काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७८ औँ शृङ्खला यही चैत १८ गते शनिबार सम्पन्न भएको थियो। अभ्यासमा नेपाल लगायत विश्वका ५३ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७८औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
छोराछोरी गेममै व्यस्त, बुढी टिकटकमा, आफू परियो सिधा मान्छे, डिस्को अनि पबमा । वसन्त अनुभव घोराही, दाङ
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] कति सिधा मान्छे म, कसलाई होला र थाहा, मौका मिले गरिन्छ दैनिक तरुनीको चाहा । 🌑राजेशराज गड्तौला काँडाघारी, काठमाण्डौ हाल- प्रवास
[२] व्यस्त सबै घर परिवार वास्ता कसले गर्ने ? आफ्नाे मनकाे मालिक भइयाे आफैँ रङ्ग भर्ने । 🌑ताराप्रसाद चापागाईँ धुनिबेसी
[३] समय पनि के साह्रै भयो सतायो नेटले, आकाश धर्ती भएको हेर प्रत्यक्ष भेटले ! 🌑आर्त अकुलीन कैलाली
[४] के जमाना आयाे यस्तो, छाेरा छाेरी व्यस्त तालमा, म पनि के कम हजुर ! जान्छु जुवाकाे खालमा । 🌑शाेभा आचार्य गाैतम काठमाडौँ
[५] के वाल, के युवा, वृद्ध सब, मोबाइलमै झुले, टिकटक र गेमले गर्दा, खान पिउन भुले, 🌑वसन्त अनुभव घोराही, दाङ
[६] यस्तै बानी भएकाले घर समाज ,देश बिगार्ने हाेला, सबैजना झुमेपछि गृहस्थीमा बाेक्नु पर्ला फेरि झाेला। 🌑धन कुमारी रेग्मी भरतपुर चितवन
[७] छक्कापञ्जा हेर्दैन, डण्डिबियो खेल्दैन, जसले जे गरुन्, गणतन्त्रले पेल्दैन । 🌑होमप्रसाद धरान,सुनसरी ।
[८] प्रविधिको उपहार हो मोबाइल फोन चलाउनु पर्छ, युवा देखि वृद्ध सबमा एकनासको उद्वेग सर्छ। 🌑अच्युत घिमिरे भुटानबाट🇧🇹
[९] बालकदेखि वृद्धसम्म सञ्जालमै झुले, गर्नैपर्ने मुख्य काम त एकाएक भुले । 🌑त्रिलाेचन भण्डारी मेचीनगर,झापा
[१०] भात तिहुन डढाई सखाप पारिन् आमाले, पूजापाठ नै भूल्छन् मोबाइल हेर्दै बाबाले । 🌑भगवती दवाडी झापा
[१२] संसार जता नि नजिक भयो सञ्चारको विकासले, घर कलहको सामाधान गरौँ उचित निकासले । 🌑टिकाराम पुन टिपु सल्यान, छत्रेश्वरि गाँउपालिका २
[१३] यो टिकटक र गेमले गर्दा कतिले गर्नै बिर्से घरको काम, सुन्न नपरोस् पाइएन भनी बाल, युवा र वृद्धाले जाने ठाम। 🌑अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,म्यासाचुसेट्स बोस्टन।
[१४] यो कस्तो जमाना आयो, ब्यस्त छन् हर कोही जानी नजानी, भोक प्यास त्यागी लागिपरेका छन् यहाँ आफ्नै मनोमानी । 🌑कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[१५] काम छैन तर व्यस्त समाज सुक्यो खेतबारी, यही चालाले निम्ताउँछ अनिकाल महामारी । 🌑सुरेशकुमार पान्डे दाङ घोराही १८
[१६] देखासिकी गरी खा आरिसे मरी जा भन्दामा, सञ्चारकाे प्रयाेगमा मस्त परी जा फन्दामा । 🌑निरज कोइराला बेलका १
[१७] जमाना नै खराब होकी समय आयो कस्तो, नेपालीको चाला देख्छु दुरुस्त फटाहा जस्तो। 🌑योगेन्द्र भट्टराई खोटाङ
[१९] कोही टिकटकमा कोही गेम कोही तासमा झुल्ने, एकाइसौँ शताब्दीको धमाका सबै नेटमा भुल्ने। 🌑सरस्वती श्रेष्ठ इटहरी
[२०] टिकटक बनाएर हेर्नुस् टन्न खुसी लिन्छु, रिस उठ्यो भने त श्रीमतीलाई लात दिन्छु । 🌑विक्रम तिरूवा सलिन जुम्ला
[२१] प्रविधि नि अचम्मको आयो इन्टरनेट बिना सक्दैन कि बाँच्न, कमाउन त परै जाओस् पैतृक सम्पत्ति पनि नजान्ने भो साँच्न । 🌑अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा
[२२] छोराछोरी डेटिङमा, आमा बाबु पनि च्याटिङमा, विकृति छायो साह्रै नै उत्रिनु पर्ला हो ब्याटिङमा। 🌑दीपक ठटाल जलन,१.४.२३
[२३] छाेराछाेरी खेलमा ,श्रीमतीज्यू टिकटकमा व्यस्त, कोही सँग कोही बोल्दैनन् सबै आफ्नै धुनमा मस्त । 🌑राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ सङ्गम काेलाेनी भक्तपुर ।
[२४] यन्त्र यो के के आयो सबैलाई भुलायो, छुन छैन त्यो हेर्यो मनलाई डुलायो। 🌑साँग्रीस जि
[२५] उम्रेदेखि खुम्रेसम्म मोबाइलमै ध्यान गर्ने, बर्बाद हुँदैछ भविष्य यो बानी त हट्नु पर्ने। 🌑शंकर कार्की थाहा नगरपालिका ३ मकवानपुर
[२६] नानी बाबु गेम, आमा बाबा टिकटक र डिस्को पब तक, पहिले जे जे बोल्यो अहिले त्यसले पोल्यो किन मान्छौ धक । 🌑बिबस पारदर्शी झापा
[२७] सबैका परिवार उस्तै को को सँग गर्नु दाँजो, एकैछिन म पनि मिलाउँछु आफ्नै चाँजोपाँजो । 🌑प्रेम थापा “मन” बागलुङ
[२८] प्रविधिले मानिसलाई खेलौना बनायो, दुःख बिमार भयौ भनी बिलौना खनायो । 🌑सुमित्रा पोखरेल काठमाडौं
[२९] टिकटक र फेसबुकले मान्छे एक्लो भयो, दु:खसुख गर्ने बानी आजभोलि टाढा गयो । 🌑बाबुराम पाण्डे शीतगंगा अर्घाखाँची
[३०] पाएकाे केरा नताछी बोक्राे निलेझैँ कुप्लुक्क, सबैका साथ आनन्द दिँदै सर्वस्व खुप्लुक्क । 🌑निरज कोइराला बेलका १ उदयपुर
[३१] आज प्रविधिको नविनतम् दुनियाँमा झुम्मिएँ, बाल वृद्ध सबै आफ्ना कोठामा व्यस्त भै रल्लिएँ । 🌑कमला देवकोटा पाल्पा
[३२] बाबा आमाले भन्ने गर्छन् सधैँ छोरी नजा, उहाँलाई के थाहा टिकटकमै छ मजा । 🌑हिमा रोका मेहेलकुना सुर्खेत
[३३] बाटो लाग्नु पर्यो साहुँको ऋणमा डुबेर, जमाना आयो भन्छन् टिकटकमा उडेर । 🌑अम्विका अधिकारी झापा विर्तामोड
[३४] थुतुने किताब पढ्दा पढ्दै समय गा’को पत्तै पाउन्निन्, टिकटकको व्यस्तताले गर्दा समयमा खाना ख्वाउन्निन् । 🌑बाबुराम गौतम गुल्मी
[३५] भ्याइनभ्याइ पब, डिस्कोबाट थाकेर घरमा आउँदा, मुड्काइदिउँ जस्तो रिस उठ्छ उनले वचन लाउँदा । 🌑मित्र `उराठी´ गाैतम अमरपुर,गुल्मी हाल तिलाेत्तमा-२,रुपन्देही
[३६] समयले जे गराउँदछ त्यहीँ सन्तोष मनमा भरुँ, आइरहन्छ आँधिहुँरी जीवनमा त्यसमै मन छरुँ। 🌑सुरेखा चाम्लिंग भक्तपुर (२)
[३७] अहिलेका हरकाेही मान्छेलाई माेबाइल नभै नहुने, के चाला हाेला यस्तो एकचाेटी बोलाउँदा बोलीले नछुने । 🌑उर्मिला के.शी. धनकुटा
[३८] भावनाले हैन, परिवार इन्टरनेटले जोडिन्छ, कोही प्याच्च बोले सम्बन्ध पारपाचुकेतिर मोडिन्छ। 🌑म्यामराज राई भोजपुर ।
[३९] मलाई त फेसबुक अनि टिकटक प्यारो लाग्छ, सन्जाल अनि मोबाइल भए भोक तिर्खा नि भाग्छ। 🌑नवशिला, बेलबारी-२,लालभित्ती,मोरङ।
[४०] डिस्को जाने, गेम खेल्ने, टिकटक बनाउने भए नामी, एक्लो भएँ, हुनैपर्यो आफू पनि त, परिवर्तन कामी । 🌑रामप्रसाद पुरी बादेल खोटाङ
[४१] श्रीमानको त अरूसँग च्याट गर्ने बानी छुटेन केही गरी, श्रीमतीको हातमा पनि मोबाइल छ के को कम सधैँभरि । 🌑पवन कुमार बुढाथेाकी काठमाडौं
[४२] आजकाे युगलाई ढाकेकाे छ प्रविधि र विज्ञान, समय अनुरूप जीवन नचलाए जान्छ ज्यान । 🌑प्रद्युम्न चालिसे कटुञ्जे भक्तपुर ।
[४४] समय अनुसार चल्दै जाने मानिसको हो है काम , प्रविधिलाई सदुपयोग नगर्ने के हो तिम्रो नाम ? 🌑बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा
[४५] बुढापाका पनि व्यस्त हुन्छन् प्रविधिको सुनौलो जालमा, अनेकौँ लीला हेर्दाहेर्दै लट्ठै पर्छन् आफ्नै सुर तालमा । 🌑सहयात्री शाेभा अर्याल बुटवल , रुपन्देही
[४६] व्यस्त छन् छोराछोरी मोबाइल अनि इन्टरनेटमा, अर्काको बुढी, अर्काको बुढा टाप कसे एकै भेटमा । 🌑राजेन्द्र प्रधान ‘पासा’ दार्जीलिङ ।
[४७] बालकदेखि वृद्ध नै सबैलाई भुलायो आधुनिक जमानामा खै के फूल फुलायो । 🌑चन्द्रकली राना मगर
[४८] प्रविधिले सबैलाई बनाको छ व्यस्त, त्यत्नाविधि हुनुहुन्न कोही पनि त्रस्त। 🌑महेन्द्र मान बलामी
[४९] जमाना पनि कस्तो आयो, बच्चालाई भन्न डर, बोल्यो कि उनै कराउँछन्, नबोलेर बस्न कर ! 🌑रबि श्रेष्ठ सन्धिखर्क-१, अर्घाखाँची, हाल : बुटवल, रुपन्देही, नेपाल !
[५०] एउटा हातमा मोबाइल अर्को हातमा पन्यू हुन्छ, खाना मीठो भएन भने परिवारै म माथि खनिन्छ । 🌑पुष्पा सुवेदी नेपालगञ्ज, बाँके ।
[५१] व्यस्त नै छन् घरपरिवार कस्ले वास्ता गर्ने , आफैँ परियो घर मालिक किन पछि पर्ने । 🌑बेदु न्यौपाने काठमाडौ
[५२] आधुनिक जमाना यो सुविधा छन् थरी थरी, सबै व्यस्त सबै मस्त चल्छ खै घर के गरी? 🌑रामशरण न्यौपाने भक्तपुर
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ३८ [अठतिसौँ] ————————————- ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/१२/२० गते समय :- साँझ ८ बजे …………………………………………………………………… प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ………………………
भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ? —————- पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ । जस्तै :- उठान:- ✍️फेरि कोट लाउनेको लर्को थपिएछ [०१] ✍️श्रोतागणहरूलाई झर्को थपिएछ [०२]
तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ ———————————-
💢आज बन्छ भोलि ढल्छ बिना ठेगानको [०३]
माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने ——————————— १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ
✍️सालसङ्गै मन्त्री फेर्ने धर्को थपिएछ [०४] ✍️चाहिएको यौटा थियो अर्को थपिएछ [०५]
४, ५ ले पञ्चाङ्गको निष्कर्ष दिनुपर्छ । …………………………………………………………
उदाहरण पञ्चाङ्ग ………………………
✍️फेरि कोट लाउनेको लर्को थपिएछ [०१] ✍️श्रोतागणहरूलाई झर्को थपिएछ [०२] 💢आज बन्छ भोलि ढल्छ बिना ठेगानको [०३] ✍️सालसङ्गै मन्त्री फेर्ने धर्को थपिएछ [०४] ✍️चाहिएको यौटा थियो अर्को थपिएछ [०५]
✍️घनश्याम पौडेल, पोखरा । …………………………………………………………
पञ्चाङ्ग [०१] [०१] यहाँ त सधैँ अप्रिल फूल हुन्छ। जनता, मात्र नेताको टुल हुन्छ। आजको दिनमात्रै के फूल पार्नू, जब सबैमा एउटै रूल हुन्छ। तबमात्र हाम्रो मन कुल हुन्छ। [०२] फेरि कोट लाउनेको लर्को थपिएछ। श्रोतागणहरूलाई झर्को थपिएछ। आज बन्छ भोलि ढल्छ बिना ठेगानको, समालसँगै मन्त्री फेर्ने धर्को थपिएछ। चाहिएको यौटा थियो अर्को थपिएछ। [०३] धर्तीबाट हेर्दा जून तारा उस्तै उस्तै। नयाँ अनि पुरानाको पारा उस्तै उस्तै। छान्ने अब जनताले कसो गरी होला, हेर्दाखेरि बिष अनि चारा उस्तै उस्तै। सोझालाई फसाउने नारा उस्तै उस्तै।
✍️घनश्याम पौडेल, पोखरा । ………………………………………
पञ्चाङ्ग [०२] [०१] हेर्दाहेर्द बोलेर ढाल्यो कसैले आज । गोटी पनि कसरी चाल्यो कसैले आज । कसैले बोलेर बोल्ने ठाउँ छैन यहाँ , आगोमा घ्यू थपेर बाल्यो कसैले आज । समातेर कसरी फाल्यो कसैले आज । [०२] त्रेता युगका रामको काम राम्रो भयो। द्वापरमा श्रीकृष्णको नाम राम्रो भयो। श्रीकृष्ण अर्जनका भएका हुन् सारथि, युग बितेपनि तिनै राम राम्रो भयो। अयोध्या र जानकीको गाम राम्रो भयो । [०३] त्रेता युगका रामको काम राम्रो भयो। द्वापरमा श्रीकृष्णको नाम राम्रो भयो। श्रीकृष्ण अर्जनका भएका हुन् सारथि, युग बितेपनि तिनै राम राम्रो भयो। अयोध्या र जानकीको गाम राम्रो भयो ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया । ………………………………………………………
पञ्चाङ्ग [०३] [०१] तिमी नै भगवान् हौ भनेर माया माग्नेलाई । भेट्दा शीतल हेर्दा राम र कृष्ण लाग्नेलाई। जोगी रुपी रावणको शिकार भए म पनि , के नै भनूँ रस चुसी रुवाएर भाग्नेलाई । प्रगति होस् एक्लै बनाई जन्जिर झाग्नेलाई । [०२] भनेका थियौ तिमी धड्कन तिमी जीवन श्वास मेरो । झुठो बोल्यौ मायाले जलाएर अझै मास्नु दास मेरो । अभागी रैछु तिम्रै भरमा सारा जीवन कुरी रहेँ , घाती रैछौ चिरायौ छाती माया गर्छौ भन्ने आश मेरो । झूठो भयो माया नि अन्तिम संस्कार गर्नु लास मेरो ।
✍️आरती कुमारी सिंह पुर्नवास कालिका ५ कन्चन्पुर हाल:- विरेन्द्र अस्पताल छाउनी काठमाडौं । ……………………………………………………………
पञ्चाङ्ग [०४] [०१] यस्तै सुविचार भावनाको दियो नियतिको। हेर वास्तवमै अर्कै मोड लियो नियतिको। सहयात्रा थियो हातेमालो गरी हिँडि रहेँ, इतिहासको पानामा रच्दै थियो नियतिको। अचलमै धडकिने मुटु फियो नियतिको। [०२] उत्तर लुकायौ मुल्यवान छट्टु भएर के हुन्छ। दन्किए ज्वार भाटा मनको जट्टु भएर के हुन्छ। सपना तिमीलाई जोकर लाग्छ ज्वालाभित्र कठै, टुङग्याऊ विश्राम फुटाले गट्टु भएर के हुन्छ। छ्टा यि छायो फुस्काई दिने कट्टु भएर के हुन्छ।
✍️डिल्ली राज घिमिरे, अर्घाखाँची । ………………………………………………………
पञ्चाङ्ग [०५] [०१] सवै मान्छेका आ-आफ्नै रङ्ग हुन्छन् । सफलता पाएमा नै दङ्ग हुन्छन्। हातेमालो गर्दै सबै खुशी बाँड्दै , खुशीका उमंगसँग सङ्ग हुन्छन् । सुवासले नछाउँदा भङ्ग हुन्छन् । [०२] आजकाल तिमी अन्तै रमाउन थाल्याै कि। पराइकाे हात नै पाे समाउन थाल्याै कि। अझैपनि पर्खी बसेकी छु म तिमीलाई , तिम्राे मायाँ अरुतिर जमाउन थाल्याै कि। धन नि उसकै लागि कमाउन थाल्याै कि।
✍️उर्मिला के.शी. , धनकुटा । ……………………………………………
पञ्चाङ्ग [०६]
किन होला मुटु मेरो धिमी गतिले चल्यो हजुर। सारा शरीर हरुपनि फतक्क भै गल्यो हजुर। मेरो खानपानमा कमी कमजोरी भएर पो हो कि, नत्रभने यो शरीर किन एसरी ढल्यो हजुर। तनमन सबै यसरी किन दनदनी बल्यो हजुर।
✍️मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार बिर्तामोड झापा । ………………………………………………………
पञ्चाङ्ग [०७]
आफ्नै छायाँले छल्छ यहाँ। जिन्दगी आफै चल्छ यहाँ। बाँचुन्जेल मेरो भन्ने हो मानिस आफै गल्छ यहाँ। मुर्दा आगोमा जल्छ यहाँ।
✍️सुशीला पौडेल । …………………………………
पञ्चाङ्ग [०८]
म त यसैपनि मरेको छु । स्वार्थीलाई माया गरेको छु । सधैँ तिम्रो मिठो सम्झनामा, याद जताततै छरेको छु । खोज्दै एकान्तमा सरेको छु।
✍️दस्ता कौशिक, पाँचथर। ………………………………………
पञ्चाङ्ग [०९] [०१] आफ्नै छायाले पनि छल्ने गर्छ। जीवन दुःख, सुख चल्ने गर्छ। जसरी नि अगाडि बढ्नै पर्छ, साेचाईले पनि मन जल्ने गर्छ। आखिर जाेर दियो नै बल्ने गर्छ। [०२] जीवनका दु:ख सुखका यी रङ्ग हेर्दैछु। आईरहने जीवनरुपी ढङ्ग हेर्दैछु। परिवर्तनशील याे जीवनलाई हेर्दा, रहरहरू कति परेर दङ्ग हेर्दैछु। यसै आउँने उमंगका तरङ्ग हेर्दैछु। [०३] आकाश र धर्ती एक हुन्थ्याे र कहिले। हिमाले पनि ब्रहाण्ड छुन्थ्याे र कहिले। यी प्राकृतिक तत्व सुन्दर, शान्त कति, पानी बर्सिने बादल रुन्थ्याे र कहिले। एक अर्कोकाे त्यो पीडा सुन्थ्याे र कहिले।
✍️शाेभा आचार्य गाैतम, काठमाडौँ । ………………………………………………
पञ्चाङ्ग [१०]
तिमीसँग तिम्रै आफन्त छुट्दै जाने छन् । हेर बिस्तारै सबै सम्बन्ध टुट्दै जाने छन् । आज तिमीले प्रेमीको ज्यान लिए जसरी , भोलि तिम्रो पनि इज्जत लुट्दै जाने छन्। आफन्त पनि दुस्मन बनी जुट्दै जाने छन्।
✍️रेणु चन्द ठकुरी, डोटी । ……………………………………………………
पञ्चाङ्ग [११]
मेरो हातले तिम्रो सिउँदो भरी दिन्छु । नत्रभने जीवनलाई अन्त गरी दिन्छु । मायाको लागि माया अर्पण तिम्रो लागि मेरो आत्माबाट बग्ने माया छरी दिन्छु । दु:खको भुँवरी साँच्चै मैले हरि दिन्छु ।
✍️कला ढकाल , झापा । …………………………………………………
पञ्चाङ्ग [१२]
मायाको समयमा माया पनि गर्दा हुन्छ । सत्यता छ भने मायाको भर पर्दा हुन्छ । दोबाटोमा बसी कुर्नेको माया हुन्छ राम्रो, चोखो माया हो भने उतैतिर सर्दा हुन्छ। मायालुका चोटहरू मायाले भर्दा हुन्छ ।
✍️संगिता शर्मा , सिन्धुली । ………………………………………………
पञ्चाङ्ग [१३] [०१] मनभरी अनौठो त्यो रङ्ग चलायौ । सप्तरङ्गी सुनौलो यि रङ्ग चलायौ । बुन्दै बसेकी थेँ विशाल सपनाहरू, छाडी गयौ निष्ठुरी भरङ्ग चलायौ । एकादेशको कथाझैँ दङ्ग चलायौ । [०२] हजुरलाई दिलको राजा मान्न पाए हुन्थ्यो। भित्री दिलको कुना कुना जान्न पाए हुन्थ्यो। बेरिएर बस्न मन छ अँगालोमा बाँधी, लुकीलुकी प्रेमको वाण हान्न पाए हुन्थ्यो। मनको सबै प्रेमजति तान्न पाए हुन्थ्यो।
✍️सरिता सेढाई, धादिङ। ………………………………………
पञ्चाङ्ग [१४] [०१] सत्ते युगमा चैं भू-मनुहरूको ठाम भयो। द्वापर युगमा दशरथ पुत्र राम भयो। मित्रता बन्धनमा अर्जुन सारथि श्रीकृष्ण , त्रेतामा यशोदा नन्दका ति पुत्र नाम भयो । कलीमा आई घुस खोर दलाल काम भयो । [०२] किन आज मेरो मुटुको धड्कन सुस्त चल्छ किन। मेरो शरीरका यी नशा फतक्क भइ गल्छ किन। शरीरमा पौष्टिक तत्वको कमी भएकोले गर्दा , किन यो शरीर एक्कासी खोजी रहेछ ढल्न किन। सम्झँदै मेरो तनमन खोजी रहेछ जल्न किन।
✍️बेदु न्यौपाने ,काठमाडौ ❤️। …………………………………………………
पञ्चाङ्ग [१५]
कुराको बतास चल्यो यहाँ । निभेको दिप जल्यो यहाँ । खाँचो हुदा चाहिन्छ मान्छे, जिउँदो व्यक्ती ढल्यो यहाँ । नहुँदा साह्रै खल्यो यहाँ ।
✍️जानुका गौतम, काठमाडौं । ……………………………………………………
पञ्चाङ्ग [१६]
आफू बसेर खाने । घुँडा धसेर खाने । काम भएन भन्दै, भित्र पसेर खाने । धरो कसेर खाने ।
✍️आर्त अकुलीन, कैलाली । ……………………………………………
//पञ्चाङ्ग [१७]
विरक्त छ मन सबै थोक छोडेर बसेको । सद्व्यवहार पक्री घचारो मोडेर बसेको । समाजमा उपकार गर्ने नभेटिए पनि, भेदभावलाई मनले नै तोडेर बसेको। टुक्रिएका ज्ञानका सद्गुण जोडेर बसेको।
बिना धन दानी हुँदैन । राजा बिना रानी हुँदैन । वृद्ध वृद्धा भएको मान्छे, फेरि पनि सानी हुँदैन । चिसो खाने बानी हुँदैन ।
✍️भगवती दवाडी , झापा । ………………………………………
पञ्चाङ्ग [२०]
पीडितलाई मार्न भनि थुनेको छ यहाँ । निर्दोषलाई तानाबाना बुनेको छ यहाँ । कोशिश गर्छ उम्कन सक्दैन त्यस्ले पनि, उम्कनलाई सधैँ कुरा गुनेको छ यहाँ । सहयोग गर्नेलाई नै चुनेको छ यहाँ ।
✍️गीता रिजाल, धरान । ………………………………………………
पञ्चङ्ग [२१]
यमराज जी आएपछि जाने हो । बाधा अड्चन पारगरि लाने हो । मृत्यु त एक आउँने छ त्यो सत्य , बाँच्दासम्म राम्रोसँग नै खाने हो । यहि जिन्दगीको असल माने हो।
✍️प्रविणा पल्लवी , महोत्तरी । ………………………………………
पञ्चाङ्ग [२२]
हातमा हात समाएर हिँड्न मन छ। जिन्दगी भर रमाएर हिँड्न मन छ। दुश्मन जे सुकै भनून् फरक पर्दैन, यस्ताको लागि कमाएर हिँड्न मन छ। कतै त नाम जमाएर हिँड्न मन छ।
✍️ह्यारिस, काठमाडौं । ………………………………………………
पञ्चाङ्ग [२३]
नेताले महिनै पिच्छे सरकार फेर्दो रैछ लोकतन्त्रमा। जनताले चैं टुलुटुलु फेरेको हेर्दो रैछ लोकतन्त्रमा। बलियो छु भनेर निमुखा जनतालाई मनपरी गर्छन् , शक्तिशालीले कानुनलाई कहाँ टेर्दो रैछ लोकतन्त्रमा। फेरि विदेशी सामु चाहिँ कट्टुमै छेर्दो रैछ लोकतन्त्रमा।
✍️पशपती राई, खोटाङ । ………………………………………………………………
पन्चाङ्ग [२४]
मलाई एक्लै छोडी गयौ। बाटो अन्तै नै मोडी गयौ। तिमी मेरो संसार भने, नाता सबै नै तोडी गयौ। मुटुको अंश खोडी गयौ।
✍️सुमित्रा पोखरेल, काठमाडौं । …………………………………………………
पञ्चाङ्ग [२५]
राजा तिम्रो दिलमा, प्रीतिको अमृत भर्दैछु म । तिमी टाढा भएपनि , तिम्रै नजिक सर्दैछु म । प्रेममा जति नै सम्झ्यो उति नै याद आउदा, बाध्यता भएर तिमी सामु ,सकस गर्दैछु म । तिम्रै नाउँको अमर ,पत्र लेखेर मर्दैछु म ।
✍️चित्रा भट्ट, धनगढी ५ कैलाली । ………………………………………………………
पञ्चाङ्ग [२६]
पीडतलाई मार्न भनि थुनेको छ यहाँ । निर्दोषलाई तानाबाना बुनेको छ यहाँ । कोशिश गर्छ उम्कन सक्दैन त्यस्ले पनि, उम्कनलाई सधैँ कुरा गुनेको छ यहाँ । सहयोग गर्नेलाई नै चुनेको छ यहाँ ।
✍️चेतना पोखरेल , बिराटनगर । ………………………………………………
पञ्चाङ्ग [२७]
किन विकासको नाममा चाल हुन्छ । नेता मारामार प्रत्येक साल हुन्छ । जमिन धेरै भूमाफियाकै कब्जामा, त्यसैले त देशमा मर्ने काल हुन्छ । सडक – सदन भ्रष्टको जाल हुन्छ।
✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८ । ……………………………………………
पञ्चाङ्ग [२८] [०१] तिम्रा कुराहरू हिजोआज बुन्नै छाडेको छु । कति कति गल्तीहरू गर्यौ गुन्नै छाडेको छु । दिनहरू चक्रसरि घुम्छन् यसैगरि सँधै , जसरी गर माया र घृणा सुन्नै छोडेको छु । अचेलभरि प्रेमिल माला उन्नै छोडेको छु । [०२] आफ्ना खुसिहरु थाती राख्दै अरुका पूरा गरिदिनु पर्छ। पीडालाई छोपेर खुसिले आफ्नो यो आङ भरिदिनु पर्छ। भन्न सबैलाई सजिलो छ तर पूरा गर्न कति कठिन , बसिरहेको ठाउँ अर्कोलाई खुसि पार्न सरिदिनु पर्छ। विडम्बना धेरै जसोले यहाँ किन जिउदै मरिदिनु पर्छ।
✍️दुर्गा रिजाल आचार्य, मोरङ । ……………………………………………………
पञ्चाङ्ग [२९]
निमुखा जनता फाटेको छ घर । जनताकै कुरा काटेको छ घर । असले त बनायो महल ठूलो , लिएर महल साटेको छ घर । भन्दछ होइन ढाँटेको छ घर ।
✍️होम प्रसाद नेउपाने, धरान सुनसरी । ……………………………………………………
पञ्चाङ्ग [३०]
वसन्त ऋतु आएर मनमा उमङ्ग हाज्यो है । हरिया ती फाँट देखेर आज आलस्य भाग्यो है । ऋतुगरूको राजा वसन्तलाई सबैले मान्छन् , उमेरसँगै मानिसको समय अघि लाग्यो है । भावीले लेखेको भवको सुख पनि त माग्यो है ।
✍️सरस्वती श्रेष्ठ , इटहरी । ……………………………………………………………
\पञ्चाङ्ग [३१]
फूल फुल्ने आशा राखी पुतली भुलेकाे हुन्छ । मौका छाेपी जुठो हाल्न भँमरा डुलेकाे हुन्छ । छैन चिन्ता आफ्नो दाउ आज अर्कोले लाउँदा, बगैंचामा खुब मुस्कुराउँदै झुलेको हुन्छ । प्रकृति उपहारमा सहर्ष खुलेको हुन्छ ।
✍️भवानी घिमिरे, सर्लाही । ………………………………………………………
पञ्चाङ्ग [३२]
मैले देख्ने हर सपनामा सानो सहर थियो । मायासँगै हात समाएर घुम्ने रहर थियो । तिमी पारि म वारि थियो तर्न नमिल्ने जंघार, पीर थियो व्यथा थियो बाधा अनि कहर थियो । कसरी भन्नू मैले? हाम्रो मायामा जहर थियो ।
✍️पुष्पा नेपाल (सुवेदी), इलाम । …………………………………………………………
पञ्चाङ्ग [३३]
आजभोलि त कुरा गर्नै छोडेका छौ रे । देखेर मुख अन्तै हिँड्दै मोडेका छौ रे । मौसमझैँ छिनछिन बदल्ने गर्छौ नि , गाउँ त्यागी शहरलाई तोडेका छौ रे । मदनबाट माइकल जोडेका छौ रे ।
✍️धनमाया चौधरी, कैलाली जानकी १। ……………………………………………
पञ्चाङ्ग [३४]
डुली सारातिर यतै फेरि फर्किएर आएँ। बाटो रोजी बिलाउनेसँग सर्किएर आएँ। रोक्दापनि गलत गरि हिँडिरहेका काम, छैन लौ मलाई योग्य भनि तर्किएर आएँ । अशुद्धमा शुद्ध सुनपानी छर्किएर आएँ।
काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७७ औँ शृङ्खला यही चैत ११ गते शनिबार सम्पन्न भएको थियो। अभ्यासमा नेपाल लगायत विश्वका ५७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७७औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
खाली देख्छु जल्नेहरू, गर्नेहरू डाहा, प्रगति त देखिसहन्नन् भन्दैनन् आहा । वसन्त अनुभव घोराही, दाङ
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] दुश्मन हुन् ती आफ्नै भए नि आरिसले जल्ने, त्यस्तै हुन्छन् बर्बराउँदै जाँड खाएर ढल्ने। 🌑नवशिला बेलबारी-२,लालभित्ती,मोरङ।
[२] आकासै राम्रो देखिन्छन् यहाँ चन्द्रमा र ताराले, तिम्रो र मेरो मित्रता देख्दा रिस गर्छन् साराले। 🌑कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[३] प्रगति गरोस् भन्ने मान्छे छन् र कहाँ, गरिहाले प्रगति सबै जल्ने यहाँ । 🌑योगेन्द्र भट्टराई खोटाङ
[५] गाउँमा भन्दा सहरमा, बस्ने जनसङ्ख्या धेरै, विवश छन् बाँच्न नरक तुल्य जीवन लिएरै । 🌑पवन कुमार बुढाथेाकी काठमाडौं
[६] आरिसले मर्नेहरू आउ अघि जाउ, कुरा काट्दै हिड्नु अझै बढ्छन् मेरा पाउ । 🌑ताराप्रसाद चापागाईँ धुनिबेसी
[७] डाहा गर्ने र अरूको प्रगतिमा जल्नेहरू जहाँ हुँदैनन् तिनीहररूकै प्रगतिमा अरू कोही कसैले पनि छुदैनन्। 🌑अर्जुन प्रसाद चौलागाई रामछाप:-सुनापति-१ हाल:-अमेरिका,म्यासाचुसेट्स बोस्टन।
[८] दौँतरी बनेर मन मस्तिष्कमा छुन्छ, प्रगति गर्दा नि गिराउन जाल बुन्छ। 🌑भुपेन्द्र राना मगर धादिङ
[९] डाहा साहा गर्या हाेइन आकाश माथि उड, असल बाटाेमा समाएर राम्राे सँग गुड। 🌑धन कुमारी रेग्मी भरतपुर
[१०] हरे जलन हुँदै पछि पर्छौ किन गर्छौ डाहा , देश विकास कहिल्यै छैन केको चाहियो आहा। 🌑बेदु न्यौपाने काठमाडौ ❤️
[११] दुईचार जना शत्रु नभई प्रगति नै हुन्न, तिनीहरूको नाथे रिसले मलाई केही छुन्न । 🌑सरिता सेढाई धादिङ
[१२] यस्तै हो प्रगतिमा आँखा लाउने धेरै हुन्छ, आफू मेहनत गर्दैन, अरूको देखी रुन्छ । 🌑अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा- ६ संखुवासभा
[१३] आहारिसेलाई दिनुपर्छ जलेर नै मर्न, छाड्नुहुन्न निराश बनेर आफ्नो काम गर्न । 🌑गंगा खड्का बूढानीलकण्ठ , काठमाडौं
[१४] टनाटन छन् त तिम्रै मात्रै झोला, भलै, बिर्स्यौ क्यारे ! मरिजाने चोला। 🌑म्यामराज राई भोजपुर।
[१५] जति डाहा गरेपनि हुन्न यहाँ केही, जल्नेहरू जल्दै गर्छन् शुद्ध राखाैँ देही । 🌑त्रिलाेचन भण्डारी मेचीनगर, झापा
[१६] परिश्रमीहरूकाे आहारिस पाे किन सधैँ गरिराख्नु, आहारिसेले मेहनत गरी परिश्रमकाे फल चाख्नु । 🌑राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ सङ्गम काेलाेनी भक्तपुर ।
[१७] जल्नेहरू जलिरहुन् न आफू जल्नु हुन्न, जल्नेले प्रगतिको शिखर कहिल्यै छुन्न। 🌑दीपक ठटाल जलन,२५.०३.२३
[१८] समयअनुसार सबै अघि पछि चल्ने, किन हो प्रगतिमा आफ्नाहरू धेरै जल्ने । 🌑हिमा रोका मेहेलकुना सुर्खेत
[१९] चल्दै थियो चलिरहनेछ, खुट्टा तान्ने खेला, म मात्रै अघि बढ्छु सफलता पार्दछु फेला। 🌑बि.कुलुङ दार्जिलिङ
[२०] आरिसले जल्नेलाई अझ जल्न नै दिए हुन्छ, आखिर खरानी भएपछि उसको दिल रुन्छ । 🌑प्रेम थापा “मन” बागलुङ
[२१] डाहा गर्ने त आफ्नै हुन्छन् काटी हिँड्छन् कुरा, अघि देख्दा आहा भन्छन् पिँठमा हान्छन् छुरा । 🌑एस जी दाहाल मोरङ
[२२] जल्नेहरू जल्दै गरुन् छोड्नु हुँदैन आफ्नो कर्म, सत्संगत मात्र गर्न नछोड्नुहोस् कहिले धर्म । 🌑भगवती दवाडी झापा
[२३] साँचेर दम्भ उत्सव जस्तै खुसीले नाचेका, अर्काको भलो नदेख्ने मान्छे हाँसेर बाँचेका ! 🌑आर्त अकुलीन कैलाली
[२४] जल्नेहरू जलिरहनेछन् , तर हात्तीको आफ्नै चाल, खहरे नि वर्षातमा ~उर्लि ~गर्जन्छ उचालेर छाल। 🌑टिकाराम पुन टिपु छत्रेश्वरि गाँउपालिका २ सल्यान
[२५] जल्न देऊ ,जति जल्छन् उति गल्छन् । एक दिन पक्कै शत्रु आफैँ ढल्छन् ! 🌑बिबस पारदर्शी
[२६] पग्लिनेछ,मनको कुरा दयालु होलान् कोही, मनको इच्छा पूरा गरे त, रुने छैन गोही । 🌑होम प्रसाद धरान,सुनसरी
[२७] मुटु जलाऊ, आरिस अनि रिस पनि गर, जो जो गर्छौ डाहा मेरो, त्यसले जलेरै मर । 🌑राजेशराज गड्तौला काँडाघारी, काठमाण्डौ हाल- प्रवास
[२८] जल्नेहरू जल्दै गरुन् अघि बढ्दै जानुपर्छ, आफ्ना पाइला त सधैँ प्रगतिमा लानुपर्छ । 🌑उर्मिला के.शी. धनकुटा
[२९] खान पाए वा वा गर्छन्, खराबै भएपनि साराले, जतासुकै भद्रगोल भा’छ, समाज यस्तै पाराले। 🌑शंकर कार्की थाहा३ मकवानपुर।
[३०] जल्नेहरू जलिरहन्छन् गरी रिस र राग, कुनै दिन हुन्छ तिनलाई पक्कै भागाभाग । 🌑बाबुराम पाण्डे अर्घाखाँची
[५०] जले जति आफैँ जलोस् मरेपनी मरोस् बाँदर हो बिगार हुने काम मात्रै गरोस् । 🌑दस्ता कौशिक,पाँचथर।
[५१] गर्नेहरूको डाहा गरेर भित्र भित्रै जलेका हुन्छन्, गर्ने खुबी हुन्न रत्तिभर अल्छिको कसरी दिन खुल्छन्। 🌑सुरेशकुमार पान्डे दाङ घोराही
[५२] कुरा काट्ने काट्दै गर्छन् हुँदैन बाटो मोड्नु लक्ष्य लिई अघि बढ्नु पर्छ हुँदैन छोड्नु। 🌑सरस्वती श्रेष्ठ इटहरी
[५३] डाहा ईर्ष्या गर्नेहरू आफैँ भोग्छन् कसी, मुर्च्छा जति परे पनि बस्लान् घुँडा धसी। 🌑मनोहरी पौडेल गैडाकोट १
[५४] जति सक्दछाै तिमी मेराे, प्रगतिमा डाहा गर्ने गर, आफ्नाे लक्ष्यअनुसार कदापि पछि हट्ने छैन तर । 🌑प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
[५५] देखासिकी गरी खानु भन्ने गर्छन्, गर्न नसक्नेहरू डाहाले मर्छन्। 🌑भगवती दवाडी दमक,झापा
[५६] जल्नेहरू ती जलिराख्छन्, अगाडि त बढ, कर्मठ ती पाइला चाली शिखरमा चढ । 🌑शाेभा आचार्य गाैतम काठमाडौँ [५७] खाली देख्छु जल्नेहरू, गर्नेहरू डाहा, प्रगति त देखिसहन्नन् भन्दैनन् आहा ।
काठमाण्डौँ, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास – ९७ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१] सत्य आफ्ना आफ्ना तर दृष्टिकोण फरक ! 🌑वसन्त अनुभव घोराही, दाङ
[२] दृष्टिकोण फरक छन् तर्क आफ्नै तरिका ! 🌑शाेभा आचार्य गाैतम काठमाडौँ
[३] जीवन भोगाइमा एक हेराइको दृष्टिकोण अनेक ! 🌑आर्त अकुलीन कैलाली
[४] जीवन सत्यता फरक आफ्नो आफ्नो दृष्टिकोण ! 🌑प्रदिप नेपाली बिहादी ५ उराम,पर्वत।।
[५] सङ्घर्ष आफैँ भित्र देखिने अनेक चित्र ! 🌑जमुना कायस्थ पोखरा
[६] जीवन भोगाइ एक हेर्ने दृष्टिकोण फरक ! 🌑दुर्गा भट्टराई
[७] दृश्य केवल भ्रम वास्तविक यथार्थ चित्रण ! 🌑लक्ष्मी अर्याल काठमाडौँ
[८] परिदृश्य गहन विश्लेषण हेर्ने आफ्नै दृष्टिकोण ! 🌑भगवती दवाडी झापा
[९] सच्चाई मात्र एक तर बुझाई अनेक ! 🌑डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा ।
[१०] दृश्य झुट मञ्चन देखियो दिव्य कञ्चन ! 🌑पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती न.पा.-३,काभ्रे
[११] बुझाइ फरक परिवेश फरक सत्य यथार्थ ! 🌑सुभद्रा अधिकारी
[११] जीवन सत्य एक हेराइ भोगाइ अनेक ! 🌑म्यामराज राई भोजपुर ।
[१२] सुझबुझ आफ्नै भाेगाइ अर्काकाे हस्तक्षेप निरर्थक ! 🌑निरज कोइराला
[१३] सत्य आफ्नो ठाउँमा कोलाहल हाम्रो गाउँमा ! 🌑योगेन्द्र भट्टराई खोटाङ
[१४] यथार्थ दुवै पक्षको बाटो निस्केन लक्ष्यको ! 🌑सरिता सेढाई धादिङ
[१५] जीवन भोगाइमा फरक हेराइ आ-आफ्नै किसिमको ! 🌑सरस्वती श्रेष्ठ इटहरी
[१६] सत्यता पत्ता लगाऊ त्यसपछि विरोध गर ! 🌑साहित्य प्रेमी सलिन
[१७] सत्य मान्छेले नचिन्दा घमासान अनि मारामारी ! 🌑अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा- ६ संखुवासभा
[१८] सत्य स्थिर सधैँ दृष्टिभ्रम फरक फरक ! 🌑Ram Neupane
[१९] बुझाइ यथार्थ एक तर्क बितर्क अनेक ! 🌑ऋजु दिल्पाली ईटहरी १ सुनसरी ।
[२०] दृष्टिकोण सही उपयोगी उही सुन्दर भोगी । 🌑प्रेम थापा “मन” बागलुङ
[२१] दृष्टिकोण एउटै दृश्य आफ्नै विचार सही ! 🌑हिमाल अम्मै घोडाघोडी कैलाली
[२२] मान्छे सङ्घर्षशिल प्राणी विचार विमर्श अनेक ! 🌑धनमाया चौधरी कैलाली
[२३] स्वार्थ आफ्नो आफ्नो लुट्न खोज्छ मान्छे ! 🌑अमृत सुवेदी रुपा सात कास्की
[२४] सत्य आफैँले देखेको हुनसक्छ त्यो असत्य ! 🌑रमेश मानन्धर, येँ
✍️कल्पना भण्डारी मीना बिहान जुरुक्क उठेर बाथरुममा नुहाउन गएकी थिइन् । साबुनमा चिप्लेर लडिन्। “आमा म त मरेँ´´ भनेकाे आवाज आयाे । बलरामले “के भयाे?´´ भन्दै बाथरुम पुगेर हेर्दा मीनाकाे अवस्था गाह्रो भइसकेको रहेछ – एक पाटाे नचल्ने । बलराम तनाबमा परे र मनमनै भने-“अब मलाई कसले पकाएर खान दिन्छ? श्रीमतीकाे एक पाटाे नचलेपछि कसले स्याहारसुसार गर्छ ।´´ तीन महिना हस्पिटल बसेर घरमा लगे ।
अब बलरामलाई तनाब भयाे । सरल बिहानै आए । किन आएकाे हाेला भनेर बलराम दङ्ग परेकाे थिए । श्रीमतीलाई हस्पिटलमा दिएकाे पैसा माग्न आएकाे हाेला भनेर अँधेराे मुख पारेर बसेकाे थिए । सरलले भने – “बले अब तँ के गर्छस् ? श्रीमती अपाङ्ग भइन् । घरमा कसले हेर्छ ? स्याहारसुसार कसले गर्छ ?´´ भन्दै अब अर्काे बिवाह गर्न अनुराेध गरे ।
बलरामले भने -“दाइ’ बिचरी यी मीनालाई यत्राे चाेट पीडा छ । मैले यस्ताे कुरा गरेँ भने झन् मानसिक समस्या हाेला । भयाे दाइ, यस्तो कुरा नगराैँ अहिले।´´ “कस्तो नामर्दा रछस्´´ भन्दै सरल आफ्नाे बाटाे लागे । याे सबै कुरा मीनाले ओछ्यानमा सुनेर बसेकी थिइन् । बलरामले मीना भएकाे ओछ्यानमा खाना लिएर गए । मीनाले गहभरी आँसु बनाएर भनिन्-“हजुरलाई मेरो रेखदेख गर्न धेरै गार्हो भयाे । अब अर्को विवाह गर्नोस्´´भनिन्।
बलरामले भने -“मीना अहिले तिमी यस्ताे अवस्थामा छाै । म कसरी विवाह गरूँ? । मैले विवाह गरेँ भने तिमिले दु:ख पाउँछ्यौ । हाेस्, म गर्दिन ।´´ भनेर भान्सामा गए । मीनालाई बलरामको आफूप्रतिको समर्पण भाव र अगाध प्रेम्को कुरा सुनेर खुसी लाग्याे । बलरामले जीवनभर श्रीमती मीनालाई खुसी बनाएर राखे । सरल दङ्ग परे । “बलराम बलवान् नै रछ´´ भनेर गाउँमा हल्ला गर्दै हिँडे।
भोलिपल्ट बिहान गाउँभरि हल्लाखल्ला र खैलाबैला सुनियो। मीनाकी सानीमाले आश्चर्यमिश्रित स्वरले मीनालाई सुनाइन् -“हेर त मीना! त्यति राम्री र बत्तिस लक्षणकी श्रीमती हुँदाहुँदै ठुलाघरेले पल्लो गाउँकी मुखियाकी स्वास्नी भगाएर ल्याएछ्न्´´ मीनाको मन एकचोटि सिरिङ्ग भयो अनि बलरामलाई सम्झिन् र भनिन् -“धन्य मेराे श्रीमान् ।
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ३७ [सैँतिसौँ] ————————————- ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/१२/१४ गते समय :- साँझ ८ बजे
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ? —————- पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ । जस्तै :- उठान:- ✍️टाढा भएपनी हृदयको नाता फेर्न मिल्छ [०१] ✍️पुरानो भएसि किताबको गाता फेर्न मिल्छ [०२]
तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ ———————————-
💢मायालाई नि सस्तो बनायो नबुझ्ने साथिले [०३]
माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने ——————————— १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ
धर्तीको खुसी हेर्ने मन छ । सुखको श्वास फेर्ने मन छ । मुटुमा देश राखेर साथी, सौम्य तस्बिर केर्ने मन छ । चोखो मायाले बेर्ने मन छ ।
✍️आर्त अकुलीन, कैलाली । …………………………………………
पझ्चाङ्ग [०२]
सपनीमा भए पनि खाए जस्तो भयो। नपाउनेहरूले नि पाए जस्तो भयो। बिपनीमा त्यतिको हो चित्त बुझाउनु, भाग्य पनि चम्किएर आए जस्तो भयो। सुन्ने कोही नभए नि गाए जस्तो भयो।
✍️घनश्याम पौडेल,पोखरा । ……………………………………………………
पञ्चाङ्ग [०३] [०१] पवित्र स्वर्ग भन्ने ठाउँ छ भने त्यो नेपाल हो। हरियाली भएको नाउँ छ भने त्यो नेपाल हो। हिमाल पहाड तराई नदीनालाले सम्पन्न, आनन्दले बसेको गाउँ छ भने त्यो नेपाल हो। बुद्धले नै टेकेको पाउ छ भने त्यो नेपाल हो। [०२] टाढा भएपनि हृदयको नाता फेर्न मिल्छ । पुरानो भएसि किताबको गाता फेर्न मिल्छ । मायालाई नि सस्तो बनायो नबुझ्ने साथीले , आफू अनुकुल नसोच्नेले खाता फेर्न मिल्छ । मिल्ने भएदेखि साँच्चै आफ्नै दाता फेर्न मिल्छ ।
तिम्रा कुराहरु हिजोआज बुन्नै छाडेको छु। कति कति गल्तीहरु गर्यौ गुन्नै छोडेको छु। दिनहरु चक्रसरि घुम्छन् यसै गरी सधैँ, जसरी गर माया र घृणा सुन्नै छोडेको छु । अचेलभरि प्रेमिल माला उन्नै छोडेको छु ।
✍️दुर्गा रिजाल आचार्य, मोरङ । …………………………………………………………
पञ्चाङ्ग [०५] [०१] एक अर्काका हातहरू समाएर जिउँला यहाँ । हाम्रो चोखो सम्बन्धलाई जमाएर जिउँला यहाँ । दिलबाट आफ्नैमा रमाउनु पर्छ सदैव हामी, श्रम सीप आफ्नै देशमा रमाएर जिउँला यहाँ । धेरै माया प्रयाप्त धन कमाएर जिउँला यहाँ । [०२] नेपालमा रोग आयो कोरानो भन्ने नाउँको यहाँ । चुरापनि तिम्रै नाउँको पोते तिम्रै ठाउँको यहाँ । बासट्टी मा बाढी आयो रूप बिगार्यो गाउँ शहर, सिंदुर नि तिम्रै नाउँको सारी तिम्रै नाउको यहाँ । प्रतितोला कति पुग्यो सुन र चाँदी भाउको यहाँ ।
निमुखा जनता फाटेको छ घर, जनताकै कुरा, काटेको छ घर, उसले त बनायो महल ठुलो , लिएर महल साटेको छ घर, भन्दछ होइन ढाँटेको छ घर।
✍️होम प्रसाद नेउपाने, धरान,सुनसरी । ……………………………………………
पञ्चाङ्ग [०७]
पञ्चाङ्ग:दशैं विशेष [०१] खुसी र उमङ्ग आओस् चैते दशैमा। सबैमा शान्ति छाओस् चैते दशैंमा। सबैलाई दशैंको शुभकामना, शरीर स्वस्थ पाओस् चैते दशैंमा। मिठो मसिनो खाओस् चैते दशैंमा। [०२] हताेत्साहले छुदैन प्रगति पथमा। दुख्दैमा मन रुँदैन प्रगति पथमा। याैटा अठाेट लिइ बढ्नुपर्छ अगाडि, आँसुले आँखा धुदैन प्रगति पथमा। हिम्मत हार्नु हुँदैन प्रगति पथमा।
✍️सुशीला पौडेल । ……………………………………………
पञ्चाङ्ग [०८]
मन्द मन्द मुस्कुराउँदै हेरेको हजुरलाई। कल्पनामै अँगालोमा बेरेको हजुरलाई। प्यारको उब्जनी भयो मनमा सुटुक्क, आदेश माने जस्तै गरी टेरेको हजुरलाई। मैले सामान्य चिठ्ठी केरेको हजुरलाई।
✍️रेणु चन्द ठकुरी, डोटी । ……………………………………………………
पञ्चाङ्ग [०९]
अन्न आउँछ विदेशबाट देश कृषिप्रधान भनेका छन् । किसानलाई सधैँ हेपेर बोल्ने चैं आज नेता बनेका छन् । खेतबारी बाझिएको छ राजनीतिको खेती गरिएको छ, एक चपरी माटो खन्नु छैन अर्काको खोइरो खनेका छन् । किसानको छोरो विदेश खेदी आफूले डलर गनेका छन् ।
✍️पशपती राई, खोटाङ । …………………………………………………………………
पञ्चाङ्ग [१०]
मनैदेखि मायाले हेर्न पराेस् मलाई । सधैँ नै अँगालोमा बेर्न पराेस् मलाई । बेला बेलामा कसम खान लाउने भए , माया झूटाे कि साँचो केर्न पराेस् मलाई । तिम्रै मुटुभित्र नै ठेर्न पराेस् मलाई ।
✍️प्रविणा पल्लवी, महाेत्तरी । …………………………………………
पञ्चाङ्ग [११]
तिम्रो यादले मेरो मुटु जलाएको थियो । पागल झैँ जिन्दगीलाई बनाएको थियो । त्यो दिनदेखि आजसम्म कुरेको छु प्यारी, रातैभरि यो प्रेमीलाई सताएको थियो। मिठो सन्देश तिमीले नै पठाएको थियो।
✍️दस्ता कौशिक,पाँचथर। ……………………………………………………
पञ्चाङ्ग [१२]
सानो सानो खुसीमा नि रमाउँनु पर्छ । सत्मार्ग अनि सत्बुद्दी समाउँनु पर्छ । ईर्ष्या डाहा गर्नुहुन्न कसैप्रति पनि भावी पुस्ता राम्रो पाठ थमाउँनु पर्छ । आफृनो धर्म र संस्कार जमाउँनु पर्छ । [०२] हजुरलाई दिलको राजा मान्न पाए हुन्थ्यो। भित्री दिलको कुना कना जान्न पाए हुन्थ्यो। बेरीएर बस्न मन छ अंगालोमा बांधी, लुकीलुकी प्रेमको वाण हान्न पाए हुन्थ्यो। मनको सबै प्रेमजती तान्न पाए हुन्थ्यो।
✍️सरिता सेढाई, धादिङ । …………………………………………………………
पञ्चाङ्ग [१३]
विवाहको त्यो बाचा बन्धन तोड्न सक्दिनँ। मातृभूमि नेपालको बाटो मोड्न सक्दिनँ । दुःखसुख हुर्किएकी नेपालकी छोरी हुँ , यी शाखा सन्तान रुवाएर छोड्न सक्दिनँ । कसैगरि पराईमा नाता जोड्न सक्दिनँ ।
✍️बेदु न्यौपाने, काठमाडौ ❤️ । …………………………………………………
पञ्चाङ्ग [१४]
आफ्नै हुन्छन् साथी खुट्टा तान्ने यहाँ । बलिको बोकोलाई झैँ हान्ने यहाँ । दया छैन कसैको पिर परेकैछ , कस्ले हेर्छ अनि कस्ले धान्ने यहाँ । जान्ने सबै भनेको को मान्ने यहाँ ।
✍️कला ढकाल, झापा । …………………………………………………
पञ्चाङ्ग [१५]
वसन्त ऋतु आएर मनमा उमङ्ग जाग्यो है । हरिया ती फाँट देखेर आज आलस्य भाग्यो है । ऋतुहरुको राजा वसन्तलाई सबैले मान्छन्, उमेर सँगै मानिसको समयअघि लाग्यो है। भावीले लेखेको भवको सुखपनि त माग्यो है।
✍️सरस्वती श्रेष्ठ, इटहरी । …………………………………………………………
पञ्चाङ्ग [१६]
हिंसात्मक पाइलैपिच्छे कृपावादको समाज भयो। सामाजिक विकृती थुपार्ने रिति यहाँ रिवाज भयो। पर्खाई प्रेमको होइन प्रगति होस् सहयात्रामा, देख्दा राम्रै छ्न् यिनै सखार आम्दानीको राज भयो। चुनौतिको सामनामै अवसरको काम काज भयो।
आजभोलि त कुरा गर्नै छोडेका छौ रे । देखेर मुख मोडी हिँड्ने गरेका छौ रे । मौसमझैँ छिन् छिन् बदल्ने गर्छौ नि , गाउँघर त्यागी सहर पसेका छौ रे । मदनबाट माइकल बनेका छौ रे ।
✍️धनमाया चौधरी, कैलाली जानकी १ । ………………………………………………
पञ्चाङ्ग [१८]
मलाई एक्लै छोडी गयौ। बाटो अन्तै नै मोडी गयौ। तिमी मेरो संसार भने, नाता सबै नै तोडी गयौ। मुटुको अंश खोडी गयौ।
✍️सुमित्रा पोखरेल काठमाडौं । ………………………………………
पञ्चाङ्ग [१९] [०१] कसैले फेरि सरकार ढल्छ भन्छन्। ढलेन भने यहाँ आगाे बल्छ भन्छन्। एउटै मान्छे कहिले देव राक्षस, राजनीतिमा सबै कुरा चल्छ भन्छन्। व्यापार भन्दा बरु यही फल्छ भन्छन्। [०२] मानिसले सबैकाे कुरा सुन्नुपर्छ। त्यसबाट असल कुरा चुन्नुपर्छ। त्यसाे गर्दा निर्णय गर्न नै सजिलाे, मजाले बसेर याेजना बुन्नुपर्छ। गाेप्य कुराहरू मनमा थुन्नुपर्छ। [०३] जग्गाकाे कित्ताकाट गर्दैछन् मान्छे। गाउँछोडि सहर सर्दैछन् मान्छे। सहर भन्दा गाउँमा बस्नु राम्राे, किन आज भ्रममा पर्दैछन् मान्छे। आज गाउँमा किन डर्दैछन् मान्छे। [०४] पढेर पनि के गर्ने याे देशमा काम छैन। बेराेजगार भएर खर्च गर्न दाम छैन। बाध्यता छ यहाँ विदेश जानू पर्ने सबैलाई, मर्ने र बाँच्नेकाे यहाँ कतैपनि नाम छैन। याे दु:खसुनि दिने देवी देवता राम छैन। [०५] गहुँ काट्ने बेला असिना परेकाे छ। बालाका दाना त चाेटले झरेकाे छ। लौ भन्नुस किसानले अब के खाने, खेतीमा लाग्ने सबै यस्तै मरेकाे छ। पैसा हुनेले भने पेट भरेकाे छ ।
✍️नवराज भट्ट, कञ्चनपुर । ………………………………………………
पञ्चाङ्ग [२०] [०१] हाली मुहालीका अनमोल खास थियो । सापेक्ष फटाहा रावणको लास थियो । गन्तव्य छिचोल्न गाह्रो देव दानवमा , गान्धारीको भक्ति कौमारीको सास थियो । चामुण्डा गोणत्री जमुनाको बास थियो । [०२] हिंसात्मक पाइलैपिच्छे कृपावादको नै ताज भयो। सामाजिक बिकृति थुपार्दै उड्ने यहाँ वाज भयो। पर्खाई प्रेमको होइन प्रगति होस् सहयात्रामा , देख्दा राम्रै छन् यिनै कुरा अजमाउने राज भयो। चुनौतिको सामनामै अवसरको काम काज भयो।
✍️डिल्ली राज घिमिरे, अर्घाखाँची । ……………………………………………………………
पञ्चाङ्ग [२१]
चैते दशैँमा मन रमेको छ । भाव साटेर खुशी जमेको छ । चाडबाडमा त हो सास फेर्ने , शुभभाव देवीको थमेको छ । प्रसाद हो मनमा गमेको छ।
✍️प्रभा पोखरेल, हाल अमेरिका । …………………………………………
पञ्चाङ्ग [२२]
हिँडिरहेकाे बाटो हामीले अनायासै माेड्नु पर्ने । जन्म नाता सबै संसारमा नारीले छाेड्नु पर्ने । घर आँगन मझेरीका भित्ताहरु ताेड्नु पर्ने , खै कस्ताे रितीथिती बनायाै हे मेराे भगवान भइरहेका सबै सबै इष्टमित्र फाेड्नु पर्ने ।
हामी जिन्दगी जमाएर बिताउँनु छ। हातमा हात समाएर बिताउँनु छ। दुःख र सुखलाई एकसाथ अङ्गाल्दै, दुःख हुँदा नि कमाएर बिताउँनु छ। सुखमा हामी रमाएर बिताउँनु छ।
✍️ह्यारिस, काठमाडौं । ……………………………………………………
पञ्चाङ्ग [२४]
आजकाल तिमी अन्तै रमाउँन थाल्याै कि । पराईकाे हात नै पाे समाउँन थाल्याै कि । अझैपनि पर्खी बसेकी छु म तिमीलाई , तिम्राे माया अरुतिर जमाउँन थाल्याै कि । धन नि उसकै लागि कमाउन थाल्याै कि ।
✍️उर्मिला के.शी., धनकुटा । ……………………………………………………
पञ्चाङ्ग [२५]
फूल फुल्ने आशा राखी पुतली भुलेकाे हुन्छ । मौका छाेपी जुठो हाल्न भँवरा डुलेकाे हुन्छ । छैन चिन्ता आफ्नो दाउ आज अर्कोले लाउँदा, बगैँचामा खुब मुस्कुराउँदै झुलेको हुन्छ । प्रकृति उपहारमा सहर्ष खुलेको हुन्छ ।
✍️भवानी घिमिरे, सर्लाही । ………………………………………………………
पञ्चाङ्ग [२६]
मैले देख्ने हर सपनामा सानो सहर थियो । मायासँगै हात समाएर घुम्ने रहर थियो । तिमी पारि म वारि थियो तर्न नमिल्ने जंघार, पीर थियो व्यथा थियो बाधा अनि कहर थियो। कसरी भन्नू मैले? हाम्रो मायामा जहर थियो ।
✍️पुष्पा नेपाल (सुवेदी) इलाम ………………………………………………………
पञ्चाङ्ग [२७]
आकाश र धर्ती एक हुन्थ्याे र कहिले। हिमालले पनि ब्रहाण्ड छुन्थ्याे र कहिले। यी प्राकृतिक तत्व सुन्दर, शान्त कति, पानी बर्सिने बादल रुन्थ्याे र कहिले। एक अर्कोकाे त्यो पीडा सुन्थ्याे र कहिले ।
✍️शाेभा आचार्य गाैतम, काठमाडौँ । ………………………………………………
पञ्चाङ्ग [२८]
नभए निम्ता आफन्त भन्दै जानू नै नजाती। बाेल्दछाै झुट कसम सत्य खानु नै नजाती। इमान तिम्राे ताैलने गर्छन् समाज आफन्त, उध्रेकाे दिल चुहुने प्रेम छानु नै नजाती। दु:खमा बस्दा कृत्रिम हाँसाे लानु नै नजाती।
✍️सुरेश चन्द्र घिमिरे, लमजुङ । ……………………………………………………
पञ्चाङ्ग [२९]
मायाले तिमीलाई बेर्न मन लाछ। सुन्दर नजरले हेर्न मन लाछ। झूटा कसमहरू कहिल्यै नखानू, मीठा मीठा कविता केर्न मन लाछ। मायाले अनुहार फेर्न मन लाछ ।
मान गर्छ पाउदैन चरण खोइ तिम्रो । सबै कुरा दिन्छ भन्छ भरण खोइ तिम्रो । बोलेर हुँदैन कामले पूरा गर्नुपर्छ , सोध्ने गर्छन् मलाई नै शरण खोइ तिम्रो। भिराइ दिन्छु नै भन्छन् वरण खोइ तिम्रो ।
✍️जानुका गौतम, काठमाडौं । ……………………………………………
पञ्चाङ्ग [३१]
घाम जस्तो पानी हुँदैन । ठूलो जस्तो सानी हुँदैन । राम्रो नराम्रो हेर्ने बानी , लोभी गर्ने दानी हुँदैन । सर्व गुण रानी हुँदैन ।
✍️संगिता शर्मा , सिन्धुली । ……………………………
✍️पञ्चाङ्ग [३२]
चैते दसैं बिशेष [०१] वासन्तीको धुन बजाई आयो चैते दशैँ। मनको मन्दिरमा खुशी छायो चैते दशैँ। रामनवमी व्रत बसि राम धाम जाँदा, रामनाम जपी प्रसाद खायो चैते दशैँ। ईस्वरको भक्तीमा मन लायो चैते दशैँ। [०२] सस्तो ब्याजदर भनी कन ऋण लगानी गर्छन् याँहाँ। ठूलाठालु मोजमस्तीमा गरिब जनता मर्छन् याँहाँ। ऋणमै जन्मियो ऋणमै हुर्क्यो नेपालीको कथा ब्यथा, जनतालाई सदनबाटै कड्के आँखा तर्छ्न् याँहाँ। सरकार सँग न्याय माग्दा हतकडीमा पर्छन् याँहाँ।