“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय बीसौँ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२० —————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०७/१९ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– पुष्पा सुवेदी नेपाल भवानी घिमिरे जमुना आचार्य पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग::०१ जल्नेहरुको मन जलिरहोस् यहाँ। मेरो पाइला सधैं चलिरहोस् यहाँ। दुष्ट अरूको प्रगतिमा जल्दै गरून्, प्रगतिको दीपक बलिरहोस् यहाँ। डाह गर्नेको मन गलिरहोस् यहाँ। सुशीला पाैडेल
पञ्चाङ्ग:०२ दीप बालेर भएपनि जगाउने मन छ खराब आचरण सबै भगाउने मन छ तिमी आफै भनिदेउ अब म के गरौँ प्रिय, दुख पर सारेर सुख मगाउने मन छ गलामा गहनाको प्रेम लगाउने मन छ।
होमप्रसाद नेउपाने धरान,सुनसरी ।
पञ्चाङ्ग:०३ सुख खोजेको दुख मिल्यो हात चाहेको मुख मिल्यो कसरी चित्त बुझाउनु, फल बिनाको रुख मिल्यो धर्ती छोडेसी सुख मिल्यो।। घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०४ खरानीलाई आगाेकाे के डर साहेब बाेलीकाे ठेगान छैन के भर साहेब शब्द प्रयाेगमा लगाम छैन , मुरारि ? फेरि नेता बन्ने कस्ताे रहर साहेब उमेर कट्या छ सत्तरी पर साहेब । प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे
पञ्चाङ्ग:०५ आशा त गरेको थिएँ फूल हजुर पेटमा पसी निस्कियो शुल हजुर आशा र भरोसा भन्ने मात्र रहेछ , खान त खोजेको पानी मुल हजुर नसोची खाएछु भयो भुल हजुर ।।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०६ दुःख सुखका भइ दिने अनेकौ रङ्ग छन् सन्तोषी बन्ने प्रार्थना गरौँ प्रभु सङ्ग छन् परमात्मा शिवजीको मनले गरौं भक्ति पश्चिमा सभ्यता चलनले सबै दङ्ग छन् दिव्य ज्ञानी बन्न संसारमा पर्ने ढङ्ग छन् । कार्की डिबी माकुम सुनवल-४, नवलपरासी
पञ्चाङ्ग:०७ घरीघरी सोधिरहन्छ काँडाले जीउँदै छ कि मर्यो भनेर यदि जिउँदै भए भन्दैछ गाउँ बेसी धाउनु पर्यो भनेर दु:खलाई कतिको सहन गर्दो रैछ भनेर त घोचिदिन्छ मरेको चुपचाप बस्छ जिउँदोलाई सोध्छ के गर्यो भनेर गरेको कर्म असल भए जान्नु भवसागर तर्यो भनेर। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०८ पीडा दिनेले सधैं दिएकै छन्। बदला लिनेले नि लिएकै छन्। देखावटी नाटक गर्छौं किन, जिउनेले एक्लै नि जिएकै छन्। पीडा भुल्न सराव पिएकै छन्। ह्यारिस
पञ्चाङ्ग:०९ प्रवासमा तिहार कस्तो हुँदै होला दाजु र बहिनीको मन रुँदै होला यस्तो हालतमा पुर्याउने मान्छेले पक्कै पनि रक्सीले मुख धुँदै होला आन्द्रा र भुँडीमा रोगले छुँदै होला /
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसय तीनऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८१/०७/२२ गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार तथा बड़ादसैंको शुभकामना” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०३[एकसयतीनऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
भवानी घिमिरे जमुना आचार्य पशपती राई पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ पञ्चाङ्ग:०१ हरियाली वन देखिएको छ। फूल राम्रो झन देखिएको छ फूल कसलाई मन् पर्दैन र? सुन्दरमा मन देखिएको छ। श्रमिकमा धन देखिएको। सुशीला पौडेल
पञ्चाङ्ग:०२ देखिएको हरियाली वन छ । त्यसै भित्र फूलहरु झन छ । सम्झी के गर्नु फूलैको संसार , गुलाबको फूलमै यो मन छ । इलम गरे यसैमा धन छ । धनमाया चौधरी कैलाली पञ्चाङ्ग:०३ गुलाब फूल जस्तै फूल्न मन छ। म यसैको साथमा खुल्न मन छ। आहा सुन्दर रमणिय ठाउँमा, सधैंभरि मलाई झुल्न मन छ। यही फूलमा सधैं भुल्न मन छ। ह्यारिस पञ्चाङ्ग:०४ सबैको मन यहाँ रमाउँछ फूल फुलेको देखेपछि भमरा पनि त डुल्न आउँछ फूल फुलेको देखेपछि आखिर फूल फूलमै आँखा डुल्दो रहेछ यहाँ सबैको वनचरी पनि बल्ल गाउँछ फूल फुलेको देखेपछि सारा प्रकृतिले माया लाउँछ फूल फुलेको देखेपछि। -पशपती राई खोटाङ
पञ्चाङ्ग:०५ थुँगा थुँगा मिलेर माला बने जस्तै धान रोपी धानको बाला फले जस्तै सजिन्छन् फूल नयाँ सुन्दर ढाँचामा , हातमा लिइ शिव नाम जपे जस्तै उज्यालोले अँध्यारो डाला भरे जस्तै सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग:०६ हरियाली परेको बीच फुल देखिएछ । दुई फाँटको त्यो माझमा झुल देखिएछ। सुन्दर रुपको फुललाई हेरेर बसौँ , ढकमक्क फुलेको राम्रो कुल देखिएछ। हेर्दाहेर्दै आँखा भित्र त राहुल देखिएछ । ✍️ बेदु न्यौपाने 🌹🌹
पञ्चाङ्ग:०७ कति सुन्दर फुलेको फूल त्यहाँ थुँगा मिलेर बनेको झुल त्यहाँ, कति राम्रो संगठन त्यो फूलको, बिगार्न नलागोस् कुनै धुल त्यहाँ, भमरा नि डुल्दैँ होलान् हुल त्यहाँ । शोभा आचार्य गौतम काठमाडौँ
छन्दवाटिका नेपालले एक कार्यक्रमको आयोजनामा गरी २०८१ कार्तिक २७ गते मंगलबार कोशी प्रदेश बिराटनगर स्थित देवकोटा चोकमामा महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती मनाएको छ। विराटनगरका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा देवकोटाको शालिकमा माल्यार्पण गरी एक दर्जन बढी कविहरूबाट कविता वाचन गरिएको थियो ।
उक्त कार्यक्रममा छन्दवाटिका नेपालका अध्यक्ष श्री हरि कट्टेलले अध्यक्षता गर्नु भएको थियो भने प्राज्ञ बिवश पोखरेलको प्रमुख आतिथ्य तथा प्राज्ञ खेम नेपालीको बिशिष्ट आतिथ्यता रहेको थियो। साहित्यकारहरू भरत बर्बरिक, बाबुराम पोखरेल, भारती पोखरेल, डा देवी पन्थी,भक्ति दाहाल, भवानी प्रसाद पोखरेल, भूपाल अधिकारी ऋषि तिवारी कुमार श्रेष्ठ, शारदा भट्टराई, स्वयम्भू कार्की, रोहिणी रसिक,प्रमोद ढकाल, निर्मला कोईराला, प्रिन्स प्रमोद, सविना श्रेष्ठ, अम्विका खरेल उप्रेती भैरव क्षेत्री लक्ष्मण यादव, कर्ण संजय, मन्जु गिरी मिन कुमार नवोदित लगायत थुप्रै साहित्यकार, संस्कृतिकर्मी, पत्रकार व्यक्तित्वहरूको कार्यक्रम मा उपस्थिति थियो ।
कार्यक्रममा प्राज्ञ विवश पोखरेल लगायतका अतिथि वक्ताहरूले यो कार्यक्रम सान्दर्भिक रहेको बताउदै देवकोटाको व्यक्तित्व कृतित्वको चर्चा गरे भने संस्थाका अध्यक्ष हरि कट्टेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै महाकवि देवकोटा प्रति श्रद्धाभाव अर्पण गरे ।कार्यक्रम छन्द वाटिकाका सचिव चिरञ्जीवी काफ्लेले सञ्चालन गररेका थिए । छन्दवाटिका नेपालले विगतदेखि नै देवकोटा जन्मेको दिन कार्तिक २७ गते विविध कार्यक्रमहरु गरी उनको जन्मजयन्ती मनाउदै आएको छ । महाकवि देवकोटाको जन्म १९६६ साल कार्तिक २७ गते भएको थियो ।
झिल्का लेखन अभियानको ३५ औँ शृङ्खला (दसैँ पर्व विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ९६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
[१]
१)
बुझेर समयको माग
मनाऔँ चाड बडादसैँ
त्यागी आपसी रिसराग !
२)
देखासिकी, दबाबमा परेर
फजुल खर्च नगरौँ
अनावश्यक रिनधन गरेर !
✍️
वसन्त अनुभव
[२] १) खुसीले भरियोस् भावना सबैमा छाइरहोस् यस्तै बडादशैँको हार्दिक शुभकामना । २) दुर्गाको पूजा गरेर खुसीयाली भई मनाऔँ जीवनमा रङ्ग भरेर । ✍️ अर्जुन प्रसाद चौलागाईँ
[३]
१)
बडादसैँको दिन्छु शुभकामना
दुर्गामाताले रक्षा गरून्
गरौँ खुसीले सामना ।
✍️
शोभा आचार्य गौतम
काठमाडौँ
[४] उच्च रहोस् भावना मेलमिलाप सद्भाव सहित बडादसैँको हार्दिक शुभकामना ! ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा ।
[५]
कसैलाई काँडा नबिजोस्
दसैँमा सबै रमाउँ
आँखा आँसुले नभिजोस् !
✍️
सविता भट्टराई, जनकपुरधाम
[६] उत्साहित रहोस् भावना भवानीले कल्याण गरुन् बडादशैँको हार्दिक शुभकामना ! ✍️ बाबुराम गौतम, गुल्मी
[१०] १) दशा नबनोस् यसपालि रक्षा गरे दसैँमा हे मङ्गला काली ! २) जनताको बिजोग कस्तो हरायो बडादसैँको रौनक मसानघाटको सुनसान जस्तो । ✍️ चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ
[१९]
१)
उत्साह र उमङ्ग
धेरै छ मनमा
यो दसैँको रङ्ग ।
२)
बढोस् सबैमा सद्भावना
नवदुर्गाले कल्याण गरून्
सम्पूर्णमा बडादसैँको शुभकामना !
✍️
सतीश पण्डित
भानु६ चुँदी तनहूँ । हाल चनपा ६ मातातीर्थ
[२०] मनाऔँ स्तर हेरेर तडकभडक ज्यादा देखाउँदा बस्लान् साहुले घेरेर ! ✍️ सरिता सेढाई धादिङ
[२१]
१)
दसैँमा रमाउने चाहना
लिई आशिर्वाद मान्यजनबाट
आशिष र शुभभावना !
२)
आयो दसैँ पर्व
दु:ख पिर बिर्सी
मानौँ सबैले गर्व !
✍️
मन थापा
पोखरा २१ बक्रेक
[२२] १) बाढीले बगाउँदा घर यसपालीको दसैँ मनाउने मरिसक्याे सबै रहर । ✍️ सानु जाेशी सुदुर पश्चिम दार्चुला
[२४] १) बनाऔँ शुद्ध भावना बडादसैँ सुखद् बनाेस् यही छ शुभकामना ! २) शान्ति छाओस् मनमा दसैँ दशा नहाेस् कान्ति छाओस् तनमा ! ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
[२५]
रहिरहनुपर्छ सकारात्मक भावना
आपतविपतमा नहुनू विचलित
बडादसैँको मङ्गलमय शुभकामना !
✍️
कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[२६] १) सुखशान्ति खुसीको चाहना फलोस् फूलोस् जीवनभरि बडादसैँको मङ्गलमय शुभकामना ! २) निधारमा टीका जमरा दुर्गा माताको आशिषले जीवन बनोस् हराभरा ! ✍️ कृष्ण बजगाई, भक्तपुर
[२७]
१)
नेपालीमा उमङ्ग छाओस्
आशिष आपासमा साटेर
रम्न समृद्धि आओस् !
२)
गच्छेले चाडबाड मनाऔँ
देखासिकी गरेर होइन
सभ्य सुसंस्कृत बनाऔँ !
✍️
राज बहादुर बडुवाल
कनकासुन्दरी -५,जुम्ला
[२८] १) होस् सकारात्मक भावना नवदुर्गाले रक्षा गरुन् बडादसैँको सबैमा शुभकामना ! २) विपत्ति नपरोस् देशमा सबै हाँसीखुसी रहुन् नेपाली आफ्नै भेषमा ! ✍️ बेदु न्यौपाने
[२९]
मिलन गराउने चाडपर्व
परिवार एउटै आँगनमा
संस्कृतिमा गरौँ गर्व !
✍️
कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[३०] १) विजयादशमीको पावन अवसरमा दुर्गाभगवतीले बास गरून् सबै मानिसको घरघरमा ! २) रङ्ग र रसैमा नराम्रो सुन्न नपरोस् यो साल दसैँमा ! ✍️ हिरामाया श्रेष्ठ गजुरी १ धादिङ
[३२] १) सुखशान्ति सर्वत्र छाओस् कामना छ बडादसैँ खुसी बाेकेर आओस् ! २) विकृति नभित्र्याऊँ कसैले संस्कार, संस्कृति जाेगाउँदै सद्भाव बाडाैँ सबैले ! ✍️ सुन्दरी घिमिरे खतिवडा सङ्खुवासभा
[३३]
१)
फेरि दसैँ आयो
उत्साह र उमङ्गसँगै
जनजनमा खुसी छायो ।
२)
गरिबलाई हुन्छ पीर
चाडबाड आएको बेला
अवश्य हुन्छ फिकिर ।
✍️
बिरेन्द्र कुमार चौधरी
इटहरी सुनसरी
[३४] १) लिएर शुद्ध भावना माता दुर्गाको आशिर्वाद बडादसैँ पर्वको शुभकामना ! २) बडादसैँ आइपुग्यो आँगन हाँसीखुसी उमङ्ग लिई चोखो सद्भाव राखन । ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ
[३५]
स्वच्छ रहोस् भावना
दुख कसैमा नपरोस्
सबैमा छ शुभकामना !
✍️
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[३६] आयो महान् चाडपर्व एकसाथ मिलेर मनाऔँ गर्दै देशको गर्व ! ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न . पा. ६ संखुवासभा
[४१]
समृद्धि, प्रगतिको कामना
परिवारमा खुसी छाओस्
दसैँको मङ्गलमय शुभकामना !
✍️
रुना कर्माचार्य दाहाल
चितवन
[४२] १) टिका जमरा लगाएर पिङ खेल्न जानुपर्छ दुःख पीडा भगाएर ! २) नेपालीको महान पर्व मनाउनु पर्छ मिलीजुली लिएर सधैँ गर्व । ✍️ कला ढकाल झापा
[४३]
१)
आउँछ प्रत्येक वर्ष
घुम्दै विजयादशमी यहाँ
ल्याएर उमङ्ग हर्ष !
✍️
बाबुराम पाण्डे
अर्घाखाँची
[४४] उच्च रहोस् भावना शुभ होस् बडादसैँको हार्दिक मङ्गलमय शुभकामना ! ✍️ वेल थोकर तामाङ मकवानपुर
[४५]
१)
देवीको पूजा आराधना
शुभ मङगल होस्
सबैमा दसैँको शुभकामना !
२)
पशुपंक्षीको रातो रगतमा
नाम लिएर धर्मको
पाप गर्छन् जगतमा ।
✍️
शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
[४६] १) हर्ष उल्लास छायो हरेक नेपालीको आँगनमा राष्टिय पर्व आयो । २) पीडा भुलेर खुसीमा मन आनन्द बनाऔं मुस्कान भरी झुसीमा ! ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं
[४७]
आइरहाेस् उदारताकाे भावना
सम्पूर्ण नेपालीमा बडादसैँकाे
हार्दिक मङ्गलमय शुभकामना !
✍️
रामप्रसाद पुरी
बादेल, खाेटाङ ।
[४८] १) दसैँमा टीका लगाउँ देवीको पूजा गरेर दुःखकष्ट सबै भगाउँ । २) दसैँमा घरको रहर आशिर्वाद थाप्न जाने खतरा गाउँ सहर ! ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड
[५०] १) सबैको पुगोस् मनोकामना धनी या गरिबलाई यही बडादसैँको शुभकामना । २) स-साना कुरामा रमाउँ देखासिकी गर्नु हुन्न खुसीले दसैँ मनाउँ । ✍️ धनमाया चौधरी, कैलाली
[५१]
१)
नलागोस् ऋण कसैलाई
फजुल खर्चलाई घटाएर
उत्सव बनाऔँ दसैँलाई ।
२)
सद्भाव हाम्रो चाहना
खुसीयाली सबैमा ल्याएर
पूर्ण होओस् कामना !
✍️
पद्मा काश्यप पाण्डे, मोरङ
[५२] दसैँको पर्व आयाे पिरव्यथा सबै भुलेर सर्वत्र खुसी छायो । ✍️ अरुण कुमार भुजेल गोरूबथान, कालेबुङ, भारत
[५३]
दसैँमा जमरा टीका
शिरमा ठूलाबडाको हात
नहोस् आर्शिवाद फिका !
✍️
साहित्य प्रेमी
सुशील धनगढी
[५४] गरौँ विपत्तिको सामना टरेर जाओस् दशाहरू बडादसैँको हार्दिक शुभकामना ! ✍️ पुष्पा राई बादेल, खाेटाङ
[५५]
रमाइलो चाडपर्व आयो
टिका, जमरा लगाउँदै
मनमा उमङ्ग छायो ।
✍️
धनुष न्यौपाने
जुम्ला।
[५६] हासेर दसैँ मनाउँ आशिष लिन हामीले ठूलाको घरमा जाउँ । ✍️ सीमा कार्की समर्पण मेलचोक पर्सा
[५७]
१)
चाडपर्व संस्कृति हाम्रो
फजुल खर्च नगरी
दसैँ मनाऔँ राम्रो !
२)
दसैँ बनोस् खास
दसैँको सबैलाई शुभकामना
नहाेस् कसैको उठिबास !
✍️
राज कुमार राजभण्डारी खोटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
[५८] खुसीको दिन आयो मनभरी आनन्द छ दशैँको रमझम छायो । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ
[६६] दर्शन गरेँ भवानी दसैँको हार्दिक शुभकामना रमाउँदै बितोस् जिन्दगानी ! ✍️ भगवती दवाडी, दमक, झापा
[६७]
१)
दसैँ खुसीको पर्व
मान्यजनको आशीर्वाद लिई
गर्नुपर्छ हामीले गर्व ।
२)
हुनेछ सत्यको विजय
दुर्गा भवानीको कृपाले
शत्रुमा जागोस् भय ।
✍️
जयनारायण नेपाल
इलाम
हाल सूर्यविनायक २ बालकोट,भक्तपुर
[८०] सुन्दर हाेस् भावना दसैँ अनि तिहारकाे सबैमा हार्दिक शुभकामना ! ✍️ श्रीकृष्ण धामी, बझाङ
[८१]
माैलाउन् मनका भावना
हजुरहरू तमाम सबैलाई
बडादसैँकाे हार्दिक शुभकामना !
✍️
नाम केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम
हाल भारतबाट
[८२] १) दशैँ आयो भन्छन् सर्वत्र छ रमाइलो केटाकेटी दक्षिणा गन्छन् । २) वर्ष दिनको चाड रमाइलो हुने भयो दु:ख मान्न छाड । ३) मेरो सधैँ चाहना सबैको भलो होस् दशैँको यही शुभकामना ! ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ
[८३]
बाध्यता छ मनाउन
नभए पनि शान्ति
सन्तान खुसी बनाउन !
✍️
मन्दिरा सेढाई
[८४] दसैँ आयो हजुर सबै अब रमाउनुपर्छ गरेर आ-आफ्नो सुर ! ✍️ मोहन आचार्य पाँचथर
[८५]
आयाे दसैँ आँगनी
आफन्त, साथीभाइसँगै रम्दैछु
खुसीले म पनि ।
✍️
भिक्षु ईश्वर
अछाम
[८६] दसैँ आयो गाउँमा तर खुसी आएन अल्झियो बिरानो ठाउँमा ! ✍️ चिरञ्जीवी ढकाल नेपालगन्ज =२० राँझा एयरपोर्ट बाँके
[८७]
टुप्लुक्क दसैँ आयाे
खानु कि लाउनु
मलाई दाेधार बनायाे ।
✍️
दीपक दाहाल
[८९]
१)
कसरी बसौँ हेरी
ऋणको भारी बोकाउन
दसैँ आयो फेरि ।
२)
हुँदैछ यहाँ अस्तव्यस्त
होसियार परमाणुको होडबाजीले
बनाउँदैछ संसारलाई ध्वस्त ।
✍️
दीप गोले तामाङ
[९०] १) घर जानेको लर्को नमनाउनू कसैले पनि ओढेर ऋणको बर्को । २) चर्केर आउँछ छाती भोका, नाङ्गा देख्दा दसैँ नआएकै जाती । ३) ल्याउँछन् खसी, बोका यो विपत्तिमा होलान् कतिका बालबच्चा भोका । ✍️ रुना कर्माचार्य दाहाल चितवन
[९१]
१)
गाउँ अनि सहर
चहलपहल निकै बढ्याे
दसैँकाे आयाे लहर ।
२)
गएका विदेश काममा
फर्किन्छन् चाड मनाउन
ती आफ्नै गामठाममा ।
✍️
भुपेन्द्र के.सी.
[९२] १) दुर्गा माताको शक्तिले हुन्छ सबैको कल्याण पूजा अनि भक्तिले । २) थाप्छौँ जमरा टीका लिन्छौँ मान्यजनको आशिर्वाद नबनोस् चाड फिका । ३) सबैमा खुसी आओस् नेपालीका घर आँगनमा चाडको माहोल छाओस् ! ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
[९३]
१)
चाडपर्व दसैँ आयो
आदिशक्ति दुर्गा देवी
भवानीको चर्चा छायो ।
२)
परदेशी घर आए
टाढिएका ती परिवारसँगै
निर्धक्क मिल्न पाए ।
३)
भुलाएर व्यथा पीर
पिङ खेल्दै रमाउँदै
मनलाई राखे थिर !
✍️
विवश पारदर्शी
झापा
[९४] गर्दैछौँ दु:खको सामना विपत्तिमा कसरी दिउँ म दसैँको शुभकामना ? ✍️ चिरञ्जीवी श्रेष्ठ धनकुटा
[९५]
१)
राखेँ मेरो भावना
बडादसैँ सुखद् बनाेस्
यही छ शुभकामना !
२)
शान्ति छाओस् मनमा
दसैँ दशा नहाेस्
कान्ति छाओस् तनमा !
✍️
केशवप्रसाद ढकाल 'प्रीतबीज'
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[९६] चाडपर्व दसैँ आयो सबै एकजुट भएर चारैतिर खुसियाली छायो । ✍️ नेत्रबहादुर श्रेष्ठ सिन्धुपाल्चोक -१३
झिल्का लेखन अभियानको ३३ औँ शृङ्खला (संविधान दिवस विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
//१// —————<•>————– १) समावेशी उत्कृष्ट संविधान सर्वत्र छ खुसी जन जनमा मुस्कान ! २) हटोस् अन्याय अत्याचार शुभकामना संविधान दिवसको पाउन् सबैले अधिकार ! ✍️ वसन्त अनुभव
२//
देशमा संविधान आएको
जनताले संङ्घर्ष गरेर
नेता यताउता छाएको ।
✍️
शोभा आचार्य गौतम
३// संविधान देशको शान इज्जत भनेको ठूलो गर देशको मान । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ
४//
१)
नयाँ संविधान आयाे
तर अधिकार आएन
राष्ट्रले के पायाे ?
२)
संविधानमा अधिकार लेखियाे
न्याय नदिने न्यायालयमा
राजनैतिक धाँधली देखियाे ।
✍️
रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
५// १) संविधान कालो बनाए देश खोक्रो पारेर भ्रष्टचारी नेता गनाए । २) संविधान पालना नगर्नेहरू सत्तामा रहुन्जेल स्वादिलो भ्रष्टाचारीहरू बर्बराउँछ अरू । ✍️ चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ
६//
संविधान कस्तो बनायो
देशमा जनता मर्दा
आफ्नो खुसी मनायो ।
✍️
सञ्जना शर्मा, लमही दाङ
७// १) संविधान बारे जानुन् मूल कानुन नेपालको सबैले राम्रोसँग मानुन् । २) वीर सहिदको योगदान देशमा आयो गणतन्त्र लेखियो उत्कृष्ट संविधान । ✍️ सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा६ मातातीर्थ
८//
धारा अध्यादेश संविधानमा
देशको सुरक्षा सर्वोपरी
नरहौँ फोस्रो अभिमानमा ।
✍️
मोती योन्जन सुब्बा, दार्जिलिङ
९// मान्नुपर्छ नियम संविधान अलि सप्रेला समाज रहला हाम्रो आत्मसम्मान । ✍️ सुनगाभा पोखरेल
१०//
लाग्छ संविधान यस्तो
बेल पाकेको खुसी
कागलाई नभएको जस्तो ।
✍️
केशवप्रसाद ढकाल 'प्रीतबीज'
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
११// संविधान दिवस धारा नेताले बुझेनन् कानुन अहिले देखाए पारा । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड
१२//
मूल कानुन जानुन्
आफ्नै मर्यादामा रहेर
सबैले पालना गरुन् ।
✍️
विष्णु पंगेनी(पाण्डे )
वालिङ स्याङ्जा
१३// १) उत्कृष्ट संविधान बनाए गरेर घृणित काम सबै नेता गनाए । २) सुधाराैँ सबले मति गरेर कार्यान्वयन संविधानकाे बढाऔँ विकासको गति । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर, झापा
१४//
बनाउँ देश हाम्रो
संविधान नियम ल्याई
स्वर्गझैँ सुन्दर राम्रो ।
✍️
गंगाराम यादव
औरावनी, सुनसरी
१५// १) संविधानले नीति खोजेको सरकारले बनायो अन्धो जनताले आफैँ रोजेको । २) जनताले बलिदान दिए सङ्घर्षमा लड्दै गएर नेताहरूले हुर्मत लिए ! ३// संविधान दिवसको भावना सबै राष्ट्रिय जनसमुदायमा संविधानको हार्दिक शुभकामना ! ✍️ बेदु न्यौपाने
१६//
१)
भन्छन् उत्कृष्ट संविधान
जनता देखिँदैनन् खुसी
कसरी दिन्छन् सम्मान ?
२)
चाहेझैँ राम्रो बनोस्
समावेशी सर्वत्र भई
अझै उत्कृष्ट रहोस् ।
✍️
अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-क्यानडा,क्यालगरी।
१७// १) सबैले पालना गरौँ संविधानको मूल कानुन यसको महत्त्व भरौँ। २) क्षमायाचना त गरौं गल्ती भए हजुर भ्रष्टमा राष्ट्रबाद भरौं । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं
१८//
संविधान आएको दिन
मौलिक अधिकारक साथ
जानेनन् हात लिन ।
✍️
साहित्य प्रेमी सुशील
धनगढी
१९// १) मान मर्यादा भुलेर कानुन लुकाउँछन् देशमा भाषण छाड्दै खुलेर। २) जनतालाई राहत दिन बनेन संविधान मर्यादाको शान्तिको सास लिन। ✍️ बिकास छेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ।
२०//
१)
भविष्यको उज्ज्वल तारा
अत्याचार धेरै भयो
संविधान तोड्ने पारा ।
२)
सबैतिर कुर्सी तानातान
किन राखेउ सरकार
कामै नलाग्ने संविधान ।
✍️
अन्मोल मुस्कान
तकदाह छाउनी, दार्जिलिङ।
२१// दुनियाँको मुहार फेर्ने यो संविधान खै ? सबैको भाग्य केर्ने । ✍️ दीप गोले तामाङ – रौतहट
२२//
१)
विधानका पानामा केरियोस्
अब आउँदो संविधानमा
गन्हाउने नेता फेरियोस् ।
२)
मरिजाने यो चोला
यहाँ कुर्सीकै लागि
बग्छ रगतको खोला ।
✍️
हिरामाया श्रेष्ठ
गजुरी १ धादिङ
२३// कागजमा लेखिएको ज्ञान आफैँ पालना गर्दैनन् जसले बनायो संविधान ! ✍️ मन्दिरा सेढाई, मलेखु,धादिङ
२४//
१)
ऐतिहासिक यो संविधान
कागजमा कैद भयो
व्यवहारमा मात्र उखान ।
२)
संविधान बनाए जनता
विदेशी चलखेल भयो
बढी भयो स्वतन्त्रता ।
३)
देश बनाए अचानो
जनताको उस्तै हाल
मानो न छानो ।
✍️
सुरेशकुमार पाण्डे, दाङ घोराही १८
२५// १) संविधान आहा भनुन् अध्ययन गरेर अक्षरस: ठूलो कानुनविद् बनुन् । २) संविधानको संरक्षण गर्नू हाम्रो कर्तव्य हो बर्खिलापमा अघि नसर्नू । ✍️ देव मगर तिनाउ-१,कचल,पाल्पा
२६//
दीप प्रज्वलन गरेर
संविधान दिवस मनाऔँ
देशभक्ति मनमा भरेर ।
✍️
पुष्पा सुवेदी
नेपालगन्ज,बॅाके।
२७// सबैभन्दा ठूलो ऐन सानालाई भने नियम ठूलालाई सधैँ चैन ! ✍️ आर्त अकुलीन
२८//
छैन यहाँ नुन
अर्काको भर परेर
के गर्नु कानुन ?
✍️
नागेन्द्रप्रसाद यादव
२९// संविधान आफैँलाई बनाए कानुन सबैलाई हुनुपर्नेमा गणतन्त्रको धज्जि उडाए । ✍️ शंकर कार्की, मकवानपुर
३०//
१)
संविधान दिवसको शुभकामना
मूल कानुन भनेर
जागाेस् सबैमा भावना !
२)
जसले कानुन मिच्यो
उत्कृष्ट संविधान भन्दै
राष्ट्रकाे सम्पत्ति घिच्यो ।
३)
जसले संविधान बनाए
लिएर हातमा कानुन
आज आफैँ गनाए ।
✍️
राज कुमार राजभण्डारी खाेटाङे
मध्यपुर ठिमी ५ संगमकाेलाेनी राधे राधे भक्तपुर ।
३१// संविधान देशको आधार गर्व गर्छौँ हामी स्वतन्त्र सबै पूर्वाधार । ✍️ कार्की डिबी माकुम
३२//
यसमा म आइनँ
आँसु छ आँखाभित्र
लेख्ने शब्दै पाइनँ !
✍️
ऋजु दिल्पाली
३३// संविधान कानुनकाे मूल सबै नेपाली जनताले पालनामा नगरौँ भूल ! ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगाबजार
३४//
मूल कानुन संविधान
पूर्णतः पालना गरे
जनताकाे हुन्छ मान ।
✍️
डिल्लीराज (राजेन्द्र) भुसाल
सन्धिखर्क-२, कुर, अर्घाखाँची
३५// शान्ति बढ्दै जाओस् संविधान बनाउदै,, हिंसाकर्म घट्दै आओस् ! ✍️ कुसुम कुवँर (बझाङ)
३६//
सही प्रक्रियाको संविधानले
जनतामा प्रगति दिलाउँछ
स्वाभिमान र पहिचानले ।
✍️
प्रेम थापा "मन"बागलुङ
३७// १) ल्याएको हो संविधान जनयुद्ध र जनआन्दोलनले जनतामा इज्जत मान ! २) चुन्न सकेनौँ ड्राइभर गणतन्त्रको रथ हाक्ने खोक्रो भयो घर ! ✍️ लोकबहादुर क्षेत्री
३९// १) संविधान दिवसको शुभकामना सकल नेपालीजनहरूको हेर नहोस् अन्यायसँग सामना । २) छाओस् खुसी जनमा उत्कृष्ट संविधान पाएर सन्तोष होस् मनमा । ३) नैतिकता हरेकमा भएमा उपयोग हुन्छ विवेकको नेता इमानदार रहेमा । ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
४०//
१)
ठूलाबडालाई छ चैन
गरिब असहायलाई भने
लाग्दछ कडा ऐन ।
२)
सदनमा होडबाजी गर्छन्
भ्रष्टाचारी नेताको नाटकमा
सोझा निमुखा पर्छन् ।
३)
संविधान दिवस मनाए
न्याय बराबर छैन
औपचारिकता मात्र जनाए ।
✍️
कला ढकाल झापा
४१// १) सारा नेपालीको चाहना मौलिक हक नखोसियोस् संविधान दिवसको शुभकामना । २) नेपालीको साझा संविधान जनताको सुरक्षा गर्ने मुख्य कानुनको सम्मान । ३) नेपाली जनताको ज्ञान अनुशासनमा बस्नु पर्छ देशको कानुन जान । ✍️ कृष्ण बजगाई, भक्तपुर
४३//
संविधानले गरोस् जय
हाम्रो भनुन् सबैले
कसैमा नहोस् भय ।
✍️
कपिलकिशोर घिमिरे
४४// कानुनले भन्ने गर्छ संविधान सबैभन्दा माथि सबैले मान्नु पर्छ । ✍️ अरुण कुमार भुजेल दार्जीलिङ्ग, भारत
४५//
संविधान दिवस मनाउँ
कागजमा मात्र होइन
व्यवहारमा पनि जनाउँ ।
✍️
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
४६// १) नेताले गरे लुट यो संविधान हेर्दा जनलाई छैन छुट । ✍️ दुर्गा भट्टराई माेरङ
४७//
१)
देश र जनताकाे
शिला नै हाे
सबै देशकाे एकताको ।
२)
संविधान दिवसको शुभकामना
देशविदेशमा हुनेहरू सबैको
पुगोस् इच्छा चाहना !
✍️
ईश्वर साउद (भिक्षु)
रामाराेसन गाउपालिका ६ सुदुरपशचिम अछाम
४८// बनोस् दुखीको पहिचान अधिकार लिपिबद्व गरेर रङ्ग भरोस् संविधान ! ✍️ राज बहादुर बडुवाल कनकसुन्दरी-५,जुम्ला
४९//
१)
देश चलाउने ऐन
मान्नु पर्ने नियम
सानालाई छैन चैन ।
२)
अत्याचारबाट उकास्ने संविधान
जता हेर्यो हर्ष
सबैको ओठमा मुस्कान ।
✍️
धनमाया चौधरी, कैलाली
५०// संविधान दिवस मनाऔँ हातमा हात राखेर नेपालमा नै रमाऔँ ! ✍️ मोहन आचार्य पाँचथर
५१//
१)
सोचौँ मनमा एकैछिन
नेपाली नेपालमै अट्ने
कहिले आउला दिन ?
२)
बोल्दा पुर्याउँदैनन् होश
नालायक देश हाँक्ने
संविधानको के दोष ?
३)
जनताले रगत बगाए
कानुन हातमा लिएर
नेताले खुट्टा घुमाए ।
✍️
शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
५३//
संविधानबाट थियोे आस
केही भएन सोचेजस्तो
जनता छन् निरास ।
✍️
जनक बिसी
स्वर्गद्वारी नगरपालिका ५ सारी प्यूठान
हाल दक्षिणभारत कोचिनबाट
५४// १) संविधान बनेर आयो जनता भोकै घरमा नेताले छादुन्जेल खायो । २) संविधानको लिएर नाम मात्रै रहेछन् खाने खोइ गरेको काम ? ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ
५५//
१)
गरेर आपसमा तानातान
कुर्सीका लोभी नेताले
बिगारे राम्रो संविधान ।
२)
संविधान राम्रो बनाए
आफैँले पालना गरेनन्
त्यसमै पानी खन्याए ।
✍️
सरस्वती श्रेष्ठ रुपन्देही बुटवल
झिल्का लेखन अभियान - ३३
५६// सार्वभौम देशको पहिचान तलमाथि हुनुहुन्न दबाबमा शक्तिमान् रक्षक संविधान । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे
५७//
१)
संविधान संसोधनीय हुनुपर्छ
नाफामुखी होइन जनमुखी
हरेक व्यवधान फुनुपर्छ ।
२)
स्रोत हेरेर कानुन
कार्यान्वयन गरेपछि देखिन्छ
त्यसको गुण अवगुण !
✍️
मनोहरी पौडेल
गैडाकोट १
५८// जनतालाई खै संविधान रगतको बगाएर खोला अधिकार छैन समान । ✍️ सङ्गीता खरेल काठमाडौं
५९//
कस्तो संविधान आयो
यहाँ हत्याराले जेलबाट
वर्षेनी मुक्ति पायो ।
✍️
अनिता भण्डारी, ताप्लेजुङ
६०// १) जसले बनाए संविधान तोड्ने गर्छन् तिनैले जिउँदो लासको चिहान । २) संविधान सबैभन्दा ठूलो केवल नामको बनाए सत्ताधारीको निमित्त खुकुलो । ✍️ पृथक प्रकृति, झापा
६२// १) कसका लागि संविधान नेताहरूलाई सधैँ मोज जनता हुने अपमान । ✍️ ललिता गिरी, सिन्धुली
६३//
१)
कहिल्यै हुँदैन प्रगति
हाम्रो देशका भ्रष्टाचारीहरूको
अब नसुध्रिए मति ।
२)
देशका यूबा खाडीमा
संविधान दिवस मनाउन
नेता चिल्ला गाडीमा ।
✍️
लक्ष्मण देउवा डोटी
६४// समावेशी जातीय पहिचान अझै बनोस् जनतामैत्री सुशासन सहितको संविधान ! ✍️ वेल थोकर
६५//
१)
संविधानलाई पत्रु बनाए
जनतालाई मूर्ख ठानी
आफूलाई राजा भनाए ।
२)
नेताको देखाउँने दाँत
जनतालाई भोकै पारी
पुरियो यिनको आँत ।
३)
फेरिएन पुरानो बानी
शासकको रूप उस्तै
जनतालाई छैन पानी !
✍️
जयनारायण नेपाल
इलाम ,हाल सूर्यविनायक २
बालकोट ,भक्तपुर ।
६६// संविधान एउटा अधिकार सरकार र जनताबीचको परिभाषित सम्बन्धको आधार ! ✍️ अच्युत घिमिरे सर्पाङ, भुटान🇧🇹
६७//
संविधान हाम्रो शान
नेपाल आमालाई हँसाउन
राखौ यसको मान।
✍️
सविता भट्टराई, जनकपुर
६८// संविधान पुस्तकमा सिमित जनता अभावमा सदासर्वदा विकृति रहेकाे अव्यवस्थित । ✍️ प्रद्युम्न चालिसे
६९//
१)
संस्कृति संस्कार संविधान
समय सचेतना सबल
सबैको सहभागिता सम्मान ।
२)
विचरण विशुद्ध विद्वान
विराजमान विभु विघत
विकल विधि विद्यमान ।
✍️
ममता पौडेल
बुढीगङ्गा -२ , मोरङ
७०// संविधान देशमा हुनुपर्छ भ्रष्टाचारी सबै खोरमा फटहाहरू हात धुनुपर्छ । ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा
७१//
राम्रो संविधान बन्यो
जनता जस्ताको त्यस्तै
पर्ख अझै भन्यो ।
✍️
पुष्पा राई, खाेटाङ
झिल्का लेखन अभियानको ३२ औँ शृङ्खला (प्राथमिक उपचार विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
//१// —————<•>————— १) मानवताको जागृत गरौँ भिडियो बनाउन होइन घाइतेमा प्राण भरौँ ! २) मिल्दछ यसैमा धर्म आफ्नो बिरानो नभनी गरेमा निस्वार्थ कर्म ! ✍️ वसन्त अनुभव घोराही, दाङ //२// —————<•>————— १) एकापसमा सहयोग गराैँ पशुतुल्य व्यवहार हाेइन सेवामा लागि पराैँ । २) सेवा नै धर्म यसैमा भलाे हुनेछ राम्रो गरेमा कर्म । ✍️ नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारत //३// —————<•>————— १) रोएर हुन्न साथी छोएर शिखर आँफै जीवन पुग्छ माथि । २) गालीमा ताली दिँदै के जिउनु जिन्दगीमा केवल बदला लिँदै । ✍️ साहित्य प्रेमी सुशील धनगढी //४// —————<•>————— काेही बाँच्छ भने प्राथमिक उपचार गर्नू काेमल हृदय बने । ✍️ ताराप्रसाद चापागाईँ //५// —————<•>————— फूल रोपेर हेर स्याहार पुगे गमलामा जगत् जगमगाउॅंछ एकफेर । ✍️ म्यामराज राई, भोजपुर //६// —————<•>————— १) मानवताको गरौँ व्यवहार एकदिन मात्र नभई सकेसम्म भइरहोस् लगातार । २) एकापसमा गरौँ सहयोग यसरी मिलेर गर्दा हट्छ लागेको रोग। ३) गर्दा अरूको सेवा भगवान्ले आशिष् दिई पाउँछ त्यसैले मेवा । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी। //७// —————<•>————— १) मानव भएर धर्म गरौँ यही हो मान्छेको सेवा कर्म । २) दुखेकोमा मलम लगाऊँ गरौँ असल कर्म समाज सेवा जनाऊँ । ३) चेतनशील प्राणी मानव समाजसेवामा लागौँ सधैँ कहिल्यै नहुनू दानव । ✍️ बेदु न्यौपाने //८// —————<•>————— १) जहाँ पर्छ आवश्यक प्राथमिक उपचार गरेर गरौँ मानिसको रेखदेख ! २) मेहनतसँग दुर्घटना जोडिन्छ प्राथमिक उपचार नदिँदा मानवताको आधार छोडिन्छ ! ३) प्राथमिक उपचारको महत्त्व परेकालाई गएर सोधौँ अनि बुझिन्छ सारतत्त्व ! ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 //९// —————<•>————— १) मानवको जस्तो व्यवहार घाइते अवस्थामा देखाऊँ यही जीवनको सार । २) सबै रमिता हेर्छन् अझ भिडियो बनाउँदै भिडभाड गर्दै घेर्छन् । ३) रमिता हेर्नुको साटो घाइतेमा तुरुन्त अपनाऔँ प्राथमिक उपचारको बाटो । ✍️ ललिता गिरी सिन्धुली //१०// —————<•>————— १) अस्पताल जानुभन्दा पहिले घटनाको सम्भावना घटाउन होसियार रहनुपर्छ जहिले । २) होसियारी अपनाइरहँदा बारबार आकस्मिक दुर्घटनाहरू घटेमा गर्नुपर्छ प्राथमिक उपचार । ३) अस्पताल नपुग्दासम्म बचाउन जानेसम्मको उपचार गर्दै बिमारी पुऱ्याऔँ जचाउन । ✍️ गुणनिधि घिमिरे, अमेरिका //११// —————<•>————— १) आगजनी दुर्घटना हुँदा छिटो उद्धार गरौँ घाइते छट्पटीमा रुँदा । २) घटनास्थलको नबनाई भिडियो प्राथमिक उपचार दिन स्ट्रेचर बोकेरै हिँडियो । ✍️ चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ //१२// —————<•>————— १) घटनास्थलमा तुरुन्त गएर प्राथमिक उपचार दिइयो सेवाभावले अग्रसर भएर ! २) पहिला अनुमति लिन्छौँ बेहोशीमा भएको भए मुखबाट श्वास दिन्छौँ । ३) उनको अवस्था हेर्छौँ साबुनपानीले घाउलाई धोएर सुतीको कपडा बेर्छौँ । ✍️ हिरामाया श्रेष्ठ गजुरी १ धादिङ //१३// —————<•>————— चाहिने प्राथमिक उपचार व्यवस्था गरेर राखौँ जीवनरक्षाका निम्ति उपकार । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी //१४// —————<•>————— मानव धर्म निभाउँ प्राथमिक उपचार गरेर घाइतेको ज्यान बचाउँ । ✍️ अनिता कार्की, पाँचथर //१५// —————<•>————— मानिस घाइते हुँदाखेरि गर्नुपर्छ प्राथमिक उपचार उसको अवस्था हेरी | ✍️ सरिता सेढाईं, धादिङ //१६// —————<•>————— १) कुनै दुर्घटना घटे अस्पताल लानु पहिले समस्या घट्छ खटे । २) घटना घटेको ठाउँमा उपलब्ध सामग्री प्रयोगले उपचार गरिन्छ घाउमा । ✍️ राज बहादुर बडुवाल कनकासुन्दरि -५,जुम्ला //१७// —————<•>————— १) अस्पताल पुर्याउनु पहिल्यै प्राथमिक उपचार गर्नु दुर्घटनामा परेकाेलाई जहिल्यै । २) बिरामीको ज्यान बचाउन प्राथमिक उपचार गर्दै अस्पताल लानु जचाँउन । ३) बुझेर पीडितकाे मर्म साथ सहयोग गर्दा हुन्छ सधैँ धर्म । ✍️ राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । //१८// —————<•>————— १) मानवता दर्साउँ सबैमा प्राथमिक उपचार गरेर समय नफालौं कबैमा । २) आपसी सहयोग बढाउँ घटना देखेको हुँदैन जोखिममा ज्यान नचढाउँ । ✍️ धनमाया चौधरी, कैलाली //१९// —————<•>————— घटनास्थलमै हुन्छ उपचार पहिले जिन्दगी बाँचेमा देखिन्छ सुन्दर संसार ! ✍️ आर्त अकुलीन //२०// —————<•>————— क्षति न्यूनिकरण गर्नलाई प्राथमिक उपचार गरेमा पर्दैन बिरामी मर्नलाई । ✍️ पद्मा काश्यप पाण्डे, मोरङ //२१// —————<•>————— सही प्राथमिक उपचारले क्षतिलाई जाेगाउन सकिन्छ मानवीय साेच व्यवहारले । ✍️ जी.वि.कश्यप घाेराही,दाङ //२२// —————<•>————— जीवन एउटा उपहार खतराबाट बच्न बचाउनलाई सिकौँ प्राथमिक उपचार ! ✍️ प्रेम थापा “मन”बागलुङ //२३// —————<•>————— नमानेर कत्ति घाँडो घाइतेलाई उपचार गर्न पुर्याउनुपर्छ है चाँडो । ✍️ दीप गोले तामाङ – रौतहट //२४// —————<•>————— आकस्मिक अवस्था आएमा गर्नुपर्छ प्राथमिक उपचार हामीले अवसर पाएमा । ✍️ कला ढकाल, झापा //२५// —————<•>————— १) अस्पताल लैजाऔँ पहिले प्राथमिक उपचार गरेर बचाऔँ बिरामी जहिले ! २) गरेर प्राथमिक उपचार तत्काल अस्पताल पठाऔँ घाइतेलाई हामी हरबार । ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरी //२६// —————<•>————— नघटोस् घटना जहाँ घटेमा आवश्यक पर्छ प्राथमिक उपचार त्यहाँ । ✍️ सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा ६ मातातिर्थ //२७// —————<•>————— मान्छेको उपचार गरौँ धर्म हुन्छ जिन्दगीमा सधैँ अगाडि सरौँ । ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा //२८// —————<•>————— सरकार बाँच्छ मागेर जनता औषधी पाउँदैनन् मर्छन् रुघा लागेर । ✍️ नागेन्द्रप्रसाद यादव //२९// —————<•>————— नगरे उपचार समयमा सक्ला बन्न क्यान्सर शुरूमै गाउँको श्वास्थालयमा । ✍️ लोक क्षेत्री //३०// —————<•>————— मानवताको पहिलो धर्म घाइतेलाई उपचार गर्नु मानिन्छ उत्तम कर्म । ✍️ बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा //३१// —————<•>————— सन्देश सुनौँ अहिले प्राथमिक उपचार गरौँ अस्पताल जानुभन्दा पहिले । ✍️ सङ्गीता खरेल काठमाडौँ //३२// —————<•>————— १) अनौठो रहेछ संसार कति अभागीको निधारमा हुँदैन प्राथमिक उपचार। २) सेवा नै मानवधर्म प्राथमिक उपचार गर्नु मानवको पहिलो कर्म । ✍️ बिके मुखिया दार्जिलिङ, भारत। //३२// —————<•>————— १) प्राथमिक उपचारकाे घनत्व दुर्घटनाकाे बेलामा धेरै हुन्छ यसकाे महत्व । २) सतर्क सजग भएर प्राथमिक उपचार गराैँ घटनास्थलमा शिघ्र गएर । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर, अर्घाखाँची //३३// —————<•>————— १) जनता भोकले मर्छन् विशेष उपचार नेताले विदेशी अस्पतालमा गर्छन् । २) जनताले सिटामोल पाएनन् अस्पतालको कुरै नगरौँ गाउँमा डाक्टरै आएनन् । ✍️ कृष्ण बजगाई भक्तपुर //३४// —————<•>————— जीवन जाेगाउँ सबैकाे प्राथमिक उपचार गरेमा जान्छ ज्यान कबैको । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगा बजार । //३५// —————<•>————— मानिसको सेवा गरौँ मानवको कल्याण हेतु सधैँ अघि सरौँ । ✍️ जनक बिसी दक्षिणभारत कोचिन //३६// —————<•>————— १) घाइते बिरामी धाउँछ अस्पतालको बेडमा बसी दुख्यो पोल्यो चिच्याउँछ । २) प्राथमिक उपचार राम्रो ओखती सामान्य हुन्छ स्वास्थ्य बिग्रँदैन हाम्रो । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड //३७// —————<•>————— १) गरौँ गम्भीर विचार त्यागेर दम्भ ईर्ष्या गरौँ मनले उपचार ! २) नपखाली मनको मैलो हुँदैन प्राथमिक उपचार बोकेर पापको थैलो ! ३) पुर्याऊ खानमा ध्यान ओठ जीब्रो नबाँधे जान्छ बेकारमा ज्यान ! ✍️ ऋजु दिल्पाली(राजेन्द्र घिमिरे) ईटहरी १ सुनसरी //३८// —————<•>————— १) हुनेगर्छ दुर्घटना यात्रामा पहिला क्यामेरा नझिकौँ प्राथमिक उपचारको मात्रामा। २) खोजौँ साधन पुर्याउन स्वास्थ्य केन्द्रमा हतारले घाइतेको ज्यान बचाउन । ✍️ घनश्याम पन्त, हरिवन सर्लाही //३९// —————<•>————— १) प्राथमिक उपचार गर्नु कर्तव्य निर्वाह गर्नलाई सदासर्वदा अघि सर्नु । २) गरौँ आकस्मिक सेवा प्राथमिक उपचार गरेर देऔं स्वास्थ्यमा टेवा । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे //४०// —————<•>————— १) बाँच्नु पहिलो अधिकार जीवन अमूल्य हुन्छ दिउँ प्राथमिक उपचार । २) चोटमा मल्हम पट्टी ज्वरोमा पट्टी पानीको नबढ्दै उपचार पद्धति । ✍️ मनोहरी पौडेल गैडाकोट १ //४१// —————<•>————— १) तयारी राखौँ पहिल्यै जतिखेरै दुर्घटना हुनसक्छ राखौँ मलमपट्टी जहिल्यै । २) नराखौँ रोगीलाई लम्पसार बचाउनु मानवको धर्म गरेर प्राथमिक उपचार । ३) यथाशिघ्र उपचार भनेकै ससाना स्वास्थ्यकेन्द्रको स्थापना नजिकमा राम्रो बनेकै । ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ। //४२// —————<•>————— १) सेवाको गर काम सबैलाई तिमी यहाँ तब हुन्छ नाम । २) गाउँमा छैन अस्पताल हुँदैनन् बिरामी निको नेताको स्वार्थी चाल । ३) सामाजिक सेवा राम्रो मन हुन्छ आनन्द कतिको मनै चाम्रो। ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत //४३// —————<•>————— १) सामाजिक प्राणी भएपछि सामान्य उपचार गर्नुपर्छ देखेर नजिकै गएपछि । २) बिरामी सामान्य देखेपछि घरेलु उपचार गर्नु हस्पिटलले छोड्दैन लेखेपछि । ३) औषधी राख्नुपर्छ घरमा झट्ट बिरामी पर्दा पर्नुपर्दैन अरूको भरमा । ✍️ दुर्गा आचार्य मोरङ //४४// —————<•>————— हेर घटना घट्नेबित्तिँकै मोबाइल तेर्साउने होइन मानवता देखाउ निकै । ✍️ विष्णु पंगेनी(पाण्डे) वालिङ् -८स्याङ्जा //४५// —————<•>————— १) सेवाले धर्म हुन्छ सुखदुःख बाडे आपसमा सबैको मन छुन्छ । २) पीडामा मलम लगाऊँ प्राथमिक उपचार गरेर कलियुगमा पुण्य कमाऊँ । ३) प्राथमिक उपचार गरौँ अरू गर्न नसके घाउमा मलम भरौँ । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ //४६// —————<•>————— सधैँ दुर्घटनाका समाचार तयारी अवस्थामा बसौँ गर्नलाई प्राथमिक उपचार । ✍️ सुनगाभा पोख्रेल //४७// —————<•>————— भएमा चेतनाको सार सोचमोच गरी राखे घरमै प्राथमिक उपचार ! ✍️ सन्तु खत्री //४८// —————<•>————— १) गरौँ सबैको सेवा आफ्नो धर्म निभाए मिल्छ हामीलाई मेवा । ✍️ अनिता भण्डारी, ताप्लेजुङ //४९// —————<•>————— प्राथमिक उपचारको ज्ञान भएमा मात्र पनि बच्छ धेरैको ज्यान । ✍️ पुष्पा सुवेदी नेपालगन्ज,बॅाके। //५०// —————<•>————— प्राथमिक उपचार राम्रो सबैलाई जान्न आवश्यक ज्यान जोगिन्छ हाम्रो । ✍️ शोभा आचार्य गौतम काठमाडौँ //५१// —————<•>————— सहयोगको राखौँ विचार घाइते देख्नासाथ सबैले गरौँ प्राथमिक उपचार । ✍️ रुना कर्माचार्य दाहाल चितवन //५२// —————<•>————— जे भेटिन्छ घटनास्थलमा उपचार गरी बचाऊ घाइतेलाई उही पलमा । ✍️ इन्दिरा देवकोटा कपिलवस्तु न पा ३ //५३// —————<•>————— १) घटना घटेको ठाउॅंमा प्राथमिक उपचार गरेर रगत रोकौॅं घाउमा ! २) बाँच्ने सबैको अधिकार अस्पताल जानुभन्दा पहिला गरौॅं प्राथमिक उपचार ! ✍️ सर्मिला बोहरा,बैतडी //५४// —————<•>————— अचानक घटनाको लागि प्राथमिक उपचारमा लागौँ मानवता ज्युँदो राखी । ✍️ पुष्पा राई, बादेल, खाेटाङ । //५५// —————<•>————— १) नबगोस् रगत लगातार देखेमा कोही घाइते गरौँ प्राथमिक उपचार । २) शुरुमा घाइतेको उपचार जीवन अमूल्य सबैको गरौँ सही व्यवहार । ✍️ सुस्मिता अधिकारी, काठमाडौँ //५६// —————<•>————— १) पर्दाखेरि आकस्मिक मार घरमै दिलाऊँ बिरामीलाई तुरुन्तै प्राथामिक उपचार l २) जताऊँ मानवीय व्यवहार देख्नासाथ घाइते व्यक्ति गरौँ प्राथमिक उपचार l ✍️ बाबुराम गौतम, गुल्मी //५७// —————<•>————— अत्यावश्यक हुन्छ गाउँमा प्राथमिक उपचार पनि बनाउनुपर्छ हरेक ठाउँमा । ✍️ शंकर कार्की,मकवानपुर //५८// —————<•>————— १) घरमा गरिएको उपचार प्रभावकारी हुनाले बन्छ स्वास्थ्य नबिग्रने आधार । २) पीडितको नजिकै परौँ दुर्घटना हुँदा घाइतेलाई सकेसम्म सहयोग गरौँ । ३) अकालमा जाँदैन ज्यान उपचारको लागि दिनुपर्छ मान्छेले मान्छेको ध्यान । ✍️ पृथक प्रकृति ,झापा //५९// —————<•>————— १) दुर्घटना भएको ठाउँमा प्राथमिक उपचार गरे रगत रोकिन्छ घाउमा । २) घटना हुन्छ जब सडकमा छट्पटाउँछ बिरामी भिडियो खिच्छन् तब । ३) सहयोगी हुनुपर्छ जगत उपचार पाए तत्कालै रोकिन्छ बगेको रगत । ✍️ शान्ता पौडेल भट्टराई //६०// —————<•>————— १) हुन्छ दूर्घटना गाडी भिडियो बनाउन व्यस्त उद्दार गर्न छाडी । २) बुझेकै छैन यहाँ प्राथमिक उपचारको मर्म मानवता छैन जहाँ । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ //६१// —————<•>————— घाइते देखिन्छ जहिले प्राथमिक उपचार गरौँ अस्पताल लैजानुभन्दा पहिले । ✍️ अमृत कोइराला पोखरा //६२// —————<•>————— १) जनताको गर्नुपर्छ सरकार नेताहरूकाे मात्रै होइन नि:शुल्क प्राथमिक उपचार । २) कर्तव्य बुझेर बनाैँ सरकार ठट्टा होइन चलाउनै नजान्नेलाई नभनाैँ । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । //६३// —————<•>————— मर्ने गर्छन् अन्जानमा प्राथमिक उपचार नपाएरै आघात पर्छ प्राणमा । ✍️ रचना शर्मा प्रतीक्षा इमाडोल, ललितपुर //६४// —————<•>————— जोसुकै दुर्घटनामा पर्दा ज्यान जानबाट जोगिन्छ प्राथमिक उपचार गर्दा । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा । //६५// —————<•>————— १) रमितेको घुइँचो हुन्छ मान्छेले मानवता नदेखाए साह्रै मन रुन्छ । २) हुँदैन पछाडि हट्न हामी सबैले सक्नुपर्छ प्राथमिक उपचारमा खट्न । ३) मानिस त्यतिकै मर्छ प्राथमिक उपचारमा खटिनु हाम्रो दायित्वमा पर्छ । ✍️ लक्ष्मण देउवा, डोटी //६६// —————<•>————— १) सत्कर्मतिर नै सरेमा भन्छन् हुन्छ राम्रो दुःखीहरूको सेवा गरेमा । २) रगत बगेमा हाम्रो गरौँ प्राथमिक उपचार हुन्छ ज्यानलाई राम्रो । ३) उपचार नपाए नानी निको हुँदैन चोटहरू जान्छ ज्यान सानी । ✍️ सीमा कार्की समर्पण मेलचोकपर्सा //६७// —————<•>————— १) दुर्घटना जीवनमा पर्नसक्छ प्राथमिक उपचारले घाइतेको जीवनबाट जोखिम टर्नसक्छ । २) गरौँ सद्भावपूर्ण व्यवहार हुन्छ घाइतेसँगै बस्दा हाैसला प्राथमिक उपचार । ३) मानवअधिकार संविधानकाे धारामा नेता रुघाखोकीमा विदेशतिर सिटमाेलविना जनता पारामा । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । //६८// —————<•>————— हुनसक्छ दुर्घटना हेर आफ्नो ज्ञान सीपले घाइतेलाई मायाले घेर । ✍️ होमप्रसाद नेउपाने धरान,सुनसरी । //६९// —————<•>————— दुर्घटनामा परेका नरलाई प्राथमिक उपचार गरेर जिम्मा दिउ डाक्टरलाई । ✍️ दुर्गा भट्टराई माेरङ //७०// —————<•>————— १) आत्तिएर काम गर्दा बिग्रने बोझ काँधमा अरूको भरमा पर्दा । २) आपतमा अपनाऔँ सदाचार शत्रु नै होस् गरौँ प्राथमिक उपचार । ✍️ राजेश्वरी राजोपाध्याय ललितपुर
साप्ताहिक झिल्का लेखन अभ्यासको ४२ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४२ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, आइपुग्यो चाड तिहार झिलिमिली लिएर घरआँगनमा मानौँ, एक चमत्कार । २, बोकेर नवीकरणको खाता चेली माइतीको बन्यो आहा ! सौन्दर्यमा भाइटीका । ३, शरद्ले फूल फुलायो सयपत्री, मखमली रङ्गीचङ्गी मनलाई पुलकित बनायो ।
म्यामराज राई … १, शरद्मा फूल फुल्यो मखमली सयपत्री गालाभरि वर्षमा एकदिन खुल्यो । २, सुधार्नु छ सरकारलाई नाराबाजी गर्दै भएपनि बुझा नेपाली दाजुभाइ । ३, विदेशी भाइहरू तिहारमा रुन्छ होला धरधरी सम्झी दिदी परिवारमा ।
एवाइ प्रभात खाल्सा छेन्ताङ सहिदभूमि, धनकुटा … १, तिहारको आयो पर्व झिलिमिली गाउँ शहर संस्कृतिमा लाग्छ गर्व ।
ताराप्रसाद चापागाईँ … १, धुमधामसॅंग चल्दैछ तिहार यसपाली पनि आफ्नो खाली हुन्छ निधार। २, मिल्दैन विदेशको ठाउॅं छैनन् यहाँ दिदीबैनी सम्झेर भएन गाउँ। ३, हुनेले लगाउनु होला कतिपय दिदीबहिनी नहुनेको मन कति रोला।
अर्जुन प्रसाद चौलागाई अमैरिका,बोस्टन। … १, लक्ष्मीको बास होस् हजुर हाम्रो घरमा दु:खकष्ट कसैलाई नपरोस्। २, तिहारमा उमङ्ग छरी देउसी भैलो खेलेर गरिन्छ रमाइलो गाउँभरि। ३, बाँचुन्जेल हाँसेर रमाई यही त हो जीवनको अमूल्य कमाइ।
सतीश पण्डित भानु -६, चुँदी, तनहूँ (हाल चनपा – ६, मातातीर्थ) … १, तिहार सामाजिक मेला देउसी आयो भैलो ठाउँ ठाउँमा भेला। २, भाइबहिनीको चोखो माया अटुट नाता हुन्छ नलागोस् दुष्टको छायाँ। ३, सामाजिक पर्वमा आफ्नोपन सबैले मनाऔॅं मिली एकताको हुन्छ इञ्धन ।
सुरेशकुमार पाण्डे घोराही – १८, दाङ … १, तिहार रमाइलो पर्व सयपत्री, मखमली फूलहरूको भाइटीकामा ठुलो गर्व ।
बेदु न्यौपाने … १, गोवर्धन पूजा चलाएका जगमा श्रीकृष्णले आफै इन्द्रको सेखी ढलाएका । २, चलेको अनेकौं रीति पञ्चाङ्ग अनुसार हामी पालौँ पर्वकै मिति । ३, खेतमा अनाज फलायौँ गोरुको मद्दतले यहाँ गोवर्धनमा दियो जलायौँ ।
कार्की डिबी माकुम सुनवल-४, नवलपरासी … १, सुख, शान्ति छरिन्छ धनकी देवी लक्ष्मीको आशीर्वादले खुशी भरिन्छ। २, आफ्नो क्षमता हेरेर चाडपर्व मनाउनु पर्छ इच्छा चाहना फेरेर। ३, राजनीतिमा जस्तै देखिन्छ साहित्य क्षेत्र भित्र गुट उपगुट भेटिन्छ ।
कला ढकाल झापा … १, तिहारमा बच्चाको खैलोबैलो दिदीबहिनी दाजुभाइको भेट दीपावली देउसी भैलोको । २, फूलहरूको विशेष पर्व काग, कुकुर सम्झिएर संस्कृतिको बडो गर्व। ३, दिदीबहिनीबाट सप्तरङ्गी टिका मखमली सयपत्रीको माला कोही नहुन् फिका ।
चुडामणी देबकोटा पुरानोनैकाप काठमाडौँ … १, फूलको माला लाएर रमाइलो गर्ने तिहारमा देउसिरे गीत गाएर। २, तिहार हाम्रो पर्व रमाइलो गर्न पाउँदा लाग्दछ सबैलाई गर्व। ३, आउॅंलान् माइती भनेर बाटो हेरी बसेको फूलको माला गनेर।
राज कुमार राजभण्डारी खोटाङे मध्यपुर ठिमी -५, सङ्गम कोलोनी राधे राधे भक्तपुर … १, निधारमा होस् टीका मनाऔँ तिहार सबैले नहोस् कसैको फिका। २, पुगोस् मनाका चाहना मेरो भाइ तिमीलाई दीर्घायुको हार्दिक शुभकामना। ३, घाम लाग्यो घमाइलो तिहारमा देउसी खेल्दै गरौं सबैले रमाइलो ।
अनिता भण्डारी ताप्लेजुङ … १, हजुर देखासिखी नगरौं काढेर भारी ऋण खोक्रो सान नभरौं । २, हैसियतको ख्याल राखौं सधैं आउँछन् पर्वहरू ठिक्क मात्र चाखौं । ३, छाती फुलोस् गर्वले संस्कृतिको बाटो रोजोस् हामीले मान्ने पर्वले ।
त्रिलोचन भण्डारी मेचीनगर झापा … १, आइपुग्यो आँगनमा तिहार सेल पकाउँदैछन् घरघरमा मनमा माइतको विचार। २, जताततै फूलका माला बजार भरिएको छ हातभरि सुनका बाला। ३, तिहारमा बहिनी आउँछिन् टीका लगाउन भनेर मनग्य दक्षिणा पाउँछिन्।
नवराज भट्ट कञ्चनपुर … १, सुन्दर मनले मनाऔॅं हाम्रो आफ्नो संस्कृतिलाई सबैलाई महत्त्व जनाऔॅं । २, चारैतिर शान्ति छरौं एकताको परिभाषा बनाउँदै माया प्रेममा भरौं ।
निमा छिरिङ भोटिया जलढका कालेबुङ, भारत … १, देखासिकी नगरी अब मनाऔं हाम्रो परम्परा छोडेर आडम्बर सब । २, लक्ष्मीको बास होस् घर समाजमा सब कसैलाई दु:ख नपरोस् ।
दुर्गा भट्टराई मोरङ … १, तिहारको यो मेला उत्सव उमङ्ग छायो शरद्को मिठो बेला । २, पूजा आराधना गर्दै लक्ष्मीको सदा आशीर्वाद हामी शरणमा पर्दै । ३, देउसी भैलो खेलेर मनाऔं सबैले चाड हैसियत आफ्नो हेरेर ।
कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा ! … १, सकिन्छ संस्कृतिलाई बचाउन ? पश्चिमी सभ्यताको अतिक्रमण विश्वलाई खिल्लीमा हँसाउन । २, पवित्रताको प्रतीक भाइटीका दुष्कर्मले दानवता झल्काउँछ दुर्ब्यसनले बिग्रन्छ युवापिडिका। ३, चाडपर्वमा विवाद नआओस् जातबाट बचाउ जातित्वलाई दाजुभाइमा भाँजो नछाओस् ।
दिल ठकुरी दार्जिलिङ, भारत … १, आयो तिहार पर्व सप्तरङ्गी टीका लगाउँदा लाग्छ सबैलाई गर्व । २, सबैले मनाऔॅं तिहार सयपत्री, मखमली मालासॅंगै खाली नहोस् निधार ।
मन थापा पोखरा – २१, बक्रेक … १, तिहारको बेला आयो भेट्न सबैलाई पाउँदा मनमा उमङ्ग छायो । २, दिदीलाई तिहारमा भेट्नुछ गरेर मनका कुरा वर्षौंको तिर्सना मेट्नुछ ।
प्रेम थापा “मन”बागलुङ … १, चलनहरू कता जाँदैछ ? तिहार दीपको पर्व देउसी विकृतितिर जाँदैछ। २, रङ्गीचङ्गी कागजका फूल हरायो मखमली सयपत्री देउसीमा -यापका हुल। ३, यथार्थहरू परपर सर्दैछन् कर्महरू मौलिकतामा होइन देखासिकीमा कर्महरू गर्दैछन्।
घनश्याम पन्त हरिवन सर्लाही … १, चलनचल्ती कता जादैछ ? आफ्नो संस्कार छोडी विकृतितिर अब लाँदैछ । २, नेता भए भ्रष्ट जनता मात्रै झुक्याउने बुझ्ने सबै प्रष्ट ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा … १, भित्रियो अब तिहार सजिउन् दाजूभाइ दिदीबहिनीका सप्तरङ्गि टिकाले निधार l २, ओढेर मुस्कानको छाता आउँछिन् चेली माइत लगाउन भनेर भाइटिका l ३, मौलिक परम्परा जोगाऔॅं मिसावटयुक्त मसला खाएर आफ्नो शरीर नरोगाऔॅं l
बाबुराम गौतम, गुल्मी … १, रमाइलोसँग मनाऔॅं तिहार आफ्नै संस्कार संस्कृतिमा माइतीको रङ्गिन्छ निधार ।
बिबा तामाङ् … १, लाएका फूलका माला देउसी भैलो खेल्दै रमाइलो तिहार जाला । २, दु:खलाई सुखले जेलौं आउनुहोस् भेला भई जम्मा भएर खेलौं । ३, चेली माइतीको उपहारले सम्बन्ध प्रगाढ बनाउँछ आनन्द ल्याउँछ बहारले ।
रामप्रसाद पुरी बादेल, खोटाङ । … १, सप्तरङ्गी टीका लगाई यमपञ्चकको पूजा गर्दछौं , रमाउॅंछौं अँध्यारो भगाई ।
सुस्मिता अधिकारी काठमाडौँ … १, शरद्ले ल्यायो बहार आँगनमा फूलको फूल भाइको गलामा हार ! २, दिदीभाइको पवित्र पर्व परम्परादेखि चलेको यो गर्नु पर्छ गर्व ! ३, तिहार गाउॅंदेखि शहरसम्मै देउसी भैलीको गुञ्जन मिलेर खेल्छन् जम्मै !
धनमाया चौधरी कैलाली … १, रमाएर तिहारको पाला, खुसी देखिए दाजुभाइ लगाएर फूलको माला !
आर्त अकुलीन … १, सितल बहार बनेर मुस्कुराउॅंदै छ तनमन पर्खिरहे उसैलाई भनेर। २, कार्तिकमा गर्दा दान फलिफाप हुन्छ भन्छन् परम्परालाइ सबैले मान।
सुनगाभा पोखरेल कपिलवस्तु -१, बैरिया … १, छायो तिहारको रौनक मनाऔॅं आपसमा मिलेर नमानौं संस्कृतिमा धक।
हरिगोपाल न्हुच्छेँप्रधान काभ्रे, साँगा बजार बनेपा १४ । … १, तिहार मनाउनु पर्छ सुख शान्ति समृद्धि देशैभरि खुशीयाली छर्छ । २, मखमली सयपत्री टीका मिलेर मनाउन है नहोस् कसैको फिका ।
अम्बिका अधिकारी झापा बिर्तामोड … १, सयपत्री फुल्यो आँगनभरि सुखको आयु थपियोस् यमको आशीर्वाद उपहारसरि । २, सेलरोटीको सुवासना आउँदैछ दु:ख सबैले भुलेर मादलको तालमा गाउँदैछ । ३, संस्कृति हाम्रो गाईतिहार परदेशमा हुने माइतीको नरहोस् खाली निधार ।
मोती योन्जन सुब्बा दार्जिलिङ। … १, रमाइलो चाडमा उत्साहित सयपत्री, मखमली सतरङ्गी मनै हुन्छ प्रफुल्लित ।
शरद ओझा … १, फूल बोकी आइन् तिहारको बेलामा बहिनी मिठो भैली गाइन् । २, निधार खाली होला नहुँदा साथमा चेली दाजुभाइको मन रोला । ३, तिहारको देखियो भडक घरघरमा रमझम अचाक्ली सेलमा स्वाद कडक ।
राजेशराज गड्तौला काँडाघारी, काठमाण्डौ … १, ढकमक्क सयपत्री फुलेछ देउसी भैलो खेल्ने तिहारको मौसम खुलेछ। २, झिलिमिली बत्ती बालेर लक्ष्मीपूजा तिहारमा गरेको मनको मैलो फालेर ! ३, पर्न नदिनु छायाँमा टीका माला लाउनू, दिदी भाइको मायामा।
विवश पारदर्शी झापा … १, आँगनमा आयो तिहार चेली माइती मिली गर्नु पर्छ विहार।
अरुण कुमार भुजेल गोरू बथान,कालेबुङ,भारत। … १, मखमली सयपत्री हजारी घर आँगन झिलिमिली दियो फूलले सिॅंगारी।
सरस्वती श्रेष्ठ रुपन्देही बुटवल। … १, निधारमा टीको टालौँला आशीर्वाद पाएर चेलीको ग्रहदशा सबै फालौँला । २, शरद् ऋतु रमाइलो मन्दमन्द सितल हावा घाम लाग्दछ घमाइलो।
होमप्रसाद नेउपाने धरान,सुनसरी । … १, रङ्गिचङ्गी फूल हेर तिहारमा माला गासौँ नजाओस् सुकेर खेर।
शोभा आचार्य गौतम काठमाडौँ … १, सामाजिक, संस्कृति, संस्कार दाजुभाइ दिदीबहिनीको मेलमिलाप माइती चेलीकोको संसार । २, बत्ती, फूल , सेलरोटी देउसी , भैलो , भाइटीका वर्षमा तिहार एकचोटि ।
ममता पौडेल बुढीगङ्गा – २ मोरङ … १, जताततै फूलको होली मिली खेलौ भैलो , बनाई मिठो बोली । २, खुसीले चाडपर्व मनाऔॅं नगरौँ फजुल खर्च , घरमा भएको खाऔॅं । ३, झिलिमिली फूलको तिहारमा बढ्दो महगी भएकोले , जनता परे मारमा ।
सीमा कार्की समर्पण, मेलचोक पर्सा … १, मनमा छैन हर्ष माला सुकेर नै जान्छ हरेक वर्ष। २, फुलिसके हजारी फूल आखाँमा भने सधैँ हुन्छ आसुँको मुल।
सानु जोशी सुदुर पश्चिम दार्चुला, … १, गलामा मखमली माला निधारमा टीका सप्तरङ्गी तिहार खुसीले जाला । २, तिहारमा खुसी भेटिन्छ पर्व चेली माइतीको देउसी भैलो खेलिन्छ । ३, गच्छे अनुसार मान्नु रमाइलो चाड तिहार दान गर्न जान्नु ।
कृष्ण बजगाई भक्तपुर … १, तिहार एक चाडपर्व हामी सबैलाई लाग्छ हाम्रो चाडपर्वप्रति गर्व । २, देउसी भैलोले छायो रमाइलो गर्दै दाजुभाइ अब आँगनसम्म आयो । ३, आयो भोलि भाइटीका लगाएर खुसी हुनु, नहोस् आँसु ढिका ।
श्रीकृष्ण धामी बझाङ … १, तिहारको रमाइलो बेला । गाउँ सहर झिलिमिली दाजुभाइ दिदीबहिनी भेला। २, खेलौं देउसी भैलो कसेर एकताको गाँठो उघारेर मनको दैलो । ३, दीपावलीले समृद्धि ल्याउने विकृतिलाई सबै हटाएर उल्लास सबैमा छाउने ।
प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । … १, आएर गयो तिहार आपसमा बढ्दै हामीले दिदीबहिनी दाजुभाइको प्यार । २, रक्षा गरून् सरस्वती दिदिबहिनी दाजुभाइ सबैलाई सप्रियो नेताको मति । ३, हर्ष र उल्लास सप्तरङ्गी टीका लगाई तिहार हुन्छ खास ।
ईश्वर साउद(भिक्षु) रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम … १, ज्यादा नहुनु अविवेकी विरूप हुन्छ स्वरूपवान् पङ्ख नभएका केकी । २, अर्थपूर्ण छ अलङ्कार जसले सजाउँछ ठाउँमा अन्यथा बेसुर झङ्कार ।
कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे … १, तिहार रमाइलो पर्व माईती चेलीको मिलन गरौं हामी गर्व । २, हाम्रो चाडपर्व मनाऔॅं फजुल खर्च घटाई मिलेर विकृति हटाऔॅं । ३, इज्जत प्रतिष्ठा कमाइ आफ्नो पनमा बसौं बाँच्न सधैं रमाइ ।
जयनारायण नेपाल इलाम ,हाल सूर्य विनायक २ , बालकोट २ भक्तपुर । … १, हर्षमय बनोस् तिहार दाजुभाइ एवम् दिदीबहिनीको खाली नरहोस् निधार ! २, नरहुन् कोही भोको महान् चाड तिहारमा पुगोस् सबैको धोको !
वसन्त अनुभव … १, तिहार चाड रसिलो बिदा भयो हामीबाट बनाएर सम्बन्ध कसिलो । २, भुल्दै संस्कृतिको पाटो घन्कियो डिजे गाउँघरमा देउसी भट्याउनको साटो ।
साप्ताहिक झिल्का लेखन अभ्यासको ४१ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४१ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, कर्म अन्तिम सत्य निरन्तर गर नथाकी तिम्रै पोल्टोमा फत्य । २, चर्चामा बस चुलीको इतिहासमा नसरापून् सन्तानले भरोसा देऊ घरमुलीको । ३, लक्ष्मण बचाउने हनुमान् रामायणमा प्रशिद्ध जसरी बनोस् पदचाप महान् ।
म्यामराज राई, भोजपुर … १, युद्ध गर्ने रावण लङ्का जलाउने हनुमान छुल्याहा नारद ब्राह्मण । २, उथलपुथल छ देशमा रानो हराएको मौरी नेताहरू जोगीको भेषमा । ३, मुसाले खायो धान भ्रष्ट देखियो खुलस्त खोज्छन् सबैले मान ।
बेदु न्यौपाने … १, देशको कानुन हराउँदा नारी सुरक्षित छैनन् नेताले भकारी भराउँदा। २, सभ्यताको ढिकुटी रित्तियो कुसंस्कार शिरोपर गर्दा आफैँमा कुविचार भित्रियो।
विकास क्षेत्री ‘अञ्जान’ कैजले, बिजनबारी, दार्जिलिङ … १, काम गर्ने हनुमान् पगरी गुथ्ने ढेडु नेपाली राजनीति महान् ! २, सिङ छैन जसको चलेको छ उखान तिखे नाम त्यसको ! ३, भ्रमको खेती किन ? बसेका छौँ हामी गन्दै तिम्रो दिन ।
हरिबहादुर गिरी … १, आफ्नो कर्ममा रमाउनु दुनियाँ हिँड्छन् दशतिर आफ्नै बाटो समाउनु । २, किन गर्नु गाली ? आफ्नो पारा हेर त्यसै बज्छ ताली ? ३, छामिसकेँ नाडी उसको चैतमा सिरक ओढेर भगाउने जाडो पुसको ।
पुष्पा राई बादेल, खोटाङ … १, बेकार आशा फलको कर्मबिनाको त यहाँ अन्तिम आशा जलको । २, मानिस जन्म पायौँ नबिर्सिउँ अनेक जुनी हामीले पक्कै धायौँ । ३, समस्याको चाहिने समाधान हामीलाई चाहिने साथ प्रभुको सदा वरदान ।
कार्की डिबी माकुम सुनवल-४, नवलपरासी … १, समस्या हुँदैमा नआत्तिनु पुग्यो भन्दैमा फेरि कहिल्यै पनि नपात्तिनु। २, देशमा किन कचिङ्गलो? जुनै सरकार आओस् जनताको भएन भलो। ३, निभ्ने बेलाको बत्ती झुलुक्क गर्दै निभेपछि बल्ल भनिएला असत्ती।
अर्जुन प्रसाद चौलागाई अमेरिका, बोस्टन … १, पसिनाले सिॅंचेर बारी पौरखमा रमाऔॅं सबै निको हुन्छ बिमारी । २, विदेशी कमाउन गए देख्दैनन् हाम्रा युवा उता देशविहीन भए । ३, देश बलियो हुन्छ मिले पछि हामी दुष्ट बसेर रुन्छ।
सुरेशकुमार पाण्डे घोराही – १८, दाङ … १, गरेर नित्य काम देखाउँ विश्वमा हेर प्यारो नेपालको नाम। २, हाँस्दैछ शत्रु जहाँ बनाई अस्थिरता हाम्रो फुटाल्दै हामी यहाँ। ३, धैर्य राखेर हेर न्याय समान हुन्छ समय नफाल खेर।
कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा … १, चोखो माया लगाइन्छ एक अर्काको दु:खसुखमा साथ सहयोग जगाइन्छ। २, जागौँ सबै नेपाली नदिउँ शत्रुलाई खेल्न बन्नुपर्छ देशको माली। ३, राखेर एउटै चाहना अगाडि बढ्ने गर्नुपर्छ छुटाउनु हुँदैन आफ्नोपना ।
सतीश पण्डित भानु – ६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ) … १, सर्पले विष बोक्छ जिस्काउने काम नगर अति भएपछि टोक्छ । २, गाह्रो छ जिउन मन फाटेको छ नसकिने भो सिउन ! ३, छैन घरमा मुली चोरलाई गफिने चौतारो साधुलाई अकारण सुली ।
ऋजु दिल्पाली (राजेन्द्र घिमिरे) इटहरी – १, सुनसरी … १, साहित्यिक बगानमा उपविधा उम्रियो प्रर्वतित झिल्का शीत, उदक, बाछिटा ।
फेसबुक कवि … १, तिहारमा दिदीबहिनी दाजुभाइ देउसी भट्याउॅंछन् आँगनीमा अॅंधेरी रातमा हाइहाइ। २, भोक सहन्छु बरु आफ्नैले खुट्टा तान्छन् पीडा नदेऊ अरू । ३, धेरै अमिलो तामा कहिलेकाहीँ तरकारी खानु असर गर्छ आमा !
चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ … १, भैल्यारुले भैलो गाए यो तिहारको बेलामा पैसा सेलरोटी पाए। २, भाइले टीका लगाए बहिनीको अपार माया भाइको कष्ट भगाए। ३, बाँचुञ्जेल हुन्छ माया कुरा प्राणी जगत्को मरेपछि सड्ने काया।
नवराज भट्ट कञ्चनपुर … १, असल बाटो समाउनु ठगी धन्दा त्यागेर आफ्नो कर्ममा रमाउनु। २, घरमुलीलाई साथ दिनु राम्रो व्यवहर देखाएर पुर्खाबाट आशीर्वाद लिनु। ३, समय नफाल खेर। हल्ला मच्चाएर हिँड्दैमा पाइॅंदैन न्याय हेर।
राज कुमार राजभण्डारी खोटाङे मध्यपुर ठिमी -५, संगम कोलोनी राधे राधे भक्तपुर … १, नेपालको राजनीति जात्रै विकासको गतिविधि शून्य जताततै भ्रष्टाचारी मात्रै । २, चुनावमा भोट तान्ने अचम्मको कला छ जनतालाई ठग्न जान्ने। ३, चेतनाको दीप बालौं ढिलासुस्ती नगरी अब खराब तत्वलाई फालौं।
भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व … १, जिन्दगीको नबुझेर सार बोल्दै मानिस अनेकन बनेका सधैँभरिको भार ।
आर्त अकुलीन … १, शरद्को याम अँधेरो घुम्न जाउँ कहाँ बिताउँदै पानी पँधेरो । २, दिन भयो चुहिने फूलको मेला रमाइलो डर भयो कुहिने । ३, प्रकृति भनेर भएन तुफान उठेर समुद्रमा झरी चाडबाडमा गएन ।
मोती योन्जन सुब्बा दार्जिलिङ। … १, परिश्रमको खेती गर्नु। पसिना चुहाउँदै माटोमा फलले भण्डार भर्नु। २, सदैव सत्य बोलेर हृदय सफा राख्नु मनको कुरा खोलेर। ३, असत्य कहिल्यै टिक्दैन मनमा यो गुन्नुपर्छ नबोल्नेको चामल बिक्दैन।
सरस्वती श्रेष्ठ रुपन्देही बुटवल … १, आकास छुन खोज्छौ लक्ष्यहीन गन्तव्य लिएर बगम्फुसे कुरा रोज्छौ । २, आधारहीन सिद्धान्त चलाउँछौ चम्चेहरू पैसामा पालेर बिभ्रान्तीको मसाल जलाउँछौ। ३, चोरबाटो छिरेर रमाउॅंछौ क्षणिक भ्रममा डुबेर पश्चात्तापमा आँसु खसाउॅंछौ।
दिल ठकुरी दार्जिलिङ … १, उल्टो बाटो रोज्छौ जसले अन्याय गर्छ उसैले न्याय खोज्छौ ।
प्रेम थापा “मन” बागलुङ … १, बुझ जिन्दगीको सार पसिना पोख्यौ भने मिल्छ खुसी अपार l २, नबस अब रोएर खुल्दैन भाग्यको ढोका पुर्पुरो मात्रै छोएर l ३, रमाउनु आफ्नै कर्ममा समदर्शी भाव राख्नु नपार्नु कसैलाई मर्ममा l
बाबुराम गौतम गुल्मी … १, हुँदिन टाढा कहिल्यै बनौँ चखेवा चखेवी , गाढा माया जहिल्यै । २, जीवन घामछायाँ हाम्रो सल्लाह गरेर बढ्दा , हुन्छ घरबार राम्रो । ३, हुन्छ कहिलेकाहीँ भुल सुधारेर बढौँ अघि , बन्छ जीवन फूल।
सीमा कार्की समर्पण मेलचोक पर्सा … १, जिन्दगी हो हारजित सिकौं अब हामीले लगाउन दु:खसॅंग मित । २, उपहार कोशेली लिएर आयो प्रदेशी हिजो रातदिन आँसु पिएर । ३, सुख छ जिन्दगीमा चाहेपछि यो मनले छुटकारा पाइन्छ बन्धकीमा ।
ईश्वर साउद (भिक्षु) रामारोशन गाउँपालिका ६ सुदुुरपश्चिम अछाम … १, तितो सत्य भनेर झुठ बोल्ने जति डुल्छन् राजा बनेर। २, ठुला-ठुला कुरा जोत्दै हिँड्ने मान्छे बुद्धि देख्छ अपुरा।
राजनारायण राई राजदल बस्ती सोनादह … १, विदेश जानेहरूले भन्छन् रोजगारीको सुनिश्चितता नभएपछि युवायुवतीहरू परदेशी बन्छन् । २, देशमा बस्नलाई पनि अलिकति वातावरण छैन सरकार बुख्याचा बनी । ३, हुँदैन मनको रहर चाडपर्वको बेला आएपछि सुन्नुपर्छ दु:खद खबर ।
पृथक प्रकृति झापा … १, तिहार पनि आयो अभागी रहेछु म निराशा मात्रै छायो । २, कति सहनु चोट भाग्य नै होला लाग्छ मलाई खोट। ३, पीडाले मन भारी कसैको पनि नहोस् यस्तो कर्म हारी।
सानु जोशी सुदुर पश्चिम दार्चुला … १, नबस्नु भन्छन् भीरमा खोलाको ताण्डव देखियो सुरक्षित रहेन तीरमा । २, युद्धले हुनेछ विनाश ध्वस्त भइसके संरचना फिँजाएर दुष्टले पाश ।
कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे … १, रमाइलो देशमा गरेको जनता उतार्न सडकमा घाम पानि परेको । २, धन्यवाद दिनु सरकारलाई आत्म समर्पण दिलाउन तिरस्कार गर्छ भ्रष्टाचारलाई। ३, निसन्देह प्रभाव जमाई पीडितको हिसाब दिलाऊ सहकारी ठग समाई ।
विवश पारदर्शी झापा … १, रमझम आयो तिहारको बलिराजाको हुकुम अन्सार खुसी लिएर वारपारको ! २, शरद्को घाम घमाइलो दसैँपछिको यो महोत्सव तिहार हुन्छ रमाइलो ! ३, खेलेर देउसी, भैलो औँसीको रातलाई पार लगाऔॅं पुगेर घरदैलो !
अच्युत घिमिरे सर्पाङ, भुटान … १, ढकमक्क बारीमा फूल फूल्यो मेरो भाइ दुःखी चेलिलाई नभुल |
सरिता सेढाई धादिङ … १, सहकारी सहकार्य खोइ ? बिच सडक ढाकेर सधैं बस्नु रोइ?
राजकुमार कार्की … १, आयो घरघरमा उमङ्ग सारा जगत् रमायो झिलिमिली बत्तीले दङ्ग।
सुनगाभा पोखरेल कपिलवस्तु – १, बैरिया … १, लेख्नु हो जीवन अन्त जाँदैन कहीँ लाग्छ यसैमा मन । २, न घर थर थाहा छैन मलाई आफ्नै लाग्दैन भर । ३, के हुनु तयार ती परदेशी दाजुलाई के हो तिहार ?
मधुसूदन पराजुली काभ्रे … १, उथलपुथल भयो खेलमा डुबाएर काल मेरो मायालु पर्यो भेलमा । २, फेसबुकमा गाएर जुहारी मै बेइमानी हुनाले भेटिएन असल बुहारी । ३, तार्के तुर्के पुछ्दै खानलाई नै होला फोहरमा सातु मुछ्दै ।
रामप्रसाद पुरी बादेल, खोटाङ … १, गर्नैपर्छ हामीले अवलम्बन चाडपर्वमा खुसी नेपाली मान्नुपर्छ संस्कृतिमा आफ्नोपन । २, भेटघाट जुराउने पर्व भड्किलो नहोस् हजुर यसैमा मान्नुपर्छ गर्व। ३, रमाऔॅं संस्कार बचाएर प्रतिस्पर्धा नगरौँ कोहीसँग हुँदैन आफैलाई फसाएर।
घनश्याम पन्त हरिवन सर्लाही … १, धर्म संस्कारमा रमाऊ अर्काको लहैलहैमा नलाग आफ्नो संस्कृति बचाऊ । २, चाडपर्वमा रमाइलो हुन्छ आफन्तसँग भेटघाटको माध्यम खानपिनले मन छुन्छ ।
भगवती दवाडी झापा … १, तिहारले सङ्घार छोयो घर जान नपाएका परदेशीको मन रोयो। २, सयपत्री, मखमली फुल्यो, तिहारको आगमनले गर्दा सनातनीले पीर भुल्यो। ३, महान् पर्वहरूको अवसरमा फर्कन चाहन्छन् परदेशी आफ्नै गाउँ घरमा।
अरुण कुमार भुजेल गोरूबथान, कालेबुङ, भारत … १, देश कङ्गाल बनाएछ भ्रष्ट नेता कर्मचारीले दुख लाग्छ सताएछ। २, पिउने पानी किन्नुपर्छ नाम जलधारको धनी सही क्रान्ति चिन्नुपर्छ। ३, जनता भेडा भयो भोट रक्सीमा साटेर विचारा ! बुद्धि गयो।
एवाइ प्रभात खाल्सा छिन्ताङ सहिदभूमि धनकुटा … १, अनौठो परम्परा बसाले नयाँले पनि चिच्याई आफ्नो स्वाभिमान खसाले। २, सोचको विकास गरेनन् लुट्न मात्र आएका , जनमा आश भरेनन् । ३, जनताले बुझेनन् किन ? अझै स्वागत भ्रष्टको , स्वार्थमा भए लिन।
सुस्मिता अधिकारी काठमाडौँ … १, कुरा गर्छन् कर्मको याद गर्दैनन् कदापि भाषा अनि धर्मको । २, समाज भाँडिएको देखिॅदैछ कसैलाई मतलब छैन गणतन्त्र असफल लेखिॅदैछ । ३, नेताहरूको पेट भरियो हेर खानसम्म खाएछन् आजै शोक गरियो ।
राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ … १, सम्बन्ध जोड्छन् हेर सानो सानो निउँमा छोड्छन् एक फेर ।
अम्बिका अधिकारी झापा बिर्तामोड … १, परिश्रमको मिठो फल बहुमूल्य समय नफाल गरे राम्रो मलजल ।
बिबा तामाङ लाटपञ्चर सिटोङ खरसाङ … १, नखेद्नु मुसो धेरै बन्ला ऊ भोलि झम्टिने ठुलो शेरै। २, उधारो प्रेमको पासो नबुनौं ज्यादा लामो दुनियाँमा नफिजाऊ हाँसो ।
हरिगोपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा १४ … १, हिमाल पहाड तराई यकढिका भइ जुटौं काही नबनौं पराई । २, स्वर्ग जस्तो नेपाल सबै मिले सकिन्छ बनाउन अब विशाल । ३, हिमाली पानी पिएर मिहेनत गरै सबैले एकजुट होऔॅं मिलेर ।
भूपेन्द्र के.सी. … १, नरम, लचिलो व्यवहार मनभित्रको चोखो माया सजाउँला सुन्दर संसार । २, पुर्खाहरूका संस्कार पछ्याउँदै जन्मदेखि मृत्युपर्यन्त सङ्घर्षरत रुढीवादी कुरीतीहरू लत्याउँदै । ३, अवश्यमेव पुग्नेछौ लक्षमा एकत्रित भएर लागिरहनु सत्यता न्यायको पक्षमा ।
गुणनिधि घिमिरे अमेरिका … १, सेवा नै दान पाप कर्म नगरे धर्मलाई सधैँ मान । २, अध्यात्मले पाइन्छ ज्ञान दिन्छ सत् प्रेमले प्रतिष्ठा उच्च सम्मान । ३, पापमा पुण्य पाइँदैन कल्याण गर्नु सबैको सेवामा गाली खाइॅंदैन।
कृष्ण बजगाई भक्तपुर … १, सधैँभरि हुँदैन दुख धैर्य गर्दै जानुपर्छ झुलुक्क झुल्किन्छ सुख ।
उर्मिला के.सी. धनकुटा … १, खुसी लिएर आयो नेपाली घर आँगनमा तिहारको रौनक छायो। २, खाली हुदाँ निधार मुटु दुख्छ परदेशीको बर्सेनि आउँदा तिहार।
अनिता भण्डारी ताप्लेजुङ … १, राम्रो सोची सोची, आफू जलेर दियो, बालेको प्रगति रोजी । २, जलेको जज्यै भइयो, जिन्दगी बिताउनु रहेछ, अब कोमामा गइयो। ३, बाँच्नै धिक्कार लाग्ने, समय भोगेको पाएँ, कति घमण्ड जाग्ने।
मनोहरी पौडेल गैडाकोट १ … १, जीवनानुसार मैले चाहेको यो मन बेकार मायाले मृत्यु दिएको । २, भेदभाव अब भनिॅंदैन नगर्नु बेकार कुरा जातपात विषय हैन ।
भोलामान बर्देवा(वैरागी माईलो) धरान – ८, सुनसरी … १, जित हुन्छ सत्यमा क्षणिक दु:ख होला न्यायको सूत्र फत्यमा । २, मनुष्यले गर्नुपर्छ कर्म फलको आस नराखी श्रीकृष्णले बताएको मर्म ।
प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे … १, राजनीति जस्तो खेल नेताले गर्छन् सधैं सरकार भयो फेल । २, तिहार नजिकिॅंदै गर्दा देशमा आन्दोलन चर्कियो सरकारले भ्रम छर्दा ।
बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई -४, झापा … १, बरु कुरा गर अन्तको आँसु झर्छन् मेरा नगर कुरा आफन्तको २, केहि गर्न सक्दिन भन्छौ किन त्यस्तो अल्छी गर्छौ किन ? ३, आँशु कहिल्यै झार्दिनॅं परिवारलाई खुसी बनाउँछु कति हिम्मत हार्दिनॅं ।
खडक आर सि मिलन छेडागाड नगरपालिका २ साल्मा जाजरकोट … १, यहाँ कर्मको फल आफैं प्राप्त हुन्छ चढाउन पर्दैन जल । २, चर्चाको शिखरमा चढ्नु सबैले चिन्ने गरेर राम्ररी अघि बढ्नु । ३, रावणले सीता हरे रामले हनुमान्को सहयोगमा सीतालाई फिर्ता गरे ।
ललिता गिरी सिन्धुली … १, मिलिजुली बसेको राम्रो वर्ष दिनको पर्व संस्कार संस्कृति हाम्रो । २, कार्तिकमा पर्व लाग्दै घरघर आँगन पुगिन्छ भैलेनी दान माग्दै।
दुर्गा आचार्य मोरङ … १, स्थानीय पानी घट्ट जाँतो छोड्नु होस् , मसिनो धुलो चट्ट । २, आफ्नो देशमा रमाउनु खाँडी मुलुक छोड्नु , सत्य बाटो समाउनु । ३, गदै नगर्नु गाली अब सफल भएपछि, सबैले बजाउछन् ताली ।
श्रीकृष्ण धामी बझाङ … १, कागती अमिलो रस म त हिँडे तिमी हेरेर बस । २, आफ्नै भनी धाएपछि हुन्छ जित सम्बन्धको चोखो माया लाएपछि ।
अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न.पा. ६ संखुवासभा … १, साहित्य संस्कृति भाषामा गरेर सेवा सबैले विकृति हटाउने आशामा । २, देश साझा सम्पत्ति तेरो मेरो गरेमा झेल्न गाह्रो विपत्ति । ३, मेरो होइन हाम्रो उदार मनले सोचेमात्र हुने गर्छ राम्रो ।
जयनारायण नेपाल इलाम, हाल सूर्यविनायक – २, बालकोट ,भक्तपुर … १, आफ्नो कर्ममा रमाउनू खुशी पाउन जीवनमा निष्ठाको मार्ग समाउनू । २, नहोला सबैको धन सहयोग गर्न अप्ठ्यारोमा फराकिलो पारौँ मन । ३, बारीमा सयपत्री ढकमक्क बाकसमा आयो भाइ दिदी परिन् पक्क !
शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ … १, बाढीले आयो सङ्कट एकैपटक पसी खेलमा बनायो धानबाली कङ्कट । २, तिहार नजिकै आयो दुःखद क्षण बिर्सेर सर्वत्र खुशियाली छायो । ३, गरे दुरुपयोग सत्ताको पालाको पैँचो असुल्दै इज्जत फाले भत्ताको ।
नन्दलाल आचार्य सिद्धार्थटोल, गल्फडिया, उदयपुर (हाल- एनेलकुटी, सिरहा ) … १, पार्दै सपना साकार अन्यौलमा थियो जीवन दिँदै आए आकार । २, कोही खास बन्छ लाखौंको भिडमा पनि उसको खोजी हुन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यासको ४० औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४० मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, भाग्यभन्दा ठुलो कर्म पाखुरीमा पसिना मिलाए फल पाइन्छ विनासर्म । २, उज्यालो बाटो बनाउॅंदै सहज, कठिन साथसाथै नवपुस्ताको भविष्य डोर्याउॅंदै । ३, ढुङ्गा बन्छ मूर्ति मूर्तिमा गहिरिॅंदा ढुङ्गै गरिरहन्छ विश्वासको आपूर्ति ।
म्यामराज राई … १, बालक गिलो माटो जस्तो बनाए त्यस्तै भविष्यको दह्रो पाटो। २, माइतीघर जन्मेको घर छोड्नु पर्ने बाध्यता फेरिँदै माइती थर।
सरस्वती श्रेष्ठ … १, भाग्य ठुलो भन्छन् तर व्यवहारले चाहिँ दुर्भाग्यलाई नै गन्छन् ! २, राम्रो देख्ने नयन कता हरायो कुन्नि ! अहिले खोज्दै अयन । ३, सम्झौतामा मन अडिन्छ खुसी बाँडेर हिॅंड्दा अगाडि छिटो बढिन्छ !
अच्युत घिमिरे, सर्पाङ, भुटान … १, मायाको प्रीति गाँसौँ मन मिले कसैसँग भित्री मनले हाँसौँ । २, जीवन दिव्य उपहार जन्म, मृत्यु घटना आखिरमा जीवनकै सार । ३, इष्टदेवलाई मनमा टासौँ कलह नहुनु राम्रो क्लेश मनबाटै नासौँ ।
कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी … १, कर्मले भाग्य बन्छ पसिना बगाउँदा मात्रै बल्ल फल रहन्छ। २, उज्यालो बाटो समाऊ नजान्नेलाई सिकाउँदै तिमीले ज्ञानको प्रवाह बगाऊ। ३, ज्ञानको ज्योति बाल भरसक त्यसैको लागि कर्म आजैदेखि थाल।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी। … १, भाग्यमा छ भन्दैमा कोहि ठुलो हुँदैन पैसै पैसा गन्दैमा ।। २, मनभन्दा झन् धन यहाँ देशभन्दा व्यक्तिको ठुलो हुँदैछ मन । ३, विश्वास हो ठुलो ढुङ्गालाई भगवान् सम्झेर बाल्न सिकाउॅंछन् चुलो ।
दीपा समभाव, दुबेकोल खोटाङ्ग … १, अरूलाई दोष दिन्छन् भ्रष्टाचारी नेताले सधैँ स्वार्थ मात्र लिन्छन् । २, आहा ! हरियाली ठाउँ चियाबारी र धुपीसल्लाको बिचमा सुन्दर गाउँ ।
कला ढकाल, झापा … १, कहिल्यै हार्नु हुन्न अगाडि बढ्ने प्रेरणा जितेर कदापि छुन्न । २, अनौठो यात्रा भए असल मान्छे भन्नेछन् शिखर चढ्न गए । ३, बर्सेनि आकाश खस्छ बराबर मानेर आऊ तिमीमा दुनियाँ बस्छ ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १, गरिब सबैको हेला गाँसबास नपाउनेहरू यहाँ दु:खमा आएर भेला। २, देश छोडेर जान्छ भ्रष्टाचारी नेता भएर पसिना बेचेर खान्छ। ३, भाषणमा चल्दैन देश श्रम गरौँ सबैले हरियाली बनाऔॅं परिवेश।
एवाइ प्रभात, खाल्सा छिन्ताङ सहिदभुमि, धनकुटा … १, एउटा भैँसी पालौँ दुध बेचौँ बजारमा खाडीतिर फाल नहालौँ । २, सीप हुँदैन हातमा ऋण खोजेर हिँड्दा पर्छन नेपाली घातमा। ३, पैसा बरर झर्दैन आफ्नो पेशा गरौँ बाकसमा फर्किनु पर्दैन।
चुडामणी देबकोटा, पुरानोनैकाप काठमाडौँ … १, गाउँतिर अब मोडौँ गाई भैँसी पाली खाडी जान छोडौँ ।
सविता भट्टराई जनकपुरधाम … १, जसले ज्यादा उचाल्छ काँधमा हाली उसैले भिरमा लगेर फाल्छ । २, साथ दिन्छु भनेर हावामा बही जान्छ बेलुन जस्तै उड़ेर।
राजनारायण राई, राजदल बस्ती सोनादह … १, कस्तो कालो माटो हिँड्न भयो गाह्रो कति सानो बाटो ? २, कुन होला थर ? जान्नु मन लाग्यो बनाउनु पर्यो घर। ३, माया प्रेममा हाँस्यौँ दुईदिने यो जिन्दगीमा परिवारको मायामा बाँचौँ ।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत … १, सधैँको पापी मन इज्जत इमान फालेर नथुपार कालो धन । २, देखायौ राक्षसी गति गर्दैछौ दानवी कर्म देखिएन राम्रो मति ! ३, धर्मबिनाको त्यो कर्म अहङ्कारले भरिएको मन हरायो लाजघिन सर्म ।
ऋजु दिल्पाली (राजेन्द्र घिमिरे ), इटहरी १ सुनसरी … १, देश कति सुन्दर छ हिमालको काखमा तिम्रो हाम्रो घर। २, हिमालसम्म दुष्टको नजर मिलेर जोगाऔॅं सम्पत्ति जोगिए बन्छ रहर । ३, के गर्छौ लुटेर ? आफ्नै स्वाभिमान पनि आफैले खान्छौ भुटेर।
सुरेशकुमार पाण्डे, घोराही -१८, दाङ … १, सौहार्दको कामना गर्दछु भेटघाट छैन सन्जालमा आत्मियताको रङ्ग भर्दछु । २, चाडपर्वको रमाइलो याम फूलहरू ढकमक्क आँगन चेलीको चटारो काम । ३, माइतीको इमान बढोस् सफलताको पाटो पछ्याउँदै उत्तरोत्तर प्रगति चढोस् ।
मोती योन्जन सुब्बा, दार्जिलिङ … १, पानी भर्ने कुवा देशलाई बाजी थापेर खेलिदियो आज जुवा । २, भर पर्छ कोचमा मुलुक फेर्ने कुरा आएन यिनको सोचमा । ३, मुलुकको भविष्य सोचौँ हामी सबै मिलेर देशद्रोहीलाई अब कोचौँ ।
दीप गोले तामाङ, रौतहट … १, प्रकृति छ सुन्दर जगत् यो जीवनमा अनौठो छ रहर । २, मातापिता भगवान् राम्रा गर्नुपर्छ सेवा सधैँ हुन् जीवनदाता हाम्रा ।
नेत्रबहादुर श्रेष्ठ, ठुलो सिरुवारी, सिन्धुपाल्चोक-१३ … १, छोरी अर्काको नासो भन्छन् किन होला ? धेरैले गलाको पासो । २, शिक्षा सीप धीरत्व दाइजो भन्ने कुप्रथाको दिन हुँदैन निजत्व । ३, ॠणको भारी बोकेर महाजन भए खुसीको समाजमा कोही खोकेर ।
पृथक प्रकृति … १, बेकामे जाल बुन्दैछन् धान खाने मुसा पालेर भ्यागुतो थुन्दैछन् । २, जनताले कुरा सुन्दैछन् आउँछ समय पर्खनु उस्तालाई जस्तैले थुन्दैछन् । ३, डाँठै डाँठ छन् जाली झेली धुर्तको साँठगाँठ धेरै झन् ।
रामप्रसाद पुरी, बादेल, खोटाङ … १, ईश्वर आस्था हाम्रो नैतिक शिक्षा दिएर , बनाऔॅं समाज राम्रो। २, ढुङ्गालाई मूर्तिको आकार कलाको गर्छौं पूजा, कर्मले सपना साकार । ३, हिॅंडेमा मनको बाटो भेटिन्छ ईश्वर सहजै , सेवा धर्मको पाटो।
सुस्मिता अधिकारी, काठमाडौँ … १, कर्मविनाको त्यो फल अनिश्चित हुन्छ पक्कै गर्छन् भगवान्ले छल।
कोपिला अधिकारी, गोरखा … १, समय आउँछ पर्खिॅंदैन, परिस्थितिले लायो पछुतो बहेको खोलो फर्किॅंदैन। २, आफूलाई पर सार बच्नलाई होला गारो अरूलाई खोर पार। ३, जेलजाल जानी जानी विरोधीलाई तह लाऊ क्रमश: छानी छानी !
विवश पारदर्शी, झापा … १, सबैले भन्छन् हाम्रो पक्ष विपक्ष होइन कता खोजौं राम्रो ?
प्रेम थापा “मन”, बागलुङ … १, कर्ममा विश्वास गर्नु फल मिठो हुन्छ भाग्यको भर पर्नु । २, उज्यालो संसार देख्न धैर्यता र त्यागले भविष्य पर्छ लेख्न । ३, भ्रममा पर्नु हुन्न मान्छेको कठोर मनले दुखेको दिल छुन्न ।
कृष्ण बजगाई, भक्तपुर … १, मिहिनेतले भाग्य बन्छ पौरख गरेको देख्दा सबैले आहा भन्छ। २, ज्ञानको ज्योति छर सभ्य समाज बनाउनु सबैमा सद्बुद्धि भर। ३, विश्वास जसले गर्छ ढुङ्गालाई भगवान् सम्झेर सधैँ मख्ख पर्छ ।
राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर … १, सद्भावले मनाऔॅं पर्व संस्कार परम्परा जोगाउन चाहिँदैन अर्व खर्व ।
मिसु श्रेष्ठ … १, पीडाले देह गाल्छ अति भएपछि मान्छे मौन बस्न थाल्छ! २, सम्झन्छन् पू्र्खाको बिर्ता लिन जान्नेले कहिल्यै दिन जान्दैनन् फिर्ता! ३, धनको मुख कालो नगर्नु आफन्तमा कारोबार भाइ, भतिजो, सालो ।
मन्दिरा सेढाई, मलेखु, धादिङ … १, सुखदु:खले दसैँ सकायो पछिपछि लागिरहेछ तिहार चाडपर्वले शरिर मकायो । २, मखमली फुल्यो बारीमा दीपावली मनाउन गाउँघर व्यस्तता देखिन्छ नारीमा ।
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १, कर्म हाम्रो धर्म कर्म गर्न कसैले गर्नु हुँदैन शर्म। २, गर्वले फुल्दछन् छाती जब जब पुग्दछन् शिखरमा हाम्रो जाति।
बिके मुखिया, दार्जिलिङ, भारत … १, दुई जोईको पोइ विचरो तानातान भएर कुनामा बसेर रोइ। २, खोज्दै थियो फसाउन सकेन कहिल्यै उसले मजाले जनता हॅंसाउन। ३, जुत्ताको माला लगाउँछन् आजित भइसके जनता सर्वत्र नगर घुमाउँछन्।
सतीश पण्डित, भानु -६, चुँदी तनहुँ (हाल चनपा६ मातातीर्थ) … १, अल्छी नबन नानी समय आउँछ पर्खॅंदैन कर्मले गर्दैनन् हानी । २, जिज्ञासा राख ज्ञानी नयाँ खोज अनुसन्धान ज्ञानले हुन्न सानी । ३, मर्ने एकदिनको चोला भ्रष्टाचार गरेर कतिन्जेल मित्र बाँच्ने होला ।
भगवती दवाडी, झापा … १, माया जीवनभरिको अभिभारा नसकिॅंदो रहेछ प्राणी , बाँच्नलाई यहाँ बिनाआहारा । २, यहाँ बोटबिरुवालाई पनि चाहिने पानी घाम, पौष्टिकको रूपमा अनि । ३, दाल, भात, तरकारी खाँदा जीवन स्वस्थ , हुँदैन मासुको भारी ।
सीमा कार्की समर्पण, मेलचोक पर्सा … १, आमाको मुटु चर्किन्छ कमाउन पर्देशिएको छोरो बाकसमा सुतेर फर्किन्छ । २, छैनन् पेटमा हरि तड्पाइ तड्पाइ मार्छन् कठै ! सहन्छन् कसरी ! ३, खेलिन्थ्यो कपर्दी छुर हातखुट्टामा चोट लाग्दा लागेन कहिल्यै झुर ।
शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी , मोरङ … १, मैले गरेको माया तिमीलाई तीतो लागे तिमी घाम छायाँ । २, जिन्दगी रहेछ चोला यो जीवन बाँचे पुन: भेट होला । ३, मैले सपनीमा देखेँ तिम्रो मुहार माया त्यसैले स्नेहले सेकेँ ।
शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौँ … १, आकाश राम्रो जूनले ताराहरु माझ हुँदा धर्ती सुन्दर फूलले । २, फुल राम्रो चमेली बास्ना आउँछ हरर भॅंवरो बस्छ खेली ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा … १, भाग्य आफै बनाउने अडिॅंदैन ढुङ्ग्रोमा दुध बुझेर आफै जनाउने। २, रहरको जाल हान्दा स्वास्थ्यमा समस्या नपारौ नबुझी जाल तान्दा।
दुर्गा आचार्य, मोरङ … १, दसैँले नेटो काट्यो अब बहार तिहारको द्यौसीभैलोले माहोल बाट्यो । २, पिङ त मच्चिरहेछ गाउँ बेँसी सँगाली चचहुइ टुप्पो खसिरहेछ ।
हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, साँगा बजार बनेपा -१४ … १, दोषीले दोषीलाई समाउँछ आफ्नो आङको भैँसीलाई आङभित्रै लुकाई खेलाउँछ। २, युवापुस्ता देख्नै नसक्ने धर्मराउँदै बोल्छन् बेहोसमा आफैमा स्थिरता नबक्ने। ३, कुहिएका सडेगलेका थुप्राहरू बुझ्दैनन् एक्काईसौ शताब्दी सत्तामा लत्पतिएका कुप्राहरू ।
घनश्याम पन्त, हरिवन सर्लाही … १, ढकमक्क कर्म फुल्छ जसले बगाउँछ पसिना उसैले फल बटुल्छ l २, जिन्दगी कर्कलाको पानी मरिलानु केही छैन नपुर्याऔॅं कसैलाई हानी l ३, नगरेर ढिला सुस्ती नित्य गरौँ व्यायाम जीवन्त रहन्छ तन्दुरुस्ती l
बाबुराम गौतम, गुल्मी … १, रात जुनेली राम्रो आआफ्नो व्याख्या हुन्छ मत राख्यौं हाम्रो । २, शिशिरको आगमन सॅंगसँगै बाली भित्र्याउँछ किसानले किन्दा पर्छ महँगै । ३, माया पिरती गासौँ मन मुटु साटेर पलाएको घमण्ड नासौँ ।
धनमाया चौधरी, कैलाली … १, गर्नलाई कुनै कर्म पसिना बगाउन धरमा नमान कहिल्यै सर्म !
आर्त अकुलीन … १, यादका झिल्काहरू बोकेर साथ लागेर आएँ जिन्दगीको यात्रा रोकेर । २, हिॅंडेँ बाटो बनाउॅंदै एक्लै भएर पनि यात्रीको अस्तित्व जनाउॅंदै । ३, समयको रहेछ खेल सकिएन बुझ्न बेलैमा आयो डरलाग्दो भेल ।
राजेशराज गड्तौला, काडाघारी, काठमाडौँ … १, उतारचढाव जीवन खास प्रगतिका खातिर जरुरत उकालीमा बढ्छ सास । २, ढाल्न लाग्दैन बेर निर्माणमा महिनौ लाग्ने काँडामा हिॅंडनु धेर । ३, ढुंगा सालिग्राम बन्न निरन्तर पानीमा घस्रन्छ थाल्छन मानवमा गन्न ।
हिरालाल न्यौपाने, बानपा -८, कोटमौला, सल्यान … १, समयले धेरै सिकायो रुनु हुँदैन भन्दा आँसु किन झिकायो। २, दसैँ पनि सकियो हाँसो रोदनको बीचमा गरिबको आँसु मक्कियो। ३, समयले सिकाएको खेलमा हारजित अवश्यै हुन्छ नपरौँ कहिले झेलमा।
विकास क्षेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ … १, बसौँ सबैको आँखामा लालीगुराँसझैँ सुन्दर फुलौँ रङ्गीन बनी पाखामा। २, मनमा छन् चिहान इच्छाहरूको लास छोपेर आवोस् उज्यालो बिहान।
अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ … १, विश्वासमा छक्याउँदै भयो ढाँटेर झोली भर्छन् जनतालाई झुक्याएर गयो । २, एक मुठ्ठीको सास कहिले जाने हो देखाए जनतामा आस । ३, ढाँटेरै झोली भरेका आफ्नो स्वार्थको लागि पाटी हेर्दाहेर्दै सरेका ।
बेदु न्यौपाने … १, परिश्रमको मिठो फल प्राप्त हुन्छ अवश्य समयमा गरे मलजल । २, भेटिन्छ यही माटोमा हामीले चाहेको सबै हिॅंडेपछि सही बाटोमा । ३, नेपाली माटोमा उम्रेको मनभरि नेपालीपन मिसाएर साहसी, बहादुरी उफ्रेको ।
ईश्वर साउद (भिक्षु), रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम … १, नगर्नु गरिबलाई हेला पृथ्वी गोलो छ पछि परिन्छ फेला । २, सद्भावमा मनाऔॅं संस्कार आडम्बर छोडेर मनाऔॅं अॅंगाल्दै सहिष्णुताको आधार । ३, सौहार्दको कामना गर्दै हर्ष उल्लासका साथमा विश्वासको रङ्ग भर्दै ।
दुर्गा भट्टराई, मोरङ … १, गरौँ सबैले सम्मान फलाउँछन् अन्न बाली लगाई टन्न किसान
चन्द्रकली राना मगर, नौबहिनी गा पा प्युठान … १, भाग्यलाई दोष दिएर कर्म नगरी बस्छन् मनमा पिर लिएर । २, भविष्यको चिन्ता गरेर भाग्य आफैले बनाऔॅं कर्ममा निरन्तर लागिपरेर । ३, जीवन परिवर्तन गरौँ संसार उज्यालो बनाउन आफै लागि परौँ ।
ललिता गिरी, सिन्धुली … १, सम्पत्ति पुर्खाले आर्जेको उपभोग गर्न नजान्दा विपत्ति सन्तानलाई आइलागेको । २, जल्नेहरू सधैँ जलिरहन्छन् अर्काको परिश्रमले मोटाउनेहरू कुराको खेती गरिरहन्छन्। ३, कर्मको दीप बालौँ अरुको कुरा काटेर समय खेर नफालौँ ।
सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा … १, शरद् ऋतुमा आउने महान् पर्वहरूको अवसरले खुसीको गीत गाउने।
अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत … १, राजनीतिमा देखिन्छ तनाव बदलासॅंगै कमाउ धन्दा नैतिकताको सर्वत्र अभाव । २, बलियाको हातमा लाठी राजनीतिका शक्तिशाली युवा उमेर केवल साठी । ३, देश बनाए कङ्गाल होइनन् असली पात्र रहेछन् साह्रै चण्डाल ।
जयनारायण नेपाल, इलाम हाल सूर्य विनायक २, बालकोट ,भक्तपुर … १, हल्ला हल्लाउँदै आयो ऋणको धोक्रो ठड्याउँदै कुनाकाप्चा मज्जाले छायो ।
नन्दलाल आचार्य, बेलका-३, उदयपुर … १, दसैँ आयो गयो, खुसी क्षणिक बनाएर, अहिले शून्य भयो। २, खानेकुरा मिठा खाएर , खुसी दिगो नहुने, राम्रा लुगा लाएर। ३, स्वार्थमा पर्व चल्दैछ, आनन्द दया भलाइ, सोच्ने फुर्सद ढल्दैछ।
मनोहरी पौडेल, गैडाकोट १ … १, आफैले कर्म गरेर यहाँ देखाऊ सबैलाई उज्यालो ज्योति छरेर । २, कर्म नगरी बसेर फल त्यसै पाइँदैन कुनै मन्दिरमा पसेर । ३, लेखिएको सकिन्न मेट्न कसले सक्यो आजसम्म भाग्य लेख्नेलाई भेट्न ।
लक्ष्मण देउवा, डोटी … १, मन छ डुलेको आउँदैछ भनी तिहार आँगनीमा सयपत्री फुलेको।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न. पा. ६ संखुवासभा … १, गर्नुपर्छ सत्य कर्म रगत पसिना बगाउँदा , मिल्छ संस्कारमा धर्म । २, ढुङ्गाको बन्छ मूर्ति पर्ला घरको मान्छेले , धेरै नलगाउनु फूर्ति । ३, दसैँपछि आउॅंछ तिहार जाउ साथी हो घुम्न भारतको विहार ।
श्रीकृष्ण धामी, बझाङ … १, नमान आफै ठुला मेहनत गर देसभित्रै फलाऊ काउली मुला । २, जहिले मकै मिठो मेहनत चलाऊ जाँगरको बन्नेछ अवश्य स्वादिलो । ३, प्यारो आफ्नो माटो सत्कर्म गर सधैँ हिॅंड सत्यको बाटो ।
साप्ताहिक झिल्का लेखन अभ्यासको ३९ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३९ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, नवदुर्गाको प्रसाद लगाउॅंछु विजयादशमीको दिन पारेर जितको खुसी मनाउॅंछु । २, हिन्दु धर्मावलम्बीहरूको पर्व राखेर धार्मिक सहिष्णुता दसैँ मनाऔॅं सगर्व । ३, मालश्री लाग्छ कलनाद आभासमा महान् दसैँ वाह ! दक्षिणासॅंगै आशीर्वाद ।
म्यामराज राई … १, दसैँको जमरा टीका आशीर्वाद लिनलाई जानु नहोस् कसैको फिका । २, नवरात्रि सुरु हुँदैछ बाढी पहिरो गएर यो मन छुँदैछ । ३, दसैँमा रमाइलो गरेर आशीर्वाद लिन जाने टीका जमरा भरेर ।
अम्बिका अधिकारी, बिर्तामोड, झापा … १, आमाबुवाको आशिष् पाए मिठो मसिनो बनाएर टीका जमरा लाए । २, शिरैमा जमरा झपक्कै रातो टीका निधारमा टल्केको हेर टपक्कै ।
साहित्य प्रेमी सुशील, धनगढी … १, दसैँको रातो टीका शिरमा लगाएर जमरा कसैलाई नहोस् फिका । २, आशीर्वाद ठुलाको पाउनू, मनाउँदै नेपालीको पर्व ज्ञानले विश्वभरि छाउनू । ३, रमाइलो दसैँ आएको नवदुर्गाले रक्षा गरून् शुभकामना सबैमा छाएको ।
बेदु न्यौपाने … १, दशहरा राम्ररी मनाऔॅं मद्यपान गरेर होइन जातीय संस्कृति जनाऔॅं । २, ठूलाबडाका आशिष् पाऊन् निधारभरि टीका लगाई ससुराली घर जाऊन् । ३, आफन्तसित सम्बन्ध सुधार्न चाडपर्वमा भेटघाट गर्दा आत्मीयताको ढोका उघार्न।
दिल ठकुरी, दार्जिलिङ … १, थोरै खर्चमा पनि रमाउँन सक्छौ सबै यही छ कथनी। २, नराम्रोमा राम्रोको जीत मनको फोहोर फालौँ सुन्दरताकै गाउँ गीत । ३, रातो टिका जमरा लगाई मनाऔॅं खुसी वर्ष दिनको परम्परा।
सुरेशकुमार पाण्डे, दाङ घोराही १८ … १, भयो नवदुर्गाको पूजा टीका लगाउने मात्र रह्यो बाँकी जम्मा। २, आशीर्वाद दिनुस् माता अज्ञानी छौँ हामी हजुर एकमात्रै विधाता। ३, निधारमा रातो टीका जमरा कानमा लगाई नहोस् कसैमा फिका।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी। … १, रातो अक्षता निधारमा दसैँको टीकाको दिन खुसी छाओस् परिवारमा। २, मान्यजनबाट टीका लगाउने गरेर सबैसँग भेटघाट आपसमा सम्बन्ध बढाउने। ३, दु:खसुख रहोस मनमा सबै हाँसीखुसी रहून् नफालून् चित्त धनमा ।
सतीश पण्डित, भानु६ चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ ) … १, कहीँ छैन बाटो घरको यादले उफृन्छ कुरा बुझ्दैन लाटो। २, बाढीले बेहाल बनायो अधिकांश डुबान पहिरो खोलाले उपस्थिति जनायो। ३, खोलाको साबिक ठाउॅंमा मान्छेले पेलेर ठड्याए बगायो घरहरू गाउॅंमा ।
चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ … १, दसैँको टीका लगाऊ मान्यजनको आशीर्वाद थाप्दै भएको मनमुटाब भगाऊ। २, परिवारमा खुसी आओस् दुर्गा भवानीको आशीर्वादले एकताको सन्देश छाओस्। ३, नखेल्नु जुवा तास चाडपर्वको नाममा कसैले हुन्छ है बनीबास।
कला ढकाल, झापा … १, निधारमा रातो टिका दसैँको उज्यालो पक्ष लगाउन नपाए फिका । २, मान्नेले खुसीले मनाऊ नमान्नेको आफ्नै ईच्छा दसैँ विवादित नबनाऊ ।
ध्रुव श्रेष्ठ, खोटाङ बजार … १, दुर्गा भवानीको प्रसादले सकारात्मक उर्जा थपियोस् मनमा आशीर्वादको बर्सादले |
सरिता सेढाई, धादिङ … १, मनाऔॅं दसैँ रमेर दुःखसुखको यो जिन्दगी घरपरिवार आपसमा जमेर। २, चाडपर्वले मनमा शान्ति दसैँमा मान्यजनको आशीर्वादले पाओस् उज्यालो कान्ति । ३, मनमा शक्ति आओस् बनेर सुनौलो बिहानी दसैँले सद्भाव छाओस्।
राज कुमार राजभण्डारी खोटाङे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर । … १, टिका दसैँको सान लिएर आशिष् माथमा गरौँ अग्रजको मान । २, सत्यको विजय हुन्छ दुष्ट चरित्र पालक सदा व्यर्थमा रुन्छ । ३, अनास्थामा मानिस तानातान छन् संस्कार सनातनीको राम्रा नभुलौँ जानाजान ।
कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी … १, मन छैन थिरमा सन्तान सबै परदेश टीका जमरा शीरमा। २, आशीर्वाद छ तिमीलाई खुशी हुनु सधैँ दाहिने हुन् दुर्गामाई।
पुष्पा सुवेदी, नेपालगन्ज, बाँके … १, दसैँ राम्रोसँग मनाउनु वर्ष दिनको चाड दसैँमा नयाँ लगाउनु। २, जाँडरक्सी खानु हुँदैन धनसम्पत्तिको तनको नाश जँड्याहालाई कसैले छुँदैन। ३, खर्च धेरै नगर चाहिन्छ भविष्यमा पैसो गलत काममा नसर।
नवराज भट्ट, कञ्चनपुर … १, शुभकामना छ बडादसैँको छाओस् हर्ष उमङ्ग पुगोस् चाहना सबैको । २, मनाउँदै गरौँ गर्व यो हो नेपालीहरूको दसैँ महान् पर्व। ३, मिठा परिकार खाएर खुसी हुन्छन् सबै टीका जमरा लाएर ।
अनिता भण्डारी ताप्लेजुङ … १, दाहिने होऊन् दुर्गा अभावले कसैलाई पनि नपारोस् कदापि मुर्गा l २, राता अछेता निधारमा लगाएर मनाऔॅं दसैँ सबले आआफ्नो परिवारमा l ३, टिकासँगै थापौँ आशीर्वाद आजको दिनमा कसैको मुहारमा नहोस् अश्रुपात l
बाबुराम गौतम, गुल्मी … १, हिन्दुहरूको महान् पर्व देखाउनका लागि होइन क्षमतानुसार मान्नु गर्व ।
विष्णु पङ्गेनी पाण्डे, वालिङ, स्याङ्जा … १, कति सुन्दर बाटो कुरा नबुझेर म बने हजुर लाटो। २, खुसीको आर्शीवाद पाएँ तिमीलाई आज भेट्दाखेरि सॅंगसँगै टिका लाएँ ।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत … १, पर्व, संस्कृति जनाउनु अरुको देखासिकीमा होइन आफ्नो हैसियतमा रमाउनु । २, नसोचौँ कसैको अहित विवेकशील प्राणीको दसैँ बन्नुपर्छ अब हिंसारहित । ३, निधारमा जमरा टिका बर्सेनि आउने पर्व नहोस् कसैको फिका ।
शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ … १, राष्ट्रिय चाडपर्वहरूमा बडादसैँ भेट्घाट ,मेलमिलाप शुभावसर आफन्तहरू भेटिन्छन् जसै।
लोक वहादुर छेत्री लामिछाने, मोदी गापा, देउपुर, पर्वत … १, टालौँ सम्बन्धको छेद यसपालि दसैँ पर्वमा हटाई आपसी मतभेद ! २, बडाका घरमा आई आशिर्वाद ग्रहण गरौँ टीका जमरा लगाई ! ३, फुटाएर आत्मीयताको मूल यस विजयादशमी पर्वमा बनाऔँ परिस्थिति अनुकूल !
वसन्त अनुभव, घोराही, दाङ … १, निधारमा रातो टीका शिर भरी जमरा नहोस् दशमी फिका। २, सफल बनून् सामना पर्व बनोस् उल्लासमय विजयादशमीको हार्दिक शुभकामना।
तोया नाथ चापागाईं, दमक,झापा,नेपाल … १, हिन्दुहरूको दसैँ पर्व आशीर्वादका पोका साटौँ मनाऔॅं सबै सगर्व । २, सुख, शान्तिको भावना दसैँले ल्याओस् समृद्धि नेपाली जनमा शुभकामना । ३, टीका, जमरा शिरमा दसैँमा होस् सबैको नमानौँ कसैले पीरमा ।
राज बहादुर बडुवाल, कनकासुन्दरी -५,जुम्ला … १, मलाई टीका लगाइदिनुस् दक्षिणाको चिन्ता नलिई आशीर्वाद दिएर पठाइदिनुस् । २, यसपालि आइयो गाउँ दसैँमा घुमफिर गर्दा भेटियो नौलो ठाउँ । ३, आऊ नानीबाबु यता टीकाजमरा लगाएर मात्रै अनि जाऊ उता ।
नन्दलाल आचार्य, बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर । … १, निधार छ खाली यो कस्तो समय दैव पनि जाली !
आर्त अकुलीन … १, बडादसैँको चलोस् सुवास मान्यजनले दिएको आशिर्वादले प्रगतिको मिलोस् आभास। २, बडादसैँले भरोस् लालित्य उर्वर देश नेपालमा भावनाले भरोस् साहित्य ।
होमप्रसाद नेउपाने, धरान,सुनसरी । … १, दसैँ आयो गयो कति थिएनन् खुसी किन यस्तो भयो । २, गयो बाढी पहिरो दसैँको मुखमा हेर कतिलाई चोट गहिरो ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा … १, खुसी दोब्बर हुने अक्सर चाडपर्व आए परदेशीको मन रुने । २, गाएर उमङ्गको गीत हामीले मेला लगायौँ हुनाले सत्य जित। ३, जय दुर्गा भवानी रक्षा गर्नुहोस् सबैको अज्ञानता होस् खरानी ।
पृथक प्रकृति ,झापा … १, सबै खुसी भएर दुर्गा माताको आशिष् लागोस् दसैँ आएर। २, भाग्य सबैको चम्कियोस् पीडा नहोस् कसैलाई पाइला सफलतामा लम्कियोस्।
सानु जोशी, सुदुर पश्चिम दार्चुला, … १, विजयादशमीको हार्दिक शुभकामना, दुर्गा माताको आशीर्वादले पूरा होऊन् मनोकामना । २, नेपाली संस्कृति अपरम्पार विश्व जगत्को आकर्षण प्रभाव विश्वभर अपार ।
नबिन कुमार ढकाल, हेटौडा-९ … १, मिलेर गरौँ सामना मानवता सदैव रहिरहोस् विजयादशमीको हार्दिक शुभकामना । २, सत्मार्गको बाटो खोजौं दम्भ अभिमान त्यागेर वसुधैव कुटुम्बकम् रोजौं । ३, घमण्डले तिमी फुल्छौँ सम्पतिको भुतले छुँदा क्षणभङ्गुरको चोला भुल्छौँ ।
ऋजु दिल्पाली(राजेन्द्र घिमिरे), ईटहरी १ सुनसरी । … १, जहिले कहाँ पाइन्छ ? टीका जमरा आशिष् बडादसैँ पर्व चाहिन्छ । २, वैमनस्यता दूर गरी नम्रताले झुक्नु पर्छ मान्यताले शरण परी। ३, समयमै वेग भर्नू , तडकभडक छोडी सबै औकातमा चल्ने गर्नू !
विवश पारदर्शी, झापा … १, टीका ग्रहण गरी आशीर्वाद लिने दिन मनमा उमङ्ग भरी। २, आफनै संस्कृति मनाऔॅं अगालौ आफ्नै संस्कार हामी नेपाली जनाऔँ । ३, सुगन्धित जमरा लगाई आफ्नो सिरमा सिउरेर समाजको दुर्गन्ध भगाई।
शशी श्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं … १, सबैका घरघरमा दसैँ आयो बोकेर हर्ष मनाऔॅं रमाउॅंदै यसै । २, हटून् सबका पिर दाहिने परून् कालिका नझुकोस् बसैको सिर । ३, सुख र शान्ति मिलोस् मनमा सबका हटोस् देशबाट क्रान्ति ।
ईश्वर साउद(भिक्षु), रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम … १, चाड मनाउने चाहना फजुल खर्च नगरी बडादसैँको हार्दिक शुभकामना । २, दक्षिणा सकेको दिन्छन् फराकिलो उहाको मन आशिष् धेरै लिन्छन् । ३, हातमा दक्षिणा गन्दै लिङ्गेपिङ सबै खेल्छन चचहुइ चचहुइ भन्दै ।
हिरामाया श्रेष्ठ … १, नहोस् कतैबाट हेला पहिरोले बगाए घरबार हरे चाडपर्वको बेला । २, कसरी धान्नु परम्परा लुगाफाटो अन्नपात छैन मात्र थुपार्यो कचरा ।
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १, दसैँ मनाऔॅं हर्षले कसैलाई नपरोस् दु:ख असत्य हटाऔॅं सङ्घर्षले । २, निधारमा रातो टीका लगाइ मनाऔॅं सबैले कसैको नहोस् फिका ।
धनमाया चौधरी, कैलाली … १, जताततै हुँदै रमाइलो चाडपर्व छायो सर्वत्र मनमा छाओस् घमाइलो । २, पिङको चचहुइ छायो सबैको मनमनमा बसेर दसैँले प्रिति लायो । ३, भोक प्यारो भएको पर्वले नेपाली मनमा उमङ्ग सर्वत्र छाएको ।
लक्ष्मी रिजाल, कञ्चनरूप १२, सप्तरी । … १, आयो महान् पर्व मितव्ययी बनी मनाउँदै गरौँ सबैले गर्व।
अरुण कुमार भुजेल, गोरूबथान कालेबुङ, भारत … १, बडादसैँमा आशीर्वाद मिलोस् मनोकाङ्क्षा पूरा हुन् जीवनमा खुसी बढोस् । २, टीका जमरा पाएर चाडपर्व मान्नु पर्छ खुसीका साथ रमाएर । ३, बाआमाको आशीर्वाद पाएर भाग्यको मार्ग खुलून् सधैँ खुसी आएर ।
कृष्ण बजगाई, भक्तपुर … १, आत्मियता सबैले गाँसेर ठुलाको आशिष् थापौँ , मनका पीडालाई मासेर। २, मनमा आत्मीयता जगाई हटाऔॅं मनका मैला , माताको प्रसाद लगाई । ३, फैलिन्छौँ दुबो जसरी, मातापिताको आशिष्ले हामीलाई , आउँछ खुसीयाली सधैँभरि ।
सीमा कार्की समर्पण, मेलचोक पर्सा … १, उज्यालो घाम घमाइलो दसैँको यही अवसरमा गर्नु सबै रमाइलो ।
प्रेम थापा “मन”, बागलुङ … १, दसैँ लागेछ आहा चारैतिर रमझम देखियो लाग्यो अति डाहा । २, टिकाको रमझम चारैतिर घरघरमा जमघट टन्नै आफूलाई चाहिॅं पीर । ३, दसैँको मौका पारेर खुसी हुँदै बसे माछा मासु तारेर ।
राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ … १, सितल शशीको सामीप्यमा फुर्यो रौनक दसैँको चचहुइ चचहुइ लिङ्गेपिङमा । २, गगनमा चङ्गा उडेको आहा ! मन चन्चल उमङ्गले प्रकृति हाँसेको ।
हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, साँगा बजार बनेपा १४ … १, मानेर सब मान्यजन आशिष लियौँ अपार पायौँ यही दिव्यधन। २, अक्षता रातो निधार शीरमा जमरा पहेँलो लाग्यो सोह्रै श्रृङ्गार। ३, खुसीले छाएको सबमा हरिया,निला,पहेँला उडेका चङ्गा नभमा।
सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल … १, दसैँको मनमा भावना संस्कृति बचाउने सबैमा दिॅंदैछु मनैदेखि शुभकामना। २, मान्यजनको रमाइलो भेटमा आशीर्वाद पाउने आसले मुसुक्क मुस्कुराउदै गेटमा।
दुर्गा आचार्य, मोरङ … १, सपरिवार विजयादशमी मनाउँदै सारा नेपाली जगत् नेपाली संस्कृति जनाउँदै। २, जमरा सिउरेको कानमा चाड मनाउँदै सबैले तगारो नलागोस् मनमा । ३, निधारमा रातो टीका आशीर्वाद ग्रहण गर्दै खुसीमा रमाउँदै बालबालिका ।
मोती योन्जन सुब्बा, दार्जिलिङ … १, जमरा रातो टीका परदेशी अनुपस्थित हुँदा दसैँ लाग्यो फिका । २, जुटिएन सपरिवार हामी आउने वर्ष पक्कै मनाऔॅंला विजयदशमी दामी ।
कोपिला अधिकारी, सिरानचोक, गोरखा … १, दसैँ मनाउने रेसमा भएन रमाइलो खासै सन्तान हुनाले परदेशमा ।