• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: राजनीति

प्रचण्डका बिरामी पत्नी र माधव नेपालका दिवंगत पिताको नाम पनि जनसेवाश्री विभुषणको सुचीमा 

  • ३ आश्विन २०७८, आईतवार १६:०७ मा प्रकाशित
  • काठमाडौं ।
    संविधान दिवसका अवसरमा मान-पदवी, अलंकार र पदकबाट विभूषण गर्ने घोषणा सरकारले आइतबार गरेको छ ।प्रचण्डका बिरामी पत्नी र माधव नेपालका दिवंगत पिताको नाम पनि जनसेवाश्री विभुषणको सुचीमा समेटिएको हो।

    ९०३ जनाको सूचीमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका दिवंगत पिता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नीको नाम पनि समावेश गरिएको छ ।

    माधवका पिता स्वर्गीय मंगलप्रसाद उपाध्यायलाई प्रबल जनसेवाश्री पदक घोषणा गरिएको छ ।उनको नाम प्रबल जनसेवाश्रीको दोस्रो नम्बरमा छ भने प्रचण्डकी बिरामी पत्नी सीता दाहाललाई राजनीतिक अभियन्ताका रूपमा प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on प्रचण्डका बिरामी पत्नी र माधव नेपालका दिवंगत पिताको नाम पनि जनसेवाश्री विभुषणको सुचीमा 

    सत्तारुढ दलहरु बरफ हुन्, चुनावपछि बिलाउँछन् : ओली

  • २ आश्विन २०७८, शनिबार १६:०६ मा प्रकाशित
  • २ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावपछि अहिलेको सत्ता गठबन्धनका दलहरु हराउने टिप्पणी गरेका छन् ।
    शनिबार पार्टीनिकट कर्मचारी संगठनको कार्यक्रममा उनले अबको १४ महिनामा सत्ता गठबन्धनमा रहेका दलहरु हराउने दावी गरे ।
    ‘१४ महिनामा चुनाव हुन्छ, यी कता हराउँछन्, कता बिलाउँछन्’ उनले भने, ‘यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन् । आफैं परेका आइस होइन । यी डल्ला बाहिर राखिदिएपछि एकछिनपछि पग्लेर जान्छन् । धेरै चिन्ता गर्नुपर्दैन ।’
    आफूले चुनाव गराउन खोज्दा सत्ता गठबन्धनमा रहेका दलहरुले प्रतिगमन हुने भयो भन्दै विरोध गरेको भन्दै ओलीले अब १४ महिनापछि अनिवार्य चुनाव गराउनैपर्ने बताए ।
    ‘१४ महिनापछि त अनिवार्य चुनाव गर्नुपर्छ, के देश अनिवार्य रुपमा प्रतिगमनमा जाने भयो त ?’ उनले प्रश्न गरे, ‘जनादेश आउँदा प्रगिमन हुने भयो, संविधान मिचिने भो त ? कस्तो शासन खोजेका छन्, यी तानाशाहरुहरुले ?’

    Posted in राजनीतिLeave a Comment on सत्तारुढ दलहरु बरफ हुन्, चुनावपछि बिलाउँछन् : ओली

    ‘भगौडा जर्नेल’हरुलाई कमान्डर मान्न सकिँदैन : रामकुमारी झाँक्री

  • २ आश्विन २०७८, शनिबार १६:०३ मा प्रकाशित
  • २ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा फर्किएका नेतालाई जिम्मेवारी दिन नसक्ने बताएकी छन् ।
    शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा उनले युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन नसक्ने बताएकी हुन् ।
    ‘युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन सकिँदैन’ उनले भने, ‘युद्धबाट भागेका युद्ध अपराधीजस्तालाई किमार्थ माफी गर्नु हुँदैन । तर सरेन्डर गरे भने ढोका खोल्नुपर्छ । संसारमा युद्ध अपराधीलाई माफी दिएको तमाम इतिहास छ । त्यसैले ढोका बन्द गर्नुहुन्न ।’
    नेतृ झाँक्रीले विचार समूहका हिसाबले धेरै समयमा कन्फ्युजनमा राखेका र पछि हरियो सापलेझैं डसेको बताइन् ।
    विगतमा माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै फर्केका थिए ।
    झाँक्रीले उनीहरुलाई भगौड जर्नेलको संज्ञा दिँदै कमान्डर मान्न नसकिने बताएकी हुन् ।

    Posted in राजनीतिLeave a Comment on ‘भगौडा जर्नेल’हरुलाई कमान्डर मान्न सकिँदैन : रामकुमारी झाँक्री

    मलाई सिध्याउन लागेपछि पोखरेलविरुद्ध उजुरी दिएँ : विमला वली

  • ३० भाद्र २०७८, बुधबार १३:५५ मा प्रकाशित
  • ३० भदौ, बुटवल । लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र नेकपा एमालेले आफूलाई ‘सिध्याउन’ लागेका कारण आफूले उनीविरूद्धउजुरी दिएको बताएकी छन् ।
    उनले जिल्ला प्रहरी कार्यालय बुटवलमा मंगलबार पोखरेलसहित चारजनाविरूद्ध ‘शरीर बन्धक तथा अपहरण’ गरेको आरोपमा किटानी जाहेरी दिएकी छन् । वलीले पोखरेल मुख्यमन्त्री रहँदा साउन १५ गतेदेखि ५ दिनसम्म आफूलाई दाङबाट ल्याएर मुख्यमन्त्री निवासमा बन्धक बनाएको दावी गरेकी छन् ।
    त्यस घटनामा उनले निवर्तमान मुख्यमन्त्री पोखरेल, लुम्बिनी प्रदेशसभा एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको निजी सचिवालयका तिरन गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध कारबाहीको माग गरेकी छन् ।
    ‘म त्यो बेला मुद्दा मामिला गर्ने पक्षमा थिइनँ’ सांसद वलीले भनिन्, ‘तर पछि मलाई राजनीतिकरुपमा सिध्याउने हिसाबले उहाँहरु लागेपछि वाध्य भएर मुद्दा दर्ता गर्ने निर्णयमा पुगेकी हुँ ।’
    आफूले माओवादी केन्द्र रोजेपनि एमालेले आफ्नै पार्टी दावी गर्दै कारवाहीको प्रक्रिया थालेको र छोरालाई उक्साएर अंश मुद्दा दर्ता गरेपछि आफूलाई असह्य भएको ओलीले बताइन् ।
    ‘मलाई उहाँहरूले सिध्याउन हरेक हतकण्डा अपनाउनुभयो, मलाई शान्तसँग बस्नै दिनुभएन’ सांसद वलीले भनिन्, ‘अब म पनि चुप लागेर बस्ने अवस्थामा रहिनँ, अब कानुनी लडाईंमै उत्रिएँ ।’
    वलीलाई सांसद पदबाट मुक्त गर्न माग गर्दै एमालेले लुम्बिनी प्रदेश सभा वैठक लगातार अवरुद्ध गर्दै आएको छ ।
    रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले निवर्तमान मुख्यमन्त्री पोखरेलविरूद्ध मुद्दा परेको र उक्त मुद्दा जिल्ला प्रहरी कार्यालय दाङमा पठाएको बताए । सांसद वलीले उल्लेख गरेको घटनाको सुरुवात दाङ भएकाले दाङमा पठाइएको उनको भनाइ छ ।
    दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले भने दाङमा उजुरी आइनसकेको बताए ।

    Posted in ताजा अपडेट, राजनीतिLeave a Comment on मलाई सिध्याउन लागेपछि पोखरेलविरुद्ध उजुरी दिएँ : विमला वली

    सांसद वलीले दिइन् पूर्वमुख्यमन्त्री पोखरेलविरुद्ध प्रहरीमा निवेदन

  • ३० भाद्र २०७८, बुधबार ०७:१४ मा प्रकाशित
  • बुटवल — लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले आफूलाई अपहरण तथा शरीर बन्धक बनाएको भन्दै पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध प्रहरीमा निवेदन दिएकी छन् ।

    साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री भएका बेला दाङबाट ल्याएर बन्धक बनाएको आरोपसहित सांसद वलीले इलाका प्रहरी कार्यालय बुटवलमा सोमबार निवेदन दिएकी हुन् । तर बुटवल प्रहरीले घटनास्थल दाङ भएकोले त्यहींबाट निवेदनको प्रक्रिया अगाडि बढाउने बताएको छ । उक्त निवेदन मंगलबार साँझसम्म दाङ पठाइएको छैन ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख मनोज केसीले वलीले इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएको पुष्टि गर्दै बुटवलको साटो घटनास्थल दाङ प्रहरीमार्फत प्रक्रिया अगाडि बढाउन सुझाव दिएको बताए । ‘हामीले उहाँको जाहेरी लिएर राखेका छौं । उक्त जाहेरी यहाँको साटो दाङबाट अगाडि बढाउँदा अनुसन्धानलगायतका काममा सहज र उपयुक्त हुने भएकाले उक्त जाहेरी दाङ पठाउने र उतैबाट मुद्दा प्रक्रिया अगाडि बढाउने योजनामा छौं’ उनले भने ।

    निवेदनमा तत्कालीन मुख्यमन्त्री पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, तत्कालीन मुख्यमन्त्रीको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई कानुनअनुसार कारबाहीको माग गरिएको छ ।

    माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले सांसद वलीको अपहरण तथा शरीर बन्धकविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरलाई सोमबार किटानी निवेदन बुझाएको बताए । ‘प्रहरीले घटनाको सुरुवात भएको स्थान दाङ भएकाले त्यहाँबाटै उजुरी दर्ता गर्न पठाइदिने बताउनुभएको छ,’ उनले भने ।

    व्यवस्था मुलुकी अपराध संहिता २०७४ अनुसार अपहरण तथा शरीर बन्धकमा पीडितले ६ महिनासम्म जाहेरी दिन सक्छन् । वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने छ ।

    Posted in राजनीतिLeave a Comment on सांसद वलीले दिइन् पूर्वमुख्यमन्त्री पोखरेलविरुद्ध प्रहरीमा निवेदन

    धोबिनी गाउँपालिका को परिषद नहुँदा विकास निर्माण अवरुद्ध,आन्दोलन गर्ने चेतावनी – नेता पटेल

  • २९ भाद्र २०७८, मंगलवार १८:४८ मा प्रकाशित
  • पर्सा संवददाता/


    बीरगंज ,

    पर्साको धोबिनी गाउँपालिकामा समयमा परिषद नहुँदा विकास निर्माण लगायतका काम अवरुद्ध हुन पुगेको छ ।

    जनप्रतिनिधिहरुको आपसी मतभेद, खिचातानी, किचलो र गैरजिम्मेवार रवैयाका कारण गत आर्थिक वर्ष भित्रै सम्पन्न गरिसक्नु पर्ने गाउँसभा परिषद चालु आर्थिक वर्षको दुई महिना बितिसक्दा पनि सम्पन्न नहुँदा विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतका सम्पूर्ण क्रियाकलाप प्रभावित भएको नेपाली काँग्रेसका स्थानीय नेता धर्मेन्द्र पटेलले बताउनु भयो ।

    नेता पटेलले गाउँपालिकाले यथासक्य छिटो भन्दा छिटो गाउँसभा र परिषद गरेर विकासको बाटो खोल्नु पर्ने माग गर्नु भएको छ । आपसी खिचातानी, किचलो, असहमति र भागभण्डामा अल्झिएर गाउँपालिकालाई दुर्गतिको बाटोमा नफ़साउन समेत उहाँले माग गर्नुभयो । समयमा परिषद नगरे स्थानीय युवाहरु संगठित भइ आन्दोलन गर्ने चेतावनी समेत नेता पटेलले दिनु भएको छ ।

    Posted in राजनीतिLeave a Comment on धोबिनी गाउँपालिका को परिषद नहुँदा विकास निर्माण अवरुद्ध,आन्दोलन गर्ने चेतावनी – नेता पटेल

    प्रचण्ड असल बाबु, काका, ससुरा तर धोकेबाज र छट्टु नेता हुन् : ओली

  • २९ भाद्र २०७८, मंगलवार १६:४७ मा प्रकाशित

  • काठमाडौंं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असल बाबु,काका र ससुरा भन्दै टिप्पणी गरेका छन् ।
    झापामा आयोजित कार्यक्रममा उनले सबैतिर राम्रो हुँदा पनि बेइमान नेता भएको आरोप लगाए । 
    “उहाँ एउटा असल बाबु हो, असल काका हो । असल ससुरो हो । राम्रो सम्धी,ससुरा, बाबु,काका हुन् तर, धोकेबाज नेता हो । बेइमान नेता हो । उहाँ छट्टु नेता हो,” उनले भने ।
    त्यस्तै, कार्यक्रममा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सपना कहिल्यै पूरा नहुने पनि दाबी गरे ।
    “कमरेड माधव नेपाल होइन । एमाले विरोधी, जनविरोधी माधव नेपाल । नेपालको कम्युनिस्ट आन्दोलनलाई धरासायी र ध्वस्त पार्न चाहेका छन् । तर, सपना यस्तो दु:स्वप्न हो । कहिल्यै पूरा हुन सक्दैन,” उनले भने । 
    नेता नेपालले कसैले आग्रहमा पार्टी फुटाएको उनको आरोप छ ।

    Posted in राजनीतिLeave a Comment on प्रचण्ड असल बाबु, काका, ससुरा तर धोकेबाज र छट्टु नेता हुन् : ओली

    देउवा सरकारले पनि सार्वजनिक गरेन मन्त्रीहरुको सम्पत्ति विवरण

  • २९ भाद्र २०७८, मंगलवार १६:३० मा प्रकाशित
  • २९ भदौ, काठमाडौं । नयाँ सरकार गठन भएको मंगलबार ६२ दिन पुग्यो । असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले सोही दिनमा ४ जनालाई मन्त्री नियुक्त गरेका थिए । तर सरकारले अहिलेसम्म प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छैन ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री देउवा र चार मन्त्रीहरुले सम्पत्ति विवरण बुझाइसकेका छन् । गृहमन्त्री बालकृष्ण खाँड, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति विवरण कार्यालयमा बुझाएका हुन् । तर सार्वजनिक गर्ने कुनै निर्णय भएको छैन ।
    साउन १० मा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएका उमेश श्रेष्ठले भने अहिलेसम्मसम्पत्ति विवरण बुझाएका छैनन् । स्वार्थ बाझिने गरी अस्पतालको लागनीकर्तालाई स्वास्थ्य राज्यमन्त्री बनाएको भन्दै आलोचना भएपछि उनले तत्कालका लागि आफूले व्यवसायिक रुपमा लिएका सबै जिम्मेवारी त्यागेको बताएका थिए । तर उनले आफ्नो लगानी रहेका व्यवसायिक संस्था कुन–कुन हुन् र कहाँ–कहाँबाट कस्तो जिम्मेवारी त्यागे भन्ने सार्वजनिक गरेका छैनन् ।
    सामान्यतयाः मन्त्री भएको ६० दिनभित्र सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा बुझाउनुपर्ने नैतिक तथा कानूनी दायित्व हुन्छ । श्रेष्ठले राज्यमन्त्री नियुक्त भएको ६० दिन पुगेको छैन ।
    अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेश गर्नुपर्ने उल्लेख छ ।
    सरकारले २०७५ असार २० गते प्रकाशित गरेको राजपत्रअनुसार प्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायकमन्त्रीले आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाउनुपर्छ । यस्तो विवरण २ महिनाभित्र राष्ट्रिय सतर्कता केन्द्रमा पठाउनुपर्छ ।
    पूर्वमुख्यसचिव विमल कोइराला मन्त्रिपरिषद बैठकले निर्णय गरेर मन्त्रीहरुले बझाएको विवरण सार्वजनिक गर्ने प्रचलन रहेको बताउँछन् । ‘मन्त्री भएर आउँदा र जाँदा आफ्नो सम्पत्ति विवरण जनतालाई थाहा दिएर पारदर्शी बन्नु प्रधामन्त्री तथा मन्त्रीहरुको व्यक्तिगत नैतिक दायित्व हो,’ उनी भन्छन्, ‘तर सम्पत्ति विवरणमथि प्रश्न उठ्ने गरेकाले मन्त्रीहरु यसबाट पन्छिएका होलान् ।’
    ओलीकै पथमा
    अहिलेका मात्रै होइन, अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओली ? मन्त्रीहरुको सम्पत्ति विवरण पनि सार्वजनिक भएको थिएन । कार्यकालको अन्तिम सयममा ओलीका पाँच सदस्यीय मन्त्रिपरिषद् रहेका चारै जना मन्त्रीहरु आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरी विदा भएका थिए ।
    तत्कालीन उपप्रधानमन्त्रीसहित अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले सम्पत्ति विवरण सार्वजनिक गरेनन् ।
    २०७४ को चुनावपछि गठन भएको मन्त्रिपरिषदका मन्त्रीहरुको भने सम्पत्ति विवरण सार्वजनिक भएको थियो । कतिपय मन्त्रीले विवरणमा उल्लेख गरेको सम्पत्तिबारे सार्वजनिक रुपमा आलोचना पनि भएको थियो । त्यसपछि सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न बाध्य पारेन ।
    २०७६ मंसिर ५ गते यता मन्त्रिपरिषदमा थपिएर काम गरेकामध्ये शेरबहादुर तामाङ (तत्कालीन स्वास्थ्यमन्त्री)बाहेक सबै मन्त्री र राज्यमन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नगरी कार्यकाल टुंग्याएका थिए । मन्त्री हुँदा सम्पत्ति विवरण सार्वजनिक गरेका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने पदमुक्त भएकै दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।
    तर ओलीकै मन्त्रिपरिषदमा लामो समय काम गरेका धेरै मन्त्रीले सम्पत्ति विवरण नै मन्त्रिपरिषदको कार्यालयमा बुझाएनन् । तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापाले सम्पत्ति विवरण बुझाएनन् ।
    तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो र युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङ पनि सम्पत्ति विवरण नबुझाई पदमुक्त भए । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले पनि सम्पत्ति विवरण नबुझाई बिदा भइन् ।

    तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र भूमि व्यवस्था, सकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा बुझाए, तर सार्वजनिक गरिएन ।
    अहिले देउवा नेतृत्वको गठबन्धन सरकार ओली नेतृत्वकै सरकारले देखाएकै बाटोमा हिँडेको छ । प्रधानमन्त्री तथा मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नुको गाम्भीर्यलाई नबुझेको भन्दै पूर्व सचिव कोइरालाले यस्तो प्रवृत्ति मौलाएमा देशको शासन व्यवस्था नै कमजोर बन्ने बताए ।
    ‘सुशासनको कागजी कुरा गर्ने तर सार्वजनिक पदमा बस्दा पारदर्शी नहुने हो भने शासन व्यवस्थालाई नै असर गर्छ,’ उनले भने ।

    Posted in राजनीतिLeave a Comment on देउवा सरकारले पनि सार्वजनिक गरेन मन्त्रीहरुको सम्पत्ति विवरण

    संसद बैठक शुरु हुनासाथ एमालेको अवरोध

  • २५ भाद्र २०७८, शुक्रबार १४:२१ मा प्रकाशित
  • २५ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसदको बैठक शुरु हुनासाथ अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका छन् ।
    उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ जस्ता नारा लगाएका छन् ।
    २३ भदौमा शुरु भएको अधिवेशनमा एमालेले सभामुखमाथि नै प्रश्न उठाएको छ । एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर एमाले विभाजन गर्न भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाएको छ ।
    पहिलो दिन बसेको तीनवटै बैठकमा एमाले सांसदहरुले नाराबाजी गरेका थिए । तेस्रो बैठकमा नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल भएको थियो ।
    आजको बैठकमा पनि बजेटसम्बन्धी अध्यादेश टेबल गर्ने कार्यसूची छ ।
    एमालेको अवरोधपछि संसद बैठक केहीबेरलाई स्थगित गरिएको छ ।

    Posted in ताजा अपडेट, राजनीतिLeave a Comment on संसद बैठक शुरु हुनासाथ एमालेको अवरोध

    विद्यालयमा अध्ययनरत २७ जना छात्राहरुलाई साइकल वितरण

  • २३ भाद्र २०७८, बुधबार १७:३८ मा प्रकाशित
  • पर्सा संवददाता

    बीरगंज , २४ भदौ

    पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ का विद्यालयमा अध्ययनरत २७ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले शुरुवात गरेको मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रमअन्र्तगत श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय पचरुखीमा साइकल वितरण गरिएको हो ।
    पर्सागढी नगरपालिका वडा नम्बर ५का वडाअध्यक्ष असलम आलमको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी (जसपा) पर्साका अधयक्ष रामनरेश प्रसाद यादवले साइकल वितरण अहिले हेर्र्दा सामान्य देखिएपनि भविष्यमा यसको बहुआयामिक प्रभाव पर्ने दावी गरे ।

    अँझ छोरी चेलीहरुको विकास र समृद्धि हुन नसकिरहेको यस प्रदेशमा यस कार्यक्रमले उल्लेख्य परीवर्तन गरेको यादवको भनाई छ । विद्यालयमा पहुँचदेखि, उच्च शिक्षा हाँसिलका लागि हौसला थप्न र छोरीहरुलाई आत्मनिर्भर बनाउन पनि यसले सघाउ पुग्ने अध्यक्ष यादवको विश्वास छ ।

    कार्यक्रममा जसपा पर्साका सचिब तबरेज अहमद, बिरगंज महानगरपालिका न्यायीक समिती सदस्य तुफैल अखतर, समाजवादी दलित महासङ्ह उपाध्यक्ष जगत रामलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    Posted in राजनीति, समाजLeave a Comment on विद्यालयमा अध्ययनरत २७ जना छात्राहरुलाई साइकल वितरण

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P