(एजेन्सी)। यो मंसिरमा धेरै युवा युवतीले जोडी बनाए। बिहे गरेर धेरैलेनयाँ जीवनको शुरु गरे। यस्तै एक जोडीले बिहेको अन्तिम तयारी गर्यो। जन्ती बेहुलीको घरसम्म आयो तर बेहुली बिना नै फर्कियो।
घटना हो भारतको उत्तरप्रदेश राज्यको पिलिभित जिल्लाको। समाचार अनुसार बिहेमा आएका जन्तीले मदिरा सेवन गरेर हंगामा गरेपछि बेहुलीले बिहे नै गर्न अस्वीकार गरिन्।
भारतीय सञ्चार माध्यमहरुका अनुसार कोरोना महामारीका कारण बेहुला पक्षलाई सिमित संख्यामा जन्ती ल्याउन भनिएको थियो। दुबै पक्षबीच ५० जना जन्ती ल्याउने सहमति भए पनि बेहुला पक्ष १०० भन्दा धेरै जन्ती लिएर बेहुलीको घर पुग्यो।
सहमतिभन्दा धेरै जन्ती आएपछि माइती पक्षले विरोध जनाए। यसैबीच मदिरा सेवन गरेका जन्तीले बेहुलीका काकालाई र भाईलाई पिटे। यो सुनेपछि बेहुलीले बिहे नै अस्वीकार गरिदिइन्। घटना निकै बढेपछि प्रहरीले दुबै पक्षका केहीलाई नियन्त्रणमा लिएर छोडेको बताइएको छ। बेहुलीले बिहे अस्वीकार गरेपछि बेहुला रित्तै फर्किएको समाचारमा जनाइएको कुरा डिसिनेपाल ले छापेको छ।
२४ मंसिर, काठमाडौं । चिलिमे जलविद्युत कम्पनी अन्तरगत सिन्धुपाल्चोकमा बनिरहेको १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको काम अहिले ठप्पजस्तै छ । यही बेला आयोजनाको ठेकेदार पक्षले र व्यवस्थपन पक्षलाई घुस दिन प्रस्ताव गरेको सम्वादको अडियो सार्वजनिक भएको छ । ठेकदार चीनको ग्वाङसी हाइड्रो इलेक्ट्रोनिक कम्पनीका दोभाषे गोबिन्द पौडेलले आयोजनाको गुणस्तर घटाउन सहमत भए २ करोड घुस दिन कम्पनी तयार रहेको भन्दै मध्यभोटेकोसी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मणिकुमार काफ्लेलाई प्रस्ताव गरेको टेलिफोन अडियो बाहिरिएको हो । तर, सो टेपमा काफ्लेले त्यसबारे प्रतिक्रिया जनाएका छैनन् ।
केही दिनअघि नै स्थानीयले यो टेप सार्वजनिक गरेका थिए । यसबारे अख्तियार दुरुपयोग अनसन्धान आयोजनमा स्थानीय सरोकार समितिले पनि उजुरी दिएको छ । त्यसैकारण प्राधिकरणले आयोजनाको व्यवस्थापनमा हेरफेर गरेको छ । सीईओ काफ्ले पदमुक्त भएका छन् भने आयोजना प्रमुख सुनिल लामालाई काठमाडौं तानिएको छ । काफ्ले र लामाबीच आयोजनाको विभिन्न पक्षमा मतभेद रहँदै आएको थियो । काफ्ले यसअघि प्राधिकरणकै कर्मचारीका रुपमा कम्पनीमा गएपनि पछि प्राधिकरणले आयोजना हेर्ने गरी उनलाई सीईओ नियुक्त गरेको थियो । उनले अडियो टेप बाहिरिएपछि सीईओ पदबाट राजीनामा पनि दिइसकेका छन् । चिलिमे हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुभाष मिश्र आयोजना समस्यामा रुमल्लिएकाले त्यसलाई निकास दिने गरी प्रयास सुरु गरेको दावी गर्छन् । अडियो प्रकरणपछि मध्यभोटेकोसी हाइड्रोपावर कम्पनीकाको सञ्चालक समेत रहेका मिश्रलाई नै आयोजना हेर्ने जिम्मा दिइएको छ । यसबारे प्राधिकरणले अझै छानविन थालेको छैन । सन् २०१७मा नै सक्नुपर्ने यो आयोजनाको निर्माण कहिले सकिन्छ भन्ने पनि अनिश्चित छ । भूकम्प, नाकाबन्दी र भोटेकोसी बाढीको कारण देखाउँदै म्याद थप भएको यो आयोजनामा फेरि कोरोना महाामारी अर्को बाहाना बनेको छ । आयोजनामा इलेक्ट्रोमेकानिकलतर्फ अष्ट्रियन कम्पनी एन्डिज हाइड्रोले अझै उपकरण जडान थालेको छैन । बितेको वर्षामा आयोजनाको पावरहाउसमा पहिरो गएपछि भरिएको माटो निकाल्ने काम सकिएको छैन । आयोजनामा अहिले काम लगभग ठप्पजस्तै छ । अहिलेसम्म ६० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । सुरुङ खन्ने काम पनि सकिएको छैन । साविकको मार्मिङ गाविसको चाकु दोभानबाट भोटेकोसी र चाकु नदीको पानी ७ दशमलव २ किलोमिटर सुरुङ बनाउनुपर्नेमा अझै ४ सय मिटर सुरुङ खन्न बाँकी छ । यो आयोजनाको मुख्य सुरुङसहित पावर हाउस, बाँध र हाइड्रोमेकानिकल निर्माणको जिम्मा चिनियाँ ग्वाङसी हाइड्रो इलेक्ट्रोनिक कम्पनीले आयोजनामा चरम लापरवाही र ढिलासुस्ती गर्दै आएको छ । यही क्रममा अहिले आयोजनामा भ्रष्टाचारको प्रकरण बाहिरएको हो । यो खबर अनलाइन खबर डट कमको आजको अंकमा छापिएको छ !
काठमाडौँ | काठमाडौं महानगरपालिका-३२ मुनिभैरवस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका १९ वर्षीय अनिल तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त एटिएमको तल्लो भाग फुटाई अन्य भाग फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निकै लोकप्रिय काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निकै लोकप्रिय मोटरसाइकलमा आगो लागेको भिडियो समाजिक संजालमा भाइरल भएको छ । गुड्दै गरेको मोटरसाइकलको सिट मुनीबाट आगो बल्न शुुरु भएको देखिन्छ । सो भिडिओ सामाजिक संजालमा भाइरल भएपछि यो मोटरसाइकलको ट्रोल भइरहेको छ । यो घटना आज भन्दा एक महिना अगाडि घटेको पीडित मोटरसाइक धनी विकाश आर्चायले भने । ‘१ महिना अगाडि किनेको ३ दिनपछि नै अफिसबाट घर जाँदै गर्दा केहि समय गुडेपछि मोटरसाइकल अत्याधिक तातेको महशूस भयो । एकै छिनमा सिटबाट तातो आएपछि मोटरसाइकल रोक्दारोक्दै आगो बल्न शुरू भयो । एकै छिनमा मोटरसाइकल जलेर नष्ट भयो । धन्न आफूलाई केही भएन,’ आर्चायले भने । एक्सपल्स २०० टेष्ट राइड गरेपछि आफूलाई मन परेको र यही मोटरसाइकल किनेको आर्चायले बताए । सवारी साधन हो केही न केही समस्या त आउछ । तर त्यसको समाधान आफूले नपाएको भन्दै आर्चायले कम्पनीप्रति नै प्रश्न गरेका छन् । ‘एक महिना अघि नै घटना बारे जानकारी दिँदा कम्पनीले यो कुरा बाहिर नल्याउन भन्यो । केही दिनमा नै तपाईंको समस्या समाधान हुन्छ । मोटरसाइकलमा आगो लाकेको कुरा बाहिर नल्याउन हिरो मोटसाइकलको आधिकारिक शोरुम बाग्लुङले दबाव दियो,’ आचार्यले भने । यस विषयमा हिरो आधिकारिक वितरक एनजीएम हिरोमा सम्पर्क गर्दा दुर्घटनमा भएको र दुर्घटनमा परेको मोटरसाइकल कम्पनीले काठमाडौं ल्याएको जानाकारी दिएको छ । ‘मोटरसाइकलमा आगलागी हुनु निकै चिन्ताजनक विषय हो, एक्सपल्सको लाखौं यूनिट भारतमा नेपाल लागयतका देशमा गुडिरहेका छन् । यस विषयमा उत्पादक कम्पनी हिरोमोटो कर्प बाटनै विशेषज्ञहरु आएर अनुसन्धान गरिरहेका छन् । चाँडै समस्या पहिचान गरी हामी पीडित पक्षको समस्या सम्बोधन गर्छौ’, एनजीएम हिरोको चेयरम्यान अभिक ज्योतिले भने । साभार : मेरोअटो
काठमाडौँ उपत्यकामा घर बनाउने सपना धेरैले देखेका हुन्छन् । तीमध्ये कमैलाई ‘कति तलाको घर बनाउन कति खर्च लाग्छ ?’ भन्ने जानकारी हुन्छ । जीवनभरको कमाइले घर बनाउन कस्सिएका कतिपय उपभोक्ता भने यस विषयमा अनविज्ञ हुन्छन् । जसले गर्दा ठेकेदार, निर्माण कम्पनी, सप्लार्यसबाट ठगिने गर्छन् ।
अनुमानित बजेट थाहा भए रकम जोहो गर्न सजिलो त हुन्छ नै दुःखले आर्जेको पैसा ठगिने सम्भावना पनि कम हुन्छ । पहिलो पटक घर बनाउने उपभोक्तालाई ‘कस्तो खालको सामग्री प्रयोग गर्ने ?’ भन्ने ज्ञान नहुँदा अनावश्यक खर्च गरिरहेका हुन्छन् । त्यसैले घर बनाउनुअघि हरेक निर्माण सामग्रीको अनुमानित लागत थाहा पाउनुपर्छ ।
यस लेखमा साढे दुई तलाको मध्यम खालको घर बनाउँदा कति खर्च लाग्छ भनेर जानकारी गराइएको छ ।
चार आना जग्गामा गाडी र बाइक पार्किङ गर्न मिल्ने ठाउँ राखेर चार कोठाको घर नौ सयदेखि एक हजार स्क्वायर फिटमा बनाइने इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनी जिरो डीआईए नेपालका सञ्चालक सत्येन्द्र राज भट्टराई बताउँछन् । ‘यति जग्गामा घर बनाउँदा एउटा तलामा १२ बाई १३ फिटका तीन कोठा, १४ बाई १५ फिटको बैठक कोठा र ७ बाई ५ फिटको एउटा बाथरुम तयार हुन्छ,’ उनी भन्छन् । यहाँ चर्चा गर्न लागेको घरमा भुइँतला र पहिलो तलामा चार÷चार कोठा र टपमा दुई कोठा र एउटा बाथरुम हुनेछ ।
सिमेन्टः ८ लाख रुपैयाँ
घर बनाउँदा दुई प्रकारका सिमेन्ट प्रयोग गरिन्छ, ओपीसी र पीपीसी । सामान्यतया बिम र ढलानमा ओपीसी सिमेन्ट प्रयोग गरिन्छ । गाह्रो लगाउन र प्लास्टर गर्न पीपीसी सिमेन्ट प्रयोग हुन्छ । ओपीसी सिमेन्टको तुलनामा पीपीसी अलि सस्तो हुन्छ ।
भट्टराईका अनुसार अढाई तलाको घर बनाउँदा एक हजार बोरा सिमेन्ट खपत हुन्छ । जसमध्ये पाँच सय बोरा ओपीसी र पाँच सय बोरा पीपीसी । बजारमा सिमेन्ट पनि विभिन्न ब्रान्ड र मूल्यमा उपलब्ध हुन्छन् । अलि राम्रो सिमेन्ट प्रयोग गर्दा ओपीसी सिमेन्ट प्रतिबोरा ८ सय ५० र पीपीसी सिमेन्ट ७ सय ५० रुपैयाँमा पाइन्छ ।
उल्लेखित मूल्यअनुसार ओपीसी सिमेन्टमा ४ लाख २५ हजार र पीपीसी सिमेन्टमा ३ लाख ७५ हजार रुपैयाँ गरी सिमेन्टमा कुल आठ लाख रुपैयाँ खर्च हुन्छ । निर्माणको सिजनअनुसार सिमेन्टको भाउ पनि तल–माथि भइरहन्छ । अहिले कोभिड–१९ का कारण विकास निर्माण र घर निर्माणका काम सुस्ताउँदा सिमेन्टको माग ७५ प्रतिशतसम्म घटेको छ । जसले गर्दा मूल्य पनि ब्रान्ड र प्रकार हेरिकन प्रतिबोरा २५ देखि एक सय रुपैयाँसम्म सस्तोमा किन्न पाइन्छ ।
डन्डीः १२ लाख ७५ हजार रुपैयाँ
अढाई तलाको घर बनाउँदा झन्डै १५ हजार केजी (१५ टन) डन्डी खपत हुन्छ । अहिले बजारमा विभिन्न ब्रान्ड र गुणस्तरका डन्डी पाइन्छन् । हिमाल र पञ्चकन्याका डन्डी अलि महँगो पर्छन् भने जगदम्बा, लक्ष्मीलगायत ब्रान्ड अलि सस्तो पर्छ । राम्रो खालको डन्डी प्रयोग गर्दा प्रतिकिलो ८५ रुपैयाँ खर्च गर्नुपर्छ । साढे दुई तलाको घर बनाउँदा डन्डीमा मात्र १२ लाख ७५ हजार रुपैयाँ खर्च हुने राजभण्डारी बताउँछन् । अलि सस्तो डन्डी प्रयोग गर्न चाहेमा बजारमा प्रतिकिलो ७५ रुपैयाँसम्म पनि किन्न पाइन्छ ।
बालुवाः २ लाख ६० हजार रुपैयाँ
साढे दुई तलाको घर बनाउन बालुवा १० टिपर चाहिन्छ । माटो नमिसिएको सफा बालुवाको मूल्य प्रतिटिपर २६ हजार रुपैयाँ रहेको राजभण्डारी बताउँछन् । यो मूल्यमा बालुवा किन्दा १० टिपरमा २ लाख ६० हजार रुपैयाँ खर्च हुन्छ । माटो मिसिएको बालुवा अलि सस्तो पर्न सक्छ तर निर्माण बलियो हुँदैन ।
गिट्टीः २ लाख २४ हजार रुपैयाँ
घर बनाउन गिट्टी नभईन हुने निर्माण सामग्री हो । जति राम्रो गिट्टी हुन्छ, त्यति नै गिट्टी, बालुवा र सिमेन्टको घोल राम्रो हुन्छ । त्यसैले गिट्टी किन्दा गुणस्तरमा ध्यान दिनैपर्छ ।
भट्टराईका अनुसार अढाई तलाको घर बनाउँदा आठ टिप्पर गिट्टी खपत हुन्छ । बजारमा राम्रो खालको गिट्टीको मूल्य प्रतिटिपर २८ हजार रुपैयाँ रहेको छ । जसअनुसार आठ टिपर गिट्टी किन्दा २ लाख २४ हजार रुपैयाँ खर्च हुन्छ ।
पछिल्लो समय निर्माण क्षेत्र सुस्ताएपछि गिट्टी र बालुवाको मूल्य पनि घटेको व्यवसायी बताउँछन् । ‘अहिले प्रतिटिपर २८ हजारभन्दा कम मूल्यमा पनि गिट्टी पाउन सकिन्छ,’ भट्टराई भन्छन् ।
इँउटाः ७ लाख ७५ हजार रुपैयाँ
घर बनाउँदा इँटा चाहियो नै । अढाई तलाको घरमा ५० हजार पिस पोलेको रातो इँटा चाहिने भट्टराई बताउँछन् । अहिले बजारमा ठिक्क गुणस्तरको इँटाको मूल्य प्रतिगोटा १५ रुपैयाँ पर्छ । अढाई तलाको घर बनाउँदा इँटामा मात्रै ७ लाख ७५ हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।
तर, पछिल्लो समय निर्माण क्षेत्रमा भएको विकाससँगै पोलेका इँटाको विकल्पमा नयाँ प्रविधिका एएसी ब्लक र इन्टरलक इँटा हुन सक्छन् । जसको मूल्य पनि कम पर्न जान्छ र गुणस्तर पनि राम्रो छ । यदि पोलेको इँटाको सट्टामा एसीसी ब्लक र इन्टरलक इँटा प्रयोग गर्दा २० देखि २५ प्रतिशतसम्म सस्तो पर्न जान्छ । यी इँटाको गाह्रो लगाउँदा र प्लास्टर गर्दा पनि सिमेन्ट र बालुवाको मसला पनि कम खपत हुन्छ ।
यूपीभीसी झ्यालः २ लाख ४० हजार रुपैयाँ
पछिल्लो समय झ्यालमा काठको सट्टा यूपीभीसी प्रयोग गर्न थालिएको छ । काठभन्दा सस्तो पर्ने र जडान खर्च पनि कम लाग्ने हुनाले धेरैको रोजाइमा यी झ्याल पर्न थालेका हुन् । भट्टराईका अनुसार अढाई तलाको घरमा ६ बाई ४.५ फिटका १६ झ्यालको आवश्यकता पर्छ । एउटा यूपीभीसी झ्यालको मूल्य १५ हजार रुपैयाँ पर्छ । यसो हुँदा झ्यालमा मात्र २ लाख ४० हजार रुपैयाँ खर्च हुने गर्छ ।
ढोकाः ३ लाख ६० हजार रुपैयाँ
अढाई तलाको घरमा २० वटा ढोका चाहिन्छन् । एउटा ढोकाको मूल्य १८ हजार पर्छ । त्यसैले २० वटा ढोकामा ३ लाख ६० हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।
बिजुली जडानः ३ लाख ७० हजार रुपैयाँ
मध्यम खालको अढाई तलाको घरमा विद्युतीकरण गर्न ३ लाख ७० हजार रुपैयाँ लाग्छ । जसमध्ये बिजुलीका सामानमा ३ लाख २५ हजार र लेवर कस्ट ४५ हजार पर्न आउँछ । महँगो मूल्यका लाइट प्रयोग गर्दा भने खर्च पनि बढी आउँछ । बजारमा सस्ता र महँगा दुवै किसिमका लाइट पाइन्छन् । मान्छेको रुचिअनुसार लाइटिङमा खर्च हुने भट्टराई बताउँछन् ।
रङरोगनः ३ लाख ५० हजार रुपैयाँ
साढे दुई तलाको घरमा रङरोगन गर्न ३ लाख ५० हजार रुपैयाँजति खर्च लाग्छ । भट्टराईका अनुसार रङ किन्नका लागि २ लाख ५० हजार रुपैयाँ र रङ लगाउन एक लाख रुपैयाँ लाग्छ ।
स्टिल रेलिङः २ लाख रुपैयाँ
घरको भ¥याङदेखि बार्दलीसम्म रेलिङ राख्नुपर्ने हुन्छ । अढाई तलाको घरमा स्टिलको रेलिङ राख्दा दुई लाख रुपैयाँ खर्च हुने राजभण्डारी बताउँछन् ।
टायल/मार्बलः ३ लाख रुपैयाँ
घरको भ¥याङ, भान्छादेखि गल्लीमा टायल र मार्बल प्रयोग हुन्छ । अढाई तलाको घरमा टायल, मार्बल र ग्रेनाइट राख्न तीन लाख रुपैयाँ खर्च गर्नुपर्छ । उच्चगुणस्तरको मार्बल, टायल र ग्रेनाइट राख्न चाहेमा अझ बढी खर्च हुन सक्छ ।
किचन र्याक: १ लाख ५० हजार रुपैयाँ
भान्छामा मार्बल, टायल र ग्रेनाइट प्रयोग हुन्छ । यसको मूल्य माथि नै जोडिइसकेको छ । भान्छामा ¥याक राख्नुपर्ने हुन्छ । जसमा एक लाख ५० हजार रुपैयाँ खर्च लाग्छ । भान्छामा जति बढी फर्निसिङ गर्न खोज्यो, त्यति नै बढी खर्च गर्नुपर्छ ।
प्लम्बिङ पाइपलाइनः ९० हजार रुपैयाँ
अढाई तलाको घरमा पाइप फिटिङ गर्नका लागि ९० हजार रुपैयाँ खर्च लाग्ने भट्टराई बताउँछन् ।
ट्यांकीः १ लाख ७२ हजार रुपैयाँ
घरमा सेफ्टी ट्यांकी, रिजर्भ ट्यांकी र छतमा प्लास्टिकको ट्यांकी राख्नुपर्ने हुन्छ । प्लास्टिक ट्यांकी राख्न स्ट्यान्ड पनि चाहिन्छ । सेफ्टी ट्यांकी बनाउन ४० हजार, रिजर्भ ट्यांकी बनाउन ८० हजार, एक-एक हजार लिटर अटाउने दुई वटा ट्यांकी राख्न २२ हजार र स्ट्यान्डको ३० हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।
छतमा जाने घुमेको फलामे भर्याङः २५ हजार रुपैयाँ
दुई तला माथिबाट छतमा जानका लागि फलामको घुमेको भ¥याङ राख्नुपर्ने हुन्छ । यो भ¥याङ राख्न २५ हजार रुपैयाँ खर्च लाग्छ ।
आउटर कम्पाउन्डवर्कः १ लाख ५० हजार रुपैयाँ
चार आनाको घर बनाउँदा गाडी राख्नका लागि खाली ठाउँ हुन्छ । त्यो खाली ठाउँमा ढुंगा छापेर चिटिक्क पार्नका लागि १ लाख ५० हजार रुपैयाँ खर्च हुन्छ ।
बाउन्ड्री वालः ३ लाख रुपैयाँ
मेटलको फेन्ससहित बाउन्ड्री वाल लगाउँदा करिब तीन लाख रुपैयाँ खर्च हुने भट्टराई बताउँछन् ।
मेन गेटः ६० हजार रुपैयाँ
घरमा बाउन्ड्री वाल लगाएपछि गेट पनि राख्नुपर्छ । अलि बलियो फलामे गेट राख्न ६० हजार रुपैयाँजति खर्च लाग्छ ।
ठेक्का रकम : १२ लाख
घर बनाउन निर्माण सामग्री किनेर मात्र हुँदैन । राम्रो कन्स्ट्रक्सन कम्पनीलाई निर्माणको जिम्मा लगाउनुपर्छ । अढाई तलाको घर बनाउन ठेकेदार कम्पनीले मजदुरको ज्यालासहित १२ लाख रुपैयाँ लिने भट्टराई बताउँछन् ।
एउटा अढाई तलाको घर निर्माणका लागि ७४ लाख ७१ हजार रुपैयाँ खर्च लाग्ने देखिन्छ । ‘यति लागतमा बलियो, सुरक्षित र राम्रो घर बनाउन सकिन्छ,’ उनी भन्छन्, ‘अझै सेवासुविधा थप्न चाहेमा लागत बढ्दै जान्छ ।’
उनका अनुसार घर बनाउँदा खर्च गर्ने ठाउँ जति पनि हुन्छन् । अत्याधुनिक सेवासुविधा राखेर मोटो रकम खर्च गर्न सकिन्छ । महँगा लाइट प्रयोग गरे पनि धेरै पैसा खर्च हुन्छ । पछिल्लो समय घरमा स्वचालित प्रविधिको पनि प्रयोग हुन थालेको छ । भन्छन्, ‘सेवासुविधाका लागि खर्चको सीमा नै छैन ।’ 3D डिजाइन श्रोत: KSM Services साभार : NepalHomes.com
सैनामैना ११ मंसिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवल देखि धानखोला सम्म एक्सप्रेस हाइवे निर्माणका लागि अर्थमन्त्रालयले बजेट प्रबनध गरेको वताउनु भएको छ । उहाले सैनामैनाका ३ नवनिर्मित विद्यालय भवनको समुद्घाटन गर्दै यस्तो वताउनु भएको हो । उहाले एक्सप्रेस हाइवे बनाउने वजेटको प्रबन्ध भएको वताएसंगै एक्सप्रेस हाइवे कति फराकिलो हुन्छ भन्ने चर्चा चलेको छ । श्रोतका अनुसार पूर्व पश्चिम राजमार्ग ४ लेनको बनाउने पूर्व निणर््ाय भईसकेको अवस्थामा एक्सप्रेस हाईवे आठलेनको हुन सक्ने छ । अर्थमन्त्री पौडेलले रुपन्देहीको सैनामैना नगरपालिकालाई आधुनिक र व्यवस्थित शहरको रुपमा विकास गरिने बताउनु भएको छ । शहरीकरणको महत्वलाई ठिक ढंगले बुझ्न सकेनौँ ,भने हामी वास्तवमा कंक्रिटको जंगलमा बदलिन सक्ने खतरा जहिले पनि रहन्छ’ उहाले भन्नु भयो ‘त्यसैले सैनामैनालाई कंक्रिटको जंगल हैन, आधुनिक र व्यवस्थित शहरका रुपमा बदल्न चाहन्छौँ । ’सैनामैना वडा नं ३ मा रहेको लामिरह उच्च बाँध निर्माण आयोजना सैनामैनाको मात्र नभएर राष्ट्रिय गौरवको आयोजना भएको पौडेलको भनाइ छ । मेचीदेखि महाकाली सम्म चुरे पर्वत शृङ्खलाको सदुपयोगका सन्दर्भमा लामिरह बाँध निर्माण गर्ने, पानी संकलन गर्ने र संचित पानीलाई सिँचाई र पर्यटनका निम्ति यसले महत्वपुर्ण भुमिका खेल्ने पौडेलको भनाइ छ । ‘पुर्वदेखि पश्चिम सम्म यस प्रकारको आयोजनाको परिकल्पना गरेर निर्माणका निम्ति गरिएका पुर्वअभ्यासहरु अन्यत्र छैनन् । त्यस दृष्टिकोणले पनि यो लामिरह आयोजना पहिलो हो, डिपिआर निर्माण प्रक्रिया अगाडि बढेको छ उहाले भन्नु भयो । सैनामैना १ मा रहेको ऐतिहासिक स्थल रानिकुवाको नजिकै गौतम बुद्ध सँग सम्बन्धित पुरातात्विक वस्तुहरुको संग्रह गरि आधुनिक व्यवस्थित संग्रहालयको निर्माण प्रक्रिया समेत अगाडि बढेको उहाले जानकारी दिनु भयो । सैनामैना चक्रपथले नगरलाई नयाँ उचाईमा उठाउन सहयोग गर्ने तथा बुटवल र सैनामैनामाको सिमा कर्शाघाटमा बन्न लागेको कृषि उपज केन्द्र कृषि उत्पादनलाई प्रोत्साहित गर्ने महत्वपूर्ण आयोजना भएको उहाको भनाइ छ । सैनामैनामा रहेका महत्वपुर्ण आयोजनाहरु ल्याण्ड फिल्ड साइड, सालझण्डी ढोरपाटन सडक, जेष्ठ नागरिक ग्राम, सडक तथा भौतिक पुर्वाधार, खेलकुद , विद्यालय लगायत विकास निर्माणका अन्य कामहरुमा समेत आवश्यक बजेटको अभाव हुन नदिने पौडेलले प्रतिबद्धता व्यक्त गर्नुभयो। साभार :- प्रेस पाटी
पोखरा । निर्माणधीन राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको जारी निर्माण एवं आगामी दिनमा गरिने कामका सम्बन्धमा राष्ट्रिय योजना आयोगका उपध्यक्षसहितको टोलीले स्थलगत अध्ययनलाई अघि बढाएको छ । लोकमार्ग अन्तर्गत कास्की, पर्वत र बागलुङको विभिन्न खण्डमा पुगेको टोलीले जारी कामको अनुगमनका साथै कार्य प्रगतिको विवरण लिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले जानकारी दिएका छन् । अनुगमनका क्रममा बागलुङ तथा कास्कीको पोखरा महानगरका विभिन्न स्थानमा काम अघि बढाउन बढ्दो बस्ती विकासलगायतका समस्या देखिएको उनले बताएका छन् । समस्या देखिएका स्थानमा सम्बन्धित स्थानीय तह एवं सरोकारवाला सबैको सहयोग तथा समन्वयमा निर्माण कार्यलाई तीव्रता दिनुपर्ने कँडेलको भनाई छ । निर्माणको गुणस्तरीयतामा प्राविधिक पक्षले अत्यन्त महत्व राख्नेमा जोड दिँदै उनले विभिन्न आयोजनाको सफलता सम्बद्ध सबै पक्षको समन्वय र सहकार्यमा निर्भर रहने बताएका छन् । विश्वव्यापी महामारीका रुपमा पैmलिएको कोरोना भाइरसको संक्रमणले विकास निर्माणमा प्रत्यक्ष असर परेको बताउँदै उनले संक्रमणको बाबजुद पनि राष्ट्रिय गौरवका आयोजना अघि बढाउन सरकारी पक्षबाट कुनै कसर बाँकी नराखिएको उल्लेख गरे । प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियाले लोकमार्ग अन्तर्गत पोखरा महानगर खण्डमा पर्ने २३ किलोमिटर दूरीका सडकका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भए पनि काम अघि बढन नसकेको बताएका छन् ।
सडक खण्डका विभिन्न स्थनमा बढ्दो बस्ती विकासलगायतका समस्या रहेकोले सम्वद्ध सरोकारवाला सबैले थप छलफल गरी निर्माण कार्यलाई अघि बढाउन पहलकदमी गर्नुपर्ने उनले आवश्यकता औंल्याए । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले राष्ट्रिय गौरवका महत्वपूर्ण आयोजना सञ्चालन पूर्व सम्बन्धित स्थानीय तह एवं सम्वद्ध पक्षसँगं छलफल गरिनुपर्नेमा जोड दिएका छन् । विकासका काममा सकेसम्म सर्वसाधारणको कम क्षति हुने गरी गर्नुपर्ने बताउँदै उनले जनताले अधिकतम लाभ पाउने यस किसिमका योजनामा महानगरले आफ्ना तर्पmबाट सहजीकरण गर्ने बताएका छन् ।
मङ्सिर २ गते लोकमार्ग अन्तर्गतको कास्कीको हेम्जास्थित सेती नदी निर्माणाधीन पक्की पुलबाट सुरु गरेको सो टोलीले पर्वत हुँदै बागलुङ, रोल्पा र रुकुमको सङ्गमस्थल बुर्तिवाङ, पातीहाल्ने स्थानसम्म स्थलगत अनुगमन गरेको थियो । सो टोलीले लोकमार्गका साथै सालमण्डी, बुर्तिवाङ ढोरपाटन अर्को सडक आयोजना, कालीगण्डकी करिडोरको राहुघाट र निसीखोला गाउँपालिकास्थित अन्तरगंगा जलविद्युत् आयोजनालगायतका विभिन्न विकास निर्माणको अनुगमन गरेको थियो । विक्रम सम्बत २०७५ पुसदेखि शुरु भएको आयोजना अन्तर्गत कास्की, पर्वत र बागलुङ खण्डको कूल २४० किमी क्षेत्रफलमध्ये २०१ किमीमा काम भइरहेको आयोजना प्रमुख मेघराज मरासिनीले जानकरी दिएका छन् ।
उनका अनुसार यस खण्डको बाँकी कास्की र लमजुङ जोड्ने १६ किमीको बोलपत्र आह्वान भइसकेको छ भने कास्कीको पोखरा महानगरपालिका अन्तर्गतको २३ किमी सडक खण्डका लागि निर्माण प्रक्रिया अघि बढेको छैन । आर्थिक वर्ष २०७८/७९ सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको हालसम्म ७५ प्रतिशत काम सम्पन्न भएको र विभिन्न १२ वटा ब्लकमा काम भइरहेको उनले जानकारी दिएका छन् । आयोजनाको यस खण्डका लागि कूल साढे ६ अर्ब रुपैया विनियोजन गरिएको छ ।
काठमाडौं । होन्डाको लागि आधिकारीक विक्रेता स्याकार ट्रेडिङले नेपालमा बिक्री गर्दै आएको विभिन्न मोटरसाइकल तथा स्कुटरको पछिल्लो मूल्यसूची प्रकाशन गरेको छ । होन्डाले उक्त नयाँ मूल्यसूची कार्तिक २५ गते प्रकाशन गरेको हो । नाडा अटोमोवाइल एसोशिएसन अफ नेपालले हरेक ४ महिनामा एक पटक आफ्ना सदस्यहरुले बिक्री वितरण गर्ने सवारी साधनको अधिकतम खुद्रा मूल्य कार्तिक २५ गते प्रकाशन गरेको थियो । नयाँ प्रकाशित मूल्यसूचीमा होन्डाले नेपालमा बिक्री गर्ने विभिन्न १६ मोडलका २७ भेरियन्टको मूल्य प्रकाशन गरेको छ । कम्पनीले नेपालमा बिक्री गर्ने सबैभन्दा कम मूल्यको नाभीको १ लाख ५४ हजार ९०० देखि सबैभन्दा महंगो मूल्यको सिबिआर ६०० को मूल्य ३४ लाख ५० हजार रुपैयाँ रहेको छ । होन्डाले स्कुटर सेग्मेन्टमा डिओ, एक्टीभा, एभिएटर र ग्राजिया बिक्री गर्दै आएको छ भने साना मोटरसाइकल सेग्मेन्टमा सिडी ड्रिम, यूनिकर्न, एक्सब्लेड, हर्नेट लगायतका मोडल बिक्री गर्दै आएको छ । होन्डाले विग बाइक सेग्मेन्टमा सिबीआर ६००, सिबी ४००, सिएफआर २५०, एक्स आर सिरिज लगायतका बाइकहरु बिक्री गर्दै आएको छ । यस्तो छ सबै भेरियन्टको नयाँ मूल्यसूची
तनहुँ– तनहुँ जिल्लामा निःशुल्क पशु बीमा कार्यक्रम शुरुवात भएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत् जिल्लाभित्रका पशुपालक किसानका लागि बीमा कार्यक्रम शुरुवात गरिएको हो।
चालु आर्थिक वर्षदेखि गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विनियोजन गरेको ९० लाख रूपैयाँ बजेटमार्फत् कार्यक्रम शुरु भएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। ‘यसअघि जिल्लाभित्रका पशुपालक कृषकले पशुपक्षी बीमाबापतको रकमको २५ प्रतिशत रकम आफैँले व्यहोर्नु पर्थ्यो,’ उनले भने, ‘अब यो कार्यक्रम लागू भएसँगै किसानहरुले पशुवस्तुको बीमा गरेबापत कत्ति पनि रकम तिर्नु नपर्ने भएको छ।’ बीमा कार्यक्रमअन्तर्गत एकजना किसानले अधिकतम एक करोडसम्मको बीमा गराएबापत लाग्ने खर्च कार्यालयले व्यहोर्ने प्रमुख डा श्रेष्ठले जानकारी दिए।
बीमा रकम भुक्तानीका लागि किसानले आफ्ना पशु वस्तुको बीमा गरेको कागजात पेश गर्नुपर्ने उनले जानकारी दिए। ‘किसानले बीमा कम्पनीमार्फत् पशु वस्तुको बीमा गर्छन्, बीमा गरिसकेपछि किसानले बीमाबापत भुक्तानी गरेको नगदी रसिद, बैँक खातासहित कार्यालयमा निवेदन दिनुपर्छ,’ उनले भने, ‘त्यसबाहेक कृषि फार्म भए फार्मको दर्ता प्रमाणपत्र र व्यक्ति भए नागरिकता उपलब्ध गराएपछि प्रक्रिया पुर्याएर रकम भुक्तानी गरिदिन्छौं । साभार नेपाली लाइभ बाट ।
काठमाडौँ । वायु सेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले काठमाडौँ उपत्यकामा बन्दाबन्दी गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाएको छ ।
विगत छ महिनाको बन्दाबन्दीपछि थोरबहुत जुर्मुराएको अर्थतन्त्रलाई फेरि शिथिल बनाउने अवस्थामा थप बन्दाबन्दी मुलुकले थेग्न नसक्ने अवस्था रहेको सङ्घले आज विज्ञप्तिमार्फत जनाएको हो ।
‘केही सञ्चार माध्यममा तिहार र छठ पर्वपछि फेरी लकडाउन गर्ने समाचारप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । छ महिनाको बन्दाबन्दीले शिथिल भएको पर्यटन, यातायात तथा हवाई सेवालगायतका अन्य व्यवसायलाई फेरि पनि ठप्प बनाउने कार्य गरिनु उचित हुँदैन । यसले हजारौँ श्रमिकले रोजगार गुम्ने र तीनमा आश्रित परिवारको रोजिरोटीसमेत खोसिनुका साथै वायुसेवा कम्पनी रु ६ अर्बभन्दा बढी घाटामा गइसकेको अवस्थामा थप व्यवभार थप्नु न्यायोचित हुँदैन’, विज्ञप्तिमा भनिएको छ ।
कोभिड–१९ महामारीको सङ्क्रमणदर उच्च रहेको भन्दै काठमाडौँ उपत्यकामा लकडाउन गर्न उपत्यकाका मेयर फोरमले सुझाव दिएको थियो । महामारीकैबीच भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान तथा असोज ५ देखि आन्तरिक उडान शुरु भएको थियो ।
सरकारले मङ्सिर १ देखि सबै प्रकारका पर्यटकीय गतिविधि पुनःसञ्चालन गर्ने निर्णय गरेको छ । यसले पर्यटन, होटल र हवाई व्यवसायीलाई आशावादी बनाएको भन्दै सङ्घले होलिडे प्याकेज तथा ट्रेकिङको बुकिङसमेत आउन शुरु भइसकेको जनाएको छ ।
मास्कको प्रयोग, सामाजिक दूरीको ख्याल गर्दै कोरोनाबाट बच्न सकिने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेहरुलाई भने कारवाहीको दायरामा ल्याउन पनि सङ्घले माग गरेको छ । बन्दाबन्दीका बीचमा समेत सङ्क्रमित बढिरहेको र कोरोना नियन्त्रणको उपाय पर्याप्त नभएकोले भन्दै सङ्घले लकडाउन मात्र प्रभावकारी नहुने भएकाले महामारी नियन्त्रणमा पूर्वाधार तथा जनशक्ति परिचालन गरी सबैको सक्रियता चाहिने उल्लेख गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् । अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले उडान गर्छन् । समाचार राजधानी डेलि मा छापेको छ ।