• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०८

  • १८ कार्तिक २०८०, शनिबार २२:३९ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०८ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५५ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०८ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    थोरै मह चाट्नै पर्‍यो आफ्नो आउँदा पालो,
    पाल्नै पर्‍यो ~आसेपासे भाइभतिजा सालो ।

    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    १)
    चाट चाट पुरै चाट पालो मिलाई मिलाई,
    जति सक्छौ आफू ठुस लोकको मुख सिलाई ।
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    २)
    बेलाबेलामा आउँछ भुकम्पकाे धक्का,
    ज्यान जोगाइ राख्नुहोला सबैले पक्का ।
    -कृष्ण धामी – बझाङ

    ३)
    मह काढ्दाकाढ्दै हात चाट्ने बानी, हामीलाई परिसक्यो,
    हाम्रो कर्तुत थाहापाउँदा, स्वतन्त्रले खेदो खनिसक्यो।
    -कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    ४)
    मुखले चैँ धेरै राम्रो व्यवस्था भन्दै आशा देखाई देखाई ल्याए,
    व्यवहारले चैँ सात पुस्तासम्म पुग्ने सम्पत्ति कमाउन भ्याए !
    -पवन कुमार बुढाथेाकी
    काठमाडौं

    ५)
    भुइँचालाे आउने समय थाहा किन हुन्न ?
    भष्ट्राचारी अधर्मीलाई यसले किन छुन्न ।
    -जी.वि.चिन्तन घाेराही-१४ दाङ

    ६)
    चाट सबले मह पाइन्जेल हान्दै गर चौका,
    फेरि यस्तै कहिले आउॅंला र मात्रै यो छ मौका।
    -अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।

    ७)
    थोरै किन टन्नै खाऊ, तिम्रै भुँडी भर,
    ठगी खाने बानी पर्‍यो अब के को डर।
    -मन्दिरा सेढाई
    मलेखु,धादिङ

    ८)
    भाइभतिजा सालाे पाल्दा इज्जत सबै जाला,
    राजनीति बदनाम गर्‍यौ ठीक हैन चाला ।
    -ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    ९)
    पाेसिराख नातागाेता साली पुस्ता सात,
    जनताकाे गाली खाँदै जान्छाै खाली हात ।
    -निरज कोइराला
    बेलका १, हालः इटहरी

    १०)
    थोरै मह चाट्दाचाट्दै नै भाँडा प्वाल पार्‍यौ,
    यहाँ भन्दा कति चाट्छौ देश पीडामा झार्‍यौ।
    -बेदु न्यौपाने, काठमाडौँ ❤️

    ११)
    ठगी खाने भाँडो बनाए देश सधैँ कङ्गाल भयो,
    सयौँ पुस्ता नेपालीको जीवन दुखैदुःखमा गयो।
    -पुष्पा राई, खाेटाङ।

    १२)
    मह काढ्ने हात चाट्ने बानी परेका,
    देशको ढुकुटी सकी भुँडी भरेका ।
    -सरिता सेढाई धादिङ

    १३)
    बेइमान रहेछन् मह काढ्नेहरू आस मात्रै देखाए
    अरूलाई चखाउँछु भन्थे आफ्नै भागमा भाँडो घोप्ट्याए!
    -प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    १४)
    मौका यही हो पोस सकेजति पोस भाइभतिजा र सालो,
    यही व्यवहारले गर्दा देख्न नपरोस् भोलिको दिन कालो ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।

    १५)
    रगतसँग साटिएको गणतन्त्रले राष्ट्रलाई के दियो ?
    नातागोता फस्टायो तर जनताले दु:ख सिवाय के लियो ?
    -ध्रुव श्रेष्ठ
    खोटाङ, हाल काठमाडौँ ।

    १६)
    जनतालाई ढाँटी ढाँटी कुर्सीमा बसी हात चाट्न पल्केका,
    जिब्रो तिखारी भ्रष्टचारी पानी माथि ओभानु भई छल्केका ।
    -अम्विका अधिकारी
    झापा बिर्तामोड

    १७)
    निस्क अब, कुर्सी छोड आफैँ, गयो तिम्रो पालो,
    जनताले घिसार्लान् नत्र, समाएर कठालो ।
    -पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।

    १८)
    बानी बसेर हो चाटिरहेका छौँ दोष नदिनू,
    हेर पालैपालो मिलाएको छ अचम्म नलिनू ।
    -अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    १९)
    आफ्नो आफ्ना पाल्दापाल्दै गयो सबै खाले दिन,
    डाडु पन्यु उसकै हातमा अरू बाँच्नु किन ?
    -शंकर कार्की थाहा ३ मकवानपुर ।

    २०)
    आर्थिक प्रलोभनले नेताको मन लम्कायो,
    सरकारी निर्णयले जनतालाई चम्कायो।
    -भेष कुमारी लामिछाने देवदह ०५ ,
    खैरेनी , रुपन्देही ।

    २१)
    कर्मको बाटो सुन्दर हुन्छ हिँडौँ ल मिलेर,
    विकास कार्य कहिले पनि हुँदैन चिलेर ।
    -आर्त अकुलीन

    २२)
    आफ्ना मान्छे हुनेहरू बनेका छन् ठालु,
    सोझा र निमुखाले त पाएका छन् आलु ।
    -गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ

    २३)
    हाम्रै घार हाम्रै मौरी हाम्रै खाने मन पनि,
    किन कुर्ली हिड्छौ हामीलाई नानाभाँती भनी ?
    -नवशिला
    बेलबारी-२,लालभित्ती,मोरङ।

    २४)
    हेर्छन् सत्तामा पुगेपछि छोराछोरी साला साली,
    जागिर पनि खुवाउँछन् आआफ्नालाई नै खाली।
    -बाबुराम पाण्डे
    अर्घाखाँची

    २५)
    यी नेताहरू जनताको नाममा धन कमाउँछन्,
    उनीहरूका शाखा सन्तानहरू मात्र रमाउँछन् ।
    -निमा छिरिङ भोटिया
    जलढका कालेबुङ

    २६)
    आलोपालो मिलाएर नै चलाउँछन् सत्ता,
    जनतालाई जिल्ल पारी पचाउँछन् भत्ता ।
    -त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा

    २७)
    दुःखमा जसलाई खान बस्न सहारा दियो,
    नत सालो न भिनाजु अर्काको हुर्मत लियो ।
    -चुडामणी देवकोटा
    चनपा १३ काठमाडौँ

    २८)
    सकेसम्म लुट्नुपर्छ आफ्नो पालो आउँदा,
    पत्नी पुत्री भाइभतिजा भर्ने हो पाउँदा ।
    -कमला देवकोटा, पाल्पा

    २९)
    सर-सफाई गर्दैछौँ, भण्डारमा लागेको माकुराको जालो,
    हतार गर्छन् सत्तामा आउन, आफ्नै भरिएको छैन डालो।
    -होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    ३०)
    पालो पर्खी हानेकै हो नि त ठ्याक्कै मौकामा चौका,
    दोषी टार्दा डुब्न पो लाग्यो झन् आफैँ चढेको नौका ।
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे

    ३१)
    कति बस्ने निरीह भई अब जनता जुटोस्,
    भन्न मन छ भ्रष्टचारीको प्याट्टै भुँडी फुटोस् !
    -प्रेम थापा “मन”बागलुङ

    ३२)
    ढुकुटीलाई मह ठानी खान्छौँ चाटी चाटी,
    मौका मिल्दा छोडेका छैनौँ स्वदेशको माटी l
    -बाबुराम गौतम, गुल्मी

    ३३)
    गलगिद्ध हसुरेर थोरै भन्न मान्दैनौ नि लाज ?
    सात पुस्ता पुग्ने गरी कमाउन सकृय छौ आज ।
    -नन्दलाल आचार्य अक्षान्त
    सिद्धार्थटोल, उदयपुर ।

    ३४)
    बेरोजगार छन् युवाहरू के भयो अरू जति भएर ?
    मेरै भाइभतिजा साला जागिर खान्छन् नेपाल गएर ।
    -जमुना आचार्य सिन्धुपाल्चोक

    ३५)
    धेरै लोभ नगर भो एकदिन अवश्य मर्छौ,
    पाप अति गरेमा तिमी पक्कै अकालमा पर्छौ ।
    -सुशीला शिखा
    काठमाडौं कागेश्वरी

    ३६)
    मह मात्रै किन चाट्ने औँलै निल्दा हुन्छ,
    नत्र पछि त फेरि अख्तियारले छुन्छ।
    -दीपक ठटाल जलन,०४.११.२३

    ३७)
    देशको उच्च स्थान सबैमा आफन्तले भर्ने,
    भताभुङ्ग पार्‍यौ स्वदेश, युवा विदेश मर्ने ।
    -शोभा आचार्य गौतम

    ३८)
    सधैँभरि चोरी ठगी नेता गर्छौ भर्दै मात्र भुँडी,
    जनता भने पल्टाइ रहने बाँझो खेतकै लुडी।
    -भगवती दवाडी ,झापा

    ३९)
    भुइँचालोमा राहत बाँड्छौ आफ्ना मान्छे छानी,
    खुशी लाग्छ मौका पाए लिन्छु आफैँ जानीजानी ।
    -रचना शर्मा प्रतीक्षा

    ४०)
    सालो छोरा भाइभतिजा नपाल्ने त को होला ?
    मह काढ्नेले हात चाट्छ जसले बोक्छ झोला।
    -गुणनिधि घिमिरे अमेरिका

    ४१)
    छलछाम र तिकडमका आडमा पुग्छन् सत्तामा,
    जनताको अमूल्य मत मर्दछ सांसद भत्तामा ।
    -तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल

    ४२)
    विध्वंस मच्चाएर सत्ता हत्याइयाे सारिएन पाे खालाे,
    अब देश कङ्गाल बनाइयो गयो ढाँटहरूकाे पालाे ।
    -रामप्रसाद पुरी,बादेल, खाेटाङ

    ४३)
    पाँच वर्षलाई पाएको मौका किन छोड्ने ?
    पाएसम्म खाने हो, परम्परा किन तोड्ने ?
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाडौँ

    ४४)
    चाट्नै पर्‍यो हात हजुर, मह काढेपछि,
    यति गर्नै पर्‍यो पैसामा भोट साटेपछि ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    ४५)
    ठगी खानेले नै ठग्न हुन्न भनेर जान्छ,
    अब पनि त्यस्ताले भनेको कसले मान्छ ?
    -समुद्र
    जल्जला ७गण्डकी

    ४६)
    गरिबलाई आएको राहत सोहोर्छु सबै एउटै काम म गर्दिनँ,
    चुनाव त खल्तीको खेलौना हो, पाँच वर्ष मतदाताको सामु पर्दिनँ ।
    -राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।

    ४७)
    मह काढे हात चाटनु शिक्षा व्यर्थ भयो,
    राष्ट्रकोष जम्मै नेताका पेटमा गयो ।
    -योगप्रसाद उपाध्याय चापागाईं
    गोठाटार, काठमाडौँ

    ४८)
    गर्थे म्याउँ हिजो थिएन घरमा दाना र नाना धरो,
    सत्ता शक्ति भयो सबै नकचरा लाजै पचाई मरो ।
    -पद्मा काश्यप पाण्डे, मोरङ

    ४९)
    कति चाट्छ्याै मह तिमी कति गर्ने जाेह ,
    गुलियाेमा भुल्ने कस्ताे हाेला नि सम्माेह ?
    -हरिगाेपाल प्रधान
    बनेपा १४ साँगा बजार

    ५०)
    केही त फाइदा गरौँ बल्लतल्ल बनेको सरकार,
    अरूलाई लुटौँ आसेपासे गासेलाई खुवाऔँ यार ।
    -सुरेशकुमार पाण्डे
    दाङ घोराही १८

    ५१)
    राजनीतिलाई नेताले नै ठगी खाने भाँडो बनायो,
    तलब खुवाउन पैसा छैन भनी विदेशी कनायाे ।
    -राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।

    ५२)
    प्रजातन्त्र तिम्रै लागि गणतन्त्र तिम्रै लागि,
    भाग्यमानी नेताहरू जनताहरू अभागी ।
    -चिरञ्जीवी श्रेष्ठ
    धनकुटा ।

    ५३)
    देशका लागि गर्छु भन्दै झुट्टा आश्वासन देखाए,
    जनतालाई जहिले पनि मारै मारमा सेकाए ।
    -सरस्वती श्रेष्ठ इटहरी

    ५४)
    नगर्नु सर्वस्व खर्च गरेपछि चुनावमा,
    मिली खानुपर्छ के राख्या छ मनमुटावमा ?
    -गाेपालकृष्ण डंगाेल
    हाल इटहरी।

    ५५)
    ढाँटी छली धेरै खायौ देश पार्‍यौ रित्तो,
    जनताले चिने अब काढ्छन् है उछित्तो।
    -रामशरण न्यौपाने, भक्तपुर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०८

    साताका तीन लघुकथा- ४३

  • १८ कार्तिक २०८०, शनिबार २१:०० मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (४३औँ) शृङ्खलाका लागि लघुकथाकार डा.विदुर चालिसेको लघुकथा ‘थाप्लो’, लघुकथाकार केशवराज आमोदीको लघुकथा ‘अभिवादन’ र लघुकथाकार म्यामराज राईको लघुकथा ‘अन्याय र न्याय’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथा: थाप्लाे

    डा. विदुर चालिसे
    -“तँलाई हेर ! मलाई हेर !! सबैतिर हेर !!!” आक्रान्त परायण मन्तव्य पाेखिरहेका थिए । पाेखिएका मन्तव्यका तरल पदार्थले न हिउँ भेट्टाउँथ्याे न त ज्वालामुखी उकासकाे लाभा नै उछिट्याउँथ्याे । चर्काे प्रभाव र मन्तव्यकाे बहाबमा भुइँतिर टेकिरहेका संसर्गीहरू निदाएथे । उत्सर्गीहरू गफमा मस्तनामा गफ हानिरहेका थिए । एकजनाले हाँसाेका बीचमा साथीलाई भन्यो-
    “ओई ! तेराे थाप्लाे छाम त !”

    साथी झस्कियाे । एक उत्सर्गीले खुट्टा छाम्याे। अर्काेले भुइँ काेतर्‍यो । अर्काेले नाक नेपायाे । अर्काेले दाह्री सेपायाे। बेजाेड हाँसाेका बीचमा आक्रान्त परायण चिच्याउन थाले ।
    “बुझ्नू ! अब कसैलाई छुट हुने छैन ।”
    हल्लाखाेर र कामचाेर मान्छेहरू लुसुलुसु बाहिर निस्के अनि अर्काे मितव्ययी भुँडेलाई भेटेर साेधे- “भर्खर ?”
    “अँ, हस्पिटल जानुपरेकाेले !”
    “ओहाे सम्मानका लागि तपाईँकाे नाम लगातार आएकाे थियाे त !”
    “त्यही त, सम्मान लिन पनि भ्याउँदिन, अन्तै काम पर्छ धेरै ।”
    हल्लाखाेर र कामचाेरहरू बाहिर बखान गर्न लागे ।
    “बास्तवमा याे भुँडेले थाप्लाेमा हात राखिदियाे भने त हाती जस्ता भन्ट्याङ भुन्टुङ त किचिक्कै हुन्छाै ।”

    खुइलिइरहेका र खुइल्याइरहेकाहरू एक अर्काेलाई थाप्लाेमा हात राख्न खाेजिरहेका थिए । उनीहरूलाई जीवन पर्यन्तमा शिवजी बन्ने धुन थियाे । एकजना भद्रले कराए-
    “अब हातमा थाप्लाे राखे मात्रै परिवर्तन हुन्छ ।”
    हाँसिहाँसी मेराे मन पनि रूनथाल्याे । हात थाप्लाेमा राखखौँ की थाप्लाेमा हात राखौँ ।

    २)
    लघुकथा: अभिवादन

    केशवराज आमोदी
    साहित्य र संस्कृति अनि नैतिकता र मर्यादाका बारेमा धारा-प्रवाह भाषण छाँटेर राष्ट्रिय पोसाकमा विभूषित नेताजी खुलामञ्चबाट सिंहदरबारतिर गुज्रिरहेका हुन्छन् । आफ्ना कार्यकर्तालाई पनि राष्ट्रियता र संस्कृति एक-अर्काका पूरक हुन् भनिरहेका हुन्छन् ।

    व्यस्त सडकमा अनगिन्ति जनसमुदायद्वारा निर्झरिणीका सहस्र-धारा बर्सिएझैँ उनीप्रति बर्सिएको अभिवादनले म आकर्षित हुन्छु । उनी फूलमाला र अभिवादनले भरिएर स्व-गन्तव्यतिर लम्किंदै हुन्छन् । कुनै बेला गाह्रो साँघुरो पर्दा हार-गुहार गर्ने आशा भरोसाका केन्द्रविन्दु उनै हुन् भन्ने सोचेर म पनि अनायास नेताप्रति अभिवादन अर्पण लालायित हुन्छु ।

    म अञ्जुली बाँधेर केही झुक्न खोज्छु । तत्काल मेरो नजिकैबाट केही शिक्षित युवा समुदायको उपहाससहितको प्रतिक्रिया मेरा कर्ण-कुहरमा ठोकिन्छन्। ‘कस्तो पागल समाज हो यो ! हिडन्ते-कार्टुनलाई पनि अभिवादन गर्छ , हा ! हा !! ।’
    सुखौरा , केशवटार , तनहूँ
    हाल : रत्ननगर नगरपालिका , चितवन

    ३)

    लघुकथा – अन्याय र न्याय

    -म्यामराज राई
    “न्यायालयमा राजनीति छिरेपछि किन चाहियो अलग्गै अड्डा अदालत ?” राजकले आफ्नो भॅंडास ओकल्यो ।
    ऊ पार्टी प्रमुख हो, जसले नियम विपरित सरकार गठन गरेको थियो । पुग अपुग महिना दिनमा फैसला आयो- ‘अहिलेको सरकार काम चलाउ हो । रित पुराउन सक्नेले सरकार गठन गर्नू ।’

    विपक्षीले चौबिस घण्टा नबित्दै चामल, कनिका, भुस र घुन समेत मिलाएर सरकारको दाबी पेश गर्यो । तत्कालको लागि रित पुगेकोले सरकार बन्यो । सबैको मालामाल हुने दिन आयो ।

    अचानक ठुलो हुरी चल्यो । बतास आयो । चामल र कनिका त जहाँको त्यही थिए । तर भुस पूरै उडाइलग्यो । घुनको त आफ्नै पखेटा पलाएको थियो । ठ्याक्कै एक महिना पुगेको दिन जोखे । हुनुपर्ने जति वजन पुगेन ।

    पुन: न्यायालयको ठाडो आदेश आयो – ‘सङ्ख्यात्मक रूपमा ठुलो जमात भएको पार्टीले सरकार गठन गर्नू ।’
    ठुलो पार्टी राजकको हो । राजकको नेतृत्वमा सरकार गठन भयो । घुमीफिरी रुम्जाटार भनेझैँ पुन: उसैको पोल्टो भरियो ।
    “राजनीतिमा अझै पनि न्याय मरेको छैन भन्ने उदाहरण हो यो ।” राजकको खुसी बोल्यो ।

    • २०८०/०७/१३, सोमबार
      हतुवागढी -६, होम्ताङ्, भोजपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा- ४३

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२८

  • १८ कार्तिक २०८०, शनिबार १८:३३ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२८ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १२८ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    खेती
    उन्नत प्रविधि
    कृषिमा आत्मनिर्भर राष्ट्र !

    • वसन्त अनुभव

    [२]
    कृषि
    नयाँ प्रविधि
    मानव संसाधन विधि !

    • गोपेन्द्र रिजाल, पाँचथर

    [३]
    रुँदै
    खेतमा कृषक
    नेतामा सुविधा विकास !

    • निरज कोइराला
      बेलका-१, हालः इटहरी

    [४]
    युग
    कृषि कला
    आत्मनिर्भरले गरी खाला !

    • भवानी घिमिरे, सर्लाही

    [५]
    खेती
    उन्नत प्रविधि
    कृषिमा आत्मनिर्भर विधि !

    • बेदु न्यौपाने, काठमाडौँ

    [६]
    किसान
    युवा खाडीमा
    नयाँ सरकारको नीति !

    • डिल्लीराज घिमिरे, अर्घाखाँची

    [७]
    विकल्प
    नभएपछि जोतिनुपर्ने
    उन्नतितिर सबैले लाग्नुपर्ने !

    • नन्दलाल आचार्य अक्षान्त
      सिद्धार्थटोल, उदयपुर

    [८]
    पति
    दुई श्रीमती
    जोतिएर हुन्न खेती !

    • ध्रुव श्रेष्ठ
      खोटाङ, हाल: काठमाडौँ

    [९]
    खेती
    नयाँ प्रविधि
    देखियो अचम्मको गतिविधि !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा

    [१०]
    बोली
    नयाँ प्रविधि
    भित्राउने योजना झोली !

    • गङ्गा खड्का
      बुढानीलकण्ठ, काठमाडौँ

    [११]
    प्रविधि
    सधैँको विपत्ति
    फाली मासेर सियो !

    • सविता के.सी.
      दक्षिणकाली-९, काठमाडौँ

    [१२]
    खेती
    कृषिमा प्रभाव
    दक्ष जनशक्तिको अभाव !

    • सम्झना थापा मगर, स्याङ्जा

    [१३]
    नारी
    उत्पीडित जाति
    पीडा भरिएको तस्बिर !

    • राजाराम रत्गैंया, अमौरा, कैलाली

    [१४]
    कृषि
    जीवन निर्वाह
    नवीन प्रविधिको अभाव !

    • आर्त अकुलीन

    [१५]
    कृषि
    बाँच्ने रीति
    भएन युगानुकूल उन्नति !

    • केन्द्रप्रकाश बराल, इलाम

    [१६]
    कृषि
    आफैँ जोतिएर
    गर्नुपर्ने पीडा बिर्सी !

    • अमृत सुवेदी, रुपा सात, कास्की

    [१७]
    कृषि
    नहुँदा प्रविधि
    देशको यस्तो स्थिति !

    • बुद्धिप्रसाद लामिछाने, कैलाली

    [१८]
    पौरख
    सबै भ्रष्टैभ्रष्ट
    कृषिमा असफल राष्ट्र !

    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी

    [१९]
    सस्तो
    नेपाली प्रविधि
    देख्दै अत्याधुनिक जस्तो !

    • विवश पारदर्शी, झापा

    [२०]
    खेती
    दुखिया कर्म
    राज्यले बुझेन मर्म !

    • तोया नाथ चापागाईं
      दमक, झापा, नेपाल

    [२१]
    चेतना
    मानसिक शक्ति
    संसार बनाउने भक्ति !
    -कविदत्त ढकाल
    ताँजाकाेट-४, हुम्ला

    [२२]
    किसान
    मेहनत गर्ने
    लगाएर दिलो ज्यान !

    • घनश्याम पौडेल, पोखरा

    [२३]
    नारी
    थपियो काम
    जिम्मेवारी भयो भारी !

    • प्रभादेवी पौडेल
      भरतपुर-९, चितवन

    [२४]
    खेतीपाती
    पुरानो हलो
    पुरुष महिलाको थलो !

    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी

    [२५]
    श्रीमती
    काममा जाेतिन्छन्
    साँझ विहान निरन्तर !

    • शिवहरि अधिकारी

    [२६]
    प्रविधि
    मानव संसाधन
    कृषिको हुँदैछ पतन !

    • कमला देवकोटा, पाल्पा

    [२७]
    अगुवा
    भ्रष्ट गफाडी
    जनजीवन पशु समान !

    • गोपालप्रसाद पौड्याल

    [२८]
    कृषि
    हाडछाला पिसि
    आधुनिकताले गर्‍यो खिसी!

    • पशपती राई, खोटाङ

    [२९]
    दुरदराज
    पुरानो कथा
    हुन्थे एउटै व्यथा !

    • सरिता सेढाई, धादिङ्ग

    [३०]
    अवस्था
    समय जनशक्ति
    छ दयनीय पावन्दी !

    • प्रेम थापा “मन”, बागलुङ

    [३१]
    नारी
    अन्नका निम्ति
    जाेत्दै बाँझो बारी

    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [३२]
    कृषि
    खस्कँदो अवस्था
    उचित प्रविधिको अभाव !

    • धर्मी शाक्य, बुटवल, रुपन्देही

    [३३]
    कृषि
    नारीको कर्म
    कसले बुझ्ने मर्म !

    • धनमाया चौधरी, कैलाली

    [३४]
    संसार
    सागरदेखि सगर
    जिन्दगी सधैँ खाेलीबगर !

    • चन्द्रावती अधिकारी

    [३५]
    दुःख
    गरिबको पीडा
    अत्याचारको दानव क्रीडा!

    • अम्विका अधिकारी
      झापा, बिर्तामोड

    [३६]
    पशु
    पालन नभएपछि
    कृषिमा उपलब्ध प्रविधि !

    • भगवती दवाडी, झापा

    [३७]
    नारी
    नारिएका स्त्री
    उच्च प्रविधि नेपालमा !

    • कण्ठराज गिरी, टीकापुर, कैलाली

    [३८]
    कृषक
    परिश्रमी हुने
    अभावलाई चुनौती दिने !

    • पृथक प्रकृति, झापा

    [३९]
    आत्मनिर्भर
    खेतीपातीमा किसान
    विपन्न परिवार धान !

    • रिता खराल, रूपन्देही

    [४०]
    कृषक
    नारेका नारी
    तान्दै अँगालो हाली !

    • चक्र शाही,लम्की, कैलाली

    [४१]
    छोराछोरी
    नहुने घरमा
    खेतीपाती अग्रजको भरमा !

    • शोभा आचार्य गौतम, काठमाडौँ

    [४२]
    गरिब
    भाग्यको क्रिडा
    ओझेलमा नारीको पीडा !

    • सरस्वती श्रेष्ठ
      रुपन्देही, बुटवल

    [४३]
    उडान
    वैदेशिक यात्रा
    घरमा बा किसान !

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    [४४]
    किसान
    खेती गर्ने
    हामी पेट भर्ने !

    • बुद्धिप्रसाद सापकोटा
      गैँडाकोट-७, नवलपुर

    [४५]
    किसान
    आत्मनिर्भर बन्दै
    खेतजोत्ने औजारको विकल्प

    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
      कनकाई-४, झापा

    [४६]
    देश
    हाम्राे कृषिप्रधान
    जनशक्ति विदेश पलायन !

    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे

    [४७]
    मुलुक
    भनाइमा कृषिप्रधान
    प्रविधिको चरम अपमान !

    • तोया घिमिरे
      शंखमुल, काठमाडौँ

    [४८]
    पाइनँ
    हलगोरु अनि
    जोतेँ आफ्नो जोरु !

    • मङ्गला उपाध्याय

    [४९]
    कृषक
    आवश्यकता
    यस्तै छ बाध्यता !

    • बृन्दा बगाले, काठमाडौ

    [५०]
    खेतीपाती
    यस्तै साथी
    काम चलाऊ जाती !

    • जमुना आचार्य, सिन्धुपाल्चोक

    [५१]
    भनाइ
    यस्तो उस्तो
    वाध्यता कस्तो कस्तो !

    • लक्ष्मी रिजाल
      रुपनगर, सप्तरी

    [५२]
    किसान
    बाली लगाउँदै
    उपकरणले काम चलाउँदै !

    • श्रद्धा आचार्य, पोखरा

    [५३]
    निष्ठा
    विभेदको पराकाष्ठा
    भन्नुपर्ने जीवनलाई विधाता !

    • रामप्रसाद पुरी, बादेल, खाेटाङ

    [५४]
    बाध्यता
    मानिसले जोत्नु
    विकास आकासे फल !

    • कविता आचार्य, कैलाली

    [५५]
    बाँचेर
    जीवन धान्न
    राेप्दै प्रतिफल कर्मकाे !

    • राेशन पराजुली, धरान
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२८

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ६७

  • १७ कार्तिक २०८०, शुक्रबार ०६:४२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: सतसठीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६७ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०७/१२ गते
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफूखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    मुखले अगाडि ठिक्क पार्ने धेरै छन् यहाँ।
    पछाडि छुरा हानेर मार्ने धेरै छन् यहाँ।
    काम गरेर भन्दा बोलेर छन् देखाउने,
    आफू ठूलो बनी तल झार्ने धेरै छन् यहाँ।
    भोलि भोलि भन्दै पछि सार्ने धेरै छन् यहाँ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    कतै फुटेको देखिन्छ ।
    कतै जुटेको देखिन्छ ।
    शक्तिको हाेडबाजीमा ,
    नीति छुटेको देखिन्छ ।
    लुट्नु लुटेको देखिन्छ ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३
    फुटे पनि जुटे पनि लुट्न जानेका छन्।
    नबोल्ने यो देशलाई खै के ठानेका छन्।
    न विकास गर्न सक्छन् न निकास दिन्छन्,
    चुस्ताचुस्तै रित्तो भयो अझै तानेका छन्।
    सोझासाझा जनहरू त्यसै मानेका छन्।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०४

    तालुमा कतै फलेको छ आलु।
    सडेर कतै गलेको छ आलु।
    दाँजेर हेर त जिन्दगी सँग,
    सस्तो मै कतै चलेको छ आलु।
    देखेर भाग्य छलेको छ आलु।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग:०५

    जहाँ पनि चोरचोर जुटेको देखिन्छ।
    देखाउनलाई मात्रै फुटेको देखिन्छ।
    गम्भीर भई हेर न नेपालीहरू हो,
    हाँडीका मकैझैँ जन भुटेको देखिन्छ।
    कालेकाले मिली भाले लुटेको देखिन्छ ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग०६
    मान्छेले आफ्नो धर्म बिर्सेर अर्काको अस्तित्व हरिरहेछ।
    सर्वश्रेष्ठ भन्ने मान्छे आज पशु भन्दा नि तल झरिरहेछ ।
    दया नै धर्म हो बाँच र बाँच्न देऊ यही नै धर्मको सार हो,
    तर किन मान्छे त धर्मकै नाम लिएर युद्ध गरिरहेछ
    धर्मको नाममा मान्छे मारेर पाप गर्दै भ्रम छरिरहेछ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०७
    मेरो पछाडि जहिले भुक्नु तिमी।
    म माथि हुँदा डाहले झुक्नु तिमी।
    गरेको राम्रो काम नदेखे पछि,
    सामान्य कुरा लिएर ढुक्नु तिमी।
    मलाई हटाउन नचुक्नु तिमी।
    ह्यारिस

    पञ्चाङ्ग:०८
    लुट्नु लुटे अब गमक्क फुलेका छन्।
    उनकै सिको गर्दै धेरै झुलेका छन्।
    कस्तो हुन्छ होला लुटेरा मात्र भए ,
    नेपालीका सामु ऐनामा खुलेका छन्।
    रोक्न भनी भ्रष्टाचारमै घुलेका छन्।
    सुस्मिता अधिकारी ,काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ६७

    विश्व शहरीकरण दिवस विशेष टुक्का लेखन श्रृङ्खला सम्पन्न

  • १४ कार्तिक २०८०, मंगलवार १७:५० मा प्रकाशित
  • काठमाडाैँ,
    विश्व शहरीकरण दिवसकाे अवसरमा टुक्का साहित्य समाजकाे आयाेजना २०८० कार्तिक १२ गते बडा दशैँ विशेष टुक्का कविता लेखन श्रृङ्खला ९९ सम्पन्न भएकाे छ ।

    टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न स्थानबाट ८० जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षण अध्यक्ष चापागाईँले नै गर्नु भएकाे थियाे भने सहभागीहरूले “मेराे शहर” भन्ने विषयमा केन्द्रित भई सुन्दर टुक्का कविताहरू सिर्जना गरेकाे थिए ।

    टुक्का साहित्य समाजले विशेष अवसरहरूमा विशेष टुक्का कविता लेखन कार्यक्रमहरू सञ्चालन गर्नुकाे साथै अन्य विभिन्न किसिमका नियमित अभ्यासका कार्यक्रम तथा नियमित प्रशिक्षणहरू समेत सञ्चालन गर्दै आएकाे छ ।

    सन् २०१४ देखि हरेक वर्ष अक्टाेबर ३१ काे दिन विश्व शहरीकरण दिवस मनाइदै आएकाे छ ।

    कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईँले शहरीकरण भन्नाले स्मार्ट सिटि वा हरियो शहर बनाउने भन्ने मात्र पनि हैन, सामाजिक, आर्थिक, राजनैतिक जगतको स्थापना गर्नु पनि हो । शहरीकरणको चुनौतिहरुलाई सम्बोधन गर्न, विभिन्न देश र शहरहरू बीचको सहयोग बढाउनु तथा शहरी विकासको लागि योगदान पुर्याउन हाे । हामीले आफ्नाे शहर शान्त, स्वच्छ र हराभरा बनाउन आफैँले पहल गर्नुपर्छ । अरुकाे मुख ताक्नु भन्दा पनि मेराे सहर बनाउने जिम्मा मेराे आफ्नै हाे भनेर अघि बढ्नु पर्ने कुरामा जाेड दिँदै कार्यक्रममा सहभागी भएर सुन्दर टुक्का कविताहरू सिर्जना गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।

    उक्त कार्यक्रममा सङ्कलन गरिएका केही टुक्का कविताहरू
    [१]
    १.
    विकृति र नशामा डुब्दैछ मेराे शहर
    विकासकाे निहुँगरि भित्रिदैछ जहर ।
    २.
    महल मात्र हैन मन बनाउँ ठुलाे
    भलाे गरेर सबकाे बाल्नु पर्छ चुलाे ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [२]
    १.
    कोलाहल भिडभाड हुन्छ हर प्रहर,
    उकेल्छ हरदम प्राणघातक जहर ।
    २.
    न चिन्छ न सुन्छ वर्षाउँछ कहर,
    भन्छन् हुँदैछ अन्धो बहिरो सहर ।
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ
    [३]
    १.
    गाउॅ छोडि आइयो शहर
    अब पुग्यो है बस्ने रहर ।
    २.
    विकृतीले गॅाजेर ध्वस्त हॅुदैछ शहर
    विकासको नाममा बज्रिरहेछ कहर ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [४]
    १.
    मेरो शहर दामी छ, कलाको लाग्छ मन्दिर
    किन्तु शोषणको आगो, दासताको छ जन्जिर।
    २.
    मेरो शहरमा बस्ने, धेरै छन् धनका पति
    भ्रष्टाचार छ फैलेको, छोप्छन् केस ठुला जति।
    ✍️ रामशरण न्यौपाने
    भक्तपुर
    [५]
    मेरो शहरमा दुःख नगर्नेहरुको कुनै काम नै छैन
    बिहान बेलुकाको छाक टार्न गफ गरेर पाइने हैन ।
    ✍️ अम्विका अधिकारी
    झापा बिर्तामोड
    [६]
    १.
    दुःखै दुःखको जञ्जाल छ सहर
    कहाँ होला यो भन्दा ठुलो सगर।
    २.
    अग्ला अग्ला घर भए छैन हावापानी
    सहरमा बाँचेको यो दुखी जिन्दगानी।
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    [७]
    १.
    कति सुन्दर अनि शान्त यो हाम्रो शहर
    छैन कतै अरू जस्तै चारैतिर जहर ।
    २.
    आऊँ मिलेर हाम्रो शहरमा बस
    यो मिठो खानाको निम्ति कम्मर कस।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    [८]
    १.
    कसैलाई नचिन्ने आराम कि व्यस्तता खोज्ने
    शहर भरिलो दरिलो कुना कोठामै रोज्ने ।
    २.
    सहारा छैन बिरामी पर्दा प्रदुषणको छ भकारी
    अपराध गर्ने र अमृत पिलाउने यतै सफारी ।
    ✍️ जमुना आचार्य
    सिन्धुपाल्चोक
    [९]
    १.
    पहिले थियो सबैलाई सहर बस्ने रहर
    अहिले बनिरहेछ बाध्यता बिचको कहर।
    २.
    बस्तीको भिडभाडमा हराउँदै छ सहर आज
    प्राचीन महत्त्व बोकेका घरका मासिदैँछन् राज।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [१०]
    सुन्दर शहरमा सुन्दर घरहरू जोडिएका
    भित्री रहस्य थाहा हुन्न अनेकौँ मन तोडिएका ।
    ✍️ भुपेन्द्र राना मगर
    धादिङ
    [११]
    १,
    सपनाको सहरमा बढ्यो प्रदुषण,
    कसो गरी बनाऔॅं स्वच्छ वातावरण।
    २,
    जथाभावी फोहोरमैला नफालौँला,
    लापर्बाहीमा जरिवाना तिराऔॅंला।
    ✍️ म्यामराज राई
    भोजपुर
    [१२]
    १.
    देखासिकी गरेर दुखिया छिरे पनि शहर
    सपनामै सिमित रहे सुख पाउने रहर ।
    २.
    जता हेर्यो उतै देखेँ अभावको कहर
    दुखः साट्न नमिल्ने यो अचम्मैको शहर ।
    ✍️ बाबुराम गौतम
    गुल्मी
    [१३]
    १.
    मेरो शहर रातभरी बल्छ,
    दिनभरि हिड्छ साँझमा गल्छ।
    २.
    नाकमा धुलो र गन्धले पोल्छ,
    मेरो शहर मलाई पिरोल्छ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान, सुनसरी।
    [१४]
    १.
    बस्ने ठाउँलाई पनि प्रदुषित नै बनाइ दिएर नगनाउ
    विश्वमै लाजमर्देा तरिकाले अव्यवस्थित शहर नबनाउ ।
    २.
    राजनीति मात्र देशमा गर्छैा शहरी विकासकाे साटाे आफ्नो खल्ति नै भर्छौ
    सधैँभरि योजनामा मात्र पैसा खनाउछौ , फिल्डकाे काम चै कहिले गर्छौ ।
    ✍️ पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    [१५]
    १.
    नेप्टी, चेप्टी गाउँका पैसा कमाउन हेर शहर पसेका
    भिडभाड अनि तडक भडक माझ उनीहरू फसेका ।
    २.
    झिलिमिली शहर हेर्दामा उस्तै छ कति राम्रो
    बुझ्दै जाँदा त्यहाँको वास्तविकता अति नै चाम्रो ।
    ✍️ राजेन्द्र प्रधान ‘पासा’
    दार्जिलिङ ।
    [१६]
    १.
    शहरमा रमाइलो हुँदैन चाडपर्व
    गाउँमै लिङ्गे पीङमा मचिदाँ हुन्छ गर्व ।
    २.
    चाडमा हुन्छ शहर सुनसान सबै गाउँमा
    खुशी साटासाट गर्न रमाइलो आफ्नै ठाउँमा ।
    ✍️ भगवती दवाडी
    झापा
    [१७]
    घरमा छिर्नु पहिले ढोका बन्द हुन्छ
    सहरको चाला देख्दा मन साह्रै रुन्छ ।
    ✍️ रमेशचन्द्र घिमिरे
    भोर्लेटार, लमजुङ
    [१८]
    १.
    मेरो शहरमा झिलिमिली बत्ति लौ बलेको
    तर हिँड्दा डगरहरू दुर्गन्धले भरेको।
    २.
    मेरो शहरलाई स्वच्छ वातावरण सुगन्ध छरौँ
    सबैले नै सर सफाइ गरौँ दुर्गन्धले चैँ नभरौँ।
    ✍️ बेदु न्यौपाने
    काठमाडौँ
    [१९]
    १.
    बाँच्न यहाँ सोस्नुपर्छ खोस्नुपर्छ नयाँ पाहुनाले मान्दछन्
    जोगाउन खोज्दैनन् लिन्छन् मात्र सबै उनकै लागि
    ठान्दछन्।
    २.
    परिचित हुन चाहे अनि बने म नाम मात्रको शहर
    भिडमा एक्लो बनि सहिरहेछु आज विकाशको कहर।
    ✍️ सुस्मिता अधिकारी
    काठमाडौँ
    [२०]
    १.
    साहस आयो बल्ल पूरा भएसी रहर
    आहा! झिलिमिली कति ठुलो हाम्रो शहर।
    २.
    मिलेर अघि बढेर जाऔँ हातमा हात मिलाई
    एकै नासको भएर बसौँ फाटेको मन सिलाई।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [२१]
    १.
    शहरमा देखिन थालेका छन् फाेहाेर मैला कण
    जतिसुकै बनेकाे छ है वातावरण प्रदुषण ।
    २.
    सबै जनमनकाे घर अँगेनामा लाै चुलाे बालाैँ
    हाम्रो देशकाे विकास गर्न कदम अगाडि चालाैँ ।
    ✍️ केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    [२२]
    १.
    फर्किएनन् सहर पसेका उतै छ बसोबास
    फेरिएको वातावरणले उड्यो होस हवास ।
    २.
    घना भयो सहरीकरण गाउँघर छ रुखो
    हुनेखाने जमे सहरमा पाखा भित्ता निमुखो ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [२३]
    १.
    हिमाल देख्ने मेरो शहर प्रकृतिले समाएको
    कोसेली मायाको चिया पाएर पाहुना रमाएको ।
    २.
    रेलगाडीको छुक छुक अवाज नै मेरो शहरको आन
    गर्व गर्छु मेरो शहरकाे संस्कृति भाषामा एक समान ।
    ✍️ हन्नाह छेत्री
    दार्जिलिङ
    [२४]
    १.
    धुवाँ धुवाँ भइरहेछ मेरो सहर
    विकास निर्माणले फैलाउदै जहर।
    २.
    कहीँ नभएको जात्रा मेरो सहरमा
    पछुतो मान्दैछन् रे बासिन्दा रहरमा।
    ✍️ प्रदीप के रिमाल
    इटहरी, सुनसरी।
    [२५]
    १.
    काँचुली फेराउँ अब शहरलाई
    सन्देश जगाऔँ जन लहरलाई ।
    २.
    स्वच्छ अनि सफा राख्नुपर्छ अब
    घुम्न लायक शहर बन्छ तब ।
    ✍️ सरिता सेढाई
    धादिङ
    [२६]
    १.
    पर्यटकलाई देखाउन मात्र हैन सधैँ स्वस्थ बनाउँ शहर
    स्वाच्छ सफा हावामा श्वास फेर्न पाइयाेस् भन्नेछ यही मेराे रहर ।
    २.
    धुलाे फाेहाेर हैन अब हाम्रो शहर सधैँ सफा गराैँ
    सबै मिलेर आपसमा सरसफाइ गर्दै खुसी भराैँ ।
    ✍️ कल्पना भण्डारी
    सिन्धुपाल्चोक हाल काठमाडौँ
    [२७]
    १.
    शहर शहरै हुन्छ , गाउँ जस्तो हुदैन
    एकापसमा सद्भावको डोरिले छुदैन ।
    २.
    रमझम, भिडभाड, हुन्न कसैको चासो
    शहर पसेपछि लौ चिन्दैनन् आफ्नो नासो ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [२८]
    १.
    शान्त सुन्दर हराभरा बनाउँ याे हाम्राे शहर
    फाेहाेरगरि जताततै फैलाउनु हुन्न जहर ।
    २.
    जिविकाेपार्जन गर्न पसेका ती शहर
    तड्क भड्क देखेर पलाए धेरै रहर ।
    ✍️ उमा गाैतम
    काठमाडाैँ
    [२९]
    १.
    निदाउँदै छ मेरो शहर
    प्रदूषण नै भयो जहर ।
    २
    अट्टालिका धेरै छन् यहाँ भवन
    प्रदुषणले दुषित छ पवन ।
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [३०]
    १.
    धुलो, धुवाँ र कोलाहलले रोगी भयो शहर
    प्रदुषणको चपेटामा बिताउनु छ प्रहर ।
    २.
    विकासको आधार मान्छन् गाउँ भन्दा सहर
    हाम्रा सुन्दर शहरहरू नबनुन् जहर ।
    ✍️ पद्मा काश्यप पाण्डे
    पथरी मोरङ
    [३१]
    १.
    जताततै धुवाँ धुलोले जकडिएकोछ है शहर
    यस्तै वातावरणले आज खुवाइरहेछ जहर ।
    २.
    गर्न हुन्न आनाकानी देश बनाउनलाई
    मिलेर नै अघि बढौ आउ सबै दाजुभाइ।
    ✍️ सरस्वती श्रेष्ठ
    इटहरी
    [३२]
    १.
    कति सुन्दर त्यो हराभरा हाम्रो शहर,
    फाेहाेर भएको कारण फैलियाे जहर।
    २.
    दु:ख गरेर कमाउन परेको शहर,
    धेरै भन्दा धेरै बढ्दैछन् मनका रहर।
    ✍️ सहयात्री शाेभा अर्याल
    बुटवल, रुपन्देही
    [३३]
    १.
    कोलाहल छ सहरमा अनि छ धुवाँ धुलो
    मान्छे घमन्ड गर्छ र भन्छ मै मात्र छु ठुलो ।
    २.
    कसैलाई कसैको वास्ता हुँदैन स्वार्थी सहरमा
    मान्छे सहर पस्दो रैछ हल्लैहल्लाको रहरमा ।
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    [३४]
    बनोस् सदा सभ्यताको सहर
    सौहार्दताले निम्ताओस् रहर ।
    ✍️ प्रेम थापा “मन”
    बागलुङ
    [३५]
    १.
    मान्छेले मान्छे नचिन्ने भएको छ मेरो शहर
    अाफ्नो देश फर्केर अाउँदा तिर्नु पर्छ कहर ।
    २.
    सत्तामा बस्नेको मात्रै चल्छ सबै तिर कुरा
    मुखले मात्रै रामराम बगलीमा चैँ छुरा ।
    ✍️ सञ्जना शर्मा
    लमही दाङ
    [३६]
    १.
    ए किन गर्छौ आउन यो सहर?
    मेरो त मरिसक्यो सारा रहर ।
    २.
    यी विषादी खाद्यान्नले रोग बढायो
    प्रदुषणको व्यापकताले सडायो ।
    ✍️ कमला देवकोटा
    पाल्पा
    [३७]
    १.
    मेराे शहरमा लामवद्व लागेका छन् एक हूल गिद्वहरू
    भन्छन् उँचाे स्वरमा अहिंसावादी बनाैँ तिनै फेरि सङ्ग अरू।
    २.
    मन वचन कर्मले लागिपरे त हुने रहेछ
    अति सुन्दर सभ्य शहर लाै हेर्दा हेर्दै भएछ।
    ✍️ प्रकाश के.सी.
    लाेकन्थली,भक्तपुर
    [३८]
    १.
    देखेकाे जस्तै सुन्दर सहर बनाउँन
    नराम्रा कुरा सबै आजबाटै हटाउँन ।
    २.
    बाध्यता त कतिलाई भएको छ रहर
    मान्छेको लागि घातक बन्दैछ यो सहर ।
    ✍️ हिमा आर.सी
    मेहेलकुना सुर्खेत
    [३९]
    शहर पस्दा पर्यटकलाई होस् डाहा
    आउने बित्तिकै भनि हालोस् वाह ! आहा ।
    ✍️ बिके माकजू
    भक्तपुर
    [४०]
    १.
    गाउँ खाली गरी, माया मारेर भाग्ने कस्तो रहर ?
    बढ्दो जनसंख्याको भार खै कसरी थेग्ला शहर ?
    २.
    धुलो धुवाँको साम्राज्य छ, काकाकूलकै नियति कति भोग्नु पर्ने ?
    रोकिएला लहर खै कहिले, कसरी गाउँ छोडी शहर झर्ने ?
    ✍️ मित्र उराठी गौतम
    अमरपुर गुल्मी हाल तिलोत्तमा-२,रुपन्देही
    [४१]
    १.
    बन्द शहरमा त्यसै इच्छाहरू थुनियाे
    दुख पीडा छल्दै अब माेजमस्ति चुनियाे ।
    २.
    मेराे शहर बनाेस् सबकाे मन बुझाउने
    नहाेस् कहिल्यै दुखिकाे परेली रुझाउने ।
    ✍️ रश्मि रिमाल
    झापा
    [४२]
    १.
    आहा कति अनौठो छ मेरो शहर
    यथार्थ बुझियो बस्न छैन रहर ।
    २.
    एकले अर्को चिन्दैन खोइ सहयोगी मन
    त्यो भन्दा गाउँमा नै फैलाउछन् तन र धन।
    ✍️ अम्बिका गिरी
    बिराटनगर
    [४३]
    १.
    काेलाहल र प्रदुषणले भरियाे मेराे शहर
    शान्त र सुन्दर बनाउने सबैकाे हुन्छ रहर।
    २.
    विकृति र विसङ्गति फैलिएर गयाे
    शहरिया जीवन त कष्टकर भयाे।
    ✍️ काेपिला अधिकारी
    सिरानचाेक ७, गाेरखा
    [४४]
    १.
    कतिपय हेर्न आउॅंछन् गाउॅंका मानिस पनि
    धूलो र धुवाँले मुख छोपेर हिड्नु पर्छ अनि।
    २.
    प्रदूषण मुक्त र हराभरा बनाऔँ शहर
    तब पर्यटक समेत आउॅने गर्छन् रहर।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः अमेरिका,बोस्टन।
    [४५]
    १.
    गाउँ छाडेर सुखकाे लागि मानिस आउँछ सहर
    जीवन धान्न कठिन हुन्छ तब मात्र पुग्छ रहर।
    २.
    वातावरण स्वच्छ बनाई मानव बस्ती बसाउने हाम्रो रहर
    प्रदुषणलाई हटाउदै बनाउनुछ स्वच्छ हराभरा सहर ।
    ✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [४६]
    १.
    शहरहरू बन्न थाले मासिएर गाउँ
    मास्नुहुन्न पूरातात्विक सभ्यताको ठाउँ ।
    २.
    गाउँमा बस्दा अभावका सिंढीहरू चढें
    शहरतिर झरेर विकासलाई पढें ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. – ६, दोलखा ।
    [४७]
    १.
    सुन्दर सहर
    थुप्रै थे रहर ।
    २.
    सपना बोकेर धेरै
    लाग्थ्यो सबै हो कि मेरै ।
    ✍️ कृष्ण घिमिरे उदार
    पाणिनि ७, अर्घाखाँची
    [४८]
    १.
    पर्यटकले अझै पनि गर्दै छन् घुम्ने रहर
    धुवाँ धुलो फोहोरले जेलिएको मेरो शहर।
    २.
    वल्लो घर पल्लो घर बस्ने बिच छैन चिनाजान
    साँझ पख गल्ली गल्लिमा हुन्छ खुकुरी हानाहान।
    ✍️ मन्दिरा सेढाई
    मलेखु,धादिङ
    [४९]
    १.
    भोग्नु अघिको रहर, रहेछ यो शहर
    अभावका भुमरीमा काटिएका कहर।
    २.
    सभ्यताको चिह्न भन्थे इतिहासमा नगर,
    भिडभित्र एक्लो जीवन, विकृतिका जहर।
    ✍️ मनोहरी पौडेल
    गैडाकोट १, नवलपुर
    [५०]
    १.
    भिडभाड र कोलाहाल छ बिरामी छ शहर,
    उकुस मुकुस भयो बाँच्न भरिएर जहर।
    २.
    चलेकैछ कंक्रिटको यहाँ विशाल खेतीपाती,
    स्वार्थी रहेछ शहर झनै मानिस झन् नजाती।
    ✍️ नवशिला
    बेलबारी -२, लालभित्ती,मोरङ।
    गोदावारी, ललितपुर।
    [५१]
    १
    देशमा विकासकाे लहर
    धुलाे र धुवाँकाे छ कहर ।
    २
    धुवा हजुर विषाक्त जहर
    तैपनि सहर पस्ने रहर ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर
    [५२
    १.
    बोकेर प्रयोजनको झोला
    शहर न धाउने को होला ।
    २.
    स्वच्छ सुन्दर राखौ शहर
    हावा पनि बन्दैछ जहर।
    ✍️ बिके मुखिया
    दार्जिलिङ, भारत।
    [५३]
    १.
    बहु जात बहु धर्म मिलेको मेरो शहर
    मिसाइदैछ अधर्मको अनौठो कहर ।
    २.
    छोडी गाउँ बस्ती सहर रोज्न थाल्छन्
    गाई बस्तु त्यागी कुकुर खोजी पाल्छन् ।
    ✍️ सागर आँसु
    डोटी
    [५४]
    १.
    मेरो शहर खुशिमा, झुमेको झैँ लाग्दछ
    फक्रदा समृद्धि यहाँ, नौलो स्फूर्ति जाग्दछ।
    २.
    शिक्षा, स्वास्थ, रोजगारी, सुलभ भए यहीँ
    छोडी प्यारो जन्मभूमि, जाला को जहिँकहीँ ?
    ✍️ ईमान सिंह के.सि.
    व्यास-९, धनुबासे, कलेस्ति, तनहुँ
    हाल नागार्जुन २, सुन्दरवस्ति, काठमाडाैँ
    [५५]
    १.
    धुलो धुवाँमा पिल्सिनु पर्छ बाध्यता छ रहरमा
    वल्लो घर पल्लो घर चिन्दैनन् बिरानो शहरमा ।
    २.
    मेरो देशका सबै शहर बस्न कुनै योग्य छैन
    व्यापार गर्न पढ्न आएको हुँ ढुक्कले बस्न हैन ।
    ✍️ चुडामणी देबकोटा
    चनपा १३ काठमाडौँ
    [५६]
    १.
    शहरी जीवनले नाङ्गो बनायाे
    सबैकाे मनलाई बाङ्गाे जनायाे।
    २.
    बस्ने रहर सबैलाई शहरमा
    जीर्ण भयाे जीवन यही रहरमा ।
    ✍️ प्रेमकला चापागाईं( सिटौला )
    मेचीनगर १२ सहरेडागी झापा
    [५७]
    रहरै रहरमा गाँउ छाडेर साथी पसियो शहर
    बस्दै गएपछि थाहा भयो शहर त रहेछ जहर ।
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ, हाल काठमाडौँ।
    [५८]
    १.
    गोधुली साँझमा मेरो शहर छ झिलमिल
    रमाइलो छ मायालु छन् भाे आँसु पिलपिल ।
    २.
    हजुरबाको घरबारी बेचि नपस शहर
    पछुताउनु पर्ला पछि पिउनु पर्ला जहर ।
    ✍️ योगप्रसाद उपाध्यय चापागाईं
    गोठाटार
    [५९]
    १.
    ठुला घर, मोटर गाडी, मान्छेको भिडभाड
    दिनहुँ नयाँ पहिरन, हो कि झै चाडबाड ।
    २.
    झिलिमिली रातै भरि, हुदैन अँधेरो
    घर भित्रै पानी हुन्छ, हुदैन पँधेरो ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।
    [६०]
    अव्यवस्थित शहरीकरणले जनजीवन प्रभावित भयो
    मानवमा मानवता पनि हेर्नुहोस् न हजुर हराएर गयो।
    ✍️ दुर्गा भट्टराई
    मोरङ
    [६१]
    १.
    भक्तहरुका भीड हुन्छन् मन्दिरमा चारपहर,
    देवताहरुको बास हुने पवित्र मेरो शहर !!
    १.
    तिम्रै काखमा सधैँ यसरी लुटुपुटिने रहर,
    कहाँ पाइन्छ विश्वमा ममतामयी मेरो शहर ?
    ✍️ गोपाल कृष्ण डङ्गोल
    काठमाण्डौँ (हाल ईटहरी)
    [६२]
    उसको मेरो मनमा उठ्यो रहर
    आउ साथी हिँड जाउँ घुम्न सहर।
    ✍️ नीता गुरूंग
    भारत
    [६३]
    महलै महलले भरिएको देखिन्छ सहर
    पैसा भए सहर घुम्ने मेरो पनि छ रहर ।
    ✍️ कृष्ण धामी
    बझाङ
    [६४]
    १.
    उ भन्छ मेरो सहर राम्रो, सबै तिर साैन्दर्यता मिल्दछ
    मेरो मनले गाउँ नै मन परायो जहाँ, प्रकृति खिल्दछ।
    २.
    प्रिय, सायद म सहर जान त कहिले सकौँला
    बस्छौ भने गाउँकाे झुपडीमा चाेखाे स्नेह साटाैँला ।
    ✍️ मुक्ति काफ्ले
    असम
    [६५]
    १.
    कुरूप भयाे नगर मेराे झेलीकाे झेलले
    सहर मेराे बगर हाेला बर्खाकाे भेेलले ।
    २.
    भुक्तछ कुत्ता स्वप्न सजाई
    लुक्तछ मुसाे प्वाल बनाई ।
    ✍️ गिरिराज निराैला
    कीर्तिपुर ७ पाँगा, काठमाडाैँ ।
    [६६]
    फुलैफूलकाे बगैँचामा रमेपछि शहर
    सिरसिर वसन्तमा नि जागेन खै रहर ।
    ✍️ खुनराज काेईराला
    सिद्दलेक-३ गैरीगाउँ, धादिङ
    [६७]
    १.
    मानवको भिड बढेर निसासिएको शहर
    अमानवीय भावनाको घोलिएको छ जहर ।
    २.
    एक्लोपनले नै छट्पटाई रहँदा मानव
    साथ छोडी आफन्त पनि बनिदिन्छन् दानव ।
    ✍️ सरिता काफ्ले
    कोहलपुर ८ पिपिरी बाँके
    [६८]
    १.
    जताततै धुलाे धुवाँले प्रदुषण हुँदैछ शहर
    काेलाहल र भिडभाडले शान्ति छैन कुनै प्रहर।
    २.
    घरैघरकाे भिडभाडले छिर्दैन हावा कतैपनि
    स्वच्छ सफा राखाैँ सबैले आफू संवेदनशील बनि ।
    ✍️ उर्मिला के.शी.
    धनकुटा
    [६९]
    १.
    निसासेर भित्र भित्रै बन्द मेरो शहर
    छटपटेर एकलासमा मेरो रहर ।
    २.
    पसिना नबगाई पैसा फल्ने यो शहर
    यिनकै पैसामा रमाउने के यो कहर ।
    ✍️ शुदर्शन शर्मा
    सिरानचोक ३ गोरखा
    हाल सेन्टर अफ्रिका
    [७०]
    १.
    खै के नै रहेछ र राम्रो भनाैँ भिडभाड यो शहरमा
    मान्छे को चहलपहल मात्र देख्छु प्रत्येक पहरमा।
    २.
    शहरीया जीवन अल्छी जिउँछन् भोग र विलासमा
    नकचरी मोरी सजिन खोज्छे, मखमली पिलासमा।
    ✍️ मोती योन्जन सुब्बा
    दार्जिलिङ।
    [७१]
    १.
    रोजीरोटी बनोस् भव्य सभ्य मेरो शहर
    विदेशिएकालाई फर्किने बनोस् रहर ।
    २.
    सामाजिकता हराएको लाग्छ शहर खै कस्तो
    विकासमा कता अलमलिएको वन्जर जस्तो।
    ✍️ इन्दु श्रेष्ठ
    चितवन
    [७२]
    १.
    सबैको एक मात्र शहर
    त्यसमा छन् अनेकाैँ रहर।
    २.
    मेरो शहरमा कोही धनी भए त कोही गरिब
    लागि परेका छन् ती सबैजना हुनलाई करिब ।
    ✍️ आशिष ऐडी
    कालिकोट पचालझरना
    [७३]
    १.
    स्वप्न साकार पार्ने बनोस् हाम्रो त्यो शहर
    पूरा गरोस् मन भरिका असीमित रहर ।
    २.
    गाउँले छुट्टै रहर हुन्छ शहरमा पढ्ने
    जिउने कला सिकेर धेरै सिढीहरू चढ्ने।
    ✍️ राज बहादुर बडुवाल
    कनकासुन्दरी -५,जुम्ला
    [७४]
    १.
    अनेक सुविधा अनि अाराम देखी लागेका हुन् सहर
    ती सबैको जीवनशैली हेरि मलाई लागेन रहर ।
    २.
    शहरमा पैसालाई सबै थोक नै ठान्छन्
    गाउँमा भने पैसा भन्दा ज्ञान ठूलो मान्छन्।
    ✍️ चन्द्रप्रकाश `कमल´
    तिनाउ-१ कचल, पाल्पा
    [७५]
    १.
    सफा र सुन्दर बनाउँछु मेराे शहर
    सबै माझ चिनाउने लागेकाेछ रहर।
    २.
    जति सुन्दर मन त्यति सुन्दर शहर
    यसैलाई विश्वमा चिनाउनेछ रहर ।
    ✍️ सबिता पाण्डे
    धादिङ
    [७६]
    १.
    देखिएन कतै निस्वार्थी शहर
    राखेर के गरूँ मनमा रहर ।
    २.
    जिन्दगी हुँदैछ बगरमा लुलो
    देखेर असम्भव सपना ठूलो ।
    ✍️ सुरेश पाण्डेय
    सुर्खेत, बिरेन्द्रनगर
    [७७]
    १.
    के पाइन्न शहरमा? सबथोक पाइन्छ,
    पैसा हुनुपर्छ टन्न आफन्त कमाइन्छ।
    २.
    महलै महलको जङ्गल बडो सुन्दर लाग्छ
    खुसी खोज्ने रहरमा यो मन उतैतिर भाग्छ।
    ✍️ अजय दनुवार
    धनगढीमाई न.पा.-४
    जयपुर, सिराहा
    [७८]
    १.
    विकृति अनि विसङ्गतिमा रमाएको छ मेरो शहर
    सुक्सुकाउँदो बनाई देखाउने हजुर मेरो रहर ।
    २.
    बम र बारुद देखि टाढा नै छ मेरो सहर
    यसको चिन्तामा डुबेको हुन्छ म चारै प्रहर ।
    ✍️ शशिश्री आचार्य
    बौद्ध कुमारीगाल,६ काठमाडौं
    [७९]
    १.
    शहर सभ्यताको प्रतिक बनेर आएन
    गल्लीकाे त्याे वेसहाराले छाक टार्नै पाएन ।
    २.
    मेरो शहर छिमेकीको शहर बन्न सकेन
    एउटै घरमा लास पर्दा पनि चाळै पाएन।
    ✍️ देव मगर
    तिनाउ-१,कचल, पाल्पा
    [८०]
    १.
    काम सुविधा र सम्पन्नताकाे आशामा पस्छन् सबै शहर,
    अभाव विसंगति र विकृति सहँदै काट्नु पर्छ कहर ।
    २.
    बनाए बन्छ सभ्य शहर व्यवस्था राम्रो भए,
    हाेला भन्ने आशैआशमा गरिबीका चाेला गए ।
    ✍️ रामप्रसाद पुरी
    बादेल,खाेटाङ

    ::::: जय टुक्का! जय साहित्य!! :::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on विश्व शहरीकरण दिवस विशेष टुक्का लेखन श्रृङ्खला सम्पन्न

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ५१

  • १३ कार्तिक २०८०, सोमबार ११:१३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- पचासौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०७/०९गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:५१[ एकाउन्नौं] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग
    पञ्चाङ्ग:०१
    कञ्चन झरनासँगै बस्न मन छ मलाई।
    दरिलो लगनगाँठाे कस्न मन छ मलाई।
    प्रकृतिको अनुपम उपहार अँगालेर,
    जानी नजानी प्रेममा फस्न मन छ मलाई।
    जिन्दगीको सपनामा पस्न मन छ मलाई।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    नयनभित्र संसार अट्ने नानी बनूँ आमा।
    दया र मायाले भरिएको खानी बनूँ आमा।
    लक्ष्य चुम्न सङ्कल्पित दृढ सधैँ रहूँ यस्तो,
    सेवा गर्न दधिचिझैँ महा–दानी बनूँ आमा।
    पहराको छहरा झैँ सफा पानी बनूँ आमा।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०३
    झरना हेर्दै मूल नै हेर्न मन लाग्यो।
    रहर बेर्दै पुलले घेर्न मन लाग्यो।
    सम्पूर्णको वेदना बगोस् झरनासंगै ,
    विचार फेर्दै रचना केर्न मन लाग्यो।
    असत्य घेर्दै शान्तिले बेर्न मन लाग्यो।
    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:०४
    झरना जस्तै जिन्दगी झर्न सकौँ।
    नाउ बनेर माझीको तर्न सकौँ।
    सिँचाइ गर्ने जमीन पानीले नै,
    मानव वेदना कष्ट हर्न सकौँ।
    उत्कृष्ट कर्म र धर्म गर्न सकौँ।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग:०५

    म त के भनौ कोही झरनाबाटै खस्छन् अरे।
    कोही कोही रमाउँदै पृथ्वीतिरै बस्छन् अरे।
    झरनालाई पुलले घेर्ने हिम्मती पनि छन् ,
    त्यसैले धेरै साथी यतै कम्मर कस्छन् अरे।
    दुःखसुख खप्दै स्वकर्ममा घुँडा धस्छन् अरे ॥

    गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:०६
    झरना झैं चञ्चल हुनु तिमी।
    प्रकृति झैं अटल बुनु तिमी।
    कसैको रिस छैन तिमी भित्र,
    निल‍ो आकाश माथि छुनु तिमी।
    सेतो बादल भित्र घुनु तिमी ।।
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०७

    रङ्ग छैन स्वाद छैन नाम हाे पानी मेराे ।
    बग्दै जाँदा काेही भन्दछन् आई सानी मेराे ।
    नदी ताल समुद्र झरना छाँगाे छहरा,
    जन्मथलाे हिमाल हुँदा त्यहीँ खानी मेराे ।
    ठाेस तरल ग्यास बन्ने छ है बानी मेराे ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०८
    आहा! कति रमाइलो हेर्नै पर्ने ठाउँ लाग्छ।
    कति सुन्दर त्यहाँको दृश्य अनि गाउँ लाग्छ।
    झर्ना पहरा हरियो वन नेपालको धन,
    आफै उत्पादन देशको प्रकृति नाउँ लाग्छ।
    त्यस्तो हेर्दै मोहक र लोभ्याउने जाउँ लाग्छ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग :०९

    प्रकृतिकी छाँगा झरनाजस्तै बनूँबनूँ लाग्यो ।
    मनका हरेक रहरहरू भनूँभनूँ लाग्यो ।
    हराएर छालकै कन्दरामा लुकिछिपी खेल्दै,
    भूमि वाहन लुकाउने ठाउँ खनूँखनूँ लाग्यो ।
    बाल्यकाल सँगीसाथी बटुली गनूँगनूँ लाग्यो ।

    जमुना आचार्य सिन्धुपाल्चोक

    पञ्चाङ्ग:१०
    यही झरनासंग रमाउन मन छ मलाई।
    एक अर्कोको हात समाउन मन छ मलाई।
    प्रकृतिको अनुपम छटा मनमा सम्हालेर,
    यो प्रकृतिमा केही कमाउन मन छ मलाई।
    यही नै घरबार जमाउन मन छ मलाई।
    ह्यारिस

    पञ्चाङ्ग:११

    कतै सललल बगेर जान्छ त कतै झरना बनेर झर्छ
    अडिदैन पानी र जवानी पलपल समय गनेर झर्छ
    कतै सुसेल्छ जवानी त कतै झरझर गर्दै बग्छ झरना
    पानीले नदि हुँदै त्यो सागर भेट्न हतार छ भनेर झर्छ
    जवानी चाहि मर्दिन भन्दै पलपल चिहान खनेर झर्छ।
    -पशपति राई खोटाङ ।

    पञ्चाङ्ग:१२

    मनुष्य जीवन कञ्चन झरनाको जस्तै पानी बनु ।
    मान्छे भएर नै प्राणीहरूमा सधैँ भर दानी बनु।
    स्वार्थलाई मात्र हैन सबैप्राणीको रक्षा गर्न सकुँ,
    सधैँ सधैँ दासत्व नै हट्ने आँखाको सकुँ नानी बनु।
    म सबैलाई चारैतिरबाट दिन सक्ने दानी बनु।
    बेदु न्यौपाने

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ५१

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०७

  • १२ कार्तिक २०८०, आईतवार १९:०४ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०७ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५६ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०७ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    डिभी नै परोस् भिसा लागोस् छिट्टै छाड्नू देश,
    हाड छाला उतै घोट्नू ~~~नफुल्दासम्म केश ।

    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    १)
    कदर छैन पढाइको नत व्यापार रोजगार
    आसेपासे भरौटे पोस्न क्रियाशील छ सरकार ।
    -वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    २)
    मेहेनत परिश्रम गर्न विदेशै जानुपरे पनि जान्छु,
    फटाहा नेताहरूका झण्डा बोक्नुभन्दा आधापेट नै खान्छु !

    • पवन कुमार बुढाथेाकी
      काठमाडौँ

    ३)
    समयकाे भेल उर्लियाे परदेशी हेरियाे,
    टीका थाप्दा आशीर्वादकाे पनि भाका फेरियाे ।
    -ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    ४)
    के छरेऊ बीउ अनि के के भयो परिवेश ?
    खुब राम्रो हुन्छ नेपाल युवा जति विदेश ।
    -प्रेम थापा “मन”
    बागलुङ

    ५)
    सपनाको महल बोकी विदेशतिर गयौ,
    आफैँलाई नियाल त कस्ता थियौ कस्तो भयौ ?
    -सुशीला थापा
    काठमाडौं कागेश्वरी

    ६)
    परदेश खटेको बीस बाइस वर्ष भयो, फुलिसक्यो केश,
    अब त फर्किन पाएहुन्थ्यो, आफ्नै मातृभूमी जन्मथलो देश ।
    -कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    ७)
    के गर्नु बाध्यता नयाँ पुस्ताको पनि,
    सुझाव नै पाइन्छ देश छाडनु भनी ।
    भेष कुमारी लामिछाने
    देवदह ०५ , खैरेनी रुपन्देही

    ८)
    बिक्दैन डिग्री पनि त आफ्नो देशमा बस्दा ,
    जेनतेन गर्जो टर्छ परदेशमा पस्दा ।
    -दुर्गा आचार्य
    मोरङ

    ९)
    रहर नभई बाध्यताले बन्यो, उता जाने परिवेश
    मनको लहड पुगको भए कहाँ छोडिन्थ्यो आफ्नो देश ।
    -अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।

    १०)
    मान्छे बेच्छ नगद लिएर पसिना बग्ने उता,
    रेमिटेन्स ढुक्नुको विकल्प छैन तिनको बुता ।
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे

    ११)
    आफ्नो प्यारो आँगन छोडी थिएन जाने मन,
    ढुङ्गा, माटो खान मिल्दैन छैन पैत्रिक धन।
    -प्रदीप के रिमाल
    इटहरी सुनसरी।

    १२)
    समयको बाध्यताले उरालेर परदेश पठायो,
    टीका लगाई आशीर्वादमा समयले लय हटायो ।
    -बेदु न्यौपाने, काठमाडौँ

    १३)
    हाड र छाला घोटेको घोट्यै सेताम्य भयो केश,
    राष्ट्रको नीति असल भए कसले छोड्थ्यो देश ।
    -गुणनिधि घिमिरे
    अमेरिका

    १४)
    धेरैले सोध्ने गर्छन् के तैँले डिभी भरिस् ?
    डिभी पर्‍यो भने बुझ तँ तँ उतै मरिस् ।
    -ध्रुव श्रेष्ठ,
    खोटाङ वजार,
    हाल नरेफाँट,काठमाडौ ।

    १५)
    पर्‍यो डिभी भन्दै नहिडौँ छोडी देश,
    आफनै कला संस्कृति आफ्नै भाषा भेश ।
    -सागर आँसु
    डोटी

    १६)
    छाती चिरा पार्दैपार्दै परदेश आएँ,
    घोटी घोटी हाड यहाँ थोरै दाम पाएँ ।
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    १७)
    खुल्ला छाडिएको साँढे भन्दा पनि रहेछौ महसुर,
    जस्तो भन्न मन लाग्छ हजुर, भन्नु नराखी कसुर ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।

    १८)
    विेदेश छन् छोरा छोरी भन्दै गर्थ्यौ गर्व,
    अब रोएर मनाऊ, एक्लै चाड पर्व ।
    -पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।

    १९)
    खैरेको देशमा जाँदैछौ तिमी कहिले नझुक्नु,
    जन्मभुमिलाई बिर्सेर पनि कहिल्यै नथुक्नु ।
    -चिरञ्जीवी श्रेष्ठ,
    धनकुटा ।

    २०)
    डिभी परी विदेश गएमा त हुन्छ उतै तेराे बास,
    पढाइ लेखाइ थाेरै भए राम्रो काम पाइन्न खास ।
    -राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।

    २१)
    रहर होइन बाध्यताले हो जाने परदेश,
    पैसा त कमाउनै परेको छ फुले पनि केश ।
    -सरिता सेढाई धादिङ

    २२)
    भन भन जे भन्न सक्छौ मनपरी भन,
    म उडेमा एक्लै खाउला खुसी भइकन ।
    -नन्दलाल आचार्य,
    बेलका २ सिद्धार्थटोल, उदयपुर ।

    २३)
    राम्रो मान्छे भन्दा पनि धनी बनेस् भन्छन्,
    बल बैँस परै सकी बाँकी दिन गन्छन् ।
    -निरज कोइराला
    बेलका १ उदयपुर, हालः इटहरी

    २४)
    नेतालाई मोजमस्ती, बिगबिगी सधैँ भ्रष्टचारको,
    बिन्ती! अति नै भयो अब त सिर्जना होस् रोजगारको ।
    -चन्द्रप्रकाश कमल
    तिनाउ -१,कचल,पाल्पा।

    २५)
    स्वदेशमा अवसर नमिलेपछि के गर्नु,
    विदेशिनु पर्‍यो, थियोे दायित्वको झोला भर्नु ।
    -बिके मुखिया
    दार्जिलिङ,भारत।

    २६)
    थाहा हुँदैन कहाँ जाने कहाँ गएर मर्ने,
    आशीर्वाद दिनुस् राम्रो देशको गुलामी गर्ने ।
    -भुपेन्द्र राना मगर
    धादिङ

    २७)
    परदेश पस्न बाध्य पारे दिएनन् बस्न देशमा,
    शासक वर्गहरू बसुन् यहाँ छद्म रूपी भेशमा ।
    -बाबुराम पाण्डे
    अर्घाखाँची

    २८)
    आशिष लागोस् विदेश जाने उतैको झैँ बोल्नू,
    मास्कले ढाक्दै त्यो मुखुडो उतै गएर खोल्नू ।
    -इन्दिरा देवकोटा
    कपिलवस्तु न पा ३

    २९)
    मरीमरी घाममा डडेर काम गर्दा फुलिसक्यो सबै कालो केश,
    युवा परदेश जाँदा नेताको मन ढ्याङ्ग्रो ठोकेन कस्तो परिवेश ।
    -अम्विका अधिकारी
    झापा बिर्तामोड

    ३०)
    केही सपना बोकेर परदेश लाग्यो,
    पुरा गर्न सकिएन जाँगर नै भाग्यो ।
    -रितु बुढाथोकी
    उदयपुर गाईघाट

    ३१)
    उहिलेका ठुलाबडाको आशिष गइसक्यो हेर्नु खेर,
    दसैँको आशीर्वाद हिजोआज परिवर्तन भयो हेर ।
    -भगवती दवाडी ,झापा

    ३२)
    कस्तो समय आयो देशका युवा परदेश जाने,
    छोरा परदेश गएकै छ अब बसीबसी खाने ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    ३३)
    विदेशबाट फोन आउँछ, बाबा ममी यतै आऊ,
    पाउँदैछे बुहारीले नाति, हेरेर चित्त बुझाऊ ।
    -होम प्रसाद नेउपाने
    धरान,सुनसरी।

    ३४)
    सानो छँदा प्रगति गरेस् भन्दै आफन्तले आशीर्वादले हाने,
    ठूलो भएपछि पाइलैपिच्छे जहिल्यै खाली खुट्टा मात्रै ताने ।
    -गणेश नेपाली
    बगनासकाली-१,बगनास,पाल्पा।

    ३५)
    हरेक अभागीको खप्परमा चामलको टिको,
    विदेश पस्नुभन्दा बबुरो ! गरिबी हुन्छ निको ।
    -बि.कुलुङ “रंगबुले”
    दार्जिलिङ, भारत

    ३६)
    मुस्कान छर्दै टिका थाप्न बस्नासाथ टस्स,
    देश छोड्ने आशिष मिल्दा मुटु घोच्यो चस्स l
    -बाबुराम गौतम, गुल्मी

    ३७)
    जीवनकाे मुख्य सार सुखसयल खाेजिहिड्ने मान्छकाे जात,
    कल्पनाको सागरमा विदेशिन युवा मिलाउँदै कागजात ।
    -प्रद्युम्न चालिसे

    ३८)
    स्वदेशमा साह्रै दु:ख विदेशमा छ रे चैन,
    आफ्नै थाङ्ग्रा,भाङ्ग्रा छाडेमा सुख त हुने हैन ।
    -G.b. Chintan

    ३९)
    सकिन मैले विरोध गर्न सहदै बस्नु नै पर्‍यो,
    परोस् डिभी बन तिमी, देश बन्ला भन्ने आस मर्‍यो ।
    -सुस्मिता अधिकारी ,काठमाडौँ

    ४०)
    कमाइ राम्रो उतै भाँडा माझेरै, किन बस्नु यहाँ,
    भ्रष्टाचारले पराकाष्ठा नाघ्यो, डिभी नै परोस् तहाँ ।
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाडौँ

    ४१)
    बिचौलियाको रवाफले अर्थतन्त्र ध्वस्त,
    एमसीसीको पोको खोल्दै नेता त्यसै मस्त ।
    -Deepak Pandey

    ४२)
    नागरिकता बेच्नलाई डिभी भर्नुहुन्न,
    आफ्नै देशमा श्रम गरे गरिबीले छुन्न ।
    -पद्मा काश्यप पाण्डे
    पथरी मोरङ

    ४३)
    देशको स्थिति हेर्दा लाग्छ नेता बनी बसौँ,
    पारिवारिक स्थितिले विदेशतिर पसौँ ।

    • समुद्र
      जल्जला- ७ गण्डकी

    ४४)
    डिभी परी विदेशिए पनि नबिर्सनू है देश,
    छिट्टै गरी फर्किहाल्नु नफुलाउनू उतै केश ।
    -त्रिलाेचन भण्डारी
    मृचीनगर,झापा

    ४५)
    विदेशीको इसारामा चल्ने राजनीति भयो,
    युवाशक्ति सबै हाम्रो अरूकै स्वार्थमा गयो ।
    -रामशरण न्यौपाने, भक्तपुर

    ४६)
    उमेर पुग्यो रोज अब विदेशको बाटो,
    वृद्ध र बालकलाई हो नेपालको माटो ।
    -बिके माकजू ।

    ४७)
    आफ्नै भुँडी भरे नेताले, सारा देशै टाट पल्टियो,
    विदेश नगई भएकै छैन, भर्नलाई खल्ती यो ।
    -ईमान सिंह के.सि.
    ब्यास ९ धनुबासे,कलेस्ति तनहुँ
    हाल नागार्जुन २,सुन्दरवस्ति, गैरिगाउँ काठमाडौँ ।

    ४८)
    डिभी पर्ला भनेर भरिनँ मैले अहिलेसम्म कुनै वर्ष,
    अरूकाे देशमा दु:ख गरेर खान पनि के काे मान्नु हर्ष ।
    -कल्पना भण्डारी
    सिन्धुपाल्चोक हाल काठमाडौँ

    ४९)
    यसपालि त डिभी पर्ने नै आशिष मलाई दिनु,
    अमेरिकाबाट फर्किदा आइफोन दिउँला चिनु ।
    -विवश पारदर्शी
    झापा,

    ५०)
    सपना पूरा गरौँला अब विदेश पसेर,
    नेताकै खल्ती भरोस् हजुर देशमा बसेर।
    -Ajay Danuwar
    धनगढीमाई न.पा.-४ जयपुर, सिराहा

    ५१)
    उद्योगधन्दा जति सबै बेचे, खाए भाग लगाई,
    छिमेकीको गुलामी गरेर खान्छन् समान मगाई ।
    -दुर्गा भट्टराई
    मोरङ

    ५२)
    नेताहरू सबै भ्रष्टाचारी लौ, छन् आनन्द, ठाँट र कुर्सीको रेसमा,
    छैन रोजगार देशमा हेर नगई भएन के गर्नु विदेशमा ।
    -राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।

    ५३)
    निचोरेर रगत पसिना खोष्टा फिर्ता पठायो,
    देशलाई चाहिएन युवाशक्ति सिमा कटायो।
    -सुरेशकुमार पाण्डे
    दाङ घोराही १८

    ५४)
    यो देशमा युवाको भविष्य ताेडी गर्छन् फुर्ती धेर,
    जवान खेदी आफैँले ब्रम्हालुट चाहेका छन् हेर ।
    -रामप्रसाद पुरी,बादेल खाेटाङ

    ५५)
    बस विदेशतिरै कहिलेकाहीँ भिडियो कलमा बाेलाैँला,
    बुढाबुढी स्याहार गर्न यता गाउँमा वृद्धाश्रम खाेलाैँला ।
    -मित्र उराठी गाैतम
    तिलाेत्तमा-२, रुपन्देही

    ५६)
    छोराछोरीलाई विदेश पठाउनु पर्ने गराइ दुःखी मन,
    गरी खाने वातावरण छैन आफ्नै देशमा के गरौँ ल भन।
    -शोभा आचार्य गौतम
    काठमाडौ

    ५७)
    दु:ख गरेरै खाउँला बरू विदेश पसेर, भ्रष्टाचारले भुँडी भराैँला देशमा बसेर।
    -सहयात्री शाेभा अर्याल
    बुटवल , रुपन्देही

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०७

    साताका तीन लघुकथा- ४२

  • ११ कार्तिक २०८०, शनिबार २२:४९ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (४२औँ) शृङ्खलाका लागि लघुकथाकार लक्ष्मण अर्यालको लघुकथा ‘चङ्गा’, लघुकथाकार गम बयम्बु मगरको लघुकथा ‘मित्रता’ र लघुकथाकार तिलक तारामी ‘रेशाली’को लघुकथा ‘दसैँ’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथा: चङ्गा

    -लक्ष्मण अर्याल
    चङ्गाहरू उड्थे आकाशमा दसैँ लागेपछि । लट्टाईको बिक्री बढ्थ्यो । धागाहरूमा माड लगाउनेहरू व्यस्त बन्थे । रङ्गीबिरङ्गी चङ्गाहरूका बजार लाग्थे ।

    ऊ पनि कम्ता रौसिन्थ्यो र सानामा चङ्गाका लागि, माथि माथि उडेको चङ्गासँगै आफैँ उडेजस्तो ठानेर । आकाशको यायावर ठान्थ्यो ऊ आफैँलाई ।

    आकाशका चङ्गाहरू काट्थ्यो, खुसीले उफ्रिन्थ्यो र भन्थ्यो- “आमा ! मेरो चङ्गाले पाँचवटा चङ्गा चेट गरायो । चेट भएकाहरू अहिले रुँदै होलान् ।”
    च्याँठ्ठिन्थ्यो- “बाबा ! देख्नु भो त मेरो चङ्गा कति बलियो छ ।”

    उसका बालचाञ्चल्य देखेर बा अनि आमा पनि खुसीका सरोवरमा पटकपटक चोपलिन्थे ।

    चङ्गासँगै उडेको उसको बालापनमा १२ को परीक्षाफल पश्चात् एकाएक पूर्णविराम लाग्यो । उसको बालापन खोसियो । उसको चञ्चलता चोर्‍यो यो असत्तीले । नयाँ नयाँ सपना देख्न थालेका उसका मनमा दसैँको चङ्गा होइन उडनतस्तरी आउने गरेका छन् ।

    आज चङ्गाहरू उड्ने आकाश हुँदै ऊ उडेको छ । आजकल यो देशका धागा काटिएका चङ्गाहरू जहाँ जहाँ खस्छन् अब ऊ पनि त्यहीँ पुगेर खस्नेछ ।

    २)
    लघुकथा: मित्रता

    -गम बयम्बु मगर
    गाउँका बुढाहरू आँगनमा भरिन थाले । खुकुरी उध्याए । खसी मार हान्नलाई तयार भए । बाटुली घाँस बोकेर आइन् । उनको नजर खोर बाहिर बाँधेको भकुल्ले खसीमा पुग्यो।

    भकुल्लेलाई देखेर उनको मन धुरुक्कै भयो। उनले डाले घाँस राखिदिइन् । खसीले घाँस खाँदै थिए । बाटुलीको भने मन खाइरहेको थियो ।

    मार हान्नेहरूले भकुल्लेलाई डोर्‍याएर आँगन छेउमा लगे । ‘बीभत्स हत्या देख्न नपरोस्’ भन्ने सोचेर बाटुली घरको पछाडितिर लुकिन् । खसी कराउँदै थियो । एकैछिनमा म्याँ..म्याँ..गर्दै आवाज आयो । बाटुलीको मन चुँडियो। पशु हत्या गर्ने चाडबाड नआइदियोस् भन्दै प्रार्थना गरिन् ।

    “तेरो जुनी पनि यत्तिनै रहेछ भुकुल्ले……! तँ र म उस्तै टुहुरो थियौँ । तेरो त दु:ख लुक्यो । मेरो पनि छिट्टै काल आइदिए हुन्थ्यो!” भित्रभित्रै मन बोल्यो । आँखाबाट आँसुले बिदा मागेर खस्यो ।

    खसी पोलियो । उता खसीको ज्यान टुक्रा टुक्रा भयो । मासुमा परिणत भयो । बाटुलीको मन पनि छियाछिया भएर टुक्रिरह्यो । भागबन्डा गरेर मान्छे लाखापाखा लागे । भान्छा भान्छामा वासना छोड्दै खसीको मासु पाक्न थाल्यो ।

    “बाटुली! ए बाटुली.! खाना खान आइज !” सौतेनी आमाले बोलाइन् । बाटुली कोठाबाट लुरुलुरु तल झरिन् । चुपचाप बसिन् ।

    “के भयो तिमीलाई ? सन्चो छैनौ ?” मुखमा हेर्दै बा’ले सोधे।
    “केही भएको छैन। खान मनै लाको छैन।”

    “मासु भात खान पाउँदा नखानेहरू त अभागी हुन् । हुन त आमा खानेहरू कोनै भाग्यमानी हुन्छन् र ?” सौतेनी आमाले वचन लगाइन् ।
    “यी टुहुरीलाई किन वचन लाउँछ्यौ ? के दोष छ यसको ?”
    “भयो बा ! म अभागीले गर्दा अरू कसैको भाग्य नफुटोस्।”

    बाटुली जन्मिने बित्तिकै उनको आमाको मृत्यु भएको थियो । भकुल्ले जन्मेको दुई दिनपछि माऊ बितेको थियो । उनीहरूको जीवनकथा उस्तै उस्तै थियो । बाटुली भकुल्लेलाई आफूजस्तै मान्थिन् । दिनभरि गोठालोमासँगै डुल्थे । सुत्ने बेला मात्र अलग हुन्थे । तिनीहरूमा अगाध मित्रता थियो।
    निस्दी गाउँपालिका -६ अर्चले, पाल्पा

    ३)
    लघुकथा: दसैँ

    -तिलक तारामी “रेशाली”
    “आमा ! माथ्ला घरबाट केको बास्ना आको ? कति मीठो है !” सात वर्षीय छोरीले मुख खोली ।

    “खसी पोलेको बास्ना हो । खसी काटे नानी ।” चमेली बोली ।

    “आमा ! तल्ला घरबाट पनि बास्ना आयो नि ! यो केको बास्ना हो नि ?” छोरीले फेरि अर्को जिज्ञासा राखी ।

    “सेलरोटीको बास्ना हो, नानी ।” चमेली बोली ।

    अबोध छोरीको प्रश्नले चमेली अवाक् बनी । छोरी नजन्मिँदै लोग्ने विदेश गएको थियो । एक महिना अगाडिमात्र एम्बुसमा परी उसको मृत्यु भएको खबर आएको थियो । अझै पनि शव आइपुगेको थिएन ।

    “आमा ! आज किन यस्ता मीठामीठा बास्नाहरू आइरहेका छन् ?” छोरीको अर्को प्रश्न आयो ।

    “दसैँ आयो नि !” चमेलीले मन अमिलो पार्दै भनी ।

    “हाम्रो घरमा दसैँ आउँदैन त आमा ?” छोरीले बालसुलभ प्रश्न गरी ।
    बुटवल – ११, रुपन्देही

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा- ४२

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२७

  • ११ कार्तिक २०८०, शनिबार २२:०४ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १२७ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    जोडी
    असिम प्यार
    प्रकृतिको सुन्दर उपहार !

    • वसन्त अनुभव
      [२]
      युगल
      आनन्द आभास
      अनमोल प्रणय विश्वास !
    • पृथक प्रकृति, झापा
      [३]
      ढुकुर
      प्रेमालापमा रम्दै
      जीवन नयाँ सिँगार्दै !
    • जमुना कायस्थ,पोखरा
      [४]
      आनन्दित
      यस्तो माया
      पाइदैन कहिँ पनि !
    • प्रेम थापा “मन”, बागलुङ
      [५]
      जोडी
      अमुल्य सम्बन्ध
      आनन्दको आभास दिने !
    • दुर्गा आचार्य, मोरङ
      [६]
      सुन्दर
      ढुकुरको जोड़ी
      अनन्त प्रेम वार्तालाप !
    • डुकछिरिङ लेप्चा
      डुप्टिन, भारत
      [७]
      जोडी
      भाग्दैन कोही
      प्रकृतिको नियम तोडी !
    • पशपती राई, खोटाङ
      [८]
      प्रेम
      अटल निस्चल
      कतै देखिंदैन छल !
      -:सरिता सेढाई, धादिङ
      [९]
      जीवन
      असिम प्यार
      प्रकृतिको मीठो उपहार !
    • बेदु न्यौपाने, काठमाडौँ
      [१०]
      जीवनसाथी
      जिन्दगीको प्राण
      सहारा सबैभन्दा माथि !
    • तेजप्रसाद खनाल, दाङ
      [११]
      सम्बन्ध
      मीठो पल
      माया सधैँ अटल !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [१२]
      आजभोलि
      सस्तो मोल
      यद्यपि प्रेमालाप अनमोल !
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
      [१३]
      दम्पती
      घरिघरि कुटाकुट
      मनभित्र सधैँभरि प्रेमलुट !
    • निरज कोइराला
      बेलका-१, उदयपुर, हालः इटहरी
      [१४]
      प्रणय
      जीवनको यात्रा
      बिना कुनै भय !
    • गङ्गा खड्का
      बूढानीलकण्ठ, काठमाडौँ
      [१५]
      दिव्य
      कपोत संयोग
      प्रेम अटल अनमोल !
    • पं ज्यो. तोयनाथ सुवेदी, हेटौंडा -८, मकवान्पुर
      [१६]
      सहयात्री
      हुन् जीवनसाथी
      सुख शान्ति दात्री !
    • विवश पारदर्शी, झापा
      [१७]
      अनुराग
      अनुपम नाता
      जीवनको उत्कृष्ट छाता !
    • तोया नाथ चापागाईं
      दमक, झापा, नेपाल
      [१८]
      एउटै
      तस्विर छाया
      मनभित्र प्रेमिल काया !
    • राेशन पराजुली
      [१९]
      जीवन
      अमुल्य उपहार
      मायाप्रेम हुन्छ सदाबहार !
    • मङ्गला उपाध्याय, बारा
      [२०]
      पन्छी
      मान्दैनन् कत्ति
      माया साट्न अल्छी !
    • घनश्याम पौडेल, पोखरा
      [२१]
      परेवा
      प्रेमिल जोडी
      सौम्य आत्मिक पिरती !
    • आर्त अकुलीन
      [२२]
      पिरती
      आत्मिक बन्धन
      सुन्दर परेवा जोडी !
    • राजाराम रत्गैंया, अमौरा, कैलाली
      [२३]
      परेवा
      सुन्दर अनुभूति
      शान्ति प्रेम सद्भाव !
    • समुन्द्रा शर्मा, इटहरी
      [२४]
      प्रेयसी
      मिलनको क्षण
      गर्दछ जीवन समर्पण !
    • भगवती दवाडी, झापा
      [२५]
      जाेडी
      अटुट माया
      जग अखण्डित विश्वास !
    • टीकाराम जाेशी, टीकापुर
      [२६]
      पिरती
      विपरित सम्बन्ध
      परेवाको जोडी जस्तो !
    • गुणनिधि घिमिरे, अमेरिका
      [२७]
      जोडी
      प्रेमको प्रतीक
      जीवन कटाउने माध्यम !
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
      कनकाई-४, झापा
      [२८]
      सिकौँ
      प्रेम पाठ
      हेरेर जोडी परेवाबाट !
    • अर्जुन प्रसाद चौलागाई
      रामेछाप, सुनापति-१
      हालः अमेरिका, बोस्टन
      [२९]
      प्रेम
      आपसी सद्भाव
      एकताको दर्बिलो प्रतीक !
    • सरस्वती श्रेष्ठ इटहरी
      [३०]
      जीवनसाथी
      अभिन्न अङ्ग
      मिलेमा छ रङ्ग !
    • तेजप्रसाद खनाल
      [३१]
      परेवा
      प्रेमको प्रतीक
      पुग्दैन मानव नजिक !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [३२]
      सम्बन्ध
      बिग्रिए फसाद
      मिलेमा दैवी प्रसाद !
    • प्रभादेवी पौडेल,चितवन
      [३३]
      प्रेम
      बिचार एउटै
      मिलनकाे दर्बिलाे आधार !
    • राज कुमार राजभण्डारी “खाेटाङ्गे”
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
      [३४]
      प्रेमिल
      परेवा जोडी
      सिकाउँदै प्रेमको परिभाषा !
    • गोपालप्रसाद पौड्याल
      [३५]
      प्रेम
      शाश्वत प्राकृतिक
      अनन्त काल पर्यन्त !
    • सुधा बाँस्कोटा ढकाल
      [३६]
      प्रेम
      जिउने आधार
      मनको भित्र उमङ्ग !
    • धनमाया चौधरी, कैलाली
      [३७]
      प्रेम
      मिलन गाँठो
      भावना साट्ने थलो !
    • राज कुमार राजभण्डारी “खाेटाङ्गे”
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
      [३८]
      जीव
      गहिरो मायाप्रेम
      सृष्टिको सुन्दर उपहार !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [३९]
      प्रेम
      जोडी परेवा
      शाश्वत मायाको प्रतीक !
    • श्रीकृष्ण शर्मा, पोखरा
      [४०]
      मुटु
      जीवनको आधार
      माया मिल्यो सदाबहार !
    • अम्विका अधिकारी
      झापा, बिर्तामोड
      [४१]
      माया
      परेवाको कस्तो
      मानवले बुझेको सस्तो !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [४२]
      सप्रेम
      ममता सम्मान
      प्रकृतिको अनुपम उपहार !
    • जमुना आचार्य, सिन्धुपाल्चोक
      [४३]
      परेवा
      प्रेमको प्रतीक
      मायाको मीठा संसार !
    • सविता के.सी.
      दक्षिणकाली-९, काठमाडौँ
      [४४]
      जोडी
      मगन प्रेममा
      दिदैछ प्रकृतिले साथ !
    • धर्मी शाक्य, बुटवल, रुपन्देही
      [४५]
      ढुकुर
      प्रेमिल जाेडी
      युगलकाे आत्मिय सम्बन्ध !
    • नारायण प्रसाद उपाध्याय, कैलाली
      [४६]
      चखेवा
      अनौठो प्रीति
      अचम्म संसारको रीति !
    • भवानी घिमिरे, सर्लाही
      [४७]
      आनन्दित
      प्रेमिल जोडी
      प्रकृतिको उपहारको सदुपयोग !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [४८]
      सुन्दरम्
      प्रियतम जोडी
      रहुन् नाता नतोडी !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [४९]
      प्रेमिल
      परेवा जाेडी
      खुसीले पकृतिसँग रमाउँदै !
    • बलराज गिरी, कैलाली
      [५०]
      मिलन
      माया एकअर्कासँग
      युगको युगल उमङ्ग !
    • पागल भिक्षुक, कैलाली
      [५१]
      माकाघुर
      कपोत जोडी
      प्रेमको अनुपम प्रतीक !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [५२]
      प्रेमिल
      जोडी परेवाको
      साहारा सधैँँ हाँगाको !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपिरी, बाँके
      [५३]
      चरी
      प्रकृतिसँग मनपरी
      माया प्रेम अजम्बरी !
    • बिपी खनाल
      लम्की, कैलाली
      [५४]
      परेवा
      शान्तिको प्रतिक
      सफल प्रेमको नमुना !
    • इन्दिरा देवकोटा
      कपिलवस्तु न पा-३
      [५५]
      पारावत
      उभयचरमा श्रेष्ठ
      सुन्दर प्रेमको प्रतीक !
    • कण्ठराज गिरी, टीकापुर
      [५६]
      परेवा
      प्रेमको प्रतिक
      आपसी सद्भाव अधिक !
    • दुर्गा भट्टराई, मोरङ
      [५७]
      सृष्टि
      चल्छ तबसम्म
      प्रेम रहन्छ जबसम्म !
    • बालकृष्ण खनाल, टीकापुर
      [५८]
      जोडी
      प्रेम बन्धन
      एक अर्काको सहारा !
    • घनश्याम पौडेल
      गौरीगङ्गा नपा-९, कैलाली
      [५९]
      प्रेम
      परेवा जोडीको
      निस्कपट अमरत्वको परिचायक !
    • कमला देवकोटा, पाल्पा
      [६०]
      प्यार
      जीवनको नाम
      सुख शान्ति आनन्द !
    • तिला लेकाली
      [६१]
      प्रेम
      आत्मा मिलन
      एक अर्काको परान !
    • म्यामराज राई, भोजपुर
      [६२]
      उदाहरण
      प्रीतिको चरण
      जीवन र मरन !
    • रामप्रसाद पुरी
      बादेल, खाेटाङ
      [६३]
      जोडी
      मायाको डोरी
      आखिर दुवैतर्फ बराबरी !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [६४]
      पन्छी
      प्रेमको रङ्ग
      छैन मानिसमा ढङ्ग !
    • नागेन्द्र प्रसाद यादव
      [६५]
      सुन्दर
      जोडी परेवा
      कति मिलेको वाह !
    • रिता खराल, रूपन्देही
      [६६]
      पिरती
      जोडी परेवा
      मनको आत्मिक भावना !
    • कविता आचार्य, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२७

    पञ्चाङ्ग लेखन शृङ्खला- ६६

  • १० कार्तिक २०८०, शुक्रबार १०:५० मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं। यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: छैसठीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६६ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०७/०६ गते
    भोलि बेलुका ०९ बजेसम्म दशैं विशेष पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। (विजया दशमी, शुभदिपावली तथा छठ पर्वको पावन अवसरमा देश तथा विदेशमा रहनु हुन सम्पूर्ण हिन्दू धर्मालम्वीहरुमा सु स्वास्थ्य र दीर्घायुको कामना सहित हार्दिक शुभकामना,नव दुर्गा भवानीले सबैको कल्याण गरून्।)
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१

    मिठो खाना आओस् यो दशैंमा।
    हर्ष खुसी छाओस् यो दशैंमा।
    शत्रु सबै नाश भई जाउन्,
    नयाँ लुगा पाओस् यो दशैंमा।
    दुःख हटि जाओस् यो दशैंमा।

    पञ्चाङ्ग:०२
    दुश्मन सखाप पार्ने शक्ति देऊ नवदुर्गा माता।
    अत्याचारीलाई मार्ने शक्ति देऊ नवदुर्गा माता।
    दशैंको शुभकामना छ सबै हिन्दू धर्मालम्बीमा,
    तुच्छ बोल्नेलाई हार्ने शक्ति देऊ नवदुर्गा माता।
    सत्यलाई साथ सार्ने शक्ति देऊ नवदुर्गा माता।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०३
    सबैमा दसैॅको शुभकामना छ।
    रमेर मनाऔॅ यही भावना छ।
    दैलोमा छिर्यो असी सालको दसैॅ,
    सबैलाई खुशी हुने चाहना छ।
    नेपालीजनमा उज्यालोपना छ।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०४
    हर्षले सबै छाओस दशैं पर्व।
    मंगल ध्वनी गाओस दशैं पर्व।
    सम्पूर्णमा चाडको शुभकामना ,
    सम्मान गनी पाओस दशैं पर्व।
    सन्तोष बोकी आओस दशैं पर्व।
    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:०५
    जता ततै नै दसैँको लहर चलेको छ।
    गाउँ जाने भन्दै पुरै सहर चलेको छ।
    केटाकेटी बुढा बुढी युवकयुवतीमा,
    नयाँ नाना मिठो खाना रहर चलेको छ।
    के गर्नु र गरिब हुँ कहर चलेको छ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०६

    विश्वास किन पाइदैन व्यावहार गरेर जाँच्न मन छ ।
    कहिल्यै छुटो बोल्नु नपरोस् साँचो नै बोलेर बाच्न मन छ।
    वास्तविक मन बुझ्ने कोही नहुने यो लोकमा किन होला ?
    पीर व्याथाका तमसुक च्यातेर छम छम नाच्न मन छ।
    निष्ठुरीहरुको बैगुणलाई तिरेर गुण साच्न मन छ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०७

    मामाकाे घर जाइन्छ दसैँमा ।
    टीका जमरा लाइन्छ दसैँमा ।
    आशीर्वाद त्यो सकेको बाेकेर
    आ आफ्नो घर आइन्छ दसैँमा ।
    मिठाे मसिनो खाइन्छ दसैँमा ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०८

    मौसमसँगै सम्बन्धमा, सुधार गर्छ दशैं पर्व।
    मान्छेको मनमा जन्मेको,कटुता हर्छ दशैं पर्व।
    प्रकृति र मानव, यि दुबैलाई बदलिदिन्छ र,
    सर्वत्र खुसियाली नै,खुसियाली छर्छ दशैं पर्व।
    त्यसैले सबै मिलेर, मनाउनु पर्छ दशैं पर्व।
    ****
    चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके

    पञ्चाङ्ग:०९

    टन्न खान पाउनेको पो दशैं।
    आफ्ना कहाँ धाउनेको पो दशैं।
    गरीब जहाँको त्यही हो सधैं,
    नयाँ लुगा लाउनेको पो दशैं।
    खुशीयाली छाउनेको पो दशैं।
    ह्यारिस

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन शृङ्खला- ६६

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P