वसन्त अनुभवसँग मेरो साक्षात् भेट भएको छैन । वसन्तजी दाङ जिल्लाको घोराही सदरमुकामबासी भनेर जानेपछि मलाई अन्यतम् मित्र भएझैँ लाग्यो । किनभने म घोराही नजिक तुल्सीपुरमा बसेर कोभिड-१९ को पहिलो चरणका दिनहरू बिताएको छु । वसन्तजीलाई मैले लघुकथा, टुक्का, मुक्तक विधाका पेजहरूमा भेटेको हो । उहाँ प्रतिष्ठित साहित्यकार हुनुहुन्छ । टुक्का साहित्यका अग्रणी सर्जक भएको म राम्रो जान्दछु ।
आज मलाई वसन्त अनुभवले लेखेको लघुकथा उज्यालो नेपाल पढेपछि मनमा उब्जिएका केही टिप्पणी राख्न मनलाग्यो । लघुकथामा राम्रो दखल लिईसक्नुभएका लघुकथाकारहरूमा वसन्त अनुभवको स्थान अघिनै आउँछ भन्ने मलाई लागेको छ । समाजमा घटिरहेका घटना, राजनीति, पारिवारिक समस्या, सामाजिक चालचलन आदि इत्यादि विषयमा वसन्त अनुभवका कथा सजिव छन् भन्ने मेरो बुझाई छ ।
स्रष्टाले कहिलेकाहीँ समसामयिक घटनाका रुपमा भिन्न दृष्टि निक्षेप गर्नु पनि स्वभाविक हो । कुनै कुनै यस्ता विषयहरूमा स्रष्टाले रचना सृष्टि गरिदिन्छन् जसले पाठकलाई चकित तुल्याउने गर्छ । मेरो बुझाईमा वसन्त अनुभवको “उज्यालो नेपाल” लघुकथा त्यस श्रेणीमा पर्छ; जुन कथा भिन्न सोचमा लेखिएको हुन्छ । विसङ्गतिका पनि आआफ्नै गौंडा हुन्छन् । एउटै कुरा मात्र स्थायी नहुनु स्वभाविक छ । विकासले पनि नयाँ नौला समस्या ल्याएको हुदैन भन्न सकिदैन । यस अर्थमा वसन्त अनुभवको कथा उज्यालो नेपाल लघुकथा पाएको छु ।
कथा अनुसार शीर्षक सटिक छ । स्रष्टाले आफ्नो देश प्रगति पथमा देखेका छन् । र सम्पूर्णमा एउटा कुरामा देशलाई उज्यालोको पक्षमा देखेका छन् ।
कथावस्तु राम्रो छ । मन्त्रीले आफ्नो जिम्मेवारी पुरा गरेका छन् । विजुली उत्पादन गरेका छन् र भारतमा समेत बेचेका छन् । यही समय मन्त्रीले देश बिजुलीमा आत्मनिर्भर भैसकेको, लोडसेडिङ नहुने र अब चौबिसै घण्टा बिजुली उपलब्ध हुने भाषण दिदैँ गर्दा बिजुली जान्छ र लाउडस्पिकरले काम नगर्ने हुन्छ । उनले जुँगामा ताउ लाउँदै भनेको भाषण बिजुली गएपछि असत्य हुन पुग्दा मन्त्री आफ्ना आयोजक प्रति खनिन्छन् र भन्छन्, विकल्प व्यवस्था गर्नुपर्थ्यो, चार्जेबल लाइट, ब्याट्रीको व्यवस्था गर्नु पर्थ्यो । यो लापरवाही गरेको भन्छन् ।
“लोडसेडिङ मुक्त नेपाल’ घोषणामा जुटिरहेको थियो ।” यस वाक्यले सत्य प्रमाणित गरिरहेको देखिन्छ । “उर्जा मन्त्रीले जुङ्गामा ताउ लगाउँदै भने ।” र “अब यो लोडसेडिङ भन्ने शब्द नै हराएर जानेछ ।” जस्ता वाक्यहरू लघुकथामा शसक्त बनेका छन् ।
हुनसक्छ देश केही कुरामा अघि बढ्दैछ । स्वीकार गर्नु/नगर्नु आफ्नो ठाउँमा छ । बिजुली उत्पादनमा देशले सबल पक्ष ल्यायो तर व्यवस्थापन मिलेन । यो स्वभाविक हो ।
कथामा देखिनसक्ने विसङ्गतिहरूमा के देखिन्छ भने लघुकथाको कथावस्तुमा उद्धृत वाक्य “उर्जा मन्त्रीले जुङ्गामा ताउ लगाउँदै भने” भन्नुको अर्थ अर्को पनि नलाग्ने होइन । यसको अर्थ आडम्बरी पनि हुन्छ । मन्त्रीले घमण्ड गरेको भन्ने पनि बुझ्नमा आएको छ ।
यसरी यो कथा द्वन्दका माझमा छैन भनेर भन्न सकिदैन । कथाकारले यस द्वन्दलाई हटाउन सक्ने एकतर्फि बुझाउने शब्द वा वाक्यको प्रयोग गर्न सक्नु भए अझ स्पष्ट हुन सक्ने छ ।
वसन्त अनुभवबाट सत्य र यथार्थ परक लघुकथा आईरहून् । शुभकामनासहित मैले मेरा पाठकीय दृष्टिले देखेका कुरा राख्ने प्रयास गरेँ ।
**************************
लघुकथा : उज्यालो नेपाल ✍️ वसन्त अनुभव
खुला मञ्चमा भव्य कार्यक्रमको आयोजना गरिएको थियोे । सरकार ‘लोडसेडिङ मुक्त नेपाल’ घोषणामा जुटिरहेको थियो ।
“नेपाल बिजुली बत्तीमा आत्मनिर्भर भइसकेको छ । यस वर्ष …… मेघावाट बिजुली त हामीले छिमेकी मुलुक भारतमा मात्र निर्यात गर्यौँ ।” उर्जा मन्त्रीले जुङ्गामा ताउ लगाउँदै भने ।
“अब यो लोडसेडिङ भन्ने शब्द नै हराएर जानेछ । चौबिसै घण्टा उज्यालो हुनेछ । तपाईंहरू जतिसक्दो धेरै विद्युत खपत गर्नोस् । विद्युत महसुल पनि घटाउँछौँ …… ।” मन्त्री माइकमा बडो जोसका साथ बोल्दै थिए । बत्ती झ्याप्प गयो । माइक पनि बन्द भयो ।
“यस्तो विशेष कार्यक्रममा चार्जेबल लाउडस्पिकर ल्याउनु पर्दैन् ? वैकल्पिक ब्याट्रीको व्यवस्था गर्नु पर्दैन् ? लापरबाही गर्नुको पनि हद हुन्छ नि, यार !” मन्त्रीज्यू आयोजक तर्फ खनिँदै थिए ।
शुद्धीकरण ————– भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
सङ्कलक :- ———- दुर्गा आचार्य & भवानी घिमिरे
समायोजन ————- सोमनाथ लुइटेल “रवि पाल्पाली”
अभ्यास संरचना ————
पञ्चाङ्गको संरचना :-
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ? —————- पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनुपर्छ । जस्तै :-
उठान गर्दा विषय वस्तुसँग सम्बन्धित हुनुपर्छ ।
नेपाललाई हेर्ने आमाको नै नजर चाहिन्छ अब [१] कहिले नमेटिने इच्छाशक्ति अजर चाहिन्छ अब [२]
——————————– तेस्रो लाइनले माथिको १,२ लाई बिस्तार गर्नुपर्छ
लोकतन्त्र गणतन्त्रले हाम्रो प्रजातन्त्र नै नासियो [३]
———————————
१,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ ।
कहिले सूचना आउँछ बज्ने गजर चाहिन्छ अब [४] हामीलाई नेपाल बचाउने त्यो जर चाहिन्छ अब [५] ————————————– अनुप्रास :- ——- इच्छा अनुसार ।
स्थायी:- —— इच्छा अनुसार ———-
चित्रपट पञ्चाङ्ग ०१
नेपाललाई हेर्ने आमाको नै नजर चाहिन्छ अब। कहिले नमेटिने इच्छाशक्ति अजर चाहिन्छ अब। लोकतन्त्र गणतन्त्रले हाम्रो प्रजातन्त्र नै नासियो , कहिले सुूचना आउँछ बज्ने गजर चाहिन्छ अब। हामीलाई नेपाल बचाउने त्यो जर चाहिन्छ अब।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।
चित्रपट पञ्चाङ्ग ०२
हे मेरी आमा ,आमाको माया सुन्दर नेपाल । लेक र बेंसी घाम र छाया सुन्दर नेपाल । विश्वमा मेरो सुन्दर देश पहाड तराई , मै मरी मेट्छु घोटेर काया सुन्दर नेपाल । नगरौँ साथी लौ दायाँ बायाँ सुन्दर नेपाल ।
💢 गुणनिधि घिमिरे, दमक झापा ।
चित्रपट पञ्चाङ्ग ०३
मेरो देश र म जन्मेको माटो प्यारो । मेरो भेष र म हिँडेको बाटो प्यारो । नेपाल आमा तिमी मेरो जन्मभूमि, मेरो आफ्नै छ धड्कनको पाटो प्यारो । खोट र चोटले दुखेको खाटो प्यारो ।
💢भवानी घिमिरे, सर्लाही ।
चित्रपट पञ्चाङ्ग ०४
जन्मेको ठाउँ आमाको काख,बसेर हाँसौला। हिमाली पाखा तराई फाँट,पसेर हाँसौला । रक्षक बन्छु आमाको निम्ति पहरा छहरा, पसिना सरी हिलो र माटो घसेर हासौला । आमाको छाती अँगालो भित्र कसेर हाँसौला।
💢होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
चित्रपट पञ्चाङ्ग ०५
सेलिब्रिटीबाटै लुटिएछन् चेली। आफ्नैहरूबाट कुटिएछन् चेली। विस्वास अब यहाँ कस्को गर्नु र, आफू आफूभित्रै फुटिएछन् चेली। सँगै जानु पर्दा छुटिएछन् चेली।
💢घनश्याम पौडेल, पोखरा ।
चित्रपट पञ्चाङ्ग ०६
विश्व जगतमा छ तिम्रो, भाउ कतिकति । तिमीलाई हडप्ने यहाँ, दाउ कतिकति। आफ्नै कोखबाट कपूत,जन्मायौ तिमीले, आज तिनैले दिएकाछन्,घाउ कतिकति । शरिरमा चिमोटिएका, ठाउँ कतिकति।
गाउँ सहर बाटो आमाको माया । सुगन्धी लाग्ने माटो आमाको माया । जन्मभूमि प्यारो नलाग्ने को छ र ? सिक्काको दुई पाटो आमाको माया । स्वच्छ प्रेमको टाटो आमाको माया ।
💢आर्त अकुलीन, कैलाली ।
चित्रपट पञ्चाङ्ग ०८
यहीँ माटोमा रोपेर पसिना अन्न भण्डार भर्न पाऊ। आमालाई आईपर्ने आपत विपत सारा हर्न पाऊ। राष्ट्रभक्ति अँगालेर मायागरि शान्ति सुरक्षा गराई, झरना यी खोला छहरा जङ्घार सर्दै सदै तर्न पाऊ। पिएर जल नेपाल आमा म तिम्रै काखमा मर्न पाऊ !
💢बिबस पारदर्शी, भद्रपुर झापा ।
चित्रपट पञ्चाङ्ग ०९
नेपाल आमाको काखमा हुर्केर बढेको मान्छे। यो देशको मीठो छापमा हुर्केर बढेको मान्छे। गाउँबेंसी खोला नाला बाढी पैर्हो प्रकृति यो हो, वन जंगल हराभरा रापमा हुर्केको मान्छे। सदाबहार नै साँघुरो तापमा हुर्केको मान्छे ।
💢अम्बिका अधिकारी, झापा विर्तामोड ।
पञ्चाङ्ग १०
शव्दमा मात्रै होइन देशको माया गर्न भाव चाहिन्छ । हरेकलाई जागृत गराइरहने प्रभाव चाहिन्छ। दुश्मन त भाइ भाइमा फुट पैदा गराउन खोज्छ नि, तर ज्ञानी सन्तानहरु बिचमा सधैँ सद्भाव चाहिन्छ । देशको लागि शिर दिनुपर्छ स्वार्थमा अभाव चाहिन्छ।
💢पशपति राई, खोटाङ ।
पञ्चाङ्ग ११
नेपाल आमाको माया कति छ कति , बुझ्नुहोस् । देख्छौ देशका नेताको बिग्रेको मति , बुझ्नुहोस् । वीर गोर्खालीका सन्तान ,हेर्नुहोस् आजभोलि , कता तिर लम्किदैछ देशको गति , बुझ्नुहोस् । सिध्याइ सके देशको ढिकुटी जति , बुझ्नुहोस् ।
💢बुद्धिमान दनुवार, सुरुङ्गा ४ झापा ।
पञ्चाङ्ग १२
म जहाँ जाउँ मलाई मेरै देश प्यारो लाग्छ। मेरो यो मातृभूमि भन्दा अरु अँध्यारो लाग्छ। लुटेराहरुले आफ्नै देश टुक्रा पारेर हो, जो कोहीलाई भन्न पनि सारै अफ्ट्यारो लाग्छ। मलाई मेरै भुमि सबै भन्दा पत्यारो लाग्छ।
💢मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार बिर्तामोड झापा ।
पञ्चाङ्ग १३
आमाको काखमा निदाउँन मन छ आमाको काखमा स्वर्गसरी धन छ नरूवाऊ है जन्मभूमिलाई तिमी यहीँ माटोमा धेरै ठु- ठुला वन छ जे रोप्यो त्यही फल्ने माटोको पन छ
💢सुमित्रा पोखरेल, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग १४
हेआमा नेपाल ,जन्मे म काखको माया पाएर। सम्झना आउँछ नेपाल तिम्रै छाया पाएर। जीवन भर बस्ने छु आमाकै छत्रछायामा, बैरी नै आओस् लड्ने छु अमाको काया पाएर। बस्छु शिर नझुकाई म आमा दायाँ पाएर।
💢बेदु न्यौपाने काठमाडौ ✍️ ।
चित्रपट पञ्चाङ्ग १५ [१] प्याराे लाग्छ मलाई बाटाे आमाको। आफैमा समुधुर माटाे आमाको। आफ्नै जन्मभूमि राम्रो हुन्छ धेरै, एक थरकाे दुई पाटाे आमाको। अमर प्रेमकाे याे टाटाे आमाको। [२] सुन्दर हरभरा आमाको ठाउँ धेरै छन्। तिम्रो मात्रै हजारौं हजार नाउँ धेरै छन्। कस्त नालायक, नबुझ्ने जन्मियाे सन्तान, मुटुभित्र बल्झिएका कति घाउ धेरै छन्। तिमीलाई लताउने खाेज्ने दाउ धेरै छन् । [३] आमा तिम्रो याे काख बसेर खेलाैला। सधैंभरि मायामा पसेर खेलाैला। खुशी हुन्छु दिनहुँ शरण परेर, हजुरकाे अँगालो कसेर खेलाैला। हिलाे माटाे पसिना घसेर खेलाैला।
💢सहयात्री शाेभा अर्याल, रुपन्देही १४ बुटवल।
चित्रपट पञ्चाङ्ग १६
नेपालीको आमा हाँसेको हेर्नुछ मलाई। चारैतिर प्रेम गाँसेको हेर्नुछ मलाई। स्वच्छ छवि भएको नेतालाई जिताएर, नेपालको नक्सा टाँसेको हेर्नुछ मलाई । वैरीहरुलाई नासेको हेर्नुछ मलाई।
💢सरस्वती श्रेष्ठ, इटहरी ।
चित्रपट पञ्चाङ्ग १७
तिम्रै वात्सल्यमा बसी कर तिखार्ने मन छ । पानी चुहिने छानोमा खर तिखार्ने मन छ । हेर ! तिम्रा सन्तानमा हर रोदन होइन , समायोजन हेरी रहर तिखार्ने मन छ । आकाश मुनि बस्तीका चर तिखार्ने मन छ । ✍️✍️ 💢जमुना आचार्य, सिन्धुपाल्चोक ।
चित्रपट पञ्चाङ्ग १८
नेपाल आमा तिमीलाई अँगालोमा बेरी रहुँ । सन्तान हुँ म तिम्रो मुहार सदैव हेरी रहुँ । हृदयको पानाभित्र बास तिम्रो नै सधैँ भरी, अनमोल दृष्य नियाली तिम्रै आनन्द फेरी रहुँ । नेपालकै महिमा गानको नै चित्र केरी रहुँ ।
💢सरिता काफ्ले, कोहलपुर बाँके ।
चित्रपट पञ्चाङ्ग १९
म मरे पनि देश जोगाउँने मन छ । मेरै आमा भनी कुर्वान गर्ने तन छ । यही मुटुभित्र देशको चुच्चे नक्शा, आमा हुन जननी र मायाकै धन छ । देश भक्त ठनी सङ्घर्षशील योवन छ।
💢सुरेशकुमार पान्डे, दाङ घोराही १८ ।
चित्रपट पञ्चाङ्ग २०
नेपाल आमालाई टुक्रा-टुक्रा पारेर छाड्यौ। हरेक सिमानाका साँध पनि सारेर छाड्यौ । जुन थालमा खायौ त्यही थालमै थुकेर नै , सात ,आठ डाँडा पारीको खोला तारेर छाड्यौ । दुश्मनको सामु तिमीले पनि हारेर छाड्यौ ।
💢आर्मित्मा थापा मगर, स्याङ्जा ।
चित्रपट पञ्चाङ्ग २१
जननी जन्मभूमिश्च कति प्याराे लाग्छ । मेराे सबै गुमे आमा भुल्न गार्हो लाग्छ । भन्ने कुरा धेरै छ नि थाहा हुनुपर्ने , चिसो हिउँ जस्ताे मुटु केले पाराे लाग्छ । स्वार्थ राखी काम लिँदा कत्ति सार्हो लाग्छ ।
💢मिना देबकाेटा, सर्लाही ।
चित्रपट पञ्चाङ्ग २२
नेपाल र आमालाई उस्तै ठान्छु मैले । इष्टमित्र भन्दा देश ठूलो मान्छु मैले । चाहिन्छ भने खून बगाउने आँट छ , दुश्मन आएमा औजारले हान्छु मैले । दुष्टबाट बचाउँन सधैँ तान्छु मैले ।
💢संगिता शर्मा, सिन्धुली ।
चित्रपट पञ्चाङ्ग २३ [१] आज याे देश नेपाल राेएकाे छ कति धेरै । चाेटकाे आँशुले पीडा धाेएकाे छ कति धेरै । आफ्नै अंश टुक्रा पारी पराईले चुँडी लाँदा, दुःखी छ मन पीरले छाेएकाे छ कति धेरै । अन्याय पर्दा जलन भएकाे छ कति धेरै। [२] देश नै खाेक्रीगयाे आज धेरैचाेटी लुट भयाे। एक अर्काकाे खुट्टा तान्न सदा सदा जुट भयाे। मेची राेयो,काली राेयो कैयाै बास नै उठिसके , आज आफ्नै देश हजुर टुक्रा परी फुट भयाे । विधि,शासन मिच्नेलाइ आज यहाँ छुट भयाे।
💢उर्मिला के.शी ., धनकुटा ।
चित्रपट पञ्चाङ्ग २४
नेपालको रक्षा मिलेर गर्नुपर्छ हामीले । देश बचाउने साँच्चै मर्नुपर्छ हामीले । उत्तरतिर हिमाल छ दक्षिणमा जनता , सेनाहरू नेपालीले भर पर्नुपर्छ हामीले । गोली गठ्ठा भिरेर लड्न झर्नुपर्छ हामीले ।
💢पार्वती अर्याल, भरतपुर चितवन।
चित्रपट पञ्चाङ्ग २५
आगो लागि देशमा वास्था छैन नेतालाई। जनता मरेको छन् चिन्ता भैन नेतालाई। नेपाली नेताले छाती चिर्छन नेपालको , दु:ख पीडा जनको सुख चैन नेतालाई। जेल कोच्नुपर्छ सम्मान हैन नेतालाई।
ज्ञानोदय इंग्लिश बोर्डिंग स्कुलको आयोजनामा हजीरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ।
उक्त बिधलायले कक्षा ४ देखी ७ सम्मका अध्ययन गरीरहेको बालबालिकाहरु बीच प्रतियोगिता सम्पन्न भएको थियो।
बिद्यार्थीहरुलाई समान्य ज्ञानको अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उक्त बिधलायका प्रधनाध्यापक चन्द्रमोहन साहले जनकारी दिनु भयो। उक्त बिधलायका बिद्यार्थीहरुलाई ३ वटा समूहमा ५-५ जना बिद्यार्थीलाई समूह बनाएर गरिएको प्रतियोगितामा लक्ष्मीना कुमारी, बिकी पटेल, मीरा कुमारी,रोहित कुशवाहा,रोहन पटेलको समूहले प्रथम भएको थियो ।
साथै उक्त प्रतियोगितामा दीपनारायण पटेल,आरती कुमारी,लाडली कुमारी,रवि पण्डित, रितिक पंडित को समूहले दृतिय र कृष्णा कुमार, पूजा कुमारी, रोसनी पण्डित, दीपक मेहता,अजित कुमारको समूहले तृतीय स्थान प्राप्त गरेको थिए।
बिधलायको प्रधनाद्यापक चन्द्र मोहन,साह, हिमालय दृस्टिका संचार कर्मी उमेश कुशवाहा,कृष्णा चौहान,उक्त स्कूलको शिक्षिका प्रीति गुप्ता, नंदनी चौरसिया,उज्वला श्रीवास्तव,पूजा तिवारी,कबिता कुमारी ,शिक्षक रोसन कुमार,रोशन पटेल तथा अभिभावकहरुको उपस्थितीमा उत्कृष्ट स्थान प्राप्त गर्ने बलबालिका हरुलाई पुरस्कार बितरण गरिएको थियो।
संचारकर्मी उमेश कुशवाहाले आगमी दिनमा बलबलिकाहरुले सामान्य ज्ञान तर्फ आफुलाई प्रेरित गर्नु पर्ने कुरामा जोड़ दिनु भएको थियो।
उक्त हाजरी जवाफ प्रतियोगीता संचालन उमेश कुशवाहाले गरेको थिए। उक्त कार्यक्रम सहायक संयोजक कृष्णा चौहान, रोसन कुमार र शिक्षक शिक्षिका सहजिकरण गर्नमा सहयोग गरेको थिए।
‘साताका तीन लघुकथा’को अठारौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (विष, सौभाग्य र अनपेक्षित प्रश्न) छनोट गरी प्रकाशन गरिएको छ।
[१] लघुकथा : विष
✍️ नन्दलाल आचार्य ‘म जान्न भन्दाभन्दै जान बाध्य पार्नुभयो, आमा !’ दीपकले घरबाट छुट्टिने बेलामा आमासँग भनेको थियो ।
‘तेरा बाबु त जाँडमा हराइरहेका छन् । तँ पनि लुकिछिपी हराउन थालिस् र पो ।’ यसो भन्दै आमाले गहभरि आँसु बनाइन् ।
आमाले भएको एक्लो छोरालाई पराइ मुलुकमा पठाउने दुईटा काइदा थिए– पहिलो, दीपकले पढ्न छाड्यो । दोस्रो उसका दौंतरीलाई भाँड्यो भन्ने व्यापक गुनासो थियो । अमिलो मन बनाएर दीपकका पाइला अघि बढे ।
उसको मनमा मन्द विष फैलिरहेको थियो । ‘दीपकले दौतरी भाँड्यो’ भन्ने उक्तिलाई ऊ हरदम सम्झन्थ्यो । उसले निकै मेहनत गर्यो । कृषिफर्मको नोकरीमा उसले काम मात्र गरेन सीप पनि सिक्यो ।
दीपकले जीवनमा कहिल्यै नसिकेको र सिक्ने कल्पना पनि नगरेको कुरा सिक्यो । आफू विदेश आउँदा लागेको ऋण चुक्ता गरिदियो । त्यसपछि एक पैसा पठाएन ।
‘सन्तान बढेर सुख देलान् भनेको आफैँ कमाएर एक्लै कुपुकुपु हसुर्दा रहेछन् ।’ दीपकको पैसा नपठाउने बानीलाई कटाक्ष गर्दै एक छिमेकी भने ।
अर्का छिमेकीले सिधै थपे; ‘दीपके जस्तो पाखण्डी छोरो त कसैको नजन्मियोस् ।’
‘म पैसा दिन्छु तर अहिले असमर्थ छु ।’ बाबुआमालाई दीपक हरदम यसै भन्दै थप्थ्यो; ‘भीडको पछि लागेर मलाई नसराप्नु । तपाईंहरूको छोरो मान्छे बन्न गइरहेको छ ।’
नभन्दै आठ वर्षपछि दीपक घर फिर्यो तर सुको देखाएन । यस पटक सबैले उसलाई हकारे । पैसा कहाँ उडाइस् र किन भनेर कारण सोधे ।
उसले भन्यो; ‘मैले कमाएको पैसा अरू पैसा तान्न गएको छ । फर्कनासाथ ब्याजसहित फर्काउँछु ।’
सुन्नेले ओठ लेप्र्याए ।
तीन महिनापछि बाबुआमाको नाममा ‘विष्णु+भगवती’ कृषिफर्म खुल्यो । अहिले सात जनालाई रोजगार र मासिक डेढ लाख आम्दानी गर्न थाल्यो फर्मबाट ।
पहिले बद्ख्वाइँ गर्नेहरू अहिले दीपक स्तुति गाएर थाक्दैनन् । दीपक भने त्यस क्रियाकलापलाई समेत अधोगति यात्राको मन्द विष सझिरहेछ ।
सिर्जनाकुटी, सिरहा ।
[२] लघुकथा : सौभाग्य
✍️ राज कुमार कार्की महिमा दैनिक कार्यालय जाँदा टाइट पेन्ट टिसर्ट लगाएर जान्थिन् । उनका श्रीमान् महेश भन्थे, “तिमी साधारण पोसाकमा हिड्ने गर । सौभाग्यमा सजिने गर । यो तिम्रो सुरक्षाको लागि भनेको…….!”
“भयो, भयो ! म सत्य युगकी नारी हैन्; घुम्टोमा मुन्टो लुकाउने ।” झर्किदै महेशलाई आँखा तरिन् । महेश दिक्क मानेर चुप हुन्थे।
महिमा प्रायः नयाँ नयाँ जिन्स पेन्ट र टिसर्टमा सजिएर काममा जान्थिन् । यसरी जाँदा आउँदा बाटोभरि सुसेल्ने, अश्लील शब्दको प्रयोग, छेडछाड गर्ने, टाँसिन खोज्ने जस्ता अनेक गिद्धे हर्कत भोग्नु पर्थ्यो ।
महेश काममा गइसकेका थिए । महिमा पनि आज सारी चोलो र सिन्दुर पोतेमा सजिएर काममा हिँडिन् । आज बाटो शून्य थियो । महिमा अगाडि बढिसकेकी थिईन्, पछाडिबाट आवाज आयो, “यार विवाहित पो रहिछ । जिस्काउनु हुन्न ।”
महिमा घर आएर ऐना अगाडि उभिएर शिरदेखि पाउसम्म आफूलाई नियालिन् ऐनामा अनि आफैँलाई चुम्दै ,”वाउ ! मेरो सौभाग्य” भन्दै मस्किइन् ।
[३] लघुकथा : अनपेक्षित प्रश्न
✍️ मिसु श्रेष्ठ विद्यालयदेखिकै नजिककी साथी मानवी । लामो समयको अन्तरालमा सामाजिक सञ्जालले नजिक पार्यो । उनको सामाजिक सेवाप्रतिको लगावले म प्रभावित भएँ । रुचि मिलेकोले हाम्रो मित्रता प्रगाढ बन्यो । उनको सामाजिक गतिविधिका फोटो, भिडियो लाइक र कमेन्ट गर्ने म नै पहिलो व्यक्ति थिएँ । केही समयदेखि उनलाई कतै देख्न नपाउँदा खिन्न थिएँ । फोन गर्न त सक्थेँ तर ….।
फेसबुक नोटिफिकेशनले उनको स्टाटस अपडेटको जानकारी दियो । तीजका विभिन्न स्थान र समयका तस्बिर/ भिडियोहरू थिए । लाइक गरेँ । शुभकामना दिएँ । अनलाइन देखेर प्रश्न राखेँ,- “समाजसेवी मानवीको रङ्गीन गतिविधि उचित हो त ?”
“नेपाली हिन्दु नारी हुनुको नाताले तीजका गतिविधिमा सामेल हुनु अनुचित हो र ?”
“तीज आउनु कता कता … थरीथरीका साडी, खानपिन, भड्किलो नाच अति भएन र ?”
“टीका, पोते, चुरा, साडी भड्किलो हो र ? के अङ्ग प्रदर्शन छ र त्यहाँ ? फेरि, दुई चार हजारको खाना खर्च र बाह्र महिनामा दुई चार दिन रमाइलो गर्नु अति हो र ?”
उनी रिसाए झैँ लागेर हत्तपत्त बोले,- “होइन्, होइन् ! जिस्केको मात्र हो नि !” “हेर न सामाजिक सञ्जालमा पनि नाना आलोचनाहरूको ओइरो छन् । सधैँ घर र कार्यालयमा व्यस्त नारी तिजको बहानाले साथीहरूसँग भेटघाट गर्नु अन्यथा हुन्छ र ? यी सब नारीलाई चुल्हो र चौकामा मात्र देख्न चाहने पुरुष मानसिकताको उपज हो ।” उनको बोलीमा रुष्टता थियोे ।
“ठिक छ त ! झन् राम्रा राम्रा फोटो हेर्न पाइएको छ ।” मैले सम्बन्ध बिग्रन नदिने कोसिस गरेँ । “साथी ! तिमीले वर्षभरिमा रमाइलो गर्दा कति खर्च गर्यौ, लेखाजोखा छ त ? उताबाट रुखो स्वर सुनिँदै थियो ।