🌺 केही उदक 🌺 … ✍️ आर्त अकुलीन १ आकाश बाबाको रूप धरती आमाको स्वरूप ! २ संयोग आत्मिक मिलन जून ताराको संभोग ! ३ दम्भ पानीको फोका प्रत्येक पाइलामा धोका ! ४ कृषि सौम्य वातावरण देशकै आर्थिक धरोहर ! ५ भदौ रोएकी प्रकृति चौतर्फी जलमग्न आकृति ! ६ प्रकृति अनुपम आकृति रमाउने आकर्षक दृष्टि ! ७ गुलाफ प्रेमको माधुर्य चौतर्फी मगमग बासना ! ८ करेसाबारी आँगनको आकर्षण घरमा वरिपरि शोभायमान ! ९ क्षितिज जमिन आकाश त्यस्तै सागरको गहिराइ ! १० आकाश रोएर वर्षात् सम्पूर्ण सजीवलाई राहत !
दर्ता पछिको पञ्चाङ्ग चित्रपट भाग:-०८ (कृष्णाष्टमी विशेष पञ्चाङ्ग लेख्नु हुन अनुरोध छ) लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७९/०५/०९
प्रशिक्षक : ———— गुणनिधि घिमिरे तोयानाथ सुवेदी
चित्र संकलन —————- सोमनाथ लुइटेल
शुद्धीकरण ————– भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
सङ्कलक :- ———- सुशीला पौडेल & दुर्गा आचार्य
समायोजन ————- सोमनाथ लुइटेल “रवि पाल्पाली”
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार 🙏 ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको आठौं अभ्यासमा छौं। यहाँहरुलाई हार्दिक स्वागत गर्दै🙏
२०७९ सालको हरितालिका तिजको उपलक्ष्यमा सम्पूर्ण स्रष्टाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ साथै यश अवसरमा तिज विशेष पञ्चाङ्गहारू लेखी शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
चित्रपट पञ्चाङ्ग ०१ [१] ढकने र खिर खाऊ नाच्दै रमाउनु चेली । दिदी बैनी एक अर्को हात समाउनु चेली । घुम्दै फिर्दै बर्ष दिनमा आउने तिज पर्व , सधैँ भरी स्वस्थ हुन शक्ति जमाऊ चेली । मीठा मीठा गीत गाऊ नाम कमाऊ चेली ॥ [२] शिव पार्वतीको पूजा आराधना गर चेली सौभाग्य र सम्बृद्धिको लागि लागि पर चेली हिन्दु नारी नेपालीको चाड तिज हाम्रो राम्रो सन्ततिको भविष्यको लागि अघि सर चेली संस्कृति र परम्परा थाम्ने तिम्रै भर चेली ॥
❤️गुणनिधी घिमिरे,दमक झापा नेपाल
चित्रपट पञ्चाङ्ग ०२
तिज रमाइलो गरेर यति छिटै आयो भन्छन् । सबैको मन मनमा त खुशीयाली छायो भन्छन् । जताततै नाचेर रमाएका छन् दिदिबहिनी , सौभाग्यले साथ पाई मन रमाउन पायो भन्छन् । हृदय भित्र बुबा आमाको चिन्ताले खायो भन्छन्।
❤️अम्विका अधिकारी,झापा विर्तामोड ।
चित्रपट पञ्चाङ्ग ०३
तिजको दर माइतीको घरमा बसेर खाम बरिलै पञ्चमी व्रत गर्नलाई कम्मर कसेर जाम बरिलै वर्षै र दिनको तिज दिदीबहिनीको भटे कति राम्रो पवित्र मन गरी चोखो लुगाफाटो हामी लाम बरिलै आशिर्वाद हामी व्रतालु सबैले बेलैमा पाम बरिलै ।
❤️सोमनाथ लुइटेल “रवि पाल्पाली” ।
चित्रपट पञ्चाङ्ग ०४ [१] मै छोरी नाचूँ छमछमी दिदी । कम्मर भाचूँ छमछमी दिदी । माइती घरको आँगनीमा हो, जोवन साचूँ छमछमी दिदी । केलाई बाचुूँ छमछमी दिदी । [२] सबै मिली रमाउँदै मनाऔँ पर्व । धड्कलाई थमाउँदै मनाऔँ पर्व । यो हाम्रो संस्कृति हाम्रो पहिचान हो , शिव भक्ति कमाउँदै मनाऔँ पर्व। दाजुभाइ समाउँदै मनाऔँ पर्व।
❤️सुमित्रा पोखरेल काठमाडौं ।
चित्रपट पञ्चाङ्ग ०५ [१] तिजआयो चेली माइती घर जाने खुशीले, दिदीबहिनी मिलेर मिीठो दर खाने खुशीले, नाच्ने गाउने रमाउँने हो सबैले व्रत बसेर, सौभाग्यको कामना हो निडर माने खुशीले, रातै सारी रातै चुरा लोक भर धाने खुशीले ! [२] कृष्ण जन्मे गोकुल रन्क्यो बज्यो बाँसुरी , गाई चर्ने वृन्द्रावन घन्क्यो बज्यो बाँसुरी, उद्धार भो धरतीको साधु सन्त पालीदे प्रभुले, चाल पायो कंसले फन्क्यो बज्यो बाँसुरी , क्रोधी पापी नासियो थन्क्यो बज्यो बाँसुरी! [३] पवित्र यो कुशेऔंसीमा कुश फेर्नु अरे, पित्री दर्शन गर्ने दिनमा मुख हेर्नु अरे, माता पिताको हेला गरे नरकमा पर्छ, भगवान नै सम्झी सधैँ भक्ति केर्नु अरे, पित्री वचन शिरमा राखी सधैँ टेर्नु अरे ।
❤️बिबस पारदर्शी, भद्रपुर झापा ।
चित्रपट पञ्चाङ्ग ०६
माइती गइ पकाऊ दर जुटेर । आमासँगै बसी खाऊ तर जुटेर संस्कृति परम्परा अति राम्रो पर्व, ताेडौँ आज विकृतिकाे घर जुटेर । आफ्नो माटो सुहाउँदो गर जुटेर ।
❤️भवानी घिमिरे, सर्लाही ।
चित्रपट पञ्चाङ्ग ०७
नाँच्नु र गाउनु रहर न हो । रमाउने गाउँ सहर न हो । नृत्यको नाममा मजाक गर्ने, रहर भित्रको कहर न हो । समाजकै मन्द जहर न हो ।
❤️आर्त अकुलीन, कैलाली ।
चित्रपट पञ्चाङ्ग ०८
हे कृष्ण हाै हाम्रा प्यारा तिमी हृदयमा बास सारा तिमी हरेक प्राणीकाे हृदय छाै अन्त्यकाे याैटै सहारा तिमी गीताका सार हाै नारा तिमी
❤️मधुसूदन प्रसाद घिमिरे, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग ०९ [१] तिज हुँदै आयो चाड खर्च भार हुन्छ हुने हुलमा नहुने बेग्लै सार हुन्छ नहुनेलाई कसले कसरी ? भन्छ र! हुनेका शिव दर्शन साथै कार हुन्छ कसैलाई त त्यही मौरीको घार हुन्छ ।। [२] संस्कृति चाडको नाममा विकृति नल्याइ मान है हैसियत आफ्नो कर्तव्यबोध के होआफैँ जान है भोलि लौ कठै! कसैले भन्दैन देखाइ केही हुन्न दिन व्रतका लागि महिनौँ देखि पर्दैन खान है शहरी परिवेशमा किन पालो पालोको सान है ।।
❤️जमुना आचार्य, सिन्धुपाल्चोक ।
चित्रपट पञ्चाङ्ग १० [१] सबैसँग रमाउनु रहर दाजु सुनसान भएको छ सहर दाजु गरिबीको मजाक गर्नेहरूलाई पराईसँग रम्ने हाम्रो कहर दाजु वचनका तीरहरु जहर दाजु।। [२] माइती घर रमाउनु चेली आमाकाे हात समाउनु चेली नजिकै नजिकै आयाे नि तिज मिलिजुली नै जमाउनु चेली पराइ घर कमाउनु चेली।।
❤️सहयात्री शाेभा अर्याल, रुपन्देही १४ बुटवल।
चित्रपट पञ्चाङ्ग ११ [१] बर्ष दिनको तिजमा सबै हामी नाचेर। भाँच्नु पर्छ हामीले कम्मर दामी नाचेर। सबैलाई बराबरी तिज आएको त हो, देखाउने सबै हामी राम्रो नामी नाचेर। नदेखाउ है दिदी बहिनी धामी नाचेर। [२] यसपाली त हामी आमा छोरी बसेर तिजमा। खानुपर्छ दर अब कम्मर कसेर तिजमा। बर्ष दिन तिज पर्वमा चेली माइती को भेट, दर खाई व्रत बसौँ है शिव जपेर तिजमा। पूजा अर्चना गरौं पार्वती झैँ तपेर तिजमा।
❤️बेदु न्यौपाने काठमाडौ 😘 ✍️
चित्रपट पञ्चाङ्ग १२
तिज आएको कि रत्यौली, छुट्याउनै गार्हो भो । पर्व मान्ने भन्दा पनि, विकृति अति सारो भो । महिनौँको दर थियोे, अब यो कुकुर नाच, यो त ठाडै धावा भयो, संस्कृति मास्ने पारो भो । हाम्रो कला संस्कृति, पश्चिमाको किन तारो भो ।
❤️वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ ।
चित्रपट पञ्चाङ्ग १३
वर्ष दिनको रमाइलो तिजमा रमाउँ सँगी हाे स्वरमा स्वर मिलाइ आउ हात समाउँ सँगी हाे परम्परा देखिनै चलि आएको हाम्राे परम्परा लगाउँ राताे सारी,चुरामा साथ जमाउँ सँगी हाे । संस्कृति जाेगाउँन सवैले नाम कमाउँ सँगी हाे
❤️उर्मिला के.शी., धनकुटा ।
चित्रपट पञ्चाङ्ग १४
रातो साडीमा छमछम नाँचीदेऊ मायालु कम्मरै लरक्क लरक्क भाँचिदेऊ मायालु समाजको लागि उदाहरण बन्नु छ हामी तिम्रो मनमा चोखो माया साँचिदेऊ मायालु दुनियाँको सामु हाँसेर बाँचिदेउऊ मायालु
❤️बुद्धिमान दनुवार, सुरुङ्गा ४ झापा ।
चित्रपट पञ्चाङ्ग १५
तिज मनाउँ छमछमी नाचेर सबैले। बारुले ती कम्मरलाई भाँचेर सबैले। दिदी बहिनीहरूले विकृति नै फैलाए, धर्म संस्कार र संकृती साँचेर सबैले। रहँनु पर्छ संस्कारमा बाँचेर सबैले।
❤️मल्ल लक्ष्मी श्रेष्ट,मेची किनार बिर्तामोड झापा ।
चित्रपट पञ्चाङ्ग १६
एउटाले अर्कोलाई व्यर्थै छुन नपरोस् सानो कुराले पूर्व पश्चिम हुन नपरोस् मौलिक परम्परा नबिर्सी पर्व मनाऔँ , तिजको समय कसैलाई रून नपरोस्। नुनिलो आँसुले गहहरू धुन नपरोस् ।
❤️ अरुण कु.भुजेल, गोरूबथान,कालेबुङ्ग,भारत।
चित्रपट पञ्चाङ्ग १७
अब हिन्दुहरुको महान चाड तिज पनि आयो रे भन्छन् । हुने खानेलाई चाड नहुनेलाई चाडले खायो रे भन्छन् प्राय आउँने हरेक चाड बाड संस्कृतिका पहिचान हुन, तर नेपाली हरेक चाडले पश्चिमी शैली पायो रे भन्छन्। आजभोलि त विभिन्न रसका गीत संगीत गायो रे भन्छन्
❤️दुर्गा आचार्य, मोरङ ।
चित्रपट पञ्चाङ्ग १८
व्रत बसी नाचेकी छ्यौ मुखमा खै फिँज छैन सबैको तिज आयो कसैकोमा क्यै चिज छैन हुने खानेले त मनाँए डकारेर गनाँए बोटै राखेनन् यसको अब कतै बिज छैन मर्म चाडको बुझेनन् हेर अब तिज छैन!
❤️पशपती राई, खोटाङ ।
चित्रपट पञ्चाङ्ग १९
दिदीलाई लिन मलाई भोलि जाउँ भन्नू भएको छ। दिदीले पनि भाई अब छिट्टै आउँ भन्नू भएको छ। वर्ष दिन भो भेट नभएको मेरी प्यारी दिदी संग, आमाले दिदीभाइसँगै दर खाउँ भन्नू भएको छ। नयाँ लुगा ल्याउछु तिमीहरू लाउँ भन्नु भएको छ।
❤️अनुप आचार्य, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग २०
यसपालिको तिजमा माइती गएर दर खाउँला नि दिदीबहिनीहरु सबैजना मिलेर गीत गाउँला नि दुई दिनको जीन्दगानी हो हाम्रो रमाइलो गर्नुपर्छ खुसी बाँडेर एक अर्कोको माया र ममता पाउँला नि नाचगान गरेर रहर पुर्याएर घर जाउँला नि
❤️आर्मित्मा थापा मगर, स्याङ्जा ।
चित्रपट पञ्चाङ्ग २१
तिजमा चाडपर्व छोटो नबनोस् है चेलीबेटीको । परम्परा तिज मोटो नबनोस् है चेलीबेटीको । उत्साह उमङ्ग हो साना बच्चाहरूको लागि यो तिज , सत्य मायाको तिज खोटो नबनोस् है चेलीबेटीको यसपाली तिजमा फोटो नबोनोस् है चेलीबेटीको ।
❤️संगिता शर्मा, सिन्धुली ।
चित्रपट पञ्चाङ्ग २२
रातो सारी टिका लगाउ प्रिया। तीजको छनक जगाउ प्रिया। शुभकामना छ तीजको सबैमा, अस्वस्थ शरीर भगाउ प्रिय। सति सावित्री भै ठगाउ प्रिय।
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको :- भाग ५ (पाँच ) ————————————-
” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “ विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०५/०७ …………………………………………. प्रशिक्षक:- ———– गुणनिधि घिमिरे तोयानाथ सुवेदी
भाषा शुद्धीकरण:- ———— भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
सङ्कलक :- ———- सुशीला पौडेल & दुर्गा आचार्य
संयोजक:- ===== सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा पञ्चाङ्ग साहित्य समाज नेपाल । ======================
अभ्यास संरचना ————
पञ्चाङ्गको संरचना :- १४ अक्षर पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ? —————- पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ । जस्तै :-
उठान गर्दा विषय वस्तु सँग सम्बन्धित हुनुपर्छ ।
आखिर तिमी आयौ दंग परि मसँग । [१] काम पारेर आयौ अघि सरि मसँग । [२] ——————————– तेस्रो लाइनले माथिको १,२ लाई बिस्तार गर्नु पर्छ
कति पीडा लुकाएर फुकाउन आयौ , [३] ———————————
१,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ
आँसु देखायौ दुबै आँखा भरी मसँग । [४] दिनरात रोएन धरधरी मसँग । [५]
उदाहरण पञ्चाङ्ग ———— आखिर तिमी आयौ दंग परी मसँग । काम पारेर आयौ अघि सरि मसँग कति पीडा लुकाएर फुकाउन आयौ , आँसु देखायौ दुबै आँखा भरी मसँग । दिनरात रोएर धरधरी मसँग ।
स्थायी:- ===== आफू खुसी ====================== पञ्चाङ्ग ०१
आकाशमाथि उडेको चरी हराएछ । उड्दा उड्दै अचानक झरी हराएछ । दया माया करूणा भाव छैन कसैमा, मलाई लाग्दैछ आज हरि हराएछ । भाग्य लेख्ने विधाताको खरी हराएछ ।
💢आर्त अकुलीन, कैलाली ।
✍️पञ्चाङ्ग ०२
तीजमा माइत जान बोलायो चरीले। पहिले जस्तै नरोक्ला भदौरे झरीले। तीजको बेला मै चेली फुरुक्क भएर फरिया पनि सजाएॅ टल्किने जरीले। यो तीज जसै मानिन्छ अनेक थरीले।
💢घनश्याम पौडेल, सृजना चोक पोखरा ।
✍️पञ्चाङ्ग ०३
तिमी मेरो संसारको सुन्दर परी हौ । बर्सात् हौ मायाप्रेमको साउने झरी हौ । कठिन छ माया मार्न तिमीलाई भुल्न, म हुँ कोरा पाटी त तिमी लेख्ने खरी हौ । तिमी दिलकी रानी स्वप्निल नगरी हौ ।
💢वसन्त अनुभव, घोराही, दाङ ।
✍️पञ्चाङ्ग ०४
कुहुकुहु कोइली चरी कता गयो खै? बनपाखा नै रुझ्ने झरी कता गयो खै? धेरै भयो खोजेको तिम्रो सुमधुरता , कहिले नआउने गरि कता गयो खै ? मेरो कोमल मनै हरि कता गयो खै?
💢पशपती राई, खोटाङ ।
✍️पञ्चाङ्ग ०५
उनलाई देख्दा स्वर्गको परि झैँ लाग्यो । स्वर्ग बाट धर्तीमा उनी झरी झैँ लाग्यो । आँखामा बिझाइ रहन्छ उन्कै तस्वीर , खै कुन्नी मलाई मोहनी गरि झैँ लाग्यो । मिठो मीठो कुराले मन भरी झैँ लाग्यो ।
💢बुद्धिमान दनुवार, सुरुङ्गा ४ झापा ।
✍️पञ्चाङ्ग ०६
तिमी सुन्दरी परि आयौ । आकाशबाट झरी आयौ। नतमस्तक छु खुसीले , माया र प्रेम भरी आयौ। विश्वास मेरो गरि आयौ ।
💢गुणनिधि घिमिरे, दमक ।
✍️पञ्चाङ्ग ०७
मन भाव बुझ्ने खालको चरी चाहियो । टारी खेत रोपाइँलाई झरी चाहियो । दयाका खानी प्रकृति भरमा जीवन , अकस्मात! बदल्न सक्ने परी चाहियो । क्षण मात्र नाँइ जीवन भरी चाहियो ।
💢जमुना आचार्य, सिन्धुपाल्चोक ।
✍️पञ्चाङ्ग ०८
जीवन धान्न काेही बसाइँ सरी गए । देशको जनशक्ति समुद्र तरी गए । ढुङ्गा पाक्ने आस देखाइ नेता कुर्सीमा, बालाे, राेगी र वृद्ध बिचमा परी गए । भुँइ मान्छेका पुस्तौँ यस्तैमा मरी गए ।
💢भवानी घिमिरे, सर्लाही ।
✍️पञ्चाङ्ग ०९ [१] उड्दै छु म आज चरी बिच जंगलैमा। बसेको छु हाँगा भरी बिच जंगलैमा। चरी जन्म कर्म मैले लिएर नै आएँ, झरी पर्यो ठुलो गरि बिच जंगलैमा। जाउँ त्यो समुन्द्र तरी बिच जंगलैमा। [२] तिमी त अर्कैको जालमा परि आएछौ। माया देखाई छोडी जाने गरि आएछौ। यसरी झुठको खेती कहिल्यै नगर्नु, पिडा पर्दा सात समुन्द्र तरि आएछौ। ती आँखामा आँसुको बर्षा भरि आएछौ।
💢बेदु न्यौपाने, काठमाडौ 😘✍️
✍️पञ्चाङ्ग १०
यो साल दु:ख पनि परी परी आयो । बर्षायामको भेल जस्तै गरी आयो । पिर माथी पिर – नै थपिदै आउँछ , किन होला यस्तो जीवन भरी आयो। दु:खै दु:खमा मेरो भाग्य सरी आयो ।
💢आर्मित्मा थापा मगर, स्याङ्जा ।
✍️पञ्चाङ्ग ११
तिमी मेरो मनको झरि हौ भन्ने ठान्छु । आकाशमा रम्ने ती चरी हौ भन्ने ठान्छु । समयको खेल थाहा हुन्न कसैलाई , वैकुण्ठबाट झर्ने परी हौ भन्ने ठान्छु । सबैको दु:ख हर्ने हरि हौ भन्ने ठान्छु ।
💢संगिता शर्मा, सिन्धुली ।
✍️पञ्चाङ्ग १२
गुनासोमा रून्छे पिञ्जडाकी चरी हेर। दुःख नदेउ आफ्नै बुहारी परी हेर। मेरो छोरी पनि यस्तै हो भनी सोच है, आकाशको जुन हराँउछ घरी हेर। नयनमा आँसु तिम्रो भरी भरी हेर।
💢सुमित्रा पोखरेल, काठमाडौं ।
✍️पञ्चाङ्ग १३
गुन्द्री काम्लो साथमा दरि आयो मलाई । बसबस भनेर हरि आयो मलाई । आफ्नो माने संसार नै आफ्नै हुन्छ यहाँ , आकाशबाट वर्षे झरी आयो मलाई । बाचाउन नै अघि सरि आयो मलाई।
💢सीता कडेंल सापकोटा, भरतपुर चितवन ।
✍️पञ्चाङ्ग १४
तिमीबाट टाढा मन सरि गयाे हेर। मै अभागीलाई पीडा परि गयाे हेर। कहिल्यै पनि आएन सुखका ती दिन , अँखाबाट आँसु धारा झरी गयो हेर । तिमीसँग मन मेराे मरि गयाे हेर ।
💢मनिषा बिष्ट कटुवाल, मेचिनगर १५ फुलमासि।
✍️पञ्चाङ्ग १५
सुन्दर देखिएकी मायालु परी तिमी। राम्रो काम गर्नुपर्छ अघि सरी तिमी। हजारौं पीडा दबाएर नै हास्नु पर्छ, आँसु लुकाएर सधैँ आँखा भरी तिमी। भित्र भित्रै राेयाैँ किन धरधरी तिमी।
💢सहयात्री शोभा अर्याल, बुटवल ।
✍️पञ्चाङ्ग १६
भो उपहार मनमा झरी परेकोछ । हेर मायाको जालमा चरी परेकोछ। झुठको खेती एक त सबै थाहा हुन्छ, जोडेको यो सम्बन्धमा हरि परेकोछ। कहाँ पोख्ने मायालाई भरि परेकोछ।
आकाश माथि किन उड्छ चरी घुमेर । उस्तै छ मेघ पनि पार्छ झरी घुमेर । धर्ती हिलाे हुन गएपछि भिज्छ ज्यादै , जम्देै भरिन्छ जल त्यैँ जसरी घुमेर । हाेला नदी जल बहेर भरि घुमेर।
💢ताेयानाथ सुवेदी, काडाघारी,काठमाडौं ।
✍️पञ्चाङ्ग १९
तिमी त कतै माजालमा परि छौ रे ।! हुन्न भन्दा भन्दै अगाडि नै सरि छौ रे ! जाे आउँदा पनि सधैंनै तिम्रै हुँ भन्छ्यौ, पहिलेकाे केटा नपाएर मरि छौ रे ! काम फुत्केपछि त आँखा तरि छौ रे !
💢नवराज भट्ट, कञ्चनपुर ।
✍️पञ्चाङ्ग २०
चोट थियो कसै गरि मौन बसिरहें। चोट भयो तनै भरी मौन बसिरहें। आँसु लुकाउन धेरै नै कोसिस गरें, आँसु बग्यो खोला सरी मौन बसिरहें। रोयो बनमा नि चरी मौन बसिरहें।
💢शिखा खतिवडा, डुमर्वाना बारा ।
✍️पञ्चङ्ग २१
भगवान भए हरिले बुझेको राम्रो। अप्सराको अंश परिले बुझेको राम्रो। प्रत्यक्ष देखिदैन अदृश्यमै पुजन, लेख्ने पाटिलाई खरिले बुझेको राम्रो। एकल वनको चरीले बुझेको राम्रो।
💢दुर्गा निरौला, काठमाडौं ।
✍️पञ्चाङ्ग २२
आजभोलि नाच्ने नै भए चरि मिलेर। यादैबिना खप्ने भए नै झरि मिलेर। कसरी बिर्सने बिगतका कुराहरु , मौका पाएकी गरे मनपरि मिलेर। आँफैलाई नै फँसाएको धरि मिलेर।
💢अच्युत घिमिरे, भुटान ।
✍️पञ्चाङ्ग २३
कति तनाव हुन्छ झरी आएको बेला । पछाडि हट्ने छैन परि आएको बेला । दुश्मनै भएपनी कर्तव्य पूरा गर्छु , गहभरी आँसु नै भरी आएको बेला । मन बुझाउ कुरा गरि आएको बेला ।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली “
✍️पञ्चाङ्ग २४
मिठो गीत सुनाउने चरी हुनू तिमी दिल सिँच्न पिरतीकाे झरी हुनू तिमी मानवता हराएको स्वार्थी दुनियाँमा पर्दा दु:ख साथ दिने परी हुनू तिमी मेरालागि सधैँभरि हरि हुनू तिमी ।
काठमाडाैँ, १० भाद्र । चारु साहित्य प्रतिष्ठानकाे आयाेजनामा आज एक कार्यक्रम बिच नव काव्यिक विधाका दुई पुस्तकहरू लाेकार्पण भएका छन् । उक्त पुस्तकहरूको लोकार्पण प्रमुख अतिथि रामकृष्ण वान्तवा र अन्य विशिष्ट अतिथिहरूले संयुक्तरूपमा गरेका थिए ।
लोकार्पित हुने पुस्तकमा डा.देवी पन्थीद्वारा लिखित एवम् भुँडी पुराण प्रकाशनद्वारा प्रकाशित “गजलकाे सिद्धान्त र गजलकाे परिवर्तित स्वरुप चारु” तथा ताराप्रसाद चापागाईंद्वारा लिखित एवम् प्रकाशित “टुक्का कविता सङ्ग्रह” रहेका छन् ।
तीज विशेष कार्यक्रम अन्तर्गत स्रष्टा भेटघाटको अवसर पारेर काठमाण्डौँ बागबजार स्थित हाेटल हार्दिकको काव्य हलमा उक्त पुस्तकहरू लोकार्पण गरिएको थियो । उक्त कार्यक्रमको सह-आयोजकमा खाेरिया साहित्य सृजना र टुक्का साहित्य समाज, नेपाल रहेको थियोे ।
चारु प्रणेता डा.देवी पन्थीकाे सभापतित्व र वरिष्ठ साहित्यकार रामकृष्ण वान्तवाकाे प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समाजसेवीहरू कलानिधि दाहाल, युवराज नयाँघरे, उर्मिला पन्त पाण्डेय, गंगा कर्माचार्य पौडेल , माया पौडेल सुप्रभात भण्डारी , ध्रुवप्रसाद गजुरेल विशेष अतिथिको रूपमा उपस्थिति रहेको थियोे भने आमन्त्रित स्रष्टाहरुलाई खोरियाका प्रणेता जनार्दन अधिकारी धड्कनले स्वागत गरेका थिए ।
कार्यक्रममा अध्यक्ष डा.देवी पन्थीले नेपालमा प्रवर्तन भएका विभिन्न विधा तथा उपविधाहरू सङ्गठित भएर सहकार्य गर्दै अगाडि बढ्नु पर्ने कुरामा जाेड दिंदै यो उद्देश्य पूरा गर्न “आविष्करण नेपाल” नामको संस्था गठन भैसकेको बताए । कार्यक्रममा प्रमुख अतिथि रामकृष्ण वान्तवाले “आविष्करण नेपाल” का मनाेनित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।
प्रमुख अतिथि रामकृष्ण वान्तवाले गजलको विकल्पमा प्रयोगमा ल्याइएको चारुलाई नदी र समुन्द्रको पानीबाट बनेको बादलसँग तुलना गर्दै चारु रूपी बादलबाट संसारभरि पानी वर्षिने र चारु संसारभर फैलने जानकारी गराए । उनले चारुको लोकप्रियता नेपाल, भारत लगायत विश्वका अनेक देशमा दिनदिनै बढ्दै गरेको र यसबाट नेपाली साहित्यकार पनि साहित्यमा नयाँ प्रयोग गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह विश्वभर भएको बताए । उनले चारु, खोरिया, टुक्का कविता, उदक, एलाक, सन्देश, पञ्चाङ्ग, बाछिटा आदि नव विधाको उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।
कार्यक्रममा उपस्थित प्रतिनिधि स्रष्टाले चारु, खोरिया, टुक्का, एलाक, पञ्चाङ्ग, उदक, सन्देश , तीज गीत प्रस्तुत गरेका थिए। टुक्का कविताका प्रणेता ताराप्रसाद चापागाईंले सहयोगी संस्था प्याब्सन र अन्य सबैलाई धन्यवाद दिएका थिए। कार्यक्रमको अन्त्यमा चारु प्रतिष्ठानको तर्फबाट तीज भोजको आयोजना गरिएको थियो । कार्यक्रमको सञ्चालन सन्देशका प्रवर्तक ध्रुवप्रसाद गजुरेलले गरेका थिए ।
राप्ती, ५ भदौ २०७९ । नमस्ते अाधुनिक लघुकथा मञ्च, नेपालको अायोजनामा चितवनको राप्ती नगरपालिका वडा नं. ८, खुरखुरे स्थित नन्दिनी स्टार पार्टी प्यालेसको सभा हलमा स्रष्टा भेटघाट, परिचय, कला-संस्कृति प्रदर्शन तथा विविध साहित्यिक रचना वाचन कार्यक्रम शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रायोजन राप्ती नगरपालिका वडा नं ७, ८, ९; अधिकारी नवनिर्माण हार्डवयर,खुरखुरे, अास्था मार्ट, खुरखुरे, नमुना हार्डवेयर मगनीचोक पर्साले गरेकोे थियो ।
वाल्मीकि साहित्य सदन, रत्ननगर, टाँडीका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्री रामबाबु घिमिरेको प्रमुख अातिथ्यता र वरिष्ठ साहित्यकार केशवराज अामोदी, तिलकराज शर्मा, डा श्यामप्रसाद न्यौपाने, पुष्प अधिकारी अञ्जलि, गोर्खे साइँलो, वडा नं ७, ८ र ९ का वडाध्यक्षहरू क्रमस: सुमिता डल्लाकोटी, पूर्णप्रसाद अाचार्य, खड्ग बहादुर तामाङ, लगायतका विशिष्ट अतिथिहरू सहित ३० भन्दा बढी अतिथिहरूको आतिथ्यतामा भएको कार्यक्रममा कुमार सिंजाली मगर तथा उहाँको गायन समूहले राष्ट्रिय गीत गाएका थिए भने श्री आधारभूत विद्यालय बजरहट्टीका बहिरा विद्यार्थीहरूले साङ्केतिक भाषामा सँगसँगै राष्ट्रिय गीत गाएका थिए ।
कार्यक्रममा राप्ती न.पा.वडा नम्बर ७ र ८ का सनातन भजन समूहले खैँजडी भजन, वडा नम्बर ७ र ८ कै आदिवासी थारू महिलाहरूले महान पर्व जितियामा नाचिने झाम्टा नाच; मगर जातीको कौडा नाच र नारीहरूको तीज गीत प्रदर्शन गरिएका थिए । विविध जातीय भेषभुषा सहित आउनु भएका सांस्कृतिक समूहहरूले आ-आफ्ना जातका पर्व विशेष नाचहरू प्रदर्शन गर्दा कार्यक्रमको माहोल निकै रमाइलो बनेको थियो ।
कार्यक्रम स्थलमा राप्ती-७ का कुशल चित्रकार, स्वस्ती आर्ट, खुरखुरेका चित्रकला प्रशिक्षक श्री सीताराम उप्रेतीद्वारा बनाइएका दुई दर्जन भन्दा बढी चित्रहरूको प्रदर्शन पनि गरिएको थियो । उप्रेतीले कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार श्री राम बाबू घिमिरेको मुहार चित्र पनि बनाउनु भएको थियो भने सुन्दर फोटो फ्रेममा राखिएको सो चित्रलाई कार्यक्रमका सभापति तथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी’कृष्णजी शर्मा’ले मायाको चिनो स्वरूप घिमिरेलाई उपहार प्रदान गर्नु भएको थियो ।
नमस्ते आधुनिक लघुकथा मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा जिल्ला बाहिरबाट आमन्त्रित स्रष्टाहरूमा भुमही, नवलपरासीबाट डा. श्यामप्रसाद न्यौपाने; गैँडाकोट, नवलपुरबाट ज्यो. नानी बिवु ; स्याङ्जाबाट युवा कविहरू मिलन समीर र शम्भु अर्याल, तनहुँबाट जनार्दन दाहाल; काठमाडौँबाट नमस्ते आधुनिक लघुकथा मञ्चका कोषाध्यक्ष यमुना प्रधानाङ्ग ‘मुना’; सदस्य कल्पना भण्डारी ‘मुस्कान’ को उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रममा चितवनका साहित्यकारहरू : राजेन्द्र घायल, गिरिराज डल्लाकोटी, रोहिणी प्रसाद लोहनी, हरिप्रसाद गजुरेल, चेतनाथ रुवाली, विश्वनाथ खनाल, तुलसी पण्डितले आ-आफ्ना रचना वाचन गर्नु भएको थियो । ८ वर्षे बालक सम्राट डल्लाकोटीले ‘बा’ लघुकथा सङ्ग्रहबाट लघुकथाकार प्रा. डा. कपिल लामिछानेले सिर्जना गर्नु भएको ‘बा र अक्षर’ शीर्षकको लघुकथा वाचन गरेर सुनाउनु भएको थियो ।
कार्यक्रममा ४० जना भन्दा बढी साहित्यकारहरूले लघुकथा, गजल, कविता, मुक्तक लगायत विविध साहित्यिक रचनाहरू प्रस्तुत गरेका थिए । झण्डै ६ घण्टा लामो चलेको कार्यक्रममा जनप्रतिनिधि, लेखक, साहित्यकार, पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
समापन मन्तव्य दिनुहुँदै कार्यक्रमका सभापति घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ले कोरोना महामारीको कारण धेरै समयदेखि साहित्यिक कार्यक्रम हुन नसकेकोले करिब ३ वर्षपछि स्रष्टा भेटघाट, परिचय, कला-संस्कृति लगायत साहित्यका विविध विधाहरूमा रचना वाचन कार्यक्रम गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । साथै उहाँले संभवभएसम्म त्रैमासिक रूपमा यस्ता कार्यक्रमहरू आयोजना गरिने पनि जनाउनु भयो ।
कार्यक्रममा राजेश रुम्बा लामाले स्वागत मन्तव्य दिनु भएको थियो भने रामशरण थपलिया ‘रमणजी शर्मा’, मिठुकुमारी पाठक, अन्जु सिन्जालीमगर ‘सारिका क्षितिज’ र राजेश रुम्बा लामाले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार 🙏 ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको सात अभ्यासमा छौं। यहाँहरुलाई हार्दिक स्वागत गर्दै🙏
श्रीकृष्ण जीको जन्मोत्सव पारेर आज भगवान श्रीकृष्णको (श्रीकृष्ण जन्माष्टमी) बारेमा पञ्चाङ्ग यस शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
चित्रपट पञ्चाङ्ग ०१ [१] महिमा कत्ति सकिन्न होला गाउॅदा कालेको। सम्झना उस्तै मनमा मेरो ऑउदा कालेको। अनेकौॅ लीला गरेर त्यॅहा हङ्गामा मच्चाए, विवाद भयो गोपीनी पछि लाउॅदा कालेको सर्वस्व उठ्यो गोकुल तिर धाउॅदा कालेको। [२] श्रीकृष्ण काले रैछन् दही चोरेर खाने। लुकाएर राखेको ठेकी फोरेर खाने। ऑफू खाईसकेपछि दिने अरुलाई, भुईॅभरि पोखाइएको सोरेर खाने। भाॅडाबरि लागेको पनि कोरेर खाने।
✍️घनश्याम पौडेल, सृजना चोक पोखरा ।
चित्रपट पञ्चाङ्ग ०२
कति सुन्नु नि तिम्रो महिमा लीला अचम्म । हरेक ठाउँमा गाडेकाथ्यौ किला अचम्म । चौध सय गोपिनी तिम्रै महिमा गाउने , कतै तिम्रो चरीत्र त थेन ढिला अचम्म । उठ्छ्न् बारबार प्रश्न नै पेचिला अचम्म ।
✍️वसन्त अनुभव, घोराही, दाङ ।
चित्रपट पञ्चाङ्ग ०३
कस्तो रहर कृष्णको लीला । गाउँ सहर कृष्णको लीला । विकृति बिच डुबेको युग, भयो कहर कृष्णको लीला । मन्द जहर कृष्णको लीला ।
✍️आर्त अकुलीन, कैलाली ।
चित्रपट पञ्चाङ्ग ०४
समपञ्चाङ्ग
तिम्रा हुन भक्त तार्नलाई आउ श्रीकृष्ण । दु:ख र गरिबी सार्नलाई आउ श्रीकृष्ण । तिम्रो नाम जपनले पनि कल्याण हुन्छ , राक्षसी मानव मार्नलाई आउ श्रीकृष्ण । सबैको दिलमा चार्नलाई आउ श्रीकृष्ण ।
श्रीकृष्ण तिमीलाई आफ्नो सबै ठान्छु अब । सपनीमा भनिदेउ सदैव मान्छु अब । काले श्रीकृष्ण भने पनि मेरो सखा तिमी , जपतप तिम्रै शरण पर्न जान्छु अब । हे ! श्रीकृष्ण जप गर्दै आफैले बान्छु अब ।
✍️संगिता शर्मा, सिन्धुली ।
चित्रपट पञ्चाङ्ग ०६
मनमा मैलो पस्यो नेताको धोइ देउ श्रीकृष्ण । दिन दु:खीको पीडालाई आफैले लेउ श्रीकृष्ण । द्वपरका थियौ नि कलियुगको सहारा भयौ , तिम्रो आशिर्वाद पाए पर्न छैनन् छेउ श्रीकृष्ण । राम्रो नगर्नेको सबै कुराको देउ भेउ श्रीकृष्ण ।
✍️सीता कडेंल सापकोटा, भरतपुर चितवन ।
चित्रपट पञ्चाङ्ग ०७
राधा र कृष्ण सबैले सुन्ने मनछ। तिम्रो भजन मनमा गुन्ने मनछ। हण्डी फोरेर मखन चोरेर हिँड्ने कृष्ण गोपी जस्तै प्रेम उन्ने मनछ। अब तिमी लाई सधैँ चुन्ने मनछ।
✍️दुर्गा आचार्य, मोरङ ।
चित्रपट अभ्यास ०८ [१] राम्रो हुन्छ गीत गाउँदा कृष्ण कालेकाे । पूजा गरि टीका लाउँदा कृष्ण कालेकाे। रहर हुन्छ हजारौं महिमा उसैको, धेरै मन्दिरमा धाउँदा कृष्ण कालेकाे । सम्झना दिनहुँ आउँदा कृष्ण कालेकाे । [२] अनेकौं हुन्छ रहर कृष्णकाे धेरै । रमिता भर सहर कृष्णकाे धेरै । कति अनाैठाे हाेर लिला देखाएको, मनदेखि छ कहर कृष्णकाे धेरै। मन्द मुस्कान नजर कृष्णकाे धेरै।
✍️सहयात्री शाेभा अर्याल,रुपन्देही १४ बुटवल ।
चित्रपट पञ्चाङ्ग ०९ ✍️✍️ आउ कृष्ण बंशी बजाउ मनै सजाउन । तिम्रा भक्त तल्लीनमा छन् झनै सजाउन। मोहरात्रीमा जन्म लिई शान्दिपनी गुरु , गोलोकमा जानेको मन तनै सजाउन । फाटी अन्ध दियो जगाइ वनै सजाउन ।
✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
चित्रपट पञ्चाङ्ग १०
तिम्रो जन्माष्टमी आउँदैछ मुरारी । बंशि बजाउँदै धाउँदैछ मुरारी । श्यामसुन्दर धर्तीमा चाँडै नै आउ , मुरलीको धुन गाउँदैछ मुरारी। आउने ति लुगा लाउँदैछ मुरारी।
योधर्तीमा आएर नाचिदेउ कृष्ण । पलपल तिमीनै हाँसीदेउ कृष्ण । सबैका हृदयमा आएर बसन , सबैमा माया प्रेम गाँसीदेउ कृष्ण । युगौं युग नै तिमी बाँचीदेउ कृष्ण ।
✍️बेदु न्यौपाने, काठमाडौ ।
चित्रपट पञ्चाङ्ग ११
के बयान गरुँ कृष्ण लीला धारीको । के बखान गरुँ कृष्ण तिला धारीको । छिन् छिनमा सँसारै भुलाउनेलाई, कान भरुँ कृष्ण काल निला धारीको । शरण परुँ हे ! कृष्ण शिला धारीको ।
✍️दुर्गा भट्टराई,मोरङ ।
चित्रपट पञ्चाङ्ग १२
राधा मोहन त सबैले सुनेकै छौं। गोपिनी को प्यार मनमा गुनेकै छौं। बाँसुरी बजाउँदै हण्डी फोर्दै हिँड्छन्, किष्णलाई फूलको माला उनेकै छौं। यहाँ हरिको भक्तभनी चुनेकै छौं।
✍️कमला हरिमाया पाण्डे पराजुली, झापा।
चित्रपट पञ्चाङ्ग १३
कृष्ण तिम्रो वंशीको धुन सुनाउ न । मिठो मिठो कुरा गुन् गुन सुनाउ न । ज्ञानीका ज्ञान तिमी प्रेमीका प्रेम हौ , प्रेमको गीत भुलेँ पुन: सुनाउ न। गोपिनी लय स्वर जुन सुनाउ न ।
✍️पुष्पा सायरा, विराटनगर मोरंग ।
चित्रपट पञ्चाङ्ग १४
साधु र सन्त सत्यतालाई बचायौ कृष्णजी। बजाई वंशी गोपिनी सारा नचायौ कृष्णजी। पापी र दुष्ट थियो त्यो कंस सजाय दिलायौ , झुलामा राखि राधाको प्यार रचायौ कृष्णजी। धर्तीमा आई अनेक लीला मचायौ कृष्णजी।
✍️पुष्पा नेपाल(सुवेदी ), इलाम ।
चित्रपट पञ्चाङ्ग १५
तिम्रै भक्त हौ हामी शरणमा लेऊ श्रीकृष्ण मुरारी। भजन कीर्तनले बस्छौ तिम्रो छेउ श्रीकृष्ण मुरारी । आत्माको सुरुवात कहाँबाट भयो र अन्त्य कहाँ हो, अज्ञलाई तत्त्वज्ञान सिकाइ देऊ श्रीकृष्ण मुरारी। भेटाइदेउ आत्मसाक्षात्कारी भेउ श्रीकृष्ण मुरारी।
✍️ अच्युत घिमिरे-भुटान बाट 🇧🇹
चित्रपट पञ्चाङ्ग १६
पापीको नाश गर्न आउन कृष्ण । दु:खीको घाउ भर्न आउन कृष्ण । जहाँ त्यही पाप पाप भरी सक्यो , ज्ञानको ज्योति छर्न आउन कृष्ण । मन्मा बसाइँ सर्न आउन कृष्ण ।
✍️बुद्धिमान दनुवार, सुरुङ्गा –४ झापा ।
चित्रपट पञ्चाङ्ग १७
श्रीकृष्णले के के लीला गरेका थे हेराैँ । कस्ता कस्ता लीला गर्न सरेका थे हेराैँ। याे धर्तीमा कंस जस्ता दुष्ट दैत्य मिल्दै , अत्याचार गर्न लागि परेका थे हेराैँ । कसाेगरी दुष्ट दैत्य मरेका थे हेराैँ ।
ताेयानाथ सुवेदी, काठमाडौं,काँडाघारी ।
चित्रपट पञ्चाङ्ग १८
कति मीठो बाँसुरीको धुन बजाउँने । यिनै कृष्ण कनैया पो हुन बजाउँने। तममा जन्मेर जगत् दिव्य तुल्याउँने, दही चोरी खाने वंश कुन बजाउँने । गोपिनी यिनका सङ्गी बुन बजाउँने ।
✍️सरिता काफ्ले, कोहलपुर बाँके ।
चित्रपट पञ्चाङ्ग १९
दही चोरी खाने पनि तिमी नै हौ । घैँटो फोरी खाने पनि तिमी नै हौ। दुनियाँलाई मोहित पारेर पनि , दही सोहोरी खाने पनि तिमी हौ । साथी जोरी खाने पनि तिमी नै हौ ।
✍️आर्मित्मा थापा मगर, स्याङ्जा ।
चित्रपट पञ्चाङ्ग २०
सद्धर्मको स्थापना निम्ति तिमि आयौ कृष्ण राधा रानी संग चोखो अमर प्रेम लायौ कृष्ण कंस मामा भए पनि दुष्ट संहार गर्नु थियो, महाभारत गीता ज्ञान अर्जुन संग गायौ कृष्ण सुदामाको कनिका अमृत मानि खायौ कृष्ण !
✍️मिथिला अधिकारी मकवानपुर हेटौडा ।
चित्रपट पञ्चाङ्ग २१
गाेपिनीकाे मायामा पर्यौ यहाँ । अनेकन स्वरूप धर्यौ यहाँ । दुष्टकाे संहार गर्न निमित्त, सत्यताको सन्देश छर्यौ यहाँ । जीवनभर लीला गर्यौ यहाँ ।
कंशलाई मारेर बासुदेवलाई बचायौ यहाँ । सारा गाेपिनीलाई नचाउनुसम्म नचायौ यहाँ । लीला नसक्नु तिम्रो अपार छ श्री कृष्ण भगवान्, गाेकुलकाे दही मखन त चाेरेरै पचायौ यहाँ । द्वापर युगमा अनेकौँ रासलीला रचायौ यहाँ ।
✍️भवानी घिमिरे, सर्लाही ।
चित्रपट पञ्चाङ्ग २२
कृष्ण काले रहेछन् दही चोरेर खाने। लुकाएको भाँडो नै खोजी फोरेर खाने। कृष्णजन्माष्टमी शुभकामना सबैमा, अनुहारभरि दहीले कोरेर खाने। लत्पतिएको दही सबै सोरेर खाने।
✍️सुशीला पौडेल, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग २३
ग्वाला रुप गोठालाको भेषमा आइदेउन कृष्ण। दुःख मनकाे घाउमा मल्हम लाइदेउन कृष्ण ! तिमीनै हाै अनेक युगका सबैका दु:ख नासक! लोकको भलाे संदेशकाे गीत गाइदेउन कृष्ण! सबकाे तन-मनमा प्रेमले छाइदेउन कृष्ण!
✍️उर्मिला के.शी., धनकुटा !
चित्रपट पञ्चाङ्ग २४
तिम्रै अभाव थियो यहाँ आयौँ श्रीकृष्ण । सुख्खा मरुभूमिमा ज्योति छायौँ श्रीकृष्ण । चम्किन्छ अब बजुनतारा लम्किन्छ सारा , दु:खी पीडितको मनमा धायौँ श्रीकृष्ण । साझा बनी पिरति तिमी लायौँ श्रीकृष्ण ।
✍️नम्रता थामी, घ्याङ्लेख २,सिन्धुली ।
चित्रपट पञ्चाङ्ग २५
ग्वाला बिरामी पर्दा जचाउने काले कृष्ण । गोपिनी हरुलाई बचाउने काले कृष्ण। आज कृष्णाष्टमीकाे शुभकामना छ, कठिन अवस्था नि पचाउने काले कृष्ण। दुश्मन जतिलाई घचाउने काले कृष्ण ।
✍️ह्यारिस ह्यारिसन, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग २६
आउन प्रभु दर्शन दिन आउ हे! कृष्ण । भक्ति गरेर शरण पर्छु पाउ हे! कृष्ण । लिला गर्यौ तर दर्शन पाउन सकिन , भक्तहरूको दिलमा तिमी छाउ हे ! कृष्ण । पुकार सुनेर भक्तसँगै जाउ हे ! कृष्ण ।
✍️आस्था निरौला, काठमाडौं ।
पञ्चाङ्ग २७
श्रीकृष्ण लीला अब गाऔं सबैले । उसैकाे कृपा अनि पाऔं सबैले । जहाँ हुन्न पूजा पाइदैन केही , उसैकाे मन्दिरमा धाऔं सबैले । अनि प्रसाद खूब खाऔं सबैले ।
✍️नवराज भट्ट,महेन्द्रनगर,कञ्चनपुर ।
चित्रपट पञ्चाङ्ग २८
श्रीकृष्ण कालेको भजन गाऔं हामीले । प्यारेको साथ अनि माया पाऔं हामीले । आस्था राखौं मनमा सधैँ कृपा हुन्छ रे, अब उनकै मन्दिरमा धाऔं हामीले । गाउन महिमा मन्दिर जाअैाँ हामीले ।
✍️अनुप आचार्य, मोरङ ।
चित्रपट पञ्चाङ्ग २९
कृष्ण तिमी त कस्तो बेइमानी दही चोरी खाने । लुकाइएको हण्डी पनि तिमीले नै फोरि खाने । साेह्रसय गाेपिनिलाई माेहनी आफ्नै बसमा , दही र मखन हातले भाँडो भोरी भोरी खाने । मखान दही खाछैन भनेर हात जोरि खाने ।
✍️दुर्गा निरौला, काठमाडौं ।
पन्चाङ्ग ३० पहिलो प्रयास ———- नारी हुँ म सबै कष्ट झेल्न सिक्नु पर्छ । वेदनाको सबै भारी पेल्न सिक्नु पर्छ। दु:ख दिन्छन् पुरुष प्रधान समाजले, पिल्सिएको घाउसँग खेल्न सिक्नु पर्छ। काँचो पिठो झैँ जिन्दगी बेल्न सिक्नु पर्छ।
✍️ शिखा खतिवडा बारा ।
चित्रपट पञ्चाङ्ग ३१
कृष्णको मन जीत्न गोपीनीलाई पर्यो कस्तो आपत । राधाको माया कानाको दिलमा नै सर्यो कस्तो आपत। कृष्णाअष्ठमीमा गोकुलमा परेछ ठूलो दर्के पानी , देबकी वासुदेवलाई जेलमा छर्यो कस्तो आपत । गोकुलमा बलरामसँग गाई चर्यो कस्तो आपत ।
काठमाडौ, २१ साउन । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४५औँ शृङ्खला साउन २१ गते शनिबार सम्पन्न भएको छ । अभ्यासमा ५१ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४५औँ शृङ्खलाको लागि समाजका सकृय टुक्काकार/अभियन्ता बिके मुखियाले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
टिकटकको खेती छ है नेटको कुलो, खरानी भो तरकारी दोष पायो चुलो । बिकेमुखिया
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] टिकटक नै जिन्दगी, भएको छ खास, नभए त रोकिन्छ कि, जस्तो लाग्छ सास । ✍️ वसन्त अनुभव घोराही, दाङ
[७] बगर पनि भयो घडेरी छानो भयो त्रिपाल, खेतबारी भूमाफियालाई देशमा अनिकाल । ✍️ सुरेशकुमार पान्डे घोराही१८दाङ
[८] टिकटकले नयाँ वस्त्र छ बढाएकाे, फजुल खर्च छ अधिक नै गराएकाे । ✍️ शर्मिला खतिवडा विर्तामोड ,झापा ।
[९] चुनावको माहोल छ पैसाको खोलो, यही मौकामा कान्छीले किन्ने हुन् चोलो । ✍️ देवी पन्थी
[१०] जन्मदै अब मोबाइल भिराउनु पर्ने कुन्नि कस्तो समयले चाल्यो, वृद्ध आमाले नाइटो देखाउँदै उफ्रन्छिन् टिकटकले नि आगो बाल्यो । ✍️ शंकर कार्की थाहा नगरपालिका ३ मकवानपुर
[११] टिकटक खेल्यौ बुढेसकालमा दुवै श्रीमान श्रीमती, घर व्यवहार मिलाउन नसक्दा भए छ ठूलै खती । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर थिमी ५सङ्गमकाेलनी भक्तपुर
[१२] कामधन्दा नै छोडेर बस्छन् टिकटक हेरी, दिनमा सत्र जोर लुगा अनि गहना फेरि । ✍️ तारा घिमिरे सङ्खुवासभा
[१३] विभिन्न सामाजिक सञ्जालहरू जीवन जिउने तरिका भयो, अब टिकटकले बन्नु छ भाइरल, सङ्घर्षको जमाना गयो । ✍️ अच्युत घिमिरे भुटान बाट 🇧🇹
[१४] गर्नुपर्ने केही छैन मुख चलाएकाे, लाइक र कमेन्टकाे फल फलाएकाे । ✍️ कृष्ण अधिकारी विर्तामोड झापा
[१५] घरघर नै टिकटकमा जन्मे कलाकार, लथालिङ्ग बन्दै गयो हेर सारा घरबार । ✍️ बिबस पारदर्शी भद्रपुर, झापा
[१६] टिकटकमा हुन्छ अभिनय कम नौटङ्की बढी, विज्ञानले के बनायो लौ नाच्दैछ टाउकोमा चढी । ✍️ बुद्धिमान दनुवार सुरुङा ४ झापा
[१७] कसै कसैले टिकटक बनाएरै पैसा कमाए, त्यसैले होलाकी जो कोहीले यो धन्धालाई समाए । ✍️ मल्ल लक्ष्मी श्रेष्ट मेची किनार बिर्तामोड झापा
[१८] टिकटकको लतले थाहै नपाइने समय खुस्काएको, आज गर्ने महत्त्वपूर्ण काम हेर बिनसित्ति फुस्काएको । ✍️ प्रेम थापा “मन”
[१९] आफ्नो बारी बाँझो राखी, अरूलाई सघाउँछ आफैँ बिर्सी महान् हुन् पराइलाई जगाउँछ । ✍️ अवाइ प्रभात
[२०] टिकटक बनाई भाइरल हुनुपर्यो, लाइभ आई मगन्तेको बिल्ला भिर्नुपर्यो । ✍️ राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ हाल- प्रवास
[२१] केही टिकटक त आजकल कस्तो, दर्ता नभएका सिध्रे व्यापार जस्तो । ✍️ रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची, हाल : बुटवल, रुपन्देही ! २०७९/०४/२१
[२२] कला गला देखाउने टिकटक बनाेस् है साधन, असल सबै कलाकारलाई हाम्रो अभिवादन ! ✍️ त्रिलाेचन भण्डारी मेचीनगर, झापा
[२४] सबै समूह जान खोज्ने टिकटक सँगै सती, जान्ने सुन्नेको समेत देखिन्छ बिग्रिएको मति । ✍️ प्रदीप के रिमाल इटहरी,सुनसरी।
[२५] बनेको छ अहिले टिकटक मागी खाने भाँडो भोलि घर बिग्रिँदा हुन्छ हेर आफैँलाई घाँडो । ✍️ सरस्वती श्रेष्ठ इटहरी
[२६] आज सारा विश्वभरि चलन यस्तै आयो, तरकारीको के कुरा कतिको ज्यानै खायो। ✍️ अरुण कु.भुजेल गोरूबथान,कालेबुङ्ग,भारत।
[२७] गएको देख्दा भाइरल भई गाउँदेखि सहर, मलाई पनि टिकटक बनाउन लाग्यो रहर । ✍️ लालीमाया थापा मगर प्युठान
[२८] जाँड रक्सी खाइन्थ्यो मरुन्जेल, टिकटकले लत छुटाइदियो, आजभोली भाइरल भयौ भन्छन्, मिडियाले अन्तरवार्ता लियो । ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[५०] भान्सा तयार गर्ने बेला बुढाबुढीको झगडा, टिकटकमा प्रतिष्पर्धा छ काे हुने हाे तगडा? ✍️ मित्र `उराठी´ गाैतम अमरपुर गुल्मी हाल तिलाेत्तमा न पा -२ रुपन्देही
[५१] फेसबुक टिकटक माेबाइलकाे बढ्दैछ दुरुपयाेग, फैलिएको छ जतासुकै अचेल प्रविधिको सरुवा राेग । ✍️ रामकृष्ण रिजाल बाग्लुङ