
१
घडेरी
सुनकाे खानी
व्यापारीकाे च्याखे दाउ !
२
वनमाली
पाेथ्रापाेथ्री छिमाली
सुनकाे भाउमा माेलताेल !
३
सुनारे
सुनकाे कमाराे
जाेडाइ जर्डती सपारे !
- राेशन पराजुली
धरान

१
घडेरी
सुनकाे खानी
व्यापारीकाे च्याखे दाउ !
२
वनमाली
पाेथ्रापाेथ्री छिमाली
सुनकाे भाउमा माेलताेल !
३
सुनारे
सुनकाे कमाराे
जाेडाइ जर्डती सपारे !

१.
छिमेकी
सधैँकाे खाँचाे
बदल्न नसकिने साँचाे !
२.
सहयाेग
ऋण अनुदान
भएन नेपालमा वरदान !
३.
नेता
जनतालाई धाेका
दाेधारे सडकमा सदनमा !
४.
नेपाल
ढुङ्गाकाे तरुल
दायाँबायाँ भारत चीन !
५.
परराष्ट्रनीति
समानताकाे सम्बन्ध
शान्ति विकासकाे मन्त्र !
६.
मतदाता
भिडभाडकाे बजार
नेताहरूले बेच्दै प्रचार !
७.
सरकार
शक्तिकाे आधार
शान्ति सुरक्षा देशव्यापी !
८.
भ्रष्टाचार
राजस्वमा चुहावट
अनैतिक लेनदेनकाे थलाे !
९.
भाषण
बाेल्ने कला
जनतालाई झुक्याउने मेसाे !
१०.
रामराज्य
सुखी जनता
अनुशासन पेशामा लगनशील !
नवराज भट्ट
महेन्द्रनगर, कञ्चनपुर

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा सिराहाका रुपेश कु. सदाय सहित ४६ जना कविहरू उपराष्ट्रपति नन्द बहादुर पुनको समुपस्थितिमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपतिद्वारा सम्मानित भएका छन्। सदाय टुक्का कविता समूहका सदस्य पनि हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा आयोजित मातृभाषा राष्ट्रिय कविता महोत्सव – २०७८ मा आफ्नो मातृभाषाको कविता वाचन गर्न पुगेका सदायलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले प्रमाणपत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियोे।
उक्त कार्यक्रममा प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुन, विशिष्ट अतिथि एवं माननीय संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आले मगर लगायतका विशिष्ट ब्यक्तित्वहरूको उपस्थिती रहेको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा राष्ट्रिय कविता महोत्सव – २०७८ का लागि खुला मातृभाषा कविता आह्वान गरेकोमा ४० मातृभाषाका ९७ वटा कविताहरू प्राप्त भएका थिए। जसमध्ये ४६ जना कविका विविध मातृभाषाका कविताहरू वाचनका लागि छनोट भएका थिए ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०७८ को उपलक्ष्यमा फागुन ९ गते आयोजित मातृभाषा राष्ट्रिय कविता महोत्सवमा रुपेश कु. सदाय लगायत ४६ जना विविध मातृभाषाका कविले आफ्नो रचना वाचन गरेका थिए ।

~मौन अछि यी आँईख~
एकाइशौँ शताब्दीमे यी युग
फेरस् थामने अछि आजुक आपन पाइला
घुईम रहल अछि समस्त ब्रह्माण्ड लके…..
मुद्दा प्राविधिके युगमे भि नै
रुकल अछि अधर्मके पाउला सब
सिखल नै अछि मनुष्य सदभाव
किया एहन..?
आपना और दोसरके पहिचान नै रहल अछि
पबित्र बिश्वासके घाँटी मोईख रहल अछि
केवल लोभ-और लालच बोईक क्
आजु ओने सिख सखल अछि
व्यबहार केकरा कहैत अछि?
व्यबहार बिसैरक् अधर्मके रास्ता चुनला केबाद
लुईट रहल अछि आजु आपने चेलीबेटी सबके इज्जत्
उडा रहल अछि आपने मजाक
मुद्दा तैयोभि चैल रहल अछि
घमण्ड और सान देखाक्
जतै-ततै बलात्कार करहल अछि
कानुन हमरे,पैसा हमरे सब किछ हमरे
गोँजीमे बोइक क्….
आँईखक् सामने अबला द्रोपदी नारीके जेखा
बस्त्र चितहरण करहल अछि
नङ्गा चलचित्र देखा रहल अछि
आपना द्रुयोधन समैझक्
केवल सविधानमे मात्रे लेखल गेलै
अनुसूची,धारा,नितिनियम
सब उलंघन देखल गेलै
मुद्दा तैयोभि मनाईब रहल अछि
उत्सब मनमगन भके…..
भुला रहल अछि मानव संस्कार
धूम्रपान,स्वार्थ और कामुकता बोकला केबाद
नचारहल अछि नङ्गा नाच आपने चेलीबेटी सबक………
यी सब देखोक् भि
मौन अछि यी आँईख।
नेपालीमा
~मौन छ यी आँखा~
एकाइशौँ शताब्दीमा युगले
पुन:टेकिएको छ आज आफ्नो पाइला
घुमिरहेको छ समस्त ब्रह्माण्ड लिई
तर पनि प्रबिधिको युगमा पनि किन खै?
रोकिएको छैन अधर्मका पाइलाहरु
सिकेको छैन मानवता सदभाव
किन खै?
आ-आफ्नोलाई चिनिरहेको छैन
पवित्र विश्वासको घाँटी रेटिरहेको छ।
केबल लोभ र लालच बोकि
अझ पनि सिकिएको छैन
व्यबहार भनेको के हो?
व्यवहारलाई बिर्सि अधर्मको बाटो चुनेपछि
लुटिरहेको छ आज आ-आफ्नै चेलीबेटीको इज्जत
उडाई रहेको छ आफ्नै उपवास
तर पनि हिडिरहेको छ घमण्ड र सान देखाएर…..
जता-ततै बलात्कार गरिदैछ
कानुन मै हुँ,पेसा मै हुँ सब थोँक गोँजीमा बोकेर
आँखाको सामु असक्त नारी द्रोपदी झैँ
बस्त्र चिरहरण गरिदैछ
नाङ्गो चलचित्र देखाई रहेको छ आफु द्रुयोधन हुँ भनि…….
केबल सविधानमा मात्र लेखियो
अनुसूची,धारा,नितिनियम
सबै उलंघन देखियो
अझ पनि लागु भएको छैन
तर पनि मनाई रहेको छ उत्सब मनमगन भई
भुलाई रहेको छ मानव संस्कार
धूम्रपानको नासा, स्वार्थ र कामुकता बोकेपछि
नचाई रहेको छ नाङ्गो नाच आफ्नै चेलीबेटीलाई….
यी सब देखेर पनि
मौन छ यी आँखा ।
मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ मा सम्मानित व्यक्तित्व सदायको ब्यक्तिगत विवरण-
सिराहा जिल्ला महदेवा गा.बि.स.पोर्ताहा-८ काे मुसहर समुदायकाे बिपन्न परिवारमा जन्म भई हाल सखुवानन्कारकट्टी गा.पा.-३ मिर्जापुर जिल्ला सिराहा वडा न-३ ( मिर्जापुर ) बस्ने असिलाल सदा तथा दुखनी देवी सदा का कान्छाे छाेराकाे रुपमा २०५९ असार २९ गते जन्मिएका रुपेश कुमार सदाय पेशाले विद्यार्थी हुन् ।
उनी हाल कृषि बाली बिज्ञान बिषयमा डिप्लाेमा तहमा अध्ययनरत छन् । २०७६ सालमा “आमाको माया” कविता मार्फत साहित्य लेखन शुरु गरेका उनले अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) काे अनेसास कविता प्रतियाेगिता २०२१ मा उत्कृष्ट कविता वाचन गरे वापत प्रमाण पत्र प्राप्त गर्नुकाे साथै कविता, मुक्तक तथा टुक्का कविता लगायत साहित्यका विविध बिषयहरूमा सक्रिय रुपमा कलम चलाउँदै आएका छन् ।

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- उन्याइसौ ( १९)
——————————————–
“पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिति:- २०७८/ ११ / १०
………………………………………….
प्रशिक्षक:-
सोमनाथ लुइटेल रवि पाल्पाली
सविता के.सी.
भाषा शुद्धीकरण सुझाव :-
सुशीला पौडेल
चन्द्रावती अधिकारी
सङ्कलक :-
सोमनाथ लुइटेल “रवि पाल्पाली”
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
======================
आजको अभ्यासमा दिएको अनुप्रास र स्थाई राखेर १४ अक्षरमा पञ्चाङ्ग लेख्नु हुन अनुरोध गर्दछौँ।
अनुप्रास र स्थायि
————–
नास भयो, बास भयो, खास भयो , लास भयो
२+२+३+३+२+२ अक्षर संखा १४
———————————-
सोचें जस्तो भएन सदैव नास भयो
डढ्यो घर जिन्दगी सधैंको लास भयो
जस्तो भयो सकिन सहन बाध्य भएँ
बाँच्दै जाऊँ जीवन मलाई खास भयो
के नै हुन्छ दु:खीको दु:खद बास भयो ।
✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली “
बाँच्दै जादा जिन्दगी त्यसैमा खास भयो
खुब प्यार भरिदै जूनेली रास भयो
भेल वर्षा होइन जीवन आशै आशा
फूल जस्तै सुन्दर नभमा बास भयो
चैन बोकी विताउ सदैव नाम भयो ।
✍️सरिता काफ्ले कोहलपुर बाँके
२+२+३+३+२+२ अक्षर संख्या १४
लोभी लोभी साउती गर्न मै खास भयो
भित्र भित्र मिलाप गर्न मै बास भयो
तिमी मेरो भनेर पहिले सङ्गै डुल्यो
उ नै सधैं बेचिदै हिडेको दास भयो
भन्छ बुझ्न नसक्ने रहेछ नास भयो ।
✍️प्रेम थापा “मन” बागलुङ
सुख दु:ख पीरमा खुसीको आस भयो ।
लामो यात्रा लेक र बेसीको बास भयो ।
घात गर्ने आफन्त मानिस कठै बरी ,
के नै भनौँ कसम जिउँदो लास भयो ।
आर्त आँसु मनमा जीवन खास भयो ।
✍️आर्त अकुलीन, कैलाली
सधैं भरि जिन्दगी अरुकै खास भयो
खुसी प्यार भरिदै मनमा बास भयो
आँधि हुरि तुफान लाई छल्दै जिवन
मुस्कुराउ अब दुख पिडा नास भयो
नभन यो जिन्दगी जिउँदो लास भयो।
✍️चेतना पोखरेल , मोरङ
२+२+३, ३+२+२ =१४ अक्षर
————————————————
टाढा टाढा जङ्गल , बेलुकी बास भयो
डाका आई चोरेछ , सर्वस्व नाश भयो
नहिँडेर नहुने , दुर्गम थियो घर
कहाँ केपो भेटिन्छ, भनेर आस भयो
घर पुग्ने नपुग्ने , निकै नै त्रास भयो ।
————————————————
✍️गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका
मानवको जिन्दगी त्यसै नै खास भयो
भबिस्यको लागि सुन्दर नै आस भयो
दुःख पछि सुख आउला भन्ने इच्छामा
आज जिन्दगी सडक को नै बास भयो
जिउने कला नजान्दा आज नास भयो।
✍️सरस्वती श्रेष्ठ इटहरी
याे जिन्दगी कुनै बेला कस्तो खास भयो
कतै मालिक् हुनै पर्ने कतै दास भयाे
जन्मिएर संघर्षमा जुध्नै पर्ने रैछ
यसैले त घुम्दै जाँदा कहाँ बास भयाे
थाहा हुन्न मरेपछि यही लास भयाे
✍️ताेयानाथ सुवेदी,काठमाडौं
एम.सि.सि.बिषय सर्वत्र खास भयो
जताततै हेर् आन्दोलनको बास भयो
जनता त चाहँदैनन् नेता लाद्न खोज्छन्
थुप्रै कुरा दोहोरो झड्पमा नास भयो
जनताको चाहना हेर् ज्यूँदो लास भयो।
अरुण कु.भुजेल
✍️गोरूबथान,कालेबुङ्ग,भारत।
ऐले बिश्वभरि नास भयाे के गर्नु
काेविडे जता पनि बास भयाे के गर्नु ?
श्रमिककाे काम खाेसियाे भाेकै वस्ने भाे
अहिले समय नेतालाई खास भयाे के गर्नु
सत्यानास हुँदै लास भयाे के गर्नु ?
✍️मधुसूदन प्रसाद घिमिरे, काठमाडौ
आफू गयो अरु त उस्लाई खास भयो
जिऊँ भने जीवन किन हो नास भयो
काबु छैन हृदय जोखिम भैइ जाने
सोचेँ आफ्नै हुँदैन कसैको आस भयो
आज मेरो जवानी गुफाको बास भयो।
✍️अम्बिका अधिकारी
झापा विर्तामोड
गर्न खोज्दा सधैं जिन्दगी नास भयो।
जिन्दगी हिँड्दा हिँड्दै जिउँदो लास भयो।
आफूले सोचे जस्तो जिन्दगी नै नहुँदा,
राम्रोसँग फेर्न नसकेको सास भयो।
कहिले काँही बीच बाटोको बास भयो।
✍️सुशीला पौडेल , काठमाडौं
तिम्रो दिलमा पहिलो माया बास भयो,
सुरु सुरुमा खुब चौपट्टै खास भयो ।
सम्बन्धले पूर्णरूप दिन्छ भन्ने थियो,
सोच व्यार्थ रैछ बेकारमा नास भयो,
बचाउछु भन्दा त्यहि माया लास भयो।
✍️दुर्गा आचार्य , मोरङ
जिऊँ भने जीवन कस्को नै आस भयो
हेर्छु रात दिनमा उराठ बास भयो
बात मात्र गरेको पाइन्छ जता ततै
काम गर्दै जानाले अरुको दास भयो
बाँचे पनि जिउँदो नसक्ने लास भयो ।
✍️पद्मा रिजाल , कोहलपुर बाँके
जताहेर्यो युवाको क्रान्तिको बास भयो
कारक तत्व त्यो एम सिसि खास भयो
ईच्छा छैन नचाहिने मात्रै भयो काम
नेपालीकै अस्मिताको कत्रो नास भयो
निरही जनको सडकमा लास भयो।
✍️दुर्गा भट्टराई , मोरङ
जब गयाै छाेडेर जीवन नास भयाे
अझै फर्कि अाउँछाै भनेर अास भायाे
कुर्दै अाखाँ याेछ्याइ बाटोमा राख्दै यहाँ
उता अर्को फेरेर अान्दकाे बास भयाे
मराे आज शरीर जिउँदो लास भयाे।
✍️रामराजा के.सी.
फर्पिङ, काठमाडौं
समय यसै सकियो साथी नाश भयो
बेरोजगारी जिन्दगी पनि खास भयो
अव्यवस्थित सरकाले देश खान्छ
चाप्लुसीमा जीवन काटियो दास भयो
घुस्याहाको रहेछ, आम्दानी राश भयो ।
✍️सविता के.सी. काठमाडौं
सधैँ आँसु आँसु कहाँ एकनास भयाे?
साथ छैनाै प्यारा पीडाकाे त रास भयाे ।
मातृभूमि छाेड्याै धनै सबैमाथि देखी,
चेत्याै हाेला दुख्दा आखिर काे खास भयाे?
पराईकाे भूमिमा जवानी नाश भयाे ।
✍️चन्द्रावती अधिकारी
जिऊँ भने जीवन कसैको आस भयो
हेर्छु रात,दिनमा उराठ बास भयो
कुरा मात्र गरेको पाइन्छ जता ततै
काम गर्दै जानाले अरुको दास भयो
बाँचे पनि जिउँदो नसक्ने लास भयो।
✍️निर्मला सुवेदी,बागलुङ।

साताका तीन लघुकथाको छैटौँ शृङ्खलामा यो साता नमस्ते आधुनिक लघुकथा मञ्चमा प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (तरकारी, बाध्यता र नियति) छनोट गरी प्रकाशन गरिएको छ।

✍️ त्रिलोचन ढकाल
“आउनुहोस् ! आउनुहोस् !! आउनुहोस् !!!”
सबै आवाज आएतिर फर्कनु स्वभाविक थियो । सुरिलो आवाज घन्केको पुन सुनियो-
“टमाटर सयको डेढ किलो । गोभी, बन्दा, मटर कोसा, सिमी, ब्रोकाउली, गाजर सबै छ । सबै सस्तो छ ।”
कच्ची सडकको किनारामा क्वाटर ट्रक उभिएको थियो । सबै किसानहरू उसैको नगिचैँ गएका देखिए । सबैले आ-आफ्नो रुचि अनुसारको तरकारी खरिद गर्दै थिए ।
“कहाँबाट ल्याउनु भएको हो तरकारी ?”
“पोखराबाट”
“कति खेप बेच्नु हुन्छ, दिनमा ?”
“एक खेप । बिहान मण्डीबाट तरकारी खरिद गर्छु । गाउँले कच्ची बाटोमा घुम्दै पञ्चमुल-सिरुबारीसम्म पुगेर बिक्री गरी सक्छु । साँझ फेरी मण्डी नजिकैको धरातलमा पछारिन पुग्छु ।”
“नाफा कति हुन्छ ?”
लज्जावती मुस्कानका साथ उनी बोलिन्-
“त्यस्तै तिन गुणा जति ।”
गाउँ तरकारी उत्पादन गर्ने थलो हो भन्ने बुझिएको थियो । त्यही ठाउँमा तरकारी बेच्दा गुणात्मक फाइदा हुने कुरा सुन्दा अचम्म लाग्नु अस्वाभाविक भएन । ग्राहकको यस्तो मनस्थिति बुझेपछि उनको चञ्चल ओठ थरथरायो-
“गाउँमा अधिकांश किसानले तरकारी खरिद गरेर खान्छन्। बरू शहरतिर कौसी खेती लोकप्रिय भएको छ ।”
आनन्दआश्रम; फापरथुम, स्याङ्जा

✍️ म्यामराज राई
उसले विदेशबाट फेसबुक मार्फत बिचौलियाको घोर विरोध गर्थ्यो। त्यो विरोधको आवाजलाई समर्थन त कति हो कति । ओकलेको उसको हरेक आवाजमा लाइक लाखौं, प्रतिक्रिया हजारौं तथा शेयर गर्नेको संख्या पनि गनी नसक्नु जत्तिकै थियो।
ऊ छुट्टिमा घर आयो। बिचौलियाहरूले फेसबुकमा उसको फोटो देखेकाले परैबाट उसलाई चिने।
”हामीलाई चिन्यो भने त हाम्रो कमाइ खाने भाँडो फुटाइदिन्छ।” मनमनै डराउॅंदै उनीहरूले आफ्नो काम भने नियमित जस्तै गरिरहे।
फर्किने बेलामा श्रम स्वीकृति पत्र अनिवार्य लिनुपर्थ्यो। छ घण्टा लाइनमा उभ्यो तर त्यो दिन पालो आएन। हातमा भोलि साँझ उड्ने टिकट थियोे। निकै सास्ती र प्रक्रिया लामो देख्यो।
एक बिचौलियालाई अलग्गै बोलायो। ”ल ! मलाई त चिनेछ कि क्या हो?” मुटुमा ढ्याङ्ग्रो बज्न सुरु भयो। ”किन र हजुर?”
“काम गरिदिनु पर्यो।” उसले अनुरोध गर्यो।
“हुन्छ।” इज्जतको सवाल सम्झेर सीधैँं स्वीकार गर्यो। पैसा दिए लिउॅंला, दिएन भने पनि माग्दिनँ।
करिब आधा घण्टा नबित्दै श्रम स्वीकृति पत्र उसको हातमा आइपुग्यो। उसले सरकारी संयन्त्र सम्झेर पीडाको आँशु खसाल्यो। र मन भारी पार्दै बिचौलियाको हातमा एउटा हात्ती थमाइदियो।
भोजपुर । हाल जापान

✍️ निर्मला बराल
मन्दिरमा सधैँ साँझ बिहान बज्ने शङ्खको ध्वनी सुमधुर लाग्दथ्यो । तर त्यसरी दिउँसो आँगनमा एकोहोरो शङ्ख बज्दा कता कता मन चसक्क भएर आयो ।
यसो हेरेको त, सधैँ तुलसी मठको परिक्रमा गरी पूजा अर्चना गर्ने मेरो बा, त्यहीँ भुईँमा लम्पसार हुनुहुन्थ्यो । रुँदारुँदा आमाका आँखा ओभाएका थिएनन् । छिमेकी आफन्त मास्क लगाएर पर पर उभिएका थिए । कोही भने आफ्नो घरको झ्यालबाट रमिते झैँ हेर्दै थिए । मेरो पनि होसहवास् उडे जस्तो भयो । लमतन्न सुतेको बुबालाई हेर्दै मैले भनेँ,
“भित्र कोठामा सुताऔँ न बालाई, चिसो लाग्यो भने के गर्ने फेरि ?”
कोही केही बोलेनन् । उल्टै मलाई पनि बुबा नजिक जानबाट रोकियो । “कस्तो लाटो रै’छ यो हँ ! नजिक परेर अरुलाई पनि कोरोना सार्न खोजेको ?”
बेचैन हुँदै मैले आमालाई अँगालो हालेँ अनि मनभरी रुन खोजेँ । मेरा कानमा झट्ट आवाज आयो, “बिचरो यो छ–सात बर्षको बालखले कसरी दाग बत्ती देला, हँ ?”
मेरो बाल मस्तिष्कमा दाग बत्ती के रहेछ भन्ने प्रश्न खडा भयो । दुईचार जना थिए, त्यसमा पनि के गर्ने कसो गर्ने भन्नेमा सबै अलमल थिए । त्यसै बखत वडाको अध्यक्ष काका हस्याङ्फस्याङ् गर्दै आइपग्नुभयो । “ए ल ! कोरोना हैन रै’छ, हर्ट एट्याक पो पुष्टी भयो त ! ढुक्क भो, लौ जुटौँ !”
त्यो सुन्ने वित्तिकै सबैका अनुहार उज्याला भए र सबै नजिकिए ।
बालाई बाँसमा बेस्सरी डोरीले कसियो र रामनामी कपडा ओढाइयो । फेरि मनै रुवाउने एकोहोरो शङ्ख बज्यो । चारतिर बाँस समाती उठाए । आमा चिच्याउँदै सँगसँगै परसम्म कुद्नु भयो । मैले सायद रुन बिर्सिएँ । खोलो छेऊमा लगेर बालाई बिसाए । मेरो कपाल खौरिदिए । बलेको दियो बाको मुखमा राख्न के भनेका थिए, म चिच्याएँ, “नाईं…..नाईं….पोल्छ, बालाई !”
“किन रोएको ? कुनै नराम्रो सपना देख्यौ कि क्या हो, छोरा ?” बाबाले मलाई बोक्दै सोध्नु भयो । बाबाको अँगालोमा बसेर लामो लामो सास फेर्दै भनेँ, “अब हामीलाई छोडेर नजानु ल ?” म अझै निद्रामै थिएँ । तर बाले भनेको म सुन्दै थिएँ, “बाबु तिमीहरूलाई छोडेर अब कहिल्यै परदेश जान्नँ, आफ्नै देशमा बसेर केही गर्छु ।”
सानो ठिमी, भक्तपुर

काठमाडौ, । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २२ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
अभ्यासमा ४७ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २२औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
आज बोलेर भोलि भुल्छन् जनताका के कुरा,
राष्ट्र हितमा होस् नहोस् आफ्नो हितमा छ पुरा ।
✍️ वसन्त अनुभव

[१]
सोझा साझा जनतालाई, लुट्नुसम्म लुट,
विदेशमै थुपार्यौ धन, त्यतै जान जुट ।
[२]
वाह ! क्या गजब जनतालाई लुटेर स्वर्गमा जाने,
जनतालाई उनैले सधैँभरी भेडा र बाख्रा ठाने।
[३]
माला पहिर्याइदिने या गलहत्त्याउने,
राम्रो हेरौँ चारो फाल्दै फकाउॅंदै आउने।
[४]
राष्ट्रको हितमा हैन, नेताकै हितमा भयो,
देशको महिमा छैन, राष्ट्र पिछडिदै गयो ।
[५]
अन्यायको बिरोध गरौँ देशको विकास गर्न,
एकताको माला बुनेमा पाउनन् तागत हर्न।
[६]
कुर्सीको लागि लडे यी नेता धेरै स्वार्थी भए,
वेरोजगार जनता कठै परदेश गए ।
[७]
देशमा बहिरो छ प्रशासन अन्धा छ कानुन,
भ्रष्टाचारीको साम्राज्य छ जनताको चिसो खुन।
[८]
पदै मेरो नेता, आज बोल्छु भोलि भुल्छु,
कसलाई के को चिन्ता भट्टीतिर डुल्छु ।
[९]
त्यागौँ खराब आदतहरू भए हाम्रो,
समयमै आफ्नो बानी सपारेको राम्रो ।
[१०]
राष्ट्रघात गर्नलाई बारम्बार कम्मर कस्छु,
जति विरोध गरे पनि रमिता पो हेरी बस्छु ।
[११]
नेता हुँ म मेरो बानी कसलाई थाहा छैन,
कमाउने बेला नै यही हो मैले ढाट्या हैन।
[१२]
यस्तो रुप देखाउन खै कसरी सकेका होलान् ,
आज गल्ती गर्नेहरू कुना पसी अवश्य रोलान् ।
[१३]
जनतामारा टारेर झारा चुम्बके आसन,
लिएर सारा देखायौ पारा भुँडीको शासन ।
[१४]
कामकाज हुँदै गर्छ दुनो सोझ्याउँदै गरे,
आफ्नै पेट भरे पैले जनता ठाउमै मरे।
[१५]
जनतालाई झुटो बोली भोट माग्दै हिडेथ्यौ,
आफ्नो स्वार्थ पूरा गर्न विपक्षिलाई गिडेथ्यौ ।
[१६]
जनतालाई बोलेर नै मिठो बोली सधैँभरि भुलाएँ ,
मेरो नेपाललाई किन? बाहिरी हस्तक्षेपमा डुलाएँ ।
[१७]
भनेजस्तो सजिलो छैन राजनीतिको कुरा,
पराईले धम्काउँछ प्यारा देखाएर छुरा ।
[१८]
जनतामा खाेस्टा फ्याँक्छन् आफू सँधै चुस्छन् जुस,
जति बिरोध गरे पनि छाड्ने हाेईनन् घुस ।
[१९]
शेर गुफा पस्दा गिध्द र स्यालको रजाईं,
बेलैमा होस् नपुर्याए बिदेशीकै कजाईं ।
[२०]
हो, यहाँ हरेक क्षेत्रका नेताहरूको उहीँ चाला,
जो गुटमुटाउन पाउँदैन त्यसैले रोप्यो भाला !
[२१]
आफ्नै हितको कुरा मात्र गर जनता जतासुकै मरोस्,
सुतेका जनता व्युँझी लखेटे देश छोडी भाग्न नपरोस्।
[२२]
पाईन्छ खर्चेर सारा शक्ति सत्यवादी राज्य राम,
जनताबाटै खुसी मिल्छ रोकिदैन उनको काम।
[२३]
खर्च गर्दै भोट माग्छु, कसरी गर्नु विकास,
आफ्नै खर्च उठाउँदा, किन खोज्दैछन् निकास।
[२४]
जस्तो भए नि जनता माझ फुस्रा भाषण गर्छु,
उनीहरूलाई नभए नहोस् आफ्नै भुँडी भर्छु ।
[२५]
चुनावमा भोट माग्छन्, चिप्लोचाप्लो कुरा गरेर ,
जितेर गएपछि हेर्दैनन् नेता उँधो झरेर ।
[२६]
नेता हित नभैकन राष्ट्र हित हुन्न,
सत्य कुरा बोल्दा यहाँ चाहान्छ को सुन्न ?
[२७]
जनताको मुख बन्द छ, नेता झुठो खोक्छ यहाँ,
आयो कहाँ लोकतन्त्र? जुत्ता तिनका बोक्छ जहाँ।
[२८]
देश विकासका नौला कुरा छन् गर्ने बातमा,
बेच्ने र लुट्ने सन्धि सम्झौता हुदैछ रातमा ।
[२९]
जनता बने गुच्छा नेताले खाए लाठी सहनु पर्छ।
अन्योलबाट छेउ युवाले लाए सयौं मानव मर्छ ।
[३०]
बोली बोलिमै सिमित हुन्छ व्यबहारमा आलु,
जसरी पनि बन्नुपर्छ यीनलाई ठुला ठालु ।
[३१]
थोत्रे चप्पल लाउने नेता सुटबुट लाउने भए,
गुन्द्रुक र ढिडो बिर्से तिनले आज मार्सी घिच्दै गए ।
[३२]
चोर भ्रष्ट बेइमान नेताहरुको कुरा किन गर्छौं?
राष्ट्रघाती एमसिसी खारेज गर नेता नत्र मर्छौं।
[३३]
जनताले हो पीडा बटुल्ने,
नेता परे आकाशमा डुल्ने।
[३४]
झुठ्ठा आश्वासन छर्दैछन् भिरेका छन् ताज ,
सिमाना मिच्नेसँग चुइक्क बाेलेनन् आज ।
[३५]
दुनियाँलाई मन्छाउँन बाचा कसम गरे,
एमसीसीलाई पन्छाउँने साँचाे छैन अरे ।
[३६]
आफ्नै हित सर्वाेपरि हाे जनताका के गर्नु कुरा,
मुखले राम फलाक्दै चलाउनु बगलीमा छुरा।
[३७]
इमान्दार छु म नेपालको नेता सच्चा,
नेपाली जनता सबै मेरो लागि कच्चा ।
[३८]
जे गरुँ जसो गरुँ दुनियाँलाई केको दरकार,
आन बान सान मेरै छ म यो देशको सरकार ।
[३९]
भुल्छन् सधैँ दिएकाे वचन कुर्सी पाएर,
झापड हानिदेउ जनता भाेट लाएर।
[४०]
देश र जनताको यीनलाई केकाे हुन्थ्यो र पिरमर्का,
अझ थाक्दैनन् तिनी कहिल्यै भ्रामक भाषण गर्न चर्का !
[४१]
देशको ढुकुटी सके पारेर छरपस्ट,
कहिलेसम्म खेप्नुपर्ने हामीले यो कष्ट ।
[४२]
खान्न खान्न भन्दाभन्दै काेच्याउँछाै किन?
तयार छैन् हाम्रो देश एम सी सी लिन।
[४३]
फेरि आउने दिन तोक्यो गाउँघर टोल,
हात जोडेर दैलो कुर्दै ओड्दै नयाँ खोल ।
[४४]
भोट माग्न आउँछन् नेता लुरुलुरु हेर,
राम्रो मान्छे मात्रै चुन्नु भोट नफाल्नु खेर।
[४५]
जनताकाे बल जफतले कुर्सी भेट्छाै,
सदनमा पुगेपछि किन घाँटी रेट्छाै ?
[४६]
गद्वारहरू गर्दैछन् एमसीसीका कुरा,
लगाएर नेपाल आमाका छातीमा छुरा ।
[४७]
बेइमान नेताहरु कौडिको भाउमा बिक्छन्,
आउदो चुनावमा तिनीहरू सबक सिक्छन् ।

काठमाडौ, । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २१ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
अभ्यासमा ५७ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २१ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
कति जल्छौ आरिसले, गर्दै मेरो डाहा,
मौकामा लेप लगाएँ, दुखेकोथ्यो घाहा ।
✍️ वसन्त अनुभव

[१]
डाहा गर अझैँ आउ लाैन बिन्ती गर्छु
तिमी तान्छाै जति तल लाग्छ माथि सर्छु ।
[२]
तिमी जल्दै गर आरिसले म प्रगति गर्छु
तिम्रो डाहासँग नडराइ भकारी नै भर्छु ।
[३]
भर्न देउ पहिला मलाई रबरको थैलो ,
रिस राग फालिदिन्छु यो मनको सबै मैलो।
[४]
तिमि जल्दै गर जल्ने बाटो सधै खाली गर्छु,
रिस राग अन्त्य गरि भकारिमा धान भर्छु ।
[५]
मौका मिल्दा चौका हान, हेर पर्दाखेरि दाउ,
पुग्ने गरी मलम लगाउ, नबल्झियोस् घाउ ।
[६]
आरिसेको कामै यस्तै डाहाले नै मर्ने,
सधैँभरी अर्काको चियो र चर्चो गर्ने ।
[७]
आरिसे र डाहा गर्ने गरिरहुन् है जत्ती,
आफ्नो कर्म गर्नु पर्छ डर नमान्नु रत्ती ।
[८]
मनको घाउ मेटाउन शीतल मल्हम लाएँ,
जमिन,जल,जङ्गलको सबै जडिबुटी खाएँ ।
[९]
तिम्रो लागी सबथोक हुँ म जे गरेनी हुन्छ,
शक्ति मेरो हातभरी जस्ले छुन्छ उहि रुन्छ।
[१०]
आरिसले किन जल्छौ देखासिकी गर ,
मिलीजुली खाऔँ साथी अलि यता सर ।
[११]
मलाई मज्जा तब छ मौकामा नुन, चुक हाल्दा,
ननिको लाग्छ खत उप्काई तिमीले काम थाल्दा।
[१२]
जले जलोस जल्नेहरु बुझ्नेले गर्दैछन् वाह,
निको भएको छ घाउ अब सबैले गर्छन् आह !
[१३]
नेता बनायौं कुर्सी दियौं भए बेपत्ता,
टन्न कमाइ हालियो गए जाला सत्ता ।
[१४]
हात्ती छाप चप्पल लगाइ शहर पसे पहिले,
राजनितीको पसल थाले महलमा छु अहिले।
[१५]
कति जल्छौं जल्दै गर,
डाहा गरी भुँडी भर ।
[१६]
भागबण्डा लाउन पर्ने घ्याम्पे छालाले रोज्छ,
डाहको प्रवाह छैन लागेको बानीले खोज्छ ।
[१७]
डाह गर्ने जल्ने मर्ने अल्छि अनि आरिसे,
चोट नदिई बस नत्र बन्छौ वेवारिसे ।
[१८]
आरिस गर्ने भोकै होलान् , म त टन्नै भएँ,
हुँ भान्से डाडु पन्यु सँगै , बस्न भित्र गएँ ।
[१९]
तिम्रो कामलाई होइन मुहारलाई डाहा गरेको,
त्यसैले त सधैँ तिम्रो नजिक नजिक हामी सरेको।
[२०]
आरिसले मर्नेहरू जति सक्छौ मर,
म त मेरै बाटो हिंड्छु खुट्टा तान्दै गर ।
[२१]
आरिसले जल्नेहरु आफैँ हेर खाक हुन्छन्,
थाहा भई भई पनि फेरि तिनै जाल बुन्छन्।
[२२]
डाहा गर्ने मान्छेको नै अघि जान मन लाग्छ,
यिनको त हेर्दै आँखा तरी रिस ममा जाग्छ,
[२३]
आरिस गर्नेहरु गरुन्
जलेर मर्नेहरु मरुन्।
[२४]
किन जल्नु आरिसले ? लिएकाकाे घाउ,
तिमीले नै खाेज्या छाै कि ? घात गर्ने दाउ।
[२५]
खुट्टा तान्ने प्रवृत्ति बचाई राख सदा,
कहिल्यै हार्दिनँ मेरो पछि तिमी छदा।
[२६]
डाहा गर्दै तछाड मछाडको रमेका छन् कुर्सी माथि,
जनतालाई दुःख दिदै चिल्लो कारमा छन् भ्रष्ट साथी ।
[२७]
दु:खमा नि खुसी थिएँ दुनियाँले देख्दा,
हाँसो उठ्छ अहिले त्यो इतिहास लेख्दा ।
[२८]
कुर्सी मात्र कति गर्छौं नेता तानातान,
देश त खोक्रो बनाई छाड्याै जानाजान।
[२९]
जल्नेहरु जल्दै गर मर्ने मर्दै गर,
तिमी जस्तो मानिसको हेर्दिन अधर।
[३०]
आरिस अनि डाहा गर्ने सबै उँधो लाग्छ,
कर्म गर्ने कर्मवीरको सधैँ भाग्य जाग्छ।
[३१]
जति रिस र डाहा गरेपनि माया जस्तै लाग्छ,
कति आउँछन् घोचपेच झन पो जाँगर जाग्छ ।
[३२]
दुनियाँको कुरा सुनेर असमझदारी पो भएछ,
तिम्रो मेरो विश्वासले कुन्नि कता टाप कसी गएछ ।
[३३]
विरलै भेटिन्छ मान्छे सबको भलाइ गर्ने,
घाउ चहर्याइ रहेको बेला मलम भर्ने ।
[३४]
सक्दिनँ म राम्रो देख्न छैन भन्छु डाहा,
लौन समाज मलाई मात्रै भन आहा !
[३५]
मलाई कुनै दुःख पर्दा, तिम्रा घर भोज गर्छौ ,
रक्सी धोक्दछौ शान्ति हुन, एकदिन थला पर्छौ।
[३६]
हात्ती लम्कदै जान्छ, कुकुर भुक्दै गर्छ ,
मेहनत गरे , डाहा गर्ने पछि सर्छ ।
[३७]
मेरो काम प्रति किन यतिधेरै आक्रोशित हुन्छौ,
प्रगति गरेको देखेर एकदिन जलेरै मर्छौ।
[३८]
प्रगति गरेको त देख्नै नहुने रिस डाहा गर्ने,
सिन्कोसम्म नभाँच्नेहरुले किन जलिजली मर्ने।
[३९]
मानेको छैन् मैले कसैलाई पनि रिस अनि डाहा ,
मलाई मात्र छ सधैँ मै खाऊँ मै लाऊँ भन्ने चाहा ।
[४०]
आरिसले जलि तिमी आफै खरानी बन,
आफ्नै पाैरखले कमाई रहन्छु म धन ।
[४१]
रहर हुँदाहुँदै हो गरिने चाहा,
केहि गर्न नसक्नेले त गर्छ डाहा ।
[४२]
धनका धनी हौली तिमी आकाशमा उड्यौ,
मेरो नजरमा त बरै सागरमै बुड्यौ।।
[४३]
कति बस्छौ तिमीहरू अरूकाे डाहा नै गरेर,
स्वार्थी बनेर सधैँ रिसले आफ्नो मन भरेर।
[४४]
डाहा के गर्नु छ र परिश्रममा बल,
गर्नसके आफैँ झुल्छ कमाईको फल ।
[४५]
डाहा गरून् या आरिस गरून् राखिदैँन चासाे,
गर्ने कर्म छोडिँदैन सकिएला बरू हाँसाे ।
[४६]
संघर्षशिल ति पाइलाहरू चलाउँदै जाउँ ,
गन्तव्यमा पुगे आफैँ बिलाउँछन् मनका घाउँ !
[४७]
धनको बिटा सम्झिएर भएको त्याे घाहा,
हामी सिधा जनलाई कहाँ हुुन्छ र थाहा ।
[४८]
स्वार्थी बनेर नेताले, देश बेच्नै लागे,
आफ्नै दुनो सोझो पार्न, डलर नै मागे ।
[४९]
जल्ने जतिले जल्दै गर्छन् बल्ने बलिरहन्छन्,
रोकिदैनन् मेरा पाइला सदा चलिरहन्छ्न् ।
[५०]
रिस गर्ने गर्दै गर फूल झर्ने छैन,
काम गर्न नसक्नेले डाहा गर्ने हैन ।
[५१]
लाेभ छैन लाभ छैन, रिसराग हैन,
भाेकप्यास औधि लाग्यो, ठूलो भाग छैन ?
[५२]
कति जान्ने भएछौ है, चाकरीका कुरा ,
केहि गर्ने जोहो छैन, बोल्दाखेरी छुरा ।
[५३]
तिमी जल्दै जाऊ डाहाले म हिँडिरहन्छु पथमा,
जति अबरोध गर मेराे जीवन रुपि रथमा।
[५४]
आरिसेका आँखा हेर कत्ति बलेका,
अर्कालाई लुटिकन खाई जलेका ।
[५५]
कति स्वार्थी बन्ने मलाई देखावटी माया गर्दै,
मेरो हिड्ने बाटो बाटोमा तिखा तिखा काँडा छर्दै।
[५६]
डाहा र ईर्ष्या बालेर आफ्नै मुटु जलायो,
“मेरा स्वार्थ सर्वोपरि” भनी हल्ला चलायो ।
[५७]
जति जल्छौ जल्दै गर मलाई केही डर हुन्न,
जसो गरे पनि मेरै हो पालो कसैले नि छुन्न ।
जय टुक्का ! जय साहित्य !!

काठमाडौ, ०७ फागुन । साप्ताहिक उदक लेखन शृङ्खलाको ४०औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर

[१]
अनुदान
वैदेशिक हड्डी
कुकुर बिचको युद्ध !
[२]
सडक
कुकुर युद्ध
त्रसित गाउँ सहर !
[३]
युद्ध
हुँदैछ शक्तिको
प्रार्थना गरौं भक्तिको।
[४]
पशु
दाह्रा हतियार
डर देखाउँछ बाँच्न !
[५]
कुकुर
शक्ति प्रदर्शन
मान्छेलाई युद्धकाे दर्शन !
[६]
झगडा
कुकुरको परिचय
हड्डिकै लागि मरिहत्ते !
[७]
रिस
क्षणिक पलको
दाह्रा नकिट पागल !
[८]
कुकुरको
खतरा झगडा
शक्ति प्रदर्शन गरेर !
[९]
सर्वत्र
आपसी दम्भ
डाहा ईर्ष्या विचित्र !
[१०]
हेर्याैँ
सबैकाे दम
काेही छैन कम !
[११]
जुधाई
क्षणिक आवेग
अनिश्चित द्वन्दात्मक परिणाम !
[१२]
युद्ध
शक्तिको प्रदर्शन
दाह्रा तिखार्दै कुकुर !
[१३]
दम्भ
सबैका घमन्ड
परिणाम आपसी युद्ध !
[१४]
झगडा
जीउन गाह्रो
पशुको लडाइँ तगडा !
[१५]
झगडा
सानोतिनो कुराको
परिणाम हुन्छ जिवनभर !
[१६]
युद्ध
छिमेकी छिमेकीको
सिमाना मिचिएको हुनाले !
[१७]
घमण्ड
झगडाको कारण
एउटाको हुन्छ मरण !
[१८]
सडक
कुकुर भुकाई
सत्तामा अर्काको रजाइँ !
[१९]
गोरे
यसरि नहेप
छैन् काले कमजोर !
[२०]
झगडा
कुकुर कुकुरको
मात्र पेटका लागि !
[२१]
कुकुर
दुईको लडाइ
हड्डी खानको खेल !
[२२]
युद्ध
दम्भको परिणाम
देश डुबाउने खेल !
[२३]
जात
अनुसारको व्यहोरा
समाज विकृती दृश्य !
[२४]
कुकुर
लडाइको मैदानमा
शिकारीले फालेको हड्डी !
[२५]
लुछाचुँडी
दुई कुकुरको
चरम सत्ता माेह !
[२६]
कुकुर
अत्यन्तै रिसालु
जिस्काए आफैंलाई नोक्सानी !
[२७]
लडाइँ
भाई भाईमा
अहिले देशको परिस्थिति !
[२८]
सिपालु
गर्न झगडा
देखाउँदै रिस तगडा !
[२९]
कुकुर
विदेशीको हड्डी
घर घरको झगडा !
[३०]
कुकुर
लडाइँ गर्छन्
मज्जा अर्कैले लिन्छन् !
[३१]
कुकुर
खैह्रे काले
दुबै उस्तै भाले !
[३२]
द्वन्द्व
बिचमा पुग्नु
जीवन समाप्ति मार्ग !
[३३]
कुकुर
आपसी द्वन्द्वमा
रमिता बिच सडकमा !
[३४]
बफादार
मालिक प्रति
शत्रु देखि नसहने !
[३५]
कुकुर
एमसीसी लफडा
नेतालाई बिदेशी हड्डी!
[३६]
राजनीति
दाजुभाइकाे झगडा
कुकुरलाई हड्डीकाे खेल !
[३७]
तैंले
टोकिस् भने
म पनि टोक्छुँ !
[३८]
विकृत
बलवान समय
केवल कुकुरको राज !
[३९]
समाज
टानिक टाना
कैसिक चली जिनगी !
[४०]
बेमेल
कुकुरको झगडा
आपसमा झगडा भनाभन !
[४१]
बेहोरा
स्वार्थको आहारा
कुकुर शैलीको राज्य !
[४२]
कुकुर
आपसी झगडा
फाइदा लिने अरू !
[४३]
तगडा
नेपालको राजनीति
हड्डीमा कुकुर झगडा !
[४४]
कुकुर
हड्डीमा झगडा
देखाए आफ्नो ब्यहोरा !
[४५]
समय
कुकुरको राज
बनेन दिन खास !
[४६]
घमण्ड
श्वान क्रुध्द
ठूलाे भागमा युद्ध !
[४७]
परिस्थिति
हड्डी मोह
कुकुरे प्रवृतिको पाराकाष्टा !
[४८]
लडाई
तागत घमण्ड
घाटा दुबै पक्षको !
[४९]
फाल्यो
हड्डी अमेरिका
नेपाली कुकुरको लुछाचुडी !
[५०]
कुकुर
जातै अनौठो
गर्छन् तिब्र लुछाचुडी !
[५१]
राजनीति
लड्दै दाजुभाइ
कुकुर हड्डि मोह !
[५२]
झगडा
शक्तिको प्रदर्शनी
सबै तातो आगो !
[५३]
नाइकेहरू
निरन्तर द्वन्द्वमा
टुक्रा हड्डीको खातिर !
[५४]
कुकुर
स्वार्थी झगडा
राजनीतिमा भित्रिँदै विकृति !
[५५]
चिनिन्न
कुकुर कोहो
साच्चै चुनावको दिन !
[५६]
कुकुर
सत्ता लोलुपता
नेता बिचको द्वन्द्व !
[५७]
रमिता
भाइ झगडाकाे
रमाउँदै हेर्छ छिमेकी !
[५८]
नियत
कुकुरको जस्तै
हरेक समय आतङ्क !
[५९]
झगडा
जातीय स्वभाव
केवल विवेकहिन रवाफ !
[६०]
कुकुर
जातीय द्वन्द्व
फैलाए नियतिमा गन्ध !
[६१]
कुकुर
देखावटी युद्ध
भित्रभित्रै निकै साठगाँठ !
[६२]
कुत्ता
हड्डकाे लागि
लड्न भयाे तयार !
[६३]
गर्जन
भुस्याहा कुकुर
दाह्रा किट्दै फ्याउरा !
[६४]
फैसला
अन्तिम उपाय
प्राकृतिक न्याय आधार !
[६५]
जतासुकै
कुकुरको बस्ती
भुस्याहा कुकुरकै गस्ति !
[६६]
कुकुरको
जुनि लिएका
अर्काका गाँसमा पालिएका

गुलाबको फूल लिएर भेट्ने आउँने छु प्रिय।
सधैं तिम्रै मायाको साथ पछि धाउने छु प्रिय।
हाम्रो जिन्दगी एक विश्वासमा चल्ने गर्छ सधैं,
म विश्वासको सधैँभरि साथ पाउने छु प्रिय।
हामी बीच आइपर्ने बाधा हटाउँने छु प्रिय।
सुशीला पौडेल , काठमाडौं
सधैं तिमी मेरो यी आँखाको नानी हौं प्रिया।
जीवन मसँगै काट्ने जिन्दगानी हौं प्रिया।
हाँसीखुसी दिन बिताउन तिमी नै मेरो,
दिनहुँको प्यास मेटाउने पानी हौं प्रिया।
माया र प्रेमको बास्ना दिने खानी हौ प्रिया।
तिमी बिनाको जिन्दगी खाली लाग्छ मलाई।
फूल अक्षता बिनाको थाली लाग्छ मलाई।
सँगै बिताएका पल याद गर्दै अहिले,
एकान्तको बसाई कहाली लाग्छ मलाई।
तिमी बाहेक अरु त जाली लाग्छ मलाई।
ह्यारिस ह्यारिसन ,काठमाडौं
गुलाबको फूल राखेको हातमा सुकेर गयो
मैले बोलाएँ माया भनी किन हो लुकेर गयो
प्रेमिल दिवसमा फूलको साथै प्रस्ताव राखेँ
आफ्नो भन्दाभन्दै कसरी भुलेर चुकेर गयो
मायाको अगाडि मायानै दिलैले झुकेर गयो ।
– सोमनाथ लुइटेल “रवि पञ्चाङ्ग”
पाल्पा तानसेन
प्रेम दिवसले मलाई मात आयाे
प्रेमिकाले दिएकाे मिठाे भात आयाे ।
आफ्ना मान्छेले दिएकाे जे पनि मिठाे
प्रेमिका सँग डेटिङ् मा नै रात आयाे ।
उत्साहमा खातमा बस्दा प्रात: आयाे
मधुसूदन प्रसाद घिमिरे , काठमाडौं
प्रेमकाे दिवस वर्षमा एक दिन आउँछ रे
याे दिन माया प्रेम लगाएर छुट्टी पाउँछ रे
अरू समय सधैँ आपसी द्वन्दका गीतहरू
गुञ्जाउदै निरन्तरले त्यही गीत गाउँछ रे
प्रेमीकाे सम्पति खाेज्न प्रेमिका अड्डा धाउँछ रे
ताेयानाथ सुवेदी , काठमाडौं
के प्रणय दिवस चोखो माया सधैं पबित्र छ
कस्ले दोष दाग लाउन नसक्ने चरीत्र छ
कमि हुने छैन विश्वासमा आपसमा हाम्रो
बढिरहन्छ अझै जिम्मेवारी मन भित्र छ
दिलमा बस्ने मान्छेको अनुहारको चित्र छ ।
तारा घिमिरे संखुवासभा
प्रेम गर्नेलाई सधै प्रेम दिवसको शुभकामना ,
जुगौँ जुग पाउने हो प्रेम दिवसको शुभकामना ।
प्रेमलाई अरू समय आपसी द्वन्द नगरौ सधैँ ,
सफल बन्दै जाउन प्रेम दिवसको शुभकामना ,
अम्बर बन्न सकोस प्रेम दिवसको शुभकामना ।
दुर्गा आचार्य
मोरङ
सक्छौ भने सच्चा प्रेमी बनेर आऊ
सुध्रने वाचा कसम गरेर आऊ
प्रणय दिवस मै किन माया प्रीति?
सधैँ प्रेममय कुरा सोचेर आऊ
रिस-राग-द्वेष उतै फालेर आऊ।
अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
सदैव प्रेम गर्नेलाई प्रणय दिवसको शुभकामना
राम्रो बिचार भर्नेलाई प्रणय दिवसको शुभकामना
प्रेमलाई बर्ष दिनमा एकपटक मात्र सम्झने हैन
सधै नै कर्म गर्नेलाई प्रणय दिवसको शुभकामना
आनी बानी सुधार्नेर्लाई प्रणय दिवसको शुभकामना ।
दुर्गा भट्टराई
मोरङ
प्रेम दिवस एउटा मिलनको क्षण साथमा थियो
कल्पनामा डुवेर पत्र लेखी दिएको हातमा थियो
सबै भुलेर सपनाको घर बनाउदा बनाउदै
अचानक आधि आयो चकनाचुर नै जातमा थियो
सम्झिँदा जिउने आधार सियोले नसा रातमा थियो ।
अम्विका अधिकारी
झापा विर्तामोड
नबनोस् प्रेम सङ्कुचित दिवस मनाएर कतै
प्रेम जीवन हो नसोच्नु उपहास बनाएर कतै
कहिलेकाहीँ चाहिने सुपथ माल होइन हजुर
बज्रपात नहोस् जिवनमा प्रेम जनाएर कतै
रित्तिन नपरोस् हजुर एकैचोटि खनाएर कतै।
निर्मला सुवेदी,बागलुङ।
जीवनको शान्ति ल्याउनुछ सदैव लाली बनेर
घरको शोभा रुपी, फूल फुलाउने डाली बनेर
हाम्रो प्रेम_दिवश त सधै थियो,छ अनि हुनेछ
चलन जहाँको भएनी रहन्छौ नेपाली बनेर
सजाई देउ तिमी नै सबैकी आमा माली बनेर ।
प्रेम थापा “मन” बागलुङ
रातो गुलाफमा छैन मिलन, हरियो सागमा छ जीवन
जोवन भारी गैँडाको जोगाउन सके खागमा छ जीवन
आफ्नो संस्कार भुलेर परदेशी सिको नगर्नु नगर्नु है
समय परिवर्तन समाचार उही, कागमा छ जीवन
देखेको पाइन्न लेखेको पाइन्छ, आफ्नै भागमा छ जीवन ।
सविता के.सी. काठमाडौं
प्रेम दिवसकै मात्र कुरा सुन्छु नि जता तता हजुर
पछि परे कि भनेर मन चस्किन्छ कता कता हजुर
कुन देशबाट आएको हो नि यस्तो नक्कल बिदेशिको
खै कता खोजौ प्रेमि पनि छैनन् कतै अत्ता पत्ता हजुर
प्रेम गर्न प्रेम दिवश नै चाहिन्न भन्छु मत हजुर।
चेतना पोखरेल
मोरङ
१
कैले गुलाफ दिएर गुलाफी जीवन बनाउँछौ तिमी
प्रणय दिवस भन्दै प्रेमले यो मन् सजाउछौ तिमी
तिम्रो कुन रूपलाई विश्वास गरूँ दोधार पार्यौ आज
सुन्दैछु आजभोलि अर्कैको जीवनमा रमाउँछौ तिमी
दुई दिन सगैँ हिड्दैमा अघाएको जनाउँछौ तिमी
२
भो अब नआऊ प्रेमील मनहरु गुलाफ लिएर समीपमा
रंगीन नदेखाउ सपना एक दिन माया दिएर समीपमा
मलाई त जूनी जूनी बेहिसाबी निराकार मायामा सजिनुछ
आफैलाई प्रेम गर्दैछु आज दिएको आँसु पिएर समीपमा
देखाउनुछ धेरै केही गरेर तिम्रै अघि जिएर समीपमा
पद्मा रिजाल – बाँके
विदेशीकाे नक्कल भ्यालेन्टाइन डे
प्रेम प्रेमि सक्कल भ्यालेन्टाइन डे
प्रेम दुई आत्माकाे सुमधुर मिलन्
केटा भेट्ने अक्कल भ्यालेन्टाइन डे
झिलिमिलि झक्कल भ्यालेन्टाइन डे
वर्षदिनकाे एकफेर प्रेमदिवस आयाे भन्छन्
अघिपछि दुश्मनी छ त्याे दिन माया लायाे भन्छन् ।
आवेगमा लाकाे माया दीगाे हुन्न बुझिराख,
नबुझेर लाएपछि जिन्दगानी खायाे भन्छन्,
आधुनिक हुँदै गर्दा धाेकामात्र पायाे भन्छन्।
२
जताततै माया माया मिलाेस शुभकामना छ
आँफूसँगै प्यारकाे छायाँ मिलाेस् शुभकामना छ ।
नपराेस् छुट्टिन कसैलाई प्यार गर्नेहरुबाट ,
राधाकृष्ण सधैँ दायाँ मिलाेस् शुभकामना छ।
पैलाे माया अनि काया मिलाेस् शुभकामना छ ।
चन्द्रावती अधिकारी कोहलपुर वाँके
——————————————————–
पत्थर पनि पग्लिन्छ ~ कसम खाएको मायामा
मायाँको लागि माया गर्दा धोका पाएको मायामा
प्रणय दिवशमा मात्र होइन ~~~~ सधैँभरि नै
हुदैन छेकथुन मनबाटै ~~~~ लाएको मायामा
जिन्दगी भरिलाई ~~लेखिएरै आएको मायामा ।
———————————————————
गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका
सधैँमाया गर्नेलाइ जलाउँछ प्रेम दिवस।
राम्रो चाहियो सम्वन्ध जनाउछ प्रेमदिवस।
चाहँदैन प्रेमदिवस सधैं माया गर्ने लाइ
कहिल्यै माया नगर्ने मनाउछ प्रेम दिवस।
मन मुटाव हुनेमा कमाउछ प्रेम दिवस।
लक्ष्मी बस्याल बर्दिया

काठमाडौ, २९ माघ । साप्ताहिक उदक लेखन शृङ्खलाको ३९औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर

[१]
घुस
दिने लिने
पद्धति अत्यन्त निकृष्ट !
गुणनिधि घिमिरे
पाँचथर मोरङ हाल अमेरिका
[२]
हाकिम
घुस खाने
टेबुल मुनिबाट गाेप्यमा !
नवराज भट्ट महेन्द्रनगर, कञ्चनपुर
[३]
घुस
भुसको आगो
देशका महान शत्रु !
आर्त अकुलीन
कैलाली
[४]
घुस
पुर्ख्यौली विरासत
न्याय मार्ने विषादी !
कण्ठराज गिरी
टीकापुर, कैलाली हाल अष्ट्रेलिया
[५]
घुस
कर्मचारीकाे नियत
कर्ममा ठगीकाे प्रतिफल!
राेशन पराजुली
धरान।
[६]
घुस
समाजका कलङ्क
लिने दिने शत्रु !
सुरेशचन्द्र घिमिरे
[७]
घुस
कानुन बिपरित
देशलाई डुबाउने कार्य !
अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया
[८]
घुस
लिने दिने
राष्ट्रका ठूला शत्रु !
दुर्गा भट्टराई
मोरङ
[९]
घुस
भुसको आगो
देश रित्याउने खेल !
दर्बेन्द्र खनाल लबरकोटे
गल्याङ स्याङ्जा
[१०]
बेइमानी
बनेर खरानी
घुस बन्यो परिपाटी !
प्रेम थापा “मन ” बागलुङ
[११]
भ्रष्टाचार
राज्यको क्यान्सर
चिरफारद्वारा गरौँ उपचार !
तेजप्रसाद खनाल
लमही दाङ।
[१२]
कमाइ
टेबल मुनिको
देशमा बढेको भ्रष्टाचार !
सरस्वती वली
बर्दिया
[१३]
घुस
बेथितिको वर्चस्व
राज्यको निरीह संयन्त्र !
वेद प्रसाद रिजाल
[१४]
बेथिति
अख्तियार दुरुपयोग
कानुनको नहुँदा प्रयोग !
हिमाल अम्मै
घोडाघोडी कैलाली
[१५]
घुस
टेबल मुनि
मरेको कानुन गरीबलाई !
डिल्लीराम लुइँटेल
[१६]
घुसखोरी
दलदले पोखरी
मिलोमतो छलको भकारी!
जमुना कायस्थ
[१७]
घुस
घृणित कार्य
अत्र,तत्र,सर्वत्र!
राजाराम रत्गैंया
अमौरा कैलाली
[१८]
भ्रष्ट
धनको क्षति
विकृतिको कस्तो गति !
सरिता काफ्ले
कोहलपुर बाँके
[१९]
कष्ट
भएका भ्रष्ट
नेता यहाँका दुष्ट !
भगवती दवाडी
झापा
[२०]
मिल्छन्
लुट्ने खेलमा
नपाउँदा अनेकौँ प्रपञ्च !
शिव खनाल जीवम
[२१]
भ्रष्ट
घुस्याहा नागरिक
राष्ट्र समृद्धिका भाइरस !
नारायण प्रसाद उपाध्याय
[२२]
भ्रष्टाचार
कस्तो विडम्बना
आँखै अगाडि देखिन्छ !
खेमराज पुरी
कैलाली
[२३]
भ्रष्टाचार
नाङ्गिएको देश
यथार्थ अलक परिबेश !
बुद्धिप्रसाद लामिछाने
कैलाली
[२४]
घुस
विकृति संस्कार
लिनेदिनेको गरौँ संहार !
धर्मी शाक्य
बुटवल रुपन्देही
[२५]
भ्रष्ट
घुस लिई
आफ्नो सर्वनास निम्त्यायौँ !
मङ्गला उपाध्याय
[२६]
भ्रष्टचार
जनताको मार
निरीह भो सरकार !
बि के विरही
टीकापुर
[२७]
घुसखोरी
अतिरिक्त आय
नैतिक पतनको पराकाष्टा !
देवेन्द्रराज शाक्य
बुटवल रुपन्देही लुम्बिनी प्रदेश।
[२८]
भ्रष्टाचार
गुप्त लेनदेन
मुलुक प्रति अत्याचार !
एलपी पराजुली
कपन, काठमाडौं
[२९]
टेबुल
वित्ताे मुनिबाट
अपराधी अन्धा कानुन !
ज्ञानेन्द्ररत्न वज्राचार्य
काठमाडौ ।
[३०]
उपहार
दुष्ट व्यवहार
देशमा बढ्यो भ्रष्टाचार !
सविता के.सी.
काठमाडौँ ।
[३१]
अख्तियार
मौलाउँदै भ्रष्टाचार
छलकपट अनि ब्यभिचार !
पशपती राई
खोटाङ
[३२]
कमाइ
टेबुल मुनिको
क्षणिक हुन्छ रमाइ !
संझना कुसुम
[३३]
भ्रस्टाचार
घृणित कार्य
बन्दै देश कङ्गाल !
रामसुन्दर थारू
[३४]
भ्रष्टाचारी
घुस लिनेदिने
दुबै देशका कलङ्क !
सीता पाण्डेय मरासिनी
रेसुङ्गा नगरपालिका -९, गुल्मी ।
[३५]
कपटी
स्याल ब्वाँसाहरु
नेपाली कुलङ्गार सन्तति !
चन्द्रावती अधिकारी
[३६]
घुस
क्षणभरको रमाइ
टेबुल मुनिको कमाइ !
वसन्त अनुभव
दाङ
[३७]
पैसा
कमाउनु पर्छ
जसरी भए पनि !
बुद्धिमान चौधरी
[३८]
भ्रष्टाचार
अनैतिक व्यापार
आत्मा जलाउने कुविचार !
सन्तु खत्री
[३९]
घुस
कालो धन
जेल पर्ने सुनिश्चित !
राज कुमार राजभण्डारी खाेटाङ्गे
भक्तपुर
[४०]
भ्रष्टाचार
अभद्र कार्य
समाजको घृणित बेथिति !
चेतराज जैशी
हाल UAE.
[४१]
भ्रष्टाचार
जोसुकै आजभोलि
गर्छन् मिठो बोली !
विक्रम तिरुवा सलिन
जुम्ला
[४२]
घुसखाेरी
आजभाेलीकाे खेती
अन्याैल छ परिस्थिति !
भावना मञ्जु
माेरङ
[४३]
स्वार्थमा
बिक्यो विचार
सर्वत्र मानवताको व्यापार !
दीक्षा सुवेदी
विरगंज
[४४]
भ्रष्ट
नेता शासक
लेनदेन टेबुल मुनिबाट !
सोमनाथ लुइटेल “रवि पाल्पाली”
[४५]
दुष्कर्म
भ्रष्ट चरित्र
घुस लिने मानिस !
सुधा बास्कोटा ढकाल
[४६]
भ्रष्टाचार
कानुन विपरीत
सरकारी कार्यलयमा घुसखाेरी !
श्रद्धा आचार्य
पोखरा
[४७]
बन्दैन
नियमित काम
अनियमित लेनदेन बिना !
मुरारीराज मिश्र,
कामपा- ७, कुमारीगाल ।
[४८]
दुर्भाग्य
बन्दैन काम
खोज्छन् नाजायज दाम !
समुन्द्रा शर्मा
सुनसरी
[४९]
घुस
कालाे धन
बिकृत बनाउँछ मन !
केशवप्रसाद ढकाल
गाेरखा
[५०]
विकृति
भ्रष्ट नियत
अनौठो कालो समय !
कविता आचार्य
कैलाली
[५१]
भ्रष्टाचार
मानवताको ह्रास
नैतिक मूल्य विनास !
टीकाराम जाेशी
टीकापुर।
[५२]
गल्ती
भर्ने खल्ती
बस्यो भ्रष्ट चलनचल्ती !
इश्वरी अधिकारी
[५३]
प्रशासन
घुस्याहा भ्रष्टाचार
चल्दैन शासन सदाचार !
वासुदेव ज्ञवाली
तानपा-१ घ्रुवघाट
[५४]
घुन
लिदै चानचुन
देशका शत्रु हुन !
प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
[५५]
घुस
बनेर लाचार
नलेऊ फाली सदाचार !
मिलन के.सी.(थापा)
पोखरा
[५६]
घुस
कालो कर्तुत
राष्ट्र प्रतिको बिश्वासघात !
कमला देवकोटा
पाल्पा
[५७]
घुस
टेबुल मुनि
मुहारमा अनौठो चमक !
उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर , काठमांण्डौँ