प्रचण्ड असल बाबु, काका, ससुरा तर धोकेबाज र छट्टु नेता हुन् : ओली

  • २९ भाद्र २०७८, मंगलवार १६:४७ मा प्रकाशित

  • काठमाडौंं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असल बाबु,काका र ससुरा भन्दै टिप्पणी गरेका छन् ।
    झापामा आयोजित कार्यक्रममा उनले सबैतिर राम्रो हुँदा पनि बेइमान नेता भएको आरोप लगाए । 
    “उहाँ एउटा असल बाबु हो, असल काका हो । असल ससुरो हो । राम्रो सम्धी,ससुरा, बाबु,काका हुन् तर, धोकेबाज नेता हो । बेइमान नेता हो । उहाँ छट्टु नेता हो,” उनले भने ।
    त्यस्तै, कार्यक्रममा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सपना कहिल्यै पूरा नहुने पनि दाबी गरे ।
    “कमरेड माधव नेपाल होइन । एमाले विरोधी, जनविरोधी माधव नेपाल । नेपालको कम्युनिस्ट आन्दोलनलाई धरासायी र ध्वस्त पार्न चाहेका छन् । तर, सपना यस्तो दु:स्वप्न हो । कहिल्यै पूरा हुन सक्दैन,” उनले भने । 
    नेता नेपालले कसैले आग्रहमा पार्टी फुटाएको उनको आरोप छ ।

    Leave a Reply