• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

उदक यात्री देवकी के.सी.का उत्कृष्ट उदकहरू

  • १४ श्रावण २०७९, शनिबार १५:३५ मा प्रकाशित
  • १
    मुटु
    तौल थोरै
    जिम्मेवारी वहन धेरै !

    २
    मुटु
    धड्कने काम
    नत्र भइने परमधाम !

    ३
    मुटु
    रगत बग्ने
    यसैमा जगत चल्ने !

    ४
    मुटु
    प्रमुख अङ्ग
    बनाउँने जीवन दङ्ग !

    ५
    मुटु
    बिग्रिए गति
    सुरुवात हुने दुर्गति !

    • देवकी के.सी., काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री देवकी के.सी.का उत्कृष्ट उदकहरू

    साउदीमा मस्तिष्क घात भई करिब ३ महिनादेखि आइसियुमा रहि उपचाररत नेपाली नेपाल फर्किए ।

  • १३ श्रावण २०७९, शुक्रबार २०:५३ मा प्रकाशित
  • समर्पण रम्जान

    २८ जुलाई २०२२ ! साउदी अरबको रियादस्थित Obeid Care Hospital मा करिब तीन महिनादेखि आइसियुमा रहेर उपचाररत अरूण कुमार रायलाई नेपाली दूतावास रियादको अनुकरणीय सहयोगमा यही २७ जुलाई २०२२ का दिन नेपाल नेपाल पठाइएको छ ।

    नेपाल घर सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नं. ०७ स्थायी ठेगाना भएका अरूण कुमार राय (राहदानी नं. ०९२५४०९८) लाई गत फेब्रुअरी २०२२ मा ड्यूटी सकाएर कोठामा फर्किदै गर्दै अचानक मस्तिष्क घात भई उहाँ चढेको गाडीको सिटमै ढलेपछि रायलाई उनको कम्पनीले रियादको Obeid Hospital मा तीन महिनादेखि ICU मा राखेर उपचार गराउदै आएको थियो

    करीब तीन महिनासम्म ICU मा राखेर उपचार गरेपछि उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएपछि उनलाई जनरल वार्डमा सारिएको थियो । उनको उपचारमा संलग्न चिकित्सकले उनलाई परिवारको साथमा राखेर हेरचाह र फिजियोथेरापी गर्दा उनको स्वास्थ्य अवस्थामा थप सुधार हुने सल्लाह दिएपछि उनलाई दूतावास रियादले यथाशीघ्र नेपाल पठाउने प्रकृया प्रारम्भ गरि २७ जुलाइका दिन एयरलाइन्सको उडानबाट नेपाल पठाएको छ ।
    उनको उपचारमा झण्डै ७ लाख साउदी रियाल खर्च भएको र जसमध्ये स्वास्थ्य वीमाले ५ लाख साउदी रियाल मात्रै कभर गरेको र बाँकी झण्डै २ लाख साउदी रियाल कम्पनीले तिरेको थियो ।

    निज अरूण कुमार रायलाई नेपाल पठाउने सिलसिलामा राजदूतावासले यहाँको अस्पताल र कम्पनीसँग निरन्तर सम्पर्क, समन्वय एवम् फलोअप गर्नुको साथै, नेपालमा रहनु भएका बिरामीको परिवार, पराराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार बोर्ड र नेपाल वायुसेवासँग आवश्यक सम्पर्क, समन्वय एवम् फलोअप गर्दै आएको थियो ।
    फलस्वरूप अरूण कुमार रायलाई नेपाल पठाउन सफल भएको छ भने यस कार्यमा प्रत्यक्ष एवम् परोक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णलाई दूतावास रियादले आभार व्यक्त गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on साउदीमा मस्तिष्क घात भई करिब ३ महिनादेखि आइसियुमा रहि उपचाररत नेपाली नेपाल फर्किए ।

    साहित्यकार शिव कुमार रेग्मीका पाँच मार्मिक पञ्चाङ्गहरू

  • १३ श्रावण २०७९, शुक्रबार १३:१२ मा प्रकाशित
  • केही मार्मिक पञ्चाङ्गहरू
    (१)
    दुखको भुमरीमा बाच्नुछ हामीलाई,
    मनमा पीडा च्यापी हास्नुछ हामीलाई,
    भावीले पनि कस्तो कर्म लेखिदिएछन्
    मुटु भित्र दर्द नि टान्नुछ हामीलाई,
    अन्त्यमा चिन्ताले नै मास्नुछ हामीलाई।
    (२)
    जीवन जिउन कमाउनु छ हामीलाई
    कमाएरै सधै रमाउनु छ हामीलाई,
    खाडी मुलुक भित्र नै भौतारिएर पनि
    दुख साथ बेल्चा समाउनु छ हामीलाई,
    जहाँ पनि प्रेम जगाउनु छ हामीलाई।
    (३)
    चुनाव पछि नेताहरू लुकेका देखिन्छ,
    भित्र भित्रै मिली ढुकुटी लुटेका देखिन्छ,
    के पो होला विकास यस्ता नेताहरू बाट
    हरेक विकास काममा चुकेका देखिन्छ,
    केवल भत्ताको लागि नै जुटेका देखिन्छ।
    (४)
    पञ्चाङ्ग साहित्यको धेरै माया लाग्छ,
    सुन्दर रचना देख्दा नि छाया लाग्छ,
    विकासमा लागि रहने सर्जक हो
    तल माथी केही सर्जक दायाँ लाग्छ,
    रचना गर्न नजान्ने नै बायाँ लाग्छ।
    (५)
    साहित्य भित्र नि जाल गरेको देखियो,
    असभ्य र सभ्य दुवै भरेको देखियो,
    आपसमा यस्तो होडबाजी कस्तो निति
    साथी भित्रै सधै भरी लडेको देखियो,
    सभ्य ब्यक्ति नै शरण परेको देखियो।
    शिव कुमार रेग्मी
    पोखराथोक,पाल्पा
    नेपाल

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साहित्यकार शिव कुमार रेग्मीका पाँच मार्मिक पञ्चाङ्गहरू

    उदक यात्री रोशन पराजुलीका उत्कृष्ट उदकहरू

  • १३ श्रावण २०७९, शुक्रबार १३:०८ मा प्रकाशित
  • १.
    बिहान
    प्रकृतिकाे सम्मान
    उज्यालाे सृष्टिलाई पूज्यमान !

    २.
    उज्यालाे
    बिहानी पख
    सूर्यकाे स्वर्णिम आभास !

    ३.
    सूर्य
    जीवनकाे आशुताेष
    दैनिक कर्म याेजनाकार !

    ४.
    धरती
    जीवन चक्र
    सृष्टिकाे मूल सम्पत्ति !

    ५.
    ज्याेति
    उज्यालाे पहिचान
    सृष्टिकाे मूल कारक !

    • राेशन पराजुली, धरान।
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री रोशन पराजुलीका उत्कृष्ट उदकहरू

    उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

  • १३ श्रावण २०७९, शुक्रबार १३:०५ मा प्रकाशित
  • १
    वर्षा
    हिलाम्मे सडक
    कष्टकर बन्दै जीवन !

    २
    अनुपम
    चुलबुले स्वभाव
    एउटा बालापनको रहर !

    ३
    हरियाली
    प्रकृतिको काख
    रमाउँदाको बेग्लै आनन्द !

    ४
    सम्बन्ध
    मुटुको दायाँबायाँ
    अमूल्य सन्तानको माया !

    ५
    अपार
    आँसुको धारा
    नदी बनेर सागर !

    ५
    जिन्दगी
    दु:खको भारी
    भारी बिसाउने चौतारी !

    ६
    पिरती
    अकबरी सुन
    झरनाको कञ्चन पानी !

    ७
    माया
    मुटुको माझ
    दिलको पर्दामा चित्र !

    ८
    प्रेम
    मनको चरा
    चुमेको हिम शिखर !

    ९
    श्रावण
    सबैको चाहाना
    सिमसिम वर्षाको पानी !

    १०
    बिहानी
    शान्त शालीन
    प्रत्येक दिनको शुभारम्भ !

    • आर्त अकुलीन, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

    जिराभवानी गापा १ भवानिपुरमा युवतीको शव जलाइएको अवस्थामा फेला

  • १३ श्रावण २०७९, शुक्रबार ०९:४६ मा प्रकाशित

  • मेघराज राय जिराभवानी साउन १२

    इलाका प्रहरी कार्यालय, पटेर्वासुगौली र सेढ्वाको संयुक्त टोलीले एकजना युवतीको जलेको अवस्थामा शव बरामद गरेको छ ।
    पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत जय माँ जगदम्बे सामुदायिक वनबाट बिहीवार जलेको अवस्थामा प्रहरीले शव बरामद गरेको हो ।
    बरामद शव जीराभवानी गाउँपालिका–१ भवानीपुर निवासी खेमराज दासकी १७ वर्षीया छोरी सीमा कुमारीको पुष्टि भएको छ । सीमाको शव वसन्तपुर सबडिभिजन वन कार्यालयभन्दा सात सय मिटर उत्तर घना जङ्गलबाट बरामद भएको हो । गएराति शव जलाइएको प्रहरीले अनुमान गरेको छ । बरामद शवको घुँडा, हाड र मासु जल्न बाँकी रहेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक किशोर आचार्यले जानकारी बताए । शव जलाउन पेट्रोल, सिमेन्टको बोरा तथा चिनी प्रयोग गरिएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ ।सीमाका बुबा खेमराज दास फरार छन् भने आमा श्रीकान्ति देवीलाई प्रहरीले अनुसन्धानको लागि पक्राउ गरेको छ । स्थानीयले सीमाको मृत्युको कारण प्रेम सम्बन्ध रहेको दाबी गरेका छन् । स्थानीय एकजना केटासँग सीमाको प्रेम सम्बन्ध रहेको र सोही कारणबाट घरपरिवारले हत्या गरी आत्महत्याको कारण देखाउन खोजिएको गाउँमा चर्चा छ । सीमाकी आमाले भने सीमालाई छारेरोग भएको बताएकी छिन । पक्राउ परेकी सीमाकी आमालाई आवश्यक कारबाईको लागि जिल्ला प्रहरी कार्यालय, पर्सा पठाइएको छ ।भने
    प्रारम्भिक अनुसन्धानमा सीमाको हत्या गरिएको देखिए पनि प्रहरीले शल्यपरीक्षण रिपोर्टपछि तथ्य कुरा बाहिरिने बताएको छ । प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ । सीमाको एकजना केटासँग रहेको प्रेम सम्बन्धका कारण घरमा केही दिनदेखि विवाद बढ्दै आएको स्थानीयले बताएका छन् ।सो गाउँमा महिला बालबालिका बाहेक गाउँमा कोहि न देखिँदा सिमाको आत्महत्या हैन हत्या भएको प्रष्ट बुझिएको छ ।

    Posted in मुख्य खबरLeave a Comment on जिराभवानी गापा १ भवानिपुरमा युवतीको शव जलाइएको अवस्थामा फेला

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४२औँ शृङ्खला शनिबार सम्पन्न

  • १३ श्रावण २०७९, शुक्रबार ०६:५१ मा प्रकाशित
  • काठमाडौ, ३२ असार । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४२औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ४४ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४२ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    उनलाई जिताउन मैले, हार्दै हार्दै गएँ,
    अन्तमा उनी नगर बधु, म दलाल भएँ ।
    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू


    [१]
    तिम्रै निम्ति बिताउँछु मेराे सारा जिन्दगानी,
    प्यास मेट्नु तिमी सबकाे म चाहिँ तिम्राे पानी ।
    ✍️
    ताराप्रसाद चापागाईं
    धुनिबेसी

    [२]
    सेवा र सेवक एउटै समयमा एकैजना हुन्न,
    वर्तमान अरूलाई सुम्पी तिमी लाग्यो भविष्य गुन्न।
    ✍️
    म्यामराज राई
    भोजपुर

    [३]
    खोजी गर्दै हिँडेकाथ्यौ दलाल काम पहिले,
    धोका पाउँदा थाहा भो नसा लागेछ अहिले ।
    ✍️
    बेदु न्यौपाने
    काठमाडौ

    [४]
    पहिल्यै दलालीको बाटो रोजेका’थ्यौ अब पछुताउँछौ किन?
    द्वारपाल भै बस नगरवधूको तयार छिन् बक्सिस दिन !
    ✍️
    प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    [५]
    दलाल बनी सुःख सुबिधा पाउने होइन रहर,
    समयले न दिदा साथ हुनुपर्यो यसैमा निर्भर।
    ✍️
    सुरेशकुमार पान्डे।
    दाङ घोराही१८

    [६)
    सफलताको लागि सँगै हिँडेकाे थिएँ तिम्रै भरले,
    जब मेरो अस्मितानै लुट्न खाेजौ टाढा भएँ डरले ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५भक्तपुर ।

    [७]
    जति हत्कण्डा अपनाए पनि उनैलाई नृप ठान्छन् ,
    दलालहरूले उनैलाई विष्णुको अवतार मान्छन् ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [८]
    सारा सम्पत्ति त के ? हरपल साथ दिने वाचा थियो हाम्रो,
    नगर बधू बन्यौ आखिर, मेरो आफ्नै जोवन भयो चाम्रो ।
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [९]
    जित्नेहरू जहिल्यै सिंह बन्दै जान्छन् जिताउने सधैँ नै रूने,
    कहिले आउला यो समाजमा सबैको अवसर उस्तै हुने।
    ✍️
    शंकर कार्की
    मकवानपुर

    [१०]
    अन्धो हुन्छ माया भनी जान्नुपर्छ हामीले,
    केही हुन्न त्यस्तो झारफुक गर्दा धामीले ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन – ६ संखुवासभा
    हाल मलेसिया

    [११]
    देश, जनता र समृद्धि जडसुत्र यो भन्छु,
    मध्यस्थता नगरी न तिमी बन्छौ न म बन्छु ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी

    [१२]
    तिमीले जिते संसार नै मेराे हुन्छ ठानेँ पहिले ,
    कुर्सीकाे फेरिँदाे रुप बुझेँ धोका हुँदामा अहिले ।
    ✍️
    निरज कोइराला
    बेलका

    [१३]
    स्वार्थी भए, साथ लिए, जिती लागेछ मात,
    आफ्नो बाटो सोझाएर, गर्नु गरेछन् घात !
    ✍️
    रबि श्रेष्ठ
    सन्धिखर्क-१,अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही !

    [१४]
    जस्तालाई तस्तै भइदियो, सुर्ताउँछौ किन ?
    उनीलाई रिझाई राख, सदा बक्सिस लिन ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ

    [१५]
    जसरी तसरी जिताएर उनलाई नगर बधु बनाएँ,
    आखिरीमा नाङ्गिएर दलालको उपनाममा खुशी मनाएँ !
    ✍️
    बिबस पारदर्शी
    भद्रपुर ङापा

    [१६]
    न रावण थिएँ म, न राम भएँ,
    पासा पल्टियो दलाल बन्न गएँ ।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ भारत।

    [१७]
    झुटो मायाजालमा पारी बेचिस् छोरी चेली,
    कोठीभित्र रोइरा’का छन् चमेली र बेली ।
    ✍
    नवशिला
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [१८]
    तिम्रो प्रशंसा र तारिफ गर्ने नै बनायौ नि मेरो धन्दा,
    यसैगरि तिमीले पार्यौ ममाथि नराम्रो जादुको फन्दा !
    ✍️
    पवन कुमार बुढाथेाकी
    काठमाडौं

    [१९]
    आफू दलाल भई उनलाई, सामान बनायाै,
    वधुलाई नगरमा बेची, धेरै दाम कमायाै !
    ✍️
    गाेपालकृष्ण डंगाेल
    काठमाण्डाैँ (हाल इटहरी)

    [२०]
    नहारी कसैले यहाँ कसैको त जीत हुन्न,
    जित्नेलाई पनि किन यहाँ विवेकले छुन्न ।
    ✍️
    त्रिलोचन भण्डारी
    मेचिनगर,झापा

    [२१]
    लुकाएर वास्तविकता किन कुरा चपाउँछौ,
    उनको दोष देखाएर आँफैलाई बचाउँछौ ।
    ✍️
    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [२२]
    तिम्रै लागि लडेँ म ज्यान दिएर,
    धोका दियौ बस्दैछु आँसु पिएर ।
    ✍️
    सरस्वती श्रेष्ठ इटहरी

    [२३]
    सोच्नु त सोचेकै हो मैले पनि त तिम्रो लागि,
    साथ दिएन तिम्रै भाग्यले, रहेछौ अभागी ।
    ✍️
    सुरेखा चाम्लिंग
    भक्तपुर २

    [२४]
    जस्तो नेता त्यस्तै जनता, उस्तै-उस्तै हामी
    दलालीको भरमा देश, बनाउने दामी ?
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ

    [२५]
    उनलाई भिजाउन म पानी बनेँ,
    खुसी पार्नकै निम्ति मैले स्वामी भनेँ ।
    ✍️
    सन्तु

    [२६]
    निष्ठुरी बनेर गइन् उनी मेरो विश्वास तोडेर,
    नहोस् यस्तो अरूलाई गर्दछु बिन्ती हात जोडेर ।
    ✍️
    दीपक ठटाल जलन

    [२७]
    स्वार्थी छ संसारै स्वार्थ बिना काे छर यहाँ,
    इच्छा पूर्ति पश्चात् बिर्सन्छन् सबै मान्छे जहाँ ।
    ✍️
    रामप्रसाद पुरी,
    बादेल, खाेटाङ ।

    [२८]
    अनगिन्ती इच्छा चाहानाले सताइएका हामी,
    याैन-कर्मी दलाल नामले पत्याईएका नामी ।
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा ।।

    [२९]
    म कुर्सीमा बस्छु र दलाल काम गर्छु,
    बैङ्कको लकरमा नोटै नोटले भर्छु ।
    ✍️
    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    [३०]
    नेपालका भोगी नेता के ल्याउँथे रेल,
    छुचुन्द्राको टाउकोमा चमेलीको तेल ।
    ✍️
    शुदर्शन शर्मा
    सिरानचोक ३गोरखा

    [३१]
    धन सम्पत्ति धेरै कमाएर लागेछ मात,
    आफ्नो दुनाे भरी अरू माथि गरे अन्तर्घात ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    [३२]
    पहिला तिमीले आफ्नो औँकातको खोजी गर्नू,
    भतुवा खोज्दै हिड्ने बुज्रुगको पासमा पर्नू ?
    ✍️
    दस्ता कौशिक
    पाँचथर।

    [३३]
    तिम्रै लागि आधा जीवन बिताएँ मैले त्यसै,
    आखिरमा छोडेर गयौ चुसी जीवन रसै ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    [३४]
    जिताउन भनी तिनलाई के के गरे मैले,
    विकास केही गरेनन् भ्रष्टाचार गरे जैले ।
    ✍️
    भगवती दवाडी ,झापा

    [३५]
    तिम्रो जित र मेरो हारमा, खुसी मनाएँ,
    तिम्रो त्यो अनुहारमा मेरै आभास पाएँ ।
    ✍️
    बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [३६]
    उनलाई खुसी राख्न सधैँ हार्दै-हार्दै गयौ,
    चाहे जस्तै बन्न पुगेछौ र त दलाल भयौ ।
    ✍️
    अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [३७]
    खोली तरेर लौरी बिर्सने तिम्रो बानी,
    तिम्रो नै भरमा पर्दा भयो साह्रै हानी ।
    ✍️
    देबकी के .सी.
    काठमाडौ

    [३८]
    टेढो औँलाले घिउ झिक्नेहरू सबैतिर टिक्छन्,
    आफ्नो दुनो सोझ्याएपछि तिनी धोका दिन सिक्छन् ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ १, काठमाडौँ

    [३९]
    हार सम्झे जित सम्झे तिम्रोपछि पर्दा,
    अनायासै झुक्नु पर्यो तिमीले नै गर्दा ।
    ✍️
    जि कुमार गौतम
    भद्रपुर -१ झापा

    [४०]
    शुद्ध बानीबेहोराका गाह्रो मानिस पाउन,
    मिल्छ भन्ने थाहा पाए खोज्छन् बगर धाउन ।
    ✍️
    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [४१]
    आदर्शकाे पात्र ठानी सर्वेसर्वा ठान्दै दिएको साथ,
    तिम्रा घृणित व्यवहारले वाक्क भई समाए माथ ।
    ✍️
    प्रद्युम्न चालिसे
    देवघाट तनह ।

    [४२]
    जता हेर्यो धोखेबाज संसार देखियो,
    अलिअलि विश्वास थियो सबै मेटियो ।
    ✍️
    रचना शर्मा प्रतीक्षा,
    महालक्ष्मी नपा, ललितपुर ।

    [४३]
    जता हाेचाे उतैतिर ताल आफैँ पर्छ,
    निमुखाकै मुखभित्र घाेचाे पर्ने गर्छ।
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [४४]
    नसकिने भयो विकासमा हानाथाप हुन हाले,
    घिउ मुछेर भात खाऊ भन्दा हात टोक्दिन थाले ।
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४२औँ शृङ्खला शनिबार सम्पन्न

    सरकारी खातामा रेमिटेन्स भर्न १५ वर्ष विदेशिएका कृष्णको परिवारको कथा सरकारलाई के थाहा !

  • १३ श्रावण २०७९, शुक्रबार ००:५० मा प्रकाशित

  • चितवन : सरकार विदेशी मुद्रा घट्यो भन्दै वैदेशिक रोजगारीको नयाँ गन्तव्य खोज्दै छ। अनि विदेशमा काम गर्न गएकाहरूलाई उतै लामो समय काम गरेर देशको खाता विदेशी मुद्राले भरिदिन आग्रह गरिरहेको छ। तर त्यही वैदेशिक रोजगारीका कारण लामो समय परिवारका सदस्य छुट्टिएर बस्दा भइरहेका आपराधिक घटनाप्रति भने उसमा कुनै चासो देखिन्न।

    यो हप्ता यस्तै एक घटना घट्यो चितवनमा। जसको मुख्य कारण वैदेशिक रोजगारीका लागि श्रीमान् लामो समय बाहिर बस्दा मनमा गढेको शङ्का नै देखियो। लामो समय विदेश बसेर आएका श्रीमानले आफ्नी श्रीमतीको चरित्रमाथि शङ्का मात्र गरेनन् छोरीका अगाडि खुकुरीले हानेर हत्या गरे। अनि तीन तलामाथिबाट हाम फालेर आफूले आत्महत्या गरे।

    चितवनको भरतपुर महानगरपालिका वडा न १० मा रहेको रमाइलो चोकमा भएको घटना हो यो। ४३ वर्षका कृष्ण आचार्य वैदेशिक रोजगारीबाट फर्किएको एक महिना मात्र भएको थियो। उनी परिवारका सदस्यलाई खबरै नगरी घर आएका थिए।

    उनी घर आएदेखि नै उनले श्रीमतीमाथि शङ्का गर्ने गर्न थाले। शङ्का कुटपिटमा बदलियो। उनकी श्रीमती रुश्मा घिमिरेबिचको घरायसी झगडा प्रहरीसम्म पुग्यो। दुवै सँगै बस्नै नसक्ने भएपछि सहमतिमै सम्बन्ध विच्छेद गर्न राजी भए तर अदालत जानु अगाडि नै कृष्णले श्रीमतीको हत्या गरेर आत्महत्या गरे।

    यो बिचमा उनीहरूबिच जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा छलफल समेत भएको थियो। रश्मिले घरेलु हिंसा विरुद्ध उजुरी दिएकी थिइन्। ३३ वर्षकी रुष्माले कृष्ण विदेशबाट फर्किएपछि अन्य व्यक्तिसँग सम्बन्ध रहेको भन्दै कुटपिट गर्ने गरेको भन्दै एकाघरमा बस्न नसक्ने बताएकी थिइन्।

    रुष्माले चितवन प्रहरीमा दिएको उजुरीमा कृष्णले घरायसी खर्च पनि नदिएर चरित्रमा टिप्पणी गर्ने गरेको उल्लेख गरेकी थिइन्। घरेलु हिंसा अन्तर्गत जाहेरी दिएपछि प्रहरीले पहिले चरणमा रुष्माको माइती पक्ष अनि कृष्णको परिवारसहित राखेर छलफल गराएको थियो।

    प्रहरीले छलफलमा तीन फ्ल्याटको घर रहेकोले रुष्मा र कृष्ण अलग-अलग फ्ल्याटमा बस्ने गरी सहमति गराइदियो। बाँकी छलफल असार १७ गते गर्ने गरी दुवै जना घर फर्किए।

    OOO

    कृष्ण १५ वर्षदेखि वैदेशिक रोजगारीमा थिए। रुष्मा तोरी खेतमा रहेको एक प्राथमिक विद्यालयकी शिक्षिका थिइन्। लामो समय श्रीमान्-श्रीमती टाढा रहँदा शङ्का बढायो। उनी जेठ १९ गते मात्रै नेपाल फर्किएका थिए। वैदेशिक रोजगारीकै क्रममा कृष्णको सुन्ने शक्ति पनि कमजोर भएको थियो। कानमा मेसिन लगाएर मात्रै प्रस्ट सुन्न सक्ने भएका थिए उनी।

    १५ वर्ष परिवारसँग टाढिनु, एक्कासि थाहै नदिई घरमा आउनु र आएदेखि नै श्रीमतीमाथि कुटपिट गर्नुले उनमा शङ्का बढाएको प्रस्टै देखिएको थियो। शङ्का बढाउनुको कारण वा उनको मानसिक स्वास्थ्यबारे प्रहरीले पनि त्यति चासो राखेन। पारिवारिक समस्याको रूपमा हेरेर सहमति वा सम्बन्ध विच्छेदतिर मात्र केन्द्रित हुँदा घटना घटेको देखिन्छ।

    प्रहरीको महिला सेल प्रमुख पूजा कार्की भन्छिन्’ आफू कमजोर भएकोले पनि कृष्णले श्रीमतीमाथि शङ्का गरेको हो कि भन्ने देखिएको थियो। उहाँ मेसिनको सहाराले मात्र सुन्न सक्नुहुन्थ्यो।’ यसले पनि उनमा कुनै मानसिक समस्या बढाएको संकेत गर्छ नै।

    उनीहरू अब अदालत गएर सम्बन्ध कानुनी रूपमा टुङ्ग्याउन राजी भएपछि प्रहरीले सोही अनुसारको कागज गराएको थियो। साढे १० बजे एक्कासि कृष्णले श्रीमती रुष्माको हत्या गरेको खबर पायो प्रहरीले। कृष्णको घरमा आमा बट्टाइदेवी आचार्य र उनीहरूका १२ वर्षीया छोरी थिइन्।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार आमा बट्टाइदेवी घटना भएको दिन घरमा थिइनन्। छोरी बाबुले आमालाई खुकुरी प्रहार गरेपछि रुँदै सडकमा गुहार माग्न निस्किएकी थिइन्।

    कृष्णले रुष्माको हत्या मात्रै गरेनन्। श्रीमतीको हत्यापछि आफै पनि घरको तीन तला माथिबाट हाम फालेर आत्महत्या गरेको हालसम्मको अनुसन्धानमादेखिएको प्रहरी बताउँछ। चितवनका प्रहरी प्रवक्ता डिएसपी अधिकारी भन्छन्’ ‘कृष्ण भागेको भन्दा पनि घटना हेर्दा श्रीमतीको हत्यापछि आत्महत्या गर्ने उद्देश्यले नै तीन तला माथिबाट हाम फालेको देखिन्छ।’
    उकेरा डटकम २०७९ साउन १२ गते १८:४३ मा प्रकाशित

    Posted in मुख्य खबर, समाजLeave a Comment on सरकारी खातामा रेमिटेन्स भर्न १५ वर्ष विदेशिएका कृष्णको परिवारको कथा सरकारलाई के थाहा !

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४१ औँ शृङ्खला सम्पन्न

  • १२ श्रावण २०७९, बिहीबार १३:३७ मा प्रकाशित
  • काठमाडौ, २५ असार । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४१औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ४५ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४१ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    तिमीले लुट्यौ आजसम्म अब त मेरो पालो,
    मैले पनि त पाल्नुपर्यो, भाइ भतिजो सालो ।

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू


    [१]
    पालैपालो लुट्नुपर्छ हामी मिलिजुली,
    पक्ष विपक्षको भेद नआओस् है खुली ।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [२]
    तिमीले गर्नु थियाे गरिसक्याै अब के गर्छाै,
    तिमीले पकेट भर्नु भर्यौ अब हामी भछाैँ ।
    ✍️
    शर्मिला खतिवडा
    विर्तामोड ,झापा

    [३]
    अलिकति राजस्व थोरै कमिशन नगर रिस धेरै,
    आउरेबाउरे पाल्नुपर्छ, आफन्त पनि हुन ति मेरै ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी

    [४]
    समयले पर्खदैन आज हाम्रै हातमा छ साँचाे,
    भाेलि भन्या के हाे के हाे देउ पद पूरा गर्छु खाँचाे ।
    ✍️
    प्रद्युम्न चालिसे
    देवघाट तनहुँ ।

    [५]
    यही हो बेला लुट्ने अहिले सत्ता कुर्सी हुँदा,
    हेर्न लाई मज्जा आउँछ दुखी गरिब रुँदा ।
    ✍
    नवशिला।
    बेलबारी -२,लालभित्ती,मोरङ।

    [६]
    पालैपालो जनतालाई हाल्नुपर्छ टालो,
    कति तिमि मात्र, म नि समाउँछु कठालो।
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [७]
    लुट्यौ, लुटिरह्यौ, म हेरिरहेँ, चुपचाप आजसम्म,
    लुट्छु म अब, जति सक्छौं हेर, पदचाप तबसम्म ।

    [८]
    लुटिनु छ अझैसम्म आफन्तबाट पटक पटक,
    तिमीले दियौ आश्वासन जस्ताको तस्तै के छ फरक ?
    ✍️
    जि कुमार गौतम
    भद्रपुर -१ झापा

    [९]
    तिमीले अब कमाइसक्यौ, पालो हाम्रो कमाउने,
    पालैपालो लुट्नुपर्छ, हामीलाई कस्ले समाउने ।
    ✍️
    बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [१०]
    युद्ध बगरी सत्तामा आयौ, बनायौ परिवार सुखी,
    सबैले चाख्यौँ सत्ताको स्वाद, छैनौँ हामी कोही दुखी ।
    ✍️
    प्रदीप के रिमाल
    इटहरी, सुनसरी।

    [११]

    पालैपालाे देश लुट्नु तिमीलाई जनले चुनेका,
    लाइनमा छन् नातागाेता विकासकाे जाल बुनेका।


    ✍️
    ताराप्रसाद चापागाईं
    धुनिबेसी

    [१२]
    घमण्डी हुनुको पनि पक्कै, एउटा सिमा त हुन्छ,
    लुट्छु भन्दैमा सर्वश्व आफ्नै ठाने, भोलि पक्कै रुन्छ ।
    ✍️
    राजेशराज गड्तौलाक
    रतुवामाई- १०, मोरंग हाल- प्रवास

    [१३]
    अब ढिला गर्नुहुन्न जनताले भरेको ढुकुटी रित्याएर खान,
    हेर हाम्रो पालो आएकोछ मीलिजुली खाएर बिदेश तिर जान ।
    ✍️
    बेदु न्यौपाने
    काठमाडौ

    [१४]
    लुट्नै जन्म लिएका सब पापी रहेछाै, पालाे मिलाई लुट,
    आफन्त, आसे, पासे, भराैटे, छाते, झाेले सात पुस्ता छ छुट ।
    ✍️
    निरज काेइराला
    बेलका १ उदयपुर , हाल: इटहरी

    [१५]
    शक्ति सत्ता हातमा हुँदा गरौँ मालामाल,
    पद र कुर्सी खुस्केपछि होला रित्तो थाल ।
    ✍️
    बिबस पारदर्शी
    भद्रपुर -२ झापा

    [१६]
    खुसी छु आज म त मेरो पनि पालो आयो कमाउने,
    के डर मलाई सयौँ पुस्ता पुग्छ सुखले रमाउने ।
    ✍️
    राम कुमारी खड्का
    तुल्सीपुर १९ दाङ्ग

    [१७]
    बाँच्नु आफू अनि आफन्त पर्छ बाँकी अरू मार्ने,
    भ्रष्टाचार गरेर बरु देश अब खोक्रो पार्ने।
    ✍️
    शंकर कार्की
    थाहा ३मकवानपुर

    [१८]
    परम्परा नै भएको छ देशको ढुकुटी लुट्नु,
    लागिसकेको यस्तो सुबानी कहाँ सक्छ र छुट्नु ?
    ✍️
    दीपक ठटाल जलन

    [१९]
    आलोपालो गर्दागर्दै जनता पो हुने भए शून्य,
    के गर्नु त सरोकारवालाले बिर्सिएपछि पुण्य ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ

    [२०]
    जुन जोगी आएपनि कानै चिरेका, तिमी नि त्यस्तै,
    औँलो नउठाऊ तिमी पनि कुहिएको आलु जस्तै ।
    ✍️
    देबकी के .सी.
    दक्षिणकाली ,काठमाडौ

    [२१]
    लाज पचेकाहरू फोहरी खेल खेलेर बस गर्दै आलोपालो,
    थाहा पाइसके अब जोगिई हिँड, भेटौला अनुहारमा कालो ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन – ६ संखुवासभा
    हाल मलेसिया

    [२२]
    कुर्सीमा कालोधनको वर्षा हुन्छ असाध्यै राम्रो,
    कहिले तँ बस, कहिले म बस्छु कुर्सी हो हाम्रो ।
    ✍️
    बिके माकजु
    भक्तपुर ।

    [२३]
    लुटेराले लुटेरालाई लुटोस् लुट्नुसम्म,
    देशद्रोही हुन् देश लुट्ने थुनौँ ढोका ढम्म।
    ✍️
    म्यामराज राई
    भोजपुर

    [२४]
    पहिले मैले थाहा पा’को कति मीठो भत्ता,
    अझ ल्याप्प पार्न पाइने आहा ! मीठो सत्ता ।
    ✍️
    प्रेम थापा “मन”

    [२५]
    नेताले जनताहरूलाई भेडा ठानेका,
    सरकारी सम्पत्ति सबै नै लुट्न जानेका ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा ।

    [२६]
    हाम्रो साझा सम्पत्ति हाे, हाम्रै त हाे देश,
    मिली खाऔँ मस्ती गराैँ, नहाेस् केही शेष ।
    ✍️
    मित्र उराठी गाैतम
    अमरपुर,गुल्मी हाल तिलाेत्तमा-२ रुपन्देही

    [२७]
    आफ्नो सेतो अनुहारमा कसले दल्छ कालो,
    भर्याङ पो ! ल्याइदिएका हुन् नभन्नु उचालो ।
    ✍️
    रिजाल विनोद

    [२८]
    मैले पनि अब देश लुटी खान्छु,
    राम्रो मान्छे बन्न म त कहाँ मान्छु ।
    ✍️
    विक्रम तिरूवा सलिन
    जुम्ला

    [२९]
    कुरा सुन तिमीभन्दा धेरै सुनचाँदी लुट्न सक्छु,
    अदालतमा मेरो लागि हैन तिम्रो बारेमा बक्छु ।
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड

    [३०]
    लुट्न नेता हुनुपर्दैन, पैसै हुन्छ साथी,
    खायौ खेल्यौ रमायौ रे ! हिसाब हुन्छ माथि ।
    ✍️
    योगप्रसाद उपाध्याय चापागाईं
    गोठाटार, काठमाण्डौं ।

    [३१]
    नातागाेतालाई पालैपालो जागिर दिएको,
    वीर याेध्दाहरूकाे भने सधैँ रक्त पिएको ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी -५, भक्तपुर ।

    [३२]
    पालाे गरिगरि खाओैँ र जनतालाई भेडो बनाओैँ,
    भुँडी ढाडिएर मराैँ अनि पुस्तौँपुस्तासम्म गनाओैँ ।
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    [३३]
    जहिले पनि तिमीहरू नै अगाडि किन,
    मेरा पनि आफन्तको फर्काइदेउ दिन ।
    ✍️
    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [३४]
    आफूले त सात पुस्तालाई पुग्ने अकुत सम्पत्ति जोड्यौ,
    हाम्रो भागमा भने बिँड खुस्किएको कुटो कोदालो छोड्यौ ।
    ✍️
    प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    [३५]
    देशलाई भित्रभित्रै आजभोलि भन्दै बनाइसके नि खोक्रो,
    जनतालाई कहिलेसम्म ओढाउने हुन् आश्वासन को बोक्रो ।
    ✍️
    सरस्वती श्रेष्ठ
    इटहरी

    [३६]
    आलोपालो गरिकन हामीले चलाउने हो सत्ता,
    भर्पाई मिलाई आफन्तलाई खुवाउने हो भत्ता ।
    ✍️
    त्रिलोचन भण्डारी
    मेचीनगर, झापा

    [३७]
    किन भन्छौ जनता हो बेकारमा यहाँ जेलाई पनि तेरो र मेरो
    नेता हौँ नेता ,हामी हामी मिलेर सबै पारिसक्यैाँ आफ्ना सेरो फेरो !
    ✍️
    पवन कुमार बुढाथेाकी
    काठमाडौं

    [३८]
    पालैपालो देश लुटीकन, भाइ भतिजो सालो,
    जनता उत्रेर विरोधमा लगाइदेलान् कालो ।
    ✍️
    गोपालकृष्ण डंगोल
    काठमाण्डौँ, हाल इटहरी

    [३९]
    जति सकिन्छ लुट्नै पर्छ सत्तामा पुगेको वेला,
    सोझा जनता जागेको दिन हुन्छ असली खेला।
    ✍️
    अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।
    (४०}
    रित्तो भयो ढुकुटी लुटेर पालैपालो.
    थन्काए बिदेशमा लुटेको धन कालो।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ भारत

    ४१)
    कमाउनु कमायाै अब पालाे अरूकाे हाे नि कमाउने,
    लुट्नु लुट्याै तिमीहरूले साेझा जनताले के समाउने ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    [४२]
    गरिब दुखी जनतालाई गरे हुन्छ शाेषण,
    लुटी ठगी भाइ भतिजा गराैँ पालनपाेषण ।
    ✍️
    रामकृष्ण रिजाल
    बाग्लुङ

    [४३]
    बल्ल मौका हात लाग्यो कुर्सीमा बस्ने, पहिले पाएको थिएन,
    शक्ति हातमा हुँदा कमाउने, पहिले परिस्थितिले दिएन ।
    ✍️
    रचना शर्मा प्रतीक्षा
    महालक्ष्मी नपा, ललितपुर ।

    [४४]
    लुट्नु लुट्यौ र चुस्नु चुस्यौ, नाम राख्यौ विकास,
    श्रीलङ्का झैँ भयो भने कसरी खोज्छौ निकास !
    ✍️
    रबि श्रेष्ठ
    सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही !

    [४५]
    टुलुटुलु हेर्नुपर्ने बन्याे परिवेश,
    लाैन दैव कसाे गर्ने देऊ उपदेश ।
    ✍️
    रामकृष्ण दुवाडी

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४१ औँ शृङ्खला सम्पन्न

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग – १ सम्पन्न

  • १२ श्रावण २०७९, बिहीबार ०८:०३ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य  समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको :- भाग १(एक)

    —————————
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
                       विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
               मिति:- २०७९/०४/१०
    ………………………………………….
    प्रशिक्षक:-
    ———–
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    सुशीला पौडेल
                  
    भाषा शुद्धीकरण
    ————
    सोमनाथ लुइटेल रवि पाल्पाली
    भवानी घिमिरे

    सङ्कलक :-
    ———-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

                  समयोजक
       दुर्गा आचार्य ,भवानी घिमिरे
                        तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल ।

    ======================

    अनुप्रास:-
    बाठो ,गाँठो,टाठो ,नाठो ,पाठो ,काठो ,आँठो ,डाँठो ,लाठो

    स्थायी:- रहेछ भन्थे

    अक्षर संख्या १८

    ======================

    पञ्चाङ्ग   ०१

    कस्तो अक्षम बुद्धि नभएको काठो रहेछ भन्थे ।
    अरुलाई राय दिन नसक्ने पाठो रहेछ भन्थे ।
    मनुष्य भएपछि त हुनुपर्ने  हो  मिलनसार ,
    कहिले फुकाउनै नसकिने   गाँठो रहेछ भन्थे ।
    अगाडि बढ्ने थिएँ तर अग्लाे आँठो रहेछ भन्थे।

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग   ०२

    उनको र मेरो मुटु एकै गाँठो परेछ।
    मेरो भन्दा उनको रगत टाठो  परेछ ।
    चिनाजानी भर्खर मात्र भएको हो हाम्रो ,
    उनीको घरका सबैजना बाठो  परेछ ।
    गल्तीले गर्दा मेरो थाप्लोमा लाठो परेछ।।

    💢मल्ल लक्ष्मी श्रेष्ट,मेची किनार
    बिर्तामोड झापा।

    पञ्चाङ्ग   ०३

    मट्याङ्रिले प्रेम गरेकाे मान्छे बाठाे रहेछ भन्थे ।
    देख्दा गाेज्याङ्ग्राे देखे पनि टाठाे पाे त रहेछ भन्थे।
    मान्छे राेज्न त त्याे महिला चतुर नै पाे रहिछे त ,
    छाेरीकाे बाउ हातमा सुमर्ने लाठाे रहेछ भन्थे ।
    काेही त मट्याङ्रिलाई उसकाे नाठाे रहेछ भन्थे ।

    💢मधुसूदन प्रसाद घिमिरे,काठमाडौं ।

    पञ्चाङ्ग   ०४
    १
    दिनभरी पढिन्थ्यो भरे लोभी काठो रहेछ भन्थे ।
    दक्षिणा मात्र धेरै खोज्ने निकै बाठो रहेछ भन्थे ।
    पुरोहित यजमान सामु  राम्रै पछि कुरा काट्न,
    गाउँभरीमा सबैभन्दा आफैँ टाठो रहेछ भन्थे ।
    बाहुनसँग श्राद्ध गर्न पनि घाटो रहेछ भन्थे ।
    २
    उनका छोरीका मुख हेर्दा त नाठो रहेछ भन्थे ।
    दक्षिणा गर्ने बेलामा पोकामा गाँठो रहेछ भन्थे ।
    त्यो बेला पुरोहितलाई पनि गाह्रो थियो अरे नि,
    सानो गल्ती हुँदा केही नजान्ने पाठो रहेछ भन्थे ।
    पढायो घर फिरेपछि लोभी काठो रहेछ भन्थे

    💢गुणनिधि घिमिरे खान्द्रोङ्ग पाँचथर
          उर्लाबारी मोरङ हाल अमेरिका।

    पञ्चाङ्ग   ०५

    सहयोगी बन्न सक्दछ हाम्रो  टाठो रहेछ भन्थे,
    गाउँमा आएको त्यो नयाँ मान्छे बाठो रहेछ भन्थे।
    दुःख सुखमा  साथ दिनु मानवीय व्यबहार हो,
    धेरै विश्वास गर्नु हुदैन है काठो  रहेछ भन्थे ,
    बुझ्नै नसकिने जाली कुराको गाँठो रहेछ भन्थे।

    💢होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग   ०६

    गाउँका सबैजना इष्टमित्र टाठाे रहेछ भन्थे ।
    यत्रतत्र  कुँद्न सक्ने चतुर पाठाे रहेछ भन्थे ।
    माैसम अनुसार चल्न सक्ने त  लागेकाे थिएन ,
    आफ्नाे गुह्य  कुरा नचुहाउने  गाँठाे रहेछ भन्थे ।
    चामल दिई पिठाे साट्दा धेरै बाठाे रहेछ भन्थे ।

    💢सुरेश चन्द्र घिमिरे।

    पञ्चाङ्ग   ०७

    रत्तिभर नै सुद्धी नभएको लाठो रहेछ भन्थे ।
    अपक्व साह्रै नै काँचो अनाडी पाठो रहेछ भन्थे ।
    उमेर बढेर के गर्नु दिमाग बोधो भएपछि,
    कहिल्यै परिपक्व नहुने यो काठो रहेछ भन्थे ।
    प्रगति र दुर्गतिको सिमाना आँठो रहेछ भन्थे ।

    💢वसन्त अनुभव
    घोराही, दाङ।

    पञ्चाङ्ग    ०८

    काेही देखिन्न कमजोर आज सबै बाठाे यहाँ ।
    विज्ञानले बनाएको छ अत्याधिक टाठाे यहाँ ।
    नैतिकता र कर्तव्यलाई थप्न सके त अझ ,
    मणिमा सुगन्ध पस्थ्याे चल्दैनथ्याे है लाठो यहाँ ।
    हर कार्यमा सिद्धि मिली फुक्दै जान्थ्यो गाँठाे यहाँ ।

    💢भवानी घिमिरे , सर्लाही ।

    पञ्चाङ्ग   ०९

    हेर्दा कमजोर संगतले बाठाे रहेछ भन्थे ।
    प्रविधिको पहुँच ठाउँमा छ टाठाे रहेछ भन्थे ।
    को भन्दा को कम छ आज बनाउदैछ समयले ,
    सबैभन्दा जान्ने सुन्ने  म भन्दा लाठो रहेछ भन्थे ।
    बाँधिएको सम्बन्ध चुँडिएको गाँठाे रहेछ भन्थे ।

    💢दुर्गा आचार्य, मोरङ ।

    पञ्चाङ्ग   १०

    देख्दा बाठो रहेछ भन्थे ।
    सानो पाठो रहेछ भन्थे ।
    आगो पानी रहेर आज,
    मात्र टाठो रहेछ भन्थे ।
    खाली लाठो रहेछ भन्थे ।

    💢आर्त अकुलीन, कैलाली।

    पञ्चाङ्ग   ११

    कसैले बाठो त कसैले लाटो  रहेछ भन्थे ।
    बुहारी खाउ कराईमा आँटाे रहेछ भन्थे।
    यस्तो पहिलाका बुहारीलाई भनिने शव्द ,
    देख्नेले सासू बुहारीकाे फाटो रहेछ भन्थे ।
    मनमा लागेकाे घाउको टाटो  रहेछ भन्थे ।

    💢सुमित्रा पोखरेल काठमाडौं।

    पञ्चाङ्ग    १२

    हाम्रा बा लाई सोझो भए नि, लौ! बाठो रहेछ भन्थे ।
    आँगनीमा उफ्री खेल्दा नि कस्तो पाठो रहेछ भन्थे ।
    सुका  मोहर  पैसा  गन्थे  रुपैयाँ  डालाेभरि भर्दै,
    अज्ञात  पाराले  घर  सम्हाल्ने  टाठो  रहेछ  भन्थे ।
    तिहुन थापी  विष्ट  थोरै  दिने  काठो  रहेछ  भन्थे ।।

    💢जमुना आचार्य, सिन्धुपाल्चोक।

    पञ्चाङ्ग   १३

    ऑसु बगेर खोला भयो ।
    ज्यान सुकेर तोला भयो ।
    दुखैदुःखको जिन्दगानी ,
    अरिङ्गालको गोला भयो ।
    दुई दिनको चोला भयो ।

    💢घनश्याम पौडेल, पोखरा ।

    पञ्चाङ्ग   १४

    बुढाे विदेश उसकाे गाउँमा नाठाे रहेछ भन्थे।
    पहिलो भन्दा त त्यो दस कुना बाठाे रहेछ भन्थे।
    आफन्तकाे रतिभर डर नमानी निर्भीक हिड्ने ,
    बाेलि वचनमा अलि कति टाठाे रहेछ भन्थे  ।
    उनको बुढाे धेरै साेझाे अनि लाठाे रहेछ भन्थे ।

    💢सहयात्री शाेभा अर्याल,  रुपन्देही  १४ बुटवल।

    पञ्चाङ्ग   १५

    गाउँ हुँदा तिमीलाई निकै नै बाठो रहेछ भन्थे।
    कहिले फुकाउन नसक्ने गाँठो रहेछ भन्थे।
    मानिस भए पछि काममा निरन्तर लाग्नु पर्छ,
    परिश्रम देखेर सबैले नै टाठो रहेछ भन्थे।
    कोही कसैले तिमीलाई साह्रै काठो रहेछ भन्थे ।

    💢सुशीला पौडेल , काठमाडौं ।

    पञ्चाङ्ग   १६

    ठूलो भइ आमालाई पाल्छु पक्कै हेर्नु होला ।
    आफ्ना र आफन्तलाई हजुरले केर्नु होला ।
    हेला गर्छन् आमालाई नहुने कुलाङ्गारले ,
    पढ्नु अनि हजुर यो कुरालाई  टेर्नु होला ।
    अब देखि आफ्नो सोच समयमै फेर्नु होला ।

    💢उत्तम शर्मा दर्शन।

    पञ्चाङ्ग   १७

    चिन्ने जतिले तिमीलाई निकै बाठो रहेछ भन्थे।
    सामाजिक काममा लागि पर्ने टाठो रहेछ भन्थे।
    मानव भएर मानवता देखाउनु पर्छ हामी,
    मित्रताको फुकाउन नसक्ने गाँठो रहेछ भन्थे।
    सबैमा मित्रता कायम गर्ने पाठो रहेछ भन्थे।

    💢ह्यारिस ह्यारिसन, काठमाडौं ।

    पञ्चाङ्ग     १८

    तिमीलाई त सबैले निकै नै बाठो रहेछ भन्थे ।
    तिमी र हरि फुक्नै नसकिने गाँठो रहेछ भन्थे ।
    साथी भएपछि सधैंभरि साथहुनु पर्छ तिम्रो,
    तिम्रो मेहनत देखे सबैले टाठो रहेछ भन्थे ।
    रिस गर्ने चै तिमीलाई साह्रै काठो रहेछ भन्थे ।

    💢अनुप आचार्य, काठमाडौं ।

    पञ्चाङ्ग    १९

    समयले सतायो गर्न नसक्दा सधैँ लाठो भन्थे ।
    अबुझ प्राणी त होइन तर पनि त्यो पाठो भन्थे ।
    व्यबहार मानवलाई गरिने कहिले भएन ,
    तिक्तता जमिन घटेर होला कसैको आँठो भन्थे
    चलाख तीक्ष्ण बुद्धि भएको मनुष्य टाठो भन्थे।

    💢दुर्गा निरौला , काठमाडौं ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग – १ सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P