काठमाडौं । नेपालमा विक्री हुने लगभग एउटै मूल्यका कार मासिक १८ हजार किस्ता तिर्नेगरि खरिद गर्न सकिन्छ । अहिले बजारमा विक्री हुँदै आएका हुन्डाई सेन्ट्रो, रेनो क्वीड, डाट्सन रेडी गो र मारुती सुजुकी एस-प्रेसो कम मासिक किस्तामा खरिद गर्न सकिने कार हुन् ।
हुन्डाई सेन्ट्रोको सुरुवाती भेरियन्ट इराको मूल्य २४ लाख ५६ हजार रुपैयाँ रहेको छ । तर, सेन्ट्रोको टप भेरियन्टको मूल्य ३२ लाख २६ हजार रुपैयाँ रहेको छ । कम्पनीले सेन्ट्रोमा नयाँ वर्ष स्कीम अन्तर्गत ८० हजार नगद छुट र कम्तीमा २० हजार स्क्र्याचकार्ड मार्फत छुट प्राप्त गर्न सक्ने छन् । यसरी हेर्दा सेन्ट्रोमा १ लाख नगद छुट प्राप्त गर्न सकिन्छ । अहिले सेन्ट्रो इरा किन्न चाहने ग्राहकले मासिक १८ हजार किस्ता तिर्नेगरि खरिद गर्न सक्ने छन् ।
मारुती सुजुकी एस-प्रेसो नेपालमा विक्री हुने अर्को कम मूल्यको गाडी हो । कम्पनीले २३ लाख ४९ हजारदेखि २५ लाख ९९ हजार रुपैयाँसम्ममा विक्री गर्दै आएको एस-प्रेसो बल्की डिजाइनमा तयार भएको कार हो । यसमा कम्पनीले ७५ हजारसम्म छुट दिदै आएको छ । यसलाई मासिक १७ हजार ५ सय किस्ता तिर्नेगरि ग्राहकले खरिद गर्न सक्ने छन् ।
रेनोको सफल ह्याचव्याक क्वीड पनि कम मूल्यमा किन्न सकिने कार हो । यसलाई कम्पनीले २४ लाख ९९ हजारदेखि २६ लाख ४९ हजारसम्म मूल्य निर्धारण भएर विक्री वितरण हुँदै आएको छ । नयाँ वर्षको अवसरमा कम्पनीले यसलाई ७५ हजारसम्म नगद छुट दिदै आएको छ । यसको सुरुवाती भेरियन्ट खरिद गर्नेले मासिक १८ हजार ५ सय किस्ता तिर्नु पर्ने हुन्छ ।
अर्को कम मूल्यको कार डाट्सन रेडी गो हो । नेपालमा यसको दुई भेरियन्ट विक्री हुँदै आएको छ । यसलाई किन्न चाहने ग्राहकले म्यानुयल र अटोमेटिक गियरबक्समा खरिद गर्न सक्ने छन् । यसको म्यानुयल भेरियन्टको मूल्य २३ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसलाई पनि ग्राहकले १८ हजार ५ सयसम्म मासिक किस्ता तिर्नेगरि खरिद गर्न सक्छन् ।
अहिले बजारमा बैंक तथा वित्तीय संस्थाले अटो लोन ७ प्रतिशतदेखि नै दिदै आएका छन् । डाउन पेमेन्ट वापत गाडीको मूल्यको ५० प्रतिशत ग्राहकले आफुले तिर्नुपर्छ भने ५० प्रतिशत कर्जा लिन सक्नेछन् । बैंकले यसरी दिने कर्जा ७ वर्षको मासिक किस्तामा तिर्नेगरि लिन सकिन्छ ।
२२ वैशाख, काठमाडौं । एनआईसी एसिया बैंकले चर्को ब्याज लिएर सर्वसाधारण ऋणीलाई महामारीमा पनि दुःख दिएको खबरपछि नेपाल राष्ट्र बैंकले जवाफ माग गरेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले एनआईसी एशिया बैंकलाई पत्रचार गर्दै ‘बाहिर आएका विषय वस्तुमा के कसो भएको हो सो बारे तत्कालै जानकारी गराउनू’ भन्दै पत्राचार गरेको हो । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल ले बैंकलाई पत्र काटिएको पुष्टि गरे । उनका अनुसार अचाक्ली ब्याज लिएर महामारीमा पनि ग्राहकलाई समस्यामा पारेको भन्ने विषयबाहिर आएपछि जवाफ माग गरिएको हो । बैंकले जवाफ भने फर्काएको छैन । ‘यो सुपरीवेक्षण विभागले गर्ने कुरा हो, जवाफ माग गरेर पत्र काटिएको छ’ नियमन विभागका प्रमुख समेत रहेका प्रवक्ता ढकालले भने, ‘हिजो मात्रै पत्र काटिएको छ, आज वा भोलिसम्ममा जवाफ आउँला ।’ बैंकको जवाफपछि मात्रै के गर्ने भनेर सुपरीवेक्षण विभागले निर्णय गर्नेछ । एनआईसी एसिया बैंकले पछिल्लो समय ग्राहकलाई सामान्य मौका समेत नदिई घरजग्गा लिलामी घर खाइदिएको आरोप समेत झेल्दै आएको छ । बैंकले पछिल्लो समय अत्यधिक ब्याजदर लिने गरेको गुनासो बढेको छ । बैंकको विराटनगर शाखाले घर कर्जाको ब्याजदर ९ प्रतिशतबाट बढेर करिब १६ प्रतिशत पुगेको भन्दै ऋणीलाई पत्राचार गरेको थियो । तर, बैंकको बेस रेट ६.७७ प्रतिशत रहेको छ । बेस रेटमा सामान्य तया २ प्रतिशत पि्रमियम जोडेर अन्य बैंकहरुले ऋण लगानी गर्दै आएका छन् । तर बैंकले ९ प्रतिशतसम्म पि्रमियम जोडेको भन्दै आलोचना भएको छ ।
५ मइ २०२१, साउदी अरब ! बिश्वब्यापी रुपमा फैलिरहेको कोभिड-१९ ले दिनानुदिन नेपालमा पनि बड्दो विकराल अवस्था निम्त्याइरहेको बेलामा एनआरएनए साउदी अरबले पनि आर्थिक सहयोग रकम संकलन कार्य अगाडी बढाउदै सबैलाई सहयोग का लागी आव्हान गरेको छ ।
नेपालमा बेला बेलामा आइ पर्ने हरेक प्राकृतिक बिपत्तिमा सहयोग गर्दै आइरहेको एनआरएनए ले नेपालमा बिगत केही दिन देखी कोरोना पोजेटिभको संख्या अत्याधिक बड्दै गइरहेको र उक्त अवस्थालाई नियन्त्रण गराउन एनआरएनए आईसीसीका अध्यक्ष कुमार पन्तले सबै देशका एनआरएनए लाई आग्रह गरेका छन् । एनआरएनए एनसीसी र आईसीसी प्रतिनिधिहरुको बसेको आकस्मिक बैठकको निर्णय अनुसार प्रत्येक एनसीसीलाई द्रुत गतिमा आर्थिक वा सामग्री मार्फत महामारीको विरूद्ध लड्न, नेपालको प्रयासलाई तुरुन्त समर्थन गर्न र योगदान पुर्याउन अनुरोध गरेका छन्। आफ्नो मातृभूमिलाई अक्सिजन, भेन्टिलेटरको सख्त आवश्यकता रहेको र नेपालमा विशेष गरी काठमाडौंमा COVID-१९ को द्रुत गतिमा तथा खतरनाक फैलावटलाइ रोक्नका लागि शिफ्ट ट्रीटमेन्ट केन्द्रहरू बनाउने जानकारी गराएको छ।
यो भयावह अबस्थाले स्वास्थ्यकर्मीहरूलाई अत्याधिक काम र तनावग्रस्त भएको अबस्थामा उचित र समयमै हेरचाह, अक्सिजन, भेन्टिलेटरहरू, अस्पतालमा पर्याप्त ठाउँ आदि जस्ता सरल चिकित्सा सुविधाहरूको अनुपलब्धताको कारण धेरै व्यक्तिहरूले आफ्नो ज्यान गुमाएका कारण यसबाट सजग रहन पनि आग्रह गरेको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि एनआरएनए आइसिसी को आग्रह अनुसार एनआरएनए साउदी अरबले पनि एक आकस्मिक बैठक राखी सहयोग रकम उठाउन सुरु गरेको छ । फलस्वरूप बैठकलको निर्णय अनुसार एनआरएनए साउदीले न्युनतम ५ लाख सहयोग गर्ने र अधिकतम जति पनि हुन सक्ने जनाएको छ ।
यदि कसैले इच्छुक भएर सहयोग गर्न चाहनेहरुलाइ साउदी अरबका विभिन्न क्षेत्रहरूमा रहेका आफ्ना एनआरएनए प्रतिनिधि को विवरण सेयर गर्दौ उहाँ हरुलाइ सम्पर्क गर्न समेत आग्रह गरेको छ ।
सेयर लगानी गर्नुअघि कम्पनीहरुको वित्तीय विवरण बुझ्नु अपरिहार्य हुन्छ। महत्वपूर्ण वित्तीय सूचकका आधारमा मात्रै सेयरमा लगानी थप्ने, पर्खने वा झिक्ने भन्नेबारे निर्णय गरिन्छ।
वित्तीय विवरण राम्ररी बुझेर मात्रै लगानी गर्नुपर्ने अनुभवी लगानीकर्ताको सुझाव छ। हाल सबै वाणिज्य बैंकहरुको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएको छ। तेस्रो त्रैमासिक वित्तीय विवरणका आधारमा १ वर्षकै विवरण अनुमान गर्न सकिन्छ।
कम्पनीले कति लाभांश दिन सक्छ ? कम्पनीमा केकस्ता जोखिम बढेका छन् ? कम्पनीको बजार मूल्य कतातिर जान्छ लगायतका विषय बुझ्न लगानीकर्तालाई वित्तीय विवरणले नै मार्ग प्रदान गर्छ।
सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल लगानीअघि कम्पनीको बिजेनस स्थिति, प्रतिसेयर आम्दानी (इपिएस), मूल्य आम्दानी अनुपात (पिई रेसियो)जस्ता आधारभूत पक्ष केलाउनुपर्ने बताउँछन्।
अर्का लगानीकर्ता पिताम्बर शर्मा खरेल पनि अर्यालको भनाइमा सहमत छन्। ‘मूल्य आम्दानी अनुपात २० भन्दा कम भएका बैंक नयाँ लगानीकर्ताका लागि उपयुक्त हुन्छन्। तर बैंकको बिजनेस पनि औसतभन्दा माथि बढेको राम्रो हुन्छ,’ उनले भने।
हेर्नस् बढ्दो बिजनेसः बिजनेस बढाउँदै लगेका कम्पनीको नाफा बढ्दै जाने संभावना हुन्छ। नाफाले नै अरु सूचकलाई पनि प्रभाव पार्ने भएकाले बिजनेस बढाउँदै लगेका कम्पनीहरु लगानीकर्ताले छनौट गर्नुपर्छ।
बैंकहरुको हकमा मर्ज र एक्वीजिसनका कारण पनि कतिपयको बिजनेस वृद्धिदर राम्रो देखिन्छ। बैंकहरुको मुख्य बिजनेस भनेकै कर्जा प्रवाह हो। सबैजसो बैंकहरुको कर्जा प्रवाह बढेको छ।
बैंक
कर्जा (चैत ०७७)
कर्जा (चैत ०७६)
कर्जा वृदिदर
एनआइसी एसिया
२ खर्ब ५९ अर्ब
१ खर्ब ७५ अर्ब
४८
ग्लोबल आइएमई
२ खर्ब ३३ अर्ब
२ खर्ब १ अर्ब
१५
नबिल
१ खर्ब ९४ अर्ब
१ खर्ब ५५ अर्ब
२५
राष्ट्रिय वाणिज्य
१ खर्ब ७९ अर्ब
१ खर्ब ५२ अर्ब
१७
इन्भेष्टमेन्ट
१ खर्ब ६० अर्ब
१ खर्ब ४३ अर्ब
११
सिद्धार्थ
१ खर्ब ५८ अर्ब
१ खर्ब २८ अर्ब
२३
एनएमबि
१ खर्ब ५३ अर्ब
१ खर्ब २० अर्ब
२७
कृषि विकास
१ खर्ब ४६ अर्ब
१ खर्ब २३ अर्ब
१८
प्रभु
१ खर्ब ४२ अर्ब
१ खर्ब २ अर्ब
३९
मेगा
१ खर्ब ३७ अर्ब
८२ अर्ब
६७
कुमारी
१ खर्ब ३४ अर्ब
९२ अर्ब
४५
प्राइम
१ खर्ब ३३ अर्ब
१ खर्ब १५ अर्ब
१५
नेपाल
१ खर्ब ३३ अर्ब
१ खर्ब ५ अर्ब
२६
एभरेष्ट
१ खर्ब २७ अर्ब
१ खर्ब २० अर्ब
५
हिमालयन
१ खर्ब २७ अर्ब
१ खर्ब १० अर्ब
१५
सानिमा
१ खर्ब १७ अर्ब
९४ अर्ब
२४
माछापुच्छ्रे
१ खर्ब १६ अर्ब
९४ अर्ब
२३
सिटिजन्स
१ खर्ब १२ अर्ब
७६ अर्ब
४७
लक्ष्मी
१ खर्ब ६ अर्ब
९२ अर्ब
१५
नेपाल एसबिआई
१ खर्ब २ अर्ब
१ खर्ब
२
बिओके
९६ अर्ब
८२ अर्ब
१७
सनराइज
९५ अर्ब
८२ अर्ब
१५
एनसिसी
९२ अर्ब
६८ अर्ब
३५
सिभिल
८१ अर्ब
५२ अर्ब
५५
सेन्चुरी
७५ अर्ब
६० अर्ब
२५
नेपाल बंगलादेश
६९ अर्ब
६१ अर्ब
१३
स्टान्डर्ड चार्टड
६५ अर्ब
६० अर्ब
८
प्रतिसेयर आम्दानीः एक कित्ता सेयरबराबर कम्पनीले आर्जन गरेको आम्दानीलाई प्रतिसेयर आम्दानीले जनाउँछ।
कतिपय कम्पनीको नाफा बढी देखिए पनि प्रतिसेयर आम्दानी कम हुन सक्छ। कम्पनीको जारी सेयर संख्याले प्रतिसेयर आम्दानीलाई असर पार्छ। तसर्थ नाफाभन्दा पनि प्रतिसेयर आम्दानी लगानीकर्ताका लागि महत्वपूर्ण हुन्छ।
प्रतिसेयर आम्दानीकै आधारमा आगामी दिनमा कम्पनीले कति लाभांश दिन सक्ला भन्ने अनुमान पनि गर्न सकिन्छ।
बैंक
प्रतिसेयर आम्दानी चैत ०७७
प्रतिसेयर आम्दानी असार ०७७
एनआइसी एसिया
३४.८७
३४.६८
ग्लोबल आइएमई
२२.०५
१८.९९
नबिल
३६.६३
४५.७४
राष्ट्रिय वाणिज्य
४७.४७
४४.९६
इन्भेष्टमेन्ट
२३.४७
२३.३८
सिद्धार्थ
२५. २८
१६.४६
एनएमबि
२०.६४
११.६७
कृषि विकास
२२. १९
२१.८४
प्रभु
२४. ७९
१९.८९
मेगा
१८.१९
१८.८३
कुमारी
१७.३७
१४.१३
प्राइम
२३.३६
१९.३६
नेपाल
२३.८७
२७.१३
एभरेष्ट
२२.६०
३७.०३
हिमालयन
१६.०६
३२.९६
सानिमा
२५.७३
२४.७७
माछापुच्छ्रे
१९.०१
१७.१९
सिटिजन्स
१५. ५४
७.९८
लक्ष्मी
१६.०६
१४.८१
नेपाल एसबिआई
१२.३४
२१.४१
बिओके
१६.१४
१३.६३
सनराइज
१५.८८
१३.९१
एनसिसी
१४.२३
१५.०७
सिभिल
५.८१
४.५०
सेन्चुरी
५.२९
१४.५१
नेपाल बंगलादेश
२४.९७
१६.१६
स्टान्डर्ड चार्टड
१८.४१
३०
मूल्य आम्दानी अनुपात (पिई रेसियो)- सेयरको बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरेर मूल्य आम्दानी अनुपात (पिई) रेसियो निकालिन्छ। पिई रेसियो जति कम हुन्छ, त्यति राम्रो मानिन्छ।
यसलाई उदाहरणबाट बुझौं, वार्षिक १ रुपैयाँ लाभांशका लागि २० रुपैयाँ लगानी गर्ने कि २५ रुपैयाँ ? २० रुपैयाँ लगानी गरेर बाँकी ५ रुपैयाँ बचत गर्न वा अन्यन्त्र लगानीका लागि स्रोत जुटाउन सकिने भयो। यसैलाई पिइ रेसियोले जनाउँछ।
यस्तो अनुपात २० भन्दा कम राम्रो मानिन्छ। तर अन्य सूचक अझै राम्रो भएको खण्डमा २० भन्दा केही माथि हुँदा पनि रोजाइमा पर्न सक्छन्।
बैंक
बजार मूल्य
मूल्य आम्दानी अनुपात
एनआइसी एसिया
८९७
२५.८
ग्लोबल आइएमई
४२७
१९.३
नबिल
१२७०
३४.६
राष्ट्रिय वाणिज्य
इन्भेष्टमेन्ट
४४७
१९.०
सिद्धार्थ
४२१
१६.६
एनएमबि
४१४
२०
कृषि विकास
४१९
१८.८
प्रभु
४३३
१७.४
मेगा
३०३
१६.६
कुमारी
३१४
१८
प्राइम
४२९
१८.३
नेपाल
४१७
१७.४
एभरेष्ट
७२९
३२.२
हिमालयन
४९२
३०.६
सानिमा
३९४
१५.३
माछापुच्छ्रे
३०५
१६
सिटिजन्स
३०९
१९.८
लक्ष्मी
२९३
१८.२
नेपाल एसबिआई
३९७
३२.१
बिओके
३०३
१८.७
सनराइज
३०२
१९
एनसिसी
३५२
२४.७
सिभिल
२२९
३९
सेन्चुरी
२३३
४४
नेपाल बंगलादेश
३७९
१५.१
स्टान्डर्ड चार्टड
५८०
३१.५
निष्क्रिय कर्जाः निष्क्रिय कर्जाले बैंकको सुशासनलाई पनि जनाउँछ। बैंकले प्रवाह गरेको कुल कर्जामा नियमित रुपमा उठ्न नसकेको साँवा तथा ब्याजको हिस्सालाई निष्क्रिय कर्जाले जनाउँछ।
निष्क्रिय कर्जा धेरै हुनु भनेको बैंकले दिएको धेरै ऋण उठाउन नसक्नु हो। नउठ्ने यस्तो ऋण बढ्दै जाँदा प्रोभिजनवापत धेरै रकम छुट्याउनुपर्छ, जसले आगामी दिनमा नाफा खुम्चिन सक्छ। तसर्थ निष्क्रिय कर्जा घटाउँदै लगेका बैंकहरु छनौटका लागि राम्रा मानिन्छ।
बैंक
निष्क्रिय कर्जा चैत ०७७
निष्क्रिय कर्जा असार ०७७
एनआइसी एसिया
०.४७
०.७५
ग्लोबल आइएमई
१.६१
१.१४
नबिल
०.४८
०.६३
राष्ट्रिय वाणिज्य
३.६२
४.६४
इन्भेष्टमेन्ट
२.३२
२.६७
सिद्धार्थ
०.८८
२.२४
एनएमबि
१.९७
२.४८
कृषि विकास
३.०८
३.६५
प्रभु
१.४८
२.९५
मेगा
१.३१
१.३२
कुमारी
१.०९
०.९८
प्राइम
०.८६
०.९७
नेपाल
२.२९
२.६४
एभरेष्ट
०.१२
०.२०
हिमालयन
०.८१
१.११
सानिमा
०.२१
०.३६
माछापुच्छ्रे
०.५१
०.४५
सिटिजन्स
१.८३
०.९७
लक्ष्मी
०.७१
१.७८
नेपाल एसबिआई
०.२३
०.१९
बिओके
१.०१
१.५३
सनराइज
१.९४
१.३२
एनसिसी
२.०५
२.७५
सिभिल
१.१३
२.९६
सेन्चुरी
२.९६
२.१९
नेपाल बंगलादेश
१.९१
२.७६
स्टान्डर्ड चार्टड
०.५०
०.२२
रिटर्न अन इक्वीटी (आरओई) : बैंकको कुल खुद कमाइबाट दायित्व चुक्ता गरी सेयरवापतको लगानीलाई दिन सक्ने औसत प्रतिफललाई आरओईले जनाउँछ। आरओई जति धेरै भयो उति राम्रो।
बैंक
आरओई चैत ०७७
आरओइ असार ०७७
एनआइसी एसिया
२३.२६
२२.६४
ग्लोबल आइएमई
१६.६६
१३.७९
नबिल
१७.९५
१८.५६
राष्ट्रिय वाणिज्य
१८.५२
२०.२५
इन्भेष्टमेन्ट
१३.८०
१३.४८
सिद्धार्थ
१४.०२
१५.४१
एनएमबि
१५.८२
९.१२
कृषि विकास
९.७०
१०.३२
प्रभु
१८.४६
१४.०२
मेगा
१४.६६
११.६८
कुमारी
१४.१९
८.३१
प्राइम
१८.२०
१४.६४
नेपाल
९.४६
९.५०
एभरेष्ट
१०.३१
१९.२६
हिमालयन
१०.०५
२०.२३
सानिमा
१९.७३
१९.२७
माछापुच्छ्रे
१५.२०
१४.९३
सिटिजन्स
१३.२२
११.८०
लक्ष्मी
११.४७
११.२८
नेपाल एसबिआई
८.१२
१४.३७
बिओके
१०.५३
८.६८
सनराइज
११.३१
१०.०१
एनसिसी
११.१६
१२.९६
सिभिल
६.५९
४.९०
सेन्चुरी
४.६४
१२.६५
नेपाल बंगलादेश
१६.४७
११.०८
स्टान्डर्ड चार्टड
१०.६३
१८.०७
सिसिडी रेसियोः यो सेयरधनीका लागि धेरै चासोको विषय हुनु नपर्ने भए पनि पछिल्ला दिनमा कतिपय बैंक थप ऋण दिन नसक्ने अवस्थामा छन्। सिसिडी रेसियोको अधिकतम सिमा ८५ प्रतिशत तोकिएको छ।
यसको अर्थ बैंकले मुल पुँजी र निक्षेपबाट ८५ प्रतिशतसम्म मात्रै कर्जा प्रवाह गर्न सक्छ। सिसिडी रेसियो ८५ को सीमानजिक हुनु भनेको निक्षेप नआएमा थप ऋण दिन नसक्नु हो। तसर्थ सिसिडी रेसियोले बिजनेस बढाउन कुन बैंकसँग स्रोत छ भन्ने कुरालाई जनाउँछ।
बिहीबार सेयर बजारको परिसूचक नेप्से करिब २६ अंकले बढेको छ। २५. ८३ अंकले बढेर परिसूचक २६११ अंकमा कायम भएको छ।
१ प्रतिशतले बढेको बजारमा कुल ४ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको छ। यस दिन बैंकिङ ७, ब्यापार १२६, विकास बैंक २७, जलविद्युत ८०, फाइनान्स ५, निर्जीवन बीमा १२४, उत्पादन १०३, अन्य ५०, माइक्रोफाइनान्स ४४ र जीवन बीमा १४२ अंकले बढेका छन्।
होटल तथा पर्यटन समूह भने २७ अंकले घटेको छ। यस दिन कारोबारका आधारमा एनसिसी बैंक अग्रस्थानमा रहेको छ।
सो बैंकको ३० करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य साढे ३ प्रतिशतले बढेर प्रतिकित्ता ३५२ रुपैयाँ कायम भएको छ।
कारोबारका आधारमा शिवम् सिमेन्ट, हिमालयन पावर पार्टनर र माथिल्लो तामाकोसी पनि अगाडि रहे। शिवम्को ३, हिमालयनको ७ र तामाकोसीको मूल्य करिब ३ प्रतिशतले बढेको छ।
यस दिन तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। सिंगटी हाइड्रोपावर, विशाल बजार कम्पनी र महिला लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले बढेको हो। आजको कारोबारपछि सिंगटीको मूल्य प्रतिकित्ता ३६३, महिलाको ३,१२५, विशाल बजारको ५०९९ रुपैयाँ पुगेको छ।
त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ७ प्रतिशतले बढेर प्रतिकित्ता ६१८ रुपैयाँ कायम भएको छ।
यस दिन मूल्य घट्ने कम्पनी ३ प्रतिशत मुनि रातोमा रहे। श्री इन्भेष्टमेन्टको मूल्य सबैभन्दा धेरै २. ८ प्रतिशतले घटेको छ।
सिरानचाेक, गाेरखा । सिरान्चाेक गाउँपालिका वडा नम्बर ७ का भूकम्प पिडित नागरिकहरुले घर बनाए पछिका किस्ता रकम लिनका लागि हैरानी मात्र बेहाेर्नु परेन । प्राविधिकलाइ उनले मागेजति रकम बुझाउनु पर्याे । घरकाे दाेस्राे र तेस्राे किस्ता लिने क्रममा कम्तिमा रु एक हजार पाँचसय देखि बढिमा १५ हजार सम्म बुझाउनुपर्नै नियम प्राविधिकले बनाएका थिए । यसरी रकम बुझाउँदा कुनै रसिद लिनुपर्दैन न कुनै भाैचर नै भर्नुपर्छ । जनप्रतिनिधिहरुले यस्ताे काम भइरहेकाे बारेमा कल्पना सम्म गर्न सकेका छैनन् । जनप्रतिनिधिलाइ थाहै नदिएर गलत काम गरेका प्राविधिकले वडा नम्बर २ मा पुगेपछि खुलेआम रकम असुलेका छन् ।
भूकम्प पुनर्निमार्ण प्राधिकरणका प्राविधिकहरु छिटाे गरी किस्ता प्राप्त गर्न केही रकम दिनुपर्ने भन्दै गाउँ गाउँ पुग्छन् । जिल्ला देखि केन्द्र सम्म सेटिङ हुन्छ पैसा नदिएर कहाँ आउँछ किस्ता रकम छिटाे भन्दै रकम असुल्ने गर्छन् ।
जिल्लाकाे सिरान्चाेक गाउँपालिका वडा नम्बर २ थालाजुङमा काम गर्ने प्राविधिक सुरेन्द्र कुमार यादवले साेही स्थानका तिलक भण्डारीसँग लिएकाे रु १५ हजार मिडियाले थाहा पाएकाेले फिर्ता गर्नु परेकाे बताए । इकाे प्यानल प्रयाेग गरेर बनाइएकाे भूकम्प प्रतिराेधि घरकाे किस्ता रकम लिनका लागि प्राधिकरणका प्रमुख शुशिल ज्ञवाली देखि नै सेटिङ मिलाउनु पर्ने र त्यसका लागि २५ हजार लाग्ने बताएका यादवले अन्तिममा १५ हजार सम्ममा काम मिलाउन सक्ने गरी रकम लिएका थिए। पक्तिकारकाे सम्पर्कमा आएका यादवले आफूले उक्त रकम सापटी स्वरुप लिएकाे र गाउँमा अर्कै हल्ला चलेपछि माेवाइल बैँकिङ मार्फत फिर्ता गरिसकेकाले यसकाे समाचार नबनाउन आग्रह गरे ।
पछिल्लाे चरणमा थालाजुङमा ४० काे सँख्यामा घर बनिरहेकाे यादवकाे भनाइ छ । घर निर्माण पछिकाे किस्ता रकम छिटाे गरी लिनका लागि केही रकम अनिवार्य दिनुपर्ने नियम यहाँकाे गाउँमा रहेकाे भूकम्प पिडित नागरिकहरु बताउँछन् । रकम नदिए खातामा किस्ता नआउने र दिए छिट्टै आउने यहाँकाे नियम गाउँलेहरु माझ रहेकाे पाइयाे।
भूकम्प पिडितहरुले छिटाे गरी घर बनाउन भन्ने धारणा पुनर्निमाण प्राधिकरणकाे रहेकाे जिल्ला आयाेजना कार्यन्वयन इकाइ ( अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) गाेरखाका गाेरखा प्रमुख रामशरण आचार्य बताउँछन् । कुनै पनि प्राविधिकले सेवाग्राहिसँग आर्थिक लाभ लिएकाे थाहा पाएमा कारवाहीका लागि सिफारिस गरिने उनकाे भनाइ छ ।
यादवले वडामा काम गर्ने सहायक कर्मचारी गाेपिलाल बस्नेत मार्फत ११ हजार रुपैयाँ पठाएर खमारीका जीत बहादुर अधिकारीलाइ फिर्ता गरे । अधिकारीले आफुसँग यादवले दिएकाे दुइ हजार पाँचसय राखेर बाँकी रकम अन्यलाइ फिर्ता दिए । रेट्राे फिटीङका लागि परेका घरहरुकाे किस्ता सिफारिस प्राविधिकले गर्नुपर्ने र त्यसबापत केही रकम लाग्ने प्रावधान यस वडामा रहेकाले रकम उठाउनु परेकाे प्राविधिक यादव बताउँछन् । रेट्राे फिटीङका ४० घरधुरीबाट मात्रै रकम लिएकाे उनले बताए ।
पैसा दिएकाे कुरा कसैलाइ भनेमा किस्ता रकम नआउने सन्देश प्राविधिकले दिएकाले भूकम्प पिडितहरु खुल्न चाहदैनन् । यादवले खमारी टाेलका नर बहादुर बस्नेतबाट १५००, जीत बहादुर अधिकारीबाट २५००, प्रेम बहादुर थापाबाट २५००, खाेप बहादुर बस्नेतबाट २५००,सीमा बस्नेतबाट १५०० घरमै पुगेर लिए । जामुनेबेशीका भक्त बहादुर भण्डारीकाे घर टाढा भएकाले अफिसमै आएर बुझाउन भनियाे र भण्डारीले वडा कार्यालयमा पुगेर २५०० रुपैयाँ यादवलाइ थमाए ।
सिरान्चाेक ७ का नागरिकहरुले जसरी सजिलै पैसा दिनेमा थालाजुङका नागरिकहरु नरहेकाे यादवकाे गुनासाे रहने गरेकाे गाउँलेहरुले बताएका छन् । तपाइँहरु किस्ता रकम छिटाे चाहियाे भन्नु हुन्छ काठमाण्डाै देखिका मानिसहरुलाइ मिलाउनुपर्छ पैसा नदिए काम गर्दैनन मागे जति दिनुहुन्न भन्दै दिए जति रकम यादवले लिएका हुन् । तेश्राे किस्ताका लागि फाइल अघिल्ला प्राविधिकलाइ पेश गरेका र अहिलेसम्म किस्ता रकम नआएकाले छिटाे गरी ल्याउन बाबुराम बस्नेतले एक हजार मात्र दिए हुने भएकाले उनले एक हजार मात्र दिए । तपाइँकाे पनि दुइ हजार पाँचसय लाग्छ भनेका यादवले दिन्न बरु भनेपछि हुन्छ हजारमा नै मिलाउँछु भनेर यादव भनेका थिए ।
पक्तिकारले सेवाग्राहि बनेर फाेन गर्दा घरका चारै दिशाबाट खिचिएका फाेटा, शाैचालयका फाेटा र गाउँलेहरुले दिए सरहकाे शुल्क लिएर वडा कार्यालय आउन भनेका थिए । सेवाग्राहीसँग रकम लिएका यादवले आफूहरुले सापटी दिएकाे र फिर्ता भइसकेकाे सन्देश दिन आग्रह गर्दै पत्रकारले थाहा पाएमा जागिर समेत जान सक्ने भन्दै घरघर पुगेर गुनासाे गरेका छन् । यादवले ४० घरधुरीबाट मात्रै रकम लिएकाे स्विकार गरेका छन् भने गाउँलेहरुका अनुसार रेट्राे फिटिङमा परेका घर सहित ६५ भन्दा धेरै घरधुरीबाट यादवले रकम उठाए छन् ।
सेवाग्राहिसँग रकम लिएकाे कुरा गाउँपालिका तहमा पुगेपछि पालिका प्रमुखले अनियमितता भएकाे खण्डमा आफूले सँरक्षण गर्न नसक्ने बताएसँगै केही रकम फिर्ता भएकाे खुल्न आएकाे छ । प्राविधिक यादवले विभिन्न तहमा फाेन सम्पर्क गरी समाचार नलेखिदन आग्रह गरेका थिए ।
सेवाग्राहीसँग आर्थिक लाभ लिने तपाइँकाे कार्यालय मातहतका कर्मचारीलाइ के कारवाही हुन्छ भन्ने प्रश्नमा सहरी विकास तथा भवन डिभिजन कार्यालय गाेरखाकी प्रमुख सुनिता श्रेष्ठले लिखित निवेदन आएमा विभागिय कारवाही हुने बताइन ।
राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणका प्रवक्ता भगवान अर्यालयले सेवाग्राहिसँग रकम लिने कुरा साेच्न नसकिने बताए । काम सम्पन्न भएपछि प्राविधिकले सिफारिस गर्ने हाे । यसबाेरमा विस्तृत विवरण पठाइदिन उनले आग्रह गरे । मनासलु.कम ले छापेको छ ।
२५ चैत, काठमाडौं। फ्लाई दुवई एयरलाइन्सको उडानबाट राइस कुकरमा करिब ८८४.४५० ग्राम सुन ल्याउने एकजनालाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ ।
मंगलबार राति सवा १० बजे दुबईको विमानबाट आएका धनुषाका ३४ वर्षीय प्रकाश महरालाई विमानस्थलस्थित भन्सार कार्यालय परिसरबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले फ्लाई दुवई एयरलाईन्सको उडानद्वारा दुवईबाट काठमाडौं आउँदा राइस कुकरमा लुकाइ छिपाइ ल्याएको उक्त परिमाणको धातु र बाला ल्याएका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२५ चैत, काठमाडौं। फ्लाई दुवई एयरलाइन्सको उडानबाट राइस कुकरमा करिब ८८४.४५० ग्राम सुन ल्याउने एकजनालाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ । मंगलबार राति सवा १० बजे दुबईको विमानबाट आएका धनुषाका ३४ वर्षीय प्रकाश महरालाई विमानस्थलस्थित भन्सार कार्यालय परिसरबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले फ्लाई दुवई एयरलाईन्सको उडानद्वारा दुवईबाट काठमाडौं आउँदा राइस कुकरमा लुकाइ छिपाइ ल्याएको उक्त परिमाणको धातु र बाला ल्याएका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं २३-चैत / नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजल/मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल/मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ । गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो । इन्डियन आयल कर्पोरेसनबाट १ अप्रिल २०२१ मा प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन गरेको हो । पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भए तापनि मासिक नोक्सानी अत्यधिक रहेको निगमले बताएको छ । स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ट गरेअनुसार आइतबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढेको हो । खाना पकाउने ग्याँस तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ । मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ७.३९ रुपैयाँ, डिजलमा प्रति लिटर १.९४ रुपैयाँ घाटा छ । ग्याँसमा प्रतिसिलिन्डर ४१८.४७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । १५ दिनमा निगमलाई ८८ करोड घाटा हुने र ग्याँसमा मात्रै पाक्षिक रुपमा ६०.१३ करोड घाटा रहेको निगमले बताएको छ । सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा सञ्चित नाफाबाट व्यवस्थापन गरिने निगमले जनाएको छ ।
२२ चैत, काठमाडौं। नेपाल राष्ट्र बैंकमा कार्यरत एकजना महिला कर्मचारी पक्राउ परेकी छन् । बैंककी शाखा अधिकृत सुष्मा रिजाल रेग्मीलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले बताए । ‘उहाँले जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको भन्दै सरकारी वकिलको कार्यालयमा जाहेरी परेको रहेछ’ परिसरका एक अधिकारीले भने, ‘अदालतबाट पक्राउ पुर्जी आइसकेको अवस्थामा उहाँलाई पक्राउ गरिएको हो ।’ सुष्माले भुपेन्द्रप्रसाद रिजालको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा रहेको रकम र लकरमा रहेको सुनचाँदी समेत अनधिकृत रुपमा निकालेको दावी छ । यस्तै सृजना फाइन्नास र अरनिको सहकारीमा भएको रकम झुक्याएर निकालेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुष्माले कुल तीन करोड रुपैयाँभन्दा धेरै रकम लिइ जाहेरवालालाई हेरचाह नगरी सम्पत्ति लिइसकेपछि बेवास्ती गरी ज्येष्ठ नागरिक ऐन, २०६३ अन्तर्गतको कसूर गरेको जाहेरीमा भनिएको छ ।