• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

८ महिनादेखि प्यारालाइसीस अबस्थामा रहेका एक नेपाली एनआरएनए अल कासिम र नेपाली राजदुताबास रियाद्को सहयोगमा नेपाल फर्के ।

  • २३ कार्तिक २०७८, मंगलवार ००:५० मा प्रकाशित
  • समर्पण रम्जान

    ९ नोभेम्बर २०२१, साउदी अरब ! नेपाल घर धनुषा भइ बिगत २१ बर्षदेखि साउदी अरबको अल वतानिया कम्पनीमा कार्यरत रहदै गर्दा ८ महिना देखी प्यारालाइसीस भएर किङ फहाद हस्पिटल बुरैदामा उपचारर्थ 52 बर्षका राम लखन महतो कोइरी, गत आइतबार ८ नोभेम्बरका दिन सकुशल नेपाल फर्कन सफल भएका छन् ।
    एनआरएनए आरसिसी अल कासिम र नेपाली दूतावास रियादको अमुल्य सहयोगमा हिमालय एरलाइन्सको H9/5732 को फ्लाइटमा स्पेसल चीयर मार्फत रियादबाट काठमाडौं पठाउन सफल भएको एनआरएनए आरसिसी अल कासिमका सचिब ध्रुब कटुवालले जानकारी गराउनु भएको छ ।

    उहाँको नेपाल फिर्तिका लागि नेपाली राजदुतावास रियादको प्रत्यक्ष सम्लग्नता सहयोग र एनआरएनए आरसिसी अल कासिमको निरन्तर प्रयासमा पाचौं पटकको कोशिसमा सफलता मिलेको कुरा कटुवालले जानकारी गराएका छन् ।

    यस कार्यको लागी प्रत्यक्ष सम्लग्न भएर हिमालय एरलाइन्ससंग समन्वय गरेर ब्यबस्था मिलाइ दिनुहुने नेपाली राजदुतावास रियादका कार्यबाहक राजदुत श्री दिलीप पौडेल ज्यु , हरपल समन्वय तथा उद्वार गर्नको लागि प्रत्यक्ष फलो गर्नुहुने श्री टिकाराम उपाध्याय ज्यु, द्वितीय सचिब नेपाली राजदुतावास रियाद, दम्मामबाट फ्लाइट गराउनको लागी प्रयास गर्नु हुने श्री हरी घिमिरे ज्यु, भु. पु. पुर्बी क्षेत्र जन सम्पर्क सहायक नेपाली राजदुतावास रियाद, कठिनाईका बाबजुद पनि अनुरोधलाई सहर्ष स्वीकार गरेर सहयोग गर्नुहुने हिमालय एरलाइन्सका कन्ट्री मेनेजर श्री सुवास तिमिल्सिना ज्यु, निरन्तर समन्वयको भुमिका निर्बाह गर्ने आर सि सी अल कासिम टिम, साथै राम लखनको स्वास्थमा नाजुक अबस्था रहेको बेलादेखी आजका दिनसम्म करिब करिब ८ महिना हरपल सेवा गर्नुहुने श्री मन कुमार राई ज्यु, श्री इसराइल राइन ज्यु श्री हेम चन्द्र लिम्बू ज्यु, श्री राकेश मन्डल ज्यु, श्री दुर्गा कुवर ज्यु सबैको सामुहिक प्रयासले यो सफल भएको कटुवाल ले जानकारी गराएका छन ।

    अल वातनीय पोल्ट्री कम्पनीले उहाँको उपचारमा कहिँ कतै कमी नगरेको कहिल्यै पनि कम्जोरि महसुस नगराएको र हिजो फ्लाइटमा बसुन्जेल सम्म पनि कम्पनीको प्रत्यक्ष सम्लग्नता साथै उपचारमा भारी रकम करिब करिब एक लाख एघार हजार रियल बराबरको खर्चका बाबजुद पनि उहाले पाउने हर पाई पाई उहालाई हस्तान्तरण गरेर परिवार सम्म पठाउने काम गराएको थियो ।
    अहिले उहाँ परिवार सम्म सकुशल पुगिसकेको भनेर कटुवालले जानकारी गराउनु भएको छ ।

    समाचार भिडियो फोटो उपलब्ध :- ध्रुब कटुवाल ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on ८ महिनादेखि प्यारालाइसीस अबस्थामा रहेका एक नेपाली एनआरएनए अल कासिम र नेपाली राजदुताबास रियाद्को सहयोगमा नेपाल फर्के ।

    एनआरएनए आरसिसि अल कासिमले गर्‍यो दशै, तिहार साथै छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम ।

  • २१ कार्तिक २०७८, आईतवार २३:०१ मा प्रकाशित
  • ७ नोभेम्बर २०२१! गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल-कासिम द्वारा दशै, तिहार साथै छठ पर्वको पावन अबसरमा अल कासिम क्षेत्रमा रहेका दाजुभाइहरुलाइ भेला गरि शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।।

    बिगत दुई बर्षदेखि कोरोना कहरले गर्दा राम्रोसँग आफ्नो चाडबाड मनाउन नपाएको र यो बर्षमा अबस्था सामन्य रहेकोले गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल- कासिमले गत शुक्रबार, ५ नोभेम्बर २०२१ का दिन सिग्गा बुरैदा स्थिति एक इस्त्राहमा दशै, तिहार साथै छठ पर्बको अवसरमा भब्य तथा सभ्य कार्यक्रम आयोजना गरेको क्षेत्रीय समितिका सचीव ध्रुब कटुवालले जानकारी दिए ।

    बुरैदा आस पासमा रहनु हुने नेपाली दाजु भाइ तथा दिदी बैनीहरुलाइ नेपालमा रहेर परिवार संगै मनाइएको आभास महसुस गराउनका लागि गरिएको उक्त कार्यक्रम समितिका वरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा सचिब ध्रुब कटुवालले संचालन गरेका थिए ।

    उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण दाजुभाइहरुले यसरी कार्यक्रम संचालन गरेकोमा एनआरएनए आरसिसी टिमलाइ धन्यवाद प्रदान गर्दै देउसिको सांस्कृतिक मनोरञ्जन लिदैं एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।
    कार्यक्रममा आर सि सी अल-कासिमका सम्पुर्ण पदधिकारी लगायत बुरैदा आस पासमा रहनु हुने ४०- ५० जना नेपाली दाजुभाइहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रम सहभागीहरुलाई दिपावलीको मौलिक परिकार सेलरोटी लगायत नेपाली खाना खुवाइएको थियो ।

    उक्त कार्यक्रमलाइ सभ्य तथा भब्य रुपमा सफल पार्न सहयोग गर्नुहुने आफ्नो सम्पुर्ण आरसिसि टिम साथै विशेष गरेर श्री धमेन्द्र कार्की ज्यु, श्री सबिन श्रेष्ठ ज्यु लगायत सम्पुर्ण उपस्थित हरुमा आर सि सी अल कासिम आभार प्रकट गरेको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए आरसिसि अल कासिमले गर्‍यो दशै, तिहार साथै छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम ।

    टोपी देख्नेबित्तिकै बाइडेनले मलाई चिनिहाले : प्रधानमन्त्री देउवा

  • १८ कार्तिक २०७८, बिहीबार १३:१६ मा प्रकाशित
  • प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई देख्नेबित्तिकै चिनिहालेको बताए । स्कटल्यान्डको ग्लोस्गोमा कोप–२६ मा सहभागी भएर नेपाल फर्कने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री देउवाले भने,‘बाइडेनसँग पनि मेरो भेट भयो । पहिले नै नेपाल आएका रहेछन्, मैले टोपी लगाएर गएको थिएँ, देख्नेबित्तिकै चिनिहाले ।’

    देउवाले आफूसँग अमेरिकी राष्ट्रपति बाइडेनले ‘नेपाल राम्रो देश छ, मलाई खुब मन पर्छ’ समेत भनेको उल्लेख गरे ।

    देउवा र बाइडेनबीच सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गरेको रात्रिभोजका दौरान जम्काभेट भएको थियो । उक्त भेटमा दुवै नेताहरुले एकअर्कालाई हार्दिकतापूर्वक स्वागत गरेका थिए ।

    प्रधानमन्त्री देउवा कात्तिक १२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका थिए।

    प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेल, अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधवबहादुर कार्की सहभागी थिए।

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on टोपी देख्नेबित्तिकै बाइडेनले मलाई चिनिहाले : प्रधानमन्त्री देउवा

    प्रबासी नेपाली समन्वय समिति द्वारा पुर्बि क्षेत्रमा हेल्प डेस्क सन्चालन गर्ने ।

  • १६ कार्तिक २०७८, मंगलवार ०१:११ मा प्रकाशित

  • प्रवासी नेपाली समन्वय समिति पी.एन.सी.सीले यहि आउँदो बिहीबार ४ र ५ नोभेम्बरमा साउदी अरबको पूर्वी क्षेत्र जुबेल र खोबरमा गरी दुई दिन हेल्पडेस्क सञ्चालन गर्ने भएको छ ।

    प्रवासी नेपाली समन्वय समिति साउदी अरबका बाह्य सम्पर्क संयोजक देब नारायण चौधरीले जानकारी गराउनुभए अनुसार प्रवासमा रही काम गर्दै आउनुभएका नेपाली दाजुभाई दिदीबैनीहरुको समस्यालाइ न्यूनीकरण गर्ने हेतु यो हेल्पडेस्क संचालन गर्न लागेको उहाँले बताउनुभयो।

    उहाँका अनुसार ४ नोभेम्बर बिहीबारका दिन जूबैल स्थित एभरेस्ट होटेल र ५ नोभेम्बर शुक्रबारका दिन खोबर स्थित कब्बानी क्यामको हलमा गरि पुर्बि क्षेत्रमा २ दिन हेल्प डेस्क संचालन गर्ने कार्यक्रम रहेको छ । साउदी अरबको जुबेल दमाम र अलखोबर क्षेत्र आसपासमा रही काम गर्दै आउनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु र प्रबासी नेपाली समन्वय समिति को बीचमा त्यहाँस्थित नेपाली दाजुभाई दिदीबहिनीहरुले भोग्दै आएका समस्याहरु लगायत स्वास्थ स्थिति बारेमाा हेल्प डेस्क सञ्चालन गरिने भएको उहाँले जानकारी गराउनुभयो।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on प्रबासी नेपाली समन्वय समिति द्वारा पुर्बि क्षेत्रमा हेल्प डेस्क सन्चालन गर्ने ।

    पिएनसीसी द्वारा श्रम स्वीकृति सम्बन्धि जानकारीमूलक कार्यक्रम सम्पन्न !

  • १५ कार्तिक २०७८, सोमबार १८:०४ मा प्रकाशित
  • प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) द्वारा आयोजित श्रम स्वीकृति सम्बन्धि जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख परामर्शदाता वैदेशिक रोजगार विभागका नरेन्द्र न्यौपाने र बिकाश श्रेष्ठ रहेको उक्त कार्यक्रम ३१ अक्टोबरका दिन जुम माध्यमबाट सम्पन्न भएको हो ।

    कार्यक्रमको पहिलो चरणको कार्यक्रमका प्रमुख परामर्शदाता नरेन्द्र न्यौपानेले नेपाल सरकार तथा वैदेशिक रोजगार बोर्डको ऐन र निर्देशिकामा उल्लेखित श्रम स्वीकृति सम्बन्धि ब्यवस्थाहरुको बारेमा जानकारी गराउनुभएको थियो ।दोस्रो चरणको कार्यक्रम अन्तरकृया कार्यक्रमका अर्का परामर्शदाता बिकाश श्रेष्ठले सहभागीहरुको जिज्ञासा तथा प्रश्नको जवाफ दिनुभएको थियो।

    श्रम स्वीकृति गरेका ब्यक्तिको मृत्यु भएमा वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट मृतकको परिवारलाई ७ लाख साथै बिमा कम्पनीबाट करिब १३ लाख राहत रकम गरि करिब २१ लाख पाउने ब्यवस्था रहेको छ । साथै २ छोराछोरीलाई १२ कक्षा सम्मको शैक्षिक खर्च प्रदान हुनेछ । यदि अंगभंग भएमा मेडिकल रिपोर्ट अनुसार वैदेशिक रोजगार बोर्डको सचिवालयले निर्णय गरि राहत प्रदान गर्दछ ।

    तर केही ब्यक्तिहरुलाई यी राहतहरु कसरी प्राप्त गर्ने भन्ने प्रक्रिया थाहा नभएकोले राहत प्राप्त गर्नबाट बन्चित भएको पनि छ साथै केही ब्यक्तिहरुको राहत परिवार बाहेकका ब्यक्तिहरुले दुरुपयोग गरेको प्रमाण पनि फेला परेको छ । यश कारण श्रम स्वीकृति गर्दा आफ्नै घर परिवारको थायी मोबाई नम्बर र इमेल प्रयोग गर्न कार्यक्रममा बिकाश श्रेष्ठले आग्रह गर्नुभयो ।

    तेस्तै सहभागीहरुको प्रश्नको उत्तर दिदै अहिले श्रम स्वीकृति गर्न अनलाईबाटै गर्न सकिने भएको छ । जसकालागि femis.dofa.gov.np लगिङ गरि नेपालको मोबाईल पे-एप ई-सेवा, खल्ति लगायतबाट दस्तुर तिर्न सकिनेछ । श्रम स्वीकृतिको दस्तुर वैदेशिक रोजगार बोर्डमा रु १,५०० र बिमा कम्पनीमा उमेर अनुसार शुल्क बुझाउनु पर्ने साथै श्रम स्वीकृतिको अबधि अधिकांश देशहरुको २ बर्षको रहने बिकाश श्रेष्ठले जानकारी गराउनुभयो ।

    कार्यक्रमको सहजिकरण पहिलो चरणमा पिएनसीसी आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले गर्नुभएको थियो भने दोस्रो मलेसिया बाट पत्रकार ईश्वर राईले सहजिकरण गर्नुभएको थियो । मलेसिया, साउदी, दुबई, कतार लगायतका देशहरूबाट उल्लेखनीय सहभागी रहेको थिए । कार्यक्रमको मलेसिया बाट हिमाल टाईम्स र साउदी अरबबाट हिमालयन दृष्टि लगायत पि. एन. सि. सि. को फेसबुक पेजबाट सीधा प्रसारण गरिएको थियो।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on पिएनसीसी द्वारा श्रम स्वीकृति सम्बन्धि जानकारीमूलक कार्यक्रम सम्पन्न !

    बेलायतका नेपालीमाझ देउवाले भने – ‘मताधिकार दिन सकिँदैन, अरु सुविधा के चाहिन्छ भन्नु’

  • १४ कार्तिक २०७८, आईतवार ०८:४९ मा प्रकाशित
  • बेलायत । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई तत्काल मताधिकार दिन नसकिने बताउनु भएको छ ।

    गैरआवासिय गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सविधानमै उल्लेख नभएकाले विदेशी नागरिकता लिएका नेपालीलाई मताधिकार दिन नसकिने बताउनु भएको हो ।

    स्वागत समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, विदेशी नागरिकता लिइसकेका नेपालीलाई तत्काल मताधिकार दिन सकिँदैन। त्यसका लागि संविधान नै बद्ल्नुपर्ने हुन्छ, यो तत्का सम्भव छैन।’

    प्रधानमन्त्री देउवाले त्याहाँका नेपालीहरुसँग अन्य सकिने सुविधा भने उपलब्ध गराउ तयार रहेको बताउनुभयो । त्यस्तै वेलायतमा बसेका नेपालीहरुलाई नेपालमा वैदेशिक लगानी भित्र्याउनमा सहयोग गर्न आग्रहसमेत गर्नुभएको थियो ।
    उहाँले भूतपूर्व व्रिटिस गोर्खा सैनिकहरुको समस्या समाधान गर्नमा सहयोग गर्न तत्पर रहेको पनि उल्लेख गर्नुभयो ।

    त्यस्तैगरी सरकारले पर्यटकहरुलाई विमानस्थलमै भिसा दिने काम (अन अराइभल भिसा) दिन सुरु गरिएको पनि बताउनु भयो ।

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on बेलायतका नेपालीमाझ देउवाले भने – ‘मताधिकार दिन सकिँदैन, अरु सुविधा के चाहिन्छ भन्नु’

    मलेसियाको जेलमा फसेका १४ नेपालीलाई एनआरएनएले स्वदेश ल्यायो

  • १३ कार्तिक २०७८, शनिबार २०:२४ मा प्रकाशित
  • रोजगारीका लागि मलेसिया पुगेर विभिन्न कारणले जेल जीवन भोग्न बाध्य १४ नेपाली शुक्रवार स्वदेश फर्किएका छन् । उनीहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाली दूतावास मलेसियाको सहकार्यमा स्वदेश फर्काएको हो ।

    विभिन्न समयमा मलेसियाको जेलमा परेका नेपालीहरुलाई एनआरएनएले हवाईटिकट तथा घरसम्म जानका लागि सेवा उपलब्ध गराएपछि उनीहरु स्वदेश फर्कन सफल भएका हुन् ।

    एनआरएनएको कोभिड १९ राहत तथा उद्धार कार्यक्रम अन्तर्गत उनीहरुलार्ई स्वदेश ल्याउन र घरसम्म पुग्नका लागि सम्पूर्ण सहयोग गरेर ल्याइएको प्रोजेक्ट मेनेजर सुजता शर्माले जानकारी दिइन् ।

    बाहुनडाँगी झापाका निर्मल पोखरेल ५ बर्षपछि स्वदेश आउन पाएकोमा एकातिर खुशी थिए तर यहीबीचमा आफ्नो बुवाको निधन भएको हुँदा काजक्रिया गर्नका लागि घर पुग्न हतारोमा देखिन्थे । उनी विमानस्थल ओर्लने बित्तिकै झापा जाने गाडीमा चढ्न डिहिहाले ।

    उनले भने–‘मलेसियामा सुरक्षा गार्ड काम गर्दा गर्दै इमिग्रेशनले पक्रिएर जेल लग्यो, घरमा बुवाको निधन हुँदासम्म घर आउन पाइएन ।’ मलेसिया पुगेर कम्पनी परिवर्तन गरेर गैरकानूनी बनेका पोखरेल ६ महिना जेल परेर स्वदेश आएका हुन् ।

    उनीलगायत १४ जना नेपालीलाई एनआरएनएले सहयोग गरेर स्वदेश ल्याएपछि पोखरेलले भने–‘ हामीलाई त स्वदेश आएपछि पो थाहा भयो, एनआरएनएले सहयोग गरेको रहेछ ।’

    पोखरेलसहित शुक्रवार स्वदेश फर्कनेहरुमा कमल भट्टराई, खजुरा–६ (सुर्खेत), किशन राई, थितिंगा–६ (भोजपुर), धिरज कुमार झा, छिरेसनाथ–२ ( धनुषा), क्षेत्र बहादुर तामाङ, झर्लाङ्ग–१ (धादिङ), रामबिर तामाङ, जौबारी–३ (पाचथर), रामजी महत्तो, सोनापुर–२ (सुनसरी), विशाल पुरवार, नेपालगंज–४ (बाके), सुनिल कुमार यादव, राजविराज–९ (सप्तरी), भक्त बहादुर मोक्तान, निजगढ–५ (बारा), शिवकुमार सरदार, महुलिया–५ (सप्तरी), हरेराम परियार, (गोरखा) राजकुमार लो (मकवानपुर), यज्ञबहादुर वि.क. (दाङ) रहेका छन् ।

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on मलेसियाको जेलमा फसेका १४ नेपालीलाई एनआरएनएले स्वदेश ल्यायो

    अमेरिकामा ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर र बायोइन्टेक खोप लगाउने अनुमति

  • १३ कार्तिक २०७८, शनिबार १४:३९ मा प्रकाशित

  • १३ कात्तिक, काठमाडौं । अमेरिकाको खाद्य तथा औषधि विभागले पाँच देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर र बायोइन्टेक कोरोना खोप लगाउने अनुमति दिएको छ ।

    शुक्रबार खाद्य तथा औषधि विभागले उक्त उमेर समूहका बालबालिकालाई फाइजर र बायोइन्टेक कोरोना खोप लगाउने अनुमति दिएको हो । योसँगै अमेरिकामा फाइजर र बायोइन्टेकका कोरोना खोप साना बालबालिकालाई लगाइने पहिलो खोप बनेका छन् ।

    मंगलबार खाद्य तथा औषधि विभाग (एफडिए) का विज्ञले फाइजर र बायोइन्टेक खोप लगाउन सिफारिस गरेपछि ५ देखि ११ वर्षका बालबालिकामा प्रयोगको अनुमति दिइएको हो । पछिल्लो निर्णयसँगै दुई करोड ८० लाख अमेरिकी बालबालिकाका लागि खोप उपलब्ध हुने अपेक्षा गरिएको  छ ।

    साना बालबालिकालाई १० माइक्रोग्राम फाइजर खोप लगाइने छ । उक्त मात्रा यसअघि १२ वा सोभन्दा बढी उमेरका बालबालिकालाई ३० माइक्रोग्राम खोप दिन गरिएको सिफारिसभन्दा निकै कम हो ।

    चीन, युएई र क्युबासहितका थोरै मुलुकले मात्रै पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड खोप लगाउने अनुमति दिएका छन् ।

    कम मात्राको डोजले बिरलै देखिने केही साइड इफेक्ट न्यूनीकरण गर्ने एफडिएका विज्ञले बताएका थिए । बैठकमा विज्ञहरूले विशेषगरी कम उमेरका मानिसले फाइजर/बायोइन्टेक र मोर्डना खोप लगाएपछि देखिने मुटु पोल्ने समस्यामाथि व्यापक चर्चा गरेका थिए ।

    शुक्रबार एफडिएले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकामा फाइजर खोप लगाउँदा जोखिमभन्दा फाइदा बढी हुने समेत बताएको छ ।

    आगामी हप्ता अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का विज्ञको एक प्यानलले बैठक बसेर यो उमेर समूहका बालबालिकामा कसरी खोप प्रयोग गर्ने भनेर छलफल गर्नेछ । यससम्बन्धमा सीडीसीका निर्देशकले अन्तिम निर्णय गर्नेछन् ।

    फाइजर र बायोइन्टेक कम्पनीले क्लिनिकल परीक्षणपछि पाँचदेखि ११ वर्षका बालबालिकामा आफ्ना खोप ९०.७ प्रतिशत प्रभावकारी देखिएको बताइसकेका छन् ।

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on अमेरिकामा ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर र बायोइन्टेक खोप लगाउने अनुमति

    शाहरुखका छोरा २५ दिनपछि जमानतमा रिहा

  • १२ कार्तिक २०७८, शुक्रबार १४:४९ मा प्रकाशित
  • मुम्बई — लागूऔषध मुद्दामा २५ दिनदेखि हिरासतमा रहेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान बिहीबार जमानतमा रिहा भएका छन् ।

    मुम्बई उच्च अदालतले आर्यनसहित अर्बाज मर्चान्ट र मुनमुन धमेचालाई पनि रिहा गरेको हो । मुम्बई प्रहरीको लागूऔषध नियन्त्रण शाखाको टोलीले गत अक्टोबर २ मा मुम्बईस्थित समुद्री किनारमा रहेको क्रुज सिपबाट आर्यनसहित ८ जनालाई पक्राउ गरेको थियो ।

    अन्यलाई पक्राउ गरेको केही घण्टामै रिहा गरे पनि आर्यनसहित तीनजना आरोपी २५ दिनपछि जमानतमा रिहा भएका हुन् । तेस्रोपटकको सुनुवाईपछि बल्ल आर्यन छुटेका हुन् । मुम्बई उच्च अदालतका न्यायाधीश नितिन सम्ब्रेको एकल इजलासले बिहीबार उनीहरुलाई रिहा गरेको हो ।

    आर्यनको रिहाइसँगै अभिनेता शाहरुख खानले आफ्ना वकिल सतीश मानसिन्दे र उनको टोलीसँग सामूहिक तस्बिर खिचाएका छन् । मानसिन्देले नै उक्त तस्बिर सार्वजनिक गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जहाँ शाहरुख मुस्कुराउँदै कानुन व्यवसायीको टोलीको बीचमा उभिएका छन् ।

    भारतकै महंगो वकिलमध्ये एक मानिने मानसिन्दे त्यस्ता कानुन व्यवसायी हुन् जसले यसअघि थुप्रै बलिउडकर्मीको पक्षमा वकालत गरेका छन् । सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा जोडिएकी रिया चक्रवर्तीको पक्षमा उनैले वकालत गरेका थिए ।

    भारतीय सञ्चारमाध्यमका अनुसार कालो हरिण शिकार मुद्दाका अभियुक्त सलमान खान र मुम्बई बम हमला मुद्दामा जोडिएका सञ्जय दत्तको पक्षमा पनि मानसिन्देले नै वकालत गरेका थिए । पछिल्लो पटक आर्यनको पक्राउपछि सलमान खानले यस मुद्दामा वकालत गर्न उनै मानसिन्देलाई ‘हायर’ गर्न शाहरुखलाई सुझाव दिएका थिए ।

    बिहीबार राति आर्यनको स्वागतार्थ घर अगाडि भेला भएका थुप्रै प्रशंसक तथा समर्थकले भव्य रुपमा आर्यनको रिहाइको खुसियाली मनाएका थिए ।

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on शाहरुखका छोरा २५ दिनपछि जमानतमा रिहा

    पि.एन.सी.सीले श्रम स्वीकृति सम्बन्धी जानकारीमुलक कार्यक्रम गर्ने!

  • १२ कार्तिक २०७८, शुक्रबार ०३:२५ मा प्रकाशित
  • प्रवासी नेपाली समन्वय समिति पि.एन.सी.सीले यहि आउँदो आइतवार ३१ अक्टुबर २०२१ का दिन जूम मीटिंग मार्फत श्रम स्वीकृति के हो? र श्रम स्वीकृति किन ? भन्ने श्रम स्वीकृति सम्बन्धी जानकारीमुलक कार्यक्रम गर्ने भएको छ।

    कार्यक्रममा श्रम कार्यालयबाट श्री नरेन्द्र न्यौपाने र वैदेशिक रोजगार विभागबाट श्री विकास श्रेष्ठले श्रम स्वीकृति के हो? र श्रम स्वीकृति किन? भन्नेबारे प्रवासमा रहेका नेपाली श्रमिक दाजुभाई दिदीबहिनीहरुलाई कार्यक्रममार्फत प्रष्ट्याउने प्रवासी नेपाली समन्वय समिति काठमाडौँ स्थित कार्यालय संयोजक भारत नेपालले जानकारी गराउनु भयो।

    उहाँका अनुसार यो कार्यक्रममा सम्बन्धित देशमा रही विभिन्न संघसंस्थामा आबद्ध हुँदै नेपाली श्रमिकहरूको हकहितको लागि आवाज उठाउँदै आउनुभएका संघसंस्थाका प्रतिनिधीहरु लगायत साउदी अरब मलेसिया, करतार, र संयुक्त अरब इमिरेट्समा प्रवासी नेपाली समन्वय समितिका त्यहाँस्थित संयोजक हरूको पनि उपस्थिति रहनेछ भने विभिन्न देशमा रहेका नेपाली श्रमिक दाजुभाई दिदीबहिनीहरुले फेशबुक लाइभ मार्फत् कार्यक्रममा उठेका प्रश्न लगायत सरोकारवालाहरु बाट उपलब्ध गराइएका श्रम स्वीकृति सम्बन्धी जानकारीहरूको बारेमा प्रत्यक्ष प्रसारण मार्फत हेर्न सकिने छ।

    यो कार्यक्रम नेपाली समयानुसार ४:०० बजे बेलुका र मलेसियाको ६:१५ बजे हुनेछ भने सऊदी अरब कतार र संयुक्त अरब इमिरेट्समा दिउँसो १:१५ मा हेर्न सकिन्छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on पि.एन.सी.सीले श्रम स्वीकृति सम्बन्धी जानकारीमुलक कार्यक्रम गर्ने!

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P