• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२२

  • ८ आश्विन २०८०, सोमबार २०:४२ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२२ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १२२ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    जनसागर
    जनताको माग
    चुनौती एवम् दबाब !

    • वसन्त अनुभव
      [२]
      भिडभाड
      भयानक मानिसहरू
      देश कुल्चेर अगाडि !
    • डुकछिरिङ लेपचा
      मिरिक डुपटिन, भारत
      [३]
      आन्दोलन
      शिक्षक शिक्षिका
      अलपत्र विद्यार्थीको भविष्य!
    • बालकृष्ण खनाल
      [४]
      शिक्षाविधि
      आ-आफ्नै जिद्दी
      माग गर्नु बुद्धिजीवी !
    • जमुना कायस्थ, पोखरा
      [५]
      दबाब
      नदिए नहुने
      माग पूराको आधार !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [६]
      जुटेर
      अधिकार पाउन
      सबैतिर मिलेर धाउन !
    • गङ्गा खड्का
      बूढानीलकण्ठ, काठमाडौँ
      [७]
      गुरु
      समानता खाेज्दै
      झाेला च्यापेर आन्दाेलित !
    • राेशन पराजुली, धरान
      [८]
      उत्रिए
      शिक्षक बाटोमा
      अधिकारको लागि उर्लिए !
    • शोभा आचार्य गौतम, काठमाडौँ
      [९]
      शिक्षकहरू
      सम्पूर्णको आन्दोलन
      मागहरू तत्कालै दिलाउन !
    • भगवती दवाडी, दमक, झापा
      [१०]
      कुरा
      अधिकार सम्मानका
      धोखा आफ्नै नाइकेबाट !
    • तेजप्रसाद खनाल, दाङ
      [११]
      शिक्षकहरू
      आन्दोलन गर्दै
      अधिकार प्राप्तिको लागि !
    • उर्मिला केसी, धनकुटा
      [१२]
      आन्दोलन
      विशाल जनसागर
      शिक्षकको हकमा सिमित !
    • राजाराम रत्गैंया, अमौरा, कैलाली
      [१३]
      शिक्षक
      बन्द शिक्षालय
      कसरी हुन्छ उदय ?
    • नागेन्द्रप्रसाद यादव, दाङ
      [१४]
      शिक्षण
      गुरुवर्ग सडकमा
      दिँदै व्यवहारिक शिक्षा !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [१५]
      मुद्दा
      देखियो अनेक
      कारक शिक्षा विधेयक !
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      गाेरखा
      [१६]
      मैन
      बलेर दिप्ती
      आफू जलेर सकिने !
    • आर्त अकुलीन, कैलाली
      [१७]
      आन्दोलन
      सामुहिक सौदाबाजी
      समानता भए राजी !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [१८]
      आन्दाेलन
      मागकाे नीति
      नियम कानुनमा बेथिति !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      सुदूरपश्चिम, अछाम
      [१९]
      शिक्षक
      आशाको किरण
      अलमलिएको भविष्य खोज्दै !
    • दुर्गा आचार्य, मोरङ
      [२०]
      शिक्षक
      आन्दोलनमा होमिएका
      कोही नसामै झुमिएका !
    • चक्र शाही, लम्की, कैलाली
      [२१]
      बेरोजगार
      उत्पन्न स्थिति
      काम नभएका मान्छेहरू !
    • गुणनिधि घिमिरे, अमेरिका
      [२२]
      शिक्षक
      अधिकारको माग
      आन्दोलनमा होमिए खास !
    • सम्झना थापा मगर, स्याङ्जा
      [२३]
      शिक्षक
      माग बराबरी
      बस्छ सरकार हेरी ?
    • बेदु न्यौपाने, काठमाडौँ
      [२४]
      शिक्षक
      उता गोलमोल
      विद्यार्थीको पढाइ डामाडोल !
    • सरिता सेढाइ, धादिङ
      [२५]
      गुरु
      आन्दोलन शुरू
      विद्यार्थीको भविष्य धुरुधुरु !
    • पशपति राई, खोटाङ
      [२६]
      सरकार
      जनसागर हेर
      पल्टिन लाग्दैन बेर !
    • सुरेशकुमार पाण्डे, दाङ, घोराही-१८
      [२७]
      नेता
      बनाए खेलाैना
      सुनेनन् शिक्षकका बिलाैना !
    • निरज कोइराला
      [२८]
      आन्दोलन
      भव्य सागर
      लागेन कुनै टुङ्गो !
    • तोयानाथ चापागाईं
      दमक, झापा
      [२९]
      सङ्घर्ष
      परिवर्तनकाे खुड्किला
      गुरु समाजकाे गहना !
    • भवानी घिमिरे, सर्लाही
      [३०]
      आन्दोलन
      कथित वार्ता
      हात्ती आयो फुस्सा !
    • घनश्याम पौडेल, पोखरा
      [३१]
      गुरु
      आन्दोलन होइन
      विद्यार्थी पढाउ खुरुखुरु !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा. पा.-६, दोलखा
      [३२]
      समाचार
      शिक्षक आन्दोलन
      बराबर बनाउ अधिकार !
    • पृथक प्रकृति, झापा
      [३३]
      गुरु
      ओर्लेर सडकमा
      थर्काउने भए ब्रह्माण्ड !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [३४]
      गुरूहरू
      सडकमा कुर्ले
      जनताभन्दा माथि कोही !
    • मधुसुदन शर्मा
      [३५]
      आन्दोलन
      एकतामा सबै
      अधिकारको खोजिनिती गर्दै ।
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा -६, संखुवासभा
      [३६]
      आफ्नो
      सुविधाको लागि
      विद्यार्थीको भविष्य त्यागी !
    • जित सेरेङ मादेन
      पाँचखपन न.पा.१, संखुवासभा
      हाल: बहराइन
      [३७]
      उपेक्षित
      अधिकारको सङ्घर्ष
      झोले खोले मोले !
    • कण्ठराज गिरी
      [३८]
      गुरु
      विद्याश्रम छाडेर
      माईतीघरमा मेला भर्दै !
    • ध्रुव श्रेष्ठ
      खोटाङ बजार, हाल: काठमाडौँ
      [३९]
      सरकार
      देखाउँने दाँत
      शिक्षा स्वास्थ्य अस्तव्यस्त !
    • त्रिलोक रामदम
      [४०]
      आन्दोलन
      सडकको जलन
      न्याय माग्ने चलन !
    • सरस्वती वली
      बर्दिया, नेपाल
      [४१]
      सदाशय
      हक अधिकार
      खोसेर लिनुस् महोदय !
    • पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
      पनौती न.पा.-३, काभ्रे
      [४२]
      सरकार
      तँलाई धिक्कार
      कलम कि तरबार ?
    • दुर्गा अधिकारी भमरकोटे
      [४३]
      हरे !
      राज बेथितिकाे
      प्रताडित आम सर्वसाधारण !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [४४]
      शिक्षक
      हुन् पथप्रदर्शक
      समाज रुपान्तरण कर्ता !
    • तिला लेकाली
      [४५]
      आन्दोलन
      उर्लियो जनसागर
      निष्कर्ष बन्यो उपलब्धिविहिन !
    • धनमाया चौधरी, कैलाली
      [४६]
      जनसागर
      उर्लियो सडकमा
      आफ्नो अधिकार माग्न ।
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
      कनकाई-४, झापा
      [४७]
      आन्दोलन
      समयको माग
      आवश्यकता आमूल परिवर्तन ।
    • तोया घिमिरे
      शङ्खमुल, काठमाडौँ
      [४८]
      ज्यादती
      झोले प्रतिनिधि
      व्यर्थ हैरान बेइज्जती !
    • विवश पारदर्शी, झापा
      [४९]
      शिक्षक
      नेताका गुरु
      देखिने अनेक चटक !
    • घनश्याम पौडेल
      गौरीगङ्गा-९, कैलाली
      [५०]
      आन्दोलन
      सरकारी मास्टर
      विद्यार्थीको भविष्य चौपट !
    • रघु थापा
      [५१]
      चाहाना
      आत्मसम्मान स्वाभिमान्
      देशका सबै शिक्षक !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [५२]
      आन्दोलन
      उर्लियो सागर
      तर निष्कर्ष धोका !
    • दुर्गा भट्टराई, मोरङ
      [५३]
      शिक्षक
      पैसा कमाउने
      व्यवहार अति गनाउने !
    • सविता के.सी.
      दक्षिणकाली-९, काठमाडौँ
      [५४]
      उफ्
      कस्तो शासन
      जेसुकै प्राप्तिमा आन्दोलन !
    • केन्द्रप्रकाश बराल, इलाम
      [५५]
      आन्दोलन
      भयो बेतुकको
      मारमा विद्यार्थी शिक्षक !
    • रमेश प्रभात, चितवन
      [५६]
      शिक्षक
      नगर्नु भक्षक
      बनिरहनु सदा सजग !
    • सरस्वती श्रेष्ठ, इटहरी
      [५७]
      सुनेन
      सरकारले मर्का
      त्यसैले जनसागर उर्लेको !
    • मङ्गला उपाध्याय, बारा
      [५८]
      न्याय
      पाउनको लागि
      सडकमा उर्लेको जनसागर !
    • धर्मी शाक्य, बुटवल, रुपन्देही
      [५९]
      आन्दोलन
      भविष्य बिगार्ने
      आफ्नै गोजी तिखार्ने !
    • अम्विका अधिकारी
      झापा, विर्तामोड
      [६०]
      न्याय
      खोज्दै जनसागर
      कुरा बुझिदेऊ सरकार !
    • मिलन के. सी.(थापा), पोखरा
      [६१]
      मैन
      जल्दै तप्तप
      जीवन्त जीवन हप्हप!
    • कमला देवकोटा, पाल्पा
      [६२]
      विद्यार्थी
      आज खस्केलान्
      शिक्षक कहिल्यै नउठ्लान् !
    • नन्दलाल आचार्य अक्षान्त
      सिद्धार्थटोल, उदयपुर
      [६३]
      निलो
      छाता ओढेर
      पुगेकी ऊ पनि !
    • युगल त्रिन
      [६४]
      आन्दोलन
      शिक्षकको राजनिती
      बिग्रँदै शिक्षाको आकृति !
    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
      [६५]
      आन्दोलन
      अधिकार खोजीको
      सम्मान होस् गुरुको !
    • समुन्द्रा शर्मा, सुनसरी
      [६६]
      गुरु
      पढाउनु खुरुखुरु
      व्यर्थको आन्दोलन छोड्नु !
    • सरिता काफ्ले, कोहलपुर-८, बाँके
      [६७]
      शिक्षक
      तिम्रो जीवन
      खेप्नलाई दोष केवल !
    • प्रेम थापा “मन”, बागलुङ
      [६८]
      शिक्षक
      अगाडि बढ्नु
      अधिकारको लागि लड्नु !
    • जमुना आचार्य, सिन्धुपाल्चोक
      [६९]
      आन्दोलन
      मगन्तेहरूकाे लस्कर
      लस्करमा शैक्षिक तस्कर !
    • पागल भिक्षुक, कैलाली
      [७०]
      शिक्षक
      मर्यादाक्रम नहुने
      माथि हुन्छ ऊ !
    • नरेन्द्रबहादुर क्षेत्री
      बुटवल, रुपन्देही
      [७१]
      शिक्षक
      जीवन निर्माता
      सृष्टिकै जिवित विधाता !
    • कविता आचार्य, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२२

    महक’ र ‘लाहुरेको रेलिमाई’को प्रवास विमोचन सम्पन्न

  • ८ आश्विन २०८०, सोमबार १९:२० मा प्रकाशित
  • असोज ७ गते ।
    महक टुक्का कवितासङ्ग्रह र लाहुरेको रेलिमाई उपन्यासको आइतबार प्रवास विमोचन कार्यक्रम सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासंघ जापान शाखाको आयोजनामा जापानको टोकियो स्थित काठमाडौँ लञ्च एण्ड बारको सभाहलमामा आयोजित कार्यक्रममा जापानका लागि महामहिम नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीले उक्त पुस्तकहरूको एकसाथ विमोचन गर्नुभएको थियो ।

    विमोचन तथा रचना वाचन कार्यक्रम बोल्दै प्रमुख अतिथि सुवेदीले आफूमा पनि साहित्यिक रस भएकोले यसरी साहित्याकाशमा नवविधाहरू जन्मिॅंदा असाध्यै खुसी लागेको बताउनुभयो । साथै उहाँले नवविधामा कलम चलाएर कृतिको रूप दिने कृतिकार म्यामराज राईको प्रशंसा पनि गर्नुभयो ।

    विमोचित उपन्यास लाहुरेको रेलिमाई बारे बोल्नु हुँदै प्रमुख अतिथि सुवेदीले उपन्यासकार विजय हितानसँग आफ्नो पुरानो चिनजान रहेको उल्लेख गर्दै लाहुरेको रेलिमाई उपन्यास प्रकाशन गरि पाठक सामु ल्याउनुभएकोमा खुसी व्यक्त गर्नुभयो । साथै उहाँको उक्त उपन्यास नेपाली लाहुरेको वीरगाथा समेटिएको ऎतिहासिक पुस्तक भएको बताउनुभयो ।

    भर्चुअल माध्यमबाट अतिथिको रूपमा कार्यक्रममा जोडिनुभएका टुक्का साहित्य समाज, नेपालका उपाध्यक्ष एवम् समीक्षक वसन्त अनुभवले महक एक अनमोल काव्य कृति बन्न सफल भएको उल्लेख गर्दै उक्त पुस्तकको समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

    भर्चुअल माध्यमबाटै जोडिनुभएका विशिष्ट अतिथि तथा लाहुरेको रेलिमाई उपन्यासका उपन्यासकार विजय हितानले लाहुरेको रेलिमाई लेखनको सिलसिलामा भोगेका आफ्ना तितामिठा अनुभवहरू सुनाउॅंदै प्रवास विमोचनको अवसरको लागि आयोजक प्रति धन्यवाद प्रकट गर्नुभयो ।

    महक टुक्का कवितासङ्ग्रहका सर्जक म्यामराज राईले टुक्का कविताको अर्थ, महत्त्व, फाइदा सॅंगसॅंगै सङ्ग्रहको प्रकाशनसम्म आइपुग्दा आफूले भोगेका अनुभवहरू सुनाउनुभयो । साथै प्रवास विमोचनको तारतम्य मिलाई विमोचन सफल गरिदिएकोमा आयोजक प्रति हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्नुभयो।

    कार्यक्रममा विभिन्न सङ्घसंस्थाहरूबाट प्रतिनिधित्व गरी अतिथिको रूपमा पाल्नुभएका प्रमिला राई, अमरदेव बास्तोला, रविन शर्मा, गिरिजा गैह्रे, अरुण पौडेल, गृष्मा पौडेल, सजिना मोक्तान, युको ओकामोतो, सिद्धार्थ श्रेष्ठ, सोनाम शेर्पा, विशाल डल्लाकोटी, फुर्वा शेर्पा, शान्त पहारी, कर्साङ् लामा लगायतले शुभकामना अर्पण गर्नुभएको थियो ।

    कार्यक्रममा भौतिक रूपमा उपस्थित भई रविन्द्र दिखुक्पा, गंगा गगन, सयपत्री थुलुङ्, शिवराज साङ्पाङ्, विजय स्याङ्बो, दिलिप राई, अमरदेव बास्तोला, रविन शर्मा, गिरिजा गैह्रे, अरुण पौडेल, शारदा पाण्डे, गृष्मा पौडेल, सजिना मोक्तान, युको ओकामोतो र राजन घलेले आआफ्ना रचना वाचन गर्नुभएको थियोे ।

    त्यस्तै भर्चुअल माध्यमबाट जोडिनुभएकी विशिष्ट अतिथि सुनिता राई कन्दङ्वाले शुभकामनासहित आफ्नो सिर्जना सुनाउनुभएको थियो ।

    विजय स्याङ्बोको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको अध्यक्षता विश्व नेपाली साहित्य महासङ्घ जापान शाखाका अध्यक्ष देवीबहादुर इङ्नामले गर्नुभएको थियोे । उद्घोषक त्रय रविन्द्र दिखुक्पा, सयपत्री थुलुङ् र शिवराज साङ्पाङ्ले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम करिब करिब चार घण्टासम्म चलेको थियो । उक्त कार्यक्रमको फेसबुक मार्फत प्रत्यक्ष प्रशारण विश्व नेपाली साहित्य महासंघ, केन्द्रिय समितिले गरेको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on महक’ र ‘लाहुरेको रेलिमाई’को प्रवास विमोचन सम्पन्न

    साताका तीन लघुकथा- ३८

  • ६ आश्विन २०८०, शनिबार ०७:३६ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (३८औँ) शृङ्खलाका लागि लघुकथाकार डा.विदुर चालिसेको लघुकथा ‘मूल्याङ्कन’, लघुकथाकार खगेन्द्र बस्यालको लघुकथा ‘कारण’ र लघुकथाकार मनीषकुमार शर्मा ‘समित’को लघुकथा ‘कात्रोको खल्ती’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथा : मूल्याङ्कन

    इ

    डा. विदुर चालिसे
    “रिस खा आफू, काम खा अरू ।”
    त्यतिबेला म मुखिया थिएँ । बानी साह्रै राम्राे पनि थियाे । मुख चलाउनु मेराे कर्तव्य र मुख्खिनु मेराे परम कर्तव्य थियाे । यसै अधिकार पनि बिस्तारै सबैले मलाई दिएर सम्मान गर्थेँ । हात जाेडेर थर्थर काम्थे । जी, हजुरी गर्थे । मेराे बारूले कम्मर र प्याण्टे भुँडीकाे ताण्डवी नृत्य दर्शकका लागि चर्चाकाे विषय थियाे । अगाडि उभिने काेही थिएनन् । दम्भ छाेडेर बर्बराउँन पुग्थेँ ।
    “मलाई रिस गर्ने ?”


    मन एकाएक सपनाकाे परि झैँ उड्याे । हातमा रहेकाे गीताकाे पुस्तकलाई भुइँमा बजारेँ । रिसले कराएँ । पुतलीकाे पखेटा कत्ल्याए झैँ कत्ल्याएँ र कराएँ ।
    “अब मेराे सामुन्ने यहाँ कुनै भागवत गीताकाे आवश्यकता छैन । याे सब कृष्णकाे झुट र बकबास ज्ञान हाे ।”


    मेराे रिसकाे पाराे चढ्दै गयाे । मुखियाकाे सर्वशक्तिमान पगरी धारण गरेकाे मेराे चेतना, चैतन्य र चिन्ता उर्लिन थाल्याे । मैले हातमा लिएकाे मुखियानी कलम भाँचकुच पारिदिएँ । तैपनि रिस मरेन । दुनियाँलाई दम्भले आदेश दिन थालेँ ।
    “वाइयातहरू ! यहाँ अर्काे कुनै भगवान छैन ।”


    मेराे डरलाग्दाे भगवानकाे प्रतिरूप देखेर गाउँलेहरू डराएर सबै कराउन थाले । उनीहरू काम्दै मेराे प्रशंसा धामी कामे झैँ कामेर गर्न लागे । गाउले सबै मेराे रिसबाट मात्तिएर बर्बराउन थाले । हुँदा-हुँदा सबैकाे स्वर एक राक्षसी गृहमा फैलिएकाे कङ्कला स्वरमा परिणत भयाे । तनावकाे बीचमा मुखियानी मेराे मुखबाट एकाएक आदेश निस्क्याे ।
    “यिनकाे सफाया कर दाे ।”


    जब मेराे मुखियानी शिथिल भएर रिस थचक्क बस्याे । तब वरिपरि ज्ञानका मन्त्रहरू च्यातिएकाे देखेर भागवत गीता टिप्न थालेँ, मुसारेँ, पढेँ। ज्ञान आर्जन गरेर बचेकाहरूलाई भन्न थालेँ ।
    “अचेल ज्ञानी बनेकाे छु ।”
    कसैले टाढैबाट बाेलाउँदै मेराे नजिक आएर हर्षले गदगद हुँदै भन्याे-
    “ऋषि बन्नुभएछ, खुसी लाग्याे ।”

    २)
    लघुकथा : कारण

    खगेन्द्र बस्याल
    दैलातुङ्ग फाँटतर्फ गइरहेको जीपमा मोहनले मदनलाई भन्यो-
    “हेर्दा राम्रै देखिन्छु, बैँसकै छु, पैसाको पनि कमी छैन तैपनि मेरोपछि कोही लाग्दैनन् किन होला ?”

    मदनको भनाइ आयो- “प्रायः मेरो खल्ती भोकाएकै हुन्छ । जतिसुकै राम्रो हुन खोजेपनि जस्ताको तस्तै देखिन्छु । न रुपको बरदान नै पाएको छु, तैपनि युवतीहरू मेरो नजिक आउँन चाहन्छन् । म आफैँ यसको कारण बुझ्न सकेको छैन ।”

    यी दुई जनाको कुराले जीपमा सवार सबैको ध्यान उनीहरू तर्फ आकर्षित भयो । त्यो सुनिरहेका यात्रु उज्ज्वलले भने- “म तपाईँहरू दुवैलाई राम्रोसँग चिन्दछु। त्यसको कारण मलाई राम्रोसँग थाहा छ ।”

    दुवैले एकैसाथ सोधे- “त्यो के हुन सक्छ ?”

    उसले भन्यो- “बोलीमा मह भएपछि अरू कुरामा वास्ता नहुँदोरहेछ नि ! बोलीमा मह नपाउँदा प्रायः मानिसहरू पानी विनाको माछा जस्तै भएका छैनन् त ?”
    तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही ।
    ०८० असोज ३

    ३)
    लघुकथा : कात्रोको खल्ती

    मनीषकुमार शर्मा ‘समित’
    “ए पर जा ! कता लास छुन आएको ? कहाँ कहाँबाट आउँछन् भिखारीहरू !”
    मृत देहको नजिक पुग्न खोज्दै गरेका एक झुम्रे झुत्रे बुढा बा कर्कस आवाजले हच्किए र केही पछाडी सरे ।

    फेरि मलामीसँगै उनी पनि सुस्तरी अघि बढे र नजिकै पुग्न खोजे । यो पटक एक मलामी उनलाई ठेलेर पर पुर्‍यायो । उनी ढलमलिँदै म नजिकै आइपुगे । उनलाई सम्हाल्दै सोधेँ-
    “किन बा ! घरिघरि लासको छेउ पुग्नुहुन्छ ? तपाईँको कोही आफन्त हो ?”

    उनले एकोहोरो लासलाई हेरिरहे । केहीबेरको मौनतापछि बिस्तारै भने- “छोरा….।”
    मृतक, टोलको निकै धनीमानी, पारिवारीक नातामा श्रीमती र सन्तान बाहेक कोही नभएको सबैलाई जानकारी थियो । अब यी बा कसरी निस्किए ? प्रश्नको ओइरो लाग्यो दिमागमा ।

    “एक्लो सन्तान, आमाविहीन थियो, उसको खुशीको लागि के गरिनँ र ? जब मेरी श्रीमती उसलाई मेरो काखमा छोडेर खटमा पल्टिरहेकी थिइन्, त्यसबेला रुनुको सट्टा चुलोको छेउमा बसेर उसको भोक मार्न दुध तताउँदै थिएँ । हुर्क्यो, बढ्यो, सहर छिरेर ठुलो मान्छे भयो । पढेबढेको गाउँ बिरानो भयो ।”

    “अनि कहिल्यै गाउँ फर्केन त ?”

    “फर्केको थियो, एक पटक अंश माग्न ।” मरेपछि सबै तेरै त हो नि ! के भनेको थिएँ, कलह मच्चियो ।”

    “यत्रो सम्पत्ति सोहरेर बसेका छौ । मरेपछि साथ लादैनौ त होला नि ?” उसका तीता शब्दले मेरो मनमुटु घोच्यो र सबै उसको नाम गरिदिँए ।“

    “हैन ! कति साह्रो मतलबी र निर्दयी भएका अहिलेका सन्तान ?” लामो श्वास फेर्दै भने ।

    उनले रुन्चे हाँसोमा भने- “ऊ मात्र हैन, म पनि निर्दयी छुँ। तिमीलाई के लाग्छ, म उसको मलामी आएको हो र ? म त उसको कात्रोको खल्ती छाम्न आएको ।”
    मध्यपुर ठिमी, भक्तपुर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा- ३८

    उत्कृष्ट दस शाब्दिक कविता

  • ५ आश्विन २०८०, शुक्रबार २२:५२ मा प्रकाशित
  • 🌺 उत्कृष्ट दस शाब्दिक कविता 🌺
    १
    मन छिनायो
    स्वार्थमा बिके
    धन कमायो।
    ✍️ जमुना कायस्थ,पोखरा

    २
    शिर झुक्यो
    कर्म चुक्यो
    कता लुक्यो।
    ✍️ सुस्मिता अधिकारी, काठमाडौँ

    ३
    गहिरो हुन्छ
    वचनको चोट
    तरबार भन्दा ।
    ✍️ समुन्द्रा शर्मा, सुनसरी
    ४
    कस्तो मन
    राम्रो देख्दा
    हुन्छ जलन।
    ✍️शंकर कार्की, मकवानपुर

    ५
    सुन्दर मनको
    भाव मिलेपछि
    परमानन्द अनुभूति
    ✍️ गुणनिधि घिमिरे, अमेरिका

    ६
    दु:खमा छु
    आफन्त आउ
    नुनचुक लगाउ !
    ✍️ सपना खनाल, रुपन्देही

    ७
    कर्कला पात
    सपनाकाे महल
    ढुलुमुलु गर्दै !
    ✍️ राेशन पराजुली,धरान।

    ८
    जाली नजर
    लाली अधर
    झुम्ने रहर ।
    ✍️गोविन्द खनाल स्याङ्जा

    ९
    गरिबीको भारी
    पासपोर्टमा बोकेर
    खाडी प्रस्थान ।
    ✍️राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- काँडाघारी, काठमाण्डौ

    १०
    शोषक आफन्तजन
    विचलित मन
    धर्मराउँछ झन ।
    ✍️ शिव खनाल जीवम, स्याङ्जा

    हाल रुपन्देही

    शाब्दिक कविता
    निश्चित शब्द सङ्ख्या लेखिने कविता नै शाब्दिक कविता हो।
    नेपाली साहित्यमा बिम्ब कविता, उदक, झर आदि नाममा शाब्दिक कविताका उपविधाको प्रवर्तन भएको सन्दर्भमा शाब्दिक कविताले प्रवेश पाएको छ। यो छुट्टै विधा नभई कविता लेखनको एक शैली हो । खासगरि मात्रिक र वार्णिक छन्दका कविताहरु अन्य भाषामा अनुवाद गर्न कठिन हुने सन्दर्भमा नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण गर्नको लागि शाब्दिक कविता एक विकल्प हुन सक्छ। सुक्ष्म बनोट, विभिन्न संरचना प्रयोगवाद, जीवन दर्शन, सकारात्मकता यसका विशेषता हुन् ।
    दर्जनौं स्रष्टाहरुले विभिन्न संरचनामा शाब्दिक कविता लेख्दै आउनु भएको छ। कविता लेखनको यो शैलीले नेपाली साहित्यको श्रीवृद्धिमा मद्धत पुग्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ।
    माथि प्रस्तुत शाब्दिक कविताहरु तीन पङ्तीमा २- २- २ सूत्रमा सृजना गरिएका छन् । शिव खनाल जीवमको कृति साहित्य यात्रामा यसबारे लेख प्रकाशित छ। सक्रियताका साथ शाब्दिक कविता लेख्नुहुने स्रष्टाहरु शिव खनाल, अम्बिका अधिकारी, शंकर कार्की, जमुना कायस्थ, समुन्द्रा शर्मा, सुरेन्द्र शाही गुलाब कान्छो, गोविन्द खनाल, इन्दिरा देवकोटा, बिके मुखिया, जीवन सिटौला, सविता केसी, रोशन पराजुली सुनसरी, ध्रुव श्रेष्ठ, मंगला उपाध्याय बारा, राजेशराज गड्तौला, नवराज पोखरेल नवशिला, सुस्मिता अधिकारी, कृष्ण कुमार वैद्य, मधुसूदन प्रसाद घिमिरे, गुणनिधी घिमिरे, अगष्टिन राई आदि हुनुहुन्छ।

    • शिव खनाल जीवम, स्याङ्जा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उत्कृष्ट दस शाब्दिक कविता

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ४६

  • ५ आश्विन २०८०, शुक्रबार २१:३० मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- छ्यालिसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०६/०४गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४६[ छ्यालिसौँ] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग
    ~~~~~~
    पञ्चाङ्ग:०१
    रुखमा फल रातै लागेका छन्।
    मानिस त्यतै तिर भागेका छन्।
    हरियो रुखमा रातै देखियो,
    यही हेर्न कति त जागेका छन्।
    रमणिय प्रकृति मागेका छन्।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    यो के फलेको हेर।
    झण्डै गलेको हेर ।
    फल धेरै भएर,
    रुखै ढलेको हेर।
    हावा चलेको हेर।
    गुणनिधि घिमिरे

    पञ्चाङ्ग:०३
    जब रुखले उचित मल जल पाउँछ।
    आफू विकसित हुन राम्रो थल पाउँछ।
    ढुङ्गामा पनि पिपल उम्रिने देश हो यो,
    मालीले लटरम्म फलेका फल पाउँछ।
    मिठामिठा फल खाएपछि बल पाउँछ।

    श्रीकृष्ण शर्मा पोखरा

    पन्चाङ्ग:०४
    मल बीउ उन्नत पाए के फल्दैन र नेपालमा।
    धरा यो कोरौं बाटौं गरे के गल्दैन र नेपालमा।
    काम भन्दा कुरा धेरै गर्ने जन्ताको फुर्तीले पो त,
    आपसी एकता भए चुल्हो बल्दैन र नेपालमा।
    दर्हो गणतन्त्र भएमा के चल्दैन र नेपालमा!

    कमला देवकोटा , पाल्पा

    पञ्चाङ्ग:०५

    फल फल्याे रुखमा लट्टाे खाने कसले हाेला?
    किसान आज दुःखी छ नाफामा पसले हाेला ।
    फलेको हाँगो झुकेको हुन्थ्याे ठाडै किन भयाे
    प्रविधि भित्रियो कृषिमा यसैको जसले हाेला ।
    झुप्पाे दाना राताे पहेँलो पक्कै रसले हाेला ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०६

    ज्ञानीले झुक्ने हैन डट्नु पर्छ अब।
    सत्कर्मी लुक्ने हैन खट्नु पर्छ अब।
    नेपाली हात खँदिलो फलले भर्न ,
    अन्याय फुक्ने हैन हट्नु पर्छ अब ।
    विवेक ढुक्ने हैन रट्नु पर्छ अब।

    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:०७

    अर्काकाे हित गर्न मात्र जहिल्यै जानेर आयाै तिमी।
    जे भन्छन् जसले भने जति कुरा मानेर आयाै तिमी।
    पहिला फूल फूलाउँदै नि त्यहीँ राख्छाै बढाइ फल,
    आफैँ वृद्धि हुँदै मीठाे पनि हुने ठानेर आयाै तिमी।
    पाक्दा खान भनेर ती फल टिपे तानेर आयाै तिमी।

    ताेयानाथ सुवेदी
    काँडाघारी

    पञ्चाङ्ग:०८

    मेहनत गरेमा अवस्य हुन्छ फल प्राप्त।
    बिरुवाले नि दिन्छ फल, भएमा जल प्राप्त।
    मेहनत गरेमा हामी के पाईदैन यहाँ,
    फल दिन बिरुवाकाे, हुनुपर्छ मल प्राप्त।
    फलकाे सेवनबाट धेरै मिल्छ बल प्राप्त।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०९
    मीठो फल फलेको देखेर हेर्न आयौँ भान पार्दै।
    हेर्न लाई रातो सुन्दर रहेछ धायौँ भान पार्दै।
    प्रकृतिले मानव सन्तुष्ट लागि वृक्ष फल दिए।
    भोकको बेला फलहरूदेखेर खायौँ भान पार्दै।
    हरियो रुखको ती स्वादिलोफल पायौँ भान पार्दै।
    बेदु न्यौपाने
    काठमाडौँ ❤️

    पञ्चाङ्ग:१०

    श्रम गरेपछि घरमा बल मिल्छ।
    मिहिनेतले हामीलाई फल मिल्छ।
    कर्म नगरि फलको आस नगर्नु,
    झुटो असत्य भए त्यहा छल मिल्छ।
    सोचेर काम गरेमा नै हल मिल्छ ।

    सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

    पञ्चाङ्ग:११

    के को रुख हो त फलेको त्यस्तो।
    घरहरू पनि छलेको त्यस्तो।
    बोटले नथाम्ने लटरम्म छ,
    कसले होला नी मलेको त्यस्तो।
    कि चित्रमा रङ दलेको त्यस्तो ॥

           गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:१२

    रातो राम्रो मात्र होला,जानेर खाने हो।
    खान योग्य छकि छैन,छानेर खाने हो।
    राता फल सबै मीठा हुन्छन् भन्ने छैन,
    मीठा रहेछन् भने त,तानेर खाने हो।
    जस्तै भएपनि मीठो, मानेर खाने हो।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी।

    पञ्चाङ्ग:१३
    रुखमा फल फलेको छ।
    मान्छेको मन ढलेको छ।
    रातो फल देखियो राम्रो,
    पाकेको फल गलेको छ।
    कतिको आँखा छलेको छ।
    ह्यारिस

    पञ्चाङ्ग:१४
    मिहिनेत गरेपछि फल पनि लाग्दाे रहेछ।
    केही लाभ हुन्छ कि भन्ने पाे आशा जाग्दाे रहेछ।
    परिश्रमले नै गर्छ सफल हुन सहयोग,
    हातमुख जाेड्न जाेहाे हुँदा दुख भाग्दाे रहेछ।
    दुई छाक खाने,लाउने समस्या टार्दाे रहेछ।

    उर्मिला के.शी.
    धनकुटा

    पञ्चाङ्ग:१५

    रुखमा फल फल्यो खाने कसले हो अब।
    बजारमा नि बेच्न लाने कसले हो अब।
    फलेको हाँगो नझुकेको कहाँ छ र यहाँ ,
    भारी बोकी बजार जाने कसले हो अब।
    रक्सी बनाए चार पाने कसले हो अब ।

    दुर्गा भट्टराई
    मोरङ

    पञ्चाङ्ग

    फलको साथमा खुशीको पल हुन्छ ।
    कर्मको माथमा साहसी बल हुन्छ ।
    कर्तव्यले आत्मबोध बढाउनेछ ,
    सेवाभाव खुलाऊँ प्राप्त फल हुन्छ ।
    लिने म दिने तिमी कहाँ छल हुन्छ ।

    जमुना आचार्य सिन्धुपाल्चोक

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ४६

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ६१

  • ५ आश्विन २०८०, शुक्रबार २१:२६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसाठीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६१ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०६/०१गते
    भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    ………………………………………………

    पञ्चाङ्ग:०१
    आज छमछमी नाच्ने हो।
    बारुले कम्मर भाच्ने हो।
    तीजको शुभकामना छ,
    प्रियको दीर्घायु साँच्ने हो।
    लामो आयुसम्म बाँच्ने हो।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    हिजो दर खाइयाे आज मजाले नाच्ने हाे ।
    मादलु तालमा बारुले कम्मर भाच्ने हाे ।
    दुई दिने चाेलामा भाेलि गरौंला नभनी ,
    साथी संगिनी हाँस्दै खेल्दै खुसीमा बाँच्ने हाे ।
    धर्म संस्कार संस्कृति आफूले नै साँच्ने हाे ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३

    व्रत उपासनाले मन पवित्र बनाउनु छ।
    सोह्रशृङ्गार गरी सौभाग्यशाली जनाउनु छ।
    शिवालय पुगेर दिनभर भक्ति भावनाले,
    पञ्चमीमा अपमार्गसँगै जल खनाउनु छ।
    तडक भडक बिना राम्रो तिज मनाउनु छ ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०४
    माइतीमा गएर नाॅच चेली मजाले।
    हुर्किएको घरमा हाॅसीखेली मजाले।
    दुई दिनमात्रै बाॅकी रह्यो तीजलाई,
    ब्रत बस्नु पर्दा नगरे झेली मजाले।
    नखानु है पतिको ऑखा छेली मजाले।
    घनश्याम पौडेल, पोखरा

    पञ्चाङ्ग:०५

    महान पर्व तीज पनि गयो बरी लै
    यो मन् त अति खल्लो हुने भयो बरी लै ।
    वर्ष दिन को चाडमा साथी सँगी भेटी,
    दरको मीठो तिर्सना त रह्यो बरी लै।
    कामको सिकाइ त्यतिकै लयो बरी लै।
    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग;०६

    तिजको दिन खाएर दर नाचियो उफ्रियो
    भेला भएर वर र पर नाचियो उफ्रियो
    दुधको तर ढकने खिर तिजको भोजन
    टमक्क खाई गएर घर नाचियो उफ्रियो
    माईती घर भएन डर नाचियो उफ्रियो ॥

    गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:०७
    वर्ष दिनको तीजमा चेली आउनु माइतमा।
    सात समुद्र खोली तरेर धाउनु माइतमा।
    वर्ष दिनको पर्व मान्ने हो सबै जम्मा भएर,
    सबै चेली भई तीज गीत गाउनु माइतमा।
    दाजुभाइ र चेलीको प्रेम लाउनु माइतमा
    ह्यारिस

    पञ्चाङ्ग:०८

    यसपाली तिज पनि गयो सरर खस्ने भयो।
    दु:खी चेलीको आँखामा आँसु बरर खस्ने भयो
    छैनन् मेरा आफन्त भित्र भित्रै रुकोछु एकान्तमा,
    लर्क्यो सारी नाच्नेको पसिना फरर खस्ने भयो।
    लुक्न सकेन आँसु त छल्क्यो तरर खस्ने भयो।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग:०९
    देखावटी चलन संस्कार त भूल्नुपर्छ हामीले।
    पहाड टाकुरा चुचुरासँगै खुल्नुपर्छ हामीले।
    भएको रहेको उपयोगमा साटासाट भावना,
    पर्व ,मेला ,जात्रा र रीतिसँगै घुल्नुपर्छ हामीले।
    देशका हरेक कुना कुनामा डुल्नुपर्छ हामीले।

    जमुना आचार्य सिन्धुपाल्चोक

    पञ्चाङ्ग:१०

    वर्ष दिनको माहान चाँड तीजमा आउँदैछु म।
    मिठो भाका मिलाउँदै तिजको गित गाउँदैछु म।
    यहाँ मेरा दाजुभाइ नै नभएर होला सायद,
    यही वरिपरी घरमा रमाउँदै धाउँदैछु म।
    आज मेरो पालो भन्दै सबैलाई सघाउँदैछु म।।

    कमला पाण्डे पराजुलि झापा चारआली

    पञ्चाङ्ग:११

    धनीको सुनिन्छ गरिबको कुरा नै खाइदैन यहाँ।
    भएको संबिधान अनुसार न्याय पाइदैन यहाँ।
    संबिधान मूल कानुन व्यवहारमा उतारौ अब ,
    राजा बिनाको नेतामुखी गणतन्त्र चाइदैन यहाँ।
    नेपाली हित नभएको गीत अब गाइदैन यहाँ ।
    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:१२

    दुःख पिडा झेलेर नि, न बाँची भाछैन।

    लुुकाएर दुःख माया,न साची भा´ छैन।

    नखाई नखाई व्रत हो, स्वामी राजाको,

    दिदी बैनी भेट भयौँ न नाची भा छैन।
    बारुले कम्मर मेरो न भाँची भा`छैन।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ६१

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ४५

  • १ आश्विन २०८०, सोमबार १४:०० मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- पैतालिसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०५/२८गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४५[ पैतालिसौँ] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग


    पञ्चाङ्ग:०१
    बुवाको आशीर्वाद पाउने दिन।
    टाढा भएका छोरी धाउने दिन।
    सम्पूर्ण बुवामा शुभकामना छ,
    छोराछोरीको माया छाउने दिन।
    बुवाको भक्ति भाव गाउने दिन।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    पितातिर्थ औँसीको शुभकामना

    जन्म दिने भाग्य दिने कर्म दिने पिता।
    सन्ततीमा सुख अनि धर्म दिने पिता।
    मेलापात खेतालामा दिन रात साँझ,
    गाउँघर साथीभाई पर्म दिने पिता।
    सन्तानको सुखमाथी सर्म दिने पिता ॥

              गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:०३
    पीडा कम गराई दिने मेरा बा।
    सुख,खुसी भराई दिने मेरा बा।
    आजको दिन विशेष सम्झना छ,
    दुष्टलाई हराई दिने मेरा बा।
    काम गर्दा सराई दिने मेरा बा।
    ह्यारिस

    पञ्चाङ्ग:०४
    हाम्रा सारा दुःख आफुले हर्नु भयो बुबाले।
    जीवनमा ज्ञानको मूल भर्नु भयो बुबाले।
    ईश्वर मानि सम्मान गर्दछौ कुंशे औशिमा ,
    धर्तीमा उज्याला किरण छर्नु भयो बुबाले।
    आफ्ना सारा कर्तब्य पुरा गर्नुभयो बुबाले।
    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:०५

    बाटो हुन् बा गोरेटो बनेर हिँडाउने।
    कलम हुन् बा भाग्य खनेर हिँडाउने।
    चिन्ता गर्नु हुन्छ ,छोराछोरीको सधै नै,
    लौरो हुन् बा, खुट्टामा गनेर हिँडाउने।
    नाता हुन् बा,आफन्त भनेर हिँडाउने।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी।

    पञ्चाङ्ग:०६
    पितालाई साक्षात भगवान नै मानेका छन्।
    चढाउनलाई एकदिन लड्डु छानेका छन्।
    पितालाई भने तातो खोले खान मन थियो,
    पितालाई बुझ्नु भन्दा पुज्नु मात्रै जानेका छन्।
    यसैगरी पुजेर संस्कारलाई धानेका छन् ।
    -पशपति राई खोटाङ ।

    पञ्चाङ्ग:०७

    सुख दिई धेरै सन्तानका दुख हर्ने बुवा।
    जतीनै समस्याआएपनि अघि सर्ने बुवा।
    हाम्रो जीवन फलाउने फुलाउँने उहाँ नै ,
    आवश्यकता समाधानकाे बिउ छर्ने बुवा।
    आइलाग्ने हरेक गल्तीमा माफी गर्ने बुवा।

    उर्मिला के.शी.
    धनकुटा

    पञ्चाङ्ग:०८
    जन्म दिने आमा हाम्री कर्म दिने बाबा।
    आका सुसु गर्दा आमा मर्म दिने बाबा
    कस्तो प्यारो होला शव्द वरपिपलको,
    क ख सिकाउने आमा धर्म दिने बाबा ।
    आफ्नो दुख नदेखाई पर्म दिने बाबा!

    कमला देवकोटा, पाल्पा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ४५

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२१ सम्पन्न

  • ३० भाद्र २०८०, शनिबार २३:०५ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १२१ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    विकृती
    उल्टो जमाना
    कठै मौलाउँदो संस्कृति !

    • वसन्त अनुभव
      [२]
      संस्कार
      काँधमा कुकुर
      अनौठाे सोख धिक्कार !
    • राेशन पराजुली, धरान
      [३]
      हरे
      देखेँ लिला
      मुटुमा पस्यो किला !
    • सरिता सेढाई, धादिङ
      [४]
      काखे
      कान्छाे छाेराे
      प्याराे डगी माेराे !
    • निरज कोइराला, इटहरी
      [५]
      जमाना
      कुकुर काखमा
      छोरो भुइँमा हिँड्ने !
    • सरस्वती श्रेष्ठ, इटहरी
      [६]
      नराम्रो
      परेको लत
      औपचारिकतामा उडान भर्ने !
    • सुरेशकुमार पाण्डे, दाङ, घोराही
      [७]
      आधुनिकता
      बाेकेका भारी
      नचाहिँँदाे स्वाङ पारी !
    • भवानी घिमिरे, सर्लाही
      [८]
      आधुनिकता
      अचम्मको दृश्य
      हेर लाजमर्दो वास्तविकता !
    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.-३,काभ्रे
      [९]
      सोख
      वात्सल्य धमिलो
      विकृतिले मन अमिलो !
    • गङ्गा खड्का
      बुढानीलकण्ठ, काठमाडौँ
      [१०]
      अनौठो
      मानिसकाे सोच
      आफ्नै सन्तानलाई यातना !
    • राज कुमार राजभण्डारी “खाेटाङ्गे”
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
      [११]
      कठै
      मानव संस्कृति
      छाडापन र विकृति !
    • घनश्याम पौडेल, पोखरा
      [१२]
      खेल
      कुकुर पिठ्युँमा
      बालक सिक्री जेलमा !
    • सविता के.सी.
      दक्षिणकाली-९, काठमाडौँ
      [१३]
      फेसन
      कुकुर प्याराे
      सन्तान केवल बिचराे !
    • नवराज भट्ट, कञ्चनपुर
      [१४]
      सकियो
      मन भरियो
      आश्चर्य, बुद्धि उल्टियो !
    • नन्दलाल आचार्य ‘अक्षान्त’
      [१५]
      कलियुग
      विकृतिको स्वरुप
      परिणाम उल्टो फलस्वरूप !
    • केन्द्रप्रकश बराल, इलाम
      [१६]
      बौलायो
      मान्छेको भित्र
      उल्टो विकृति मौलायो !
    • विवश पारदर्शी, झापा
      [१७]
      बदलिएको
      मातृत्व भावना
      सन्तानभन्दा विश्वास कुकुरमा !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [१८]
      गाह्रो
      समय परिस्थिति
      सन्तानभन्दा कुकुर प्यारो !
    • आर्त अकुलीन, कैलाली
      [१९]
      दृश्य
      आश्चर्य देखिँदै
      नहोस् वास्तविक चित्र !
    • समुन्द्रा शर्मा, सुनसरी
      [२०]
      रुपान्तरण
      अचम्मको अभियान
      कस्तो बनाउँदै पहिचान ?
    • पृथक प्रकृति, झापा
      [२१]
      मातृत्व
      परेछ छाँया
      कुकुरलाई पो माया !
    • तोयानाथ चापागाईं
      [२२]
      मान्छे
      कुकर्मी भएपछि
      पायाे कुकुरको दर्जा !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [२३]
      मोम
      वात्सल्य हराएको
      कुसंस्कारको उत्कृष्ट नमुना !
    • ध्रुव श्रेष्ठ, खोटाङवजार
      हाल: काठमाडौ
      [२४]
      नैतिकता
      आधुनिक मान्छे
      व्यवहार हराएको सूचना !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [२५]
      सोच
      सन्तानको बोझ
      बिलासी जीवनको मोज !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [२६]
      विचरा
      आफ्नै सन्तान
      कुन मायाको तुलना ?
    • प्रेम थापा “मन”, बागलुङ
      [२७]
      सहर
      आएका बटुवा
      पागललाई लिएर एउटा !
    • युगल त्रिन
      [२८]
      कलियुग
      उल्टो जमाना
      मान्छेमा बढ्दो विकृती !
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
      कनकाई-४, झापा
      [२९]
      जमाना
      उल्टो भावना
      सद्बुद्धि आओस् कामना !
    • टिकाराम पुन टिपु टिकारा
      सल्यान, छत्रेश्वरि गाँउपालिका छत्रे-२
      [३०]
      मान्छे
      हातखुट्टा बाधेर
      निस्कँदैछ स्वर्गको यात्रामा !
      -पशपति राई, खोटाङ
      [३१]
      ममता
      वात्सल्य प्रेम
      ऊ पाउँछ कहिले ?
    • नागेन्द्रप्रसाद यादव, दाङ
      [३२]
      उल्टो
      मानव सभ्यता
      सन्तानको स्थानमा कुकुर !
    • घनश्याम पौडेल
      गौरीगंगा -९, कैलाली
      [३३]
      आएको
      जमाना कस्तो
      बुद्धिको भाँडो घोप्टिएको !
    • लक्ष्मी रिजाल
      रुपनगर, सप्तरी, कञ्चनरूप-१२
      [३४]
      छोरी
      ममताको डोरी
      सिक्रीले कसेकी मोरी !
    • सरिता काफ्ले, कोहलपुर-८, बाँके
      [३५]
      पृथ्वी
      जल वायु
      उनै दक्ष प्रजापति !
    • डिल्लीराज घिमिरे, अर्घाखाँची
      [३६]
      नारी
      अगाडि पछाडि
      निरन्तर बाेझिलाे जिम्मेवारी !
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
      [३७]
      कलियुग
      बदलियाे जमाना
      सन्तानभन्दा कुकुरकाे माया !
    • श्रद्धा आचार्य, पोखरा
      [३८]
      गोठालो
      एक सुरक्षाकर्मी
      समय अनुकुल चल्नुपर्ने !
    • होमप्रसाद न्यौपाने, धरान, सुनसरी
      [३९]
      विकृति
      कस्तो जमाना
      ढाडमा कुकुर रमाना !
    • बेदु न्यौपाने, काठमाडौँ
      [४०]
      अन्धभक्त
      पशूको प्रेम
      सन्तान यातना भोग्दै !
    • जमुना कायस्थ, पोखरा
      [४१]
      छाया
      देखावटी माया
      पाल्तु छन् दायाँबायाँ !
    • जमुना आचार्य, सिन्धुपाल्चोक
      [४२]
      चरमाेत्कर्ष
      धपक्कै कलि
      विकृति बढेर ढलिमली !
    • इन्दिरा ज्ञवाली, तानसेन, पाल्पा
      [४३]
      समाज
      देखियो बदलिएको
      सन्तानभन्दा कुकुर प्यारो !
    • धनमाया चौधरी, कैलाली
      [४४]
      जमाना
      अनौठो आयो
      पशुमा पिरती लगायो !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [४५]
      उदेक
      पाश्चात्यताको परिणाम
      गुणको दह्रो अभियान !
    • कमला देवकोटा, पाल्पा
      [४६]
      माया
      कुकुरमा अधिक
      हिँडाउँदै दाम्लोमा छोरा !
    • धर्मी शाक्य, बुटवल, रुपन्देही
      [४७]
      आमा
      कुकुर बोक्ने
      बच्चा बाटो ढुक्ने !
    • नारायणप्रासाद अम्मै
      घो. न. पा. १-सुखड, कैलाली
      [४८]
      हरायो
      संस्कृति संस्कार
      मानवता भो विकराल !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [४९]
      संसारमा
      देखिन्छ झाँकी
      मान्छे बाैलाउन बाँकी !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [५०]
      कठै
      विकृत संस्कृती
      परम्परा माथी प्रहार !
    • रघु थापा
      सु न पा १.
      [५१]
      आधुनिकता
      माैलायाे विकृती
      आमाको ममतामै कुबुद्धि !
    • नारायणप्रसाद उपाध्याय, कैलाली
      [५२]
      संस्कृति
      कुकुरलाई साहारा
      परिवार एकअर्कालाई सर्वहारा !
    • रेनुका मरासिनी, अर्घाखाँची
      [५३]
      मान्छे
      सन्तती भुइँमा
      कुकुरको डाँगो बुइँमा !
    • बि के विरही, टीकापुर
      [५४]
      विकृति
      सामाजिक सञ्जालमा
      रहर लाइक कमेन्टमा !
    • टीकाराम जाेशी, टीकापुर
      [५५]
      कलियुग
      यसरी मासिँदै
      कुरितीतिर मान्छे भासिँदै !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [५६]
      आधुनिकता
      संस्कार मासिँदै
      मान्छे देखासिकीमै भासिँदै !
    • दुर्गा भट्टराई, मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२१ सम्पन्न

    साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला- ६०

  • ३० भाद्र २०८०, शनिबार ०८:४८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: साठीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६० [साठीऔंमा]

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०५/२५गते
    भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    ………………………………………………
    पञ्चाङ्ग:०१
    दुःख पर्दा जहिले तुच्छ मान्छ मान्छे।
    सुखसयल हुँदा उच्च ठान्छ मान्छे।
    मान्छेको स्वभाव विचित्रको छ यहाँ,
    गरीब हुँदा पीडा भोग्दै जान्छ मान्छे।
    स्वार्थी भावनाले जहिले तान्छ मान्छे।

    पञ्चाङ्ग:०२
    सबै खालका पाप फालेर तीज मनाइन्छ।
    झलमल दियालो बालेर तीज मनाइन्छ।
    माइत जाइन्छ,भेटघाट हुन्छ स- प्रेमीमा,
    छम छम पाईला चालेर तीज मनाइन्छ।
    मिठा मिठा भोजन हालेर तीज मनाइन्छ।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग:०३

    उत्कृष्ट साहित्य लेखेर पनि साहित्यकार बनिन्न रहेछ।
    परिश्रम गर्दा पनि साहित्यमा परिश्रमी भनिन्न रहेछ।
    प्रचारप्रसार गर्ने, पुस्तक छपाउन सक्ने ठूला श्रष्टा रे,
    पैसा लगानी नगर्ने गरीबहरू त यहाँ गनिन्न रहेछ।
    ठूलाको सँगत नहुने राम्रो साहित्यकार जनिन्न रहेछ ।

    • रचना “प्रतीक्षा”
      ललितपुर ।

    पञ्चाङ्ग:०४

    तिजमा माइतमा जाने बरिलै।
    दिदीबहिनी दर खाने बरिलै।
    नेपालीको तिज रमाइलो पर्व,
    संस्कार र संस्कृति माने बरिलै।
    नारीको सारी राम्रो ठाने बरिलै।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०५

    बर्ष दिने नारीको चाड आयो बरिलै।
    देशै भरी तीजको पर्व छायो बरिलै।
    छोरी चेलीको रमाइलो यहि पर्व हो,
    हामी नारी पर्वले देशै खायो बरिलै।
    सबै नारी भेला भएर रायो बरिलै।
    बेदु न्यौपाने
    काठमाडौँ ❤️

    पञ्चाङ्ग:०६
    महिलाहरूले राम्ररी घर खान थाले।
    दुध मात्रै होइन अब तर खान थाले।
    पहिला जस्तो छैन अहिले धन धेरै भो,
    संस्कृतिमाथि विकृतिको थर खान थाले।
    महिना दिन अघिबाटै दर खान थाले ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग :०७
    सधै अरूको काधमा चल्नु पर्ने।
    पाइलो टेक्नै नपाई ढल्नु पर्ने।
    मूर्दालाइ पनि कहाँ शान्ति छ र ?
    कि माटो भित्र परेर गल्नु पर्ने ।
    कित चित्तामा चढेर जल्नु पर्ने ।

    विवश पारदर्शी
    झापा,

    पञ्चाङ्ग:०८
    घुमी आयो तिज मन खोलेर नाचौ बरिलै।
    नाचौ है नाचौ बाडुले कम्मर भाचौ बरिलै।
    पीडा मनको गीतमा पोख्ने तिज पर्व हाम्रो ,
    छैन भर जीवनको खुशी भै बाचौ बरिलै।
    नगरौ भड्किलो सस्कृतिलाई साचौ बरिलै।
    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:०९
    सदैव जिन्दगीमा जिउने कला चाहिँदो रहेछ।
    बाँच्न कठिन हुँदा पिउने कला चाहिँदो रहेछ।
    मानिसले मानिसलाई बाँच्न नदिने भए यहाँ,
    फाटेको लुगा जस्तै सिउने कला चाहिँदो रहेछ।
    दुष्टको सामुन्नेमा थिउने कला चाहिँदो रहेछ।
    ह्यारिस

    पञ्चाङ्ग:१०
    जल्ले मान्द‌ैन विश्वास जीव मर्न गयाे भने।
    फेरि फर्कन्न त्याे कैले चिता भर्न गयाे भने।
    आस्था धर्म विना भन्छन् श्रद्धा सुमन के गरी,
    तैपनि भन्दछन् तिन्ले लास पर्न गयाे भने।
    अनास्था हुन्न क्वै ठानाैँ आत्मा सर्न गयाे भने।

    ताेयानाथ सुवेदी
    काँडाघारी,काठमाडौं

    पञ्चाङ्ग:११
    उताउलाे पनको भुमरीमा परेकाे छ हिजाेआजकाे तिज।
    हाेटल अनि पार्टी प्यालेसमा सरेकाे छ हिजाेआजकाे तिज।
    सवै तिज पार्टीमा रमाउने श्रमीकहरुलाई पिडा मात्रै,
    गरिव दुःखीलाई हाेच्याउँने गरेकाे छ हिजाेआजकाे तिज।
    त्यसैले हाेला रितीरिवाजनै मरेकाे छ हिजाेआजकाे तिज।

    उर्मिला के.शी.
    धनकुटा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला- ६०

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२०

  • २६ भाद्र २०८०, मंगलवार १४:३५ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ८० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १२० मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    महिला
    दरको अनुपान
    संस्कृति जोगाऔँ अभियान !

    • वसन्त अनुभव
      [२]
      तिज
      संस्कृतिको गर्वमा
      मौलायो विकृतिको बीज !
    • अनिता शर्मा, पोखरा
      [३]
      तिज
      महिलाको बीज
      निकाल्दै मुखबाट फिँज !
    • टिकाराम पुन टिपु, सल्यान
      [४]
      तिज
      सांस्कृतिक चाड
      व्हिस्की विकृति बीज !
      -बेदु न्यौपाने, काठमाडौँ
      [५]
      घिनलाग्दो
      आइमाईको विकृति
      कता खोज्छ संस्कृति ?
    • जमुना कायस्थ, पोखरा
      [६]
      सुरा
      अनि सुन्दरी
      आजका तिजकी परी !
    • युगल त्रिन
      [७]
      पिलायो
      नसा खिलायो
      तिज पर्वले दिलायो !
    • होम प्रसाद नेउपाने
      धरान, सुनसरी
      [८]
      नारी
      आहा सुन्दरी
      रमाउँछन् मौका हेरी !
    • शारदा गौतम आचार्य, ललितपुर
      [९]
      घाँटीमा
      हाड अड्काउँदै
      आत्महत्या गर्दै नेपाली !
    • निरज कोइराला
      [१०]
      तिज
      बहानामा विकृती
      समाजमा गलत संस्कृती !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [११]
      रहर
      ठिक्क उत्तम
      उत्ताउलो जिवन खत्तम !
    • ध्रुव श्रेष्ठ
      खोटाङ बजार
      हाल: नरेफाँट, काठमाडौँ
      [१२]
      संस्कृति
      तडकभडक जहिल्यै
      नभित्रियोस् देशमा विकृति !
    • गंगा खड्का
      बूढानीलकण्ठ, काठमाडौँ
      [१३]
      दर
      रहेन भर
      भित्रियो विकृतिको संस्कार !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [१४]
      संस्कृति
      सुध्रेकाे मति
      त्यागाैँ पश्चिमा विकृति !
    • खुनराज काेईराला,
      सिद्दलेक-३, धादिङ
      [१५]
      तिज
      मनाउँदै नारी
      हिँड्छन् खुट्टो बटारी !
    • सरिता सेढाई, धादिङ
      [१६]
      उपहास
      संस्कृतिको मजाक
      पश्चिमा संस्कृतिको हात !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [१७]
      परम्परा
      आफ्नै संस्कृति
      तिजमा भित्रियो विकृति !
    • राज कुमार राजभण्डारी “खाेटाङ्गे”
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
      [१८]
      तिज
      मात्र निहुँ
      खाने अनेक चिज !
    • घनश्याम पौडेल, पोखरा
      [१९]
      दर
      हाम्री चेली
      लर्खराउँदै साँझ घर !
    • इन्दिरा देवकोटा
      [२०]
      तिज
      सांस्कृतिक पर्व
      पान गरौँ सगर्व !
    • म्यामराज राई, भोजपुर
      [२१]
      झुमेर
      विकृति बढेको
      वियरका सिसी चुमेर !
    • सविता के.सी.
      दक्षिणकाली-९, काठमाडौँ
      [२२]
      महिला
      कुबाटाेकाे यात्रा
      विनाशकाले विपरीत बुद्धि !
    • नवराज भट्ट, कञ्चनपुर
      [२३]
      तिज
      मनोमानी खेलमा
      पर्व परम्परा ओझेलमा !
    • पृथक प्रकृति, झापा
      [२४]
      संस्कृति
      हटाएर विकृति
      माटोको पहिचान सम्पत्ति !
    • आर्त अकुलीन
      [२५]
      विकृति
      खराब प्रकृति
      बिगार्दै सामाजिक आकृति !
    • तोयानाथ चापागाईं
      दमक, झापा
      [२६]
      तिज
      झगडाको बीज
      पोख्छन् वर्षदिनको रिस !
    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा-३, काभ्रे
      [२७]
      तिज
      दरको खिल्ली
      संस्कृति पुर्‍याउँदै दिल्ली !
    • दुर्गा अधिकारी ‘भमरकोटे’
      [२८]
      संस्कृति
      अपव्याख्या हुँदै
      भडकिलो महिला तिज !
    • पुष्पा सायरा, विराटनगर
      [२९]
      तिज
      बन्दैछ विकृत
      संस्कृतिको भद्दा मजाक !
    • गोपालप्रसाद पौड्याल
      [३०]
      विकृति
      नवीन प्रवृत्ति
      छैन संस्कार संस्कृति !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [३१]
      संस्कृती
      समयको भेलमा
      जागरणको नौटङकी कुप्रवृत्ति !
    • गुणराज पौड्याल, बाग्लुङ
      [३२]
      संस्कृति
      महिलालाई भारी
      अपमान हुँदैछन् नारी !
    • खेमराज पुरी, कैलाली
      [३३]
      विकृति
      तिजमा पनि
      कसरी जोगिन्छ संस्कृति !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा. पा.-६, दोलखा
      [३४]
      रसिलो
      रसपान गरेर
      रसिक संस्कृति बिगारेर !
    • नागेन्द्रप्रसाद यादव, दाङ
      [३५]
      विकृती
      तिजकाे नाउँमा
      हराउँदै गयाे संस्कृति !
    • उर्मिला के.सी., धनकुटा
      [३६]
      तिजमा
      वियरले विज्ञापन
      सामाजिक सञ्जालमा सित्तैमा !
    • टीकाराम जाेशी, टीकापुर
      [३७]
      तिज
      हाम्रो संस्कृति
      हेर्दाहेर्दै ल्यायो विकृति !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [३८]
      हरायो
      मौलिकता तिजको
      गर्छन बाहाना साथीको !
    • चक्र शाही, लम्की, कैलाली
      [३९]
      नसा
      देखावटी दुनियाँ
      नारी बिगार्ने ओखती !
    • नारायण कोइराला
      तानसेन, पाल्पा
      [४०]
      चाडमा
      विकृतिको मिश्रण
      आकर्षण अथवा विकर्षण !
    • रामकृष्ण दुवाडी, पाेखरा
      [४१]
      मान्छे
      गुण नदेख्ने
      विश्वास सामाजिक सञ्जालको !
    • रामप्रसाद दहाल, सुर्खेत
      [४२]
      चाड
      विकृतिको उपज
      हराउँदै रितिरिवाज संस्कार !
    • राम न्यौपाने
      [४३]
      दर
      नसाको सेवन
      पश्चिमी समाज झल्काउँदै !
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
      कनकाई-४, झापा
      [४४]
      संस्कार
      बढ्दो कुसंस्कार
      विकृत आहार विहार !
    • उर्मिला पन्त पाण्डेय
      ज्ञानेश्वर, काठमाण्डौँ
      [४५]
      विकृति
      दरको नाममा
      आखिर हरायो संस्कृति !
    • समुन्द्रा शर्मा, सुनसरी
      [४६]
      मौलिकता
      नसामा डुब्यो
      विकृतिले पौडी खेल्यो !
    • पशपति राई, खोटाङ
      [४७]
      अपभ्रंस
      धरापमा संस्कृति
      फैलदै भड्किलो विकृति !
    • मन्दिरा सेढाई
      मलेखु, धादिङ
      [४८]
      विकृति
      उद्दण्ड नारी
      भुल्दै पुर्वज सस्कृति !
    • राेशन पराजुली, धरान
      [४९]
      संस्कृति
      कति विकृति
      फरक नारीहरुको प्रवृत्ति !
    • सरिता काफ्ले
      कोहलपुर-८, बाँके
      [५०]
      दर
      देखावटी दुनियाँ
      आफैँलाई हानी नोक्सानी !
    • धनमाया चौधरी, कैलाली
      [५१]
      तिज
      विकृतिको शुरुवात
      घर परिवारको बिल्लीबाठ !
    • अम्विका अधिकारी
      झापा, बिर्तामोड
      [५२]
      मन
      नबिग्रियोस् तन
      रमाइलो लाग्यो आफ्नोपन !
    • तोया घिमिरे
      शङ्खमुल, काठमाडौँ
      [५३]
      मध्यपान
      दरको नाम
      गर्यौ संस्कृतिको बदनाम !
    • मङ्गला उपाध्याय
      [५४]
      रहर
      ल्याउदैछ विकृति
      बन्दैछ जीवन कहर !
    • शोभा गौतम
      [५५]
      तिज
      देखावटी भाव
      घरघरमा अभावको तनाव !
    • दुर्गा भट्टराई, मोरङ
      [५६]
      व्रत
      नपिएर पानी
      अहिले मासु वियर !
    • शिवहरि अधिकारी
      [५७]
      विकृति
      निहुँ तिजको
      धज्जी आफ्नै संस्कृतिको !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [५८]
      हराउँदै
      हाम्रो संस्कृती
      मौलाउँदै अनेक विकृती !
    • बी.के. विरही, टीकापुर
      [५९]
      आहा
      कति मज्जा
      चुलिएको विकृति संस्कृति !
    • धर्मी शाक्य बुटवल, रुपन्देही
      [६०]
      संस्कार
      असल अभ्यास
      कुल्चदै पुर्खाकाे उपहार !
    • भवानी घिमिरे, सर्लाही
      [६१]
      विकृति
      ओरालो लागेको
      हाम्रो मौलिक संस्कृति !
    • देवी पन्थी
      [६२]
      संस्कृति
      चाडका नाममा
      भित्रियो समाजमा विकृति !
    • दुर्गा आचार्य, मोरङ
      [६३]
      संस्कृती
      रुपन्तरित अवस्था
      विकृतिको भो पराकाष्ठा !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [६४]
      संस्कृति
      जगेर्ना अभियान
      तिजकाे नाममा विकृती !
    • नारायणप्रसाद उपाध्याय, कैलाली
      [६५]
      विकृति
      खर्चिलो प्रवृत्ति
      हरायो मौलिक संस्कृति !
    • सीता पाण्डेय मरासिनी
      तम्घास, गुल्मी
      [६६]
      विकृति
      भन्ने कसरी ?
      आफैले दिएर स्विकृति !
    • विवश पारदर्शी, झापा
      [६७]
      तिज
      नूतन साधना
      सोमपानको आधुनिक दर !
    • कण्ठराज गिरी, काठमाण्डौँ, कपन
      [६८]
      बिलाउँदै
      हाम्रो संस्कृति
      फस्टाउँदै अनेक विकृती !
    • कल्पना पहाडी, सिन्धुली
      [६९]
      संस्कृति
      बन्दैछ विकृति
      जोगाअैाँ मौलिक संस्कार !
    • वासुदेव ज्ञवाली, पाल्पा, तानपा-१
      [७०]
      नारी
      जगत् जननी
      कलियुगको सौम्य चिनारी !
    • सप्तराज देवकोटा
      जानकी-८, कैलाली
      [७१]
      संस्कृति
      जोगाउने नाममा
      मानिस विकृति धाममा !
    • जमुना आचार्य, सिन्धुपाल्चोक
      [७२]
      तिज
      माैलिक रहर
      नारी पिउँदै जहर !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे ।
      [७३]
      तिज
      बाहाना एक
      भित्रिदै विकृति अनेक !
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
      [७४]
      संस्कृति
      माैलिकता हराउँदै
      देशभरि विकृति माैलाउँदै !
    • श्रद्धा आचार्य, पोखरा
      [७५]
      विकृति
      बढेको देखियो
      संस्कारको कमी भेटियो !
    • रिता खराल, रूपन्देही
      [७६]
      संस्कार
      विकृतिले घेरिएको
      हेर बदलिएको कुसंस्कार !
    • सुमित्रा पोखरेल, काठमाडौँ
      [७७]
      श्रीमती
      दारुमा मस्त
      श्रीमान खाडीमा व्यस्त !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [७८]
      विकृति
      बिग्रेको लत
      लागु जहर सेवन !
    • कविता आचार्य, कैलाली
      [७९]
      महिला
      भित्रियो चाड
      विकृति आयो पहिला !
    • मिलन के. सी.(थापा), पोखरा
      [८०]
      प्रकृति
      कस्तो विकृति ?
      बिगार्‍यो हाम्रो संस्कृति !
    • राजेन्द्र कुमार बज्राचार्य
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२०

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P