
प्रवासी नेपाली एकता समाज साउदी अरबले पृथ्वीनारायण शाहको जन्मजयन्ती (पृथ्वी जयन्ती) तथा राष्ट्रिय एकता दिवसको अवसरमा साउदी अरबको दमाममा रहेको सीको स्थित होलिटे रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रम भव्यरूपमा सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रममा बिभिन्न संघसंस्था राजनीतिक पार्टीका भ्रातृ संगठनका प्रतिनिधिहरू लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सोचेभन्दा भव्य रुपमा सफल बनाउन विभिन्न संघसंस्था लगायत कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउन हुने नेपाली दाजुभाई दिदीबहिनीहरुलाई पानसका अध्यक्ष कुबेर हुमागाईंले धन्यवाद ज्ञापन पनि गर्नुभयो।