अभिनेता सिद्धार्थ शुक्लाको निधन

  • १७ भाद्र २०७८, बिहीबार १२:४५ मा प्रकाशित
  • अभिनेता तथा बिग बोस–१३ को बिजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । शुक्लाको हृदयघातका कारण मुम्बईको कुपर अस्पतालमा निधन भएको हो । 
    बिहीबार ४० वर्षीय शुक्लाले बुधबार राति सुत्नुअघि औषधि खाएर सुतेका तर बिहिबार बिहान उनको हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ ।
    टेलिभिजन उद्योगका चर्चित अभिनेता शुक्लाले बिग बोसको १३ औँ संस्करण जित्न सफल भएका थिए । उनले टेलिभिजन सिरियल ‘बालिका बधु’ बाट आफ्नो पहिचान बनाएका थिए ।
    उनको जन्म सन् १९८० को डिसेम्बर १२ मा भएको थियो । उनले सन् २००४ मा टिभीमा पहिलोपटक अभिनय गरेका थिए ।  उनले सन् २००८ मा ‘वह बाबुलका आंगन छुटे ना’ नामको सिरियलमा काम गरेका थिए । उनी ‘बालिका बधु’ बाट भने चर्चामा रहे । 
    उनले टेलिभिजनसँगै बलिउडमा पनि कदम राखेका थिए । उनले​ २०१४ मा रिलिज भएको फिल्म ‘हम्टी शर्माकी दुल्हनिया’ मा काम गरेका थिए । 

    Leave a Reply