• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

भेरी अस्पतालमा कोरोना संक्रमित विरामीको चाप

  • २ बैशाख २०७८, बिहीबार ०७:०० मा प्रकाशित
  • भेरी अस्पताल कोरोना संक्रमितले भरियो

    नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ ।

    भेरी अस्पताल व्यवस्थापन समितिले बुधबार अस्पतालमा आयोजना गरेको सर्बपक्षिय बैठकमा सो जानकारी गराउदै अस्पतालमा गत आइतबारदेखि एक्कासी लक्षणसहितका कोभिड–१९का विरामीको चाप बढेको जानकारी दिएको छ । अस्पतालमा रहेको जनशक्ति तथा अक्सिजन सुबिधा सहितको बेडको अभावमा थप बिरामी भर्ना गर्न असमर्थ भएको जनाएको छ ।

    भेरी अस्पताल विकास समितिले आयोजना गरेको सो सर्वपक्षिय बैठकमा अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पतालमा बुधबारसम्म ८० जना विरामी भर्ना भएको र ती मध्ये ८० प्रतिशत विरामी गम्भीर प्रकृतिको भएको बताए ।

    उनले भने ‘ पछिल्लो अवस्था भयावह हुँदै आएको छ । संक्रमितको संख्या दिनहुँ थपिदै गएको छ । पहिलाको जस्तो अवस्था छैन सबै लक्षणसहितको र अक्सिजन सहितको बेडमा राख्नुपर्ने बाध्यता आई परेको छ ।’ उनले अस्पतालमा उपचारको लागि आउने कोरोना संक्रमितलाई भर्ना लिन नसक्दा आफुहरु र स्वास्थ्यकर्मी नै सुरक्षित नहुने अवस्था आईसकेको गुनासो गरे ।

    भेरी अस्पतालमा कोभिड संक्रमितको उपचारको लागि भर्ना भएका विरामीलाई दैनिक करिव २ लाखको अक्सिजन मात्र आवश्यक पर्ने तर विस्तारै सो अक्सिजन समेत सर्टेज हुने अवस्थामा पुग्ने भएकोले सो समस्याबाट जोगिन सर्वपक्षिय बैठक आयोजना गरिएको उनले स्पट पारे ।

    भेरी अस्पतालमा कोभिड–१९ को बिरामीका लागि लक्षित गरी निर्माण गरिएका १ सय ७ बेड छन् । १६ वटा भेन्टिलेटर मध्ये बुधबारसम्म ६ वटा भेन्टिलेटरमा विरामी भएपनि जनशक्ति अभावको कारण सबै बेड र भेन्टीलेटर सञ्चालनमा ल्याउन कठिन भएको अध्यक्ष धितालको भनाई थियो ।

    भेरी अस्पतालका निमित्त मेसु डा खगेन्द्रजंग शाहीले अस्पतालमा बढ्दो कोरोना संक्रमितको चाप र आवश्यक अनुसारको जनशक्ति नभएको कारण आफुहरुलाई सेवा प्रवाहमा विभिन्न खालको अवरोध आउने गरेको बताए । उनले भने–‘यथा स्थितिमा अव थप कोभिड संक्रमित केस अस्पतालले भर्ना लिनसक्ने अवस्था छैन ।’ राजधानी

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on भेरी अस्पतालमा कोरोना संक्रमित विरामीको चाप

    श्रीमतीको हत्या अभियोगमा दुबईमा नेपाली पक्राउ

  • ३१ चैत्र २०७७, मंगलवार २१:१२ मा प्रकाशित


  • काठमाडौं : वैदेशिक रोजगारीका लागि विदेश पुगेका एक नेपालीलाई इन्टरपोलको सहयोगमा प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीले उनलाई आजै दुवईबाट नेपाल ल्याएको छ। श्रीमतीको हत्या अभियोगमा उनी पक्राउ परेका हुन्।

    नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा काजीमान पुरीलाई नियन्त्रणमा लिएको थियो। प्रहरी प्रधान कार्यालय नक्सालबाट गएको प्रहरी टोलीले दुवईबाट श्रेष्ठलाई पक्राउ गरेर आज बिहानमात्र नेपाल ल्याएको हो।

    २०७६ चैत २९ गतै तेह्रथुमको आठराई गाउँपालिकामा २८ वर्षीय बिन्दा पुरीको शव भेटिएको थियो।

    हत्या भएको समयमा उनका श्रीमान काजीमान भने दुवईमा नै थिए। घटनाको अनुसन्धान गर्ने क्रमममा काजीमानको योजनामा नै हत्या भएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिएको थियो। हत्या अभियोगमा काजीमानका दुई भाइ अहिले पूर्पक्षका लागि थुनामा छन्। उनीहरुको बयानको आधारमा नै काजीमानलाई प्रहरीले पक्राउ गरेको हो।

    ‘आज बिहान हामीले दुबईबाट पक्राउ गरेर ल्याएका हौं। उनलाई थप अनुसन्धानको लागि तेह्रथुम नै पठाउने तयारी भइरहेको छ,’ एक प्रहरी अधिकृतले सुनाए।

    प्रहरीका अनुसार विदेशमा रहेका काजीमानलाई बिन्दाको चरित्रको विषय उठाउँदै खबर पुर्‍याएपछि उनकै योजनामा हत्या भएको हो। उनको हत्या योजनामा उनका दुई भाइ ३१ वर्षीय सुरेन्द्र पुरी र २४ वर्षीय बालकृष्ण पुरीले साथ दिएका थिए।

    ‘दाइको योजनामा भाइहरुले हत्या गरेको देखिन्छ। उनले विदेशमा बसेर नै योजना बनाएका थिए,’ जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले भने।

    चैत २८ गते दाजुको योजना अनुसार दुई भाइ झापाबाट गाडी भाडामा लिएर तेह्रथुम पुगेको प्रहरीको अनुसन्धानमा देखिएको छ। उनीहरुले मार्ने योजना अनुसार बुधवारेमा पुगेर डोरी समेत किनेका थिए। दिउँसो मानिसले थाहा पाउने भएकाले राती मार्ने योजना बनाएको अनुसन्धानमा खुलेको छ। योजना अनुसार नै उनीहरु मध्यरातमा तेह्रथुम पुगेका थिए।

    बिच बाटोमा उनीहरुले होटेलमा मदिरा खाएको र दाइसँग कसैले थाहा नपाउने गरी मारेर भाग्ने योजनामाथि कुरा गरेको समेत प्रहरीको अनुसन्धानमा खुलेको छ।

    ‘उनीहरु काठमाडौं जाने भन्दै घरमा झुटो बोलेर भाउजू मार्न गएको देखिन्छ। त्यसैका लागि केही दिनदेखि तयारी समेत गरेका थिए,’ निरीक्षक ठाकुरले भने।

    उनीहरुले त्यसअघि पनि बिन्दालाई मार्ने योजना बनाएका थिए जुन सफल हुन नसकेको प्रहरीको दावी छ। १२ बजे घरमा पुगेर भाउजुलाई बोलाएका थिए उनीहरुले। राती खाना पकाउन किचेनमा छिरेको समयमा उनीहरुले घाँटीमा डोरी लगाएर हत्या गरेको प्रहरीको दावी छ। ‘डोरीले घाँटी कसे तर डोरी चुँडियो। अनि फेरि चक्कुले रेटेर मारेको देखियो,’ निरीक्षक ठाकुरले सुनाए।

    त्यसपछि उनीहरु राति नै गाडी लिएर फर्किएका थिए। प्रहरीको प्राविधिक तथा अन्य पक्षको अनुसन्धानले घटनामा उनीहरुको संलग्नता देखिएपछि नियन्त्रणमा लिएको थियो।

    दुबईबाट समातिएका काजीमानलाई तेह्रथुम ल्याएर थप अनुसन्धान गर्ने प्रहरीले जानकारी दिएको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेटLeave a Comment on श्रीमतीको हत्या अभियोगमा दुबईमा नेपाली पक्राउ

    एनआरएनए साउदी मातहतका अल कासिम क्षेत्रीय तथा पुर्वी क्षेत्रका २ स्थानीय तहको अधिबेशन अप्रिल भित्रमा हुने।

  • २९ चैत्र २०७७, आईतवार २३:५६ मा प्रकाशित
  • ११ अप्रिल २०२१ ! साउदी अरब । एनआरएनए साउदी अरबको आफ्नो मातहतमा रहेका केहि क्षेत्रीय समन्वय समिती तथा स्थानिय समन्वय समितिहरुको अधिबेशन यसै अप्रिल महिना भित्रमा सम्पन्न गर्न गइरहेको छ।

    गैर आवासिय नेपाली संघ साउदी अरबले आफ्नो फेसबुकको आधिकारिक पेजबाट सूचना जारी गर्दै सुचित गरेको छ ।
    पुर्वी क्षेत्र क्षेत्रिय समिति अन्तर्गतका दमाम स्थानीय समन्वय समिति र अलखोबार स्थानीय समन्वय समितिको २०२१-२३ कार्यकालको लागि २०२१ अप्रिल २३ तारिखका दिन अधिबेशन गर्ने भएको छ ।

    यसैगरी अल कासिम क्षेत्रीय समन्वय समितीले एक बिग्यप्ती निकाल्दै ३० अप्रिल २०२१ शुक्रबारका दिन आफ्नो चौथो अधिबेशन र बार्षिकोत्सब एकै दिन गरिने जनाएको छ ।
    बढ्दो कोरोना कहरका कारण उक्त अधिबेशन भौतिक उपस्थितिका साथ असम्भब भएकोले भर्चुयल माध्यम जुम मार्फत हुने जानकारी गराएको छ ।
    उक्त कार्यक्रममा अनलाइन मार्फत जोडिन सबैमा अनुरोध गर्दै, कार्य समितिमा आवद्ध भइ सेवा गर्न इच्छुक महानुभावहरूले तोकिएको समयावधि भित्रमा नै आफ्नो उमेदवारि दिनका लागि पनि अनुरोध गरेको छ ।
    तिनवटै ठाउँमा अधिबेशन गराउन एनसिसि साउदीले एनसिसि पदाधिकारीहरुलाइ जिम्मेवारी दिएको छ जसमा

    पुर्वी क्षेत्र अधिबेशन समितिः
    १. डमर यादव, सम्पर्क नः 0596563050
    २. रोशन श्रेष्ठ, सम्पर्क नः 0545226844
    ३. उमेश भट्टराई, सम्पर्क नः 0555029089
    ४. शुक्र मोक्तान, सम्पर्क नः 0550748154
    ५. मोहम्मद जैनुल अब्दीन, सम्पर्क नः 0561247343

    अल कासिम क्षेत्र अधिबेशन समितिः
    १) बिशाल कुमार श्रेष्ठ संयोजक 0535470253
    २) योगेन्द्र बहादुर श्रेष्ठ 058 337 0250
    ३) राज कुमार श्रेष्ठ 0501684064
    ४) मनिष कोइराला 056 879 1269

    उम्मेद्बारीको लागि तल दिइएको फर्म नियम अनुसार भरेर पठाउनु पर्नेछ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए साउदी मातहतका अल कासिम क्षेत्रीय तथा पुर्वी क्षेत्रका २ स्थानीय तहको अधिबेशन अप्रिल भित्रमा हुने।

    बिभिन्न माँग राखी दलित समुदाय द्धारा गाउँपालिकामा ज्ञापन -पत्र

  • २७ चैत्र २०७७, शुक्रबार ०६:३६ मा प्रकाशित

    पर्सा। सखुवाप्रसौनी गाउँपालिकाको दलित समुदाय द्धारा दलित अधिकारको लागि गाउँपालिकामा ज्ञापन पत्र दिएको छ्न। दलित अधिकारको लागि दलित अधिकार दबाब समुहको अगुवाईमा ज्ञापन पत्रका दिएको छ।

    सखुवाप्रसौनी गाउँपालिकाले अहिलेसम्म दलित समुदायको लागि केहि खासै कार्य गरेको छैन। यस गाउँपालिकामा रहेकोे दलित समुदाय स्थानीय सरकार , जनप्रतिनिधिगरु बाट नै पीडित रहेकोे छ्न दलित अधिकार दबाब समुह वडा-४ को संयोजक नागेन्द्र पासवानले बताए ।

    दलित मैत्री बजेट निर्माण , दलित समुदाय बाट संकलन गरिएको ७००/८०० रकम फिर्ता गर, दलित मैत्री गाउँपालिका निर्माण , सामाजिक न्याय कायम गर, गैर सिलिन्डर वितरण गर, उच्च शिक्षा अध्ययन गर्ने दलित बालबालिका लाई छात्रवृत्ति योजना गर, डाक्टर अध्ययन गर्न ६ वटा दलित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर , जातीय भेदभाव तथा छुवाछूत अनुगमन समिति गठन गर , ४ वर्षमा दलितको नाममा गरिएको बजेट खर्च सार्वजनिक गर जस्ता माग्न राखी ज्ञापन पत्र गाउँपालिकामा दिएको छ।

    दलित समुदायको लागि गाउँपालिका योजना तथा आगामी निति तथा कार्यक्रममा सामबेश नगरेमा चरणवद आन्दोलन गर्ने तयार छौँ दलित अधिकार दबाब समुहको गाउँपालिका संयोजक सुरेन्द्र पासवान ज्यु भन्नू हुन्छ। अहिले पनि दलित लाई शोषण , दमन , विभेद गर्ने प्रथा कायम नै रहेकोे छ। सामाजिक न्याय , सामाजिक रुपान्तरण , दलितको जीवन परिवर्तनको लागि गाउँपालिकाले केही गर्न सकेको छैन । ज्ञापन पत्र सखुवाप्रसौनी गाउँपालिकाको प्रमुख प्रदीप जैसवाललाई बुझाईएको छ। ५ दिन पछि यस ज्ञापन पत्रमा मागँ गरिएको बारेमा छलफल गरिनेछ भन्नू भएको छ।
    यस खबरदारी कार्यक्रम प्रत्येक वडा १-६ सम्मको दलित समुदायको उपस्थित रहेकोे थियो। वडामा गठन गरिएको दलित अधिकारको लागि दलित अधिकार दलित समुहको सक्रिय सहभागिता रहेकोे थियोे । दलित अधिकार दबाब समुहको संयोजक सुरेन्द्र पासवान , समुहको सदस्य , वडा संयोजक रामस्वरुप पासवान , प्रमेन्द्र पासवान , जयलाल राम, नागेन्द्र पासवान , श्यामकिशोर राम, रामशिश मुसहर , दलित अगुवा हिरालाल राम लगायतको दलित र युवा , महिलाको अगुवाहरुको सहभागिता रहेकोे थियोे ।

    Posted in ताजा अपडेट, समाजLeave a Comment on बिभिन्न माँग राखी दलित समुदाय द्धारा गाउँपालिकामा ज्ञापन -पत्र

    स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पर्साबाट तीन जना पक्राउ

  • २६ चैत्र २०७७, बिहीबार २२:४० मा प्रकाशित
  • स्रोत नखुलेको १६ लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका-१० रानीघाट सडकखण्डबाट मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरिएको हो।
    पक्राउ पर्नेमा पर्सागढी नगरपालिका-४ पश्रामपुरका ४५ वर्षीय तवारख देवान, ६० वर्षीय जोखन साई फकिर र आदर्शनगर-१० का ५० वर्षीय उमेश शर्मा छन्।

    ना१२प ५०७३ नम्बरको मोटरसाइकल चढेर हिँडिरहेका देवान र साईलाई प्रहरीले पक्राउ गरेको थियो।
    उनीहरूलाई स्रोत नखुलेको उक्त रकमसहित प्रक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

    पक्राउ परेकाले सो रकमको कारोबारमा शर्मा संलग्न भएको बताएपछि उनलाई पनि पक्राउ गरिएको खनालले बताए।
    तिनै जनालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसुरमा बिहीबार पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतले उनीहरूलाई सात दिन थुनामा राख्न आदेश दिएको प्रहरी नायब उपरीक्षक खनालले बताए। समाचार सेतोपाटिमा छापेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पर्साबाट तीन जना पक्राउ

    प्रेस ज्याकेट पत्रकारका लागि मात्र हो,अन्य पेशाका व्यक्तिले पत्रकारको ज्यकेट लगाउनु दुरूपयोग हो।

  • २६ चैत्र २०७७, बिहीबार २१:१२ मा प्रकाशित
  • २६ चैत्र, काठमाडौँ । २६ चैत्र, काठमाडौँ । प्रेस ज्याकेट पत्रकारका लागि मात्र हो । अन्य पेशाका व्यक्तिले आमसञ्चारको पहिचान देखिने ज्याकेट, भेष्ट वा अन्य कुनै पनि प्रकारका कपडा लगाउनु दुरुपयोग हो । आज नेपाल पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्ने पत्रकारहरुले अवस्था देखाउँदै, नियमनकारी निकायलाई प्रश्न गरेका छन्, प्रेस ज्याकेट दुरुपयोगका विषयमा किन मौनता ?

    मञ्चलाई व्यवसायिक न्हुच्छेनारायण श्रेष्ठले व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत ४५० थान र अनलाइन टिभी जर्नालिष्ट एशोसिएसनलाई ५० थान प्रेस ज्याकेट उपलब्ध गराएपछि ‘समसामयिक आमसञ्चारका सन्दर्भ’ विषयमा बोल्ने पत्रकारहरुबाट यस्तो धारणा आएको हो ।

    ‘घटना वा अवस्थाको सही सूचना दिन प्रतिकुल अवस्थामा घटना वा विषयका पहुँच पुग्न पत्रकारहरुले आमसञ्चारको पहिचान हुने पोशाक लगाउने हो । यसको प्रयोग सही र निश्चित समयमा समयमा मात्र हुन्छ ।’ कार्यक्रममा पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले धारणा राख्नुभयो । पत्रकारको पोशाकको दुरुपयोग भएकोप्रति सम्बन्धितले समयमा ध्यान दिन नसके यसले सामाजिक व्यवस्थापनमा ठूलो विसंगति सिर्जना गर्ने उहाँको भनाइ थियो ।

    कार्यक्रममा धारणा राख्दै उपाध्यक्ष चन्द्रमणि भट्टराईले, आकस्मिक सेवामा काम गर्ने अन्य पेशाकर्मीले लगाउनेभन्दा आमसञ्चारमा काम गर्नेले लगाउने पोशाक फरक हुनुपर्ने धारणा राख्नुभयो । पत्रकारले लगाउने पोशाकले परिचय दिने मात्र होइन, रिपोर्टिङ्का लागि आवश्यक उपकरण तथा त्यस क्रममा उसको आधारभूत आवश्यकता पूरा हुने सामान अट्टाउने खालको हुनुपर्ने भट्टराईको भनाइ थियो ।

    अहिले बजारमा देखिएको पोशाक व्यापार सहजताका लागि मात्र हो । यस प्रकारका कपडाको निर्वाध विक्रीले ल्याउने समस्याका विषयमा सम्बन्धको अहिले नै ध्यान जानु पर्छ । त्यस क्रममा मञ्चका महासचिव विमल थापाले धारणा राख्नुभयो । यसप्रकारका विकृतिको व्यवस्थापनका लागि एशोसियट प्रदेश समितिले काम थाल्नेछ । त्यस क्रममा एशोसियट प्रदेशका निर्विरोध निर्वाचित महासचिव रोयल आचार्यले, समितिको पदाधिकारीमा आफूले पद तथा गोपनीयताको शपथ खाएपछि यो विषयलाई प्राथमिकतामा राख्ने आचार्यको भनाइ थियो ।

    हामी हरेक प्रकारका पोशाक तयार पार्छौँ । प्रेस ज्याकेट पनि उत्तिकै बन्छन् । तर, यसको विशेषताका विषयमा मञ्चका पदाधिकारीले बताएपछि सामाजिक उत्तरदायित्वअन्तर्गत आफूले फरक प्रकारको पोशाक निर्माण गरेर मञ्चलाई दिएको व्यवसायी न्हुच्छेनारायण श्रेष्ठको भनाइ थियो ।

    त्यस क्रममा एशोसियटकातर्फबाट केन्द्रीय सदस्यका प्रत्यासी ओमबन्धु कार्की, सामुदायिक रेडियो प्रसारक मञ्चका केन्द्रीय सदस्य नविन नससिंह नेपाली, अनलाइन टिभी जर्नालिष्ट एशोसिएसनका महासचिव पवन फुयाँल, चन्द्रसूर्य वाणी दैनिकका प्रमुख सम्पादक सन्तोष मिश्रलगायतले पत्रकारितालाई पूर्ण व्यवसायिक नबनाएसम्म पत्रकारका नाममा हुने यसप्रकारको विसंगति नरोकिने धारणा राख्नुभयो । यसप्रकारको पोशाक लगाएर अनुचित लाभ लिनेको संख्या धेरै छ । यसको नियमन गर्ने निकाय किन मौन? यस मौनताभित्रको रहस्यका विषयमा अब कुरा गर्ने कि नगर्ने? उहाँहरुको प्रश्न थियो ।

    कार्यक्रममा पत्रकार मञ्चकातर्फबाट एशोसियट प्रदेशमा निर्विरोध निर्वाचित महासचिव रोयल आचार्य तथा सदस्यहरु सन्तोष मिश्र, सरस्वती गौत्तम, राजेन्द्र प्रजापति र इजहार मिकरानीलाई सम्मान गरिएको थियो ।

    शब्दचित्र: चन्द्रमणी भट्टराई

    Posted in ताजा अपडेटLeave a Comment on प्रेस ज्याकेट पत्रकारका लागि मात्र हो,अन्य पेशाका व्यक्तिले पत्रकारको ज्यकेट लगाउनु दुरूपयोग हो।

    पानी तान्ने मेशिन चोरीको आरोपमा स्थानीयद्वारा कुटपिट, एकको मृत्यु

  • २३ चैत्र २०७७, सोमबार १०:२२ मा प्रकाशित
  • भक्तपुर, चैत २३ । पानी तान्ने मेशिन चोरी गर्न लागेको भन्दै स्थानियवासीको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक कुसादेवी बस्ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङ रहेका छन् । भक्तपुर अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए।

    चाँगुनारायण नगरपािलका–२ बर्खेपाटीमा स्थानीय बासिन्दाले शनिबार राति पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा फेला परेको भन्दै कुटपिटबाट घाइते भएका गुरुङको आइतबार मृत्यु भएको बताइएको छ । प्रहरीले स्थानीय विनोद लाखाको घर नजिकै रहेको च्याउखेतीमा लगाउन बनाइएको सानो पानी जम्मा भएको पोखरीमा पानी तान्ने मोटर निकाल्दै गरेको अवस्थामा लाखासमेतका व्यक्तिले गुरुङलाई नियन्त्रणमा लिई कुटपिट गरी घाइते बनाएको नायव उपरीक्षक गिरीले जानकारी दिए ।

    हत्या अभियोगमा पक्राउ पर्नेमा चाँगुनारायण–२ बस्ने ५० वर्षीय टेकबहादुर केसी सोही ठाउँका ३२ वर्षीय नविन कोजू, भक्तपुर नगरपालिका–७ बस्ने ३७ वर्षीय विनोद लाखा, दोलखा भीमेश्वर नगरपालिका–९ घर भई हाल चाँगुनारायण–२ बस्ने ३८ वर्षीय कमल खत्री (फुँयाल) र सुनसरी बर्जु गाउँपलिका–३ घर भई हाल चाँगुनारायण–३ बस्ने ३४ वर्षीय सनिशकुमार राय रहेका छन् । रासस

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on पानी तान्ने मेशिन चोरीको आरोपमा स्थानीयद्वारा कुटपिट, एकको मृत्यु

    बिन्दवासिनीमा व्युटी पार्लर सम्बन्धि तालिम सम्पन्न ।

  • २१ चैत्र २०७७, शनिबार १६:२५ मा प्रकाशित
  • वीरगंज २१ चैत

    ज्योति बहुउद्देशीय मिडिया प्रा.लि. वीरगंज पर्साको आयोजना तथा विन्दवासिनी गाउँपालिकाको सहयोगमा सञ्चालित व्युटी पार्लर सम्बन्धि तालिम आज एक समारोहका बिच सम्पन्न भएको छ ।

    विन्दवासिनी गाउँपालिकाको वडा नं. ५ हाँसवामा सञ्चालित डेढ महिने तालिमको समापनमा प्रमुख अतिथि वडा अध्यक्ष सुकदेव राउत अहिरले तालिममा सिकेका ज्ञान शिपलाई व्यवहारमा लागु गरी आयआर्जन गर्न सुझाव दिनु भयो ।

    सो अवसरमा गाउँपालिकाका सामाजिक विकाश शाखाका प्रमुख नरेश प्रसाद चौहानले तालिममा सिखेका ज्ञानलाई गाउँ समाजमा अभ्यास गर्न सके अझै लाभदायक हुने बताउनु भयो ।

    सौन्दर्यता महिलाहरुको गहना भएकोले आउने दिनहरुमा पनि गाउँपालिकाले यस्ता तालिमहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    आयोजक संस्थाका शेस मखदुम जहाँगस्तको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ५ का सचिव अर्जुन प्रसाद चौहान, कार्यक्रम संयोजक श्रवण प्रसाद साह लगायतका वक्ताहरुले आ–आफ्नो बिचारहरु राखेका थिए । गाउँपालिकाका ५० जना महिला तथा बालिकाहरुको सहभागीता रहेको तालिममा पार्वती शर्माले प्रशिक्षण दिनु भएको थियो ।

    Posted in ताजा अपडेट, समाजLeave a Comment on बिन्दवासिनीमा व्युटी पार्लर सम्बन्धि तालिम सम्पन्न ।

    राजनितिक करण हिन्दू मुस्लिम समुदाय बिचको सम्बन्ध बिथोल्न खोजिएको यादवको भनाई

  • २१ चैत्र २०७७, शनिबार १६:०३ मा प्रकाशित

    वीरगञ्ज २१ चैत्र
    पर्सागढी नगरपालिका वडा नं ५ बहुअर्वा टोला का बिषयमा बिभिन्न माध्यमबाट आएको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको छ।

    जनता समाजवादी पार्टी नेपाल का वडा एकाई कमिटी पर्सागढी नगरपालिका का वडा एकाई कमिटी का अध्यक्ष अशोक यादव द्वारा पत्रकार सम्मेलन गरी घटना प्रति गम्भीर ध्यानाकर्षण भएको पत्रकार सम्मेलनमा बताए।

    यही फागुन पुर्णिमा का दिन गाउँबासी हरु संग पर्सागढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष असलम आलम वातावरण मैत्री होली पर्व मनाएता पनि केही राजनितिक दलका नेताहरु चलखेल ले वडा अध्यक्ष आलम को चरित्र हत्या गर्न खोजेको यादव ले बताए।

    फागुन पुर्णिमा का दिन बेलुका ७ बजे केही स्थानिय हरुले मादकपदार्थ सेव गरि चर्को आवाजमा डिजे बजाउदै हिडेका बिचमा समान्य किसिमको बिबाद लाई हिन्दू र मुस्लिम समुदायको साझा सहभागिता होली पर्व लाई राजनितिक करण गरिएको छ।

    बहुअर्वा पचरुखीमा होली पर्व का दिन भएका बेलुका भएका घटनालाई गस्तीमा हिँडेका प्रहरीले सो बिबादमा आरोपित लाई प्रहरीले एक आपसमा झगडा नगर्ने आ आफ्नो घर जान सुझाव दिएका थिए भने सोही विषय लाई लिएर राजनितिक करण लिकन वडा अध्यक्ष आलम सहित हिन्दू मुस्लिम समुदाय बिचको सम्बन्ध बिथोल्न खोजिएको एकाई कमिटी का अध्यक्ष अशोक यादव ले पत्रकार सम्मेलन मा बताए।

    सम्प्रदायिक सदभाव मा खल्ल पुर्याउने उदेश्य का साथ रचिएको अतिरंजित प्रकृतिको व्यवहार र आ आफ्नो स्वार्थ सिधीमा ललाईत राजनितिक व्यक्तिवले गरेको मन गढक रहेको स्थानीय वडा वासीहरु सो विषय प्रति आपत्ति स्थानिय हरुले जनाए।

    Posted in ताजा अपडेट, राजनीतिLeave a Comment on राजनितिक करण हिन्दू मुस्लिम समुदाय बिचको सम्बन्ध बिथोल्न खोजिएको यादवको भनाई

    दुर्घटना अपडेट : मृत्यु हुनेमा चौधरी र यादव ( विवरण सहित)

  • २१ चैत्र २०७७, शनिबार ००:४३ मा प्रकाशित
  • दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ आउदै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुबहाक बस लमही घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थल मै मृत्यु भएको छ,भने २८ जना घाइते भएका छन ।
    शुक्रबार अपरान्ह करिब साढे ५ बजे तिर दुर्घटना भएको हो । दुर्घटनामा परेर लमही नगरपालिका वडा नं. ९ पैते निवासी सहचालक २९ बर्षीय अतिराम चौधरी र बुटवल स्थित सैनामैना नगरपालिका वडा नं. १ का यादव खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।

    दुर्घटनामा लमही नगरपालिका वडा नम्बर ६ खैरी निवासी ६३ वर्षिय यमराज नेपाली, सोही ठाउँ निवासी ३९ वर्षिय निर्मला नेपाली, सोही ठाउँ निवासी ३२ वर्षिय सुनिता नेपाली, सोही ठाउँ निवासी ६१ वर्षिय जंगबहादुर घर्ती, लमही ७ का ३८ वर्षिय चन्द्रकली चौधरी, लमही नगरपालिका वडा नम्बर २ सोनपुर निवासी ५५ वर्षिय फुजुवा चौधरी, उनका छोरी १६ वर्षीया ववि चौधरी, राप्ती गापा १ निवासी २८ वर्षिय दिलकुमारी चौधरी, लमही ९ पैते निवासी ३२ वर्षिय कमल चौधरी, लमही नगरपालिका वडा नम्बर ५ कोलही निवासी १८ वर्षिय अनुजा चौधरी रहेका छन् ।

    त्यस्तै लमही नगरपालिका वडा नम्बर १ नर्ती निवासी ७० वर्षिय लिलावति चौधरी, रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर १ खुरेली निवासी ५१ वर्षिय तेजप्रसाद घर्ती, सोही ठाउँ निवासी ५४ वर्षिय लालमाया घर्ती, राजपुर गाउँपालिका वडा नम्बर १ गुरूङ्खखोला निवासी २७ वर्षिय सावित्री वलि, सोही ठाउँ निवासी २ वर्षिय रोश्नी वलि, राजपुर गाउँपालिका वडा नम्बर ४ दुलहिया निवासी ४० वर्षिय फुलमाया घर्ती, घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी १८ वर्षिय अञ्जना चौधरी, लमही नगरपालिका वडा नम्बर २ सोनपुर निवासी ५४ वर्षिय सीता चौधरी, घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी २० वर्षिय आरती कुवर, सोहि ठाउँ निवासी २० वर्षिय सितल कुवर रहेको छन् । त्यस्तै मोरङ घर भै हाल घोराही व्यारेगमा कार्यरत नेपाली सेना ३६ वर्षिय खड्क बहादुर श्रेष्ठ, घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुर निवासी ३२ वर्षिय सुशीला पोख्रेल, सोही ठाउँ निवासी १२ वर्षिय सिम्बोल सुवेदी, घोराही उपमहानगरपालिका वडा नम्बर ७ निवासी ४५ वर्षिय श्याम कुमारी चौधरी, लमही नगरपालिका वडा नम्बर १ निवासी ४६ वर्षिय बेलपति तौधरी, लमही नगरपालिका वडा नम्बर ६ निवासी २७ वर्षिय दिलु चौधरी, लमही नगरापालिका वडा नम्बर १ निवासी ४० वर्षिय आशा चौधरी, लमही नगरपालिका वडा नम्बर २ निवासी ३० वर्षिय श्यामकुमारी चौधरी घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका बस धनि कमल चौधरीलाई लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि जिल्ला बाहिर पठाईएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on दुर्घटना अपडेट : मृत्यु हुनेमा चौधरी र यादव ( विवरण सहित)

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P