• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

उदक यात्री जमुना आचार्यका उत्कृष्ट उदकहरू

  • २८ चैत्र २०७८, सोमबार १५:३५ मा प्रकाशित
  • १
    पर्खाइ
    आत्मियता रखाइ
    मीठो वचन चखाइ !

    २
    कर्तव्य
    जिम्मेवारी बोध
    कुशल लगनशीलताको सोच !

    ३
    विश्राम
    अन्तिम पाटो
    नयाँ गन्तव्यको सुरुवाती !

    ४
    हर्ष
    नवीन वर्ष
    बुढ्यौली स्वीकार्य सहर्ष !

    ५
    शुभकामना
    मनको भावना
    नयाँ पनको चाहना !

    ६
    भेटघाट
    रमाइलो पन
    आफन्त बोलाउने मन !

    • जमुना आचार्य, काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री जमुना आचार्यका उत्कृष्ट उदकहरू

    उदक यात्री रुपा गौतमका उत्कृष्ट उदकहरू

  • २८ चैत्र २०७८, सोमबार १५:३० मा प्रकाशित
  • १
    शिक्षा
    आत्मिक ज्ञान
    फेल हुने विज्ञान !

    २
    काम
    सफल कर्म
    लजाउने जीवन जगत !

    ३
    प्रतीक्षा
    फुर्सदको समय
    पश्चाताप मिल्ने अवस्य !

    ४
    आलस्य
    पटके भुल
    दिक्दारी दुनियाँ सब !

    ५
    खुसी
    आफूमा रम्नु
    उत्तम कर्म आहा !

    ६
    परोपकार
    सोचेमा हित
    हुनेछ जगत मित !

    ७
    सत्मार्ग
    रोजेको राम्रो
    दिगोपना बढेको विश्वास !

    • रुपा गौतम, बारा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री रुपा गौतमका उत्कृष्ट उदकहरू

    उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

  • २८ चैत्र २०७८, सोमबार १५:०१ मा प्रकाशित
  • १
    बाबा
    छोराछोरीको निम्ति
    एउटा दर्बिलो खम्बा !

    २
    बाबा
    आफू मरेर
    सन्तानलाई बचाउने ईश्वर !

    ३
    बाबा
    घरको मुली
    एक दर्बिलो छत्रछायाँ !

    ४
    बाबा
    एउटा परिवारको
    आँटिलो साहसिलो व्यक्तित्व !

    ५
    बाबा
    भित्रको पीडा
    लुकाएर बाहिर हाँस्ने !

    • सरस्वती श्रेष्ठ, इटहरी
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

    उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

  • २६ चैत्र २०७८, शनिबार ००:०० मा प्रकाशित
  • १
    हुरी
    चैत बैशाख
    धुलोको चपेटामा मानिस !

    २
    वसन्त
    नाङ्गो वृक्षमा
    नव पालुवाको आगमन !

    ३
    चैत
    वनमा डढेलो
    हरियो घाँसको बहाना !

    • सरस्वती श्रेष्ठ, रुपन्देही

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

    उदक यात्री उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू

  • २५ चैत्र २०७८, शुक्रबार २३:५८ मा प्रकाशित
  • १
    वसन्त
    रङ्गीचङ्गी फूलहरू
    रमाएका सुन्दर पक्षीहरू !

    २
    वसन्त
    बाग मगमगाउँदै
    सुगन्धित पुष्प फुलेर !

    ३
    वसन्त
    बहार आएको
    नव पल्लव हरियाली !

    ४
    वसन्त
    ऋतुहरूका राजा
    फैलाउँदै खुशी अनन्त !

    ५
    वसन्त
    सुन्दर हरियाली
    मनमा उमङ्ग अनन्त !

    • उर्मिला पन्त पाण्डेय
      ज्ञानेश्वर, काठमाण्डौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on उदक यात्री उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू

    उदक यात्री सोमनाथ लुइँटेलका उत्कृष्ट उदकहरू

  • २५ चैत्र २०७८, शुक्रबार २३:५० मा प्रकाशित
  • १
    विश्वास
    मनको आवाज
    आफ्नै मानिस धोकेवाज !

    २
    जाल
    माछा समाउने
    मान्छे व्यस्त पोखरीमा !

    ३
    कुलो
    पानीको तरङ्ग
    प्रमुख बालीलाई चाहिने ।

    ४
    तराजु
    मापक यन्त्र
    घटिबढी छुट्याउने भाँडो !

    ५
    फापर
    पाहाडी अन्न
    गरिबको मीठो आहार !

    ६
    अमर
    सञ्जिवनी बुटि
    त्यसैको खोजीमा संसार !

    ७
    कुलत
    ड्रग सेवन
    विकृति बढ्दो युवामा !

    • सोमनाथ लुइटेल
      बर्दिया
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सोमनाथ लुइँटेलका उत्कृष्ट उदकहरू

    उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

  • २५ चैत्र २०७८, शुक्रबार २३:४५ मा प्रकाशित
  • १.
    प्याराे
    पानीकाे धाराे
    शहरमा पाउन गाह्राे !

    २.
    वृक्ष
    शीतल छहारी
    जीवनभर घामपानीसँग लडाइ !

    ३.
    सिंह
    वनकाे राजा
    मृग उसकाे आहार !

    ४.
    वर्षा
    बादल हावा
    मेघ गर्जनपछि नदीनाला !

    ५.
    चन्द्रमा
    चकाेरकाे रहर
    पूर्णिमा रातीकाे प्रकाश !

    ६.
    घाँस
    पशुकाे भाेजन
    पाेसिलाे दुधकाे स्रोत !

    ७.
    चिल
    दिव्य दृष्टि
    सधैँ सिनाेकाे खाेजी !

    ८.
    सुगा
    मानवीय गुण
    कण्ठ गर्ने क्षमता !

    ९.
    बाँसुरी
    शरीरमा प्वाल
    अनुपम सुमधुर धुन !

    १०.
    मादल
    दाेहरी साँझ
    मायाप्रेमकाे गतिलाे विकास !

                  - नवराज भट्ट
               महेन्द्रनगर, कञ्चनपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

    पञ्चाङ्ग चित्रपटको भाग-१० सम्पन्न

  • २५ चैत्र २०७८, शुक्रबार २३:३९ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट : भाग: १०
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७८/१२/२४

    प्रशिक्षक :
    ————
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    नारायण प्रसाद निरौला

    मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात्  बिहीबार

    चित्र संकलक
    —————-
    सोमनाथ लुइटेल ” रवि पाल्पाली”

    समायोजन
    ————-
    👉️सोमनाथ लुइटेल”रवि पाल्पाली”

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू
    हार्दिक नमस्कार ।

    हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको दसौं  शृङ्खलामा छौँ  । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।

    नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

    पञ्चाङ्ग चित्रपट
    =========

    पञ्चाङ्ग   ०१

    १
    बाँदर र मान्छेमा फरक केही देख्दिन म
    नरमा  भएको  गुण  वानरमा   भेट्दिन म
    जंगलको  बसाई  रुखलाई   घर सम्झन्छ
    आधुनिक मनुष्यको पढाइ नै  छेल्दिन  म  
    बाँदरै   भएनी    मनुष्यको घर टेक्दिन म ।
    २
    बाँदरले पनि कस्तो  कस्तो बोली बोल्न थल्यो
    हेर्दाहेर्दै जंगलिले कापि किताब खोल्न थाल्यो
    हेर ! मनुष्य   तिमी  भन्दा   बादर कम्ती   छैन
    आगो बाली खानेकुरालाई सधैँ  पोल्न थाल्यो
    जडिबुटी बाँच्नको लागि अमृत  घोल्न थाल्यो ।

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग   ०२

    सक्ला शासन गर्न बाँदरहरू, पढ्ने गरेमा यहाँ
    ज्ञानी बन्छु पढेर अाज म भनी, आफैँ सरेमा यहाँ
    डिग्री पास गरेँ भनेर मनुवा, भुल्दै गयाे याे घर
    गिर्दै मानिस झर्छु बाँदर भई, भन्दै झरेमा यहाँ
    हाेला शान्ति यहाँ त बाँदर गई, बाधा टरेमा यहाँ

    💢ताेयानाथ सुवेदी, काँडाघारी, काठमाडौं।

    पञ्चाङ्ग   ०३

    अब बाँदर पढेर  ज्ञानी  हुने ठानेका छन्
    सधैँ आफु भन्दा ठुलाले भनेको मानेका छन्
    सानोले ठुलोको सम्मान गर्नु त जरुरी छ
    पढेर ठुलो भइन्छ भन्ने सबै जानेका छन्
    ज्ञान सिकाउनका लागि नजिक तानेका छन् ।

    💢सुशीला पौडेल, काठमाडौं ।

    पञ्चाङ्ग   ०४

    समाजको लागि बाँदरबाट केही सिक्नु पर्छ
    आफूसँग भएका कमि कमजोरी झिक्नु पर्छ
    बाँदरमा जस्तै माया,प्रेम मानिसमा हुनु छ
    जस्तो सुकै दुःख र पीडा हुँदा पनि टिक्नु पर्छ
    यहाँ हामी मानव भएर नामले बिक्नुु पर्छ।

    💢ह्यारिस ह्यारिसन, काठमाडौं ।

    पञ्चाङ्ग  ०५

    मान्छेले पढेर भ्रष्टचारको बाटो रोज्दैछन्
    बाँदर पढेर सही मार्गको साटो रोज्दैछन्
    आशा मानव जन्तु पशुपंछी सबैको हुन्छ
    कोही खान, लालाबाला पाल्ने पाटो रोज्दैछन्
    अहिले जमाना उल्टो छ बाठो खाटो रोज्दैछन् ।

    💢अम्विका अधिकारी, झापा विर्तामोड।

    पञ्चाङ्ग   ०६

    बाँदरहरू  बरु खबर जान्न खोज्छन्
    आफ्नो काम, कर्तव्य र धर्म मान्न खोज्छन्
    हेरेर बस्दैनन् मान्छे जस्तो रमिता नै
    दुश्मनहरुलाई नै मुक्का हान्न खोज्छन्
    आफ्नालाई आफैँतिर सधैँ तान्न खोज्छन् ।

    💢रुपा गौतम, बारा

    पञ्चाङ्ग   ०७

    बाँदर भनेर हेप्छन् मान्छे पुर्खामा अटियो आज
    बाँदरबाट मान्छे भइयो जीवन कटियो आज
    मान्छे मात्र छ‌नन् प्रकृतिमा स्मरण रहोस् सबैको
    मानिस सरह पढाइ लेखाइमा खटियो आज
    भ्रष्टाचार विरुद्ध देश विकासमा डटियो आज ।

    💢💢सविता के.सी. काठमाडौं ।

    पञ्चाङ्ग   ०८

    सन्ततिकाे रक्षा गर्न बाँदरले  सिके बरु
    सभ्यताकाे खाेजी गर्दै कापी पनि झिके बरु
    यसैबाट  सिक्नु  बरु मानिसले   गति लिन
    हाम्रा पुर्खा यिनै त हुन् युगाैँयुग  टिके बरु
    आजभाेलि  मानिस नै लुटाउन   बिके  बरु ।

    💢चन्द्रावती अधिकारी, कोहलपुर बाँके ।

    पञ्चाङ्ग   ०९

    बज्छ्न् आज बजारमा दिनदिनै, अश्लील ती गीत नै
    बझ्दैनन् कविता  सुरम्य  बनिऊन्, छाडा भयो रीत नै
    के  बुझ्ला  र पढेर  वानर  यहाँ,  बुझ्दैन  मान्छे  अझै
    सारै   मस्त  भएर   पढ्दछ   बरा,   मर्दैन  रे  धीत  नै
    लेखौँ  गज्जप साथ  काव्य कविता, पढ्ने अरे नीत नै।।

    💢नारायणप्रसाद निरौला, काठमाडौँ।

    पञ्चाङ्ग   १०

    मानव मनको ज्योति पुस्तक पढेर शिखरमा पुग्यौं
    पूर्खाले दिएको ज्ञानभित्र नै गढेर शिखरमा पुग्यौं
    सिक्ने सिकाउने दुनियाँ वानरबाटै  सिकौँ हामी पनि
    शिष्य असल बनी पलपल लक्ष्य चढेर शिखरमा पुग्यौं
    अमृत ज्ञान, सागर सतहमा डटेर  शिखरमा पुग्यौं।

    💢सरिता काफ्ले, कोहलपुर बाँके।

    पञ्चाङ्ग   ११

    मानिस पढेर पनि ज्ञानी छैनन्
    बाँदरहरूको जस्तो बानी छैनन्
    छैन बाँदरको आफ्नो र पराई
    विवेकशील र हुने खानी छैनन्,
    आजकल कोही पनि दानी छैनन् ।

    💢सुमित्रा पोखरेल, काठमाडौँ ।

    पञ्चाङ्ग   १२

    बुवाको कुरा बाँदर हाम्रा पुर्खा भन्ने सुनेकी छु मैले
    अहिलेका मान्छे भन्दा त चौगुणा ज्ञानी गुनेकी छु मैले
    पढ्न जाँगर नै भएकोमा बधाई छ तिमीहरूलाई
    बरु उनिहरुसँगै सभ्यताको माला उनेकी छु मैले
    देख्छु अनि मनमनै मायाको जाल नि बुनेकी छु मैले ।

    💢दुर्गा आचार्य, मोरङ।

    पञ्चाङ्ग   १३

    आधुनिक समयका बाँदर पढ्न थाले कि
    आफ्नै घर निर्माण गर्दै नित्य खट्न थाले कि
    भन्न त बाँदरले घर बनाउँदैन भन्छन्
    उच्छृङ्खल पन हटाई सबै बस्न थाले कि
    मानव संस्कृति सभ्यता सँगै रम्न थाले कि !

    💢सुरेश चन्द्र घिमिरे,  लमजुङ ।

    पञ्चाङ्ग   १४

    अति भयाे सहन नसकिने अब यहाँ ।
    खति भयाे  सहन नसकिने अब यहाँ ।
    पशुले नि विधान पल्टायाे न्यायका लागि
    गति भयाे सहन नसकिने अब यहाँ ।
    मति भयाे सहन नसकिने अब यहाँ ।

    💢भवानी घिमिरे, सर्लाही ।

    पञ्चाङ्ग   १५

    बाल्यकालमा तिमी र म  जङ्गल  धाएको बेला
    अन्धकार भएर  कालो   बादल  छाएको बेला
    असिना पानी दर्केको झझल्को ता‌ लागी रहेछ
    बेमौसमी   झरीमा  रुझेर  गीत   गाएको  बेला
    ईन्द्रेनीको  रङ्ग  देखेर   हामी   रमाएको   बेला ।

    💢गुणनिधि घिमिरे, पाँचथर मोरङहाल अमेरिका।

    पञ्चाङ्ग   १६

    जङ्गल जाँदा आफैँ जस्तो लाग्छ बाँदर पनि
    मानव देखेपछि किन भाग्छ बाँदर पनि
    बाँदरले नि बुझ्यो होला तिम्रो चलन हेर
    पढाउछु भनी कागज माग्छ बाँदर पनि
    मानव भन्दा सचेत भई जाग्छ बाँदर पनि ।

    💢गिता अर्याल, नेपालगन्ज बाँके ।

    पञ्चाङ्ग   १७

    १

    बाँदर पनि के कम र गुरुले सिकाए पढ्ने भैसके
    आफ्नो लागि काम गर्छन् डराए भाग्दै रुख चढ्ने भैसके
    जनावर पनि तालिम पाए भने झैँ सबै गर्न सक्छन्
    मानव जस्तै चेतना छर्न ज्ञान  मनमा गढ्ने भैसके
    वैरीहरूको सामना गर्दै सबै मिलेर बढ्ने भैसके

    २
    समयको ज्ञान लिदैँ खोजे अघि बढ्नलाई हेर
    मानिस जस्तै बोल्न सक्दैनौ सक्छौ पढ्नलाई हेर
    मानिसको दुनियाँ बदल्ने पालो सर्दै हामीतिर
    सामुहिक आक्रोस पोखिन सक्छौ गढ्नलाई हेर
    भन तिमी भन्दा माथि पुग्छौ रुख चढ्नलाई हेर

    ३
    पढ्न थालिसके जीव जनावर मानिस केही गर्दैन अझै
    कत्ति पनि चेतना पुगेको छैन पढेर धीत मर्दैन अझै
    मनुष्यको चेतनाले कम भयो अब लागि पर जीवजन्तू
    बोली फिर्ता नदिए पनि बुझ्ने शैली सिकाउनु पर्दैन अझै
    जीवजन्तू पशुपंक्षीविना मनु मनको दिन टर्दैन अझै ।

    💢जमुना आचार्य, सिन्धुपाल्चोक।

    पञ्चाङ्ग   १८

    बाँदरको घर छैन
    नेताको त भर छैन
    आफ्नो काम आफै ँगरे
    भोकै मर्ने डर छैन
    भोट हाल्न कर छैन ।

    💢देवकी के.सी., काभ्रे हाल बिरगंज ।

    पञ्चाङ्ग   १९

    मनुष्य जस्तो चाकरी गर्ने   वानर हुँ म
    दानव  भएर  बाँच्ने  मर्ने   वानर हुँ म
    जङ्गलमा बस्छु आश लाग्दैन महलको
    एकैछिनमा  तलमाथि झर्ने वानर हुँ म
    हाम्रो   एकतामा   भर पर्ने वानर हुँ म ।

    💢देवी कार्की खुलाल, झापा।

    पञ्चाङ्ग   २०

    नेता पनि पशु  जस्तै भए
    पशु पनि  झनै  मस्तै भए
    बादर  पनि  पतृका   हेर्ने
    नेतानि भ्रष्ठमा व्यस्तै भए
    मनुज बुद्धिमा त्यस्तै भए ।

    💢लक्ष्मी प्रसाद मिश्र, लमजुङ।

    पञ्चाङ्ग   २१

    के सही के गलत छान्न सकिएन ।
    गलतलाई सत्य मान्न सकिएन ।
    सेवा नै धर्म ठानी हिँडेर नै होला ,
    आखिर वचनले हान्न सकिएन ।
    बाँदरले पढेको जान्न सकिएन ।

    💢आर्त अकुलीन, कैलाली।

    पञ्चाङ्ग   २२

    रामापिथेकसदेखि उत्पति रहेकाे मान्छे
    आजकाे अत्याधुनिक सम्म भएकाे मान्छे
    नरवानर भएरै पनि हाेला आज यस्तो
    फेरि नि जंगली युग तर्फ नै गएकाे मान्छे
    विवेकहिन भएसि वानर कहेकाे मान्छे ।

    💢रामराजा के. सी. फर्पिङ, काठमाडौं।

    पन्चाङ्ग   २३

    मान्छे मान्छे हुन नसक्दा उद्गार हुन्छ पशु झैं
    आफ्नो हुँदो नभए लाग्छ रे निराशामा बसु झै
    मन   त  मन  नभए , तन  तन  जस्तै  नभए
    खोजौं के रोजौं के भनेर मगज अझै कसु झै
    बाँदर  प्रवृत्ति  देखिए त लाग्छ  मोसो  धसु झै ।

    💢प्रेम थापा “मन” बागलुङ ।

    पञ्चाङ्ग   २४

    नपढेर नहुने भो अब पढ्न सिक्नुपर्छ
    मान्छे जस्तै सफल हुने उपाय झिक्नुपर्छ
    आऊ बस यता दुईचार कुरा सिकाउँछु,
    जस्तोसुकै परिस्थिति होस् दृढ भै टिक्नुपर्छ
    परिआउँदा तिमी राम्रो मोलमा बिक्नुपर्छ ।

    💢वसन्त अनुभव,  घोराही उपमहानगरपालिका १४, दाङ

    पञ्चाङ्ग   २५

    बाँदर चौरासी जुनिको अन्तिम जुनी मान्दछन्
    बाँदर र मानव को रूप हेर्दा एकै ठान्दछन्
    पशु  भनी  के गर्नु र यहाँ हेर्नुहोस् हजुर
    उसले पनि  पढाइ के हो भन्ने कुरा जान्दछन्
    गल्ती गरे  बाँदर ले पनि लौरो टिपी हान्दछन् ।

    💢सरस्वती श्रेष्ठ, इटहरी।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपटको भाग-१० सम्पन्न

    समीक्षकको दृष्टिमा लघुकथा ‘उपहार’

  • २४ चैत्र २०७८, बिहीबार ०९:३१ मा प्रकाशित
  • यमुना प्रधानाङ्ग ‘मुना’को ‘उपहार’ लघुकथालाई हेर्दा
    ✍️ शेखर अर्याल
    विषयप्रवेश
    यमुना प्रधानाङ्ग लघुकथा, गीत र कवितालाई आत्मसाथ गर्ने व्यक्ति हुन् । पछिल्लो समयमा उनको लघुकथा विधामा ज्यादा लगाव रहेको देखिन्छ । उनले आफूलाई साहित्यमा ‘मुना’ भन्न रुचाउँछिन् । लघुकथाकार यमुना प्रधानाङ्गको जन्म माता कृष्णकुमारी श्रेष्ठ र पिता गोविन्दमान श्रेष्ठबाट वि. सं. २०२१ साल मङ्सिर १७ गते साविकको भैरवी गा. वि. स. भुटोल बजार, नुवाकोट जिल्लामा भएको हो । उनको स्थायी बसोबास वीरगञ्ज – ११, मिनबजार, पर्सा रहेको छ । उनले ‌औपचरिक रुपमा आइ.ए. सम्मको शिक्षा हासिल गरेकी छन् । सरकारी सेवा, शाखा अधिकृत पदबाट सेवानिवृत्त प्रधानाङ्गको लघुकथा लेखन यात्रा वि. सं. २०७५ सालदेखि भए पनि निरन्तर रुपमा २०७७ सालदेखि अगाडि बढेको देखिन्छ । उनी लघुकथाकार, कवि, गीतकारका रुपमा आफ्नो पहिचान कायम गर्न सफल छिन् । उनका आमा कविता सङ्ग्रह (२०७६), मुना गीत एल्बम (२०६८), बुद्धको देश गीती सङ्ग्रह (२०७०), प्रकाशित छन् । उनका लघुकथा भने विभिन्न पत्रपत्रिका तथा अनलाइन पत्रिकामा प्रकाशित भएका छन् ।
    यमुना प्रधानाङ्गलाई लघुकथाकारका रुपमा हेर्दा उनका लघुकथामा नारीचेतना, वर्गीय विभेद, सामाजिक सचेतता, सामाजिक अन्याय, अत्याचार, दमन, विभेद राजनीतिक विषमता, आर्थिक अभाव जस्ता विशेषता रहेका छन् । यमुना प्रधानाङ्ग मुनाका पत्रपत्रिकामा प्रकाशित विभिन्न लघुकथामध्ये यहाँ उनको उपहार लघुकथालाई विविध कोणबाट पर्गेल्न खोजिएको छ :
    कथानक
    ‘उपहार’ लघुकथा महिला र पुरुषबिचको विभेदलाई आधार मानेर लेखिएको छ । जसमा पुरुषसत्ताले महिलामाथि गरेके व्यवहारलाई उजागर गर्नुका साथै समयसन्दर्भ सँगै पुरुषसत्तामा चेत खुलेको कुरामा आधारित रहेको छ । पतिले भावनालाई सुख दिन नसकेको प्रसङ्ग निकाल्दै माफी मागेको अवस्थाबाट लघुकथाको विषयवस्तु आरम्भ भएको छ । पतिले माफी माग्ने कुरा कसरी आयो ? भनी भावनाले प्रतिप्रश्न गरेकी छन् । यसमा पतिले पहिले नै यो सोच आउनुपर्ने भन्दै आफूले श्रीमतीलाई केही सहयोग नगरेको कुरा पतिबाट अभिव्यक्त हुँदा विवाह वर्षगाँठको छोराछोरीले शुभकामना र उपहार दिएका छन् । पतिको विचारमा आएको परिवर्तनले हर्षित बनेकी भावनाले छोराछोरीले उपहार खोई भन्दा तिम्रो बाबाले पहिले नै उपहार दिइसक्नुभयो भन्दै आँसु खसालेकी छन् । यसै क्रममा पश्चातापको कारण पतिको आँखाबाट पनि आँसु खसेसँगै कथानक समाप्त भएको छ । कथाको विषय र घटनाक्रम सहसम्बन्धित रहेको छ । श्रीमानले भावनालाई भनेको कुरा समाप्त नभई छोराछोरीले उपहार र शुभकामना दिएको प्रसङ्गले कथानकमा प्रष्टता ल्याएको देखिन्न तर पनि कथानक र विषयको तारतम्यता भने मिलेको छ । कथानकलाई गति प्रदान गर्नका लागि कथाकारले भावनालाई सशक्त बनाएर विषायवस्तुलाई अगाडि बढाउन सहयोग गरेकाले यसमा तृतीय दृष्टिविन्दुको प्रयोग भएको छ ।
    पात्र वा चरित्र
    ‘उपहार’ लघुकथामा भावना पति र छोराछोरी पात्रका रुपमा आएका छन् । प्रस्तुत पात्रमध्ये भावना मुख्य पात्र हुन् । भावना एक पत्नी हुन् । उनी घरको हरेक काम गर्ने र जागिर पनि खाने काम गर्छिन् । श्रीमान् छोराछोरी र घरपरिवारको व्यवस्थापन गरी आफ्नो कामसमेत भ्याउने भावना असल, कर्तव्यनिष्ठ, विवेकी, मिहिनेती पात्रका रुपमा रहेकी छन् । पहिला जसले श्रीमानको सहयोगसमेत पाउन सकेकी छैनन् । पछि श्रीमानले सुख दिन नसकेको कुराले भावुक बनेकी छन् । छोराछोरीले विवाहको वर्षगाँठमा बुबाले दिएको उपहार खोई भन्दा पहिले नै सुखको उपहार पाएको भाव व्यक्त गर्ने पात्र हुन् । लघुकथाका अर्का पात्र पति आफ्नी श्रीमतीको दुख बुझ्न नसक्ने, घरको काममा सहयोग नगर्ने, आफ्नै कुरामा जिद्धि गर्ने र पुरुषत्व बढी देखाउने पात्र हुन् । लगनशील तथा कर्तव्यनिष्ठ श्रीमतीको व्यवहारले अन्त्यमा मनस्थिति परिवर्तन भई पश्चाताप गर्ने पात्रका रुपमा देखिएका छन् । कथामा आएका छोराछोरीको भूमिका गौँण छ । उनीहरुले वर्षगाँठको समयमा आमाबुबालाई शुभकामना र उपहार दिने असल सन्तानका रुपमा देखिएका छन् । पात्रले कथानकलाई गति प्रदान गर्नुका साथै सामाजिक अवस्थालाई यथार्थपरक ढङ्गले प्रस्तुत गरेका छन् जसले गर्दा पात्र चयनका हिसाबले कथा सफल देखिन्छ ।
    परिवेश
    उपहार लघुकथाको परिवेश नेपाली समाजको सहरीय परिवेशमा आधारित छ । लघुकथामा आएका बाहिर काम गर्ने, छोराछोरीले विवाह वर्षगाँठमा उपहार दिने, शुभकामना दिने, फूलमाला लगाइदिने जस्ता विषयले सहरीया परिवेशको सङ्केत गरेको छ । भावनाको घरको वातावरण र पतिको घरको वातावरण स्थानगत परिवेशको रुपमा आएको छ । समयगत हिसाबले हेर्दा रातको १२ बजेबाट सुरु भएर बिहानको १० बजेसम्मको अर्थात् एक रातको समय यसले समातेको देखिन्छ । यसरी हेर्दा परिवेश प्रत्यक्ष ढङ्गबाट नदेखिए पनि परिवेशले समातेको विषयवस्तु भने सार्थक रहेको छ । यसले गर्दा विषयवस्तुलाई परिवेशले बाँध्न सकेको देखिन्छ ।
    उद्देश्य
    उपहार लघुकथाको मूल उद्देश्य नारी र पुरुषबिचको असमानता देखाउनु हो । पुरुषसत्ताबाट नारीसत्ता पिल्सनु, महिलाका कुरा मान्नु हुन्न भन्ने प्रवृत्ति देखाउनु, नारीप्रतिको परम्परावादी सोच त्याग्नुपर्छ भन्ने कुराको सङ्केत गर्नु, नारी र पुरुषाबिच सहसम्बन्ध रहनुपर्छ भन्ने परम्परावादी सोचबाट उन्मुक्त हुनुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ । महिलाले पुरुषले भनेका हरेक कुरा मान्नु पर्ने तर महिलाले भनेका कुरामा चासो नदिनु, घरका हरेक काम महिलाले मात्र गर्नुपर्छ भन्ने सोच राख्नु, घरको जिम्मेवारी सबै महिलाले पूरा गरी घरका सबैलाई खुसी तुल्याउनु पर्ने कुराको चित्रण गर्नु, परिवर्तित समाजमा आधुनिक परिवर्तनशील चिन्तन भएका पुरुषको सोचमा परिवर्तन आएको अवस्था देखाइएको छ । यस लघुकथामा लगनशील महिला जसले निरन्तर रुपमा अफ्नो काम गर्दै जाँदा पुरुष चरित्रमा परिवर्तन आएको छ । घरको काम पनि बाहिरी काम जस्तै नारीपुरुष मिलेर गर्नुपर्छ भन्ने सन्देश प्रदान गर्नु लघुकथाको मूल उद्देश्य हो ।
    भाषाशैली
    यमुना प्रधानाङ्गको ‘उपहार’ लघुकथामा ६ अनुच्छेद र १२१ शब्द रहेका छन् । यो लघुकथा रैखिक संरचनामा संरचित छ । सरल, सहज र स्वभाविक भाषाशैली रहेको यो कथा बोधगम्य रहेको छ । व्याकरणिक रुपले वाक्यात्म संरचनामा कसरमसर रहे पनि भाव र अर्थका हिसाबले स्वभाविक रहेको छ । विषयवस्तुलाई स्वादिलो बनाई विवरणात्मक ढङ्गले प्रस्तुत भएकाले भाषिक प्रयोग उचित देखिन्छ । तत्सम, तद्भव र आगन्तुक शब्दको सही प्रयोगले भाषाशैलीमा निख्खरता देखिन्छ । विषयवस्तुअनुसारको भाषिक प्रयोग र पात्रानुकूलको भाषिक उपयोगले प्रयोगले लघुकथाको भाषाशैली उपयुक्त रहेको छ ।
    शीर्षक
    ‘उपहार’ लघुकथा एक शब्दमा संरचित छ । ‘उपहार’ नाम शब्द हो । कुनै खुसियालीका प्रसङ्गमा मान्यजन वा मित्रलाई दिइने भेट, कोसेली, सौगात नै उपहार हो । यस लघुकथामा पनि भावनालाई पतिले लामो समयपछि आफूले घरको काममा सहयोग नगरेकोमा पश्चाताप गरेको कुरालाई अभिव्यक्त गरेको छ । त्यस्तै आमाबुबाको विवाह वर्षगाँठमा छोराछोरीले उपहार दिएको र बुबाले के उपहार दिनुभयो ? भन्दा अगाडि नै अमूल्य उपहार दिएको कुराले कथाको विषयवस्तु र शीर्षकबिच सहसम्बन्ध रहेको देखिन्छ । लघुकथामा वर्णित घटनाक्रमअनुसार उपहारको भूमिका र स्थान महत्त्वपूर्ण रहेकाले शीर्षक चयनका हिसाबले पनि लघुकथा सार्थक र सफल रहेको छ ।
    निष्कर्ष
    यमुना प्रधानाङ्गको ‘उपहार’ लघुकथा सामाजिक तथा नारीवादी सोचमा आधारित रहेको छ । हाम्रो समाजमा अझै पनि पुरुषबाट नारीप्रति गरिने व्यवहार कस्तो छ ? घरपिरवारको काम सबै महिलाले गरुन् भन्ने सोच रहेको र त्यो सोच समाज परिवर्तन सँगै पुरुषसत्तामा आएको परिवर्तनले महिलाप्रति गर्ने व्यवहार र सोचाइमा परिवर्तन आएको विषय देखाइएको छ । पुरुषले पनि घरको काममा सहयोग गर्नुपर्छ र घरायसी काम महिला पुरुष मिलेर गर्नुपर्छ, घरको सबै काम महिलाले मात्रै गर्नुपर्छ भन्ने परम्परावादी मान्यता हट्नुपर्छ भन्ने सन्देश प्रदान गरेको छ । लघुकथाको आयम, दृष्टिकोण, कथानक, पात्रको चयन, परिवेश, उद्देश्य र भाषाशैलीको उपयोगले लघुकथा सबल रहेको छ ।

    लघुकथा : उपहार
    यमुना प्रधानाङ्ग ‘मुना’
    भावनाको पतिले रातको १२ बजे उठेर भन्दै थिए, “जून जस्ती मेरी भावनालाई कहिल्यै सुख दिइनँ । मलाई माफ गर है !”
    भावनाले अचम्म मान्दै पतिको मुखमा हेर्दै भनिन् -“होइन्, आज हजुरलाई कताबाट आयो यस्तो कुरा ?!”
    “यो कुरा मलाई पहिल्यै आउनु पर्थ्यो भावना ! तिमीलाई कति दुःख दिएँ । सधैँ आफ्नै कुरा माथि राखेँ । तिमी पनि बाहिर काम गर्छौ, कहिल्यै पनि तिम्रो कामको कदर गरिनँ । तिमीलाई बिहान उठेदेखि भ्याइनभ्याइ हुन्थ्यो, कहिल्यै सहयोगको हात बढाइनँ, हगि ?” भन्दै गर्दा, “बुबाआमा ! हजुरहरूलाई विवाह वर्षगाँठको हार्दिक मङ्गलमय शुभकामना !” भन्दै छोराछोरीले झ्याम्म अँगालो मारे र फूलमाला लगाइ दिदै उपहार दिए ।
    भावनाले भनिन् – “बाबु ! नानी ! तिमीहरुले भन्दा पहिले नै तिम्रा बाबाले मलाइ उपहार दिई सक्नुभयो ।”
    छोराछोरी- “खोइ ! बाबाले दिनुभएको उपहार ?” भन्दै यताउति खोज्न थाले ।
    उनीहरूका भने आँखामा आँसु टिलपिलाइ रहेका थिए । सायद, श्रीमतीको हर्षको, श्रीमानको पश्चातापको ।
    वीरगन्ज, पर्सा ; हाल : इमाडोल, ललितपुर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on समीक्षकको दृष्टिमा लघुकथा ‘उपहार’

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २७औँ शृङ्खला शनिबार सम्पन्न

  • २३ चैत्र २०७८, बुधबार २२:०३ मा प्रकाशित
  • काठमाडौ, १९ चैत । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २७ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ४७ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २७ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    चुनावी मौका छ हजुर, सुटुक्क नोट लिनुहोस्,
    सट्टामा केही चाहिदैन, अमुल्य भोट दिनुहोस्।
    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    [१]
    कति मनाउछौ अप्रिल फूल, तिमीले वर्षै भरी,
    थाल्नामै सुताउछौ जनतालाई सधैँ यसै गरी।

    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [२]
    कसले भन्यो र अमुल्य हो भोट भनेर,
    हालिन्छ उतै जसले दिन्छ नोट गनेर।

    अच्युत घिमिरे
    भुटान 🇧🇹

    [३]
    नाेटले भाेट बेच्नु जनताहरू नेताले देशै बेच्लान,
    भाषण सुन्नु किन पर्याे आखिर बेच्नु नै छ महादान ।

    ताराप्रसाद चापागाईं
    धुनिबेसी ।

    [४]
    आउनुस् मेरो साथ, मोटरसाइकल र नोट लानुस्,
    भोट हालेर निश्चितरूपमा, टन्न मासु रक्सी खानुस्।

    प्रदीप के रिमाल
    इटहरी -आठ

    [५]
    जनताले त त्यति सजिलै नोट लिइन्न,
    पाएमा बरू पैसा खाइन्छ भोट दिइन्न ।

    गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    [६]
    राजनीति गर्ने नेता चाँडै कसरी धनी बन्छन् ?
    आफ्नो आँङमा नहेरी जनताको ओइरो खन्छन्।

    रतन पाण्डे’पारतन’
    दार्जीलिङ।

    [७]
    सित्तैमा नोट हामी लिॅंदैनौ,
    गद्दारलाई भोट दिॅंदैनौं।

    म्यामराज राई
    हतुवागढी-६,भोजपुर

    [८]
    भोटजस्तो अमूल्य कुरा नोटमा थालेछ बिक्न,
    बेइमान गरी किन पर्ने हो संसारमा टिक्न ?

    गंगा खड्का

    [९]
    नोटले किनेको भोटमा नेताहरुको रजाईं हुने भयो,
    बुझिलिनु जनता र राष्ट्रको पाँच वर्ष त्यसै खेर गयो।

    दीपक ठटाल जलन
    खरसाङ,०२.०४.२२

    [१०]
    बिकाउछ भोट आफैँलाई लाग्छ पछि चोट,
    पैसाले भोट दिने लिनेको मनमा हुन्छ खोट।

    सुरेशकुमार पान्डे
    दाङ घोराही१८

    [११]
    पालाे मात्र एक हाे जनकाे यही नबिक्नुहाेला कबै,
    भाेटै अमूल्य हक हाे जनकाे मनै चिन्नुहाेला सबै ।

    निरज काेइराला
    बेलका १ उदयपुर

    [१२]
    पैसामा बिक्नु हुन्न , लिनु हुन्न नोट,
    चुनाव महायज्ञ हो , दान हो भोट ।

    बिके माकजु
    भक्तपुर ।

    [१३]
    सुटुक्क खल्तीमा राखाैँ, घुटुक्क पाराैँ प्यालाहरु,
    पछिकाे भराेसा के छ? लिईहालाैँ पाएकाे बरु ।

    मित्र उराठी गाैतम

    [१४]
    पैसा दिएर भोट माग्नेलाई, हान्ने हो भाटाले अब,
    भोट दिनु मात्रै उसलाई, माग्न आउँछन् राम्रा जब ।

    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ हाल- प्रवास

    [१५]
    पूर्व कामको लेखाजोखा गरेर ठम्याउनु,
    यस्तै चाल हो भने कानका लोती समाउनु ।

    प्रेम थापा “मन”
    बागलुङ

    [१६]
    साच्चै अब देशको हित खोज्ने भए असल ब्यक्ति छानौ,
    लालच देखाई भोट किन्न आउने ब्यापारी लाई हानौ।

    शंकर कार्की
    थाहा,३ मकवानपुर।

    [१७]
    मासु रक्सी नोटमा अमुल्य भोट दिनुहुन्न,
    जानीजानी आफैं डुब्ने कुनै चोट लिनुहुन्न ।

    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    [१८]
    मन्त्री पद पक्का भए दिउँला नि सबै भोट,
    मेरो पाटी त्यागेर आउँछु समाउन नोट ।

    अनिल खग्रास

    [१९]
    सधै भरि फेरि यस्तो मौका आउदैन हजुर,
    घुस नखाइ चुनाउ दिनु किन लाग्छ कसुर ।

    जि कुमार गौतम
    भद्रपुर -१ पृथिविनगर झापा

    [२०]
    ढिला भयो सुध्रौँ अब त सुधारौँ अरूलाई पनि,
    नोट लिई भोट दिनेलाई भाटाले हानौँ गनि-गनि।

    अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [२१]
    समय आउँछ पर्खदैन्
    बगेको पानी हो फर्कदैन्।

    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [२२]
    विचार सिद्धान्त उद्देश्य फरक, जनताहरुको दाल गल्दैन।
    जुनसुकै पार्टीको होस् जीत, गठबन्धन नगरीकन चल्दैन।१।

    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [२३]
    हाच्छिउँ खायौं बाच्छिउँ खायौं भित्रभित्रै छ झुसको छिरलो,
    पैसा भएपछि ऐश हुन्छ भोटको हजुर केको पिरलो ।

    बेदु न्यौपाने💕 काठमाडौ

    [२४]
    घरेइघरी झुक्याएर चुनाबी नारा लिएर ,
    धोकेबाज आउलान जालान पैसा दिएर !

    टिकाराम पुन
    छ्त्रेश्वरी २ सल्यान

    [२५]
    देखाएर नोट फकाएर भोट लिनेले,
    के माग्छौ भोट जनतालाई चोट दिनेले ।

    महेश तामाङ
    बेल्कोटगढी-६,नुवाकोट

    [२६]
    काँइयोले कोरी चटक्क पारेको कपालु,
    बोलीले ठिक्क पार्न जानेको रैछ सिपालु ।

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [२७]
    उठेकोछु जित्छु ढुक्क दिनुहाेला भाेट,
    बदलामा गुप्पचुप्प लिनुहाेला नाेट ।

    रामकृष्ण दुवाडी

    [२८]
    जनताले के नै पाए भोट दिएर,
    देशको ढुकुटी रित्यो जाड पिएर ।

    जगत थापा
    बझाङ

    [२९}
    त्रिनेत्र पनि खुल्छन् अरे देखेपछि पैसा र नोट
    पाए नोट लगाउन्न केही खोट दिइहाल्छु भोट ।

    रचना शर्मा प्रतीक्षा
    ललितपुर ।

    [३०]
    चुनाव चाहीँ स्वतन्त्र भएन यहाँ कहिले
    कब्जा किनबेच अनि धाँधली भयो जहिले।

    रामशरण न्यौपाने
    भक्तपुर

    [३१]
    नेता अनि जनता दुवैको मनमा पस्यो खोट,
    लोकतंत्र धमिलो बन्यो जता नोट उतै भोट।

    बिके मुखिया
    सिग्रीमताम बस्ती, दार्जीलिङ भारत।

    [३२]
    लोभ लालचमा फसेर नबेच्नु होला भोट,
    गनी गनी दिनुपर्छ भष्ट नेतालाई चोट।

    राम रावल सागर
    कैलाली

    [३३]
    ठाउँ ठाउँ पैसा बर्षाएर नेता माग्छन् भाेट,
    चुनाव जिती उल्टै थप्छन् जनता माथि चाेट ।

    सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    [३४]
    खै के जादु छ पैसामा मिलेमात्र भोट हाल्नु हुन्छ,
    पैसामा भोट बेच्नु हुन्न सत्य कुरा कसले सुन्छ ।

    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [३५]
    रोजगार दिन्छु भन्छन् मोहमा नभुल जनताहरु नोटमा,
    घर घर आउछन् पर्चा बाडेर भन्दै पैसा साट है भोटमा।

    सुरेखा चाम्लिंग
    भक्तपुर

    [३६]
    विकास गर्छु भन्दै भोट माग्दै गाउँ हिड्नेलाई,
    नदिनु साथ जितेपछि आफैँसँग भिड्नेलाई ।

    अम्विका अधिकारी
    झापा विर्तामोड

    [३७]
    चुनावी माहोल उच्च भाउ बढाएर आओस्,
    मूल्यहीन मान्छेहरूले अमूल्य भोट पाओस्।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [३८]
    आयाे चुनाउ भरिने भयो नेताकाे खल्ती,
    साेझाे जनता परे मर्कामा के गर्यौ गल्ती !

    रिना योल्मो
    दार्जीलिङ

    [३९]
    नोट जति बटुलेर राखे पकेटमा,
    नेता जिल्ल जनताको भोट रकेटमा।

    पौडेल विमुन्स 💕
    पोखरा कास्की 💕

    [४०]
    नोटमा बिक्री हुने जमाना गए अब,
    आउछन् घर घरमा खेद्नु पर्छ तब।

    दुर्गा आचार्य
    मोरङ

    [४१]
    नेताले बाडेका जतिसक्दो नोट,
    जित्छन् रे पक्कै उसैले धेरै भोट ।

    भगवती दवाडी

    [४२]
    नेताले त स्वार्थका निमित्त दिन्छन् नाेट,
    स्वीकार गरे जीवनभर मिल्छ चाेट ।

    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे

    [४३]
    फोस्रा भाषणको भरमा त भोट हुन्न हाल्नु,
    विकास नगर्ने नेतालाई हुन्न त्यसै पाल्नु ।

    तारा घिमिरे
    सङ्खुवा सभा

    [४४]
    पैसामा हेर बिक्ने दिन गए,
    सबै जनता अब बुझ्ने भए।

    दुर्गा भट्टराई
    मोरङ

    [४५]
    भाेट दिई नाेट लिने आयाे फेरि माैका,
    हुनुपर्छ हिस्स भाेलि आजै हानाैँ चाैका।

    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    [४६]
    चुनावी लहर आयो नोट पनि आयो,
    साम, दाम, दण्ड, भेदले संसारै खायो ।

    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा

    [४७]
    नाेटसँग भाेट किन्ने याे जमाना ठिक भएन,
    ढाँट छल गर्ने बानी नेताकाे कहिल्यै गएन।

    नवीन जाेशी
    कैलाली ।

    ✡️✡️✡️✡️ जय टुक्का ! जय साहित्य !! ✡️✡️✡️✡️

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २७औँ शृङ्खला शनिबार सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P