• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

कतारमा नेपाली युवकको हत्या

  • २० मंसिर २०७८, सोमबार ०२:२७ मा प्रकाशित
  • वैदेशिक रोजगारको लागि कतार पुगेका रोल्पाका एक युवकको हत्या भएको छ । रोल्पा लुंग्री गाउँपालिका–५ पुरोनोबोज्याङ बडाचौरका ओमबहादुर घर्तीमगरको गत कात्तिक २८ गते हत्या भएको परिवारले जनाएको छ ।

    ओमबहादुरकी पत्नी नवीनाका अनुसार कात्तिक २८ गतेदेखि श्रीमान सम्पर्कविहीन भएको र त्यसै दिन हत्या गरिएको हुनसक्ने आशंका गरेकी छन् । घटनाबारे थप जानकारी पाउन र दोषीमाथि कारवाही गर्न माग गर्दै नवीनाले काठामाडौंस्थित परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागमा उजुरीसमेत दिएकी छन् ।
    उनका अनुसार रोल्पा मिझिङ घर भएका श्रीमानसँगै एउटै कोठामा बस्दैआएका गोपाल घर्ती क्षेत्रीसँग सामान्य विवाद भएको र त्यसै कारणले भान्सा अलग गरेको ओमबहादुरले पहिल्यै जानकारी दिएका थिए ।
    ‘पहिले श्रीमानसँग साथै बसेको र पछि विवाद भएपछि भान्सा र कोठा अलग्गै गराएको खबर गर्नुभएको थियो’ निवेदनमा उनले भनेकी छन्, ‘कात्तिक २९ गते सोही व्यक्तिबाट चक्कु प्रहार गरी हत्या भएको जानकारी आयो ।’
    ओमबहादुरले सरकारबाट २०७७ फागुन १७ मा श्रम स्वीकृति लिई कतारको दोहास्थित ताडमुर रुफ्स एन्ड पुल्स डब्लु एल एल भन्ने कम्पनीमा काम गर्न पुगेका थिए । करिब सात महिनाअघि ओमबहादुर राजधानीस्थित गल्फ एशिया म्यान पावर कम्पनी प्रालि मार्फत् कामदार भिसामा कतार पुगेका थिए ।
    तर हत्याको खबर पाएपछि घरमा रहेका श्रीमती, साना छोराछोरी र बृद्ध बाआमा मुर्छित् छन् । ओमबहादुरका ठूलोबाका छोरा सुन्दर घर्तीमगरले ओमबहादुरको हत्या भएको खबर पाएपछि परिवार र गाउँ नै शोकमा डुबेको बताए ।

    ओमबहादुरकी पत्नी नवीनाले कन्सुलर विभागलाई पत्र लेख्दै मृतकको शव नेपाल ल्याइदिन र दोषीमाथि कारवाही गर्न माग गरेकी छन् । सुन्दरका अनुसार मृतकको शव नेपाल पठाउन कतारस्थित नेपालीहरूको संस्था रोल्पाली सेवा समाज र नेपाली दूतावासले पहल गरिरहेका छन् ।
    हत्याको आरोप लागेका गोपाल घर्ती क्षेत्रीलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने अनुसन्धान गरिरहेको सुन्दरले बताए । गोपालले ओमबहादुरको हत्या गरेको स्वीकारसमेत गरिसकेको नवीनाले बताइन् ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on कतारमा नेपाली युवकको हत्या

    साउदी अरबको रियाद नजिकै भएको कार दुर्घटनामा पाँच सदस्यीय भारतीय परिवारको मृत्यु ।

  • २० मंसिर २०७८, सोमबार ००:४८ मा प्रकाशित
  • शुक्रबार भएको भयानक दुर्घटनामा साउदी नागरिक र एक भारतीय परिवारका पाँच सदस्यसहित छ जनाको मृत्यु भएको छ भने पाँच साउदी नागरिक घाइते भएका छन् । साउदी र भारतीय परिवार सवार टोयोटा ल्यान्ड क्रुजर र कोरोला कारबीच रियाद–बिशा रोडमा रहेको रियादबाट २०० किलोमिटर टाढा अल–रेनमा दुर्घटना भएको हो । मृतकहरूको शव अल-रेन जनरल अस्पतालमा लगिएको छ भने घाइते साउदी नागरिकहरूलाई अल-कोया अस्पतालमा सारिएको छ।

    दक्षिणी भारतीय राज्य केरलाको कालीकट सहर नजिकै बेपोरबाट आएका ४४ वर्षीय पाण्डिकासलकान्डी मुहम्मद जबीर र उनको परिवारका सदस्य सहित चढेको कार जाजान जाँदै गर्दा उक्त दुर्घटना भएको हो। मृत्यु हुनेमा जाबिरकी श्रीमती शबना र तीन सन्तान लुफ्ती, लाइबा र साहा रहेका छन् । कोरोला कारमा सवार भारतीय परिवारका पाँचै सदस्यको घटनास्थलमै मृत्यु भएको थियो ।

    केरला मुस्लिम कल्चरल सेन्टरका प्रमुख सामाजिक कार्यकर्ता र नेता हरिस कल्लैईका अनुसार जुबैलबाट जिजानको अबु हरिस शाखामा सरुवा भएका अब्दुल लतिफ जमील कम्पनीका कर्मचारी जाबिर जिजानको नयाँ कार्यालयमा सरुवा भई जाँदै थिए।

    हरिस कल्लैईका अनुसार उनले जुबैलदेखि जिजानसम्म सडक यात्राका क्रममा जाबिर र परिवारका साथमा व्यक्तिगत सरसामान र घरेलु सामान एउटा ट्रकमा बोकेर गएको बताए । ट्रक जिजान पुगे पनि परिवारको ठेगाना थाहा थिएन। उनीहरूका आफन्तहरूले उनीहरूलाई मोबाइल फोनमा सम्पर्क गर्न सकेनन् र उनीहरूको कार हरायो। त्यसपछिको खोजी र अनुसन्धानको नतिजाले राजमार्गमा उनीहरूको दुर्घटनाग्रस्त कार फेला पारेको थियो जबकि उनीहरूको शव अल-रेन अस्पतालमा फेला पारिएको थियो, उनले भने।

    साउदीअरब स्थित सामाजिक कार्यकर्ताहरूले भारतीय दूतावाससँगको समन्वयमा शवहरू भारत फिर्ता गर्ने अन्तिम प्रक्रियाको कागजी कार्य पूरा गरिरहेका बताएका छन्।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on साउदी अरबको रियाद नजिकै भएको कार दुर्घटनामा पाँच सदस्यीय भारतीय परिवारको मृत्यु ।

    साउदी अरबमा भागेर काम गरे एक लाख साउदी रीयाल जरिमाना लाग्ने।

  • १९ मंसिर २०७८, आईतवार २२:४७ मा प्रकाशित
  • साउदी अरब सरकारले भागेर काम गर्ने अर्थात जुन कम्पनीको भिसामा आएको हो त्योबाहेक को कम्पनीमा भागेर काम गरे वा गराएमा एक लाख साउदी रियाल सम्म जरिमाना गर्ने भएको छ।

    जुन कम्पनीको भिषामा अर्थात स्पोन्सरशिपमा आएको हो, त्यो बाहेकको कम्पनीमा काम गरे गराए १ लाख साउदी रियाल जरिमाना, काम लगाउने कम्पनीको म्यानेजरलाइ १ बर्ष जेल र त्यस पछि देश निकाला र त्यसरी अबैध कामदारलाइ या बैध कामदारलाइ अबैध तवरमा काम दिने दिलाउने कम्पनीलाइ ५ बर्षसम्म नयां कामदार ल्याउन नपाइनेगरी प्रतिबन्ध लगाउने र यसरी प्रतिबन्धित भएको सूचना स्थानिय मिडियामा उक्त कम्पनिकै खर्चमा उजागर गरिने समेत जनाइएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on साउदी अरबमा भागेर काम गरे एक लाख साउदी रीयाल जरिमाना लाग्ने।

    बुस्टर डोज नलगाएका हरुलाई फरवरी १गते २०२२देखि साउदी अरब प्रवेशमा कडाइ गरिने ।

  • १८ मंसिर २०७८, शनिबार ०१:५१ मा प्रकाशित
  • साउदी अरब सरकारले कोविड-१९ प्रोटोकल अन्तर्गत नयाँ नियम जारी गर्दै फरवरी १ गते देखि कोभिड-१९ को लागि बुस्टर डोज नलगाएका आगन्तुकहरुलाई साउदी प्रवेशमा रोक लगाउने भएको छ।
    साउदी अरबको आन्तरिक मन्त्रालयले एउटा सूचना जारी गर्दै १८ वर्षभन्दा माथिका र कोभिड१९ को दोस्रो डोज लगाय पश्चात ८ महिना काटिसकेका आगन्तुकहरुलाई बुस्टर डोज नलगाई साउदी प्रवेशमा कडाइ गरिने बताएको छ।

    https://twitter.com/MOISaudiArabia/status/1466793719156330499?s=20
    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on बुस्टर डोज नलगाएका हरुलाई फरवरी १गते २०२२देखि साउदी अरब प्रवेशमा कडाइ गरिने ।

    नेपाली राजदूतावास रियादद्वारा राहदानी आवेदन तथा संकलन घुम्ती शिविर सम्पन्न ।

  • १५ मंसिर २०७८, बुधबार ०१:४६ मा प्रकाशित
  • प्रवासी नेपाली समन्वय समिति पि.एन.सि.सि को सहकार्यमा साउदी अरबको सकाकाक्षेत्रमा नेपाली राजदूतावास रियादद्वारा राहदानी आवेदन संकलन घुम्ती शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ।

    साउदी अरबको राजधानी रियाद देखि झण्डै ११०० कि.मी को दुरीमा रहेको यो क्षेत्रमा नेपाली श्रमिकहरूको बाक्लो उपस्थिति रहेकोले उनीहरूको दुताबासमा सहज पहुँच पुगोस भन्ने मनशायले यो कार्यक्रम सम्पन्न गरिएको र शिविरबाट यहाँ अवस्थित ८४ जना सेवाग्राही यस कार्यक्रमबाट लाभान्वित भएको प्रवासी नेपाली समन्वय समिति साउदी अरबका संयोजक श्री देव नारायण चौधरीले बताउनुभयो।

    २६ नाेभेम्वर २०२१ शुक्रबार सकाका अल जाेफ किङ्ग खालीद रोड स्थित होटेल अन्डलुसियाको प्राङ्गनमा भएको उक्त कार्यक्रममा

    नेपाली दूतावास रियादका द्वितीय सचीव श्री टिकाराम उपाध्याय ज्युको नेतृत्व र प्रवासी नेपाली समन्वय समिति लगायत एनआरएनए, हेल्प मधेसी लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरूको सहजीकरणमा राहदानी नवीकरणकाे लागि ५८ जनाको विबरण संकलन, २२जनाको श्रम स्वीकृति तथा राहदानी हराएको ३ लगायत गैरकानुनी(ईलिगल)तवरले रहेको एकजनालाई घर फिर्ती यात्रा अनुमती पत्र, (बहिगर्मन) भिषा लागि एक जनाको आवेदन सहित गरी जम्मा ८४नेपाली श्रमिक हरुद्वारा शिविरबाट लाभ लिन सफल भएका थिए।

    यसक्षेत्रमा धेरै जसाे खेतीफार्ममा कार्यरत नेपाली हरुकाे बाक्लो उपस्थित रहेको हुदा र श्रम स्वीकृतिको कार्यक्रम पनि समावेश गरिएकोले अझै पनि कति जना शिविरमा आउन नसकेको र सेवा बाट बञ्चित रहेको अनुमान गरिएको हुनाले उक्त क्षेत्रमा सम्पर्कमा आउने नेपाली श्रमिकको लागि पुनः शिविर राख्ने दुतावास अधिकारीद्वारा प्रतिबद्धता पनी जनाउनु भयो ।

    उक्त राहदानी नवीकरण फारम संकलन कार्यक्रममा नेपाली दूतावास रियादबाट सहचारी श्री वलराम पाण्डे, द्वितीय सचिव श्री टीकाराम उपाध्याय, श्रमिक समस्या, भाषा अनुवादक माे. साजिद अंसारी तथा नेपाली प्रवासी समाजकाे पदाधिकारी सल्लाहकार श्री ज्ञानु राइ, अल जाेफ सकाका एरिया अध्यक्ष श्री सुर्य न्याैपाने, उपाध्यक्ष श्री चन्द्रमणी अधिकारी, द्वितीय उपाध्यक्ष श्री गणेश बिक, सचिव श्री देवबहादुर कार्की, सहसचिव श्री माेतिराम भट्टराई, काेषाध्यक्ष श्री सालिक राम पाेखरेल, सहकाेषाध्यक्ष श्री रुद्रप्रसाद गाैतम, सदस्य श्री ईन्द्र पाेखरेल, श्री नेत्र गुरुङ, श्री राेशन कुमार चाैधरी, श्री खगेन्द्र ओली, श्री भिम बहादुर, श्री राजु नेपाली, सहयोगी राेशन न्याैपाने, लगायत सहजीकरणका लागी पिएनसिसि संयोजक श्री देवनारायण चाैधरी, एनआरएन एनसीसी उपाध्यक्ष श्री गन्तव्य नेपाल, एनआरएन एनसीसी उपाध्यक्ष श्री भक्तवीर राइ, एन आर एन ए एनसिसि साउदीका स्वयंसेवक (भाेलेन्टिएर) श्री श्याम कुमार महताे, एन आर एन ए एन सी सी सदस्य श्री जाेगेन्द्र कुमार यादव, लगायतका पदाधिकारीहरू, हेल्प मधेसी संस्थाको तर्फ बाट प्रथम उपाध्यक्ष श्री श्याम कुमार महतो, दितिय उपाध्यक्ष माे. फिराेज राईन, हेल्प मधेसी संस्था मिडिया रिपोर्टर श्री जाेगेन्द्र यादव, अल जाेफ क्षेत्रीय संयाेजक (Area Coordinator) श्री जलन्धर यादव, समाज सेवी सहयोगी श्री कृष्णा चन्द ठकुरी, श्री सुदिप कुमार ठाकुर लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
    यस कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्न नेपाली दूतावास रियाद, दूतावास परिवार विभिन्न संघ संस्थाका पदाधिकारीहरू, संचारकर्मीहरू र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने संघ संस्था एवम् व्यक्तित्वहरू सबैमा नेपाली दुतावास रियाद साउदी अरबद्वारा हार्दिक धन्यवाद ज्ञापन गर्दै साथै अगामी दिनहरूमा पनि सामाजिक कार्यमा यहाँहरूको सहयोग साथकाे अपेक्षा राखेको जानकारी गराइयो ।

    साथै, साउदी अरबमा कोभिड-१९ महामारीको जोखिम कायमै रहेकोले भिडभाड हुन नदिन राहदानी आवेदनका लागि शिविरमा आउँदा सम्बन्धित व्यक्ति मात्र आउनु हुन समेत अनुरोध गरिएको थिए, त्यही अनुरुप सुरक्षित तरिकाले शिविर सम्पन्न भएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेटLeave a Comment on नेपाली राजदूतावास रियादद्वारा राहदानी आवेदन तथा संकलन घुम्ती शिविर सम्पन्न ।

    परराष्ट्र मन्त्रालय पत्रद्धारा एनआरएनएलाई जारी पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश

  • १२ मंसिर २०७८, आईतवार १७:३९ मा प्रकाशित
  • काठमाडौं।

    उच्च अदालत पाटनबाट गैरआवासीइ नेपाली संघको आसन्न निर्वाचन र १० औं महाधिवेशन सम्बन्धी सम्बन्धी परराष्ट्र मन्त्रालयका पत्रहरु कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ ।एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार अदालतले आइतवार सो आदेश जारी गरेको हो । आदेश पछि संघको निर्वाचनको लागि बाटो खुलेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on परराष्ट्र मन्त्रालय पत्रद्धारा एनआरएनएलाई जारी पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश

    इजरायलमा दुई हप्ता विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध

  • १२ मंसिर २०७८, आईतवार १२:१८ मा प्रकाशित
  • काठमाण्डाै – इजरायलले विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

    कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्राेन’ को जोखिमका कारण पूर्वतयारी र रोकथामका लागि विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध लगाएको इजरायल सरकारले जनाएको छ । उसले सबै नाकाहरु समेत बन्द गराउने भएको छ ।

    इजरायलमा पनि दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण भेटिएको छ । अबको दुई हप्ता विदेशी नागरिकलाई प्रतिबन्ध लगाउने निर्णय भएको इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

    नयाँ भेरियन्टको जोखिमपछि अहिले विभिन्न देशले दक्षिण अफ्रिका र आसपासका देशबाट हुने उडान बन्द गरेका छन् । अमेरिका, बेलायत, अष्ट्रेलिया र युरोपेली युनियनअन्तर्गतका देशले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, बोत्स्वाना, अङ्गोला, मालावी, जाम्बिया, लेसेथोबाट हुने उडान बन्द गरेका छन् ।

    भारतले पनि दक्षिण अफ्रिका, बोत्स्वाना र हङकङबाट आउने यात्रुको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको छ ।

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on इजरायलमा दुई हप्ता विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध

    अमेरिका हिँडेका रुकुमेली युवाको घानामा मृत्यु

  • ११ मंसिर २०७८, शनिबार २२:२५ मा प्रकाशित

  • ‘दलाललाई ४० लाख रुपैयाँ बुझाइएको थियो’

    चिनजानका एजेन्टलाई ४० लाख रुपैयाँभन्दा बढी रकम बुझाएर अज्ञात बाटोबाट अमेरिका हिँडेका रुकुम, मुसीकोटका २८ वर्षे रूपक बोहराको अफ्रिकी मुलुक घानाको राजधानी अक्रास्थित रिज अस्पतालमा मृत्यु भएको छ ।
    १० दिनअघि सियरा लियोनको फ्रिटाउनबाट अक्रा पुगेका बोहरालाई मलेरियाले ग्रस्त बनाएको अवस्थामा इमिरेट्स एयरलाइन्सले अक्रा एयरपोर्टको ट्रान्जिटमा अलपत्र छाडिदिएको थियो । बोहराको गम्भीर स्वास्थ्य स्थितिका बारेमा जानकारी पाएपछि घानास्थित भारतीय उच्चायुक्त, गैरआवासीय भारतीय तथा नेपाली समुदायले उनको उपचारमा सहयोग गर्दै आएका थिए ।

    दक्षिण अफ्रिकास्थित नेपाली चिकित्सक एवं गैरआवासीय नेपाली संघ (एनआरएनए) का स्वास्थ्य संयोजक डा.सरिता पाण्डे भट्टराईले दिएको जानकारीअनुसार शनिबार अपराह्न रूपकको निधन भएको अस्पतालले सूचना दिएको छ । रिज अस्पतालका सम्बद्ध चिकित्सकसँग नियमित परामर्शमा रहँदै आएकी डा. भट्टराईले यो घटनाबारे एनआरएनए मुख्यालयलाई समेत अवगत गराएकी छन् ।

    घानामा महँगो उपचार खेप्दै सहयोगको पुकारा गरिरहेका बोहरालाई दैनिक चार सय डलरभन्दा बढी खर्च लाग्ने भएकाले रकमको जोहो गर्न घानास्थित एनआरएनए लागिपरेको थियो । हाल नाइजेरियामा रहेका गैरआवासीय नेपालीका अभियन्ता हिक्मत थापाले असुरक्षित आप्रवासन र मानव तस्करीको फन्दामा परेका बोहराको जीवनरक्षा तथा घरफिर्तीका लागि अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) लाई आग्रह गर्ने तदारुकता राखेका थिए । बोहराको उपचारका लागि एनआरएनए अफ्रिकाको राहत कोषले १ हजार डलर सहयोग रकम पठाएको कोषका सञ्चालक कुल कार्कीले केन्याबाट जानकारी दिए ।

    ‘सबै ऋणपान र घरजग्गा धितो राखेर छोराको भलाइका लागि अमेरिका जाने भन्दै दलाललाई पैसा बुझाएका थियौं,’ रुकुमको बाँकेकोट गाउँपालिका–३ का वडा सदस्यसमेत रहेका बोहराका बाबु देवबहादुरले कान्तिपुरसँग फोनमा भने, ‘यही हाम्रै गाउँठाउँबाट पनि दलाललाई पैसा ख्वाएर थुप्रै जना अमेरिका पुगिसकेका छन् । त्यही भरमा परेर आफूले पनि चिनजानका एजेन्टले भनेअनुसार पैसा पठाउँदै आएको थिएँ ।’

    उनका अनुसार तिरेको पैसामध्ये ३१ लाख रुपैयाँ आफूले बुझेको भनेर हाल नेपालगन्जमा रहेका सहायक एजेन्ट मनोज महतराले सरकारी वकिलसमक्ष कागज गरिसकेका छन् । ‘मैले पनि रूपक घानामा पुगेर अलपत्र भएको थाहा पाएको छु, उनलाई घर फर्काउने प्रयत्न भइरहेको छ,’ नेपालगन्जमा शुक्रबार दिउँसो सम्पर्कमा आएका एजेन्ट महतराले कान्तिपुरसँग फोनमा भनेका थिए, ‘अमेरिका पठाउने भनेर लागिपर्ने रुकुमकै नीराजन बस्नेत अहिले दुबईमा हुनुहुन्छ । रूपक भाइको उद्धारका लागि लाग्नेछौं ।’

    रूपकका बुबा देवबहादुरलाई आफ्नो छोरा के, कताबाट र कुन हवाई बिन्दुबाट घाना पुग्यो भन्ने जानकारी छैन । ‘छोरालाई अमेरिका पठाउन उठाएको ऋणका कारण यता उठीबास लाग्ने स्थिति छ,’ उनले भने । तर अमेरिका पठाउने भन्दै गाउँ पसेर युवालाई सपना देखाउने एजेन्टहरू सम्पर्कमै रहे पनि तिनलाई पक्राउ गर्न र आवश्यक कारबाही गर्न कहीं, कतैबाट कुनै पहल नभइरहेको उनले बताए । तीन महिनाअघि अमेरिका जान भनी घरबाट हिँडेका रूपकका घरमा नाबालक दुई छोराछोरी र श्रीमती छन् । अस्पतालको बेडबाट धेरै कुरा बोल्न नसक्ने र घरै फर्कने इच्छामात्रै जनाइरहेका रूपकले बितेको अवधि दलालको घेरामा कहाँ, कसरी समय बिताए भन्न सकिरहेका थिएनन् ।
    यो खबर कान्तपुर डटकमको आजको अनलाइन संस्करणमा छापिएको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाजLeave a Comment on अमेरिका हिँडेका रुकुमेली युवाको घानामा मृत्यु

    विमानभित्र एक यात्रुले झुन्डिएर आत्महत्या गरे

  • १० मंसिर २०७८, शुक्रबार १०:१६ मा प्रकाशित
  •  

    विदेशी सञ्चारमाध्यमले जनाएअनुसार अलेक्जेन्डर नाम गरेका ४८ वर्षीया ती यात्री विमानको शौचालयमा झोलाको फित्ता प्रयोग गरी झुण्डिएर आत्महत्या गरेको हुन सक्ने विश्वास गरिएको छ।

    एस सेभेन एयरलाईन्सको सो विमान शर्म अल–शेखको रिसोर्टबाट रुसको दक्षिण–पश्चिमी शहर सामरातर्फ जाँदै थियो। उडान भरेको केही समयपछि परिचारिकाहरुले विमानको बाथरुममा उनलाई अचेत अवस्थामा फेला पारेका थिए। लगत्तै विमान कायरोमा आकस्मिक अवतरण गरिएको थियो। चिकित्सकहरुले उनलाई बचाउन अथक प्रयास गरेपनि बचाउन नसकिएको बताइएका छन्।

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on विमानभित्र एक यात्रुले झुन्डिएर आत्महत्या गरे

    “महिला सशक्तिकरण, संभावना र चुनौतीहरु” मुल एजेन्डा सहित एनआरएनएको ककस-३ नोभेम्बर २७ शनिबार हुने ।

  • ९ मंसिर २०७८, बिहीबार २३:५२ मा प्रकाशित

  • एनआरएनए को ककस भाग तीन यहि २७ नोभेम्बर शनिबार २०२१ का दिन बेलुकी ५ बजे नेपाली समयमा भर्चुअल माध्यम जुम बाट गर्न गइरहेको छ ।


    महिला सशक्तिकरण, संभावना र चुनौतीहरु “महिला सहभागीता चुनौती र यथार्थ” मुल एजेन्डा रहेको उक्त ककस भाग ३ मा सार्थक बहस हुने कुरा मध्यपुर्वकी महिला सान सकृय सामाजिक अभियन्ता एनआरएनए २१-२३ कार्यकालकि महिला उपाध्यक्ष कि प्रत्यासी यास्मिन बेगम सैयद ले जानकारी दिनु भएको छ ।
    बिगतमा यस्तै एनआरएनए का विविध बिषय समेटेर ककस १ र २ भाग सफलताका साथ सम्पन्न भएको र यो ककस ३ कार्यक्रम पनि सहज सम्पन्न गर्ने बेगम ले बताउनु भयो ।
    २०२१-२३ कार्यकालको एनआरएनएको अधिबेशन नजिकिदै गर्दा गैर आवासीय नेपाली श्रमिक हरु माझ विविध महत्त्वपूर्ण बिषयलाई समेट्दै त्यसबारे सम्पुर्णमा पार्दर्शिता तरिकाले खुलस्त पार्न र सहयोगको लागि अहम् भुमिका निर्वाह गर्न ककस को सुरुवात गरिएको हो ।
    ककस भाग ३ मा २०२१-२३ का अध्यक्षका प्रत्यासी डा.बद्री के.सि, महिला उपाध्यक्षकि प्रत्यासी कि यास्मिन बेगम सैयद, महिला सचीव कि प्रत्यासी राधिका गुरुङ, महिला सह कोषाध्यक्ष कि प्रत्यासी यमुना भट्टराई ले बहसमा सहभागी जनाउने छन भने उक्त कार्यक्रम महिला संयोजक कि प्रत्यासी संगिता मरहठ्ठाले संचालन गर्नेछिन् ।

    उक्त ककस ३ मा बिशेषत निम्न बिषयहरुमा छलफल बहस हुने छ ।
    बहसका बिषयहरुः
    १) विदेशमा महिलाहरुको अवस्था, संभावना र चुनौतीहरु
    २) एनआरएनएमा महिलाहरुको सहभागीता र महिला फोरमहरुको भुमिका
    ३) महिलाहरुले विदेशमा सिकेको ज्ञान, सिप, र पुँजी स्वदेशमा लगानी
    ४) महिला सशक्तिकरण, सचेतना कार्यक्रम

    उक्त कार्यक्रम २७ नोभेम्बर २०२१ शनिबार नेपाली समय साँझ ५ बजे (प्रवेश ४:३०) हुने छ । जसका लागि निम्न जुम आइडी पास्कोड बाट सहभागी हुन सकिनेछ । साथै उक्त कार्यक्रममा जोडिन बेगम ले स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ अनुरोध गर्नु भएको छ ।
    Zoom ID: 884 3057 6948
    Password: 2021

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on “महिला सशक्तिकरण, संभावना र चुनौतीहरु” मुल एजेन्डा सहित एनआरएनएको ककस-३ नोभेम्बर २७ शनिबार हुने ।

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P