प्राविधिक त्रटि नरहेको जनाउँदै त्यस घटनामा चालक दलकै ‘व्यवहार’ मा शंका व्यक्त गरेको छ ।
‘उडानको परिस्थितिलाई सम्बोधन गर्न चालकदलले जहाजबारे ककपिटमा रहने पर्याप्त जानकारीका बाबजुद बाहिरी सूचनामा भर पर्नु नै घटनाको मुख्य कारण हो,’ छानबिन प्रतिवदेनपछि बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बुद्धको छानबिनले चालकदलले जहाजको ल्यान्डिङ गियर (पांग्रा) खुलेपनि टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई सोध्नुलाई यस घटनामा असान्दर्भिक भनेको छ । त्यसदिन चालकदलले विराटनगर अवतरण नगरी काठमाडौंमा डाइभर्ट भएपछि कम्पनीका इन्जिनियर र काठमाडौं टावरका एटीसीलाई पनि पांग्रा खुले/नखुलेको ‘कन्फर्म’ गरीदिन बारम्बार सोधेका थिए । जहाजले आठ पटक काठमाडौंको आकाशमा फन्को लगाएपछि टावरले चालकदललाई काठमाडौं धावनमार्गमाथि उडाउन लगाई पांग्रा खुलेको पुष्टि गर्दै अवतरणका लागि अनुमति दिएको थियो ।
त्यस्तै भुइँबाट खिचिएका तस्बिर पनि पाइलटलाई ह्वाट्सएपबाट पठाइएको थियो । बुद्धले एटीआर कम्पनीले जहाज उडानका क्रममा देखापर्ने विभिन्न प्राविधिक परिस्थितिलाई कसरी सम्बोधन गर्ने भन्नेबारे पर्याप्त जानकारीमूलक विधि तथा उपाय ककपिटमै राखिदिए पनि चालकदलले ती स्रोतमा भर नपरेको जनाएको छ ।
आन्तरिक उडानमा जहाज र यात्रु संख्याका हिसाबले पहिलो नम्बरमा रहेको बुद्धले बरु आफ्नै चालक दलको ‘व्यवहार’ माथि पनि शंका व्यक्त गरेको छ । ‘हामी यस घटनाबाट धेरै नै स्तब्ध छौं । यो घटनामा मानवीय व्यवहारको पक्षबाट पनि जाँच गरिहेका छौं । हामीले समस्या पहिचान गरी कम्पनीका सबै चालकदलमा लागू हुने गरी उचित सामाधान खोजेर चाँडै कार्यान्वयनमा ल्याउने छौं,’ विज्ञप्तिमा भनिएको छ । दुईवटा बीचक्राफ्ट र १३ वटा एटीआर गरी १५ वटा विमान भएको यस कम्पनीसँग १ सय ३० पाइलट छन् । बुद्धले हाल पेरिसमा सिम्युलेटर तालिका लागि गएका अपरेसन विभाग प्रमुख रञ्जनकुमार शर्मा र चिफ पाइलट सुनिल गुरुङ असोज अन्तिममा फर्केपछि यस घटनाबारे उनीहरुकै नेतृत्वमा थप विस्तृत अनुसन्धान पनि गर्ने जनाएको छ ।
प्रबन्ध निर्देशक बस्नेतका अनुसार विराटनगरका लागि भएको यू४–७०१ उडानका कमान्डर क्याप्टेन आङगेलु शेर्पाले ल्यान्डिङ गियर (पाङग्रा) खुलेको संकेत गर्ने प्राइमेरी इन्डिकेटर (पहिलो संकेत) मा बत्ती नबलेको भनेपनि ककपिट भ्वाइस रेकर्डर (सीभीआर) मा कोपाइलट अमन अन्सारीले ‘संकेत बत्ती बलेको छ सर’ भनेको संवाद सुनिएको बताए । ‘कोपाइलटले संकेट बत्ती बलेको भनेको रेकर्ड सीभीआरमा सुनिन्छ । त्यसबाहेक सेकेन्डरी इन्डिकेटर (पाइलटको टाउकोमाथि राखिएको दोस्रो संकेत) ले पांग्रा खुलेको देखाएको छ । चालक दलले जहाज विराटनगरमा अवतरण गराउनुपर्थ्यो । झुक्किनुपर्ने कारण नै देखिदैन,’ कान्तिपुरसँग कुरा गर्दै प्रबन्ध निर्देशक बस्नेतले भने । साभारकान्तिपुरपत्रिका
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको पोल प्रयोग गरेर बढेको भाडा सम्झौता नगर्ने र नतिर्ने कम्पनीहरूको इन्टरनेटको तार काटिने भएको छ ।
भाडा तिर्ने सम्झौता गर्ने तर भाडा तिर्ने अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरूको लाइन काटिने भएको हो ।
प्रमधिकरणले अप्टिकल फाइबरलगायत संरचना प्रयोग गर्ने कम्पनीहरुका लागि बक्यौता भाडा बुझाउन र सम्झौता नवीकरणका लागि प्राधिकरणले शुक्रबारसम्म समय दिएको थियो ।
प्राधिरणले उपलब्ध गराएको समयसम्ममा पनि सेवा प्रदायकहरू सम्पर्कमै नआएपछि शनिबारबाट तार काट्न लागिएको प्राधिकरणले जनाएको छ ।
शनिबार (आज) बाट हरेक इन्टरनेट सेवा प्रदायकको एक–एकवटा प्वाइन्टमा सांकेतिक रूपमा तार काट्छौं, एक साता पर्खिँदा पनि भाडा नतिरेको खण्डमा काट्ने दरलाई बढाएर दुई वा सोभन्दा बढी प्वाइन्टमा काट्दै लैजान्छौं,’प्राधिकरणले भन्यो, ‘दुई महिनाभित्र यसलाई टुंग्याउनुपर्छ, अरु थुप्रै काम छन्, यसमा मात्र अल्झेर बस्ने समय छैन ।
प्राधिकरणले देशभर प्राधिकरणको संरचना प्रयोग भएको ठाँउ सबैमा तार काट्ने जनाएका छ ।
काठमाण्डाै – परीक्षणकै क्रममा रहेको कोरोना भाइरसविरुद्धकाे खाने औषधिले प्रभावकारी काम गरेको देखिएको छ ।
अमेरिकामा अन्तिम परीक्षणमा रहेको ‘मोल्नापिराविर’ औषधिले गम्भीर बिरामी र ज्यान जानसक्ने अवस्थालाई रोक्न सकिने देखिएको बीबीसीले जनाएको छ । यो ट्याब्लेट दिनको दुई पटक कोरोना सङ्क्रमित बिरामीलाई दिइएकोमा नतिजा सकारात्मक आएको अमेरिकी औषधि उत्पादक कम्पनीले जनाएको छ ।
अबको दुई हप्ताभित्रै अमेरिकामा यो औषधिको आकस्मिक प्रयोगका लागि स्वीकृति माग्दै निवेदन दिने कम्पनीले जनाएको छ । फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन एफडीएले परीक्षण नतिजा पुन:मूल्याङ्कन नगर्दासम्म औषधिको प्रयोगमा सावधानी आवश्यक रहेको जनाएको छ ।
यो औषधि सुरुमा इन्फ्लुएन्जाको उपचारका लागि विकास गरिएको हो । तर अहिले कोभिड–१९ को भाइरस शरीरमा फैलिन नदिने जेनेटिक कोड राखेर परीक्षण गरिएको हो । ७ सय ७५ जनामा गरिएको परीक्षणमा औषधि खाएकामध्ये ७ दशमलव ३ प्रतिशतमात्रै अस्पताल भर्ना हुनु पर्ने गरी बिरामी भएका पाइएको छ ।
दाङको एक मात्रै तुलसीपुरस्थित टरिगाँउ एयरपोर्ट काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलपछिको दोस्रो पुरानो एयरपोर्ट हो । मुलुककै पुरानो एयरपोर्ट र जिल्लाको हकमा एक मात्रै ऐतिहासिक एयरपोर्टको अवस्था भने ‘जस्ता थिए मितज्यू उस्ता उस्तै’ भन्ने उक्ति भन्दा खारै फरक छैन ।
क्षेत्रियता बादी चिन्तन र राजनीतिका कारण इतिहास बोकेको टरिगाँउ एयपोर्टको बिकास हुन नसकेको कुरा सत्य नै हो । त्यसैले यो एयरपोर्ट हरेक निर्वाचनहरुमा धेरैको चुनावी नारा बन्ने गरेको छ । टरिगाँउ एयरपोर्टको विकास गर्ने एजेण्डा प्रस्तुत गरेर धेरै नेताले निर्वाचन जितेका पनि छन् । तर, यो एयरपोर्टको विकासमा ती कसैले मन बचन कर्मले लागि परेको देखिएन । जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको केन्द्रमा पहुँच नपुगेको हो वा उनीहरुको रुचि नभएको हो ? त्यो कुरा ठूलो जन चासाको बिषय बनेको छ ।
बिक्रम संबत २०११ सालदेखि बिमान सेवा सुरु भएको यो एयरपोर्टमा पहिलो पटक तत्कालिन राजालाई आग्रह गरेर तुलसीपुरको भमके निवासी झग्गुप्रशाद सुबेदीले बिमान अवतरण गराएको अग्रजहरु बताउँछन् । टरिगाउँ एयरपोर्टमा घाँसे मैदान छँदै पञ्चायत कालभर नियमित उडान भएको थियो ।
२०४६ सालपछि बहुदल आएपछि पनि त्यसले निरन्तरता पायो । तर, तत्कालिन समयमा सशस्त्र माओबादी युद्ध चरम उत्सकर्षमा पुग्दै गर्दा केही बर्ष बिमानको नियमित उडान अवरुद्ध हुन पुगेको थियो । त्यसपछि पुन ः बिमान सेवा सुचारु हुँदै र त्यो फेरि रोकिदै आएको बिगत छ ।
रुकुमबाट प्रतिनिधित्व गर्ने तत्कालिन माओबादी नेता लोकेन्द्र बिष्ट मगर पर्यटन मन्त्री हुँदा टरिगाँउ एयरपोर्ट र रुकुमको चौरजहारी एयरपोर्ट कालो पत्रे गर्ने कार्य भयो । टरिगाँउ एयरपोर्ट ७५० मिटर लम्बाई र ३० मिटर चौडाइमा मात्रै कालोपत्रे गरिएपछि यहाँ १८÷१९ सिटे सानो बिमान मात्रै अबरतण गर्न सक्ने अवस्था छ ।
त्यसले गर्दा नेपालगञ्ज भन्दा झन्डै डेढ सय किलोमिटर पूर्व उत्तरको टरिगाँउ एयरपोर्टको भाडादर त्यहाँको भन्दा झन्डै दोब्बर बढी छ । अर्कौ तर्फ सानो बिमानको यात्रा ठूला बिमानको जस्तो सरल र सहज नहुने भन्दै धेरै यस क्षेत्रका यात्रुहरु नेपालगञ्ज वा भैरहवा बाट यात्रा गर्दै आएका छन् । दाङका कार्यक्रमहरुमा आउने नेता वा मन्त्रीहरु पनि अधिकाँस नेपालगञ्ज वा भैरहवा भएर गाडी मार्फत दाङ आउने गर्छन । यो रहर भन्दापनि बाध्यता हो ।
यही बाध्यता अन्त्य गर्न माग गर्दै तुलसीपुर क्षेत्रका उद्योगी ब्यापारीहरुले २०६२ सालदेखि हरेक सरकार प्रमुख, मन्त्री र हरेक दलका नेताहरुलाई टरिगाँउ एयरपोर्टको स्तर उन्नति र बिस्तारको माग गर्दै निरन्तर ज्ञापन पत्र बुझाउँदै आएका छन् । तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले आँफू अध्यक्ष हुँदा टिकटको जिम्मा लिएर समेत टरिगाँउ एयरपोर्टमा बिमल चलाएको बिगत छ ।
तर, यो बीचमा तयारी अवस्थाको हुँदा छँदाको यो एयरपोर्टको बिकास गर्नुभन्दा पनि बरु झन्डै १५ किलोमिटर पूर्वको घोराही १० नारायणपुरमा अन्तराष्ट्रिय स्तरको एयरपोर्ट बनाउने अबधारणा नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले अगाडि सारे ।
त्यसमा माओबादी नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले पनि साथ दिए । शंकर पोखरेल तुलसीपुर १८ हाडीमेका स्थायी बासिन्दा भएपनि पछिल्लो समय उनी दाङको निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचन लडेर जितेपछि मुख्यमन्त्री भएका थिए । महरापनि सोही क्षेत्रका संघीय सांसद हुन । महराले आफ्नो क्षेत्रमा एयरपोर्ट लैजान खोज्नु अन्यथा मान्न नसकिएला तर तुलसीपुरका स्थायी बासिन्दा शंकरले तुलसीपुरमा बर्षौंदेखि अस्तित्वमा रहेको टरिगाँउ एयरपोर्टका बिरुद्ध षडेन्त्र गर्नु वा धावा बोल्नु गलत थियो भन्ने बुझाई आजपनि आम तुलसीपुर बासीको छ ।
यद्यपी उनीहरुले प्राबिधिक कारणले टरिगाँउ एयरपोर्टको थप बिस्तार संभव नभएको रेडिमेड र ओठे भाषणहरु गर्दै आएका छन् । तर, यहाँनेर शंकरले राजनीतिक रुपमा इगो पालेर बसेको राजनीतिक बृत्तमा आजपनि उत्तिकै चर्चा हुने गर्छ । खासमा अघिल्लो संविधान सभाको निर्वाचनमा आफ्नै गृहनगर समेत रहेको तत्कालिन निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली काँग्रेसका नेता बुद्धिराम भण्डारी संग पराजय भोगेपछि शंकरले यसक्षेत्रका जनतासंग राजनीतिक इगो साँचेको धेरैको बुझाई छ ।
त्यसअघि पनि एक पटक उनले यही क्षेत्रमा निर्वाचनमा पराजय बेहोरेको पीडा थियो । त्यसकारण पछिल्लो समय शंकर माओबादी संगको बाम गठवन्धन तयार गरि घोराही क्षेत्रबाट प्रदेश सभाको निर्वाचन लडेका थिए । त्यहाँका जनताले उनलाई बिजयी बनाएपछि शंकरले तुलसीपुर क्षेत्रका जनतालाई आफ्नो क्षमता र पावर देखाइ दिने भन्दै राजनीतिक इगो साँचेको हुनसक्छन् । त्यही भएर उनले हुँदा छँदाको तुलसीपुरस्थित टरिगाँउ एयरपोर्टको विकासमा त्यस्तो कुनै रुचि वा चासो नदिएको हुन सक्छन ।
तर, सत्ता र शक्ति स्थायी हुँदैन । संसदीय र दलिय राजनीतिमा सत्ता उलट पुलट भइरहन्छ । अहिले उनी सत्ताको बागडोर बाट बाहिरएका छन् ।
यतिखेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । रुकुमबाट प्रतिनिधित्व गर्ने नेकपा माओबादी केन्द्रका नेता जनार्दन शर्मा (प्रभाकर) अर्थमन्त्री छन् । शर्मा अर्थमन्त्री बनेपछि उत्साहित तुलसीपुर क्षेत्रका उद्योगी ब्यबसायी, नेताहरु साउन अन्तिमा फेरि रिजाल लगाएत यहाँका माओबादी नेताहरु समेत काठमाडौं पुगेर अर्थमन्त्रीलाई एयरपोर्टको बिस्तार र स्तरबृद्धिको माग गर्दै ज्ञापन पत्र बुझाए ।
त्यसक्रममा पनि अर्थमन्त्री शर्माले टरिगाँउ एयरपोर्ट राजनीतिका कारण ओझेलमा परेको ज्ञापन पत्र बुझाउन गएकाहरुलाई स्पष्ट शब्दमा भनेको भिडियो फरककोण संग सुरक्षित छ । अर्थमन्त्रीले डेलिगेसन बुझाउन गएको टोलीलाई स्पष्ट भनेका छन् – ‘तपाँईहरु आउनु भन्दा पहिले टरिगाँउ एयरपोर्टको स्तर बृद्धिको लागि मैले सचिव र डिजीलाई काग अगाडि बढाउन भनि सकेको छु ।’
शर्माले आँफूले समेत टरिगाँउ एयरपोर्टको अबलोकन गरेको हुँदा तीनदेखि चारसय मिटर धावन मार्ग बिस्तार गर्न कुनै समस्या नरहेको र बिस्तारका क्रममा समस्या भए सघाउन समेत आग्रह गरेका छन् । सत्य हो । सल्यान,पश्चिम रोल्पा र रुकुम जस्ता पहाडी तथा हिमाली जिल्लाहरुको प्रबेशद्धार नै दाङको तुलसीपुर हो । तुलसीपुरको बिकास नभइ ती जिल्लाको बिकास संभव छैन । यतिखेर अर्थमन्त्री जनार्दन शर्माले (प्रभाकर)को सचिवालयले सरकारको तर्फबाट हालै ल्याएको प्रतिस्थापन बजेट मार्फत एयरपोर्ट बिस्तारको लागि झन्डै आधा अर्ब रुपैंया बजेट बिनियोजन गरिएको जानकारी दिएको छ ।
एयरपोर्टको सुद्रिढीकरण, टावर निर्माण र धावन मार्ग विस्तारका लागि उक्त बजेट बिनियोजन गरिएका कुरा सुन्दा मात्रै त्यसले एउटा आशाको सञ्चार गराएको छ । निराश जिल्लाबासीहरु धेरै उत्साहित बनेको प्रतिक्रियाहरु सामाजिक सञ्जालहरुमा ब्यक्त भइरहेका छन् । यस्ता आश्वासनहरु धेरै पटक धेरै नेता र मन्त्रीहरुबाट ब्यक्त नभएका होइनन् । तर, भने अनुसार फिटिक्कै काम भएको छैन ।
त्यसैले जबसम्म बजेट सुनिश्चितता स्वीकृत हुँदैन अर्थात जब सम्म काम सुरु हुँदैन तब सम्म बिश्वास गर्ने अबस्था रहँदैन । सबैले भोट ब्याङ्कको रुपमा नारा बनाउँदै आएको, क्षत्रियता र राजनीति गर्ने प्रमुख थलो बनेको टरिगाँउ एयरपोर्टको धावन मार्ग बिस्तार भए त्यो जिल्लोका बिकासको लागि कोषे ढुँगो साबित हुने धेरैको बुझाई छ ।
तर, के अर्थमन्त्रीले भने अनुरुप, बाँडेको आश्वासन अनुरुप, देखाएको सपना अनुरुप साँच्चि टरिगाँउ एयरपोर्टको धावन मार्ग बिस्तार होला त ? साँच्चि धावन मार्ग बिस्तार भइ यहाँपनि ठूला बिमानहरु अवतरण होलान त ? काठमाडौं जान आउन नेपालगञ्ज भन्दा आकर्षक रुट टरिगाँउ एयरपोर्ट बन्छ त ? भाडा दर सस्तो होला ? यस क्षेत्रका सर्वसाधारण अप्ठेरो पर्दा प्लेन चढ्न बाँके वा भैरहवा जानु पर्ने बाध्यता साँच्चिकै अन्त्य होला ? साँच्चि दैनिक दर्जनौं बिमानहरु दंगाली आँकाशमा ओहोर दोहोर गर्लान ? टरिगाँउ एयरपोर्टबाट बिभिन्न बिमान कम्पनीहरुले उडानहरु भर्न तछाड मछाड गर्लान ?
के साँच्चि शंकर पोखरेलले रोक्न खोजको टरिगाँउ एयरपोर्ट बिकास र बिस्तार जनार्दशन शर्माले अघि बढाउलान ? यो एउटा अत्यन्तै आम चासोको बिषय बनेको छ । साँच्चि अर्थमन्त्री शर्माले भने जस्तै गरि टरिगाँउ एयरपोर्ट बिस्तार गर्न ध्यान केन्द्रित गरे उनलाई यहाँका जनताले कहिलै भूल्ने छैनन् । कहिलै हार्ने छैनन् । त्यस्तै भएमा पक्कैपनि दाङको बिकासले अग्रगामी फड्को मार्ने छ । किाँचुली फेर्ने छ । दाङ मुलुककै प्रमुख पर्यटकीय गनतब्य बन्ने संभावना रहने छ । पाँच तारे होटेलहरु खुल्ने छन् । मेडिकल कलेजहरु खुल्ने छन् । राजधानीबाट मेजर अप्रेशनका दिन बिशेषज्ञ चिकित्सकहरु आएर उपचार गरि फेरि सोही दिन फेरि सहजै काठमाडौं फर्किन सक्ने वातावरणको सृजना हुने छ । त्यसपछि मात्रै दाङको परिचय एक सुबिधा सम्पन्न ठाउँको रुपमा दर्ज हुने छ । ( साभार – फरक कोण सम्वाददाता )
काठमाडौं । अझै केही दिन मनसुन बाहिरिने सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अहिलेको अवस्थालाई हेर्दा मनसुन तत्काल बाहिरिने सम्भावना नरहेको विभागका मौसमविद् गङ्गा नगरकोटीले बताए । उनका अनुसार मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ तथा बङ्गालको खाडीबाट जलवाष्फयुक्त हावा आउनेक्रम राकिनुपर्छ । “अहिले त्यस्तै अवस्था रहेको छैन । त्यसैले तत्काल मनसुन बाहिने सम्भावना छैन”, मौसमविद् नगरकोटीले भने ।
यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यसपालीदेखि मनसुनको अवधि परिमार्जन गरिएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने गरेको थियो । यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर दुईमा मनसुन बाहिरिने मिति तोकिएको छ ।
यसपाली नेपालमा मनसुन औसत समयभन्दा दुई दिन अगाडि भित्रिएको थियो । मौसमविद्का अनुसार हरेक १०–१० वर्षमा मनसुन भित्रने र बाहिरिने समय परिमार्जन गरिन्छ । आज देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव तीन डिग्री र अधिकतम तापक्रम ३० दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव तीन डिग्री र सबैभन्दा धेरै दिपालयको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।
युरोपेली मुलुक आयरल्याण्डले मेसेजिङ प्लाटर्फम ह्वाट्सएपमाथि ३१ अर्ब रुपैयाँ बराबरको रकम जरिवाना गरेको छ । आफ्नो मातृ कम्पनी फेसबुकलगायत अन्य कम्पनीहरुसँग प्रयोगकर्ताका डाटा शेयर गरेको र त्यस विषयमा पारदर्शिता नअपनाएको भन्दै आयरल्याण्डले ह्वाट्सएपमाथि २६ करोड ६० लाख डलर जरिवाना गरेको हो । तीन वर्ष अगाडि तयार भएको जनरल डाटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर) कानून अन्तरगत उक्त जरिवाना गरिएको हो । आयरल्याण्डको डाटा प्राइभेसी आयुक्तले ह्वाट्सएपमाथि लागेको अभियोगको छानबिन गरेका थिए । सन् २०१८ को युरोपेली संघको डाटा नियमहरुको पालना ह्वाट्सएपले गरेको छ कि छैन भन्ने विषयमा छानबिन भएको आयुक्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसक्रममा ह्वाट्सएपले फेसबुकका अन्य कम्पनीहरुसँग शेयर गरेका जानकारी तथा डाटाहरुको सूचना प्रयोगकर्ताहरुलाई दिने विषय पनि सामेल थियो । आयरल्याण्डले आफूमाथि लगाएको करोडौँ डलरको जरिवानाप्रति ह्वाट्सएपले असन्तुष्टि जनाएको छ । ह्वाट्सएपका प्रवक्ता जोशुआ ब्रेकम्यानले त्यस्तो जरिवानाको निर्णय स्वीकार्य नभएको र त्यस विरुद्धमा अपिल गरिने बताएका छन् । स्मरण रहोस् आयरल्याण्डमा कर्पोरेट ट्याक्सको दर कम छ । त्यसैले त्यहाँ फेसबुक, गुगल, ट्वीटर, एप्पल सहित विश्वका कैयन् दिग्गज कम्पनीहरुका युरोपेली मुख्यालयहरु अवस्थित छन् । आयरल्याण्डले त्यस्ता कम्पनीहरुसँग आफ्नो सम्बन्ध बिगारेर जोखिम मोल्न नचाहने गरेको आरोप लाग्ने गरेको थियो । यहाँसम्म कि पछिल्लो घटनामा समेत सुरुवाती जरिवाना जम्मा झण्डै साढे ७ अर्ब रुपैयाँ बराबरको रकम राखिएको थियो । तर अन्य युरोपेली संघ सम्बद्ध देशहरुको व्यापक दबाब पनि त्यसलाई ५ गुणा बढाइएको हो । आयरल्याण्डको यो निर्णयसँगै ईयु सम्बद्ध अन्य मुलुकहरुलाई पनि यस्तै खालको कारबाही गर्नका लागि मार्गप्रसस्त भएको बताइएको छ । एजेन्सी