मुग्लिन चितवन ! दोस्रो इच्छाकामना महोत्सव २०८० को छैटौ दिन महिलाहरूको पर्व हरितालिका तिजको अवसरमा तिज गित प्रतियोगिता स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती सहित भब्यताका साथ सम्पन्न गरेको छ ।
“हामी सबैको चाहना, समृद्ध इच्छाकामना” भन्ने मूल नाराका साथ इच्छाकामना उद्योग बाणिज्य संघ मुग्लिन र इच्छाकामना गाउपालिका वडा नं. ४ को संयुक्त आयोजना तथा इच्छाकामना एफ एम १०२.४ मेगाहर्जको सह–आयोजनामा भाद्र २७ गते देखि संचालित दोस्रो इच्छाकामना महोत्सव २०८० को छैटौं दिन असोज १ गतेका दिन तिज प्रतियोगिता सहित राष्ट्रिय कलाकार बालचन्द्र बरालको बेजोड प्रस्तुति रहेको थियो ।
तिजको बिशेष दिनमा गाउँपालिका उपाध्यक्ष माया शिलवालको सभापतित्व, बागमती प्रदेश साम्सद कृष्ण सिलवाल र गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ्को विशिष्ट अतिथिमा सम्पन्न भएको उक्त कार्यक्रममा आयोजित तिज गित प्रतियोगितामा सोह्र समूहले भाग लिएका थिए । हरेक समुहद्वारा उत्कृष्ट प्रस्तुती दिएता पनि प्रगति पाठशाला प्रथम भइ बीस हजार, सप्तरङी सांस्कृतिक मञ्च दोस्रो भइ पन्ध्र हजार र नेवा मिस पुच तेस्रो भइ दस हजार जित्न सफल भएका थिए ।
तिजको दिनको पावन अवसरमा करिब आठ देखि दसहजारको उत्साहाजनक अनुमानित उपस्थित रहेकोे थियो। तिजको दिनको उक्त उपस्थित जनमानसको भिडमा स्थानीय र राष्ट्रिय कलाकारहरूले आफ्नो बेजोड प्रस्तुति दिएर दर्शकहरुलाइ भरपुर मनोरञ्जन दिएर नचायका थिए । राष्ट्रिय गायक बालचन्द्र बरालको उपस्थितिले कार्यक्रम अझै रोचक र उत्साहजनक रहेको थियो ।
तिजको अवसर र महोत्सवको अवसर पारेर इच्छा कामनाका तेक्वान्दोका खेलाडीहरु जस्ले राष्ट्रिय र राष्ट्रिय स्तरमा पदक जितेर आएका थिए उहाँहरुलाइ पनी गाउँपालिकाले प्रामण पत्र सहित सम्मान गरेको थियो ।
आगामी दिनहरुमा महोत्सवका अन्य उत्कृष्ट रोचक राष्ट्रिय तथा स्थानीय गायकहरु कलाकारहरुद्वारा भरपुर मनोरञ्जन दिने र बाँकिका दिनहरुमा पनि महोत्सवमा आउनका लागी महोत्सवका संयोजक उद्योग बाणिज्य संघ मुग्लिन का अध्यक्ष कल्याण गुभाजुले जानकारी दिएका छन् ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- पैतालिसौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/०५/२८गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४५[ पैतालिसौँ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी
चित्र संकलन
सुशीला पाैडेल
शुद्धीकरण
जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ चित्रमा पञ्चाङ्ग
पञ्चाङ्ग:०१ बुवाको आशीर्वाद पाउने दिन। टाढा भएका छोरी धाउने दिन। सम्पूर्ण बुवामा शुभकामना छ, छोराछोरीको माया छाउने दिन। बुवाको भक्ति भाव गाउने दिन। सुशीला पाैडेल
पञ्चाङ्ग:०२
पितातिर्थ औँसीको शुभकामना
जन्म दिने भाग्य दिने कर्म दिने पिता। सन्ततीमा सुख अनि धर्म दिने पिता। मेलापात खेतालामा दिन रात साँझ, गाउँघर साथीभाई पर्म दिने पिता। सन्तानको सुखमाथी सर्म दिने पिता ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग:०३ पीडा कम गराई दिने मेरा बा। सुख,खुसी भराई दिने मेरा बा। आजको दिन विशेष सम्झना छ, दुष्टलाई हराई दिने मेरा बा। काम गर्दा सराई दिने मेरा बा। ह्यारिस
पञ्चाङ्ग:०४ हाम्रा सारा दुःख आफुले हर्नु भयो बुबाले। जीवनमा ज्ञानको मूल भर्नु भयो बुबाले। ईश्वर मानि सम्मान गर्दछौ कुंशे औशिमा , धर्तीमा उज्याला किरण छर्नु भयो बुबाले। आफ्ना सारा कर्तब्य पुरा गर्नुभयो बुबाले। सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग:०५
बाटो हुन् बा गोरेटो बनेर हिँडाउने। कलम हुन् बा भाग्य खनेर हिँडाउने। चिन्ता गर्नु हुन्छ ,छोराछोरीको सधै नै, लौरो हुन् बा, खुट्टामा गनेर हिँडाउने। नाता हुन् बा,आफन्त भनेर हिँडाउने।
होम प्रसाद नेउपाने धरान,सुनसरी।
पञ्चाङ्ग:०६ पितालाई साक्षात भगवान नै मानेका छन्। चढाउनलाई एकदिन लड्डु छानेका छन्। पितालाई भने तातो खोले खान मन थियो, पितालाई बुझ्नु भन्दा पुज्नु मात्रै जानेका छन्। यसैगरी पुजेर संस्कारलाई धानेका छन् । -पशपति राई खोटाङ ।
पञ्चाङ्ग:०७
सुख दिई धेरै सन्तानका दुख हर्ने बुवा। जतीनै समस्याआएपनि अघि सर्ने बुवा। हाम्रो जीवन फलाउने फुलाउँने उहाँ नै , आवश्यकता समाधानकाे बिउ छर्ने बुवा। आइलाग्ने हरेक गल्तीमा माफी गर्ने बुवा।
उर्मिला के.शी. धनकुटा
पञ्चाङ्ग:०८ जन्म दिने आमा हाम्री कर्म दिने बाबा। आका सुसु गर्दा आमा मर्म दिने बाबा कस्तो प्यारो होला शव्द वरपिपलको, क ख सिकाउने आमा धर्म दिने बाबा । आफ्नो दुख नदेखाई पर्म दिने बाबा!
साउदी अरब ! गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जिजान, अभा खमिस साउदी अरबको आयोजनामा गत १५ सेप्टेम्बर शुक्रबारका दिन खमिस मुशैत स्थित क्रिस्टल हलमा बृहत् तीज कार्यक्रम सम्पन्न भएको छ ।
प्राबासमा रहेर पनि नेपाली दिदिबहिनीहरुको चार्ड हरितालिकाको विशेष अबसर पारेर आयोजित उक्त कार्यक्रम महिला तथा पुरुषहरु गरी २५० जनाको उपस्थितिमा भब्य भएको कुरा जिजान समितिका सल्लहकार लाल बहादुर मगरले जानकारी गराए।
साउदी अरबको दक्षिणी भेग स्थित रमणिय तथा पर्यटकिय स्थल अभा खमिसमा आयोजित कार्यक्रममा यहाँ कार्यरत स्थानिय कलाकारहरुले आफ्नो कला प्रदर्शन गरेका थिए । साथै आयोजकबाट दर(भोजनको) को ब्यवस्था पनि गरिएको थियो।
क्षेत्रीय समन्वय समिति जिजानका उपाध्य्क्ष होमनाथ रेग्मिद्वारा संचालित उक्त कार्यक्रम उक्त तिज कार्यक्रम संस्थाका अध्यक्ष शंकर पौडेलको सभापतित्व र जेद्दा स्थित नेपाली महाबाणिज्यदुतको बिशिस्ट अतिथी साथै गैरआवासीय नेपाली संघ साउदीकि अध्यक्ष रबिना अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
बिशिस्ट अतिथी र प्रमुख अतिथीले भौगोलिक दुरिका कारण अनलाइन मार्फत आफ्नो मन्तव्य राख्दै शुभ कामना दिनु भएको थियो।
साउदी अरब ! गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जिजान, अभा खमिस साउदी अरबको आयोजनामा गत १५ सेप्टेम्बर शुक्रबारका दिन खमिस मुशैत स्थित क्रिस्टल हलमा बृहत् तीज कार्यक्रम सम्पन्न भएको छ ।
प्राबासमा रहेर पनि नेपाली दिदिबहिनीहरुको चार्ड हरितालिकाको विशेष अबसर पारेर आयोजित उक्त कार्यक्रम महिला तथा पुरुषहरु गरी २५० जनाको उपस्थितिमा भब्य भएको कुरा जिजान समितिका सल्लहकार लाल बहादुर मगरले जानकारी गराए।
साउदी अरबको दक्षिणी भेग स्थित रमणिय तथा पर्यटकिय स्थल अभा खमिसमा आयोजित कार्यक्रममा यहाँ कार्यरत स्थानिय कलाकारहरुले आफ्नो कला प्रदर्शन गरेका थिए । साथै आयोजकबाट दर(भोजनको) को ब्यवस्था पनि गरिएको थियो।
क्षेत्रीय समन्वय समिति जिजानका उपाध्य्क्ष होमनाथ रेग्मिद्वारा संचालित उक्त कार्यक्रम उक्त तिज कार्यक्रम संस्थाका अध्यक्ष शंकर पौडेलको सभापतित्व र जेद्दा स्थित नेपाली महाबाणिज्यदुतको बिशिस्ट अतिथी साथै गैरआवासीय नेपाली संघ साउदीकि अध्यक्ष रबिना अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
बिशिस्ट अतिथी र प्रमुख अतिथीले भौगोलिक दुरिका कारण अनलाइन मार्फत आफ्नो मन्तव्य राख्दै शुभ कामना दिनु भएको थियो।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– १२१ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१] विकृती उल्टो जमाना कठै मौलाउँदो संस्कृति !
वसन्त अनुभव [२] संस्कार काँधमा कुकुर अनौठाे सोख धिक्कार !
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: साठीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६० [साठीऔंमा]
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८०/०५/२५गते भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ……………………………………….
प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ……………………… भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
……………………………………………… पञ्चाङ्ग:०१ दुःख पर्दा जहिले तुच्छ मान्छ मान्छे। सुखसयल हुँदा उच्च ठान्छ मान्छे। मान्छेको स्वभाव विचित्रको छ यहाँ, गरीब हुँदा पीडा भोग्दै जान्छ मान्छे। स्वार्थी भावनाले जहिले तान्छ मान्छे।
पञ्चाङ्ग:०२ सबै खालका पाप फालेर तीज मनाइन्छ। झलमल दियालो बालेर तीज मनाइन्छ। माइत जाइन्छ,भेटघाट हुन्छ स- प्रेमीमा, छम छम पाईला चालेर तीज मनाइन्छ। मिठा मिठा भोजन हालेर तीज मनाइन्छ।
होम प्रसाद नेउपाने धरान,सुनसरी ।
पञ्चाङ्ग:०३
उत्कृष्ट साहित्य लेखेर पनि साहित्यकार बनिन्न रहेछ। परिश्रम गर्दा पनि साहित्यमा परिश्रमी भनिन्न रहेछ। प्रचारप्रसार गर्ने, पुस्तक छपाउन सक्ने ठूला श्रष्टा रे, पैसा लगानी नगर्ने गरीबहरू त यहाँ गनिन्न रहेछ। ठूलाको सँगत नहुने राम्रो साहित्यकार जनिन्न रहेछ ।
रचना “प्रतीक्षा” ललितपुर ।
पञ्चाङ्ग:०४
तिजमा माइतमा जाने बरिलै। दिदीबहिनी दर खाने बरिलै। नेपालीको तिज रमाइलो पर्व, संस्कार र संस्कृति माने बरिलै। नारीको सारी राम्रो ठाने बरिलै। शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:०५
बर्ष दिने नारीको चाड आयो बरिलै। देशै भरी तीजको पर्व छायो बरिलै। छोरी चेलीको रमाइलो यहि पर्व हो, हामी नारी पर्वले देशै खायो बरिलै। सबै नारी भेला भएर रायो बरिलै। बेदु न्यौपाने काठमाडौँ ❤️
पञ्चाङ्ग:०६ महिलाहरूले राम्ररी घर खान थाले। दुध मात्रै होइन अब तर खान थाले। पहिला जस्तो छैन अहिले धन धेरै भो, संस्कृतिमाथि विकृतिको थर खान थाले। महिना दिन अघिबाटै दर खान थाले ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग :०७ सधै अरूको काधमा चल्नु पर्ने। पाइलो टेक्नै नपाई ढल्नु पर्ने। मूर्दालाइ पनि कहाँ शान्ति छ र ? कि माटो भित्र परेर गल्नु पर्ने । कित चित्तामा चढेर जल्नु पर्ने ।
विवश पारदर्शी झापा,
पञ्चाङ्ग:०८ घुमी आयो तिज मन खोलेर नाचौ बरिलै। नाचौ है नाचौ बाडुले कम्मर भाचौ बरिलै। पीडा मनको गीतमा पोख्ने तिज पर्व हाम्रो , छैन भर जीवनको खुशी भै बाचौ बरिलै। नगरौ भड्किलो सस्कृतिलाई साचौ बरिलै। सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग:०९ सदैव जिन्दगीमा जिउने कला चाहिँदो रहेछ। बाँच्न कठिन हुँदा पिउने कला चाहिँदो रहेछ। मानिसले मानिसलाई बाँच्न नदिने भए यहाँ, फाटेको लुगा जस्तै सिउने कला चाहिँदो रहेछ। दुष्टको सामुन्नेमा थिउने कला चाहिँदो रहेछ। ह्यारिस
पञ्चाङ्ग:१० जल्ले मान्दैन विश्वास जीव मर्न गयाे भने। फेरि फर्कन्न त्याे कैले चिता भर्न गयाे भने। आस्था धर्म विना भन्छन् श्रद्धा सुमन के गरी, तैपनि भन्दछन् तिन्ले लास पर्न गयाे भने। अनास्था हुन्न क्वै ठानाैँ आत्मा सर्न गयाे भने।
ताेयानाथ सुवेदी काँडाघारी,काठमाडौं
पञ्चाङ्ग:११ उताउलाे पनको भुमरीमा परेकाे छ हिजाेआजकाे तिज। हाेटल अनि पार्टी प्यालेसमा सरेकाे छ हिजाेआजकाे तिज। सवै तिज पार्टीमा रमाउने श्रमीकहरुलाई पिडा मात्रै, गरिव दुःखीलाई हाेच्याउँने गरेकाे छ हिजाेआजकाे तिज। त्यसैले हाेला रितीरिवाजनै मरेकाे छ हिजाेआजकाे तिज।
मुग्लिन ! चितवनको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपलिकामा संचालित दोस्रो इच्छाकामना महोत्सव २०८० को दोस्रो दिन दोस्रो दिन राष्ट्रिय कलाकार दोहोरी गायिका बबिता जेरि र गायक चन्द्र परियार को दमदार प्रस्तुती हुने भएको छ ।
“हामी सबैको चाहना, समृद्ध इच्छाकामना” भन्ने मूल नाराका साथ इच्छाकामना उद्योग बाणिज्य संघ र इच्छाकामना गाउपालिका वडा नं. ४ को संयुक्त आयोजना तथा इच्छाकामना एफ एम १०२.४ मेगाहर्जको सह–आयोजनामा हिजो भाद्र २७ गते देखि संचालित दोस्रो इच्छाकामना महोत्सव २०८० को दोस्रो दिन बबिता बानिया जेरि र चन्द्र परियार, बेली डान्सर बन्दना विश्वकर्मा, डान्सर तथा मोडल गुड्डी तामाङ र सहित विभिन्न स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी गराएकोछ ।
महोत्सवको पहिलो दिन सभापति रुद्र उप्रेती र प्रमुख अतिथि कृष्ण सिलवालको प्रमुख आतिथ्य मा सम्पन्न उद्घाटन समारोहमा विभिन्न समुदाय तथा संघ संस्थाहरुले आ आफ्नो रितिरिवाज अनुसारको झाँकी प्रर्दशन गरेका थिए ।
यसै गरि महोत्सव को १२ दिन सम्म विविध राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुद्वारा भरपुर मनोरञ्जन दिने पनि महोत्सवका आयोकहरुले जानकारी दिएका छन् ।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ८० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– १२० मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१] महिला दरको अनुपान संस्कृति जोगाऔँ अभियान !
वसन्त अनुभव [२] तिज संस्कृतिको गर्वमा मौलायो विकृतिको बीज !
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- चवालिसौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/०५/२१गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४४[ चवालिसौँ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी
चित्र संकलन
सुशीला पाैडेल
शुद्धीकरण
जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ चित्रमा पञ्चाङ्ग ~~~~~~
पञ्चाङ्ग:०१ तिमीसँग पवित्र माया लगाएर बसे म। आएका समस्या सारा भगाएर बसे म। हामी दुईको प्रेम अमर बनाउन मैले, तिमी प्रति सधैं भक्ति जगाएर बसे म। तिम्रो साथ हुन आँसु बगाएर बसे म। सुशीला पाैडेल
पञ्चाङ्ग:०२
माटो र ढुङ्गो जस्तो बलियो भर बन्नु छ। सुनामीले नि नबगाउने घर बन्नु छ। जैविक होइन प्यार आत्मिक खोजेको हो, तिम्रो नामको पछाडि मेरो थर बन्नु छ। राधाकृष्णको प्रेम जस्तो अ मर बन्नु छ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग:०३
जीवन चलाउन प्रेमकाे जाेडी बन्नु पर्छ प्रेमी दुबैले मनकाे सबै कुरा भन्नु पर्छ जाेडी यस्ताे हुनु पर्छ जस्तै राधाकृष्णकाे झैँ जाेडी बन्नलाई मिलनका दिन गन्नु पर्छ प्रेम गर्न सजिलाे छैन खेत झैं खन्नु पर्छ
नवराज भट्ट कञ्चनपुर
पञ्चाङ्ग:०४ प्रेमी जोडी राम्रो बन्न सक्नु पर्छ। तिम्रो राधा प्यारी भन्न सक्नु पर्छ। जोडी बनोस् त राधा र कृष्ण जस्तो, विरोधीलाई त खन्न सक्नु पर्छ। जोडी बन्ने दिन गन्न सक्नु पर्छ। ह्यारिस
पञ्चाङ्ग :०५
आयौं कृष्ण द्वापरमा केही गर्न भनी । पापिष्ठकाे संघारले भू भार हर्न भनी। दुष्ट आत्मा कंस थियो मारी दियौ यहाँ , सज्जनकाे रक्षा गर्दै धर्म छर्न भनी। हटाउँदै दुर्गन्ध सुवास भर्न भनी ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०६ राधा र कृष्णको जस्तो प्रीत होस्। माया गर्नेको सॅधै नै जीत होस्। पापी छ दुनियाॅ क्यै भर हुन्न, सक्कली माया गर्दिने रीत होस्। जुगौॅ जुग बज्ने बज्ने गीत होस्। घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०७ तिमीसंग पबित्र माया लगाएर बिर्से मैले। समान भाव ग्वालिनिमा जगाएर बिर्से मैले। जसरी पनि चर्चा हाम्रो प्रेमको छ राधा यहाँ , प्रेम जीवन सार ध्वनी बगाएर बिर्से मैले। धर्म रक्षामा पापीलाई भगाएर बिर्से मैले। सुस्मिता पौडेल अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग :०७ अक्षर-१६
कृष्ण आएका द्वापरमा केही गर्छु भनेर। पापिष्ठकाे संघारले भू भार हर्छु भनेर। कंसमामा त्यो दुष्टलाई मारीदियौ तिमीले, सज्जनकाे रक्षा गर्दै म धर्म भर्छु भनेर । कुरिती यो हटाउँदै सुवास छर्छु भनेर ।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०९ भगवान कृष्णले जस्तै बासुरी समाउनु पर्छ। बाहिर जेसुकै होस् न भित्र आफैं रमाउनु पर्छ। बाँसुरीले दिन्छ मिठो सङ्गीत आनन्द अनि शान्ति, यसलाई अन्तर्मनमा सधैं नै जमाउनु पर्छ। यसरी जमेको धुन सबैलाई थमाउनु पर्छ। -पशपति राई खोटाङ ।
पञ्चाङ्ग:१० बाँसुरीकाे मिठाे धुन सुनेर लठ्ठै पर्छाैँ हामी। सेवा भक्ति भावले तिम्लाई मनमा भर्छाैँ हामी। तिम्रो लिला अपार नामनै जपेर नसकिने, हरे कृष्ण भन्दै तिम्रै नाम पुकार्दै तर्छाैँ हामी। गर्न परे सेवा जे परे पनि अघि सर्छाैँ हामी।
उर्मिला के.शी . धनकुटा !
पञ्चाङ्ग:११ विसङ्गति विकृति हटाउन आउ कृष्ण। कलियुगमा कल्किमाथी चाँडै धाउ कृष्ण। अत्याचार कुसंस्कार ले आगो बली सक्यो, नेपालीका मनमुटु सबैमा छाउ कृष्ण । सुधामा जस्तै भक्तहरू साथ लाउ कृष्ण।
बेदु न्यौपाने
काठमाडौँ ❤️
पञ्चाङ्ग:१२
श्रीकृष्ण अब पार लगाउ तिमी । दुष्टलाई सबै चाडै भगाउ तिमी । धर्तीमा दानवको चाप धेरै भो, जसरि हुन्छ शक्ति मगाउ तिमी। भक्तजनमा आश जगाउ तिमी।
सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग:१३
गोविन्द नाम छ हरिको श्री कृष्ण देव। यो विश्व धाम छ हरिको श्री कृष्ण देव। रक्षा हुने जगतको र हुने भलाई, संसार काम छ हरिको श्री कृष्ण देव। सिता र राम छ हरिको श्री कृष्ण देव ॥
९ सेप्टेम्बर २०२३, अल कासिम साउदी अरब गैरआवासीस नेपाली संघ, क्षेत्रिय समन्वय समिती, अल कासिमले ८ सेप्टेम्वर २०२३ शुक्रबारका दिन अल कासिमको साल्मिया स्थित रोम सिसा कम्पनी “ श्रमिक सचेतना तथा स्वस्थ्य परिक्षण” कार्यक्रम सम्पन्न गरेको छ ।
साउदीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धित श्रमिक सचेतना तथा स्वस्थ्य परिक्षण गरि श्रमिकहरुलाइ आवाश्यक स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ आयोजित उक्त स्वास्थ्य शिबिरमा डा. माजिद द्धारा सोही कम्पनी लगायत अन्य कम्पनीमा कार्यरत ६९ जना श्रमिकहरुको स्वास्थ्य परिक्षण गरी आवश्यक परामर्श दिईएको कुरा संस्थाका सचिब सिद्दिलाल श्रेष्ठले जानकारी दिए ।
उक्त शिबिरमा श्रमिकहरुको उच्च रक्तचाप, मधुमेह (Blood pressure, Sugar) को परिक्षण गरिएको थियो । परिक्षण गरिएका श्रमिक हरु मध्ये मधुमेह र उक्तरक्तचापबाट अधिक जोखिम भएका बिरामीलाई तत्काल नियमीत स्वस्थ्य परिक्षण र नियमित औषधी खान र आफ्नो काम, खानपानमा उच्च सतर्कता अपनाउन डा. माजिदले सल्लाह दिएका थिए ।
नेपाली राजदुताबास रियादका “लेवर काउन्सलर” देबेन्द्र राज कार्कीको विषेश उपस्थिती तथा गैरआवासीस नेपाली संघ आईसीसी सदस्य तथा नेपाली राजदुताबास रियादका अलकासिम प्रतिनीधी बिशाल कुमार श्रेष्ठ, एनसीसी साउदी अरबका उपाध्यक्ष मनिष कोइराला, आरसीसी अलकासिमका प्रुमख सल्लाहकार राजकुमार श्रेष्ठ, एनसीसी साउदी अरबका सचिव ध्रुबराज कटुवाल लगायत एनसीसी तथा आरसीसी पदाधिकारीहरुको उपस्थितीमा सम्पन्न गरेको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै आईसीसी सदस्य बिशाल कुमार श्रेष्ठले यस्तो कार्यक्रम निकै राम्रो रहेको र भबिष्यमा पनि यस्तो कार्यक्रम हरु अझै प्रभाबकारी र धेरै श्रमिकलाई सेवा बिस्तार गर्दै जाजु पर्ने बताए भने एनसीसी सचिव ध्रुबराज कटुवालले यस्ता श्रमिकजन्य कार्यक्रमका लागि आफ्नो साथ सहयोगको प्रतिबद्दता जनाएका थिए । कार्यक्रमको समापन गर्दै आरसीसी अध्यक्ष कृष्ण अधिकारी ले कार्यक्रम सोचेभन्दा राम्रो रहेको र कार्यक्रम सफल बनाउन सहयोग गर्ने डाक्टर तथा सबैलाई र उपस्थित सबै श्रमिक दाजुभाइहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा स्रोत साधनले भ्याए सम्म यस्ता कार्यक्रम नियमित गर्दै जाने बताए ।