• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग-११४

  • २४ माघ २०८१, बिहीबार ०९:२६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसय चौधौँमाहामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/१०/१०गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ११४[एकसयचौधौँऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~

    पञ्चाङ्ग:०१
    देशको माया हामी सबैमा हुनु पर्छ।
    हाम्रो यो सिमाना मिच्नेलाई धुनु पर्छ।
    नेपाल छ नै नेपाली भन्न पाएका हौँ,
    देश जोगाउन एकजुट हुनु पर्छ।
    सदैव जन्मभूमिको माटो छुनु पर्छ।
    सुशीला पौडेल

    पञ्चाङ्ग-०२
    मरेर कति बाँच्नु बाँचेर एकदिन मरी हेर
    देशभक्ति कस्तो हुन्छ इतिहासतिर सरी हेर
    उम्रन्छ फेरि यै माटोमा देशभक्त र राष्ट्रियता
    खनेर प्रयोग आफैंलाई एकचोटि गरि हेर
    पू्र्खाले सिर्जेको धर्तीमा उर्जाको बिउ छरी हेर।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०३
    आफ्नो देशलाई माया गर बेग्लै मान हुन्छ,
    मनमा राष्ट्रियता बोक्नेहरुको सान हुन्छ।
    सबैले नभुल्नु कहिल्यै राष्ट्र र राष्ट्रियता ,
    सिमानामा त जहिल्यै पनि तानातान हुन्छ,
    सगरमाथामा झण्डा गाड गुन गान हुन्छ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    देशको माया छ माटोकाे माया छ
    टलल टल्केकाे हिमालको छाया छ
    वैरीकाे आँखा पर्दैन ढुक्क हुनु
    उम्लेकाे रगत गाेर्खेकाे काया छ
    चन्द्र सूर्य यहाँ झण्डाकाे साया छ ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग;०५
    विश्वमा चिनाउने गान हो झण्डा
    यो नेपालीहरुका सान हो झण्डा
    वीर नेपाली झुक्न जानेको छैन ,
    सूर्य चन्द्र अंकित मान हो झण्डा
    प्रत्येक नेपालीका जान हो झण्डा ।
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०६
    शशी सूर्य ध्वजा मेराे , यही सान सिकाउँछ।
    धरा स्वर्ग यही देश , मिठाे गान सिकाउँछ ।
    जता जाउँ यतै याद , हुने गर्छ घरि घरि ,
    यही ध्वजा उठे मात्रै , झनै मान सिकाउँछ ।
    उठौं जागौँ सबै हामी , यही ज्ञान सिकाउँछ ।
    —-====== तीर्थराज जाेशी , कैलाली
    ॐ
    पञ्चाङ्ग:०७


    विधि,नीतिमा नचल्दा शासन व्यवस्था फेल भयाे दाजै
    देशको हितमा हैन केवल स्वार्थमा मेल भयाे दाजै
    नेतृत्व अत्यन्तै सफल भए आहा महलमा छ बास
    गाँस जुटाउन नसकी जनकाे निस्केको छ तेल दाजै
    बाझाबाझ खाएका आलाेपालाे सत्ताकाे खाए सेल दाजै ।
    -प्रद्युन्न चालिसे

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ११३

  • २४ माघ २०८१, बिहीबार ०८:४८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयतेह्रौंऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०९/२५गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ११३[एकसयतेह्रौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    सुन्दर ठाउँ हेर्न जानु छ।
    केही अक्षर केर्न जानु छ।
    हेरि रहुँ लाग्ने ठाउँ देख्दा,
    चैनको सास फेर्न जानु छ।
    सुन्दरताले घेर्न जानु छ।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    तिमी मायावी गाउँ बसाऊ,सहर बसाऊ,
    नसोचेको अतृप्त मनमा रहर बसाऊ
    आनन्द लिनेछु म तिमीलाई हेरेर सधैँ
    बगैंचाको बिचमा सुन्दर नहर बसाऊ
    पिएर सुत्न पाऊँ नसालु जहर बसाऊ।

    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग:०३
    सुन्दर हिमाल पारि सहर पाइन्छ
    सजाउन त मनका रहर पाइन्छ ।
    पूर्व र पश्चिम सम्म छङ्ग छङ्ग बग्ने
    ठाउँ ठाउँमा अनेक नहर पाइन्छ,
    प्रकृतिले दिने मिठो ठहर पाइन्छ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४


    सुन्दर मनमोहक स्थान कसलाई मन पर्दैन र यहाँ।
    हिडिरहने कुनचाहिँ त्यो बटुवाको मन हर्दैन र यहाँ।
    चारैतिर हरियाली कलकल झरनाको ठण्डी मीठो पानी।
    थकाई मारेर सुस्ताउन कसले पो मन गर्दैन र यहाँ।
    क्षितिजबाट सुर्यले आफ्नो किरण किन छर्दैन र यहाँ।


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:०५
    सुन्दर हरियाली जंगलको बिचमा घर कस्तो
    पुग्नलाई कठिन हाेला लाग्दाे रहेछ डर कस्तो
    फुलिरहेका फूल अनि झरनाले शाेभा बढायाे
    मान्छे र प्रकृतिमा पनि हुने रहेछ भर कस्तो
    भेदभाव छैन प्रकृतिको काे वर काे पर कस्ताे !

    उर्मिला के.शी.
    धनकुटा

    पञ्चाङ्ग:०६
    आहा कति सुन्दर हरियाली त्यहाँ,
    पक्कै हेरचाह गर्ने छ,माली त्यहाँ,
    सृष्टिको नि चाहिन्छ पालनपोषण,
    सजावटले, देखिदैन खाली त्यहाँ
    जाऊँ फूल टिप्न लिएर थाली त्यहाँ ,
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग-०७
    फूल बनि बगैंचामा एकदिन फुलिदिनु छ
    काँडाको बीचमा पनि हाँसी हाँसी खुलिदिनु छ
    आखिर मेरो भन्ने के छ र यहाँ ?सबै भ्रम हो
    माया मोह अनि पिर व्यथा सबै भुलिदिनु छ
    प्रकृतिको अंस हुँ म प्रकृतिमै घुलिदिनु छ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०८
    कस्तो राम्रो ठाउँ हेरम् जस्तो लाग्ने
    मनभित्र चित्र केरम् जस्तो लाग्ने
    हरियाली भरिपूर्ण दृश्य रहेछ,
    झरनाको पानी सेरम् जस्तो लाग्ने
    नुहाएर लुगा फेरम् जस्तो लाग्ने ।।
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०९
    सुन्दर बीज छर्न मन छ।
    दुःख र पीडा हर्न मन छ।
    हेर्दा राम्रो प्राकृतिक ठाउँ,
    यसको भर पर्न मन छ।
    राम्ररी काम गर्न मन छ।
    ह्यारिस

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    पुस्तक विमोचन एवम् सम्मान कार्यक्रम सम्पन्न, आधा दर्जन बढी पुस्तक विमोचित

  • १७ माघ २०८१, बिहीबार २२:५८ मा प्रकाशित
  • नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा विहीबार आधा दर्जन बढी पुस्तकहरू विमोचन भएका छन् । टुक्का साहित्य समाजको आयोजनामा आयोजित उक्त कार्यक्रममा दुई दर्जन बढी व्यक्ति तथा संस्थाहरू विभिन्न सम्मानले सम्मानित पनि भएका छन् ।


    विमोचित पुस्तकहरूमा ‘छन्दाहार’ संयुक्त टुक्का कवितासङ्ग्रह, ताराप्रसाद चापागाईंको ‘आवाजका रेखाहरू’ टुक्का कवितासङ्ग्रह, बाबुराम पाण्डेको ‘पत्थर’ टुक्का कवितासङ्ग्रह, दीपा गुरुङ समभावको ‘कल्पनाका छालहरू’ टुक्का कवितासङ्ग्रह, बेदु न्यौपानेको ‘मौन तरङ्गहरू’ टुक्का कवितासङ्ग्रह, पुष्पा राईको ‘बह’ टुक्का कवितासङ्ग्रह र चूडा निर्भीकको ‘छन्द व्यञ्जना’ टुक्का कवितासङ्ग्रह रहेका छन् ।

    कार्यक्रममा प्रदान गरिएका विभिन्न सम्मानहरू मध्ये ‘वर्ष उत्कृष्ट टुक्काकार सम्मान-२०८१” पुरुष तर्फ दाङका सुरेशकुमार पाण्डे र महिला तर्फ बाँकेकी पुष्पा सुवेदी आचार्यलाई प्रदान गरिएको छ ।

    त्यस्तै ऎतिहासिक रेकर्ड राख्ने ३ जना साहित्यकारलाई ऐतिहासिक प्रबल टुक्का साहित्य सम्मान २०८१ बाट सम्मान गरिएको थियो। सम्मान पाउनेमा पुष्पा राई (खाेटाङ), इन्दु श्रेष्ठ (चितवन) र चूडा निर्भीक (गाेरखा) हुनुहुन्छ ।

    साथै टुक्का साहित्य समृद्धि सम्मान २०८१ बाट ५ जना स्रष्टाहरूलाई सम्मान गरिएको थियो । सम्मान पाउनेमा रामशरण न्याैपाने (भक्तपुर), ज्ञान बहादुर छेत्री (अर्घाखाँची), बाबुराम पाण्डे (अर्घाखाँची) दीपा गुरुङ समभाव (खाेटाङ) र वेदु न्याैपाने (काठमाडाैँ) हुनुहुन्छ ।

    त्यस्तै टुक्का साहित्य प्रवर्धन सम्मान २०८१ बाट ३ जना साहित्यकारलाई सम्मान गरिएको थियो । जसमा हन्नाह छेत्री (दार्जिलिङ), प्रेम थापा “मन” (बागलुङ) र अच्युत घिमिरे (भुटान) हुनुहुन्छ ।
    साथै टुक्का साहित्य प्रवर्धन सम्मान २०८१ (संस्थागत) २ वटा सञ्चार गृहलाई प्रदान गरिने भने तापनि काेटगढी साप्ताहिकलाई मात्र प्रदान गरिएको थियो ।

    त्यस्तै टुक्काश्री साहित्य सम्मान २०८१ बाट छन्दाहार संयुक्त टुक्का कवितासङ्ग्रहमा समावेश हुनुभएका सम्पूर्ण टुक्काकारहरूलाई ( नदोहरिने गरी ) प्रदान गरिएको थियोे । सम्मान पाउनेहरूमा ललिता “दाेषी”, सुस्मिता अधिकारी, तारा घिमिरे स्वेच्छा, पद्मा काश्यप पाण्डे, विवश पारदर्शी, नेत्रबहादुर श्रेष्ठ, प्रमोद नेपाल, अमृता रामदाम, वासुदेव ठकुरी, कृष्ण बजगाई, नवराज भट्ट, नवराज न्याैपाने ‘माैन’,वविकास छेत्री अञ्जान, शान्ति भुजेल र शालिक राम दाहाल हुनुहुन्छ ।

    शुभकामना मन्तव्य दिनुहुँदै प्रमुख अतिथि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले साहित्य जनतासँग जोडिएपछि उसको अतिरिक्त मोहतिर ध्यान जान नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अक्षरको खेती गर्नेहरूले अतिरिक्त मोहमा ध्यान दिँदैन । साहित्य लेख्ने मान्छेले गलत काम गर्दैन र गलत काम गर्ने मान्छेले साहित्यकार नै हुँदैन ।”
    “टुक्का साहित्य अभियानले दुईटा काम गरेको छ, पहिलो यसले कवितालाई जनतासँग जोड्ने काम गरेको छ । अर्को यसले अतिरिक्त लोभ/मोहबाट जोगाउने काम गरेको छ ।”

    कार्यक्रमका विशिष्ट अतिथि एवम् चारु साहित्य प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थीले शुभकामना मन्तव्य दिनुहुँदै “पछिल्लो समय नेपालमा नै प्रार्दुभाव भएका टुक्का, झिल्का, उदक, चारु लगायत थुप्रै काव्य विधाहरू रहेका छन् । ती मध्ये टुक्काले अग्रणी स्थान हासिल गरेको छ ।” भन्नुभयो । साथै उहाँले कविता लेख्दा अत्यन्त सजग भएर लेख्नुपर्ने बताउनुभयो । साथै कवितामा व्याकरणीय अशुद्धी, वचन, काल दोष नहोस् भन्ने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
    कार्यक्रममा संस्थापक सल्लाहकार अरुण नदी खत्री, सल्लाहकार/सम्पादक रामशरण न्यौपाने, ज्ञान बहादुर क्षत्री लगायतले आफ्नो शुभकामना मन्तव्य दिनुभएको थियोे ।

    टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईं विदेशी भूमि रहनुभएका कारण आउन नसक्दा उहाँले पठाउनुभएको शुभकामना मन्तव्य चापागाईंका सुपुत्र रिजन चापागाईंले वाचन गरेर सुनाउनु भएको थियो । त्यस्तै दार्जिलिङ टुक्का साहित्यिक संस्थाकी संयोजक हन्नाह छेत्रीले पठाउनुभएको शुभकामना सन्देश कार्यक्रमका उद्घोषक एवम् टुसासका महासचिव चूडा निर्भीकले पढेर सुनाउनुभएको थियोे ।

    कार्यक्रममा ललिता दोषी, डा.देवी पन्थी, पुष्पा राई, चूडा निर्भीक, बाबुराम पाण्डे, अरुण नदी खत्री, रश्मी रिमाल, कमला देवकोटा, रमादेवी बानियाँ, दीपा गुरुङ, शोभा आचार्य लगायतले टुक्का कविता वाचन गर्नुभएको थियोे ।
    कार्यक्रममा टुक्का साहित्य समाजकी सचिव जमुना आचार्य कोइरालाले आफ्नो मन्तव्य द्वारा स्वागत गर्नुभएको थियोे ।
    कार्यक्रममा राष्ट्रिय गानको समाप्तिसँगै दिवङ्गत टुक्काकार अम्बिका अधिकारीको स्मृतिमा १ मिनेट मौनधारण गरिएको थियोे ।
    कार्यक्रममा विभिन्न विधाका प्रवर्तक/अध्यक्ष, संस्थापक सल्लाहकार, वर्तमान सल्लाहकार, संस्थापक पदाधिकारी, पत्रकार, टुक्काकार, टुक्का अभियन्ता, पाठक लगायत सयौँ शुभ चिन्तकहरूको सहभागीता रहेकोे थियोे ।

    टुक्का साहित्य समाजका का.वा.अध्यक्ष वसन्त अनुभवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने महासचिव चूडा निर्भीकले गर्नुभएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    ‘यात्राको धुन’को परिचर्चा कार्यक्रम परिचर्चा सम्पन्न

  • १७ माघ २०८१, बिहीबार १९:३० मा प्रकाशित

  • दाङ, १६ माघ
    वरिष्ठ साहित्यकार प्रा.डा.गोपीन्द्र पौडेलको ‘यात्राका धुन’ नियात्रा सङ्ग्रहको दाङ घोराहीमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको सभाहलमा बुधबार उक्त कार्यक्रम सञ्चालन भएको थियोे ।

    राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता एवं राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार तथा निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यमा तथा वरिष्ठ साहित्यकार गणेश विषम र उत्तमकृष्ण मजगैयाँको विशिष्ट आतित्यमा कार्यक्रम सम्पन्न भएको थियो।

    नियात्रा सङ्ग्रह यथार्थपरक र कलाको दुवै पक्षले उत्कृष्ट रहेको समीक्षकहरूको भनाइ थियो भने लेखकले नियात्रा लेख्दाका आफ्ना अनुभूतिहरू सुनाउनुभएको थियो।

    कार्यक्रममा विशिष्ट अतिथिको रूपमा रहनुभएका वरिष्ठ साहित्यकार गणेश विषम, उत्तमकृष्ण मजगैयाँ, महाकाव्यकार बूनु लामिछाने, साहित्यकार नारायण नेपाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

    सो कार्यक्रममा लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधर, सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतम ,प्रेस काउन्सिलका केन्द्रीय सदस्य शरद अधिकारी, प्रगतिशील लेखक संघ दाङ शाखाका सचिव पुरन शर्मा, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकारहरू डा.लोकराज पराजुली, कमलमणि देवकोटा, दीपक शर्मा ‘समीर’ प्रगतिशील लेखक सङ्घ केन्द्रीय सदस्य रामप्रसाद जैसी’ पत्रकार तथा महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक सुदर्शन रिजाल,अध्ययन मञ्च दाङका संयोजक सूर्य विसी, रेडियो मध्यपश्चिम एफ.एम.का अध्यक्ष मधुसुधन वैद्य’ नयाँ युगबोध राष्ट्रिय दैनिकका गोविन्द खड्का, गोरक्ष राष्ट्रिय दैनिक खेमराज रिजाल, रेडियो मध्यपश्चिम सम्पादक छवि पुरी, पत्रकार प्रकाश चौधरी लगायत विभिन्न संघसंस्थाहरूको गरिमामय उपस्थिति रहेको थियो।


    त्यसैगरी सो कार्यक्रममा वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी, साहित्यकारहरू छवि किरण ओली, प्रमोद धिताल,शेषमणि रिजाल, गिरीप्रसाद पन्थी, गेहराज पौडेल, हरिप्रसाद पौडेल , लेखराज रेग्मी, रमेश पौडेल, महेशकुमार न्यौपाने, हरिप्रसाद पाण्डे ,वीना रोका क्षेत्री, नमराज देवकोटा, धनसिंह गिरी, एक नारायण चापागाईं, तिलापन्थी, एकराज शर्मा अधिकारी ,गिरिराज खनाल, कृष्णप्रसाद गौतम शरद गौतम, नारायणप्रसाद श्रेष्ठ,सर्जन गौतम, विजयराज पौडेल, नारायण पन्थी,हरि पौडेल, केशवराज रिजाल ,थम्मन प्रसाद पन्थी, विष्णुप्रसाद गौतम, देवेन्द्र रिजाल, गोपाल भुसाल अभिलाषी ,रिमा गौतम
    लगायत दर्जनौं साहित्यकारहरूको गरिमामय उपस्थिति रहेको थियो।
    राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेले स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रम सञ्चालन कोषाध्यक्ष सुशीला आचार्य गर्नुभएको थियो भने धन्यवाद मन्तव्य दामोदर पौडेलले राख्नुभएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    टुसासको पुस्तक विमोचन एवम् सम्मान कार्यक्रम, आधा दर्जन बढी पुस्तक विमोचन हुँदै

  • १५ माघ २०८१, मंगलवार ००:०९ मा प्रकाशित
  • टुक्का साहित्य समाजले यही माघ १७ गते एक कार्यक्रमको आयोजना गरेर आधा दर्जन बढी पुस्तकको एकसाथ विमोचन गर्ने भएको छ । टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाहलमा हुने भनिएको कार्यक्रममा अढाई दर्जन व्यक्ति तथा संस्थालाई विभिन्न सम्मानले सम्मान गरिनेछ ।

    विमोचन हुने पुस्तकहरूमा ‘छन्दाहार’ संयुक्त टुक्का कवितासङ्ग्रह, ताराप्रसाद चापागाईंको ‘आवाजका रेखाहरू’ टुक्का कवितासङ्ग्रह, बाबुराम पाण्डेको ‘पत्थर’ टुक्का कवितासङ्ग्रह, दीपा गुरुङ समभावको ‘कल्पनाका छालहरू’ टुक्का कवितासङ्ग्रह, बेदु न्यौपानेको ‘मौन तरङ्गहरू’ टुक्का कवितासङ्ग्रह, पुष्पा राईको ‘बह’ टुक्का कवितासङ्ग्रह र चूडा निर्भीकको ‘छन्द व्यञ्जना’ टुक्का कवितासङ्ग्रह रहेका छन् ।

    अध्यक्ष चापागाईंका अनुसार उक्त कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाहरूलाई विभिन्न सम्मानले सम्मान गरिनेछ ।
    वर्ष उत्कृष्ट टुक्काकार सम्मान-२०८१ बाट एक पुरुष टुक्काकार र एक महिला टुक्काकारलाई सम्मान गरिनेछ । याे सम्मान हरेक वर्ष टुक्का कविता लेखनमा सक्रिय टुक्काकारहरू मध्ये पुरुष १ जना र महिला १ जनालाई प्रदान गर्ने गरिन्छ । सम्मान पाउनेमा क्रमशः दाङका सुरेशकुमार पाण्डे र बाँकेकी पुष्पा सुवेदी आचार्य हुनुहुन्छ ।

    त्यस्तै ऎतिहासिक रेकर्ड राख्ने ३ जना साहित्यकारलाई ऐतिहासिक प्रबल टुक्का साहित्य सम्मान २०८१ बाट सम्मान गरिने भएको छ । टुक्का कविता विधामा ऐतिहासिक रेकर्ड रहने गरि देश विदेशका जुनसुकै सर्जकलाई यो सम्मान प्रदान गर्ने गरिन्छ । सम्मान पाउनेमा पुष्पा राई (खाेटाङ), इन्दु श्रेष्ठ (चितवन) र चूडा निर्भीक (गाेरखा) हुनुहुन्छ ।

    साथै टुक्का साहित्य समृद्धि सम्मान २०८१ बाट ५ जना स्रष्टाहरूलाई सम्मान गरिने भएको छ । टुक्का कविताकाे एकल सङग्रह प्रकाशन गर्ने र संयुक्त सङ्ग्रह प्रकाशन गर्ने स्वदेशी वा विदेशी व्यक्तित्वहरूलाई यो सम्मान प्रदान गर्ने गरिन्छ । सम्मान पाउनेमा रामशरण न्याैपाने (भक्तपुर), ज्ञान बहादुर छेत्री (अर्घाखाँची), बाबुराम पाण्डे (अर्घाखाँची) दीपा गुरुङ समभाव (खाेटाङ) र वेदु न्याैपाने (काठमाडाैँ) हुनुहुन्छ ।

    त्यस्तै टुक्का साहित्य प्रवर्धन सम्मान २०८१ बाट ३ जना साहित्यकारलाई सम्मान गरिने भएको छ । संस्थागत वा व्यक्तिगत अभियान चलाएर टुक्का कविता विधाकाे उन्नयनमा महत्वपूर्ण भूमिका निभाउने स्वदेशी वा विदेशी सर्जकहरूलाई यो सम्मान प्रदान गर्ने गरिन्छ । सम्मान पाउनेमा हन्नाह छेत्री (दार्जिलिङ), प्रेम थापा “मन” (बागलुङ) र अच्युत घिमिरे (भुटान) हुनुहुन्छ ।

    साथै टुक्का साहित्य प्रवर्धन सम्मान २०८१ (संस्थागत) २ वटा सञ्चार गृहलाई प्रदान गरिने भएको छ । टुक्का कविता विधाकाे उन्नयनमा महत्वपूर्ण भूमिका निभाउने स्वदेशी तथा विदेशी पत्रपत्रिका वा संस्थालाई यो सम्मान प्रदान गर्ने गरिन्छ । सम्मान पाउनेमा काेटगढी साप्ताहिक रहेको छ ।

    त्यस्तै टुक्काश्री साहित्य सम्मान २०८१ बाट छन्दाहार संयुक्त टुक्का कवितासङ्ग्रहमा समावेश हुनुभएका सम्पूर्ण टुक्काकारहरूलाई ( नदोहरिने गरी ) प्रदान गरिनेछ । याे सम्मान संयुक्त टुक्का कविता प्रकाशनमा सहभागी टुक्काकारहरूलाई प्रदान गर्ने गरिन्छ । छन्दाहार टुक्का कवितासङ्ग्रहमा साढे ३ दर्जन टुक्काकारहरूको सहभागीता रहेकोे छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का_कविता

    ‘लघुकथा प्रक्रिया र पाठ’को परिचर्चा कार्यक्रम सम्पन्न

  • १२ माघ २०८१, शनिबार २२:५८ मा प्रकाशित
  • काठमाडौँ, माघ १२ गते
    वसन्त अनुभव
    वरिष्ठ लघुकथाकार एवम् भाषा आयोगका सदस्य गोपाल अश्कद्वारा लेखिएको ‘लघुकथा प्रक्रिया र पाठ’को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा उक्त पुस्तकको परिचर्चा कार्यक्रम शनिबार अपरान्ह ७ बजेदेखि सञ्चालन गरिएको थियोे । भर्चुअल प्रविधि जुम मार्फत् सञ्चालित उक्त कार्यक्रम अढाई घन्टासम्म चलेको थियोे ।
    गोपाल अश्कद्वारा लेखिएको उक्त पुस्तकको पहिलो संस्करण साझा प्रकाशनले वि.सं.२०६५ सालमा गरेको थियोे भने त्यसको परिमार्जित एवम् संशोधित दोस्रो संस्करण नमस्ते आधुनिक लघुकथा मञ्चले वि.स.२०८१ मा गरेको थियोे ।

    कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. देवी नेपालले आफ्नो शुभकामना मन्तव्य राख्दै कार्यक्रम अत्यन्तै राम्रो भएको उल्लेख गर्नुभयो ।
    “कार्यक्रममा एक जना वक्ता बोलिरहने र बाँकीले बसेर सुनिरहने जुन पट्यारलाग्दो प्रवृतिको अन्त्य गर्दै नमस्ते आधुनिक लघुकथा मञ्चले नयाँ ढङ्गबाट पुस्तकको परिचर्चा कार्यक्रम आयोजना गर्‍यो, त्यसका लागि अत्यन्त खुसी छु । साथै कार्यक्रमका सहजकर्ता डा.शंकरप्रसाद गैरे, संस्थाका अध्यक्ष घनश्याम डल्लाकोटी लगायत संस्थाको प्रशंसा गर्दछु ।” उहाँले भन्नुभयो ।
    सर्जकलाई ‘मेसी’ र समालोचकलाई ‘कोच’को संज्ञा दिदै मेसीले कोचलाई आफूजस्तै गोल हान्न चुनौती दिन नहुने बताउनुभयो । साथै विमर्श कार्यक्रमलाई राजनीतिसँग दाँज्दै उहाँले ‘राजनीतिमा छलफल हुने भए पनि साहित्यमा विमर्श नै हुन्छ, छलफल हुँदैन ।’ भन्नुभयो ।

    कार्यक्रममा परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार, समालोचक डा. विदुर चालिसेले ‘लघुकथा प्रक्रिया र पाठ’ लघुकथाको पहिलो सैद्धान्तिक पुस्तक भएको उल्लेख गर्दै लघुकथाको कोशेढुङ्गा सावित भएको विचार राख्नुभयो । साथै यसले सैद्धान्तिक अभ्यासको गोरेटो निर्माण गरेको बताउँदै अनुसन्धान गर्न चाहने अध्यताका लागि अब्बल सन्दर्भ सामग्रीको रूपमा रहेको उल्लेख गर्नुभयो ।

    कार्यक्रमका अर्का परिचर्चाकार, वरिष्ठ लघुकथाकार, समालोचक डा.हरिप्रसाद भण्डारीले यस पुस्तक पूर्व लघुकथा सिद्धान्तहरका आलेख फुटकर रूपमा थुप्रै आए पनि पुस्तकका रूपमा भने यो नै पहिलो सैद्धान्तिक पुस्तक भएको कुरामा सहमति जनाउँदै लेखक गोपाल अश्क र प्रकाशक नमस्ते आधुनिक लघुकथा मञ्चको खुलेर प्रशंसा गर्नुभयो ।
    लघुकथाको छुट्टै विधाका रूपमा स्वीकार भइसकेकोले यसबारे छलफल आवश्यक नरहेको उल्लेख गर्दै उहाँले लेखक लघुकथाको तत्व र शैलीमा क्लियर हुनुपर्ने बताउनुभयो ।
    साथै उहाँले लेखकले सन्दर्भ सामग्री, तालिका पुनरावृत्ति, तथ्यपरता लगायतका सामान्य त्रुटिलाई ख्याल गर्ने हो भने पुस्तक कोशेढुङ्गा मात्र होइन अमर कृतिको रूपमा चिनिने उल्लेख गर्नुभयो ।

    कार्यक्रमका अर्का परिचर्चाकार एवम् वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मीले पहिले प्रकाशनमा आए पनि त्यति चर्चामा नआएको उल्लेख गर्दै नमस्तेले परिमार्जित गरेर निकाल्दा यसको परिचर्चा चुलिएको बताउनुभयो । साथै उहाँले यसमा वि.स.२०८१ सम्मका प्रतिनिधि लघुकथाहरू समावेश गरी अध्ययन गरिनुले पनि विशेष महत्व राखेको कुरा उल्लेख गर्नुभयो ।

    परिचर्चा कार्यक्रममा परिचर्चाकारहरूले दिएको सुझावलाई ग्रहण गर्दै कृतिकार गोपाल अश्कले परिचर्चाकार लगायत सबैप्रति आभार प्रकट गर्नुभयो । साथै यो दोस्रो संस्करण हुँदाहुँदै पनि समयाभावका कारण पर्याप्त परिमार्जन गर्न नसकिएको उल्लेख गर्नुभयो । कुनै पनि पुस्तक शतप्रतिशत त्रुटिरहित नहुने उल्लेख गर्दै यसमा पनि केही त्रुटि रहन गएको र ती त्रुटिहरू आगामी संस्करणमा परिमार्जन गर्ने उल्लेख गर्नुभयो ।

    ‘लघुकथा वन्दना’ प्रशारणसँगै शुरु भएको कार्यक्रममा प्रा.डा. दयाराम श्रेष्ठ, लक्ष्मण अर्याल, गंगा कर्माचार्य पौडेल, वसन्त अनुभव, बिरेन्द्र, विष्णु पन्थी, यमुना प्रधानाङ्ग ‘मुना’, गोविन्द बहादुर कुँवर, गुप्त बहादुर श्रेष्ठ, हिमलाल श्रेष्ठ, कुमार काफ्ले, ललिता दोषी, मीठू कुमारी पाठक, मित्र उराठी गौतम, देवीप्रसाद थापा मामा, प्रार्थना खनाल, विवेक शर्मा गौतम, प्रा.डा.खेमराज खनाल, म्यामराज राई, लक्ष्मी रेग्मी खनाल, सरिता भट्टराई नेपाल, नवीन भण्डारी, रुद्र अधिकारी, होमप्रसाद नेउपाने, नानी विवु, विष्णुप्रसाद काफ्ले, आयुष बडाल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित कार्यक्रमको सहजीकरण वरिष्ठ साहित्यकार/समालोचक डा. शंकरप्रसाद गैरेले गर्नुभएको थियोे । जुम प्रविधिको ह्यान्डलिङ भने आयुष बडालले गर्नुभएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव

    टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १७० सम्पन्न

  • ६ माघ २०८१, आईतवार २२:०१ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १७० औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १७० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
    ~~~~~<•>~~~~~

    सहभागी टुक्काकारहरूका सुन्दर टुक्का कविताहरू-


    १.
    छाडिँदैन   जोरी   खोजे,  लगाइन्छ  तह
    चाहे गरोस् बिन्तीभाउ चाहे पोखोस् बह !
    ✍️
    वसन्त अनुभव
    वसन्तविहार टोल, घोराही
    ~~~~~~<•>~~~~~~
    २.
    जोरी खोज्ने जोसुकै रहुन्, छोडिँदैन हट
    आरिस किन गर्न पर्यो व्यर्थै छटपट ।
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ~~~~~~<•>~~~~~~
    ३.
    नखोज मसँग तिमीले पनि धेरै जोरी
    थाहा छैन र तिमी पनि हौ म जस्तै मोरी ।
    ✍️
    पवनकुमार बुढाथोकी
    काठमाडौँ
    ~~~~~~<•>~~~~~~
    ४.
    जोरी खोजेरै भनेको हो सारा कुरा मेरो
    विश्वभरिमै हक लाग्ने मात्रै हो र तेरो ?
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~~~~~~<•>~~~~~~
    ५.
    मुर्खसँग किन खोज्छौ यहाँ जोरी ?
    उसले देख्दैन आफ्नै  कमजोरी ।
      ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ~~~~~~<•>~~~~~~
    ६.
    हठ  गर्दै बस्ने  छैन  मर्द अघि  सर्छ
    काम गरिसकेपछि कस्ले दाम भर्छ ।
    ✍️
    वेदु न्यौपाने
    ~~~~~~<•>~~~~~~
    ७.
    भएको कानुनको कार्यान्वयन नगर्ने 
    समस्याग्रस्त घोषणा गर्न अघि नसर्ने ।
    ✍️
    कला ढकाल, झापा
    ~~~~~~<•>~~~~~~
    ८.
    हेक्का राख्नु नटुटोस् धैर्यको बाँध
    उत्रन्छौँ लगाइ खुकुरीमा साँध ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    ~~~~~~<•>~~~~~~
    ९.
    भावनामा म कहिले बहकिनँ
    अन्याय र अत्याचार सहदिनँ  ।
    ✍️
    दीप गोले तामाङ, रौतहट
    ~~~~~~<•>~~~~~~
    १०.
    अब भिडले कानुन हातमा लिने जस्ताे देखियाे
    आजका पत्रपत्रिकामा जताततै यही लेखियाे।
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर
    ~~~~~~<•>~~~~~~
    ११.
    यो न्याय हो कि अन्याय यो मन अलमल हुन्छ
    दोषीलाई कारबाही हुन्न निर्दोषीलाई थुन्छ ।
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    ~~~~~~<•>~~~~~~
    १२.
    जस्ता छन् अरू त्यस्तै गर्न जान
    आफ्नो खुट्टा तान्नेको खुट्टा तान।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    ~~~~~~<•>~~~~~~
    १३.
    जोरी खोज्नेले प्रमाण खोजुन्
    अरूले असल बाटो रोजुन् ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    ~~~~~~<•>~~~~~~
    १४.
    झगडाको मूल जरो पैसा रहेछ यसैमा हाई हाई
    अलिकति के कमाउनु पर्छ दुश्मन हुन्छन् दाजुभाइ ।
    ✍️
    चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ
    ~~~~~~<•>~~~~~~
    १५.
    यथार्थ छ एकातिर, बल मिच्याइँ अर्कातिर तिम्रो
    हेर्ने आँखा खुल्ला राख, नबनाऊ है यति साह्रो चिम्रो ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~~~~~~<•>~~~~~~
    १६.
    मै हुँ भन्नेहरूलाई तह लाउने म गर्छु
    अरू काम त्यस्तै हो शासन गर्न अघि सर्छु ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~~~~~~<•>~~~~~~
    १७.
    असल  कर्म गरौँ है ,खोज्ने  होइन जोरी मात्रै
    किन होला मानिसको जातले कुरा काट्ने जात्रै ।
    ✍️
    भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    ~~~~~~<•>~~~~~~
    १८.
    लुकेका छन् हेरर दाउ
    लगाउँछन् आखिर घाउ !
    ✍️
    आर्त अकुलीन
    ~~~~~~<•>~~~~~~
    १९.
    लुकेर   प्रहार  गर्नेलाई  , मैले  पनि  जाने
    बेला मौका पाएर, चार बाइस मुक्का हाने
    ✍️
    नागेन्द्रप्रसाद यादव
    ~~~~~~<•>~~~~~~
    २०.
    उखान टुक्का रचेर म सुसेली गाउँछु
    विरूद्वमा लाग्ने लाई तर पनि लाउँछु
    ✍️
    शालिक राम दाहाल
      चा न पा ३ झाैखेल भक्तपुर
    ~~~~~~<•>~~~~~~
    २१.
    सुरा पिएर जताततै नगर मुख छुरा
    भित्ताको नि कान हुन्छ भन्छ बुझी गर्नु कुरा ।    
    ✍️ बिबा तामाङ
    दार्जिलिङ
    ~~~~~~<•>~~~~~~
    २२.
    कुकर्मले आइलाग्छ पापको लड्डु हातमा
    एकदिन पक्कै मर्नुपर्छ को जान्छ साथमा !
    ✍️
    ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।
    ~~~~~~<•>~~~~~~
    २३.
    हिम्मत  छैन  यहाँ  जोरीपारी  खोज्ने
    अधिकार  कहाँ  कसैलाई पो रोज्ने ।
    ✍️
    मोती .योन्जन’ सुब्बादार्जिलिङ।
    ~~~~~~<•>~~~~~~
    २४.
    आँखामा धूलो हालेर गर्दैछन् चोरी
    चोरको श्वर ठूलो गर्छ सिना जोरी ।
    ✍️
    बिके मुखिया
    दार्जिलिङ,भारत।
    ~~~~~~<•>~~~~~~
    २५.
    भए नभएका सबै आरोप लगाइ
    भुट्नुपर्छ यहाँ सबै जोरी खोज्नेलाई ।
    ✍️
    ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची ।
    ~~~~~~<•>~~~~~~
    २६.
    हुनुपर्छ खुलेर नै विचारको  मन्थन
    निष्कर्षमा पुग्ने बेला धेरै हुन्छन् गन्थन ।
    ✍️
    दीपा गुरुङ समभाव
    दुबेकोल खोटाङ
    ~~~~~~<•>~~~~~~
    २७.
    असल पाखा खराब काखी च्याप्ने जमाना कस्तो
    झोले बनायो जन कमायो लोकप्रियता सस्तो ।
    ✍️
    राज बहादुर बडुवाल
    कनकासुन्दरी-५,जुम्ला
    ~~~~~~<•>~~~~~~
    २८.
    गरिब अलिक उँभो लागे चढ़न दिनु हुन्न
    कतैबाट मलाई बाह्र हातको टांगाले छुन्न ।
    ✍️
    रमेश दियाली
    शेल्पू सिटोंग दार्जिलिङ
    ~~~~~~<•>~~~~~~
    २९.
    आइलाग्नेलाई भन्थे त जाइ लाग्नु
    केही सीप नचले फर्किएर भाग्नु ।
    ✍️
    गुणनिधि घिमिरे अमेरिका
    ~~~~~~<•>~~~~~~
    ३०.
    चाहे जे गरुन् जस्ताेसुकै भनुन् आफ्नाे चल्छ शासनमा
    अरु कसकाे राज चल्छ म बसिरहेकाे आसनमा ।
    ✍️
    नाम केसर बाेहरा  ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारतबाट
    ~~~~~~<•>~~~~~~
    ३१.
    नियन्त्रण गर्न खोज्दा झनै बल्झिगयो
    महाशक्ति सम्झेको कागजी बाघ भयो ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~~~~~~<•>~~~~~~
    ३२.
    हाम्रो पनि दिन फिर्छ सधैँ यस्तै हुन्न
    त्यतिखेर चहादैँनौ तिम्रा करा सुन्न ।
    ✍️
    विवश पारदर्शी, झापा
    ~~~~~~<•>~~~~~~
    ३३.
    जाे जसले जनताको धन सम्पत्ति गर्छन् चाेरी
    ढाकछोप गर्न उसैले आखिरमा खाेज्छन् जाेरी ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर ।
    ~~~~~~<•>~~~~~~
    ३४.
    नगर कान्छी तिमी के के कुरा
    चलाउँछ अरूले फेरि छुरा ।
    ✍️ निमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    ~~~~~~<•>~~~~~~
    ३५.
    हठी स्वभाव भएर दु:ख झेल्नु पर्यो
    मै हुँ भन्ने घमण्डीको बल्ल सेखी झर्यो ।
    ✍️
    मन्दिरा सेढाई
    मलेखु, धादिङ
    ~~~~~~<•>~~~~~~
    ३६.
    नपाउनेले पाए खान्छन् एकैपटक अलकत्र
    के था यिनलाई पूजापाठ फूल अनि बेलपत्र ।
    ✍️
    सुनगाभा पोखरेल
    कपिलवस्तु
    ~~~~~~<•>~~~~~~
    ३७.
    गर्नेले ईर्ष्या र डाहा, लम्कन्छु अगाडि
    या जन्जिलरले बाधुन, हटिन्न पछाडि ।
    ✍️
    खुनराज काेईराला
    सिद्धलेक -३ गैरीगाउँ,धादिङ
    ~~~~~~<•>~~~~~~
    ३८.
    कति पाेखाैँ र तिमीसँग आफ्नो मनको बह
    हेर्दैनाै  हामीलाई  भइसक्यो  आँसुको दह ।
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ
    ~~~~~~<•>~~~~~~
    ३९.
    रिस बाहेक छैन काम अरू
    नसक्ने गोरू खोस्रीखोस्री मरू !
    ✍️पुष्पा सुवेदी
       नेपालगन्ज,बॅाके।
    ~~~~~~<•>~~~~~~
    ४०.
    चाल पाएँ तिम्रो विचार नि गर्दिनँ अब बिन्तीभाउ
    आवश्यक पर्दा  प्रयोग गर्ने  बुझिसकेँ  तिम्रो दाउ ।
    ✍️
    पुष्पा राई, खाेटाङ ।
    ~~~~~~<•>~~~~~~
    ४१.
    जोरी खोज्नेहरूसँग टाढै बस्नुपर्छ
    हेरौँ  घमण्ड गर्नेहरूको कति झर्छ ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ~~~~~~<•>~~~~~~
    ४२.
    अति गर्दा खति हुन्छ, धेरै नबन्नू बाठो
    ढाड नै भाँचिनसक्छ, देखेनौ यहाँ लाठो ।
    रवि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची
    हाल : बुटवल, रुपन्देही, नेपाल !
    ~~~~~~<•>~~~~~~
    ४३.
    नाङ्लो ठटाई हात्ती भगाउने कस्तो होला चाल?
    उल्टो परे दाउ फेरि आफैँलाई पर्ला नि गाल।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ~~~~~~<•>~~~~~~
    ४४.
    चाहे होस् सधैँ रिस तिम्रो घाम भन्दा प्रचण्ड
    जोरी  खोज्न छोडिदैन  जसले  गर्छ  घमण्ड ।
    ✍️
    खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    ~~~~~~<•>~~~~~~
    ४५.
    लुकाइन्छ सत्य कुरा लेखिन्छ झुटो इतिहास
    जो आउँछ जोरी खोज्न लगाइन्छ है उठिबास ।
    ✍️
    सुस्मिता अधिकारी, काठमाण्डौ
    ~~~~~~<•>~~~~~~
    ४६.
    जाेरी खाेज्न चाहने आउँछन् कति कति
    गरिखाँदा रिस गर्छन् बिग्रिएर मति ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ~~~~~~<•>~~~~~~
    ४७.
    मै खाउँ मै लाउँ आफैँ चलाउँ सत्ता
    भनी सोच राख्नेले खाँदै बस्नु भत्ता ।
    ✍️
    अम्बिका गिरी – विराटनगर
    ~~~~~~<•>~~~~~~
    ४८.
    पराइकाे इमानमाथि धूलाे र हिलाे पाेत्ने
    आफ्नाे खेतबारी बाँझो राखेर अर्कैको जोत्ने ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे,साँगाबजार बनेपा १४
    ~~~~~~<•>~~~~~~
    ४९.
    नसोच यो ढुङ्गालाई नै कसैले फुटाउँछ
    हल्लिएर आउँछ झरी, बाढीले लुटाउँछ ।
    ✍️
    नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
    ~~~~~~<•>~~~~~~
    ५०.
    नियतमा खोट हुनेहरूकै चल्छ लुकिछिपी बहस
    अति नै गर्न थालेपछि आफैँमा हुन्छ तहसनहस ।
    ✍️
    कबिताहरी
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ
    ~~~~~~<•>~~~~~~
    ५१.
    कामचोर बन्नु है तिमी हाम्रा खातिर
    गर्छौँ पुरस्कृत बनाउँछौँ त माहिर ।
    ✍️ इन्दु श्रेष्ठ, चितवन
    ~~~~~~<•>~~~~~~
    ५२.
    सम्बन्धमा बादल छाए सम्बन्धलाई गोडौँला
    छोड्न परे बरु असल तह लगाई छौडौँला ।
    ✍️
    हन्नाह छेत्री
    दार्जिलिङ
    ~~~~~~<•>~~~~~~
    ५३.
    सहयात्रा गर्ने हौ भने  बदलिएर आऊ
    नत्र सुन्दैनौँ मृत्युपर्यन्त तिम्रो बिन्तीभाउ l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ~~~~~~<•>~~~~~~
    ५४.
    खेलिरहुन् न जोरी हजुर चिन्ता लिनु हुन्न
    सत्य माथि अडिग रहे कोही कसैले छुन्न।
    ✍️
    तोया नाथ चापागाई
    दमक,झापा,नेपाल
    ~~~~~~<•>~~~~~~
    ५५.
    जोरी खोज्ने पछि आफैँ पछारिन्छ्न् छु देखेकी
    घमण्ड गरे एक्लो भइन्छ यथार्थ लेखेकी ।
    ✍️
    सबिता खड्का, कैलाली
    ~~~~~~<•>~~~~~~
    ५६.
    भन्दै थिएँ अधिकार हाम्रो हो चारैतिर घेरौँ
    प्रमाणबिना तह लाउने कसले होला हेरौँ ।
    ✍️
    राधा आचार्य ,बुटवल,रुपन्देही
    ~~~~~~<•>~~~~~~
    ५७.
    बढ्दै छ चिसो पुस गएपछि पनि
    उत्पात भयो दिन  कष्टकर बनी ।
    ✍️
    ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सु,प,अछाम
    ~~~~~~<•>~~~~~~
    ५८.
    देशमा खाँडो जगाउन युवाहरू जुटी देखाऊ
    निरङ्कुशता धेरै भयो देशप्रेमी नाम लेखाऊ ।
    ✍️
    घनश्याम पन्त, हरिवन सर्लाही
    ~~~~~~<•>~~~~~~
    ५९.
    शासन सत्ता चलाउनुपर्छ मस्तीमा
    स्वार्थ विपरीत गएमा राख्छाैँ गस्तीमा । ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ~~~~~~<•>~~~~~~
    ६०.
    कर्म नगरे माया केकाे, एकपटक सम्झाउनू
    सम्झाउदा पनि नमाने, अर्काेपटक थन्क्याउनू ।
    ✍️
    प्रमाेद नेपाल
    वीरगञ्ज । हाल: काठमाडौँ -५

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव

    ‘शताब्दम् महाशक्ति’ लघुकथा महासङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न

  • ६ माघ २०८१, आईतवार १८:२१ मा प्रकाशित
  • माघ ५ गते/वसन्त अनुभव
    लघुकथा महासङ्ग्रह ‘शताब्दम् महाशक्ति’को शनिवार परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा वरिष्ठ लघुकथाकार डा.विदुर चालिसेकृत उक्त पुस्तकको परिचर्चा गरिएको थियोे । अपरान्ह ३ बजेदेखि भर्चुअल प्रविधि जुम मार्फत् सञ्चालित उक्त कार्यक्रम झन्डै ३ घन्टासम्म चलेको थियोे ।
    कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. दयाराम श्रेष्ठले आफ्नो मन्तव्य राख्दै आजभोलि लघुकथाको बाढी आएको र अधिकांस लघुकथाहरू लघुकथा बन्ननसकेको बताउनुभयो ।

    “हामीले विशुद्धता(purity) तर्फ ध्यान नै दिन सकिरहेका छैनौँ, त्यसैले लघुकथा विशुद्ध हुन सकिरहेको छैन ।” चिन्ता व्यक्त गर्दै उहाँले अगाडि भन्नुभयो- “हुन त ! म लघुकथालाई छुट्टै विधा नै मान्दिनँ । कथामा जे जे हुनुपर्छ, सबै कुरा/तत्वहरू यसमा भएकोले यसलाई कथा नै भन्दछु ।”

    “म प्रायः कार्यक्रममा त्यति जाने गर्दिनँ, सम्भवतः यस्तो कार्यक्रममा उपस्थित भएको पहिलोपटक होला ।” भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । शताब्दम् महाशक्ति बारे बोल्दै उहाँले ‘लघुकथा महासङ्ग्रह’को सट्टा ‘वृहत् लघुकथासङ्ग्रह’ या ‘लघुकथा सागर’ राखेको भए राम्रो हुने विचार राख्नु भयो ।

    कार्यक्रममा परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार, समालोचक प्रा.डा. कपिल लामिछानेले ‘शताब्दम् महाशक्ति’ लघुकथा महासङ्ग्रहमा रहेका लघुकथाहरू प्रायः सबै लघुकथाकै सिद्धान्त र संरचनाभित्र रहेको उल्लेख गर्नुभयो ।
    “लघुकथाहरू अढाई सय/ तीन सय शब्द वा डेढ पेजसम्मका रहेका छन्, जुन लघुकथाको संरचनागत कसीभित्र नै पर्दछन् । लघुकथाहरूमा आकस्मिक उठान, विस्तार, संवाद, आकस्मिक एवम् झड्कादार अन्त्य रहेका छन् । साथै लघुकथामा पृथक शैलीको प्रयोग गरिएको छ ।” भन्दै उहाँले डा.चालिसेका लघुकथाहरू अत्यन्त बौद्धिक रहेको र आम पाठककालागि बोधगम्य नरहेको बताउनुभयो ।

    कार्यक्रमका अर्का परिचर्चाकार, वरिष्ठ लघुकथाकार, समालोचक, भाषा आयोगका सदस्य गोपाल अश्कले पनि ‘शताब्दम् महाशक्ति’ सिद्धान्तगत एवम् संरचनागत दृष्टिले उपयुक्त रहेको उल्लेख गर्नुभयो । परिचर्चाकार प्रा.डा.कपिल लामिछानेको कुरामा सहमति जनाउँदै उहाँले भन्नुभयो, “लघुकथाहरू बौद्धिक रहेका छन्, एकपटक पढेर भाव बुझ्न सकिँदैन, दोहोर्‍याएर, तेहर्‍याएर पढ्नुपर्ने हुन्छ । आम पाठककालागि बोधगम्य छैनन् ।”

    लघुकथा महासङ्ग्रह भनिएकोमा असहमति राख्दै उहाँले ‘भोलि कसैले यस सङ्ग्रहको भन्दा धेरै लघुकथाहरू समेटेर सङ्ग्रह निकालेमा त्यसलाई के भन्ने ? वृहत् महासङ्ग्रह भन्ने वा अरू कुनै ?” महासङ्ग्रहको मापदण्ड के हो ?” उल्टै प्रश्न गर्नुभयो ।

    “शताब्दम् महाशक्ति आफैँमा ऎतिहासिक सङ्ग्रह बन्न सफल भएको छ । कृतिकारले ‘अलिफ लैला’ वा ‘अरेवियन नाइट्स’सँग यसलाई जोड्ने मोह किन देखाउनुभएको होला ?” बुझ्न नसकिएको परिचर्चाकारहरूको मत रहेकोे थियोे ।

    परिचर्चा कार्यक्रममा परिचर्चाकारहरूले दिएको सुझावलाई ग्रहण गर्दै कृतिकार डा.विदुर चालिसेले सबैप्रति आभार प्रकट गर्नुभयो । कृतिकारले शताब्दम् महाशक्तिलाई उपन्यासको दर्जा दिन खोजेको भन्ने कुरालाई खण्डन गर्दै उहाँले भन्नुभयो, “मैले उपन्यास नभनी उपन्यासको छ्नक दिने गरी शताब्दम् महाशक्ति आएको भन्ने उल्लेख गरेको हुँ, उपन्यास भनेको छुइनँ ।”

    ‘लघुकथा वन्दना’ प्रशारणसँगै शुरु भएको कार्यक्रममा हरिप्रसाद भण्डारी, अवधेश सिंह, वसन्त अनुभव, यमुना प्रधानाङ्ग ‘मुना’, प्रा.डा.खेमराज खनाल मीठू कुमारी पाठक, गुप्त बहादुर श्रेष्ठ, सुरेशकुमार पाण्डे, भुमिका तिमल्सिना, दिनेश गुप्ता, शान्ता तिमल्सिना, आयुष बडाल, अनिष पाठक लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको बाक्लो उपस्थिति रहेको थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षता सञ्चालित कार्यक्रमको सहजीकरण वरिष्ठ लघुकथाकार डा. शंकरप्रसाद गैरेले गर्नुभएको थियोे । जुम प्रविधिको ह्यान्डलिङ भने आयुष बडालले गर्नुभएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा समीक्षा, वसन्त अनुभव

    साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला- १२९

  • ५ माघ २०८१, शनिबार २३:२९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय उतीसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१३०———————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०९/२९
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    शान्तिको दीपलाई जगाउनु पर्छ।
    अबदेखि अशान्ति भगाउनु पर्छ।
    गरिबी र बेरोजगारी अन्त्य गर्न,
    सारा नेपालीलाई मगाउनु पर्छ।
    दुष्ट आत्मा ठेगान लगाउनु पर्छ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग-०२
    सागर सम्मै पुग्नु पर्थ्यो बाटैमा सुकेजस्तो भो
    भावहरु आउन छाड्यो खै कता लुकेजस्तो भो
    निरन्तर धाउन छाड्यो खै किन हो पञ्चाङ्गले
    बोल्यो मिठो कवि लेख्नलाई भने चुके जस्तो भो
    पुसको चिसो रातमा कुकुरले भुके जस्तो भो।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०३
    जसको कसम खाएको छौ उसलाई छोड भन्दिन म
    अरूलाई रूवाएर त त्यो मन यता माेड भन्दिन म
    सम्बन्ध भनेको क्षणिकलाई होइन जुनिभरिकाे हाे
    त्यसैले कसैको खुसीनै लुटी सम्बन्ध जाेड भन्दिन म।
    जिन्दगीको पनि ख्याल गर्नुपर्छ नाता तोड भन्दिन म
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर

    पञ्चाङ्ग:०४

    मायामा त हृदयले छुनु पर्छ।
    दुःख र सुखमा साथ हुनु पर्छ।
    जीवनमा आखिर के पाे हुन्छ र,
    एक आपसकाे मैलाे धुनु पर्छ।
    दु:खमा सँगै मिलेर रुनु पर्छ।
    -ह्यारिस

    पञ्चाङ्ग:०५
    खुन चुसेर अर्काकाे , बाँच्नु पर्छ मैंले।
    राग गाएर कानैमा , नाच्नु पर्छ मैंले ।
    राेग सार्ने मच्छर हुँ , यस्तै जुनी पाएँ ,
    मान्छे भेट्दा आनन्दता,साँच्नु पर्छ मैंले।
    बास बस्न नि कम्मर भाँच्नु पर्छ मैंले ।
    तीर्थराज जाेशी , कैलाली
    पञ्चाङ्ग:०६


    धेरै कुरा सिक्न पाएँ तिमीलाई विश्वास गरेर
    धोखा पनि औधी खाएँ तिमीलाई विश्वास गरेर
    हिजो आज आत्मादेखी मलाई माया नगरे पनि
    मैले आज गीत गाएँ तिमीलाई विश्वास गरेर
    म तिम्रो दिलमा छाएँ तिमीलाई विश्वास गरेर


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ११२

  • ५ माघ २०८१, शनिबार २३:२६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयब्राहऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०९/२५गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ११२[एकसयब्राहऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~

    पञ्चाङ्ग:०१
    अरूलाई चुसेर बाँच्छ परजीवी।
    चुस्न पाएँ खुसीले नाच्छ परजीवी।
    उसले भनेको यदि पाएन भने,
    टोकेर नै कम्मर भाँच्छ परजीवी।
    उपयुक्त समय जाँच्छ परजीवी।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    सुनौलो पखेटा ठूला भुँड तिम्रो
    अर्काको रगत चुस्ने सुँड तिम्रो
    खाएको बानी छुट्नै गाह्राे भयो नि,
    आकर्षक नौ तलाको गुँड तिम्रो
    गुँडमा भरिएको छ कुँड तिम्रो ।।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०३
    धक भएन रतिभर रगतमा नाच्दैछौ तिमी
    थाेरै पनि खाेट नभएको ठाँउमा भाँच्दैछौ तिमी
    अरूकाे जिन्दगी दाउमा राखेर रमाइ रमाइ,
    परजीवी बन्यौ सजिलै फगतमा बाँच्दैछौ तिमी
    जीउँदै अर्कोलाई मारी आफ्नो ज्यान साँच्दैछौ तिमी ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०४
    परजीवीले खान्छ जानेर यहाँ।
    प्राणीको हात खुट्टा हानेर यहाँ।
    बाँच्नु पर्छ जो कोहीलाई चुसेर,
    चुस्न नपाए मर्छु ठानेर यहाँ
    आफू जोगिन अरु तानेर यहाँ।
    -ह्यारिस

    पञ्चाङ्ग-०५
    जति लुकाए नि सत्य एकदिन आफैं बोल्छ साहेब
    उ त नाङ्गो हुन्छ नै अरुको पनि वस्त्र खोल्छ साहेब
    कि तपाइँ आफैं भनिदिनुहोस् म परजीवी हुँ नत्र
    रगत किन चुस्नुहुन्छ पसिनाले त पोल्छ साहेब
    हिसाब कसको कतिभो समयले नै मोल्छ साहेब।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०६
    दियो लामो सुड प्रकृतिले नोचि नोचि खान्छौ तिमी,
    जताततै अप्ठ्यारो जहाँ पनि उडि जान्छौ तिमी।
    विवेक छैन तिमीलाई धनी गरिब सबै डस्ने,
    कतिपय ठाउँमा सुड लात्ती दुबैले हान्छौ तिमी,
    झुल बेगर सुत्छ गरिब उस्कै खुन लान्छौ तिमी ।

    दुर्गा आचार्य
    मोरङ

    ॐ
    पञ्चाङ्ग:०७
    “”””””””””
    सृष्टिका सबै प्राणीलाई चाहिने छ चारा हजुर
    जिउनका लागि खाने पिउने छुट्टै पारा हजुर
    दैव पनि विचित्रको कुसल रचनाकार नै हुन्
    जीवलाई बचाउने उसैले लिन्छ भारा हजुर
    यावत् चराचर भित्र बसेर दिन्छ सारा हजुर ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे

    पञ्चाङ्ग:०८
    चाहेर हुँदैन जाग्नुपर्छ सबै,
    आफ्नो सुरक्षामा लाग्नुपर्छ सबै
    सफाइ सामाजिक समस्या बन्दा
    दुर्गन्ध भएमा भाग्नुपर्छ सबै
    उचित सुझाव माग्नुपर्छ सबै।

    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P