• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

कतार पुलिसमा नेपाली पठाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय

  • ११ असार २०७८, शुक्रबार २०:०८ मा प्रकाशित
  • सांकेतिक फाइल फोटो

    नेपाली युवाहरुको वैदेशिक रोजगारका लागि बिशेष मानिएको कतार प्रहरीमा नेपाली पठाउने बाटो खुलेको छ ।
    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमल श्रीवास्तवले असार २ गते श्रम सम्झौताको प्रतिकूल नहुने गरी भर्ना प्रक्रिया अगाडि बढाउने निर्णय गरेसँगै नेपाली युवाका लागि अवसरको ढोका खुलेको हो । मन्त्रीको निर्णयसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार प्रहरीको भर्ना प्रक्रियामा निजी क्षेत्रको संलग्नतालाई स्वीकार गरेको छ । यससँगै सरकार–सरकार (जीटूजी) मोडल अपनाउने कि म्यानपावर कम्पनी (निजी क्षेत्र) मार्फत कतारको प्रहरी सेवामा नेपाली पठाउने भन्ने विवाद समाधानतर्फ गएको छ । अब कतार प्रहरीका लागि निजी क्षेत्रले छनोट गरी पठाउने छ ।
    सरकारी निकायको सुरक्षाकर्मीका रूपमा काम गर्ने गरी श्रमिक कामदारको श्रम स्वीकृतिको माग प्रमाणीकरण गर्न मिल्ने–नमिल्ने सम्बन्धमा दूतावासले श्रमलाई निर्देशन दिन पत्र पठाएको थियो । ‘नेपाल सरकार र कतार सरकारबीच सन् २००५ मा भएको द्विपक्षीय श्रम सम्झौतामा उल्लिखित प्रावधानको प्रतिकूल नहुने र कतारको सैन्य सेवा कानुनअन्तर्गत नेपाली नागरिकलाई सुरक्षाकर्मीका रूपमा सेवामा भर्ती गर्दा निजहरूको ब्यक्तिगत सुरक्षा र अन्य सुविधामा पछिसम्म पर्न सक्ने असरको विश्लेषण गरी आवश्यक निर्णय गर्न नेपाली दूतावास, दोहा, कतारलाई निर्देशन दिने,’ श्रमले दूतावासलाई पठाएको पत्रमा उल्लेख छ ।

    आकर्षक सेवासुविधा भएकाले कतारी प्रहरीमा जाने युवासँग आर्थिक शोषण हुन सक्ने भन्दै सरकारले जीटूजी मोडलमार्फत भर्ना प्रक्रिया अगाडि बढाउनुपर्ने लबिइङ गर्दै आएको थियो । कतार भने श्रम सम्झौताअनुसार नै भर्ना प्रक्रिया अगाडि बढाउनुपर्ने अडानमा थियो ।
    कतारले नेपालबाट समयमा नै उपयुक्त निर्णय नआएको भन्दै असन्तुष्ट जनाएको थियो । प्रहरी सेवामा भर्ती हुनका लागि भने उमेर २५ देखि ३६ वर्षसम्म र उचाइ ५..८ फिट हुनुपर्ने छ । करार अवधि ५ वर्ष तोकिएको छ । तालिमको समयमा तीन हजार रियाल र तालिम सकेपछि ६ हजार रियाल पाउने बताइएको छ ।
    कतारमा पहिलो चरणमा गत वर्ष फागुनमा १ सय ७९ जना लगिएको थियो । उनीहरू हाल दोहामा कार्यरत छन् । उनीहरू हतियारधारी सुरक्षाकर्मी नभएको कतारको दाबी छ । गत मंसिरमा ३ सय जनालाई लैजानका लागि अन्तर्वार्ता लिइएको थियो । त्यतिखेर श्रमिक भर्ना प्रक्रिया नै उल्लंघन गरी कतार प्रहरीमा जान इच्छुक नेपालीको अन्तर्वार्ता अगाडि बढाएको भन्दै वैदेशिक रोजगार विभागले हस्तक्षेप गरेको थियो  समाचार सभार जनसवाल ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर5 Comments on कतार पुलिसमा नेपाली पठाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय

    नेपालमा कोरोना पीडितको लागि रु.२८ लाख भन्दा बढ़ी एनआरएनए मलेसियाद्वारा सहयोग।

  • ११ असार २०७८, शुक्रबार ००:०० मा प्रकाशित
  • क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेशियाले अहिले नेपालमा भयावह रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित बिरामिहरुका लागि संघले आफ्नै अगुवाईमा सङ्कलन गरेको नेपाली रकम रु. २८ लाख ७६ हजार १५४ रुपैयाँ रकम बिहीवार एनआरएनए नेपालको केन्द्रिय समिती लाई पठाइएको छ।

    नेपालमा तिब्र गतिमा कोभिड-१९ संक्रमण दर वृद्धि हुँदै गएपछि संघले अक्सिजन, भ्याक्सिन, लगायतका स्वास्थ्य सामाग्री खरिद गर्न भनेर आर्थिक सहयोग सङ्कलन अभियान सन्चालन गरेको थियो। हाल मलेशियामा पनि कोभिड-१९ को कारण लकडाउन चलिरहेको अवस्था छ।

    जसले गर्दा आवश्यक स्वास्थ्य सामान खरिद गर्न सम्भब नभए पछी” जहाँ बाट सामान ल्याउन सजिलो पर्छ सोही देशबाट सामान ल्याएर नेपालका सातै प्रदेशमा स्वास्थ सामाग्री बितरण गर्ने जिम्मा केन्द्र लाई दिने निर्णय गैर आवासीय नेपाली संघ मलेशिया कार्यसमितिले गरे बमोजिम उक्त रकम केन्द्रिय समिति लाई पठाईएको हो।

    उक्त अभियान बाट सङकलित रकम गैर आवासीय नेपाली संघको केन्द्रिय कार्यलय काठमाडौमा च्यारिटी फन्डको खाता मार्फत मलेसियन रिङ्गिट आरएम १,०१,९४२ , नेपाली रकम रु.२८ लाख ७६ हजार १५४ रुपैयाँ पठाई सकिएको जानकारी संघ मलेसियाका कोषाध्यक्ष कृष्ण नेपालले जानकारी दिनुभयो।

    आर्थिक शङ्कलन अभियान मार्फत एनसिसी समिति मलेशियाको बचत खाताबाट १०,००० मलेसियन रिङ्गिट र बाँकी रकम मलेसियाको विभिन्न अन्य कम्पनिहरुमा कार्यरत श्रमिकहरु बाट सहयोग प्राप्त भएको संघले जारी गरेको एक बिज्ञप्तीमा जनाएको छ।

    “‘यस् कोरोना माहामारीमा नेपालमा स्वास्थ सामाग्री पठाऔँ,र नेपालमा हुनुहुने सम्पुर्ण नेपालीको जीवन बचाऔँ “” भन्ने मुल नाराको साथ मिति १७ मे २०२१ मा नेपाली राजदूतावासको प्रमुख आथित्यता र मलेशियामा रहेका विभिन्न संघ सस्था तथा बुद्धिजीवी बर्गका ब्याक्तित्वहरु बिच कार्यक्रम गरि गैर आवासीय नेपाली संघ मलेशियाले आर्थिक सहयोग संकलन अभियान शुरु गरेको थियो।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on नेपालमा कोरोना पीडितको लागि रु.२८ लाख भन्दा बढ़ी एनआरएनए मलेसियाद्वारा सहयोग।

    नेपाल पुगेपछि ५ दिन होटल र १० दिन होम क्वारेन्टाइन बस्नु पर्ने, अन्तर्राष्ट्रिय उडान सम्बन्धमा नेपाली दूतावास रियादको सूचना

  • १० असार २०७८, बिहीबार २२:०३ मा प्रकाशित
  • समर्पण रम्जान

    २४ जुन २०२१! साउदी अरब । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई उडान सुचारु गर्ने तालिका सार्वजनिक गरे पछि साउदीअरबमा रहेका नेपालीहरुलाइ उडान सम्बन्धमा जानकारी दिदै नेपाली दूतावास साउदी अरबले पनि सूचना जारी गरेको छ ।

    दूतावास रियादले जनस्वास्थ्य सम्बन्धि मापदण्डको पुर्ण पालनाहुने गरि केही मुलुकबाट सिमित रुपमा हवाइ उडान गर्ने मन्त्रालयले जारी गरेको साप्ताहिक तालिका सहित सबैमा जानकारी गराएको छ ।
    जस अनुसार काठमाडौ दम्माम काठमाडौ हप्तामा दुई दिनको उडान राखिएको छ ।

    त्यस्तै अन्तर्राष्ट्रिय हवाई उडानतर्फ बिहीबार जुन २४ तारिखबाट उडान भर्ने मन्त्रालयको तालिकामा लेखिएको छ । मन्त्रालयका तालिकाअनुसार बिहीबार नेपाल एयरलाइन्सले कतार र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान भर्ने भएका छन् । २५ जुनमा नेपाल एयरलाइन्सले जापानका लागि, सोही दिन एयर इन्डियाले दिल्ली-काठमाडौं उडान भर्ने छन् ।

    त्यसैगरी २६ जुनमा कतार एयरवेजले दोहा-काठमाडौं, टर्की एयरलाइन्सले इस्तानबुल-काठमाडौं र एयर अरेवियाले आबुधावी-काठमाडौं उडान भर्ने मन्त्रालयको तालिकामा छ । यस्तै २७ जुनमा नेपाल एयरलाइन्सले काठमाडौं-दोहा, हिमालय एयरलाइन्सले काठमाडौं-क्वालालाम्पुर र दुबईमा एक-एक उडान भर्ने छन् , भने सोही दिन कतार एयरलाइन्सले दोहा-काठमाडौं, र जजिरा एयरलाइन्सले कुवेत-काठमाडौं उडान भर्ने तालिकामा उल्लेख छ ।
    यस्तै २८ जुनमा हिमालय एयरलाइन्सले साउदीको दमाम, नेपाल एयरलाइन्स दुबई र कतार एयरवेजले दोहा-काठमाडौं उडान गर्ने, २९ जुनमा नेपाल एयरलाइन्सले दोहा, टर्किस एयरलाइन्स नेपाल आउने छन् ,भने सोही दिन फ्लाई दुबईले दुबई-काठमाडौं र ओमान-काठमाडौंका लागि सलाम एयरले उडान भर्ने छन् ।
    त्यसैगरी मन्त्रालयको तालिकामा ३० जुनमा जजिरा एयरवेजले कुवेत-काठमाडौं, नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहाका लागि उडान भर्ने छन् ।
    नेपाल जाँदा पछिल्लो ७२ घन्टा भित्रको पिसिआर नेगेटिभ रहेको रिपोर्ट र सिसिएमसी बारकोड अनिवार्य साथमा बोक्नु पर्ने र नेपाल पुगेपछि होटलमा ५ दिन अनिवार्य क्वारेन्टाइन बस्नु पर्ने पिसिआर रिपोर्ट नेगेटिभ आएमा १० दिन होम क्वारेन्टाइन बस्नेगरि घर जान पाइने दूतावासको सुचनामा जनाएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर2 Comments on नेपाल पुगेपछि ५ दिन होटल र १० दिन होम क्वारेन्टाइन बस्नु पर्ने, अन्तर्राष्ट्रिय उडान सम्बन्धमा नेपाली दूतावास रियादको सूचना

    विश्व भुटानी हिन्दू संगठन अमेरिकाद्वारा नेपालका गुरुकुललाई आर्थिक सहयाेग

  • ९ असार २०७८, बुधबार ०९:१४ मा प्रकाशित
  • ९ असार २०७८, बुधबार

    विश्व भुटानी हिन्दू संगठन, अमेरिकाद्वारा पश्चिम नेपालका १७ वटा गुरुकुललाई प्रती गुरुकुल एघार हजार एकसय सत्ताइस रुपैया पच्चीस पैसा रकम आर्थिक सहयाेग गरेको छ ।

    काेराेना महामारीका कारण जारी निषेधाज्ञाका समयमा सृजित असहज परिस्थितिमा केही हदसम्म भएपनि राहत मिलोस भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको बुझिएको छ ।

    सनातन वैदिक सभ्यता र संस्कृतिकाे संरक्षण तथा निरन्तरताका लागि दाङ जिल्लाकाे १३०० बर्ष पुरानाे ऐतिहांसिक सिद्ध रत्ननाथ मठ चाैघेरामा अनाैपचारिक रुपमा २ बर्ष अगाडि देखि संचालनमा आएको गोरखनाथ वैदिक गुरुकुलले २०७७ साल कार्तिक २५ गतेदेखि विधिवत मान्यता पाएको थियो। कक्षा ६ सम्म संचालनको मान्यता पाएको गुरुकुलले निरन्तर समाजमा विविध कृयाकलाप गर्दै प्राचार्य सन्ताेषी सुवेदीले बताउनुभयो ।

    गुरुकुलले आफ्नाे उद्धेश्य अनुरुपनै यस गुरुकुलले अन्य गुरुकुलहरु संग समन्वय गरेर सहयाेग जुटाउने, शैक्षिक तथा प्रशासनिक कार्य सन्चालन गर्ने भन्ने विषयमा पश्चिम नेपालका दूरदराजमा रहेका गुरुकुलहरुलाई एक जुट गराउने काम गरेकाे छ ।

    साथै यसले निङ्गलासैनि गुरुकुल,धनगढिलाई समेटेर गुरुकुल संरक्षण अभियान चलाउदै आएकाे छ भने भर्चुअल माध्यमबाट गुरुकुल, गाैशाला, पुस्तकालय तथा मठ, मन्दिर विषयक चर्चा ‘गाेरक्ष चिन्तन’ नामक कार्यक्रमबाट हरेक शुक्रबार साँझ ८ बजेदेखि सन्चालन गर्दै आईरहेकाे छ।

    गोरखनाथ वैदिक गुरुकुलका प्रमुख सल्लाहकार, आध्यात्मिक चिन्तक एवं अन्तर्राष्ट्रिय वक्ता डा.चिन्तामणि याेगिज्यूकाे सुझाव,सल्लाह र सकृयतामा अरुकाे खुसिकाे लागि पनि केही गर्ने र गराउने बातावरण वनाउने क्रममा विश्व भुटानि हिन्दू संगठन अमेरीकामा रहनुहुने संस्थाका अध्यक्ष कमल धिमालज्यू बाट सहयाेग जुटाई नेपालका उक्त गुरुकुलहरुलाई सहयाेग आएकाे गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले थप प्रष्ट पार्दै भन्नुभयो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on विश्व भुटानी हिन्दू संगठन अमेरिकाद्वारा नेपालका गुरुकुललाई आर्थिक सहयाेग

    विश्व भुटानी हिन्दू संगठन अमेरिकाद्वारा नेपालका गुरुकुललाई आर्थिक सहयाेग

  • ९ असार २०७८, बुधबार ०८:३१ मा प्रकाशित
  • विश्व भुटानी हिन्दू संगठन, अमेरिकाद्वारा पश्चिम नेपालका १७ वटा गुरुकुललाई प्रती गुरुकुल एघार हजार एकसय सत्ताइस रुपैया पच्चीस पैसा रकम आर्थिक सहयाेग गरेको छ ।

    काेराेना महामारीका कारण जारी निषेधाज्ञाका समयमा सृजित असहज परिस्थितिमा केही हदसम्म भएपनि राहत मिलोस भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको बुझिएको छ ।

    सनातन वैदिक सभ्यता र संस्कृतिकाे संरक्षण तथा निरन्तरताका लागि दाङ जिल्लाकाे १३०० बर्ष पुरानाे ऐतिहांसिक सिद्ध रत्ननाथ मठ चाैघेरामा अनाैपचारिक रुपमा २ बर्ष अगाडि देखि संचालनमा आएको गोरखनाथ वैदिक गुरुकुलले २०७७ साल कार्तिक २५ गतेदेखि विधिवत मान्यता पाएको थियो। कक्षा ६ सम्म संचालनको मान्यता पाएको गुरुकुलले निरन्तर समाजमा विविध कृयाकलाप गर्दै प्राचार्य सन्ताेषी सुवेदीले बताउनुभयो ।

    गुरुकुलले आफ्नाे उद्धेश्य अनुरुपनै यस गुरुकुलले अन्य गुरुकुलहरु संग समन्वय गरेर सहयाेग जुटाउने, शैक्षिक तथा प्रशासनिक कार्य सन्चालन गर्ने भन्ने विषयमा पश्चिम नेपालका दूरदराजमा रहेका गुरुकुलहरुलाई एक जुट गराउने काम गरेकाे छ ।

    साथै यसले निङ्गलासैनि गुरुकुल,धनगढिलाई समेटेर गुरुकुल संरक्षण अभियान चलाउदै आएकाे छ भने भर्चुअल माध्यमबाट गुरुकुल, गाैशाला, पुस्तकालय तथा मठ, मन्दिर विषयक चर्चा ‘गाेरक्ष चिन्तन’ नामक कार्यक्रमबाट हरेक शुक्रबार साँझ ८ बजेदेखि सन्चालन गर्दै आईरहेकाे छ।

    गोरखनाथ वैदिक गुरुकुलका प्रमुख सल्लाहकार, आध्यात्मिक चिन्तक एवं अन्तर्राष्ट्रिय वक्ता डा.चिन्तामणि याेगिज्यूकाे सुझाव,सल्लाह र सकृयतामा अरुकाे खुसिकाे लागि पनि केही गर्ने र गराउने बातावरण वनाउने क्रममा विश्व भुटानि हिन्दू संगठन अमेरीकामा रहनुहुने संस्थाका अध्यक्ष कमल धिमालज्यू बाट सहयाेग जुटाई नेपालका उक्त गुरुकुलहरुलाई सहयाेग आएकाे गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले थप प्रष्ट पार्दै भन्नुभयो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on विश्व भुटानी हिन्दू संगठन अमेरिकाद्वारा नेपालका गुरुकुललाई आर्थिक सहयाेग

    एकदिने पशु सेवा शिविर कार्यक्रम सम्पन्न

  • ९ असार २०७८, बुधबार ०७:११ मा प्रकाशित
  • दाङ, ८ असार
    घोराही उप-महानगरपालिका वडा नं १२ बटोलपुरमा एकदिने पशु सेवा शिविर कार्यक्रम सम्पन्न भएको छ । उक्त शिविर कार्यक्रम घोराही उप-महानगरपालिका वडा नं १२ को आर्थिक सहयोग तथा पशु सेवा कार्यालय नारायणपुरको प्राविधिक सहयोगमा सञ्चालन भएको थियो ।

    पशुलाई लाग्ने विभिन्न किसिमका रोगको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा किसानहरूलाई पशुको सामान्य औषधि समेत वितरण गरिएको थियो। वडाध्यक्ष राजेन्द्र बुढाले कृषकलाई औषधि वितरण गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

    कार्यक्रममा घोराही-१२ का वडाध्यक्ष राजेन्द्र बुढा सदस्यद्वय सुखा चौधरी र पुष्पा वि‌ क , पशु सेवा कार्यालय नारायणपुरका प्रमुख हिम प्रसाद शर्मा लगायतका ब्यक्तित्वको उपस्थिति रहेको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on एकदिने पशु सेवा शिविर कार्यक्रम सम्पन्न

    सर्वोच्चको आदेशले २० जना मन्त्री पदमुक्त, बाँकी मन्त्री परिषदमा को को रहे, नाम सहित

  • ८ असार २०७८, मंगलवार १८:२२ मा प्रकाशित
  • ८ असार २०७८ ! निर्वाचन घोषणा गरेपछि पनि मन्त्रिपरिषद पुनर्गठन गर्नुभएका प्रधानमन्त्री केपी ओलीको कदममा सर्वोच्च अदालतले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन र विस्तारविरुद्ध अन्तरिम आदेश जारी गरेपछि २० जना मन्त्री पदमुक्त भएसंगै अब मन्त्रिपरिषद पाँच जनामा सीमित बनेको छ ।  

    प्रधानमन्त्री केपी ओलीले काम चलाउ हैसियतमा पुगिसक्दा पनि पछिल्लो समयमा दुई चरणमा मन्त्रिपरिषद विस्तार गर्नुका साथै नयाँ दललाई नै समावेश गराएका थिए । अदालतको आदेशसँगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा सहभागी २० जना मन्त्री स्वतः पदमुक्त भएका हुन्।

    एमालेका उपप्रधान तथा परराष्ट्र मन्त्री रघुबीर महासेठ, गृहमन्त्री खगराज अधिकारी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङ, सामान्य प्रशासन मन्त्री गणेश पहाडी, सञ्चार मन्त्री नैनकला थापा, कृषि मन्त्री ज्वालाकुमारी साह, वन मन्त्री नारदमुनी राना, प्रधानमन्त्री कार्यालयका मन्त्री मोहन बानियाँ, वन तथा वातावरण राज्यमन्त्री आशाकुमारी विक र जसपाका उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो, उर्जा जलस्रोत तथा सिँचाई मन्त्री शरतसिंह भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव, खानेपानी मन्त्री अनिलकुमार झा, भूमि व्यवस्था मन्त्री लक्ष्मणलाल कर्ण, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमल श्रीवास्तव  र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशङ्कर अरगरिया,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरी, युवा तथा खेलकुद मन्त्री एकवाल मियाँ, उर्जा राज्यमन्त्रीचन्द्रकान्त चौधरी , महिला तथा राज्यमन्त्री रेणुका गुरुङ हरुको एक महिना पुग्न नपाउँदै पदमुक्त भएको छ। 

    सर्वाेच्चको अन्तरिम २० मन्त्रीहरुको पदमुक्त पछि ५ जनाको मात्रै मन्त्रिपरिषद् बाँकी रहेको छ। अब प्रधामन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णुप्रसाद पाैडेल, भाैतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ मन्त्रिपरिषद्‌मा बाँकी रहेका छन्।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, राजनीतिLeave a Comment on सर्वोच्चको आदेशले २० जना मन्त्री पदमुक्त, बाँकी मन्त्री परिषदमा को को रहे, नाम सहित

    बंगलाचुलीको नीति तथा कार्यक्रम सार्वजनिक ‘डाक्टर–पाइलट पढाउने देखि’, खरका छानो हटाउनेसम्म’

  • ५ असार २०७८, शनिबार २१:०३ मा प्रकाशित
  • कमिरेचौर, ५ असार ।
    ‘शिक्षा, स्वास्थ्य र सुरक्षित आवासमा लगानी, समृद्ध बंगलाचुलीको बिहानी ’ भन्ने मुलनाराका साथ शनिवार बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९को नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले उक्त अवसरमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

    गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य र सुरक्षित आवासलाई आगामी आर्थिक वर्षको मुख्य प्राथामिक्तामा राखेको छ । सीपयुक्त दक्ष जनशक्ति उत्पादनका लागि तालिम तथा बहुविद्या प्राविधिक शिक्षाको नीति निर्माण गर्नुका साथै विपन्न, द्वन्द पीडित, अपाङ्ग र सहिद परिवारका छोराछोरी, जेहेन्दार विद्यार्थीहरु डाक्टर, पाइलट र इन्जीनियर अध्ययनका लागि एक विशेष छात्रबृत्ति प्रदान गरिने, सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्दै बैज्ञानिक, सीपमूलक , गुुणस्तर शिक्षा प्रदान गर्न बंगलाचुली शैक्षिक सुधार कार्यक्रम समेत सञ्चालन गरिने नीति तथा कार्यक्रम तय गरेको छ ।

    त्यस्तै गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि सबै वडामा आधारभुत तथा गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच स्थापित गर्न आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन गर्दै बंगालचुली अस्पताल विशेषज्ञ चिकित्सक सहितको नमूना अस्पतालका रुपमा विकास गरी सञ्चालन गरिने तय गरेको छ ।

    त्यस्तै गाउँपालिकाले जेहेन्दार लक्षित तथा विपन्न वर्ग समुदायका बेरोजगार युवाहरु सरकारी सेवामा आकर्षित गर्न लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरी सरकारी सेवामा प्रोत्साहन गरिने ।
    त्यस्तै गाउँपालिको ‘सुरक्षित घर सबैको रहर’ भन्न्ने मुलनारा आत्मसाथ गर्दै गरिवीको रेखामुनि रहेका नागरिकको जीवनस्तर सुधार, सभ्यता विकास र सामाजिक रुपान्तरणका लागि खरको छानो विस्थापन कार्यक्रम सञ्चालन गरी खर छानो मुक्त पालिका निर्माण गरिने भएको छ ।

    त्यस्तै स्थानीय उत्पादन र कृषि क्षेत्रको विकासका लागि एक गाँउ एक उत्पादन, एक वडा एक कृषि प्राविधिक व्यवस्थापन गरी कृषि क्षेत्रको विकास फष्टाउदै लैजान र कृषि क्षेत्रको बढिभन्दा बढि किसानलाई आकर्षित गर्दै एक वडा एक अन्न भकारी कार्यक्रम सञ्चालन गरिने । त्यस्तै जनयुद्ध र जनआन्दोलनका पीडित र उनका परिवारलाई राष्ट्र योगदान गरे वाफत मासिक दुईसय रुपैयाँ प्रोत्साहन भत्ताको व्यवस्थापन गरिने जनाएको छ ।

    पैत्रिक सम्पत्तीमा छोराछोरी समान अधिकार प्रदान गर्ने परिवारलाई गाउँपालिको सम्मानको व्यवस्थापन गर्ने छ । उक्त कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत एवं सभा सदस्य सचिव नेवबहादुर वलीले गर्नुभएको थियो भने सभाको अध्यक्षता गाउँपालिकाका जेष्ठ नागरिक देवीराम सारु मगरले गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on बंगलाचुलीको नीति तथा कार्यक्रम सार्वजनिक ‘डाक्टर–पाइलट पढाउने देखि’, खरका छानो हटाउनेसम्म’

    उद्घाटन भएको पाँच महीना नपुग्दै बाढीले ढाल्यो हेलम्बु प्रहरी चौकी

  • ५ असार २०७८, शनिबार ०९:२६ मा प्रकाशित
  • ५ असार, काठमाडौं । अविरल वर्षापछि आएको बाढीले कटान गर्दा सिन्धुपाल्चोकको हेलम्बुमा रहेको इलाका प्रहरी कार्यालयको भवन बगाएको छ ।

    शुक्रबार राति प्रहरीको साढे २ तले पक्की भवन ढलेको बागमती प्रदेश प्रहरी प्रमुख वसन्त लामाले अनलाइनखबरलाई बताए ।

    भवनमा प्रहरी कर्मचारीचाहिँ बसेका थिएनन् । ‘नदीले कटान गरेर ढुंगाको जाली र भान्सा भत्काएपछि प्रहरीलाई छुट्टै स्थानमा राखेका थियौं,’ प्रहरी नायब महानिरीक्षक (डीआईजी) लामाले भने, ‘त्यसैले कर्मचारीचाहिँ सबै सुरक्षित छन् ।’

    हेलम्बुमा प्रहरीको चौकी पाँच महीनाअघि मात्र निर्माण सकिएर उद्घाटन भएको थियो । भवन निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३ करोड १७ लाख ६९ हजार रुपैयाँ बजेट दिएको थियो ।

    ‘क’ वर्गको यो इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको कमाण्ड रहन्छ । यद्यपि हाल सईले कमाण्ड गरिररहेका थिए ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on उद्घाटन भएको पाँच महीना नपुग्दै बाढीले ढाल्यो हेलम्बु प्रहरी चौकी

    १० बुँदे कार्ययोजना सहित एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदाको पुनः उम्मेदवारी

  • ५ असार २०७८, शनिबार ००:४१ मा प्रकाशित
  • समर्पण रम्जान

    साउदी अरब ! गैर आवासीय नेपाली संघ(एनआरएनए एनसिसि) राष्ट्रिय समन्वय परिषद कतारका बर्तमान अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले २०२१-२३ कार्यकालका लागी पुनः अध्यक्षमा उम्मेद्धारी दिएका छन ।

    एनआरएनए एनसिसि कतारको आठौ महाधिबेशनबाट अध्यक्षमा निर्बाचित भएर २०१९-२१ को कार्यकालमा कोभिड १९ को भयावह परिस्थितिमा पनि थुप्रै सामाजिक कार्यहरू गरि संस्थालाई ठुलो योगदान दिदै आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गरेका मुसलमानले एनसीसी कतारको नबौं महाधिबेशन मार्फत पुनः २०२१–२०२३ कार्यकालको लागी अध्यक्षमा उम्मेद्धारी दिएका छन् ।
    गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् कतारको २०१९/२०२१ कार्यकाल सफल बनाउन साथ सहयोग गर्नु हुने सबैलाई धन्यवाद र आभार प्रकट गर्दै बिगतमा घोषित कार्यक्रमहरु कोभिड महामारीका कारण सम्पन्न गर्न असमर्थ भएकोले यी अधुरा कामहरु सम्पन्न गर्न सबैको साथ, सहयोग र समर्थनका लागि अनुरोध गरेका छन् ।

    २०२१–२०२३ कार्यकालका लागि पुनः अध्यक्षको उम्मेदवारी घोषणा अध्यक्षमा पुनःनिर्बाचित भएमा तपसिलका १० बुँदे कामहरु सम्पन्न गर्ने प्रतिबद्धता पनि जाहेर गरेका छन् ।

    १. एनसीसी कतारको हरेक गतिबिधीहरुलाई श्रमिक मजदुरहरुको पक्षमा अधिकतम श्रममैत्री बनाउन कोसिस गरेको र अझ सशक्त बनाईने छ ।
    २. विगतका वर्षहरुदेखि नै घोषित नेपाली सांस्कृतिक केन्द्र ,स्थापना गर्ने कार्यका लागि पहल भैरहेको र उक्त कार्य सम्पन्न गर्नका लागि यथासम्भब प्रयास गरिनेछ ।
    ३. नेपालमा पर्यटन प्रबर्द्धनका लागि अधिकतम पहल गरीरहेको र आगामी दिनहरुमा अझ प्रभावकारी र परिणममुखी वनाउनका लागि पहल गरिनेछ ।
    ४. विगतमा नेपाली नियोगसंग सहकार्य गर्दै नेपाली समुदायमा आइपरेका समस्या तथा अलपत्र परेका नेपाली श्रमिकहरुको हकहित तथा समस्या समाधानका लागि अधिकतम पहल गरीरहेको र आगामि दिनहरुमा थप रचानात्मक ढङ्गवाट कार्य सम्पादन गरिनेछ ।
    ५. कतार सरकारको सम्वन्धित निकायसंगको सहकार्यमा विगतमा नेपाली श्रमिकहरुका लागि वेलावेलामा चेतनामुलक कार्यहरु गरीएको र आगामि दिनहरुमा समेत यसको निरन्तरता र संस्थागत रुपमा सम्वन्ध स्थापित गरी थप कार्यहरु गरिनेछ ।
    ६, प्राय नेपालीहरु कतार आउदा कतारको भाषा,सस्कृति, धर्मका वारेमा त्यति जानकारी नहुदा समस्यामा पर्ने हुदा सोको न्युनिकरणका लागि चेतनमुलक कार्यक्रमको आयोजना गरिनेछ ।
    ७, २०२२ विश्वकप आयोजक राष्ट्र कतारसंग नेपाली समुदायको भुमिका प्रभावकारी वनाउनका लागि सम्वन्धित पक्षसंग समन्वय गरिनेछ ।
    ८, नेपालमा वेदेशिक लगानिका लागि संवृद्ध नेपाल निमार्णको अभियानमा कतारवाट इच्छुक लगानीकर्ताहरुको लागि आवश्यक पहल गर्न नेपाली नियोगको समन्वयमा प्रभावकारी भुमिका निर्वाह गरीनेछ ।
    ९, नेपालको पहिचान रहने नेपाली कला तथा सस्कृतिलाई विश्व सामु चिनाउनका लागि गैरआवसिय नेपाली संघको विश्व संजाल मार्फत आवश्यक पहल गरिनेछ ।
    १०, पुर्व परिभाषीत गैरआवसिय नेपाली संघको मान्यता अनुसार सार्क मुलुक भन्दा वाहिर एक आर्थिक वर्षमा १८२ दिन नेपाल वाहिर वस्ने नेपाली स्वतः गैरआवसिय नेपाली हुन भन्ने परिभाषालाई पुन स्थापित गर्नका लागि अन्तराष्ट्रिय समन्वय परिषद मार्फत पहल गरिनेछ ।

    कतार स्थित विभिन्न संघ संस्थाहरुको पनि साथ सपोर्ट अध्यक्षका उम्मेदवारी मुसलमानलाई नै रहेकोले उहाँको २०२१-२३ कार्यकालका अध्यक्ष का लागि पनि जित सुनिस्चित जस्तै रहेको उहाँको दाबी छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on १० बुँदे कार्ययोजना सहित एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदाको पुनः उम्मेदवारी

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P