साउदी अरेबियाका अर्थमन्त्री मोहम्मद अल-जदानले मन्त्रालयले अन्ततः कर घटाउने बारे विचार गर्नेबारे जानकारी दिएका छन् । सन् २०२० मा कर १५ प्रतिशतले बढाइएको थियो । सन् २०२० मा कोरोना महामारीका बेला तेलको मागमा कमी आएपछि साउदी अरबको अर्थतन्त्रमा प्रत्यक्ष असर परेका कारण तेलको मूल्य घटेको थियो । मुलुकलाई आर्थिक संकटबाट जोगाउन कर तीन गुणा बढाइएको थियो । साउदी अरेबियाका अर्थमन्त्रीले डाभोसमा विश्व आर्थिक मञ्चलाई भने, ‘हामीले कर घटाउने निर्णय गरेका छौँ, तर हामी अझै पनि हाम्रो विदेशी मुद्रा सञ्चितिमा आएको कमीलाई पूरा गर्ने प्रयास गरिरहेका छौँ ।’मार्च २०२२ मा साउदी अरबको विदेशी मुद्रा सञ्चिति ४२५.८ बिलियन डलर थियो । साउदी अर्थमन्त्रीले साउदी अरबको आर्थिक नीतिअनुसार विदेशी मुद्रा भण्डार देशको कुल घरेलु उत्पादनको निश्चित प्रतिशतभन्दा कम हुन नसक्ने बताए । विश्वको सबैभन्दा ठूलो तेल निर्यातक साउदी अरबको अर्थतन्त्र एक ट्रिलियन डलरको छ । तर, अब उm तेलमा आफ्नो अर्थतन्त्रको निर्भरता घटाउन चाहन्छ । सन् २०२२ को बजेटमा यसबाट हुने फाइदालाई ध्यानमा राखेर भौतिक दिगोपन कार्यक्रम ल्याउन लागिएको बताइएको छ । ‘हामी भौतिक दिगोपन नीति निर्माण गर्ने अन्तिम चरणमा छौँ,’ मोहम्मद अल-जदानले रोयटर्स समाचार एजेन्सीलाई भने । उनले साउदी अरेबियाले विगत पाँच वर्षमा विदेशी मुद्रा सञ्चितिबाट एक खर्ब रियाल खर्च गरिसकेको बताए । यसको अहिले पनि पुनः पूर्ति भइरहेको उनको जिकिर छ ।
रियाद (साउदी अरब) । साउदी अरबले भारतसहित १६ देशको भ्रमणमा जान आफ्ना नागरिकहरुमाथि रोक लगाएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि केही हप्तासम्मका लागि सो रोक लगाइएको हो । यी देशहरुमा भारतबाहेक लेबनान, सिरिया, टर्की, इरान, अफगानिस्तान, यमन, सोमालिया, इथोपिया, गाण्तन्त्र कंगो, लिबिया रहेका छन् ।
अन्य देशमा इन्डोनेशिया, भियतनाम, अर्मेनिया, बेलारुस र भेनेजुएला भएको गल्फ न्यूजले एउटा समाचारमा उल्लेख गरेको छ । यसको साथै साउदीमा मंकीपक्सको एउटै संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एजेन्सी
१८ मे २०२२, साउदी अरब ! नेपाल गौरिघाट स्थित Yatra Hr Solution Pvt. Ltd बाट करिब ६ महिना अगाडी साउदीको विभिन्न ठाउँका लागि आएका करिब ८० जना नेपालीहरु खान बस्न र काम नपाएर बिचलित परेका छन् । नेपाल बाट आउनेबेलामा मेनपावरले विभिन्न कम्पनीमा भनी ६ महिना अगाडी छुट्टाछुट्टै छुट्याएर पठाइइएका पीडितहरुलाइ ४ महिना काम लगाएको ३ महिनाको स्यालरी दिएको तर ४-५ महिना पछि काम तलब केही नदिएको र बस्नलाइ पनि एउटै रुममा ३०-४० जना कोचेर राखेको पीडितहरुले जानकारी गराएका छन् । पीडित नेपालीहरु मध्य ५५ जना जेद्दामा र २५ जना यान्बुमा बिचल्ली परेका छन् ।
नेपाली श्रमिकहरुको साझा चौतारी “साउदी अरेबियामा हामी नेपाली” भन्ने ग्रुप मार्फत जेद्दामा रहेका पीडितहरुको बिचल्लीत अबस्था थाहा पाएपछि यहाँ पीडित भएका नेपाली साथिहरुको बारेमा हिजो थाहा पाएपछि एनआरएनए जेद्दाका क्षेत्रीय अध्यक्ष चेतनाथ निरौलाको समन्वय तथा अनुरोधमा महाबाणिज्य दूतावास जेध्दा कन्सोलेटका प्रेम उपाध्याय सर सहितको टोलिले पीडितहरुमाझ भेटेर सहयोगको लागी आबस्यक कदम अगाडी बढाउने र छिटोभन्दा समस्या समाधान गराउने आश्वसान दिनुभएको कुरा अध्यक्ष निरौलाले जानकारी दिएका छन् ।
खानको लागि अतिनै समस्या रहेकोले सुदुरपश्चिमेली नेपाली समाज साउदी अरबका सचिव केशब सिंह धामी र प्रमुख सल्लाहकार बिष्णु तमोली उहाँहरुको दयनीय अवस्था देखि पछी सुदुरपश्चिमेली समाजका साथीहरूले केही दिनका लागि खाधन्न रासन पानी सहयोग गरिएको कुरा साउदी अरेबियामा हामी नेपाली” ग्रुपका प्रमुख एड्मीन चन्द्र चुडालिले जानकारी दिएका छन् । चन्द्र चुदाली तथा चेतनाथ निरौलाले एनआरएनए साउदी तथा जेद्दामा रहेका अन्य संस्थाहरुलाई पनि पीडित हरुको सहयोगका लागी अनुरोध गर्दै उहाँहरुको उद्दारको लागि महाबाणिज्य दूतावास जेद्दालाइ अनुरोध गरेका छन् । सहयोगको लागि पीडितको सम्पर्क नम्बर 0507183087
१८ मे २०२२, साउदी अरब ! गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अध्यक्ष डा. संजिव सापकोटाले अन्तरास्ट्रिय परिषदको नयाँ कार्यकाल सुरु भएपछि गत १५ मे आइतवारका दिन १५ सदस्यीय समितिको गठन गर्ने क्रममा आइसिसी महिला उपाध्यक्ष यास्मिन बेगम सैयदलाइ समितिको सल्लाहकारमा मनोनीत गरिएको छ । उक्त स्वास्थ समितिको सदस्य सचिवमा डा सुनिल शाह (बेलायत), सुश्री एलिजा केसी (जापान) एशिया प्यासिफिक संयोजक, डा सागर पौडेल (नेपाल), नेपाल तथा भारत संयोजक, डा पुष्पराज भट्टराई, (दक्षिण अफ्रिका) अफ्रिका संयोजक, डा. प्रकाश श्रेष्ठ (अमेरिका) अमेरिका क्षेत्रीय संयोजक, डा. बोधराज सुवेदी (चेक रिपव्लिका), युरोप क्षेत्रीय संयोजक, डा. नितेश अर्याल, मध्यपूर्व क्षेत्रीय संयोजक, प्रभात अधिकारी (नेपाल), डा. शर्मिला गुरुङ, (हङकङ), मनुजा कंडेल (अष्ट्रेलिया), डा. सरोज निरौला (क्यानडा), डा. लुसुन चालिसे (जापान) र प्रसुना कँडेल (बेलायत) रहेक छन् ।
समितिको अन्य सल्लाहकारहरुमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्मा, , महासचिवद्धय गौरीराज जोशी, डा. केशव पौडेल मनोनीत भएका छन् भने समितिको ग्लोबल मिडिया संयोजकमा नेपाल पत्रकार महासंघ बेलायतका पूर्वअध्यक्ष चिरन शर्मा चयन भएका छन् ।
यसरी ग़ैर आवासीय नेपाली संघ को यस्ता ठुला तथा महत्वपूर्ण कमिटी आफु मनोनयन हुनु भनेको सिंगो एनआरएनए एनसिसि साऊदी अरबको मात्र नभएर आफ्नो क्षेत्र मध्यपूर्व को समेत वजन बढ़ेको र मध्य पुर्वमा सेवा गर्ने मौका मिलेको आफुले महसूस गरेको बेगमले बाताउनु भएको छ ।
यसरी आफुलाइ विभिन्न ओहोदामा रहेर सेवा गर्ने मौका मिलेको सम्पूर्ण एनआरएनए साउदीको साथ सहयोग अनी हौसला बाट नै सम्भव रहेकोले एनआरएनए साउदीलाइ हार्दिक आभार प्रकट गर्नु भएको छ ।
काठमाडौं । तेलको मूल्य बढेपछि विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरामको विश्वकै सबैभन्दा बढी मूल्यवान् कम्पनी बनेको छ ।
अरामकोको शेयर मूल्यमा भारी वृद्धि भएसँगै आईफोन उत्पादक कम्पनी एप्पललाई हराउँदै अरामको विश्वकै ठूलो कम्पनी बनेको हो ।
बुधवार साउदी अरबको तेल कम्पनीको बजार पुँजीकरण २.४२६ ट्रिलियन डलर थियो, जुन एप्पलको २.४१५ ट्रिलियन डलर भन्दा केही बढी हो । सन् २०२० पछि यो पहिलो पटक साउदी आरामकोले शीर्ष कम्पनीका रूपमा स्थान पाएको हो ।
जनवरीको शुरुमा, एप्पल ३ ट्रिलियन डलरको बजार पुँजीकरणमा पुग्ने पहिलो कम्पनी बनेको थियो । यद्यपि पछिल्ला महिनाहरूमा यसको स्टक घटेको छ ।
जनवरीमा छोएको उच्च बिन्दुपछि एप्पलको स्टक १९ प्रतिशतले घटेको छ । साउदी आरामकोले सन् २०१९ मा कीर्तिमानी २५.६ अर्ब डलर जुटाएको थियो । साउदी सरकारले कम्पनीमा ९४ प्रतिशत शेयर नियन्त्रण गर्छ ।
कम्पनीले विश्वको सबैभन्दा ठूलो इनीसियल अफरिङमा १.५ प्रतिशत शेयर सूचीबद्ध गरेको थियो।
रियाद स्टक एक्सचेन्जमा कारोबार हुने साउदी आरामकोको शेयर यस वर्षको सुरुदेखि २७ प्रतिशतले बढेर ४६ रियाल (१२.२६ डलर) को नयाँ उच्च बिन्दुमा पुगेको छ ।
जेद्दा – पर्यटन मन्त्री अहमद अल-खतीबले अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी साउदी पर्यटनको आधिकारिक ब्रान्ड एम्बेसडर बनेको घोषणा गरेका छन्।
सोमबार जेद्दास्थित किङ अब्दुलअजिज अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेपछि मेस्सीलाई भव्य स्वागत गरिएको थियो । उनीसँगै अर्जेन्टिनाको राष्ट्रिय टोलीका सहकर्मी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका मिडफिल्डर लियोनार्डो परेडेस र अन्य साथीहरू पनि थिए।
खेलाडीलाई स्वागत गर्दै मन्त्री अल-खातीबले आफ्नो ट्विटर खातामा लेखे: “आज म लियोनल मेस्सी र उनका साथीहरूलाई साउदी अरबमा स्वागत गर्दछु। हामी तपाईंलाई लाल सागर, जेद्दा सिजन र हाम्रो पुरानो इतिहासको खजाना अन्वेषण गर्न उत्साहित छौं। यो उनको राज्यको पहिलो भ्रमण होइन र यो अन्तिम पनि हुनेछैन, र म मेस्सीलाई साउदी पर्यटनको राजदूत घोषणा गर्न पाउँदा खुसी छु, ”मन्त्रीले अरबीमा ट्वीट गर्दै भने। ट्विटसँगै जोडिएको तस्बिरमा मेस्सी आफ्ना सहकर्मी लिएन्ड्रो परेडेससँगै जेद्दा पुगेका थिए। साउदी अरेबियाको पर्यटन ब्रान्ड एम्बेसडरको रूपमा मेस्सीको नयाँ भूमिकाको घोषणा सामाजिक सञ्जालमा फैलिएसँगै, साथी फुटबलरहरू सहित धेरै प्रयोगकर्ताहरूले नियुक्तिको लागि पर्यटन मन्त्रालयको प्रशंसा गरेका छन्।
I am pleased to welcome Lionel Messi to Saudi Arabia We are excited for you to explore the treasures of the Red Sea, the Jeddah Season and our ancient history. This is not his first visit to the Kingdom and it will not be the last! @VisitSaudiNowpic.twitter.com/RDfxFIRjrt
— Ahmed Al Khateeb أحمد الخطيب (@AhmedAlKhateeb) May 9, 2022
सन् २०११ मा रियादको किंग फाहद इन्टरनेशनल स्टेडियममा साउदी राष्ट्रिय टोलीविरुद्धको मैत्रीपूर्ण खेलमा आफ्नो देशको नेतृत्व गरेपछि ब्राजिल र अर्जेन्टिनाबीचको सुपर क्लासिको कपमा सहभागी हुनुअघि मेस्सीको यो चौथो साउदी अरब भ्रमण थियो। २०२० मा तेस्रो भ्रमणको क्रममा, उनले जेद्दाको किंग अब्दुल्ला स्पोर्ट्स सिटी स्टेडियममा सेमिफाइनलमा एट्लेटिको म्याड्रिडसँग सामना गरेका थिए।
एजेन्सी, २६ वैशाख । भारतको नौसैनिक जहाज साउदी अरबमा पुगेको छ । चारवटा नौसैनिक जहाज तालिमका लागि साउदी अरबको जेद्धा बन्दरगाह पुगेको छ ।
भारतको नौसैनिकले चार दिन जहाजहरु साउदी अरेबियामा रहने जनाएको एएनआईको रिपोर्ट छ । भारतको नौसैनिक तालिम आदानप्रदान अन्तर्गत साउदी अरेबिया पुगेको उल्लेख छ ।
समुन्द्री डाँकाहरुविरुद्धको कारबाहीसम्बन्धी तालिम भारतीय नौसेनाले लिने भनिएको छ । भारतको नौसेना २००८ देखि अडनको खाडीमा तैनाथ हुँदै आएको छ ।
रियाद –साउदी अरबको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले वैशाख २५ अर्थात आजदेखि लागू हुने गरी निजी क्षेत्रका प्रतिष्ठानका चार प्रमुख पेशाको सउदीकरण कार्यान्वयन गर्न थालेको छ ।
यसमा राज्यका विभिन्न क्षेत्रहरूमा अफिस सेक्रेटरी , अनुवादक, स्टोरकीपर र डाटा इन्ट्री अपरेटरहरू समावेश छन्। यी क्षेत्रहरूको सउदीकरणले करिब २०,००० साउदी पुरुष र महिलाहरूलाई रोजगारी सृजना गर्ने अपेक्षा गरिएको छ।
यो निर्णय अक्टोबर २०२१ मा मन्त्रालयले निजी क्षेत्रका प्रतिष्ठानहरूमा साउदी नागरिकहरूकालागी सुरक्षित गर्दै यी पेशाहरूमा बिदेसी नागरिकहरूलाई प्रतिबन्धित गर्ने निर्णयको कार्यान्वयनमा आएको हो।
मन्त्रालयले अनुवादक र स्टोर किपरको पेसाका लागि न्यूनतम पारिश्रमिक ५ हजार रुपैयाँ तोकेको छ ।
यो निर्णय पुरुष र महिला नागरिकहरूका लागि उपयुक्त र आकर्षक वातावरण सिर्जना गर्न र स्थानीय रोजगार बजारमा उनीहरूको सहभागिता विस्तार गर्न मन्त्रालयको निरन्तर प्रयासहरूको एक हिस्सा हो।
मन्त्रालयले अप्रिल १, २०२२ देखि मार्केटिङ र प्रशासनिक क्षेत्रमा पनि रोजगारीको सउदीकरण लागू गर्न थालेको छ र यसले साउदी पुरुष र महिलाका लागि १२,००० भन्दा बढी रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ।
निताकत साउदीकरण कार्यक्रम अन्तर्गत एक साउदी नागरिकलाई काममा राख्ने न्यूनतम तलब SR5,500 तोकिएको थियो।
मानव संशाधन तथा सामाजिक विकास मन्त्री इन्जि. अहमद अल-राजीले मार्केटिङ पेशामा पाँच वा सोभन्दा बढी कामदार राख्ने सबै निजी क्षेत्रका प्रतिष्ठानहरूले ३० प्रतिशत मार्केटिङ पेशालाई साउदीकृत गर्नुपर्ने निर्णय सार्वजनिक गरेका थिए ।
नयाँ “साउदीाइजेशन ड्राइभ” अन्तर्गत कभर गर्ने मार्केटिङ व्यवसायहरूमा निम्न पेशाहरु समावेश छन्: प्रबन्धक, मार्केटिङ विशेषज्ञ, विज्ञापन र जनसम्पर्क प्रबन्धक, मार्केटिङ बिक्री विशेषज्ञ, विज्ञापन डिजाइनर, र व्यावसायिक विज्ञापन फोटोग्राफर।
अल कासिम साउदी अरब ! एनआरएनए क्षेत्रीय समन्वय समिती अल कासिम साउदी अरबद्वारा आयोजित ८ औं बार्षिक उत्सब साथै इदको शुभकामना आदानप्रदानका साथमा श्रमिक अन्तर्कृया कार्यक्रम गत ६ मे २०२२ शुक्रबारका दिन अल कासिम बुरैदाको एक इस्तरहामा भब्यताका साथ सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष रम्जानदिन मियाँको सभापतित्वमा र नेपाली महाबाणिज्य दूतावास जेद्दाका का.बा. महाबाणिज्यदुत सत्रुधन पोखरेल ज्यु को प्रमुख आतिथ्यमा तथा नेपाली दूतावास रियादका तृतीय सचिब नरेन्द्र बि.क. ज्यु को बिशिस्ट आतिथ्यमा सचिब ध्रुब कटुवाल तथा सह सचिब सिद्दी श्रेष्ठ द्वारा संचालित करिब ७० जना श्रमिक उपस्थित उक्त कार्यक्रममा एनसिसिका नि वर्तमान उपाध्यक्ष बिशाल श्रेष्ठ, निवर्तमान युवा संयोजक राज कुमार श्रेष्ठ, सदस्य बिष्णु रावल, बुरैदा इस्लामिक सेन्टरका गुरु अलि हुस्सेन मियाँ, कासिम फुटबल टिमका म्यानेजर सुमन दाहाल लगायतका बिशिस्ट ब्यक्तिहरु अतिथिमा आसिन रहनु भएको थियो ।
नेपाली राष्ट्रिय गान सँगै सुरु भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष काजिमान कन्धङ्वाले स्वागत मन्तव्य दिदैं बड्दो श्रमिक समस्या समाधानमा सकृय हुने बिषयलाई दूतावासका प्रतिनिधिहरु माझ राख्दै सबैजना उपस्थित पाहुनाहरुलाइ स्वागत गर्नु भएको थियो ।
अतिथि गणहरुद्वारा कार्यक्रम उद्घाटन गरिए पछि संस्थाका सचिब ध्रुब कटुवालले एकबर्षे २७ बुँदे लामो कार्यप्रगती विवरण र संस्थाका सह-कोषाध्यक्ष वीर बहादुर तमाङले एक बर्षे कोष विवरण प्रस्तुत गरेका थिए।
मन्तव्यका कार्यक्रममा अतिथि अलि हुसेन मियाँले इदको शुभकामना सहित इदको जानकारी तथा महत्त्व बारे जानकारी गराएका थिए भने अतिथि बिष्णु रावल, राज कुमार श्रेष्ठ, बिशाल श्रेष्ठले आरसिसि अल कासिम टिमले एक बर्षे कार्यकालमा धेरै श्रमिक समस्या समाधान गर्दै सफल भएकोमा बधाई दिदै सम्पुर्णमा इदको शुभकामना दिएका थिए । अतिथि राज कुमार श्रेष्ठले भिसा डिमान्ड पेपर अप्रुभल दिनु अगाडी कम्पनीको बारेमा भौतिक रुपमा कम्पनीमानै गएर बुझ्ने र सहि र सत्य भए अप्रुभ दिन दूतावासलाई अनुरोध गर्नु भएको थियो त्यसै गरि अतिथि बिशाल श्रेष्ठले साउदी अरबमा दिनानुदिन श्रमिक समस्या बड्दो अबस्थामा रहेको बिकराल अबस्था शृजना हुँदै गएको समस्या समाधान रात दिन नभनी समाधान गर्दै गए पनि दिनानुदिन बड्दै गएकोले समस्या समाधानमा मात्रै फोकस नभएर समस्या आउन नदिने उपायहरु अपनाउन जरुरि रहेको बताउएका थिए ।
कार्यक्रममा मन्तव्यकै क्रममा बिशिस्ट अतिथि नरेन्द्र बि.क ज्यु ले इदको शुभकामना प्रदान गर्दै इलेक्ट्रोनिक राहदानी सम्बन्धमा जानकारी दिदैँ राहदानी नविकरणका गर्न घुम्ती सिविरको लागि प्रक्रियामा गएको र केही महिना मा प्रक्रिया पूरा भएपछि साउदिका विभिन्न ठाउँमा पासपोर्ट नविकरण सेवाका घुम्ती सिविर संचालन गरि श्रमिकहरुलाइ सेवा दिने जानकारी गराउनु भयो ।
कार्यक्रममा श्रमिक अन्तक्रिर्या सम्बन्धमा उपस्थित श्रमिकहरुलाइ समस्या तथा जिज्ञासाहरु राख्न गरिएको अनुरोधमा केही श्रमिकहरु बाट समस्याहरु राखिएका थिए भने संस्थाका अध्यक्षद्वारा संकलित ९ बुँदे श्रमिक सम्बन्धित समस्याहरु जिज्ञासाहरु संस्थाका सचिब ध्रुब कटुवालले दूतावास प्रतिनिधिमाझ राखिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि का.बा.महाबाणिज्यदुत सत्रुधन पोखरेल ज्यु ले कार्यक्रममा उपस्थित हुन पाउँदा खुशी व्यक्त गर्दै निमन्त्रणाका लागि आयोजक टिमलाइ धन्यवाद दिदै उपस्थित सम्पुर्णलाई इदको शुभकामना प्रदान गर्नु भएको थियो । साथै एनआरएनए आरसिसि अल कासिमको ८ औं बार्षिक उत्सब मनाउदै गर्दा गत एक बर्ष सफलताका साथ पूरा गरेकोमा आरसिसि अल कासिम टिमलाई बधाइ प्रदान गर्नु भएको र आगामी दिनहरुमा पनि सफलताको कामना व्यक्त गर्नु भयो ।
कार्यक्रमका दौरान, आयोजक टिम,अतिथि तथा श्रमिकहरुबाट उठेका श्रमिक समस्या तथा जिज्ञासाहरुको सम्बोधन गर्दै सबै जिज्ञासा समस्या समाधान कसरी हुन्छ? कुन प्रक्रिया बाट गर्नु पर्छ सबै कुरा जानकारी गराउनु भएको थियो भने संस्थाका अध्यक्ष मियाँ द्वारा राखिएका श्रमिक सँग सम्बन्धित सबै ९ बुँदे समस्याहरुको जानकारी दिनु भएता पनि यस बारेमा बृहत अन्तर्कृया कार्यक्रम गरिनु पर्ने भएकोले यस्ता बुँदा राखेकोमा खुशी हुँदै सबै बुँदाहरुलाइ समेटेर दूतावासमा इमेल गर्न पनि अनुरोध गर्नु भयो । प्रमुख अतिथि पोखरेलले कार्यक्रम सब्य भब्य रुपमा सफल भएकोमा बधाई दिदैं श्रमिक समस्या समाधानमा कुनै पनि साथ सहयोग गर्न नेपाली दूतावास सदैब तत्पर रहेको र समस्या पर्दा तत्काल दूतावासमा सम्पर्क गर्न हुन पनि अनुरोध गर्नु भयो ।
श्रमिक सेवामा खट्नु हुने केही समितीका उत्कृष्ट ब्याक्तित्व हरु बिशाल श्रेष्ठ, कृष्ण अधिकारी, वीर बहादुर तमाङ, समीर केसी, धर्मेन्द्र कार्की, सबिन श्रेष्ठ हरु लाइ सम्मान गर्दै प्रसंसा पत्र पनि प्रदान गरिएको थियो ।
अन्त्यमा कार्यक्रमका सभापति रम्जान दिन मियाँद्वारा कोरोनाद्वारा सृजित अस्त ब्यस्त पछि सामान्य रुपमा फर्किदै गर्दा लामो समयको अन्तरालपछि यो कार्यक्रम गरिएको र सभ्य भब्य रुपमा नै सफल रहेकोमा खुशी व्यक्त गर्दै निमन्त्रणालाई स्विकार्दै आउनु भएका कार्यक्रमका प्रमुख अतिथि महाबाणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुधन पोखरेल ज्यु तथा नेपाली दूतावास रियादका प्रतिनिधि नरेन्द्र बि.क ज्यु लाई बिशेष आभार प्रकट गर्दै कार्यक्रम सफल बनाउन उपस्थित सम्पुर्ण अतिथि गणहरु, संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु, खेल प्रेमी खेलाडीहरु, विभिन्न सामाजिक अभियन्ताहरु, आरसिसी टिमका सम्पुर्ण कार्यक्रम ब्यबस्थापन पदाधिकारीहरु, उपस्थित सम्पुर्ण जन मानसहरुमा धेरै धेरै धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको थियो ।