• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: कला /जीवनशैली

मामा गोविन्दासँग ‘कपिल शर्मा शो’मा स्टेज शेयर गर्न कृष्णाले मानेनन्

  • २१ भाद्र २०७८, सोमबार १४:०६ मा प्रकाशित
  • भारतीय नायक गोविन्दा र उनका भाञ्जा कृष्णा अभिषेक विचको खटपट सकिने संभावना अझै देखिएको छैन । ३ बर्षदेखि चलिरहेको यी दुइविचको शितयुद्ध अगाडि बढिरहेको छ । यसैविच, कृष्णाले कमेडी शो ‘द कपिल शर्मा’को नयाँ भाग छायांकन गर्न अस्विकार गरेका छन् । नयाँ भागमा गोविन्दा र उनको पत्नी सुनिता आहुजा सेलिब्रिटी गेष्टको रुपमा उपस्थित हुँदैछन् । यो शोमा सहभागी नहुने कृष्णाले निर्णय गरेका छन् । गतबर्ष नोभेम्बरमा पनि गोविन्दा र सुनिता शोमा सहभागी हुँदा कृष्णाले प्रस्तुति दिन अस्विकार गरेका थिए ।
    कृष्णाले भारतीय मिडियासँग भने–‘म १५ दिनदेखि मेरो चलचित्र र कपिल शर्मा शोका लागि समय मिलाइरहेको छ । यसैले, म रायपुर र मुम्बइमा रहेर काम गरिरहेको छु । म सधै नै शोका लागि समय मिलाउने गर्छु । तर, जब शोमा गोविन्दा र सुनिता अतिथीको रुपमा उपस्थित हुँदैछन् भन्ने मैले थाहा पाएँ, यसपछि मैले प्रस्तुति दिन अस्विकार गरेको हुँ । मलाई लाग्छ कि हामी दुइले स्टेज शेयर गर्न हुँदैन ।’
    कृष्णाले आफू फेरि विवादमा पर्न नचाहेको पनि बताएका छन् । उनले भनेका छन्–‘जब गोविन्दा कार्यक्रममा आउनेछन् । दर्शकले उनी र मविच कुनै न कुनै कटाक्ष सुन्न चाहनेछन् । यसकारण, राम्रो उपाय यो हुनेछ कि म स्टेजबाट टाढा बस्नेछु ।’
    कृष्णाले आफूहरुविचको शितयुद्ध अझै नसकिएको पनि बताएका छन् । कृष्णाले कपिलले गोविन्दालाई कार्यक्रममा बोलाउनु गलत नभएको पनि बताएका छन् ।

    Posted in कला /जीवनशैलीLeave a Comment on मामा गोविन्दासँग ‘कपिल शर्मा शो’मा स्टेज शेयर गर्न कृष्णाले मानेनन्

    सिद्धार्थको निधनपछि प्रेमिका शहनाजको स्वास्थ्य अवस्था बिग्रियो

  • १८ भाद्र २०७८, शुक्रबार १२:२३ मा प्रकाशित
  • बिहिबार बलिउड कलाकार तथा ‘बीग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको निधन भयो । उनको निधनले उनको परिवार, आफन्त, साथीभाई तथा फ्यानहरुलाई स्तब्ध बनाइदिएको छ । सिद्धार्थको निधनपछि उनकी प्रेमिका शहनाज गिलको अवस्था पनि विग्रिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सिद्धार्थ र शहनाजको जोडी दर्शकमाझ ‘सिडनाज’ उपनामले परिचित थियो ।
    ‘बीग बोस १३’बाट उनीहरुको केमेष्ट्री बलियो बनेको थियो । यो शोबाट बाहिरिएपछि सिद्धार्थ र शहनाजले एक अर्कालाई डेट गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

    सिद्धार्थको निधनको खबरसँग शहनाजको स्वास्थ्य अवस्था विग्रिएको मिडियाले जनाएका छन् । शहनाजले आफ्नो छायांकनको सम्पूर्ण सेड्यूल स्थगित गरेकी छिन् । उनले, आफ्ना पितासँग आफ्नो अवस्था ठिक नभएको जानकारी दिएकी थिइन् ।
    एक अनलाइन न्यूज पोर्टलसँग कुरा गर्दै शहनाजका पिता सन्तोष सिंहले शहनाजको अवस्था ठिक नभएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्–‘म अहिले नै कुनै कुरा गर्ने अवस्थामा छैन । जे भयो यसमा हामीलाई कुनै पनि विश्वास छैन । मैले शहनाजसँग कुरा गरेको थिएँ । उनी ठिक छैनन् । मेरो छोरा शहबाज शहनाजसँगै रहन मुम्बई प्रस्थान गरिसकेका छन् ।’
    यस्तै, सिद्धार्थका नजिकका साथी अबू मलिकले शहनाजको स्वास्थ्य अवस्थालाई लिएर आफू चिन्तित भएको भारतीय मिडियासँग प्रतिक्रिया दिएका छन् । सिद्धार्थ र शहनाजले एक अर्कालाई निक्कै माया गर्ने गरेको अबूले बताएका छन् । शहनाजले सिद्धार्थसँग चाडै नै बिहे समेत गर्न चाहेको अबूले बताएका छन् ।
    ‘बीग बोस १३’ पछि शहनाज गिलले सिद्धार्थप्रति थुप्रै पटक विभिन्न टेलिभिजन कार्यक्रममा आफ्नो प्रेम व्यक्त गरेकी थिइन् । सिद्धार्थ र शहनाजको सामाजिक संजालमा लोभलाग्दो फ्यान फलोअर्स समेत छन् ।

    Posted in कला /जीवनशैलीLeave a Comment on सिद्धार्थको निधनपछि प्रेमिका शहनाजको स्वास्थ्य अवस्था बिग्रियो

    अभिनेता सिद्धार्थ शुक्लाको निधन

  • १७ भाद्र २०७८, बिहीबार १२:४५ मा प्रकाशित
  • अभिनेता तथा बिग बोस–१३ को बिजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । शुक्लाको हृदयघातका कारण मुम्बईको कुपर अस्पतालमा निधन भएको हो । 
    बिहीबार ४० वर्षीय शुक्लाले बुधबार राति सुत्नुअघि औषधि खाएर सुतेका तर बिहिबार बिहान उनको हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ ।
    टेलिभिजन उद्योगका चर्चित अभिनेता शुक्लाले बिग बोसको १३ औँ संस्करण जित्न सफल भएका थिए । उनले टेलिभिजन सिरियल ‘बालिका बधु’ बाट आफ्नो पहिचान बनाएका थिए ।
    उनको जन्म सन् १९८० को डिसेम्बर १२ मा भएको थियो । उनले सन् २००४ मा टिभीमा पहिलोपटक अभिनय गरेका थिए ।  उनले सन् २००८ मा ‘वह बाबुलका आंगन छुटे ना’ नामको सिरियलमा काम गरेका थिए । उनी ‘बालिका बधु’ बाट भने चर्चामा रहे । 
    उनले टेलिभिजनसँगै बलिउडमा पनि कदम राखेका थिए । उनले​ २०१४ मा रिलिज भएको फिल्म ‘हम्टी शर्माकी दुल्हनिया’ मा काम गरेका थिए । 

    Posted in कला /जीवनशैलीLeave a Comment on अभिनेता सिद्धार्थ शुक्लाको निधन

    कलाकार ‌निशा घिमिरेको निधन !

  • १६ भाद्र २०७८, बुधबार २०:२९ मा प्रकाशित
  • दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशय्यामा छटपटाइरहेकी कलाकार घिमिरेको आज नर्भिक अस्पतालमा निधन भएको छ।

    कलाकार घिमिरेले केही दिनअघि आफ्नै दाँतले गाला टोकेपछि अत्यधिक रक्तश्राव भएको थियो। रक्तश्रावका कारण श्वास फेर्न कठिनाइ भएपछि उनलाई भेन्टिलेटरमा राख्नुपरेको थियो। आफ्नै दाँतले टोकिएको गालाको भित्री भागमा टाँका नै लगाएर उपचार गरेसँगै उनको अवस्थामा सुधार भएको थियो। फलस्वरुप असार २१ गते भेन्टिलेटरमा राखिएकी कलाकार घिमिरेलाई असार २३ गतेदेखि नै पुनः भेन्टिलेटरबाट निकालिएको थियो।

    बाँकी स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको चिकित्सकहरुले बताएपनि दुई दिनअघि उनको हालत खस्किँदै गएको र उपचारमा कठिनाई भइरहेको अस्पताल स्रोतले जनाएको थियो।

    उपचारमा खटिएका डाक्टर जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इन्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने सम्भावना भने न्यून रहेको यसअघिनै बताइएको थियो।

    तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल घिमिरेको उद्धार गर्नुअघिको अवस्था निकै दर्दनाक थियो। चलेकी मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन्। नर्भिकले उद्धार गरेपछि उनलाई सहयोग गर्नेहरुको समेत लर्को लागेको थियो। उनको परिवारजनले बनाएको अक्षयकोषमा लाखौं रुपैयाँ जम्मा भइसकेको जानकारीमा आएको थियो।

    तीन वर्षअघि अभिनयको कोर्स पढ्न घिमिरे भारत गएकी थिइन्। त्यहाँ भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन्। दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो। तर, त्यहाँको अस्पतालको उपचार महँगो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए।

    Posted in कला /जीवनशैली, मुख्य खबरLeave a Comment on कलाकार ‌निशा घिमिरेको निधन !

    संचिता भन्छिन्–‘नयाँलाई पनि ठाउँ दिनुपर्छ’

  • १६ भाद्र २०७८, बुधबार १२:२६ मा प्रकाशित
  • नायिका संचिता लुइटेल चलचित्र ‘म राजेश हमाल’मा काम गर्न तयार छिन् । चलचित्रको टिमले आयोजना गरेको पत्रकारसँगको भेटघाट कार्यक्रममा नायिका लुइटेलले यो चलचित्रमा काम गर्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिइन् ।
    संचिताले यो चलचित्रमा आफ्नो भूमिका केही फरक रहेको र दर्शकमा पनि चलचित्रबाट राम्रो सन्देश जाने देखेपछि काम गर्ने सोच बनाएको बताइन् । संचिताले कोरोना भाइरसका कारण चलचित्र क्षेत्र नै शुन्य अवस्थामा रहेकाले आफू पनि टाढा भए जस्तो देखिएको बताएकी छिन् ।

    नायिका लुइटेलले भनिन्–‘हामीले एकपछि अर्को चलचित्रमा काम गर्ने कुनै समय थियो । सधै समय एकनाश हुन्छ भन्ने पनि होइन । अहिले चलचित्र क्षेत्रमा नयाँ नयाँ अनुहार भित्रिएका छन् । नयाँलाई पनि अवसर दिनुपर्छ । अब, हामीले चलचित्रमा काम गर्ने मात्र भन्दा पनि दर्शकलाई नयाँ के दिने भन्ने बिषयमा सोच्नुपर्छ । म जस्तै अरु कलाकारमा पनि यस्तै सोच आएको हुनुपर्छ ।’
    केदार भुषालको निर्माणमा तयार हुन लागेको चलचित्र ‘म राजेश हमाल’लाई दर्शकले मन पराउने विश्वास संचिताको छ । यो चलचित्रको छायांकन भदौको अन्तिम साताबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ । यो चलचित्र नायक राजेश हमालको बायोपिक नभएपनि उनको जीवन यात्राबाट भने प्रभावित हुने निर्माणपक्षले जानकारी दिएको छ ।

    Posted in कला /जीवनशैलीLeave a Comment on संचिता भन्छिन्–‘नयाँलाई पनि ठाउँ दिनुपर्छ’

    आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै : यस्ताे छ धार्मिक महत्व

  • १४ भाद्र २०७८, सोमबार १०:२९ मा प्रकाशित
  • काठमाडाैं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् ।

    ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

    अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको पौराणिक मान्यता छ ।

    जन्माष्टमीका दिन पाटनको मङ्गल बजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ । यस वर्ष भने नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका कारण पूजा विधि मात्र गरिने जनाइएको छ ।

    ललितपुर महानगरपालिकाले सूचना प्रकाशन गरी भक्तजनलाई दर्शन गर्न नदिने जानकारी गराएको छ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष दुवैतिर विधिपूर्वक पूजा आराधना गर्ने तर भीड नगर्ने गरी तयारी भएको छ ।

    उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष पूजा आराधना मात्र गर्ने गरी तयारी भएको छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन पनि यस वर्ष प्रभावित भएको छ ।

    यस पर्वका अवसरमा विगत वर्षमा काटिएको सार्वजनिक बिदा यस वर्षदेखि पुनः दिन थालिएको छ । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

    बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । धर्म स्थापनाका लागि युग युगमा जन्म लिन्छु भनी कुरुक्षेत्रमा अर्जुनलाई सत्यको पक्षमा लाग्नेको रक्षा असत्यका पक्षमा लाग्नेको संहार गर्न अवतार लिने गरेको प्रसङ्ग पनि विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।

    घर घरमा बालबालिकालाई श्रीकृष्णको स्वरूपमा सिँगार्ने प्रचलन पनि नेपाली समुदायमा बढ्न थालेको छ । यस अवसरमा विभिन्न विद्यालयले बालबालिकालाई श्रीकृष्णका रूपमा सिँगारेर यो पर्व मनाउने गरेकामा शैक्षिक संस्था बन्द रहेकाले यसपटक त्यस्तो कार्यक्रम छैन ।

    Posted in कला /जीवनशैली, मुख्य खबर, समाजLeave a Comment on आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै : यस्ताे छ धार्मिक महत्व

    फोटो स्टुडियोको प्रचार शैलीमा सन्तोषको ‘म्युजिक आइडिया’, व्यवसायमा सार्थकता पाएको भन्दै मख्ख

  • १२ भाद्र २०७८, शनिबार १३:५४ मा प्रकाशित
  • images

    काठमाडौं । पछिल्लो केही दिन यता सामाजिक सञ्जालमा एउटा भिडियो भाइरलजस्तै भयो । उक्त भाइरल भिडियो, भोजपुरी गीतको एउटा छोटो क्लिप हो । जसमा एक युवकले गीतमार्फत नै एउटा फोटो स्टुडियोको विज्ञापन गरिरहेका छन् ।

    गीतमा देखिएको भिडियो वीरगन्ज जिल्ला अदालत नजिकको भगवती फोटो स्टुडियोको हो । जसलाई ११ वर्षदेखि स्थानीय युवा सन्तोष कुसाहाले सञ्चालन गरिरहेका छन् । 

    सन्तोषले आफ्नो करिब डेढसय स्क्वायर फिटमा रहेको पसललाई ब्रान्डिङ्ग गर्ने उद्देश्यले गीत बनाएका थिए । गीत युट्य्बमा राखेपनि भिडियो बनाएका थिएनन् । त्यहि गीतको सानो क्लिपलाई नजिकका भाईलाई अभिनय गरेको भिडियो बनाउन लगाए । त्यहि भिडियो बनाएपछि टिकटकमा राखेपछि भ्यूज आउन थाल्यो ।

    फोटो खिँच्ने, सम्पादन गर्ने, भिडियो सुटिङ तथा मिक्सिङ गर्ने, स्थानीय भोजपूरी भाषाको एल्बम सूटिङ गर्नेदेखि विवाह तथा विभिन्न कार्यक्रमहरुमा फोटो भिडियोको व्यवसायिक सेवा समेत स्टुडियोले दिदैँ आइरहेको छ । सन्तोषले पसलको भाडा मासिक ८ हजार तिर्दै आइरहेका छन् । 

    अदालत जस्तो अति व्यस्त क्षेत्रको परिसरमा रहेको सन्तोषको व्यवसाय मज्जाले चल्छ । तर आफ्नो स्टुडियोलाई केही फरक तरिकाले प्रचार गरौं भन्ने हुटहुटी चलेपछि उनले गीतलाई माध्यम बनाए ।

    भोजपुरी गीत लेख्दै आएका आफ्ना नजिकका भाई बिक्की कुसुहालाई गीत लेख्न लगाएर उक्त गीतलाई अर्का छिमेकी भाई ब्रिजलाल यादवलाई गाउन लगाए । ६ महिना अगाडी उक्त गित एउटा एल्बम सहित जेबी म्युजिक नामको युट्युब च्यानलमार्फत सार्वजनिक भयो । गीत सबै नजिकका साथीभाईसँग मिलेर गर्दा जम्मा २ हजार खर्च भएको सन्तोष बताउँछन् । 

    ‘भगवती स्टुडियोमा फोटो खिचवाउ’ बोलको यो गीत ३ मिनेट १४ सेकेण्डको छ । युट्युबमा आउँदा यो गीतबारे कसैलाई थाहा नै थिएन । तर गत साता सन्तोषले उक्त गीतको केही सेकेण्डको क्लिपलाई टिकटकमा राखेपछि सामाजिक सञ्जालमा भाइरल बन्यो ।

    टिकटकपछि फेसबुकका ट्रोल पेजमा स्थान पाएको सन्तोषको प्रचार सामाग्रीलाई धेरैले अनेकन प्रतिक्रिया व्यक्त गरेका छन् । 

    आफ्नो स्टुडियोको गित एकाएक सामाजिक सञ्जालभरी भाइरल बनेपछि सन्तोष आश्चर्य र हर्षित दुबै छन् । 

    ‘हामी जस्तो वीरगन्जको एउटा सामान्य स्टुडियोको गीत यसरी सामाजिक सञ्जालभरी भाइरल भइदिदाँ धेरै खुशी लागेको छ,’ सन्तोषले भने । 
    गीत भाइरल बनेपछि दिनमा १५, २० ओटा फोन कलहरु भगवती फोटो स्टुडियोबारे सोध्ने मानिसहरुको आईरहेको उनी सुनाउँछन् । 

    जुन प्रयोजनका लागि गीत निकालेको थियो त्यसले सार्थकता पाएको अहिले उनलाई महसुस हुन थालेको छ । सामान्य परिवारका सन्तोष र उनका भाईले विगत ११ वर्षदेखि फोटो स्टुडियो सञ्चालनमा ल्याएका हुन् । 

    उनको स्टुडियोमा दैनिक ग्राहकहरुको भीड बाक्लिन थालेको छ । यसबाहेक सन्तोषले पछिल्लो समयमा अत्याधुनिक भिडियो सूटिङ प्रविधि ड्रोन समेत प्रयोग गर्न थालेका छन् ।  उनले ५० हजार देखि एक लाखसम्मका विभिन्न स्थानीय भिडियो तथा फोटो प्रोजेक्टमा काम गरिसकेको बताउँछन् । 

    सन्तोष कुसाहा त एक उदाहरण मात्र हुन् । पछिल्लो समय व्यापारिक तथा व्यवसायिक प्रचार प्रयोजनका लागि समेत प्रयोग हुने टिकटकले धेरै साना घरेलु तथा मझौला व्यवसायहरुलाई आफ्नो सेवाको प्रचार प्रसारमा सहयोग पुर्याएको छ ।  https://www.youtube.com/embed/9aeKjc13vjk?start=70

    स्रोत क्यापिटल नेपाल

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबरLeave a Comment on फोटो स्टुडियोको प्रचार शैलीमा सन्तोषको ‘म्युजिक आइडिया’, व्यवसायमा सार्थकता पाएको भन्दै मख्ख

    नेपाल आदीवासी जनजाती महासंघ साउदीको पूनर्गठन- अध्यक्षमा खेम तमु

  • ११ भाद्र २०७८, शुक्रबार २१:२२ मा प्रकाशित
  • रियाद साउदीअरब| नेपाल आदीवासी जनजाती महासंघ साउदीको खोबार स्थित क्लासिक रेस्टोरेन्टको सभाहलमा २७ अगस्ट २०२१ का दिन  पूनर्गठन भेला सम्पन्न भएको छ । २००५ मा गठन भएको जनजाति महासंघ राष्ट्रीय समन्वय समिति साउदी अरब २०१२ देखी निस्कृय रहेको थियो  भने पुनर्गठन भेलाले खेम तमुलाई  अध्यक्षमा चयन गरिएको छ।
    त्यसतै भेलाले वरिष्ठ उपाध्यक्षमा नवराज योन्जन, उपाध्यक्षहरू बसन्त लिम्वु, भिमसरी पुन मगर र लाल बहादुर मगर मनोनित भएको छ। संघको महासचिवमा रोशन कुमार श्रेष्ठ, उप महासचिव रबिन राई, सचिव सुमन सहयात्री योंग्हाङ, सह सचिव मोती चेमजोङ चयन भएको गरिएको छ। त्यसतै  चित्र कुमार राई कोषाध्यक्ष, ओम कुमाल सहकोषाध्यक्ष र विजय लामा प्रवक्ताको रूपमा चयन गरेको छ भने सदस्यहरूमा मित्र मणि राई, भिमा लिम्बु, प्रेम ईजम लिम्बु, बल बहादुर कुमाल, दुर्गा आले मगर, अकल प्रधान, अन्जान गुभाजु, राम माया तमाङ, जित मान तमु, मिना तमाङ, राज श्रेष्ठ, भिम बुढा मगर र पुष्पा राई चयन गरिएको छ ।


    संघले पुनर्गठन भेला बाट प्रमुख   सल्लाहकारहरूमा विरेन्द्र कुमार चौधरी सहित सल्लाहकारहरूमा प्रेम सिंजाली मगर, राजेश सेंदाङ, सुर्य श्रेष्ठ, जयदेव चाम्लिं नारायण गुरूङ र तुलसी गुरूङलाई चयन गरेको छ।
    खेम तमुको सभापतित्व रहेको  कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली दूतावास रियादका श्रम काउन्सेलर जिवन राईको उपस्थिति रहेको थियो भने  विशेष अतिथिको रूपमा आदिवासी जनजाति महासंघको अध्यक्ष जगत बरामको उपस्थिति रहेको थियो । अन्य अतिथिहरूमा दूतावासका जनसंपर्क अधिकारी हरी घिमीरे, संघिय लोकतांत्रिक राष्ट्रीय मंचका केन्द्रीय सदस्य श्री यावा लिम्बु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रमको संचालन रविन राईले गरेको थियो भने चित्र कुमार राईले स्वागत मन्तव्य राखेको थियो।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, समाजLeave a Comment on नेपाल आदीवासी जनजाती महासंघ साउदीको पूनर्गठन- अध्यक्षमा खेम तमु

    द्वारदेवी बिधालयका विधार्थीद्वारा बालबीवाह तथा दाइजो बिरुद्धको चित्रकला प्रदर्शनी

  • ९ भाद्र २०७८, बुधबार १८:०६ मा प्रकाशित
  • पर्सा संवददाता ।

    बिरंगज १७ अलौ स्थित द्वार देवी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८,९ र १० का २०जा विद्यार्थी भाई बहिनी हरुले चित्रकलाको माध्यमबाट ,बालबीवाह तथा दाइजो बिरुद्धको चित्रकला प्रदर्शनी कार्यक्रम गरेको गरेको थियो।


    डीसीसी नेपाल (DCC nepal) तथा एनसीसी (NCE) नामक गैर सरकारी संस्थाहरू द्वारा संयुक्त रूपमा आयोजित कार्यक्रमको सभापतित्व बिद्यालयका प्रधानाध्यापक राजु कुमार माल्ली गर्नु भएको थियो ।

    भने एनसीसी( NCE ) संस्थाको माहा सचिव राम प्रबेश साहको प्रमुख आतित्वमा सोही संस्थाको युवाग (young )कम्पियनका प्रमुख आनन्द यादवले कार्यक्रम संचालन गर्नु भएको थियो।

    बिद्यालयको सम्पूर्ण शिक्षक शिक्षिका हरुले सहजिकर्ण गर्नु गरेको थियो ।

    बालबीवाह तथा दाइजो बिरुद्धको चित्र कला प्रदर्शनीले प्रथम ,द्वितीय, तृतीय तथा सांत्वना पुरस्कार क्रमशः रमेश सहनी, प्राची गुप्ता ,आजाम अन्सारी र रिन्जु कुमारी साह ले प्राप्त गरेको थियो।

    Posted in कला /जीवनशैली, मुख्य खबरLeave a Comment on द्वारदेवी बिधालयका विधार्थीद्वारा बालबीवाह तथा दाइजो बिरुद्धको चित्रकला प्रदर्शनी

    कमल गाउँले : जो दुई दशकदेखि निरन्तर प्यारोडी निकाल्दैछन् 

  • ७ भाद्र २०७८, सोमबार १६:५६ मा प्रकाशित

  • न उनी भैंसी पाल्ने बलराम हुन्, न जँड्याहा । तर, यही दुई उपमाले उनी सर्वत्र चिनिए । एउटा यस्तो समय थियो, जतिबेला टेलिशृंखलादेखि सिनेमासम्म ‘जँड्याहा पात्र’ चाहिएमा कमल गाउँलेको खोजी हुन्थ्यो । के उनी जँड्याहा थिए ? होइन । बरु कमलको अभिनय चाहिं कमालको थियो ।
    रक्सीले टिल्ल भएको अभिनय उनले कति स्वाभाविक रूपमा गर्थे भने, रमितेलाई लाग्दो हो उनी वास्तवमै जँड्याहा हुन् । पछि एउटा गीत खूब चल्यो, ‘गर्नु गर्‍यौ बलराम भैंसी पालेर’ । दूधमा पानी मिसाएर बेच्ने चतुर बलरामको रूपमा पनि उनी चर्चित भए ।
    बलराम, जँड्याहा पोई, देउराली भट्टी पसल जस्ता गीतले कमललाई बेग्लै फ्रेममा स्थापित गरिदियो । तर, उनको ख्याति यत्तिमा सीमित छैन । खासमा त कमल गाईजात्राका लागि बढी कहलिएका पात्र हुन् ।
    गाईजात्रे कलाकार
    जब–जब गाईजात्राको पारो चढ्दै जान्छ, कमल गाउँलेको राप पनि बढ्दै जान्छ । पछिल्लो दुई दशकदेखि उनी गाईजात्रे कार्यक्रममा अविच्छिन्न सक्रिय छन् । यो आफ्नो बिर्ता र धर्म हो भने जसरी उनले ‘गाईजात्रे’ कार्यक्रमको कर्मकाण्ड पूरा गर्दै आएका छन् । हरेक गाईजात्रामा कुनै न कुनै रोचक र घोचक प्रस्तुति ल्याउने गर्छन् ।
    शम्भु दाहालबाट प्रेरित भएर उनले २०५७ सालदेखि गाईजात्रे प्रस्तुति निकाल्न शुरू गरेका थिए । त्यसयता उनले हरेक वर्ष एकल गाईजात्रे प्रस्तुति निकाल्दै आएका छन् ।
    ६० को दशक आसपास गाईजात्रे कार्यक्रम गर्ने होड हुन्थ्यो । प्यारोडीको बजार गुल्जार हुन्थ्यो । हरिवंश–मदनकृष्णदेखि दीपकराज गिरी, दमन रूपाखेतीसम्म भ्याई–नभ्याई हुन्थे । तर, समयक्रममा यसको राप सेलाउँदै गयो । गाईजात्रा गर्नेहरू पातलिंदै गए ।
    पुरानाले छाडे, नयाँ आए । यो उपक्रम चलिरह्यो । तर, कमलले भने यो सिलसिला भंग गरेनन् । राजनीतिक, सामाजिक मुद्दाहरूलाई उनले हास्यव्यङ्ग्य मार्फत चोटिलो ढंगले पेश गर्दै आएका छन् । कमल भन्छन्, ‘राजाको शासनकालमा पनि गाईजात्रा निकालें । आज गणतन्त्र छ । यो २१ वर्षे अवधिमा मैले गाईजात्रा निकाल्न छाडिनँ ।’
    भर्खरै मात्रै उनले २१औं गाईजात्रे प्रस्तुति ल्याएका छन्– ‘बाई लभ यू केपी बा’ । दुई तिहाइ सरकारको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन जस्ता विषयमाथि उनले कटाक्ष गरेका छन् ।
    उनी आफ्नो गाईजात्रे प्रस्तुतिमा वर्षभरि भएका राजनीतिक, सामाजिक र विभिन्न घटनाक्रमहरूलाई समेटेर हास्यव्यंग्यका रूपमा प्रस्तुत गर्छन् । खासगरी राजनीतिक दल र नेताहरूमाथि उनी प्रहार गर्न रुचाउँछन् । ‘अरूबेला यसरी घोचपेच गरियो भने जेल जानुपर्छ’ कमल भन्छन्, ‘यही एउटा मौका आउँछ, त्यसलाई किन छाड्ने ?’
    उनी तार सप्तकमा आवाज निकालेर गाईजात्रे प्रस्तुति गर्छन् । उनको विशेषता पनि यही हो । तार सप्तकमा गर्ने उनको गाईजात्रा प्रस्तुति बेजोड भइदिन्छ । त्यो शैलीमा भने उनी कलाकार शम्भु दाहालबाट प्रेरित भएका रहेछन् ।
    सरगमा तीनवटा सुर हुन्छन् । मन्द्र सप्तक, तार सप्तक र मध्य सप्तक । उनको स्वर तार सम्तकमा छ । अर्थात् उनी ठूलो स्वरमा गाईजात्रा भट्याउन सक्छन् ।
    गाईजात्राको संस्कृति क्रमशः हराउँदै गएको गाउँलेलाई भान भइरहेको छ ।
    ‘हिजो गाईजात्रा पर्वलाई जसरी मनाइथ्यो त्यो हराउँदै गएको हो कि भन्ने लाग्छ’ उनी भन्छन्, ‘गाईजात्रा हाम्रो परम्परा हो, संस्कृति हो । यसलाई बचाउने दायित्व हामी कलाकारको पनि हो ।’ हरेक वर्ष निकाल्ने गाईजात्रे प्रस्तुति मार्फत पनि यो संस्कृतिलाई निरन्तरता दिनुपर्ने गाउँले बताउँछन् ।
    तर हास्य-व्यंग्यलाई राजनीतिक, सामाजिक विकृति विसंगतिमा गरिने व्यंग्यभन्दा पनि सस्तो मनोरञ्जनका रूपमा लिने गरेकोमा उनी दुःखेसो पोख्छन् । भन्छन्, ‘हामीले आफ्ना सिर्जना र प्रस्तुतिहरूबाट यो देश बन्नुपर्छ, नेताहरू सुध्रिनुपर्छ । भ्रष्टाचार रोकिनुपर्छ । देश विकास हुनुपर्छ । सबै वर्ग समुदायले शिक्षा र रोजगारी पाउनुपर्छ । र, यो महँगी नियन्त्रण हुनुपर्छ भनेर भनिरहेका हुन्छौं ।’ उनी थप्छन्, ‘हाम्रो प्रस्तुति र विषय मार्फत देश बनाउने कुरामा हामी लागिरहेका छौं । जहिले पनि देश बदल्ने कुरा गर्छौं । देश बनाउने कुरा गर्छौ ।’
    हास्यव्यग्य अर्थात् ओखती
    २१ वर्षयता गाईजात्रा गरिरहँदा ब्राण्ड नै भइसकेको उनी बताउँछन् । ‘हरेक वर्ष मेरो गाईजात्रा आउँछ । त्यो मेरो ब्राण्ड भइहाल्यो । यो निरन्तर आइरहनेछ ।’ गाईजात्रामा उनले भ्रष्टाचार विरुद्ध र नेताहरूले काम गरेनन् भन्ने जस्ता विषय उठाउँदै आएका छन् ।
    यसबीच उनले नेताहरूको प्रवृत्ति माथि व्यंग्य गर्दै आए । तर के यसले साँच्चै नेताहरूको प्रवृत्ति फेरियो त ? जवाफमा उनको नाक खुम्चियो, ‘कहाँ फेरिनु । अहिले त झन् हरेक दिनजसो गाईजात्रा छ ।’
    उनका लागि हास्य-व्यंग्य विधा मात्र नभएर एउटा औषधि पनि हो । गाउँले भन्छन्, ‘ठूला–ठूला रोग लागेका मानिसहरूलाई हास्य–व्यंग्य औषधि जस्तै हो । यति ठूलो औषधि हो कि मानिस राम्रोसँग हाँस्यो भने कति रोगहरू नै लाग्दैन । तर हँसाउने भन्दैमा सस्तो हँसाउने होइन । भित्रैबाट खुशी भएर हाँस्नु हो ।’
    प्रविधिसँगै परिवर्तन
    शुरूआती चरणमा प्रविधि थिएन । उनले २०५७ सालमा पहिलो गाईजात्रा शृंखला निकालेका थिए । त्यतिबेला भिडियो हुँदैनथ्यो । अडियो क्यासेटमा सुन्न मात्र सकिन्थ्यो । त्यो समय उनी आफ्नो गाईजात्राको क्यासेट बेच्दै हिंड्थे । ठाउँ–ठाउँमा पुगेर आफ्नो क्यासेट किनिदिन आग्रह गर्थे । कतिले किनिदिन्थे, कतिले झर्को मान्थे ।
    समयसँगै प्रविधिले फड्को मार्दै गएपछि गाईजात्रा अडियोबाट भिडियोसम्म आइपुग्यो । क्यासेटबाट भीसीडीदेखि युट्युबसम्म आयो । तीन वर्षयता भने उनी आफ्नै युट्युबबाट आफ्नो गाईजात्रा प्रस्तुति राख्दै आएका छन् ।
    अभिनयसँगै वाद्यवादक पनि
    अभिनय र गाईजात्रा मात्रै हैन, गाउँलेले वाद्यवादन पनि राम्रो बजाउँछन् । थुप्रै टेलिशृंखलामा उनले वाद्यवादकको काम पनि गरेका छन् । ‘ढुंगे बगर, माया ढुंगे बगर’ हरिवंश आचार्यको टेलिशृंखलामा उनले मादल बजाएका थिए ।
    २०६० सालमा भएको मादल प्रतियोगितामा उनी सर्वोत्कृष्ट मादल बाधक भएका थिए । त्यसयता भने मादल प्रतियोगिता हुनसकेको छैन । उसो त २०५७ सालमा उनले रेडियो नेपालबाट स्वर पास गरेका थिए ।
    दोहोरीमा दश वर्ष मादल बजाए
    प्यूठानमा जन्मेका गाउँले सानो छँदा परिवारसँगै बसाइँ सरेर दाङ झरे । उनी दाङमा हुर्किए । सानोमा उनी चकचके स्वभावका । रसिक पनि । चुट्किला सुनाउथे । अरूको आवाज दुरुस्त नक्कल गर्थे । त्यसबाहेक उनमा खास खूबी थियो, मादल र सारङ्गी बजाउने ।
    त्यही मादल र सारङ्गी बजाउने धुनले उनमा कला–मोह जाग्यो । उनी कलाकार बन्ने लहडले काठमाडौं हान्निए । काठमाडौंमा आएपछि कमललाई बाँच्ने आधार दियो, मादलले । उनी यहाँका लोकदोहोरीमा मादल घन्काउन पुग्थे । मादल बजाएरै उनको हातमुख जोर्ने मेलो मिल्थ्यो । दश वर्षसम्म उनी मादल बजाउँदै आफ्नो जीवनको धुन खोजिरहे ।
    दोहोरी साँझमा उनी राति बजाउँथे र दिनभर सिनेमा एवं टेलिशृ ंखलामा अभिनय गर्ने मौका खोज्दै हिंड्थे । कति क्षण यस्ता पनि छन्, जहाँ उनी अभिनय गर्न नपाएर रुँदै फर्किएका पनि छन् । तर गाउँलेले कलाकार बन्ने सपना छोडेनन् । सपनाको बाटो पछ्याइरहे ।
    गाउँले सम्झन्छन्, ‘म्युजिक भिडियोहरूमा काम गर्दै जाँदा दीपकराज गिरीहरूले मलाई चिन्न थाल्नुभयो । काम गर्दै जाँदा हास्यव्यंग्यतिर गाँसिए । हरिवंश आचार्य, मदनकृष्ण  श्रेष्ठ, साम्दे शेर्पा, सन्तोष पन्त जस्ता अग्रज कलाकारहरूसँग चिनाजानी हुनपुग्यो । उहाँहरूसँग अभिनय गर्ने अवसर पाएँ ।’
    यसरी उनले गिती भिडियोदेखि ‘तितो सत्य’ नामक टेलिशृंखला हुँदै ‘छ माया छ छपक्कै’ चलचित्रसम्म अभिनय गरे ।
    गाउँ फर्किए गाउँले
    मुलुकमा कोभिड संक्रमण शुरू भएसँगै उनी आफ्नै गृहजिल्ला दाङ फर्किएका छन् । दुईवटा गाईजात्रे प्रस्तुति उनले दाङमै तयार पारेका थिए ।
    ‘गाउँ–गाउँमा सिंहदरबार’, ‘चाइनाको रेल’ र गत वर्ष मात्रै उनले मुलुकमा शुरू भएको कोभिड महामारीलाई जोडेर ‘के के हुने हो’ नामक गाईजात्रे प्रस्तुति हुँदै २१औं शृंखलासम्म ल्याएका छन् ।

    Posted in कला /जीवनशैलीLeave a Comment on कमल गाउँले : जो दुई दशकदेखि निरन्तर प्यारोडी निकाल्दैछन् 

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P