• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

झिल्का लेखन अभियानको ६७ औँ शृङ्खला (होली पर्व विषयक) सम्पन्न

  • ३० फाल्गुन २०८१, शुक्रबार ००:०९ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ६७ औँ शृङ्खला (होली पर्व विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान  लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ११० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    —————<•>————–
    १)
    १.
    सद्भावको रङ्गहरू घोली
    मिलीजुली मनाऔँ सबैले
    सांस्कृतिक पर्व होली !
    २.
    जोगाउन मौलिक संस्कृति
    मर्यादामा रही मनाऔँ
    फैलाउँदै मुलुकभर जागृति !
    ✍️
    वसन्त अनुभव
    वसन्तविहार, घोराही, दाङ
    —————<•>————–
    २)
    रङहरूको रङ्गीन पर्व
    नलिई द्वेषभाव मनमा
    गरौँ संस्कारमाथि गर्व !
    ✍️
    सुनगाभा पोखरेल
    कपिलवस्तु
    —————<•>————–
    ३)
    होली आयो होली
    मौलिक संस्कृति जोगाउन
    मिलेर खेलौँ भोलि !
    ✍️
    बिबा तामाङ
    दार्जिलिङ।
    —————<•>————–
    ४)
    होलीको गर्व लाग्छ
    मिलेर रमाइलो गरौँ
    आफ्नो संस्कृति जाग्छ ।
    ✍️
    साहित्य प्रेमी सुशील
    धनगढी
    —————<•>————–
    ५)
    खेलौँ मन खोली
    आयो रङ्गहरूको पर्व
    उमङ्ग बोकी होली !
    ✍️
    संगीता खरेल
    काठमाडौँ
    —————<•>————–
    ६)
    १.
    होली पर्व आयो
    रङ्गहरू खेल्ने हुनाले
    खुसीयाली मनमा छायो ।
    २.
    मनाऔँ सद्भाव, उमङ्गले
    संस्कार, संस्कृति जोगाउन
    थाल्नुपर्छ सबै जनले !
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    —————<•>————–
    ७)
    होलीको उमङ्ग आउँदैछ
    रंगहरूको रङ्गीन वर्षातसँगै
    गाउँघरमा खुसी छाउँदैछ ।
    ✍️
    किराती हाङ तिम्रो
    —————<•>————–
    ८)
    १.
    हाेली राष्ट्रिय पर्व
    समान रूपमा हामीले
    मनबाटै गर्नुपर्छ गर्व !
    २.
    फागुनमा हाेली आयाे
    सम्पूर्ण दाजुभाइकाे मनमा
    हर्ष, उमङ्ग छायाे ।
    ✍️
    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।।
    —————<•>————–
    ९)
    १.
    होली आयो होली
    यसपालि पनि लौ
    छ्यापौँ रङ्गहरू घोली !
    २.
    एकसाथ ल्याउने चाड
    भलो चाहन सबैको
    भन्दैन तराइ पहाड ।
    ✍️
    अच्युत घिमिरे
    सर्पाङ, भुटान🇧🇹
    —————<•>————–
    १०)
    १.
    आयो होली आयो
    मौलिक संस्कृति जोगाऔँ
    रङ्गले संसार छायो ।
    २.
    आऊ कान्छी होलीमा
    जोगाउनु छ संस्कार
    लाइन बसौँ टोलीमा !
    ✍️
    एवाइ प्रभात
    खाल्स छेन्ताङ सहिदभुमि धनकुटा
    —————<•>————–
    ११)
    १.
    रङ्गीन पर्व होली
    सबै नेपालीले खेलौँ
    मन पूरा खोली !
    २.
    नेपालीहरूको राष्ट्रिय पर्व
    उनेर एउटै मालामा
    मनाऔँ लिएर गर्व !
    ✍️
    बिपी लामिछाने
    दमक – झापा
    —————<•>————–
    १२)
    १.
    आयो एकासीको होली
    हिमाल पहाड तराईमा
    खेलौँ हृदय खोली !
    २.
    रङ्ग जोरजबर्जस्ती नदलौँ
    लुगा च्यात्दै आवेगमा
    मदिरा खाएर नढलौँ ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्ड़ौ
    —————<•>————–
    १३)
    नेपालीको पर्व होली
    खुसीको साथ खेलौँ
    सातै रङ्गहरू घोली !
    ✍️
    वेल थोकर तामाङ
    मकवानपुर
    —————<•>————–
    १४)
    १.
    लिनुपर्छ हामीले गर्व
    विविध चाडपर्व मध्येको
    आयो होली पर्व !
    २.
    होली खुसीमा खेल्नुपर्ने
    इच्छा विपरित भएमा
    हुनसक्छ लफडा झेल्नुपर्ने !
    ✍️
    शंकर कार्की
    थाहा नगरपालिका ३ मकवानपुर
    —————<•>————–
    १५)
    १.
    रङ्गहरूको पर्व होली
    हाँसखेल गरी मनाऔँ
    केही होला भोलि !
    २.
    सबैसँग मिलेर मनाउँ
    मनका कटुता बिर्सेर
    होलीमा मजाले रमाउँ ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    —————<•>————–
    १६)
    इतिहास ब्युँझाउने हाेली
    विसङ्गतिलाई बढावा दिँदै
    नखेलाैँ अनेकथरी घाेली !
    ✍️
    खुनराज काेइराला
    सिद्धलेक-३ धादिङ
    —————<•>————–
    १७)
    १.
    होलिकाको दहन भएर
    सुरुआत भयो होलीको
    मनाऔँ सबै मिलेर !
    २.
    रङको उचित प्रयोग
    मनाउनुपर्छ हामी सबैले
    जुर्छ वर्षमा सन्जोग !
    ✍️
    रिता खराल
    रूपन्देही
    —————<•>————–
    १८)
    एक पर्व होली
    उमेर समूहको मनोरञ्जन
    रमाऔँ दिल खोली !
    ✍️
    प्रेम थापा “मन”
    बागलुङ
    —————<•>————–
    १९)
    १.
    आयो पर्व होली
    प्रेम भातृत्व स्नेहको
    मिठो सन्देश बोली !
    २.
    गर्दै मनाऔँ गर्व
    विविध रङ्गहरू बोकी
    आयो होली पर्व !
    ✍️
    अनिता भण्डारी
    ताप्लेजुङ
    —————<•>————–
    २०)
    १.
    रमाएर मनाऔँ होली
    पालैपालो एउटै पर्व
    आज कसैले भोलि !
    २.
    रङ्गको पर्व मनाऔँ
    एकताको दियो बाल्दै
    सभ्य भव्य बनाऔँ ।
    ✍️
    कला ढकाल
    झापा
    —————<•>————–
    २१)
    १.
    चढेर वसन्तको डोली
    खुसीयाली बोकेर आयो
    रङ्गहरूको पर्व होली !
    २.
    खेलौँ साथी होली
    दु:ख सारा भुल्दै
    रङ्ग पानीमा घोली !
    ✍️
    बिके मुखिया
    दार्जिलिङ,भारत
    —————<•>————–
    २२)
    मिलेर होली खेलौँ
    कायम गर्दै भाइचारा
    जबर्जस्ती रङ नठेलौँ ।
    ✍️
    निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    —————<•>————–
    २३)
    १.
    होली पर्व मनाऔँ
    इन्द्रेणी रङ्ग होलीमा
    मौलिकता सद्भाव जगाऔँ ।
    २.
    वैमनश्यताको भावना भुलेर
    दिऔँ सन्देश भाइचाराको
    होलीको रङ्गमा खुलेर !
    ✍️
    मोती योन्जन सुब्बा
    दार्जिलिङ
    —————<•>————–
    २४)
    १.
    रङको तिहार होली
    मनाऔँ हर्ष उमङ्गले
    आत्मियताको रस घोली !
    २.
    सद्भाव सबैमा बढोस्
    होलीको रङसँगै हेर
    मायाको रङ चढोस् !
    ✍️
    अन्मोल राई
    —————<•>————–
    २५)
    १.
    खेल्छौँ होली पर्व
    भाइचारा सद्भावना बोकी
    गर्छौंँ सदैव गर्व !
    २.
    हरेक वर्ष आउँछ
    रङ्गको पर्व होली
    हृदयमा उमङ्ग छाउँछ ।
    ✍
    राजेन्द्र प्रधान ‘पासा’
    दार्जिलिङ
    —————<•>————–
    २६)
    १.
    नेपालीको पर्व हाेली
    मेचीदेखि महाकालीसम्म खेलौँ
    आपसमा मन खाेली !
    २.
    मनाऔँ होली पर्व
    सद्भाव भाइचारा बाेकी
    आपसमा गरौँ गर्व !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर
    —————<•>————–
    २७)
    १.
    रङको पर्व होली
    मनाऔँ सद्भाव बाँडेर
    आत्मीयता साटौँ खोली !
    २.
    रङ्गीन जीवनको भावना
    आपसमा भातृत्व साटौँ
    होलीको अपार शुभकामना !
    ✍️
    राज बहादुर बडुवाल
    कनकासुन्दरी-५,जुम्ला
    —————<•>————–
    २८)
    संस्कार संस्कृति मनाउने
    वर्ष दिनको पर्वमा
    सदाचार भई जनाउने !
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    —————<•>————–
    २९)
    १.
    खेलौँ सबैले होली
    संस्कार संस्कृति मनाऔँ
    सबैले हृदय खोली !
    २/
    सबैले मिलेर खेलौँ
    होली पर्व मनाउँदा
    कसैलाई नि नपेलौँ !
    ✍️
    वेदु न्यौपाने
    —————<•>————–
    ३०)
    उर्जाशील दिन भोलिको
    उमङ्गको राज्य होओस्
    सबैमा शुभकामना होलीको !
    ✍️
    नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
    —————<•>————–
    ३१)
    बस्तीमा मनाइन्छ होली
    रमाई उमङ्गले चौपट्टै
    छचल्किन्छ रङ्गीन खोली !
    ✍️
    हितमान छन्त्याल (सहोदर )
    पोखरा,कास्की ।
    —————<•>————–
    ३२)
    आयो हजुर होली
    रातो निलो पहेलो
    रङ्गियो तिम्रो चोली !
    ✍️
    प्रेम शर्मा ” एकान्त प्रेमी “
    —————<•>————–
    ३३)
    १.
    रङ्गको पर्व हाेली
    आपसमा सद्भाव बाड्दै
    खेलाैँ मन खाेली !
    २.
    हाेलीकाे उमङ्ग छायाे
    मित्रवत् हात बढाउँदा
    मनले शान्ति पायाे ।
    ✍️
    श्रीबहादुर केसी शैलुङ्गे
    भक्तपुर
    —————<•>————–
    ३४)
    होली आयो हेर
    खराब नहौँ हामी
    जबर्जस्ती रङ छ्यापेर !
    ✍️
    जनक बिसी
    दक्षिण भारत कोचिन
    —————<•>————–
    ३५)
    १.
    संस्कार संस्कृति जोगाऔँ
    एकापसमा सद्भाव राखेर
    होली पर्व मनाऔँ ।
    २.
    जबर्जस्ती हुँदैन लगाउन
    आत्मसम्मानमा चोट पुर्‍याई
    विकृति विसङ्गति फैलाउन !
    ✍️
    साबित्री प्याकुरेल
    धादिङ्ग
    —————<•>————–
    ३६)
    १.
    रक्ताम्य भयाे खाेली
    परिवर्तित समाजका लागि
    खुसीयालीमा मनाऔँ हाेली !
    २.
    मिठासपूर्ण मित्रताकाे बाेली  
    खुसियालीकाे संज्ञा दिने
    मिश्रित रङ्गहरूकाे हाेली !
    ✍️
    काेपिला समिक्षा
    खार्पा खाेटाङ
    —————<•>————–
    ३७)
    रङ्गको पर्व आयो
    होली हाम्रै आँगनमा
    सबैमा हर्ष छायो !
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    —————<•>————–
    ३८)
    १.
    आयाे रङ्गहरूकाे पर्व
    संस्कार र संस्कृतिको
    गराैँ सबैले गर्व !
    २.
    नआओस् विकृति हाेलीमा
    रमाइलो गराैँ सबैले
    संस्कार नफालाैँ खाेलीमा !
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    —————<•>————–
    ३९)
    १.
    आयो फागुनमा होली
    मन खोलेर मनाऔँ
    माया विश्वास घोली !
    २.
    हटोस् मनको मैलो
    रङ्गहरूमा रमाउ सबै
    खाेली भाइचाराकाे दैलाे !
    ✍️
    सुशील शिखा
    काठमाडौँ
    —————<•>————–
    ४०)
    १.
    रङ्गमा ढङ्ग घाेली
    आपसमा सबै मिलेर
    रमेर खेलाैँ हाेली !
    २.
    पर्वमा षट्कर्म छाउँ
    मर्मले सर्म चाेख्याइ
    हाेलीकाे महिमा उजिल्याउँ ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४
    —————<•>————–
    ४१)
    शुभकामना सबैलाई होलीको
    आफ्नो समाजमा सबैले
    प्रभाव छाडौँ बोलीको !
    ✍️
    सञ्जना शर्मा
    लमही दाङ
    —————<•>————–
    ४२)
    होली पर्व आयो
    गाउँ सहर जताततै
    सबैको मन रमायो ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज, बॅाके।
    —————<•>————–
    ४३)
    असत्य नहोस् बोलीको
    शुद्ध बनाउँ मनलाई
    शुभकामना आगामी होलीको !
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी दार्जिलिङ
    —————<•>————–
    ४४)
    १.
    होलीको रसरङ्ग घोली
    जीवन सफल बनाऔँ
    सुन्दर शान्त भोलि !
    २.
    नहोस् वैमनश्य कतै
    मन बनोस् पवित्र
    फैलोस सद्भाव जताततै !
    ✍️
    विवश पारदर्शी
    झापा
    —————<•>————–
    ४५)
    १.
    जीवन रङ्गीन बनोस्
    होलीको रङ्गहरू जस्तै
    सबैले आहा भनोस् !
    २.
    खोलेर मनको झोली
    संस्कार संस्कृति अनुसार
    मनाऔँ सबैले होली !
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान, भारत
    —————<•>————–
    ४६)
    रङ्गको पर्व आयो
    तराई पहाड हिमाल
    रमाउने बहाना ल्यायो ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    —————<•>————–
    ४७)
    रमाएर सद्धभावपूर्ण ढङ्गले
    खेल्छौँ हामी होली
    विभिन्न थरिका रङ्गले !
    ✍️
    सुस्मिता अधिकारी
    काठमाडौँ
    —————<•>————–
    ४८)
    १.
    आयाे हाेली पर्व
    खेलाैँ सबै मिली
    उमङ्ग र गर्व !
    २.
    संस्कार संस्कृति हाम्रो
    साथीभाइ मिलेर हाेली
    खेलेकाे कति राम्रो !
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    —————<•>————–
    ४९)
    होली पर्व हाम्रो
    रङ्गबिरङ्गको मेला रङ्गिन
    मिलेर खेलेको राम्रो !
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    —————<•>————–
    ५०)
    १.
    हाेली पर्वकाे मूल्य
    यसमा सबै समुदायकाे
    हुनुपर्छ समान घुल्य !
    २.
    रङ्गीन सुन्दर रीति
    एकताबद्ध गराउँछ हाेलीले
    सबैले माने नीति !
    ✍️
    राजेन्द्र भुसाल (डिल्ली)
    अर्घाखाँची
    —————<•>————–
    ५१)
    १.
    आयो फेरि होली
    खेलौँ हामी मिलेर
    सातै रङ्ग घोली !
    २.
    हामी सबैको पर्व
    होली रमाउँदै खेलौँ
    मानेर भोलि गर्व !
    ✍️
    जानुका बास्कोटा
    काठमाण्डौ
    —————<•>————–
    ५२)
    १.
    आयो घुमेर होली
    परम्परा संस्कृतिलाई समाल्दै
    नहान्नू लुकेर लोली !
    २.
    वर्षदिनको होली पर्व
    मनाउँदा हुन्छ सबैमा
    खुसी अनि गर्व !
    ✍️
    दुर्गा भट्टराई
    माेरङ
    —————<•>————–
    ५३)
    नेपालीको महान् पर्व
    मनाऔँ हामी राजीखुसी
    गरौँ संस्कृतिमा गर्व !
    ✍️
    खडक आर सी मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    —————<•>————–
    ५४)
    हदभन्दा पनि माथि
    गएर होली पर्व
    नमनाऔँ है साथी !
    ✍️
    सरिता सेढाई
    धादिङ
    —————<•>————–
    ५५)
    होली नखेल  बेकारको
    सरकारले खेल्छ होली
    बन्दुक गोली तरबारको !
    ✍️
    देवी पन्थी
    —————<•>————–
    ५६)
    घरआँगनमा छायो उमङ्ग
    मज्जाले खेलौँ होली
    बनोस् दुनियाँ दङ्ग !
    ✍️
    सुरेश विश्वकर्मा
    डोटी
    —————<•>————–
    ५७)
    हाेली रमाइलाे चाड
    सचेत भई मनाऔँ
    नगरौँ कदापि खेलवाड !
    ✍️
    भाेलामान बर्देवा(बैरागिमाईलाे)
    धरान ८ सुनसरि
    —————<•>————–
    ५८)
    खेलौँ रङको होली
    चाडपर्व मनाऔँ हामीले
    पूरा हृदय खोली !
    ✍️
    यशोदा रेग्मी
    —————<•>————–
    ५९)
    १.
    विविध रङहरू छरी
    मनाऔँ होली पर्व
    सद्भाव नखल्बलिने गरी !
    २.
    मिलाउँदा फागुमा लोली
    मर्यादाको ख्याल गर्दै
    खेलौँ आपसमा होली !
    ✍️
    बाबुराम गौतम
    गुल्मी
    —————<•>————–
    ६०)
    इच्छा, चाहना खोली
    रङ्गहरूको पर्व मनाऔँ
    खेलेर साथी होली !
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    —————<•>————–
    ६१)
    १.
    वसन्तको चाड आयो
    रङ्गीन पर्व होली
    सबैमा खुसीयाली छायो ।
    २.
    गरेर सद्भाव पेश
    खुसीले मनाऔँ होली
    जाओस् एकताको सन्देश !
    ✍️
    देव स्याङ्देन
    कालेबुङ
    —————<•>————–
    ६२)
    भनिन्छ भक्त भगवान्
    नरसिँह अवतारको कृपा
    प्रह्लाद बने महान् !
    ✍️
    संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत
    —————<•>————–
    ६३)
    १.
    भक्त प्रल्लादको भक्ति
    दनदनी जलिन् होलिका
    हिरण्यकश्यपुको अद्भुत शक्ति !
    २.
    खेलौँ मिलेर होली
    ईर्ष्या, द्वेष भुलेर
    अनमनको गाँठो खोली !
    ✍️
    ज्योतिका छेत्री
    —————<•>————–
    ६४)
    १.
    होलीका रङ्गीचङ्गी रङ्गहरू
    सबैमा खुसी छाओस्
    सदा सप्रिउन् ढङ्गहरू !
    २.
    मित्रताको गाँठो कसिलो
    रङले रङ्गिएको होली
    भावना खुलोस् रसिलो !
    ✍️
    हिरालाल न्यौपाने
    बानपा ८ कोटमौला,सल्यान
    —————<•>————–
    ६५)
    १.
    होली रङ्गको पर्व
    दिल खोलेर खेलौँ
    सबैले मानेर गर्व !
    २.
    हिमाल, पहाड, तराई
    खेलौँ दाजुभाइ सबै
    कोही छैनन् पराइ !
    ✍️
    अम्बिका गिरी
    विराटनगर
    —————<•>————–
    ६६)
    १.
    आयाे पर्व हाेली
    रङ्गीबिरङ्गी बनाउँदै सहर
    बगाई रङ्गको खोली !
    २)
    हिमाल, पहाड, तराई
    मनाइन्छ रङ्गको पर्व
    नठानी कसैलाई पराइ !
    ✍️
    ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    —————<•>————–
    ६७)
    कति मिठो बोली
    रङ्गैरङ्गको सप्तरङ्गी फागु
    पर्व हो होली !
    ✍️
    दीप गोले तामाङ
    रौतहट
    —————<•>————–
    ६८)
    स्वच्छ रहाेस् भावना
    जोगाऔँ मौलिक सँस्कृति
    हाेली पर्वकाे शुभकामना !
    ✍️
    काेपिला अधिकारी
    गाेरखा
    —————<•>————–
    ६९)
    १.
    रङ्ग लगाउने चाहना
    रङ्गीन बनोस् जीवन
    यही छ शुभकामना !
    २.
    रङ्गहरूको पर्व होली
    खेलौँ सद्भावले सबै
    असल भाव खोली !
    ✍️
    सरस्वती श्रेष्ठ
    रुपन्देही बुटवल
    —————<•>————–
    ७०)
    १.
    नारी दहनको जनश्रूति
    होलीको रूपमा मनाउनु
    नराम्रो लाग्छ अनुभूति !
    २.
    विकृत नहोस् चाडपर्व
    असभ्य नबनाऔँ होली
    शिष्टतामा गर्नुपर्छ गर्व !
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>————–
    ७१)
    १.
    रङ्गको पर्व होली
    संस्कृति जोगाऔँ सबैले
    मनाऔँ दिल खोली !
    २.
    रङ्ग खेल्ने चाहना
    बनोस् पर्व रङ्गिन
    होली पर्वको शुभकामना !
    ✍️
    धनमाया चौधरी
    कैलाली
    —————<•>————–
    ७२)
    रङहरूको आयो पर्व
    संस्कृतिलाई थाती राख्दा
    मिल्छ हामीलाई गर्व !
    ✍️
    विष्णु पंगेनी (पाण्डे)
    वालिङ् -स्याङ्जा
    —————<•>————–
    ७३)
    १.
    रमाएर खेलौँ होली
    संस्कृतिको संरक्षण गरेर
    साथीसँग मीठो बोली !
    २.
    पानीसँग रङ्ग घोलेर
    मनाउँछन् पर्व होली
    खेल्छन् दिल खोलेर !
    ✍️
    चन्द्रिका रिमाल न्यौपाने
    काठमाडौँं
    —————<•>————–
    ७४)
    खुसी अनि उमङ्ग
    एकदिन होली पर्वमा
    हुनेगर्छ मन दङ्ग !
    ✍️
    कविता गुरुङ
    रोल्पा
    —————<•>————–
    ७५)
    १.
    असत्यमाथि सत्यको जित
    हर्षोल्लासको पर्व हाेली
    वर्षेनि मनाउने रित !
    २.
    फालाैँ मनकाे कालो
    बालाैँ ज्ञानको ज्याेति
    हट्छ भ्रमको जालो !
    ✍️
    जगदिश अधिकारी
    तारकेश्वर, काठमाण्डाै
    —————<•>————–
    ७६)
    मिलेर खेलौँ होली
    रङमा रङ मिलाएर
    मनमा मन घोली !
    ✍️
    टिकाराम पुन टिपु
    —————<•>————–
    ७७)
    १.
    रङ्गको पर्व आयो
    मनाऔँ सबै मिलेर
    मनमा उमङ्ग छायो ।
    २.
    आफ्नो संस्कृति जोगाऔँ
    मनाऔँ हैसियत अनुसार
    भड्किलाे देखासीकी हटाऔँ ।
    ✍️
    राधा चाम्लिङ
    खोटाङ
    —————<•>————–
    ७८)
    १.
    वसन्तमा पन्छीको बोली
    सुन्दर हरियाली जङ्गल
    आगमन भइरहेछ होली !
    २.
    रङ्गहरूको  पर्व  होली
    छ हर्षोल्लास जताततै
    रङ्गीबिरङ्गी रङ्गहरू घोली !
    ✍️
    शान्ति भुजेल
    —————<•>————–
    ७९)
    १.
    होली मनाऔँ मिलेर
    रङ्गोलीको साथमा हामी
    खुसीसाथ सबै खिलेर !
    २.
    होली पर्व आयो
    चारैतिर रङ्ग छर्दै
    भाँङ धतुरो खायो !
    ✍️
    रमा गुरुङ्ग
    सालुगडा सिलीगुडी
    —————<•>————–
    ८०)
    १.
    विभिन्न रङ्ग लगाई
    आऊ खेलौँ होली
    मौलिक संस्कृति झल्काई !
    २.
    रङ्गीन होली पर्व
    स्वागत गरी सप्तरङ्गले
    संस्कृतिमा गरौँ गर्व !
    ✍️
    नन्दा धामी
    नौगाड, दार्चुला
    —————<•>————–
    ८१)
    आँगनमा आयो हाेली
    रमाऔँ सबै मिलेर
    खुसी भएर भाेलि !
    ✍️
    सानु जाेशी
    सुदुरपश्चिम दार्चुला
    —————<•>————–
    ८२)
    १
    विभिन्न रङको पर्व
    नाँच्दै गाउँदै आँगनमा
    गर्दछन् होलीकै गर्व !
    २.
    हिमाल पहाड तराई
    होलीकै रमझम हेर
    औधी मनपर्छ मलाई !
    ✍️
    देव मगर
    तिनाउ~१,कचल,पाल्पा
    —————<•>————–
    ८३)
    आयाे फागुनकाे हाेली
    वृन्दावनमा श्याम रमाए
    गाेपीसँग दिल खाेली !
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर
    —————<•>————–
    ८४)
    दलेर रङ्ग होलीमा
    फागुन पूर्णिमा मनाउन
    रमाइलो हुन्छ टोलीमा !
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाकाई ४ झापा
    —————<•>————–
    ८५)
    फागुन मास आयो
    आपसी सद्भाव बढाउन
    होलीको रङ छायो ।
    ✍️
    सन्तु खत्री
    —————<•>————–
    ८६)
    पावन हाेलीकाे पर्व
    दलेर सप्तरङ्गी रङ्गहरू
    मनाऔँ गरेर गर्व !
    ✍️
    शालिकराम दाहाल
    —————<•>————–
    ८७)
    १.
    खेलौँ होली रमाई
    रङको वर्षा गरेर
    हातमा हात समाई !
    २.
    रङ्गीन यो पर्वले
    दिलाओस् आँट सबैमा
    जीउन सकुन् गर्वले !
    ✍️
    विवश पारदर्शी
    झापा
    —————<•>————–
    ८८)
    १.
    ईश्वर हुन्छन् काममा
    नफैलाऔँ विकृति कसैले
    यी चाडपर्वको नाममा !
    २.
    रङ्गको पर्व रमाइलो
    खेलेर होली सबैले
    बनाऔँ पर्व घमाइलो !
    ✍️
    जानुका बास्कोटा
    काठमाण्डौ
    —————<•>————–
    ८९)
    १.
    रङ्गहरूकाे पर्व हाेली
    मिलीजुली खेल्नुपर्छ मित्र
    आज हाेइन भाेलि !
    २.
    इच्छा चाहाना भावना
    सम्पूर्णमा छ मनैदेखि
    हाेली पर्वकाे शुभकामना !
    ✍️
    श्रीकृष्ण धामी
    बझाङ
    —————<•>————–
    ९०)
    मान्नै पर्दछ होली
    नभए पनि बिउ
    विदेशमा थापौँला झोली !
    ✍️
    लोक वहादुर छेत्री लामिछाने
    मोदी गा पा २ देउपुर जिल्ला:- पर्वत
    —————<•>————–
    ९१)
    रङ्गहरूको पर्व होली
    सबै मिलेर मनाऔँ
    प्रेमको रङ्ग घोली !
    ✍️
    समुन्द्रा शर्मा
    —————<•>————–
    ९२)
    १.
    खुसीयाली बोकी मनभरि
    आयो होली पर्व
    रमाउँदै सबैको वरिपरि !
    २.
    रङ्गको पर्व होली
    मिलेर गरौँ रमाइलो
    बनाई सुन्दर टोली !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ सङ्खुवासभा
    —————<•>————–
    ९३)
    १.
    रङ्गहरूको पर्व होली
    बाँडौँ खुसी आपसमा
    भित्रि मन खोली !
    २.
    रङ्गको यो पर्व
    मनाउन पाउँदा कसलाई
    नहोला र गर्व !
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    —————<•>————–
    ९४)
    १.
    रङ्गहरूको पर्व होली
    संस्कृति झल्काउन आयो
    मिलेर मनाऔँ भोलि !
    २.
    फागु पूर्णिमा राम्रो
    रङ्गीविरङ्गी रङहरूमा झुम्दै
    संस्कृति जोगाऔँ हाम्रो !
    ✍️
    विकास क्षेत्री अञ्जान
    कैजले,बिजनबारी, दार्जिलिङ
    —————<•>————–
    ९५)
    रङ्ग खेलेर होली
    साँस्कृतिक पर्व भन्छन्
    विकृत देखिन्छन् टोली !
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    —————<•>————–
    ९६)
    १.
    होलीको रङ्ग प्यारो
    सबै मिलेर मनाऊँ
    खेलौँ नगरौँ उधारो !
    २.
    ग्रन्थ होलीका धार्मिक
    अखण्ड देशको लागि
    नगरौँ कसैको सिक !
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    —————<•>————–
    ९७)
    १.
    पीडा छ मनभरि
    फेरि होली आयो
    मनाउँ के गरी ?
    २.
    होली रङ्गैरङ्गको पर्व
    हासौँ अनि रमाऔँ
    सबैले मानेर गर्व !
    ✍️
    ललिता गिरी सिन्धुली
    —————<•>————–
    ९८)
    मनाऔँ आज होली
    खुसीको रङ्ग साटेर
    सबैले दिल खोली !
    ✍️
    ध्रुव श्रेष्ठ
    खोटाङ
    —————<•>————–
    ९९)
    रङ्गमा उमङ्ग घोलेर
    खेलौँ आज होली
    सबैले मन खोलेर !
    ✍️
    चिरञ्जीवी श्रेष्ठ
    धनकुटा
    —————<•>————–
    १००)
    सद्भावपूर्ण खेलाैँ हाेली
    अबिर लगाई एकापसमा
    बनाउँदै मीठाे बाेली !
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर झापा
    —————<•>————–
    १०१)
    रङ्गहरूको  पर्व  होली
    समझदारी गरी खेल्ने
    छलछामले नरङ्गियोस् चोली !
    ✍️
    भगवती दवाडी
    झापा
    —————<•>————–
    १०२)
    १.
    रङ्गको पर्व होली
    खेलौँ मिलेर सबै
    मनको खुसी खोली !
    २.
    होली पर्व आयो
    हिन्दुहरूको एउटा संस्कृति
    मिलेर खुसी छायो ।
    ✍️
    नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
    —————<•>————–
    १०३)
    सद्भाव रहोस् सधैँभरि
    शान्ति समृद्धि छाओस्
    होलीमा रमाऔँ बेसरी !
    ✍️
    पुष्पा राई
    खाेटाङ
    —————<•>————–
    १०४)
    खेलौँ होली मस्केर
    आपसी सद्भाव नबिर्सी
    नहिडुन् कोही झस्केर !
    ✍️
    चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके
    —————<•>————–
    १०५)
    हाेली पर्व सनातन
    सम्मान गरेर खेलौँ
    नदुखाई कसैको मन !
    ✍️
    हरिभक्त सिग्देल महेश
    —————<•>————–
    १०६)
    रङ्गहरूकाे  पर्व हाेली
    सद्भाव प्रेम मेलमिलाप
    बढाओैँ हृदयलाई खाेली !
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ
    —————<•>————–
    १०७)
    खुसी उमङ्गको होली
    नाच्दै गाउँदै झुम्दै
    मिठासपूर्ण होस् बोली !
    ✍️
    कबिताहरी
    सुन्दरहरैंचा १ मोरङ
    —————<•>————–
    १०८)
    रङ्गको संसार होली
    जथाभावी नखेलौँ है
    जीवन नरहला भोलि !
    ✍️
    एवाइ प्रभात
    —————<•>————–
    १०९)
    १.
    रङ्गीचङ्गी पर्व होलीमा
    आपसमा मित्रता अनन्य
    सद्भावना रहोस् बोलीमा !
    २.
    एकतामा अनेकताको सौरव
    आँगनहरू रङ्गीन सबैको
    सम्पूर्णमा रहिरहोस गौरव !
    ✍️
    घनश्याम पन्त
    हरिवन सर्लाही
    —————<•>————–
    ११०)
    रङ्गीन चाड होली
    खुसी भई मनाऔँ
    मिलेर सप्तरङ्ग घोली !
    ✍️
    जयनारायण नेपाल
    बालकोट, भक्तपुर
    —————<•>————–

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव

    साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला- १३८ सम्पन्न

  • २९ फाल्गुन २०८१, बिहीबार १७:२२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयअठतीसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१३८—————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/११/२६
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य
    पञ्चाङ्ग:०१
    अर्कैले गाली बेइज्जत गरे पछि सम्झेर के हुन्छ?
    दुःख र पीडाको समय टरे पछि सम्झेर के हुन्छ?
    आफ्नो मान्छे जहिले दुःख रआपतको बेला चाहिन्छ,
    दुःखमा वचन बाण नै छरे पछि सम्झेर के हुन्छ?
    धर्तीमा बाँच्न नसकेर मरे पछि सम्झेर के हुन्छ?
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    तिम्रो लागि फूलको माला बुनेको छु
    रङ्गी बिरङ्गी फूलहरु चुनेको छु
    तिमी बिना दिन पनि रात सरह,
    भोलि पर्सि आउँछौ भन्ने सुनेको छु
    खोर भित्रका मुर्गा पनि थुनेको छु ।
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०३
    साँचो माया गर्नेहरुले जिन्दगी लुटाएका छन्
    दिनको भोक रातको निद चैन छुटाएका छन्
    सम्झनाले सताउँदा लेखी गजल विरहका
    पन्नामा जसोतसो भरेर पनि जुटाएका छन्,
    पिउँदै मदिरा साथीभाइबाट कुटाएका छन्।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    रातो सेतो कालो निलो गनेर रङ लगायो
    होलीको माहोल भनेर रङ लगायो
    अघिल्ला गल्ती समाप्त गर्दै बिर्सने दिनमा
    इतिहासको कहानी खनेर रङ लगायो
    संस्कृतिको पालक नै बनेर रङ लगायो ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग०५
    जति गले पनि अरु कसैलाई डाकिन कहिल्यै
    गह्रौं भारी आफैं बोके अरुलाई ताकिन कहिल्यै
    उभिदा उभिदा नसै चुडिएछ खुट्टाको हजुर
    दुखेकै खुट्टाले उभिरहे अझ थाकिन कहिल्यै
    तैपनि कुनैपनि देवी – देवता भाकिन कहिल्यै ।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १२०

  • २९ फाल्गुन २०८१, बिहीबार १४:२१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयसबिसौऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/११/२२गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १२०[एकसयबिसौऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    आकाशकाे शीतल जून छुन मन छ।
    यी बगेका आँसुकाे साथी हुन मन छ।
    विश्वासघात गर्नेहरू धेरै छन् यहाँ,
    एकान्तमा बसेर एक्लै रुन मन छ।
    हृदयकाे पीडा हाँसाेले धुन मन छ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    आज तिमी टाउको समाएको छौ
    बिदेशी धन धेरै कमाएको छौ
    धनले शान्ति नमिल्दो रहेछ है ,
    त्यो मुटु अर्कालाई थमाएको छौ
    कसरी घरबार जमाएको छौ ??
    -धनमाया चौधरी कैलाली
    पञ्चाङ्ग-:०३
    चिन्ताग्रस्त छ मन शान्ति पो कहाँ होला नि
    शान्ति खोज्ने मन आफैं भाग्छ खोलैखोला नि
    स्थिर राख्न सके शान्ति आफैं आउँथी भेट्न
    भागिरहने मनलाई कस्ले पो छोला नि
    आफ्नो मन आफैंले नछोइ गयो चोला नि।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०४

    सबै जान्नेछन् नजान्ने कमै हाेलान्
    सबै मान्नेछन् नमान्ने कमै हाेलान्
    आफ्नो दुनो साेझ्याउन अर्कालाई ,
    तान्ने रित्याएर नतान्ने कमै हाेलान्
    आफू जस्तै च्यापु नठान्ने कमै हाेलान् ।

    भवानी घिमिरे
    सर्लाही ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव

    सगरमाथा साहित्य प्रतिष्ठानले वार्षिकोत्सव मनाउने

  • २६ फाल्गुन २०८१, सोमबार २१:१४ मा प्रकाशित
  • वि.सं. २०६९ सालमा ‘नेपाली भाषा साहित्यको संरक्षण, संवर्द्धन र विकासका लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापना भएको सगरमाथा साहित्य प्रतिष्ठानले आफ्नो ११औँ स्थापना दिवस एक भव्य समारोह बीच काठमाण्डौमा मनाउने भएको छ ।

    संस्थाका प्रवक्ता राजेशराज गड्तौलाका अनुसार सो अवसरमा तीन जना स्रस्टाहरू झापाका विवेक दुलाल क्षेत्री, चितवनकी यमुना गौतम तथा कञ्चनपुरका रमेश पन्त मीतबन्धुलाई सम्मान गर्नुका साथै संस्थाबाट प्रकाशित कविता संग्रह ‘कविताहरूको सगरमाथा २’ को विमोचन एवं ‘सगरमाथा वर्ष पुरस्कार’ को समेत वितरण हुने कार्यक्रम रहेको छ ।

    आगामी चैत्र २ गते शनिबार दिनको ठिक ११:३० मा काठमाण्डौको अनामनगरमा रहेको डालो रेष्टुरेण्टमा उक्त कार्यक्रम हुने जानकारी समेत प्रवक्ता गड्तौलाले दिएका छन् । ज्ञात रहोस्, सगरमाथा साहित्य प्रतिष्ठानको केन्द्रीय कार्यालय हाल युएईमा रहेको छ भने यसको स्थापना सो समयमा त्यहाँ कार्यरत नेपाली साहित्यलाई माया गर्ने युवाहरूबाट भएको हो !

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव

    झिल्का लेखन अभियानको ६६ औँ शृङ्खला (अन्तर्राष्ट्रिय नारी दिवस विषयक) सम्पन्न

  • २६ फाल्गुन २०८१, सोमबार ००:०२ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ६६ औँ शृङ्खला (अन्तर्राष्ट्रिय नारी दिवस विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान  लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    ~~~~~~~<•>~~~~~~~~
    ०)
    १.
    बोकेर  अनेकन्  जिम्मेवारी
    हाँस्दछिन् दबाएर आँसु
    सहनशीलताको प्रतिमूर्ति नारी !
    २.
    नारी देवी कर्ताधर्ता
    रोप्छिन् आफूभित्र जीवन
    बनेर एक सृष्टिकर्ता !
    ✍️
    वसन्त अनुभव
    वसन्तविहार, घोराही, दाङ
    ~~~~~~~<•>~~~~~~~~
    १)
    बोकेर काँधमा जिम्मेवारी
    अब्बल बन्दै यात्रामा
    अघि बढुन् नारी !
    ✍️
    संगीता खरेल
    काठमाडौँ
    ~~~~~~~<•>~~~~~~~~
    २)
    १.
    सबैको मनमा इमान्दारी
    पहिलो खुड्किला रहन्छ
    सदैव ममतामयी नारी !
    २.
    इज्जत गरौँ नारीको
    विश्वमा उठाउँछिन् कदम
    जहिल्यै आफ्नो जिम्मेवारीको !
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    ~~~~~~~<•>~~~~~~~~
    ३)
    १.
    पृथ्वी  हुन्  नारी
    जिम्मेवार बनी घरको
    बोक्छिन् शिरमा भारी !
    २.
    उठाउनु पर्दछ  नारीलाई
    भागबन्डा लगाई सबैमा
    चौतारीमा सुस्ताऊ भारीलाई !
    ✍️
    टिकाराम पुन टिपु
    ~~~~~~~<•>~~~~~~~~
    ४)
    १.
    बाेकेर काँधमा जिम्मेवारी
    सगरमाथाकाे शिखर चुमुन्
    पाइलाहरू चाल्दै नारी !
    २.
    महान् हुन् नारी
    विश्वले प्रशंसा गर्छ
    हामी बनौँ आभारी !
    ✍️
    केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारतबाट
    ~~~~~~~<•>~~~~~~~~
    ५)
    १.
    नारी उज्यालो किरण
    बन्दछ उनी बिना
    अधुरो धरती गगन !
    २.
    नारी  हुन् सन्सार
    सम्मान देऊ उनलाई
    आउँछ जीवनमा बहार !
    ✍️
    सतीश पण्डित
    भानु६ मातातीर्थ । हाल चनपा ६ मातातीर्थ
    ~~~~~~~<•>~~~~~~~~
    ६)
    १.
    सृष्टिकर्ता हुन् नारी
    धेरै छ काँधमा 
    यो देशको जिम्मेवारी !
    २.
    बस्नुहुन्न सहेर वेदना
    अब फैलाउनु संसारभरि
    नारी मुक्तिको चेतना !
    ✍️
    भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    ~~~~~~~<•>~~~~~~~~
    ७)
    १.
    आमा हुन् नारी
    चमत्कार देखाउछिन् सदा
    खुसीको ढोका उघारी !
    २.
    नारीविना सृष्टि हुँदैन
    जिम्मेवारी आउँछ फेरि
    तर खुसीले छुँदैन ।
    ✍️
    एवाइ प्रभात
    खाल्स छेन्ताङ सहिदभुमि धनकुटा
    ~~~~~~~<•>~~~~~~~~
    ८)
    १.
    नारी हुन् सागर
    उनको हात नचल्दा
    रित्तो हुन्छ गागर !
    २.
    नसम्झ नारीलाई दासी
    काँधमा जिम्मेवारी बोक्छिन्
    हुँदा पनि तासी !
    ✍️
    राज बहादुर बडुवाल
    कनकासुन्दरी-५,जुम्ला
    ~~~~~~~<•>~~~~~~~~
    ९)
    १.
    अन्तर्राष्ट्रिय  नारी  दिवश
    क्रान्तिको  दिशामा  लागौँ
    नबनौँ  असहाय  विवश !
    २.
    लुकाएर  आँसु  नेत्रमा
    नारीले साहसीलो भूमिका
    देखाउँछिन् हरेक क्षेत्रमा  !
    ✍️
    मोती योन्जन सुब्बा
    दार्जिलिङ
    ~~~~~~~<•>~~~~~~~~
    १०)
    १.
    राष्ट्रियता छ कता
    बताइदेऊ न मलाई
    ज्ञात भएमा पता !
    २)
    अस्मिता खतरामा पर्दैछ
    यहाँ आमा दिदीबहिनीको
    राष्ट्रको राष्ट्रियता मर्दैछ ।
    ✍️
    विवश पारदर्शी
    झापा
    ~~~~~~~<•>~~~~~~~~
    ११)
    मनाऔँ नारी दिवश
    सम्मान गरौँ सबैले
    नपारौँ कुनै विवश !
    ✍️
    प्रेम थापा “मन”
    बागलुङ
    ~~~~~~~<•>~~~~~~~~
    १२)
    १.
    मुख्य भूमिका खेल्छन्
    जतिसुकै आओस् विघ्नबाधा
    नारीले सहजै  झेल्छन् ।
    २.
    कानुनी संरक्षण हुँदैन 
    घरेलुु हिंसामा परेका
    नारीको कुराले छुँदैन ।
    ✍️
    कला ढकाल
    झापा
    ~~~~~~~<•>~~~~~~~~
    १३)
    १.
    कमजोर नठानौँ महिला
    आधा आकाश ओगट्ने
    बुझौँ सबैले पहिला !
    २.
    अनेक हुन्छन् रुप
    नारी रूपकै खानी
    दुनियाँ हुन्छ चुप !
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी
    ~~~~~~~<•>~~~~~~~~
    १४)
    १.
    घरकी लक्ष्मी नारी
    नारी पुरुष समान
    नहुन् कहिल्यै भारी !
    २.
    नारी सहनशील पात्र
    अब्बल हरेक क्षेत्रमा
    नबनौँ कमजोर मात्र !
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ~~~~~~~<•>~~~~~~~~
    १५)
    १.
    सबैलाई पछाडि पारी
    भृकुटी सिता धेरैधेरै
    जन्मिउन् नेपाली नारी !
    २.
    नेपालमा अग्रस्थानमा नारी
    न्यायाधीश राष्ट्रपति चलाए
    पुरुषहरूलाई पछाडि पारी !
    ✍️
    चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    ~~~~~~~<•>~~~~~~~~
    १६)
    १.
    बोक्नुपर्छ सृष्टिको भारी
    खिन्चित खाँदैनन हार
    सङ्घर्षमा महान् नारी !
    २.
    सक्छन् गर्न सामना
    नारी हुन् देवी
    सबैमा छ शुभकामना !
    ✍️
    शंकर कार्की
    थाहा ३ मकवानपुर
    ~~~~~~~<•>~~~~~~~~
    १७)
    १.
    जिम्मेवारी छ जारी
    विचलित हुन्नन् कहिल्यै
    सृष्टिकर्ता यी नारी !
    २.
    हरचाेकबाट उपस्थिति जनाऔँ
    अन्तराष्ट्रिय नारी दिवस
    भव्य रूपले मनाऔँ !
    ✍️
    काेपिला अधिकारी
    गाेरखा
    ~~~~~~~<•>~~~~~~~~
    १८)

    सबैलाई तिमी चाहियो
    फेरि किन घृणा
    बदनाम किन पाइयो ।
    ✍️
    निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ~~~~~~~<•>~~~~~~~~
    १९)
    १.
    साेचौँ असल भावना
    अन्तर्राष्ट्रिय नारी दिवसको
    सबैमा हार्दिक शुभकामना !
    २.
    बुझ्नू आफ्नो जिम्मेवारी
    घरलाई दिई सुन्दरता
    बन्नू असल नारी !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर ।
    ~~~~~~~<•>~~~~~~~~
    २०)
    बोकेर सबै जिम्मेवारी
    बयान गर्न सकिन्न
    घरको छानो नारी !
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    ~~~~~~~<•>~~~~~~~~
    २१)
    १.
    सृष्टिकर्ता हुन् नारी
    कुरा बुझ्नु पर्छ
    बस्दिनन् हिम्मत हारी !
    २.
    चेत आफ्नै खाेल्नू
    मरिलानु के छ
    सभ्य शिष्ट बाेल्नू !
    ✍️
    जी.वि.
    घाेराही-१४ दाङ
    ~~~~~~~<•>~~~~~~~~
    २२)
    १.
    दुर्गाको स्वरूप नारी
    पराक्रमी, साहसी हुन्छिन्
    सक्षम सम्हाल्न जिम्मेवारी !
    २.
    हरेक क्षेत्रमा अगाडि
    नारी बढ्दै छन्
    रत्तिभर हिम्मत नहारी !
    ✍️
    देव स्याङ्देन
    कालेबुङ
    ~~~~~~~<•>~~~~~~~~
    २३)
    १.
    बोकेर काँधमा जिम्मेवारी
    बढ्नुपर्छ अगाडि सधैँ
    एकजुट भएर नारी !
    २.
    नाचौँ गाऔँ रमाऔँ
    अन्तर्राष्ट्रिय नारी दिवस
    भव्य तरिकाले मनाऔँ ।
    ✍️
    अनिता भण्डारी
    ताप्लेजुङ
    ~~~~~~~<•>~~~~~~~~
    २४)
    कम छैनन् नारी
    समान अवसर पाए
    बढ्छन् अवरोध सारी !
    ✍️
    पुष्पा राई
    खाेटाङ
    ~~~~~~~<•>~~~~~~~~
    २५)
    १.
    सभामा भाषण गर्दैमा
    नारीको उत्थान हुँदैन
    टाउके अगाडि सर्दैमा !
    २.
    महिला घरमै छन्
    भएर आफ्नैबाट पीडित
    ती स्वतन्त्र छैनन् !
    ✍️
    धनमाया चौधरी
    कैलाली
    ~~~~~~~<•>~~~~~~~~
    २६)
    १.
    सृष्टिकर्ता हुन् नारी
    सम्मान गरौँ सबैले
    बनिरहुन् सबैकी प्यारी !
    २.
    सम्मान गरौँ तिनलाई
    नारीविनाको घरमा हजुर
    बस्दैन कोही रमाई !
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    हालः-अमेरिका,बोस्टन
    ~~~~~~~<•>~~~~~~~~
    २७)
    नजर तिम्रो कता ?
    सरकार नजर लगाऊ
    पीडित छन् यता !
    ✍️
    जनक बिसी
    दक्षिणभारत कोचिन
    ~~~~~~~<•>~~~~~~~~
    २८)
    छोरा छोरी बराबरी
    महिला दिवस मनाऔँ
    सधैँ मिलेर यसैगरी !
    ✍️
    सुरेशकुमार पाण्डे
    ~~~~~~~<•>~~~~~~~~
    २९)
    १.
    नारी हुन् धर्तीमाता
    सम्मान गर्न सिकौँ
    सम्झी आफ्नै जन्मदाता !
    २.
    नारी शक्ति नहारौँ
    अन्तर्राष्ट्रिय नारी दिवस
    भव्य सफल पारौँ
    ✍️
    अम्बिका गिरी
    विराटनगर
    ~~~~~~~<•>~~~~~~~~
    ३०)
    १.
    नमान्ने नारीलाई मानव
    देखिन्छ घर जगतमा
    पशुभन्दा नीच दानव !
    २.
    नारीको धैर्य सहजता
    कमजोरी ठानेमा जगत्
    बिग्रेर जान्छ सभ्यता !
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    ~~~~~~~<•>~~~~~~~~
    ३१)
    १.
    मिलीजुली एक भएर
    नारी दिवस मनाऔँ
    आऊ खुसी रहेर !
    २.
    राष्ट्रिय पर्व मानेर
    सगौरव मिलेर सबै
    मानौँ आफ्नै ठानेर !
    ✍️
    भगवती दवाडी
    झापा
    ~~~~~~~<•>~~~~~~~~
    ३२)
    १.
    नारी दिवसको शुभकामना
    विश्वले मानेको दिनलाई
    राखौँ दिलभित्र सम्झना !
    २.
    नारी हुन् धर्ती
    ज्ञानगुनकी अद्भुत सागर
    सुनौँ यिनको अर्ती !
    ✍️
    सुनगाभा पोखरेल
    कपिलवस्तु
    ~~~~~~~<•>~~~~~~~~
    ३३)
    १.
    सधैँ धर्तीझैँ बनेर
    अगाडि बढ्छ्न् नारी
    मन नदुखोस् भनेर !
    २.
    जगाऔँ सम्मानको भावना
    ममताका खानी नारीलाई
    सधैँ हार्दिक शुभकामना !
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    ~~~~~~~<•>~~~~~~~~
    ३४)
    कष्ट सहेर जन्माउँछिन्
    आफ्नो काखमा राखी
    सङ्घर्ष गर्दै हुर्काउँछिन् ।
    ✍️
    साहित्य प्रेमी सुशील
    धनगढी
    ~~~~~~~<•>~~~~~~~~
    ३५)
    १.
    नारी हुन् भगवान्
    सधैँ जिउछिन् अरूकानिम्ति
    छिन् साँच्चिकै महान् !
    २.
    नारीलाई बनाएर खसी
    दोषी देखाइन्छ भाग्य 
    सराप्दै लेख्ने मसी !
    ✍️
    दीपा गुरुङ समभाव
    दुबेकोल खोटाङ
    ~~~~~~~<•>~~~~~~~~
    ३६)
    १.
    सम्हाल्छन् घरको जिम्मेवारी
    सहदै अनेकन् लान्छना
    अश्रुधारा बगाउँदै  नारी !
    २.
    घरकी लक्ष्मी  नारी
    सम्मान गर्ने गराैँ
    बिसाई मनमा भारी !
    ✍️
    श्रीकृष्ण धामी
    बझाङ
    ~~~~~~~<•>~~~~~~~~
    ३७)
    १.
    दीप्ति हुन् नारी
    उनिविना कुनै घरमा
    हुँदैन खुसीको सवारी  !
    २.
    नारी हुन् महान्
    व्यवहारले बनाउँछ उनलाई
    नीरिह अनि बलवान् l
    ✍️
    बाबुराम गौतम
    गुल्मी
    ~~~~~~~<•>~~~~~~~~
    ३८)
    १
    काँधमा बोकेर जिम्मेवारी
    पुरुषसरह खट्छन् मैदानमा
    हिजोआजका शिक्षित नारी !
    २)
    मनाऔँ नारी दिवस
    विश्वभरि कतै छैन
    हुन नपरोस् विवश !
    ✍️
    अरुण कुमार भुजेल
    दार्जिलिङ ,भारत
    ~~~~~~~<•>~~~~~~~~
    ३९)
    १.
    पाए शिक्षाको प्रकाश
    सबल भए नारी
    गर्छन् देशको विकास !
    २.
    माया, प्रेमको पुजारी
    घरपरिवार सिँगार्ने जहिल्यै
    सहनशीलताको प्रतिमूर्ति नारी !
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    ~~~~~~~<•>~~~~~~~~
    ४०)
    १.
    जिउन नपार भारी
    तिमी छौ सहनशील
    सृष्टिकी मुहान नारी !
    २.
    आफ्नो इच्छा मारी
    परिवार समाली बस्ने
    कति महान् नारी !
    ✍️
    विष्णु पंगेनी(पाण्डे )
    वालिङ् -स्याङ्जा
    ~~~~~~~<•>~~~~~~~~
    ४१)
    १.
    उठाैँ अब नारी
    पूरा गर्नु  छ
    देशको सबै जिम्मेवारी !
    २.
    समानताको दिन छाउन
    उठाैँ नारीजगत् सबै
    आफ्नाे अधिकार पाउन !
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    ~~~~~~~<•>~~~~~~~~
    ४२)
    १.
    घरबार जाेगाउने नारी
    हिँड्छिन् सधैँ बोकेर
    काँधमा पुरै जिम्मेवारी !
    २.
    आफू भाेकाे रहेर
    पेट भर्छिन् सन्तानको
    अनेक दु:ख सहेर !
    ✍️
    ईश्वर साउद (भिक्षु)
    रामाराेसन गाउपालिका ६ सुदुरपश्चिम अछाम
    ~~~~~~~<•>~~~~~~~~
    ४३)
    भारतीय सभ्य  समाज !
    सम्मान गर्‍यो महिलाको
    पहिर्‍याई राष्ट्रपतिको ताज !
    ✍️
    संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत
    ~~~~~~~<•>~~~~~~~~
    ४४)
    सृष्टिको सर्वोत्कृष्ट उपहार
    ममता लुटाउने नारी
    रिसाए गर्छिन् संहार !
    ✍️
    ज्योतिका छेत्री
    ~~~~~~~<•>~~~~~~~~
    ४५)
    १.
    शुभकामना नारी दिवसको
    चल्दै छ जताततै
    छलफल नारी बहसको !
    २.
    जहाँ नारी पुजिन्छ
    फेर्दछ काँचुली देशले
    नत्र देशै भुटिन्छ ।
    ✍️
    देव मगर
    तिनाउ~१,कचल,पाल्पा
    ~~~~~~~<•>~~~~~~~~
    ४६)
    नारीकाे जन्म अब्बल
    नमन आमाको ममतालाई
    सिङ्गो विश्वमा सफल !
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ~~~~~~~<•>~~~~~~~~
    ४७)
    अनेक स्वरूपमा नारी
    संहाल्छिन् आफ्नो परिवार
    सोच्दिनन् कहिल्यैँ भारी !
    ✍️
    सुस्मिता अधिकारी
    काठमाडौँ
    ~~~~~~~<•>~~~~~~~~
    ४८)
    अन्तर्राष्ट्रिय नारी दिवस
    मनाऔँ सभ्य तरिकाले
    गरेर अधिकारमा बहस !
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके
    ~~~~~~~<•>~~~~~~~~
    ४९)
    १.
    नारीको अस्मिता लुट्नेलाई
    छोड्नु हुन्न आजीवन
    कुकर्ममा सधैँ जुट्नेलाई !
    २.
    नारीको गर कदर
    होइन भेदभाव, हेयले
    सत्कर्मको गर सदर !
    ✍️
    राधा चाम्लिङ
    खोटाङ
    ~~~~~~~<•>~~~~~~~~
    ५०)
    १.
    राष्ट्रका सुन्दर गहना
    नारी कोमल हृदयकी
    राख्छिन् सुन्दर भावना !
    २.
    सृष्टीलाई सुन्दर बनाउन
    फुल्छिन् हरेक घरमा
    झुक्छिन् शान्ति जनाउन !
    ✍️
    चन्द्रिका रिमाल न्यौपाने
    काठमाडौं बालाजु
    ~~~~~~~<•>~~~~~~~~
    ५१)
    आधा आकाश नारी
    घरकी लक्ष्मी हुन्
    बनेकी सबकी प्यारी !
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~~~~~~~<•>~~~~~~~~
    ५२)
    १.
    आफ्नै पौरखमा बाँच
    आधा धरती ढाकी
    सृष्टिको अस्तित्व साँच !
    २.
    जय जयकाली भनेर
    एकतामा जुट नारी
    सृजनाको मूल बनेर !
    ✍️
    ऋजु लिल्पाली
    ईटहरी १ सुनसरी
    ~~~~~~~<•>~~~~~~~~
    ५३)
    अमर नारी शक्ति
    गृहिणी बहिनी आमा
    गरौँ मनले भक्ति !
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ~~~~~~~<•>~~~~~~~~
    ५४)
    नारी दिवस मनाउनु
    सबै नारी मिलेर
    आफ्नो हक जोगाउनु !
    ✍️
    भाेलामान बर्देवा
    धरान ८ सुनसरि
    ~~~~~~~<•>~~~~~~~~
    ५५)
    १.
    काँधमा जिम्मेवारीको भारी
    थाकेर कहिल्यै नाथाक्ने
    अदम्य शक्तिशाली नारी !
    २.
    देवी, धरती, माता
    नारीका अनेक रूप
    पूज्य सबैका विधाता !
    ✍️
    शुक्रराज कुँवर
    धरान १०
    ~~~~~~~<•>~~~~~~~~
    ५६)
    जननी सृष्टिकर्ता नारी
    आधा धर्ती पृथ्वीकाे
    पुज्ने हाम्राे जिम्मेवारी !
    ✍️
    खुनराज काेइराला
    सिद्धलेक-३, धादिङ
    ~~~~~~~<•>~~~~~~~~
    ५७)
    १.
    नारी हुन् देवता
    नगरौँ कुनै विभेद
    सधैँ राखौँ समता !
    २.
    कोमल हुन्छ बानी
    बिझाउन यिनलाई आउँदैन
    सबैका आँखाकी नानी !
    ✍️
    नन्दा धामी
    नौगाड, दार्चुला
    ~~~~~~~<•>~~~~~~~~
    ५८)
    १.
    आँसुको घुट्को पिएर
    पीडामा मुस्कुराउन जान्दछिन्
    ओँठमा मुस्कान लिएर !
    २.
    चुलोचौकोका यी नारी
    अगाडि पाइला बढाउँदै
    हिँड्छन् घुम्टो उतारी !
    ✍️
    सरस्वती श्रेष्ठ
    रुपन्देही बुटवल
    ~~~~~~~<•>~~~~~~~~
    ५९)
    १.
    जनसंख्या वृद्धिको मुहान
    पीडा खपे पनि
    नारीको आफ्नै शान !
    २.
    गन्तव्यमा नपुगी छुटिन्छन्
    कति घरका नारीहरू 
    दिवसकै दिन कुटिन्छन् ।
    ✍️
    ललिता गिरी
    सिन्धुली
    ~~~~~~~<•>~~~~~~~~
    ६०)
    बढाएर अझ समझदारी
    विश्वास राखी नारीमा
    सुम्पिऔँ ठूल्ठूला जिम्मेवारी !
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    ~~~~~~~<•>~~~~~~~~
    ६१)
    छुट्टयाउ सत्य झुठ
    नअल्झ फोस्रो जालमा
    जागरुक बनेर उठ !
    ✍️
    समुन्द्रा शर्मा
    ~~~~~~~<•>~~~~~~~~
    ६२)
    नर र नारी
    एउटै रथका पाङ्ग्रा
    नबस्ने जीवनमा हारी !
    ✍️
    लक्ष्मी रिजाल
    कञ्चनरूप- १२, प्रगतिटोल, रूपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल
    ~~~~~~~<•>~~~~~~~~
    ६३)
    १.
    महिला पुरुष हाराहारी
    गराैँ   सम्मान   आदर
    महान्  हुन्छिन्  नारी !
    २.
    गर्नु साेचेर विचारी
    बिग्रन्छ आफ्नो घर
    हेला  हुँदा   नारी !
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ
    ~~~~~~~<•>~~~~~~~~
    ६४)
    पूरा होओस् चाहना
    यही छ मेरो
    नारी दिवसको शुभकामना !
    ✍️
    नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल
    ~~~~~~~<•>~~~~~~~~
    ६५)
    १.
    बोकेर बोझको भारी
    आँट र भरोसासँगै
    शिखर चुम्छिन् नारी !
    २.
    देशलाई माया गर्ने
    एक सच्चा नागरिक
    राष्ट्रको निमित्त मर्ने !
    ✍️
    बिबा तामाङ
    दार्जिलिङ
    ~~~~~~~<•>~~~~~~~~
    ६६)
    १.
    अनेकौँ कष्ट सहेर
    नारी हुन्छ सदा
    कोमल भावना बोकेर !
    २.
    अन्तर्राष्ट्रिय दिवस मनाऔँ
    सुन्दर भावना लिएर
    जिन्दगी अगाडि बढाऔँ ।
    ✍️
    रमा गुरुङ्ग
    सालुगडा सिलीगुडी
    ~~~~~~~<•>~~~~~~~~
    ६७)
    १.
    देवी शोभाभगवती नारीहरू
    द्रौपदीको जस्तै आजभोलि
    तानिँदैछन्  अझै   सारीहरू !
    २.
    हत्याहिंसा  बलात्कार   हटेन
    नारीका पीडाहरू लेख्नलाई
    बहादुरी     कलमहरू  चलेन !
    ✍️
    घनश्याम पन्त
    हरिवन सर्लाही
    ~~~~~~~<•>~~~~~~~~
    ६८)
    १.
    नारी धरतीकी फूल
    सिङ्गार उनको गहना
    सहनशीलताकी हुन् मूल !
    २.
    बिहानीको झुल्के घाम
    नारी हुन् आमा
    काख सुरक्षीत ठाम !
    ✍️
    जानुका बास्कोटा
    काठमाण्डौ
    ~~~~~~~<•>~~~~~~~~
    ६९)
    नारी  तिमी खास
    ममताकी सागर हौ
    तिमीमै छ विश्वास !
    ✍️
    हन्नाह छेत्री
    दार्जिलिङ
    ~~~~~~~<•>~~~~~~~~
    ७०)
    ए आजका नारी
    जाग्यौ फेरि जाग
    विकृत सोचलाई दुत्कारी !
    ✍️
    ध्रुव श्रेष्ठ
    खोटाङ
    ~~~~~~~<•>~~~~~~~~
    ७१)
    देशमा छन् बलत्कारी
    सुरक्षा देऊ सरकार
    सुरक्षित छैनन् नारी !
    ✍️
    काजल न्यौपाने
    भोजपुर
    ~~~~~~~<•>~~~~~~~~
    ७२)
    नारीलाई नगराैँ हेला
    चेतना फैलाउदैँ जाने
    सबैजना भएर भेला !
    ✍️
    सानु जाेशी
    शुदुरपश्चिम दार्चुला
    ~~~~~~~<•>~~~~~~~~
    ७३)
    १.
    नारी सिर्जनाका खानी
    प्रतिमूर्ति हुन् सहनशीलताको
    हुन् प्रकृतिकी रानी !
    २.
    नारी प्रकृतिकी वरदान 
    तिमी जानिलेऊ देवीको
    उपमा कम्तिको नठान !
    ✍️
    वेदु न्यौपाने

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ११८

  • २४ फाल्गुन २०८१, शनिबार २०:३१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयसअठारौंऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/११/०८गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ११८[एकसयअठारौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    सँगसँगै हाँसौँला हामी।
    दुःख पीडा मासौँला हामी।
    जिन्दगी राम्रो बनाउन,
    दुष्टलाई नासौँला हामी।
    प्रेमील मन् गासौँला हामी।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    प्रणय दिवस मनाउँदैछन् कोही
    आफूलाई खुशी बनाउँदैछन् कोही
    चारैतिर यस्तै बहार कहाँ हुन्छ?
    यसैमा बिरोध जनाउँदैछन् कोही
    भित्रभित्र आफैं गनाउँदैछन् कोही।
    -घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०३
    तिमी र म बीच भएको कुरा कसैलाई थाहा नहाेस्
    ठुलालाई मात्रै हैन साना भुरा कसैलाई थाहा नहाेस्
    बाबाको आँखा छली मैले दिएको सुनको सिक्री अनि ,
    तिमीले दिएको सुनको चुरा कसैलाई थाहा नहाेस् ।
    केही केही थाहा पाए नि पूरा कसैलाई थाहा नहाेस्
    -भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०४
    एकै छाता मुनि ओत लाग्न मन लाग्छ
    तिमी सँगै हात जोडी भाग्न मन लाग्छ
    कुनै डर त्रास छैन तिमी भए पछि ,
    तिमी सँग दुई रात माग्न मन लाग्छ
    त्यही रात तिमी सँग जाग्न मन लाग्छ ।।
    धनमाया चौधरी कैलाली

    ॐ
    पञ्चाङ्ग:०५


    ईश्वरकाे वरदान दुई फूल हामी
    सृष्टिलाई चलाउने दराे पुल हामी
    प्रिय जीवन सार्थक बनाउनु पर्छ
    महत्त्व बुझेर नगराैं है भुल हामी
    बनाैन धरामा सहयात्री झुल हामी ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:०६
    मायाले अटाएको छ संसार यो
    लाग्दछ या लाग्दैन माया पार यो
    प्रेम बिना अन्धकार छ जीवन
    सक्दिनँ सहन प्रेममा हार यो
    आओस् है भेट्ने समय बाम्बार यो
    -शोभा आचार्य गौतम
    काठमाडौँ
    पञ्चाङ्ग-०७
    अलि नजिक आउ न प्रिय प्रेमको डोरी बाटौं हामी
    दुइटा मुटु एउटै बनाई सयौ जुनी काटौं हामी
    नमुना बनोस् हाम्रो यो प्रेम कहानी युगयुगसम्म
    नमरोस् हाम्रो साँचो प्रेम काललाई पनि ढाटौं हामी
    जस्तो सुकै विघ्न वाधा आओस् दुवै मिलि आँटौं हामी।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजTagged वसन्त अनुभव

    एकल रचना वाचनमा गुन्जिए महेश कुमार न्यौपाने

  • २४ फाल्गुन २०८१, शनिबार २०:२३ मा प्रकाशित
  • राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित एकल रचना वाचन कार्यक्रमको ८० औँ श्रृङ्खला सम्पन्न भएको छ ।
    परिषदको यस शृङ्खलामा साहित्यकार महेश कुमार न्यौपानेले आफ्ना रचना वाचन गर्नुभएको थियोे । कार्यक्रम परिषदको सभाहलमा सम्पन्न भएको थियोे ।

    राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल तथा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँया विशिष्ट आतिथ्यमा
    कार्यक्रम सम्पन्न भएको थियो ।

    साहित्यकार महेशकुमार न्यौपानेले विभिन्न शीर्षकमा गद्य र पद्य गरी १४ वटा कविताहरू प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

    सो कार्यक्रममा पोखराबाट पाल्नुभएकी गोमा पराजुलीले शुभकामना मन्तव्य राख्नुभएको थियो। प्रमुख अतिथि रहनुभएका वरिष्ठ साहित्यकार नारायण प्रसाद शर्मा तथा विशिष्ट अतिथि वरिष्ठ साहित्यकारद्वय पुरुषोत्तम खनाल, उत्तमकृष्ण मजगैँयाले न्यौपानेको कवितामाथि आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो।

    राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यसँगै शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सहसचिव वीणा रोकाले गर्नुभएको थियो। संस्थाको तर्फबाट साहित्यकार महेशकुमार न्यौपानेलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १९८ सम्पन्न

  • २४ फाल्गुन २०८१, शनिबार २०:११ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १९८ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १९८ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    गुराँस
    सम्बन्ध समास
    मनमा अनुपम आभास !

    • आर्त अकुलीन
      [२]
      लालीगुराँस
      राष्ट्रिय फूल
      धरातल मुस्कुराउने सुर !
    • सविता के.सी.
      [३]
      गुराँस
      राताम्य बन
      छुटृै उमङ्गको आभास !
    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
      [४]
      गुराँस
      मनमा फुल्यो
      प्रेमको भयो आभास !
    • देव स्याङ्देन, कालेबुङ
      [५]
      लालीगुराँस
      फुल्यो वनपाखामा
      हर्षोल्लास छायो मनमा !
    • सरस्वती वली
      [६]
      गुराँस
      गुराँस बनमा
      उमङ्ग छायो मनमा !
    • बिबा तामाङ, दार्जिलिङ
      [७]
      गुराँस
      फूलको देशमा
      नबन पन्छी उदास !
    • विवश पारदर्शी, झापा
      [८]
      गुराँस
      देशको सान
      नेपालको मुख्य पहिचान !
    • सरिता सेढाई, धादिङ
      [९]
      अनुभूति
      रङ्गहरूकाे लाली
      सुशोभित भिरपाखामा उमङ्ग !
    • राेशन पराजुली, धरान
      [१०]
      लालीगुराँस
      नेपालकाे आभास
      आउँछ मिठो उच्छ्वास ।
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [११]
      लालिगुराँस
      देखियो मधुमाधव
      वाशन्तिक छटाको सुवास !
    • ऋजु दिल्पाली घिमिरे
      ईटहरी-१, सुनसरी
      [१२]
      पाखा
      गुराँसको लाली
      स्वागत गर्दै वसन्तको !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [१३]
      गुराँस
      मन भुलायाे
      तिनै भिरपाखा डुल्दा !
    • राज कुमार राजभण्डारी, खाेटाङ्गे
      [१४]
      लालीगुराँस
      सौन्दर्यको आभास
      हिमाली क्षेत्रतिरको खास !
    • घनश्याम पौडेल, पोखरा
      [१५]
      गुराँस
      राष्ट्रिय फूल
      स्वाधिनतामा नगर्नु भुल !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [१६]
      फूल
      राष्ट्रिय हाम्रो
      संरक्षण गर्नु राम्रो।
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [१७]
      गुराँस
      राष्ट्रिय फूल
      उर्जाशील मार्गको प्रतीक !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [१८]
      गुराँस
      राष्ट्रिय फूल
      सम्बन्ध गाँस्ने मूल !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल भारत
      [१९]
      गुराँस
      राष्ट्रकाे गाैरव
      गजब मन्त्रमुग्ध सुवास !
    • खुनराज काेइराला
      सिद्धलेक-३, धादिङ
      [२०]
      लालीगुराँस
      पहाडको रानी
      सुगन्ध कुना कन्दरामा !
    • एवाइ प्रभात
      खाल्स छेन्ताङ सहिदभूमि, धनकुटा
      [२१]
      फूल
      लाली गुराँस
      मनमा नहोस उराठ !
    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.-३, काभ्रे
      [२२]
      गुराँस
      देश चिनाउने
      सुन्दरताको एक प्रतीक !
    • सरस्वती श्रेष्ठ, इटहरी
      [२३]
      गुराँस
      प्राकृतिक सास
      वसन्त ऋतुको सुवास !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [२४]
      चिन्ह
      राष्ट्रको गरिमा
      राष्ट्रियताको दर्हो नमुना !
    • कमला देवकोटा, पाल्पा
      [२५]
      गुराँस
      राष्ट्रीय फूल
      हाम्रो नेपालको गौरव !
    • चूडामणि देवकोटा
      पुरानो नैकाप, काठमाण्डौ
      [२६]
      लालीगुराँस
      राष्ट्रिय फूल
      चुँड्न नगर्नु भुल !
    • रमा पन्त, न्युजिलैन्ड
      [२७]
      गुराँस
      राष्ट्रिय फूल
      कसैकाे नहाेस् भुल !
    • बलराज गिरी, कैलाली
      [२८]
      लालीगुँरास
      राष्ट्रिय फूल
      विश्वमा हुन्छ अतुल !
    • भगवती दवाडी, झापा
      [२९]
      गुराँस
      नेपाली प्राण
      सुन्दर देशको सान !
    • नेत्रबहादुर श्रेष्ठ
      ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
      [३०]
      गुराँस
      सौम्य पहाड
      देख्दा मिठो आभास !
    • कविता आचार्य, कैलाली
      [३१]
      गुराँस
      राष्ट्रिय फूल
      राख्छ पहाडको मान !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [३३]
      गुराँस
      रातो रङ्गको
      नेपालको राष्ट्रिय फूल !
    • संगमानंद पत्रकार
      चूरु-राजस्थान, भारत
      [३४]
      गुराँस
      राष्ट्रिय फूल
      भयो वनै उज्यालो !
    • धनमाया चौधरी, कैलाली
      [३४]
      राम्रो
      रातो रङ्गको
      गुराँसको फूल हाम्रो !
    • विके माकजु, भक्तपुर
      [३५]
      नेपाल
      राष्ट्रिय फूल
      गुराँस सुन्दरताको मूल !
    • राजेन्द्र भुसाल (डिल्ली), अर्घाखाँची
      [३७]
      नारी
      सम्बन्ध सारी
      चिटिक्क सजाउने घरबारी !
    • भगवती दवाडी, झापा
      [३८]
      राताे
      लाली गुराँस
      हाम्राे राष्ट्रिय फूल !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [३९]
      लालीगुराँस
      राष्ट्रको सान
      नेपालीको छुट्टै पहिचान !
    • दुर्गा भट्टराई, माेरङ
      [४०]
      गुराँस
      राष्ट्रिय मान
      जताततै देखिन्छ सम्मान !
    • रवि पाैडेल
      दक्षिण भारत, पाण्डेचरी
      [४१]
      गुराँस
      ढकमक्क फुल्यो
      बनपाखा मुसुक्क हाँस्यो !
    • समुन्द्रा शर्मा, सुनसरी
      [४२]
      रातै
      फुलेको लालीगुराँस
      उमङ्गको भयो आभास !
    • वेदु न्यौपाने
      [४३]
      गुराँस
      राष्टिय फूल
      नेपालकाे सान राख्ने !
    • भाेलामान बर्देवा ‘बैरागी माईला’
      धरान-८, सुनसरी
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १९७ सम्पन्न

  • २४ फाल्गुन २०८१, शनिबार २०:०७ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १९७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १९७ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    मान्छे
    मरेको मानवता
    समाज जाँदैछ कता ?

    • वसन्त अनुभव
      [२]
      प्रवृत्ति
      समस्यामा पर्दा
      तमासा मानेर रमाउँछन् !
    • संगीता खरेल, काठमाडौँ
      [३]
      मान्छे
      जिउँदै मानवता
      मरेको देखाउँछ जतातता !
    • वेदु न्यौपाने
      [४]
      कठै
      मेरो देश
      मानवता हराएको परिवेश !
    • रमा पन्त, नियुजिलैन्ड
      [५]
      स्वार्थ
      मानवतामा खडेरी
      राक्षसकाे दयालु मन !
    • भवानी घिमिरे, सर्लाही
      [६]
      खाएको
      प्रविधिले मानवता
      बढ्दैछ विज्ञानकाे दासता !
    • ताराप्रसाद चापागाईँ
      [७]
      मानवता
      छैन रत्ति
      रमिता हेर्छन् भएजति !
    • सरिता सेढाई, धादिङ
      [८]
      मानवता
      दयाको अभाव
      बस्छ हेरी रमिता !
    • बिबा तामाङ, दार्जिलिङ
      [९]
      मानवता
      आपत पर्दा
      सारा हरायो अब !
    • सन्तु खत्री
      [१०]
      आर्त
      पिरको पोखरी
      मानिस हेर्दै वरिपरि !
    • आर्त अकुलीन
      [११]
      जानेको
      छैन मान्छेले
      अरूको जीवन मूल्य !
    • नन्दलाल आचार्य
      बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर
      [१२]
      मानिस
      अनौठो पारा
      मानवता खोज्दै सारा !
    • कविता आचार्य, कैलाली
      [१३]
      मानवता
      मर्दैछ आज
      जस्तै निरोको बाँसुरी !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [१४]
      मान्छेकाे
      मानवता आज
      मात्र भयाे देखावटी !
    • निरज कोइराला, इटहरी
      [१५]
      सोच
      भाइरल हुने
      पुकार खै सुने !
    • दीपा गुरुङ समभाव
      दुबेकोल, खोटाङ
      [१६]
      मानव
      मरेको लासमा
      राजनीति खेल्छ दानव !
    • एवाइ प्रभात
      खाल्स छेन्ताङ, सहिदभूमि, धनकुटा
      [१७]
      हराउँदै
      प्रविधिले मानवता
      जाँदैछौँ हामी कता ?
    • राज बहादुर बडुवाल
      कनकासुन्दरी-५, जुम्ला
      [१८]
      मानव
      स्वार्थकाे भाँडाे
      मानवकाे लागि घाँडाे !
    • नवराज भट्ट, कञ्चनपुर
      [१९]
      कलियुग
      मानवता हरायो
      विकृतिले जरा गडायो !
    • रिता खराल, रूपन्देही
      [२०]
      मानवता
      जिन्दगीको सार,
      तस्बिर खिच्न हतार !
    • भुपेन्द्र राना मगर, धादिङ
      [२१]
      मानवता
      भन्ने हरायो
      यो मन डरायो !
    • कला ढकाल, झापा
      [२२]
      मानिस
      मानवता हराएको
      चर्चित हुने बहानामा !
    • धनमाया चौधरी, कैलाली
      [२३]
      मानव
      आपतमा छ
      फोटोलाई लडाइ देखिन्छ !
    • चूडामणि देवकोटा
      पुरानो नैकाप, काठमाण्डौ
      [२४]
      मानव
      पर्दा रमाउने
      मानवता हराएको दानव !
    • दुर्गा भट्टराई, मोरङ
      [२५]
      मान्छे
      बढ्दै भाैतिकता
      दिनानुदिन हराउँदै मानवता !
    • प्रमोद नेपाल
      वीरगञ्ज हाल: काठमाडौँ -५
      [२६]
      मानिस
      मर्म एकातिर
      असहयोगको कर्म अर्कातिर !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [२७]
      मान्छे
      सामन्ती सोच
      सबैलाई शोषण गर्नुपर्ने ?
    • दीप गोेले तामाङ, रौतहट
      [२८]
      रमिता
      देह मृत्युमा
      जाेगिन्न आखिर अस्मिता !
    • खुनराज काेइराला
      सिद्धलेक-३, धादिङ
      [२९]
      तमासा
      कोही डुब्दै
      कोही तस्बिर खिच्दै !
    • घनश्याम पौडेल, पोखरा
      [३०]
      खडेरी
      सत्य न्याय
      मानवता धर्मको वरिपरि !
    • केन्द्रप्रकाश बराल, इलाम
      [३१]
      हाय
      भएन उद्धार
      प्रविधिको दुरुपयोग अपार !
    • कमला देवकोटा, पाल्पा
      [३३]
      मानवता
      भएको बेपत्ता
      स्वार्थको पराकाष्ठा बर्बरता !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [३४]
      सन्जाल
      सबैलाई छुदै
      मानवता लोप हुँदै !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [३४]
      मानव
      छैन लाज
      संवेदनाहिन बन्दै समाज !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [३५]
      मानवता
      कहीँ भेटिँदैन
      अब खोज्ने कता ?
    • दुर्गा अधिकारी भमरकोटे
      [३७]
      मानवता
      भयो आज
      दानवरूपी क्रुर स्वार्थता !
    • नेत्रबहादुर श्रेष्ठ
      ठुलो सिरुवारी, सिन्धुपाल्चोक-१३
      [३८]
      मानवता
      भौतिक संसारमा
      हराउँदै बन्दैछ रमिता !
    • देव स्याङ्देन, कालेबुङ
      [३९]
      मानवता
      हराउँदै आज
      पतन हुँदै नियती !
    • डुकछिरिङ लेप्चा
      मिरिक, भारत
      [४०]
      मानवता
      छैन कसैमा
      हरायो खै कता ?
    • खडक आर सि मिलन
      छेडागाड-२, साल्मा, जाजरकोट
      [४१]
      बाहिर
      अति जानेका
      भेटेसम्म छुरा हानेका !
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      [४२]
      सङ्कट
      फोटोमै व्यस्त
      विवेक नभएका मनुष्य !
    • सुरेश चन्द्र घिमिरे
      [४३]
      मान्छे
      कठिन परिस्थिति
      रमिता देखाई रहेका !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम हाल- भारत
      [४४]
      मानवता
      हराउन थाल्यो
      शक्तिले आगो बाल्यो !
    • सुस्मिता अधिकारी, काठमाडैँ
      [४५]
      यात्रा
      गन्तव्यमा पुग्न
      अलाप बिलापमा डुब्न !
    • भाेलामान बर्देवा ‘बैरागी माईलाे’
      धरान-८, सुनसरी
      [४६]
      सम्प्रेषण
      पहिला नाम
      अनि पछि काम !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [४७]
      मानवता
      मान्छे मान्छे
      बिचमा छैन एकता !
    • सुरेश बि.सी. डोटी
      [४८]
      मानव
      आफ्नै कुकर्मले
      बनेका यहाँ दानव !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [४९]
      मानव
      उच्च प्राणि
      नहाेस् कहिले दानव !
    • रवि पाैडेल, दक्षिण भारत
      [५०]
      मानवता
      दिमाग हराउँदै
      विवेकहिन बन्यो बेपत्ता !
    • विवश पारदर्शी, झापा
      [५१]
      स्वार्थी
      डुबेको जिन्दगी
      मानवता मरेको मन !
    • मोती योन्जन सुब्बा, दार्जिलिङ
      [५२]
      मानव
      फरक प्रवृत्ति
      आजकाल भएका दानव !
    • भगवती दवाडी
      [५३]
      मान्छे
      दहमा छट्पटिदै
      प्राण रक्षाकाे गुहार !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [५४]
      बचाउनु
      मानिसहरूलाई डुबाउन
      यो कस्तो मानवता !
    • संगमानंद पत्रकार
      चूरु-राजस्थान, भारत
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १९६ सम्पन्न

  • २४ फाल्गुन २०८१, शनिबार २०:०३ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १९६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १९६ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    चक्र
    जिन्दगीको बाटो
    कठिन एवम् वक्र !

    • वसन्त अनुभव
      [२]
      जीवनचक्र
      रेखा वक्र
      गर्भवस्था जन्म मृत्यु !
    • रमा पन्त
      [३]
      नियम
      सृष्टिसँगै अन्त्य
      अनौठो रहेछ गन्तव्य !
    • संगीता खरेल, काठमाडौँ
      [४]
      यस्तै
      दस चरण
      हामी सबैको जीवन !
    • संगमानंद पत्रकार
      चूरु-राजस्थान, भारत
      [५]
      जीवन
      बालकदेखि वृद्ध
      आखिरी समयको चक्र !
    • आर्त अकुलीन
      [६]
      देह
      जीवनचक्र घुम्दै
      माटाेमै हुन्छ अन्त्य !
    • ताराप्रसाद चापागाईँ
      [७]
      जीवन
      निरन्तर बन्धन
      चक्रपथमा घुम्छ सज्जन !
    • भगवती दवाडी
      [८]
      जिन्दगी
      समयको खेल
      झाँगिदै जान्छन् जालझेल !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [९]
      बाँचुन्जेल
      तेरो मेरो
      जीवन यस्तै घेरो !
    • चक्र शाही, लम्की, कैलाली
      [१०]
      जीवनचक्र
      बेकार घमण्ड
      आखिरीमा नाङ्गै जानुपर्ने !
    • चूडामणि देवकोटा
      पुरानो नैकाप, काठमाण्डौ
      [११]
      प्रशिक्षक
      प्रवर्तक दुबै
      ठूला मान्छे उत्खनन् !
    • फेसबुक कवि
      [१२]
      जीवन
      कुमालेकाे चक्र
      ओइली झर्ने फूल !
    • भवानी घिमिरे, सर्लाही
      [१३]
      सेल
      प्राणी जीवन
      उदाउने अस्ताउने खेल !
    • दुर्गा अधिकारी भमरकोटे
      हाल- कपन
      [१४]
      जीवन
      समयको खेल
      प्रथम अन्तिम उस्तै !
    • धनमाया चौधरी, कैलाली
      [१५]
      परमेश्वर
      लीला अनौठो
      संरचना अलौकिक ईश्वर !
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      [१६]
      तख्ता
      कम्जोर हुँदा
      भत्किन सक्छ छुँदा !
    • डा। देवी पन्थी
      [१७]
      जीवन
      कर्कलाको पानी
      पोखेर एकदिन जानी !
    • दीप गोले, रौतहट
      [१८]
      चक्र
      जीवन लीला
      मुटुमा लाग्ने किला !
    • सविता के.सी.
      [१९]
      जिन्दगी
      मायाको जाल
      अन्तत: साथी काल !
    • कविता आचार्य, कैलाली
      [२०]
      जीवनचक्र
      घुम्दै फिर्दै
      देह माटोमा मिल्ने !
    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      ऐसेलुखर्क-३, खाेटाङ, हाल- भक्तपुर
      [२१]
      प्रारम्भ
      अन्त्यमा त्यस्तै
      गर्नु बेकारमा दम्भ !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [२२]
      जीवन
      जन्म मृत्यु
      यहीँ चक्रमा समापन !
    • रिता खराल, रूपन्देही
      [२३]
      जीवनचक्र
      वृद्धदेखि बालकसम्म
      छैन सोझो बक्रैबक्र !
    • केन्द्रप्रकाश बराल, इलाम
      [२४]
      चक्र
      सानो बालक
      पछि हुनेछ चालक !
    • घनश्याम पौडेल, पोखरा
      [२५]
      जीवन
      कुमालेको चक्र
      बालक युवा बृद्ध !
    • कमला देवकोटा, पाल्पा
      [२६]
      चक्र
      घुमाउरो बाटो
      सुरु अन्तको बक्र !
    • टिकाराम पुन टिपु, सल्यान
      [२७]
      चक्र
      सबैको उस्तै
      केलाई गर्ने तितोपिरो ?
    • प्रेम थापा ‘मन’, बागलुङ
      [२८]
      जिन्दगी
      कुमालेको चक्र
      मर्नु पक्कै पर्ने !
    • बुद्धिप्रसाद लामिछाने
      घोाघोडी नपा-८, कैलाली
      [२९]
      जीवन
      मानवीय चक्र
      अनौठो छ प्रबन्ध !
    • नेत्रबहादुर श्रेष्ठ
      ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
      [३०]
      मानव
      जीवनको चक्र
      बाँच्दासम्म अनेक बक्र !
    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
      [३१]
      जीवन
      बनेर चक्र
      छाएको सजीवमा सर्वत्र !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [३३]
      जीवन
      चक्रमा फस्ने
      पालो सबैको आउने !
    • पशपती राई, खोटाङ
      [३४]
      मानव
      समयसँग चल्ने
      एकदिन माटोमा ढल्ने !
    • रुना कर्माचार्य, दाहाल
      चितवन
      [३४]
      पालो
      सबैको आउँछ
      बुढेसकालमा दुःख पाउँछ !
    • कला ढकाल, झापा
      [३५]
      प्रकृति
      गर्छन् विकृति
      अन्त्यमा माटाेकै स्वीकृति !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [३७]
      क्रन्दन
      टुक्रिएको मन
      भयो जीवन समापन !
    • अन्मोल मुस्कान
      तकदाह छाउनी, दार्जिलिङ
      [३८]
      जिन्दगी
      सम्झेर ल्याउँदा
      केही पनि छैन !
    • गुणनिधि घिमिरे, अमेरिका
      [३९]
      फुला
      जिनगी फुलाके
      कुल्मुलैना इहे ढरटीमे !
    • सागर कुस्मी, कैलाली
      [४०]
      रेखा
      बक्र जीवनकाे
      अमिट हुन्छ लेखा !
    • प्रमोद नेपाल, काठमाडौँ-५
      [४१]
      जीवनचक्र
      अकरको यात्रा
      आखिर कष्टकर बक्र !
    • विवश पारदर्शी, झापा
      [४२]
      जिन्दगी
      यात्राको संगालो
      अनगिन्ती चोटचोटको भङ्गालो !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपिरी, बाँके
      [४३]
      जिन्दगी
      समयको अधिन
      सबैको एउटै गन्तव्य !
    • समुन्द्रा शर्मा, सुनसरी
      [४४]
      नियम
      बालकदेखि वृद्धसम्म
      एकदिन सबैले मर्नैपर्ने !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम हाल- भारत
      [४५]
      जीवन
      समयको गोठालो
      आउँछ सबैको पालो !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [४६]
      जीवन
      ईश्वरीय चक्रपथ
      घुम्दै हुन्छ खुबै !
    • वेदु न्यौपाने
      [४७]
      जीवन
      मृत्यु स्विकारेर
      अर्को जिवन जन्मने !
    • ध्रुव श्रेष्ठ
      [४८]
      चक्र
      घुमी घुमी
      मरण चक्र सरी !
    • भाेलामान बर्देवा ‘बैरागी माईलाे’
      धरान-८, सुनसरी
      [४९]
      जीवन
      माटोबाट उदायो
      आखिर माटोमै अस्तायो !
    • भुपेन्द्र राना मगर, धादिङ
      [५०]
      चल्छ
      जीवनको चक्र
      अन्त्यमा माटोमा मिल्छ !
    • देव स्याङ्देन, कालेबुङ
      [५१]
      जीवन
      समान रहन्न
      निरन्तर परिवर्तित अन्त !
    • मोती योन्जन सुब्बा, दार्जिलिङ
      [५२]
      जीवन
      एक यात्रा
      गन्तव्य पुग्दा शून्य !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [५३]
      चक्रघेरो
      सारतत्व परिधी
      प्राणीहरूको सत्यशील सेरोफेरो !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [५४]
      जीवन
      ईश्वरकाे वरदान
      हुँदैन कसैको समान !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [५५]
      जगत्
      मानवीय जीवनचक्र
      जन्ममृत्यु र भोगाई !
    • कण्ठराज गिरी, टीकापुर
      [५६]
      संसार
      जन्म बुडोपासम्म
      सङ्घर्ष अन्त माटोमा !
    • बिबा तामाङ, दार्जिलिङ
      [५७]
      जीवन
      कठिन यात्रा
      नाप्न नसकिने मात्रा !
    • सरिता सेढाई, धादिङ
      [५८]
      सृष्टि
      जन्मनु फैलिनु
      मैलिनु अनि सड्नु !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [५९]
      जिन्दगी
      रहेछ आधा
      टुट्न नदिउँ आशा !
    • सुरेश न्यौपाने, कैलाली
      [६०]
      गीता
      दिन्छ ज्ञान
      एकदिन पुग्नुपर्छ चिता !
    • दीपा गुरुङ समभाव
      दुबेकोल, खोटाङ
      [६१]
      जीवनचक्र
      आदिदेखि अनन्तसम्म
      ब्रह्माण्डको सुन्दर सृजना !
    • श्रद्धा आचार्य, पोखरा
      [६२]
      परिवार
      नाता रगतको
      भलो जीवन जगतको !
    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा-३, काभ्रे
      [६३]
      जीवन
      घुमिरहने चक्र
      भेटिदैँन कहिल्यै वक्र !
    • शोभा आचार्य गौतम, काठमाडौँ
      [६४]
      सफल
      गरेमा हुन्छ
      हरेक समस्याको हल !
    • खडक आर सि मिलन
      छेडागाड नपा-२, साल्मा, जाजरकोट
      [६५]
      जिन्दगी
      पानीको थोपा
      झरेर हुन्छ विलिन !
    • त्रिलोक रामदामली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P