• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: लोकप्रिय

छाकैपिच्छे भोकको डायरी

  • २६ भाद्र २०७७, शुक्रबार १७:५१ मा प्रकाशित
  • काम र मामको खोजीमा भोको पेट भौंतारिरहेका १९ वर्षीय बुद्धिमान भन्छन्– ‘मेरो उमेरको मैमात्र गरिब रहेछु जस्तो लाग्छ ।’

    काठमाडौँ — उनलाई पहिलो प्रश्न थियो– ‘लकडाउनले के सिकायो ?’
    ‘भोक सहन,’ यत्ति छिटो भने मानौं मैले के सोध्दैछु भन्ने उनलाई पहिल्यै थाहा थियो । तर, उनले भनेजस्तो भोक सहन सजिलो छैन । केही उपाय नभएपछि मान्छेले भोक सहन्छ । उनले पनि त्यसरी नै भोक सहिरहेका छन् ।

    यसो भनिरहँदा उनी आफैं भोकले छटपटाइरहेका थिए । खाना खानकै लागि बौद्ध, नयाँ बस्तीबाट डेढ घण्टा हिँडेर खुलामञ्च आइपुगेका थिए । अनि हाम्रो अगाडि बिहीबार उनीजस्तै कम्तीमा दुई सय जना थिए, जो भुइँमा बसेर रित्तो पेट भरिरहेका थिए । निःशुल्क खाना वितरण गरिरहेका मनकारीहरूलाई भ्याइनभ्याइ थियो । बिहान १० बजेतिर घाम पनि टन्टलापुर थियो, सबै असिनपसिन ।

    उनी अर्थात् बुद्धिमान माझी । उमेर १९ वर्ष । अध्ययन बीबीएस पहिलो वर्ष । शरीर ठिक्कको । ज्यानमा टिसर्ट र पाइन्ट, खुट्टामा जुत्ता उनेका छन् । पिठ्युँमा ब्याग । सामुन्नेमा भात मुछिरहेकाहरूभन्दा ठ्याम्मै अलग लाग्ने ।

    तर, देख्नु र भोग्नुमा कैयौं कोसको अन्तर हुने रहेछ ।

    जस्तो, उनी भोकको रापमा पिल्सिरहेको अरूको आँखा देख्दैनन् । सुरुमा भोक सहनु बाध्यता थियो, विस्तारै बानी बन्दै गयो, उनलाई यस्तै लाग्छ । वा, क्रूर समयले उनलाई यही सिकायो ।

    खुलामञ्चको एक कुनामा शीतल खोज्दै भुइँमा बसेपछि उनले ब्यागबाट एउटा लामो डायरी निकाले, भोकको बहिखाता रहेछ । जहाँ उनले खाएका हरेक रोटी र भोकको पाईपाई हिसाब छ । कमर्स पढेको केटो कुनै कम्पनीको नाफाघाटाको खाता राख्नुपर्ने तर निर्मम नियतिले उनलाई आफ्नो पेटको हिसाब राख्न बाध्य बनायो । …भदौ ९ गते खाना नआएको…. ११ छिमेकीकोमा खाना… १३ गते नखाएको… १८ गते छिमेकीकोमा खाना… आदि–आदि ।

    प्लस टु पास गरेको हृष्टपुष्ट केटो भोकसँग पौठेजोरी खोज्दै सहरको चक्कर लगाइरहेको कटु यथार्थले राज्यले के देख्थ्यो ? यसको लेखाजोखाचाहिँ बुद्धिमानले गरेका छैनन्, सायद यसैगरी भौंतारिरहेका अरू बुद्धिमानहरूले पनि गरेका छैनन् । तर, यी बुद्धिमान यस्ता पात्र हुन्, जसले कोरोना महाव्याधिका कारण गरिएको/गर्नुपरेको लकडाउन/निषेधाज्ञाले चौपट भएका यो सहरका आगन्तुक विद्यार्थीहरूको साझा व्यथाको प्रतिनिधित्व गर्छ ।

    झन्डै एक घण्टा कुरा गरेपछि लाग्यो, यी किशोरको जीवनमा सबैभन्दा धेरै केही छ भने कष्ट, संकट र हन्डर छ ।

    उनको घर सिन्धुलीको गोलान्जोर गाउँपालिका । बुबा–आमाका दसमध्ये चौथो सन्तान । उनका दुई दिदी, एक दाइ, दुई बहिनी र चार भाइ छन् । धान फल्ने खेत छैन, पाखो बारी छ । हरेक कुरा किनेरै खानुपर्छ, दुःखजिलो गरेर उनका अभिभावकले सन्तानलाई पालेनन् मात्र, पढाए पनि । गाउँबाटै एसएलसी पास गरेपछि उनी काठमाडौं आए । दाइसँग बस्थे, उनै दाइ डेढ वर्षयता सम्पर्कविहीन छन् । बुद्धिमानले प्लस टु पास गरे तर पैसा नभएपछि बीबीएसमा भर्ना हुन पाएनन् । ‘हाम्रो केही खेत थियो, त्यही बेचेर बुबाले हामीलाई पढाउनुभयो, खेत सकियो तर हाम्रो पढाइ सकिएन, त्यसपछि पढ्नै धो–धो हुन थाल्यो,’ उनको स्वर मसिनो थियो ।

    पढ्न नपाएपछि बालुवा र इँटा बोक्न थाले । खाएर अलि–अलि बच्थ्यो । कहिलेकाहीं काम नहुँदा मार्कसिट र नागरिकता बोकेर जब सेन्टर ध्याउँथे, चिने–जानेका सबैलाई फोन गरेर बिन्ती गर्थे । चार–पाँच महिना बित्यो, बालुवा बोक्नबाट छुट्कारा पाएनन् । बल्लतल्ल लेखापालको काम पाए, तलब जम्मा सात हजार । कोठा भाडा, गाडी भाडा, खाना खर्चमै ठिक्क । चामल किन्ने पैसासमेत हुन्थेन ।

    तैपनि जागिर चलिरहेकै थियो, यता नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्टका लागि आवेदन खुल्यो । बुद्धिमानले ‘ट्राई’ गरे, अफिसबाट कहिले छलेर, कहिले बहाना बनाएर परीक्षामा सहभागी हुन्थे । साहुले एक दिन थाहा पाइहाले । यता, जागिर चट् भो । उता, सेकेन्ड लेफ्टिनेन्टको दौडबाट ‘आउट’ । फेरि बिचल्ली ! ‘जागिर गइहाल्यो, खाना पनि मज्जाले पाइँदैन्थ्यो । त्यसमाथि घरबेटीको गाली, त्यतिबेलै हत्तुहैरान भइसकेको थिएँ,’ उनले करुणस्वरमा भने, ‘घरमा पैसा माग्ने स्थिति थिएन । त्यसैले जसले जे भने पनि सहेर बसिन्थ्यो ।’

    https://www.youtube.com/embed/nAFDRw4nOrcअर्काको जागिरको भर नभएपछि उनलाई लागेछ, अब आफैं केही गर्ने । बडो अनुनयविनय गरेर साथीको मामासँग डेढ लाख ऋण लिए । बौद्धको कुमारीगालमा खाजा पसल खोले । यो थियो, गत माघको कुरा । यतिबेला नेपालमा कोरोना भाइरसको त्रास आइसकेको थियो । पसलमा ज्यान दिएर खट्ने, कमाइ गर्ने, पढ्ने, भाइबहिनीलाई पढाउने, बचेको पैसा घर पठाउने । यत्ति सपना थियो उनको ।

    पहिलो महिना भाडा तिर्नै पुगेन, तैपनि हरेस खाएनन्, दोस्रो महिना घाटा कम भएको थियो । अब पसल उठ्ला जस्तो लागेको थियो, त्यही बेला कोरोना आतंक यता पनि आइपुग्यो । लकडाउनको हल्ला चल्यो, ग्यास पनि पाएनन् । पसल बन्द गरे, सिन्धुली घर गए, त्यसको केही दिनमा त लकडाउन भइहाल्यो ।

    परिवारको छहारीमा त पुगे तर त्यहाँ आफ्नै व्यथा थियो । लकडाउनले गर्दा होटल सबै बन्द, फलेको तरकारी बारीमै कुहिन थाल्यो । बिहीबार उनका बुबा चित्रबहादुर माझीले फोनमा भने, ‘हिउँदको तरकारी शीतले खायो, बर्खाको लकडाउनले । कोही किन्न आएनन्, बारीमै खेर गयो ।’ हिउँदमा साढे दुई लाख नोक्सान भएको थियो, लकडाउनले साढे तीन लाख नास पार्‍यो । जबकि दस जनाको परिवार बाँच्ने एउटै आधार त्यही तरकारी थियो ।

    एकातिर तरकारी खेर गएकाले घरमा चामल किन्नै धौ–धौ हुन थाल्यो, अर्कातिर काठमाडौंबाट घरबेटीले फोन गरेर हैरान । होटल र बस्ने गरी उनका दुई ठाउँमा कोठा थियो । ‘लकडाउन खुलेपछि आउँछु, जसरी पनि तिर्छु भन्थे तर घरबेटीले मान्दै–मानेनन्, बुबालाई पनि फोन गरेर सामान बाटोमा फालिदिन्छौं भनेर धम्काउन थाले,’ बुद्धिमानले पीडा पोखे, ‘त्यसपछि खुर्कोटबाट १५ सय भाडा बुझाएर काठमाडौं आएँ ।’ यहाँ आएपछि घरबेटीलाई ज्यामी काम गरेर भए पनि तिर्छु, केही दिन पर्खनु भन्दै बिन्ती गरे । दिउँसो देखे, गाली गर्थे, त्यसैले राति होटलको कोठामा थाहा नपाउने गरी जान्थे, मेचमा सुत्थे, सबेरै निस्कन्थे । उद्देश्य एउटै हुन्थ्यो, जसरी पनि काम खोज्ने ।

    मार्कसिट र नागरिकता बोकेर जब सेन्टरमा ध्याए । आफूले चिनेकालाई फोन गरे । सबैको उत्तर एउटै हुन्थ्यो– ‘यस्तो बेला कहाँ जागिर पाउनु ?’ अझ जब सेन्टरमा त सुरुमा ३५ सयदेखि ५ हजारसम्म मागिन्थ्यो । यसरी छटपिटरहेका बेला साउन ३ गते चिनेको एउटा दाइले फोनमा भने– ‘ल भोलिबाट आइज, दिनमा ९ सय दिन्छु ।’ काम उही, बालुवा बोक्ने, इँटा बोक्ने । तैपनि उनलाई भोलि कहिले आउलाजस्तो भयो, पहिलो दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म काम गरे । भोलिपल्ट पनि ठाउँमा पुगे तर दाइ नै आएनन्, काम भएन । ‘दाइको आफ्नै भर रहेनछ, उहाँ नभई काम गर्न नपाइने । कहिले वर्षाले काम रोकिन्थ्यो,’ उनले सुनाए । तीन चार दिनमा एक दिन काम हुन थाल्यो, कहिले आधा दिन, कहिले त एक दुई घण्टा मात्र । पैसा पनि त्यहीअनुसार । यता होटलको साहुको म्यासेज आयो– ‘आज पैसा लिएर आएनौं भने सामान बाहिर फाल्छु ।’

    पैसा थिएन, तैपनि आत्तिँदै पुगे । हात जोडे, भरमार गाली गरेपछि साहुजीले सामान निकाले भाडा नदिए हुने उर्दी जारी गरे । नजिकै एउटा कोठा भाडामा लिए, सामान सारे । त्यहीबेला उता, बस्ने गरेको कोठाको साहुजीले उनका बुबालाई फोन गरेर भनेछन्– ‘भाडा चार हजारबाट पाँच हजार पुग्यो । भाडा र पीसीआर टेस्ट गरेको रिपोर्ट लिएर मात्र यहाँ पठाउनु ।’ बुद्धिमानका अनुसार फागुनदेखि असोज (एक महिनाको अग्रिम) सम्म जोडेर घरबेटीले ४० हजार लिएर मात्र आउनु भनेका छन् । यत्रो पैसा कहाँबाट ल्याउनु ? त्यसैले उनी त्यहाँ गएकै छैनन् ।

    ‘चाबहिलतिर ज्यामी काम गर्दा कोरोना संघर्ष समितिका मान्छेहरूसँग भेट भएको थियो, घरबेटीले भनेका सबै कुराहरू उहाँहरूलाई सुनाए तर केही गर्न सकिन्न भन्नुभयो,’ गलेको स्वरमा उनले भने, ‘म एक्लैले घरबेटीलाई के नै भन्न सक्थें र ! पैसा नदिनु मेरै गल्ती हो ।’

    चिनेको दाइको टुंगो नभएपछि आफैं ज्यामी काम खोज्न थाले, जहाँ भवन बनाइरहेको देख्थें, त्यहाँ गएर काम माग्थे, तर कसैले दिएनन् । उनको बुझाइमा नयाँ मान्छे भएर विश्वास नगरेको हुन सक्छ । उनको नियमित भोकको शृंखला यतैबाट सुरु भयो । साउन जसोतसो कट्यो । ‘अब त काम पाइएला जस्तो लागेको थियो, झन् निषेधाज्ञा पो लाग्यो,’ निधार खुम्चाउँदै उनले भने ।

    निषेधाज्ञाको मुखैमा महाराजगन्जमा पुराना टायल सफा गर्ने काम पाएका थिए । निषेधाज्ञाको पहिलो दिन बिहानै कोठाबाट निस्किए, बौद्ध चोकमा प्रहरीले रोकिहाल्यो । आधा घण्टा त्यहीं राख्यो, निषेधाज्ञाभरि बाहिर ननिस्कनु भनेर पठाइदियो । तर, भोको पेटले त्यो मर्का के बुझ्थ्यो र, अर्को दिन बिहानै निस्के, धन्न त्यो दिन कतै रोकिएनन् । एक घण्टा हिँडेर महाराजगन्ज पुगे, उनी काम गर्ने ठाउँमा मेसिनहरू पनि चल्थ्यो । ‘छिमेकीले टिस्टर्ब भयो भनेर कामै गर्न दिएनन्, त्यतिकै फर्कनुपर्‍यो,’ उनले खिन्नता प्रकट गरे ।

    खल्ती रित्तो थियो, खल्तीसँगै पेट रित्तिने भइहाल्यो, कोठा नजिकैको मान्छेलाई ग्यासबिनाको खाली सिलिन्डर बेचे, १५ सय आयो । ‘सुरुमा निषेधाज्ञा एक साता भनिएको थियो, ग्यास बेचेको पैसाले त्यतिन्जेल पुगिहाल्छ, त्यसपछि काम पाइहाल्छु भन्ने थियो,’ उनले सुनाए । तर आस, त्यसमाथि गरिबको, हम्मेसा निराशामा बदलिने गर्छ । बुद्धिमानको हकमा त्यही भयो । न निषेधाज्ञा खुल्यो, न त काम पाए । पैसा सकियो । ‘यहींबाट भोक सहने बानी पर्‍यो,’ खै किन हो कुन्नि, यसो भन्दाचाहिँ उनको आवाज अलि ठूलो सुनिएको थियो ।

    निषेधाज्ञा अवधिमा ३, ११, १८ र २४ गतेमात्र उनले पेटभरि खाना (भात) खान पाएछन्, अरू दिन रोटी र चिउरा, त्यो पनि आधा पेट । घरमा बेलाबखत कुरा हुन्थ्यो, बुबाआमा बोलाउँथे, उनी जान मान्दैनन् । ‘नजा–नजा भनेको थिएँ, घरबेटीले फोन हानेको–हान्यै गरेपछि सारै पीर मानेर गयो । केही काम पाएनछ, घर आइज जे खाएर भए पनि बसौंला भन्छु, मान्दै–मान्दैन, भोकले मरेको छैन भन्छ,’ यति भनेपछि चित्रबहादुरको बोली रोकिएको थियो । उनीसँग चामल किन्ने पैसा छैन, तरकारी खेती गर्न लिएको ऋण तिर्न बैंकले ताकेता गरिरहेको छ । यसबारे बुद्धिमान जानकार छन् सायद, त्यसैले त भने नि, ‘घरमा पनि उस्तै हो, जे होला, यहीं बस्छु ।’ बरु उनलाई पश्चाताप रहेछ, बुबाले खेत बेचेर पढाउनुभयो तर पढेर कमाउन सकिएन, खेत पनि गयो ।

    गत २३ गते उनले खुलामञ्चमा निःशुल्क खाना बाँडिरहेको थाहा पाए, बौद्धबाट सबेरै निस्केर खुलामञ्च आए, उनलाई धक लाग्यो किनभने आफ्नो उमेरको त्यहाँ कोही थिएनन् । ‘लाइनमा बसेर खाना माग्ने आँटै आएन, यत्रो हट्टाकट्टा भएर पनि के मागेर खाएको भनेर गाली गर्छन् भन्ने डर लाग्यो,’ उनले सुनाए, ‘मेरो उमेरको त मैमात्र गरिब रहेछु जस्तो लाग्यो । आफैंसँग नरमाइलो लाग्यो ।’ खाएनन् तर फर्कंदा खाना बाँड्ने समूह ‘हाम्रो सानो प्रयास’को नम्बर टिपे । घर पुगेर हिम्मत जुटाएर फोन गरे, आफ्नो सबै व्यथा सुनाए ।

    समूहका नेतृत्वकर्ता पुकार बमसँग कुरा भएछ, उनले खुलामञ्च बोलाए । ‘उहाँ (पुकार) ले पीर र लाज नमानी टन्न खानु भनेर मलाई खाना ल्याइदिनुभयो, एक महिनासम्म खानाको चिन्ता नलिनु भन्नुभएको छ,’ उनको अनुहार उज्यालो भयो । अहिले बसेको कोठा एकदम साँघुरो छ, त्यही पनि होटलको सामानले भरिभराउ । न खाना पकाउने ग्यास छ, न ठाउँ नै । जस्तो काम पाए पनि गर्ने र सकेसम्म कोठा सर्ने छटपटी छ उनलाई ।

    ‘कोठामा बसिरहँदा के गर्नुहुन्छ ?’ उनलाई मेरो अन्तिम प्रश्न थियो ।

    ब्यागबाट किताब निकाल्दै भने, ‘अहिले यही पढिरहेको छु ।’ त्यो रवीन्द्र मिश्रले लेखेको किताब ‘खान पुगोस्, दिन पुगोस्’ थियो ।

    गोकर्ण गौतमले कान्तिपुरमा यो समाचार लेख्नु भएको छन।

    Posted in मुख्य खबर, लोकप्रिय, विचार, समाजLeave a Comment on छाकैपिच्छे भोकको डायरी

    चन्द्रोदय विद्या कुञ्ज जसपुरका २०६६ व्याचद्वारा क्यानसर पिडित वलिकाे उपचारमा अार्थिक सहयाेग

  • १५ भाद्र २०७७, सोमबार १३:१५ मा प्रकाशित

    तुलसिपुर १५ भाद्र दाङ तुलसिपुर उपमहानगरपािलका वडा न १२ निवासि वुवा कुल बहादुर वलिका १५ वर्षिय छाेरा चन्द्राेदय विद्या कुञ्जमा कक्षा १० मा अध्ययनरतनिराजन वलि गत माघ महिना देखि ललितपुर स्थित हरिसिद्ध क्यान्सर अस्पतालमा उपचाररत छन् । उनकाे अार्थिक स्तिथि कमजाेर भएका कारण घरपरिवारले अाफ्नाे छाेराकाे उपचारमा सहयाेग गरिदिुहुन सबैमा अपिल गरेकाे छ । अहिले स्वदेश तथा विदेशबाट सहयाेगि मनहरुद्वारा सहयाेग अाउने क्रम जारि रहेकाे छ । यस्तै चन्द्राेदय विद्या कुञ्ज २०६६ व्याचले पनि तुलसिपुर ११ जसपुर निवासि तिलक डागिकाे समन्वयमा व्यक्तिगत रुपमा गरि जम्मा भएकाे कुल रकम रु ३१७६० अक्षरुपि एक्तिस हजार सात सय साठि रुपिया अामा सरस्वति वलिकाे खाता न ०१८१५७३३३७० मा जम्मा गरििदयकाे पारिवािरक स्राेतले जानकारि िदएकाे छ ।

    Posted in लोकप्रियLeave a Comment on चन्द्रोदय विद्या कुञ्ज जसपुरका २०६६ व्याचद्वारा क्यानसर पिडित वलिकाे उपचारमा अार्थिक सहयाेग

    तिज पर्ब किन मनाइन्छ।

  • ५ भाद्र २०७७, शुक्रबार ०६:२८ मा प्रकाशित

  • हरितालिका तीज नेपालको एक विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन साथै नाचगान गरेर धुमधामसँग तीज मनाउँछन् । गणेश चतुर्थी र ऋषिपञ्चमी पनि तीजकै अङ्गको रूपमा लिइन्छ । हामीले मनाउने कुनै पनि सांस्कृतिक पर्व हाम्रा वैदिक तथा पौराणिक प्रसङ्गसँग सम्बन्धित भएर परम्परित रूपमा चल्दै आएका छन् । हरितालिका पनि शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ ।
    परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्यामा तल्लीन भइन् । तर, उनको तपस्या सफल हुन सकेन । जगत्का पालनकर्ता भगवान् विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भनी उनले भगवान् विष्णुको प्रार्थना गरिन् र विष्णुले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सम्बन्धमा बेलीविस्तार लगाए । हरिले दिएको जानकारीअनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरा पुगोस् भनी वर दिए । यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजाआराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकी थिइन् । त्यसैले यो पर्व हरितालिका (हरिले दिएको तालिकाअनुसार गरिने पूजा)को नामले प्रचलित हुन पुग्यो । विवाह गरी पतिका घर गएका छोरीचेलीलाई यस दिन माइत ल्याउने चलन छ । अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत–आराधना गर्छन् । तृतीया तिथिको दिनमा दिनभर भोकै निराहार र निर्जला व्रत बसिने भएकाले द्वितीया तिथिको राति दर खाने चलन छ । महिलाहरूले भोलिपल्ट तृतीयाको दिनमा जलाशयमा स्नान गरी पवित्र भई शुद्ध मनले निराहार व्रत बस्छन् । तीजको दिनमा पानीसम्म नपिई निराहार र निर्जला व्रत बस्नाले भगवान् शिव खुसी हुने र परिवारमा सुखसमृद्धि छाउने जनविश्वास छ । यस दिन विवाहित तथा अविवाहित महिलाहरू शिवमन्दिर अथवा ठूलो चौरमा भेला भएर दिनभरि नाचगान गर्छन् । यस दिन महिलाहरू राता लुगा र गहनामा सजिएका हुन्छन् । कन्याहरू पनि व्रत र नाचगानमा सरिक हुन्छन् । दिनभरि निराहार व्रत बसेका महिलाहरू साँझ भगवान् शिवको पूजा गरेर कन्यालाई टीका लगाई दक्षिणा दिएर फलाहार गर्छन् ।
    श्रीमद्भागवत महापुराणको अर्को प्रसङ्गअनुसार भाद्र कृष्ण अष्टमीको दिन भगवान् श्रीकृष्णको जन्म भयो । श्रीकृष्णको जन्मभएको ११औं दिन अर्थात् नामकरणको दिन गोकुलका गोपगोपिनीहरूले बाजागाजाका साथ नाचगान गरी खुसियाली साटासाट गरे । यही पौराणिक प्रसङ्गसँग जोडिएर नै तीजमा महिलाहरूले नाचगान गर्ने परम्पराको थालनी हुन पुग्यो ।

    गणेश चौथी
    तीजको भोलिपल्ट भाद्र शुक्ल चतुर्थीको दिन पर्ने गणेश चौथी विश्वभरिका हिन्दु धर्मावलम्बीले शिवपुत्र भगवान् गणेशको आराधना गरी मनाउने गर्छन् । यस दिन नेपालको कार्यविनायक, सूर्यविनायक, कमलविनायक आदि गणेशका मन्दिरहरूमा भगवान्को आराधना गर्न भक्तजनहरूको भीड लाग्ने गर्छ । कतैकतै यस दिनदेखि अनन्त चतुर्दशीसम्म दश दिन गणेशोत्सव मनाउने चलन पनि रहेको पाइन्छ । नेवार समुदायमा पनि यो पर्व चथाःको नामले प्रसिद्ध छ । स्कन्द पुराणअनुसार यस दिन भगवान् गणेशको जन्म भएको थियो । हिन्दु धर्मावलम्बीहरूले यस दिन आफ्नो जीवनमा कुनै विघ्न नआओस्, र आफूले आँटेको कार्य सिद्ध होस् भनी गणेशको पूजा गर्ने गर्छन् । श्रीकृष्णको जन्मभएको ११औं दिन अर्थात् नामकरणको दिन गोकुलका गोपगोपिनीहरूले बाजागाजाका साथ नाचगान गरी खुसियाली साटासाट गरे । यही पौराणिक प्रसङ्गसँग जोडिएर नै तीजमा महिलाहरूले नाचगान गर्ने परम्पराको थालनी हुन पुग्यो ।
    ऋषिपञ्चमी
    तीजको पर्सिपल्ट अर्थात् पञ्चमीको दिन महिलाहरूले रजस्वलाको समयमा भएका त्रुटि तथा दोषको निवारण गर्न ऋषिहरूको पूजा गर्छन् । ऋषिपञ्चमीको दिनमा अरुन्धतीसहित सप्तर्षि (कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वसिष्ठ)को पूजा गर्नाले रजस्वलाको समयमा भएका त्रुटिहरू नष्ट हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यस दिन महिलाहरू नजिकैको नदी तथा पोखरीमा गई ३६५ दत्तिउनले दन्तमञ्जन गर्दछन्, शरीरमा गाईको गोबर र माटो लगाएर स्नान गर्छन् । स्नान गर्दा ३६५ पटक नै नुहाइन्छ । त्यसको लागि गनौती अर्थात् गनिएका जौ, तिल र चामल चाल्नीमा राखेर माथिबाट पानी खन्याई नुहाउने चलन छ । नुहाइसकेपछि महिलाहरू पवित्र भएर ऋषिपूजा गर्छन् । ऋषि पञ्चमीका विषयमा यस्तो किंवदन्ती पनि प्रचलित छ :
    विदर्भ देशमा बस्ने उत्तङ्ग नामका ब्राह्मणका एक छोरा र एक छोरी थिए । छोरो सानै उमेरमा वेदमा पारङ्गत भयो भने छोरी पूर्वजन्मको पापका कारण सानै उमेरमा विधवा भइन् । एकपटक छोरीको शरीरभरि खटिरा आएर किरा परेछ । यस्तो वज्रपात छोरीमाथि किन प¥यो भनी बुझ्दा अघिल्लो जन्ममा छोरी रजस्वला भएका बेलामा छुवाछुत बार्दिनथिन् र ऋषिपञ्चमी व्रतको पनि अवहेलना गर्थिन्, तर व्रत नलिए पनि पञ्चमी पूजा भने हेर्थिन् । त्यसै पुण्यले उनको जन्म ब्राह्मणको परिवारमा भएको थियो । यस्तो थाहा पाएपछि मातापिताले छोरीलाई पञ्चमीको व्रत बस्न लगाए । अनि उनी पापमुक्त भएर सुखी जीवन बिताउन थालिन् । खुसियाली साट्ने प्रसङ्गबाट सुरु भएको नाचगानमा बिस्तारै महिलाहरूले आफ्नो भावना, सुखदुःख तथा नारीको संवेदनालाई पनि गीतको विषय बनाउँदै लगे । आजभोलि नारीले भोग्नुपरेका दुःख, पीडा, मर्म, समस्या, घरायसी हिंसा, अत्याचारजस्ता विषयमा समेत गीतहरू गाइन्छन् । मौलिक चिन्तन र सृजनाका आधारमा मौखिक गीत गाउने परम्परा आजकाल ग्रामीण समाजमा बाहेक अन्यत्र घट्दै गएको छ । अचेल मौखिक गीतको सट्टा क्यासेट तथा म्युजिक प्लेयरबाट नै गीत बजाई नाच्ने चलन हावी भएको छ, यसले नारीहरूको रचनात्मक क्षमता तथा नाचगानको पुरानो मौलिक चलनलाई टाढा पुर्‍याएको अनुभव हुन्छ ।धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको तीज पर्वले पुरुषप्रधान देश नेपालमा घरभित्र मात्रै खुम्चिएर बस्ने महिलाहरूलाई बाहिर निस्कन प्रेरित गर्ने र आफ्ना पीरमर्का अरुसमक्ष राख्ने मौका दिने भएकाले यसको सामाजिक महत्त्व पनि त्यत्तिकै छ । तर अचेल उच्छृङ्खल र भड्किला गीत गाउने, शृङ्गारको नाममा गहनाको प्रदर्शन गरी समाजमा प्रतिष्ठित बन्न खोज्ने, नाचको निहूँमा अङ्गप्रदर्शन गर्ने जस्ता विकृतिहरू तीजको समयमा व्यापक भएको हामीले महसूस गर्न सक्छौं ।यस्ता विकृतिले हाम्रा संस्कार र संस्कृतिका मूल्यमान्यतालाई घटाउँदै गएको र समाजलाई दूषित बनाउँदै गएको हुनाले यस्ता विकृतिलाई हटाई हाम्रा रीतिरिवाज, पर्व, संस्कार र संस्कृतिलाई स्वच्छ तुल्याउनु जरुरी छ । धार्मिक, सामाजिक तथा वैज्ञानिक महत्त्व भएका यी पर्वहरूको रहस्य सबैले बुझेर सभ्य तथा समुचित ढङ्गले यिनको पालना गर्नु हामी सबैको कर्तव्य हो ।

    Posted in लोकप्रियLeave a Comment on तिज पर्ब किन मनाइन्छ।

    सिन्धुपाल्चोकका जनप्रतिनिधी हरुलेु जोखिममा रहेकालाई तुरुन्तै सुरक्षित स्थानान्तरण गर्न सरकार सग माग।

  • ४ भाद्र २०७७, बिहीबार २२:५७ मा प्रकाशित

    सुशील सुबेदी

    सिन्धुपाल्चोकका जनप्रतिनिधी हरुले बाढी पहिरो पीडित र जोखिममा रहेकालाई तुरुन्तै सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन । बिहीवार चौतारामा बसेको प्राकृतिक विपदका कारण जोखिममा रहेका बस्तीहरुको पहिचान र स्थानान्तरण सम्बन्धी समन्वय बैठकमा उनिहरुले यस्तो माग गरेका हुन । उनिहरुले बस्ती स्थानान्तरण गर्दा जिबिकोपार्जन तर्फपनि ध्यान दिनुपर्नेमा जोड दिएका छन ।

    बैठकमा सिन्धुपाल्चोकमा दुई सय ४२ बस्ती बाढी तथा पहिरोको जोखिममा रहेको बताइएको छ । बिहीवार बसेको प्राकृतिक विपदका कारण जोखिममा रहेका बस्तीहरुको पहिचान र स्थानान्तरण सम्बन्धी समन्वय बैठकमा यो तथ्यांक सार्वजनिक गरिएको हो । पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरुले गरेको अध्ययनअनुसार यो तथ्यांक आएको हो ।
    तथ्यांक अनुसार भोटेकोशी गाउँपालिकामा ४९ बलेफी गाउँपालिकामा १४, बाह्रविसे नगरपालिकामा २३ र चौतारा साँगाचोकगढी नगरपालिकामा ४ वटा बस्ती जोखिममा छन् ।
    त्यस्तै हेलम्बुमा ३४, इन्द्रावतीमा १९, जुगलमा ३३, लिसंखुपाखरमा १०, मेलम्चीमा १९, पाँचपोखरी थाङपालमा ३२, सुनकोशीमा १ र त्रिपुरामा ४ बस्ती जोखिममा रहेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिनुभयो ।
    यी मध्ये प्राविधिकहरुले ७१ बस्ती रेड जोनमा, ७५ बस्ती एल्लो जोन र ७६ बस्तीलाई ग्रिन जानेमा राखेको उहाँले जानकारी दिनुभयो ।यी मध्यपनि अति जोखिममा रहेका जुगल र बाह्रविसेका केही बस्तीलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । उहाँका अनुसार जुगल गाउँपालिकाको लिदी, नाम्फा र बोल्देलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिने भएको छ । त्यस्तै बाह्रविसे गाउँपालिकाका ६५ परिवार रहेको बस्तीलाई पनि अस्थायी स्थानान्तरण गरिन लागिएको हो ।
    पूर्व कानुन मन्त्री शेरबहादुर तामाङले तुरुन्त असुरक्षित बस्ती स्थानान्तरण गर्न सरकार र पुन निर्माण प्राधिकरणलाई आग्रह गर्नुभयो । उहाँले ै ढिला गर्दा अझै क्षति हुने भन्दैे जनताको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो ।
    बैठकमा प्रदेश सभा सदस्य निमा लामा , मेलम्ची नगरका प्रमुख डम्बर अर्याल, जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, इन्द्रावतीका अध्यक्ष वंशलाल तामाङ लगायतले सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गरिनुपर्नेमा जोड दिएका थिए ।
    बाढी पहिरोको उच्च चपेटामा परेको सिन्धुपाल्चोकमा साउन यता मात्रै ७८बढी मानिसको मृत्यु भइसकेको छ । कैयौँ मानिस घरबार बिहिन बनेका छन् ।

    Posted in मुख्य खबर, राजनीति, लोकप्रियLeave a Comment on सिन्धुपाल्चोकका जनप्रतिनिधी हरुलेु जोखिममा रहेकालाई तुरुन्तै सुरक्षित स्थानान्तरण गर्न सरकार सग माग।

    सानो पाइला द्वारा वीरगंजमा ४० सैयाको आईसोलेसन केन्द्र स्थापना

  • २० श्रावण २०७७, मंगलवार १३:३९ मा प्रकाशित
  • उमेश कुशवाहा बीरगंज साउन २० , सानो पाइला द्वारा वीरगंजमा ४० सैयाको आईसोलेसन केन्द्र स्थापना गर्ने भएको छ।

    सामाजिक संस्था सानो पाइलाले स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग को सहकार्यमा बीरगञ्जस्थित कलवार धर्मशालामा ४० सैया क्षमताको आईसोलेसन केन्द्रको स्थापना गरेको छ।

    नेपाल सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुसार बनाएको आईसोलेसन केन्द्रलाई सानो पाइलाले मंगलबार बाट सञ्चालनमा ल्याएको हो।

    सहायता नेपाल (Sahayeta Nepal) , बिड फोर नेपाल (BID for NEPAL/Prayers Na र बुढानिलकण्ठ स्कूल पूर्व विद्यार्थी समाज (SEBS North America)को आर्थिक सहयोगमा सानो पाइलाले यो आइसोलेसन केन्द्र स्थापना गरेको हो। ” हामी साथ छौं ” भन्ने मूल मर्म बोकेको यो अभियान मानव सहयोग मानवका लागि भन्ने सुत्रमा आधारित छ।

    Posted in लोकप्रिय, समाजLeave a Comment on सानो पाइला द्वारा वीरगंजमा ४० सैयाको आईसोलेसन केन्द्र स्थापना

    पाल्पाली संगमको अन्तर्राष्ट्रिय संयोजकमा सतीश चापागाई, संगमलाई विश्वभरी विस्तार गरिने

  • १९ श्रावण २०७७, सोमबार ०१:२७ मा प्रकाशित

    काठमाडौँ । पाल्पाली संगमको अन्तर्राष्ट्रिय समन्वय संयोजकमा अमेरिकमा रहनु भएका पत्रकार सतिश चापागाई मनोनित हुनुभएको छ ।

    विभिन्न देशमा रहेका पाल्पालीहरुलाई देश अनुसार संगठित गर्दै विश्वभरका पाल्पालीहरुलाई एउटै सञ्जालमा जोड्ने प्रयास स्वरुप उहाँलाई संयोजक तोकिएको संगमले जनाएको छ ।

    आपसी सहयोग र पाल्पाको विकासका लागि समन्वयकारी भूमिका खेल्न संगमलाई विश्वव्यापी बनाउने वर्तमान कार्यसमितिको परिकल्पना अनुसार उहाँलाई संयोजकमा नियुक्त गरिएको अध्यक्ष पदम न्यौपानेले जानकारी दिनुभयो ।

    न्यौपानेले चापागाईलाई दिनुभएको मनोनयन पत्रमा अधिकभन्दा अधिक देशमा पाल्पाली संगमको संगठन विस्तार गर्न सफलता मिल्ने विश्वास व्यक्त गरिएको छ ।

    पाल्पाको रामपुर नगरपालिका वडा नं. १० का स्थायी बासिन्दा चापागाई अहिले अमेरिकामा सपरिवार बसोबास गर्दै आउनुभएको छ ।

    उहाँ गैर आवसीय नेपाली संघ (एनआरएनए) अमेरिकाको सञ्चार संयोजक समेत हुनुहुन्छ भने नेपाली डायस्पोरा नामक अनलाईन र जोगसंजोग नाम चर्चित अनलाईन टिभी कार्यक्रम पनि चलाउदै आउनुभएको छ ।

    संगमको केही दिन पहिले बसेको बैठकले विभिन्न देशहरुमा रहेका पाल्पालीहरुलाई संगठित गर्ने, पाल्पाली संगमको सम्पर्कमा ल्याउने, विदेशमा पाल्पाली संगमको शुभेच्छुक पाल्पाली संस्थाहरु गठन गर्ने तथा स्थापना भइसकेका पाल्पाली संस्थाहरुको सवलीकरण गर्ने कामका चापागाईलाई अन्तर्राष्ट्रिय समन्वय संयोजकमा मनोनयन गर्ने निर्णय गरेको संगमका महासचिव विष्णु खत्रीले जानकारी दिनुभयो ।
    संयोजक मनोनयन भएपछी चापागाईले खुशी ब्यक्त गरेका छन। उनले संसारभर छरिएका पाल्पालीहरुलाई संगठित गर्ने अभियान चलाउने बताए।

    बैठकले पाल्पाली संगमको वेभसाइटलाई व्यवस्थीत गरेकोमा सचिव तथा वेभसाईट समिति संयोजक जीवन भण्डारीलाई धन्यवाद दिदै प्रकाशन योग्य सामग्रीहरु सवैले संकलन गर्ने निर्णय पनि गरेको थियो ।

    त्यसैगरी पाल्पाली बहुआयामीक व्यक्तित्व स्व. विनय कसजु स्मृति कोषलाई विधान बनाएर दर्ता गर्न संगमका अध्यक्ष पदम न्यौपाने र सचिव जीवन भण्डारीलाई जिम्मेवारी दिने निर्णय संगमले गरेको छ ।

    संगमको स्थापना दिवसमा प्रकाशन गर्ने निर्णय गरिएको पाल्पा दर्पण आगामी दशै तिहारको अवसरमा प्रकाशन गर्नेगरी तयारी गर्ने निर्णय पनि गरिएको छ ।

    बैठकमा लकडाउनको बेलामा काठमाडौंमा रहेका १६ परिवारलाई राहत वितरण, पाल्पामा अप्ठ्यारोमा परेका श्रमिकहरुको दुई समुहलाई उद्धार, पाल्पा र पाल्पालीसँग सम्वन्धित सुचनाहरुको संप्रेषण, भर्चुअल कवि गोष्ठी, वेभसाइटको अपडेट, रेडियो मदनपोखरासँगको साझेदारीमा कोरोनासम्वन्धि सचेतनामुलक सूचना प्रशारणलगायतका कार्यहरु गरिएको जानकारी दिइएको थियो ।

    विभिन्न पेशा व्यवसाय र अध्ययनका लागि काठमाडौमा रहेका पाल्पालीहरुले २०३२ देखि अनौपचारिक छलफल र भेटघाटवाट शुरु गरेर २०३८ सालमा संगमको गठन गरेका थिए । यसले आफनो प्रकाशनको रुपमा २०३९ साल देखिनै पाल्पा दर्पण प्रकाशन गर्दै आएको छ । विक्रम संवत् २०४७ सालमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा विधिवत दर्ता भएको संगम पाल्पाभन्दा बाहिर रहेका पाल्पालीहरुको सवैभन्दा पुरानो र सवैभन्दा ठुलो संस्था मानिन्छ ।

    Posted in अन्तर्राष्ट्रिय, लोकप्रियLeave a Comment on पाल्पाली संगमको अन्तर्राष्ट्रिय संयोजकमा सतीश चापागाई, संगमलाई विश्वभरी विस्तार गरिने

    सामाजिक अभियन्ता प्रकाश थारुको जीवनी

  • १८ श्रावण २०७७, आईतवार १५:२९ मा प्रकाशित
  • सामाजिक अभियन्ता प्रकाश थारु

    उमेश कुशवाहा,बीरगंज बांच्नलाई त हरेक हरेक प्राणी आफ्नो र घर-परिवारको लागि बाचेको हुन्छ ,तर अरुको सुख-दुख र अरुको जीवनको अस्तित्व बोध गराएर बाच्ने आधार र प्रेरणा दिने ब्यक्तिलाई नै सामाजिक रियल हीरो र महानपुरुषको संज्ञा दिन सकिन्छ। समाज सेवाको क्षेत्रमा आफ्नो पहुच र लागि पर्ने जलदो बलदो उदारणको रुपमा लिन सकिन्छ,समाजिक अभियन्ता, महापुरुष समाजका हीरो प्रकाश थारूलाई उदाहरणको लागि लिन सकिन्छ। यि यस्ता ब्यक्ति हुन अरुको हितका लागी आफु नखाए पनि दिन दुखियालाई भोखै सुत्तन दिदैन, थारुका एउटा प्रेरणादायक भनाइ पनि हो। मानिस भएपछि केहि गर्नु पर्छ,भन्ने पाठ सिकाउने समेत जल्दो बल्दो उदाहरण हुन। यस्ता ब्यक्तिका प्रयासका कारण समाजमा दबेर रहने,दलित,तथा दिन दुखियाहरुलाई अरु ब्यक्ति सरह जीवने अधिकार प्रयतभूति दिएको छन।आफ्नो बिबेक र बुद्धिको प्रयोग गरी समान पूर्बक जीवन यापन गर्ने बाटो देखएका छन

    बाल्यकाल र परिवारिक जीवन यापन:-
    पर्सा सुगम जिल्लाकोदुर्गम गाँउ शंकर सरैया वार्ड नम्बर ८ मा बि.स.२०२७ पूस २०, स.न १९७१ जनवरी ,०४ प्रकाश थारु नामले चिन्ने प्रसाद गडरा थारू र ज्ञानू देबि थारुनीका ४ छोरा र २ छोरीको सब भन्दा सानो कान्छोसन्तानको रुपमा जन्मिएका छन। सानैदेखि चञ्चल,सान्त,सबैसीत मिल-झूल गरी बस्ने,मिलनसार,सरल र उद्दार स्वभावका प्रकाश थारू सबैका लागी प्रशंसाका पात्र हुन। सानै उमेरदेखि असल ब्यक्तिको संगत पाएका सामाजिक कार्य ,पत्र-पत्रिका र सामान्य संगीतमा अभिरुचि राख्ने गर्दछन। आमा-बुवाले २६-१४ बर्ष पहिला माया मारेर मायाबाट टाढिएका छन, उनको मृत्यु भइसकेको छन।प्रकाश थारू आफ्नै गाऊँ को श्री ने रा प्रा सामुदायिक विद्यालयमा कक्षा ३ पास ग़री आफ्नो गाँउ बाट पाएक पर्ने श्री दिप नारायण आदर्श मा बी औंराहा पंचगावा को सामुदायिक विद्यालय बाट नै २०४५ सालमा एस एल सी पास ग़री जिल्लामा रहेको एक मात्र क्याम्पस ,ठाकुर राम बहुमुखी क्याम्पस बाट २०४८ सलमा
    प्रविणता प्रमाण पत्र तह गरेको छन।

    बिचार र कार्य:
    अशक्त,टूहुरा,अनाथ ,बाल-बालिका गरीबको सेवामा सधै लागि परी सहयोग गर्न थाले पछि उनको पहलमा देश-विदेशबाट सहयोग राशि पनि जुटन थाले। पाएको सहयोग राशिबाट सयौको जनजीवन र सहयार सुसार गरेका छन। बिभिन्न NGO,संघसंस्था,कार्यालय,आफिस,बैक,कार्यालय,र प्रहरी प्रसाशन कार्यालयहरुबाट उच्च समान स्वरूप क्यौ पुरस्कार र प्रसंशा पत्र पाएका छन। समाजिक षड्यन्त्र दृस्टिकोणलाई हटाएर स्वच्छ जीवन निर्वाह गर्न,बाताबरण तयार गर्न,दिन-रात अहोरात्रलागि परेका छन। बिदुवा,टूहारा,अशक्त, दलितपनि समाजका अभी अंग हुन, यसलाई बिकाश बिस्तारमा लागेका हुन।दहेज प्रथा समाजका लागि अपराध हो,बिरुद्ध अभियान चलाउनमा ईस्ट मित्रहरुबाट पनि खूब सहयोग पाएको छन।

    हाल अहिलेको दिन समय: हाल अहिले आगलगी पीड़ितको घर बनाउनमा ब्यस्त छन। २०७७ साल जेष्ठ ३० गते बाराको कलैया उप माहानगरपालिका २ मोतीबाग बैधनाथपुरमा आगलगि पीड़ित ,मुसहर बस्ती बनाउन ब्यस्त छन। ९५ प्रतिशत काम पूरा भइसकेको छ। बिभिन्न संघ संस्था र समजसेबीको सहयोगहरूको सहयोग बाट मुसहर बस्ती बनाउन ब्यस्त देखिन्छन।

    Posted in मुख्य खबर, लोकप्रिय, विचार, समाज1 Comment on सामाजिक अभियन्ता प्रकाश थारुको जीवनी

    युवा समाजसेवी एमडी सनमले डिएसपी महतोको गरे उच्च प्रगतिको कामना

  • ३० असार २०७७, मंगलवार ०९:५४ मा प्रकाशित
  • सत्येन्द्र प्रताप सिंह, रौतहट २९ अषाढ।
    ईलाका प्रहरी कार्यालय गरुडाको प्रमुखको पदभार सम्हालेका (डिएसपी)प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो आए देखिनै आम जनतालाई शांति, सुरक्षाको राम्रो अनुभूति भइरहेको छ ।

    देशमा संघीयता आए यता तीन तहको सरकार मध्ये प्रदेश न(२ भित्र पर्ने रौतहटको गरुडा बाजार स्थानीय सरकार गरुडा नगरपालिका भित्र पर्छ उक्त बाजार सँगै सुरक्षाको जिमेवारी पाएका थप नगरपालिका मध्ये बृंदावन नगरपालिका, कटहरिया, नगरपालिका, गढीमाई, नगरपालिका, माधव)नरायण, नगरपालिकाको लगभग ५४ वटा वडा पर्ने जन सङ्ख्याको हिसाबले पनि घना बस्ती रहेको देखिन्छ!

    उक्त एरिया भित्र शांति सुरक्षाको जिमा पाएका ईलाका प्रहरी कार्यालय गरुडाको ३प्रमुख)प्रहरी)नायब)उपरीक्षक)महतोको दक्ष कार्यशैलीले शांति सुरक्षाको राम्रो अनुभूति भएको महसूस आमजनताले गरेका छन !

    रौतहटको मध्य भाग पर्ने गरुडा बाजार आर्थिक र ब्यापारिक रूपले ससक्त देखिन्छ!

    अहिले समझीदा बिगतमा ब्यपारी लाई समेत लक्षित गरी धेरै त्यस्ता घटनाहरू ३चोरी)तस्करी)डकैत)शैलीमा)लूटपाट, शटर तोड़ फोड़ देखी सम्म भएको थियो

    तर उहां आए देखी कुशल र शसक्त नेतृत्वले अहिले घटना न्यून समान्य अबस्थामा आएको हो। कोभिड १९ को नियंत्रणमा समेत सफलतापुर्वक र नेपाल सरकारले जारी गरेको मापदंड समेतको पालना जनतामा सरल तरिकाले गर्न गराउन सक्रिय भूमिका निर्वाह गरेका प्रहरी)नायब उपरीक्षक ज्ञानकुमार)महतो इलाका प्रहरी कार्यालय गरुडाको प्रमुखको रुपमा आए देखिनै शांति सुरक्षाको समेत राम्रो अनुभूति भएको महसूस रौतहटबासिले गरिरहेको अबस्थामा युवा समाजसेवी एमडी सनमले आफ्नो तर्फ बाट उहाको सफल कार्यकालको शुभकामना सहित उच्च प्रगतिको कामना गरेका हुन ।

    Posted in लोकप्रियLeave a Comment on युवा समाजसेवी एमडी सनमले डिएसपी महतोको गरे उच्च प्रगतिको कामना

    ४८ घरपरिवारलाई नि:शुल्क सोलार बाड्दै थबाङ गाउँपालिका

  • २४ असार २०७७, बुधबार १९:४४ मा प्रकाशित
  • थबाङ, रोल्पा, असार २४

    थबाङ गाउँपालिका रोल्पाले बिद्युत पहुँच नपुगेका ४८ गरिब घरपरिवारलाई नि:शुल्क सोलार वितरण गर्ने भएको छ ।

    वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र खुमलटारको सहयोगमा बिद्युत पुग्न नसकेका ग्रामिण भेगका वस्तीहरुमा सोलार वितरण गर्न लागिएको थबाङ गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीले बताउनु भयो ।

    सोही अनुरुप वडा नं ५ उवाका १० घरपरिवारलाई बुधबार प्रति घर १ सेटका दरले १० सेट नि:शुल्क सोलार वितरण गरिएको छ ।

    उक्त सोलार सेटहरु वडाको सिफारिसमा विद्युत नपुगेका स्थानियहरुलाई वितरण गरिएको र बाकी वडामा पनि वडाले पठाए अनुसारको सुचिका आधारमा सोलार वितरण गरिने उहाले बताउनु भयो ।

    थबाङ गाउँपालिका वडा नं १ ,२ र ३ मा प्रति वडा १० सेटका दरले ३० सेट सोलार वितरण गरिनेछ भने वडा नं ४ र ५ मा १८ सेट सोलार वितरण गरिने प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकीले बताउनु भयो ।

    लक डाउनको कारण गाउँपालिकामा सोलार अलि ढिला आइपुग्यो र हामीले सबै वडामा सुचना गरेको छौ, क्रमश सबै वडामा सोलार वितरण गरिने प्रमुख प्रशासकिय अधिकृत बुढाथोकीले बताउनु भयो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on ४८ घरपरिवारलाई नि:शुल्क सोलार बाड्दै थबाङ गाउँपालिका

    मारवाडी सेवा समाजद्वारा गोरक्ष रत्ननाथ मठ चाैघेरामा निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण

  • १४ असार २०७७, आईतवार १३:१६ मा प्रकाशित
  • बसन्त अनुभव

    चाैघेरा, दाङ, १४ असार / मारवाडी सेवा समाजले श्री गाेरक्ष सिद्दरत्ननाथ मठ चाैघेरा, दाङमा राेग प्रतिराेधात्मक हाेमियाेपेथिक औषधि नि:शुल्क वितरण गरेको छ । समाजका दाङ जिल्ला अध्यक्ष विकाश अग्रवालको अध्यक्षतामा औषधि वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा बोल्दै मारवाडी सेवा समाज, दाङ जिल्ला अध्यक्ष विकाश अग्रवालले वितरण गरिएको हाेमियाेपेथिक औषधि काेराेना ठिक गर्ने औषधि नभएर हाम्रो शरीरको राेगसंग लड्न सक्ने रोग प्रतिराेधात्मक शक्ती वृद्वि गर्ने भएकाले काेराेना ठिक गर्छ भनेर भ्रममा नपर्न सबैमा अनुरोध गर्नुभयो । साथै उहाँले उक्त औषधि नियमानुसार मात्रा मिलाएर पथपहरेजमा रही सेवन गरेमा राम्राे फाईदा पुग्ने बताउनु भयाे ।

    उक्त कार्यक्रममा सिद्द रत्ननाथ मठका महन्त महानुभाव सुरतनाथ याेगी, चेम्वर अफ कमर्शका कुमारराज श्रेष्ठ, बलदेव याेगी, नरबहादुर न्याैपाने, गोरखनाथ वैदिक गुरूकुलका अध्यक्ष प्रकाश भट्टराई लगायतका महानुभावहरूकाे प्रमुख उपस्थिति रहेकाे थियाे ।

    कार्यक्रममा १०० भन्दा बढि घरपरिवारका ७५० जना ब्यक्तिलाइ पुग्ने गरी कोरोना विरूद्व रोग प्रतिरोधात्मक क्षमता वृद्वि गर्ने होमियोप्याथिक औषधि वितरण गरिएको थियो । कार्यक्रममा विश्व कल्याणका लागि गाेरखनाथ वैदिक गुरुकुलका वटुक तथा कन्याद्वारा स्वस्ति वाचन गरिएको थियो भने कार्यक्रमको सञ्चालन गुरूकुलका अध्यक्ष प्रकाश भट्टराईले गर्नुभएकाे थियाे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on मारवाडी सेवा समाजद्वारा गोरक्ष रत्ननाथ मठ चाैघेरामा निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P