काठमाडौ, १२ कात्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५७ औँ शृङ्खला कार्तिक ५ गते शनिबार सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ८३ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५७ औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
[१२] सम्झिई तिम्रो वचन भक्क हुन्छ छाती, कोपिला मै झर्ने फूल नफुलेकै जाती । 🌑टंकबाबु बि.सी. तुर्माखाँद ३ अछाम सुदूरपश्चिम प्रदेश
[१३] दसैँ तिहारमा खाएर मस्ती रमाइलो भयो, फजुल खर्च गर्नाले खेतबारी सबै नै गयो । 🌑राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर थिमी५सङ्गम काेलाेनी भक्तपुर ।
[१४] घाँटी सानो हुनेले भन्छन् किन निल्नु ठूलो हाड, के गर्नु समाजमा गिरी मान्नु नि भएन चाड । 🌑शंकर कार्की थाहा नगरपालिका ३मकवानपुर।
[१५] तीज, दसैँ, तिहार दुःख सुखमै बित्यो, अब आउँदै छ छठ पर्व, छठी मैयाले दुःख पीडा व्यथा हरण गरून्, मन मुटुमा होस् गर्व । 🌑कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[१६] कमाएकाे पठाएँ सबै खर्च बढ्याे अति, फुर्मास गर्दै हिड्छे स्वास्नी हुने भाे दुर्गति । 🌑ताराप्रसाद चापागाईँ धुनिबेसी
[१७] दसैँ, तिहार छोडी गए, छोडे अभावको दरार, सुल्झाउँनै पर्यो साहुको अब, पैसाको व्यवहार । 🌑अबजस चन्द्र झापा
[१८] जिउ ज्यान हेर्दा खुबै रै’छ ज्याङ्गो, भयो भ्रष्ट त्यो बुद्धि देखेँ नि नाङ्गो । 🌑अन्जु तिमल्सिना घिमिरे गोदावरी १० ललितपुर
[१९] पियारी अब घरमा आउन एक वर्ष ढिलायो, तलब जम्मै तिहार पर्वमा कहाँ कहाँ बिलायो । 🌑कर्ण दयाल सोराडी मेलौली नगरपालिका ७ ,बैतडी
[२०] खादाको बखतमा देखेनौ आँखा हसुर्यौ त्यसरी, साथीको फिर्ता गर्नु छ यसपालि पठाऊँ कसरी ? 🌑प्रदीप के रिमाल इटहरी, सुनसरी।
[२१] हुनेलाई धनमाथि धनैको छ थाक, कति छन् गरिब टुटेको छ छाक । 🌑चक्र सुब्बा पश्चिम बंगाल पथरझोरा
[२२] पर्वहरू त सकिएर गए हजुर अब याे वर्ष दिनलाई, कसरी तिराैँला चाडबाड उतार्न लागेका दुखीको रिनलाई । 🌑शाेभा आचार्य गाैतम काठमाण्डौँ
[२३] कसरी पठाउँ, सकिनँ टिप्न, रुखैको पातैमा, अर्को सालसम्म आउँला घर, पैसाको साथैमा । 🌑मनोज खत्री अछामी
[२४] इज्जत थाम्न मान्नुनै पर्दछ चाडबाड हजार, पहिचान हाम्रा संस्कृति राम्रा तीज दसैँ तिहार । 🌑बिबस पारदर्शी भद्रपुर झापा
[२६] म परदेश छोरा-छोरी घर, खाऊँ सक मरी लानु के छर । 🌑यामनाथ आचार्य पर्वत
[२७] घाँटी सानो थाहा पाउँदापाउँदै किन पो ठुलो खानु, पछिको कुरा थाहा नहुनेले बेलैमा टुट्ला नि मानु। 🌑अर्जुन प्रसाद चौलागाई रामेछाप:सुनापति-१ हाल:बोस्टन,अमेरिका।
[२८] नसकियोस् जिन्दगी नसकियोस् समय, सकिनु पर्ने सकिन्न कुरा कतिपय । 🌑मदनमणी थुलुङ राई सोलु दुधकुण्ड नगरपालिका ११ तिङ्ला।
[२९] नेपाली धर्म संस्कार कर्म कसरी मनाऊँ, पियारालाई खल्तीको पीडा कसरी जनाऊँ ! 🌑रचना शर्मा प्रतीक्षा महालक्ष्मी ४, ललितपुर ।
[३०] खल्लो भयो, यसपालि नि यो दसैँ तिहार, अभागी रहेछु, खाली भयो मेरो निधार । 🌑प्रकृति श्रेष्ठ हाल बुटवल
[३१] कमाई भएमा मनाउँला यस्ता पर्व हजार, घर बेचेर ऋणमा मान्ने छैन दसैँ तिहार । 🌑शिव कुमार रेग्मी पोखराथोक,पाल्पा
[३२] भएको पैसा सिद्धियाे प्यारा रमाइलो गर्दै, हाम्रा चाडपर्व मानेर, व्यवहार चल्न गाह्राे भाे पैसा पठाऊ है, मनको बात आफैँ जानेर । 🌑मित्र `उराठी´ गाैतम तिलाेत्तमा-२, रुपन्देही
[३३] औकात भुलेर पौडेकी थियौ रे सुखको सागरमा, पैसाले गर्दा बिराम चिन्ह लगाइथ्यौ रे जाँगरमा 🌑बाबुराम गौतम गुल्मी
[३४] अरूका अघि देखासिकी गरे त्यस्तै हो हालत, के गरी पैसा पुगेन त्यहाँ थाहा पाए चाल त । 🌑छिरिङ डाेमा शेर्पा गौरीशंकर ,दोलाखा
[३५] आजसम्मन जेनतेन गरी भगाएँ तिहार, तुरुन्तै पैसा पठाऊ नत्र बालबच्चा स्याहार । 🌑भगवती अधिकारी झापा
[३६] तिहार पनि दिक्दार नै भो हजुर नआएर, साह्रै मन चन्चल भो पैसाको बिटो नपाएर । 🌑प्रेम थापा “मन “
[३७] विदेशै गएँ, दु:ख नि गरेँ, पठाएँ घर खर्च पियारी, सकिनँ धान्न अब त खर्च, माफी देऊँ राम्ररी बिचारी । 🌑इन्दिरा गौतम इटहरी १
[३८] देखावटी, देखासिकीमा जो छ सबै खर्च गर्ने, थाहा छैन भोलिबाट कसरी खाली भुँडी भर्ने । 🌑लिलाराम दास
[३९] पसिना बग्छ दिन र रात बग्छ नि रगत, दाम र पैसा भएन भने के होला जगत । 🌑डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा ।
[४०] मनाइयो तीज मनाइयो दसैँ मनाइयो तिहार, दस नङ्ग्रा खियाएर साहुको छिट्टै तिर्नु छ उधार । 🌑बेदु न्यौपाने
[४१] तिमीले आज परको देश पसिना बगायौ, जवानी सबै सकेर कस्तो पिरती लगायौ ? 🌑आर्त अकुलीन कैलाली
[४२] काेही छन् साउदी युवाहरू काेही छन् कतारमा, भविष्य खाेज्दै विदेश जाने थुप्रै छन् हतारमा । 🌑राेशन खड्का बाजुरा बडिमालिका ६ काेर्ध
[४३] सक्नु हुदैन देखावटीमा सम्पत्ति भन्ने कुरा पसिना बगाएर कमाऊँ सपना हुन्छ पूरा । 🌑अम्विका अधिकारी झापा विर्तामोड
[४४] देखासिकी चाडपर्व परम्परा धान्न मुस्किल, ऋण लागेपछि भएका छन् यी आँखा टिलपिल । 🌑भावना मञ्जु माेरङ
[४५] चाडपर्व आएर गए टाउको किन भारी ? बाह्रैँ मास चाड मान्ने भए लागौँ धर्ती पारी । 🌑नन्दलाल आचार्य बेलका- २, सिद्धार्थटोल, उदयपुर अहिले- रुपनगर, सप्तरी
[४६] खायौँँ रक्सी मासु, अपच भयो, मेला पर्वको नाउँ, लाग्यो ऋण, जानुपर्यो विदेश, छाडेर आफ्नो गाउँ। 🌑सुरेशकुमार पान्डे। दाङ घोराही १८
[४७] दु:खले सिएँ नानीको नाना दु:खले दिन कटाएँ, महान चाडपर्वमा पनि आफ्नैँ रहर हटाएँ । 🌑पवित्रा पोख्रेल
[४८] ए प्यारी ! तिमी त घरमा नै बस्छौ गरेर रमाइलो, के थाहा तिमीलाई यहाँको दु:ख प्रचण्ड घमाइलो । 🌑मिलन कुलुङ
[४९] सालकाे पात हाेइन पैसा अप्ठ्यारो छ रुख, पैसा पैसा भन्दाभन्दै जीवनभरकाे दुख ! 🌑निरज कोइराला बेलका१ उदयपुर, हालः इटहरी
[५०] रितै त होनि आउने र जाने वर्ष दिनको चाड, पिर नलेउ सानू काटी धान पकाउँनु है माड । 🌑अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया
[५१] नेता आए है मात्तिएको राँगोझैँ, यिनीले जनतालाई मात्र हान्ने, राष्ट्रिय सम्पत्ति खाएर त मेाटाएका हुन्, यिनलाई कसले मान्ने । 🌑पवन कुमार बुढाथेाकी काठमाडौं, हाल सिडनी
[५२] आउँछन् सधैँ चाडपर्व रमाइलो लिएर, हुन्छन् विदा गहकिलाे ऋणकाे भारी दिएर । 🌑कृष्ण अधिकारी विर्तामोड, झापा
[५३] दसैँ र तिहार मनाएँ प्यारा ऋणै गरेर, डलर पठाऊँ पियारा, खनखन गनेर । 🌑बिके माकजु भक्तपुर ।
[५४] पैसाको बोटमा टिप्दैमा रुपियाँ जान्छ कि यो चोला, खडेरी पर्दा नदी सुक्छ तिमीलाई नि थाहा होला । 🌑बुद्धराम थिङ वाग्मती १ ललितपुर
[५५] राजनीतिमा बेइमानीको लागेको छ लेउ, राम्रा असल नेतालाई लगाए पाखा छेउ । 🌑विष्णु पाख्रीन तामाङ
[५६] पसिना चुहाई चार घण्टा सुती यी आँखा मिचेर, तिमीलाई पैसा पठाउन भनी बस्दैँछु टिपेर । 🌑गाेपालकृष्ण डंगाेल काठमाण्डाैँ ।
[५७] घाँटी नहेरी हाड निल्नेलाई सकिन्छ केनै भन्न ? खाली अनुरोध गर्ने न हो बेलैमा सचेत बन्न । 🌑पेम्बा दोर्जे भोम्जन बकैया गाउँपालिका -११, गमल्टार, मकवानपुर । हाल श्री जनजागृति माध्यमिक विद्यालय, बकैया – ०८, मकवानपुर।
[५८] मान्याै हाैँली चाडपर्व खर्च जुटाएर , धनी बस केही बर्ष जाेखिम् उठाएर । 🌑रामकृष्ण दुवाडी
[५९] पठाएकै छु पैसा तलब आउनासाथ, अझै कति हो चाहिने म यता छु परिश्रम गर्दै, कसलाई राख्यौ प्यारी तिम्रो दाहिने ? 🌑राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ हाल- प्रवास
[६०] सबैले भनौँ उज्यालो रोजौँ, अँध्यारो फालेर, स्वतन्त्र भई हाँसौँ रमौँ निरङ्कुस ढालेर । :🌑कुमार श्रेष्ठ “बुभुत्सु” महालक्ष्मी न.पा.९ (ल.पु.जी)
[६१] तन्ना जति नै खुट्टा फैलाए पाे पैसाले पनि पुग्थ्यो पर्वमा, फजुल खर्च उडाउने भए रमाउँदै झुठो त्यो गर्वमा । 🌑दीपक ठटाल जलन खरसाङ
[६२] बाटो नहेरी गन्तव्यमा लम्किँदा, पछुतो लाग्छ है विगत सम्झिँदा ! 🌑रितु बुढाथोकी उदयपुर गाईघाट
[६३] दसैँको रौँनक, तिहारको तुजुक, पैसाले गरायो, आँगनमा साहु आएको देख्दा जोश जाँगर हरायो। 🌑होम प्रसाद नेउपाने धरान,सुनसरी ।
[६४] के गर्नु प्रिय म घर बसेमा चुलो नै बल्दैन, सजिलो छैन पैसा कमाउन रुखमा फल्दैन। 🌑घनु भाट क्षेत्री सिमलपानी, शितगंगा १३ अर्घाखाँची हाल : परदेशी भुमी दुबई
[६५] हेर्दाहेर्दै तिमी पनि आखिर उसैको भयौ, म पर्खेको थिए तिमी उसँग रमाएरै गयौ। 🌑सानु ओम बडैला सुदुर पश्चिम डोटी
[६६] साथीसँग सापटी लिएको त्यो रकम अझै कटेन, पठाउन त बढी नै पठाएँ फजुल खर्च घटेन । 🌑असिराम डंगौरा जोशीपुर कैलाली हाल-भारत
[६७] विदेशमा प्यारी पैसा नै फल्ने क्या ठुला छन् बाेट, त्यो पैसा टिप्न नजान्ने मेरा ठुलठुला छन् खाेट । 🌑रामप्रसाद बेल्बासे’एक्लो यात्री’ शीतगङ्गा-५,अर्घाखाँची हाल: बुद्धभूमि ३,कपिलवस्तु ।
काठमाडौ, ५ कात्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५६ औँ शृङ्खला कार्तिक ५ गते शनिबार सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका १ सय ११ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५६ औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
किन चाहियो मखमली, सयपत्रीको माला ? प्लास्टिकको छदैछ सस्तो, नओइलनेवाला । ✍️ वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] आयो गयो यो दसैँ र तिहार, परदेशीको खाली भो निधार । 🌑प्रकाश घिमिरे बौदिकाली गाउपालिका३ रकुवा नवलपुर हाल कतार
[२] हुनेखानेहरूलाई तिहार, नहुनेलाई भारत बिहार । 🌑देवराज भट्ट
[३] हेर्दा आकर्षक झिलिमिली देखावटी प्लाष्टिकका फूल, न सुगन्ध न उपयोगी ब्यापारीले गरे पैसा असूल । 🌑रचना शर्मा प्रतीक्षा महालक्ष्मी न. पा. ललितपुर ।
[४] यो जिन्दगीलाई तिहारको न टीका न माला, एक्लो बेमतलबी जिन्दगी जता जाला जाला । 🌑प्रदीप के रिमाल इटहरी, सुनसरी
[५] माया धेरै गर्छु है, नजाने नि मुसार्दिन गाला, तिम्रो भाइ लड्छ पहिला दिदी गए ज्यानै जाला । 🌑अमर ‘दिपु’ रूपन्देही
[६] वर्षमा एकचोटि मात्र आउँछ तिहारको दिन भाइटिका। मखमली सयपत्री फूल नहुँदा, लागिहाल्छ नि फेरि फिका । 🌑कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[७] सदियौँदेखि चल्दै आएको हो हाम्रो रीतिरिवाज, के गर्यो आधुनिकले छैन यहाँ कसैमा लेहाज । 🌑प्रतीक
[८] आधुनिक भाे जमाना याे सबै कुरा नक्कली सामान मात्र कहाँ हाे र मान्छे छैनन् सक्कली। 🌑ताराप्रसाद चापागाईँ धुनिबेसी
[९] सयपत्री मखमली कहिले सुक्ने छैन, चेली माइती चोखो माया ओइलिने हैन । 🌑संझना काफ्ले हाल अमेरिका
[१०] छैन फूलको माला दिदी प्लास्टिकको माया कस्तो, दक्षिणा पनि फोन पे गरौँ कि ? त्यही पर्ला सस्तो । 🌑सुदिप जोशी भानु न.पा. १० तनहुँ
[११] सयपत्री र मखमली मालाले तिहार बोलायो ठान, हे साथी प्लास्टिकको माला काम चलाउनु मात्र हो जान । 🌑रतन पाण्डे’पारतन’ दार्जीलिङ।
[१२] आधुनिक जमानाले गरायो सबै नक्कली पारा, यस्तैमा भुल्ने भए मान्छे कहाँ छन् र सक्कली सारा । 🌑बेदु न्यौपाने काठमाण्डौँ
[१३] सक्कली फूल ओइलिएर गयो, नक्कली फूल बजारभरि भयो । 🌑भुपेन्द्र राना मगर धादिङ
[१४] आयो तिहार नगास चेली सयपत्री र मखमलीको माला, यो साल पनि आउँन पाएन अभागी परदेशी यसपाला । 🌑रबि दुलाल हाल: साउदि
[१५] बाहिर झिलिमिली देखिने सहरियाको चाला, गाउँले जीवनमा सुहाउँदो मखमली माला। 🌑मनोज खत्री अछामी
[१६] आफैँ उत्पादन गरेको चिज लगाउनु हुन्न, हतार गरेका छौ विदेशी माला घाँटीमा बुन्न । 🌑साहित्य प्रेमी सलिन
[१७] मखमली फूल माला लाउन पाइनँ यसपाली परदेशी हुँ परदेशमा छु मेरो निधार खाली । 🌑प्रेम सुनार
[१८] आहा ! यसपाली त तिहारमा वसन्त जो छाउने, भाइले त वर्षौँ नओइलाउने पो माला लाउने । 🌑गिता_ढुङ्गाना निलकण्ठ ५, धादिङ
[१९] दसैँ तिहार चाडपर्व नेपालीको परम्परा, प्लास्टिक भए खाली हुन्छ हाम्रो खेतीयोग्य धरा । 🌑देवराज उप्रेती
[२१] मखमली प्राकृतिक सुन्दर फूलको माला, लगाइदिए दाजुभाइको आयु बढी जाला । 🌑गंगा खड्का बूढानीलकण्ठ , काठमाडौँ
[२२] जब जब तिहार आउँछ सधैँ रुँनुपर्छ, परदेशी आँखाबाट टिलपिल आँसु झर्छ । 🌑चेतन खनाल (दाह्रीवाला) बङ्गलाचुली १ दाङ्ग
[२३] दाजुभाइका जीवनभर खुसी डुलिरहून् मेरो घरको आँगनीमा हजारी फूलिरहून् । 🌑माधवी भट्ट सुर्नया ३ गोयली ( बैतडी )
[२४] जे छ आफ्नो त्यसमा नै रम्ने गरौँ हामी, प्रकृतिले नै दिएको छ सुन्दर फूल दामी । 🌑सूर्यमणि रेग्मी चितवन(हाल अस्ट्रेलिया )
[२५] विदेशीका प्लास्टिक राम्रा झन् आकर्षक खास, खेतका आली गरा बाँझाे राखी अर्कैकाे आस । 🌑निरज कोइराला बेलका १ उदयपुर, हाल इटहरी
[२६] विदेशी बत्ती किन्यौँ भने मुद्रा उता जाला, बाल्नुपर्छ तेलका दिया कति राम्रा पाला । 🌑देवी पन्थी
[२७] मखमली र सयपत्री मालामा दिदीको प्यार, आजैदेखि गरौँ सबले प्लास्टिकको बहिष्कार । 🌑अर्जुन प्रसाद बेल्बासे अर्घाखाँची सिद्दारा ४ साविक हाल सितगँगा १० कर्मथलो कपिलवस्तु सिवराज ५ चन्द्रौटा बजार ।
[२८] आधुनिकको विष फूलमा पनि चढ्यो, प्लास्टिक आएर यो छातीमाथि नै गढ्यो। 🌑सुरेशकुमार पान्डे। दाङ घोराही१८
[२९] जुटाऔँ फूल तुरुन्त माला बुनौँ मखमली, कहिल्यै पनि नओइलिने गुण झलझली । 🌑मिम प्रसाद पौडेल पोखरा-१७ बिरौटा
[३०] प्लास्टिक फूलको हुने भए धार्मिक अर्थ, मखमली, सयपत्री किन फुल्थे र व्यर्थ ? 🌑म्यामराज राई, भोजपुर
[३१] सारङ्गीको धुन लाग्छ भुँ भुँ भमराले डुल्दा, सुर मिलाई गाऔँ लाग्छ बारीमा फुल फुल्दा । 🌑पदम लुईटेल, उर्लावारी -५, मोरङ
[३२] सयपत्री, गोदावरी ओइलिएर जाने, प्लास्टिकको माला हुन्छ कटक्कै मन खाने । 🌑डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा ।
[३३] प्लाष्टिकले प्रकृतिको अनुपम सृष्टिलाई कहाँ भेट्दछ र हेर नानी ! टालटुले तरिकाले नमनाउँ पर्व बिग्रन्छ मौलिकता र राम्रो बानी ! 🌑पवन कुमार बुढाथेाकी काठमाडौं , हाल सिडनी
[३४] वर्षमा एकपटक आउँने यो तिहार, खुसी होऔँ सबैजना नबिगारौँ संस्कार। 🌑अर्जुन प्रसाद चौलागाई रामेछाप:सुनापति-१ हाल:अमेरिका,बोस्टन
[३५] मखमली सयपत्री सुगन्धित माला, प्लास्टिक मालाले छिनमै बिगार्छ छाला। 🌑राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर थिमी ५ सङ्गम काेलाेनी भक्तपुर
[३६] सानो घर छ सहरमा न छ फूल रोप्ने ठाउँ, महङ्गो मान्छन् सयपत्री सस्तो नक्कलीको भाउ । 🌑विकलता दाङ।
[३७] आँखामात्र तिरमिर सुगन्ध त छैन, प्राकृतिक फूल जस्तो कदापि हुँदैन । 🌑साँग्रीस मानन्धर मोती हाल:- रुपन्देही
[३८] प्लास्टिक फूलमा व्यर्थ के सुवास छ र, सयपत्री गोदावरी किन राख्छौ पर ? 🌑बुद्धराम थिङ बागमती, ललितपुर
[३९] बुझ्नसँके कति कति नओइलिने मखमलीको अर्थ, भो पर्दैन दिदीबहिनी प्लास्टिकको माला नकिन ब्यर्थ । 🌑शंकर कार्की थाहा,३ मकवानपुर।
[४०] राम्रै हो मखमली माला, सुधारेमा त हाम्रो चाला । 🌑राज कुमार कार्की कटारी-१उदयपुर
[६६] मखमली फूलजस्तो त अरू हुँदैनन् राम्रो, नक्कली माला हटाई जोगाऔँ संस्कृति हाम्रो । 🌑गीता पौडेल।
[६७] सयपत्री र मखमली पवित्र भेटघाट, आत्मियता के रहला र खै त्यो प्लास्टिकबाट । 🌑अनिता भुर्तेल पोखरा २८ माझठाना
[६८] प्लास्टिकको छाती र घरमा फूलमाला पनि प्लास्टिककै लगाउनु, स्थानीयलाई किनार लगाउँदै बाहिरकालाई सधैँ जगाउनु । 🌑दीपक ठटाल जलन,२२.१०.२२
[६९] मानिस कमाउ धन्दामा लागेका प्लास्टिककाे माला बेचेर, मखमली सयपत्री पलायन गरि आफ्नाेपन बिर्सेर । 🌑शर्मिला खतिवडा विर्तामोड ,झापा
[७०] सुक्दछन् सुन्दर फूल, बगैँचामा कठै फुली, नक्कली माला किन्छ मान्छे बजार डुली डुली । 🌑कौशिला चौहान सिदिङ्वा गा.पा.ताप्लेजुङ!
[७१] मखमली र सयपत्रीको बास्ना आउँछ हरर, प्लास्टिकको फूल आँखा बिगार्ने झिलिमिली सरर । 🌑अम्विका अधिकारी झापा विर्तामोड
[७२] पौराणिक रौनक तिहारको खै कता भाँसियो? सुगन्धित सयपत्री, मखमली सारा नाँसियो । 🌑बि.कुलुङ दार्जिलिङ
[७३] मखमलीझैँ नओइलिने कायम राख्नू सम्बन्ध, सक्कलीमा जस्तो नक्कलीमा कहाँ मिल्छ र सुगन्ध ? 🌑पेम्बादोर्जे भोम्जन तामाङ बकैया गाउँपालिका -११, गमल्टार, मकवानपुर । हाल श्री जनजागृति माध्यमिक विद्यालय बकैया -०८, मकवानपुर ।
[७४] नओइलने प्लास्टिकको मालामा सुगन्ध हुँदैन, यसले सच्चा चेली र माइतीको हृदय छुँदैन । 🌑अरुण कु.भुजेल गोरूबथान,कालेबुङ्ग,भारत।
[७५] सयपत्री र मखमलीकै तिहारमा चाहिन्छ माला । प्लास्टिक त विष हो हजुर, बालौँ ज्योती बनाई पाला । 🌑राजु भुसाल “रुपेक्स” फलेवास न. पा. ३ पर्वत
[७६] नक्कली सामानकाे चलनचल्तीले सक्कली विस्थापित भयो, के जमाना आयाे हेर्दाहेर्दै, दुनियाँनै नयाँ चलनमा गयाे। 🌑शाेभा आचार्य गाैतम काठमाडौ
[७७] नगरौँ अब यस्ता नक्कली सामानको उपभोग प्रकृति प्रदत्तलाई मिलेर गरौँ सदुपयोग । 🌑अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया
[७८] मखमली, सयपत्रीले जुन सुगन्ध छर्छ, पाइन्न त्यो प्लास्टिकमा जानकारी बुझ्नुपर्छ । 🌑विनोद प्रसाद जोशी दशरथ चन्द नगरपालिका ०९ ग्वाल्लेक बैतडी
[७९] प्लास्टिक र भारतका फूलमा आयात नहुँदा बन्द, गाउँघरमा फूलका बोट खेती आजकाल भो मन्द । 🌑रन्जना के सी हाल पोखरा
[८०] रोपेकी छु सयपत्री अनि मखमली फूल, प्लास्टिकको राम्रो लाग्नु हजुरको सोच भुल। 🌑कौशली तामाङ काभ्रे,तेमाल -८
[८१] खेतबारी बाँझै छन् नक्कलीकाे बिगबिगी छ हिजोआज यत्रतत्र , पसिनाले भिजेन धर्ती विदेशी प्लास्टिक माला राज छ एकछत्र । 🌑प्रद्युम्न चालिसे
[८२] चेली माइती सम्बन्धलाई सुगन्धित बनाउन, झिलिमिली यो तिहार पर्व हाँसीखुसी मनाउन । 🌑मन्दिरा सेढाई मलेखु,धादिङ
[८३] धेरै महङ्गो भो मखमली र सयपत्री कहाँ पाउँनु, प्लास्टिककै माला धेरै सस्तो सजिलो छ काम चलाउँनु । 🌑परिक्रमा श्रेष्ठ धरान- १५
[८४] मखमली र सयपत्रीसरि दिदीभाइको मायाको सुवास, मधुर सुगन्धले मिल्छ गाउँ परिवेशको आनन्द आभास । 🌑असिराम डंगौरा जोशीपुर कैलाली
[८५] प्लास्टिकको नओइलने माला त केवल कामचलाउ मानिन्छ, सयपत्री र मखमली मालामा दाजुबैनीको सम्बन्ध बाँधिन्छ । 🌑नेहा खनाल सैनामैना ११ रुपन्देही (सालझण्डी)
[८६] झुठो होइन साँचो हो आस्तिक, पक्कै पुग्छ देउँसीको आसिक । 🌑विष्णु रिजाल
[८७] प्लास्टिकका माला लगाऊँ, केक पिज्जा खाऊँ, सेलरोटी र फिनी खान किन जाने गाउँ ? 🌑मित्र `उराठी´ गाैतम अमरपुर,गुल्मी हाल ति न पा-२ ,रुपन्देही
[८८] मखमली र सयपत्रीको भन्दा सस्तो प्लास्टिक माला, सस्तो भनेर लगायौभने हाम्रो संस्कृति कता जाला । 🌑करन बहादुर शाह हात्तिगौडा, काठमाण्डौँ
[८९] तिहारको जस्तो आभास हुदैँन नक्कली मालामा, मखमली सयपत्री लगाऔँ तेल बाली पालामा । 🌑सरु खत्री पोखरा-कास्की
पञ्चाङ्गको संरचना :- अक्षर आफ्नो इच्छा अनुप्रास :- आफ्नो इच्चा स्थायी :- आफ्नो इच्छा ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ? —————- पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ ।
आफ्नैले दिन्छ चोट अरुबाट भनाइ मात्र [०१] निर्धो भएसी खोट अरुबाट कनाइ मात्र [०२] ——————————– तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नु पर्छ
विवाद नातामा हुने हुन्छ धनी गरिबिमा [०३] ———————————
१,२,३का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ ।
पुर्पुरोमा नलेखेसी हातले हनाइ मात्र [०४] सम्बन्ध जति कसिलो भएनी बनाइ मात्र [०५]
उदाहरण पञ्चाङ्ग [१]
आफ्नैले दिन्छ चोट अरुबाट भनाइ मात्र [०१] निर्धो भएसी खोट अरुबाट कनाइ मात्र [०२] विवाद नातामा हुने हुन्छ धनी गरिबिमा [०३] पुर्पुरोमा नलेखेसी हातले हनाइ मात्र [०४] सम्बन्ध जति कसिलो भएनी बनाइ मात्र [०५]
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।
उदाहरण [०२]
चुनावको माहोलले छुने बेला भयो[०१] नौटङ्गीले पाउ परी रुने बेला भयो[०२] पाॅच बर्ष गाॅउ फर्की नआउने पनि[०३] गोरु बेचेको साइनो हुने बेला भयो[०४] देखाउन भाॅडा ऑफै धुने वेला भयो[०५]
💢घनश्याम पौडेल,पोखरा ।
उदाहरण ०३
खराबलाई खराब भन्न सक्नु पर्छ[०१] आफू जहिले असल बन्न सक्नु पर्छ[०२] आफूलाई आफै असल ठान्ने छन् धेरै[०३] आफै बोल्नेलाई खेदो खन्न सक्नु पर्छ[०४] मुखले जवाफ दिन टन्न सक्नु पर्छ[०४]
💢सुशीला पौडेल , काठमाडौं ।
=========================
पञ्चाङ्ग ०१
आफ्नैले दिन्छ चोट अरुबाट भनाइ मात्र । निर्धो भएसी खोट अरुबाट कनाइ मात्र । विवाद नातामा हुने हुन्छ धनी गरिबिमा , पुर्पुरोमा नलेखेसी हातले हनाइ मात्र । सम्बन्ध जति कसिलो भएनी बनाइ मात्र ।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।
पञ्चाङ्ग ०२ [०१] उदाउदो घामलाई नमो नम:। शरदको यामलाई नमो नम:। छठी देवीको चरणमा परेर, जलातट धामलाई नमो नम:। स्वर्गमय ठामलाई नमो नम:। [०२] चुनावको माहोलले छुने बेला भयो। नौटङ्गीले पाउ परी रुने बेला भयो। पाॅच बर्ष गाॅउ फर्की नआउने पनि, गोरु बेचेको साइनो हुने बेला भयो। देखाउन भाॅडा ऑफै धुने वेला भयो।
💢घनश्याम पौडेल,पोखरा ।
पञ्चङ्ग ०३
खराबलाई खराब भन्न सक्नु पर्छ[०१] आफू जहिले असल बन्न सक्नु पर्छ[०२] आफूलाई आफै असल ठान्ने छन् धेरै[०३] आफै बोल्नेलाई खेदो खन्न सक्नु पर्छ[०४] मुखले जवाफ दिन टन्न सक्नु पर्छ[०४]
💢सुशीला पौडेल , काठमाडौं ।
पञ्चाङ्ग ०४
समयले किन छुरा चलाउँछ सानू । बिछोडले मनमुटु जलाउँछ सानू । लगनपछिको पोतेको मूल्य हुँदैन , रात रहे पो अग्राख पलाउँछ सानू । तिम्रै तस्बिरले आस्था ढलाउँछ सानू ।
💢श्रीकृष्ण शर्मा पोखरा ।
पञ्चाङ्ग ०५
आस्था ढलेर रोएँ । माटो गलेर रोएँ । आज भुसको जस्तै, आगो बलेर रोएँ । घर जलेर रोएँ ।
💢आर्त अकुलीन, कैलाली ।
पञ्चाङ्ग ०६
चाडबाड सकिए अब चुनाउका कुरा गरौँ । मिथ्या आश्वासन बाँड्ने अभिष्ट सब पूरा गरौँ । जनता भेडा हुन् कुत्ता हुन् हाम्रै इसारामा नाँच्ने, फकाऔँ फुल्याऔँ नमानेमा प्रयोग छुरा गरौँ । नजित्दा मात्र हो मिठो, जिते बात बेसुरा गरौँ ।
💢वसन्त अनुभव, घोराही, दाङ ।
पञ्चाङ्ग ०७
लुगा फाटे सिलाईन्छ मन फाटे सिउन पाईदैन। अाफ्नै जिवन त हो नी मस्तसंग जिउन पाईदैन।। धुर्त भई देश बेच्न हामी जनताले नसके पछी। हामी जस्तो गरिवले शुद्ध पानी पिउन पाईदैन।। मिठो खाना परैजावस सिस्नुको तिउन पाईदैन।।
💢मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार बिर्तामोड झापा .
पञ्चाङ्ग ०८
मरिहत्ते गरि जिताउछन् विकासको आसमा नेता। आफ्नो स्वार्थ पूरा गरेपछि डुब्छन् झुठो भातमा नेता। मिलेर चलाए भैहाल्थ्यो छोड्दैन कुर्सीको मोहले, झुटो बोलेर हिड्छन् सोझा जनताको साथमा नेता। कुटमार चल्छ भाग नमिलेको भनी रातमा नेता।
अम्विका अधिकारी झापा विर्तामोड ।
पञ्चाङ्ग ०९
चुनावमा अौंलामा गनिन्छ नेता। तिम्रो राम्रै कुरा नै सुनिन्छ नेता। बरु धुपौरेको मात्रै कुरा नसुनेस्, विकास गर्न सक्ने चुनिन्छ नेता। निश्वार्थ भए देश बनिन्छ नेता ।
💢भगवती दवाडी ,झापा ।
पञ्चाङ्ग १०
मानो भराउन छानो खाइछ उसले। अन्तै कसै संग माया लाइछ उसले। दिन आएपछी आफन्तको मन न हो, फेरिनुमा कोहि साथ पाइछ उसले। सम्बन्ध बलियो पैया पाइछ उसले।
💢गणेश पौडेल कालिका ६ चितवन।
पञ्चाङ्ग ११
सबै नेता जनताको तारो किन भयौ ? जता पायो उतै बग्ने पारो किन भयौ ? काम तिम्रो भ्रष्टाचार अत्याचार गर्ने , जनजनको आखाको छारो किन भयौ ? आफैले बोलेको कुरा सारो किन भयौ ?
💢संगिता शर्मा , सिन्धुली ।
पञ्चाङ्ग १२
झुट बोल्छन चुनावको वेला नेता। कहिले त अवस्य पर्छ फेला नेता। अहिले गरू बेचेको साइनो खोज्ने, गाउँमा लगाएका छन मेला नेता । उनै जनता लाई गर्छन् हेला नेता।
💢सुरेशकुमार पान्डे, घोराही१८ दाङ ।
पञ्चाङ्ग १३
कैयौं मान्छेहरु जुड्छन् बिचमा,खोट लगाएर जान्छन्, कोही पसेर छातिमा मायाको, बोट लगाएर जान्छन्, जुट्ने फुट्ने कुट्ने आखिर, यस्तै त रहेछ रित यहाँ, निस्वार्थीहरु दु:खका अगाडि, आेट लगाएर जान्छन्, स्वार्थीहरु मुटुभित्र गहिरो, चोट लगाएर जान्छन्।
पञ्चाङ्ग १४ [०१] फल मीठो छ गाउँको धेरै । हरियाली नै ठाउँको धेरै। झल्कोेले बारम्बार सतायो, व्याज तिरियो साउँको धेरै। सम्झना तिम्रो नाउँको धेरै । [०२] लौ सेवा गरौँ दुखियाको उठाई चन्दा यसमा सुन फलोस् हेर माटोमा कटाई खन्दा यसमा बेहिसाबी नदेखियोस् आत्मिय नै नभए जस्तो विकृति नआए हुन्थ्यो सहयोगी भन्दा यसमा बेरोजी छौ? गर खेती तरकारी बन्दा यसमा जमुना आचार्य, सिन्धुपाल्चोक
💢जमुना आचार्य, सिन्धुपाल्चोक
पञ्चाङ्ग १५
वर्ष भरी जनताहरू आँसु गनेर बस्छन्। भ्रष्ट नेताले घर बाटै भोट भनेर बस्छन् । यस्तो पाराका नेताले के चल्ला र देश हाम्रो, लुटेका धनमा लाडसाहेब बनेर बस्छन्। आफ्नै राजनितीमा यिनी खाल्टो खनेर बस्छन्।
💢शिव कुमार रेग्मी, पोखराथोक,पाल्पा ।
पञ्चाङ्ग १६ [०१] कैले यता अाउँनु भन्छ । मेरै गित गाउँनु भन्छ । पहिले जस्तो माया मैले , अब काहाँ पाउँनु भन्छ । मन हेर्न अाउँनु भन्छ। [०२] मेरै कुरा काटेर आउँछौ। उतै मन साँटेर आँउछौ। मेरो मर्यादा कतै नराखि किन सधै ढाँटेर आउँछौ। फेरि गफ छाँटेर आउँछौ।
💢शन्जना शर्मा , लमही दाङ ।
पञ्चाङ्ग १७
जिन्दगीका पानाहरु केर्दै गयौॅ हजुर। कैले सुख कैले दुःख बेर्दै गयौॅ हजुर। यस्तै रहेछ जिन्दगानी घामछाया जस्तै, थाहै नदिइ आफूसँग घेर्दे गयौॅ हजुर । केही गर्न नसक्नाले हेर्दै गयौॅ हजूर।
💢सरस्वती श्रेष्ठ, इटहरी ।
पञ्चाङ्ग १८
मेरो मन फाटेकोछ आउँन सकिन। मुटुचिरी काटेकोछ आउँन सकिन।। अत्तिगर्नु चार हैन भन्छन् बुढा पाका। बिश्वास ले ढाटेकोछ आउँन सकिन।। अन्त्यै माया साटेकोछ आउँन सकिन।।
💢कमला पाण्डे पराजुली, झापा चारआलि ।
पञ्चाङ्ग १९ [०१] यो मन फाटेकोले रोएको छु । हृदय काटेकोले रोएको छु । दुःख लुकाएर पनि हाँस्नु छ, तिमीले ढाँटेकोले रोएको छु । पिरती साटेकोले रोएको छु । [०२] बाल्यकालमा चिप्लेटी खेल्दा घुँडामा सुरुवाल फाटेको सम्झन्छु। ऊखुको सट्टा मकैका ढोड खाँदा रक्ताम्यै ओठ काटेको सम्झन्छु । सुख दुःख हाँसो रोदन सम्झी ल्याउँदा जिन्दगीको यो प्रहरमा, बल बर्कत छँदा एक दिनमा नै धेरै दाम्ला बाटेको सम्झन्छु । जवानीमा हुँदा मायालुहरूसँग मिठो माया साटेको सम्झन्छु ॥
💢गुणनिधि घिमिरे, अमेरिका ।
पञ्चाङ्ग २०
लयमा लय मिलाइ गित गाएकाे राम्रो । युग रहने अमर प्रित लाएकाे राम्रो । धाेका नदिनु मायाामा कसैले कसैलाई , मिठा कुरा गर्न चाैतारीमा धाएकाे राम्रो । निस्वार्थ प्रेमले सफलता पाएकाे राम्रो ।
💢उर्मिला के.शी.,धनकुटा ।
पञ्चाङ्ग २१
भत्केको घर लिपपोत गरि टाल्नुपर्छ । मनभित्रको फोहरमैला सबै फाल्नुपर्छ । छठपर्व शुध्दतामा ध्यान दिएर गर्ने गरौँ, एकछाक नै खाई खरनाबाट थाल्नुपर्छ । घाटमा अर्घ दि साँझ घर दियो बाल्नुपर्छ।
💢सीता शर्मा, बिरंगज ।
पञ्चाङ्ग २२
शिक्षा पनि आज किन्नु पर्छ व्यर्थै गुरु चेला के गर्नु। पैसा बिना केही आउदैन फेरि पैसै हेला के गर्नु। भन्न त भन्छन् नि मान्छेहरु पैसै सबथोक होइन, घाटमा लास पनि त्यसै जल्दैन व्यर्थै रेला के गर्नु। पोल्दापोल्दै थोरै दाउराले नपुगे त्यो बेला के गर्नु।
💢पशपति राई, खोटाङ्ग ।
पञ्चाङ्ग २३
हिड्दा हिड्दै बिरालोले बाटो काटेको देखियो । लाई राखेको लुगा पनि त फाटेको देखियो । जीवनमा आइ परेका कुरा भोन्नु नै रछ , जीवन्तको त्यो माया पनि त साटेको देखियो । भ्रष्टाचारले त्यो स्वार्थमा ढाँटेको देखियो ।
💢बेदु न्यौपाने, काठमाडौ ✍️
पञ्चाङ्ग २४
आफ्नैले दिन्छ चोट अरुबाट भनाइ मात्र । निर्धो भएसी खोट अरुबाट कनाइ मात्र । विवाद नातामा हुने हुन्छ धनी गरिबिमा , पुर्पुरोमा नलेखेसी हातले हनाइ मात्र । सम्बन्ध जति कसिलो भएनी बनाइ मात्र ।
💢पार्वती अर्याल , भरतपुर चितवन ।
पञ्चाङ्ग २५
विर्सी दिन्छु भन्छु तिम्रो याद आउँछ घरिघरि मलाई । ताजै छन् तिम्रा ती याद आउँछ उसै गरिगरी मलाई । तिमीले त आफै बाटो मोडेर गएका थियौ होइन र ? तर तिम्रो तस्विर मनका भिताको भरि भरी मलाई । तिम्रै यादले सतायो हरेक पल परि परि मलाई ।
💢कला ढकाल, झापा ।
पञ्चाङ्ग २६
चोट लाग्यो चोट लाउदा आइया पनि भन्न भ्याइन्। कति चोट लाग्यो कुन्नि आज पनि गन्न भ्याइन्। रुखो बगर सरी जीवन सपारौला सपना थ्यो, बाढी आई बगाई लाग्यो उर्बर भूमि बन्न भ्याइन्। भुत्ते रहेछ सपना नैं खुसी बनाई खन्न भ्याइन्।
💢प्रतिभा अर्याल, बाँके खजुरा ।
पञ्चाङ्ग २७
बुबाले नै कर्तव्य पूर्ण नगर्दा यो मन रून्छ। परिवारबाट धेरै टाढा सर्दा यो मन रून्छ। सबैकाे भाग्यमा असल पिता कहाँ हुन्छन् र? जति रूखाे बाेली गर्छाैं तिमी मर्दा यो मन रून्छ। बा-आमाकाे सम्बन्ध तितिनु पर्दा यो मन रून्छ।
उमेश कुशवाहा,पर्सा पूर्व सभासद रामचन्द्र प्यासी कुशवाहाले ब्यक्तिगत तथा बिभिन्न राजनीति दलका नेतागण तथा स्थानीय संग चुनावी केन्द्रित छलफल गरेका छन्।
प्यासीले आज छठ्ठ पूजाको बिहान उदाउदो गरेको सूर्य देवलाई अर्क दी छठ पूजा समापन भए पछि बिहान बिश्रामपुर गाउपलिकाको वड़ा नं.१र२ मा पुगी बिभिन्न राजनीतिक दल पार्टीका नेताहरू तथा सत्ता गठबन्धनका नेताहरू, जनता स्थानीयहरु र उम्मेदवारहरूसँग छलफल गरेका हुन् ।
रामचन्द्र प्यासी कुशवहाको ब्यक्तिगत सरसलाह,राजनीतिक कुराकानी तथा अन्य विषयमा बाराको बिभिन्न स्थानमा स्थानीय तथा बिभिन्न पार्टीसंग आबद्ध ब्यक्तिहरु संग भेटघाट तथा छलफल सधै चलिरहेको प्यासीले हिमालयन दृस्टि ऑनलाइनका रिपोर्टर उमेश कुशवाहालाई बताउनु भयो।
काठमाण्डौँ, १२ कार्तिक । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७५औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
साताका तीन लघुकथाको एक्काइसौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा यो साता प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (भैलोको मूल्य, सडकको समृद्धि र ऊ पनि मरेछ) छनोट गरी प्रकाशन गरिएको छ।
१. लघुकथा : भैलोको मूल्य
✍️ रञ्जुश्री पराजुली रुपा, कविता, रमा, गोमा टोलका दौँतरी थिए । उनीहरूले धेरै अगाडिदेखि भैलो खेल्ने सल्लाह मिलाएका थिए । उनीहरू दस, एघार वर्षका बालिका थिए । एउटै स्कुल र एउटै कक्षामा पढ्ने नभएपनि उनीहरू वल्लोपल्लो घरका साथी भएकाले सँगै खेल्ने, आफूले जानेको सीपहरू जस्तै चित्र कोर्ने, सुइटर बुन्ने, गीत गाउँने जस्ता कलाहरू एक अर्कासँग साटासाट गर्दथे ।
दसैँको बेलादेखि नै उनीहरूले सँगै भैलो खेल्ने चाँजो मिलाएका थिए । टोलमा चिनेको घरमामात्र जाने, अबेरसम्म नडुल्ने भन्ने सर्तमा उनीहरूले भैलो खेल्न जाने स्विकृती पाएका थिए । भैलो खेल्दा जम्मा भएको पैसा दामासाही रूपले बाँड्ने भन्ने थियो । सबैकुरा सुनिरहेको रमाको भाइले “म पनि जान्छु है, भैलो खेल्न । म धेरै माग्दिनँ । पचास रुपैँयामात्र दिए हुन्छ ।” भन्यो । सानो भाइलाई माया गर्दै सबैले “हुन्छ भाइ ! हामी तिमीलाई लान्छौँ, तर ज्ञानी हुनुपर्छ है ।” भने ।
कुरा मिल्यो । लक्ष्मीपूजा सुरु भएपछि उनीहरू कविताको घरमा सबै भेट्ने सल्लाह अनुसार सबै त्यहाँ जम्मा भए । त्यसैबेला गोमा बाथरुम गएर आइहाल्छु भनेर भित्र पसी । भैलो सकेर फर्किँदा कविताको आमाको तिलहरी हराएर हल्लाखल्ला भएको रहेछ । उनीहरू सबै आ-आफ्नो घरतिर लागे ।
गोमाकी आमाले “गोमा एक्लै माथि गएकिले पक्का पनि त्यसैले चोरेको हुनसक्छ ।” भन्ने हल्ला फैलिएको सुनिसकेकी रहिछन् । उनले रिसको झोकमा छोरीलाई थप्पड लगाउँदै ” तैँले चोरेको भन्छन् हो ? हाम्रो नाकै काटिस् ।” भनेर रिस पोख्दै, “जा मलाई मुख नदेखा ।” भनेर छोरीसँग मुन्टो बटारिन् । पछि पक्का कुरा नबुझिकन छोरीलाई किन पिटे हुँला ? भन्ने पश्चाताप लाग्यो । गोमा चाहिँ रुँदै सुत्ने कोठाभित्र पसी ।
भोलिपल्ट बिहान ढिलासम्म सधैँझैँ “चिया पाक्यो आमा ?” भन्दै छोरी नआएकीले आफैँ उसलाई बोलाउँदै ढोका खोल्दा छोरी त झ्यालको डन्डीमा उनको पटुकाको पासोमा झुण्डिएको अवस्थामा फेला परिन् । २०७९.७.१०
२. लघुकथा : सडकको समृद्धि
✍️ डा.शेखरकुमार श्रेष्ठ “हामी त जिल्लाको सीमामा आइपुगेछौँ । एकछिन यहाँ बसौँ न, हाकिम साहेब !” निजी बैङ्कमा कार्यरत अर्थशास्त्री नरेशलाई मेयर साहेबले रोके ।
जिल्लाको दक्षिण दिशामा बग्दै गरेको सुनकोसी हेर्दै हरिया पहाडको तातो हावा खाँदै दुवै टोलाए । आधा घण्टापछि नरेशले भने, “मेयर साहेब ! हामी दुवैजना मौन व्रतमा बसेर प्रकृतिको यो दृश्य नियालेको आधा घण्टा भएछ ।” मेयर साहेबले झसङ्ग हुँदै टाउको उठाए । नरेशले आफूलाई हेरिरहेको मेयरसाहेबलाई सम्बोधन गर्दै अझ थपे, “म तपाईँका यी कन्सिरीका नसाहरू फुलेको देख्दै छु । कतै तपाईँ, गम्भीर भएर केही सोच्दै हुनुहुन्छ कि ?”
“कसरी थाहा पाउनुभयो ? तपाईँ अर्थशास्त्री मात्र नभएर मनोविज्ञ पनि हुनुहुन्छ कि कसो ? हेर्नुहोस् न, म पहिलोपटक मेयर भएर विकास निर्माणको काममा त लागेँ । तर मेरै कार्यकालमा १७९१ जना युवाहरू विदेश गएछन् । हामीले काम त गर्यौँ, तर …।” “तर के मेयर साहेब ? तपाईँ त काम गर्ने ठाउँमा हुनुहुन्छ, गर्नुहोस् न ।”, नरेशले भने । “तपाईँ त अर्थविज्ञ पनि हुनुहुन्छ । हेर्नुहोस् न, मलाई त हाम्रा विद्यालय र परिवारले विदेशमा काम गर्ने कामदार बढाएजस्तो मात्र लाग्छ । हामीले सडक बनाएर जमिनको समृद्धि त बढायौँ, तर मानिसको जीवन परिवर्तन गर्न सकेनौँ ।”, मेयरले सुनाए ।
“मेयर साहेब ! हामी यहाँ बसेको चालिस मिनेट भएछ । मैले यहाँ बसुन्जेल् जिल्ला छाड्ने ठुला ट्रक गनेँ । तपाईँलाई थाहा छ ? यहाँबाट हरेक दुईदेखि साँढे दुई मिनेटमा एउटा खाली ट्रक फर्कँदो रहेछ ! यदि यी ट्रकलाई जिल्लाभित्र पस्दा जस्तै निस्कँदा पनि भरी पठाउन पाएको भए यो सडकको समृद्धि अझै बढ्थ्यो ।” दक्षिणकाली ।
३. लघुकथा : ऊ पनि मरेछ
✍️ सरण राई “ऊ पनि मरेछ !” “को ऊ ?” दुईजना किसानहरू खेतको आलीमा बसेर खाजा खाँदै बात मारिरहेका छन् । “ऊ क्या ! नेता, मन्त्री के नाम ? अँ अँ, ठुलामान मरेछ ।” ” ठुलामान मर्यो ? तर के फरक पर्छ र ? हामी सर्वसाधारण आम मान्छेहरूको जीवनमा ।”
“फरक पर्ला कि ! असाध्य भ्रष्टाचारी, सर्वसाधारण विरोधी ऊ सरकारमा पुगेपछि जनतालाई रैती सम्झन्थ्यो । विकास निर्माणको काममा पनि कमिसन खोज्थ्यो । समाजमा विशिष्ट र सर्वसाधारणको वर्ग विभाजन गरेर सामन्ती समाज संस्कृति कायम गर्ने ऊ । गरिब, दुखीहरूलाई शोषणमा पार्ने । ऊ आफू राजा महाराजा भएझैँ अरूलाई ‘बक्सियोस्’ भन्न लगाउँथ्यो । ऊ मरेपछि त्यो ठाउँमा राम्रो मान्छे आयो भने फरक पर्ला कि .. ?”
दुवैजना केही नबोली सुस्ताउँछन् । आफ्नै किसिमले सोच्छन् । साइँला पनि आइपुग्छ । “राम्रो मान्छे नै अब कहाँ छन् र ? माथिदेखि तलसम्म सबैको चरित्र बिग्रेको छ । पार्टीको प्रशिक्षण नै भ्रष्टाचारमुखी भएको छ .. ।”
“त्यसो चाहिँ नभनी हालौँ ।” साइँला भन्छ । “पार्टीको झोलेहरू जसले बुद्धि, विवेक पार्टीमा धरौँटी राखिसकेका छन् । नचाहिँदो वकालत गरेर भ्रम फिँजाउँछन् । खासमा यस्तैहरूले पार्टी बिगारेका हुन् । व्यवस्था बिगारेका हुन् ।” “तिमी खुबै जान्ने ! नेताजस्तो जान्ने नहाेऊ ।” साइँला झनक्क रिसाउछ ।
“हामीले ठुलामान मरेको बारे कुरा गरिरहेका थियौँ ।” “हो, उसले जनता मारेर, देश लुटेर अकुत सम्पत्ति कमायो । माफियाको मतियार बनेर घृणित काम गर्यो । आखिर उसले के लिएर गयो ?” “निम्न कोटीको ऊ ..।” “घृणित् ऊ … ऊ मर्यो । हामी सर्वसाधारण आम मान्छेहरूको भन्दा तुच्छ जीवन उसको ।” “हो नि, मौका पाएर पनि महान् काम नगर्ने कमसल ऊ …मरेछ । कसैलाई शोक लागेको छैन । असल मान्छे मर्दा पो सबै शोकाकुल हुन्छन् ।” विशालचौक
वीरगञ्ज ११ कार्तिक । महोत्तरीको भङ्गाहा नगरपालिकामा धार्मिक सद्भाव भड्कन नदिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा (कफ्र्यू) कायमै राखेको छ । भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार भड्केको दङ्गा नियन्त्रण गर्न जिल्ला प्रशासनले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा आज पनि जारी छ ।
भङ्गाहा नगरपालिका–८ को दक्षिणमा पर्ने पडरिया बस्तीको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा पडरियाको ब्रह्मस्थान, उत्तरमा धर्मपुर बस्तीको दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका–१ मा पर्ने बगडाचोक तथा पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
यससम्बन्धमा थप अर्को आदेश जारी नभएसम्म घोषित क्षेत्रभित्र समूहमा हिँडडुल गर्न तथा बाहिरी क्षेत्रबाट सो क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जारी गरेको आदेशमा उल्लेख छ ।
बिहीबार दिउँसो पडरियामा ‘हिन्दू सम्राट सेना’ नामक सङ्गठनले निकालेको ¥यालीको क्रममा भागदौड मच्चिएको थियो । सङ्गठनको ¥यालीमा अज्ञात व्यक्तिले लुकीछिपी घुँयत्रो र ढुङ्गा हानेपछि तनाव बढेको पडरियावासी बताउँछन् ।
घटनालगत्तै पुगेको प्रहरी टोलीले भड्कँदो स्थिति नियन्त्रणमा लिन हवाई फायरसमेत गर्नुपरेको थियो । अहिले घटनास्थलमा ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
पडरियाको घटनापछि वरपरका अन्य बस्तीमा पनि साम्प्रदायिक सद्भाव बिगार्ने मनसायका तत्वले धार्मिक आस्थाका ठाउँमा अस्वाभाविक गतिविधि बढाएका छन् । अवस्था थप जटिल हुन नदिन प्रजिअ पहाडीले जिल्लाका सबै राजनीतिक दल, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र आम नागरिकसँग अपिल गरे । ref यात्रा डेली
टुक्काकार शाेभा आचार्यका तिहार विशेष टुक्का कविताहरू १. वर्ष दिनमा अाउने महान पर्व, नेपाली हुनु सबैमा याे उच्च गर्व । २. दाजुभाइ दिदीबहिनी मनाउछाै रमेर, सप्तरङ्गी टीका अनि फूलका माला उनेर। ३. रमाइलो चाड तिहारकाे याे रङ्गीन बेला, प्यारा दिदीबहिनी, दाजुभाइ खुसीको भेला। ४. दाजुभाइ दिदीबहिनीकाे माया अझ गाढा बनाेस् , बालापनका सम्झनाहरू ताजा बनि खुसी छाओस्। ५. भाइकाे अग्रसर ती पाईला सधै सफलताले चुमिरहुन्, हिड्ने बाटाेमा काँडाहरू पन्छिदै,कदम अघि बढिरहुन् । ६. भाइलाई अनगिन्ती अाशिर्वाद र धेरै धेरै माया, जीवन भर बनिरहनसकाैँ एक अर्काेका छाया। ७. दिन्छु शुभकामनाहरु मायाका सैागात भरेर, लक्ष्मी पूजा र अर्चना दियाे बाली प्रार्थना गरेर। ◾️शाेभा अाचार्य गाैतम काठमाडाैँ ।