• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

उदक यात्री सविता के.सी.का उत्कृष्ट उदकहरू

  • १० श्रावण २०७९, मंगलवार २१:४९ मा प्रकाशित
  • १
    सङ्घर्ष
    बाँच्नलाई परिश्रम
    जीवन पैसाको खेल !

    २
    विश्वास
    आत्माको महल
    घातले हुन्छ हलचल !

    ३
    महल
    सन्तुष्टिको छहारी
    खरको सानो झुपडी !

    ४
    छहारी
    शीतल चौतारी
    गर्मीमा हावाको वहाव !

    ५
    झरना
    पानीको वहाव
    पहाडबाट तल मैदानमा !

    ६
    क्षितिज
    जमिन जोडिएको
    नक्षेत्रमा एक पाइला !

    ७
    आशा
    छुन्छ रहर
    विश्वासको बलियो आधार !

    ८
    माया
    मनको खेल
    खन्याएर रित्तो नहुने !

    ९
    श्वास
    बाँचेको विश्वास
    दुखाइमा युद्ध बाँच्नलाई !

    १०
    मुकुण्डो
    बाहिरी आवरण
    च्यातिन्छ वास्तविकता देखिन्छ !

    • सविता के.सी., काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सविता के.सी.का उत्कृष्ट उदकहरू

    उदक यात्री निर्मला सुवेदीका उत्कृष्ट उदकहरू

  • १० श्रावण २०७९, मंगलवार २१:४६ मा प्रकाशित
  • १
    अधिकार
    देखाउने दाँत
    बङ्गाराको सधैँ खाँचाे !

    २
    विद्रोह
    जरुरी हुने
    हेपाइ सहनु कति ?

    ३
    विभेद
    अलग अलग
    गरिने झन मलजल !

    ४
    सम्मान
    लिनको लागि
    नितान्त दिन सिक्नुपर्ने !

    ५
    औकात
    तौलिन नसकिने
    दम्भको तराजुमा मात्र !

    • निर्मला सुवेदी, बागलुङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री निर्मला सुवेदीका उत्कृष्ट उदकहरू

    उदक यात्री मिलन केसीका उत्कृष्ट उदकहरू

  • १० श्रावण २०७९, मंगलवार १५:४१ मा प्रकाशित
  • १.
    शङ्का
    अविश्वासी मन
    अपत्यारिलो मनको बह !

    २.
    सपना
    देख्नु ठुलो
    नछाड्नु कहिल्यै अपूरा !

    ३.
    काम
    विना ठेगान
    विना हुन्छ्न् नाम !

    ४.
    बाटो
    अधुरो यात्रा
    टेक्ने ठाउँको पाटो !

    ५.
    मायालु
    मीठो आभास
    नपार्नु सधैँ लजालु !

    ✍️ मिलन के. सी.( थापा), पोखरा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री मिलन केसीका उत्कृष्ट उदकहरू

    बस्छन् मनैमा हरि – कविता

  • १० श्रावण २०७९, मंगलवार १५:३० मा प्रकाशित
  • अविचल आस्था मणि

    बस्छन् मनैमा हरि
    (शार्दूलविक्रीडित छन्द)

    १.
    आहा सुन्दरता विशेष लयको देखिन्छ मुस्कानमा
    बास्ना मग्मग फैलने कुसुमको भेटिन्छ उद्यानमा
    आँखामा अनुरागपूर्ण कविता लेखिन्छ रागात्मक
    पाखामा हरिया लता र लहरा छन् धेर भावात्मक
    २.
    पानी सिम्सिम बर्सिएर नभमा झुम्मी बसे बादल
    आँखामा ममता समुत्सुक कला काला थिए गाजल
    इच्छा भेट हुने थियोे अतलमा उद्वेगमा खुल्दुली
    यात्रामा अनुभाव भाव सुकिला, चढ्ने सकेमा चुली
    ३.
    स्रष्टाको छ मुहारमा मखमली मायाँ खुलेको पल
    द्रष्टा प्रेमिल छन् असाध्य सुखका ताना बुनी झल्मल
    अर्काको उपकारको मत मिल्यो, सौजन्यमा सार्थक
    भाषा मेलमिलापको छ गहिरो, लाग्ने अनेकार्थक
    ४.
    जो संकेत सशक्त धार कविता लेख्छन् रमाई कवि
    स्वेच्छामा शुभदा सदा विनयमा उक्ले उकालो छवि
    गर्ने आर्जन कीर्तिपूर्ण कविता लेख्ने कलापारखी
    पाएका अनमोल छन् हृदयमा साक्षी बनेकी सखी
    ५.
    गर्दैछिन् नखरा म पढ्छु कखरा यो प्रेम जम्मै भनी
    छायाँमा सविता उजागर गरिन्, सौन्दर्यमा जीवनी
    जिब्रो, ओठ चलाउँदै गजबले निम्त्याउँछिन् किन्नरी
    इच्छा सार्थक सोचसाथ गहिरो बस्छन् मनैमा हरि।

    अविचल आस्था मणि
    छाङ, म्याग्दे, तनहुँ, गण्डकी प्रदेश, नेपाल ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on बस्छन् मनैमा हरि – कविता

    उदक यात्री प्रेम थापाका उत्कृष्ट उदकहरू

  • ९ श्रावण २०७९, सोमबार ०७:२५ मा प्रकाशित
  • १.🇳🇵
    पक्षपाती
    नागरिकता विधेयक
    एकपछि अर्को राष्ट्रघाती !

    २.🇳🇵
    पतन
    विदेशीकै रटान
    यसरी हुँदैन जतन !

    ३.🇳🇵
    कुदृष्टि
    अगचको भेल
    कस्तो हुन्छ प्रविष्टि ?

    ४.🇳🇵
    मानिस
    नैतिकता बिर्सेर
    कुर्लन्छ छाती फुलाएर !

    ५.🇳🇵
    सङ्कलित
    मानव भयवित
    आखिर हुनुपर्ने दुखित !

    • प्रेम थापा, बागलुङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री प्रेम थापाका उत्कृष्ट उदकहरू

    उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

  • ९ श्रावण २०७९, सोमबार ०७:१९ मा प्रकाशित
  • १.
    नयन
    लजालु स्वभाव
    मन्द मुस्कान सहजता !

    २
    मोहित
    तानेको रूपले
    विना शृङ्गारको सुन्दरता !

    ३.
    फुलेको
    मन्द सुगन्ध
    मोहित बनाउने बगैँचा !

    ४.
    आत्मियता
    सुन्दर जोडी
    अनुपम चञ्चल स्वभाव !

    ५.
    सन्देश
    चेतनाको कमी
    हरेक घरमा आवश्यक !

    • दुर्गा आचार्य, मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

    पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु, १६ जना घाइते

  • ८ श्रावण २०७९, आईतवार १८:१२ मा प्रकाशित
  • साउन,बुटवल । पाल्पामा बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार बेलुकी ५ बजेतिर दुर्घटना भएको हो ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालयका इन्सपेक्टर वीरदत्त पन्तका अनुसार दुर्घटनामा ३ महिला र ३ पुरुषको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १६ जनाको उपचारका लागि तानसेन अस्पताल लगिएको छ ।

    मृतकको सनाखत हुन बाँकी रहेको तथा घाइतेको उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु, १६ जना घाइते

    झापामा तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत भेटिए

  • ८ श्रावण २०७९, आईतवार १२:१५ मा प्रकाशित
  • झापाको कचनकवल गाउँपालिकामा तीनजना किशोरीले एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

    कचनकवल गाउँपालिका- ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीले सामूहिक आत्महत्या गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

    दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए ।

    सामूहिक आत्महत्या गर्नेहरूमा कचनकवल- ५ निवासी पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेका छन् ।

    स्थानीयका अनुसार उनीहरू तीनैजना शनिबार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए । उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

    तीनैजना किशोरी चिया बगानमा काम गर्ने गरेका थिए । सामूहिक आत्महत्याको कारण भने खुलेको छैन । अहिले घटनास्थलमा प्रहरी खटाइएको डीएसपी पाठकले बताए ।

    यो घटनाले गाउँ नै शोकमा डुबेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on झापामा तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत भेटिए

    लघुकथाकार राई कृत लघुकथासङ्ग्रह ‘हाम्रो बाटो’को परिचर्चा कार्यक्रम

  • ७ श्रावण २०७९, शनिबार २३:४१ मा प्रकाशित
  • युवा लघुकथाकार म्यामराज राईको पहिलो लघुकथा सङ्ग्रह ‘हाम्रो बाटो’को आज परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सञ्चालित उक्त परिचर्चा कार्यक्रमको आयोजना नमस्ते आधुनिक लघुकथा मञ्चले गरेको हो ।

    नेपालको हतुवागढी भोजपुरमा जन्मेर हाल जापानलाई कर्मथलो बनाई राख्नुभएका राई अत्यन्त सशक्त नव लघुकथाकारको रुपमा परिचित हुनुहुन्छ । लघुकथाकार राईले लघुकथाका अलावा गजल, कविता, टुक्का कविता लगायतका साहित्यिक विधामा समेत कलम चलाउँदै आउनुभएको छ । उहाँ नमस्ते आधुनिक लघुकथा मञ्चको व्यवस्थापनमा रहेर लघुकथाको उन्नयनमा सक्रिय रुपमा लाग्दै आउनुभएको छ ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ लघुकथाकार तथा समालोचक प्रा. डा. कपिल लामिछाने, वरिष्ठ लघुकथाकार तथा समालोचक डा. विदुर चालिसे, वरिष्ठ लघुकथाकार तथा समालोचक डा. शङ्कर प्रसाद गैरे, वरिष्ठ लघुकथाकार तथा समालोचक डा. शेखरकुमार श्रेष्ठ र वरिष्ठ लघुकथाकार तथा समालोचक हरि प्रसाद भण्डारीले कृतिको परिचर्चा गर्नुभएको थियो ।
    हाम्रो बाटो लघुकथासङ्ग्रहमा समकालीन युगबोध, विषय चेत बोकेको लघुकथा सङ्ग्रह भएको परिचर्चाकारहरूले बताउनु भयो ।

    सङ्ग्रहमा सङ्ग्रहित लघुकथाका परिवेश स्वदेश (ग्रामिण र शहर ) र विदेश (जापान, अष्ट्रेलिया र कतार ) रहेको, कथामा मानव र मानवेत्तर पात्रहरूको कुशल ढङ्गले प्रयोग भएको, सरल रेखिय प्रणालीमा रहेको परिचर्चाकारहरूले उल्लेख गर्नुभयो ।

    साथै सङ्ग्रहले सामाजिक, राजनैतिक, शैक्षिक, स्वास्थ्य, कला संस्कृति लगायत बहुल विषयमा रहेका विकृति, बिसङ्गति माथि सरल एवं व्यङ्ग्यात्मक ढङ्गले कडा प्रहार गर्न सफल भएको छ । महिला हिंसा र वैदेशिक रोजगारमा जानेले भोग्नुपरेको पीडा अभिव्यक्त गर्नुका साथै विदेशका नागरिकमा देखिएको अनुशासन, कर्तव्यबोध चर्चा गरेको छ । विदेशमाझैँ नेपालमा पनि त्यस्तै हुनुपर्ने आशय सहितको सकारात्मक सन्देश दिन सफल भएको उहाँहरूले बताउनुभयो ।

    जापान जस्तो मुलुकमा बसेर अत्यन्त व्यस्तताको बावजुद पनि समय निकालेर नेपाली साहित्यमा गर्नुभएको योगदानको प्रशंसा गर्दै अझै त्यहाँको रहनसहन, वैज्ञानिक प्रणाली आदि समेटेर लघुकथा सृजना गर्न लघुकथारलाई परिचर्चाकारहरूले सुझाव दिनुभयो ।

    लघुकथाकार म्यामराज राई

    आजको परिचर्चा कार्यक्रम आफ्नो जीवनकै महत्त्वपूर्ण कार्यक्रम सावित भएको उल्लेख गर्दै हाम्रो बाटो लघुकथासङ्ग्रहका सर्जक म्यामराज राईले सम्पूर्ण परिचर्चाकारहरूमा आभार प्रकट गर्नुभयो । साथै उहाँले आज प्राज्ञिक व्यक्तित्वहरूबाट धेरै कुरा सिक्ने अवसर मिलेको पनि बताउनुभयो । यो अवसर जुटाइदिएकोमा अत्यन्त खुसी हुँदै नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष लगायत मञ्च परिवार प्रति आभार प्रकट गर्नुभयो ।

    मञ्चका उपाध्यक्ष शेखर अर्यालको सहजिकरणमा सञ्चालित उक्त परिचर्चा कार्यक्रममा परिचर्चाकारहरू प्रा.डा. कपिल लामिछाने, डा. विदुर चालिसे, डा. शङ्कर प्रसाद गैरे, शेखरकुमार श्रेष्ठ र हरि प्रसाद भण्डारीका साथै कृतिकार म्यामराज राई, घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’, रञ्जुश्री पराजुली, शेखर अर्याल, वसन्त अनुभव, नानी विबु, गणेश नेपाली, मीठुकुमारी पाठक, हेम पोखरेल, छायादत्त न्यौपाने, छविलाल खड्का, सि एन बन्जाडे, दिनानाथ पण्डित, महेश जिज्ञाशु, प्रकाश वाग्ले लगायतका लघुकथाकार/साहित्यकारको उपस्थिति रहेको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on लघुकथाकार राई कृत लघुकथासङ्ग्रह ‘हाम्रो बाटो’को परिचर्चा कार्यक्रम

    पञ्चाङ्ग चित्रपटको दोस्रो भाग सम्पन्न

  • ७ श्रावण २०७९, शनिबार १४:२९ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट
    =========

    पञ्चाङ्ग चित्रपट भाग:- २
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७९/०४/०५

    प्रशिक्षक :
    ————✍️
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    सुशीला पौडेल

    चित्र संकलन
    ———-
    सुशीला पौडेल

    शुद्धीकरण
    ————–
    भवानी घिमिरे
    सोमनाथ लुइटेल

    समायोजन
    ————-
    भवानी घिमिरे
    दुर्गा रिजाल आचार्य

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार 🙏हामी चित्रपट को अभ्यास” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको दोस्रो अभ्यासमा छौ।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै🙏

                 यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव  झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं  ।

    नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा  नाम ठेगाना सहित राख्नु हुन अनुरोध गर्दछौ

    पञ्चाङ्ग चित्रपट
    =========
    चित्रपट पञ्चाङ्ग   ०१

    पवित्र त्यो तिम्रो चरणमा पर्नु छ आमा ।
    तिम्रै साथमा महासागर तर्नु छ आमा ।
    देउता खोज्न मन्दिर जाँदा कहाँ पाईन्छ ,
    तिम्रो सेवा गरेर नै झोलि भर्नु छ आमा ।
    आशिर्वाद देउ सदा दु:ख हर्नु छ आमा।

    ✍️दुर्गा आचार्य, मोरङ।

    ,चित्रपट पञ्चाङ्ग   ०२

    निकै ठुला ती जँघार तर्नु छ आमा ।
    जीवनमा धेरै दुःख गर्नु छ आमा  ।
    हरेस् खाँदै रुन  हुन्न हामीले यहाँ ,
    सप्त रङ्गको सन्मार्ग भर्नु छ आमा ।
    तिम्रो आशिषले दुःख हर्नु छ आमा।

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।

    पञ्चाङ्ग   ०३

    आमाको मायामा सन्ततिले काख पाइन्छ ।
    बचेको ममताको मूल्यमा साख पाइन्छ ।
    जननी हुन् सन्तानको पीर व्यथा सहने ,
    सेवा गरेपछि आशिर्वाद लाख पाइन्छ ।
    मनमा श्रद्धा भएमा सधैँ दाख पाइन्छ ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” ।

    चित्रपट पञ्चाङ्ग    ०४

    पिलायौ दुधका धारा तिमीले
    लगायौ ऋणको भारा तिमीले
    सन्तानको  लागि  आफू मरेर
    फैलायौ सन्तति सारा तिमीले
    सिकायौ सम्पूर्ण पारा तिमीले ।

    ✍️गुणनिधि घिमिरे खान्द्रोङ्ग पाँचथर
    उर्लाबारी मोरङ हाल अमेरिका।

    चित्रपट पञ्चाङ्ग    ०५

    रुनु पर्दा एकान्तमा रुन्छिन् मेरी आमा ।
    दु:ख पिइ सुख पाेका फुन्छिन् मेरी आमा ।
    दायाँबायाँ  दुनियाँ याे आत्मसात  गर्दै ,
    समृद्धिका याेजना नि बुन्छिन् मेरी आमा ।
    थाेरै दिँदा  धेरै  खुसी हुन्छिन् मेरी आमा ।

      ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    चित्रपट पञ्चाङ्ग   ०६

    आकाश भन्छ बर्षा याममा रुनु पर्छ मैले ।
    बालाे भन्दैछ आमाको आँसु धुनु पर्छ मैले ।
    सबैले आफ्नो धर्म थामेका छन् धरातलमा,
    नेता भन्छ अब जननेता  हुनु पर्छ मैले ।
    एकताबाट आमाको दिल  छुनु पर्छ मैले ।

    ✍️भवानी घिमिरे, सर्लाही ।

    चित्रपट पञ्चाङ्ग   ०७

    सन्तान निरोगी राख्न भजन गुन्छिन् आमा।
    सन्तानको पीडामा सधैं दुःखी हुन्छिन् आमा।
    सन्तानको लागि बाटो देखाउने एक हुन् ,
    एक्लै हुँदा सन्तानको तस्बिर छुन्छिन् आमा।
    दु:ख पर्दा एकान्तमा बसेर रुन्छिन् आमा ।

    ✍️सुशीला पौडेल काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग    ०८

    आमाको नासो ओठको हाँसो सजाऊ सधैँ ।
    कोखको  नाम  इज्जत  तिम्रो बचाऊ सधेँ ।
    आँशुको सप्को  हालेर   मेरो बचायौ प्राण ।
    जीवन  नासो  दिएर  गयौ  हँसाऊ   सधैँ ।
    ममता  मीठो  जीवन  सार  नचाँऊ  सधैँ।

    ✍️सरिता काफ्ले कोहलपुर बाँके।

    चित्रपट  पञ्चाङ्ग ०९

    आमा सम्झिदा झसङ्ग हुन्छु म।
    मध्य रातमा तस्बिर छुन्छु म।
    आमाको माया निस्वार्थ सबैमा,
    यादमा कहिलेकाहीँ रुन्छु म।
    आमाको कुरा मनमा बुन्छु म।

    ✍️ह्यारिस ह्यारिसन, काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग   १०

    तिरेर तिर्न सकिन्न दुधकाे धारा आमाको ।
    लाग्छ मलाई ऋणको हजारौं भारा आमाको।
    खाई नखाई दुःख गरेको सधैँ तिमीले हो,
    उज्यालो बाटो देखाउने काम सारा आमाको ।
    चर्किदैन कहिले रिसकाे त्यो पारा आमाको।

    ✍️सहयात्री शोभा अर्याल, रुपन्देही १४ बुटवल।

    चित्रपट पञ्चाङ्ग    ११

    समाजलाई परिवर्तन गर्नु छ आमा ।
    ज्ञानको ज्योति सबै तिरनै छर्नु छ आमा ।
    सत्कर्म,मार्ग दर्शन दिने हजुर नै हो ,
    कति कठिन खुड्किलाहरु झर्नु छ आमा ।
    जीवन सुकर्म गर्दा गर्दै मर्नु छ आमा ।

    ✍️अनुप आचार्य, मोरङ ।

    चित्रपट पञ्चाङ्ग   १२

    आमा तिम्रा असहायपनका  मेरा सारथी गुन तिर्नेछु म ।
    तिम्रा लागि पर्यो भने झोली बोकेरै मुग्लान पनि छिर्नेछु म ।
    आमा मलाई जन्म दियौ केहिले कमी नपारी आँसु पुछ्नेछु ,
    जतिसुकै अनर्थ परिणाममा गिर्न परे पनि गिर्नेछु म ।
    दुनियाँका नजर र अपशब्द टपक्कै टिपेर चिर्नेछु म ।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक।

    चित्रपट पञ्चाङ्ग   १३

    आफू बायाँ जाँदा याे स्नेह पनि बायाँ हुन्छ ।
    आफू दायाँ जाँदा त दृष्टि पूरै दायाँ हुन्छ ।
    बुढेसकालमा नि कहिल्यै पर    नगरे,
    तिनकै आसिक शीतल दिने छायाँ हुन्छ ।
    सबै भन्दा प्याराे आफ्नै आमाकाे माया हुन्छ ।

    ✍️गिरिराज डल्लाकोटी, चितवन।

    चित्रपट पञ्चाङ्ग   १४

    तिम्रो दुधको भार तिर्नेछु आमा ।
    धन  कमाई  घर  फिर्नेछु आमा ।
    सानै छु अहिले ठुलो  भएपछी ,
    मेहनतले  दुख  चिर्नेछु  आमा ।
    तिम्रा लागि म हद गिर्नेछु आमा । ।

    ✍️बुद्धिमान  दनुवार , सुरुङ्गा ४ झापा।

    चित्रपट पञ्चाङ्ग   १५

    अन्याय अत्याचार गर्न दिन्न आमा ।
    वैरीकाे  वक्रदृष्टि  पर्न   दिन्न  आमा ।
    अमृत दुध खुवायाै , जीवन दियाै ,
    तिम्राे आँखामा आँसु झर्न दिन्न आमा
    बिचल्ली  बनाएर  मर्न  दिन्न  आमा  ।

    ✍️श्रद्धा आचार्य , पोखरा।

    चित्रपट पञ्चाङ्ग    १६

    सँगसँगै बाँचौला त सँगसँगै मरौंला नि आमा ।
    जति दु:ख परे पनि सँगसँगै गरौंला नि आमा ।
    दु:खी बनेर त्यो अश्रु धारा कहिल्यै नबगाउनु ,
    आँटो पिठो खाएर पनि त पेट भरौंला नि आमा ।
    सँगै लेक अनि सँगसँगै बेसी झरौंला नि आमा।

    ✍️मन्दिरा सेढाई, मलेखु,धादिङ ।

    चित्रपट पञ्चाङ्ग     १७

    यो  माया ममताको छहारी दिनु नरुनु है आमा ।
    दु:ख भयो भनी तिमीले निरास नहुनु है आमा ।
    संघर्ष  गरेर  अगाडि बढ्नु   छ  अझ झन धेरै ,
    आँसुले नि त्यो  परेली कति पनि नधुनु है आमा ।
    हाम्रो भाग्य यस्तै हो अरुको धन नछुनु है आमा।

    ✍️रितु बुढाथोकी।

    चित्रपट पञ्चाङ्ग   १८

    नरोऊ आँसु नझार म छु नि आमा ।
    मन दुर्बल नपार म छु नि आमा ।
    भन त म कसरी देखुँ तिम्रा आँसु ,
    हेर मुख बारम्बार म छु नि आमा                                     
    उचाल्न गहृुङ्गो भार म छु नि आमा ।

    ✍️केशव न्यौपाने सानु
    बेलकोटगढी न पा ७ नुवाकोट।

    चित्रपट पञ्चाङ्ग    १९

    धेरै चिन्तित र दुःखी नहुनु मेरी आमा ।
    पिर लिएर ललाट नछुनु मेरी आमा ।
    तिम्रो मुहार हँसाउने अठोट छ मेरो ,
    सधैँ आँसुले मुहार नधुनु मेरी आमा ।
    रोएको धेरै भो अब नरूनु मेरी आमा।

           🇮🇳अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    चित्रपट पञ्चाङ्ग   २०

    सानै देखि दु:ख कष्ट गरेको छु आमा।
    कन्दमूलले नि पेट भरेको छु आमा
    आमा गुमाउनुको पीडा ताजै छ अझै,
    तिमी  नभएछि अन्तै सरेको छु आमा ।
    जिउनको लागि धेरै झरेको छु आमा ।

    ✍️दुर्गा भट्टराई, मोरङ ।

    चित्रपट पञ्चाङ्ग    २१

    बुढेसकाल नि लाग्दैछ बाबु ।
    बिस्तारै बल त भाग्दैछ बाबु ।
    शक्ति र बलमा रहेछ सबै ,
    अब त रोग पो जाग्दैछ बाबु ।
    तनले ओखती माग्दैछ बाबु ।

    ✍️गिता अर्याल, बाँके नेपालगन्ज ।

    चित्रपट पञ्चाङ्ग    २२

    नरोउन आमा आँखाबाट पानी निकालेर
    मलाई जन्माई हुर्कायौ जवानी निकालेर
    यस्तै रहेछ हाम्रो भाग्य गरिव भैयो आज
    कति रुन्छौ बितेका दिन हानी  निकालेर
    माया ममता सकिन्न आमा खानि  निकालेर।

    ✍️मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार
    बिर्तामोड झापा

    चित्रपट पञ्चाङ्ग    २३
    १
    दुःख दिने शत्रुहरु ती सबै ढाल्नु पर्छ आमा ।
    कमजोरी कुविचार र चिन्ता फाल्नु पर्छ आमा ।
    हामी दुबै मिलेर हाम्रा अब चलाउँ पाखुरी,
    आफ्नो ज्ञान विचारमा कदम चाल्नु पर्छ आमा।
    जागेर समाजमा आगो अब बाल्नु पर्छ आमा।
    २
    चाहन्छु म ए !आमा आँसु नबगाए हुन्थ्यो ।
    छाडेर रुन पकाएर भात खाए हुन्थ्यो ।
    आमा छोरा रमेर बस्न कहिले पाउँला ,
    हामीलाई नै यस्ता संकट नआए हुन्थ्यो ।
    कमाई देखाएर हँसाउन पाए हुन्थ्यो ।

    ✍️होम प्रसाद न्यौपाने ।

    चित्रपट पञ्चाङ्ग    २४

    आमा सुखको दिन समाउँछु तिम्रो आशिर्वाद पाएँ भने ।
    म आँखाको आँसुमा जमाउँछु तिम्रो आशिर्वाद पाए भने ।
    सानु छँदा तिमीले धेरै दुःख झेलेकी छौ मलाई थाहा छ ,।
    आफ्नो भाग्यमा आफैँ रमाउँछु तिम्रो  आशिर्वाद पाएँ भने ।
    केही गरेर नाम कमाउँछु तिम्रो आशिर्वाद पाएँ भने ।

    ✍️अम्विका अधिकारी, झापा विर्तामोड।

    चित्रपट पञ्चाङ्ग   २५

    आमाको ॠण म कसरी  तिर्न सक्छु ।
    मैले  कसरी  आमालाई   पिर्न सक्छु ।
    तिम्रो कोखकाे भएर धर्तीमा आएँ ,
    तिमी छोडेर अन्त कहाँ छिर्न सक्छु ।
    अरुको माया त्यसै कहाँ भिर्न सक्छु ।

    ✍️भावना न्यौपाने, काठमाडौं ।

    चित्रपट  पञ्चाङ्ग    २६

    मलाई त बिस्तारै रोग  लाग्दैछ आमा ।
    बल बैँसले जति सबै नाग्दैछ आमा ।
    दैव नै लागेपछि ठुलो सानो भनेन ,
    छिटो मिठो यो नै वनले माग्दैछ आमा ।
    कठिन अवस्थामा दिन भाग्दैछ आमा ।

    ✍️कमला पाण्डे पराजुली, झापा चारआलि ।

    चित्रपट पञ्चाङ्ग  २७

    आमाको जस्तो त माया अन्त कहाँ पाइन्छ र ।
    बाबाको जस्तो त छायाँ अन्त कहाँ पाईन्छ र ।
    आमा धर्ती र बाबा आकाश हुन बुज्नु पर्छ ,
    ममताको मिठो साया अन्त कहाँ पाईन्छ र ।
    दु: ख सुख  दायाँ बायाँ अन्त कहाँ पाईन्छ र ।

    ✍️चेतना पोखरेल, मोरङ

    चित्रपट पञ्चाङ्ग     २८

    नबगाऊ अश्रुधारा छोरो हेरी पाल आमा
    गरिबी र दरिद्रता पोको पारी फाल आमा ।
    जीवनमा जागा बसी मीठो स्वप्न साँच्नु पर्छ
    गौतम बुद्द बनेर शान्ती बाल आमा
    राहदानी बोकी खाडी हिडे हुन्छ जाल आमा ।

    ✍️कल्पना पहाडी , सिन्धुली

    चित्रपट पञ्चाङ्ग   २९

    दुख कष्ट घट्ला कि त? गुन्छिन् मेरी आमा ।
    ढिकी, जाँतो, डोका डाला, बुन्छिन् मेरी आमा ।
    बालकै छु सघाउन के नै गर्न सक्छु ?
    भित्री पीडा आँसु झार्दै, धुन्छिन् मेरी आमा ।
    गरिबीले सताएर, रुन्छिन् मेरी आमा ।

    ✍️दुर्गा अधिकारी भमरकोटे ।

    चित्रपट पञ्चान्ङ्ग    ३०

    हाम्रो साहारा को छ आमा
    तिमी मै सारा को छ आमा
    हामी दुई  जीउला सङ्गै
    भोक आहारा को छ आमा
    देखियो पारा को छ आमा ।

    ✍️सुमित्रा पोखरेल काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग    ३१

    मेराे बचनले देह कहिलै सुकाउन नपरोस् ।
    पापको भारी बोकी याे छातीमा लुकाउन नपरोस् ।
    रम्य संसारमा जन्म दिएर पुण्य कमाउनु भयो ,
    दुधको धारा गुन मैले आँसु चुकाउन नपरोस् ।
    तिम्रो स्वाभिमानको लागि शिर झुकाउन नपरोस् ।

    ✍️अग्नी सुनुवार – “अबसु”
    >>>> सिन्धुली <<<<

    चित्रपट पञ्चाङ्ग    ३२

    उकाली बाटो गाउँ सहर आमा नै महान ।
    गरेकी पूरा सबै रहर आमा नै महान ।
    सुख र दु:ख सहेर पनि त्यो घर बनाइन्,
    मायाको सारा आफै नहर आमा नै महान ।
    सबैले बुझे हुन्छ ठहर आमा नै महान ।

    – ✍️आर्त अकुलीन, कैलाली।

    चित्रपट पञ्चाङ्ग   ३३

    सधैँभरि आँखाबाट आँसुको सागर नबगाउन आमा ।
    मलाई हेरी आफ्ना मनका सारा पीर नसकाउँन आमा
    सधैँभरि दुःख हुन्न जिवनमा सुख पनि त आउनेछ ,
    तिम्रो दुःख म लिन्छु अब आँसुले चोली नसजाउन आमा ।
    मेरो संसार तिमीनै हौ मायाले काखमा बसाउन आमा ।

    ✍️देवकी के. सी.
    दक्षिणकाली,काठमाडौ।

    चित्रपट पञ्चाङ्ग    ३४
    १
    नरुनु आमा भविष्यमा पाल्ने म छदैछु।
    तिमी बिरामी हुँदा चूल्हाे बाल्ने म छदैछु।
    जति दु:ख भएपनि म ठुलाे  हुने नै हाे ,
    पछि भाेकाे पेटमा अन्न हाल्ने म छदैछु।
    याे दुश्मन गरीबीलाई फाल्ने म छदैछु।
    २
    गरिबबाटै सब‌ै धनी भएका हुन् आमा।
    धनी हुन नि मेहनत गरेका हुन् आमा।
    म पनि पढेर ठुलाे हुने काेशिस गर्दैर्छु
    जे पर्छ दु:ख सब‌ैले सहेका हुन आमा
    मान्छे सबै नै आशामा बसेका हुन आमा ।

    ✍️नवराजभट्ट,महेन्द्रनगर, कञ्चनपुर

    चित्रपट पन्चाङ्ग    ३५

    नरुनुहोस् आमा यसरी रुनु हुँदैन ।
    हरपल आँखा आँसुले धुनु हुँदैन ।
    हजुरको दु:ख पीडा अवश्य हर्नेछु ,
    भरोसा राख्नू ममा दु:खी हुनु हुँदैन ।
    सकभर समस्या देखाउनु हुँदैन ।

    ✍️वसन्त अनुभव, दाङ ।

    चित्रपट पञ्चाङ्ग   ३६

    धेरै आँसु बगायाै आमा पुछाैँला अब मैले ।
    कति दुःख भाेगेकी छाै देखेकाे छु सब मैले ।
    भगवानकाे  रुप आमा  संसार  देखाउने ,
    सन्तान भई  कर्तव्य निभाउँला तब मैले।
    दशधारा दुधकाे त्याे ऋण तिर्छु जब मैले ।
    ✍️ ताराप्रसाद चापागाईं
    धुनिबेसी

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपटको दोस्रो भाग सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P