केही मार्मिक पञ्चाङ्गहरू (१) दुखको भुमरीमा बाच्नुछ हामीलाई, मनमा पीडा च्यापी हास्नुछ हामीलाई, भावीले पनि कस्तो कर्म लेखिदिएछन् मुटु भित्र दर्द नि टान्नुछ हामीलाई, अन्त्यमा चिन्ताले नै मास्नुछ हामीलाई। (२) जीवन जिउन कमाउनु छ हामीलाई कमाएरै सधै रमाउनु छ हामीलाई, खाडी मुलुक भित्र नै भौतारिएर पनि दुख साथ बेल्चा समाउनु छ हामीलाई, जहाँ पनि प्रेम जगाउनु छ हामीलाई। (३) चुनाव पछि नेताहरू लुकेका देखिन्छ, भित्र भित्रै मिली ढुकुटी लुटेका देखिन्छ, के पो होला विकास यस्ता नेताहरू बाट हरेक विकास काममा चुकेका देखिन्छ, केवल भत्ताको लागि नै जुटेका देखिन्छ। (४) पञ्चाङ्ग साहित्यको धेरै माया लाग्छ, सुन्दर रचना देख्दा नि छाया लाग्छ, विकासमा लागि रहने सर्जक हो तल माथी केही सर्जक दायाँ लाग्छ, रचना गर्न नजान्ने नै बायाँ लाग्छ। (५) साहित्य भित्र नि जाल गरेको देखियो, असभ्य र सभ्य दुवै भरेको देखियो, आपसमा यस्तो होडबाजी कस्तो निति साथी भित्रै सधै भरी लडेको देखियो, सभ्य ब्यक्ति नै शरण परेको देखियो। शिव कुमार रेग्मी पोखराथोक,पाल्पा नेपाल
काठमाडौ, ३२ असार । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४२औँ शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ४४ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४२ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
उनलाई जिताउन मैले, हार्दै हार्दै गएँ, अन्तमा उनी नगर बधु, म दलाल भएँ । ✍️ वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] तिम्रै निम्ति बिताउँछु मेराे सारा जिन्दगानी, प्यास मेट्नु तिमी सबकाे म चाहिँ तिम्राे पानी । ✍️ ताराप्रसाद चापागाईं धुनिबेसी
[२] सेवा र सेवक एउटै समयमा एकैजना हुन्न, वर्तमान अरूलाई सुम्पी तिमी लाग्यो भविष्य गुन्न। ✍️ म्यामराज राई भोजपुर
[३] खोजी गर्दै हिँडेकाथ्यौ दलाल काम पहिले, धोका पाउँदा थाहा भो नसा लागेछ अहिले । ✍️ बेदु न्यौपाने काठमाडौ
[४] पहिल्यै दलालीको बाटो रोजेका’थ्यौ अब पछुताउँछौ किन? द्वारपाल भै बस नगरवधूको तयार छिन् बक्सिस दिन ! ✍️ प्रमोद भट्टराई ‘प्रतीक’ कौशलटार, भक्तपुर
[५] दलाल बनी सुःख सुबिधा पाउने होइन रहर, समयले न दिदा साथ हुनुपर्यो यसैमा निर्भर। ✍️ सुरेशकुमार पान्डे। दाङ घोराही१८
[६) सफलताको लागि सँगै हिँडेकाे थिएँ तिम्रै भरले, जब मेरो अस्मितानै लुट्न खाेजौ टाढा भएँ डरले । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५भक्तपुर ।
[७] जति हत्कण्डा अपनाए पनि उनैलाई नृप ठान्छन् , दलालहरूले उनैलाई विष्णुको अवतार मान्छन् । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा ।
[८] सारा सम्पत्ति त के ? हरपल साथ दिने वाचा थियो हाम्रो, नगर बधू बन्यौ आखिर, मेरो आफ्नै जोवन भयो चाम्रो । ✍️ अच्युत घिमिरे भुटान बाट 🇧🇹
[९] जित्नेहरू जहिल्यै सिंह बन्दै जान्छन् जिताउने सधैँ नै रूने, कहिले आउला यो समाजमा सबैको अवसर उस्तै हुने। ✍️ शंकर कार्की मकवानपुर
[१०] अन्धो हुन्छ माया भनी जान्नुपर्छ हामीले, केही हुन्न त्यस्तो झारफुक गर्दा धामीले । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन – ६ संखुवासभा हाल मलेसिया
[११] देश, जनता र समृद्धि जडसुत्र यो भन्छु, मध्यस्थता नगरी न तिमी बन्छौ न म बन्छु । ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी
[१२] तिमीले जिते संसार नै मेराे हुन्छ ठानेँ पहिले , कुर्सीकाे फेरिँदाे रुप बुझेँ धोका हुँदामा अहिले । ✍️ निरज कोइराला बेलका
[१३] स्वार्थी भए, साथ लिए, जिती लागेछ मात, आफ्नो बाटो सोझाएर, गर्नु गरेछन् घात ! ✍️ रबि श्रेष्ठ सन्धिखर्क-१,अर्घाखाँची, हाल : बुटवल, रुपन्देही !
[१४] जस्तालाई तस्तै भइदियो, सुर्ताउँछौ किन ? उनीलाई रिझाई राख, सदा बक्सिस लिन । ✍️ वसन्त अनुभव घोराही, दाङ
[१५] जसरी तसरी जिताएर उनलाई नगर बधु बनाएँ, आखिरीमा नाङ्गिएर दलालको उपनाममा खुशी मनाएँ ! ✍️ बिबस पारदर्शी भद्रपुर ङापा
[१६] न रावण थिएँ म, न राम भएँ, पासा पल्टियो दलाल बन्न गएँ । ✍️ बिके मुखिया दार्जीलिङ भारत।
[१७] झुटो मायाजालमा पारी बेचिस् छोरी चेली, कोठीभित्र रोइरा’का छन् चमेली र बेली । ✍ नवशिला बेलबारी-२,लालभित्ती,मोरङ।
[१८] तिम्रो प्रशंसा र तारिफ गर्ने नै बनायौ नि मेरो धन्दा, यसैगरि तिमीले पार्यौ ममाथि नराम्रो जादुको फन्दा ! ✍️ पवन कुमार बुढाथेाकी काठमाडौं
[१९] आफू दलाल भई उनलाई, सामान बनायाै, वधुलाई नगरमा बेची, धेरै दाम कमायाै ! ✍️ गाेपालकृष्ण डंगाेल काठमाण्डाैँ (हाल इटहरी)
[२०] नहारी कसैले यहाँ कसैको त जीत हुन्न, जित्नेलाई पनि किन यहाँ विवेकले छुन्न । ✍️ त्रिलोचन भण्डारी मेचिनगर,झापा
[२१] लुकाएर वास्तविकता किन कुरा चपाउँछौ, उनको दोष देखाएर आँफैलाई बचाउँछौ । ✍️ राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ हाल- प्रवास
[२२] तिम्रै लागि लडेँ म ज्यान दिएर, धोका दियौ बस्दैछु आँसु पिएर । ✍️ सरस्वती श्रेष्ठ इटहरी
[२३] सोच्नु त सोचेकै हो मैले पनि त तिम्रो लागि, साथ दिएन तिम्रै भाग्यले, रहेछौ अभागी । ✍️ सुरेखा चाम्लिंग भक्तपुर २
[२४] जस्तो नेता त्यस्तै जनता, उस्तै-उस्तै हामी दलालीको भरमा देश, बनाउने दामी ? ✍️ बि.कुलुङ दार्जिलिङ
[२५] उनलाई भिजाउन म पानी बनेँ, खुसी पार्नकै निम्ति मैले स्वामी भनेँ । ✍️ सन्तु
[२६] निष्ठुरी बनेर गइन् उनी मेरो विश्वास तोडेर, नहोस् यस्तो अरूलाई गर्दछु बिन्ती हात जोडेर । ✍️ दीपक ठटाल जलन
[२७] स्वार्थी छ संसारै स्वार्थ बिना काे छर यहाँ, इच्छा पूर्ति पश्चात् बिर्सन्छन् सबै मान्छे जहाँ । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
[२८] अनगिन्ती इच्छा चाहानाले सताइएका हामी, याैन-कर्मी दलाल नामले पत्याईएका नामी । ✍️ रामकृष्ण दुवाडी पाेखरा ।।
[२९] म कुर्सीमा बस्छु र दलाल काम गर्छु, बैङ्कको लकरमा नोटै नोटले भर्छु । ✍️ मल्ल लक्ष्मी श्रेष्ट मेची किनार बिर्तामोड झापा
[३०] नेपालका भोगी नेता के ल्याउँथे रेल, छुचुन्द्राको टाउकोमा चमेलीको तेल । ✍️ शुदर्शन शर्मा सिरानचोक ३गोरखा
[३१] धन सम्पत्ति धेरै कमाएर लागेछ मात, आफ्नो दुनाे भरी अरू माथि गरे अन्तर्घात । ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही १४ बुटवल
[३२] पहिला तिमीले आफ्नो औँकातको खोजी गर्नू, भतुवा खोज्दै हिड्ने बुज्रुगको पासमा पर्नू ? ✍️ दस्ता कौशिक पाँचथर।
[३३] तिम्रै लागि आधा जीवन बिताएँ मैले त्यसै, आखिरमा छोडेर गयौ चुसी जीवन रसै । ✍️ दुर्गा भट्टराई मोरङ
[३४] जिताउन भनी तिनलाई के के गरे मैले, विकास केही गरेनन् भ्रष्टाचार गरे जैले । ✍️ भगवती दवाडी ,झापा
[३५] तिम्रो जित र मेरो हारमा, खुसी मनाएँ, तिम्रो त्यो अनुहारमा मेरै आभास पाएँ । ✍️ बुद्धिमान दनुवार सुरुङ्गा ४ झापा
[३६] उनलाई खुसी राख्न सधैँ हार्दै-हार्दै गयौ, चाहे जस्तै बन्न पुगेछौ र त दलाल भयौ । ✍️ अरुण कु.भुजेल गोरूबथान,कालेबुङ्ग,भारत।
[३७] खोली तरेर लौरी बिर्सने तिम्रो बानी, तिम्रो नै भरमा पर्दा भयो साह्रै हानी । ✍️ देबकी के .सी. काठमाडौ
[३८] टेढो औँलाले घिउ झिक्नेहरू सबैतिर टिक्छन्, आफ्नो दुनो सोझ्याएपछि तिनी धोका दिन सिक्छन् । ✍️ गंगा खड्का बूढानीलकण्ठ १, काठमाडौँ
[३९] हार सम्झे जित सम्झे तिम्रोपछि पर्दा, अनायासै झुक्नु पर्यो तिमीले नै गर्दा । ✍️ जि कुमार गौतम भद्रपुर -१ झापा
[४०] शुद्ध बानीबेहोराका गाह्रो मानिस पाउन, मिल्छ भन्ने थाहा पाए खोज्छन् बगर धाउन । ✍️ जमुना आचार्य सिन्धुपाल्चोक
[४१] आदर्शकाे पात्र ठानी सर्वेसर्वा ठान्दै दिएको साथ, तिम्रा घृणित व्यवहारले वाक्क भई समाए माथ । ✍️ प्रद्युम्न चालिसे देवघाट तनह ।
[४२] जता हेर्यो धोखेबाज संसार देखियो, अलिअलि विश्वास थियो सबै मेटियो । ✍️ रचना शर्मा प्रतीक्षा, महालक्ष्मी नपा, ललितपुर ।
[४३] जता हाेचाे उतैतिर ताल आफैँ पर्छ, निमुखाकै मुखभित्र घाेचाे पर्ने गर्छ। ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[४४] नसकिने भयो विकासमा हानाथाप हुन हाले, घिउ मुछेर भात खाऊ भन्दा हात टोक्दिन थाले । ✍️ अम्विका अधिकारी झापा विर्तामोड
काठमाडौ, २५ असार । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४१औँ शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ४५ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४१ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
तिमीले लुट्यौ आजसम्म अब त मेरो पालो, मैले पनि त पाल्नुपर्यो, भाइ भतिजो सालो । ✍️ वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] पालैपालो लुट्नुपर्छ हामी मिलिजुली, पक्ष विपक्षको भेद नआओस् है खुली । ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
[२] तिमीले गर्नु थियाे गरिसक्याै अब के गर्छाै, तिमीले पकेट भर्नु भर्यौ अब हामी भछाैँ । ✍️ शर्मिला खतिवडा विर्तामोड ,झापा
[३] अलिकति राजस्व थोरै कमिशन नगर रिस धेरै, आउरेबाउरे पाल्नुपर्छ, आफन्त पनि हुन ति मेरै । ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी
[४] समयले पर्खदैन आज हाम्रै हातमा छ साँचाे, भाेलि भन्या के हाे के हाे देउ पद पूरा गर्छु खाँचाे । ✍️ प्रद्युम्न चालिसे देवघाट तनहुँ ।
[५] यही हो बेला लुट्ने अहिले सत्ता कुर्सी हुँदा, हेर्न लाई मज्जा आउँछ दुखी गरिब रुँदा । ✍ नवशिला। बेलबारी -२,लालभित्ती,मोरङ।
[६] पालैपालो जनतालाई हाल्नुपर्छ टालो, कति तिमि मात्र, म नि समाउँछु कठालो। ✍️ अच्युत घिमिरे भुटान बाट 🇧🇹
[७] लुट्यौ, लुटिरह्यौ, म हेरिरहेँ, चुपचाप आजसम्म, लुट्छु म अब, जति सक्छौं हेर, पदचाप तबसम्म ।
[८] लुटिनु छ अझैसम्म आफन्तबाट पटक पटक, तिमीले दियौ आश्वासन जस्ताको तस्तै के छ फरक ? ✍️ जि कुमार गौतम भद्रपुर -१ झापा
[९] तिमीले अब कमाइसक्यौ, पालो हाम्रो कमाउने, पालैपालो लुट्नुपर्छ, हामीलाई कस्ले समाउने । ✍️ बुद्धिमान दनुवार सुरुङ्गा ४ झापा
[१०] युद्ध बगरी सत्तामा आयौ, बनायौ परिवार सुखी, सबैले चाख्यौँ सत्ताको स्वाद, छैनौँ हामी कोही दुखी । ✍️ प्रदीप के रिमाल इटहरी, सुनसरी।
[११]
पालैपालाे देश लुट्नु तिमीलाई जनले चुनेका, लाइनमा छन् नातागाेता विकासकाे जाल बुनेका।
✍️ ताराप्रसाद चापागाईं धुनिबेसी
[१२] घमण्डी हुनुको पनि पक्कै, एउटा सिमा त हुन्छ, लुट्छु भन्दैमा सर्वश्व आफ्नै ठाने, भोलि पक्कै रुन्छ । ✍️ राजेशराज गड्तौलाक रतुवामाई- १०, मोरंग हाल- प्रवास
[१३] अब ढिला गर्नुहुन्न जनताले भरेको ढुकुटी रित्याएर खान, हेर हाम्रो पालो आएकोछ मीलिजुली खाएर बिदेश तिर जान । ✍️ बेदु न्यौपाने काठमाडौ
[१४] लुट्नै जन्म लिएका सब पापी रहेछाै, पालाे मिलाई लुट, आफन्त, आसे, पासे, भराैटे, छाते, झाेले सात पुस्ता छ छुट । ✍️ निरज काेइराला बेलका १ उदयपुर , हाल: इटहरी
[१५] शक्ति सत्ता हातमा हुँदा गरौँ मालामाल, पद र कुर्सी खुस्केपछि होला रित्तो थाल । ✍️ बिबस पारदर्शी भद्रपुर -२ झापा
[१६] खुसी छु आज म त मेरो पनि पालो आयो कमाउने, के डर मलाई सयौँ पुस्ता पुग्छ सुखले रमाउने । ✍️ राम कुमारी खड्का तुल्सीपुर १९ दाङ्ग
[१७] बाँच्नु आफू अनि आफन्त पर्छ बाँकी अरू मार्ने, भ्रष्टाचार गरेर बरु देश अब खोक्रो पार्ने। ✍️ शंकर कार्की थाहा ३मकवानपुर
[१८] परम्परा नै भएको छ देशको ढुकुटी लुट्नु, लागिसकेको यस्तो सुबानी कहाँ सक्छ र छुट्नु ? ✍️ दीपक ठटाल जलन
[१९] आलोपालो गर्दागर्दै जनता पो हुने भए शून्य, के गर्नु त सरोकारवालाले बिर्सिएपछि पुण्य । ✍️ गंगा खड्का बूढानीलकण्ठ , काठमाडौँ
[२०] जुन जोगी आएपनि कानै चिरेका, तिमी नि त्यस्तै, औँलो नउठाऊ तिमी पनि कुहिएको आलु जस्तै । ✍️ देबकी के .सी. दक्षिणकाली ,काठमाडौ
[२१] लाज पचेकाहरू फोहरी खेल खेलेर बस गर्दै आलोपालो, थाहा पाइसके अब जोगिई हिँड, भेटौला अनुहारमा कालो । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन – ६ संखुवासभा हाल मलेसिया
[२२] कुर्सीमा कालोधनको वर्षा हुन्छ असाध्यै राम्रो, कहिले तँ बस, कहिले म बस्छु कुर्सी हो हाम्रो । ✍️ बिके माकजु भक्तपुर ।
[२३] लुटेराले लुटेरालाई लुटोस् लुट्नुसम्म, देशद्रोही हुन् देश लुट्ने थुनौँ ढोका ढम्म। ✍️ म्यामराज राई भोजपुर
[२४] पहिले मैले थाहा पा’को कति मीठो भत्ता, अझ ल्याप्प पार्न पाइने आहा ! मीठो सत्ता । ✍️ प्रेम थापा “मन”
[२५] नेताले जनताहरूलाई भेडा ठानेका, सरकारी सम्पत्ति सबै नै लुट्न जानेका । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६, दोलखा ।
[२६] हाम्रो साझा सम्पत्ति हाे, हाम्रै त हाे देश, मिली खाऔँ मस्ती गराैँ, नहाेस् केही शेष । ✍️ मित्र उराठी गाैतम अमरपुर,गुल्मी हाल तिलाेत्तमा-२ रुपन्देही
[२७] आफ्नो सेतो अनुहारमा कसले दल्छ कालो, भर्याङ पो ! ल्याइदिएका हुन् नभन्नु उचालो । ✍️ रिजाल विनोद
[२८] मैले पनि अब देश लुटी खान्छु, राम्रो मान्छे बन्न म त कहाँ मान्छु । ✍️ विक्रम तिरूवा सलिन जुम्ला
[२९] कुरा सुन तिमीभन्दा धेरै सुनचाँदी लुट्न सक्छु, अदालतमा मेरो लागि हैन तिम्रो बारेमा बक्छु । ✍️ अम्विका अधिकारी झापा विर्तामोड
[३०] लुट्न नेता हुनुपर्दैन, पैसै हुन्छ साथी, खायौ खेल्यौ रमायौ रे ! हिसाब हुन्छ माथि । ✍️ योगप्रसाद उपाध्याय चापागाईं गोठाटार, काठमाण्डौं ।
[३१] नातागाेतालाई पालैपालो जागिर दिएको, वीर याेध्दाहरूकाे भने सधैँ रक्त पिएको । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी -५, भक्तपुर ।
[३३] जहिले पनि तिमीहरू नै अगाडि किन, मेरा पनि आफन्तको फर्काइदेउ दिन । ✍️ जमुना आचार्य सिन्धुपाल्चोक
[३४] आफूले त सात पुस्तालाई पुग्ने अकुत सम्पत्ति जोड्यौ, हाम्रो भागमा भने बिँड खुस्किएको कुटो कोदालो छोड्यौ । ✍️ प्रमोद भट्टराई ‘प्रतीक’ कौशलटार, भक्तपुर
[३५] देशलाई भित्रभित्रै आजभोलि भन्दै बनाइसके नि खोक्रो, जनतालाई कहिलेसम्म ओढाउने हुन् आश्वासन को बोक्रो । ✍️ सरस्वती श्रेष्ठ इटहरी
[३६] आलोपालो गरिकन हामीले चलाउने हो सत्ता, भर्पाई मिलाई आफन्तलाई खुवाउने हो भत्ता । ✍️ त्रिलोचन भण्डारी मेचीनगर, झापा
[३७] किन भन्छौ जनता हो बेकारमा यहाँ जेलाई पनि तेरो र मेरो नेता हौँ नेता ,हामी हामी मिलेर सबै पारिसक्यैाँ आफ्ना सेरो फेरो ! ✍️ पवन कुमार बुढाथेाकी काठमाडौं
[३८] पालैपालो देश लुटीकन, भाइ भतिजो सालो, जनता उत्रेर विरोधमा लगाइदेलान् कालो । ✍️ गोपालकृष्ण डंगोल काठमाण्डौँ, हाल इटहरी
[३९] जति सकिन्छ लुट्नै पर्छ सत्तामा पुगेको वेला, सोझा जनता जागेको दिन हुन्छ असली खेला। ✍️ अरुण कु.भुजेल गोरूबथान,कालेबुङ्ग,भारत। (४०} रित्तो भयो ढुकुटी लुटेर पालैपालो. थन्काए बिदेशमा लुटेको धन कालो। ✍️ बिके मुखिया दार्जीलिङ भारत
४१) कमाउनु कमायाै अब पालाे अरूकाे हाे नि कमाउने, लुट्नु लुट्याै तिमीहरूले साेझा जनताले के समाउने । ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही १४ बुटवल
[४२] गरिब दुखी जनतालाई गरे हुन्छ शाेषण, लुटी ठगी भाइ भतिजा गराैँ पालनपाेषण । ✍️ रामकृष्ण रिजाल बाग्लुङ
[४३] बल्ल मौका हात लाग्यो कुर्सीमा बस्ने, पहिले पाएको थिएन, शक्ति हातमा हुँदा कमाउने, पहिले परिस्थितिले दिएन । ✍️ रचना शर्मा प्रतीक्षा महालक्ष्मी नपा, ललितपुर ।
[४४] लुट्नु लुट्यौ र चुस्नु चुस्यौ, नाम राख्यौ विकास, श्रीलङ्का झैँ भयो भने कसरी खोज्छौ निकास ! ✍️ रबि श्रेष्ठ सन्धिखर्क-१, अर्घाखाँची, हाल : बुटवल, रुपन्देही !
[४५] टुलुटुलु हेर्नुपर्ने बन्याे परिवेश, लाैन दैव कसाे गर्ने देऊ उपदेश । ✍️ रामकृष्ण दुवाडी
कस्तो अक्षम बुद्धि नभएको काठो रहेछ भन्थे । अरुलाई राय दिन नसक्ने पाठो रहेछ भन्थे । मनुष्य भएपछि त हुनुपर्ने हो मिलनसार , कहिले फुकाउनै नसकिने गाँठो रहेछ भन्थे । अगाडि बढ्ने थिएँ तर अग्लाे आँठो रहेछ भन्थे।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग ०२
उनको र मेरो मुटु एकै गाँठो परेछ। मेरो भन्दा उनको रगत टाठो परेछ । चिनाजानी भर्खर मात्र भएको हो हाम्रो , उनीको घरका सबैजना बाठो परेछ । गल्तीले गर्दा मेरो थाप्लोमा लाठो परेछ।।
💢मल्ल लक्ष्मी श्रेष्ट,मेची किनार बिर्तामोड झापा।
पञ्चाङ्ग ०३
मट्याङ्रिले प्रेम गरेकाे मान्छे बाठाे रहेछ भन्थे । देख्दा गाेज्याङ्ग्राे देखे पनि टाठाे पाे त रहेछ भन्थे। मान्छे राेज्न त त्याे महिला चतुर नै पाे रहिछे त , छाेरीकाे बाउ हातमा सुमर्ने लाठाे रहेछ भन्थे । काेही त मट्याङ्रिलाई उसकाे नाठाे रहेछ भन्थे ।
💢मधुसूदन प्रसाद घिमिरे,काठमाडौं ।
पञ्चाङ्ग ०४ १ दिनभरी पढिन्थ्यो भरे लोभी काठो रहेछ भन्थे । दक्षिणा मात्र धेरै खोज्ने निकै बाठो रहेछ भन्थे । पुरोहित यजमान सामु राम्रै पछि कुरा काट्न, गाउँभरीमा सबैभन्दा आफैँ टाठो रहेछ भन्थे । बाहुनसँग श्राद्ध गर्न पनि घाटो रहेछ भन्थे । २ उनका छोरीका मुख हेर्दा त नाठो रहेछ भन्थे । दक्षिणा गर्ने बेलामा पोकामा गाँठो रहेछ भन्थे । त्यो बेला पुरोहितलाई पनि गाह्रो थियो अरे नि, सानो गल्ती हुँदा केही नजान्ने पाठो रहेछ भन्थे । पढायो घर फिरेपछि लोभी काठो रहेछ भन्थे
💢गुणनिधि घिमिरे खान्द्रोङ्ग पाँचथर उर्लाबारी मोरङ हाल अमेरिका।
पञ्चाङ्ग ०५
सहयोगी बन्न सक्दछ हाम्रो टाठो रहेछ भन्थे, गाउँमा आएको त्यो नयाँ मान्छे बाठो रहेछ भन्थे। दुःख सुखमा साथ दिनु मानवीय व्यबहार हो, धेरै विश्वास गर्नु हुदैन है काठो रहेछ भन्थे , बुझ्नै नसकिने जाली कुराको गाँठो रहेछ भन्थे।
💢होम प्रसाद नेउपाने धरान,सुनसरी ।
पञ्चाङ्ग ०६
गाउँका सबैजना इष्टमित्र टाठाे रहेछ भन्थे । यत्रतत्र कुँद्न सक्ने चतुर पाठाे रहेछ भन्थे । माैसम अनुसार चल्न सक्ने त लागेकाे थिएन , आफ्नाे गुह्य कुरा नचुहाउने गाँठाे रहेछ भन्थे । चामल दिई पिठाे साट्दा धेरै बाठाे रहेछ भन्थे ।
💢सुरेश चन्द्र घिमिरे।
पञ्चाङ्ग ०७
रत्तिभर नै सुद्धी नभएको लाठो रहेछ भन्थे । अपक्व साह्रै नै काँचो अनाडी पाठो रहेछ भन्थे । उमेर बढेर के गर्नु दिमाग बोधो भएपछि, कहिल्यै परिपक्व नहुने यो काठो रहेछ भन्थे । प्रगति र दुर्गतिको सिमाना आँठो रहेछ भन्थे ।
💢वसन्त अनुभव घोराही, दाङ।
पञ्चाङ्ग ०८
काेही देखिन्न कमजोर आज सबै बाठाे यहाँ । विज्ञानले बनाएको छ अत्याधिक टाठाे यहाँ । नैतिकता र कर्तव्यलाई थप्न सके त अझ , मणिमा सुगन्ध पस्थ्याे चल्दैनथ्याे है लाठो यहाँ । हर कार्यमा सिद्धि मिली फुक्दै जान्थ्यो गाँठाे यहाँ ।
💢भवानी घिमिरे , सर्लाही ।
पञ्चाङ्ग ०९
हेर्दा कमजोर संगतले बाठाे रहेछ भन्थे । प्रविधिको पहुँच ठाउँमा छ टाठाे रहेछ भन्थे । को भन्दा को कम छ आज बनाउदैछ समयले , सबैभन्दा जान्ने सुन्ने म भन्दा लाठो रहेछ भन्थे । बाँधिएको सम्बन्ध चुँडिएको गाँठाे रहेछ भन्थे ।
💢दुर्गा आचार्य, मोरङ ।
पञ्चाङ्ग १०
देख्दा बाठो रहेछ भन्थे । सानो पाठो रहेछ भन्थे । आगो पानी रहेर आज, मात्र टाठो रहेछ भन्थे । खाली लाठो रहेछ भन्थे ।
💢आर्त अकुलीन, कैलाली।
पञ्चाङ्ग ११
कसैले बाठो त कसैले लाटो रहेछ भन्थे । बुहारी खाउ कराईमा आँटाे रहेछ भन्थे। यस्तो पहिलाका बुहारीलाई भनिने शव्द , देख्नेले सासू बुहारीकाे फाटो रहेछ भन्थे । मनमा लागेकाे घाउको टाटो रहेछ भन्थे ।
💢सुमित्रा पोखरेल काठमाडौं।
पञ्चाङ्ग १२
हाम्रा बा लाई सोझो भए नि, लौ! बाठो रहेछ भन्थे । आँगनीमा उफ्री खेल्दा नि कस्तो पाठो रहेछ भन्थे । सुका मोहर पैसा गन्थे रुपैयाँ डालाेभरि भर्दै, अज्ञात पाराले घर सम्हाल्ने टाठो रहेछ भन्थे । तिहुन थापी विष्ट थोरै दिने काठो रहेछ भन्थे ।।
💢जमुना आचार्य, सिन्धुपाल्चोक।
पञ्चाङ्ग १३
ऑसु बगेर खोला भयो । ज्यान सुकेर तोला भयो । दुखैदुःखको जिन्दगानी , अरिङ्गालको गोला भयो । दुई दिनको चोला भयो ।
💢घनश्याम पौडेल, पोखरा ।
पञ्चाङ्ग १४
बुढाे विदेश उसकाे गाउँमा नाठाे रहेछ भन्थे। पहिलो भन्दा त त्यो दस कुना बाठाे रहेछ भन्थे। आफन्तकाे रतिभर डर नमानी निर्भीक हिड्ने , बाेलि वचनमा अलि कति टाठाे रहेछ भन्थे । उनको बुढाे धेरै साेझाे अनि लाठाे रहेछ भन्थे ।
💢सहयात्री शाेभा अर्याल, रुपन्देही १४ बुटवल।
पञ्चाङ्ग १५
गाउँ हुँदा तिमीलाई निकै नै बाठो रहेछ भन्थे। कहिले फुकाउन नसक्ने गाँठो रहेछ भन्थे। मानिस भए पछि काममा निरन्तर लाग्नु पर्छ, परिश्रम देखेर सबैले नै टाठो रहेछ भन्थे। कोही कसैले तिमीलाई साह्रै काठो रहेछ भन्थे ।
💢सुशीला पौडेल , काठमाडौं ।
पञ्चाङ्ग १६
ठूलो भइ आमालाई पाल्छु पक्कै हेर्नु होला । आफ्ना र आफन्तलाई हजुरले केर्नु होला । हेला गर्छन् आमालाई नहुने कुलाङ्गारले , पढ्नु अनि हजुर यो कुरालाई टेर्नु होला । अब देखि आफ्नो सोच समयमै फेर्नु होला ।
💢उत्तम शर्मा दर्शन।
पञ्चाङ्ग १७
चिन्ने जतिले तिमीलाई निकै बाठो रहेछ भन्थे। सामाजिक काममा लागि पर्ने टाठो रहेछ भन्थे। मानव भएर मानवता देखाउनु पर्छ हामी, मित्रताको फुकाउन नसक्ने गाँठो रहेछ भन्थे। सबैमा मित्रता कायम गर्ने पाठो रहेछ भन्थे।
💢ह्यारिस ह्यारिसन, काठमाडौं ।
पञ्चाङ्ग १८
तिमीलाई त सबैले निकै नै बाठो रहेछ भन्थे । तिमी र हरि फुक्नै नसकिने गाँठो रहेछ भन्थे । साथी भएपछि सधैंभरि साथहुनु पर्छ तिम्रो, तिम्रो मेहनत देखे सबैले टाठो रहेछ भन्थे । रिस गर्ने चै तिमीलाई साह्रै काठो रहेछ भन्थे ।
💢अनुप आचार्य, काठमाडौं ।
पञ्चाङ्ग १९
समयले सतायो गर्न नसक्दा सधैँ लाठो भन्थे । अबुझ प्राणी त होइन तर पनि त्यो पाठो भन्थे । व्यबहार मानवलाई गरिने कहिले भएन , तिक्तता जमिन घटेर होला कसैको आँठो भन्थे चलाख तीक्ष्ण बुद्धि भएको मनुष्य टाठो भन्थे।
कस्तो अक्षम बुद्धि नभएको काठो रहेछ भन्थे अरुलाई राय दिन नसक्ने पाठो रहेछ भन्थे मनुष्य भएपछि त हुनुपर्ने हो मिलनसार कहिले फुकाउनै नसकिने गाँठो रहेछ भन्थे अगाडी बढ्ने थिए तर अल्को आँठो रहेछ भन्थे।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग ०२
उस्को मुटु संग मेरो मुटु गाँठो परेछ। मेरो भन्दा उनको रगत टाठो परेछ।। चिनाजानि भर्खर मात्र भएको हो हाम्रो। उनीको घरका सबैजना बाठो परेछ।। त्यसैले गर्दा मेरो थाप्लोमा लाठो परेछ।।
💢मल्ल लक्ष्मी श्रेष्ट,मेची किनार बिर्तामोड झापा।
पञ्चाङ्ग ०३
मट्याङ्रिले प्रेम गरेकाे मान्छे बाठाे रहेछ भन्थे । देख्दा गाेज्याङ्ग्राे देखे पनि टाठाे पाे त रहेछ भन्थे। मान्छे राेज्न त त्याे महिला चतुर नै पाे रहिछे त । छाेरीकाे बाउ हातमा सुमर्ने लाठाे रहेछ भन्थे । कसैले त मट्याङ्रिलाइ उस्काे नाठाे रहेछ भन्थे ।
💢मधुसूदन प्रसाद घिमिरे,काठमाडौं ।
पञ्चाङ्ग ०४ १ दिनभरी पढिन्थ्यो भरे लोभी काठो रहेछ भन्थे दक्षिणा मात्र धेरै खोज्ने निकै बाठो रहेछ भन्थे पुरोहित यजमान सामु राम्रै पछि कुरा काट्न गाउँभरीमा सबैभन्दा आफैँ टाठो रहेछ भन्थे बाहुन सँग श्राद्ध गर्न पनि घाटो रहेछ भन्थे ॥ २ उनका छोरीका मुख हेर्दा त नाठो रहेछ भन्थे दक्षिणा गर्ने बेलामा पोकामा गाँठो रहेछ भन्थे त्यो बेला पुरोहितलाई पनि गाह्रो थियो अरे नी सानो गल्ति हुँदा केही नजान्ने पाठो रहेछ भन्थे पढायो घर फिरे पछि लोभी काठो रहेछ भन्थे ॥
💢गुणनिधि घिमिरे खान्द्रोङ्ग पाँचथर उर्लाबारी मोरङ हाल अमेरिका।
पञ्चाङ्ग ०५
सहयोगी बन्न सक्दछ हाम्रो टाठो रहेछ भन्थे, गाउँमा अाएको त्यो नयाँ मान्छे बाठो रहेछ भन्थे। दुःख सुखमा साथ दिनु मानवीय व्यबहार हो, धेरै विश्वास गर्नु हुदैन है काठो रहेछ भन्थे , बुझ्नै नसकिने जाली कुराको गाँठो रहेछ भन्थे।
💢होम प्रसाद नेउपाने धरान,सुनसरी ।
पञ्चाङ्ग ०६
गाउँका सबैजना इष्टमित्र टाठाे रहेछ भन्थे यत्रतत्र कुँद्नसक्ने चतुर पाठाे रहेछ भन्थे माैसम अनुसार चल्न सक्ने त लागेकाे थिएन अाफ्नाे गुह्य कुरा नचुहाउने गाँठाे रहेछ भन्थे चामल दिई पीठाे साट्दा धेरै बाठाे रहेछ भन्थे ।
💢सुरेश चन्द्र घिमिरे।
पञ्चाङ्ग ०७
रत्तिभर नै सुद्धी नभएको लाठो रहेछ भन्थे अपक्व साह्रै नै काँचो अनाडि पाठो रहेछ भन्थे उमेर बढेर के गर्नु दिमाग बोधो भएपछि, कहिल्यै परिपक्व नहुने यो काठो रहेछ भन्थे प्रगति र दुर्गतिको सिमाना आँठो रहेछ भन्थे ।
💢वसन्त अनुभव घोराही, दाङ।
पञ्चाङ्ग ०८
काेही देखिन्न कमजोर आज सबै बाठाे यहाँ । विज्ञानले बनाएको छ अत्याधिक टाठाे यहाँ । नैतिकता र कर्तव्यलाई थप्न सके त अझ , मणिमा सुगन्ध पस्थ्याे चल्दैनथ्याे है लाठो यहाँ । हर कार्यमा सिद्धि मिली फुक्दै जान्थ्यो गाँठाे यहाँ ।
💢भवानी घिमिरे , सर्लाही ।
पञ्चाङ्ग ०९
हेर्दा त कम्जोर छ संगतले बाठाे रहेछ भन्थे प्रबिधिको पहुच ठाउँमाछ टाठाे रहेछ भन्थे को भन्दा छ को कम बनाउदैछ आज समयले सबैभन्दा मै जान्ने सुन्ने भन्दा लाठो रहेछ भन्थे बाधिएको सम्बन्ध चुडिएको गाँठाे रहेछ भन्थे
💢दुर्गा आचार्य, मोरङ ।
पञ्चाङ्ग १०
देख्दा बाठो रहेछ भन्थे । सानो पाठो रहेछ भन्थे । आगो पानी रहेर आज, मात्र टाठो रहेछ भन्थे । खाली लाठो रहेछ भन्थे ।
💢आर्त अकुलीन, कैलाली।
पञ्चाङ्ग ११
कसैले बाठो त कसैले लाटो रहेछ भन्थे बुहारी खा कराईमा काठो रहेछ भन्थे यस्तो पहिलाका बुहारीलाई भनिने शव्द मायामा सधैं नाफा कहा घाटो रहेछ भन्थे मनमा कहिल्यै नखुल्ने गाँठो रहेछ भन्थे ।
💢सुमित्रा पोखरेल काठमाडौं।
पञ्चाङ्ग १२
हाम्रा बा लाई सोझो भएनी, लौ! बाठो रहेछ भन्थे आँगनीमा उफ्री खेल्दा नि कस्तो पाठो रहेछ भन्थे सुका मोहर पैसा गन्थे रुपैयाँ डालाडाला भर्दै अज्ञात पाराले घर सम्हाल्ने टाठो रहेछ भन्थे तिहुन थापी बिस्ट थोरै दिने काठो रहेछ भन्थे ।।
💢जमुना आचार्य, सिन्धुपाल्चोक।
पञ्चाङ्ग १३
ऑसु बगेर खोला भयो ज्यान सुकेर तोला भयो दुखैदुखको जिन्दगानी अरिङ्गालको गोला भयो दुई दिनको चोला भयो।
💢घनश्याम पौडेल, पोखरा ।
पञ्चाङ्ग १४
बुढाे विदेश रे उस्काे गाउँमा नाठाे रहेछ भन्थे अर्को भन्दा पनि त्यो दस कुना बाठाे रहेछ भन्थे। आफन्तकाे त~ हेरन कुनै पनि~ डर नभएर, बाेलि वचनमा अलि कति टाठाे रहेछ भन्थे उनको बुढाे धेरै साेझाे अनि लाठाे रहेछ भन्थे ।
💢सहयात्री शाेभा अर्याल, रुपन्देही १४ बुटवल।
पञ्चाङ्ग १५
गाउँ हुँदा तिमीलाई निकै नै बाठो रहेछ भन्थे। कहिले फुकाउन नसक्ने गाँठो रहेछ भन्थे। मानिस भए पछि काममा निरन्तर लाग्नु पर्छ, परिश्रम देखेर सबैले नै टाठो रहेछ भन्थे। कोही कसैले तिमीलाई साह्रै काठो रहेछ भन्थे ।
💢सुशीला पौडेल , काठमाडौं ।
पञ्चाङ्ग १६
ठूलो भइ आमालाइ पाल्छु पक्कै हेर्नु होला आफ्ना अनि आफन्तलाई हजुरले केर्नु होला हेला गर्छन् आमालाई कुनै कुनै कुलङ्गारले पढ्ने मात्र हैन हजुर यो कुरालाई टेर्नु होला अब देखि आफ्नो सोच समयमै फेर्नु होला।
💢उत्तम शर्मा दर्शन।
पञ्चाङ्ग १७
चिन्ने जतिले तिमीलाई निकै बाठो रहेछ भन्थे। सामाजिक काममा लागि पर्ने टाठो रहेछ भन्थे। मानव भएर मानवता देखाउनु पर्छ हामी, मित्रताको फुकाउन नसक्ने गाँठो रहेछ भन्थे। सबैमा मित्रता कायम गर्ने पाठो रहेछ भन्थे।
💢ह्यारिस ह्यारिसन, काठमाडौं ।
पञ्चाङ्ग १८
तिमी लाईत सबैले निकैनै बाठो रहेछ भन्थे, तिमी र हरि फुक्नै नसकिने गाठो रहेछ भन्थे साथि भए पछि सधैभरि साथहुनु पर्छ तिम्रो तिम्रो मेहनत देखे सबैले टाठो रहेछ भन्थे रिस गर्ने चै तिमीलाई साह्रै काठो रहेछ भन्थे । क 💢अनुप आचार्य, काठमाडौं ।
पञ्चाङ्ग १९
समयले सतायो गर्न नसक्दा सधैँ लाठो भन्थे अबुझ प्राणी त होइन तर पनि त्यो पाठो भन्थे व्यबहार मानवलाई गरिने कहिले भएन तिक्तता जमिन घटेर होला कसैको आँठो भन्थे चलाख तीक्ष्ण बुद्धि भएको मनुष्य टाठो भन्थे।
काठमाडौ, ०७ साउन । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर
social media
तस्बिरमा उदक लेखन अभ्यास शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू
[१] वर्षा हिलाम्मे बाटो गैह्री खेतको आभास ! ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
[२] सडक हिलोमा गाडी गाडीमा सुकिलो मान्छे ! ✍️ पशपती राई खोटाङ