• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

कोरोना संक्रमितको उपचारमा खटिँदा मृत्यु भए ५० लाख दिने घोषणा

  • २५ चैत्र २०७६, मंगलवार २०:०७ मा प्रकाशित
  • विराटनगर — कोरोना भाइरसबाट संक्रमित भएका बिरामीको उपचार सहभागी रहँदा कसैको मृत्यु भए प्रदेश १ सरकारले तिनका परिवारलाई ५० लाख रुपैयाँ सहयोग दिने घोषणा गरेको छ।

    मन्त्रिपरिषद्‌को मंगलबारको बैठकले संक्रमितको उपचार र रेखदेखमा खटिने स्वास्थ्यकर्मी र कर्मचारी लगायतको मृत्यु भए उनीहरुको परिवारलाई सो रकम प्रदान गर्ने निर्णय गरेको हो।

    यस्तो सहयोग कोरोना भाइरसको नियन्त्रण, रोकथाम, संक्रमितको उपचारजस्ता काममा सक्रिय रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहका कर्मचारी वा यस्तो काममा लाग्नेको मृत्यु भए तिनका परिवारलाई दिइनेछ।

    सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीका अनुसार कोरोना रोकथाम, उपचारमा संलग्नहरुको सुरक्षाको प्रत्याभूति गर्न सरकारले यो निर्णय गरेको हो।

    कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारमा प्रदेश सरकार वा मातहत निकाययले परिचालन गरेका स्वास्थ्य जनशक्तिलाई नेपाल सरकारले निर्धारण गरेअनुसार दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता दिने निर्णय पनि भएको कार्कीले बताए।

    प्रदेश १ मा मंगलबार साँझसम्म कोही कोरोना संक्रमित भएको पाइएको छैन। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिनहुँ स्वाब परीक्षण भइरहेको छ। हालसम्म प्रदेशका विभिन्न जिल्लाबाट संकलन गरिएका ९० जनाको नमुना परीक्षण गर्दा ८५ जनामा संक्रमण भेटिएको छैन। अन्यको रिपोर्ट आउन बाँकी छ।

    कान्तिपूर समचार.कम बाट

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on कोरोना संक्रमितको उपचारमा खटिँदा मृत्यु भए ५० लाख दिने घोषणा

    कोरोनाका कारण लकडाउन : कुखुरा र अण्डा बिक्नै मुस्किल

  • २५ चैत्र २०७६, मंगलवार १२:१३ मा प्रकाशित
  • बेंसीसहर : कोराना भाइरस संक्रमण जोखिमका कारण देशभर लकडाउन भएसँगै ब्रोइलर कुखुराको मासु र अण्डाले बजार नपाउँदा लमजुङका किसान विचल्लीमा परेका छन् । किराना पसल तथा फ्रेस हाउस बन्द हुँदा किसानले उत्पादन गरेका कुखुरा र अण्डा खोरमै थन्किएका छन् ।

    लमजुङमा दैनिक ३० हजारको संख्यामा कुखुराको अण्डा उत्पादन हुँदै आएको छ । तर बजारमा बिक्री नभएपछि सोहि अनुपातमा नोक्सानी व्यहोर्नुपरेको अण्डा उत्पादक संघ लमजुङका अध्यक्ष ज्ञानेन्द्र बोहोराले बताए । ‘अण्डा तीन हप्ताभन्दा बढी समय मौजात राख्न सकिन्न,’ बोहोराले भने, ‘अहिले बजार नै छैन, सबै गोदाममै थन्किएको छ।’
     
    लकडाउनका कारण कुखुराको अण्डा खपत हुने पसल तथा होटल बन्द छन् भने उपभोक्ता घटेका छन् । कुखुरा र अण्डा बिक्री नहुँदा आम्दानी नहुने र उधारोमा दाना पाउन पनि मुस्किल हुँदा किसान समस्यामा परेका छन् । मस्र्याङ्दी कृषि फार्मका प्रोपाइटर सुदीप अधिकारीलले जिउँदो ब्रोइलर प्रतिकेजी १ सय ५० मा पनि बिक्री हुन नसकेको बताए । ‘लकडाउनले ४/५ लाख रुपैयाँ घाटा लाग्यो,’ उनले भने, ‘पीडित किसानका लागि सरकारले राहत प्याकेज ल्याउनुपर्छ ।’

    जिल्लामा दैनिक डेढसय पेटी अण्डा बिक्री हुँदै आएकोमा अहिले १० प्रतिशत पनि विक्री हुन नसकेको व्यवसायी बताउँछन् । प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले कुखुरा, अण्डा र दाना ओसारपसारमा छुट दिएपनि उपभोक्ता घटका कारण समस्या भएको बताए ।’कुखुरा, अण्डा, दाना, तरकारी, दुधजस्ता कृषि उत्पादन ओसारपसारलाई छुट दिएका छौं, प्रजिअ खड्काले भने, ‘उपभोक्ता नै कम भएका छन, बिक्रीमा समस्या हुने नै भयो।

    अन्नपूर्णपोष्टबाट

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on कोरोनाका कारण लकडाउन : कुखुरा र अण्डा बिक्नै मुस्किल

    आलु र प्याजको कालोबजारी गर्ने ३ जना प्रहरीको नियन्त्रणमा

  • १३ चैत्र २०७६, बिहीबार १७:०४ मा प्रकाशित

  • उमेश कुशवाहा बीरगंज

    विश्व भरी महामारीको रुपमा फैलीरहेको नोबेल कोरोना भाइरसको लक्ष्य गरी सरकारले एक हप्ताको लागि लक डाउन गरे पछि अति आवश्यक खाद्यान,ग्यास र तरकारीको अभाव हुन थालेको र कालो बजारी बढेको बिभिन्न सामजिक सञ्जालमा समाचार सम्प्रेषणको आधारमा प्रहरी खोज तलास गरी कालो बजारीलाई कार्यवाही गरेको समाचार प्राप्त हुन आएको छ।

    सरकार नेपाल सरकार द्धारा जारी गरिएको लक डाउनको समयमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट जनकपुर स्थित बजार अनुगमनको लागि खटिएको प्रहरी टोलीले निम्न स्थान बस्ने जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका- ४ वस्ने वर्ष ४८ को प्रदिप अग्रवाललाई कदम चोकबाट भुतनाथ जाने बाटोमा, जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-४ वस्ने वर्ष २० को अंकित साहलाई महाविर चोकको बाटोमा र जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-४ वस्ने वर्ष २० को बिकाश कुमार साहलाई महाविर चोकको बाटोमा आलु प्रति के.जी रू. ५० र प्याज प्रति के.जी रू. १००- मा बेचि रहेको अवस्थामा आलु र प्याज सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप अनुसन्धान कार्य भई रहेको छ ।

    प्रदेश न.२ का प्रहरी कार्यालय जनकपुरले प्रेस विज्ञप्ति निकालेको छ।

    Posted in अर्थ, मुख्य खबर, समाजLeave a Comment on आलु र प्याजको कालोबजारी गर्ने ३ जना प्रहरीको नियन्त्रणमा

    अब इन्डक्सनमा खाना पकाउनेलाइ, सरकारले बिधुत महसुलमा २० प्रतिशत छुट दिने

  • १३ चैत्र २०७६, बिहीबार १३:२१ मा प्रकाशित
  • सरकारले लकडाउनका बेला खाना पकाउने एलपी ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै विद्युतीय चुल्हो (इन्डक्सन) बाट खाना पकाउँदा विद्युत महसुलमा छुट दिने भएको छ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले इन्डक्सनबाट खाना पकाउने ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोन गरी इन्डक्सन चुल्हो प्रयोग गर्दा लाग्ने शुल्कमा छुट दिन निर्देशन दिएका हुन्।

    इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई १ सय ५० युनिटसम्म २० प्रतिशत महसुल छुट दिन मन्त्री पुनको निर्देशन छ।

    मन्त्री पुनले इन्डक्सनमा छुट दिँदा ग्यासको विस्थापनमा सहयोग पुग्ने बताए।

    ‘ग्यास बाहिरबाट आयात गर्नुपर्छ। विद्युत हाम्रो आफ्नै उत्पादन हो’, मन्त्री पुनले भने, ‘यसो गर्दा ग्यास किन्न बाहिरिने पैसा देशभित्रै बस्छ, व्यापार घाटा पनि कम हुन्छ।’

    मन्त्री पुनले ग्यासमा भन्दा सस्तो पर्ने भएको उपभोक्तालाई इन्डक्सनमा खाना पकाउन आग्रह गरे।

    ‘महसुल छुट नदिँदा पनि ग्यासभन्दा इन्डक्सन सस्तो पर्छ’, उनले भने, ‘छुटपछि त झन् सस्तो पर्न आउँछ।’

    विद्युतको आन्तरिक खपत बढाउन मन्त्रालयले यस्तो निर्णय गरेको पुनले बताए।

    कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण मुलुक नै लकडाउन भएपछि विद्युत खपतमा भारी गिरावट आएको छ।

    बिहान बेलुकाको समयमा विद्युतको माग सामान्य अवस्थामा १२ सय मेगावाटसम्म रहेकामा हाल सो घटेर ‘पिक आवर’मा समेत ९ सय ४५ मेगावाटमा सीमित भएको छ।

    यसअघि बुधबार बसेको नोबेल कोरोना (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले इन्डक्सन चुल्हो आयातमा लाग्ने भन्सार छुट दिने निर्णय गरेको थियो। यसअघि इन्डक्सन चुल्हो आयातमा १५ प्रतिशत भन्सार लाग्ने गरेको थियो।सेतोपाटी.कम बाट

    Posted in अर्थ, ताजा अपडेटLeave a Comment on अब इन्डक्सनमा खाना पकाउनेलाइ, सरकारले बिधुत महसुलमा २० प्रतिशत छुट दिने

    कोरोना भईरसको नियन्त्रण तथा उपचारको लागी नेपाल सरकारलाई एनआरएनएको एक करोड रुपैयाँ सहयोग

  • १० चैत्र २०७६, सोमबार २२:२४ मा प्रकाशित
  • काठ्माण्डौँ/नेपाल

    हाल विश्व व्यापी महामारीको रूपमा फैलिएको COVID-19 कोरोना भाईसको नियन्त्रण तथा उपचारको लागी गैरआवासीय नेपाली संघले आर्थिक सहयोगको घोषणा गरेको छ । संघको २० मार्च २०२० आइतबारका दिन बसेको ७२ औं बैठकले १ करोड रुपैँया बराबर प्रधानमन्त्री राहत कोषमार्फत् वा सल्लाह बमोजिम औषधिजन्य सामग्री सहयोग गर्ने निर्णय गरेको हो ।


     संघले कोरोना संक्रमितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिती त्यसमातहत संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा राहतकोष संकलन उपसमिति र उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ । संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत् कोरोना संक्रमित नेपालीको तथ्यांक संकलनको तयारी पनि गरेको छ ।


    नेपालमा हाल सम्ममा विश्व भरी फैलिएको कोराना भाईरसको संक्रमितको संख्य दुई जना रहेको पुस्टि भएको छ। पहिलो बिरामी ३ जनवरी २०२० मा चिनको हुवेई प्रान्तको वुहान बाट नेपाल फर्किएको ३२ वर्षिय पूरूष रहेको थियो भने दोस्रो बिरामी १७ मार्चमा फ्रान्स बाट कतार हुँदै नेपाल फर्केकी २१ वर्षिय महिला रहेको पुस्टि भएको छ। पहिलो बिरामी १३ दिनको उपचार पश्चात निको भएर घर फर्किसकेको छ भने दोस्रो बिरामी शुक्रराज शास्त्री ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भईरहेको छ।

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on कोरोना भईरसको नियन्त्रण तथा उपचारको लागी नेपाल सरकारलाई एनआरएनएको एक करोड रुपैयाँ सहयोग

    भोलिबाट नेपाल पूर्ण रुपमा लकडाउन, घरबाट बाहिर निस्कन नपाइने

  • १० चैत्र २०७६, सोमबार १९:३५ मा प्रकाशित

  • सरकारले भोलिबाट देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैडकले यो निर्णय गरेको हो । अब भोलि विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन भने सवारी पनि चल्दैन ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on भोलिबाट नेपाल पूर्ण रुपमा लकडाउन, घरबाट बाहिर निस्कन नपाइने

    पेट्रोल लुकाउने मैतीदेवी पेट्रोल पम्पलाई २ लाख जरिवाना

  • ६ चैत्र २०७६, बिहीबार १४:४१ मा प्रकाशित
  • काठमाडौँ — सरकारले मौतिदेवी पेट्रोल पम्पलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । पम्पमा ४ हजार लिटर पेट्रोल मौज्दात रहे पनि बिक्री नगरेको भेटिएपछि आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोत्ता हित सरक्षण विभागको टोलीको संयुक्त अनुगमन टोलीले जरिवाना गरेको हो । ‘पम्पमा ‘पेट्रोल छैन’ भनेर ट्याग राखिएको थियो । तर, निरीक्षण गर्दा ४ हजार लिटर पेट्रोल मौज्दात रहेको पाइयो,’ विभागका अनुगमन निरीक्षक दिपक पोखरेलले भने, ‘पम्पलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार मंगलबार राति १० बजे नै जरिवाना गर्यौं ।’
    निगमले पर्याप्त इन्धन पठाएको दाबी गरे पनि बजारमा उपभोत्ताको लाइन छ । केही पम्पहरु बन्द नै छन् । इन्धनका लागिसर्वसाधारणको भीड बढेपछि बुधबार आपूर्ति मन्त्री लेखराज भट्टले पुलचोक, जावलाखेल, कुमारीपाटी, एकान्तकुनालगायत क्षेत्रका करिब दुई दर्जन पम्पमा अनुगमन गरेको मन्त्रालयले जनाएको छ । अनुगमनको क्रममा उपभोक्ताहरु नाकाबन्दीको बेला भएको न्यून आपूर्तिको त्रासले मौज्दात राख्न थालेकाले आपूर्तिमा समस्या देखिएको मन्त्रीका स्वकीय सचिव हितेश ओझाले बताए ।
    इन्धन लुकाउनेलाई कारबाही हुन्छ : निगमआयल निगमले इन्धन लुकाउने पम्पलाई कडा कारबाही हुने चेतावनी दिएको छ । केही पम्प र उद्योगीहरुले कत्रिम अभाव सिर्जना गराइ उपभोत्तालाई भयभित बनाएको जनाउँदै निगमले कडा कारबाही गर्ने चेतावनी दिएको हो । ‘निगमले आपूर्तिको मात्रा पर्याप्त बढाएको छ ।
    यस्तो अवस्थामा उपभोक्तालाई भयावित गराई फाइदा उठाउने कार्यमा निगमका विक्रेता, ढुवानीकर्ता तथा एलपी ग्यास विक्रेताको स‍लग्न पाएमा कडा कारबाही गर्ने व्यहोरा आश्वस्त पार्न चाहन्छौं,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    कान्तिपुर बाट साभार

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on पेट्रोल लुकाउने मैतीदेवी पेट्रोल पम्पलाई २ लाख जरिवाना

    बोयर जातको बाख्रापालनबाट तीन वर्षमा पाँच करोड रुपैयाँको कारोबार

  • १ चैत्र २०७६, शनिबार १८:०८ मा प्रकाशित
  • अर्घाखाँची, चैत १ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा सामूहिक बाख्रापालनले सफलता लिँदै गएको छ ।

    अष्ट्रेलियाबाट बोयर जातका केही पाठापाठी भित्र्याएर सुरु गरिएको बाख्रापलनबाट पछिल्लो तीन वर्षमा पाँच करोड रुपैयाँभन्दा बढीको कारोबार भइसकेको देखिन्छ ।

    छोटो समयमै राम्रो आम्दानी हुने भएकाले अन्य ठाउँमा पनि यसको विस्तार हुन थालेको हो ।

    नेपालमा पहिलोपटक सामुदायिक व्यवस्थापनमा सञ्चालित बोयर बाख्रापालनबाट अपेक्षित लाभ हासिल हुँदै गइरहेको छ ।

    अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर–११ का १५३ घरधुरी संलग्न जालकाँडा बाख्रापालन समूहले २०७३ सालमा अस्ट्रेलियाबाट बोयर जातका २५ पाठी र बोका ल्याएपछि यसको उत्पादन वृद्धि हुँदै गइरहेको हो ।

    उक्त समूहले तीन वर्षको अवधिमा पाँच करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको पनि जनाएको छ ।

    १६२ किलोको बोकोसहित बोयर जातका १६ बाख्रा पालेका दिननाथ आचार्यले अहिले वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

    यी बाख्रा खरिदको लागि उत्पादन हुनुअघि नै ‘अर्डर’ आउने भएकाले यसको माग उच्च हुँदै गइरहेको छ ।

    अहिलेसम्म यहाँबाट उत्पादन भएका बाख्रा ३६ जिल्लामा बिक्री भइसकेको र अन्य जिल्लामा पनि चर्को माग रहँदै आएको छ ।

    २०७७ साल असोजसम्म जन्मिने सबै पाठापाठी बिक्रीका लागि ‘बुकिङ’ भइसकेका छन् ।

    सामूहिक प्रयासबाट सुरु गरिएको बाख्रापालनबाट यस क्षेत्रका स्थानीयको आर्थिक अवस्था माथि उठ्दै गइरहेको जालकाँडा बाख्रापालन समूहका अध्यक्ष गोपाल बस्यालको भनाइ छ ।

    परम्परागतरूपमा पालिँदै आएका स्थानीय जातका बाख्रा हुर्किन धेरै समय लाग्ने र आम्दानी पनि निकै कम हुने भएपनि यसबाट भने कृषकहरु निकै लोभिएका छन् ।

    एउटा बोकालाई ४० देखि ५० हजार रुपैयाँसम्म मूल्य पर्ने भएकाले यसबाट बढी नाफा हुने किसानहरुको भनाइ छ ।

    यति हुँदा–हुँदै पनि अर्कोतिर नगरपालिकाले यसलाई प्रोत्साहित गर्ने कुनै काम नगरेकामा भने कृषकको गुनासो देखिन्छ । इमेजखबर बाट साभार

    Posted in अर्थ, ताजा अपडेटLeave a Comment on बोयर जातको बाख्रापालनबाट तीन वर्षमा पाँच करोड रुपैयाँको कारोबार

    खतिवडालाई पुनः अर्थमन्त्री नियुक्त गर्ने तयारी

  • २० फाल्गुन २०७६, मंगलवार १६:१३ मा प्रकाशित
  • २० फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल मंगलबार मध्यरातमा सकिँदैछ । त्यससँगै उनी मन्त्री पनि रहने छैनन् ।

    स्रोतकाअनुसार कार्यकाल सकिनुअघि नै खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिने तयारी छ ।

    तर उनको पुनः नियुक्त हुनेछ ।

    नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्नेछन् ।

    धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।अनलाइनखबर.कम बाट

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on खतिवडालाई पुनः अर्थमन्त्री नियुक्त गर्ने तयारी

    नदीजन्य पदार्थ दोहनको नियमन र नियन्त्रणमा पत्रकार महासंघको ध्यानाकर्षण ॥

  • १२ फाल्गुन २०७६, सोमबार ०९:२३ मा प्रकाशित

  • कपिलबस्तु पत्रकार महासंघ ले एउटा बिगेप्ति निकाली नदीजन्य पदार्थ मा भैरहेको अनिमियता प्रति ध्यानाकर्षण भएको जनाएको छ
    केहीदिन यता कपिलवस्तुका विभिन्न स्थानीय तहले लगाएको नदीनालाको ठेक्कामा नियम विपरित ठेकेदारले मनपरी ढंगले नदीजन्य पदार्थ ढुंगा गिट्टी र बालुवाको दोहन गरिरहेको प्रति नेपाल पत्रकार महासंघ कपिलवस्तुको गम्भिर ध्यानाकर्षण भएको छ । जिल्लाको वाणगंगा, कपिलवस्तु, बुद्धभूमि, शिवराज नगरपालिका र विजयनगर गाउँपालिका अन्तरगत स्थानीय खोलानालामा अनियमित रुपले नदीजन्य पदार्थको निकासी भइरहदा स्थानीय सरकार, जिल्ला समन्वय समिति तथा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु बेखबर बनेको छ । नदीजन्य पदार्थको अनियन्त्रित निकासीले हुनसक्ने विपत्ती प्रति सचेत रहन र प्राकृतिक श्रोत साधन र वातावरण संरक्षणमा स्थानीय सरकार गम्भिर हुन पनि ध्यानाकर्षण गराउदछौं ।स्थानीय सरकारले नदीनालामा लगाएको ठेक्काको शर्त र सम्झौता विपरित ठेकेदारहरुले तोकेको दररेट भन्दा बढि रकम संकलन गर्नु, चोरी निकासी, खोलानालामा जेसिभि मेसिनको प्रयोग, अनियन्त्रित डम्पिङ्ग र ईआईए भन्दा फरक ठाउँबाट नदीजन्य पदार्थको दोहन भइरहेको पाइएको छ । सम्झौता विपरित ठेकेदारले गरेका त्यस्ता गैरकानुनी कार्यप्रति जनप्रतिनिधी मुकदर्शक बन्नु जनताको उपहास भएको छ । साथै पछिल्लो समय खोलानालामा पुगि विभिन्न वाहनामा पत्रकार भन्दै ठेकेदार तथा तिनका कर्मचारीसंग रकम माग गरेको भन्ने सुन्नमा आएको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । विभिन्न बहानामा पत्रकारले रकम माग गरेको भए सम्वन्धित निकायलाई महासंघमा उजुरी गर्न र गलत कार्य गर्न जो कसैलाई पनि छुट नभएको तथ्यमा आधारित भएर रिपोटिङ्ग गर्न समेत आग्रह गर्दछौं । पत्रकारिता पेशा प्रति आँच आउने गरी बदनियत ढंगले ठेकेदार पक्ष तथा पत्रकारबाट हुनसक्ने गतिविधि प्रति सम्पूर्ण वर्ग सचेत र सजग रहन समेत आग्रह गर्दछ । पत्रकार आचार संहितालाई पूर्ण रुपमा पालना गर्दै मर्यादित पत्रकारिता गर्न नेपाल पत्रकार महासंघ कपिलवस्तु सवैमा अपिल समेत गर्दछ भनि बिगेप्ति मा भनिएको छ ।

    Posted in अर्थ, मुख्य खबर, राजनीति, समाजLeave a Comment on नदीजन्य पदार्थ दोहनको नियमन र नियन्त्रणमा पत्रकार महासंघको ध्यानाकर्षण ॥

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P